Websoft University
September 2021

 


श्याम राई÷उदयपुर  गाईघाट, १४ असोज । रातो तारा डट कम, नापी कार्यालय उदयपुरका प्रमुखले चार महिनादेखि करारमा कार्यरत सहायक स्तरका एक कर्मचारीलाई हटाएर आफनो नातेदार नियुक्ती गरेकाछन् ।

कार्यलय सहयोगी र जंजिर म्यानको रुपमा कार्यरत चन्देश्वर चौधरीलाई हटाएर प्रमुख लालबाबु यादबले आफन्त नाता पर्ने सप्तरीका देवेन्द्र यादबलाई असोज ४ गते करारमा नियुक्ति गरेका हुन । सेवाबाट हटाईएका चौधरीलाई काम गरेको महिनाको पारीश्रमीक समेत दिएको छैन । नापी प्रमुख यादब बैशाख १७ गते सरुवा भएर आएका हुन् । उनी आएपछि अमिनहरुलाई सेवाग्राहीबाट जबरजस्ती रकम उढाउन लगाउने गरेको समेत आरोप लागेको छ ।

सेवाबाट हटाईएका चौधरीले आफू माथि अन्याय भएको बताएकाछन् ।‘ राम्रो काम गर्दा गर्दै मलाई हटाईयो ।’ आफनो मान्छे राख्नको लागि हाकीमले यस्तो गरेका रहेछन् ।’ चौधरीले भने,‘ मैले काम गरेको पारीश्रमीक समेत पाएको छैन ।’ उनले भने

नापी प्रमुख यादबले भने आफ्र हाजिर भएर आएपछि चौधरी लामो समयदेखि कार्यालय उपस्थीती नरहेको देखेपछि करारमा अरुलाई नियुक्ती गरेको बताए ।









 सुनसरी । रातो तारा डट कम,नेपाली काँग्रेसको गढ मानिने सुनसरीको सोनापुर छातावेलीमा एमाले नेतृ भगवती चौधरीले दर्विलो इन्ट्री गर्नुभएको छ । गत चुनावमा नेपाली काँगे्रसका विजय गच्छेदार सँग झिनो ३सय २१ मतले मात्र पराजित चौधरीले दुहवी वडा नम्वर ९ छातावेली वाट मात्र ४सय ७५ काँग्रेस कार्यकर्तालाई नेकपा एमाले प्रवेश गराउनुभएको छ ।

प्रवेश कार्यक्रममा साविक नेपाली काँग्रेसका कार्यकर्ताहरुले अव वडा नम्वर ९ लाई लाल किल्ला वनाएरै छाडने वताएका छन । आफूहरु आश्वासन मात्र नदिने चुनावमा परिणाममा देखाउने भन्दै एमालेको पक्षमा नारावाजीनै गरे । नेकपा एमालेका सचिव तथा प्रदेश नम्वर १ का मुख्यमन्त्री भीम आर्चाय,केन्द्रीय सदस्य भगवति चौधरी,तैयव हुसेन र सोही क्षेत्रका प्रदेश सांसद लिलम वस्नेतले नेपाली काँग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गरेका ४ सय ७५ जनालाई अविर लगाएर एमालेमा स्वागत गर्नुभयो ।

नेपाली काँग्रेसको गढ मानिने दुहवी नगरपालिका ९ नम्वर वडामा पर्ने छातावेलीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै एमाले सचिव आर्चायले विकास र सम्वृद्धिका लागि नेकपा एमालेको विकल्प नरहेको दावी गर्नुभयो । नेता आर्चायले २०४६ साल यता हरेक चुनावमा विजय कुमार गच्छेदारले सो क्षेत्रवाट विजयी भएपनि विकास भने फिटिक्कै नगरेको आरोप वताउनुभयो । उहाँले छातावेलीकै वुथमा धाधली गरेर गच्छेदारले जीतेको आरोप लगाउनुभयो । केन्द्रीय सदस्य भगवति चौधरीले काँग्रेसले लगातार जीत्दै आएपनि गरीव जनताको जीवन स्तर जस्ताको जस्तै रहेको वताउनुभयो । उहाँले जनताको हीत र गाँउको विकासका लागि आफै सदैव तत्पर रहेको वताउनुभयो । कार्यक्रमलाई एमाले केन्द्रीय सदस्य तैयव हुसेन प्रदेश सांसद लिलम वस्नेत,प्रदेश सदस्य रोहित कार्की लगायतले सम्वोधन गर्नुभयो ।  नव प्रवेशीको तर्फवाट वोल्दै स्थानीय मुस्तकिन हुसेन ताजिवले विकास शिक्षा र रोजगारको सपना पूरा गर्न वडालाईनै लालकिल्ला वनाउने वताउनुभयो । उहाँले मन्तब्यकै क्रममा केपी ओली जिन्दावाद,भगवती चौधरी जिन्दावाद भनेर नारा लगाउदा पानी परिरहेका वेला कार्यक्रममा सहभागिहरुले कार्यक्रमलाई जिन्दावादले गुञ्जायमान वनाएका थिए । कार्यक्रममा सहभागि एक सहभागि भन्दैथिए “छातावेलीमा भगवतीको इन्ट्रीनै सानदार भयो,अवको चुनावमा चाँही जित्नुहुन्छ । ”


 


विराटनगर, १४ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा २९, सुन्दरहरैचामा ५, उर्लाबारीमा ४, केराबारी र कटहरीमा ३–३, बेलबारीमा २, रंगेली, रतुवामाई, कानेपोखरी, बुढीगंगा र ग्रामथानमा १–१, झापाको दमक र कनकाईमा ८–८, बुद्धशान्तिमा ७, विर्तामोडमा ६, भद्रपुर र मेचीनगरमा ५–५, अर्जुनधारामा ४, गौरादहमा ३,  शिवसताक्षीमा २, बाहृदशी, हल्दिबारी र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २०, इनरुवामा ३, धरानमा २, रामधुनी र देवानगञ्जमा १–१, इलामको चुलाचुलीमा २ र इलाम नगरपालिकामा १, धनकुटाको पाख्रिबासमा २, धनकुटा नगरपालिकामा १, ताप्लेजुङ आठराई त्रिवेणी र तेहृथुमको मेन्छेयायेममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र ९५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोराना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



 


विराटनगर । रातो तारा डट कम, नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी)ले मोरङ जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको   छ । अखिल क्रान्तिकारीले नगेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

केही दिन अघि सम्पन्न पन्ध्रौं जिल्ला सम्मेलनले ६३ सदस्यीय जिल्ला कमिटी
गठन गरेको भएपनि सहमति बन्न नसक्दा पदाधिकारी निर्वाचित हुन सकेको थिएन ।
असोज १० गते बसेको जिल्ला कमिटीको पूर्ण बैठकले आन्तरिक विवाद समाधान गरी जिल्ला कमिटीको पदाधिकारीको टुंगो लगाएको हो ।

अखिल क्रान्तिकारीले चार जना उपाध्यक्ष, सचिव, र चार सह–सचिव र
कोषाध्यक्ष सहित ११ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ ।
क्रान्तिकारीले सरोज किराँती, रेणुकान्त यादव, जयप्रकाश यादव र अशोक
खत्रीलाई उपाध्यक्ष निर्वाचित गरेको छ भने धर्मेन्द्र ऋषिदेव सचिवमा
निर्वाचित भएका छन् ।

यस्तै उमेश ढुंगाना, आशिका लम्साल, बसन्त नेपाल र उमेश सेन्चुरी अखिल
क्रान्तिकारी मोरङ जिल्ला कमिटीको सहसचिव निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा प्रतिभा साह निर्वाचित भएकोअखिल क्रान्तिकारीले जनाएको छ ।

