Websoft University
June 2017



मोहन कुमार राई- संखुवासभा,असार १६ गते । रातो तारा डट कम-संखुवासभाको चैनपुर नगरपालिका को निर्वाचन मतगणना जारी भएको छ ।

नगरपालिकाको वडा नं १, २ र ११  को मत गणना सम्पन्न भइसकेको छ । अहिले सम्मको गणनाको मत परिणम अनुसार नेपाली काँग्रेसका मेयर शंकरमान कँडेलले १ हजार ९ सय ३  मत, एमालेका भरत कुमार खत्रीले १ हजार ९ सय १२ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा नेपाली काँग्रेसका अञ्जना लिंथेपले १ हजार ८ सय ४३ मत, एमालेका मुना श्रेष्ठले १ हजार ८ सय २९ मत प्राप्त गर्नुभएको छ ।

मतगणनाको परिणम अनुसार नेपाली काँग्रेस र एमाले वीच तिव्र प्रतिस्पर्धा रहेको देखिन्छ ।
यसै गरी मत गणन सम्पन्न भइसकेका १ नं. मा वडा अध्यक्ष सहितका प्यानल नेपाली काँग्रेसले विजयी गरेको छ भने वडा नं. २ मा प्यानल सहित नेकपा एमालेले विजयी गरेको छ । त्यसैगरी वडा नंं ११ मा मिश्रित परिणाम आएको छ । वडाध्यक्षमा एमालेका धर्मराज चौहान ४ सय २ मत प्राप्त गरी विजयी भएका हुन ।

अहिले  वडा नं.३,९ र १० को मतगणना कार्य भइरहेको समेत निर्वाचन अधिकृत मेघनाथ पाध्यले बताउनुभयो ।




काठमाडौ, दाङ,असार १६ गते । रातो तारा डट कम- जिल्लाको बङ्गलाचुली गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्र,का भक्तबहादुर वलीले तीन हजार ३५२ र उपाध्यक्षमा सोही पार्टीका यमुना घर्तीले तीन हजार ३७१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोजराज पाण्डेले दुई हजार ५१५ तथा काग्रसकी निर्मला खनालले दुई हजार ५६९ मत प्राप्त गर्नुभएको छ ।

उक्त गाउँपालिकाको वडा नं। १ मा नेपाली कांग्रेस, वडा नं २, ३, ४, ५, ७ र ८ मा माओवादी केन्द्रका उम्मेदवार प्यानलै विजयी भएका थिए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका–२ को वडाअध्यक्षमा काँग्रेसका राजु आचार्यले ८३५ मत प्राप्त गरी विजय हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का भीमबहादुर योगीले ८२५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै महिला सदस्यमा कमला थापा, दलित महिला सदस्यमा सरीता विक,खुल्ला सदस्यमा कविराम चौधरी र राजकुमार केसी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।


काठमाडौ,असार १६ गते । रातो तारा डट कम- अख्तियर दुरुपयोग अनुसन्धान आयोगले रु ६ हजार रुपैयाँ घुस सहित    रङ्गेहात साहेक वन अधिकृतलाई हिजो नियान्त्रणमा लिएकोछ।

आयोगको टोलिले बिहीबार ईलाका वन कार्यालय बर्दियका साहेक वन अधिकृत राजकिस्वर प्रसाद स्वणकारलाई घुस रकम सहित नियान्त्रणमा लिएको जनाएकोछ ।

साहेक वन अधिकृत स्वणकारले सेवाग्राही संग कानुन बमोजिम कटान अनुमति लिई कटान पछि सो काठ गोलियाको लगत मुल्याँकन गर्ने कामका लागि आलटाल गरी घुस रकम मागरेको कुरा अख्तियले आरोप लगाएकोछ ।




मोहन कुमार राई, संखुवासभा,असार १६ गते । रातो तारा डट कम,संखुवासभाको चैनपुर नगरपालिका को निर्वाचन मतगणना शुरु भएको छ ।

नगरपालिकाको वडा नं १, २ र ११  को मत गणना शुरु गरिएको छ । अहिले सम्मको गणनाको मत परिणम अनुसार वडा न. १ मा नेपाली काँग्रेसका मेयर शंकरमान कँडेलले ६ सय ५७ मत, एमालेका भरत कुमार खत्रीले ४सय ५२ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा नेपाली काँग्रेसका अञ्जना लिंथेपले ६सय ९९ मत, एमालेका मुना श्रेष्ठले ४ सय १७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी वडा नं. २ मा नेपाली काँग्रसका मेयरका उमेदवार शंकरमान कँडेलको ४ सय १२ मत, एमालेको भरत कुमार खत्रीले ७ सय ५ मत प्राप्त गर्नुभएको छ  यसै गरी उपमेयरमा नेपाली काँग्रेसको अन्जना लिङथेपले ३ सय ९९ मत एमालको उपमेयर मुना श्रेष्ठले ६सय ९९ मत प्राप्त गर्नुभएको छ ।

यसै गरी नगरपालिकाको ११ नं.वडामा नेपाली काँग्रेसको मेयर शंकरमान कँडेलले ४सय ६  मत एमालेको मेयर भरतकुमार खत्रीले २ सय ६२ मत प्राप्त गर्नुभएको छ । उप मेयरमा नेपाली काँग्रेसका अञ्जना लिंथेपले ३ सय २८  मत, एमालेका मुना श्रेष्ठले २ सय ३६ मत प्राप्त गर्नुभएको छ ।

अहिले सम्म वडा नं. १ र २ मत गणना भइसको छ भने वडा नं. ११ सकिन लागेको र यस पछि वडा नं.३,९ र १० को मतगणना शुरु हुने निर्वाचन अधिकृत मघनाथ पाध्यले बताउनुभयो ।



रबिन्द्र बराल-रंगेली,माेरङ असार १६  गत । रातो तारा डट कम,माेरङका दक्षिणी भेगका कृषक हरु समयमै पानी न पर्दा चिन्तित बन्न थालेका छन ।

माेरङकाे रंगेली ,अामगाछि,टकुवा,
अमरदह,गाेविन्दपुर,सिजुवा, लगायतका दक्षिणी भेगमा  बसाेवास गर्ने् अधिकान्स कृषि पेशामा अार्सित कृषक हरु पानी न पर्दा दिनदिनै चिन्तामा परेका छन ।
असार पन्द्र नेपाली हरुकाे धान राेपाई गरेर मैझाराे गरेर दही चिउरा खाने परमपरा उनिहरुका लागि  त्याे हर्सन बिस्मत भएको छ ।

असार महिनामा खाेलानाला खेत वारि पानी ले भरिभराउ हुने समयमा अहिले खेत बारीमा रहेको झार जङ्गल समेतको पानी नपर्दा सुक्न थालेको छ ।

माेरङकाे रंगेली नगरपालिका ७ का कृषक रमेशकुमार मन्डल ले  बिगत १० बर्षदेखि कृषि पेशामा लागेका मन्डल ले भने याे असार महिनामा कृषक हरुले खेतमा धान राेपेर सक्नु पर्ने समयमा अाफुले ३ कठ्ठा मा लगाएकाे धानको बीउ भने पानी नपरे सुकेर मर्न लागेकाे उनी बताउँछन ।

उनका अनुसार अहिले अाफुले ४ बिधा खेतमा जाेतेर ठिक पारेर राखेको र पानी नपर्दा
जाेतेर  राखेपनि पुन खेतमा झार जङगल अाउन थालेको उनी बताउँछन् ।

नेपाल सरकार काे लागतमा एक बर्ष अगाडि ईस्टेड बाेरिङ सुनवर्शि ५ स्थित  बन्काेल काे खाेलाकै किनार नजिकै मा ३५ लाखकाे लागतमा ब्यक्तिगत जमिनमा  राधालाल राजबँशीका जमिनमा एक्लाैटि रुपमा निर्माण गरेता पनि साे बाेरिङ बेकामे भएको स्थानीयले बताए ।



विराटनगर, असार १६ गते । रातो तारा डट कम-नेपाली काँग्रेसकी नेतृ उमादेवी शर्माको स्मृति ग्रन्थ विमोचन गरिएको छ ।

आज विराटनगरको कोइराला निवासमा आयोजित एक कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला, काँग्रेस प्रजातन्त्र सेनानी रमाप्रसाद रिजाल, इन्दिरा लामा,लगायतले पुस्तक विमोचना गर्नुभयो ।

शर्मा लामोसमय कोइराला निवासमा बस्नु भएको थियो । काँग्रेस र कोइरालासँग निकट रहेकी शर्माको शुक्रबार वार्षिक पूण्यतिथिको अवसर पारेर पुस्तक विमोचन गरिएको प्रकाशक प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा.अनिल पोखरेलले बताउनु भयो ।

कार्यक्रममा डा. शेखर कोइराला, रमाप्रसाद रिजाल, अधिवक्ता भरत थापा,बद्रीनारायण बस्नेत,शर्माकी मित्र इन्दिरा लामा, शर्माका नाती सुनिल नाहटा, काँग्रेस नेता निरन्जन रिजालले शर्माको व्यक्तित्वमाथि चर्चा गरेका थिए ।
















