Websoft University
March 2018



विराटनगर, चैत्र १७ गते । रातो तारा डट कम,
आयोजक रिजालको मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वटरफाइनल प्रवेश गरेको छ ।

शनिबार भएको उद्धघाटन खेलमा घरेलु मैदानमा विदेशी पाहुना टिम  भुटानको थिम्पु फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो । मोरङको जितमा भुवन बस्नेत र निशान लिम्बूले गोल गरे ।

मोरङका तर्फबाट ६० औं मिनेटमा बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । गोलरक्षक नग्वाङ टासीले क्लियर गर्न खोज्दा रिबाउण्ड भएको बललाई बस्नेतले पोष्टको दिशा दिएपछि भुटान दवावमा प¥यो ।

अतिरिक्त समयमा निशान लिम्बूले गोल गर्दा मोरङ २–० गोल अन्तरले विजयी बन्यो । अफ्रिकन खेलाडी पियुसको क्रस पासमा वान भर्सेस वानको स्थितीमा लिम्बूले बललाई जाली चुमाउँदा विपक्षी गोल रक्षकले नियाल्न सम्म पनि भ्याएनन् ।

६७ औं मिनेटमा टिसान्दा दोर्जीको प्रहारलाई गोलरक्षक सूर्य अधिकारीले विफल पारिदिंदा भुटानले खेलमा फर्कने अवसर गुमायो । पहिलो हाफ सम्म खेललाई नियन्त्रणमा लिएको मोरङले गोल गर्ने धेरै अवसरलाई भने सदुपयोग गर्न सकेन ।

 उसका आधा दर्जन प्रहारले पोष्टको दिशा लिन सकेनन् । खेल अवधिभर गोल गर्नका लागि पाएका केही अवसरलाई भुटानले पनि खेर फाल्यो । फिनिसिङ पक्ष कमजोर हुनु भुटानका लागि विदेशी मैदान अफापशिद्ध भयो ।

भुटानका प्रशिक्षक जङ्चुक दोर्जीले खेलाडीले सोचे अनुरुप प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । जितपछि मोरङका प्रशिक्षक पारश चौधरीले खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा परिणाम सोचे अनुरुप नै भएको बताए ।

मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) प्रतियोगिताको उद्धघाटन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले गरेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच मोरङका निशान लिम्बू घोषित भए ।

आइतबारको खेलमा संकटा फुटबल क्लब र भारतको मोहम्मेदन स्पोर्टिङ क्लबबीच प्रतिष्प्रधा हुने छ ।


शिव भट्टराई - चैत्र १७ गते । रातो तारा डट कम,
सुन्दरपुर साकोस,गछिया साकोस,दुलारी साकोस,न्यू नमुना साकोस र अग्रणी सामुदायिक कृषि सहकारी संस्था आदिको संयुक्त आयोजनामा सम्पन्न भयो।

यस कार्यक्रममा जम्मा ५२ जनाले ब्लड डोनेशन गरेका थिए।उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक धरानको सहयोगमा सफलतापूर्वक सम्पन्न भयो।



काठमाडौ, चैत्र १७ गते ।  रातो तारा डट कम,श्रीमान सहसचिव र श्रीमती अधिकृत छन् । दुई जनाको तलव भत्ताले सुविधाजनक रुपमा जीवन गुजारा हुन्छ । तर पनि घुस लिएर रातारात करोडपछि हुने मोह हट्न सकेको छैन। 
गृहमन्त्रालयका सहसचिव बाबुराम गौतमकी शाखा अधिकृत पदमा कार्यरत श्रीमती इन्दिरा गौतम खनाल २०७४ चैत ७ गते ९ हजार घुस लिंदालिंदै पक्राउ परेपछि जति कमाइ भए पनि घुस खान छाड्दैनन् भन्ने पाठ सिकाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत इन्दिरा गौतमलाई काठमाडौं हिडेन ट्रेजर नामक सिलाई बुनाई गार्मेन्ट संचालन गर्न उद्योग दर्ताका लागि ९ हजार घुस लिंदालिंदै अख्तियारको टोलीले पक्राउ गरेको छ ।

उनका श्रीमान बाबुराम गौतम हाल गृहमन्त्रालय अन्तर्गत कार्यरत छन् । उनी शाखा अधिकृत हुँदा नै रुपन्देहीको कामु स्थानीय विकास अधिकारी(एलडीओ) भए । उनी ४ बर्ष रुपन्देहीको एलडीओ हुँदा नै अथाह सम्पत्ति आर्जन गर्ने उपसचिवका रुपमा चिनिन्थे ।

जनप्रतिनिधि नभएको समयमा रुपन्देहीबाट ढुंगा गिटी भारतततर्फ तस्करी गरी उनले करोडौं रुपैयाँ आर्जन गरेका थिए । सहसचिव बढुवा भएपछि उनी गृह मन्त्रालयमा सरुवा भएर पाल्पाको प्रमुख जिल्ला अधिकारी भएका थिए । (न्युज २४ बाट)


काठमाडौँ, चैत्र १७ गते । रातो तारा डट कम, महिलाविरूद्धको हिंसालाई दण्डनीय गरी पीडितलाई क्षतिपुर्ति दिनुपर्ने माग गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको अन्तक्र्रियामा हिंसा न्युनीकरणका लागि संविधानको मौलिक हकसम्बन्धी प्रावधानका आधारमा सशक्त कानुन निर्माण गर्न जोड दिइयो।

सांसद कृष्णभक्त पोखरेलले संविधानमा महिला अधिकार तथा सहभागिताको सुनिश्चितता गरिए पनि उनीहरूविरूद्ध अझै पनि शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिकलगायत हिंसा हुने गरेकामा चिन्ता व्यक्त गर्दै कडाभन्दा कडा कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सहसचिव राधिका अर्यालले दण्डहीनताका कारण समाजमा अहिले पनि बोक्सीको आरोपमा दिउँसै महिला कुटिने अवस्था रहेको बताउँदै छलफलमा विज्ञबाट आएका सुझावका आधारमा कानुन निर्माण गरी चाँडो संसद्मा मस्यौदा पठाइने जानकारी दिनुभयो ।

महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले पीडितले स्थानीय तह, प्रहरी र अदालतमा उजुरी गर्न नसक्दा न्याय पाउने अवस्था नरहेको बताउँदै घटनामा संलग्न अपराधी, मतियार तथा मुकदर्शकलाई समेत दण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

पीडकले क्षतिपुर्ति भर्न नसकेमा राज्यले उत्तरदायित्व बहन गर्ने गरी कानुन बनाउन उहाँले सुझाव दिनुभयो । आगामी असोजभित्र अनिवार्य रूपमा कानुन बनाउनुपर्ने बाध्यता रहेको बताइएको छ ।


विराटनगर,चैत १७ गते । रातो तारा डट कम,
विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ सस्करण आजदेखि विराटनगरको शहिद मैदानमा शूरु हुने भएको छ । विराट गोल्डकपको आज हुने उद्घाटन खेल आयोजक रिजालको मोरङ ११ र भुटानको थिम्पु क्लबबीच प्रत्स्पिर्धा हुने छ ।

मोफसलमा पहिलो पटक आयोजना गरिने दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिता प्रत्येक दिन वेलुका ६ बजेदेखि शूर गरिने आयोजक सिमितीका अध्यक्ष नविन रिजालले जानकारी दिए । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रतियोगिताको उद्धघाटन गर्ने भएका छ ।

उद्धघाटन अघि १२ वर्ष मुनीका ५० खेलाडीसंग सिनियर खेलाडीले मनोरञ्जनात्मक खेल प्रदर्शन गर्ने गोल्डकप अध्यक्ष रिजालले जानकारी दिए । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा नेपालको ८ वटा ए डिभिजन क्लबसँगै भुटान र भारतको दुई वटा टोली गरी कुल १० टोलीले प्रतिस्पर्धा गर्दैछन्।प्रतियोगितामा विदेशी पाहुना टिमका रुपमा भारतको मोहम्डन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लबले सहभागिता जनाउने छन् ।

अध्यक्ष रिजालका अनुसार नेपालका तीन विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरी वल सहित मनाङ मस्र्याङदी, संकटा, थ्री स्टार, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर आठवटा टिम छन् । २०७२ सालको डिफेन्डीङ च्याम्पियन नेपाल पुलिस क्बल हो ।