अखिल क्रान्तिकारीमा अध्यक्ष दावी गर्दै आएका निवर्तमान संयोजक टेकेन
क्षेत्र र अभिमन्यु यादवले आफ्नो दाबी नछोडेपछि बैठकले दुवै
आकांक्षीहरुलाई केन्द्रीय कमिटी र प्रदेश कमिटीका लागि सिफारिस गर्ने
निर्णय गरेको थियो । बैठकले टेकेन क्षेत्री, अभिमन्यु यादव, सागर राई र
प्रतिमा लिम्बुलाई केन्दीय र प्रदेश कमिटीमा सिफारिस गरेको हो ।


विराटनगर । रातो तारा डट कम,स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियानलाई अन्तर्गत दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र  २०७८ असोज १३ गते राष्ट्रपतिको कार्यालय शितल निवासमा राष्ट्रपतिलाई हस्तान्तरण गरेको छ ।  उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क्रममा रहेको सन्दर्भमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रवद्र्धनका लागि संचालनमा ल्याएको यस अभियानमा आफनो पूर्ण साथ, सहयोग र समर्थन रहेको जनाउनु भयो । 

उहाले यस अभियानमा ठूला उद्योगहरुका साथै स–साना स्तरमा संचालनमा रही वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीहरुको उत्पादनलाई समेत समेटि देश व्यापीरुपमा यस अभियानलाई सार्थक तुल्याउनु पर्ने सुझाव दिनुभयो । 

 स्वेदेशी उत्पादनको प्रर्वद्धन गरी राष्ट्रीय आर्थिक एवं औद्योगीक विकासमा टेवा पु¥याउदै वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मानिर्भर वनाउने पुनित उदेश्यले संचालनमा ल्याएको मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो उद्योग संगठन मोरङका अध्यक्ष्ँ सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडाको नेतृत्वमा गएको संयूक्त प्रतिनिधि मण्डलले हस्तान्तरण गरेको हो ।

उक्त अवसरमा संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरे, संघका निवर्तमान अध्यक्ष्ँ पवन शारडा, संगठनका पूर्व अध्यक्ष्ँ किशोर प्रधान, संघका पूर्व अध्यक्ष्ँ महेश जाजु, संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, संघका वरिष्ठ उपाध्यक्ष्ँ नविन रिजाल, संगठनका उपाध्यक्ष्ँ राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल र संघका उपाध्यक्ष अनुपम राठीको सहभागिता रहेको थियो । 





काठमाण्डौ असोज १४ गते । रातो तारा डट कम,चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ किङ्स–११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौँ र चितवनबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स बीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र ललितपुरबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।



काठमाण्डौ असोज १४ गते । रातो तारा डट कम, प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै बैठकमा महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयको सुचनामा जनाइएको छ  । 



 



काठमाण्डौ असोज १४ गते । रातो तारा डट कम, नुवाकोटका बालविकासमा आवद्ध शिक्षकहरू आन्दोलित भएका छन् । विद्यालयका कर्मचारी तथा बालविकास शिक्षकहरूले सरकारी नियम अनुसार सेवा सुविधा हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।  कर्मचारी र शिक्षकहरूले विदुर नगरपालिकाको कार्यालयमा पुगेर नगरपालिकाका प्रमुख सञ्जु पण्डितलाई राज्यले तोकेको पारिश्रमिक दिनुपर्ने माग गर्दे ज्ञापनपत्र बुझाएका हुन् ।

 उनीहरुले चालु आर्थिक वर्ष २०७८ को बजेटबाट पारित भएको सामुदायिक विद्यालयमा कार्यरत न्युन पारिश्रमिक भएका विद्यालय कर्मचारी तथा बालविकास सहयोगीको तलव भत्ता थप हुनुपर्ने माग गर्दै आन्दोलित भएका हुन् । उनीहरूले स्थानीय तहबाट थप्नुपर्ने ७ हजार रुपैयाँ थप गर्ने निर्णय कार्यान्वयन गर्न माग गरेका छन् । विद्यालयका कर्मचारी र बालविकासका सहयोगीहरूको कम्तिमा न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ कायम गर्ने सरकारले बजेट मार्फत घोषणा गरेको थियो ।

 जसमा सङ्घ सरकारका तर्फबाट ८ हजार र स्थानिय तहबाट ७ हजार रुपँैया थप गरी १५ हजार रुपैँया तलब भत्ता बनाउने निर्णय गरेको हो । सो आदेशको कार्यान्वयन गर्न विदुर नगरपालिका भित्रका शिक्षक कर्मचारीले नगरपालिकासँग माग गरेका छन् । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शिक्षक तथा कर्मचारीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै छिट्टै समस्या समाधान गर्ने बताउनुभएको छ । रेडियो भैरवी,



 

विराटनगर, १३ असोज । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा प्रदेश सरकार लागि परेको बताउनु भएको छ । 

प्रदेश सरकारले प्रदेश स्तरिय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ती गरिसकेकाले अव अपाङ्गता संवन्धी सम्पूर्ण काम सो समितिले गर्ने उहाँले बताउनुभयो । भीमा खतिवडालाई उपाध्यक्षमा नियुक्त गरेर समितिलाई पूर्णता दिएसँगै अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान हुँदै जाने उहाँले बताउनुभयो । २ वर्षदेखि उपाध्यक्ष नियुक्त हुन नसक्दा समितिले काम गर्न सकिरहेको थिएन । 

प्रदेश सरकारले नीति, कार्यक्रम र बजेट तयार गर्दा अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चिताको माग गर्दै आज मन्त्री साम्सोहाङलाई ध्यानाकर्षण गराउन आएको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ समितिको टोली समक्ष उहाँले सो कुरा बताउनु भएको हो । 

अपाङ महासंघको टोलीले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण हुनुपर्ने, आवस्यक सहायक सामाग्रीको व्यवस्था हुनुपर्ने, दोभाषेको नियुक्ती हुनुपर्ने लगायतका ५ बुँदे माग मन्त्री साम्सोहाङलाई बुझाएको थियो । प्रदेश स्तरका ऐन, कानुन, नीति, निर्देशीका र कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु राज्यको नीति अनुरुप समावेशीकरण गराउन र संघीय स्तरमा बनेका ऐन, कानुन, नीति, निर्देशीका र कार्यक्रमको कार्यन्वयनका लागि सकारात्मक दवाव दिने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघले जनवकालत कार्यक्रमको अभियान अगाडी सारिएको महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत सरोज नेपालीले बताउनुभयो । मन्त्री साम्सोहाङँले महासंघले राखेका माग प्रति आफु सकारात्मक रहेको बताउनुभयो ।  


 


विराटनगर, १३ असोज । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, संखुवासभामा ३, धनकुटामा २, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण भएको हो ।

झापाको विर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२–१२, मेचीनगरमा ८, दमकमा ७, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा ३–३, बाहृदशीमा २, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२, सुन्दरहरैचा र बेलबारीमा ६–६, लेटाङ र उर्लाबारीमा २–२, बुढीगंगा र कटहरीमा १–१, सुनसरीको इटहरीमा २२, धरानमा ६, दुहवीमा ४, इनरुवा र रामधुनीमा २–२, गढीमा १, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फिदिममा २, फाल्गुनन्द र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी, मादी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा १–१, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा आज ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४७ महिला र ६९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 