अमृत बास्तोला- तेह्रथुम असार १६, गते ।
तेह्रथुमको ताजा मत परिणाम अनुसार नेपाली काँग्रेसले ८ वटा वडामा विजयी भएको छ । एमालेले ३ वटा वडामा मात्र विजयी हासिल गरेको छ भने, स्वतन्त्र प्यानल १ स्थानको वडामा विजयी भएको छ ।

अाठराई गाँपालिकामा काँग्रेस १५८० मत प्राप्त गर्दा एमाले १५८५ मत पाएको छ । अाठराई गाउँपालिका वडा नम्बर २ काँग्रेस विजय, २ र ३ मा एमाले विजयी भएको छ ।
फेदाप गाउँपालिकामा काँग्रेस ५८३ मत प्राप्त गर्दा  एमालेको ५९५ मत अाएको छ।

मेन्छायेयम गाउँपालिकामा काँग्रेस ७७९ मत ल्याउदा  एमलेले ४४४ मत मात्र ल्याएको छ, भने माअोवादी केन्द्रले १०३प्राप्त गरेको छ । मेन्छायेम गाउँपालिका वडा नम्बर १, २ र ३ मा काँग्रेस विजयी भएको छ ।

म्याङ्लुङ नगरपालिकामा काँग्रेसले ८३४ मत प्राप्त गर्दा , एमालेले ९४० मत ल्याएको छ । म्याङ्लुङ नगरपालिका वडा १ मा काँग्रेसको प्यानल विजयी भएको छ । लाली गुराँस नगरपालिकामा काँग्रेसले १३१७ मत प्राप्त गर्दा , एमालेले ७०३ ल्याएको छ भने, माअोवादी केन्द्रको १६४ मत अाएको छ ।

लालिगुराँस नगरपालिका वडा नम्बर १ मा एमाले, २ र ३ मा काँग्रेस विजय भएको छ । छधर गाउँपालिकामा काँग्रेसको १२५३ मत प्राप्त भएको छ । एमालेले १२४८ मत ल्याएको
छ । छथर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्रको प्यानल विजयी, २ मा एमाले र ३ काँग्रेसको प्यानल विजयी भएको
छ ।


मोरङ-केराबारी  असार १६ गते । रातो तारा डट कम-मोरङको केराबारी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

वडा नम्बर १ को अन्तिम मतगणना अनुसार
नेपाली कांग्रेसले वडाध्यक्ष सहित पुरै प्यानल
विजयी भएको हो ।

वडाध्यक्षमा नेपाली कांग्रेसका वडाध्यक्षले ४सय ८३
मत प्राप्त गरी१५६ मतको फराकिलो अन्तरले विजयी भएका
छन् । त्यसैगरी महिला सदस्य ४८० ,दलित
महिला सदस्य४८४, सिंगल चिन्ह भएको खुल्ला
सदस्य ४७६ र डवल चिन्ह भएका खुल्ला सदस्य
४८४ मत ल्याएर विजयी भएको छन् ।

उनीहरुलाई विजयी घोषणा गर्न बाकि रहेको निर्वाचन
आयोगले जनाएको छ । रातभर मत गणना गर्दा
निर्वाचन आयोगमा खटिएका कर्मचारी तथा
प्रतिनीधिहरु थकित भएका कारण विजयी
घोषणा गर्न बाकि रहेको निर्वाचन आयोगले
जनाएको छ ।

मेयर उपमेयरमा कांग्रेसको अग्रता
यसैविच वडा नम्बर १ मा नेपाली कांग्रेसले १७४
मतले अग्रता लिएको छ । गाउपालिका
प्रमुखमा नेपाली कांग्रेसका रोहित कार्कीले
५०१ मत उपाध्यक्षमा ४८५ मत सहित अग्रता
लिएका छन् ।

त्यसैगरी एमालेका नविन थापा
मगरले ३२७ उपाध्यक्ष शान्ति लिम्बूले ३३१ मत
प्राप्त गरेका छन् भने माओवादीका हस्तवहादुर
लिम्बू १५२ र उपाध्यक्ष मनमाया बजगाई १६१
मत सहित तेश्रो पोजिसनमा रहेको छ । जम्मा
मतदाता १२सय ६१ रहेको वडा नम्बर १मा १००१
मत खसेको थियो ।

मत गणना सुस्त
यसैविच निर्वाचन आयोगमा आवश्यक
कर्मचारी नहुदा मत गणनामा ढिलाई भएको
भन्दै सर्मथक तथा शुभेच्छुकहरुले गुुनासो व्यक्त  गर्न
थालेका छन् ।

एउटा मात्र टोली बनाएर मत
गणना गर्दा १८ घण्टा वढी समय लागेपछि मत
गणनामा खटिएका प्रतिनीधिहरु समेत थकित
भएका छन् । एउटा पाटीबाट २ दुइ जना
प्रतिनीधि मत गणनास्थलमा खटिएका छन् ।
                साभार  केराबारी डटकम

काठमाडौं,असार १६ गते । रातो तारा डट कम,काठमाडौं महानगरपालिकाले ८८ वर्ष उमेर पुगेका बृद्धलाई घरमै बृद्धभत्ता उपलब्ध गराउने कार्यको सुरुवात गरेको छ । मेयर बिद्यासुन्दर शाक्यल र उपमेयर हरिप्रभा खड्गीले वडा नं १ नक्साल क्षेत्रबाट यस्तो भत्ता बाँड्न सुरु गरेका हुन् ।

साथै घरघरमा बृद्धहरुको स्वास्थ्य जाच गर्ने अभियान समेत उनले सुरु गरेका छन् । बिहीबार प्रमुख, उपप्रमुख र वडाध्यक्ष स्वास्थ्यकर्मीको टोलीसहित ८८ बर्ष उमेर पूरा भएका नागरिकको घरमा पुगेर स्वास्थ्य जाँच गर्दै बृद्धभत्ता वितरण गरेको छ ।

यो कार्यको सुरुवातको क्रममा मेयर शाक्यले १९८१ साल साउन १ गते जन्मिएका वडा नं १ का भेषमञ्जरी पोख्रेललाई मेयरले बृद्ध भत्ता उपलब्ध गराएका छन् ।

शाक्यले बिहिबिार नागरिकको घरमा जाने डाक्टरलाई मेडिकल उपकरणसहितको झोला, विरामी चेक जाँचको पूर्जा समेत उपलब्ध गराएका छन् ।

महानगर क्षेत्रमा भएका ८८ बर्ष उमेर पूरा भएका ५ सय ९६ व्यक्तिको घरमै गएर स्वास्थ्य जाचको टोलिले परीक्षण गर्नेछ । स्वास्थ्य जाँचका लागि दैनिक ३२ जना स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।

यो अभियानमा पहिलो पटक सम्पूर्ण जेष्ठ नागरिकहरुको आधारभूत स्वास्थ्य अवस्था तथ्यांक संकलन गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यसरी घरमा जाने टोलीमा डक्टर १ जना, स्टाफ नर्स, एएनएम ९अनमि०र एएचडव्लु ९अहेव० १र१ जना रहनेछन् । उनीहरुले विरामी भए पनि वा नभए पनि जेष्ठ नागरिकको रक्तचाप, अक्सिजनको मात्रासँगै आधारभूत स्वास्थ्य जाँच गर्नेछन् ।

शाक्यले भने ‘कुनै पनि कारणले यो अभियान रोकिँदैन । अभियानमा लक्षित नागरिक कोही पनि छुट्नु हुन्न । यसकालागि चनाखो भएर, इमान्दारिताकासाथ काम गर्नु
पर्छ ।



काठमाडौं,असार १६ गते । रातो तारा डट कम-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा पक्राउ परेका चुडाँमणि शर्मासँग हिरासत मुक्त हुन ३ अर्ब रुपैयाँ धरौटी मागेको छ । तारेखमा छुटाउने गरी शर्मासँग ३ अर्ब रुपैयाँ धरौटी मागिएको अख्तियार स्रोतले जनाएको छ ।

आन्तरिक राजश्व विभागका प्रमुख रहेका शर्मा गत जेठ १९ गते पक्राउ परेका थिए । सह सचिव शर्मामाथि कर फस्र्यौट आयोगमार्फत अवैधानिक रुपमा २० अर्बभन्दा बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ ।

अहिलेसम्म अख्तियारले शर्मा सदस्य सचिव रहेको आयोगले दिएको कर छुटका १ सय २५ वटा फाइल खोलेको छ । जसमा ९ अर्ब भन्दा बढी कर गैरकानुनी रुपमा छुट दिइएको भेटिएको अख्तियारले जनाएको छ ।

आरोपमा परार हरेका आयोगका पदाधिकारीलाई दामासाही रुपमा भाग लगाउँदा शर्माको नाममा ३ अर्ब बराबरको बिगो देखिएकाले ३ अर्ब धरौटी माग गरिएको हो ।

