Websoft University
June 2026


विराटनगर, असार १५ गते । तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागको आयोजनामा १ दिने “कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण” कार्यक्रम सम्पन्न भएको छ । असार १५ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा उक्त अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

नेपाल प्रहरीको बिभिन्न इकाहरुबाट दैनिक रुपमा सम्पदान हुने कार्यहरुको कार्य सम्पादनमा तदारुकताका साथ पहलकदमी ल्याई समग्र कार्य सम्पादनको वस्तुगत मुल्याङकन र सम्पादन गर्न केन्द्रिय अभिलेख प्रणालीलाई विकास गरी भए गरेको काम कारवाहीको वास्तविक तथ्याङ्क प्राप्त गर्न तथा पारदर्शी र वास्तविक मुल्याङकन गर्दै तथ्याङ्क प्रविष्ट गर्न “कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण” प्रदान गरीएको हो ।

 कार्यक्रममा प्रमुख अतिथि घिमिरेले अनुशिक्षण कार्यक्रमले कोशी प्रदेशका विभिन्न इकाईहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूको दैनिक कार्यसम्पादन अभिलेखीकरण प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी तथा परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रहरी कर्मचारीहरुले अनुशिक्षणमा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले सम्पादन गरी कोशी प्रदेशलाई उत्कृष्ट बनाउने कार्यमा लागि पर्न निर्देशन दिनुभयो । 

कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रहरी उपरीक्षक राजन भुजेल, प्रहरी निरीक्षक शैलेन्द्र पाण्डे र राज कुमार लामाले  भए गरेका काम कारवाहीको वास्तविक तथ्याङ्क प्राप्त गर्न, सोही अनुरुप पारदर्शी र वास्तविक मुल्याङ्कन गर्न विकाश गरिएको सफ्टवेयरको प्रयोग विधि सम्वन्धि अनुशिक्षण प्रदान गर्नु भएको थियो । 

उक्त अनुशिक्षण कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, कोशी प्रदेश प्रहरी गण विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश अन्तरगत रहेका १४ वटै जिल्ला प्रहरी कार्यालय तथा “क” स्तर सम्मका प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।


काठमाण्डैा । हिजो एकअर्कालाई सिध्याउन हिँडेका र तिक्ततापूर्ण सम्बन्धमा रहेका शीर्ष कम्युनिस्ट नेताहरू ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल अचानक एउटै मञ्चमा उभिएर वाम एकताडको अलाप जप्नु संयोग होइन। यो वैचारिक एकता हुँदै होइन, यो त भोलि भ्रष्टाचारका फाइल खुल्दा कारबाहीबाट जोगिन रचिएको आफैंलाई बचाउ अभियान मात्र हो।

नेताहरूको मानसिकता गुमे पनि नेपाली जनताको गुमेको छैन। आफ्ना कर्तुतहरू लुकाउन र अख्तियारको डण्डाबाट बच्न जस्तोसुकै दुश्मनी भुलेर रातारात घाँटी जोड्ने ठूला नेताहरूको यो स्वार्थको गठबन्धनलाई जनताले अहिले राम्ररी बुझेका छन्।

भ्रष्टाचारको आरोप लाग्ने डरले अत्तालिएर गरिने यस्तो खोक्रो एकताले देशलाई निकास दिँदैन। अब देशलाई अपराधी जोगाउने गठबन्धन होइन, निर्मम सुशासन चाहिएको छ । भनेर आजकेा  कान्तिपुरमा डा, राजिव झा ले लेख्नुभएकेाछ । २०८३/३/१५,





काठमाडौं असार १४गते । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा उत्कृष्ट अंक ल्याउने १६० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । आइतबार कलेजले इन्जिनियरिङका विभिन्न विधा तथा आर्किटेक्चरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो । 


कलेजमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, शिक्षक प्रतिनिधि सदस्य प्रा.डा. सावित्री त्रिपाठी लगायतले विद्यार्थीहरुलाई प्रमाणपत्र, ट्रफी सहित सम्मान गरेको हो । सो अवसरमा बोल्दै प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरुले हासिल गरेको सफलता प्रति कलेज गौरवान्तिक भएको बताउनु भयो । “तपाईहरुले गर्नुभएको मेहनत र प्राप्त गर्नुभएको सफलता प्रति कलेज गौरवान्तिक छ । तपाईहरुको सिकाईलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन हामी प्रतिबद्ध छौं ।” प्राचार्य भण्डारीले भन्नुभयो । 


कार्यक्रममा पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा सर्वोत्कृष्ट हुने आर्किटेक्चरका ६५ जना,  सिभिल तथा सिभिल एण्ड रूलर इन्जिनियरिङका ३३ जना, कम्प्युटर इन्जिनियरिङका २२ जना, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा इन्फरमेशन एण्ड कम्युनिकेशनका २० जना र विडिएच कार्यक्रमका २१ जनालाई सम्मान गरिएको छ । कलेजले पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ । 


मुनाफारहित सामाजिक शैक्षिक संस्थाको रुपमा स्थापित यस कलेजमा इन्जिनियरिङ विधामा स्नातक तथा स्नातकोत्तर तह सम्मको अध्ययन अध्यापन हुने गर्दछ । प्रयोगात्मक शिक्षण विधि, पूर्णकालिन शिक्षक शिक्षिका, सहरी कोलाहल भन्दा टाढा शान्त तथा हरियाली क्षेत्रमा रहेको यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले समेत स्थायी मान्यता दिएको हुनाले इन्जिनियरिङ शिक्षा हासिल गर्न विद्यार्थीहरुको घुईचो लाग्दछ । 

साथै, प्रत्येक वर्ष कलेजले जेहेन्दार, अनुशासित विद्यार्थीहरुलाई १५ करोड भन्दा बढीको छात्रवृत्ति समेत प्रदान गर्ने गरेकोले विद्यार्थीहरुको आकषर्ण छ । शैक्षिक सत्र २०२६ का लागि कलेजले यही असार २५ गते प्रवेश परीक्षासञ्चालन गर्दैछ । 

यस कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर, कम्प्युटर, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स, इन्फरमेशन एण्ड कम्युनिकेशन र विडिएच कार्यक्रममा पठनपाठन हुन्छ । 