‘मोफसलमा पहिलो पटक भिन्न तरिकाले रात्रिकालीन फुटबल आयोजना गरिंदै छ,’ रिजालले भने, ‘यसका लागि सबै तयारी पूरा भइसकेको छ ।’ उनका अनुसार रात्रिकालीन समयमा फ्रडलाइटमा खेल खेलाएर गोल्डकपलाई निरन्तरता दिन लागिएको हो ।

‘विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत सबै पेशाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस र प्रतियोगिता रोमाञ्चक बनोस भनेर डे–नाइट खेल आयोजनाको जमर्को गरिएको हो,’ रिजालले भने, ‘दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, फुटबल प्रतिको आकर्षण बढाउने, नेपाली खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, स्थानीयलाई विदेशी खेलाडीसंग खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यवसायिक रुप प्रदान गर्ने र विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने प्रतियोगिताको मुख्य उदेश्य छ ।’

गोल्डकपका लागि विराटनगरको शहिद रंगशालामा ३६ हजार वाट क्षमताको फ्रडलाइट जडान गरिएको हो । ३५ लाख रुपैयाँ खर्च गरेर ६ वटा फ्रडलाइट जडान गरिएको छ । महिला दर्शकलाई फुटबल हेर्नका लागि छुट्टै प्यापिटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पूरै खेल हेर्ने दर्शकलाई लक्षित गरेर लागि आयोजकले सिजनल टिकटको व्यवस्था समेत गरेको छ । सिजनल टिकटको मूल्य एक हजार पाँच सय रुपैयाँ राखिएको छ । ‘यो टिकट एक पटक काटेपछि पूरै खेल हेर्न पाइने छ,’ अध्यक्ष रिजालले भने, । उनले सिजनल टिकट दैनिक रुपमा काट्नु पर्ने टिकट भन्दा सस्तो भएकाले पनि दर्शक यो टिकटतर्फ आकर्षित भएको जानकारी दिए ।

गोल्ड कप विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालित सो प्रतियोगिता २०६८ देखि विराट गोल्डकपका नाममा सञ्चालन हुँदै आएको छ । गणतन्त्र स्थापना भएसँगै नाम परिवर्तन गरेर महेन्द्र गोल्डकपबाट विराट गोल्डकप बनाइएको हो ।



काठमाडौँ,चैत्र १७ गते । रातो तारा डट कम, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागद्वारा आयोजित गोष्ठीको उद्घाटन गर्दै नेता नेपालले उक्त क्षेत्रमा गरिने लगानीले देशमा ठूलो संख्यामा रोजगार सिर्जना गर्ने बताउनुभयो ।

पूर्वाधारका योजना सम्पन्न भएपछि मात्र ठेकेदारलाई भुक्तानी दिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो–“भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ, प्रधानमन्त्रीले विभागीय मन्त्रीलाई निर्देशन दिनुभएको छ, अब सचिव, महानिर्देशकले भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नुपर्छ ।”

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राजनीतिक अस्थिरताले देशमा विनियोजित विकास खर्च उपयोग हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उक्त क्षेत्रमा कानूनका अभावले देखिएका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले आगामी वैशाखभित्र सडकमा रहेका खाल्डाको व्यवस्थापन गरिने जानकारी गराउनुभयो । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सडक विस्तारका कारण धुवाँ, धुलो, ट्राफिक चापको समस्या रहेको बताउँदै छिटोभन्दा छिटो सडकको स्तरोन्नतिका साथै राष्ट्रिय महत्वका आयोजना तथा पूर्वाधार समयमै पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

विभागका प्रमुख डा विजय पौडेलले समाजवादका लागि भौतिक पूर्वाधारकाबारे कार्यपत्र प्रस्तुत गर्दै सो क्षेत्रमा गरिने लगानीको औचित्य, यातायात क्षेत्रको विकासले कृषि क्षेत्रमा पर्ने प्रभाव सम्बन्धी जानकारी गराउनु
भयो । मन्त्रालयअन्तर्गतका विभिन्न विभागका प्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञले छवटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


काठमाडौँ, चैत १७ गते । रातो तारा डट कम, सरकारले बजार अनुगमनलाई थप व्यवस्थित, प्रभावकारी र भरोसायोग्य बनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपाल चेम्बर अफ कमर्शले आज बुझाएको ज्ञापनपत्र बुझ्दै बजारलाई पारदर्शी र मर्या्दित बनाउँदै कानून कार्यान्वयन गराउन निजी क्षेत्रले सहयोग गर्नुपर्ने औँल्याउनुभयो ।

उहाँले उपभोक्ता अधिकारको सम्मान गर्न र कानूनको दायरामा रहेर व्यापार व्यवसाय गर्न आग्रह गर्दै व्यवस्थित बजार अनुगमनका लागि कार्य्विधि बनाइने र कालोबजारी ऐनलाई समयानुकूल संशोधन गरिने बताउनुभयो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पुरानो कालोबजारी ऐनको संशोधनतर्फ लाग्न मन्त्री यादवको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले व्यापार घाटा चुलिइरहेका बेला निर्यातजन्य उद्योग तथा व्यवसायलाई विशेष सहुलियत दिनुपर्ने तथा व्यापार प्रवद्र्धनका विषयमा सरकारले सहजीकरण गर्नेतर्फ विशेष जोड दिनुभयो । 


काठमाडौँ, चैत्र १७ गते । रातो ताता डट कम, नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ । टेलिकमद्वारा यहाँ आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गर्नुभयो ।

कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । यस्तो सापटी रकम रु पाँचदेखि रु ४० सम्म उपलब्ध हुने र सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।

कम्तीमा तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कति रकम सापटी लिन सकिन्छ भन्नेबारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिनेछ ।

“यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सञ्चालन गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ”, प्रवक्ता वैद्यले भन्नुभयो । एक पटक लिएको सापटी रकम तिरेपछि मात्र अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।

सो अवसरमा राज्यमन्त्री बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवाको शुरुवात् गर्नु सकारात्मक हो भन्नुभयो ।
“टेलिकमले ‘नमस्ते क्रेडिट’ सेवा शुरु गर्दै आक्रामक बजार प्रवद्र्धन गर्ने नीतिको प्रारम्भिक एउटा पाइलोमात्रै हो भन्ने मैले बुझेको छु, अरु यस्ता धेरै काम टेलिकमले गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले टेलिकमका अन्य सेवाको तुलनामा प्रिपेड सेवा अधिकांश नेपालीले प्रयोग गरिरहेकाले सो सेवाबाट कम्पनीको प्रतिस्पर्धी क्षमता र गुणस्तरीयता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने सेवाबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास बढ्ने बताउनुभयो ।

काठमाडौ - सल्यान, चैत्र १७ गते । रातो तारा डट कम, प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना दिने कार्यमा कञ्जुस्याइँ नगर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

सदरमुकाम खलंगामा जनप्रतिनिधिका लागि शारदा नगरपालिकाले आयोजना गरेको ‘आधारभूत कानून, सुशासन तथा सूचनाको हक’ विषयको गोष्ठीमा उहाँले कार्यालयमा हुने हरेक सूचना नलुकाएर जस्तातस्तै नागरिकलाई दिनुपर्ने बताउनुभयो । नागरिकले मागेको सूचना कर्मचारीले नदिएमा भ्रष्टाचारको आशंका हुने बताउँदै उहाँले सूचना माग्ने कुरामा पछि नहट्न पनि आग्रह गर्नुभयो । 


विराटनगर,चैत १६ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई षस्टिका बस्नेत सूचनाको अधिकार पुरुस्कार प्रदान गरिएको छ । षष्टिका बस्नेत सूचनाको अधिकारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवस पारेर पत्रकार महासंघ मोरङ शाखाले ५१ हजार रुपैया रासीको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार दाहाललाई प्रदान गरेको हो ।

विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र राष्ट्रिय सूचना आयोगकी आयुतm योशदादेवी तिम्सिनाले महासंघका पूर्व अध्यक्ष दाहाललाई सो पुरस्कार संयुतm रुपमा प्रदान गरेका थिए ।

यस्तै कार्यक्रममा षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कारबाट राजु श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ११ हजार रहेको छ । षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहान पुरस्कार यसै वर्ष स्थापना गरिएको हो ।