अख्तिायरले अझै आयोगले निर्णय गरेका झण्डै ९ सय ४४ फाइल खोल्न बाँकी नै छ । अख्तिायरले ३ अर्ब रुपैयाँ धरौटी मागेपछि शर्माले त्यसको लागि आफ्ना वकिलमार्फत तयारी थालेका छन् ।

‘अहिलेसम्म देखिएको बिगोका आधारमा धरौटी मागिएको हो, अझै अधिकांश फाइल खोल्न बाँकी छ’ अख्तियार स्रोतले भन्यो-उनले मागिएको धरौटी बुझाएर तारेखमा धाउने गरी रिहा हुनेछन् ।




काठमाडौ, असार १५ गते । रातो तारा डट कम,जाजरकोट, यहाँको एक गाउँपालिकाले  सरकारी  विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्ना छोराछोरीहरु सामुदायिक विद्यालयमा भर्ना नगरे  तलव नै  रोकिदिने  निर्णय  गरेको छ ।

जिल्लाको कुसे गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र कार्यरत सबै शिक्षकहरूले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनै पर्ने बाध्यात्मक निर्णय गरेको हो ।

गत असार ६ गते  बसेको गाउँ कार्यपालिकाको बैठकले  गाउँपालिका भित्रका विद्यालयहरुको अवस्था सुधार गर्न र शिक्षकहरुलाई  विद्यालयप्रति जिम्मेवार बनाउन  यस्तो निर्णय गर्नु परेको वताइएको  छ। आफू सरकारी विद्यालयमा पढाउने र छोराछोरीलाई  निजि विद्यालयमा पढाएर  सामुदायिक विद्यालयप्रति कुनै चासो  नराख्ने शिक्षकको व्यवहारका कारण  शैक्षिक गुणस्तर बिग्रिएको भन्दै गाउँपालिकाले त्यस्तो निर्णय गरेको जनाएको छ ।

शिक्षकहरूले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा नपढाएकै कारण विद्यालयप्रति कुनै जिम्मेवारी बोध नगरेको भन्ने जनताको व्यापक गुनासो आएपछि गाउँपालिकाले  यस्तो कठोर निर्णय गरेको  बताइएको  छ ।

आफ्ना छोराछोरीलाई कुनै पनि हालतमा  सरकारी विद्यालयमा पढाउनै पर्ने  सो नगरे  तलव पनि  कुनै पनि हालतमा नदिने  कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले वताए । लगातार ५ वर्ष सम्म  तलव रोकेर भए पनि  यो निर्णय कार्यान्व्यन गराएरै छोड्ने  बस्नेतले बताए ।

शैक्षिक विकृतिको रुपमा आफ्ना छोराछोरी निजीमा पढाउने र विद्यालयमा जिम्मेवारीपूर्वक काम नगर्ने परीपाटी बढेकोले  यस्तो निर्णय गर्नु परेको  उनले बताए । जस्तो सुकै अप्ठेरो  परिस्थिति आएपनि  जनताको साथ लिएर यो निर्णय कार्यान्वयन गराएरै छाड्ने उनले प्रतिबद्धता गरे ।

जिल्ला वाहिर  घर भएर गाउँपालिका विद्यालयमा कार्यरत शिक्षकहरुले पनि आफ्ना छोराछोरी  सरकारी विद्यालयमा पढिपरहेको प्रमाण पेस गर्न पर्ने नियम  बनाउने  बस्नेतले बताए ।

कुसे गाउँपालिकाको  निर्णयलाई  आम जिल्लावासीले  स्वागत गर्दै  निकै  राम्रो निर्णय भएको प्रतिक्रिया दिएका छन् ।

गाउँपालिकाको निर्णयलाई  सफल रुपमा  कार्यान्वयन गराउन आफूहरुले  खुलेर सहयोग गर्ने स्थानीयवासीको  प्रतिवद्धता
छ ।   जिल्ला शिक्षा अधिकारी  ललितविक्रम सिंहले  कुसे गाउँपालिकाको निर्णयले  जिल्ला भरी नै शैक्षिक गुणस्तर कायम गराउनका लागि  ठूलो सहयोग गर्ने बताए ।
कुसे गाउँपालिकाको निर्णयलाई अन्य गाउँपालिका र नगरपालिकाले पनि  सिको गरेर साथ दिनुपर्ने  वताए ।

विद्यालयमा नियमित नपढाउने, आफू सरकारी विद्यालयमा पढाउने   छोराछोरीलाई महंगा बोर्डिङमा पढाएर  जिल्लाको शैक्षिक अवस्था बिगार्नेलाई कुसेगाउँपालिकाको निर्णयले  ठीक पार्ने कुसे गाउँपालिका  वडा नं ९का स्थानीय निराजन आरसीले बताए ।

उनले  अव सरोकारवाला निकायले कडाइका साथ अघि नबढेसम्म  सुधारको काम अघि बढ्न नसक्ने  बताए।
नागरिक न्युजबाट


ताजा अबडेट-
विराटनगर,असार १५ गते । रातो तारा डट कम,मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ मा एमालेको प्यानलै विजयी भएको छ ।


यो संगै एमालेले मोरङमा विजयी सुरुवात गरेको छ । वडा अध्यक्षमा एमालेका नरबहादुर राई (जीवन) चार सय २६ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका राजकुमार राई (दिपक)ले तीन सय ९५ मत प्राप्त गर्नु भएको छ । खुल्ला सदस्यमा एमालेकै प्रविण राई र फर्समान तमाङ, दलित वडा सदस्यमा शन्तमायाँ विक र महिला सदस्यमा लोहनरानी राई विजयी हुनु भएको छ ।

यो वडामा एक हजार दुई सय ४१ मत खसेको थियो ।
खसेको मत मध्ये ११ मत बदर भएको छ।



रबिन्द्र बराल-रंगेली,माेरङ असार १५ गते बिहीबार । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका काे मतगणना सुरु भएको छ ।

रंगेली नगरपालिका मा कुल ३१ हजार१ मतदाता रहेको रंगेली नगरपालिकामा २३ हजार २ सय ३२ मतखसेकाे थियाे ।
मतदानमा महिला १६ हजार ६ सय ५४ र पुरुष १४ हजार ३ सय ४७ जानाले मतदान गरेका छन ।
बुधबार बिहान सात बजे देखि सुरु भएको साँझ ५ बजे सम्म मतदान गरेका थिए ।

त्यसैगरी राती अबेरसम्म मतपेटिका हरु ल्याउ लागेका ले मतपेटिका बुझन समय लागेको मा  बुधबार मतगणना हुन सकेको थिएन ।

बिहीबार बिहान १० बजे सर्वदलीय बैठक गरेर दिउँसो १ बजे देखि मतगणना सुरु भएको निर्वाचन अधिकृत पुन्य प्रसाद पाठले जानकारी दिनु भयाे ।




विराटनगर,असार १५ गते । रातो तारा डट कम,मोरङका दुईवटा स्थानीय तहमा मतगणना जारी र अन्य तहमा मतगणनाको तयारी भइरहेको छ ।

उर्लाबारी नगरपालिका र कटहरीमा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । कटहरीमा बिहान ६ः४५ बजेसम्ममा १०० मतपत्र गिन्ती भइसकेको छ । उर्लाबारीमा मतपत्र गिन्तीको सङ्ख्याको सम्बन्धमा जानकारी प्राप्त नभएको सो कार्यालयका सूचना अधिकृत भक्तबहादुर भट्टराईले जानकारी गराउनुभएको छ ।

यसैबीच, विराटनगर महानगरपालिकामा आज बिहान सर्वदलीय बैठकपछि मात्र मतगणना सुरु हुने बताइएको थियो
तर ढिलो गरि मत गणना सुरु भएको छ । मोरङका अन्य स्थानीय तहमा मतगणनाको तयारी भइरहेको बताइएको छ ।

इटहरी, सुनसरी जिल्लाको स्थानीय तह निर्वाचनको मत परिणाम घोषणाका लागि दुई गाउँपालिकामा बुधबार राति अबेरदेखि मत गन्ने कार्य प्रारम्भ गरिएको छ । ६ गाउँपालिका, चार नगरपालिका र दुई उपमहानगरपािलका रहेको यस जिल्लाको बर्जु र भोक्राहा गाउँपालिकामा मतगणना प्रारम्भ भएको हो ।

बर्जु गाउँपालिकाका निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार पछिल्लो मतगणना परिणामअनुसार कुल खसेको मतमध्ये ३०० मतगणना हुँदा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र मेहताले ८८ मत उपप्रमुख सुमित्रादेवी गुरुङले ८९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, नेकपा ९एमाले०का अध्यक्ष पदका उम्मेदवार फनिलाल चौधरीले ६८ मत उपाध्यक्ष सोमकुमारी गुरुङ रायले पनि ६८ मत नै प्राप्त गर्नुभएको छ ।

