Websoft University
October 2017


काठमाडौँ,  कात्तिक १४ गते । रातो तारा डट कम,
नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, “द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ ।” ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उहाँको भनाइ छ ।

निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताउनुभयो । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो ।

ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा–२ बाट निर्वाचित संसद् थिए । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठह¥याएको थियो ।

त्यसैगरी १ नम्बर प्रदेश इन्चार्ज  गोपाल किराँती, र सावित्री काफले समरले पनि एक प्रेस बिज्ञप्ति प्रकाशन गरि बालकृष्ण ढुगेललाइ बिनासर्त रिहाइको माग गरेकाछन।




बिराटनगर, कार्तिक १४ गते । रातो तारा डट कम, बिराटनगर ११ महेन्द्र चोक दखिन पुरानो रत्ना होट अगाडि अहिले नयाँ खोलिएको म्याक्स अस्पतालल नर्सिङ होमले अस्पतालबाट निस्कने फोर सिधै सार्वजानिक पछाडि पट्टिबाट सार्वजानिक बाटोमा पानी निकालेर फोर पानीले बाटो जाम एको भन्दै टोलवासिहरुको गुनासो बढेकोछ ।

कृषि बिकास बैकं छेउ र म्याक्स अस्पताल पछाडि पट्टिको सार्वजानिक बाटो अस्पतालको फोहर पानीले पुरै बिग्रेको र पानी जमेकोले मानिसहरुलाई हिढनै गारो भएको भन्दै बटुवारे देखि टोलवासी सबै रिसाएका छन ।

अस्पतालले फोहर पानी सार्वजानिक बाटोमा निकालेर छताछुल पारिहदा पनि वडा नगरपालिका र सरोकार वाला निकाय चुप भएको भन्दै टोलमा बिरोध हुन थाले पनिछ कुरा केहो बुइन रातो तारा प्रतिनिधि जिल्ला जनस्वास्थ्य कार्यालय पुगेका थियौ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख प्रशासकिय अधिकृत चन्द्र देव मेहता संग भेटी अस्पताल सुकृत दिने लिने बेलामा पुर्वाधार भए नभएको हेरेर मात्र सुकृत दिनु पर्नेमा गलत तरिकाले सागुरो गलत ठाउमा अस्पताल जस्तो सेवा सन्चान गर्न दिएको पाइयो नि ? भनेर सोधिएको थियो ।

जनस्वास्थ्यका प्रमुख चन्द्र देव मेहताले म्याक्स अस्पाल संन्चालक,शत्रुघन यादव समेतले हामी संग सुकृत लिने बेलामा सबै कुराको पालना गर्ने र कुनै प्रकारको सार्वजानिक रुपमा असर नपार्ने भनिएकोछ भन्नु भयो ।

त्यस पछि मात्र हामीले यहाबाट २५ सैयाँको अस्पता खोल्न अनुमति दिएको हो । यसरी सेवा गर्ने वा व्यापार निजी रुपमा गर्ने तर समाजलाइ असर पर्ने खालको काम
भएका रहेछन भने हामी अवश्य हेर्छौ मेहताले भन्नु भयो । गलत भए कानुनी दायरामा ल्याएर कारर्वाही अगि बढाउने बताउनु भएकोछ । यता टोल वासी महानगर पालिका र जिल्ला जनस्वास्थ्यमा उजुरी दिन जाने भएका छन ।

यि सबै बिषयका बारेमा केरहेछ भनेर रातो तारा डट कम का तर्फबाट संन्चालक बत्रुघन यादव लाई भेटन म्याक्स अस्पतालमा पुग्दा त्यहाँ आधिकारिक मानिस कोहि पनि भेटिएन ।


बिराटनगर,कार्तिक १४ गते । रातो तारा डट कम,नेपाल सरकार स्वास्थ्य मंन्त्रालय अन्तरगत सन्चालन हुदै आएको भिटामिन ए खुवाउने कार्याक्रम अन्तरगत मंगसिर १६ र १७ गते नेपाल अधिराज्य भरी खुवाइदैछ ।

सोहि दिन मोरङकामा पनि कार्तिक १६ र १७ गते भिटामिन ए कार्याक्रम अन्तरगत १ लाख ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन र चुकाको औषधी खुवाइने भएकाले मोरङका सबै अभिभावकले आफना बालबालिकाहरुलाई नछुटाइ सो दिन भिटामिन ए खुवाउन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख प्रशासकिय अधिकृत चन्द्र देव मेहताले रातो तारा डट कम,मार्फत आवान गर्नु भएकोछ ।

त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ पोषण फाटका हेल्थ असिस्टेन अधिकृत बृजकुमार दासवले दिएको जानकारी अनुसार जन्मेको ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई बालभिटा पनि बितरण गरिने जानकारी गराउनु भएकोछ ।

बिभागबाट प्राप्त भिटामिन सबै स्थानीय निकायमा पठाइ सकेको र जिल्ला जनस्वास्थ्यले सो दिन उनिहरूलाइ सहजिकरण मात्र गरिदिने बृजकुमार दासले  बताउनु भएको छ।

(इलामको ढापपोखरी)

इलाम-कात्तिक १४ गते । रातो तारा डट कम,
स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको
छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको हो ।

पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबेढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिनुभयो ।

सदरमुकामबाट २१ किमी उत्तरको यो पोखरी स्थानीयवासीको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण अढाइ वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भएको हो ।

क्षेत्रफलका हिसाबले जिल्लाकै ठूलो मानिएको पोखरी ५० रोपनीमा फैलिएको छ । विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिनेछ ।

डुंगामार्फत पोखरीको सबै क्षेत्र घुम्न आधा घण्टाभन्दा बढी लाग्ने समितिका उपाध्यक्ष नीरबहादुर फागोले बताउनुभयो । यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयवासीसँगै टाढाबाट पनि रमाइलो गर्न आउने पर्यटकको संख्या बढेको
छ ।

विसं २०७२ वैशाख १ गतेदेखि पोखरी संरक्षणको काम थालिएको हो । दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलो माटो र ढुंगाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत बाँध बनाइएको छ ।

यहाँ डुंगा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आवतजावत गर्ने पर्यटक पनि पुग्ने गरेका छन् । फरक विशेषता भएका यी क्षेत्रलाई प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्नसके थप फाइदा पुग्ने सरोकारवालाको भनाइ छ । त्यहाँसम्म पुग्ने सडकको बिग्रँदो अवस्थाले भने समस्या आएको स्थानीयवासी बताउँछन् ।

आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएकाले सडकको अवस्था सुधारलाई प्राथमिकता दिइएको सन्दकपुर गाउँपालिका प्रमुख उदय राईले बताउनुभयो । तत्काल सडकलाई मर्मत गर्दै यातायात व्यवस्थालाई सहज बनाउने उहाँको भनाइ छ ।

ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयवासीले होमस्टे सञ्चालनको तयारी गरेका छन् । अहिले पनि त्यस क्षेत्रका घरमा ५० जनासम्म अतिथिलाई खाने, बस्ने व्यवस्थाको चाँजोपाँजो मिलाइएको छ ।

पोखरीमा माछापालन थालिएपछि आगन्तुकका लागि आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुङ्गीसमेत पोखरीमा आउने गरेका छन् । पोखरी आसपास लोपोन्मुख सुन गोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छन् ।

पोखरी विस्तारसँगै पर्यटन गन्तव्य निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जिल्ला भू–संरक्षण कार्यालयले सघाएका हुन् । “जैविक विविधता रक्षासँगै पर्यापर्यटनको अथाह सम्भावनासँगै जमुनावासीको पर्यटन मोह देखेर साथ दिएका हौँ”, भू–संरक्षण कार्यालय प्रमुख विजेन्द्रकृष्ण सिंहले भन्नुभयो ।

साबिक जमुना गाविस, जिविस, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला कृषि विकास कार्यालय लगायतले सघाउँदै आएपनि स्थानीयवासीको योजनाअनुसार पर्याप्त हुन सकेको छैन । पोखरी विस्तारसँगै त्यस तलका पानीका स्रोत पनि बढेका
छन् ।

जमुना बजारलगायतका सयभन्दा बढी उपभोक्ता रहेको सेलेले मुहानमा पोखरी विस्तार थालिएलगत्तै पानीको स्रोत बढेको स्थानीयवासी बताउँछन् । अझ यस पोखरीको क्षेत्रफल बढाउने र पूर्वी क्षेत्रकै नमूना पर्यटकीय क्षेत्रका रुपमा विस्तार गरिने लक्ष्य रहेको समितिका अध्यक्ष भट्टराईले बताउनुभयो । 

काठमाडौँ, कात्तिक १४ गते। रातो तारा डट कम,
दिगो विकास लक्ष्य प्राप्तिका लागि युवा सहभागिता बढाउन युवा वर्गले माग गरेका छन् ।

संयुक्त राष्ट्रसंघले आर्थिक समृद्धि, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य, सुशासनलगायत १७ उद्देश्य प्राप्तिका लागि दिगो विकासका लक्ष्य जारी गरेकामा राष्ट्रिय योजना आयोगले विषयगत लक्ष्य प्राप्ति गर्न छुट्टै कार्ययोजना बनाई सरकारका कार्यक्रमसित समाहित गरेको छ ।

राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघले आज यहाँ आयोजना गरेको दिगो विकास लक्ष्य प्राप्तिसम्बन्धी दुईदिने सम्मेलनमा सहभागी युवाले सो माग गर्दै नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म अनिवार्य युवाको आवाज सुनुवाइ गर्न सरकारसित आग्रह गरे ।

देशभरका युवाको सहभागिता रहेको सो सम्मेलनमा दिगो विकास लक्ष्यका १७ वटा बुँदामा विषयगत विज्ञद्वारा प्रस्तुत कार्यपत्रमाथि छलफल हुने र काठमाडौँ घोषणापत्रसमेत जारी हुनेछ ।

वाणिज्य मन्त्री मीन विश्वकर्माले सम्मेलन शुभारम्भ गर्दै पछिल्ला वर्षहरूमा सरकारले युवा लक्षित कार्यक्रममा लगानी बढाउँदै गएको चर्चा गर्दै स्वदेशभित्र नै आफ्ना सीप, क्षमता र दक्षतालाई उपयोगमा ल्याउन सहभागीलाई आग्रह गर्नुभयो । उहाँले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आवश्यक भएको हुँदा यी काम सरकारले प्राथमिकताका साथ सम्पन्न गर्न लागेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले आर्थिक समृद्धिमा युवाको सहभागिता हुनु आवश्यक छ भन्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष कमल न्यौपाने, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलिया, क्यानेडियन संस्था सिइसिआईका नेपाल प्रतिनिधि किरण वाग्ले, युथ एड्भोकेसीका अध्यक्ष नगेन्द्र खतिवडालगायतले सम्मेलनका विविध विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । 