विराटनगर । रातो तारा डट कम, विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा निर्वाचन पद्धतिबाट क्याप्टेन छनौट भएको छ । स्कूलमा बुधबार निर्वाचन गरेर स्कूल क्याप्टेन र उप क्याप्टेन छनौट गरिएको हो ।

ग्रेडेडमा स्कूल क्याप्टेन छात्रमा कक्षा १० का  सुरज पौद्धार निर्वाचित भएका छन् । यसैगरिल छात्रातर्फको स्कूल क्याप्टेनमा सिमरन राजवंशी रहेका छन् । स्कूल भाइस क्याप्टेन छात्रतर्फ देवराज नारयण महतो, छात्रातर्फ दिया ठाकुर रहेका छन् । कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीले मतदान गरेर क्याप्टर र उप क्याप्टन छनौट गरेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।

 


विराटनगर । रातो तारा डट कम, ६६ औं प्रहरी दिवसको अवसर पारेर विराटनगरमा वृहत निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा आइतबार बिहान विराटनगर बसपार्कमा वृहत रूपमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको हो । 

प्रहरी दिवसको अवसर पारेर एउटा छानामुनी सम्पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए । शिविरमा विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष रूपमा उपस्थित भएर विरामीको स्वास्थ्य परीक्षण गरिने भएको छ । नोबेल मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरू आएर शिविरमा विरामीको उपचार गर्नेछन् । एक दिने शिविरमा स्त्री तथा प्रसूती रोग, बालरोग, हार्डजोर्नी, छाला रोग, नाक, कान, घाँटी, दन्त रोग, आँखा, छाला, मानसीक रोगको उपचार गर्ने विशेषज्ञ चिकित्सकहरू उपचार गर्नेछन् । यस्तै शविरमा सर्जरीका चिकित्सकको पनि सहभागि हुनेछ । ‘एउटै छानामूनी सम्पूर्ण उपचार सेवा प्रदाने गर्ने उद्देश्यले प्रहरी दिवसमा सामाजिक कार्यक्रम आयोजना गरिएको हो,’ मोरङ ट्राफिकका प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक खड्काले भने, ‘शिविरमा सम्पूर्ण क्षेत्रका विरामी यहाँ आएर सेवा लिन सक्नुहुनेछ ।’ शिविरमा आएर चिकित्सकले परीक्षण गरे अनुसारको औषधी पनि विरामीलाई निःशुल्क प्रदान गरिने भएको छ । त्यसको लागि नेपाल औषधी व्यवसायी संघ मोरङले शिविरमा आवश्यक पर्ने सम्पूर्ण औषधी प्रदान गर्नेछ ।  यस्तै शिविरमा ल्याबका सेवा पनि उपलब्ध हुने भएको छ । चिकित्सकले शिविरमा आएका विरामीको स्वास्थ्य परीक्षण गरेपछि विरामीको स्वास्थ्य परीक्षण गरिनुपरेको खण्डमा ल्याब परीक्षण पनि हुने भएको छ ।

१ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरूण कुमार बिसीले उद्घाटन गर्ने शिविरमा मोरङ नेपाल यातायत व्यवसायी महासंघ मोरङ, यातायत मजदुर संघ तथा संगठन, नोबेल मेडिकल कलेज औषधी व्यवसायी संघ मोरङले समन्वय गरेको छ । 



 श्याम राई÷उदयपुर  गाईघाट, १३ असोज। रातो तारा डट कम,आमाको नामबाट छोरा, छोरीको नागरीकता बनाउन सकिने संवैधानिक व्यवस्था भएपनि कार्यान्वयन पक्ष फितलो  हुदा अनेकौ झन्झट र दुख पाउनु परेको भन्दै उदयपुरमा अधिकारकर्मीहरुले सरकाको तिब्र आलोचना गरेकाछन् ।

राष्ट्रिय महिला आयोगले गाईघाटमा बुधबार  यआयेजना गरेको ‘ स्थानीय तहमा न्यायिक समिति तथा पदाधिकारीबीच लैङ्गिक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुच ’ सम्बन्धि अन्तर क्रियामा उनीहरुले त्यस्तो धारणा राखेका हुन् ।

पहिचान खुल्न नसकेको र वेपत्ता बुबाको खोजी गर्दा नभेटिएपछि नागरीकता लिन जिल्ला प्रशासन कार्यालयमा वर्षौ वर्ष धाईरहदा समेत उनीहरुले न्याय पाउन नसकेको महिला मानब अधिकार रक्षक संजालकी अध्यक्ष माया भण्डारीले भनिन् ।

‘ मैले त्यस्ता धेरै पिडित दिदी वैनी भेटेको छु । जो वर्षौ देखि नागरीकताको समस्याबाट जेलिएकाछन् ।’ उनले भनिन् । ‘ सबै प्रकृया पूरा गरेर जिल्ला प्रशासन कार्यालय पुगेपनि उनीहरुलाई अनेकौ वहानामा झन्झट दिने गरिएको छ ।’ राज्यको नीति समावेसी भए पनि महिलालाई हेर्ने दृष्टि कोण पूरानै सोच विचार निहित रहेको हुदा कानूनी अडचन लगाएर नागरीकताबाट उनीहरुको सन्तानलाई वंचित गरिएको छ ।’ उनले भनिन् । ‘ अब फेरी कानूनी लडाई गर्नको अर्को विकल्प छैन ।’

महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेलले महिलालाई अझै राज्यले उपक्षित गरेको हुदा संवैधानिक व्यवस्था भए पनि कार्यान्वयनमा ढिलाई गरेर खुःख दिने गरेको बताईन् । उनले संविधानमा महिला सम्बन्धि लेखिएको बुदाहरु कार्यान्वयन गर्न राज्य तत्पर नभएकै कारण अहिले महिलाले पूर्ण रुपमा अधिकार पाउन नसकेको बताईन् ।

‘ स्थानीय तह संचालन र अधिकार सम्बन्धि ऐनमा बनेका कानून कार्यान्वयन गर्ने मात्र हो भने पनि महिलाहरुको हक अधिकार अझै स्थापित हुदै जान्छ ।’ उनले भनिन् । ‘ अब हामीले कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादबले महिला सम्बन्धि मुद्दामा आफू संवेदनसिल रहेको बताए ।







 

मोरङ, २०७८ असोज १३ गते । मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका ३ का २३ बर्षीय अल्फन लिम्बुलाई लागूऔषध लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ६ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी हिजै बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटी पछाडी सवार रतुवामाई नगरपालिका ९ ईटहरा का २१ बर्षीय गोविन्द थापाको साथबाट प्रतिवन्धित औषधी ट्रामाडोल ४०० गोटी बरामद भएको थियो । सो प्रतिबन्धित औषधी बरामद भए पश्चात स्कुटी चालक उर्लाबारी नगरपालिका ७ का २१ बर्षीय अनिल राय समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

मोरङ, २०७८ असोज १३ गते । मोरङ बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाट स्थितबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ बर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्यरहेकाछन् । हिजो बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम १२० मिलि ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

 

ईलाम, २०७८ असोज १३ गते । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती पौने १० बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागी रोकि राखेको अर्को ट्रकको सहचालक रहेका नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो । ट्रक र चालक पाँचथर का ३४ बर्षीय सुकमान राई प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 