त्यस्तै, फोरम लोकतान्त्रिकका अध्यक्ष पदका उम्मेदवार रघुनन्दन चौधरीले ४५ मत उपाध्यक्षकी सङ्गीताकुमारी रायले ४९ मत ल्याउनुभएको छ । नेपाली काँग्रेसका अध्यक्षका उम्मेवार इस्राइल अन्सारीले १९ र उपाध्यक्ष खसारी थरुनीले २० मत ल्याउनुभएको प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको छ ।

त्यसैगरी, भोक्राहा गाउँपालिकामा पनि मतगणना सुरु गरी २०० मत गणना गरिसकिएको भए पनि त्यसको परिणाम सार्वजनिक गरिएको छैन । अन्य स्थानीय तहको मतगणना कार्य आज बिहान ९ देखि १० बजेबाट गणना हुने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यो निर्वाचनमा सबैभन्दा बढी देवानगन्ज गाउँपालिकामा ८० प्रतिशत मत खसेको छ । सुनसरीमा ७४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको तथा त्यसमा एक–दुई प्रतिशत तलमाथि हुन सक्ने पनि जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।

सुरुङ्गा झापा, झापामा रहेका १५ वटा स्थानीय तहमध्ये चार नगरपालिका र तीन गाउँ पालिकामा मतगणना गए रातिदेखि नै सुरु भएको छ ।

भद्रपुर, दमक, गौरादह र कनकाई नगरपालिकामा गए रातिदेखि नै मतगणना सुरु भएको हो ।

त्यस्तै, कमल, गौरिगन्ज गाउँपालिकामा पनि मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । पछिल्लो जानकारीअनुसार गणना भएकामा भद्रपुर नगरपालिका र कमल गाउँपालिकाको पहिलो मतपरिणाम बाहिर आएको छ ।

पछिल्लो परिणामअनुसार दुई तहमा एमालेले अग्रता लिएको छ । भद्रपुर नगरपालिकामा २०० मतगणना गरिसक्दा प्रमुखमा एमालेका जीवन प्रधानको ७२ मत, त्यस्तै माओवादी केन्द्रका शिवकुमार राजभण्डारीको ५५, नेपाली काँग्रेसका गणेश पोखरेलको २८ र राप्रपाका नवराज पनेरुले २१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, कमल गाउँपालिकाको २०८ मतगणना भइसक्दा एमालेका मेनुका काप्लेको ८९ मत, काँग्रेसका हुकुमसिंह राईको ५७ , माओवादी केन्द्रका बिमल सङ्ग्रौलाको ३७ र राप्रपाका विष्णु पौड्ेलले सात मत प्राप्त गर्नुभएको छ ।

दमक नगरपालिकाको पनि मतगणना आज बिहान ४ बजेदेखि सुरु भएको छ । बनियानी -झापा दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतगणना झापामा सुरु भएको
छ । बुधबार भएको मतदानमा झापाको हल्दिबारी गाउँपालिकामा बिहीबार बिहान १ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जानकारी दिनुभयो ।

अधिकृत कार्कीका अनुसार बिहीबार बिहान ६ः३० बजेसम्म ४०० मतगणना भएको छ । गणनाअनुसार नेपाली काँग्रेस ५४, नेकपा (एमाले) १३६, नेकपा ९माओवादी केन्द्र० ३९ र राप्रपा नेपालले ३५ मत प्राप्त गरेका छन् भने पाँच मत बदर भएको छ । कुल १८ हजार ८९२ मतदाता रहेको यहाँ १३ हजार ९९६ मत खसेको निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो ।

यता, कचनकवल गाउँपालिकामा पनि राति १२ बजेदेखि मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत देवीबहादुर भण्डारीका अनुसार बिहान ८ बजेसम्म ४८० मत गणना भइसकेको छ । जिल्लाभर आठ नगरपालिका र सात गाउँपालिकामा पाँच लाख १० हजार ८१६ मतदाता रहेका
 छन् । 

काठमाडौँ,असार १५ गते । रातो तारा डट कम,प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

कृषि विकासमन्त्रीकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य,भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ ।

धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा चौधौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०७४ मनाइँदैछ ।

आगामी केही वर्षमा धान,चामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न कृषि विकास मन्त्रालयबाट धानबाली प्रवद्र्धनमा रणनीतिक प्रयासको आवश्यकता महसुस गरी दुई बाली धान खेतीका लागि चैत धान र बर्खे धान प्रवद्र्धनका प्रयाससमेत भइरहेको सन्देशमा उल्लेख छ ।

नेपालमा धानको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्व रहिआएको तथा हरेक सामाजिक एवम् सांस्कतिक कार्यमा धानकै प्रधान्यता रहेको प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको
छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान २९ दशमलव ४ प्रतिशत रहेको छ । हरेक वर्ष असार १५ गते धान दिवस मनाइन्छ र दही चिउरा खने पनि चलनछ ।


केराबारी,मोरङ,असार १५ गते। रातो तारा डट कम,
केराबारी गाउँपालिका मोरङको वडा नम्बर -२सिंहदेवीमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ।

सिंहदेवीको लेचाङ्गो मतदान केन्द्र र पन्चायत प्रावि हाबेचौरीमा भएको मतदानमा युवायुवती भन्दा जेष्ठनागरिकले धेरै मत खसालेको पाइएको छ।युवाहरू धेरै वैदेशिक रोजगारमा भएको र धेरैको फोटो सहितको मतदाता नामावली नभएको कारण पनि युवाहरुको उपस्तिथि कम भएको स्थानीयहरु बताउछन् ।

पहाडी वडामा पर्ने सिंहदेवीको कुल मतदाता चौध सयमा १०६०मत खसेको चेचाङ्गो मतदान केन्द्रका मतदान अधिकृत नारायण दाहालले बताउनु भयो।

लेचाङ्गोमा ४८६र पन्चायत प्रावि हावेचौरमा ५७४मत खसेको थियो।सिंहदेवीमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा रहेको छ।




काठमाडौं,असार १५ गते । रातो तारा डट कम-दोस्रो चरणको स्थानीय तहको  निर्वाचन सम्पन्न भइसक्दा पहिलो चरणको निर्वाचन भन्दा हिजो मदतादानमा केही फरक विशेषताहरु देखिए । असारे झरी, बाढी, पहिरो घाम, नभनी अनेक प्रतिकूलता झैल्दै ७० प्रतिशतभन्दा बढी मतदाताले आफ्नो मताधिकार हिजो प्रयोग गरेका छन् ।

पहिलो चरण र दोस्रो चरणको चुनावमा के भिन्नता देखियो वा समानताहरु के-के भए यसबारे विश्लेषण गर्दा पहिलो र दोस्रो चुनावमा केही विल्कुलै भिन्न लक्षणहरु देखापरेको महसुस गर्न सकिन्छ ।



झरी र वर्षायामको वास्ता नगरी उत्साहजनक रुपमा जनताले
आफनो मत दिने अधिकार प्रयोग गरेकाछन ।

हेर्नुस् त मतदानस्थलमै कसैको मृत्यु, कसैको जन्मत ?

हिंसाको कुरा गर्दा पहिलो चरणमा मतदानका दिन भएको झडपमा दोलखा र कालीकोटमा दुई जनाको ज्यान गएको थियो । तर, यसपटक सुदूरपश्चिमका पहाडी जिल्लामा झडप भए पनि ज्यान जाने घटना चै कतै भएको छैन ।

तर, यसपटक चुनावमा मतदान गरे लगत्तै तीनजनाको मृत्युको समाचारले राष्ट्रिय चर्चा आयोगको नोटिसमा पनि आयो । तथापि उनीहरुको मृत्यु झडपमा नभएर भवितव्यबाट भएको थियो ।

दमक नगरपालिका १४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भयो । इलामको रोङ गाउँपालिकाको मार्से मतदान केन्द्रमा ४५ वर्षीय चेतनाथ आचार्यको पनि मतदान गरेलगत्तै मृत्यु भयो । त्यस्तै पाल्पाको बगनासकालीमा पनि यम्घाका ८० वर्षीय पूर्णचन्द्र भट्टराईको मतदानस्थलमै मृत्यु भयो । विगतमा यस्ता घटना भएकै थिएन भन्छ आयोग ।

यो चुनावमा मतदान स्थलमा मृत्युमात्रै भएन जन्म पनि भयो । अछाममा दुई महिलाले मतदानको लाइनमै बच्चा जन्माएर एउटा इतिहास रच्दै मतदान गरेका छन् । अछामको रामारोशन गाउँपालिका-४ को बाटुलासैनस्थित नन्दकाली आधारभुत विद्यालयको ‘क’ मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेका दुई महिलाले बच्चा जनाएका हुन् । रामारोशनकी २५ वर्षकी मीना बोहरा र शुभा दासले बच्चा जन्माएका हुन् । दुबैले छोरा जन्माएका छन् । उनीहरुलाई व्यथा लागेपछि स्कुलकै छेउमा सुत्केरी गराएर एक घण्टापछि मतदान गरेर घर फर्किएका
थिए ।

