Websoft University
September 2018

शिव भट्टराई सुनसरी असोज १४ गते । रातो तारा डट कम,
टेंग्रा पुल नजिकको बाटोमा रहेको पिपलबोटे स्कूलमा २५ बर्ष अगाडि देखि गरिब बिद्यार्थीहरुलाई कक्षा-नर्सरी देखि ८ सम्म निशुल्क पढ़ाउदै आएका चन्द्र भण्डारले पढ़ाउने स्थानमा थूपारी दिएको फोहोर रातो तारा डट कम मा समचार प्रकाशन भए पछि आज उठाएईको छ।

हिजो बिहान ग्रीन सिटी संस्थाका भाईबैनीले टेंग्रा पुल सरसफाई गर्ने क्रममा भेला पारेर थुपारीदिएको फोहोर आज बिहान नगरपालिकाले उठाएकोले शिक्षक चन्द्र भण्डारीको निराशापन हटेको छ।
यस्तो फोहोर थुपारेको ठाउँमा पनि नगरपालिकाले उठाउन ढीलो गरेको अथवा चासो नादेखाएको कुरा चन्द्र भण्डारीले बताएका छन्।

यसैगरी अन्य ट्वाईलेटबाट निस्केको फोहोरलाई टेंग्रा पुलमा बगाईदिने कुरा चन्द्र भण्डारीले जानकारी दिए।साथै त्यस बगाएको फोहोरले स्थानीयबासी साथै त्याहा पढ्न आउने बिद्यार्थीकोलागी निकै हानिकारक भएको कुरा चन्द्र भण्डारी बताउँछन्।

(फायलफोटो)

मोरङ, आश्विन १४ गते । रातो तारा डट कम,
मोरङको कानेपोखरी गाउँपालिका- २ स्थित कालीस्थानमा आईतबार दिउँसो बस दुर्घटनामा परि ४ जना घाइते भएका छन् ।

भित्री सडक खण्डमा रंगेलीबाट कानेपोखरी तर्फ आउँदै गरेको को १ ख ३११६ नम्बरको यात्रुबाहक बस आँफै अनियन्त्रित भई सडकबा १० फिट तल खेतमा खसेको थियो । दुर्घटनामा परि बसमा सवार उर्लाबारी नगरपालिका-८ बस्ने बर्ष ४० की कमला भण्डारी, कानेपोखरी गाउँपालिका-४ बस्ने बर्ष ३८ को कार्तिकलाल राजबंशी, कानेपोखरी गाउँपालिका-२ बस्ने बर्ष २४ की अनिता राजबंशी र बर्ष १८ की देबिका चौधरी घाईते भएका हुन् । उनीहरुको अवस्था सामान्य छ ।

घाइते चारैजनाको स्थानीय मेडिकल रमाईलोमा उपचार भईरहेको छ भने बसका चालक फरार रहेकाले खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।


बिराटनगर असोज १४ गते। रातो तारा डट कम,
बिराटनगर जोगवनी सडक खण्डमा बाटो बनाइसकेको छैन,
फोहोर गर्न सुरु , बिजुलीका पोलमा हेर्नुस् त रंग पोतेर बिज्ञापन गर्न तयार परेकोछ  । तर महानगरपालिका, सडक कार्यलय, बिधुत प्राधिकरण, बेखबर भएको भन्दै आम जनताले बिरोध गर्न थालेका छन।

बिधुत प्राधिकरण बिराटनगर शाखाका सुचना अधिकृत जिबनाथ रेग्मी संग रातो तारा प्रतिनिधिले भेटेर कुरा गर्दा
हामी थाहापाउना साथ रोकेका छोै पत्रचार गरे बिधुत खम्बा
बिज्ञापनमा प्रयोग नर्गन भनेका छोै । यस्तो जनताले बिरोध
गर्ने काम महानगरपालिकाले तु रोक्नुपर्छ भन्नू भयो ।

बिराटनगर महानगरपालिकालाई बिधुतले आरोप लगाए पछि
महानगरका आर्थिक महाशाखाका प्रमुख अर्जुन थपलिया    लाई भेटेर कुरा गर्दा -वहाँ भन्नुहुन्छ, हामीले बिधुतका खम्बामा पोतेर बिज्ञाप गर्न भनेका छैनोेै बिधुत दिएन भने पाइदैन।
 कुनै कुरा गर्दा जनगुनासा आउनु राम्रो होइन, हेर्ने छोै रोकिन्छ
भन्नू भयो । (बास्तबमा कुरा घोटला हो वा भ्रष्टाचार वा किन यसो गरियो यस बारेमा पुन समचार दिनेछौं ।)





मोरङ, आश्विन १४ गते । रातो तारा डट कम,
मोरङको विराटनगर महानगरपालिका-४ मा शनिबार राती पार्किङ गरि राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

राती सवा ११ बजे एयरपोर्ट तर्फ जाने भित्री सडक खण्डमा बाटोको साईडमा रोकेर राखेको ना.५ ख ५८८६ नम्बरको ट्रकमा पश्चिम तर्फ जाँदै गरेको को. ८ प ७२१५ नम्बरको  मोटरसाईकल पछाडीबाट ठोक्किएको थियो ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार पथरी-शनिश्चरे नगरपालिका-९ बस्ने बर्ष २४ को रोशन शेर्पा र बिराटनगर महानगरपालिका-४ बस्ने बर्ष-१९ को अनिष राजबंशी घाईते भएका थिए । घाईते दुवैजनालाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लैजाने क्रममा शेर्पाको बाटोमा नै मृत्यु भएको हो थियो भने राजवंशीको उपचारको क्रममा सोही अस्पतालमा आईतवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ नहडा स्थित खारखोलामा शनिवार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जना घाईते भएका छन् ।

धरानबाट चतरा जाँदै गरेको बा २६ प ७६७५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकसुनसरी धरान उप-महानगरपालिका-१७ बस्ने २२ बर्षीय अर्जुन राई घाईते भएका हुन् । दुर्घटनामा परि घाईते राईको खुट्टा भाँचिएर विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।


काठमाडौं,असोज १४ गते । रातो तारा डट कम, यायोक्खाको केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राईले १ नम्बर प्रदेश नामकरणको लागि अन्तिम धक्का दिन तयार रहन प्रदेशवासीहरूलाई आव्हान गरेका छन् ।

किरात राई विद्यार्थी संघको यालाखोम राज्य समितिको आज (असोज १३) काठमाडौं कोटेश्वर स्थित सुम्निमा हलमा आयोजित १० औं सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले सो कुरा बताएका हुन् ।

किरात प्रदेश जातिगत आधारमा नभएर भूगोल, इतिहास, सभ्यताको आधारमा प्रस्ताव गरिएको कार्यवाहक अध्यक्ष राईले दोहो¥याए । भूगोलबासीको आत्मसम्मानको लागि किरात प्रदेशको प्रस्ताव गरिएको राईको भनाइ थियो । उक्त प्रस्ताव लिएर देशको स्थापित सवै पार्टीका नेताहरू, प्रधानमन्त्री, प्रदेशको मुख्यमन्त्री, दलका नेताहरू, प्रदेश सभा सदस्य लगायत सवैसँग भेटेर प्रस्ताव वारे जानकारी गराइसकेको राईले बताए ।

प्रदेशको नाम बारे मुख्यमन्त्री शेरधन राईले परामर्श शुरू गरेको सूचना आएको भन्दै किरात प्रदेश चाहने सम्पूर्ण प्रदेशवासीहरूले अन्तिम धक्काको लागि तयार रहन कार्यवाहक अध्यक्ष राईको आव्हान गरेका हन् । भूगोलमा जनप्रदर्शन, धर्ना, विज्ञहरूसँगको भेटघाट, नेता तथा सरकार प्रमुखसँग भेटघाट, प्रदेश सभा सदस्यहरूसँग समन्वय लगायतको कार्यक्रम लिएर प्रदेशमा केन्द्रीतहुनु पर्ने राईको भनाइ छ । राजनीतिक दल, सामाजिक संस्था, यायोक्खाका सम्पूर्ण भातृ संगठनहरूलाई केही समय भूगोलमै केन्द्रीत हुन आव्हान गरेका हुन् ।

सोही कार्याक्रममा किरात राई विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईले किरात प्रदेश नआएसम्म युवा विद्यार्थीहरू आन्दोलित हुनुपर्ने बताए । किरात नामकरण नगरिए सशक्त र दीर्घकालीन आन्दोलनको तयारीमा लाग्नुपर्ने पूर्व अध्यक्ष राईको भनाइ थियो । अर्को प्रसंगमा विद्यार्थी आन्दोलनको साझा एजेण्डा पहिचान, समानुपाति, समावेशी राज्य व्यवस्थाहुनु पर्ने र त्यसको नेतृत्व राई विद्यार्थीहरूले गर्नुपर्ने बताए ।

यालाखोम राज्य समितिका अध्यक्ष प्रविणा राईको सभापतित्वमा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष जितेन राई, किरात राई पत्रकार संघका केन्द्रीय उपाध्यक्ष अवतार राई, किरात राई चाम्लिङ खाम्वातिमको तर्पmबात राजुविक्रम राई लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

उपत्यकामाको २५ भन्दा बढी क्याम्पसबाट उपस्थित प्रतिनिधिहरूले नयाँ कार्यसमिति चयन गर्ने यालाखोम राज्य समितिका सचिव भीम दुमी राईले बताए ।


काठमाडौ-असोज १४ गते । रातो तारा डट कम, दाङमा एक हजार ३५६ बालबालिका अझैं पनि विद्यालय बाहिर रहेका छन ।

सरकारले सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च गरेको छ । विद्यालयमा बालबालिकालाई भर्ना गराउने अभियान पनि भइरहन्छ । सोहीअनुरुप भर्ना अभियानमा पनि लाखौँको खर्च हुने गरेको छ तर पनि बालबालिकाको आधारभूत र अनिवार्य मानिएको विद्यालय तहको शिक्षा अझै सबै बालबालिकाले प्राप्त गर्न सकेका छैनन् ।

जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइले जिल्लामा अझै पनि दुई दशमलव आठ प्रतिशत अर्थात् एक हजार ३५६ बालबालिका विद्यालय बाहिर छन् । यो सङ्ख्या सम्बन्धित विद्यालय, विद्यार्थी एवं स्रोत व्यक्तिले टोल टोलमा पुगेर, सोधेर खोजेर तयार पारेको तथ्याङ्क हो । यसमा जिल्ला बाहिरबाट बालमजदूरका रूपमा काम गर्न दाङका बजार, उद्योगमा आउने, घर छाडेर काममा अन्यत्रै जाने बालबालिकाको सङ्ख्या जोडिएको छैन । यी सबैलाई जोड्दा दाङमा विद्यालय बाहिर भएका बालबालिकाको सङ्ख्या दोब्बर हुन सक्ने अनुमान गरिएको छ ।