चितवन, कात्तिक १४ गते । रातो तारा डट कम,
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर चितवन शाखाले हिजो आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले स्थिर सरकार निर्माण गरी देशलाई समृद्धितर्फ लैजान वाम तालमेल भएको बताउनुभयो।

उहाँले वाम तालमेल मात्रै नभएर वाम एकता र गठबन्धनको पनि प्रक्रिया अगाडि बढेको भन्दै यसमा राजनीतिक र वैचारिक विषय पनि समावेश भएको बताउनुभयो । वाम तालमेल एकतासहितको विशेषता भएकाले स्थानीय निर्वाचनमा भएका जस्तो तालमेल अहिले नभएको उहाँले बताउनुभयो ।

पार्टी एकता संयोजन समिति गठन भइसकेको बताउँदै दाहालले वाम तालमेल चुनावी मात्रै नभएर फरक विषय भएको बताउनुभयो ।

नेपाली काँग्रेससँग अहिले पनि संवाद र सहकार्यमा रहेको बताउँदै दाहालले काँग्रेससँगको सहकार्य नतोडिएको बताउनुभयो । काँग्रेसले पनि नयाँ गठबन्धन बनाउन लागेको बताउँदै उहाँले भन्नुभयो, “देशको राजनीतिक, आर्थिक आवश्यकताले, हाम्रो, संविधान, ऐन कानूनले पनि धेरै पार्टी होइन, थोरै पार्टी हुनु देशको हितमा छ भन्ने परिकल्पना गरेको छ । यो प्रक्रियाको शुरुवात हामीले गरेका छौं ।”

संविधानअनुसार देशमा साना धेरै पार्टी रहने स्थिति नभएको भन्दै उहाँले ठूला थोरै पार्टी रहने परिकल्पना संविधानले नै गरेको बताउनुभयो । वाम तालमेललाई नकारात्मक रुपले हेर्न नहुने उहाँको भनाइ थियो ।

चितवन क्षेत्र नं ३ बाट तपाइँ विजयी हुने आधार के हो रु भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो “यो चितवनका जनताले फैसला गर्ने कुरा हो ।” उहाँले अगाडि थप्नुभयो “यो मेरो गृह जिल्ला भएको नाताले चितवनका जनताको विश्वास लिएर म देशको नेतृत्व गर्ने तयारीमा छु । यहाँका जनताले यो ऐतिहासिक अवसरलाई यही रुपमा बुझ्नु हुनेछ ।”

विसं २०६२ सालमा चितवनको बाँदरमुढेमा भएको घटनाले निर्वाचनमा असर गर्दैन भन्ने प्रश्नमा दाहालले भन्नुभयो “शान्ति प्रक्रियापछि मैले माडीका जनता र बाँदरमुढे घटनाका घाइतेलाई भेटेको छु । घटनालगत्तै मैले क्षमायाचना गरिसकेको छु ।”

उहाँले अगाडि थप्नुभयो “पार्टीको तर्फबाट पनि र राज्यको तर्फबाट पनि घटनाका घाइतेलाई मैले सक्दो सहयोग गरेको
 छु ।” घटनामा संलग्नलाई पार्टीले कारबाही गर्छ भनेको स्मरण गर्दै दाहालले घटनाका दोषीलाई पार्टीले कारबाही गरिसकेको बताउनुभयो ।

चितवन क्षेत्र नं २ बाट रामबहादुर थापा वाम तालमेलबाट उम्मेदवार हुने भन्ने प्रशंगमा दाहालले आज साँझ एमाले अध्यक्ष केपी ओली र आफूबीच छलफलपछि सबै क्षेत्रको उम्मेदवार टुंगो लाग्ने बताउनुभयो । चितवन क्षेत्र नं ३ बाट आफ्नो उम्मेदवारी निश्चित भइसकेको उहाँले बताउनुभयो ।

निर्वाचन नहुने भन्ने शंका अव नगर्न आग्रह गर्दै उहाँले निर्वाचन आयोगले दुईवटा मतपत्र प्रयोग गर्ने भनिसकेपछि अव समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “अब निर्वाचनको बारेमा कुनै संशय बाँकी छैन ।”


ललितपुर, कात्तिक १४ गते । रातो तारा डट कम,
 ललितपुर महानगरपालिकामा विभिन्न विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन भएका छन् ।

विषयगत कार्यालयबाट १३ जना कर्मचारी महानगरपालिकामा हाजिर हुन आएका छन् । उनीहरुको दरबन्दी सम्बन्धित कार्यालयमा नै रहेकाले व्यवस्थापन गर्न नसकिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । महानगरपालिमा जिल्ला शिक्षा कार्यालय, कृषि विकास कार्यालयलगायतका कार्यालयबाट कर्मचारी काजमा आएका छन् ।

उनीहरुलाई सामान्य व्यवस्था गर्न समेत महानगरपालिकाले सकेको छैन । उहाँले भन्नुभयो, “छुट्टै कोठा, टेबुल लगायतको व्यवस्था गर्न कठीनाई छ ।”

सरकारले कर्मचारी समायोजनसम्बन्धी निर्देशिका बनाएपछि महानगरपालिकाले दरबन्दीको निर्णय गर्नेछ । उहाँ भन्नुहुन्छ, “हामीलाई त्यसका आधारमा व्यवस्थापन गर्न सजिलो हुने थियो ।”

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा कर्मचारी समायोजन सम्बन्धी समिति छ । समितिको निर्णयका आधारमा धेरै कर्मचारी महानगरपालिका आउन इच्छा देखाएका छन् । 

झापा - कात्तिक १४ गते । रातो तारा डट कम,
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट पाँचजना प्रतिनिधि सभा र १० जना प्रदेश सभाका प्रतिनिधि निर्वाचित हुने छन् ।

जिल्लामा मतदाताको संख्या पाँच लाख ८५ हजार १६६ रहेको छ । निर्वाचन क्षेत्र नं १ मा ४५ मतदानस्थल र १२० मतदान केन्द्र, क्षेत्र नं २ मा ४८ मतदानस्थल र १३६ मतदान केन्द्र, क्षेत्र नं ३ मा ६७ मतदानस्थल र ११४ मतदान केन्द्र, क्षेत्र नं ४ मा ६२ मतदानस्थल र १३३ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं ५ मा ६१ मतदानस्थल र १५९ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो ।

बिराटनगर,कार्तिक १३ गते । रातो तारा डट कम,गोल्छा अर्गनाईजेशनको अरिहन्त कमर्सियल प्रा लि ले मगाएका ८० हर्स पावार ४२ हर्स पावारका पहिलो डिजल इन्जिन भएका इटालियन ट्रयाक्टरको मुल्य ११ लाख देखि २६ लाख सम्म पर्ने बताइएको छ ।

उधमी कोमल गोल्छा र आके गोल्छाको आतिथ्यमा भएको पुरस्कार बितरण कार्याक्रममा सि एम सोम नाथ अधिकारीले पुरस्कार बिजयता र उपस्थित सबैलाई
सम्वोधन गदै, अहिले १० ठाउँमा डिलर खोलिसकिएको अरु ठाउमा डिलर बिस्तार हदै जानेछ भन्नु भयो ।

त्यसैगरी अव आउने दिनमा कम्पनीले १ करोड एक जनालाई, २५ लाख एक जनालाई,र तृतियमा ११ लाख २ जनालाई दिने पुरस्कार घोषण हुने जानकारी दिदै सबैलाई स्वाग गर्नु भएको थियो ।
(प्रथम पुरस्कार मोटरसाइकलको चाबी दिदै)
ट्रयाक्टर खरिद कर्ता ४२ जना मध्येको नामबाट गोला प्रथा गरि ५ जनालाई महानगर पालिकाका प्रतिनिधि पुनम दाहालको उपस्थितिमा पुरस्कार बितरण गरिएको थियो ।

पहिलो पुरस्कार अग्नी प्रसाद राना केराबारी मोरग, जनक थापा राल्पा,तिलक ब खत्री, तिर्थउली सिन्धुली,सवण कुमार अधिकारी सिन्धुली,शंकर राजवशी इापरतल मोरग,रहेका छन।

प्रथम मोटरसाइकल एक जना, ४२ इन्चको कलर टिभी एक जना,सामसुङ फोन तीन जनालाई उपलब्द गराइएको थियो । पुरस्कार बितरण प्रत्यक ४ महिनामा भईरहने बताइएकोछ ।


काठमाडौँ, कात्तिक १३ गते । रातो तारा डट कम,
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले चुनाव तालमेलसहितको वामपन्थीबीचको एकता प्रक्रियालाई स्वागत गर्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल बनाउन केन्द्रित हुने निर्णय गरेका छन् ।

पत्रकारका दुई संगठनको आज यहाँ बसेको संयुक्त बैठकले प्रदेश र जिल्ला तहसम्म संयुक्त चुनाव प्रचारप्रसार समिति निर्माण गर्ने निर्णय गरेको छ ।

संयुक्त बैठकले वाम गठबन्धनका उम्मेदवार विजयी बनाउन संयुक्त समिति निर्माण गर्ने निर्णय गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।

बैठकले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा संयुक्त भेला गर्ने निर्णय गरेको प्रेस सेन्टरका महासचिव विष्णु सापकोटाले जानकारी दिनुभयो ।

बैठकले निर्वाचन प्रचारप्रसार र एकीकरणको विषयमा आवश्यक गृहकार्य गर्न ११ सदस्यीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा चौतारीबाट अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलन, सचिव देविका घर्तीमगर र कोषाध्यक्ष इन्द्र आचार्य रहनुभएको छ ।

यस्तै, प्रेस सेन्टरबाट अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्ष ओम शर्मा, महासचिव विष्णु सापकोटा, सचिव मनोज घर्तीमगर र कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी हुनुहुन्छ ।

बैठकले प्रदेश र जिल्ला तहसम्म दुवै संगठनको संयुक्त संयन्त्र बनाई काम गर्न र उम्मेदवारको प्रचारप्रसारमा दुवै संगठनका सदस्य सम्मिलित टोली बनाई एकमना एकताका साथ काम गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ । 

भद्रपुर, कात्तिक १३ गते । रातो तारा डट कम,
लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले स्वच्छ छवि बनाएको लोकसेवा आयोगले आफ्नो छविलाई उच्च राख्ने बताउनु भएको छ ।