सय वर्ष नाघेकाहरुमा मतदान मोह:-
यसपटकको मतदान यस अर्थमा पनि ऐतिहासिक भयो कि एक सय वर्ष नाघेका जेष्ठ नागरिकमात्रै ९ जनाले मतदान गरे । निर्वाचन आयोगले दिएको जानकारीअनुसार सबैभन्दा जेष्ठ ११३ वर्षीय पशुपति साउदले बैतडीको सूर्नया गाँउपालिकास्थित भूमिराज निमावि केन्द्रबाट मतदान गरे ।

त्यस्तै १११ वर्षीय नन्दन ठेकरले दार्चुलाको नौगाड गाउँपालिका १ बाट मतदान गरे । त्यस्तै १०५ वर्षीय कलशी भट्टले दार्चुलाको शैल्यशिखर नगरपालिकाबाट मतदान गरिन् । १ सय वर्षमाथिका ९ जना जेष्ठ नागरिकले देशका बिभिन्न केन्द्रबाट मतदान गरेका छन् ।

 कोही स्टेचरमा, कोही कोराबाटै मतदान केन्द्रमा
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदानका लागि पाल्पा रैनादेबी छहरा गाउँपालिका–५ मुझुङका ७२ वर्षीय तेजबहादुर छहरीलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रसम्म
लगिएको थियो।

मतदाताको उत्साह यतिसम्म देखियो कि कोही स्ट्रेचरमा र अरुको पिठ्युँमा बोकिएर मतदान केन्द्रमा पुगे भने किरियापुत्री समेत मतदान नगरी रहन सकेनन् । इटहरीमा किरियापुत्रीले समेत मतदानमा सहभागि भएको आयोगले जनाएका छ।

इटहरीजस्तै बाजुरा, दाङ, प्युठान लगायतका जिल्लामा पनि किरियापुत्रीहरुले मतदान केन्द्रमा पुगेर मत हालेका दृश्यले सन्चार माध्यमले चासोका साथ देखाएका थिए ।

दृष्टिविहीनदेखि अपांगता भएकाहरुले पनि आफ्नो गाउँ ठाउँको विकास गर्ने प्रतिनिधि चुन्ने अवसर गुमाउन चाहेनन् । मधेसका केही ठाउँमा राजपाको धम्की र अवरोधका बीच मधेसी जनताले मतदान गरेर चुनावप्रतिको चाहना प्रकट गरे ।

बहिस्कारवादीको पत्तासाफ:-
दोस्रो चरणको चुनावमा उल्लेखनीय विशेषताः- अर्को के पनि हो भने यसपटक राष्ट्रिय जनता पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार र बिथोल्ने कार्यक्रम घोषणा गरे पनि जनताले मानेन । उनीहरुले बन्द हड्तालका कार्यक्रम पनि आह्वान गरेका थिए तर जनता नमान्दा केही लागेन आखिर चुनाव भयो ।

राजपाको घोषणालाई रुपन्देही, कपिलवस्तु लगायत उसको प्रभाव क्षेत्रमा आफ्नै कार्यकर्ताले खारेज गरिदिए । सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता जस्ता माथि माथि आशीर्वद  बाट नाम कमाएक राजपा नेताको पनि केहिलागेन कार्यकर्तालाई स्वतन्त्ररुपमा उम्मेदवार उठाएर आफ्नो जोगाउन खोजेको देखिन्छ र लिम्बू वानमा यस्तै भयोभयो।

लिम्बुवानमा पनि चुनाव बहिस्कारको धम्की थियो । सिके राउतले डर देखाउथे, तर, सबै बहिस्कारवादीहरु यसपटक लगभग पछारिए पत्तासाफ आफै भए ।



काठमाडौं, असार १५ गते । रातो तारा डट कम,साउन १ गतेदेखि १० लाख माथीको नगद कारोबारमा राष्ट्र बैंकले कडाईका साथ रोक लगाउने भएको
छ ।

राष्ट्र बैंकले बैशाख २८ गते नै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेर १० लाख वा सोभन्दा माथीको भुक्तानीमा अनिवार्य रुपमा एकाउन्टपेयी चेकको प्रयोग गर्न परिपत्र जारी गरिसकेको छ ।

फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएको चेकहरुको भुक्तानी समेत एकाउन्टपेयी चेकबाट मात्रै गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यद्यपी कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाएर लिखित निवेदन दिएमा बैंक तथा वित्तीय संस्थाले आफैले निर्णय गर्न सक्ने सुविधा पनि दिइएको छ ।

यसरी १० लाख वा सोभन्दा बढिको नगद भुक्तानी दिइएको मासिक जानकारी भने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको सुपरिवेक्षण बिभाग र वित्तीय जानकारी इकाइमा पेश गर्नुपर्ने व्यवस्गा गरिएको छ ।



आज असार १४ गते भएको स्थानीय तह को दोस्रो चरणको
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् ।

निर्वाचन आयोगका अनुसार ७०।५ प्रतिशत मत खसेको छ । यो पहिलो चरणको तुलानामा साढे २ प्रतिशत कम हो । तर, मध्य वर्षामा भएको चुनावमा ७०।५ प्रतिशत मत खस्नु निकै उत्साहपूर्ण भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा धेरै मत बाजुरामा खसेको छ । त्यहाँ ८० प्रतिशत मत खसेको छ । सबैभदा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ ।

राजनीतिक दलहरुको झडपका कारण केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

सोलुखुम्बुको नेचा गाउँपालिकाको तिङ्ला गाउँमा भने एक भोट पनि खसेन । नवलपरासीको एउटा मतदान केन्द्रमा २ मत मात्र खसेको छ । स्थानीय तह पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयले चुनावमा सहभागिता नजनाएका हुन् कि भन्ने अनुमान गरिएको छ।

त्यसैगरी १ नम्बर प्रदेशका गाउपालिका, नगरपालिका र महानगरपालिकाका सबै ठाउमस राम्रो मत खसेको छ।

प्रमुख निर्वाचन आयुक्तले जनादेश अब मतपेटिका संकलित भइसकेको भन्दै मतादेश सम्मान गर्न उम्मेदवारहरुलाई हार्दिक अपील गरेका छन् । उनले भने, ‘उत्तेजनामा नआउने र संयमता अपनाउन अपील निर्वाचन आयोग आग्रह गर्दछ ।’

निर्वाचन आयोगका अनुसार मतपेटिका संकलनपछि आवश्यक तयारी गरेर मत गणना सुरु हुनेछ । प्रमुख आयुक्त यादवले भने, ‘उच्च सर्तकता अपनाएर मत गणना सुरु गर्नुपर्छ। प्रतिनिधिलाई कति दुरीमा राख्ने तय गर्न भनेका छौं।

सफल र सबैलाई स्वीकार्य हुने मत गणना हुने विश्वास आयोगले लिएको उनले बताएका छन् ।


मोहन कुमार राई- संखुवासभा   असार १४ गते । रातो तारा डटछकम,संखुवासभा जिल्लाको ५ नगरपालिका र ५ गाउँपालिकाका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन  भैरहको छ ।

स्थानीय तह दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा विहान ७ बजेबाट शुरु भएको मतदान वेलुकी ५ बजेसम्म भएको हो । विहान मौसम प्रतिकुल भए पनि मतदाताहरु उत्सुकताका साथ आ–आफ्नो मतदान केन्द्रमा पुगेका थिए । आशक्त, वृद्ध, अपाङ्गह स्टेचर, डोकोमा समेत बोकीएर भोट हाल्न मतदान केन्द्रमा आउनुभएको थियो ।

सबै मदतान केन्द्रमा बृद्ध, आशक्तहरुको लागि भोट हाल्न सहज व्यवस्था गरिएको थियो ।  संखुवासभाको क्षेत्र नं. २ का ४ नगरपालिका र क्षेत्र नं. १ को १ नगरपालिका सहित ५ गाउँपालिकामा मतदाताहरुले उत्सुकताका साथ निर्वाचनमा भाग लिएको थियो । चैनपुरको सबै भन्दा बढी मतदाता रहको वडा नं. ६ को सरस्वती मावि केन्द्रमा भएको मतदाताहरु १ हजार ९ सय ३० मध्ये १ हजार ३ सय २१ मत खसेको थियो। सबै मतदान केन्द्रमा ७० देखि ७५ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

संखुवासभाको बुधबार भएको मतदानमा खाँदवारी नगरपालिका, चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, मादी नगरपालिका, पाँचखपन गनरपालिका सहित मकालु, सिलिचुङ, भोटखोला, चिचिला, र सभापोखरी गाउँपालिकामा विहान सबेरै देखि सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान भएको  निर्वाचनको कार्यालय संखुवासभाले जनाएको छ । सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था व्यवस्थित गरिएको थियो ।

मोहन राई,संखुवासभा-असार १४ गते । रातो तारा डट कम,संखुवासभा जिल्लाको ५ नगरपालिका र ५ गाउँपालिकाका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा आज निर्वाचन भैरहको छ ।


