Websoft University
May 2021

 


विराटनगर जेठ  १७ गते । रातो तारा डट कम, ज्वरो र टाउँको दुख्दा खाने ‘प्यारासिटामोल’ औषधी नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले विरामीलाई निःशुल्क बाढन थालेको छ । 

विराटनगरसहित प्रदेश १ मा प्यारासिटामोल औषधी चरम अभाव भएर विरामीहरू भौतारिरहेको बेला संघले आवश्यक पर्ने विरामीलाई फार्मेशीमार्फत निःशुल्क औषधी बाढन थालेको हो । 

सिटामोल आभाव भइरहेको बेला संघले आफ्ना सदस्य रहेको औषधी पसल मार्फत आवश्यक पर्ने विरामीहरूलाई चिकित्सकले सिफारिस गरे अनुसार ज्वरो र टाउँको दुखाइको बेला खाने सिटामोल बितरण गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । आवश्यक पर्ने विरामीलाई निःशुल्क सिटामोल बाढन संघले सोमबार विराटनगर महानगरपालिका भित्रको १० वटा औषधी पसलमा सिटामोल बाढेको छ । ‘औषधी अभाव भइरहेको बेला सामाजिक उत्तरदायित्व अन्र्गतर रहेर हामीले आफना सदस्य रहेको औषधी पसलमार्फत विरामीलाई निःशुल्क सिटामोल बितरण गरेका छौं,’ संघका प्रवक्ता ढकालले भने, ‘पहिलो चरणमा विराटनगरको अस्पताल अगाडीको फार्मेशीहरूमा सिटामोल दिएका छौं । हामीले बाढेको सिटामोल औषधी पसलहरूले आवश्यक पर्ने विरामीलाई निःशुल्क दिनेछन् ।’

संघले विराटनगरको रानीस्थित न्यू आन्नद मेडिकल हलमा, न्यूरो अगाडीको सृष्टि मेडिकल हल, हस्पिटल चौकमा रहेको रामकृष्ण फार्मेशी, विराट नर्सिङ्ग ओम अगाडीको जनहित फार्मेशी, पुष्पलालचौकस्थित डिआर फार्मेशीमा ५ सय पिस सिटामोल बितरण गरेको छ । यसैगरि बुढीगंगा स्थित विराट मेडिकल कलेज अगाडीको सुप्रिया औषधी पसल, नोबले अगाडीको संस्कृति फार्मेशी, तीनपैनीचौकस्थित जुगनु फार्मेशी र हाटखोला चौकस्थित सुजन फार्मेशीमा संघले सिटामोल दिएको हो । संघले दिएको यी फार्मेशीदेखि आवश्यक पर्ने विरामीलाई निःशुल्क सिटामोल लिन पनि आग्रह गरेको छ । ‘अहिले सिटामोल नपाएर विरामीका आफन्तहरू भौतारिरहेका छन्,’ संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले भने, ‘हामीले केही औषधी जोहो गरेर सामाजिक उतरदायित्व अन्तर्गत विरामीलाई निःशुल्क सिटामोल बाढन औषधी पसललाइ दिएका हौं ।’ विरामीको आवश्यकता अनुसार सिटामोल थप पनि गरिने संघले जनाएको छ । विराटनगरपछि मंगलबार मोरङको अन्य ठाउँमा रहेका फार्मेशी मार्फत विरामीलाई सिटामोल बितरण गर्ने प्रवक्ता ढकालले जानकारी दिए । 

विराटनगरका दश वटा फार्मेशीहरुमा संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष तथा प्रवक्ता ढकाल, सचिब हरिराज रेग्मी, सदस्यहहरूमा प्रकाश धिमाल र सरिता चौधरी उपस्थित भएर सिटामोल बितरण गरेका थिए । 

विराटनगरसहित प्रदेश १ मा केही दिनयता प्यारासिटामोलको चरम अभाव देखिएको छ । लागत मूल्य पनि नउठने भन्दै औषधी उत्पादन गर्ने कम्पनीले प्रयाप्त मात्रमा उत्पादन नगर्दा सिटामोल अभाव देखिएको हो । यसअघि संघले फन्टलाइनमा रहेर खटिएका सुरक्षाकर्मी र संचारकर्मीहरूलाई पनि स्वास्थ्य सामाग्री बितरण गरेको थियो । 


 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा स्थित गछिया जेसीजले सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आफ्नो ८ औं स्थापना दिवस मनाएको छ।


जेसीजले वार्षिकोत्सवको अवसरमा सोमबार कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा पनि अग्रपंतिमा रहेर खटिरहेका सुरक्षाकर्मीहरूको स्वास्थ्य सुरक्षाको निम्ति मास्क सेनिटाइजर, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको छ।जेसीजले गछिया प्रहरी चौकीका प्रहरीहरुलाई उक्त सामाग्री वितरण गरेको गछिया जेसिजका अध्यक्ष रविन सिटौलाले बताएका छन्। 

२०१४ मा स्थापना भएको गछिया जेसीजले स्थापनाकाल देखिनै रक्तदान, राहत वितरण, सरसफाई कार्यक्रम लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनहरुमा पनि गछिया जेसिज समाज रुपान्तरणका लागि निरन्तर रूपमा लागि परिरहने अध्यक्ष सिटौलाले बताएका छन्।

त्यसैगरी स्वास्थ्य सामाग्री वितरण गरेर आफ्नो काम गर्ने हौसला बढाएकोमा सुरक्षाकर्मीहरूले गछिया जेसिजलाई धन्यवाद दिँदै यस संस्थाले अझै विभिन्न सामाजिक कार्यहरू गर्दै अगाडि बढोस् भनी शुभकामना व्यक्त गरेका थिए।

 


विराटनगर, १७ जेठ । रातो तारा डट कम, प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४५ महिला र ५४८ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज ६९७ जना कोराना संक्रमित थपिएका छन् । मोरङमा २५०, झापामा १८०, सुनसरीमा १६३, ते¥हथुममा २५, खोटाङमा २३, धनकुटामा २१, उदयपुरमा ७, इलाममा ६, भोजपुरमा ३, पाँचथर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ५१ महिला र ९३ पुरुष सहित १४४, सुन्दरहरैचामा ३०, उर्लाबारीमा १८, केराबारी र रतुवामाईमा १५–१५, बेलबारीमा १४,  पथरीशनिश्चरे र बुढीगंगामा ३–३, मिक्लाजुङमा २, कटहरी, लेटाङ, जहदा, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ३९, मेचीनगरमा ३४, हल्दिबारीमा २२, दमकमा २०, अर्जुनधारामा १८, विर्तामोडमा १३, शिवसताक्षीमा १०, कमल गाउँपालिकामा ४, कचनकवल, बा¥हदशी र गौरीगञ्जमा ३–३, बुद्धशान्ति र कनकाईमा २–२ र स्थानीय तह नखुलेका ७, सुनसरीको इनरुवामा ७९, इटहरीमा ४३, धरानमा २५, दुहवीमा ५, रामधुनीमा ४, गढीमा ३, कोशी गाउँपालिका, देवानगञ्ज, बराहक्षेत्र र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि ते¥हथुमको म्याङलुङमा २५, खोटाङको हलेसी तुवाचुङमा २३, धनकुटाको धनकुटा नगरपालिकमा १३, पाख्रिवासमा ३, शहिदभूमी र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १, उदयपुरको रौतामाईमा २, त्रियुगामा १ र स्थानीय तह नखुलेका ४, इलामको इलाम नगरपालिकामा ५ र चुलाचुलीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, पाँचथरको फिदिम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५८ हजार ७९पुगेकोछ । सक्रिय संक्रमितको संख्या २० हजार ६२२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७७  महिला र ४२० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