झापा, असार १४ गते। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

मुलुकमा लामो समयपछि स्थायी सरकार बनेको उल्लेख गर्दै उनले स्थायित्वलाई समृद्धिसँग जोड्न सकिए मात्र जनअपेक्षा पूरा हुने धारणा राखे ।  
बिर्तामोड उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वैद्यले व्यवसायीलाई समेटेर अघि बढ्न सके सरकार सफल हुने बताए । आर्थिक गतिविधि विस्तार, लगानी प्रवद्र्धन र निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
उनले सरकारको पहिलो दायित्व आर्थिक समृद्धि हासिल गर्नु, युवालाई  विदेश पलायन रोक्नु र स्वदेशमै रोजगारी सिर्जना गर्नु रहेको उल्लेख   गरे । त्यसका लागि व्यवसायीलाई लगानीमैत्री वातावरण उपलब्ध गराउन आवश्यक रहेको उनको धारणा थियो ।
“व्यवसायी स्वच्छ र पारदर्शी ढंगले काम गर्न चाहन्छन् । त्यसका लागि अनावश्यक झन्झट र अवरोध हटाइनुपर्छ,” उनले भने ।
वैद्यले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन विकास निर्माणमा पूँजीगत खर्च वृद्धि, सुशासनको प्रत्याभूति र निजी क्षेत्रप्रति विश्वासको वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्षहरू कृष्णप्रसाद शर्मा, दिल सुन्दर श्रेष्ठ, नरेश लाल श्रेष्ठ, प्रवलजंघ पाण्डे, केन्द्रीय सदस्य दिपक नेपाल, अर्जुन कुमार श्रेष्ठ र नवीन रिजाल लगायतको उपस्थिति थियो । 
कार्यक्रममा पूर्वअध्यक्ष तथा संविधान सभा सदस्य सुधीरकुमार सिवाकोटी, संघका पूर्वअध्यक्ष वलराम कार्की तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत मन्तव्य राखेको कार्यक्रममा अध्यक्ष न्यौपानेले उद्योगी–व्यवसायीको हितमा संघ निरन्तर क्रियाशील रहेको बताए । उनको कार्यकालमा सम्पन्न गतिविधिसम्बन्धी श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।
संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा दुई व्यवसायी र दुई पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानित हुने व्यवसायीमा चान मोहम्मद र उमाकान्त ढुङ्गेल रहेका थिए । मोहम्द लामो समयसम्म वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएर व्यवसाय क्षेत्रमा काम गर्दै आएको र रोजगारीको वातावरण सृजना गरेको भन्दै उनलाई सम्मान गरिएको थियो । 
उनले बिर्तामोडमा एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट सञ्चालन गर्दै आएका छन् । त्यस्तै ढुङ्गेल बिर्तामोडका पुराना व्यवसायी हुन् । उनी माँ दुर्गा ट्रेडसका सञ्चालक   हुन् । 
त्यस्तै, वर्ष उत्कृष्ट सञ्चारकर्मीका रूपमा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र अच्युत सुवेदीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।


विराटनगर असार १४ गते । विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्दैश्यका साथ“विराटनगर जलवायु सिकाइगोष्ठी २०२६“ सफलतापूर्वक सम्पन्न भएको छ । 

दिगो विकास इन्स्टिच्युट र ग्रिन सिटी भोलन्टियर्स विराटनगरको आयोजनामा एक दिने विशेष कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रमको सुरुवात गर्दै दिगो विकास इन्स्टिच्युटका अध्यक्ष अभिषेक श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै गोष्ठीको उद्दैश्य र आगामी दिनमा युवाहरूको भूमिकाबारे प्रकाश पारे । गोष्ठीमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थी, ग्रिन सिटीका स्वयम्सेवक र युवाअभियन्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।


गोष्ठीको पहिलो प्राविधिक सेसनमा’क्लाइमेट रिस्क एण्डरैजिलेन्स ल्याब’ का विनोद पराजुलीले “प्रमाणदेखि प्रभावसम्म ः तथ्याङ्क, भाष्य र सामुदायिक अनुभवका माध्यमबाट जलवायु सञ्चारको सुदृढीकरण“ विषयमा प्रस्तुतीकरण दिए । उनले जलवायु सम्बंधि सहभागीहरूलाई समावेशी समूहमाविभाजन गरी खेल र छलफलको माध्यमबाटजलवायु सम्बन्धीशब्दावली र तथ्यहरूबारे प्रयोगात्मकसिकाइ गराए ।


त्यसैगरी, दोस्रो सेसनमा हरिन नेपालबाट, अधिवक्ताएवं जलवायु अभियन्ता तनुजा पाण्डैले “सडकको सङ्गठन, हाम्रो भविष्यको पुनप्र्राप्ति जलवायु न्यायको अग्रपङ्क्तिमा लडन नेपालकायुवाहरूको परिचालन“ विषयमा आफ्नो अनुभव साझा गरिन् । उनले ’सेभ निजगढ’ आन्दोलनको उदाहरण दिँदै भुइँतहको वास्तविकता, प्रणाली र अभियानकाकथाहरू कसरी तयार गर्ने र अभियानलाई बलियो बनाउने भन्नेबारे सहभागीहरूलाई प्रशिक्षित गरिन् ।

सहभागीयुवाहरू आफैं ३ वटा समूहमा विभाजित भई स्थानीय स्तरमा सञ्चालन गर्न सकिने सिर्जनात्मक जलवायु अभियानको खाकातयार पारेका थिए । आयोजकका अनुसार युवाहरूले तयार पारेका यीउत्कृष्ट अभियानहरूलाई आगामी दिनमा कार्यान्वयनकालागि प्राविधिक, वित्त तथा व्यवस्थापकीय सहयोग समेत उपलब्ध गराइनेछ, जस्ले युवा र बालबालिकालाई एक जुटभई जलवायु न्यायको मुद्दामा अगर्पन्तिमा कार्यक्रम गर्नेछन ।


विराटनगर  असार १४ गते । फजुल खर्च कटौती  र सामाजितक उत्ततरदायित्वबोध गखर्दै माहेश्वरी महिला मञ्चले  विराटनगरमा ११ जोडीको सामूहिक विवाह कार्यक्रम हुने भएको छ । 

आर्थिक रूपमा अति विपन्न परिवारलाई लक्षित गरिएको ११ जोडीको सामूहिक विवाह सोमबार हुने भउको हो । 

असार १५ गते विराटनगरस्थित अतिथि सदनको राधा मण्डपमा विहान ११ बजेर १५ मिनेटमा हुने कार्यक्रममा अभिभावक, जनप्रतिनिधि तथा समाजका अगुवाहरूको उपस्थितिमा विवाह सम्पन्न गराइने मञ्चकी अध्यक्ष ललिता जाजूले जानकारी दिइन् । उनका अनुसार स्थानीय तहका जनप्रतिनिधि तथा अभिभावकसँगको समन्वयमा वास्तविक विपन्न परिवारका ११ जोडी छनोट गरिएको छ ।