काठमाडौं, १३ असोज । रातो तारा डट कम, गायिका प्रिती आले र गायक पवन रानाको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौं सामाखुसीमा आयोजीत एक कार्यक्रमबिच ‘आलु जस्तो केटी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गायक पवन र गायिका प्रितीको यो दोस्रो सहकार्य हो । यसअघि झण्डै डेढबर्ष अघि ‘भुत्रो मायाजाल’बोलको गीत सार्वजनि गरेका थिए । जुन गीत शिर्षककै कारण विवादित पनि बन्न पुगेको थियो । अहिले सार्वजनिक ‘आलु जस्तो केटी’ गीतलाई त्यसैगीतको दोस्रो पार्टमा रुपमा लिइएको छ ।

सार्वजनिक कार्यक्रममा गायिका प्रितीले यसपटक पनि डान्सिङ गीत दर्शक तथा स्रोतामाफ ल्याएको जानकारी गराइन् । आफूले समय समयमा फरक फरक शैलीका गीत गाउन रुचाउने भन्दै यसपटक पनि केहि फरक गीत सार्वजनिक गरेको बताइन् । ‘लोक गीत सुन्ने दर्शकका लागी केहि नयाँ हुन सक्छ तर लोकगीत भनेर नबुझिदिनुहोला । कतिपय लोकपप् गीतलाई पनि लोक दोहोरी गायिकाले के गीत गाएको भन्ने प्रश्न गर्नुहुन्छ तर मलाई सबै किसिमको गीत गाउन मन पर्छ ।’ प्रितीले भनिन् । ‘डान्सिङ गीतलाई त्यहि अनुसार लिइदिनुहोला ।’

गायिका प्रितीले गीतको शिर्षक किन विवादित बनाउन खोज्नु हुन्छ भन्ने  सञ्चारकर्मिहरुले गरेको प्रश्नमा गीतको शिर्षक हेरेर गीतको मुल्यांकन नगरिदिन अनुरोध गरिन् । प्रितीले अघि भन्छिन्, ‘खासमा केटा र केटी बिचको सम्वाद हुने समयमा रिसाउन प्रयोग गर्ने शब्द हो, आलु जस्तो केटा अथवा आलु जस्तो केटी । आलु भन्ने शब्द नराम्रो होइन’ प्रितीले विवादमा ल्याउनकै लागी यस्तो शिर्षन नराखेको भन्दै प्रष्ट पारिन् ।

यस्तै गीतका गायक पवन रानाले यसअघि गायिका प्रितीसँगको सहकार्यमा दर्शक तथा स्रोताले मन पराइदिनु भएकाले यसपटक पनि सहकार्यलाई अगाडी बढाएको बताए । दर्शक तथा स्रोताको चाहाना अनुरुप यस गीत ल्याएको पवनको भनाई छ । ‘अहिलेको गीत डान्सिङ गीत हो । त्यसैले दोहोरी गीत भनेर नबुझिदिनु होला । दोहोरी गीत किन यस्तो शिर्षक भन्ने प्रश्न गर्नुहुन्छ तर दोहोरी गीतका गायकले फरक शैलीका गीत पनि गाउनुहुन्छ भन्ने बुझिदिनुहुन अनुरोध गर्छु ।’ गीतमा शब्द पनि प्रिती आलेले नै लेखेकी छिन्  भने संगीत पवन रानाको रहेको छ । एरेन्ज विपिन आचार्यको छ ।

गीतमा पवन र प्रितीले पनि अभिनय गरेका छन् । यस्तै उनीहरुसँगै भिडियोमा रञ्जन पाण्डे र अलिसा शर्माको पनि अभिनय छ । भिडियोमा लगानीसमेत गरेका रञ्जनले गीत राम्रो लागेको कारण प्रिती र पवनको टिमसँग जोडिएको बताए । रञ्जनको अभिनयको हिसाबमो यो पहिलो भिडियो हो । यस्तै भिडियोमा ‘द नेक्स्ट’ गु्रपका प्रदीप लामाको कोरियोग्राफि तथा निर्देशन रहेको छ ।




काठमाण्डौ असोज १३ गते । रातो तारा डट कम, चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरू हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र पोखराबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र विराटनगरबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अङ्क बाडेको थियो । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।




 काठमाण्डौ असोज १३ गते । रातो तारा डट कम, यो वर्ष दशैँको लागि प्याजको अभाब नहुने बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । हरेक वर्ष चाडवाड नजिकिएसँगै प्याजको अभाव हुने तथा मूल्यमा दोब्बर बृद्धि हुने गरेको थियो । यसपटक भने प्याज पर्याप्त मौज्दात रहेकाले अभाब नहुने विभागले बताएको हो । नेपालमा प्याजको नियमित आपुर्ती गर्ने प्याज व्यवसायीहरुसँग नियमित सम्पर्कमा रहेको र उनिहरुले प्याजको माौज्दात पर्याप्त रहेको बताएको विभागका निर्देशक तथा सुचना अधिकारी शिबराज सेढाईले सीआईएनसँग बताउनुभयो । नेपालमा करिब तीन लाख मेट्रिक टनको हाराहारीमा प्याजको उत्पादन हुने सरकारी तथ्याङ्क छ । यो नेपालको कुल खपतको करिब ३५ देखि ४० प्रतिशत मात्र हुन आउँछ । बाँकि भने भारत र चीनबाट प्याजको नियमित आयात गरिने विभागले जनाएको छ । 



विराटनगर, १२ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ६, पाँचथर र धनकुटामा ३–३, उदयपुरमा २, ओखलढुङ्गा, ताप्लेजुङ, तेहृथुम, संखुवासभा, भोजपुर र खोटाङमा १–१ जनामा संक्रमण भएको हो ।

झापाको दमकमा १४, विर्तामोडमा १३, अर्जुनधारामा १०, मेचीनगरमा ९, कनकाई र कमल गाउँपालिकामा ७–७, शिवसताक्षीमा ६, भद्रपुरमा ५, बुद्धशान्तिमा ३, कचनकवल र झापा गाउँपालिकामा २–२, बाहृदशीमा १, मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा ४, लेटाङमा ३, पथरीशनिश्चरे, कानेपोखरी, उर्लाबारी र मिक्लाजुङमा २–२, ग्रामथान, बुढीगंगा, सुनबर्षी, रतुवामाई, केराबारी, बेलबारी र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ३१, धरानमा ६, रामधुनी, इनरुवा र बराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा ४, सुर्योदय र चुलाचुलीमा १–१, पाँचथरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, उदयपुरको त्रियुगामा २, ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका, ताप्लेजुङको स्थानीय तह नखुलेका, तेहृथुमको फेदाप, संखुवासभाको खाँदबारी, भोजपुरको पौवादुङ्मा र खोटाङको खोटेहाङमा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४६ महिला र १६१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



 


काठमाडौ । रातो तारा डट कम, फुटबललाई माया गर्ने युवाहरुले २०३७ सालमा स्थापना गरेको सामुदायिक क्लब हो, च्यासल युथ क्लब । आफ्नो स्थापना कालदेखी नै च्यासल युथ क्लबले नेपाली फुटबलमा सक्रिय सहभागिता जनाउदै आएको छ । २०६४ सालमा शहीद स्मारक ‘सी’ डिभिजन लिगमा छनोट भएको च्यासल युथ २०६६ सालमा ‘बी’ डिभिजन लिगमा उक्लिएको थियो । २०७३ सालमा ‘बी’ डिभिजन लिगको विजेता बन्दै च्यालस युथ क्लब ‘ए’ डिभिजन लिगमा उक्लिएको हो । 