काठमाडौं । रातो तारा डट कम,नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द भिम विसीको तथा संगीत र रिकेश गुरुङ्गको एरेन्ज गीतमा रहेको छ । भिडियोमा कविता श्रेष्ठ, रवी ओड , प्रियङ्गका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ ।

टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं कोरस डान्सहरु सँगै सुन्दर ढंगबाट गीत तयार गरिएको छ । पवन सुस्लिङ्गको छायाँकन तथा सम्पादन दिनेश विष्टले भिडियोको निर्देशन छ  ।

राजा रानी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।




 शिव भट्टराई,मोरङ जेठ  १७ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित गछियामा गछिया जेसीजको आयोजनामा नेपाल रेडक्रस सोसाईटीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

अहिलेको कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिरहेको अवस्थामा अस्पतालहरूमा रगतको अभाव भइरहेको कारणले गर्दा रक्तदान कार्यक्रमको आयोजना गरिएको जेसिजका अध्यक्ष रबिन सिटौलाले बताए। त्यसैगरी यस्तो कोरोना भाइरस फैलिएको समयमा पनि रगत अभाव भएका कारण स्वास्थ्य मापदण्ड अपनाएर सो कार्यक्रम सम्पन्न गरिएको उनले बताए।

उक्त रक्तदान कार्यक्रममा सहभागिहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो।आईतबार भएको उक्त कार्यक्रममा लगभग ६० प्रिन्ट भन्दा बढी रगत सङ्कलन गरिएको थियो भने कार्यक्रममा सामाजिक व्यक्तित्व नविन बराल, सुरक्षाकर्मी लगायत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो।


 शिव भट्टराई,मोरङ जेठ १७ गते । रातो तारा डट कम, सुन्दरहरैंचा ५ र इटहरी ३ मा रहेको विकट बस्तीका अति विपन्न परिवारलाई सामाजिक अभियन्ता कृष्ण कुमार घिमिरे र राज कुमार अधिकारीले सहयोगी भावना देखाएका छन्। स्वदेश तथा बिदेशमा रहेका विभिन्न व्यक्तिहरूबाट केहि सहयोग जुटाई सामाजिक अभियन्ताले अति विपन्न परिवारलाई केही खाद्यान्न सामग्रीहरू वितरण गरेका हुन्।


कोरोना भाइरस महामारीका कारण जारी गरिएको निषेधाज्ञाको कारण अति विपन्न परिवारमा परेको समस्या बुझेर उनीहरुलाई चुल्हो बाल्न सहयोग पुगोस् भनी कुनै पनि पार्टी, जाती, धर्मको भेदभाव नगरी यो कार्यलाई निरन्तरता दिने अभियन्ता कृष्ण कुमार घिमिरेले बताएका छन्।यस्तो विषम परिस्थितिमा छाक टार्न पनि समस्या भइरहेको समयमा सहयोग पाएकोले राहत पाउने व्यक्तिहरूले खुशी व्यक्त गरेका थिए।

 


गाईघाट १७ जेष्ठ । रातो तारा डट कम,वन क्षेत्र बाट अबैध रुपमा ढुङगा गिटी उत्खनन गरिने क्रम बढेपछि स्थानियले सोमबार अवरोध गरेकाछन । उदयपुरको वेलका नगरपालिका ५ भर्तियाल स्थीत गिदेरी खोला तथा बन क्षेत्र प्रवेश गरी स्थानिय तिलक कटुवाल लगायतका ब्यक्तिहरुले स्काभेटर प्रयोग गरि जथाभावि ढुङगा गिटि निकाल्न थालेपछि स्थानियले बिहानै देखि उत्खननमा प्रयोग भैरहेको स्काभेटर र  टिफर कब्जामा लिएर प्रहरीमा बुझाएकाछन । कटुवाल लगायतका ब्यक्तिहरुले ठेकेदार संगको मिलिमतोमा ढुङगा गिटि बिगत एक साता देखि उत्खनन गर्दै आएको स्थानिय देबेन्द्र सापकोटाले बताए । “ठेकेदार लाई अन्यत्रै बाट ढुङगा गिटि निकाल्ने अनुमति छ । तर स्थानिय केहि ब्यक्तिको सहयोगमा ठेकेदार ले अबैध रुपमा निषेधित क्षेत्रमा प्रबेश गरी उत्खनन गरीरहेकाछन ।”उनले भने । पटक , पटक त्यसो नगर्न आग्रह गर्दा समेत उत्खनन कार्य नरोकिए पछि स्थानियले अहिले अबरोध गरेको उनले बताए । वेलका नगरपालिकाले बस्ति देखि दक्षिण भेगमा ठेकेदार लाई गिटि ढुङगा  निकाल्न ठेक्का दिएको छ  । हुलाकी राजमार्ग निमार्णको लागि कान्छाराम निर्माण सेवा लाई २ हजार घनमिटर ढुङगा  ,गिटि निकाल्ने गरी स्वीकृत दिएको बेलका नगरपालिका का शाखाअधिकृत चेतनाथ गौतमले बताए । तर ठेकेदारले नगरपालिकाले तोकेको स्थान बाहेक जंगल क्षेत्र प्रवेश गरी खुलेआम ढुङगा गिटि उत्खनन गरिरहेको कारण स्थानियले अबरोध गरेकाछन । 


धरान जेठ १७ गते । रातो तारा डट कम,नेपालमा वढदो कोरोना सक्रमणको लहर सगै अक्सिजनको अभावलाई पुर्ति गर्न देश विदेशमा वस्ने नेपाली समुदायवाट आईरहेको सहयोगको पछिल्लो कडिमा हडकडमावस्ने नेपाली हरुपनि थपिएकाछन । 


आफै पनि धेरै पटक कोरोनाको सक्रमणवाट आका्रन्त वन्दै आएका हडकड वस्ने नेपालीहरुले यस पटक ४ सय थान अक्सिजन ,एक लाख थान भ्याक्सीन र पीपीई,  माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु नेपालमा पठाउने भएका छन । जेष्ठ १० गते हङ्गकङ्ग नेपाली महासंधले  “ हेल्प नेपाल कोभिड १९” शिर्षक राखेर आयोजना गरेको भेलाले नेपाललाई तत्कालै एक लाख थान चाईनिज भ्याक्सिन, पीपीई र माक्स सेनिटाईजर जस्ता स्वास्थ्य सामग्रीहरु नेपाल पठाएर सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । 


हङ्गकङ्ग नेपाल महासधका अध्यक्ष टंक राना, पुर्व अध्यक्ष प्रदिप थापा र रीता गुरुड को विशेष पहलमा वसेको सो भेलामा सहभागी सध सस्थाहरुले. सो सामग्री हरु खरीद गर्न तथा नेपाल पठाउन लाग्ने ढुवानी खर्चमा सधाउने प्रतिवद्धता जाहेर गरेका थिए । एनआरएन हङ्गकङ्ग जनजाती महासध,वाणिज्य सध लगायत विभिन्न सामाजिक सघ सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको सोहि भेलाले  लकडाउनका कारण नेपालमा अडकिएका विरामी तथा विधार्थीहरु हरुलाई हङ्गकङ्ग  फर्काउन पहल गर्ने कुरा महासधका अध्यक्ष टंक रानाले वताए । गत वर्ष पनि महासधको पहलमा ५ वटा जहाज वाट हडकडको नागरीकता भएका सयौ नेपालीहरुलाई नेपालवाट हङ्गकङ्ग फर्काउन विशेष पहल गरेको थियो ।  