मञ्चले दोस्रो पटक सामूहिक विवाहको कार्यक्रम आयोजना गर्न लागेको हो । सामूहिक विवाहको संयोजक शीतल बाहेती हुन् भने  सहसंयोजिक अर्चना तापड़िया हुन् । सामूहिक विवाहले धेरै राहत मिलेको विवाह बन्धनमा बाँधिएका परिवारहरुको भनाई छ । 

सामूहिक वैवाहिक कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ । सामूहिक विवाहमार्फत आर्थिक रूपमा कमजोर परिवारलाई विवाह खर्चको बोझबाट राहत पुग्नुका साथै सामाजिक सद्भाव र सहयोगको भावना अभिवृद्धि हुने मञ्चकी अध्यक्ष जाजूले बताइन् । 

यसअघि मञ्चले पहिलो पटक गत २)८१ बैशाख ६ गते अतिथि सदनमै १५ जोडी अति विपन्न परिवारका युवायुवतीको सामूहिक विवाह गराएको थियो । त्यस कार्यक्रममा मोरङ र झापाका आदिवासी समुदायसहित विभिन्न विपन्न परिवारका जोडीहरू सहभागी भएका थिए ।



सुन्दरहरैँचा - असार १३ गते । महिलाको स्वास्थ्य संरक्षण तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन गरिएको आम नेपाली महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको दुर्ग पीडालाई मलहम लगाउने सोच संकल्प  मातृत्व जोगाउने अभियान’ सफलतापूर्वक सम्पन्न भएको छ। कल्प इम्पावर वेमेन नेपालको पहल तथा नेपाल बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालित अभियानमा तीन दिनमा ४६९ जना महिलाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

असार ८ देखि १० गतेसम्म सञ्चालन गरिएको अभियानमा पाठेघरको मुखको क्यान्सरको VIA स्क्रिनिङस्तन क्यान्सर परीक्षणअल्ट्रा सोनोग्राफी (USG) सेवा तथा स्त्रीरोगसम्बन्धी परामर्श उपलब्ध गराइएको थियो। प्राविधिक साझेदारका रूपमा विराट क्यान्सर इन्स्टिच्युटले सेवा प्रदान गरेको थियो।

अभियान सञ्चालनअघि जेठ २० गते नेपाल बैंक लिमिटेडसँग CSR सहकार्य सम्पन्न गरिएको थियो। त्यसपछि अभियानलाई प्रभावकारी बनाउन विभिन्न चरणमा प्रचार-प्रसारभिडियो सन्देश सार्वजनिकस्थानीय तहसँग समन्वयविद्यालयस्तरीय स्वास्थ्य सचेतना कार्यक्रम तथा समुदायमा पम्पलेट वितरणलगायतका गतिविधि सञ्चालन गरिएको थियो।

असार ८ गते सुन्दरहरैँचा नगरपालिका-२ स्थित आधारभूत स्वास्थ्य केन्द्रमृगौलियामा आयोजित उद्घाटन समारोहको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले गर्नुभएको थियो। कार्यक्रममा कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले महिलाको स्वास्थ्यमा पहुँच विस्तार गर्ने उद्देश्यले समुदायमै पुगेर सेवा सञ्चालन गरिएको बताउनुभयो। उहाँले प्रारम्भिक परीक्षणमार्फत क्यान्सरको समयमै पहिचान सम्भव हुने भएकाले यस्ता अभियानको निरन्तरता आवश्यक रहेको उल्लेख गर्नुभयो।

स्वास्थ्य मन्त्री लिम्बुले सरकारी निकायनिजी क्षेत्र र सामाजिक संस्थाबीचको सहकार्यबाट समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न सकिने बताउँदै यस्ता अभियानले स्वास्थ्य चेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो।

नेपाल बैंक लिमिटेडका प्रबन्धक मदन कृष्ण सैजुले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्यक्ष सामाजिक प्रभाव पार्ने कार्यक्रमलाई बैंकले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै महिला स्वास्थ्यसँग जोडिएको अभियानमा सहकार्य गर्न पाउँदा गर्व लागेको बताउनुभयो।

सुन्दरहरैँचा-२ का वडा अध्यक्ष विविश प्रधानले महिलाहरूलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

अभियानअन्तर्गत पहिलो दिन वडा नं. २ स्थित आधारभूत स्वास्थ्य केन्द्रमृगौलियामा १३१ जनादोस्रो दिन सोही स्थानमा १३८ जना तथा तेस्रो दिन वडा नं. १२ स्थित आधारभूत स्वास्थ्य केन्द्रइन्द्रपुरमा २०० जना गरी कुल ४६९ जना महिलाले स्वास्थ्य परीक्षण सेवा लिएका थिए।

स्वास्थ्य परीक्षणका क्रममा चार जनामा क्यान्सरको शंका देखिएपछि थप परीक्षण तथा उपचारका लागि विराट क्यान्सर इन्स्टिच्युटमा रिफर गरिएको छ। रिफर गरिएका सेवाग्राहीलाई उपचारमा १५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।

अभियानको समापन समारोह असार १० गते वडा नं. १२ स्थित आधारभूत स्वास्थ्य केन्द्रको सभाहलमा सम्पन्न भएको थियो। समारोहमा नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख प्रकाश पहारीविराट क्यान्सर इन्स्टिच्युटका वरिष्ठ जनसम्पर्क अधिकृत इश्वर गुरुङनेपाल बैंक लिमिटेड विराटचोक शाखाका प्रमुख संजय साहुस्थानीय जनप्रतिनिधिस्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

समापन समारोहमा बोल्दै कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले ३०० महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखिएकोमा ४६९ जनासम्म सेवा पुर्‍याउन सफल भएको बताउँदै यसलाई अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको थियो। उहाँले आगामी दिनमा पनि समुदायमा आधारित यस्ता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख प्रकाश पहारीले सामाजिक उत्तरदायित्वमार्फत समुदायको स्वास्थ्य सुधारमा योगदान गर्न पाउँदा संस्थागत रूपमा खुशी लागेको बताउनुभयो। विराट क्यान्सर इन्स्टिच्युटका वरिष्ठ जनसम्पर्क अधिकृत इश्वर गुरुङले प्रारम्भिक चरणमै रोग पहिचान हुँदा उपचारको सम्भावना बढ्ने भएकाले समुदायमै पुगेर सञ्चालन गरिने यस्ता स्वास्थ्य शिविर प्रभावकारी हुने उल्लेख गर्नुभयो।