पाँच वर्षदेखि १६ वर्ष उमेर समूहका ७० बालबालिका उमेर पुगेर पनि विद्यालयको पहुँचमा आउन सकेका छैनन् भने तीन वर्षदेखि पाँच वर्ष उमेरका २८५ बालबालिका विद्यालयमा आउन सकेका छैनन् । यस्तै बीचैमा विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या एक हजार एक छ ।

अहिले दाङको घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारायणपुरजस्ता स्थानमा बाक्लो बजार विस्तार हँुदैछ । जहाँका होटल, रेष्टुराँ, साना उद्योग, फर्निचरमा धेरै बालबालिका मजदूरका रूपमा काम गरिरहेका छन् । जसका कारण बालबालिका नियमित विद्यालय जान पाएका छैनन् र बीचैमा नै विद्यालय छोड्न बाध्य छन् ।

जिल्ला शिक्षा समन्वय एकाइका सूचना अधिकारी देवमणि चौधरीका अनुसार परिवारको चेतनास्तरकै कारण बालबालिका विद्यालय बाहिर रहेको बताउनुभयो । स्रोत व्यक्ति, विद्यालयका प्रअ, शिक्षक र त्यहाँ अध्ययनरत विद्यार्थीले पनि बालबालिकालाई विद्यालय ल्याउनका लागि विभिन्न अभियान सञ्चालन गरेका छन तर अभिभावकले विद्यालय भर्ना गर्न नमान्दा धेरै बालबालिका विद्यालय बाहिर भएको उहाँको भनाइ छ ।

“परिवारको कमजोर आर्थिक अवस्था र आफ्ना बालबालिकालाई पढाउनु पर्छ भन्ने सोच अभिभावकमा नआउँदा बालबालिका विद्यालय बाहिर छन्”, उहाँले भन्नुभयो, “अभिभावकले नै बालबालिकालाई मजदूरको रूपमा काम गर्न पठाइरहेका घटना छन्, जसले बच्चाको पढाइ रोकिएको छ ।”


बिराटनगर असोज १४ गते । रातो तारा डट कम,
लहान-प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको रु पाँच लाख बराबरको कपडा
बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार प्रहरी चौकी झाँझपट्टीले रु चार लाख ७५ हजार बराबरको तथा इलाका प्रहरी कार्यालय माडरले रु २५ हजार बराबरको कपडा बरामद गरेको हो ।

बरामद गरिएको कपडा जिल्ला भन्सार कार्यालय माडरलाई बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


शिव भट्टराई- मोरङ असोज १३ गते । रातो तारा डट कम,
शिक्षक चन्द्र भण्डारी निराश भएर भन्छन् मैले पढ़ाएको धेरै भयो!  टेङ्रा पुल नजिकको बाटोमा रहेको पिपलबोटे स्कूलमा २५ बर्ष अगाड़ि देखि गरिब बिद्यार्थीहरुलाई कक्षा नर्सरी देखि ८ सम्म निशुल्क पढ़ाउदै आएका चन्द्र भण्डारीले बताएका छन ।

पढ़ाउने  स्थानमा आज फ़ोहोर थुपारिदिएकोले भण्डारी निकै निराश भएका छन्।आज बिहान ग्रीन सिटी संस्थाका भाईबैनीहरुले टेंग्रा पुल सफा गर्ने क्रममा भेला पारेका फोहोरहरु चन्द्र भण्डारीले पढ़ाउने पिपलबोटे स्कूलमा थुपारीदिएकोले उनि निकै आक्रोशित भएका छन्। आज सनिबार विहान फालेर थुपारेको  फोहोर अहिले साझ सम्म पनि नगरपालिकाले नउठाएकोले उनि निकै आक्रोशित भएका थिए।अब यस्तो फोहोर थुपारेको ठाउँमा भोलि बिहान कसरी आएर बालबालिकालाई पढ़ाउने होला भनेर शिक्षक चन्द्र भण्डारीले चिन्ता ब्यक्त गरेका थिए।

ग्रीन सिटी संस्थाका भाईबैनीहरुलाई त्यों पढ़ाउने ठाऊँ हो भनेर थाहा हुदा हुँदै पनि यस्तो कार्य गरेको कुरा चन्द्र भण्डारी बताउँछन्।यस्तो फोहोर थुपारेको ठाउँमा पनि नगरपालिकाले चासो नदेखाएकोले ऊनि घोर आपत्ति जनाउछन्।


काठमाडौ,असोज १३ गते । रातो तारा डट कम, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।

दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ७७१९ नं को ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसचालक बा“के कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ११ को भरतपुरमा, चारको मध्यविन्दु अस्पताल डण्डा र १७ को कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले सडक अवरुद्ध भएको छ । घाइतेको विवरण आउन बाँकी रहेको छ ।

विराटनगर,असोज १३ गते । रातो तारा डट कम, नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा रोहितकुमार लुइँटेल निर्वाचित भएका छन् । चार वर्षमध्ये पहिलो दुई वर्षे कार्यकालका लागि लुइँटेल विजयी भएका  हुन ।

शुक्रबार विराटनगरमा सम्पन्न आठौ महाधिवेशनले सर्वसम्मत रुपमा कूल चार वर्षे कार्यकालका अध्यक्षमा लुइँटेल र भोजराज बस्नेतलाई निर्वाचित गरेको थियो । गोलाप्रथाबाट पहिलो दुई वर्षका लागि लुइँटेल निर्वाचित भए । आधा आधा पद बाँडफाँट हुने गरी समिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्षमा बिनोद सुवेदी, हरि कोइराला, कौशल निरौला र जितेन्द्रनारायण ठाकु(समावेशी), सचिव गोपालप्रसाद पोखरेल, कोषाध्यक्ष केशव न्यौपाने, सह–सचिव रञ्जिता पोखेरेल, विवेक मिश्र र धिरज दाहाल, खुल्ला सदस्यतर्फ मणिराम दाहाल, अशोक गौतम, अनुज सापकोटा, भीमरजा अधिकारी, सुजन निरौला, महिला सदस्य जीनाजंग कार्की, रोशिका अधिकारी, निशा दाहाल, आदिवासी रश्मिता उदास, मधेशी सदस्य विरेन्द्रकुमार साह र पिछडिएको अल्पसंख्यकमा सोनुकुमार दास सर्वसम्मत निर्वाचित भएका छन् ।

यसअघि पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाका प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रमा शैलजा आचार्य स्मृति अग्रज पत्रकारिता पुरस्कार मदनबाबु प्रसाईं, युवा पत्रकारिता पुरस्कार नरेन्द्र बस्नेत, महिला पत्रकारिता पुरस्कार रञ्जिता पोखरेल, रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार कुमोद अधिकारी र अम्बे मुरारी महिला पत्रकारिता पुरस्कार सुशीला पाठकलाई प्रदान गरियो ।

ती पुरस्कारको राशी नगद एघार हजार छ । आचार्य स्मृति पत्रकारिता पुरस्कारका संरक्षक काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, रिजाल पत्रकारिता पुरस्कारको संरक्षक सुभाष रिजाल र अम्बे–मुरारीका संरक्षक भारती उपाध्याय रहेका छन् । कार्यक्रममा पत्रकार शेखर रेग्मी, सुनिल पोखरेल, ब्रम्हदेव यादव, कौशल निरौला र प्रशान्त निरौलालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काँग्रेस नेता ढुंगाना, केन्द्रीय सदस्य अमृत अर्याल, पूवमन्त्री नमिनराज जोशीलगायतले लोकतन्त्रलाई बलियो बनाउन प्रेसको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

आगरा,भारत-असोज १३ गते । रातो तारा डट कम,भारतको आगरामा शुक्रबार सम्पन्न ४६ औं संस्करणको एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगिताको फाइनल खेल नेपालका रेफ्री श्रवण लामाले खेलाएका छन् ।

आगरा स्थित आनन्द स्टेडियममा थाईल्याण्ड र इन्डोनेसियाबीचको अन्तिम खेलमा निर्णयकको भूमिका निर्वाह गर्ने अवसर फिफा रेफ्री लामाले पाएका हुन् । धनुषा धारपानी घर भएका ३७ वर्षीय लामा पहिलो पटक विदेशी मैदानमा रेफ्रीको भूमिकामा रहे । प्रतियोगिता भर उनले पाँच वटा खेल खेलाए । २०६४ सालदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) मा रेफ्रीका रुपमा कार्यरत लामा २०७१ सालमा फिफाबाट मान्यता प्राप्त रेफ्री हुन् ।

नेपाल पुलिस क्लबमा आवद्ध भएर पाँच वर्ष विभिन्न प्रतियोगिता खेलेपछि २०६४ सालबाट उनी रेफ्रीको भूमिकामा छन् । नेपाल पुलिस क्लबमा आवद्ध र नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत रहेका उनीसंग नेपालमा भएको
यू–१६, ‘ए’ डिभिजन लिग र मोफसलमा भएका विभिन्न प्रतियोगिता खेलाएको अनुभव छ । यस प्रतियोगिताका खेल खेलाउनका लागि आयोजकले भारत सहित कोरिया, श्रीलंका, मलेसिया, थाईल्याण्ड र नेपालका गरेर २५ जना रेफ्रीलाई झिकाएको थियो ।

अन्य देशका रेफ्रीलाई छाडेर आयोजकले नेपालका रेफ्री लामालाई फाइनल खेल खेलाउनका लागि महत्वपूर्ण जिम्मेवारी दिनु नेपालका लागि सुःखद्् सन्देश भएको एन्फाका केन्द्रीय सदस्य एवं नेपाली टिमका व्यवस्थापक रुपेश अधिकारीले बताए । उनले नियम अनुसार खेल खेलाउन सक्षम भएकै कारणले आयोजकको रोजाईमा लामा परेको पनि बताए ।

‘यस अघि खेलाइएका विभिन्न खेलमा लामाको खेलाउने तरिका र खेलमा अपनाउनु पर्ने नियमका बारेमा आयोजकले राम्ररी बुझ्ने अवसर पायो,’ अधिकारीले भने, ‘त्यही भएर अन्य मुलुकबाट आएका रेफ्रीलाई छाडेर आयोजकले प्रतियोगिताकै महत्वपूर्ण मानिएको फाइनल खेल खेलाउने अवसर लामालाई प्रदान गरेको हो ।’