अशक्त-
स्थानीय तह दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा विहान ७ बजेबाट शुरु भएको हो । विहान मौसम प्रतिकुल भए पनि मतदाताहरु उत्सुकताका साथ आ–आफ्नो मतदान केन्द्रमा पुगेका थिए ।

सबै मदतान केन्द्रमा बृद्ध, आशक्तहरुको लागि भोट हाल्न सहज व्यवस्था गरिएको छ ।  संखुवासभाको क्षेत्र नं. २ का ४ नगरपालिका र क्षेत्र नं. १ को १ नगरपालिका सहित ५ गाउँपालिकामा मतदाताहरुले उत्सुकताका साथ निर्वाचनमा भाग लिएको थियो ।

संखुवासभाको बुधबार भएको मतदानमा खाँदवारी नगरपालिका, चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, मादी नगरपालिका, पाँचखपन गनरपालिका सहित मकालु, सिलिचुङ, भोटखोला, चिचिला, र सभापोखरी गाउँपालिकामा विहान सबेरै देखि सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान गरिरहेको निर्वाचनको कार्यालय संखुवासभाले जनाएको छ ।सबै मतदानकेन्द्रमा व्यवस्था व्यवस्थित गरिएको थियो ।


काठमाडौ - धनगढी, असार १४ गते । रातो तारा डट कम-
प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको छ ।

से १ ज १५०३ नं को सो जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएकामा दुई जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुुढा मगरले बताउनुभयो । प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरामा मतदान गरी धनगढीतर्फ आउन लाग्नुभएको बताइएको छ ।


 मिक्लाजुङ्ग-
बिराटनगर असार १४ गते । रातो तारा डट कम-असारे झरी कतै पानी परिरहेकोछ, कताे पर्न लागेको छ, यो प्रतिकुल मौसमले सबै मतदातालाई सादिरहेको पाइन्छ । आज ३५ जिल्लाका ३३४ स्थानीय तहमा अहिले मतदान केही ठाउ बाहेक शान्तिपूर्ण तरिकाबाट मतदा भइरहेको छ ।

अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेकोछ भने बिराटनगरमा घाम लागेकोछ,मोरङकै पहाडी मेक्लाजुङ गाउँ पालिकामा सितल भएकोछ।

तर पनि तदाताहरु खुसिले गद गद हुदै मतदान केन्द्रमा बिहानैदेखि उत्साहित भएर मतदान आफनो केन्द्रमा भेला भइसकेका छन् ।

मिक्लाजुङ्ग-
हामीलाई प्राप्त जानकारी अनुसार नेकपा माओवादी केन्द्र मोरङका ईन्चार्ज क. कुशल लिम्बू को स्थाई बसोबास मिक्लाजुङ्ग गाउँपालिका साबिक टांडी हाल ३ न वडा कालिका माविको मतदान केन्द्रबाट लिम्बूले मतदान गरेकाछन।

मतदान गरिसके पछि सबै गाउँपालिका नगरपालिकाहरूको अनुगमन भइरहेको र मोरङको पहाडी क्षेत्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको पनि लिम्बूले  रातो डट कम अनलाइन पत्रिकालाइ जानकारी गराउनु भएको छ ।

निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।

६२ हजार उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन र प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् ।


बिराटनगर-
निर्वाचनबाट बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् ।

आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

यो सबै कुरालाइ आज भएको निर्वाचनमा आम जनताको सह
भागिता उत्साह जनक भएको पाइन्छ ।


आज इलामको आर्दस मतदान केन्द्र  र दाङ एक मतदान केन्द्रमा बंम पड्केको भए पनि कुनै क्षेति भएको छै र डराउनका लागि मात्र पड्काएको हो भनिएको छ।


बिराटनगरमा आज इजाजतपत्र नलिएका र कुने भारतीय, नेपाली नम्बरका मोटरसाइकल ४० थान बिराटनगरको गणतन्त्रान्तिक चोकमा पक्राउ गरेकोछ।


काठमाडौं, असार १४ गते । रातो तारा डट कम-प्रधानमन्त्री शेरवहादुर देउवाले बुधवार विहानै आफ्नो गाउँ पुगेर मतदान गरेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का बासिन्दा देउवा मतदानका लागि विहान अमरगढीबाट गएका थिए । उनले रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेको खबर छ।

विहान सवा ८ बजे देउवा पत्नी आरजु सहित मतदानका लागि मतदान केन्द्रमा पुगेका थिए । मतदान गर्नासाथ देउवा हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन् । उनी चुनावका लागि एक सातादेखि ७ नम्बर प्रदेशमा थिए ।
कांग्रेस नेताहरु शेखर कोइराला र सुजाता कोइरालाले विराटनगर महानगरपालिकाको आदर्श विद्यालय केन्द्रबाट मतदान गरेका छन् । यो विद्यालय कोइराला परिवारले नै स्थापना गरेको हो ।
यहि मतदान केन्द्रबाट बलिउड नायिका मनिषा कोइरालाका भाइ सिद्धार्थ कोइरालाले पनि मतदान गरेका छन् । उनी कांग्रेस महासमिति सदस्य हुन् ।
कांग्रेसका पूर्वमहामन्त्री केवी गुरुङले इलामको बालमन्दिर केन्द्रबाट मतदान गरेका छन् ।
एमाले नेता को कता ?
उता एमालेका ७ नम्बर प्रदेश प्रमुख तथा पूर्व उपप्रधानमन्त्री एबम् गृहमन्त्री भीम रावलले अछामको साँफेबगर नगरपालिकाबाट मतदान गरेका छन् । उनले वडा नम्बर ६ स्थित चन्द्रोदय आधारभूत प्रावि केन्द्रबाट विहान ७ बजे मतदान गरेका थिए । रावल बिगत १ महिनादेखि ७ नम्बर प्रदेशमै छन् ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमले विहान सातै बजे मतदान गरेका छन् । गौतमले बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ को त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । गौतम मतदाताको पहिलो लाइनमा बसेर मतदान गरेका हुन् ।
विहान सपरिवार मतदान केन्द्रमा पुगेका गौतमले मतदान केन्द्रमा जम्मा भएका मतदाताहरुलाई आफ्नो मत विवेक प्रयोग गरेर उपयुक्त उम्मेदवारलाई दिन आग्रह गरेका थिए । गौतम पछिल्लो समय प्युठानबाट सांसद छन् ।
नेकपा एमालेका संसदीय दलका उपनेता तथा बिघटित संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र कांग्रेस नेता केबी गुरुङले इलाम नगरपालिकाको एउटै मतदान केन्द्रमा मतदान गरेका छन् । उनीहरुले बालमन्दिर आधारभूत विद्याालय मतदान केन्द्र हाकिमटोलबाट मतदान गरेका हुन् ।
एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामकै सूर्योदय नगरपालिकाको रम्फोक मतदान केन्द्रबाट भोट हालेका छन् ।
एमाले उपमहासचिव बिष्णु पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बाट मतदान गरेका छन् । भने अर्का उपमहासचिव घनश्याम भुसालले तिलोत्तमा नगरपालिका नगरपालिका ९ मणिग्राबाट मतदान गरेका छन् ।
एमालेका सचिव प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४, बम्घा निमावि मतदान केन्द्रबाट विहान ७ बजे पहिलो मतदान गरेका छन् । अर्का सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिकाबाट मतदान गरेका छन् । एमाले नेता शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका ११ बाट मतदान गरेका छन् ।
माओवादी नेताले कहाँबाट भोट हाले ?
सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेकी छन् । मतदान गरिसकेपछि सन्चारकर्मीसँग कुरा गर्दै उनले संविधान कार्यान्वयन गर्दै गणतन्त्र संस्थागत गर्न आफू भोट हाल्न काठमाडौंबाट रोल्पा आएको बताइन् । उनी आजै काठमाडौं फर्किने उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
यसैगरी माओवादी केन्द्रका नेता एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिकाको एक नम्बर वडाको मेवाङ केन्द्रबाट मतदान गरेका छन् । महराले पहिलो मतदाताको रुपमा मतदान गरी मतदान कार्य प्रारम्भ गरेका हुन् ।
माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पनि रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका छन् । उनी सभामुख ओनसरी घर्तीको श्रीमान् हुन् ।
माओवादीकी अर्की नेतृ जयपुरी घर्तीले रोल्पाको राङ्सी केन्द्रबाट मतदान गरेकी छन् । तर, राङ्सी निवासी उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भने भोट हाल्न गएका छैनन् ।
माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको अर्घारजस्थल मावि केन्द्रबाट मतदान गरेका छन् ।
पूर्वमन्त्री एवम् माओवादी केन्द्रकी नेतृ रेखा शर्माले प्युठानको स्वर्गद्वारी क्याम्पस मतदान केन्द्रबाट मतदान गरेकी छन् । उनको श्रीमान् एव्म माओवादी केन्द्रका नेता कृष्णध्वज खड्काले पनि सोही केन्द्रबाट मतदान गरेकी छन् । सो केन्द्रमा उनीहरुले पहिलो मतदाताको रुपमा भोट हालेका थिए ।
राप्रपा उपाध्यक्ष दिपक बोहोराले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट मतदान गरेका छन् भने महामन्त्री सुनिलबहादुर थापाले धनकुटाको पाख्रिबास नगरपालिकामा मतदान गरेका छन् ।
संघीय समाजवादी फोरमका अध्यक्षक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको डिग्री क्याम्पस मतदान केन्द्रबाट विहान ९ बजे मत दिएका छन् । उनी सुनसरी ५ बाट निर्वाचित सांसद हुन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले विहान ११ बजे सुनसरीको दुहवी नगरपालिकाबाट मतदान गर्ने खबर प्राप्त भएपनि वहाको फोटो उपलब्ध छैन ।
अनलाइन खबरबाट सा