आयोगद्वारा यहाँ आइतबार सरकारी निकाय तथा सार्वजनिक संस्थान कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले लोकसेवा आयोगको गतिविधिले नागरिकलाई सक्षम एवं दक्षता प्राप्त गर्न प्रेरित गरेको भन्दै आयोगबाट छनोट भएका प्रतिस्पर्धी राष्ट्रको उच्च ओहदामा पुगेका छन् भन्नुभयो।

लोकसेवा आयोगबाट सञ्चालित कार्यक्रमका बारेमा सुझाव संकलन गर्ने उद्देश्य रहेको सो कार्यक्रममा सबै सरकारी कार्यालय एवं संस्थान प्रमुखको सहभागिता रहेको थियो । 


बिराटनगर कार्तिक १३ गते । रातो तारा डट कम,स्वस्था रहनु सबैको चाहना हो तर पनि रुघा खोकी ज्वरो आउनुलाई हामी सामान्य लिन्छौं । रुघा खोकी ज्वरो आउदा हामीलाई झट्ट सम्झिने औषधिको नाम हो “सिटामोल” । प्राय घरमा अटुट रुपमा राखिने औषधि पनि यहि नै हो । डाक्टरको परामर्श बिना नै हामी सिटामोल सेवन गर्ने गर्छौ र तत्काललाई आफ्नो स्वस्थ स्थितिमा सुधाकिन भाइरल भयो सिटामोल? ज्यानमारा भाइरस “Machupo” को सिटामोल माथि आक्रमणर भएको महसुस गर्छौं ।  यस्ता ओैषधी नखान जनचेतनाको पनि यो समचार प्रकाशन  गरिएको हो।
सन् २०१७ को सुरुवात देखि नै एउटा प्यारासिटामोलको बारेमा एउटा ठुलो हल्ला चली रहेको छ जसले गर्दा औषधि उद्पादक कम्पनिलाई पनि टाउको दुखाईको बिषय बनेको छ तर यो दुखाई सिटामोल खाएर ठिक हुने खालको भने हैन । त्यसैले उद्पदक लाई सन्चो हुन खाने औषधि नै दुखाईको कारण बनेको छ ।भारतीय औषधि उद्पदक कम्पनि Apex Laboratories Private Limited ले बजारमा ल्याएको “P-500
Paracetamol” मा “Machupo Virus” पाइएको र यसको सेवन गरेमा ज्यान सम्म जाना सक्ने भनि सामाजिक सन्जाल मा भाइरल भै रहेको छ ।
अहिले पनि कति फेसबुक र अरु सामाजिक संजाल मार्फत यस विषयमा म्यासेजहरु पठाउने काम भै रहेको छ । सो म्यासेजमा उल्लेख भए अनुसार “P/500” नामक उक्त प्यारासिटामोल बजारमा नया आएको र धेरै सेतो अनि टल्किने खालको रहेको र सेवन नगर्न भनिएको छ । जसमा विश्व कै खतरानाक र ज्यानमारा “Machupo” भाइरस पाइएको भनिएको छ । जसको सेवन ले मानिसको ज्यान सम्म जाने भनिएको छ । सामाजिक संजालमा प्रचार भै रहेको यो हल्ला तल देखाइए अनुसार छ ।
“Be careful not to take the paracetamol that comes written P/500. It is a new, very white and shiny paracetamol, doctors prove to contain ‘Machupo’ virus, considered one of the most dangerous viruses in the world. And with high mortality rate.”
हल्ला जसरि फ़ैल्याइए पनि यो समाचार निराधार रहेको र हल्ला मात्र रहेको भनिएको छ।अहिले सम्म यस औषधिको सेवनबाट कुनै पनि त्यस्तो घटना सार्बजनिक नभएको जनाइएको छ । भारत, सिंगापुर, मलेसिया लगायत देशहरुले यो सबै हल्लामा कुनै सत्यता नरहेको भनि पुष्टि गरेको छ ।
यस्तो भाइरसहरु औषधिमा बच्न सक्ने भए पनि लामो समय सम्म सुख्खा ठाउँमा रहन नसक्ने बिषेशाग्यहरु बताउछन् । जस्ता सुकै हल्लाहरु आए पनि हल्लाको पछि नलाग्नु होला । सानो तिनो बिरामी भनेर कहिले पनि हेलचेक्र्याइँ नगर्नु होला / डाक्टरको परामर्श बिना कुनै पनि औषधि सेवन नगर्नु होला । जथाभावी सेवन बाट हुन सक्ने खतराबाट बच्नु होला । यो समाचार माथि उल्लेखित औषधि सेवन गर्नको लागि सिफारिस गर्नको लागि नभई यस सम्भंधि बजारमा चलेको हल्लालाई केलाउने सानो प्रयास गरिएको हो । थप जानकारीको लागि तल दिएको लिंकहरु हेर्नु होला । (अनलाइन बाट)


काठमाडौँ, कात्तिक १३ गते । रातो तारा डट कम,शहरी विकास मन्त्रालयले शहरी योजना र बसोबास दिवस सोमबार मनाउने भएको छ ।

संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रमको आह्वानमा प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार मनाउने गरिएको विश्व बसोबास दिवस यस वर्ष सो दिन बडा दशैँको बिदा परेकाले अन्तिम सोमबार मनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

शहरी योजना दिवस भने नोभेम्बर ८ मा मनाउने गरिएकामा मन्त्रालयको असोज १७ गतेको निर्णयअनुसार कात्तिक १३ गते सोमबार दुवै दिवस एकै दिन मनाउन लागिएको मन्त्रालयका प्रवक्ता शम्भु केसीले जानकारी दिनुभयो ।

यस वर्षको बसोबास दिवसको नारा ‘आवास नीतिको प्रयास ः गच्छे अनुसारका सुरक्षित बास’ रहेको छ । संघीय स्वरुपअनुसार बसोबासको मुद्दालाई शहरी योजनामा समावेश गर्ने उद्देश्यले पनि दुवै दिवस एकै दिन मनाउने निर्णय गरिएको आज आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

शहरी योजना दिवसको नारा भने ‘संघीय नेपालमा शहरी योजना’ तय गरिएको छ । दुवै दिवस मनाउन मन्त्रालयले छुट्टा छुट्टै समिति गठन गरेको छ । यस वर्षको दुवै नाराले संघीय नेपालको शहरी योजना तर्जुमा गर्दा केन्द्रीय, प्रादेशिक र स्थानीय तहको शहरी योजनाबीच सामञ्जस्यता कायम गर्ने भएको छ ।

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहले काठमाडौँलाई व्यवस्थित शहरका रुपमा विकास गर्न चारवटा स्याटेलाइट सिटी निर्माण गर्न लागिएको बताउनुभयो । मुलुकभर २९३ वटा नगरपालिका बने पनि स्वच्छ र व्यवस्थित शहर बनाउने काम भने अझै बाँकी रहेको छ ।

राष्ट्र संघीय मानव बसोबास कार्यक्रमको आह्वानमा सन् १९८६ देखि मनाउन थालिएको विश्व बसोबास दिवस नेपालमा भने सन् २००१ देखि मनाउन थालिएको हो । तर यी दुवै दिवसका कार्यक्रम औपचारिकतामा मात्र सीमित हुने गरेका छन् । ठोस उपलब्धि हुन नसकेको सरोकार भएका निकायको भनाइ छ । 

नवलपरासी, कात्तिक १३ गते । रातो तारा डट कम, दुई जिल्लामा विभाजित नवलपरासी जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही शीर्ष नेताले चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासी ( बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं १ बाट प्रतिनिधि सभामा चुनाव लड्ने निश्चित जस्तैछ ।

यसैगरी, पूर्व गृहराज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कंडेलले नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्नै निश्चित प्रायछ ।

अहिले स्वतन्त्र गठबन्धनका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी पनि सूर्य चुनाव चिन्हसहित नवलपरासी (बर्दघाट सुस्ता ) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं १ बाट प्रतिनिधि सभामा चुनाव लड्दै हुनुहुन्छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महत नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्ने निश्चित छ भने पूर्व स्थानीय विकास राज्यमन्त्री एवं माओवादी नेता घनश्याम यादव नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्दै हुनुहुन्छ ।

निवर्तमान् सांसद एवं नेकपा एमालेका केन्द्रीय सदस्य वैजनाथ चौधरी नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं १ अन्तर्गत ‘क’ क्षेत्रबाट प्रदेश सभामा चुनाव लड्ने निश्चित छ ।

नवलपरासी दुई जिल्लामा टुक्रिएपछि बर्दघाट सुस्ता पूर्व र पश्चिममा दुई÷दुई गरी चार निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभा सदस्यका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाका लागि दुवै जिल्लामा करिब आठ निर्वाचन क्षेत्र रहेका छन् ।

चार लाख मतदाता

दुई प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा कूल चार लाख २९ हजार ८९४ मतदाता रहेका छन् ।

प्रदेश नं ४ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नं ५ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र गरी दुई जिल्लाबाट ती मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कार्यालयले जनाएको छ ।

नवलपुर क्षेत्र अर्थात नवलपरासी (बर्दघाट सुस्ता पूर्व )को जिल्लामा दुई लाख २१ हजार ६६२ जना मतदाता छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिल्लामा दुई लाख आठ हजार २३२ जना मतदाता रहेको बर्दघाट सुस्ता पश्चिम क्षेत्रका जिल्ला निर्वाचन अधिकृत अयोद्याप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि नवलपुर क्षेत्रको कावासोतीको खानेपानी हलमा र परासी क्षेत्रको जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना यस अगावै गरिसकिएको छ । नवलपरासीमा दुवै तर्फ गरी कूल तीन हजार ६३८ कर्मचारी निर्वाचनमा खटिने बताइएको छ ।

(फाएल फोटो)
काठमाडौँ, कात्तिक १३ गते । रातो तारा डट कम,र्बदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना(सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालीम’ सञ्चालन गर्न लागेको हो ।

तालीम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्र समेत माग गरिसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो ।

तालीमअन्तर्गत निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ÷गार्मेन्ट र सुरक्षागार्ड गरी चार क्षेत्रमा एक महिनाको तालीम दिइने उहाँले जानकारी दिनुभयो ।

बोर्डले सहायक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल, फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोेल्डिङ र हाउस पेन्टिङ, ‘कुक’, वेटर÷वेटर, हाउसकिपिङ र कफि मेकर, टेलरिङ, गार्मेन्ट, सुरक्षा गार्डका लागि आशयपत्र माग गरेको छ ।