ललितपुरको च्यासल युथ क्लबले ‘ए’ डिभिजन लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । क्लबले आगामी सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अन्तर्राष्ट्रिय खेलकुद सामाग्री उत्पादक कम्पनी ‘यूक्यान’सँग ‘किट’ प्रयोजक सम्झैता गरेको छ । क्लबले आजै प्राविधिक निर्देशक ली मान्सन र नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनसँग पनि अनुबन्ध सम्झैता सम्पन्न गरेको छ । 

प्रायोजन सम्झैता पत्रमा यूक्यानका तर्फबाट सीटीएल कम्पनी प्रालीका प्रबन्ध निर्देशक राजेन महर्जन र च्यासल युथ क्लबका तर्फबाट अध्यक्ष रमेश बेञ्जनकारले हस्ताक्षर गर्नु भएको छ । सम्झैताअनुसार सीटीएलले क्लबलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउनेछ । त्यस्तै च्यासल युथ क्लबले सिजनभर यूक्यान ब्रान्डको सामाग्री प्रयोग गर्नेछ । 

यूक्यान :- यूक्यान खेलकुद सामाग्री उत्पादन गर्ने चीनको अन्तर्राष्ट्रिय कम्पनी हो । यस कम्पनीले पछिल्लो ३० वर्षदेखी खेलकुद सामाग्री उत्पादन गर्दै आएको छ । नेपालमा यूक्यान ब्रान्डको आधिकारिक विक्रेता सीटीएल कम्पनी प्राइभेट लिमिटेड रहेको छ । सीटीएल ‘ली–नीङ’ ब्रान्डको समेत नेपालमा आधिकारिक विक्रेता हो । यूक्यानले अष्ट्रेलियाको एडलेइड युनाइटेड क्लबलाई पनि प्रायोजन गरेको छ । 

विराज महर्जन, खेलाडी: -  अखिल नेपाल फुलटबल संघ (एन्फा) एकेडेमीका उत्पादन विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट ७३ खेल खेलिसकेका छन् । २००८ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट विराजले नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् । विराजले नेपालका लागि १८ खेलमा कप्तानी गरिसकेका छन् । 

विराजकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं दक्षिण एसियाल खेलकुद (साग) को उपाधि जितेको थियो । त्यस्तै एएफसी सोलिराडिटी कपमा विराजले नै आर्म ब्याण्ड लगाएर टिमको नेतृत्व गरेका थिए । उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । 

विराजले यसअघि संकटा, एनआरटी, मनाङ मर्याङ्दी, थ्री स्टार र मछिन्द्र फुटबल क्लबबाट शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका छन् । विराजले मनाङ, थ्री स्टार र मछिन्द्र क्लबबाट लिगको उपाधि जितिसकेका छन् । मनाङ र मछिन्द्रले उपाधि जित्दा विराजले कप्तानी गरेका थिए । 

ली मान्सन, प्राविधिक निर्देशक :- स्कटलल्यान्डका ली मान्सन पछिल्लो २५ वर्षदेखी फुटबल प्रशिक्षणमा सक्रिय छन् । उनी पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आवद्ध थिए । उनीसँग फिलिपिन्सको पुरुष यु–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ । मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए । 

मान्सनले खेलाडी जीवनमा स्कटल्यान्डको ग्रेटना र क्विन अफ दी साउथबाट खेलेका थिए । उनले अमेरिकाको रिचमण्ड किकर्सबाट फुटबल खेलेका थिए । 

हाम्रो छोटो समयको जानकारीमा पनि यहाँको गरिमामय उपस्थितिका लागि च्यासल युथ क्लब र मेरो व्यक्तिगत तर्फबाट सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद । 


 

झापा, २०७८ असोज १२ गते । झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा झापा 
कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र  ईलाका प्रहरी कार्यालय अनारमनबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला परे पश्चात पक्राउ गरि थप सोथपुछ गर्दा बिकाश मर्डीको बिर्तामोड १ स्थितमा रहेको डेराबाट समेत गरेर १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद रु. २ लाख ६९ हजार ३ सय, डिजिटल तराजु थान -१, Canon लेखेको डिजिटल क्यामेरा -थान १  र उनले चलाई ल्याएको प्र. १-०१-०१२ प ९५४५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय अनामनीले थप अनुसन्धान गरिरहेको छ ।

 


मोरङ, २०७८ असोज १२ गते । मोरङ रतुवामाई नगरपालिका ८ आँमडाडा  स्थित आँमबारी-उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु एक जना घाईते भएका छन् । हिजो बेलुका ८ बजे मे१त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र-३-०२-००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थानका २७ बर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ बर्षीय यादव पाठक घाईते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये यादव पाठकको उपचारको क्रममा हिजो राती साढे ८ बजे मृत्यु भएको छ । ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ बर्षीय गणेश पासवान ईलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

 


 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ४ मा रहेको वृद्ध गंगा समृद्धि बहुउद्देश्य सहकारी संस्थाद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।संस्थाले बाख्रा पालन उपआयोजनाका लागि सुन्दरहरैंचा नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। 

उक्त सुनुवाई कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले सबैको सहकार्य भएपछि कार्यक्रम सफल हुने बताउँदै उप आयोजनाको लागि वार्डको तर्फबाट सक्दो  सहयोग गर्न तयार रहेको बताएका छन्। त्यसैगरी कार्यक्रमका सभाध्यक्ष उप आयोजना प्रमुख थिर प्रसाद कट्टेलले बाख्रा पालन उप आयोजना सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष बुधराज कट्टेलले स्वागत मन्तव्य राखेका थिए।

यस उप आयोजना नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रिकृत आयोजना, सहयोग इकाई, बिराटनगरको ५० प्रतिशत पुरक अनुदान, राष्ट्रिय सहकारी बैंक विराटचोकको ३० प्रतिशत ऋण लगानी र सोही संस्थाको २० प्रतिशत लगानिमा सम्पन्न हुने गरी सञ्चालन गर्न लागिएको वृद्ध गंगा समृद्धि बहुउद्देश्य सहकारी संस्थाका उपाध्यक्ष सूर्य प्रसाद कट्टेलले बताएका छन्।

कार्यक्रमममा विशेष अतिथि सुन्दरहरैंचाका निमित्त प्रमुख प्रशासकिय अधिकृत साथै पशुपंछी शाखा प्रमुख जीवन चापागाईंले प्रतिवेदनमा उल्लेख गरिएका प्रतिबद्धतालाई कागजी प्रतिबद्धता मात्र नभएर व्यवहारीक प्रतिबद्धतामा उतार्नु पर्ने धारणा राख्दै कार्यक्रम सफतापूर्वक सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट सक्ने सहयोग गर्न तयार रहेको बताएका थिए।

सञ्चालन गर्न लागिएको बाख्रा पालन उप आयोजनाको लागत ७८,४२,५०० रहेको छ भने स्थानिय उन्नत जातका ११० वटा बाख्रा र बोयर जातका ८७ प्रतिशतका ५ वटा बोकाबाट यस उप आयोजनाको शुरुवात गरिने भएको छ।

उक्त उपआयोजनाको लागि व्यवस्थित गरी भौतिक संरचना निर्माण गर्न र सञ्चालन गर्न वृद्धगंगा समृद्धि बहुउद्देश्य सहकारी संस्थाले ५ जना सदस्यीय बाख्रा पालन उपसमिति गठन गरेको छ जसको संयोजकमा थिर प्रसाद कट्टेल, सदस्यमा सूर्य प्रसाद कट्टेल, टिका राम दाहाल, गणपति बास्तोला र टेक प्रसाद बाँस्तोला रहेका छन्।