कार्यक्रममा राधिका ट्रष्टका तर्फबाट धनकुटाकी साहित्यकार झमक घिमिरेलाई १ लाख १ हजार १ सय रुपैयाको पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा संघीय मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, उद्योग, वन तथा पर्यटन मन्त्री जगदीश कुशियत, आर्थिक तथा योजना विकास मन्त्री इन्द्रबहादुर आङबो, सामाजिक विकास मन्त्री जिवन घिमिरे ,सम्मानित व्यक्ति तारानाथ दाहाल, सूचना आयोगकी आयुक्त यसोदा तिम्सिना लगायतले पत्रकारहरले लोकतन्त्र, प्रजातन्त्र स्थापनाका लागि खेलेको भूमिका चर्चा गर्दैै आउने दिनमा निर्भिक भएर सत्य तथ्य सामाचारमा पत्रकारका कलम अझै ससक्त चल्न सकुन भनेर सुभकामना दिनुभएको थियो ।


उर्लाबारी, मोरङ, चैत १६ गते । रातो तारा डट कम,
राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ ।

उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को आज अपराह्न उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद भएको बताउँदै संग्रहालयको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले राज्यस्तरबाटै यसको संरक्षण र प्रवद्र्धनको अपेक्षा आफूले गरेको स्पष्ट गर्नुभयो । राष्ट्रपति भण्डारी जननेता मदन भण्डारीकी धर्मपत्नी हुुनुहुन्छ । संग्रहालयले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताउँदै राष्ट्रपति भण्डारीले संग्रहालय वरिपरिको वातावरण पनि दर्शकमैत्री बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

“मदन भण्डारी संग्रहालय विद्वानका लागि एउटा स्रोतस्थल र सर्वसाधारणका लागि खुला पाठशाला हुनेछ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसको संरक्षण र सम्वद्र्धन गर्दै यसलाई सिंगो समाजको सामाजिक सम्पत्तिका रुपमा विकास गरिनुपर्छ । संग्रहालयमा संरक्षित वस्तुहरु मासिन र बिग्रन नदिन आवश्यक प्रबन्ध मिलाउनुपर्छ, यसका लागि रेखदेख र सञ्चालनमा संलग्न जनशक्तिलाई यथोचित तालीम दिनु
पर्छ ।”

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले संग्रहालयले नयाँ पुस्तालाई मदन भण्डारीका बारेमा थप जिज्ञासु बनाउने बताउनुभयो ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्मृति प्रतिष्ठानलाई प्राविधिक शिक्षाको केन्द्र बनाइने आश्वासन दिनुभयो । 

स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले प्रतिष्ठानलाई प्रौद्योगिक विश्वविद्यालय बनाउन सङ्घीय संसद्मा विधेयक विचाराधीन रहेकाले त्यसलाई पारित गर्न सरकार र सांसदहरुलाई आग्रह गर्नुभयो ।

तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले पुरातत्व विभागको आर्थिक सहयोगमा प्रतिष्ठानले संग्रहालय निर्माण गरेको हो । संग्रहालयमा जननेता भण्डारी जन्मेदेखि दासढुंगा दुर्घटनासम्मका सामग्री राखिएको छ ।

रु तीन करोडको लागतमा निर्मित संग्रहालय यही चैत १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिनेछ । 

काठमाडौँ, चैत्र १६ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौजना पूर्वसभापतिलाई आज सम्मान गरेको छ । सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख कृष्णबहादुर महराले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरुमा महासंघका पूर्वसभापतिहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठूरी, शिव गाउँले र डा महेन्द्र विष्ट हुनुहुन्छ । मुलुकमा स्वतन्त्र प्रेसको रक्षा र लोकतन्त्रको पक्षमा महत्वपूर्ण योगदान पु¥याएबापत महासंघले उहाँहरुलाई सम्मान गरेको हो ।

महासंघको भूमिका सबैको सामु जगजाहेर छ
सो अवसरमा सभामुख महराले निरङ्कुशविरुद्ध र लोकतन्त्रको पक्षमा पत्रकार महासंघले खेलेको भूमिका सबैका सामुन्ने जगजाहेर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पत्रकारिता जगत् समाजको ऐनाको भूमिका खेल्दै आएको छ, समाज रुपान्तरणमा सञ्चार क्षेत्रको ठूलो योगदान रहेको छ, मुलुकमा प्राप्त उपब्धिलाई ठिक ढंगले उपयोग गर्न र सही दिशातर्फ उन्मुख गराएर समृद्धिसँग जोड्ने कामको दायित्व पत्रकारिता क्षेत्रले लिनुपर्छ ।

सभामुख महराले नेपाली पत्रकारिता क्षेत्रको गौरवमय इतिहास, विश्वसनीयता र मर्यादालाई बचाइराख्न महासंघले ख्याल गर्नु पर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा चुनौतीको पहाड नै रहे पनि अग्रजले गौरवपूर्ण ढंगबाट राखेको साझा चरित्र, गरिमा र वजलाई बचाइराख्ने प्रतिबद्धता जनाउनुभयो ।

पूर्वसभापति हरिहर विरहीले नेपाली प्रेस जगत्ले निर्धक्क भएर काम गर्न सक्ने अवस्था अझै नरहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको विश्वसनीयता र गुणस्तर विकासमा महासंघ अझै सक्रिय भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले पत्रकारिता क्षेत्रले राम्रा कामलाई प्रवद्र्धन र नराम्रा कामलाई निरुत्साहन गर्दै देश र जनताको हितमा काम गर्न आवश्यक रहेको धारणा व्यक्त गनर्
ुभयो । विसं २०१२ साल चैत १६ गते स्थापना भएको पत्रकार महासंघले घोषित आदर्शप्रति अविचलित रही ६३ औँ वसन्त पार गरिसकेको छ ।

महासंघका महासचिव रमेश विष्टले आधा शताब्दीभन्दा बढी समयदेखि समाजको अग्रणी साझा संस्थाका रुपमा सशक्त भूमिका निर्वाह गर्दै आएको महासंघले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गराउनुभयो ।

महासंघको नेतृत्वलाई स्थापनाको इतिहासको स्मरण गर्दै उज्ज्वल भविष्यका लागि चिन्तन गर्न वक्ताहरुले सो अवसरमा सुझाव दिनुभयो । समारोहमा सभामुख महराले महासंघद्वारा प्रकाशित पत्रकारिता स्थापना दिवस विशेष विशेषाङ्कको विमोचन पनि गर्नुभयो ।

(फायल फोटो)

श्याम राई-गाइघाट,चैत १६ गते । रातो तारा डट कम,
उदयपुरगढी गाउँपालिका वडा नं. ६ धप्परमा बिहीबार राती छोराले आमाको बस्दै आएको घरमा आगजनी गरेका छन् ।

आमा हुँदा छोरा छत्रबहादुरले आमा बस्ने घरमा आगो लगाएका छन् । आगलागीबाट घर पूर्ण  रुपमा जलेर नष्ट  भएको जिल्ला प्रहरी कार्यालयका एस्पी नबराज भट्टले बताए।

करिब ३ लाख रुपैया बराबरको क्षति भएको अनुमान छ ।
आगजनी पछि सार्की फरार रहेकोले उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।


रबिन्द्र बराल-रंगेली,चैत्र १६  गते । रातो तारा डट कम,
माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको ईलाका प्रशासन कार्यलयमा प्रमुख नहुँदा सर्वसाधारणहरु मार्कामा पर्न थालेका छन ।  कार्यालय प्रमुख बिहिन भन्ने समचार चैत्र  ४ गते रातो तारा, लगाएत बिभिन्न अनलाइनमा  लगाए समचार प्रशित  भए पछि संधीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंंण्डितकाेे  निर्देशनमा  तेर्हथुमका  सायक सिडियाे  जयप्रकाश बस्नेतलाई  सरुवा गरि रंंगेली स्थित ईलाका  प्रशासन  कार्यलयमा पठाएकोछ ।

रंगेली ईलाका प्रशासन कार्यलयले यस भेगमा रहेका रंगेली नगरपालिका,सुनवर्सि नगरपालिका,रतुवामाई नगरपालिका, धनपाल गाउँ पालिका र कानेपाेखरीका केही गाउँका  जनता हरु यस ईलाका प्रशासन कार्यलयमा अाएर सेवा लिने गरेका छन ।