 बिराटनगर असार १४ गते । रातो तारा डट कम-असारे झरी कतै पानी परिरहेकोछ, कताे पर्न लागेको छ, यो प्रतिकुल मौसमलाई छिचोल्दै ३५ जिल्लाका ३३४ स्थानीय तहमा अहिले मतदान सुरु भएको छ ।



अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । तर, मतदाताहरु खुसिले गद गद हुदै मतदान केन्द्रमा बिहानैदेखि उत्साहित भएर मतदान केन्द्र  हरूमा भेला भइसकेका छन् ।

निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।

६२ हजार उम्मेदवार चुनावी मैदानमा
आजको चुनावमा प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् ।

निर्वाचनबाट बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् ।

आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् 



काठमाडौं, असार  १४ गते । रातो तारा डट कम-दोस्रो चरणको निर्वाचन हुने तीन प्रदेशमा भोलि मतदान हुँदैछ। प्रदेश नम्बर १, ५ र ७ का ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदान गर्नेछन् ।

निर्वाचन आयोगले अस्ति देखि मतदाता परिचय पत्र वितरण गरिरहेको छ । तर, मतदाता नामावलीमा नाम भएको तर, मतदाता परिचय नभेटिए आफनो नागरिक्ता वा परिचय पत्रले पनि मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ । ‘मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न यो निर्णय लिएको हो’ आयोगले भनेको छ ।

आयोगका अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउनेछन् ।

यस्तै राहदानी, सवारीचालक अनुमतिपत्र ९लाइलेन्स०, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्र देखाएर पनि मतदान गर्न पाइनेछ ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा सानोतिनो भूलचुक मान्ने र नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

काठमाडौं,असार १४ गते । रातो तारा डट कम,तीन वटा प्रदेशमा आज हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले हिजो जनाएको छ । साथै सुरक्षाको उचित प्रवन्ध मिलाइएको भन्दै आयोगले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आहृवान गरेको छ ।

 हिजो मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय गरेर मत दिन आहृवान गरे । उनले भने, सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त छ ।’

प्रमुख आयुक्त यादवले मतदाता परिचय पत्र लिएर मात्र मतदान गर्न जान समेत आग्रह गरेका छन् । यदि मतदाता परिचय पत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको बैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान आग्रह गरे ।

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम भएकाहरुको हकमा नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट, जग्गाधनी पूर्जा वा २०७० को चुनावको मतदाता परिचय पत्र भए मतदान गर्न दिने व्यवस्था मिलाएको छ ।

६२ हजार उम्मेदवार चुनावी मैदानमा
यो चुनावले प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । निर्वाचनबाट बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् ।

आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।


भक्तपुर, असार १३ गते । रातो तारा डट कम,मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोल पम्पमा मंगलबार साँझ आगलागी भएको छ ।

ध्रुव महर्जनद्वारा सञ्चालित सिद्धार्थ पेट्रोल पम्पमा भएको आगलागीमा चारजना घाइते भएका छन् । पम्पसँगै पसल गरी बस्ने सीता तामाङ जलेर घाइते भएका छन् भने उनका श्रीमान राम तामाङ, मजदुर निराजन उप्रेती र ट्याङ्करका सहचालक पवन श्रेष्ठ भाग्ने क्रममा घाइते भएका छन् ।

घाइतेमध्ये तीनजना उपचारपछि घर फर्केका छन् भने सीता तामाङको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको महानगरीय प्रहरी बिट थिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

पम्पमा रहेको अग्नि नियन्त्रक यन्त्र र भक्तपुर बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको छ । क्षतिको विवरण भने आउन बाँकी छ । 


काठमाडौं,असार १३ गते । रातो तारा डट कम,दोस्रो चरणको स्थानीय तुनावमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि भोलि हुँदैछ । बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका,१११ नगरपालिका र २१५ गाउँपालिकामा चुनाव हुन लागेको हो ।

१५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवारचुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी हुने आयोगले जनाएको छ यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।


 काठमाडौं, असार १३ गते । रातो तारा डट कम काठमाडौं  महानगरपालिकाले गत वर्ष तयार गरेको फोहोरबाट बिजुली निकाल्ने ‘बायोमिथानेशन’ प्लान्टको मंगलबार उद्घाटन गरिएको छ । प्लान्टको मंगलबार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर शाक्य र नेपालका लागि युरोपियन युनियनका राजदुत रेन्सजे टीरिन्कले संयुक्त रुपमा उदघाटन गरे ।



यो प्लान्ट युरोपियन युनियनको ८० प्रतिशत आर्थिक सहयोगमा निर्माण गरिएको हो । टेकुमा फोहोरबाट बिजुली निकाल्ने गरी यो प्लान्ट तयार भएको छ । यसमा काठमाडौंमा दैनिक जम्मा हुने ३ टन फोहोरबाट १४ किलोवाट बिजुली निकालिन्छ ।

यसबाट मिथेन ग्यास उत्पादन भइरहेको छ र, यही ग्यासबाट बिजुली उत्पदन सुरु भएको छ । विजुली उत्पादनका लागि टर्वाइन जडान गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्रमै बायोमेथालाईजेशन प्लान्टको स्थापना गरी विद्युत, जैविक मल र प्रशोधित पानी उत्पादन हुन्छ । महानगरपालिकाको फोहोरमैला व्यवस्थापनको कामलाई दीगो रुपमा अघि बढाउन प्लान्ट सेवा सञ्चालनमा आएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बताए ।

उनले काठमाडौं महानगरपालिकालाई स्वच्छ र सुन्दर सहर बनाउने महानगरबासीको सपना छिट्टै पूरा गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए । एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अन्तरगत सञ्चालनका आएको प्लान्टबाट दैनिक ३ सय किलोग्राम जैविक मल र ९६ किलोग्राम बायो ग्याँस र ५ सय लिटर प्रशोधित पानी उत्पादन हुन्छ ।

यो परियोजनाको सञ्चालनबाट वाषिर्क सरदर २ हजार ५ सय टन बराबरको कार्वनडाईअक्साइड ग्याँस उत्सर्जनमा कमी आउने अपेक्षा पनि गरिएको छ । ३ वर्ष लगाएर संचालनमा ल्याइएको प्लान्टले फोहोरबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने प्रमाणित भएको महानगरपालिकाले जनाएको छ ।

उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि लगानी बोर्डले पनि निजी क्षेत्रको सहकार्यका ठूलो परियोजना संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

यो प्लान्टबाट १४ देखि २० किलोवाटसम्म बिजुली निकल्ने महानगरपालिकाले जनाएको छ । प्लान्ट स्थापनापछि फोहोरबाट विजुली निकालिने विषयमा अध्ययन तथा अवलोकनका लागि भारत नै जानुपर्ने अनुसन्धानकर्ता र विद्यार्थीको बाध्यता पनि हट्ने अपेक्षा छ ।

 काठमाडौं,असार १३ गते । रातो तारा डट कम-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका मोदीलाई राष्ट्रपति ट्रम्प र फस्ट लेडी मेलानियाले ह्वाइट हाउसमा स्वागत गरेका थिए ।



राष्ट्रपति ट्रम्पले आफूलाई गरेको स्वागत सवा सय करोड भारतीयका लागि सम्मान भएको मोदीले बताए । ट्रम्पले पनि मोदी राम्रो प्रधानमन्त्री भएइको भन्दै उनी ह्वाइट हाउस आउनु आफ्ना लागि सम्मान भएको बताए ।


भेटपछि संयुक्त रुपमा पत्रकारहरुमाझ उपस्थित ट्रम्प र मोदीले भनेका मुख्य ५ कुरा के के हुन ?