जेष्ठ १५ गते महासध र हङ्गकङ्ग सरकारको पदाधिकारीहरु वीच वसेको वैठकले नेपाललाई ४ सय थान अक्सिजन कन्सनट्रेटर पठाउने निर्णय गरेको छ । महासंधको विशेष अनुरोधमा हङ्गकङ्ग सरकारले सो सिलिण्डरहरु दिने भएकोमा पहिलो पटक यसै हप्ता २ सय थान नेपाल पठाई हाल्ने भएका छौ भनि पुर्व अध्यक्ष तथा नेपाल हेल्प कोभिड १९ कार्यक्रमकी संयोजक रिता गुरुडले वताईन ।  २६ केजी तौल भएको सो ग्यासलको भाडोले आफै ग्यास वनाउने र लगाउन सजिलो प्रविधी प्रयोग गरीएको छ । नेपाल आई पुग्दा झण्डै दुई लाख सम्म पर्न जाने सो ग्यासलाई नेपालको ७७ वटै जिल्लाको  जिल्ला स्वास्थ्य अस्पताललाई दामासाहिमा वितरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने पनि अध्यक्ष टक रानाले वताए ।  

झण्डै सय भन्दा वढि सामाजिक संघ सस्था भएको हङ्गकङ्गमा महासंघले सवै सामाजिक संघ सस्थालाई समेटदै हङ्गकङ्ग सरकारलाई समेत विश्वासमा  लिएर काम गरीरहेको छ ।  गत वर्ष हङ्गकङ्गमा भएको भिषण आगलागीमा होस या कोभिडको महामारीमा महासंघका पदाधिकारीहरु घर घरमा पुगेर सेवा गरीरहेको कुरा महासंघका पुर्व अध्यक्ष प्रदिपथापावताउनु     हुन्छ ।    



काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम,फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । कुवेतमा नेपालले छनोट चरणका बाँकी तीन खेल खेल्नेछ । नेपालीले यही जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कोरोना महामारीले गर्दा नेपालले घरेलु मैदानमा खेल्नु पर्ने यी खेलहरु एएफसीले कुवेतमा खेलाउन लागेको हो । यसअघि ५ खेल खेलिसकेको नेपालले १ जितबाट ३ अंक जोडेको छ र समूहमा पाँच टिममध्ये चौथो स्थानमा छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत गएको हो । गत शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँगको ६–२ ले पराजित भएको थियो । 


 


झापा, जेष्ठ-१७ गते । रातो तारा डट कम, झापा शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ । आईतबार बेलुका साढे ७ बजे  दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर खाई दुर्घट्ना हुदाँ गम्भिर घाईते भएका दर्जीको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा बेलुका सँवा ८ बजे मृत्यु भएको छ ।


काठमाण्डौ जेठ  १७ गते । रातो तारा डट कम,चिनिया राष्ट्रपति सी जिन फिङले घोषणा गरेको सहयोगको खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज बेइजिङ जानेभ एको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान आज बेइजिङ जान लागेको सीआईएनसँग बताउनुभयो । तौल बढी नभएको अवस्थामा ८ लाख डोज खोप ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ । आज राति ११ बजे बेइजिङको लागि उड्ने जहाज भोलि दिउँसो साढे २ बजे खोप लिएर फर्किने छ । गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो । 


 





सुनसरी,जेष्ठ-१७ गते । रातो तारा डट कम, 
सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारी स्थित पुर्ब-पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय गणेश यादव रहेका छन् । आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।


मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिकाले २६ जना किसानलाई व्यवसाय प्रवर्धनका लागि अनुदान दिएको छ। आज आईतबार नगरपालिकामा आयोजित कार्यक्रममा  उपप्रमुख धनमाया तामाङ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्ण बहादुर घिमिरे ले अनुदान वापतको रकम हस्तान्तरण गरेका हुन्।


कार्यक्रमका प्रमुख अतिथि डा. घिमिरेले अनुदानको रकम सही सदुपयोग हुनेमा नगरपालिका विश्वस्त रहेको बताएका छन्।


कार्यक्रममा बोल्दै उपप्रमुख तामाङले नगरपालिकाले कृषि क्षेत्रमा उल्लेख्य बजेट  विनियोजन गरिएको बताइन्।त्यसैगरी पशुपंक्षि शाखाका प्रमुख जीवन चापागाइले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई अनुदान दिइएको बताए।उनले बिचौलिया प्रवृतिको अन्त्य गर्न किसानलाई नै आवश्यक सामान किन्न लगाएर नगरपालिकाले अनुगमन गरी ५० प्रतिशत अनुदान दिइएको बताए।उनका अनुसार न्यूनतम २० हजार देखि १ लाख ५० हजार रुपैयाँ सम्म अनुदान दिइएको छ।


सुनसरी जेठ १६ गते । रातो तारा डट कम,  हाल विश्वव्यापी रुपमा फैलिएको संक्रामक रोग कोरोना भाईरस को रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निशेधाज्ञा कार्यन्वयनको लागि मिती २०७८।०२।१६ गते अं।०८.०० वजेको समयमा यस कार्यालयवाट खटीएको प्रहरी टोलीले जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।९ स्थितमा निम्न स्थान वस्ने निम्न मानिसहरुले होटल संचालन गरेको तथा होटलमा ग्राहक भेला जम्मा भई भिडभाड गरी निषेधाज्ञाको उलंघन गरी होटलमा रक्सी विक्री वितरण गर्नुको साथै सेवन समेत गर्दै गरेको अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागी तालुक जिल्ला प्रशासन कार्यालय ईनरुवा सुनसरी पठाईएकोमा होटल संचालकलाई जनही रु ७,०००।– (साह हजार) र होटलमा मादक पदार्थ सेवन गर्ने निम्न उल्लेखित मानिसहरुलाई जनही रु ३,०००।– (तिन हजार) का दरले जरीवाना गरीएको व्यहोरा जानकारीको लागी अनुरोधछ ।

निम्न:-

जि।सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। ९ बस्ने बर्ष ३१ को ओम प्रकाश थापा (होटल संचालक) ।

ऐ। बस्ने बर्ष ५१ को बाबु घिमीरे होटल संचालक ।

ऐ। ६ बस्ने बर्ष २५ को राहुल चौधरी (मादक पदार्थ सेवन गर्ने ग्राहक) ।

ऐ।९ बस्ने बर्ष २३ को रोहन साह (मादक पदार्थ सेवन गर्ने ग्राहक) ।

ऐ। बस्ने बर्ष ३६ को समय वाक (मादक पदार्थ सेवन गर्ने ग्राहक)। 

ऐ। बस्ने बर्ष २८ को सुनिल दुलही (मादक पदार्थ सेवन गर्ने ग्राहक)। 

ऐ।१ बस्ने बर्ष ४९ को मनोज सिंह मादक पदार्थ सेवन गर्ने ग्राहक। 

ऐ। ९ बस्ने बर्ष ३६ को लालटु दास मादक पदार्थ सेवन गर्ने ग्राहक। 


 