वडा नं. १२ का वडा अध्यक्ष रोशन प्रसाद ढकालले स्थानीय तहबैंकिङ क्षेत्रस्वास्थ्य संस्था र सामाजिक संस्थाबीचको सहकार्यले समुदायमा ठोस परिणाम दिन सक्ने उदाहरणका रूपमा यस अभियानलाई लिनुपर्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई वडा कार्यालयबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

अभियानमा विराट क्यान्सर इन्स्टिच्युट प्राविधिक साझेदारवाउ म्यागजिन मिडिया साझेदारकेन्जल फिल्म्स तथा आर्भन इडिट भिडियो साझेदार र क्रिएटिक्स पार्टनर ग्राफिक्स साझेदारका रूपमा रहेका थिए। सुन्दरहरैँचा नगरपालिका वडा नं. २ र १२आधारभूत स्वास्थ्य केन्द्रइन्द्रपुर जेसिस तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजले स्थानीय सहकार्य गरेका थिए।

पहलकर्ता पुजा कोइरलाका  अनुसार यस अभियानले महिलाहरूमा पाठेघरको मुखको क्यान्सरस्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै समुदायमै गुणस्तरीय स्वास्थ्य सेवा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।



विराटनगर असार १२ गते । कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यालय प्रयोजनका लागि आवश्यक सामानको खरिदका नाममा लामो समयदेखि बजेट दुरुपयोग हुँदै आएको पाइएको छ ।

खरिदका नाममा संगठित ढंगले भ्रष्टाचार भएको भन्दै विस्तृत छानबिनको मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सीएममा जरुरी उजुरी दर्ता भएको छ । उजुरीमा विशेषगरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आपूर्तिकर्ता र सप्लायर्ससँग मिलेमतो गरी कृत्रिम रूपमा बढी खर्च देखाउने, नक्कली बिल मिलाउने र त्यसबाट कमिसन बाँडेर खाने प्रवृत्ति संस्थागत रूपमै चलिरहेको जस्तो गम्भीर आरोप लगाइएको छ ।

समाचारस्रोतका अनुसार हेलो सिएमको उजुरीमा मुख्यमन्त्री कार्यालयको प्रशासन शाखा, लेखा शाखा तथा सचिव र उपसचिव तहका अधिकारीसम्मको मिलेमतोमा नै त्यस्तो खर्चको बिल तयार पारेर बजेट सक्ने काम हुने गरेको दाबी गरिएको छ । एउटै कर्मचारी वर्षौंदेखि मुख्यमन्त्री कार्यालयमा जिन्सी तथा स्टोर हेर्ने जिम्मेवारीमा बस्ने र अन्य मन्त्रालयमा सरुवा भए पनि पुनः जिन्सी शाखामै काम गर्ने गरी व्यवस्थापन गरिने हुँदा मुख्यमन्त्री कार्यालयमै व्यापक आर्थिक अनियमितता हुँदै आएको दाबी गरिएको छ । 

यससँगै संघीय सरकार तथा अन्य प्रदेशका मन्त्रालयको तुलनामा कोशी प्रदेशका मन्त्रालयमा प्रशासनिक खर्चका लागि प्रदेश सरकारले नै अस्वाभाविक रूपमा बजेट विनियोजन गर्दै आएको पनि उजुरीमा उल्लेख छ । यसरी प्रत्येक वर्ष बजेट सार्वजनिक गर्दा प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयलाई बजेट वृद्धि गर्र्ने र उक्त रकमले पुगेन भने अन्य शीर्षकको बजेटलाई रकमान्तर गरेर भए पनि बजेट ल्याएर सक्ने गरिएको छ । विशेषगरी असार महिनामा धेरै बिल मिलाएर खर्च देखाउने प्रवृत्ति कोशी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा व्यापक रुपमा मौलाएको दाबी हेलो सिएमको उजुरीमा गरिएको छ ।

उजुरी दर्तासंगै कोशी प्रदेशका मुख्य सचिव राजेन्द्र पौडेल विवादमा तानिएका छन् । यसबारेमा बुझ्न उनीसँग आर्थिक दैनिकले धेरै पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । मुुख्यसचिव पौडेलले प्रशासन माहाशाखा प्रमुख नारायण रिसाललाई मुख्यमन्त्री कार्यालयको सम्पूर्ण आर्थिक कारोबार र प्रशासनिक कारोबार हेर्ने जिम्मेवारी तोकेर आफू चोखो हुने प्रयास गरेका छन् । 

मुख्य सचिव पौडेल विगतदेखि नै शंकास्पद एवं विवादास्पद भएको कर्मचारी स्रोतले बताएको छ । उनी मुख्यमन्त्री कार्यालयमा मुख्यसचिवको जिम्मेवारीमा आउनु अगाडी कोशी प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको जिम्मेवारीमा थिए । २०७७ असोज ७ गतेदेखि २०७८ असोज ५ गतेसम्म मन्त्रालयको सचिव रहेका पौडेलपछि बढुवा भएपछि कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा छन् । (अआर्थिक राष्ट्रिय दैनिक बाट सा )



सन्जीब दुलाल - 
काठमाण्लडैा ललितपुर असार १२ गते । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् ।  वन प्राविधिक सङ्घ बागमती प्रदेश को आयोजनामा वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापन सम्बन्धी गोष्ठीमा सरोकारवालाहरूले वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा सरकारले तदारुकता नदेखाउँदा अझ समस्या आएको बताएका हुन् । 

गोष्ठीलाई सम्बोधन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत के.सीले वन संरक्षण, जैविक विविधताको संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वातावरणीय सन्तुलन कायम राख्ने उपाय तथा जलाधार व्यवस्थापनमा चासो नदिने हो भने हाम्रो जैविकता सङ्कटमा पर्ने बताउनुभएको थियो । उहाँले वन क्षेत्रसँग सम्बन्धित नीति, योजना तथा कार्यान्वयनका चुनौती र सम्भावनाबारे सरोकारवालाहरूसँग गहन छलफल गरी विकर्षमा पुग्नु पर्ने समेत बताउनुभएको थियो । 