राष्ट्रपति ट्रम्पले के भने :-
· विश्वको सबै भन्दा ठूलो लोकतन्त्रका नेतालाई ह्वाइट हाउसमा स्वागत गर्नु सम्मानको कुरा हो । मैले सँधै भन्दै आएको छु कि तपाईको देश, देशबासी, उनीहरुको संस्कृति, धरोहर र विरासतका लगि मेरो मनमा अगाध श्रद्धा छ ।

· यो वर्ष भारतले आफ्नो ७८ औं स्वतन्त्रता दिवस मनाउँदैछ । यस अवसरमा अमेरिकाको तर्फबाट भारतबासीलाई बधाई दिन चाहन्छु । अमेरिका र भारतको मित्रता साझा मूल्यमा आधारित छ, जसमा लोकतान्त्रका लागि हाम्रो प्रतिवद्धता पनि छ ।

· धेरै मानिसलाई यो थाहा छैन कि भारत र अमेरिकाको संविधान तीन सन्दुर शब्दबाट सुरु हुन्छ र त्यो शब्द हो, वी द पिपुल । प्रधानमन्त्री मोदी र म यो शब्दको महत्व राम्रोसँग जान्दछौं ।

· आजको भेटपछि म यो भन्न चाहन्छु कि भारत र अमेरिकाको सम्वन्ध यति मजबुत र यति राम्रो यसअघि कहिल्यै भएको थिएन । भारत तिव्र रुपमा अगाडि बढिरहेको अर्थव्यवस्था हो र इतिहासमा अहिलेसम्म सबैभन्दा ठूलो कर सुधार गरिरहेको छ । भारत भ्रष्टाचारसँग लडिरहेको छु, जो लोकतन्त्रका लागि सँधै एक गम्भीर खतरा हो ।

· भारत र अमेरिका चरमपन्थ र चरमपन्थी विचारधारासँग लडिरहेको छौं । हामी उग्र इस्लामी चरमपन्थलाई नष्ट गर्छौं । हाम्रो सेनाले यसमा काम गरिरहेको छ र आगामी महिना दुबै देशको सेनाको संयुक्त अध्यास हुनेछ ।

प्रधानमन्त्री मोदीले के भने:-
· राष्ट्रपति ट्रम्प र मेरो आजको कुराकानी हरेक दृष्टिमा अत्यन्त महत्वपूर्ण रह्यो किनकी यो परस्पर विश्वासमा आधारित थियो। यसमा हरेक मूल्य,प्राथािकता, चिन्ता र रुचीको समाधान पनि थियो । यो भारत र अमेरिकाबीच परस्पर सहयोग र सहभागिताको चरम सीमाको उपलब्धीमा केन्द्रीत छ ।

· हाम्रो यस्तो मजबुत सामरिक साझेदारी छ, जसले मानव प्रयासको लगभग सबै क्षेत्रलाई स्पर्श गरेको छ । हामीले भारत र अमेरिकाको सम्वन्धको हरेक आयामको चर्चा गर्‍यौं। दुबै देश एउटा यस्तो द्धिपक्षीय ढाचाँमा प्रतिवद्ध छन्, जसले हाम्रो रणनीतिक साझेदारीलाई नयाँ उचाईमा लैजान्छ ।

· भारतको सामाजिक आर्थिक परिर्वतनका लागि हाम्रो मुख्य कार्यक्रममा हामी अमेरिकालाई मुख्य पार्टनर मान्छौं । मलाई विश्वास छ कि मेरो न्यू इण्डियाको भिजन र राष्ट्रपति ट्रम्पको मेक अमेरिका ग्रेट अमेरिकाको भिजनले सहयोगको नयाँ आयाम सृजना गर्नेछ ।

· मेरो प्रष्ट मत छ कि एक मजबुत र सफल अमेरिकामा नै भारतको हित छ । यस्तै भारतको विकास र अन्तराष्ट्रिय स्तरमा बढ्दो भारतको भूमिकामा नै अमेरिकाको हित छ । व्यापार, वाणिज्य र लगानी सम्वन्धको भरपुर विकास हाम्रो प्रयासको साझा प्राथमिकता हुनेछ ।

· हामी सम्भावनाको सहयोगी मात्र होइनौं, अगाडि रहेको र आगामी दिनमा आउन सक्ने चुनौतीको सामना गर्नका लागि पनि सहयोगी हौं । आज हामीले चरमपन्थ, अतिवाद र उग्रवादबाट विश्वमा उत्पन्न गम्भीर चुनौतीमा चर्चा गर्‍यौं र आपसमा सहयोग बढाउन सहमत भयौं । आतंकवादसँग लड्न र आतंकवादीहरुको सुरक्षित आश्रयस्थललाई समाप्त पार्न हाम्रो सहभागिता एक महत्वपूर्ण हिस्सा हुनेछ । अलाइनबाट


बिराटनगर असार १३ गते । रातो तारा डट कम-स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् कसैले भोलि मतदान गर्दै छन।

प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । देउवा केही दिनदेखि उतै व्यस्त छन् ।

सभामुख ओनसरी घर्तीले लिवाङ–७ रोल्पाबाट भोट हाल्दैछिन् । बालोदय माध्यमिक विद्यालयबाट घर्तीले मतदान गर्ने केन्द्र हो । उपराष्ट्रपति नन्दबहादुर पुन खोलीगाउँपालिका–२ रोल्पाबाट मतदान गर्दैछन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामबाट भोट हाल्दैछन्। खनालको मतदान केन्द्र सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमाविमा रहेको छ भने उपप्रधानमन्त्री बिजय गच्छदारले सुनसरी बाट मतदान गर्दैछन।

कृष्ण सिटौलाले झापाको भद्रपुर–१० स्थित कबलगुडी प्राविबाट मत हाल्दैछन् भने एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमाविबाट मत हाल्दैछन् ।

एमाले नेता सुवास नेम्बाङले इलाम र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका–१ बाट मताधिकार प्रयोग गर्दैछन् । नयाँ पत्रिकाबाट



बिराटनगर असार १३ गते । रातो तारा डट कम-इन्टरनेट जाएन्ट गुगलले विश्वका सबैभन्दा सुरक्षित स्मार्टफोन तथा डिभाइसहरुको सूची तयार पारेको छ । जसमा १ सय वटा स्मार्टफोन लगायतका डिभाइस रहेका छन् । गुगलका अनुसार सूचीमा सामेल एन्ड्रोइड स्मार्टफोनहरु अन्य फोनको तुलनामा सुरक्षित छन् ।

एन्ड्रोइड निर्माता गुगलका अनुसार, जुन स्मार्टफोनलाई गुगलले सुरक्षित स्मार्टफोनको सूचीमा राखेको छ । ती स्मार्टफोन कम्पनीसँग गुगल निरन्तर कुराकानीमा रहने गरेको छ । साथै स्मार्टफोन कम्पनीसँग मिलेर गुगलले लगातार नयाँ सेक्योरिटी अपडेट दिइरहेको छ । तर यो गुगलको आफनो साइडको कमर्सियल बिज्ञापन हो फोन उपभोक्ताले भनेका छन।

गुगलका अनुसार ऊ यी सबै स्मार्टफोनमा ९० दिनभित्रमा नयाँ सेक्योरिटी अपडेट गराइरहेको छ । साथै सेक्योरिटीसँग सम्बन्धित समस्या समाधानमा पनि गुगलले काम गरिरहेको
छ ।

त्यस्ता सेक्योरिटी अपडेटका कारण ती स्मार्टफोनमा खतरनाक साइब हमला हुन पाएको छैन ।
गुगलले दुनियाका सुरक्षित भनेका स्मार्टफोनहरुमा गुगल, सामसुङ, जिओनी, एलजी, मोटोरोला, सोनी, विबो, ओप्पो, तथा ब्लाकबेरीलगायत छन् ।

यी कम्पनीका कतिपय मोडेलका स्मार्टफोनहरु पूर्णतः सुरक्षित रहेको गुगलको भनाइ छ । अनलाइन बाट



काठमाडौं, असार १३ गते । रातो तारा डट कम,हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल सरकारले लक्की ड्रबाट घोषणा गरेको १५ सय भाग्यशाली ट्याक्सी नम्बर विजेताका लागि विशेष अफर ल्याएको छ ।

हुण्डाई इओन गाडीको खरीदमा एक जना ग्राहकलाई शतप्रतिशत रकम फिर्ता योजना घोषणा गरेको हो । ट्यक्सी किन्ने भूकम्पपीडित मध्येबाट एक जना भाग्यशाली ठहरिनेछन्।

सर्वाधिक लोकप्रिय सवारी भएको यो ट्याक्सीको रुपमा हुण्डाईको को ह्याचब्याक सेगमेन्ट अन्तरगत पर्दछ । शतप्रतिशत रकम फिर्ताको साथसाथै इओन ट्याक्सी को खरिदमा आकर्षक नगद छुट, १ वर्ष सम्म निःशुल्क सर्भिसिङ, १ वर्ष वारेन्टी, वित्तिय तथा विमा सुविधाका साथसाथै सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरिदिनेछ ।

बलियो तथा सुरक्षित सवारीस साधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री बनावट, पावर स्टेरिङ, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउण्ड क्लियरियन्स, धेरै भण्डारण क्षमता लगायतले यसलाई यात्रीहरुमाझ अझ लोकप्रिय बनाएको छ ।

भूकम्पपीडितहरुको सहयोगमा नेपाल सरकारले चालेको कदममा हुन्डाईले यो योजना मार्फत योगदान दिने प्रयास गरेको र यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ । अनलाइन बाट

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.