लामाले पनि अन्य खेल फिफाको नियम अनुसार निस्पक्ष र राम्ररी खेलाएका कारण आफूले फाइनल खेलाउने जिम्मेवारी पाएकोमा गर्व गरे ।
यसैबीच ४६ औं संस्करणको एसियन यू–१८ च्याम्पियनसीप फुटबलको उपाधि थाईल्याण्डले जितेको छ । आनन्द स्टेडियममा शुक्रबार चिरप्रतिद्धन्द्धी इन्डोनेसियालाई ३–० गोल अन्तरले पराजित गर्दै थाईल्याण्डले उपाधि रक्षा गरेको हो । दुबै टोली समूह ए मा रहेका थिए । दुबै टोली उही समूहमा रहेको नेपाललाई पराजित गर्दै अघि बढेका थिए ।

 त्यस्तै समूह बी मा रहेको दक्षिण कोरिया तेस्रो बनेको छ । शुक्रबार नै भएको खेलमा समूह बी कै अर्को टोली मलेसियालाई १–० गोल अन्तरले पराजित गर्दै कोरिया प्रतियोगिताको तेस्रो बन्न सफल भयो । मलेसियाले चौथोमा चित्त बुझायो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार नै भएको खेलमा नेपाललाई ४–३ गोल अन्तरले पराजित गर्दै समूह बी मा रहेको भारत पाँचौं बन्यो । नेपाल छैठौं बनेको छ । समूह बी मा रहेको श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेर चीन सातौं
भयो । श्रीलंकाले आठौं स्थानमा चित्त बुझायो ।

 समूह बी मा रहेको भुटान र समूह ए मा रहेको अफगानिस्थान नवौं र दशौं भए । प्रतियोगितामा थाईल्याण्ड, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, आयोजक भारत, नेपाल, चीन, श्रीलंका, भुटान र अफगानिस्थान गरेर १० वटा मुलुकले सहभागिता जनाएका थिए ।
(रेफ्री श्रवण लामाको फोटो पनि छ )

काठमाडौँ,असोज १३ गते । रातो तारा डट कम, अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् ।

नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने ९एलपिजी० ग्यास ढुवानी गर्नेछन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उहाँका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच आज राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी दिनुभयो ।

उहाँले रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल भएको जानकारी दिँदै प्राकृतिक ग्यास प्रवाहका लागि सर्वेक्षण अध्ययन गरिने बताउनुभयो । मन्त्री प्रधानले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको काम दू्रतगतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले त्यसमा सन्तोष व्यक्त गरेका बताउँदै शिघ्र परियोजना सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्तगर्नु
भयो ।

उहाँले भारतले मुजफ्फपुर–मोतिहारी–गोरखपुर प्राकृतिक ग्यासको पाइपलाइन बिछ्याइएको र नेपाललाई त्यसबाट कसरी फाइदा पु¥याउन सकिन्छ भन्ने सन्दर्भमा पनि आफूहरूबीच विचार विमर्श भएको बताउनुभयो ।

मन्त्री प्रधानले नेपालमा मल कारखाना स्थापना गर्न भारतका केही कारखानाको निरीक्षणका निम्ति नेपालका उद्योग वाणिज्य तथा आपूर्ति र कृषिमन्त्रीलाई भारत भ्रमण गर्न आमन्त्रण गरिएको जानकारी दिनुभयो ।

सौहार्दपूर्ण वातावरणमा भएको उक्त बैठकमा दुवै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो । नेपाल र भारतबीच २०७२ साल भदौ ७ गते उक्त परियोजना निर्माण गर्न मन्त्रिस्तरीय सम्झौता भएको थियो । त्यसको दुई वर्षपछि नेपाल र भारतका प्रधानमन्त्री क्रमशः केपी शर्मा ओली र नरेन्द्र मोदीले शिलान्यास गर्नुभएको थियो ।

काम शुरु भएको ३० महीनाभित्र पाइपलाइनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ ६८ दशमलव ९ किलोमिटर लामो उक्त पाइपलाइन निर्माणको काम दू्रतगतिमा भइरहेको छ । परियोजना पूरा भएपछि नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले प्रतिघण्टा १९१ किलोलिटर इन्धन आयात गर्न सक्नेछ ।

आगरा (भारत) असोज १२ गते । रातो तारा डट कम,
भारतको आगरामा शुक्रबार सम्पन्न एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाल छैठौं बनेको छ ।
प्रतियोगिताको ४६ औं संस्करण सकिंदा पहिलो पटक सहभागिता जनाएको नेपाल पाँचौं बन्न सकेन ।

तीनवटा खेलमा जित र तीनवटामा हार बेहोरेको नेपाल छैठौंमै चित्त बुझाउन बाध्य भयो । प्रतियोगिता भर ६ वटा खेल खेलेको नेपालले चीन, अफगानिस्थान र श्रीलंकामाथि मात्रै जित निकाल्न सक्यो । थाईल्याण्ड, इन्डोनेसिया र आयोजक राष्ट्र भारतसंग पराजय बेहोर्नु प¥यो ।

शुक्रबार भएको खेलमा भारतसंग ४–३ गोल अन्तरले निराश हुनु पर्दा नेपालले पाँचौं स्थान गुमाएको हो । ६०–४० को खेलमा पनि फिनिसिङ फितलो हुँदा नेपाल नतिजाबाट विमुख बनेको हो । निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि २० मिनेट समय थप गरिए पनि थप गरिएको समयमा समेत नतिजा निस्कन नसक्दा खेल टाईब्रेकरमा धकेलिएको थियो ।

र्टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय लिन सडन डेथ सम्म पुग्नु प¥यो । सडन डेथमा नेपाल अभागी ठहरिंदा घरेलु मैदानमा भारतको भाग्य चम्कियो ।
टाईब्रेकरमा नेपालका तर्फबाट रन्दिप पौडेल, अनिज महर्जन र  नविन गुरुङको प्रहारले मात्रै जाली चुमेको थियो ।

कप्तान दिनेश हेन्जन र शेषेहाङ आङ्दम्बेको प्रहारलाई भारतीय गोलरक्षक मोल्लह अलईफ रहमानले रोकिदिए । भारतका छकछुक पाउगिनमुन, टाईसन सिंह र कफोई सिंहको प्रहार गोलमा परिणत भयो । वाजिड अली र अजयकुमार चौधरीको प्रहारलाई भने नेपालका गोलरक्षक विशाल सुनारले विफल पारिदिंदा टाईब्रेकरमा नतिजा निस्कन सकेन ।

सडन डेथमा भारतका संजित राईको प्रहार गोलमा परिणत हुँदा भारत विजयी बन्यो । सुरज ज्यू ठकुरीको प्रहारलाई भारतीय गोलरक्षकले रोकिदिनु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो । खेललाई पूरै नियन्त्रणमा राखेको नेपालले भारतका विरुद्ध निर्धारित समयमा गोल गर्ने केही सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा दोस्रो खेलबाटै इन्जुअर्ड भएर बसेका मनिष थापाको अभाव खड्कियो ।

प्रतियोगिता भर एउटा मात्रै पहेंलो कार्ड पाएका रक्षापंक्तीका खेलाडी विकास खवासलाई दुईवटा पहेंलो कार्ड पाएको भन्दै खेल्नबाट बन्चित गराइयो । ३७ औं मिनेटमा बुद्ध वल तामाङको प्रहारमा भारतीय गोलरक्षक बाधक बने । ५१ औं मिनेटमा २५ यार्ड टाढाबाट दिनेश हेन्जनले गरेको फ्रिकिक प्रहारले पनि पोष्टको बाटो देखेन ।

थप गरिएको दोस्रो मिनेटमै हेन्जनको प्रहारलाई भारतीय गोलरक्षकले बचाइदिए । थपिएको छैठौं मिनेटमा अनिल महर्जनको प्रहारले पनि बाटो विराउनु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो । प्रतियोगिता भर मिडफिल्डर अनिल महर्जन, रक्षापंक्तीका राजन गुरुङ, विकास खवास र रन्दिप पौडेलको प्रदर्शन उत्कृष्ट रहयो । दिनेश हेन्जन, नितिन थापा मगर, मनिष थापा र गोलरक्षक विशाल सुनारको प्रदर्शन पनि सम्झन लायक रहयो ।

नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल र भारतबीचको प्रतिष्पर्धालाई महत्वका साथ हेरिएको भए पनि नेपालका लागि दुःखद् नजिता निस्किएको बताए । ‘मैदानमा नेपालको प्रदर्शन उत्कृष्ट रहयो,’ उनले भने, ‘फिनिसिङ फितलो हुँदा निराशाजनक नतिजा हात प¥यो ।’ श्रेष्ठले प्रतियोगिता भर नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि सुखद् नतिजा भने विपक्षीको पक्षमा पुगेको बताए ।

( फोटो क्याप्सन ः शुक्रबार भारतसंग प्रतिष्पर्धाको तयारीमा रहेका नेपाली खेलाडी र नेपाली खेलाडीका साथमा तस्बिर खिचाउँदै भारतीय खेलाडी । )



शिव भट्टराई- मोरङ,असोज १२ गते । रातो तारा डट कम,
सुन्दरहरैचा नगरपालिकाले फोहोर व्यवस्थापन नगरेको भन्दै स्थानिय बासिन्दाहरु विरोधमा सुन्दरहरैचा, नगरपालिकाले नगरपालिकाको फोहोर व्यवस्थापन नगरेको भन्दै सुन्दरहरैचा नगरपालिकाको वासिन्दाहरु विरोधमा उत्रीएका छन

नगरपालिकाले नगर भरिको फोहोर उठाएर सुन्दरहरैचा वार्ड नं ४ को खोलाको ल्याण्डफिल्ड साइडमा लगेर फाल्दै आएको थियो । शुक्रबार बिहान नगर भरिको फोहोर उठाएर फोहोर फाल्न गएको गाडिलाई फर्काएर स्थानिय वासिन्दाले विरोध गरेका हुन ।

गत भदौ २९ गते सुन्दरहरैचा वार्ड नं ३ र ४ का वासिन्दाहरुले उक्त स्थानको फोहोर व्यवस्थापन गर्नु पर्ने माग सहित नगरपालिकाका प्रमुख शिव प्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउदा नगरले विश्व बैकको लगानी रहेको यस नगरमा उक्त लगानी मार्फत व्यवस्थापन गर्ने बाताएको स्थानिय युवा सुजन पोखरेलले बताएका छन ।

पटक पटक फोहोर व्यवस्थापन गर्न माग गर्दा समेत नगरले चासो नदिएको स्थानिय युवा जय प्रकाश रायमाझिले बताएका छन । उक्त स्थानमा फोहोर फाल्दा सुन्दरहरैचा वार्ड नं ४ को ३०० घर धुरी र सुन्दरहरैचा वार्ड नं ३ को २०० घर धुरीलाई असर गरिरहेको रायमाझिले बताए ।