सुन्दरहरैंचा ४ स्थित वडरामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस वार्ड सभापति कैलाश बस्नेत,नेकपा माओवादी वार्ड कमिटी अध्यक्ष सिता राम सापकोटा लगायतले उपआयोजना को विषयमा आफ्नो विचार राखेका थिए भने वृद्ध गंगा समृद्धि बहुउद्देश्य सहकारी संस्थाका प्रबन्ध निर्देशक देवी प्रसाद खड्काले कार्यक्रम सञ्चालन गरेका थिए।

 


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. ७ स्थित सडक खण्डमा जिल्ला काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ३० को कलाम सिंह लामालाई जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ११  बस्ने बर्ष २७ को बिमल कार्कीले ब्यवसायिक विवादका कारण धारिलो हतियार खुकरी प्रहार गरी घाईते भई हाल काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उपचार भई रहेको र उक्त घटनामा संलग्न जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ११  बस्ने बर्ष २७ को बिमल कार्की र जिल्ला मोरङ धनपाल थान गाउँपालिका वडा नं. १ बस्ने बर्ष ५३ को महमद साजिद मियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ । 



श्याम राई÷उदयपुर  गाईघाट, । रातो तारा डट कम, उदयपुरको पहाडी भेगको लिम्चुङ्गबुङ गाउँपालिकाले जनतालाई सेवा दिने उदेश्यले सार्वजनिक यातायात सेवा संचालन गर्न लागेको छ । तिन वर्ष अघि बस खरिद गर्ने निर्णय गरेसँगै पाँच महिना अघि ३२ लाख रुपैयामा किनेको बसले अबको एकसाता देखि सेवा सुचारु गर्ने गाउँपालिकाका लेखा अधिकृत तारा किरण राईले बताए ।

‘ कोरोना संक्रमणको कारण संचालनमा ढिलाई भयो । रुट परमिट लिने प्रकृया शुरु गरेका छौ । अब सोमबारदेखि लिम्चुङ्गबुङ्गदेखि गाईघाटसम्म नियमित बस सेवा संचालन हुन्छ ।’ उनले भने ।‘ जनताको यातायात नाम दिएको बस सेवा संचालनमा आएपछि जेष्ठ नागरीक र पूर्ण अपाङ्गता भएका गाउँपालिकाका नागरीकलाई निशुल्क सेवा उपलब्ध गराईने गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए । जनतालाई यातायात सेवाको पूर्ण लाभ पुग्ने उदेश्यले तिन वर्ष अधिनै गाउँपालिका आफैले बस सेवा संचालन गर्ने निर्णय गरिएको उनले भने । विभिन्न कारणले समयमा नै यातायात सेवा संचालन गर्न नसकिए पनि अब भने संचालनमा आउने उनले बताए । उनले विद्यार्थीहरु र सामान्य अपाङ्गता भएकाहरुलाई पनि यात्रा गर्दा बस भाडामा सहुलियत दिने बताए ।

अन्य यातायात सेवाले लिदै आएको भाडादर भन्दा जनताको यातायात सेवाले सस्तो भाडामा आफनो पलिकाको बासिन्दालाई सेवा सुविधा दिने तयारी भैरहेको कर्मचारी ज्ञानेन्द्र राईले बताए ।

जन प्रतिनिधिहरुलाई सवारी साधन खरिद गर्नु गाउँ सभालेले छुट्टाएको ५७ लाख ७१ हजार रकमबाट बस किनिएको हो । बस संचालनको लागि चालक र सह–चालक नियुक्ती गरिएको छ । भने सोमबार गाईघाटस्थीत प्रसिद्ध चुरे मंदिरमा सवारी साधनको पूजा गरिएको छ ।

गाउँपालिकाले आफनो क्षेत्र भित्र बाटो घाटो निर्माणको लागि भन्दै पहिलो वर्षमै १ करोड १२ लाखमा स्काभेटर खरिद गरेको थियो ।








 

बिराटनगर । रातो तारा डट कम, मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ पासवान टोल स्थित ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं. ८ बस्ने बर्ष २७ को जफर आलम र भारत अररिया जिल्ला मुरारीपुरग्राम पञ्चायत बस्ने बर्ष २० को साहदिक आलमलाई  चेकजाँचको क्रममा ब्राउन सुगर जस्तो देखिने पदार्थ १.८ ग्राम, ESKUF DX 100 ,    लेखिएको ३ वोतल,  NITRAVET-10,   लेखिएको ९ चक्की र १ थान मोटरसाईकल सहित निजहरूलाई नियन्त्रणमा लिई लागू औषध कसूरमा सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेकोछ । 


विराटनगर, ११ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र संखुवासभामा २–२, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो । 

झापाको विर्तामोडमा २२, मेचीनगरमा १२, दमक र बुद्धशान्तिमा ९–९, अर्जुनधारामा ७, शिवसताक्षी र कनकाईमा ६–६, भद्रपुरमा ४, कमल गाउँपालिकामा ३, गौरादह र हल्दिबारीमा २–२, कचनकवल , बाहृदशी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा १३, बेलबारीमा ९, बुढीगंगामा ६, सुनबर्षी र उर्लाबारीमा ३–३, कटहरीमा २, कानेपोखरी, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३७, धरानमा ७, दुहवीमा ३, रामधुनी, बराहक्षेत्र र इनरुवामा १–१, इलामको इलाम नगरपालिका, धनकुटाको पाख्रिबास र संखुवासभाको धर्मदेवीमा २–२, पाँचथरको स्थानीय तह नखुलेका, ताप्लेजुङको श्रीजंगा, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको फेदाप र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा  १२६ महिला र ११४  पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २  पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




काठमाडौ असोज ११ गते । रातो तारा डट कम,  विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज २ घण्टादेखि आकाशमा उडिरहेको छ। ल्यान्डिङ गियरमासमस्या भएपछि जहाज विराटनगर विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं फर्किएको हो।

त्यो जहाज काठमाडौंको आकाशमा उडिरहेको यो खबर लेख्दासम्म झन्डै २ घण्टा पुग्न लागेको छ। काठमाडौंकै विमानस्थलमा पनि अवतरण हुन नसकेर बुद्ध एयरको जहाज आकाशमै घुमिरहेको हो। जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको छ।

उक्त जहाजलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको बताइएको छ। जहाज आकस्मिक रुपमा अवतरण गराउनु पर्ने भएकोले अहिले विमानस्थलमा तयारी थालिएको छ । बारुणयन्त्र र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो ।


सुनसरी, २०७८ असोज ११ गते । 
सुनसरी दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिनको साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबको करेन्ट लागी मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय दुहबीबाट    प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

 


उदयपुर, २०७८ असोज ११ गते । उदयपुर बेलका नगरपालिका ३ त्रिबेणी चोक स्थित भित्रि सडक खड्मा स्कुटीको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७० बर्षीय हरिण्य बहादुर बस्नेत रहेका छन् । हिजो बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ गईरहेको बा.६६ प ६०५३ नम्बरको स्कुटीले ठक्कर दिई घाईते भएका पैदल यात्री बस्नेतको घोपा धरानमा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको हो । स्कुटी र चालक सोही स्थानका २६ बर्षीय एकराज बि.क.ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

 

 

ताप्लेजुङ, २०७८ असोज ११ गते । रातो तारा डट कम, ताप्लेजुङ सिरिजंघा गाऊपालिका ४तेल्लोक स्थितमा ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय ईन्द्र भट्टराई रहेका छन् । हिजो बेलुका ७ बजे पुर्बबाट पश्चिम आउदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले पदैल यात्री भट्टराईलाई ठक्कर दिई घटनास्थलमानै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बु ईलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 