विराटनगर, १६ जेठ । रातो तारा डट कम, प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनकाईमा ३२, झापा गाउँपालिकामा २७, अर्जुनधारामा २०, शिवसताक्षी १८, बुद्धशान्तिमा १४, हल्दिबारीमा ८, कमल गाउँपालिकामा ६, गौरादहमा ५, गौरीगञ्जमा २, कचनकवल, गौरीगञ्ज, बा¥हदशीमा १–१, स्थानीय तह नखुलेका ४, मोरङको विराटनगरमा १३२, सुन्दरहरैचामा ३४, कानेपोखरीमा ३२, पथरीशनिश्चरे र बेलबारीमा २४–२४, रतुवामाई र उर्लाबारीमा १७–१७, बुढीगंगामा १५, केराबारीमा १२, रंगेली र लेटाङमा १०–१०, धनपालथानमा ७, कटहरीमा ६, मिक्लाजुङमा ४, सुनबर्षी, जहदा र ग्रामथानमा १–१, स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा ७१, इटहरीमा ५८, बराहक्षेत्रमा ९, गढीमा ७, रामधुनी र दुहवीमा ४–४, इनरुवामा ३, कोशी गाउँपालिकामा २, देवानगञ्जमा १ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ३५, हिलिहाङ र फाल्गुनन्दमा १–१, ताप्लेजुङको फुङलिङमा २१, मेरिङदेनमा ८, मिक्वाखोलामा ३,  इलामको चुलाचुलीमा ४, रोङ र इलाम नगरपालिकामा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका १–१,  उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १ र स्थानीय तह नखुलेका २,  धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १,  संखुवासभाको खाँदबारी, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५७ हजार ३८२ पुगेको छ । संक्रमित भएका मध्ये ३५ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् । आज ३९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ९३५ पुगेको छ । प्रदेश १ माआज २ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४५१  महिला र ५५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




बिराटनगर जेठ १६ गते । रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं .१५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने बर्ष ३५ को रवि कुमार रजकले निजको घर कोठामा फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक,

ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारण गरी झुक्याई बिक्री बितरण साथै औषधी अवैध जम्मा खोरी गरी कालो बजारी गरेको भन्ने बिशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त औषधी लगायतका सामानहरू सहित निजलाई पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान कार्य भई रहेकोछ ।


 


काठमाडौं । रातो तारा डट कम, नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ । 

 


थाइल्याण्ड नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाटले उपलब्ध गराउनुभएको ती सामाग्री आज आइतबार  शाही थाई एयर फोर्सको चार्टर विमानमा  गरी ती सामाग्री नेपाल आइपुगेको थियो  । 

 त्रिभुवन अन्तराष्टिय विमान स्थलमा स्वाथ्य सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विषय परिस्थितिमा नेपालको लागि थाई राजपरिवारले गरेको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो । उहाले भन्नुभयो–‘थाई नरेश प्रति नेपाल सरकारले धन्यवाद दिन चाहन्छु । उहाले भन्नुभयो नेपाललाई आपतपर्दा अन्तराष्ट्रिय समुदायले निरन्तर सहयोग जारी राखेको बताउनुभयो । 

 ती सामाग्री थाइल्याण्डका राजदुत भोसिता भोरासावले स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको थियो । मन्त्री त्रिपाठीले थाई सरकारले गरेको महत्वपुर्ण सहयोगप्रति नेपाल सरकारले थाई नरेश र जनतालाई धन्यवाद दिन चाहन्छ भन्नुभयो ।  

 शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल भित्रिएको  ती सामाग्री विभिन्न अस्पताललाई हस्तान्तरण गरिने छ । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री श्रेष्ठले आफ्नै विमान चार्टर गरी कोभिड नियन्त्रण गर्न नेपालमा स्वाथ्य सामाग्री उपलब्ध गराएकोमा थाई नरेश प्रति आभार व्यक्त गर्नुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले थाइ राजदुतावास मार्फत थाइ नरेशलाई पत्र पठाएर ती सामाग्री नेपाल आइपुगेको हो । सोही पत्रको आधार र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पर्ने सूची गरेपछि  सोही आधारमा थाइल्याण्ड सरकारले स्वाथ्य समाग्री उपलब्ध गराएको हो । मन्त्री श्रेष्ठले नेपाल र थाईल्याण्डबिचको सुमधुर सम्बन्धको कारण कोभिड नियन्त्रणको लागि महत्वपुर्ण सामाग्री नेपाल आइपुगेको जानकारी गराउनुभयो । 

 नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाट थाई रोयल एडको रुपमा ती स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई सहयोग गरिएको हो । नेपाललाई थाई राजदरवारबाट सहयोग जुटाउन थाइल्याण्डको भिक्षु संघमा प्रतिष्ठित नेपाली मूलका भिक्षु थाइ राजकीय विहार वाट बोभर्नका उप प्रमुख भिक्षु फ्रा देव शाक्य बंशपण्डित अर्थात फ्रा डा. अनिल शाक्यसँग माननीय शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँगको समन्वयमा भएको पहलमा उक्त सहयोग जुट्न संभव भएको हो । 

 नेपाली राजदूतावास मार्पmत थाई नरेशलाई पत्र प्राप्त भएपछि थाई नरेशले  नेपाललाई सहयोग गर्न निर्देशनजारीभएकोथियो । सोही आधारमा सरकारले १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पिपिइ गाउन,१० हजार जोडी लेग कभर,१० हजार थान सर्जिकल क्याप,५ हजार थान फेस सिल,२० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर,१ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग सहयोग सामाग्री नेपाल सरकारलाई उपलब्ध गराइएको छ ।  ती सामाग्री बाहेक   थाई राजकुमारीले ७ हजार थान पिपिइ गाउन उपलब्ध गराउनुभएको छ । 



सुनसरी जेठ १६ गते । रातो तारा डट कम, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेकाहरुको घर घरमा पुग्नुभएको छ । इटहरी वडा नम्वर १३,१६ र १७ का छ वटा घरमा इटहरी अस्पतालकी स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विसाल दाहाल सहित संक्रमितहरुलाई भेटन पुग्नुभएको हो । संक्रमितहरुको स्वास्थ्य अवस्थाको वारेमा प्रमुख चौधरीले जानकारी लिनुभयो । उहाँले उपमहानगर जनताको साथमा रहेको वताउनुभयो । संक्रमितहरुलाई स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परामर्श दिएका छन । होम आइसोलेसनमा वस्दा पुरयाउनुपर्ने सावधानीको वारेमा जानकारी दिइएको छ । स्वास्थ्यकर्मीहरुको टोली सहित नगरप्रमुख घरमै आइपुग्दा आधा विराम निकोभएको संक्रमितहरुले प्रतिक्रिया दिएकाछन । समस्या परेको वेला स्थानीय सरकार घरमै आउदा उपमहानगर जनता प्रति उत्तरदायी रहेको पाएको उहाँहरुको भनाई छ । 

 


विराटनगर जेठ १६ गते । रातोतारा डट कम,इसाई समाज विराटनगरले एफजिटी चर्च नेपालको आर्थिक सहयोगमा कोशी अस्पताल विराटनगरलाई कोभिडसँग लड्नका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको छ । अस्पताल परिसरमा हस्तान्तरण कार्यक्रम आयोजना गरि समाजले लेबल २ को कम्प्लिट पीपीइ सेट २०० थान, १०० मिलिलिटरको स्यानिटाइजर ५०० बोतल, सर्जिकल मास्क १६ हजार २०० थान, एक्जामिनेसन ग्लोब्स ४ हजार २०० थान लगायत कुल ५ लाख २५ हजार बराबरको स्वास्थ्य सामाग्रीहरू अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । 