गोष्ठीलाई सम्बोधन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत के.सीले वन संरक्षण, जैविक विविधताको संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वातावरणीय सन्तुलन कायम राख्ने उपाय तथा जलाधार व्यवस्थापनमा चासो नदिने हो भने हाम्रो जैविकता सङ्कटमा पर्ने बताउनुभएको थियो । उहाँले वन क्षेत्रसँग सम्बन्धित नीति, योजना तथा कार्यान्वयनका चुनौती र सम्भावनाबारे सरोकारवालाहरूसँग गहन छलफल गरी निकर्षमा पुग्नु पर्ने समेत बताउनुभएको थियो । भारका वन सँग सम्बन्धित मन्त्रालयहरूका प्रतिनिधिहरूको उपस्थिति रहेका थियो । 

यस्तै कार्यक्रममा वन नीति तथा प्रशासनको आगामी दिशा, प्रदेशमा जलाधार व्यवस्थापन, मानव वन्यजन्तु दोन्द र बाँदर व्यवस्थापन र दिगो वन व्यवस्थापन अन्तर प्रदेश सिकाई अनुभव विषयक प्यानल डिस्कसन समेत भएको थियो । 

पहिलो प्यानल डिस्कसन वन नीति तथा प्रशासनको आगामी दिशा विषयक शीर्षकमा नेपाल सरकारका पूर्व सचिव डा. विश्वनाथ ओलीले सभापतित्वमा वन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनीले हाल वन नीति तथा प्रशासनको अवस्था र आगामी दिशाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्र प्रस्तुति पश्चात् उहाँले पेस गर्नुभएको कार्यपत्र तथा सहभागीहरूको प्रश्नको जवाफ दिँदै कोसी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सचिव डा. इन्द्र प्रसाद सापकोटा, वन तथा वातावरण विज्ञ डा. सिन्धु प्रसाद ढुङ्गाना, नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्ण, र रेड कार्यान्वयन केन्द्रका उप सचिव शोभा सुवेदीले प्यानल डिस्कसन मार्फत यसको विस्तृत विषयमा जानकारी दिनुभएको थियो । उक्त प्यानल डिस्क सनको मोडियटरका रूपमा डिभिजन वन अधिकृत नुवाकोटका प्रदीप नाथ शर्माले गर्नुभएको थियो । प्यान डिस्क सनमा वन नीति तथा प्रशासनको कार्यदिशा कता जानु पर्ने अहिलेको अवस्था के छ हुनु पर्ने के हो भई रहेको के छ भन्ने जस्ता विषयमा छलफल भएको थियो । 

यस्तै अर्को सेसनको रूपमा रहेको प्रदेशमा जलाधार व्यवस्थापनका विषयमा चियर पर्सनका रूपमा नेपाल सरकारका पूर्व सचिव डा प्रेम नारायण कँडेल रहनु भएको थियो भने उक्त सेसनमा वन तथा भू संरक्षण विभागका पूर्व महानिर्देशक बद्री राज ढुङ्गानाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्र प्रस्तुति पश्चात् प्यानल डिस्क सनमा वन तथा वातावरण मन्त्रालयका सह सचिव गणेश पौडेल, वन अनुसन्धान तथा तालिम केन्द्र गोदावरीका निर्देशक नीराजन श्रेष्ठ, भू तथा जलाधार संरक्षण विभागमा पूर्व महानिर्देशक विजयराज पौडेल र मरिन परियोजना सिन्धुलीका टिम लिडर स्मृत रेग्मीले आफ्नो धारण राख्नु भएको थियो । वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत सञ्जीव सुवेदीले होस्ट गर्नु भएको उक्त प्यानल डिस्क सनमा बागमती प्रदेश लगायत अन्य प्रदेशहरूमा जलाधार व्यवस्थापनमा के कस्तो कार्य भएको छ उक्त कार्यको प्रतिफल र आगामी दिनमा हाल भएका कार्यले जलाधार क्षेत्रमा के कस्तो परिवर्तन वा हानी पुञ्याउन सक्छ भन्ने विषयमा छलफल भएको थियो । 

यस्तै मानव वन्य जन्तु दोन्द तथा बाँदर व्यवस्थापन विषयक सेसनमा चियर पर्सनका रूपमा नेपाल सरकारका पूर्व सचिव डा कृष्ण प्रसाद आचार्य रहनु भएको थियो भने प्राध्यापक डाक्टर हरि प्रसाद शर्माले वन्यजन्तु र मानिसको दोन्द तथा बाँदर व्यवस्थापन विषयमा आफ्नो प्रस्तुति राख्नु भएको थियो । उहाँको प्रस्तुति पश्चात् प्यानल डिस्क सनमा राजीव कुमार झा उप महानिर्देशक वन तथा भू संरक्षण विभाग, हरभद्र आचार्य वरिष्ठ इकोलोजिस्ट, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, पुष्पराज बतौंला डिभिजन वन अधिकृत काठमाडौँ, सुष्मा राना प्रमुख संरक्षण अधिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज र बाँदर पीडित किसान तिल प्रसाद लम्सालको सहभागिता रहेको थियो । उहाँहरूलाई होस्ट भने संयोग बस्नेत डिभिजन वन अधिकृत ललितपुरले गर्नुभएको थियो । उक्त सेसनमा नेपालमा हाल वन्यजन्तु र मानिसका बिचमा भएका दोन्द यसबाट परेको असर र आगामी दिनमा पर्न सक्ने सम्भावित प्रभाव र बाँदर बँदेल दुम्सीबाट हुने गरेको नोक्सान किन दिन प्रतिदिन बढ्दो रहेको छ  भन्ने विषयमा भएको थियो । जङ्गली जनावरमा पनि हाल सडक देखि सदन सम्म तातेको विषय बाँदर व्यवस्थापन विगत १० वर्ष यता अझ जटिल कसरी हुँदै गयो र कृषि बालिमा बाँदरको आक्रमण किन बढ्दो भन्ने विषयमा गहन छलफल भएको थियो । यस्तै आगामी दिनमा बाँदर व्यवस्थापनमा नेपालका तीनै तहका सरकारले के कस्तो कदम चाल्दा उपयुक्त होला भन्ने विषयमा गहन छलफल भएको थियो । 