यसमध्ये मेशन, सटरिङ कार्पेन्टर र गार्मेन्ट, टेलरिङमा एक हजार ५०० जनासम्मका लागि आवासीय तालीम दिइने लक्ष्य राखिएको छ । तालीम लिएकाले विदेश गएपछि ा बढी तलब पाउने तथा स्वदशै पनि स्वरोजगार बन्नसक्ने अपेक्षा लिइएको छ ।

निर्देशक काफ्लेले आशयपत्र दिएकामध्येबाट पहिलो चरणमा केहीलाई सूचीकृत गरी त्यहीमध्येबाट बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । सीप सिकेर वैदेशिक रोजगारमा जान चाहनेका लागि यो उत्तम अवसर भएकाले विदेशमा जान चाहनेलाई तालीममा सहभागी हुन उहाँको आग्रह छ ।

सकेसम्म सातै प्रदेशमा त्यस्ता तालीम सञ्चालन गर्नका लागि आफूहरूले प्रयत्न गर्ने उहाँको भनाइ छ । अदक्ष भएकै कारण अन्य देशका कामदारको तुलनामा वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदारले निकै न्यून रकम पाउने गरेका छन् । यो तालीमपश्चात् अदक्ष र दक्ष कामदारका रूपमा तालीमप्राप्त गर्ने रोजगारीमा जानेछन् । 


बिराटनगर,कार्तिक १२ गते । रातो तारा डट कम,बिराटनगर ९ सिदार्थ टोल बस्ने मन्टु साहले आज भन्दा ७ वर्ष अगि मात्र आफनो घर नजिकै बसोवास गर्ने उदेस्वर मण्डको छोरी संग विवाह गरेको बताएका छन ।
मन्टु साहले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर श्रीमती बबिता मण्ड र ७ वर्षको छोरा फर्काइ दिन ससुरा उदेस्वर मण्ड र सालो राजु मण्डल संग अनुरोध गरेका छन ।

मन्टु मण्डले दिएको जानकारी अनुसार असोज १८ गते घर बाट छोरो लिएर हिडेकी
ले घरमा सम्पर्क नगरे पछि मैले जि प्र का मोरगमा निवेद दिएको थिए तर असोज २० गते दुबै पक्षलाई प्रहरीले इिाकाइ मिला पत्र समेत गरे पछि पनि घर नआएकीले पत्रकार सम्मेलन गर्नु परेको जानकारी गराएका छन ।

चुरो कुरा चै ससुरालिले करिव रु छ लाख कर्जा लिएको र तिर्न नमाने पछि छोरीलाई माइतिघरमा बोलाएर राखेको भनेका छन तर उनको कुरा सुन्दा बिश्वास भने गर्न सकिने खालको थिएन । श्रीमती हराको मन्टु साह भन्छन अनि असोज ३० भेटेको मिला पत्र गरेको जस्ता कुरा पनि गरेका थिए ।

काठमाडौ कार्तिक १२ गते । रातो तारा डट कम,
धादिङमा शनिवार बिहानै ३१ जनाको ज्यान जानेगरी भएको यात्रुबस दुर्घटनापछि सडक यातायात सुरक्षाबारे पुनस् गम्भीर चिन्ताहरु व्यक्त भएका छन्।

पछिल्लो समय नेपालमा सडक दुर्घटनामा बर्सेनि झण्डै २ हजार जनाको ज्यान जाने गरेको सरकारी तथ्याङ्कले देखाउँछ।

तर दुर्घटना कम गर्न सवारी चालक, सवारी धनी, ट्राफिक प्रहरी र सरकारी निकायले पर्याप्त कदम नचालेको भन्दै आलोचना हुने गरेको छ।

विगतमा गठन गरिएका छानबिन समितिहरुका प्रतिवेदन अनुसार अप्ठेरो भौगोलिक बनावट, अधिकांश सडकको खराब अवस्था, यान्त्रिक गडबडी, सवारी चालकको लापरवाही वा सरकारी तहबाट हुने फितलो अनुगमन जस्ता पक्ष दुर्घटनाका कारण हुन्।

सुझाव
धादिङमा भएको बस दुर्घटनापछि सरकारले छानबिन टोली गठन गरेपनि विगतकै सुझावहरु कार्यान्वयनमा नल्याइएकोमा कतिपय यात्रुले असन्तुष्टि व्यक्त गरेका छन्।
सरकारी अधिकारीहरु पनि सडक यातायात सुरक्षित बनाउन पर्याप्त अनुगमन गर्न नसकिएको स्वीकार्छन्।
बसतस्वीर कपीराइट।

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले भने, कहिलेकाहीं प्रशासनको आँखा छलेर चालकले लापरवाही गर्ने गरेकाले दुःखद घटना भइरहेका छन्। यसलाई न्यूनीकरण गर्न चालकमात्र होइन हामी पनि जिम्मेवार भएर अनुगमनलाई कडाई गर्न जरुरी छ। पछिल्लो समय हामीले त्यसो गरिरहेका छौँ तर अब यसलाई थप विस्तार गर्छोै ।

कुल सडकको १३ प्रतिशतमा मात्रै कालोपत्रे गरिएको नेपालमा सडक दुर्घटना न्यून गर्न थुप्रै चुनौतीहरु रहेको यातायात व्यवसायीहरु बताउँछन्।

उनीहरु त्यसको पहिलो जिम्मेवार सरकारलाई नै ठान्छन्।
बेवास्ता
सडक पूर्वाधार विकासमा सरकारले बेवास्ता गरेको बताउँदै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालले भने, ूसरकारले विगत ५ वर्षदेखि चालक उत्पादन गर्ने प्रक्रिया बन्द गरेको छ र चालकहरु विदेशिने क्रम रोकिएको छैन। अहिलेको दुर्घटनाको प्रसंगमा यो स्वाभाविक नदेखिएला तर एउटा कारण यो पनि हुनसक्छ।

तर सडक सुरक्षाका लागि अर्को जिम्मेवार पक्ष नेपाल प्रहरीका अधिकारीहरु प्रहरीसँगै अन्य पक्षले आ(आफ्नो जिम्मेवारी पूरा गरेमा मात्र दुर्घटना न्यून गर्न सकिने बताउँछन्।

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले भने, ूएकआपसमा दोषारोपण भन्दा सबैले नियमहरु र आ-आफ्नो जिम्मेवारी पालना गरिदिने हो भने दुर्घटनामा कमी आउनेछ।

गत आर्थिक वर्षमा नेपालमा झण्डै २४ सय जनाले सडक दुर्घटनामा ज्यान गुमाएको प्रहरीको तथ्याङ्कले देखाउँछ।
बीबीसी 

बिराटनगर,कार्तिक १२ गते । रातो तारा डट कम, आर्थिक अवसर , खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनाले महिलाहरु परम्परागत चुल्होचौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा लागेका छन् ।

यसैक्रममा मोरङको उर्लाबारीमा बुटिक व्यवसाय सञ्चालन गर्दै आउनुभएकी उर्मिला राई (श्रेष्ठ) सफल महिला उद्यमी भएर समाजमा ज्वलन्त उदाहरण बन्नु भएको छ । उर्लाबारी –३ निवासी राईले सञ्चालन गरेको अविश बुटिक पछिल्लो समय बुटिक पारखीका बीच लोकप्रिय बन्दै गएको छ ।

फेशनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवापुस्तामाझ उहाँको बुटिक डिजाइन लोकप्रिय बन्दै जाँदा उहाँले व्यवसायको दायरासमेत बढाएर लग्नु भएको छ । पाँच वर्षअघि उर्लाबारी–२ मधुमल्ला रोडमा करिब रु पाँच लाखको लागतमा सञ्चालन गरेको उहाँको व्यवसाय हाल रु ३० लाख बराबरको बन्न पुगेको छ । कुनै समय स्थानीय स्तरमा मात्र सीमित उहाँको निर्माण सामग्री पछिल्लो समय देशका विभिन्न भूभागमा मात्र नभएर विदेशमा समेत रुचाइएको पाईन्छ ।

लेङ्गा, कुर्ता सुरुवाल, साडी आदीमा आकर्षक बुट्टा भरेर डिजान गर्न माहिर उहाँको व्यवसायले अमेरिका, बेल्जियम, अष्ट्रेलिया, हङकङ जस्ता देशहरुमा बस्दै आएका नेपाली महिलाहरुको मन जित्न सफल भएको छ । उहाँ त एउटा प्रतिनिधि पात्र हुनुन्छ । पथरी शनिश्चरे–१ की मनमायाँ लिम्बु पनि बुटिक व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँले पाँच जनालाई रोजगारीसमेत दिनुभएको छ ।

त्यसैगरी पथरी ८ की निर्मला धिमालले बुटिक व्यवसाय सञ्चालन गरेर राम्रो भविष्य खोजिरहनु भएको छ । निर्मलाले तीन जनालाई रोजगारी दिनुभएको छ । त्यसो त उहाँले डिजाइन गरेको बुटिकका विभिन्न पहिरनहरु स्थानीय कलाकारदेखि राष्ट्रियस्तरका कलाकारहरुले विभिन्न कार्यक्रमहरुमा समेत लगाइ सकेको उहाँको भनाई छ । तीन दर्जन भारतीय तथा नेपालीलाई रोजगारसमेत उपलव्ध गराउन सफल उहाँहरुले बुटिकका सामग्री निर्माणसँगै यसैमा आफनो भविष्य खोज्ने नयाँ पुस्तालाई समेत तालीम दिँदै आएका
छन ।

स्वदेशमै व्यवसाय गर्नेदेखि लिएर वैदेशिक रोजगारीमा जाने जो कोहीलाई समेत उहाँहरुले सुलभ मूल्यमा तालीमको आयोजना गर्नु भएको छ । फेसन डिजाइन आफैँमा सिर्जनासँग सम्बन्धित भएकाले यसमा नयाँपन र परिवर्तनको अपेक्षा गरिन्छ । फेसन डिजाइनिङ अहिले विश्वमै करिअर निर्माणका लागि आधार बनेको छ । 


इलाम, कात्तिक १२ गते । रातो तारा डट कम,
भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहनुभएको छ । अदुवा बाट हरेक प्रकारका परिकार बन्ने र बनाउन प्रयोग हुने भएकाले झन यसको माग बढेको पाइन्छ ।

इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गर्नुभएको हो । उहाँले अदुवा प्रशोधनबाटै आफ्नो परिवार मात्रै पाल्नुभएको छैन नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घर जोड्नुभएको छ भने छोरीलाई काठमाडौँ राखेर पढाउँदै हुनुहुन्छ ।