मोरङ, चैत्र १६ गते। रातो तारा डट कम,
मोरङको  विराटनगर महानगरपालिका-१९ स्थित  घिनाघाटबाट प्रहरीले विहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला धनुषा ढल्केबर- ४ बस्ने ३४ बर्षिय सुवास थापा, जिल्ला  सिन्धुपाल्चोक सिमपानी यमुना घर भई हाल  काठमाण्डौ स्यम्भू ३६ बर्षिय  सुनम लामा र मोरङ बेलबारी नगरपालिका-७ बस्ने २६ बर्षिय  गणेश भन्ने गोपी भेटुवाल रहेका छन्।

ना ४० प ७१०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई दिउँसो १ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथाबट  नाईट्रजन ट्याबलेट १०२ र  फेनारगण १५ पिस बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई अस्थायी प्रही चौकी घिनाघाटमा राखी थप अनुसन्धान भइरेहको छ।


बेलबारी,चैत्र १६ गते । रातो तारा डट कम,
नयाँवर्ष २०७५ सालको पावन अवशरमा मोरङको केराबारी ९ कुसुमेमा वृहत सांगीतिक कार्यक्रम हुने भएको छ ।
कुसुमे साईनिङ क्लवद्धारा आयोजित सांगीतिक कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेलको बेजोड प्रस्तुति रहने भएको छ । कार्यक्रममा गरिमा डान्स सेन्टर धरान र स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रमबाट संकलित रकमले संगीतको विकास र खेलमैदान विस्तारका लागि लगानी गर्ने बताईएको छ । कार्यक्रमका लागि स्थानीय संघसंस्था तथा प्रवासमा रहने कुसुमे देवीझोडाको सहयोग गर्ने क्रम जारी रहेको छ । कार्यक्रमकै लागि साउदीमा रहने सुरज सुपरन लावतीले दश हजार कोरियामा रहने सुरज मगरले १५ हजार सहयोग प्रदान गरेको क्लवका सचिव अमर राईले बताएका छन् ।

क्लवले प्रत्येक वैशाख १ गते सांगीतिक कार्यक्रम गर्दै आएको छ । गतसालको कार्यक्रममा क्लवले विल्सन विक्रम राई तोक्मेबुढा, मेलिना राई, बोकेदारी , गरिमा डान्स सेन्टर लगायतको कलाकारको उपस्थितिमा कार्यक्रम गरेको थियो ।


काठमाण्डौं,चैत्र १६ गते । रातो तारा डट कम, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले हालसम्म किसानलाई रु ४० करोड भुक्तान गर्न नसक्दा उखु उत्पादक किसान मारमा परेका छन् ।

उद्योगले बुधबारसम्म किसानबाट रु दुई अर्ब मूल्य बराबरको उखु खरिद गरेर रु एक अर्ब ३५ करोड भुक्तानी गरे पनि बाँकी किसानलाई रु ४० करोड दिन नसक्दा मारमा परेको सम्बद्ध किसानको गुनासो छ ।

हरिवन नगरपालिका–१ मा रहेको सो चिनी मिलमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका किसानले उत्पादन गरेका करिब ८७ हजार बिगाह क्षेत्रफलको उखु बिक्री हुँदै आइरहेको छ ।
नगदेबालीको रुपमा रहेको उखुखेतीतर्फ किसान व्यवसायिकरुपले खेती गर्दै आएकाले यस उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा ५५ हजार परिवार लाभान्वित हँुदै आएको चिनी मिल प्रशासनले जनाएको छ ।

विसं २०४२ मा स्थापना भएको सो उद्योगले चालू आर्थिक वर्षको हालसम्म ३६ लाख १५ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ । नेपालमा वार्षिक सवा दुई लाख मेट्रिक टन चिनी खपत हुने गरेपनि उद्योगले यस वर्ष ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।

बत्तीस वर्षको लामो इतिहास बोकेको उद्योगले सबभन्दा बढी यसवर्ष उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष नेपालमा एक लाख २७ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो ।
प्रदेश नं २ मा छ वटा चिनी उद्योग सञ्चालनमा रहेको छ भने दुई वटा उद्योग निर्माणाधीन अवस्थामा छ ।

प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसामा उखु खरिद गर्दैआएको चिनी मिलले यस वर्ष पाकिस्तान र बंगलादेशबाट चिनी नेपाल आइसकेकाले हालसम्म किसानलाई भुक्तानी दिन नसकिएको जानकारी दिंदै उपप्रबन्धक योगनारायण रजकले राससलाई भन्नुभयो, “आउँदो साउन मसान्तसम्ममा बाँकी रकम भुक्तान गरिने छ ।”

मिलले चिनी बिक्री भएपछि मात्र उखुको भुक्तानी दिने भनेकाले किसान आर्थिक मारमा परेका हुन् । सर्लाही जिल्लाको पश्चिमी नाकाबाट भारतीय उखु तस्करी भई आउने गरेकाले पनि लागतअनुसारको मूल्य किसान पाउन नसकेको उखु किसान राम कलेवर साह र शुभनारायण रायको गुनासो छ ।

किसानले ऋण काढेर उखुखेती गरे पनि चिनी मिलले समयमा उखुको भुक्तानी दिन नसक्दा उनीहरु ऋणमा डुब्ने गरेको बताइएको छ ।

काठमाडौँ,चैत्र १६ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति र समृद्धि कायम गर्न प्रत्येक नेपाली नागरिकको उत्तिकै भूमिका हुने बताउनुभएको छ ।

नेपाल जैन परिषद्ले यहाँ आज आयोजना गरेको ‘ भगवान महावीरको २६१७ औं जन्मकल्याण महोत्सव’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक निर्माणमा आ–आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्न सबैसँग अपिल गर्नुभयो ।

“मुलुकमा संविधान जारी भइसकेको छ, अब सरकारको एक मात्रै एजेण्डा विकास र समृद्ध हो, समाजमा शान्ति सु–व्यवस्था कायम गर्न हरेक व्यक्तिको योगदान महत्वपूर्ण हुन्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।

समाजलाई शान्तिपूर्ण गोरेटोमा हिँडाउन महावीर जैनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको एकल प्रयासले मात्र समाजमा शान्ति ल्याउन कठिन भएको बताउनुभयो ।

२६१७ वर्ष अघि जन्मनुभएका महावीर जैनको सान्दर्भिकता अझै रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले अब सबै जातजाति, धर्म, सम्प्रदायको सुख र समृद्धिसँगै मुलुक निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रवद्र्धन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।


श्याम राइ, गाईघाट,चैत्र १६ गते । रातो तारा डट कम, ट्रेेड युनियन कांग्रेस स्वतन्त्रको विहीबार सम्पन्न छैठो जिल्ला अधिवेशनबाट केदार कटुवाल अध्यक्षमा दोश्रो पटक निर्विरोद चयन भएकाछन् ।
.
समितिको उपाध्यक्षमा खुल्लातर्फ नेज प्रसाद ढकाल, महिला उपाध्यक्ष शान्ति कुमारी राई, सेवातर्फ उपाध्यक्ष नारायण भक्त ठकुरी, उत्पादन क्षेत्रतर्फ उपाध्यक्ष सरोज कुमार थापा, अनौपचारी तथा रोजगारीतर्फ हिरालाल ठाकुर, सचिब भोग नारायण साह, सह–सचिब खुल्ला ज्ञान वहादुर कटुवाल, कोषाध्यक्ष खुल्ला शेखर खड्का, सह कोषाध्यक्ष महिला लिला कुमारी कार्की निर्विरोध चयन भएको छ ।

त्यसैगरि लेख नाथ चौधरी, भुवन प्रसाद भट्टराई, दुर्गा वहादुर मगर, एक वहादुर मल्ल, विरेन्द्र बस्नेत, सरिता ठाकुर, भिनास राई, शसिकला परियार र आस्था राई सदस्यमा चयन भएको
 ट्रेेड युनियन उदयपुरले जनाएको छ ।


श्याम राई-उदयपुर,गाईघाट, चैत्र १५ गते । रातो तारा डट कम,
उदयपुरको कटारीमा जारी चौथो कटारी मेयर गोल्डकप प्रतियोगितामा गोरखा बाईज रुपन्देहीलाई ० – ३ गोल गर्दै संकटा कल्ब काठमाडौं फाईनलमा प्रवेश गरेको छ ।