गत २९ गते स्थानिय युवाहरुले सुन्दरहरैचा वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठलाई समेत फोहोर बाट दुर्घन्धित भई स्थानियहरुलाई असर गरेको जानकारी गराएका थिए भने वार्ड अध्यक्ष श्रेष्ठले फोहोर व्यवस्थापन गर्न १५ दिनको समय स्थानिय सग मागेका थिए तर समय मागेको १५ दिन पनि सकिदा उक्त स्थानको फोहोर व्यवस्थापन नभएपछी आज स्थानिय युवाहरुको अगुवाईमा नगरपालिकाको फोहोर फाल्ने गाडिलाई युवाहरु मिलि फर्काईएको छ ।

उक्त फोहोर फाल्ने स्थानमा सुन्दरहरैचा वार्ड नं ४ लाई हरियाली भित्रको शहर बनाउने उद्देश्यले वार्ड अध्यक्ष श्रेष्ठको नेतृत्वमा विभिन्न प्रजतिका बिरुवाहरु समेत रोपिएको छ ।

स्थानिय युवाहरुले उक्त फोहोर फाल्ने स्थान खोलाको डिलमा भएको कारण फोहोर पानी मा मिसिएर स्थानियहरुलाई प्रत्यक्ष असर गरेको बताएका छन ।


काठमाडौ असोज १२ गते । रातो तारा डट कम,
धनगढी-प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि आज बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो बजेट खर्च भइसकेको अवस्थामा धनगढीलाई नै स्थायी राजधानी बनाउन माग गरेका छन् । स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव दिन प्रदेशसभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिकाको तेघरीमा स्थायी राजधानी बनाउन तथा नाम ‘सुदूरपश्चिम प्रदेश‘ राख्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गरेको छ ।

प्रदेशसभाको जारी बैठकमा प्रदेशको स्थायी राजधानी र नामाङ्कनका विषयमा प्रस्तुत प्रतिवेदन उपर छलफल जारी छ । प्रदेशसभा बैठकले आज प्रदेश राजधानी र नामाङ्कनको विषयलाई टुङग्याउने बताइएको छ । प्रदेशसभाका सदस्यको दुई तिहाई मतको आधारमा प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

(फायलफोटो)
सुनसरी,  असोज  १२ गते । रातो तारा डट कम,
सुनसरीको दुहबी नगरपालिका-४ स्थित मैनबत्ती फ्याक्ट्रि अगाडी ईटहरीबाट बिराटनगर तर्फ जादै गरेको को. २० प २२७१ नं. को स्कुटर अनियन्त्रित भई दुर्घटना हुदा स्कुटर चालक ईटहरी नगरपालिका-११ बस्ने बर्ष ३० को चन्दन कुमार बिश्वास घाईते भएका छन् ।

दुर्घटनाबारे जानकारी पाउनासाथ तत्काल CRV सोनापुरबाट खटिएको प्रहरी टोलिले घाइतेलाई उद्धार गर्दै उपचारकोलागी दुहबी सामुदायिक अस्पतालमा पठाएको छ भने स्कुटर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


झापा, आश्विन ११ गते । रातो तारा डट कम,
झापाको मेचीनगर नगरपालिका-१४ दुवागढी स्थितमा थुनुवा लिई जिल्ला अदालत झापा जाँदै गरेको वानटन गाडीलाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको छ ।

आज दिउँसो १:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट जिल्ला अदालत झापाको लागि प्रहरी नायब निरीक्षक रेवत अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले थुनुवा लिई जाँदै गर्दा दक्षिणबाट उतर तर्फ आउँदै गरेको मे १ त २४५१ नम्बरको  ट्याक्टरले ठक्कर दिदाँ दुर्घटना भएको थियो ।

ट्याक्टरले ठक्कर दिदाँ उक्त गाडीमा सवार ईलाका प्रहरी कार्यालय  दमक दरबन्दीका  प्रहरी नायब निरिक्षक रेवत अधिकारी, ईलाका प्रहरी कार्यालय घैलाडुब्बा दरबन्दीका प्रहरी हवल्दार श्याम नारायण यादव, कारागार सुरक्षा गार्ड ताप्लेजुङ्ग दरबन्दीका प्रहरी जवान बल बहादुर भुजेल, मानव बेचबिखन मुद्दाका थुनुवा  जिल्ला संखुवासभा स्याबुङ गाउँपालिका-४ नागी बस्ने बर्ष ३३ को तर्बु शेर्पा लगायत लागू औषध मुद्दाका थुनुवा जिल्ला झापा मेचीनगर नगरपालिका-९ धुलाबरी बस्ने बर्ष २२ को मनिष आचार्य समेत घाइते भएकोले घाइते सबैको ओमसाई पाथिभरा मेडिकल भद्रपुरमा उपचार भई रहेको छ ।

ठक्कर दिने ट्याक्टर र वानटनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याउने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काठमाडौँ,असोज १२ गते । रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार व्यवसायीसँग घुस लिएको अभियोगमा हिजो प्रहरी नायब निरीक्षक खरेललाई पक्राउ गरिएको हो ।

आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा आज थप पक्राउ गरिएको हो । आरोपी खरेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिष्टारद्वय धर्मराज रोकाय र गङ्गाधर पौडेललाई पक्राउ गरेको छ ।

आयोगका अनुसार शङ्कर इलेक्ट्रिकल इण्डष्ट्रिजका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको भन्ने उजुरीका आधारमा आयोगले बबरमहलबाट पक्राउ गरेको हो ।


काठमाडौ असोज १२ गते । रातो तारा डट कम,
मेलम्ची-सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाले नगरभित्रका नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको छ ।

नगरपालिकाले इन्द्रावती, मेलम्ची र सिन्धुखोलालगायत नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको हो ।

यसरी सङ्कलन गरिएको बालुवा ट्रक वा टिपरद्वारा निकासी गर्दा मेलम्ची नगरपालिकाको कार्यालय वा सम्बन्धित राजश्व सङ्कलन केन्द्रमा नियमानुसारको राजश्व तिरेर मात्र बालुवा ओसारपसार गर्न पाउने सूचना नगरपालिकाले जारी गरेको
छ ।

राजश्व नतिरी बालुवा निकासी गरेको पाइएमा थप दण्ड जरिवाना र आवश्यक कारवाही गरिने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

जिल्लाको इन्द्रावती गाउँपालिकाले भने अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको मेशिनरी औजÞार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाएको छ । असोज १ गते बसेको जिल्ला समन्वय समिति एवं नदीजन्य पदार्थको अनुगमन समितिले असोज ५ गतेबाट नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो ।

बैठकले प्रारम्भिक वातावरणीय परीक्षण ९आइइ० भइसकेका र ठेक्का प्रक्रिया पूरा भएका नगर र गाउँपालिकाको हकमा ठेकेदारमार्फत नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो । नदीजन्य पदार्थको अनुगमन समितिले असार, साउन र भदौ गरी तीन महीनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको थियो ।


सुनसरी असोज १२ गते । रातो तारा डट कम,सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारमा रहेको जगन्नाथ डेढराज जनता (जडेज) माविमा यो वर्षदेखि बाली विज्ञानको कक्षा शुरु गरिएकोछ।

एक स्थानीय तह एक प्राविधिक शिक्षालय’बनाउने प्रधानमन्त्री केपी ओलीको पहिलो निर्णयलाई साकार पार्न बराहक्षेत्र नगरपालिकाको सहयोगमा पढाइ शुरु गरिएको हो ।

सरकारको राष्ट्रिय नीतिअनुसार सञ्चालन गर्न लागिएको उक्त विषयको पठनपाठनको शुरुवात गत मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री पोखरेलले ग्रामीण भेगमा प्राविधिक विषयको अध्यापन शुरु गरेर सरकारको एक स्थानीय तह एक प्राविधिक शिक्षालय’ अभियभान कार्यान्वयन भइरहेको जानकारी दिनुभयो।

बाली विज्ञान विषयको तीनवर्षे डिप्लोमा तहका लागि नगरपालिकाको पहलमा सिटिइभिटीसँग सम्बन्धन लिएर जडेज माविमा पठनपाठन शुरु गरिएको हो ।

स्थानीय विद्यालयमै प्राविधिक शिक्षाको कृषि विषय पढाइ हुन थालेपछि स्थानीयवासी धरान, इटहरी, विराटनगर, उर्लावारी पुग्नुपर्ने बाध्यता हराएको स्थानीयवासीले बताएका छन् ।

विद्यालयमा कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोगबारे अध्यापन हुने विद्यालयका सूचना अधिकारी चेतनाथ भट्टराईले जानकारी दिनुभयो ।

विद्यालयको पूर्वाधार निर्माणका लागि नगरपालिकाले रु १५ लाख उपलब्ध गराएको नगरपालिकाका प्रमुख निलम खनालले जानकारी दिनुभयो ।

सो रकम विद्यार्थीका लागि आवश्यक प्रयोगशाला र प्रयोगात्मक कार्यका लागि खर्च गर्न बजेट व्यवस्था गरिएको हो ।

काठमाडौ असोज ११ गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंघ, महिला समितिले आज सूचनाको हकबारे महिला पत्रकारको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

महासंघमा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले तिरेको करबाट सञ्चालित निकायमा हुने गतिविधिबारे जनतालाई जानकारी दिन सूचनाको हक सम्बन्धी कानुन बनेको बताउनु भयो । उहाँले नेपाल सरकारले सूचना दिनै भनेर छुट्टै कर्मचारी नियुक्त गरेको भएता पनि सूचना दिन नजानेको भन्दै सूचना नदिने कर्मचारी विरुद्घ आयोगमा उजुरी दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघको पहलमा सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको भन्दै त्यसको भरपुर सदुपयोग गर्नुपर्ने विचार व्यक्त गर्नु भएको छ ।

सञ्चारिका समुहकी नवनिर्वाचित अध्यक्ष नितु पण्डितले कार्यक्रमको आयोजना गरेकोमा महासंघलाई धन्यवाद दिँदै पत्रकारहरुमा सूचनाको हक सम्बन्धी व्यवस्थाको प्रयोग गर्ने प्रचलन कम रहेको भन्दै त्यसमा जोड दिन पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । उहाँले पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको संख्या पच्चीस प्रतिशत मात्रै रहेकोले पत्रकारितामा महिला पत्रकारको निरन्तरता आवश्यकता रहेको बताउनु भयो । 

कार्यक्रममा महासंघकी सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले पुरुष पत्रकार सरह महिला पत्रकार पनि सक्षम छन् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको धारणा राख्नुभयो ।