विसं २०६८ देखि सामान्य तालीम लिएर अदुवा प्रशोधन थाल्नुभएकी निरौलाले अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्बत, सुठो र अचार बनाउने गर्नुहुन्छ । अदुवाबाट विभिन्न परिकार बनाएर जीवन चलाउँदै प्रशोधन केन्द्रमै मात्रै मासिक पाँच क्विन्टल खपत हुने गरेको उहाँले बताउनुभयो ।

“प्रशोधन केन्द्रमा पाँच क्विन्टल अदुवा खपत हुन्छ । यो सबै अदुवा अग्र्यानिक मात्रै ल्याउने गरेकी छु” उहाँले भन्नुभयो । निरौलाले वार्षिक रु ४५ लाख बराबरको अदुवाको परिवार बिक्री गरी रु १८ लाख नाफा कमाउनुभएको छ ।

“व्यावसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्” उहाँ भन्नुहुन्छ “त्यही भएर साना किसानबाट मात्रै अदुवा किन्छु ।” विभिन्न समस्याले गर्दा शुरुवाती समयमा अनावश्यक झण्झट खेप्नुभएकी निरौलाले व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुल्नु भएको छ ।

“जति बेला मैलै यो उद्यम शुरु गरे । त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइन् । राम्रो बजारीकरण पनि नभएको बेला भएकाले अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या प¥यो ।” उहाँ थप्नुहुन्छ “अहिले पनि बजार मूल्य त राम्रो पाएको छैन । तर बनाइसकेका परिकार खेर चाहिँ फाल्नु पर्दैन ।”

यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा ‘हारालुस’ हुने गरेको उहाँ बताउनुहुन्छ । “यहाँ त अहिले पनि अदुवाको सर्बतभन्दा मानिसले बुझ्दैनन् । तर बाह्रय पर्यटकका लागि भने यही सर्वत राम्रो छ ।” यस्ता परिकार इलाम बजार र फिक्कलबाटै बाह्य पर्यटकले खरिद गर्ने गरेका छन् ।

अकबरे, अमलाबाट पनि परिकार बनाउने गरेकी निरौलाको मुख्य उद्यम भने अदुवाकै परिकार हुने गरेका छन् । बजारीकरणमा समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

काठमाडौँ,कात्तिक १२ गते । रातो तारा डट कम,
संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा तीनै तहको निर्वाचनका लागि ठूलो रकम खर्च हुने भएको छ ।

सोहीअनुसार रु छ अर्ब ५० करोडभन्दा बढी खर्चेर स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनको तेस्रो चरणको निर्वाचनमा भएको खर्चको भुक्तानी भने यसै आर्थिक वर्षमा निर्वाचन आयोगलाई उपलब्ध गराएको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पनि सरकारले रु पाँच अर्बको अंक खर्च गर्न आयोगलाई अनुमति दिएको छ । आवश्यकताअनुसार अर्थ मन्त्रालयले आयोगलाई खर्च अनुमति तथा भुक्तानी उपलब्ध गराउँदै जानेछ । तर निर्वाचन आयोगले नै गर्ने खर्चभन्दा पनि सुरक्षा व्यवस्थापनका लागि बढी खर्च हुने गर्छ ।

निर्वाचनका लागि आवश्यक पर्ने खर्चमा कुनै कमी नआओस् भनेर अर्थ मन्त्रालयले रु ३० अर्ब निर्वाचनका लागि छुट्टाएको अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा कति खर्च हुन्छ सोहीअनुसार भुक्तानी दिँदै जानेछौँ ।”

निर्वाचनमा शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन, मतगणना, निर्वाचन शिक्षा, ढुवानी तथा तालीमजस्ता कार्यमा ठूलो रकम खर्च हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्नका लागि लगभग रु २० अर्बदेखि रु २५ अर्ब खर्च हुने अनुमान रहेको पूर्वअर्थसचिव शान्तराज सुवेदीले बताउनुभयो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले चालु आव २०७४÷७५ को बजेट तयार पार्दा यस आवलाई संविधान कार्यान्वयनको वर्ष भन्दै तीनै तहको निर्वाचनका लागि यथेष्ठ बजेट उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

निर्वाचनमा खटिने प्रहरी, म्यादी प्रहरीको नियुक्ति, उनीहरुको तलब तथा कपडा, सशस्त्र प्रहरी एवं नेपाली सेनाका लागि खर्च हुने गर्छ । निर्वाचन प्रक्रियाका प्राविधिक एवं व्यवस्थापकीय पक्षलाई सवल बनाउनका लागि आर्थिकरुपमा कुनै समस्या नभएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बारम्बार बताउँदै आउनुभएको छ ।

निर्वाचन आयोगले नै गर्ने खर्चमा कार्यालय व्यवस्थापन, निर्वाचन अधिकृतको कार्यालयमा रहने कर्मचारी, सुरक्षासम्बन्धी व्यवस्थाजस्ता महत्वपूर्ण विषयमा खर्च हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले तयार पारेको कानून तथा निर्देशिकाअनुसार निर्वाचन गराउन आवश्यक पर्ने महत्वपूर्ण कार्यका लागि खर्च गरिने छ ।

निर्वाचन आयोगले गर्ने खर्च

निर्वाचन आयोगले नै गर्ने खर्चमा कार्यालय व्यवस्थापन, निर्वाचन अधिकृतको कार्यालयमा रहने कर्मचारी, सुरक्षासम्बन्धी खर्च नै मुख्य हुन् । त्यसका अलवा निर्वाचनमा भत्ता, पानी तथा बिजुली, सञ्चार महशुललगायत कार्यालय स्थापनामा खर्च हुन्छ ।

निर्वाचन कार्यालय खर्चअन्तर्गत मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले कार्यालयसम्बन्धी कामका लागि एकमुष्ट रु एक लाख ५० हजार र रु एक लाख ६० हजार रकम खर्च गर्नसक्ने व्यवस्था छ ।

घरभाडा खर्च मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय प्रयोजनको लागि मासिक रु ३० हजारसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । उनीहरुले सवारी मर्मत तथा सम्भारका लागि रु ५० हजारसम्म खर्च गर्नसक्ने छन् । निर्वाचन अवधिभरका लागि कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर तथा अन्य मर्मतका लागि एकमुष्ठ रु १५ हजारसम्म खर्च गर्न सकिने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७४, निर्वाचन सञ्चालन तथा व्यवस्थापन स्रोत पुस्तिकामा उल्लेख छ ।

इन्धन तथा अन्य इन्धनका लागि क्रमशः रु ५० हजार र रु ४५ हजार खर्च गर्न सकिने व्यवस्था छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले क्रमशः रु ५० हजार र रु ४० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

मतगणना जनशक्ति र खर्च गर्न पर्याप्त रकम व्यवस्था गरिएको छ । त्यसैगरी मतगणना व्यवस्थापन खर्च रु २० हजार रहेको छ । मतगणनासम्बन्धी चियापान खर्च रु पाँच हजार छुट्टाइएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले आवश्यकताअनुसार भ्रमण भत्ता पाउने व्यवस्था गरिएको छ ।

मतदान केन्द्रमा खटिने कर्मचारीको दर्जाअनुसारको प्रतिदिन दैनिक भ्रमण भत्ताको व्यवस्था गरिएको छ । मतदान अधिकृतको थप सुविधा, स्वयंसेवक खर्च, मतदान केन्द्र निर्माण खर्च, बत्ती तथा अन्य विविध खर्च गर्न पाउने व्यवस्था छ । त्यसैगरी मतपेटिका ढुवानी खर्च, घुम्ती टोलीले पाउने खर्च, मतदान निरीक्षण खर्च एकमुष्ठ रु ३० हजार हुनेछ ।

निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायतलाई कानूनअनुसार भर्पाई गरेर र थप खर्चका लागि पूर्व स्वीकृति लिएर व्यवस्था गरिएको छ ।

आगामी मंसिर १० हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ३२ जिल्लाका ७०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा ३७ पद र प्रदेश सभामा ७४ पदका लागि निर्वाचन हुँदैछ । बाँकी जिल्लाका पदमा भने मंसिर २१ गते निर्वाचन हुँदैछ । 

(फाएल फोटो)

नुवाकोट, कात्तिक १२ गते । रातो तारा डट कम,
महिला तथा बालबालिकामाथि हुने हिंसाबाट पीडितलाई उद्धार, उपचार र संरक्षण गर्न जिल्ला अस्पताल त्रिशूलीमा लैङिगिक हिंसा सम्बन्धी ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ ।

केन्द्र स्थापनाका लागि स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०७४÷७५ मा रु नौ लाख बजेट विनियोजन गरेपछि केन्द्र सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले बताउनुभयो ।

“लैङिगिक हिंसाको रुपमा शारीरिक, यौनजन्य तथा मानसिक क्षति तथा पीडा भोगको महिला तथा बालबालिकाको समयमै उद्धार, उपचार र संरक्षणदेखि जीविकोपार्जनमा सहयोग पु¥याउन केन्द्र स्थापना गरेका छौ ।” अध्यक्ष अधिकारीले भन्नुभयो “जनशक्तिको व्यवस्थापन गरी सेवा प्रवाह कार्यतालिका बनाएर अघि बढ्न लागिएको छ ।”

स्वास्थ्य मन्त्रालयले चालु आवदेखि नुवाकोटसहित १६ जिल्लामा केन्द्र स्थापना गर्ने लक्ष्यअनुसार धादिङ र रसुवालाई समेत सेवा पु¥याउन यहाँ केन्द्र स्थापना गरिएको हो । केन्द्रको सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समिति समेत गठन भएकाले सेवा र लक्ष्य प्रभावकारी हुने जनस्वास्थ्य प्रमुख वसन्त अधिकारीले बताउनुभयो ।

महिला तथा बालिकामाथि हुने बलात्कार, यौनजन्य दुव्र्यबहार, शारीरिक हिंसा, जबर्जस्ती विवाह, बालविवाह, सार्वजनिक सेवाको पहुँचमा असमानता, मानसिक हिंसाबाट पीडित भएका लगायतलाई सहयोग पु¥याउन केन्द्रमा प्रशासन, प्रहरी, डाक्टर, नर्सलगायत सरोकारवालाको प्रतिनिधित्व रहने व्यवस्था छ । 

काठमाडौँ,कात्तिक १२ गते । रातो तारा डट कम,
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २३३ औँ हप्तामा पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको वाग्मती नदी किनारमा सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन
गरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी एवं विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