कटारी बसपार्क मैदानमा विहीबार भएको दोश्रो सेमि फाईनलनमा संकटाको लागि प्रकास बुडाथोकीले पहिलो गोल गरे । उनले २९ औ मिनेटमा फि किकको सदुपयोग गरि टिमको लागि पहिलो खाता खोले ।

पहिलो हाफमा १–० को अग्रतालिएको संकटाको लागि ८७ औ मिनेटमा नाईजेरियन खेलाडी ईब्राहिमले आकर्षक गोल गर्दै गोल अन्तर २–० पुराए त्यसै गरि ९० औ मिनेटमा संकटाको तर्फबाट सन्त तामाङ्गले तेश्रो गोल गरेर ३–० गोल अन्तर बनाएको थियो ।

रुपन्देहीले पहिलो हाफमा पटकपटक गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । खेलको म्यान अफ दि म्याच संकटाको ईब्राहिम बने उनले नगद ५००० हजार र प्रमाण पत्र पाए । अब उपाधिको लागि शनीबार संकट र झापा–११ बिच प्रतिस्पर्धा हुँदै छ ।

गोल्डकप विजेयताले नगद रु ५००००० लाख सहित ट्रफी र उप विजेयताले नगद रु २५१०००  पाउने मुल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताए ।




काठमाडौं,चैत, १५ गते । रातो तारा डट कम,
राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवनमा प्रवेश गरेकी छन् ।

नेपालको संविधान जारी भएपछि गत मंसिर १० र २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको थियो । यसैगरी माघ २४ गते राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको थियो ।

निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभा गठन भएका थिए । ती दुवै सदनको संयुक्त बैठकलाई आज राष्ट्रपति भण्डारीले सम्बोधन गरेको यो पहिलो पटक हो । संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका छन् ।

बैठकमा राष्ट्रपति भण्डारीलाई सम्बोधनको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् । संघीय संसद्को संयुक्त बैठक अपरान्ह ४ बजे बाट सुरु भएको छ ।

राष्ट्रपतिलाई स्वागत,
संघीय संसद्मा सम्बोधनका लागि राष्ट्रपति भण्डारी शान्तिनगर गेटमा पुगेपछि बग्गीमा चढेर संसद भवन पुगेकी थिइन् । राष्ट्रपति भण्डारी संघीय संसद भवन पस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, सरकारका मन्त्रीहरु लगायत विशिष्ठ व्यक्तिले स्वागत गरेका थियो ।

राष्ट्रपतिको स्वागतका लागि संसद भवनलाई सिंगारेर दुलही जस्तो बनाईएको थियो । संसद प्रवेश द्धारमा रातो कार्पेट विछ्याउनुको साथै पुर्वी भागमा पानीको फोहोरा तथा रंगीचंगी फुलका गमलाले सजिसजाउ पारिएको थियो ।

राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी दिएको थियो । राष्ट्रपतिको सम्बोधनमा संबैधानिक निकायका प्रमुख, सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति थियो ।

संविधानको धारा ९५ को दफा २ मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक बर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

त्यसैगरी सोही धाराको दफा १ मा संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आव्हान गर्न सक्ने व्यवस्था छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य छन् । (माउन्टेन टिभी बाट)


काठमाडौ चैत्र १५ गते । रातो तारा डट कम,शिव भट्टराई-चलचित्र लिलिबिली यही चैत्र ३० गते देखि प्रर्दशनमा आउने भएको छ । चलचित्रको टोलीले बुधबार ईटहरीमा पत्रकार सम्मेलन गरेर चलचित्रको विषयमा जानकारी गराएको थियो ।
चलचित्रको प्रचारप्रसारका लागि ईटहरी आएका कलाकार सहितको टोलीले प्रर्दशनको मिति नजिकी रहेको समयमा  दर्शकहरुलाई आकर्षित गर्न सांगितीक कार्यक्रम समेत  गरेको थियो । 

सुदिप खड्का निर्माता रहेको चलचित्र लिलिबिली मनोरञ्जनात्मक चलचित्र रहेको बताए । चलचित्रका नायक प्रदिप खड्काले चलचित्र लिलिबिली अन्तराष्टि«य चलचित्रसँग प्रतिष्प्रधा गर्न सक्ने  भएको दावी गरेका छन् । नायिका जसिता गुरुङले लिलिबिलीमा आफूले उत्कृष्ट अभिनय गरेको दाबी गर्दै चलचित्रलाइ दर्शकले मन पराउने विश्वास ब्यक्त गरिन् ।

चलचित्र बिदेशका रमणीय स्थलमा सुटिङ गरिएको लिलीबिली टिमले बताएको छ । नयाँ बर्षलाइ लक्षित गरेर प्रदर्शनमा आउन लागेको चलचित्रमा नायक प्रदीप र नायिका जसिताका साथमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त लगायतका कलाकारको अभिनय रहेको जानकारी दिइएको छ ।


श्याम राई-गाईघाट, चैत १५ गते । रातोो तारा डट कम,
उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नै नगर गान र नगर लोगो –म्युनिसिपल एण्ड म्यूनिसिपल) बनाएर  लागू गर्ने तयारी गरेको छ । जिल्लाकै पहिलो र ठूलो त्रियुगाले आउदो नगर सभा असधिबेशनबाट पारित गरेर लागू गर्ने तयारी भईरहेको मेयर बलदेब चौधरीले बताए ।

“नगर गान र नगर लोगो तयार गर्न सर्जकहरुसंग आग्रह गरेका छौ ।”मेयर चौधरलिे भने । उनले नगर भित्रको सांस्कृतिक प्राकृतिक, सामाजिक र ऐतिहासिक,भौगोलिक तथा बहु पहिचान भलस्केनगरि नगर गान र गोलो बनाउन लागिएको उप मेयर देबी चौधरीले बताईन् ।

“हामीले फागुन २५ नै नगरसभा अधिबेशन बाट नगरपालिकाको पहिचान स्थापित गर्न नगर गान  सिर्जनाा गरि सभा समारोह मा गाउँने बजाउँने प्रारम्भिक खाँका तयार गरि सकेका छौ ।”उनले भनिन् ।

“नगर गान”नगरपालिकाको हरेक औपचारिक कार्यक्रममा राष्ट्रिय जस्तै कार्यक्रम सुरु हुनु अघि सामुहिक रुपमा गाउँने मिल्न बसाल्न लागिएको छ”चौधरी भनिन् । नगरगान भित्रकै बिभिन्न गीतकार तथा साहित्य सर्जकहरुलाई  ५० शब्द मा नबढ्ने गरि बढीमा ८ हरफमा आग्रह गरेको नगरपालिकाका प्रसासकीय अधिकृत तारानाथ लुईटेलले बताए ।


काठमाडौ, चैत्र १५ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष, गोविन्द आचार्य ले आज प्रेस बिज्ञाप्ति जारी गर्दै,नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७४ चैत १६ गते आफ्नो स्थापनाको ६३ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु भनेका छन ।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति महासंघ गर्व महसुस गर्दछ । आगामी दिनमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु ।

यतिवेला नेपाली सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीका बीचबाट गुज्रिरहेको छ । संविधानसभाबाट जारी भएको नयाँ संविधानबमोजिम देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा निर्वाचनमार्फत् जनताका प्रतिनिधिहरूले सत्ता सञ्चालन गरिरहेका छन् ।

सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी छ । यसैगरी राजनीतिक स्थायित्वसँगै विकास र सम्वृद्धिका पक्षमा आफ्नो जिम्मेवारी बहन गर्नसमेत म महासंघको तर्फबाट नेपाली मिडिया जगत् र आम सञ्चारकर्मीहरूमा हार्दिक अपिल गर्दछु ।

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो । राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरुप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि म नेपाल सरकार र सरोकारवाला पक्षसँग आग्रह गर्दछु ।

महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आम सञ्चार प्राधिकरण, विज्ञापन परिषद् जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुर्नसंरचना, विदेशी टेलिभिजन च्यानलमा क्लीनफिड नीति लागू गर्ने व्यवस्था, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु ।

पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आए पनि प्रबृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ । श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यू छन् । यस अवस्थामा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्ने तर्फ ध्यानाकर्षण गराउदछु ।

स्थापना दिवसको पूर्वसन्ध्यामा म नेपाल पत्रकार महासंघलाई शुभकामना तथा शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको यस दिनले हामीलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरणा दिने अपेक्षा गर्दछु ।