महासंघ लेखा समिति सदस्य मिराराज भण्डारीले स्वागत मन्तव्य राख्दै महिला पत्रकारको क्षमता अभिवृद्घिका तथा सूचनाको हकको प्रयोगका लागि कार्यक्रमको आवश्यकता रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा चलचित्र निर्माता संघकी अध्यक्ष सुचित्रा श्रेष्ठ, गोरखापत्र दैनिक प्रबन्ध सम्पादक हरिकला अधिकारी, पत्रकार रुवि श्रेष्ठ, दिपा दाहाल, शिल्पा कर्ण लगायतले सूचनाको हक सम्बन्धमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा महासंघ महिला समितिले सञ्चारिका समुहको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्नुका साथै पूर्ण सफलताको शुभकामना व्यक्त गरेको छ ।


मोरङ, असोज  ११ गते । रातो तारा डट कम,
मोरङको लेटाङ नगरपालिका-३ कृतिमान स्थित चिसाङ खोलाबाट आश्विन १० गते साँझ ६:५० बजेको समयमा अबैध रुपमा खोलामा ढुंगा, गिट्टी र वालुवा उत्खनन् गरिरहेको अवस्थामा को २ त ८५३९ र ना २ त ५०८४ नम्बरको २ वटा ट्याक्टर नियन्त्रणमा लिईएको हो ।

प्रहरीको टोलीलाई देख्ना साथ दुबै ट्याक्टरका चालक फरार भएका छन् भने ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलिले नियन्त्रणमा राखेको उक्त कार्यालयले जनाएको छ ।



काठमाडौ असोज ११ गते । रातो तारा डट कम,
धनगढी-प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको जङ्गल क्षेत्रमा बनाउने प्रतिवेदनप्रति असहमति राख्दै गरिएको हडतालका कारण आज यहाँको जनजीवन प्रभावित बनेको छ ।

हडतालका कारण शिक्षण संस्था, व्यापार—व्यवसाय, यातायात लगायतका क्षेत्र ठप्प रहेपछि जनजीवन प्रभावित भएको हो । हडताल आह्वानकर्ताले बिहानदेखि धनगढी बजारमा प्रदर्शनसमेत गरेका छन् । धनगढीलाई प्रदेश नं ७ को अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो रकम खर्च भइसकेको अवस्थामा कुनै पूर्वाधार नरहेको र जङ्गल क्षेत्र रहेको कैलालीको गोदावरी नगरपालिका–४ को तेघरीमा स्थायी राजधानी रहने स्थानको सिफारिश गर्नु उपयुक्त नभएको स्थानीयवासीको भनाइ छ ।

प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव दिन प्रदेशसभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिका–४ को तेघरीमा स्थायी राजधानी बनाउन उपयुक्त हुने ठहरसहित प्रतिवेदन प्रस्तुत गरेको थियो ।

काठमाडौ असोज ११ गते । रातो तारा डट कम,संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा व्यस्त छन्। प्रधानमन्त्री ओलीले अमेरिकामा विश्वका शक्तिशाली नेताहरूसँग भेटवार्ता गरिरहका छन्।
उनी मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रात्रिभोजमा सहभागी भए भने बुधबार स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन बेरसेटसँग भेट गरे। त्यस्तै प्रधानमन्त्री ओलीले कोलम्बियाका राष्ट्रपति इभान डुक मार्रकेजसँग पनि भेटवार्ता गरे।
त्यस्तै प्रधानमन्त्री ओलीले बेलायतकी प्रधानमन्त्री थेरेसा मेसँग पनि भेटवार्ता गरे। प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि भेट गरे। 
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको पनि भ्रमण गर्नेछन्। २० सदस्यीय प्रतिनिधिमण्डसहित असाेज ६ गते अमेरिका गएका अोली असोज १७ गते स्वदेश फर्किने कार्यक्रम छ। 


बिराटनगर, आश्विन १० गते । रातो तारा डट कम,
नजिकिदै गरेको चाडपर्वहरुलाई लक्षित गरी आज १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले बुधबार मातहतका प्रहरी कर्मचारीहरुसंग भेटघाट गर्नु भएको छ ।

पूर्व क्षेत्रिय प्रहरी तालिम केन्द्रको सभा हलमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको उक्त  सुरक्षा बैठक सम्पन्न भएको थियो। कार्यक्रममा बोल्नुहुदै प्रहरी नायब महानिरीक्षकले नजिकिदै गरेको पर्वहरुमा चोरी, लुटपाट तथा जघन्य अपराधका घटनाहरु बढने सम्भावना भएको हुँदा सम्बन्धित स्थानीय प्रशासन, संघ संस्थाहरुसंग समन्वय गरेर जनताहरुलाई  भरपर्दो सुरक्षा प्रदान गर्न समेत निर्देशन दिनुभयो।

बैठकमा पूर्व क्षेत्रिय प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भिम प्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज के.सी.,सशस्त्र गण मुख्यालय रानीका गणपती प्रहरी उपरीक्षक सुदर्शन प्रसाद कोइराला, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवि कुमार पौडेल, दंगा नियन्त्रण प्रहरी गण दुहबीका गणपति अनुराग कुमार द्विवेदी ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुखहरु मोरङ, सुनसरी र झापा जिल्लाको सिमानामा अवस्थित प्रहरी इकाईका प्रहरी प्रमुखहरुको उपस्थिती रहेको थियो।


 काठमाण्डौं,असोज ११ गते । रातो तारा डट कम,सर्लाही,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले असोज ९ गते नापी कार्यालय सर्लाही, सेवा केन्द्र हरिवनका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेकोछ ।
पक्राउ पर्नेमा सेवा केन्द्रका अमिन किशुनदेव मण्डल रहेको छ । आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको घुस रकम नौ हजारसहित उनलाई पक्राउ गरेको हो ।
अंशवण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा मण्डललाई पक्राउ गरेको जनाएको छ ।

हरिपुर नगरपालिका–८ का सत्यनारायण महतो र शिव नारायण महतो दाजुभाइको अंशबण्डाका लागि मण्डलले रु १५ हजार घुस मागेको तर महतो दाजुभाइले मालपोत कार्यालय सेवा केन्द्र हरिवनमै लेखापढीको काम गर्ने रामबहादुर महतोमार्फत रु नौ हजार दिएको शिव नारायण महतोले बताउनुभयो ।

आफू १० दिनदेखि जग्गाको कित्ताकाटका लागि धाउँदा पनि काम नभएपछि अख्तियारमा खबर गरेर घुस दिन बाध्य भएको पनि उहाँले बताउनुभयो । 

 

काठमाण्डौं,असोज ११ गते । रातो तारा डट कम, कञ्चनपुर, फड्के (ब्राउन होपर) कीराले कञ्चनपुरमा किसानले लगाएको धानबालीमा ब्यापक नोक्सानी पु¥याएको छ । पाक्न नपाउँदै धानमा फड्के कीराले आक्रमण गरेपछि यहाँका किसानले नोक्सानी भएको देखेर चिन्तित हुन थालेका छन् ।

कीराले धानको बोटको रस चुसेर खाने भएकाले धान पाक्न नपाउँदै ढल्ने र दाना र पराल कामै नलाग्ने भएको छ । शुक्लाफाँटा– ४ का किसान धर्मानन्द भट्टले एक बिगाहा खेतमा लगाएको धानबाली पूरै फड्के कीराको प्रकोपका कारण नोक्सान भएको बताउनुभयो । विषादी हालेर कीरा नियन्त्रण गर्न खोजे पनि नियन्त्रण नभै झनै पूरै खेतमा फैलिएको छ । उहाँले भन्नुभयो, “पाक्न नपाउँदै धानका बोट कुहिएर झर्न थालेका छन् ।

साताअघि सानो ठाउँमा धानका बोट कुहिएर खस्न थालेका थिए । अब पूरै खेतमा कीराको समस्या देखिएको छ । मेहनत गरेर लगाएको पूरै धानबाली कीराले सखाप पारेपछि चिन्तित भएको उहाँले बताउनुभयो ।

खेतमा लगाएको धान परिवारका लागि वर्षभरि खानका लागि राखेर बिक्री गर्नसम्म हुन्थ्यो उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “पाक्न नपाउँदै धानका बोट कीराका कारण कुहिएपछि खानकै लागि धान किन्नुपर्ने अवस्था आएको छ ।”

सोही वडाका किसान अमर भण्डारीको १० कट्टा खेतमा लगाएको धानबाली कीराको प्रकोपका कारण सखाप भएको छ । प्रकोपकै रुपमा कीराले आक्रमण गरेपछि पूरै धानबाली कामै नलाग्ने भएको उहाँले बताउनुभयो ।

नगरपालिकाको कृषि शाखाका प्रमुख वीरबहादुर कुवँरले शुक्लाफाँटा नगरपालिका क्षेत्रमा मात्रै झण्डै तीन दर्जन बढी किसानको १० बिघा बढी जग्गामा फड्के कीराले धानबालीमा नोक्सानी गरेको बताउनुभयो ।

खेतमा रहेको पानीको निकास गरी इमिडाक्लोरापिड नामक विषादी एक एमएल चार लिटर पानीमा घोलेर खेतमा छर्के कीरा नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । उहाँका अनुसार २५ प्रतिशत धानबाली नोक्सान भएको छ ।

बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका नायब प्राविधि सहायक राममिलन चौधरीकाअनुसार कञ्चनपुरका पुर्नवास, बेलडाँडी, लालझाडी, शुक्लाफाँटा, बेदकोट र भीमदत्तनगरमा गरी दुईसय बिघाहा खेतमा लगाइएको एक हजार क्वीन्टल धानबाली फड्के कीराको प्रकोपले खेरगएको छ । जसबाट किसानले रु १५ लाखदेखि २० लाख सम्मको घाटा व्यहोरेका छन् । सर्जु ५२ र सावा लगायतको मसिनो धानमा फड्के कीराले बढी आक्रमण गरेको छ । 

शिव भट्टराई- सुनसरी  असोज १० गते । रातो तारा डट कम,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको,सुन्दरहरैचा नगरकमिटी वार्ड नं १, २ र ११ मा बृहत् रुपमा वार्ड अगुवा कार्यकर्त भेला सम्पन्न गरेको छ ।

प्रदेश नं १ का नेकपाका सचेतक तथा प्रदेश नं १ मोरङ क्षेत्र नं ३ ( ख ) का सांसद राज कुमार ओझाको प्रमुख आतिथ्यतामा सुन्दरहरैचा वार्ड नं १, २ र ११ मा अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो ।