काठमाडौ  असोज  ११ गते । रातो तारा डट कम,‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लालेजितेकीछन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछि विजेता घोषित भएकी हुन् ।

प्रतियोगितामा फष्टअनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भए । सम्पन्न प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औं संस्करण हो । जसमा अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगीसहभागीभएकाथिए ।

प्रतियोगीताको शिर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका रहेका थिए ।

न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला)मा आयोजना भएको कार्यक्रममा सहभागी अगाडी प्रतियोगिको कोभिड–१९ परिक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा इप्लानेट प्रालीका सहकार्यमा न्यूयोर्क शहरबाट अमित शाहले सुरु गरेका थिए ।  पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।


 


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम, एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्र्तगत आज दुई खेलहरु हुँदैछन् । आजको पहिलो खेल काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । टियु क्रिकेट मैदानमा काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ  भने भैरहवा र चितवन टाइगर्सबीच को खेल साढे १ बजे देखि सुरु हुनेछ । 


 


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कोभिड–१९ महामारीका बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिक रूपमा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ भन्ने नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । दिवसको अवसर पारेर पदयात्रामा जानका लागि हिजो विभिन्न ११ वटा देशका राजदूत पोखरा पुगेका छन् । ४२ औँ विश्व पर्यटन दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले उनीहरूलाई कास्कीको नौडाडादेखि पोखरासम्म पदयात्रा गराउने कार्यक्रम तय गरेको हो । 




 काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम, दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको जनाएको छ । 

प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको जानकारी दिनुभयो । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु भएको सीआईएनसँग बताउनुभयो । राजधानीका विभिन्न १४ स्थानमा प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । 




विराटनगर, १० असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण भएको छ । ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८,  भोजपुरमा १, खोटाङ, संखुवासभा, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा १८, विर्तामोडमा १४, कनकाईमा १०, शिवसताक्षी, बुद्धशान्ति, अर्जुनधारा र कमल गाउँपालिकामा ५–५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, गौरादह र गौरीगञ्जमा १–१,  मोरङको विराटनगरमा ३६, उर्लाबारीमा ४, रतुवामाईमा ३, लेटाङ, बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैचा र केराबारीमा २–२, बुढीगंगा, ग्रामथान र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ८, रामधुनीमा ५, बराहक्षेत्रमा ३, धरानमा २, देवानगञ्ज, इनरुवा, दुहवी र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङमा १, भोजपुरको भोजपुर नगरपालिका, खोटाङको खोटेहाङ, संखुवासभाको खाँदबारी, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा  १६१ महिला र १४६  पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २  पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 











बिराटनगर असोज  १० गते । रातो तारा डट कम, मोरङ उर्लाबारी नगरपालिका वडा नं. ८ राजघाट चौधरी टोल स्थितमा फुटवल खेल्ने क्रममा विवाद तथा झै(झगडा भएको र सोही विषयलाई लिएर मिति २०७८।०४।११ गते मोटरसाईकलमा आई उर्लाबारी नगरपालिका वडा नं . ८ बस्ने बर्ष २१ को सुसन धामी र ऐ।ऐ।बस्ने बर्ष १७ को अभिषेक चौधरीलाई धारिलो हतियार छुरा प्रहार गरी दुवै जना घाईते भई उपचारको लागि द्य७ऋ अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा अभिषेक चौधरीको ऐ। १४.३० बजे मृत्यू भएको साथै सुसन धामी उपचारत सामान्य अवस्थामा रहेको घटनामा संलग्न मुख्य कसूरदार जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं. ७ बस्ने बर्ष २७ को अभिषेक लिम्बु र ऐऐ वडा नं. ८ बस्ने बर्ष २८ को विजय लिम्बुलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं. ८ सिक्टीबाट मिति २०७८।०६।०८ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालत पेश गरिएको छ ।


 


बिराटनगर असोज  १० गते । रातो तारा डट कम,उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलनको कार्य आज १० असोज, २०७८ बाट प्रारम्भ गरेको छ । तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरि डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण – २०७८ शुरु गरिएको जानकारी दिदै संगठनका अध्यक्ष सुयश प्याकुरेलले “एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने योजना रहेको जानकारी दिए । 

संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरि संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरुको सबै र बाँकी अन्य उद्योगहरुको समेत तथ्याकं संकलन गरिने कार्यक्रम रहेको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए । उनका अनुसार उद्योगका विविध आयामहरु समेटिएका करिब १०० वटा प्रश्नहरु लिएर ५ जना गणकहरु तथ्याकं संकलनका लागी सबै उद्योग प्रिितष्ठानहरु पुग्ने छन । संगठनले तथ्याकंको गुणस्तरियतालाई मध्येनजर गर्दै गणकहरुका लागी २ दिनको तालिम समेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरुले मोवाइल एपबाट तथ्याकं संकलन गर्ने छन र यसरी संकलन गरिएको तथ्याकंको गुणस्तरीयता अनलाइन बाटै मोनिटर गर्न सकिने छ । 

फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसंगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याकं संकलनको काम आश्विन महिना भित्रमा सक्ने र मंसिरको पहिलो साता सम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ । संगठनले तथ्याकं सकंलनका लागी खटि आउने संगठनका प्रतिनिधिहरुलाई आफ्नो उद्योग व्यवसायसंग सम्बन्धीत यथार्थपरक सूचना एवं तथ्याकं उपलब्ध गराई संगठनको औद्योगिक तथ्याकं र डाटाबेस तयार गर्ने यो अभियानमा साथ सहयोग गर्न संगठनका सदस्य उद्योग प्रतिष्ठान एवं सरोकारवाला सबैमा हार्दिक अपिल गरेको छ । 



 


केराबारी । रातो तारा डट कम, देशव्यापी संगठन निर्माणमा होमिएको नेकपा माओवादी केन्द्र यतिबेला आफ्ना कार्यकर्ताको भेटघाट र संगठन निर्माणमा व्यस्त बनेको छ ।

जिल्ला, प्रदेश र केन्द्रमा केन्द्रीत नेताहरु नेकपा विभाजनपछि आफ्ना कार्यकर्ता खोज्दै र संगठित गर्दै गाउँगाउँमा पुग्न थालेपछि कार्यकर्तामा नयाँ उत्साह थपिएको छ । 

लामो समयपछि कार्यकर्तासहित केराबारी पुगेका राष्टियसभा सदस्य तथा पूर्व खेलकुद राज्यमन्त्री गोपी आछामीले शनिबार केराबारी ९ मा, प्रदेश सभाका सदस्य तथा मोरङ क्षेत्र नं. १ (क) का सांसद कुशल लिम्बू वडा नं. ५, ६ र ७ मा र प्रदेश कमिटी सदस्य अरुण सुन्दाससहितका विभिन्न नेताहरु केराबारीको वडा नम्बर ३, ८ र १० को वडाभेलामा सम्बोधन गर्न पुगेका थए ।

लामो समयपछि कार्यकर्तालाई संगठित गर्न विभिन्न जनवर्गीय तथा भातृसंगठनका नेताहरु सहित पुगेका नेताहरुलाई माओवादी समर्थक केराबारीका पुराना मतदाताहरुले समसामयिक राजनीतिक घट्नाक्रमभन्दा पनि जनताको परिवर्तन हुने खालका कार्यक्रम ल्याउन सुझाव दिएका थिए । 

कार्यक्रममा राष्ट्रियसभा सदस्य आछामीले माओवादीले राजनीतिक व्यवस्था परिवर्तन गरेसँगै जनजीविकाको व्यवस्था परिवर्तन गर्न नयाँक्रान्तिको आवश्यकता भएकोमा जोड दिए । 