साथै, स्थापना दिवसका अवसरमा चैत्र १६ गते महासंघ केन्द्रीय समितिले सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा विहान १०ः०० बजे महासंघका पूर्वसभापति तथा अध्यक्ष ज्यूहरूलाई सम्मान गर्नुका साथै दिउँसो २ः०० बजेदेखि ५०० बजेसम्म चियापान कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी महासंघका सबै शाखा र एशोसिएट संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेको जानकारी गराउँदै सहभागिताका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध संघसंस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील संघसंगठनको नेतृत्व तथा सदस्यहरूलाई हार्दिक आमन्त्रण गर्दछु ।





युवराज ठकुरी/सिंहदेवी,मोरङ- चैत्र १५ गते । रातो तारा डट कम,प्रत्येक वर्ष झैँ यो वर्ष पनि केराबारी गाउँपालिका मोरङको पर्यटकीय स्थान सिंहदेवीमा नयाँ वर्षको उपलक्ष्य पारेर गाउँपालिका तथा नगरपालिका स्तरीय भलिबल प्रतियोगिता साथै साहित्यिक रचना वाचन कार्यक्रमको आयोजना गरिएको छ।
     
       
 २०७५बैशाख १गतेदेखि शुरूवात हुने जेफाले पर्यटन मेलाबजारका साथमा भलिबल प्रतियोगिता साहित्यिक रचना वाचन तथा स्थानीय जनजातिहरुको सांस्कृतिक झाकीँहरु प्रदर्सन गरिने आयोजकले बताएका छन् ।

उत्तरी मोरङ साहित्य मन्चको संयोजनमा बैशाख १गते साहित्यिक रचना वाचन तथा मेला बजार व्यवस्थापन समितिको संयोजनमा जनजातिहरुको सांस्कृतिक झाकीहरु तथा भलिबल खेलको उद्घाटन गरिने मेलाबजार व्यवस्थापन समितिका अध्यक्ष भीम ठकुरीले बताए ।

भलिबल प्रतियोगितामा विजय हुने प्रथम,दोस्रो टीमहरुलाई क्रमशःपचासहजार, कप ,मेडल र प्रमाणपत्र ,तीसहजार कप ,मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ।खेलमा सहभागी टीमहरुले  २७गते भित्र सम्पर्क गरिसक्नुपर्ने आयोजकले बताएको छ।प्रतियोगितामा इन्ट्री फि २१५१/-राखिएको छ।

अघिल्लो वर्ष साविक गाविस स्तरीय भलिबल प्रतियोगिता ,गजल प्रतियोगिता,लोकगीत प्रतियोगिता र लोकदोहोरी गायनको आयोजना गरिएको थियो।

रबिन्द्र बराल-रंगेली,चैत्र १५ गते । रातो तारा डट कम,
माेरङकाे सुनवर्सि नगरपालिका १ स्थित गान्धी अास्रम मा बिहीबार बिहान ९ बजे चट्याङ परेकाे  समयमा एक युवा घाइते भएका छन ।

साेहि स्थान बस्ने बर्ष २३ का मणि तामाङ खेतमा राखिएको  खेसाडि  उठाउने   क्रममा चट्याङ पर्दा उनकाे दाहिने खुट्टा  मा चाेट लागेकाेे छ  ।

उनकाे  रंगेली अस्पतालमा उपचार भईरहेकाे  प्रहरीले जनाएको


प्रकाश पाक्साँवा-तेह्रथुम चैत १५ गते । रातो तारा डट कम,
लालिगुराँस नगरपालिकाको अभियान लोक गित तथा लोक नृत्यको सम्मान भन्ने मुल नाराका साथ  जिल्लाको लालिगुराँस नगरपालिकामा आजबाट प्रथम लालिगुराँस आईडलको अडिसन सुरु हुने भएको छ ।

नगरपालिकामा रहेका लोक नृत्य तथा गायनमा प्रतिभा रहेका प्रतिभासालीहरुको कलालाई सम्मान तथा प्रोत्साहन गर्ने उदेश्यका साथ आईडलको आयोजना गर्न लागिएको ब्याबस्थापक रबि किरण मादेनले बताउनु भयो ।

उहाँका अनुसार गाउँ घरमा लुकेर रहेका प्रतिभाहरुलाई अबसर दिनका निम्ति प्रथम लालिगुराँस आईडल आयोजना गरिएको हो । आईडलको आज लालिगुराँस नगरपालिकाको लसुनेमा हुने भएको छ । त्यस्तै यहि चैत १८ गते बसन्तपुर २० गते दाँगपामा हुने भएको छ ।

आईडलमा प्रथम हुनेले नगद१५ हजार प्रमाणपत्र दोस्रो हुनेले १० हजार प्रमाणपत्र प्राप्त गर्ने भएका छन । आईडललाई लालिगुराँस नगरपालिकाले आयोजना गरेको हो ।


मोरङ, चैत्र १५ गते। रातो तारा डट कम,मोरङको उर्लाबारी नगरपालिका-८ स्थित  उर्लाबारी-राजघाट  सडक खण्डमा बुधबार ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ  भने अन्य एक जना घाइते भएका छन्। 

राजघाटबाट  उर्लाबारीतर्फ आउदै गरेको ना  ४ ख ८३५७  नम्बरको ट्रकले दिउँसो २ बजेतिर  मे ९ प ७६१७  नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक मोरङ  रतुवामाई नगरपालिका-४ झुर्कीया बस्ने २५ बर्षिय  सन्तोष ठाकुर र पछाडी सवार  झापा बिर्तामोड नगरपालिका- ८ बस्ने २२ बर्षिय  सन्तोष राजबंशी घाइते भएका थिए।

 दुर्घटनामा घाइते दुवैलाई उपचारकालागी  अरनिको अस्पताल उर्लाबारी लगएकोमा मोटरसाइकल चालक सन्तोष ठाकुरको मृत्यु भएको हो। सन्तोष राजवंशीको भने सोही अस्पतलामा उपचार भइरहेको छ। ट्रकका चालक इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा छन्।


काठमाडौँ, चैत १५ गते । रातो तारा डट कम,सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को १४ गते साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ ।

यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ ।

राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ । यस वर्ष कटौती भएका बिदा १२ दिन छन् । विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन् ।


काठमाडौँ, चैत १५ गते । रातो तारा डट कम,
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले विदेशी कूटनितिज्ञसँग भेटघाट गर्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको छ ।

मन्त्रालयको हिजो बसेको सचिवस्तरिय बैठकले नेपालस्थित विदेश नियोग र नेपाल भ्रमणमा आउने अन्य विदेशी पदाधिकारीसँग भेटघाट गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत केशवराज सुवेदीले बताउनु
भयो ।

मन्त्रालयले हिजो ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहका पदाधिकारीलाई विदेशी कूटनीतिज्ञसँग भेट्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न पाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिपत्रअनुसार निर्देशन दिइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार संघीयता कार्यान्वयनसँगै तीन तहका सरकारका जनप्रतिनिधिले विदेशी कूटनीतिज्ञसँग भेटघाट गर्ने सम्बन्धमा आवश्यक कानून बनाइरहेकोले त्यो कानून नबनेसम्मका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिनुपर्ने व्यवस्था गरेको हो ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेशी नियोग र विदेशी पदाधिकारीसँग भेट्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो ।
–––


विराटनगर, चैत १५ गते ।  रातो तारा डट कम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएकाले मजदुरको अधिकार अझै स्थापित हुन नसकेको मजदुर नेताहरूले नै गुनासो गरेका छन् ।

२००७ सालदेखिको प्रजातान्त्रिक आन्दोलनमा मजदुरको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि राजनीतिक दलहरूले अधिकारबाट विमुख गराएको उनीहरूको भनाइ थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस मोरङको छैटौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले मजदुरलाई दलहरूले प्रयोगमात्रै गरेको दुखेसो पोेखे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टे«ड युनियन कांग्रेसका पूर्व राष्ट्रिय अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले मजदुरका अधिकार स्थापित गर्न दलहरूले नै नचाहेको आरोप लगाए ।