कार्यक्रमम सुन्दरहरैचा नगरपालिका उपमेयर धना तामाङ, सुन्दरहरैचा नगरपालिका कार्यपालिका सदस्य भक्त किरण राई , सुन्दरहरैचा नगरपालिका वार्ड नं २ का वार्ड सदस्य झरी लाल चौधरी सुन्दरहरैचा वार्ड नं ११ का वार्ड अध्यक्ष विशनलाल चौधरी, सुन्दरहरैचा वार्ड नं ११ का वार्ड सदस्य महेन्द्र लिम्बु , नेकपाका नेता अजम्बर राई , सन्तोष बान्तावा, रुद्र लम्साल , लता न्यौपाने, सुरेन्द्र थापा, लक्ष्मि फुयाल सहितका नेता तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वार्ड नं २ तथा ११ का वासिहरुले वार्डको समस्याहरुप्रती जनप्रतिनिधिहरुले ध्यान दिनु पर्ने र वार्ड वासिको समस्या बुझेर काम गर्नु पर्ने जस्ता समस्याहरु जनप्रतिनिधिहरु बिच राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश १ मोरङ ३ ख का सांसद ओझाले कम्युनिष्ट सरकारलाई काङ्ग्रेसले असफल बनाउन विभिन्न लाल्छाना लगाएर अल्झाउन खोजेको भन्दै सम्पुर्ण कार्यकर्ता तथा नेताहरुलाई जनताको घर घरमा गएर सरकारले गरेका काम हरु प्रष्ट पार्दै स्थानिय जनताको समस्याहरु के छन त्यस अनुरुप योजना बनाएर ल्याउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै सुन्दरहरैचा नगरपालिका उपमेयर धना तामाङले कम्युनिष्ट सरकारलाई असफल बनाउन तथा स्थानिय तह सुन्दरहरैचा नगरपालिकामा कम्युनिष्ट सरकारको बहुमत रहदा मेयरले विभिन्न कार्यक्रममा कम्युनिष्टहरुले काम गर्न दिएनन भन्ने कुराको खण्डन गर्नु भएको थियो । उपमेयर तामाङले नगरपालिकाको कति पय काम तथा योजनाहरु आफुलाई स्वयं थाहा नै नदिइ कन मेयरले काम गर्ने गरेको समेत आरोप लगाउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका नेता लक्ष्मि फुयालले क्षमता बिहिन मान्छेले अरुलाई आरोप लगाएर आफू पन्छिन खोज्ने हो त्यस्तो व्यक्तिलाई जनताले अब चिनिसकेको भन्दै मेयरले विभिन्न कार्यक्रममा कम्युनिस्ट सरकारले काम गरेन भन्ने कुराको कुनै तुक नभई मेयरले जनतालाई झुक्याउने मेलो मात्र  गरेको बताउनुभएको थियो । उहाले मेयर असक्षम भएकै कारण स्थानिय चुनाव भैइ सके पछि पनि स्थानिय तह सुन्दरहरैचामा मेयरकै कारण चार जना कार्यकारी फेरिसकेको बताउनु भयो ।

div dir="ltr" style="text-align: left;" trbidi="on">

काठमान्डाै, असोज १० गते । रातो तारा डट कम,
एन आर वि बरालको  सुमधुर आवाज भरिएको डान्सिङ बिटमा रहेको नयाँ गीत ” चम्पा चमेली ” को म्युजिक भिडियो सार्बजनिक भएको छ  ।
भिडियो बजारमा सार्वजनिक भएसगै गायक एन आर वि को चर्चा परिचर्चा सबत्र भएको छ । युवाहरुका लागी डान्सिङ स्टाइलमा निमार्ण गरिएको गीतमा जय बरालको शब्द तथा हेमराज थापाको संगीत रहेको छ । साथमा टेकेन्द्र रोकायाले र्याप हानेका छन । 

प्रकाश खड्काको छायाँकन , मिलन विकको सम्पादन , विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा रोशन सिंह र पुजन घिमिरेको फिचरिङ रहेको छ । 



(फायलफोटो)
मोहन कुमार राई- असोज १० गते । रातो तारा डट कम,
संखुवासभा, ६३ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीको विशेष पहल अन्तरगत माध्यमिक विद्यालय स्तरी श्रृजनात्मक निवन्ध प्रतियोगीता गरेर जिल्लाको खाँदवारी स्थित बरुण बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।

दिवसको अवसरमा जिल्लाका १७ बढी माध्यमिक विद्यालयहरुका कक्षा ९ देखि कक्षा १२ सम्मका २५ जना छात्र÷छात्रा विद्यार्थीहरुले निवन्ध लेखन प्रतियोगितामा भाग लिएको सो कार्यक्रममा  हाल नेपालमा मोवायल, विभिन्न सामाजिक सञ्जालमा फैलिएको विकृति, महिला हिंसा, लैंङ्कि हिंसा, घरेलु हिंसा, यौन जन्य हिंसा लगायतका सिंसाहरुलाई न्युनिकरण गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारु मगरले बताउनुभयो।

 “यौनजन्य हिंसाः कारण रोकथाम र नागरिकको भूमीका” विषयक निवन्ध लेखन प्रतियोगितामा ३ सदसीय निर्णायक प्रतिनिधि मण्डलका समितिमा हिमालय मावि खाँदवारीका ताराबहादुर बुुढाथोकी संयोजक, बरुण बहुमुखी क्याम्पसका लक्ष्मी ढुंगाना, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अर्जुन पोखरेल सदस्य एवं समन्वय  अधिकृत रहेको डिएसपी सारुमगरले जानकारी दिनुभयो । निर्णयमण्डलका संयोजक बुढााथोकीले निवन्धमा हुनु पर्ने तत्वहरुको बारेमा जानकारी समेत दिनुभएको थियो ।

वि.सं. २०१२ सालमा प्रहरी ऐन वनेसगै यो ६३ औै प्रहरी दिवसको अवसरमा गरिएको सो प्रतियोगिताको नतिजा प्रकाशन भने १५ गते  जिल्लाका विभिन्न एफएम मार्फत प्रसारण गरिने र जिल्लामा प्रथम हुनेलाई ५ हजार र द्धितीय हुनेलाई ३ हजार नगद पुरास्कारले पुरस्कृत गरिने ।

सो जिल्ला स्तरको प्रतियोगितामा छनौट भएका दुई जना प्रतियोगितको निवन्ध प्रदेश स्तरमा पठाईने र प्रदेश स्तरमा प्रथम भए प्रथमलाई १० हजार र द्धितीय हुनेलाई ७ हजार नगदले पुरस्कृत गरिने समेत डिएसपी सारुमगरले वताउनु
भयो । 

(फायल फोटो)
मोहन कुमार राई-असोज १० गते ।
रातो तारा डट कम,संखुवासभा,स्वास्थ्य मानिस स्वास्थ्य रहन योग गर्न  आवश्यक ठान्दै चैनपुर नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा चैनपुरको टुडीखेलमा योग शिविरको उद्घाटन भएको छ ।

विहान ८ बजेबाट शुरु भएको सो शिविर कार्यक्रमका चैनपुर नगरपालिकाका मेयर एवं कार्यक्रमका प्रमुख अतिथि एवं भरतकुमार खत्रीबाट पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

योग सञ्चालन समितिका संयोजक नेत्रबहादुर डाँगीको सभापतित्वमा भएको सो कार्यक्रममा २ सय बढी मानिसहरुको उपस्थितिमा भएको थियो । असोज १० गतेबाट १५ गते सम्म सञ्चालन हुने निशुल्क योग विज्ञान शिविर, योग शिक्षक वनाउने उद्देश्यले दिनको ३ बजे देखि ६ बजे सम्म दिलकुमारी स्मृती भवनमा सञ्चालन हुने भएको छ भने विहान ४ बजे देखि ६ बजेसम्म खुल्ला रुपमा टुडिखेलमा योग गराइने समेत कार्यक्रम सञ्चालक एवं चैनपुर नगरपालिका स्वास्थ शाखाका सह संयोजक रुपनारायण झाले बताउनु
भयो ।

स्वास्थ्य मानिस स्वास्थ्य रहन,स्वास्थ्य जीवन शैली अपनउान लगात विभिन्न नसर्ने रोगहरुको समेत व्यवस्थापन गर्न योगको आवश्यक रहेको सो शिविरमा प्रशिक्षकको रुपमा पतन्जली योग समिति नेपालका केन्द्रीय सदस्य लोकनाथ ढकाल,योग समिति संखुवासभा जिल्ला अध्यक्ष दीपक कटुवाल, सोही कार्यसमितिका सदस्य खढ्ग चापागाई रहेको कार्यक्रम सञ्चालक झाले वताउनुभयो ।





काठमाण्डौ असोज १० गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिलिप थापामगरले मुलुकी (फौजदारी र देवानी) संहिता ऐन २०७४ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानुन संशोधनका लागि सरकारद्वारा गठित कार्यदललाई स्वागत गर्दै प्रेसमैत्री कानुन निर्माणका लागि सहयोग गर्न महासंघ तयार रहेको बताउनु भएको छ ।

महासंघद्वारा आज आयोजित कार्यक्रममा महासंघका महासचिव रमेश विष्टले मुलुकी (फौजदारी र देवानी) संहिता २०७४ ऐनमा संशोधन गरिनुपर्ने प्रावधानहरुका सम्बन्धमा संशोधन सुझाव कार्यदलका संयोजक देव प्रकाश त्रिपाठीलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।

सो क्रममा प्रेस सस्वतन्त्रता नियन्त्रण गर्ने कानुन मान्य नहुने बताउँदै महासचिव विष्टले प्रेसमैत्री कानुन निर्माणका लागि कार्यदलसंग समन्वय गरेर अघि बढ्ने धारणा राख्नु भयो ।

कार्यक्रममा संशोधन सुझाव कार्यदलका संयोजक देव प्रकाश त्रिपाठीले प्रेस स्वतन्त्रता विश्वमा स्थापित जनताको अधिकार रहेको बताउँदै त्यसप्रति कुनै सम्झौता नगरिने धारणा राख्नु भयो । उहाँले प्रेस स्वतन्त्रता, पत्रकारिताको मर्यादा र पत्रकारिताको आवरणमा हुने कसुरलाई नियन्त्रण गर्न छलफल गरी सरकारलाई सुझाव दिने बताउनुभयो ।

सदस्य डन्ड गुरुङ्गले प्रेस स्वतन्त्रता अवरोध गर्ने दफाको अध्ययन गर्न विभिन्न उपसमिति गठन गरि कार्य शुरु गरिएको बताउनु भयो ।