यस्तै कार्यक्रमको अन्तिम  सेसनका रूपमा रहेको दिगो वन व्यवस्थापन अन्तर प्रदेश सिकाइ अनुभव सेसनको चियर पर्सनका रूपमा डा राजेश राई त्रिभुवन विश्वविद्यालय रहनु भएको थियो भने उक्त सेसनमा वन निर्देशनालयका महानिर्देशक ईश्वरी प्रसाद पौडेल र विजयराज सुवेदी वरिष्ठ डिभिजन वन अधिकृत बर्दिया लुम्बिनी प्रदेशले गर्नुभएको थियो । उहाँहरूको प्रस्तुति पश्चात् विद्या नाथ झा बागमती प्रदेश वन निर्देशक, वन तथा वातावरण विज्ञ शम्भु दंगाल, मरिन सिन्धुलीका डिभिजन वन अधिकृत कृष्ण राज न्यौपाने फेकोफन बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटा, ँभ्ल्ँक्ष्त् का उपमहासचिव रोजित वस्तिले प्यानल डिस्कसन मार्फत उहाँहरूले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि छलफल गर्नुभएको थियो । उक्त प्यानल डिस्क सनको मोडियटरका रूपमा भक्तपुरकी डिभिजन वन अधिकृत श्रद्धा सिग्देलले गर्नुभएको थियो भने उक्त डिस्क सनमा दिगो वन व्यवस्थापनमा हामी कहाँ चुकेका छौँ वनलाई अव उद्योगमा कसरी लैजान सकिन्छ र यसका चुनौती र समाधानका उपाएका विषयमा वृहत् छलफल भएको थियो । 

नेपाल वन प्राविधिक सङ्घ बागमती प्रदेशका अध्यक्ष उत्तम चापागाईँको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका मन्त्री भरत बहादुर के.सी प्रमुख अतिथि रहनुभएको थियो भने प्रदेश सचिव डा केदार बराल, लगायत देश 

नेपालमा वन तथा वातावरण क्षेत्रका विषयमा गहन छलफलको आवश्यकता महसुस भएका कारण उक्त कार्यक्रम आयोजना गरिएको नेपाल वन प्राविधिक सङ्घले जनाएको छ । कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण वन, वन्यजन्तु र जलस्रोतमा परेको प्रभावबारे चर्चा गर्दै संरक्षण र व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय आवश्यक रहेको बताएका थिए। वन क्षेत्रको दिगो व्यवस्थापन, समुदायको सहभागिता तथा वातावरण संरक्षणलाई थप प्रभावकारी बनाउन सुझावसमेत प्रस्तुत गरिएको थियो।

गोष्ठीमा वन प्राविधिक, सरकारी निकायका प्रतिनिधि, वातावरणविद्, संरक्षणकर्मी तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

कार्यक्रमले वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे साझा समझदारी विकास गर्न महत्त्वपूर्ण योगदान पुगेको सहभागीहरूले बताएका छन्।


झापा  असार १२ गते । सुरेन्द्र भण्डारी- बिपद्, दुर्घटना वा अन्य असहज परिस्थितिमा व्यवसायी समुदायलाई साथ दिने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’मा सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ । यसैक्रममा नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) झापा च्याप्टरले रु एक लाख १६ हजार ६६६ सहयोग प्रदान गरेको छ । 
एनवाईइएफ झापा च्याप्टरको शाखा कार्यालय उद्घाटन समारोहपछि आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष गणेश पौडेलले उक्त रकमको चेक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई हस्तान्तरण गरेका थिए । सहयोग रकम हस्तान्तरणसँगै व्यवसायीबीच आपसी सहकार्य, सद्भाव र संकटका बेला एकअर्काको सहारा बन्ने संस्कृतिलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । 
एक करोड रुपैयाँको लक्ष्यसहित २०८१ सालमा स्थापना गरिएको राहत कोषले व्यवसायी समुदायमा भरोसाको आधार निर्माण गरिरहेको छ । व्यापार–व्यवसायमा आइपर्ने आकस्मिक संकटका बेला सदस्यलाई राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटिरहेको छ । 
संघका महासचिव कुशल खतिवडाका अनुसार हालसम्म कोषमा करिब रु ४० लाख संकलन भइसकेको छ । उनका अनुसार हालसम्म सबैभन्दा बढी रकम सहयोग गर्ने संस्थाका रूपमा एनवाईइएफ झापा च्याप्टर रहेको छ । युवा उद्यमीहरूको यो योगदानले अन्य व्यवसायिक तथा सामाजिक संस्थालाई समेत प्रेरित गरेको उनको भनाई छ । 
कार्यक्रममा एनवाईइएफ झापाका संस्थापक अध्यक्ष प्रवेश वस्नेतसहित बोर्ड सदस्यहरूको उपस्थिति रहेको थियो । साथै, उद्योग वाणिज्य क्षेत्रका अग्रणी व्यक्तित्व तथा संघका विशिष्ट सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य निर्मल भट्टराईको समेत सहभागिता रहेको थियो ।
सहयोग प्रदान गर्ने दाताहरूलाई संघले कदरपत्र प्रदान गरी सम्मान गरेको थियो । सम्मान कार्यक्रमले सहयोगको संस्कृतिलाई संस्थागत गर्दै सामाजिक उत्तरदायित्वप्रति व्यवसायी समुदायको प्रतिबद्धता झल्काएको सहभागीहरूको भनाइ थियो ।
संघका अध्यक्ष राजु न्यौपानेले राहत कोषको दिगोपनाका लागि विभिन्न क्षेत्रबाट प्राप्त भइरहेको साथ र सहयोगप्रति आभार व्यक्त गरे । उनले  संकटका घडीमा व्यवसायीलाई एक्लो महसुस हुन नदिन स्थापना गरिएको कोषलाई सामूहिक अभियानका रूपमा अघि बढाइने बताए । 
“व्यवसाय केवल नाफा–नोक्सानको विषय मात्र होइन, सुख–दुःखमा एकअर्काको साथ र भरोसाको सम्बन्ध पनि हो,” अध्यक्ष न्यौपानेले ने “युवा उद्यमीहरूले देखाएको यो सहयोगी भावना सम्पूर्ण व्यवसायिक समुदायका लागि अनुकरणीय बनेको छ ।”
राहत कोषलाई आगामी दिनमा लक्ष्यअनुसार एक करोड रुपैयाँ पु¥याउने अभियानलाई थप तीव्र बनाइने संघले जनाएको छ ।
 व्यवसायीहरूबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना सुदृढ बन्दै जाँदा यस्तो कोषले संकटका बेला आशाको आधार बन्ने विश्वास गरिएको छ ।


विराटनगर २०८३ असार ९ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिमको कोशी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव डा। ईन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा असार ०८ गते तालिम समापन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख आतिथि डा। ईन्द्र प्रसाद सापकोटाले कोशी प्रदेशमा रहेका बिभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणिय पर्यटकियस्थलहरुको अवलोकन र भ्रमणको लागी पाल्नु हुने विदेशी तथा स्वदेशी पर्यटकको आवश्यक शान्ति सुरक्षा लगायत विविध विषयमा सहजिकरणको लागि पर्यटक प्रहरीको महत्वपर्ण भुमिका रहेको बताउदै तालिमरत प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै वहाँहरुबाट उठेका जिज्ञासाको बारेमा समेत प्रस्ट पार्नु भएको थियो । 

तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले सम्पादन गरी कोशी प्रदेशमा रहेका पर्यटकिय स्थलहरुको सुरक्षा व्यवस्था प्रभावकारी बनाई पर्यटकहरुको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुका साथै धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक बिगम खड्काले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो । तालिममा कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवान सहित ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 


बिराटनगर २०८३ असार ९ गते । उद्योगहरूमा सुरक्षित र दक्ष्ँतापूर्वक बोइलर सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको २० दिने बोइलर सञ्चालन सम्बन्धी विशेष तालिम  सम्पन्न भएको छ ।

 उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा ए.बी.सी. आयल उद्योग, दुहबीमा आयोजित तालिममा विभिन्न उद्योग÷प्रतिष्ठानमा कार्यरत २० जना प्राविधिकहरूको सहभागिता रहेको तालिममा बोइलर सञ्चालनका सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक सीप प्रदान गरिएको थियो ।

तालिमको समापनमा उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले उद्योगहरूको उत्पादकत्व वृद्धि, ऊर्जा बचत तथा कार्यस्थल सुरक्षाका लागि दक्ष प्राविधिक जनशक्ति अपरिहार्य रहेको बताए । उनले उद्योग क्षेत्रमा दक्ष जनशक्तिको अभाव चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यस्ता तालिमहरूले सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । अध्यक्ष राठीले औद्योगिक प्रविधिको विकासका आधारमा आगामी दिनमा पनि क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

 तालिमका प्रशिक्षक किरण मण्डल र उदेश मोदीले बोइलरको आधारभूत सिद्धान्त तथा कार्यप्रणाली, सुरक्षित सञ्चालन प्रक्रिया, ऊर्जा दक्षता अभिवृद्धिका उपायका विषय तालिममा समावेश गरेको जानकारी वताए । साथै नियमित निरीक्षण तथा मर्मतसम्भार, सम्भावित जोखिम व्यवस्थापन र आपतकालीन अवस्थाको सामना गर्ने विधिका सम्वन्धमा सहभागिहरुलाई प्रशिक्षण प्रदान गरेको जानकारी दिए ।

उद्योग संगठन मोरङले उद्योगको आवश्यकता पहिचान गर्दै सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको सोही क्रमलाई निरन्तरता दिदै आगामी दिनमा पनि दक्ष जनशक्ति विकासलाई ध्यानमा राखी अन्य प्राविधिक तालिम सञ्चालन गर्ने जनाएको छ ।


काठमाण्सडौ असार ८ गते । गुन बस्नेत ,सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिका–११ मा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । मेलम्ची नगरपालिकाको सहयोगमा नेत्रज्योति मिडिया हाउसप्रालीको आयोजनामा  मेलम्चीमा रहेको होटल हेरिटेजमा तालिमको शुरुवात भएको हो ।

 नेपाल पत्रकार महासघंका केन्द्रीय महासचिब राम प्रसाद दाहालको प्रमुख अतिथ्यतामा र नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका उपध्यक्ष कान्ती न्यौपानेको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न वडाका बिद्यार्थीहरु सहभागीता रहनु भएको छ । पानसमा बत्ती बालेर तालिमको उद्धघाटन गर्दै महासचिब दाहालले पत्रकारिता पेशा आफैमा राम्रो मर्यादित  पेशा हो यसलाइ प्रयोग गर्न जान्नु पर्छ यो पेशा जोखीम पनी छ भन्नु हुँदै  “पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजप्रति उत्तरदायी भएर सत्य र तथ्य प्रस्तुत गर्ने दायित्व  पनी भएको बताउँनु हँदै यस्ता तालिमले नयाँ पुस्तामा सही सोच र सीप विकास गर्न मद्दत गर्छ भन्नु भयो  ।

 नेत्रज्योति मिडीहाउसका सञ्चालक नेत्र बहादुर बस्नेतको सभापतीत्वमा भएको उद्धघाटा समारोहमा  नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक जिल्लाका पुर्ब अध्यक्ष एवम प्रेस युनियन नेपाल बागमती प्रदेसका अध्यक्ष युवराज पुरीले कार्य क्रम संञ्चालन गर्नु हुँदै मेलम्ची नगरपालिकाकमा रहेका युवा युतीहरुलाइ पढ्ने बितीक्कै बिदेस जान भन्दा पनी यही बसेर काम गर्न पर्छ त्यसैले यो पत्रकारिता पेशामा लाग्न चाहनुहुनेका लागी यो तालिम अती महत्वपुर्ण रहेको बताउँनु भयो । 

बिशेष अतिथी कान्ती न्यौपानेले पत्रकार पत्रकारिता र सामाजीक सञ्जाल प्रयोगका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रमका सभापती को तर्फबाट बोल्दै नेत्र बहादुर बस्नेतले “डिजिटल युगमा सूचना छिटो फैलिन्छ, तर सही सूचना प्रवाह अझै महत्वपूर्ण छ । विद्यार्थीलाई प्रारम्भिक चरणमै पत्रकारिताको ज्ञान दिन सके भविष्यका सक्षम सञ्चारकर्मी तयार गर्न सकिन्छ  भन्ने उद्धेश्यका साथ यो तालिमको आयोजना गरिएको र तालिम लिएका मध्यबाट इच्छुकलाइ मिडीया हाउसमा रोजगारको समेत अबशर दिने बताउँनु भयो । 

तिन दिन सम्म चल्ने उक्त तालिममा माध्यमिक शिक्षामा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ । विद्यार्थीहरूमा पत्रकारिताको आधारभूत ज्ञान, समाचार लेखन सीप, सञ्चार नैतिकता तथा जिम्मेवार सूचना प्रवाहबारे व्यावहारिक विकास गर्नु मुख्य उद्धेश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममार्फत युवापुस्तालाई सञ्चार क्षेत्रप्रति आकर्षित गर्दै सचेत र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा समाचार लेखन, अन्तर्वार्ता कला, रिपोर्टिङ, सञ्चार नैतिकता तथा डिजिटल मिडियाको प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । उक्त तालिममा  रामप्रसाद दाहाल, कान्ती न्यौपाने, युबराज पुरी, निशा देउजा , आइसिंतामाङ प्रशिक्षकाको रुपमा रहनु भएको छ ।  स्थानीय समाज सेवी सागर श्रेष्ठले यसरी तालि दिएर रोजगारको लागी समेत अबशर प्रदान गर्न लागेकोमा आफुलाइ खुशी लागेको बताउँनु भएको छ ।