सफाइमा वाग्मती सभ्यता दूत एवं नायिका मनिषा कोइराला, अधिकार सम्पन्न वाग्मती संरक्षण परियोजनाका अध्यक्ष नरेन्द्रराज बस्नेत, जीवन विज्ञानका एलपी भानु शर्मालगायतको सहभागिता थियो ।

आगामी शनिबार २३४ औँ हप्ताको वाग्मती सफाइ शान्तिनगरस्थित भी एस निकेतन विद्यालय अघि गरिने सफाइ महाअभियानले जनाएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९३ औँ हप्तामा आज हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जना भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १९० औँ हप्तामा आज रातोपुल–कालोपुल– सिफल–गौशाला हुँदै पुनः रातोपुलसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

विष्णुमती सफाइको १६१ औँ हप्तामा तारकेश्वर र टोखा नगरपालिका सीमा मनमैजुमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० जना भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो ।

मनोहरा नदी सफाइको ३१ औँ हप्तामा आज हनुमन्ते दोभानस्थित बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मनोहरा सफाइ अभियानले जडीबुटी चोक र कोटेश्वर चोकमा उद्यान निर्माणका लागि सडक विभागसँग अनुमति लिइएको अभियन्ता रुद्र पौडेलले बताउनुभयो ।

चक्रपथ सफाइको २९ औँ हप्तामा सामाखुसी चोकदेखि नयाँ बसपार्कको शिव मन्दिरसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा तीनवटै सुरक्षा निकायलगायत स्थानीय संस्थाको सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

यसैगरी मीनभवन आलोकनगर सफाइको २९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताउनुभयो ।

यसैगरी चक्रपथको बाफल सफाइको ११ औँ हप्तामा सीतापाइला–बाफल–स्युचाटारसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संस्थागत सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

सफाइमा कलाकार श्रीकृष्ण सिम्खडालगायत ५०० जना भन्दा बढी अभियन्ताको सहभागिता थियो । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ ।

बिराटनगर, कार्तिक ११ गते । रातो तारा डट कम, नयाँ शक्ति पाटी नेपालका १ नम्वर प्रदेश सदस्य अमृत कुमार महत्वले आफुलाई पाटीले समानुपातिक तर्फ सिफारिस गरेको प्रति असन्तुष्ठी जनाउनु भएकोछ ।

वहा नजिकको स्रोतले दिएको जानकारी अनुसार अमृत कुमार महत्व सासद पद को प्रत्यक्ष तर्फको क्षेत्र न ५ बाट चुनाव लडन चहानु भएको र यसो हुन नसके बिचार धारा अरुतिर मोडिन सक्ने समेत वहाका निकटले आमीलाई जानकारी गराईएकोछ ।


शिव भट्टराई -सुनसरी, कार्तिक ११ गते । रातो तारा डट कम,
मोरङको सुन्दर हरैचा-३ बेलगाछिमा रहेको अग्रणी सामुदायिक कृषि सहकारी संस्थाले आफ्नु सातौ बार्सिक साधारणसभा सनिबार सम्पन्न गरेको छ।

संस्थाले प्रगति गर्दै अहिले सम्म ७५९ सेयर सदस्य (महिला-४८०जना र पुरुष २२२जना)बनाउन सफल भएको बताइएको छ ।

यस सहकारी संस्थाले बिभिन्न तालीम दिने,कृषि सम्बन्धि जानकारीको लागि बिभिन्न ठाऊमाअवलोकन भ्रमण गराउने आदि जस्ता असल कामहरु गर्दै आएको कुरा सहकारी का अध्यक्षले बताए ।

यस संस्थले यो कार्यकाल सम्म आईपुग्दा जम्मा शेयर पूँजी
रु.३७ लाख ६१ हजार २ सय बनाउन सफल भएको छ।
गत बर्षको शेयर पूजीमा ४७.४३% बृद्धि गर्न सफल भएको थियो । साधारण सभाका अग्रणी सामुदायिक कृषि सहकारीका सचिब मोहन ढकाल द्वारा सञ्चालन गरिएको थियो । यस साधारण सभामा ज्येष्ठ नागरिक साथै एस. ई.ई. मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

सो कार्यक्रममा जिल्ला कृषि सहकारी संघको अध्यक्षय खगेन्द्र राज भण्डारीको प्रमुख अातिथ्यता तथा बिसेस अतिथि सुन्दरहरैचाका मेयर शिव प्रसाद ढकाल,साना किसान कृषि सहकारी संघका अध्यक्षय अजम्बर राइ,सुन्दरहरैचा वार्ड नं-४ का वडा अध्यक्षय शैलेन्द्र श्रेस्ठ लगायतका बिसिष्ठ ब्यक्तिहरुले आ-आफ्नो धारणा  राखेका थिए ।

साधारण सभा सहकारी अध्यक्ष सोभित मान पौडेलको अध्यक्षतामा मोरङको सामुदायिक भवन सुन्दरहरैचा-३ मा सम्पन्न भएको थियो।


बिराटनगर,कार्तिक ११ गते । रातो तारा डट कम,क्षेक्षीय निर्वाचन कार्यालय मोरङले मंगसिर २१ गते हुन गइरहेका संघीय र प्रदेश स्तरिय निर्वाचनलाई कसरी सफल पार्ने भन्ने बिषयमा छलफल कार्याक्रमको आयोजा गरेको थियो ।
निर्वाचन संम्वन्धि छलफल कार्याक्रममा राजनीतिक दलहरुका प्रतिनिधि,संघ सस्थाका प्रतिनिधि,जनपथ प्रहरी लगाएत तीनै सुरक्षा निकायहरुका प्रतिनिधि, कर्मचारी, संन्चारकर्मी, पत्रकारहरुसमेतको सहभागिता रहेको थियो ।

छलफलका क्रममा कमननीय मोरङ जिल्ला अदालतका मुख्य न्याधीश तथा प्रमुख निर्वाचन अधिकृत श्री राजकुमार खतिवडाले आफनो भनाइ राख्दै, निर्वाचन स्वस्थ प्रतिस्प्रदाका आधारमा हुनु पर्छ, यसमा सबै राजनीतिक दलहरुले सहयोग र सदभाव अपनाएर काम गर्नु राम्रो हुने कुरा बताउनु भएकोछ ।

१ देखि ६ नम्वर सम्मकै निर्वानच अधिकृहरु,क्रमचारी राजनीतिक दल प्रतिनिधिहरुलाई सम्यामि भएर र प्रचारप्रसारको मामलामा कानुनले निषेधित सामाग्रीहरु प्रयोग नगरी आंचारसहिताको पालना गर्दै गराउदै, निर्वाचन सबैको साथ र सहयोगबाट सफल बनाउनु पर्छ, भन्नु भएकोछ ।

मोरङका साहेक प्रमुख जिल्ला अधिकारी सेसनारायण अधिकारीले शान्ति सुरक्षमा कुनै मिलाउनमा कुनै कसर नरहने भएकाले ढुक्क भएर सबैले आ आफनो निर्वाचन बुथमा उपस्थित भएर मतदान गर्न सबै मतदाताहरुलाई आग्रह गर्नु भएकोछ ।
कानुनले निसेधित बस्तु वा सामाग्रीहरु प्रचार प्रसारमा प्रयोग नगरिदिन पाटीहरुका
प्रतिनिधिहरुलाई अनुरोध गर्नु भएकोछ ।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष रामलाल साहले चुवाबका बेला हुने प्रचारप्रसारहरुका बिकृतिहरुलाई यस पालिको निर्वाचनमा पुर्ण रुपमै हटाउनु पर्ने र आचारसंहिताको पुर्ण पालना हुनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी नेपाली कांगेसका जिल्ला सदस्य, नेकपा माओवादीका केन्द्रका प्रतिनिधि,नयाँ शक्तिपाटीका अमृत महत्व,प्रतिनिधि,राप्रपाका प्रतिनिधि,राजपाका प्रतिनिधि,सघीय समाज फोरमका मोरङका अध्यक्ष राजकुमार यादव, नरेन्द्र लिम्बू प्रतिनिधि,सन्चारकर्मीहरुले पनि आ आफना बिचार धारण सुजावहरु उक्त छलफल कार्याक्रममा राखेका थिए ।
क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेम प्रसाद संन्जेलले सहभागी दलका प्रतिनिधि,सन्चार कर्मी पत्रकार, संघ सस्थाका प्रतिनिधि कर्मचारीहरुले उठाएका बिषय र एजेन्डाहरु र कानुनी हैसियत आचारसंहिताको पालना जस्ता बोर्ड व्यानर पोष्टर क्याप, गन्जी गाम्चा कुराहरुमा चुनाव चिन्ह प्रयोग गर्न नपाइने कानुनी बन्देजका कुराहरुको जानकारी सहित जवाफ दिनु भएको थियो ।

कार्याक्रममा सबै पाटी गत प्रतिनिधिहरुले कानुनको बरखिलाप हुने खालका होडिङ बोर्ड पोष्टर कपडा व्यानर बोड पेन्टी नगर्ने भएका हटाउने जस्ता कुरामा पुर्ण निर्वाचन आयोग संग सहमति गर्दै आफना पाटी फोकल प्रसनको नामावली आजै निर्वाचन आयोग लाई दिएका छन । मनोनयन दर्ताको समय पनि पाटीहरुले मिलाएर माग गरेका छन ।


काठमाडौ कार्तिक ११ गते । रातो तारा डट कम,
वैदेशिक रोजगारीको नाममा अवैध रुपमा तस्करी गरिदै , अध्यागमन र श्रम विभागका कर्मचारी नै सक्रिय भएको आरोप लागेको छ।

अवैध रुपमा नेपालबाट खाडीका विभिन्न देशहरुमा रोजगारीको श्रमिक पठाउदा दलाल र मेनपावरहरूले राज्यका विभिन्न संयन्त्रहरुलाई आफनो कव्जामा राखेर ठगीधन्दा नेपाल भर आज भोलि सक्रिय पारेका छन।

मानव तस्करहरुको समुहले विभिन्न भागबाट मोटो रकम असुल गरेर सोझा साझा युवायुवतिलाई अवैधानिक रुपमा हाउस मेडको रुपमा गलत काम गराउन खाडिका विभिन्न
मुलुक दुबै , कुवेत , ओमन , इराक , सिरिया , साउदी अरविया लगायतका देशमा पठाउने गरेको तथ्य फेला परेको छ ।