कार्यक्रममा सहयोगी चर्चका पास्टर युवराज प्रधानले देशलाई खाँचो परेको बेला कोही चुप लागेर बस्न नसक्ने भन्दै आफ्नो चर्च समूहले चर्चमा संकलन भएको भेटी रकमहरू यतिखेर महामारीको सामना गर्नका लागि खर्च गरेको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद भट्टराईले इसाई समुदायद्वारा गरिएको यो ठूलो सहायताले केही समयका लागि पीपीइको खाँचो पूरा भएको बताउँदै अक्सिजन सिलिन्डरको भने अझै अभाव रहेको जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि, समाजसेवी एवम् प्रदेश सभाका सदस्य केदार कार्कीले स(साना सामाग्रीहरू हस्तान्तरण गरि फोटो खिच्ने होडबाजी चलिरहेको बेला इसाई समाज विराटनगरले भने अस्पतालसँग समन्वय गरि खाँचो परेको सामान नै उपलब्ध गराएर महत्वपूर्ण कार्य गरेको बताउनुभयो । 

इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्लले सञ्चालन गर्नुभएको हस्तान्तरण कार्यक्रममा अस्पतालका मे।सु। चुमनलाल दास, इसाई समाज विराटनगरका उपाध्यक्ष रामप्रसाद पौडेल, अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । 


 



मोरङ । रातो तारा डट कम, बिराटनगरकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा कोरोना संक्रमित एक महिलाले नर्मल डेलिभरिबाटबच्चा जन्माएकीहुन् । ३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ । 

कोरोनाको कहरको बिचमा मदर एण्ड चाइल्ड अस्पतालका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. शुभद्रा अग्रवालको नेतृत्वमा नर्मल डेलिभरि मार्फत बच्चा जनमाइएको अस्पतालका प्रशासनले जनाएको छ । 

कोरोना महामारिका बिच अस्पतालले सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । एक्कासी पेट दुखेपछि महिलाको कोरोना रिपोर्ट समेत पोजेटिभ आएपछि बिराटनगरको मोरङ सहकारी अस्पताल लगिएको थियो । तर महिला कोरोना संक्रमित भएकै कारण त्यहाँ उनको भर्ना लिइएन । त्यस लगत्तै नजिकै रहेको मदर एण्ड चाइल्ड अस्पताल लगिएको श्रीमन् पंकज कर्णले बताए । 

कर्णले भने , मदर एउण्ड चाइल्ड अस्पतालमा कोरोना संक्रमित गर्भवति महिला आएसंगै अस्पताल प्रशासनले तदारुक्ताका साथ उपचारमा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । “अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ । संक्रमित महिलाको नर्मल डेलिभरि मार्फत छोरी निकालीएको छ ।  अस्पताल प्रशासनले कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरिएको जनाएको छ । यता न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालका कार्यकारी निर्देशक अनिषा विष्टले  भने , नेपालको संविधानमा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य संम्बन्धि हक हुनेछ भनि ब्यवस्था गरिएको छ । साथै महामारीको बेला प्रजनन् स्वास्थ्य अति आवश्यक सेवाको रुपमा रहेकोले योसँग सम्बन्धित सम्पूर्ण सेवामा केही पनि अवरोध नआउने उनले बताए ।



झापा, जेष्ठ-१६ गते । रातो तारा डट कम,
झापा बुद्धशान्ती गाऊपालिका ३ धाईजन चौक स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । शनिबार बेलुका पौने ६ बजे उनिहरुलाई लागूऔषध ब्राउनसुगर २ ग्राम ४००मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान भईरहेको छ ।

 जेठ १६, बुद्धशान्ति । रातो त


सरा डट कम, कोरोना कहरका बेलामा अग्रपंतिमा खटेर कामगर्ने झापाली पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघ झापा शाखालाई बुद्धशान्तिका तीनवटा संस्थाले आर्थिक सहयोग गरेका छन् ।

आइतबार बुधबारेमा आयोजित एक कार्यक्रममा बुधबारे जेसीजले कोरोना महामारीमा खटिने झापाका पत्रकारलाई स्वास्थ्य सामग्री र सहयोगका लागि नेपाल पत्रकार महासंघ झापालाई ७ हजार आर्थिक सहयोग गरेको छ ।

 सो रकम बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका छन् । सोहि कार्यक्रममा जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिले पनि पत्रकार महासंघ झापा शाखालाई ७ हजार रुपैँया सहयोग गरेको छ ।

सो सहयोग जोइन्ट हेन्ड युथ सोसाइटीका उपाध्यक्ष अनिल वाग्ले, सचिव गोकुल पौड्याल र सदस्य केशव तिम्सिनाले अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईले जनाएका छन् ।

त्यस्तै सोहि अवसरमा बुद्धशान्ति उद्योग वाणिज्य संघको पहलमा नेपाल पत्रकार महासंघ झापालाई पाँच हजार तीन सय रुपैँया हस्तान्तरण गरिएको छ । सो रकम बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले महासंघ झापा शाखा अध्यक्ष गिरीलाई रकम हस्तान्तरण गरे । पत्रकार महासंघ झापाका जिल्ला सदस्य अनिल वाग्लेको पहलमा सो सहयोग रकम हस्तान्तरण भएको हो ।


काठमाण्डौ जेठ १६ गते । रातो तारा डट कम,स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बराबरको बजेट सार्वजनिक भएको छ । स्वास्थ्य क्षेत्रमा आगामी आर्थिक वर्षका लागि झन्डै ३३ अर्बले बजेट वृृद्धि गर्दै बिनियोजन गरिएको छ । कोरोना महामारीलाई केन्द्रित गरी सार्वजनिक गरिएको बजेटमा सरकारले महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । 

कोरोना महामारीविरुद्धको लडाइँमा सरकारले खोपलाई प्राथमिकतामा राखेको छ भने सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान, सिलिन्डर खरिद, अक्सिजन उद्योग स्थापनालाई प्राथमिकतामा राखिएको छ ।दुई आर्थिक वर्षदेखि कोरोना महामारीको चपेटामा रहेको बेला सरकारले ल्याएको बजेटमा स्वास्थ्य उपकरण खरिद, औषधि उपकरण खरिद, सबै अस्पतालमा कोरोना सङ्क्रमित उपचारका लागि सेन्ट्रल कमाण्डको अवधारण ल्याइएको छ ।

नेपाललाई पूर्ण खोपयुक्त घोषणा, प्रमूख प्रवेश नाकामा स्वास्थ्य जाँचका लागि पूर्वाधार निर्माण,  क्वारेन्टाईन विस्तार, होल्डिंग सेन्टर निर्माण, सबै प्रदेशमा सरुवारोग अस्पताल निर्माण, काठमाडौंमा ३ सय शैयाको सरुवारोग अस्पताल बनाउने घोषणा गरेको छ । निरोगी नेपाल अभियान लगायतका पुरानै कार्यक्रमहरु पनि बजेटमा समेटिएको छ । 

सरकारले खोपमा सबैको सनिश्चितता, आगामी आर्थिक वर्षभित्र बीमामा सबैको पहुँच, टेलिमेडिसिन सेवा, ५२ हजार स्वास्थ्य स्वंसेविकाको यातायात भत्ता शतप्रतिशत वृद्धि, स्वास्थ्य विज्ञान प्रतिष्ठान, आयोग अनुसन्धानका कार्यक्रमले पनि यसपटक बजेटमा समावेश गरिएको छ । अघिल्लो बर्ष तुलनात्मक रुपमा बजेट कम भयो भनेर स्वास्थ्य क्षेत्रले असन्तुष्टि जनाएको थियो भने यो वर्ष सकारात्मक रुपमा लिएका छन् । 