कार्यदलका सदस्य डा.राजेश अहिराजले स्वस्थ्य, स्वतन्त्र र जिम्मेवार पत्रकारिताका लागि कार्यदलले कार्य गरिरहेको बताउनुभयो ।

त्यस्तै कार्यदलका सदस्य टिकाराम राईले नेपालको हालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता भए पनि सरकारले चाहेको बेलामा प्रेसलाई नियन्त्रण गर्ने अवस्था रहेको बताउनुभयो । उहाँले कानुन स्पष्ट नहुँदा त्यसको गलत व्याख्या गरी प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने सम्भावना रहेको बताउनु भयो ।

कार्यक्रममा अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले पत्रकारलाई साइबर अपराधसम्बन्धी कानुन आकर्षित गरी पक्राउ गर्ने गरिएकोप्रति ध्यान दिन समितिलाई आग्रह गर्नु
भयो ।
कार्यक्रमका अधिकांश सहभागिहरुले देवानी फौजदारी संहिता २०७४ का कारण पत्रकारिता पेशा संकटमा परेकोले यसलाई गम्भीर रुपमा लिन कर्यादलसंग आग्रह गरेका छन् ।




तेह्रथुम, आश्विन १० गते । रातो तारा डट कम,
तेह्रथुमको लालिगुराँस नगरपालिका-४ चित्रे स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

आश्विन ९ गते साँझ ५ बजे स्थानीय दिपक रायको घरको छानामा टिन लगाउने क्रममा जिल्ला घनकुटा महालक्ष्मी नगरपालिका-१ बस्ने अंदाजि बर्ष ५० को भैरव थापालाई बिजुलीको हाईटेन्सनको तारले टिनको पातोलाई छोई करेन्ट लाग्दा निजको मृत्यु भएको थियो।

 घटनाको जानकारी प्राप्त हुनासाथ खटी गएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमकोलागि जिल्ला अस्पताल तेह्रथुम पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।


बिराटनगर असोज १० गते । रातो तारा डट कम,
सुनसरीको दुहवी ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.मा गए राती अचाकन आगलागी हुँदा एक करोड बराबरको क्षति भएकोछ।

मंगलबार राती साढे ११ बजे बिद्युत शर्ट भइ आगलागि भएको हुन सक्ने प्रहरी अनुमान गरेको छ ।

आगलागीका कारण करिब एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको संस्थाका अध्यक्ष मिलिराम चौधरीले जानकारी दिए ।

आगलागिबाट संस्थाको कागजपत्र, कम्प्यूटर, फर्निचर लगायत सामानहरु जलेर नष्ट भएको चौधरीले बताए ।

आगलागी नियन्त्रणको लागी बिराटनगरबाट २, इटहरीबाट १ इनरुवाबाट १ र दुहवीबाट १ गरि ५ ओटा दमकलले ४ घण्टापछि आगो नियन्त्रणमा लिएको एक नम्बर प्रदेश प्रहरी कार्यलयले बिराटनगरले  जनाएको छ ।

शिव भट्टराई सुनसरी असोज १० गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिकाको सुन्दरहरैचा विकासको बगैँचा साथै हरियाली भित्रको शहर, नारालाई पुर्णता दिन सुन्दरहरैचा नगरपालिका वार्ड नं ११ ले वार्ड वासिहरुलाई बिरुवा वितरण गरेको छ ।

वार्डले आज सम्पुर्ण वार्ड वासिहरुलाई वार्ड कार्यलयमा बोलाई वार्ड अध्यक्ष विशनलाल चौधरिको नेतृत्वमा बिरुवा वितरण गरेको हो ।

वार्ड नं ११ का वासिदाहरुलाई वार्डले करिब २००० बिरुवा वितरण गरिएको वार्ड अध्यक्ष चौधरीले बताउनु भयो ।

वार्डले २००० बिरुवा मध्ये ५०० सजिवन, ५०० तित्री, ५०० कटहर, ५०० बेलको बिरुवा गरि वार्ड भरिका स्थानिय वासी हरुलाई वितरण गरिएको वार्ड सदस्य महेन्द्र लिम्बुले बताउनु भयो ।

वार्डलाई हरित वार्ड बनाउने उद्देश्य सहित वार्ड बासिलाई निशुल्क बिरुवा वितरण गरिएको अध्यक्ष चौधरीले बताउनु भएको छ । 

काठमाडौँ,असोज १० गते । रातो तारा डट कम, प्रतिनिधिसभाको हिजोको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेकोछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले सो विधेयकलाई पारित गरियोस् भनी सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

यसअघि बैठकले ‘अन्तराष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन सहितको राहदानी विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
सो छलफलमाथि सांसद प्रेम सुवालले कूटनीतिक राहदानीको व्यवस्था विधेयकमा स्पष्टरुपमा नआएको बताउनुभयो । विधेयकको छलफलमा सांसद देवप्रसाद गुरुङ र पवित्रा निरौला खरेलले भाग लिनुभयो ।

गृहमन्त्री थापाले राहदानी विधेयकलाई संशोधन गर्न बनेको विधेयकमा अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा लामो छलफल भएको जानकारी दिनुभयो । हालसम्म ५६ लाख राहदानी जारी भएको जानकारी दिँदै मन्त्री थापाले राहदानीलाई समयसापेक्ष परिवर्तन गर्न नयाँ विधेयक आएको हो भन्नुभयो ।



काठमाडौ असोज १० गते । रातो तारा डट कम,
चरिकोट-दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ ।

मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा १५ देखि २० दिनसम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो ।

दशैँअघि देखि नै व्यावसायिक सञ्चालनमा आउने तयारीका साथ केबुलकार निर्माणको काम गरिरहेको भए तापनि स्विटजरल्याण्डबाट प्राविधिक आइनपुगेका कारण केही ढिला हुन गएको कालीञ्चोक दर्शन प्रालिका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिनुभयो ।

दशैँलगत्तै स्विटजरल्याण्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इञ्जिनियर आइपुग्ने र केही दिनको परीक्षणपश्चात् मङ्सिरबाट मात्र पूर्णरुपमा सञ्चालनमा आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताउनुभयो ।

रु २६ करोडमा केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरु गरेको कम्पनीको लागत बढेर रु ४० करोड पुगेको कम्पनीले जनाएको छ । शुरुमा २६ करोडमा निर्माण गर्ने भनिए तापनि निर्माण अवधि बढेको र सामानमा मूल्य वृद्धि हुनाका साथै नयाँ नियम नबनेको भन्दै सरकारले भन्सार छुट नगर्दा लागत बढेको कम्पनीका निर्देशक बालकृष्ण शिवाकोटीले बताउनुभयो ।

कालीञ्चोकको कुरीदेखि मन्दिरसम्म पुग्नका लागि एक किलोमिटरको उकालो हिँड्नुपर्ने भएका कारण कतिपय धार्मिक पर्यटक त्यही उकालो हिँड्न नसकी बीच बाटैबाट फर्कने गरेका छन् । केबुलकार निर्माण भएसँगै पाँच मिनेटको पैदलमा कालीञ्चोक मन्दिरको दर्शन गर्न सकिन्छ ।

कालीञ्चोकको कुरी बजारसम्म सडकको पहुँच पुगेको र केबुलकार निर्माण भएसँगै करोडाँैको लगानीमा होटलसमेत सञ्चालनमा आएको छ । मङ्सिरदेखि फागुनसम्म हिमपात हुने कालीञ्चोक क्षेत्रमा केबुलकार निर्माण भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरेको छ । केबुलकारबाट कुरी बजार, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

झापा,असोज १० गते । रातो तारा डट कम,
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मंगलबार छुट्टा-छुट्टै भएको सवारी दुर्घटनामा परि हिजो ८ जना घाईते भएका छन् । झापाको मेचि नगरपालिका-१२ कालिझोडा स्थित पुर्व पश्चिम राजमार्गमा आज बिहान ०७:५० बजेको समयमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको  मे१त ५२१४ नम्बरको ट्याक्टरको टायर पड्किएर अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा चालक झापा कन्काइ नगरपालिका-७ बस्ने वर्ष ३५ को राज कुमार ढकाल, ट्याक्टरमा सवार बर्ष १५ को मनोज बयलकोटी, वर्ष २० को सरोज तोलाङ्गी र वर्ष १९ को पवन बिक घाईते भएका छन्। घाईतेहरुलाई प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि मनकामना अस्पताल चारआली लगेको थियो।

 त्यसैगरी झापाको मेची नगरपालिका-१२ सरेडागी स्थित मेची राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक बृद्धा पैदलयात्री घाईते भएकी छिन। बिहान १०:०० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ६ प ९६१२ नम्बरको  मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री ऐ.ऐ.बस्ने वर्ष ६५ की मंगली मेचेलाई ठक्कर दिई घाइते बनाएको थियो। घाइते बृद्धालाई प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि वि एण्ड सी अस्पताल विर्तामोड पठाएको थियो।

मोटरसाइकल र चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका-१ बस्ने वर्ष ४४ को रेवत सापकोटालाई प्रहरी चौकी चारआलीको नियन्त्रणमा राखिएको छ। त्यसैगरी झापाको शिवसताक्षी नगरपालिका-९ किरात चोक स्थित पुर्व पश्चिम राजमार्गमा बसबाट ओर्लदै गरेका ब्यक्तिहरुलाई ट्रकले ठक्कर दिदा ३ जना घाइते भएका छन।

पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ७१८४ नम्बर को बसबाट मान्छे झार्ने क्रममा सोही दिशाबाट आउदै गरेको ना ६ ख ३१२८ नम्बरको ट्रकले ठक्कर दिदा दुर्घटना भएको थियो। दुर्घटनाको खबर पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलिले बसमा सवार घाइतेहरु जिल्ला झापा शिवसताक्षी नगरपालिका-१० बस्ने वर्ष २५ को सरोज घिमिरे, वर्ष २९ की भुमिका घिमिरे. अर्जुनधारा नगरपालिका- ४ बस्ने वर्ष ५० की सुमित्रा भट्टराईलाई उपचारार्थ बि एण्ड सी अस्पताल विर्तामोड पठाएको थियो।

 बस, बस चालक ऐ.शिवसताक्षी नगरपालिका-११ बस्ने वर्ष ४७ को नगेन्द्र भण्डारी, ट्रक, ट्रक चालक ऐ.झापा गाउँपालिका-४ बस्ने वर्ष २६ को सम सोरेनलाई ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको छ।


 काठमाडौँ,असोज १० गते । रातो तारा डट कम, धितोपत्र बजारमा हिजो शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २७९ दशमलव ९८ बिन्दुमा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले बोनस दिन थालेको र शेयरमा लगानीका लागि क्रमशः वातावरण बन्दै गएको भन्दै बजारमा लगानीकर्ता ओइरिएपछि नेप्से परिसूचक र कारोबार रकममा समेत वृद्धि भएको हो ।