नेपालका विभिन्न भागमा बसेर देश बाहिर बसेर पनि उनी उनीहरुले मोटो रकम असुल गरेर ति देशहरुमा अबैधानिक बाटो बाट लाने गरिएको छ । यसमा विमानस्थलका कर्मचारी , अध्यागमनका कर्मचारी, श्रम विभागका कर्मचारी हरुले मोटो रकम लिएर नेपालको कानुनलाई  मिचेर पठाउने गरकाछन।

विमानको श्रम डेम्सलाई प्रतिव्याक १० हजार , विभिन्न एयरलायन्सका कर्मचारीहरुलाई प्रति कामदार ८हजार  लिने गरेका छन । अध्यागनका कर्मचारीहरुले ३५ हजार लिएर बाहिर पठाउनको लागि योग्य बनाउने खेलमा कर्मचारी तथा दलालहरु लागी परेका हुन ।

विमान स्थलका कर्मचारीहरुलाई दलाल एजेन्टहरुले उनीहरुको मोवाइलमा एस एम एस गरेर कामदारको नाम र विवरण उपलब्ध गराउने गरेको छ । यस विषयमा जानकारी लिन खेज्दा विमान स्थलका कर्मचारीहरुलाई जानकारी लिन खोज्दा हाम्रो सर्च अपरेसन न्युज अपरेसनगर्दा उनीहरुले आफुहरु लाई नफसाउन को लागी अनुरोध समेत गरे ।

ठगी धन्दामा सक्रियहुनेहरुमा कुवेतमा बसेर ठगी गर्ने निम्नानुसार छन।

१  समशेर रानाभाट गुल्मी घर बताउने , तर हाल कुवेत ।
२ धुव्र कुमार संग्रौला कुमार झपाली – झापा सुरुङगा
३ तारा पौडेल  अर्धखाचीँ हाल कुवेत
४ खगेन्द्र लम्साल , मोरगं विराटनगर  हाल कुवेत
५ सुन्दर गिरी रुकुम हाल कुवेत
६ केदारनाथ खतिवडा नयाँ दिल्ली भारत
७ अमृत कार्कि दोलखा
दयाराम पंडित काठमान्डौँ जोरपाटी
९ गणेश जोगी काकरभिटाँ झापा
१० राजन लम्साल , काठमान्डौ जोरपाटी
११ अस्मिता पाण्डे , कुवेत
१२ छिरिङ डोल्मा , दुबै
१३ उमा ढुङगाना , ओमन
१४ रिता खाति , ओमन
१५ रामचन्द्र काफले , ओमन
१६ अर्जुन तामागं
१७ रवि गुरुगं कुवेत
१८ तिलक खडका
१९ विनोद लामा
२० रोयल राई  , खोटाङ
२१ मदन खरेल, शिवलाल गिरी
२२ डियर खरेल , भारत
२३ भुपाल घिमिरे , धरान
२४ डोल्मा लामा , भापा
२५ कमला विक झापा
२६ रमेश खतिवडा , काठमान्डाँै
२७ नविन तामाङ,
२८ शान्ता लिम्वु, इलाम
२९ मदन ,झापा
३० कुमार दुबै
३१ सागर पुन
३२ जिवन पुन दुबै
३३ शिव श्रेष्ठ
३४ विमला श्रेष्ठ

काठमाडौ-रसुवा, कार्तिक ११ गते । रातो तारा डट कम,
गत हप्तादेखि बन्द रसुवागढी नाकाबाट, व्यावसायिक कारोबार सुरु भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली ट्रक कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् । आज मात्र स्याउ बोकेर आएका ४० कन्टेनर नेपाल भित्रिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई ध्यानमा राखी यही कात्तिक १ गतेदेखि बन्द गरिएको रसुवागढी नाकाबाट औपचारिक रुपमा कुनै पत्र नआए पनि अनौपचारिक रुपमा सवारी साधन ओहोरदोहोर हुन थालेको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
 (news24 bat)

काठमाडौँ, कात्तिक ११ गते । रातो तारा डट कम,
 कात्तिक शुक्ल द्वादशीदेखि गरिने तुलसीको उद्यापन यस वर्ष गर्न नहुने भनी गरिएको हल्लाप्रति नेपाल पञ्चांग निर्णायक समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले असार शुक्ल एकादशीदेखि शुरु गरिएको चतुर्मास व्रत तथा पूजा समापन, कात्तिक कृष्ण प्रतिपदादेखि शुरु गरिएको कात्तिक स्नान, नव अन्नप्राशन ९नयाँ उत्पादित धान, मासलगायत अन्न० चढाएर खाने, पूजा एवं हवन गरिने काम नियमित भएकाले यस वर्ष बृहस्पति अस्त भए पनि गर्नहुने बताउनुभयो ।

“बृहस्पति तथा शुक्र अस्त भएको समयमा नित्य ९नियमितरूपमा गरिने० र नैमित्तिक ९आकस्मिकरूपमा गरिने० कर्म गर्नुहुन्छ, काम्य ९कुनै कामना राखेर गरिने० कर्म मात्र गर्नुहुँदैन, अस्तका बेला बिरामीको ग्रह दोष निवारणका लागि गरिने शान्ति स्वस्ति पनि गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

तुलसीको हवन प्रत्येक वर्ष कात्र्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म गरिने नियमित कर्म भएकाले शास्त्रीय मान्यताअनुरूप नै गर्नुपर्ने समितिले जनाएको छ । यस वर्ष कात्तिक १५ गते बुधबारदेखि २२ गते बुधबारसम्म यो कर्म गर्न शास्त्रसम्मत हुनेछ । अस्तमा पनि नित्य र नैमित्तिक कर्म गरे फल पाइने र नगरे दोष लाग्ने अध्यक्ष गौतमले बताउनुभयो ।

यस वर्ष असोज २५ गते बुधबार पश्चिमबाट अस्ताएका बृहस्पति कात्तिक २० गते सोमबार पूर्वबाट उदाउने समितिले जनाएको छ ।


काठमाडौँ, कात्तिक, ११ गते । रातो तारा डट कम,
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि  हिजो आयोजित निर्वाचन र सुरक्षा विषयक दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्दै उहाँले भन्नुभयो– “समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको
छ र हिजोबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु हुने छ ।”

व्यवस्थापकीय र प्राविधिक दृष्टीकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुुवै निर्वाचन एकैसाथ गर्न आयोगले सहमति जनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो– “निर्वाचनका बारेमा आलोचना, प्रतिआलोचना र अनुमानको कुरा आइरहेकोछ, निर्वाचनको वातावरण अस्थिर तुल्याउने काम कही कतैबाट नहोस्, निर्धारित समयमै निर्वाचन गर्न हामी प्रतिबद्ध छौँ ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्धारित मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम शुरु भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम पूरा भएको, दोस्रोचरणको लागि समेत निर्वाचन अधिकृतको कार्यलय खोलिसकिएको हुँदा विश्वासका साथ निर्वाचन सञ्चालन गर्न आयोग अघि बढेकाले अन्यौलको वातावरण नरहेको स्पष्ट गर्नुभयो ।

निर्वाचन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न गराउन प्रधानमन्त्रीले पटक÷पटक प्रतिबद्धता जाहेर गर्नुभएको प्रशंग उल्लेख गर्दै उहाँले सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै मतपत्रका सम्बन्धमा आयोगले गठन गरेको समितिको सुझावका आधारमा आयोग अघि बढेको जानकारी दिनुभयो ।

उहाँले अदालतको पछिल्लो आदेश औपचारिकरूपमा आयोगमा प्राप्त भइनसकेको बताउनुभयो । पहिलो चरणको उम्मेदवारी मनोनयनका सिलसिलामा राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहाहनीय रहेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका समयमा हुनसक्ने लोभ, लालच, डर÷धम्की जस्ता क्रियाकलाप रोक्न तथा आचारसहिताको पालना गर्ने विषयमा सुरक्षाकर्मीलाई व्यवसायिक मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिनुभयो ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले यो वर्ष निर्वाचन वर्ष भएकाले अहिलेको राष्ट्रिय लक्ष्य भनेको नै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराइ संविधान कार्यान्वयनको लागि मजबुत जग स्थापना गर्नु हो भन्नुभयो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचारप्रसारको क्रममा छिमेकी मूलुकबाट उम्मेदवारले भाडामा सवारी साधन ल्याई प्रयोग गर्ने कार्य पूर्णरूपमा नियन्त्रण गर्न निर्देशन दिँदै आयुक्त शाहले भन्नुभयो– ‘‘निर्वाचनको क्रममा कुनै पनि सुरक्षाकर्मीप्रति औंला ठड्याउने अवस्था नआओस्, आ–आफ्नो उच्च व्यावसायिक मर्यादामा रहेर राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस् ।’’

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्रशिक्षणमा सिकेका कुरा तल्लो तहसम्म पुु¥याएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन र सुरक्षा एक अर्काका पुरकको रूपमा रहने भएकाले निर्वाचनलाई सफल तुल्याउन सुरक्षा निकायबीच निरन्तर सञ्चार, समन्वय र सहकार्य हुन आवश्यक छ भन्नुभयो ।

आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले निर्वाचनको तयारी ७५ प्रतिशतभन्दा बढी पूरा भएको जनाउँदै सुरक्षाकर्मीबीच समान धारणाका साथ निर्वाचनमा सुरक्षा प्रदान गर्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रशिक्षणमा रक्षा तथा गृहमन्त्रालयका अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसान्धान विभागका अधिकृत सहित ६३ जनाको सहभागिता छ । 

कञ्चनपुर, कात्तिक ११ गते । रातो तारा डट कम,
 शुक्लाफाँटा नगरपालिका–१० मा रहेको कृषि सेवा केन्द्रले तरकारीको नर्सरी तयार गरी किसानलाई अनुदानमा बेर्ना उपलब्ध गराउन थालेको छ ।

नगरपालिकाको वडा नं १० को आर्थिक सहयोगमा केन्द्रले कार्यालयको हाताभित्र रहेको जग्गामा उन्नत तरकारीको नर्सरीमा बेर्ना तयार गरी किसानलाई उपलब्ध गराउन थालेको हो ।

“काउली, बन्दागोभी, ब्रोकाउली, खुर्सानी, भण्टा र गोलभेँडाका बेर्ना तयार गरी किसानलाई उपलब्ध गराउन थालेका छौँ”, केन्द्रका प्रमुख वीरबहादुर कुँवरले भन्नुभयो ।