प्रदेश सांसद लिम्बूले माओवादीले ल्याएको एजेण्डामा देश अघि बढेको बताउँदै माओवादीको राजनीतिक एजेण्डामा हिंड्न नसकेपछि ओलीले दुई पटक संसद विघटन गरी पार्टीलाई पनि विघटनको दिशामा लान खोजेको बताए । 

प्रदेश कमिटी सदस्य अरुण सुन्दासले केपी ओलीको स्वेच्छाचारिताका कारण कम्युनिष्ट एकता धरासायी बनेको बताए । आफू प्रधानमन्त्री हुनका लागि पार्टी एकताको नाटक गरेको र लाखौं जनताको भावनालाई कुठाराघात गर्दै संसद विघटन गरेको उनको भनाइ थियो । 

केराबारी ९ को वडा भेलाले थानेश्वर बरालको संयोजकत्वमा २९ सदस्यीय वडाकमिटी गठन गरेको छ । एकता सामुदायिक वन समूहको सभाहलमा भएको भेलाले वडा नं. ३ मा सन्तोष तामाङको संयोजकत्वमा ४१ सदस्यीय, ८ नं. वडामा मिन प्रसाद आचार्यको संयोजकत्वमा २९ सदस्यीय, १० नम्बर वडामा चकमान लिम्बूको संयोजकत्वमा २९ सदस्यीय वडा कमिटी विस्तार गरेको छ । भेलालाई मेक्लाजुंग गाउँपालिका कमिटी इन्चार्ज प्रेमबहादुर लिम्बू, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष डब्लुविक्रम खाण ठकुरीले बधाई तथा शुभकामना दिएका थिए ।

यस्तै शनिवारै सम्पन्न ५, ६ र ७ नं. वडाको भेलाले पनि नयाँ कमिटी गठन गरेको छ । फडिन्द्र विकको संयोजकत्वमा २९ सदस्यीय ५ नं., प्रकाश श्रेष्ठको संयोजकत्वमा २९ सदस्यीय ६ नं. र टेकबहादुर थापाको संयोजत्वमा २९ सदस्यीय ७ नम्बर वडा कमिटी गठन गरेको छ । भेलामा अनेमसंघ जिल्ला अध्यक्ष लता न्यौपाने, प्रेस संगठन मोरङका संयोजक अर्जुन आचार्य, वृहत राष्ट्रिय शिक्षक अभियानका सहसंयोजक श्रीमन्त भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।



काठमाण्डौ असोज १० गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । 

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ । 

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग असोज २७ मा खेल्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् ।



 


काठमाण्डौ असोज १० गते । रातो तारा डट कम,नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठकमा पेश भएको प्रतिवेदन र समूहगत छलफलमा नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले दिने कार्यसूची रहेको छ । 

बिहान ११ बजे बैठक सुरु हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ्ले सीआइएनलाई जानकारी दिनुभयो । केही दिनदेखि जारी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले संगठनात्मक र विधान संशोधन सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो । 

त्यसमा हिजो १० समूहले छलफल गरेर सुझाव दिएका छन् । एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरमा गर्दैछ ।  



 

चिनियाँ राष्ट्रपतिले राष्ट्रसङ्घको महासभामा आफ्नो प्रस्ताव राखेका थिए 

कोरोनाभाइरसको महामारीका कारण खुम्चिएको विश्व अर्थ व्यवस्था र आर्थिक विकासलाई पुनरुत्थान गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै साता अघि सारेको ुविश्वव्यापी विकासको अवधारणाु मा नेपाल सहभागी हुने अपेक्षा एक जना वरिष्ठ चिनियाँ कूटनीतिज्ञले राखेकी छन्।

संयुक्त राष्ट्रसङ्घको महासभामा भिडिओ सन्देशबाट मन्तव्य राख्दै चिनियाँ राष्ट्रपति सीले कोभिड(१९ ले पुर्‍याएको गम्भीर आघातसँग जुझिरहनु परेकाले विश्वव्यापी विकासलाई गति प्रदान गर्न सबैले सन्तुलित, समन्वयकारी र समावेशी वृद्धिको आधार निर्माण गर्नुपर्ने बताएका थिए।

उनले प्रस्ताव गरेको ुग्लोबल डेभलप्मेन्ट इनिसिएटिभुमा ६ वटा मुख्य प्राथमिकता तोकिएका छन्।आफ्ना राष्ट्रपतिको नयाँ प्रस्ताव नेपालका लागि पनि सान्दर्भिक भएको धारणा राख्दै काठमाण्डूस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई उक्त विकास अवधारणामा स्वागत गरिने बताएकी छन्।

अमेरिकी सुरक्षा रणनीति इन्डो प्यासिफिक र उसको विकास सहयता कार्यक्रम मिलेनिअम च्यालेन्ज कर्पोरेसनले निम्त्याएको चर्को धुव्रीकरणमाझ चिनियाँ प्रस्तावबारे काठमाण्डूले राख्ने धारणा प्रस्ट भइसकेको छैन।

चिनियाँ राष्ट्रपतिको प्रस्तावमा के भनिएको छ

राष्ट्रपति सीको प्रस्तावमा विकासलाई वृहत् नीति एजेन्डामा प्राथमिकतामा राख्ने, प्रमुख अर्थतन्त्रहरूबीच समन्वय गर्ने र नीतिगत निरन्तरता दिँदै राष्ट्रसङ्घले सन् २०३० सम्मका लागि निर्धारण गरेका दिगो विकासका मुद्दाहरूको कार्यान्वयनलाई गति दिनुपर्ने भनिएको छ।

मानवको जनजीविकाको सुरक्षा र सुधारमा जोड दिँदै उनको प्रस्तावमा विकासको लाभ सबै मानिसहरूसम्म पुग्नुपर्ने उल्लेख गरिएको छ। फणीन्द्र दाहाल,बीबीसी न्यूज नेपाली



इटहरी । रातो तारा डट कम, नेकपा एमालेकी केन्द्रीय सदस्य पूर्व मन्त्री शिवमायाँ तुम्वाहाम्फेले भोली पनि संसदको अवरोध जारी राख्ने वताउनुभएको छ । सुनसरीको झुम्कामा अनेमसंघ सुनसरीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले नेकपा एमालेका दुई वटा माग पूरा नभएसम्म संसद अवरोध जारी राख्ने वताउनुभयो ।



उहाँले सभामुख गठवन्धन सरकारको स्वार्थ अनुसार चलेको वताउनुभयो । उहाँले अघिल्लो सरकारले सुरु गरेका सडक निर्माणका योजना अहिलेको सरकारले रोकेर जनविरोधी कार्य गरेको आरोप लगाउनुभयो । सभालाई अनेमसंघ केन्द्रीय सचिव मेनुका काफले,केन्द्रीय सदस्य लक्ष्मी गौतम,कुन्ता शर्मा,नेकपा एमाले सुनसरी अध्यक्ष रेवती भण्डारी,राष्टिय परिषद सदस्य मुरारी सुवेदी,अनेमसंघ सुनसरी अध्यक्ष मञ्जु भण्डारी,पुष्कर कार्की,शंकरलाल चौधरी लगायतले सम्वोधन गर्नुभयो । सभामा वोल्ने वक्ताहरुले सुनसरीजिल्लामा पार्टी विभाजनको असर नरहेको वताउदै लालकिल्ला वनाउने दावी गरेका छन ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.