‘मुलुकको आर्थिक विकासमा योगदान दिने पहिलो वर्ग मजदुर नै हो । तर, यसपटकको सबै दलले समानुपातिकमा पहिलो नम्बरमा मजदुरलाई राखे ?’ उनको प्रश्न थियो, ‘मुलुकको समृद्धिमा पसिना बगाउने मजदुरलाई मानसम्मान दिनुपर्छ ।’ उनले माउपार्टी कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत मजदुरलाई टिकट नदिएर उपेक्षा गरेको आरोप लगाए ।

कार्यक्रममा अर्यालले ट्रेड युनियन कांग्रेसले लोकतन्त्र संस्थागत गर्न कुनै कसर बाँकी नराखेको भन्दै मजदुर वर्गको उत्थान नभएसम्म देश विकासको गतिमा अगाडि बढ्न नसक्ने बताए । उनले भने, ‘संविधानले श्रमिकका धेरै हक अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनका लागि अब खबरदारी जरुरी छ । पूर्वसांसद एवं मजदुर नेता पुष्कर आचार्यले मजदुरहरूको हक अधिकार स्थापित गर्न मजदुरका हकअधिकार विरुद्धमा जोकोही जान्छ भने त्यसका विरुद्धमा सम्पूर्ण मजदुरहरू एक भएर अगाडि बढ्ने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका सहकोषाध्यक्ष जनार्दन निरौलाले मजदुरका जीवनस्तर उठाउँने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । २०६८ सालको जनगणनाअनुसार नेपालमा १ करोड १४ लाख मजदुर रहेको पनि उनले जानकारी दिए । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर १ का अध्यक्ष नारायणबाबु कार्की, नेपाल ट्रेड युनियन कांग्रेस महिला संयोजन सुधा दाहाललगायतले श्रमिकहरू एकजुट भएर हक अधिकारका लागि लाग्नुपर्नेमा जोड दिए ।

मोरङ अधयक्ष सुशील कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद केदार कार्की, विद्यानन्द चौधरी, कांग्रेस जिल्ला सदस्य सुबोध निरौला, क्षेत्रीय सभापति निरञ्जन रिजाल, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भीम घिमिरे, अर्का उपाध्यक्ष राजकुमार गोल्छा, नेविसंघका केन्द्रीय सहमहामन्त्री कृष्ण कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।


गाईघाट, चैत्र १४ गते । रातो तारा डट कम,
उदयपुरको कटारी–घुर्मि सडक खण्डको गँहुबारीमा विहान २ बजे भएको ट्यांकर दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएकाछन् ।

कटारीदेखि घुर्मितर्फ तेल बोकेर जादै गरेको ना. ६ ख ३२३१ नम्बरको ट्यांकर कटारी नगरपालिका वडा न. ११ को गँहुबारी सुथतीको घुम्तिमा सडक भन्दा करिब १०० मटिर तल खस्दा बारा अमलेखगञ्ज–४ बस्ने २३ वर्षिय पुरण प्रसाद खनाल र मकवानपुर नामाटार बस्ने ३१ वर्षिय सरोज मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामापरि गम्भिर घाईते भक्तपुरका सुभाष तामाङ्ग र खोलखा चरिकोटका सुजन गोलेलाई उपचारको लागि एम्बुलेन्सबाट काठमाडौं लगिएको प्रहरी कार्यालय उदयपुरका एस.पी.नवराज भट्टले बताए ।
श्याम राई÷उदयपुर

(फायल फोटो)
यमन दनुवार-उदयपुर, चैत १४ गते । रातो तारा डट कम ,
जंगलमा लागेको डढेला गाउ बस्तीमा पैmलदा उदयपुरको कटारी नगरपालिका वडा नंं. ५ भोर्लेमा सोमबार २ घरमा आगलागी भएको छ । चारदिन यता सिता पोखरी सामुदायिक बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

जंगलको डढेलो आसपासको गाउँमा समेत फैलन थालेको
छ । कटारी नपा ५ भोर्लेमा बिहान जंगलबाट फैलदै आएको डढेलोले भोर्लेका बुद्धि बहादुर राई र ताराबहादुर राईको घर टहरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कटारीका प्रमुख सहायक वन अधिकृत नारायण श्रेष्ठ कुटिए पछि बन कर्मचारीले काममा उदासिनता देखाएको कारण सो क्षेत्रको दर्जनौ राष्ट्रीय र सामुदायिक बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।  बन कर्मचारीको असहयोगपछि नगरपालिकाका प्रमुख सहित स्थानीय जनप्रतिनीधि र गाउँलेको टोलीले जंगलको डढेलो नियन्त्रणमा जुटेका छन् ।

धेरै ठाउँबाट डढेलो लागेको जानकारी भएको छ । बनका कुनै पनि कर्मचारी डढेलो नियन्त्रणमा जुटेका छैनन् । मेयर श्रेष्ठले भने । आफू कहाँ खबर आउने बित्तिकै प्रहरी र गाउँलेको सहयोग लिई चार दिन देखि आफै डढेलो नियन्त्रणमा जुटेको छु । ” उनले भने । म आफै पुगेर धेरै ठाउँको डढेलो नियन्त्रणमा लिएको छु । नगरपालिकाको बारुण यन्त्र सहितको प्रहरी र गाउँलेको सहयोगमा नियन्त्रण प्रयास भैरहेको छ । जंगलको डढेलो गाउँबस्तीमा फैलदा दुई घरमा आगलागी भैसकेको उनले बताए ।

बिहान लागेको आगो नगरपालिकाको दमकल पठाएर नियन्त्रणमा लिएको उनले बताए । भोर्लेमा भएको आगलागीबाट स्थानीयको ५लाख बराबरको धनमाल जलेर नष्ट भएको मेयर श्रेष्ठले बताए । सेक्टर बन कार्यालय कटारीका प्रमुख श्रेष्ठले आफु ठाउँ छाडेर बन कार्यालय गाईघाटमा आएकोले केही जानकारी नभएको बताए ।

जंगलमा लागेको डढेलो बन कर्मचारी र सामुदायिक बनका पदाधिकारी र उपभोक्ता मिलेर निभाउने काम भईरहेको जानकारी आएको उनले बताए । उनले सेक्टर मातहतका बिभिन्न राष्ट्रीय र सामुदायिक गरि २० ठाउँको जंगलमा डढेलो लागेको बताए ।


काठमाडौँ, चैत १४ गते । रातो तारा डट कम,
  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट गर्नुभएको छ ।

यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा हिजो सम्बोधन गर्दै उहाँले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भन्नुभयो ।

पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून तथा विश्व शान्तिका मूल्य र मान्यताबाट नेपालको परराष्ट्र सम्बन्ध निर्देशित रहेको स्पष्ट गर्दै उहाँले स्वतन्त्र परराष्ट्र नीति तथा सन्तुलित कूटनीति सञ्चालन बाह्य जगत्सँगको सम्बन्ध र सम्पर्क स्थापनाको विशिष्टता रहेको बताउनुभयो ।

कहिल्यै बाह्य शाक्तिको नियन्त्रणमा रहन नपरेको नेपाल र नेपालीका निम्ति मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाभिमान र असंलग्नता अतिप्रिय छन् भन्दै उहाँले समावेशी लोकतन्त्र, सामाजिक–आर्थिक उन्नयनयुक्त नेपालको गरिमा विश्वमञ्चमा अभिवृद्धि नै कूटनीतिक लक्ष्य भएको स्पष्ट पार्नुभयो ।

“विधिको शासन राज्य सञ्चालनको केन्द्रमा रहने छ, भ्रष्टाचारप्रति शून्य सहनशीलता र भ्रष्टाचारमुक्त शासन व्यवस्था हाम्रो लक्ष्य हो” – प्रधानमन्त्री ओलीले भन्नुभयो । कुनै पनि गुह्य कार्यसूचीबाट नेपाली जनतालाई शोषण गर्न नपाइने तथा अस्थिरता, विभाजन चाहने शक्तिविरुद्ध सारा स्रोतसाधन उपयोग गरेर तिनलाई नेपाली जनताको भलाईका निम्ति परास्त गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाली समाजमा हिंसाको कुनै स्थान नरहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सम्बन्ध र सद्भावमा खलल पु¥याउन खोज्नेलाई प्रश्रय नदिइने दृढता व्यक्त गर्नुभयो ।

समावेशी शासन व्यवस्था संविधानको मर्म हो भन्दै उहाँले त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । समानतामा आधारित सामाजिक न्यायबिना दिगो शान्ति र समृद्धिको कल्पनासमेत गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले विविधतायुक्त हाम्रो समाजको सामथ्र्यको स्रोत र पहिचान पनि सामाजिक विविधता भएको दोहो¥याउनुभयो ।