काठमाण्डौ जेठ १६ गते । रातो तारा डट कम,आज मुलुकभरमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात यास पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव अहिले नेपालमा रहेको जानकारी दिँदै महाशाखाले अहिले देशका अधिकांश भू–भागमा सामान्य बदली भएको बताएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश १ को तराई भू–भागमा र प्रदेश २ को थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


काठमाडौ  । रातो तारा डट कम,  गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा अक्सिजन अभावका कारण सात जना बिरामीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक जना सुत्केरी समेत रहेकी छन् । बिरामीका आफन्तका अनुसार अक्सिजन सकिएको जनाकारी थिएन । एक्कासी अक्सिजन सकिएको खबर आयो खोज्न जाँदा पाईएन पछि हेर्दा हेर्दै बिरामीको ज्यान गयो । यो सबै अस्पताल प्रशासन र डाक्टरहरुको गल्ती भएको बिरामी कुरुवाहरु बताउँछन् । यसबारे अस्पताल प्रशासन र गण्डकी प्रदेश सरकारले आफ्नो आधिकारीक धारणा दिएको छैन । गण्डकी अस्पतालका कोभिड फोकल पर्सन डा. सरद बरालका अनुसार हाइर्ए फ्ल्यो अक्सिजन नहुँदा समस्या परेको बताउँछन् । जति पनि बिरामी भर्ना भएका छन् सबै अक्सिजन चहिने बिरामी भएकाले अक्सिजन नपुगेको उनेको दाबी छ । यसबारे सरकार जिम्मेवार हुुनपर्ने तर्क समेत डा. बराल गर्छन् । हेनुहोस् स्थलगत रिपोर्ट 

 


विराटनगर, १५ जेठ । रातो तारा डट कम, प्रदेश १ मा आज ९९५ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छ । हालसम्म कुल ३५ हजार ५३२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ७०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०६, झापामा २०५, सुनसरीमा १२१, धनकुटामा ५५, संखुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा ३–३, ते¥हथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मोरङको  विराटनगरमा ६७ महिला र ७८ पुरुष सहित १४५, सुन्दरहरैचामा २५, कटहरीमा ११, बुढीगंगामा १०, बेलबारीमा ४,  मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, उर्लाबारी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५८, विर्तामोडमा ३९, भद्रपुरमा २३, अर्जुनधारामा २१, शिवसताक्षीमा ११, कनकाईमा १५, मेचीनगरमा १२, बुद्धशान्तिमा ८,  बा¥हदशीमा ७, गौरीगञ्ज र कमल गाउँपालिकामा ३–३, कचनकवल र स्थानीय तह नखुलेका २–२, गौरादहमा १ , सुनसरीको धरानमा ५३, इटहरीमा ४३, दुहवीमा ६, बर्जुमा ५, इनरुवा र बराहक्षेत्रमा ४–४, रामधुनीमा ३, गढी र स्थानीय तह नखुलेका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


त्यसैगरि धनकुटाको शहिदभूमीमा २०, धनकुटा नगरपालिकामा १९, महालक्ष्मीमा ८, पाख्रिवासमा ५, छथरमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको पाँचखपनमा २०, खाँदबारीमा १३, धर्मदेवीमा ४, सिलिचोङ, मकालु र सभापोखरीमा १–१, खोटाङको खोटेहाङमा १२ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, माई, सुर्योदय, माङ्सेवुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ३, स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३, ते¥हथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६ हजार ३७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९८७ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २९१ महिला र ४१० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



 


सुनसरी जेठ १५ गते । रातो तारा डट कम, इटहरी उमनपा वडा न २० स्थित पानीपिया जंगलमा प्रहरी टोलीले सवारी साधन चेक जाच गर्ने क्रममा अगाडीको नम्वर प्लेट नभएको पछाडी को १० प ३४५५ न। को नं। प्लेट टाँसेको सुपर स्प्लेन्डर मोटरसाईकलमा सवार भई आएका २ जना पुरुष मानिसहरुलाई शंका लागी सोधपुछ गर्ने क्रममा मोटरसाईकल चालक जि। सुनसरी वराहक्षेत्र न।पा।वडा न। ३ वस्ने  वर्ष २० को सुमन सुन्दास र पछाडी सवार रहेका ऐ वस्ने वर्ष १९ को नवराज परियारले उक्त नम्वरको मोटरसाईकल जि। सुनसरी वराहक्षेत्र न।पा। वडा न। ३ वस्ने चन्द्र वहादुर कार्कीको घरमा पार्किङ गरी राखेको ठाउँवाट चोरी गरी ल्याएको भनि खुल्न आएको हुदाँ निजहरुलाई उक्त मोटरसाईकल सहित आवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी पठाईएकोछ । 


 


काठमाडौं । रातो तारा डट कम, सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ।

सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने र ब्याजदर अधिकतम ५ प्रतिशत ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइने अर्थमन्त्री पौडेलले जानकारी दिए।



मोरङ बेलबारी जेठ  १५ गते । रातो तारा डट कम, मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलिया बाट ल्याएर किसानहरुलाई बोयर जातको बाख्रा बितरण गरेको छ । कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समुह तथा ब्याबसायिक फर्महरुलाई बाख्राका पाठा पाठि बितरण बितरण गरेको हो । ५२ ओटा वोका र ३८ वटा पाठि बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।

 एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्टे«लिया बाट चार्टर गरी बोका ल्याएर बितरण गरेको हो । किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठा पाठि बिरतण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा बिकास गर्ने लक्ष्य लिएको उनले बताए । 

समूह तथा र्फमहरुलाई सर्तनै राखेर बितरण गरीएको छ । अनुदानमा दिएका बाख्राहरु बिक्रि गर्न नपाउने सर्त राखेर बितरण गरीएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहाले बताए । तिनै बाख्राका पाठापाठिबाट उत्पादन बढाउने लक्ष्य लिएको उनले बताए । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएको थियो ।  

यो जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाईने सबै घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान उक्त बाख्रापालनमा गएको छ । थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरुमा समेत बोयर प्रतिकोमोह बढिरहेको छ । अन्य जातको बाख्रा भन्दा बोयरले छिटो सयमा फाइदा दिने पशुप्राविधिकहरु बताउछन । 

बाख्राका पाठा पाठि पाएपछि कृषकहरुसमेत खुसिभएकाछन । अष्ट्रेलियलाई बोयरको प्रजन्न केन्द्रका रुपमा मान्ने गरीन्छ बेलबारीमा ब्याबसायिक बाख्रा पालन गर्दै आएका किसान राजन गोर्खालिले भने यसले आय आर्जनमा ठुलो राहत मिल्ने छ । माछा दुध तथा अन्डामा आत्म निर्भर भइसकेको नगरपालिकाले मासुमा समेत आत्म निर्भर बनाउनेजनाएकोछ । निशेधाज्ञाको सयमा भिडभाड बढ्ने भएपछि नगरपालिकाले समुह तथा फर्ममा लगरे पाठ पाठि छोडिदिएको छ । 







काठमाण्डौ जेठ १५ गते । रातो तारा डट कम,नेपालले आज इराकविरुद्ध मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ । इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपालले इराकसँग खेल्न लागेको हो । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजेबाट सुरु हुनेछ ।

मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफू भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले यस पटक नेपाली टिममा ठुलो परिवर्तन गर्नुभएको छ । पछिल्लो समय थ्री नेसन्स कपको उपाधि विजेता टोलीबाट उहाँले १० खेलाडीलाई मात्रै टिममा लिनुभएको छ । 

उहाँले ६ नयाँ खेलाडीलाई टोलीमा अवसर दिनुभएको छ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जानेछन् ।


काठमाण्डौ जेठ १५ गते । रातो तारा डट कम,आज १४ औँ, गणतन्त्र दिवस, देशमा गणतन्त्र स्थापना भएको आज १४ वर्ष पूरा भएको छ । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर गणतन्त्र दिवस मनाउने भएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । वि.सं. २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद पुनस्र्थापना गर्नुभयो ।



काठमाण्डौ जेठ १५ गते । रातो तारा डट कम,सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट अध्यादेशमार्फत् आज सार्वजनिक गर्दै छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार सरकारले आज पूर्ण आकारको बजेट सार्वजनिक गर्न लागेको हो । 

सरकारले आगामी आर्थिक वर्षका लागि कोरोना सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रीत रहेर बजेट सार्वजनिक गर्र्नेछ । प्रतिनिधिसभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । 

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको रािष्ट्रय योजना आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले सीआईएनसँग बताउनुभयो । सरकारले ल्याउने बजेट अध्यादेश पारितका लागि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले बताउनुभयो ।







काठमाडौ । रातो तारा डट कम,अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्म ‘ओभर डोज’ प्रिमियर हुने भएको छ । फिल्मलाई यहि मे २९ अर्थात भोली अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुने भएको हो । ड्रग्स र अपराधको कथामा निर्माण भएका यस फिल्ममा प्रनिसराज पन्त,सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भुमिका रहेको छ भने गौरव गुरुङ र स्वामी डिजे लगायत अमेरिकन कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको यस फिल्मलाई नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको हो । निर्देशक पौडेलका अनुसार नेपाली तथा अंग्रेजी भाषामा फिल्म निर्माण भएको हो । सट फिल्म , म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको यो टिमले ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्राको कथालाई फिचर फिल्ममा निर्माण गरेको हो । उनीहरुको पहिलो यो फिचर फिल्म पहिलो हो । यस फिल्मलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको निर्देशक पौडेलले बताए । चितवन निवासी पौडेल केहि वर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आएका छन । उनले फिल्म मेकिङमा ब्याचलर सकेका छन् ।

दर्शकका लागि केही नयाँ दिने उदेश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए । उनी पढाईको सिलसिलामा अमेरिकामा बस्दै आएका छन् । दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका छन् । यस फिल्मलाई समयअनुकुल भएपछि संसारभर प्रदर्शन गर्ने निर्माणपक्षको भनाई छ ।

 


विराटनगर, १४ जेठ । रातो तारा डट कम,  प्रदेश १ मा आज ७९१ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छ । हालसम्म कुल ३४ हजार ५३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ७४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २३२, झापामा २०७, सुनसरीमा १६४, धनकुटामा ३८, उदयपुरमा ३४, संखुवासभामा २५, इलाममा १३, पाँचथरमा ८, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ८४ महिला र ८० पुरुष सहित १६४, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा ११, उर्लाबारीमा ८, बुढीगंगामा ६, कटहरी र बेलबारीमा ५–५, ग्रामथानमा ३, मिक्लाजुङ, लेटाङ, धनपालथान र रतुवामाईमा १–१ र स्थानीय तह नखुलेका २,  झापाको विर्तामोडमा ५५, कनकाईमा ३६, दमकमा २१, शिवसताक्षीमा १८, मेचीनगर र बुद्धशान्तिमा १७–१७, भद्रपुरमा १२, अर्जुनधारामा १०, बा¥हदशी, गौरीगञ्ज र कमल गाउँपालिकामा ५–५,  झापा गाउँपालिकामा ४, हल्दिबारीमा २, सुनसरीको इटहरीमा ६४, धरानमा ४६,  दुहवीमा २९, इनरुवामा ११, बराहक्षेत्रमा ५, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२, रामधुनी, देवानगञ्ज, हरिनगर, गढी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २६, पाख्रिवासमा ८, शहिदभूमी र छथरमा २–२, उदयपुरको त्रियुगामा २९, बेलका र स्थानीय तह नखुलेका २–२, उदयपुरगढीमा १, संखुवासभाको पाँचखपनमा २१, खाँदबारीमा ३, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ६, माई नगरपालिकामा ५ र सुर्योदयमा २, , पाँचथरको तुम्वेवामा ६ र स्थानीय तह नखुलेका २, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५५ हजार ६७६ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार २९८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ९४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३३५ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



काठमाडौ । रातो तारा डट कम, कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा न। १० चतरादेई स्थितमा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई लु १ ख ७६३९ नं को मिनि ट्रकमा  मलखाद, लोड गरी बेवारिसे अवस्थामा राखेको भन्ने गोप्य सुचना प्राप्त हुना साथ यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बेवारिसे अवस्थामा रहेको लु १ ख ७६३९ नं को मिनी ट्रक चेकजाँच गर्दा ५० के।जी तौल भएको ९० बोरा मलखाद समेत बरामद गरि उक्त समान ढुवानीको लागी प्रयोग भएको लु।१।ख ७६३९ नं।को मिनी ट्रक बरामद गरी ट्रक, मलखाद र मिनीट्रक बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी आजै सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाईएको छ । 


 


गाईघाट १४ जेष्ठ। रातो तारा डट कम,उदयपुरमा शुक्रबार ७८ जना कोरोना संक्रमित थपिएकाछन । यो संगै संक्रमितको संख्या १ हजार १ सय २ जना पुगेको छ । परिक्षणको दायरा बढाउदै गर्दा संक्रमित को संख्या पनि बढ्दै गएको हो । ७८ जना संक्रमित मध्ये ७० जना कोरोना संक्रमित त्रियुगा नगरपालिका क्षेत्रको रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यस्तै वेलका नगरपालिकामा ३ महिला र  २ पुरुष गरी ५ जना, चौदण्ढीगढीमा २ महिला र उदयपुरगढी गाउपालिकामा १ पुरुषमा कोरोना पुष्टि भएको हो  । बेलका नगरपालिका २ का  ६५ वर्षिय पुरुषको बिराट मेडिकल कलेज बिराटनगर मा बिहिबार साझ उपचारको क्रममा मृत्यु भएकोछ ।  अहिले सम्म कोरोना बाट १० महिला सहित ३१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदी ले बताए । 



 


विराटनगर, १४ जेठ । रातो तारा डट कम,प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।  रेडक्रसले अक्सिजन कन्सनट्रेटर १० थान, पीपीई सेट ३ सय थान र सर्जिकल मास्क १० हजार थान मन्त्री राईलाई हस्तान्तरण गरेको छ । मन्त्री राईले स्वास्थ्य सामाग्री ग्रहण गर्दै रेडक्रसलाई धन्यवाद दिनुभयो । 

यसैवीच आईपास नेपालले स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री राईलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारलाई आईपासले उपलब्ध गराएको स्वास्थ्य सामाग्री एवीसी नेपालकी प्रदेश अध्यक्ष तथा कोभिड रेस्पोन्स टाक्स फोर्स मोरङकी प्रतिनिधि विष्णु पन्त शर्माले हस्तान्तरण गर्नुभयो । 