सोमबारको बिदा पछि खुलेको बजारमा रु एक अर्ब सात करोड ४२ लाख २८ हजार ३४ मूल्य बराबरको शेयर कारोबार भएको छ ।

कूल १७३ कम्पनीको ४२ लाख १५ हजार ६५१ कित्ता शेयर कारोबार भएको हो । कारोवार रकम समेत अर्बमाथि पुगेपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.२५ बिन्दुले बढेर २७२.१६ बिन्दुमा पुगेको छ । स्टककाअनुसार बैंकिङ २९.३२, व्यापार २.७९, होटल २२.७८, विकास बैंक ३७.८२, जलविद्युत् ७.३४, वित्त ५.५९, निर्जीवन बीमा ६३.३८, उत्पादन १०.९४, माइक्रोफाइनान्स १०.४४, जीवन बीमा ३७.३६ बिन्दुले बढ्दा अन्य समूह भने १.४६ बिन्दुले घटेको छ ।

भार्गव विकास बैंक, सनराइज बैंक, प्रभु बैंकका लगानीकर्ताले आज बढी कमाएका छन् भने गुराँस फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 


शिव भट्टराई सुनसरी असोज ९ गते । रातो तारा डट कम,
नेपालका चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुतीमा बनेको चलचित्र अनुरागको प्रचारप्रसारका लागि कलाकारहरु इटहरीमा आएका छन्।

इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गदै चलचित्रका नायक समुन्द्र पण्डित र नायिका एलिजा गौतमले असोज १२ गते चलचित्र हेर्न आग्रह गरेका छन् । चलचित्र संगित र प्रेम कथामा आधारित रहेको नायिका एलिजा गौतमले जानकारी दिइन ।

अनु र रागको दुई पात्रले चलचित्रमा मुख्य चरित्र निर्वाह गरेको उनले बताईन । नेपालका बिभिन्न रमणीय स्थलमा छायकंन गरिएको चलचित्रमा सबै कलाकारहरुले मेहेनत राम्रो गरेकाले नतिजा पनि राम्रो हुनेमा आफु आशावादी रहेको गौतमले बताईन । यस्तै नायक समुन्द्र पण्डितले पनि चलचित्र उत्कृष्ट बनेको बताए । ‘राम्रो लगानीमा बनेको चलचित्रले राम्रो प्रतिफल आउनेमा हामी आशावादी छौ’ उनले भने ।

देशभर प्रचार प्रसारलाई तिव्र बनाउदै पूर्वमा पनि चलचित्रको प्रमोशनमा इटहरी आएको पण्डितले जानकारी दिए।  ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी छ ।

किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।


झापा,असोज ९ गते । रातो तारा डट कम,
झापाको बिर्तामोड नगरपालिका-२ स्थित पूर्व पश्चिम राजमार्गमा रोकी राखेको ट्रकमा ठोक्किएर सोमबार १ जनाको मृत्यु भएको छ ।

बेलुका पौने ९ बजेको समयमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको WB59A7354 नम्बरको ईण्डियन ट्रक धर्मकाटामा रोकेको अबस्थामा सोही दिशा तर्फ जादै गरेको मे८प ६५७९ नम्बरको मोटरसाईकल आफै अनियत्रित भई ट्रक पछाडी ठोक्किएको थियो।

ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक जिल्ला झापा कन्काई नगरपालिका-१ बस्ने बर्ष ३३ को मिन बहादुर डाँगी र पछाडी सवार नामथर वतन नखुलेको ब्यक्ति लाई उपचारको लागी बि एण्ड सी अस्पताल पठाईएकोमा उपचारको क्रममा ऐ. सवा १० बजे मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकोछ।

ट्रक र चालक भारत भालुगढ बस्ने बर्ष २३ को मुकुन्द महातुलाई अनुसनधानको लागी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ।


काठमाडौ असोज ९ गते । रातो तारा डट कम, नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै टिकट खुलाउन मानेपछि आजबाट टिकट बुकिङ खुलेको हो ।

कम्पनी र प्रालिले सरकारले घोषणा गरेको असोज ५ देखि नै टिकट बुकिङ खुला गरे पनि समितिले भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेर अग्रिम टिकट बुकिङ खुलाएका थिएनन् ।

स्वर्गद्धारी यातायात व्यवसायी सङ्घ प्यूठान, जलजला यातायात रोल्पा, राप्ती अञ्चल व्यवसायी सङ्घ दाङ, बडीमालिका यातायात धनगढी, बटालियन यातायात प्रालि रुकुम, मेची अग्नी यातायात, आयुष यातायात प्रालिलगायतले असोज ५ गतेदेखि नै अग्रिम टिकट बुकिङ खोलेका थिए ।

यस्तै, भेरी अञ्चल व्यवसायी सङ्घ नेपालगञ्ज, कर्णाली रिभर यातायात सङ्घ, महाकाली सेती यातायात व्यवसायी सङ्घ महेन्द्रनगर, सूदुरपश्चिम यातायात व्यवसायी सङ्घ, मध्यपश्चिम यातायात व्यवसायी सङ्घ, पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ, पृथ्वी राजमार्ग बस सञ्चालक समिति, भेरी राप्ती यातायात व्यवसायी सङ्घलगायतले असोज ५ मा टिकट बुकिङ खोल्न मानेका थिएनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि आजदेखि टिकट बुकिङ खुला गरेको बताउनुहुन्छ ।

आज डँडेल्धुरा, बाजुरा, बझाङ, कैलाली, धनगढी, महेन्द्रनगर, दार्चुला, झापा, मोरङ, सुनसरी, ताप्लेजुङलगायत लामो दूरीमा चल्ने बसको टिकट वितरण भएको हो ।

पश्चिम नेपाल जाने टिकट खुलेन

पश्चिम नेपाल यातायात व्यवसायी सङ्घले टिकट नखुलाउँदा पश्चिम नेपालका पाल्पा, गुल्मी, अर्घाँखाची, बुटवल, भैरहवालगायतका जिल्लामा जाने यात्रुले टिकट पाउन सकेका छैनन् ।

गुल्मीको तम्घास जान सोमबार बेलुका ९ बजे टिकट काट्न बसपार्क पुग्नुभएका विष्णु पोखरेल टिकट बुकिङ नहुँदा अन्योलमा पर्नुभएको छ । काठमाडौँको कोटेश्वरमा बस्ने उहाँ टिकटका पाउने आशमा हिजोदेखि नै बसपार्क आएर बस्नुभएको थियो ।

अर्घाखाँची जाने टिकट काट्न बिहान २ बजेदेखि कीर्तिपुरबाट नयाँ बसपार्क पुग्नुभएकी राधा शर्मा पनि टिकट बुकिङ खुला नहुँदा अलमलमा हुनुहुन्थ्यो । पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ भने नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी लिएको ल्होत्से बहुउदेश्यीय प्रालिले टिकट काट्नका लागि ठाउँ उपलब्ध नगराउँदा आफूले टिकट काट्न नसकेको बताउँछ ।

ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर असोज ५ गतेदेखि अग्रिम टिकट खुल्ने भनेर असोज ४ गते नै सबै समिति र प्रालिलाई टिकट काउण्टर छुट्याइसकिएको बताउनुहुन्छ । एक हजार सवारी साधन पार्किङ गर्न सकिने नयाँ बसपार्कमा हाल देशका विभिन्न भागमा जानका लागि ७४ काउण्टर सञ्चालनमा रहेका छन् ।





काठमाडौ असोज ९ गते । रातो तारा डट कम पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा आज ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लु१ख ६७५४ नं को ट्रकमा पश्चिमतर्फ जाँदै गरेको लु२च ३९६ नं को बस ठोक्किएको हो । सामान्य घाइते आठ जना उपचारपछि घर फर्किसकेका छन् । अन्य आठ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सुुनवल नगरपालिका–४ का २१ वर्षीया पवित्रा कुँवर र पाल्पा आलेभञ्याङ्का ३५ वर्षीय पदमबहादुर कँुवरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चक्कु प्रहारबाट महिला घाइते

नवलपरासीको कावासोती नगरपालिका–१६ हर्वासीका ३० वर्षीया बसन्ती परियार चक्कु प्रहारबाट गम्भीर घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उहाँलाई सोही ठाउँ बस्ने ३७ वर्षीय बिमल सिर्पालीले गए राति चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट उनको छाती र अनुहारमा चोट लागेको छ । घाइते परियारको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने सिर्पालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
–––


युवराज ठकुरी-सिंहदेवी,मोरङ असोज ९ गते ।
रातो तारा डट कम,केराबारी गाउँपालिका वडा नं.२ले वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
आर्थिक वर्ष २०७४/०७५ भित्र संचालन गरेका विकास निर्माणका योजनाको समीक्षा तथा उपभोक्ताहरु माझ सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको वडाध्यक्ष प्रेमबहादुर लिम्बूले बताए।
             
वडा सचिव रत्नबहादुर बुढाथोकीको संचालन र वडाध्यक्ष प्रेमबहादुर लिम्बूको सभापतित्वमा कार्यक्रम सप्पन्न भएको कार्यक्रममा नेकपाका प्रतिनिधि खडगबहादुर ठकुरी ,नेपाली काङ्ग्रेसका प्रतिनिधि लक्ष्मीमैयाँ शाही ,डगलसिंह राई,विद्यालयका प्रतिनिधि छविरमण पौडेल ,मातृभुमी टि स्टेटका नारायणप्रसाद राई अतिथिका रुपमा रहेका थिए।
           
वडाका ६०जनाको उपस्थितिमा भएको कार्यक्रममा २८जनाले जिज्ञासा,गुनासो र राय सल्लाह सुझाव राखेका थिए।
भौगोलिक विकटताका कारण थोर योजना सम्पन्न गर्न पनि धेरै पटक गाउँपालिका धाउनु पर्दा उपभोक्ता समितिले सास्ती खेप्नुपरेको जेफाले होम स्टेका अध्यक्ष युभराज खड्काले बताए ।
 
प्रत्येक विकास निर्माणको योजना गर्दा अनुमान समिति निर्माण गरि सक्रियता पुर्वक अनुगमन कार्य गर्नुपर्ने स्थानीय डम्बर लावतीले बताए।
         
पहिलो पटक नयाँ संरचना अनुसार काम गर्नुपरेकाले सोचेजस्तो गर्न नसकिएको र अबका दिनहरुमा सबैको सल्लाह सुझाव लिएर अघि बढ्ने वडाध्यक्ष प्रेमबहादुर लिम्बूले बताए।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.