संक्रमणकालीन न्याय प्रक्रिया स्वच्छ एवं निष्पक्ष होस् भन्नेमा नेपाल अडिग रहेको प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले देशभित्र वा बाहिरबाट त्यसमा प्रभाव पारिनुहुन्न भन्नेमा सरकार गम्भीर रहेको बताउनुभयो ।

संक्रमणकालीन न्याय सम्पादनका निम्ति दुई वटा आयोग कार्यरत रहेका जानकारी दिँदै उहाँले मानवीय कानून र मानवाधिकार उल्लङ्घनका गम्भीर मुद्दामा कसैलाई पनि आममाफी नहुने दोहो¥याउनुभयो ।

अन्तर्राष्ट्रियस्तरमा शान्ति सुरक्षा कायम गर्न संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक संस्थामार्फत नेपालबाट प्रभावकारी रुपमा निरन्तर योगदान हुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – “राष्ट्रसंघको सुधारमा नेपालको समर्थन छ ।”

उहाँले शान्ति, सुरक्षा, विकास, मानवाधिकारलगायत मामिलामा उक्त विश्व संस्थालाई निपूण, प्रभावकारी र उत्तरदायी बनाउनु समयको माग भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यका नाताले मानवाधिकार संरक्षणका खातिर विश्वभर नेपालले आवाज बुलन्द गर्ने र सकारात्मक परिवर्तनका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले परिषद्मा नेपालको भूमिका गैरराजनीतिक हुने प्रष्ट गर्नुभयो ।

छिमेकी मुलुकका जायज चासोप्रति सरकार गम्भीर रहेको प्रष्ट गर्दै उहाँले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि उपयोग हुन नदिने नेपालको अडानलाई दोहो¥याउनुभयो ।

नेपालको विकासका साझेदारबाट निरन्तर प्राप्त सहयोग र समर्थनप्रति आभार व्यक्त गर्दै उहाँले नेपालको विकासका प्राथमिकता र नेतृत्वको सम्मानका साथ सरकारी संयन्त्रलाई साथमा लिएर सघाउन आग्रह गर्नुभयो ।

उहाँले छिमेकका साथै सबै मुलुकसँगको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू लागिपरेको बताउनुभयो ।

“भारत र चीन नेपालका निकटका छिमेकी हुन्, दुवै देशसँगको हाम्रो सम्बन्ध अति सुमधुर छ । पारस्परिक विश्वास नै हाम्रो सम्बन्धको मुख्य तत्व हो” – प्रधानमन्त्रीले बताउनुभयो ।

विराटनगर,चैत१४ गते । रातो तारा डट कम,विराटनगर–११ निवासी कांग्रेस यूवा नेता मनोज साहले सुनसरी बराह नगरपालिकाका अग्निपीडितलाई राहत प्रदान गरेका छन् ।

साह सुनसरी क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि हुन् । गत हप्ता बराह नगरपालिका वडा नम्बर १ मधुवन वस्तीमा आगो लाग्दा ७४ घरपरिवार घरबारविहीन भएका थिए । साहले ५० घरपरिवारलाई झुल, साडी, भेष्ट, हाफपेन्ट, कपी, कलम, पेन्सिल, कटरलगायतका राहत सामग्री प्रदान गरेको बताए । त्यस्तै उनले कोशी गाउँपालिका लौकहीका अग्निपीडितलाई पनि राहत प्रदान गरे ।

चामल, भुजा, चिउरा र नगद १ हजार रुपैयाँसमेत दिए । दुवै ठाउँका अग्निपीडितलाई २ लाख रुपैयाँ बराबरको राहत प्रदान गरेको उनले बताए ।


काठमाडौँ, चैत १४ गते । रातो तारा डट कम,
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक सेवा आयोगले यही चैत २३ गतेका लागि तोकेको अस्थायी शिक्षकका परीक्षा स्थगन गर्ने पक्षमा आफू नभएको बताउनुभएको छ ।

समसामयिक विषयमा ध्यानाकर्षण गराउन गएको नेपाल शिक्षक महासंघको प्रमण्डलसँग हिजो शिक्षामन्त्री पोखरेलले भन्नुभयो –“शिक्षा ऐनको आठौँ र नवाँै संशोधनलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएकाले त्यसैअनुसार प्रक्रिया अघि बढ्नेछ ।”

महासंघका अध्यक्ष बाबुराम थापाका अनुसार शिक्षामन्त्री पोखरेलले अस्थायी शिक्षकको परीक्षाका विषयमा शिक्षक र विद्यार्थी समूहबाट अनशन भइरहेकाले प्रधानमन्त्रीसँगसमेत सल्लाह गरेर चाँडै यसको निकास निकालिने विश्वास व्यक्त गर्नुभएको थियो ।

उहाँले शिक्षा ऐनको नवौँ संशोधन हुँदा त्यो आउनैपर्ने भन्ने पक्षमा आफू नभए पनि संसद्बाट पारित भएकाले त्यो लागू गर्ने सरकारको दायित्व हो बताउनुभयो ।

आठौँ संशोधनमा आन्तरिक परीक्षामा भाग नलिने अस्थायी शिक्षकलाई सुविधा दिने उल्लेख भएकामा नवौँ संशोधनले परीक्षामा असफल हुनेलाई पनि सुविधा नदिने तथा आन्तरिक प्रतियोगिताका प्रतिशत बढाएर ७५ प्रतिशतसम्म बनाइएको थियो ।



काठमाडौ, चैत १४ गते । रातो तारा डट कम,सरकार र गैरसरकारी संघसंस्थाले सञ्चारगृहलाई छुट्याएको सम्पूर्ण रकम पाउनुपर्ने हिजो यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बताउनुभएको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघद्वारा संयुक्तरुपमा आयोजित ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था’ विषयक अन्तक्रिया कार्यक्रममा वक्ताहरूले सञ्चारकर्मीले आफूलाई सक्षम बनाएमा न्यूनतम पारिश्रमिकभन्दा ज्यादै नै तलब अन्य सञ्चारगृहबाट पनि प्राप्त गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रतामा हुने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताउँदै प्रादेशिक र स्थानीय तहका सञ्चारगृहको दर्ता, नवीकरण, अनुगमन स्थानीय निकायले गर्नुपर्नेमा जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले श्रमिजीवी पत्रकारले सञ्चारगृहमा काम गर्दा नाम, काम र दाम उल्लेख भएको नियुक्तिपत्र लिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी धरानमा आयोजित कार्यक्रममा अध्यक्ष आचार्यले नेपाली पत्रकारको न्यूनतम् पारिश्रमिकको सुनिश्चित गर्ने र पत्रकारिता पेशालाई मर्यादित र विश्वसनीय बनाउन यस क्षेत्रमा संलग्न सञ्चारकर्मी एवं राज्यले समेत ठोस नीति बनाउन जरुरी रहेकामा जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पराजुलीले सञ्चारकर्मीले पारिश्रमिक पाउने विषय चुनौतीपूर्ण बनिरहेकोतर्फ आफूहरू सचेत भएर लागेको जानकारी दिनुभयो ।


युवराज ठकुरी - मोरङ चैत्र १३ गते । रातो तारा डट कम,
चौविसे गाउँपालिका-१,६नं.बुधबारे धनकुटामा रामनवमी मेलाको अवसरमा आयोजित रामनवमी सांस्कृतिक साँझ कार्यक्रममा गायक ताराप्रकास लिम्बूले आफ्नो आधा दर्जन गीत गाएर दर्शकलाई तताएका थिए।
   
मेलाको दोस्रो दिनको सांस्कृतिक साँझमा गायिका तुलसा आङ्देम्बे पनि गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए।त्यसै गरि दोबाटो टेली श्रुङ्खलाका कलाकारले नाटक र बिराटकला केन्द्रका नृत्यकारहरुले आकर्षक नृत्य प्रस्तुत गरि दर्शकलाई पनि सगै नचाएका थिए।कार्यक्रममा गजलकार युवराज ठकुरीले गजल प्रस्तुत गरेका थिए।

रामनवमी मेला र सांस्कृतिक साँझ १५गतेसम्म चल्ने आयोजकले जनाएको छ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.