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा पीपीई सेट, सर्जिकल मास्क, एन ९५ मास्क, स्यानिटाईजर रहेको छ । १ लाख १८ हजारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शर्माले बताउनुभयो । 


 


मोरङ÷मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग स्वीकृर्ति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयमा  पत्रचार गरेको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गरेको हो । पहिलो चरणमा १८ बर्ष देखी ४० बर्ष सम्मका ४० हजार दोस्रो चरणमा  ४० हजार डोज खोप स्विकृतिका लागि माग गरीएको नगर प्रमुख सुबेदीले बताए । 

खरेलका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर खोप ल्याइने छ ।  नागरिककलाई बचाउन जसरी भएपनि खोप किन्नैपर्ने आवश्यकता भैसकेको छ उनले भने मन्त्रालयले स्विकृर्ति दिए हामी खोप ल्याउने प्रकृर्या थालिहाल्छौ । नागरीकबचाउनमा लागि कुनै पनि कसरवाकि नराख्ने समेत बताए । खोप खरिदका लागि मन्त्रालयसंग यस बारे पटक पटक छलफल भइहेको सुबेदीको बताए । 

बेलबारीमा २ सय ५० जना भन्दा बढि कोरोना सक्रमित रहेका छन भने १० जनाले ज्यान गुमाइसकेका छन । नगरपालिकाको आफनै अकसिजन सहितको आइसोलेसन निर्माण गरेको छ भने आफनै एम्बुलेन्स तथा अन्य केहि संघ सस्थाका एम्बुलेन्स समेत नगरपालिकाले लिएर कोराना सक्रमितहरुलाई निशुल्क अस्पताल लैजाने ल्याउने समेत गरीरहेको नगरपालिकाको कार्यालयले जनाएको छ । 


   



काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम,बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातको प्रभावस्वरुप नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोेले सतर्क रहन मौसमविद्ले आग्रह गरेकाछन् । चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 



काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम,काठमाडौँ उपत्यकामा नोबेल कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा कार्यान्वयनका लागि आजदेखि थप कडाइ गरिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई नगद जरिवाना तथा कैद सजाय हुने गरी जाँचलाई तीव्रता दिइएको उपत्यकाका जिल्ला प्रशासन कार्यालयलेजानकारी दिएकाछन् ।

यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुनेछ । आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विपन्न, असहाय र गरिब परिवारका लागि स्थानीय वडा तहबाट राहतको व्यवस्था गरिएको बताउनुभयो । 

उपत्यकामा कोरोना सङ्क्रमण बढ्नुका कारणमध्ये खाद्य तथा किराना पसल पनि एक भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निष्कर्ष छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई आज जरिवाना लिन सुरु गरिने बताउनुभयो । 

काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको केही दिनअघिको बैठकले काठमाडौँ उपत्यकामा खाद्य तथा किराना पसल र डिपार्टमेन्ट स्टोर, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन एक साताका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सुरक्षागार्डबाहेकका लागि आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ ।



सुनसरी, जेष्ठ १४ गते ।  रातो तारा डट कम ,सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको शकुशल उद्धार गरिएको छ । बिहिवार अपरान्ह पौने ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० बर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै शकुसल उद्धार गरेको हो । उद्धार गरिएका पुरुषलाई उपचारको लागी ईनरुवा अस्पताल पठाएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


मोरङ, जेष्ठ १४ गते । रातो तारा डट कम ,मोरङको कानेपोखरी गाउँपालिका-५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहिवार साँझ ६ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका-२ केरौनका ३२ बर्षीय दिलिप चौधरी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको हो भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


 


विराटनगर, १३ जेठ । रातो तारा डट कम,  प्रदेश १ म आज ८६५ जना संक्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, ते¥हथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा १४० महिला र १५१ पुरुष सहित २९१, सुन्दरहरैचामा ४३, रतुवामाईमा २७, उर्लाबारीमा १५, लेटाङमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, धनपालथान, जहदा, कटहरी, बेलबारी र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, सुनबर्षी, मिक्लाजुङ र केराबारीमा १–१,  सुनसरीको धरानमा १२१, इटहरीमा ३९, दुहवी, बराहक्षेत्र र  रामधुनीमा ५–५, गढी, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज र बर्जुमा ३–३, भोक्राहा १, झापाको मेचीनगरमा ४०, हल्दिबारीमा १५, दमकमा १४, भद्रपुर र विर्तामोडमा ४–४, अर्जुनधारा र स्थानीय तह नखुलेका २–२, बुद्धशान्ति, गौरीगञ्ज, गौरादह, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

त्यसैगरि संखुवासभाको खाँदबारीमा ३२, चिचिला र स्थानीय तह नखुलेका २–२ र चैनपुरमा १, ते¥हथुमको म्याङलुङमा ३०, आठराई र स्थानीय तह नखुलेका १–१, धनकुटाको छथरमा १६, धनकुटा नगरपालिकामा २, महालक्ष्मी, चौवीसे र साँघुरीगढीमा १–१ र स्थानीय तह नखुलेका ३,  पाँचथरको मिक्लाजुङमा १६, तुम्मेवामा ४ र फिदिममा १, ताप्लेजुङको फुङलिङमा १४, सिदिङ्वा, मिक्वाखोलामा १–१, स्थानीय तह नखुलेका २, , इलामको इलाम नगरपालिकामा ९, सुर्योदय र चुलाचुलीमा १–१, भोजपुरको पौवादुङ्मा ३, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा २, त्रियुगा र स्थानीय तह नखुलेका १–१, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ९२८ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् । आज ५२९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ३५१ पुगेको छ । प्रदेश १ मा आज २ हजार २१५ जनाको पीसीआर परीक्षण गरिएकोछ । परीक्षण गरिएकामध्ये ३७७ महिला र ४८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


 


विराटनगर, १३ जेठ । रातो तारा डट कम, विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शलेबताएकोछ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १ सरकारले ल्याउन लागेको विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ को अवधारणा राम्रो रहेको बताएको हो । 

चेम्वर अफ कमर्शका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठले अवधारणा राम्रो भएपनि चुनौतिपूण रहेको बताउनुभयो । उहाँले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’बारे लक्षित वर्ग समक्ष जानकारी दिन आवस्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ स्वास्थ्य वीमा पनि लक्षित वर्गमा पुग्न सकेन ।’ स्वास्थ्य वीमाको लाभ हुनेखानेहरुले मात्र लिईरहेको बताउनुभयो । उहाँलाई मन्त्री राईलाई सूचीकरण गरेर कार्यक्रम गर्दा राम्रो हुने सुझाव दिनुभयो । अध्यक्ष श्रेष्ठले कार्यक्रमको प्रचार प्रसारका लागि सामाजिक संघ संस्थाहरुसँग सहकार्य गर्नुपर्नेमाजोड दिनुभयो । 

चेम्वर अफ कमर्श विराटनगरका कार्यवहाक अध्यक्ष सुरेन्द्र गोल्छाले विपन्न वर्गले थाहा पाउने गरिको एप्स निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एप्स निर्माणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रम राम्रो रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले स्थानीय उद्योगलाई पनि प्रर्वद्धन 

विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको सामाजिक विकास मन्त्री राईले बताउनुभयो ।  उहाँले लक्षित वर्गले थाहा पाउने गरि कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले बताउनुभयो । गरिव जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस भनेर अवधारणा ल्याईएको उहाँले बताउनुभयो ।




MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.