केन्द्रलाई तरकारीको बेर्ना तयार गर्नका लागि पोलि ब्याग, ह्याण्डपम्प, पाइप, रसायनिक मल र विषादी खरिदका लागि वडा कार्यालयका तर्फबाट रु ५० हजार रकम प्रदान गरेको वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभयो । सेवा केन्द्रले यसअघि किसानलाई तरकारीको बीउ मात्रै उपलब्ध गराउँदै आएको थियो ।

नर्सरीमा २० हजार तरकारीका बिरुवा उत्पादन गरिएका छन् । तरकारीको बेर्ना लगेर खेतमा रोप्ने किसानबाट लागत खर्च मात्रै लिने गरेको कुँवरले बताउनुभयो । नर्सरीमा उम्रेका बेर्ना ५० हेक्टर जग्गामा लगाउन पुग्ने छन् । तरकारी खेती गर्ने किसानलाई व्यावसायिक बनाउनका लागि नगरपालिका क्षेत्रमा घुम्ती शिविर आयोजना गरी निःशुल्क तालीम दिने व्यवस्थासमेत गरिएको छ ।

कृषि सेवा केन्द्रले किसानलाई तरकारी खेतीतर्फ आकर्षित गर्न निःशुल्करुपमा ५०० प्याकेट तरकारीको बीउ वितरण गरेको छ । पचास प्रतिशत अनुदानमा ५२ जना किसानलाई उन्नत जातको तरकारीको बीउसमेत उपलब्ध गराएको छ । 


काठमाडौँ, कात्तिक ११ गते । रातो तारा डट कम,
 चालू आर्थिक वर्ष २०७४÷७५ को पहिलो तीन महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार गत आवको तुलनामा चालू आवको असोज महिनासम्मको राजश्व संकलनको लक्ष्य रु ५१ अर्ब ३३ करोड ९९ लाख २२ हजार रहेकामा रु ५१ अर्ब ६२ करोड ९७ लाख १३ हजार संकलन भएको हो ।

शीर्षकगतरुपमा आयकरतर्फ रु २० अर्ब ७३ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु १८ अर्ब ३२ करोड २७ लाख ५२ हजार र अन्तःशुल्कतर्फ रु १२ अर्ब ८१ करोड ९३ लाख ३८ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९७ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ १०३ प्रतिशत र अन्तःशुल्कतर्फ १०३ प्रतिशत हो ।

शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु २० करोड २२ लाख ८४ हजार र रु २७ करोड ७९ लाख ५७ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्य सेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तःशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । आन्तरिक राजश्व विभागलाई चालु आवका लागि रु दुई खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख ४५ हजार लक्ष्य तोकिएको छ । 


झापा, कात्तिक १० गते । रातो तारा डट कम,
झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ ।

आज दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्र्यू जारी गरिएको उहाँले बताउनुभयो ।

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कफ्र्यू जारी गरेको हो ।

दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए । 


झापा कात्तिक १० गते । रातो तारा डट कम,
अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका ३० वर्षीय नरेश थापा छन् । उनलाई दाहिने कोखामा गोली लागेको थियो । गोली लागेर घाइते उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

गोली लागेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुने राजगढ–८ का सुनिल पाठक, मेचीनगर–९ का अशोक बस्नेत, दुर्गापुरका नवराज कोइराला, अर्जुनधारा–६ का पुण्यप्रसाद लुइँटेल, इलाममाई नगरपालिकाका मणि नेपाली र बिर्तामोड– ६ का देवानन्द राजवंशीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

यता आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रमेशकुमार सुवेदी, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टसहित ३२ प्रहरी घाइते भएका छन् । 

सिव भट्टराई सुनसरी कार्तिक १० गते । रातो तारा डट कम,साना किसान कृषि सहकारी संस्थाले आफ्नो ११ औ बार्षिक साधारण सभा आज सम्पन्न गरेको छ ।

कार्याक्रमको प्रमुख अतिथि तथा  मोरङको सुन्दर हरैचा नगरपालिकाकी उपमेयर धना तमांग सहकारीले यस क्षेत्रमा सहयो पु¥याइरहेकाले सफलताको कामना गर्नु भएको थियो ।

सो कार्यकालमा साना किसानले परिक्षार्थी १० देखि ११ महीने इजरायलमा हुने तालीममा १ जना सहभागी पठाइएको थियो। हाल सम्म तालिममा २३ जना पठाइसकेको जानकारी प्राप्त भएकोछ ।

 तालिम प्राप्त ५ जनाले ब्यबसाय सञ्चालन गरिरहेको साथै यस साना किसानले अहिले सम्म भवन निर्माणको लागि ६१ लाख खर्च भएको कुरा लेखा संयोजक सम्भु कुमार थापाले जानकारी दिनुभयो ।

संस्थाले अहिले सम्म ९९४ शेयर सदस्य बनाउन सफल भएको कुरा साना किसानका अध्यक्ष अजमम्बर राईले बताउनु भयो । कार्यक्रममा सहकासरिकी प्रबन्धक कमला पोख्रेल दाहाल द्वारा कार्यक्रम संचालन भएको थियो ।

उक्त कार्याक्रममा जेष्ठ नागरिक, साथै एस.ई.ई मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरी लाई सम्मान गरियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सुनसरी सानाकिसान सहकारीका प्रबन्धक दिलीप.कुमार.चौधरी, साना किसान बिकास बैंक ईटहरीका साखा प्रमुख सरोज भट्टाराई तथा साना किशान सहकारी का अध्यक्ष अजम्बर राइ लगायतका सहकारिका अभ्यन्ताहरुले आ आफ्नो धारणा राख्नु भएको थियो । साधारण सभाका सहकारी अध्यक्ष अजम्बर राइको अध्यक्षयतामा कार्याक्रम संम्पन्न भएको थियो ।


विराटनगर, कात्तिक १० गते । रातो तारा डट कम,
 लोक आस्थाको पर्व छठ मोरङमा पनि उल्लासमय वातावरणमा आज बिहान सुर्यलाइ अर्घ दिने काम
सकिएको छ ।

कात्तिक १० गते उदाउदो सूर्यलाई व्रतालुले अर्घ अर्पण गरेका छन । आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि पर्वको समापन भएको छ । यस जिल्लाका विभिन्न पोखरी, खोला, नदीका साथै नहरको डिललाई छठ पर्व मनाउनेले सफासुग्घर गरी सजाउने कार्यमा तल्लीन छन् ।

गत वर्ष झैँ यस वर्ष पनि विराटनगरका विभिन्न पोखरी, सिग्याही खोला, केशलिया नदीका साथै सुनसरी, मोरङ, सिँचाइ आयोजनाको नहरको डिलमा छठ पर्व मनाउने तयारी गरिएको छ । विभिन्न ठाउँमा आज पनि बिहानैदेखि पूजास्थलमा सफासुग्घर गर्ने र युवा हरू घाट रूगेर बसेका बसेका देखिन्थे ।

षष्ठी माता अर्थात् छठ माताका साथै सूर्यदेवको पूजा गरेको खण्डमा आरोग्य प्राप्त हुने र परिवारको सुख, समृद्धि र परिवारको कल्याण हुने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ । मैथिल, थारू, झागड, राजवंशी, मारवाडी, नेपाली भाषाभाषी, गनगाईंलगायतले बडो श्रद्धाका साथ यो पर्व मनाउने गरिएको हो ।

समानता, एकता र आपसी सम्बन्धलाई प्रगाढ बनाउनमा यो पर्वको मुख्य विशेषता रहेको यस पर्वमा सबै वर्ग, समुदाय एकै ठाउँमा बसेर सूर्यको पूजा गर्ने गरिन्छ । यस पर्वको माध्यमबाट आपसी सम्बन्धलाई प्रगाढ बनाउने तथा भेदभावलाई अन्त्य गर्ने सन्देश पनि दिएको छ ।


काठमाडौँ,कार्तिक १० गते । रातो तारा डट कम,
मंसिरमा तोकिएको निर्वाचन सर्ने हो कि भन्ने आंशका वाम गठबन्धनमा देखिएको छ । गठबन्धनले पत्रकार सम्मेलन नै आयोजना गरेर निर्वाचन सार्ने चलखेलमा नलाग्न चेतावनी दिएको छ । गठबन्धनले निर्वाचन सार्ने कुरा नेपाली जनतालाई सह्य नहुने र निर्वाचन सरे विघटित संसद व्यूतिने निष्कर्ष निकालेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया अघि बढिसकेकाले त्यस विरुद्ध भ्रम फैल्याउने काम नगर्न सबैपक्षलाई आग्रह गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त पत्रकार सम्मेलन गर्दै लोकतन्त्रलाई बलियो पार्न समेत निर्वाचन आवश्यक रहेको भन्दै निर्वाचनविरुद्ध हुने कुनै पनि क्रियाकलाप आफूहरुलाई मान्य नहुने स्पष्ट पारेका छन् ।

नेपाली जनतालाई सह्य हुँदैनस् ओली

पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष केपी ओलीले कसैले रहर गर्दैमा चुनाव सर्ने कुरा सम्भव नभएको बताए । ओलीले भने,‘मनोनय भइरहेको छ । यस्तो अवस्थामा निर्वाचनको मिति सार्ने व्यवहारिक नैतिक राजनीतिक कुनै पनि हिसाबले सम्भव छैन । त्यो हुनु हुँदैन । हुन सक्दैन । कसैले यदी लोकतान्त्रिक प्रणालीलाई अवरोध गर्न खोज्छ भने त्यो कुरा नेपाली जनतालाई सह्य हुँदैन ।” ओलीले भने ।

संसद पुनः व्यूतिन्छस् दाहाल
पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको कदमले चिसो पसेको बताए । दाहालले अघिल्लो पटक संयुक्त इजलासले दिएको आदेश विपरित एकल इजलासले निर्वाचन प्रक्रिया प्रभावित हुने गरी निर्वाचन आयोगसँग जवाफ मागेकाले आशंका उब्जिएको बताए । “चिसो पस्यो । यस्तो नहोस् । सबै सजग र सतर्क हुनुपर्छ ।” दाहालले भने ।

निर्वाचन विथाल्न खोजिएको आशंका भएकाले नै पत्रकार सम्मेलन गरिएको दाहालले जानकारी दिए । निर्वाचन विथोलियो वा स्थगित भएको खण्डमा विघटित संसद पुनः व्यूतिने दाहालको तर्क छ । निर्वाचन प्रक्रिया सुरु भएकाले संसद स्थगित भएको भन्दै दाहालले संसदको आयु माघ सात गतेसम्म रहने बताए । “संसदको आयु माघ सात गतेसम्म हो । मनोनयन सुरु भएकाले सभामुखले ससंद स्थगित गर्नुभएको हो ।”(news24 bat)

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.