 


बिराटनगर ।  उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलाशले आज असार ५ गते शुक्रबार कोशी प्रदेश सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कोशी प्रदेश कार्यालयको तर्फबाट प्रदेश संयोजक मनोहरकुमार पोखरेलद्वारा दायर उत्प्रेषण परमादेश रिटमा प्रतिवादीहरु मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कोशी प्रदेश सरकार विराटनगर, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर र कोशी प्रदेश बाल अधिकार समितिलाई कारण देखाउ आदेश जारी भएको हो ।


विराटनगर असार ६ गते । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका २०८२ सालको कक्षा १२ का परिक्षा दिएका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । 

राष्ट्रिय शिक्षा बोर्डले आज सार्वजनिक गरेको परिक्षाफल अनुसार एभरेष्टको शतप्रतिशत नतिजा आएको हो । 

एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीका अनुसार १३२ जना विद्यार्थीले कक्षा १२ को परिक्षा दिएका थिए । शैक्षिक क्षेत्रमा अब्बल मानिएको एभरेष्टले हरेक परिक्षाहरुमा  उत्कृष्ट नतिजा ल्याउने गरेको भन्दै प्रिन्सिपल पुरीले त्यसकै निरन्तरता भएको बताए। 

प्रशासन प्रमुख रक्कि यादवका अनुसार ५७ जना ए प्लस ल्याएर उत्तिर्ण हुँदा ६६ जना ए ल्याएका छन् । यस्तै बी प्लस ल्याएर ९ जना उत्तिर्ण भएका छन् । यसका साथै एभरेष्ट स्कुलले  यसै शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन सुरु गरेको छ । 

काठमाडौं विश्वविद्यालयको सम्बन्धन पाएको एभरेष्टले बीआईटीको लागि आवेदन खुला भइसकेको जानकारी दिएको छ । समयमा कोर्ष पुरा गर्ने, समयमा परिक्षा लिने र समयमै परिक्षाफल प्रकाशन गर्ने विश्वविद्यालयका रुपमा परिचित काठमाडौं विश्वविद्यालयको बीआईटी एभरेष्टमा सुरु भएको हो ।


विराटनगर असार ५ गते । विद्यार्थीहरूमा नेतृत्व, कूटनीतिक सोच, अनुसन्धान क्षमता तथा विश्वव्यापी मुद्दाप्रतिको बुझाइ विकास गर्ने उद्देश्यसहित ‘कोशी नमुना संयुक्त राष्ट्रसंघ सम्मेलन (केएमयूएन)–२०२६’ विराटनगरमा सुरु भएको छ ।

स्पटलाइट इनिसियटिभको आयोजना तथा दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरको समन्वयमा आयोजित तीनदिने सम्मेलनको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले युवा पुस्तामा नेतृत्व क्षमता, संवाद कौशल, अन्तर्राष्ट्रिय सम्बन्धबारेको ज्ञान तथा विश्वस्तरका चुनौतीहरूको समाधान खोज्ने क्षमता अभिवृद्धि गर्न यस्ता सम्मेलन प्रभावकारी माध्यम बन्ने बताए । उनले विद्यार्थीलाई विश्व समुदायको जिम्मेवार सदस्यका रूपमा सोच्न, सहकार्य र संवादमार्फत समस्या समाधान गर्न तथा राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

डीपीएस विराटनगरका सह–प्राचार्य टी.एन. भण्डारीले यस्ता शैक्षिक मञ्चले विद्यार्थीको आत्मविश्वास, सार्वजनिक प्रस्तुतीकरण कला, समालोचनात्मक सोच र अनुसन्धान क्षमताको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले सहभागीलाई विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिकामा रहेर समसामयिक अन्तर्राष्ट्रिय मुद्दामा गहन छलफल गर्न आह्वान गरे ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का कोशी प्रदेश संयोजक प्रशान्त नेपालले दिगो विकास, खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा विश्वव्यापी चुनौतीहरूको समाधानमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । उनका अनुसार यस्ता सम्मेलनले विद्यार्थीलाई अन्तर्राष्ट्रिय मुद्दाको गहिरो अध्ययन गर्न, समाधानका वैकल्पिक उपाय खोज्न तथा जिम्मेवार विश्व नागरिकका रूपमा विकसित हुन महत्वपूर्ण अवसर प्रदान गर्छ ।

सम्मेलनमा केएमयूएनका महासचिव दीपांकर कुँवर, स्पटलाइट इनिसियटिभका अध्यक्ष ईशान अग्रवाल, कस्तुरी कलेजका शैक्षिक संयोजक, विराट शिक्षण अस्पतालका निर्देशक, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, कार्यकारी समिति सदस्य, शिक्षक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार सम्मेलनमा विभिन्न विद्यालयका करिब ३ सय विद्यार्थी प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा उनीहरूले विभिन्न राष्ट्रको प्रतिनिधित्व गर्दै विश्व शान्ति, मानव अधिकार, जलवायु परिवर्तन, दिगो विकास, अन्तर्राष्ट्रिय सुरक्षा लगायतका समसामयिक विषयमा बहस, छलफल र प्रस्ताव प्रस्तुत गर्नेछन् ।


विराटनगर असार ५गते । नेपाल स्काउटको ७५औँ स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा स्काउट अभियानको प्रवद्र्धन र संस्थागत विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सम्मानित भएका छन् ।

नेपाल स्काउट कोशी प्रदेशले शुक्रबार इटहरीमा आयोजित विशेष समारोहबीच विराटनगर महानगर स्काउटका प्रमुख संरक्षकसमेत रहेका मेयर कोइरालालाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो । कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

स्काउट गतिविधिको विस्तार, युवा नेतृत्व विकास तथा विद्यालय तहमा स्काउट अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन विराटनगर महानगरपालिकाले खेलेको भूमिकाको कदरस्वरूप कोइरालालाई सम्मान गरिएको नेपाल स्काउट कोशी प्रदेशले जनाएको छ ।

सम्मान ग्रहणपछि मेयर कोइरालाले स्काउट अभियानले अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र स्वयंसेवाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे । उनले युवा पुस्तालाई सकारात्मक तथा सिर्जनशील गतिविधितर्फ आकर्षित गर्न स्थानीय सरकार सधैं सहकार्यका लागि तयार रहेको बताए ।

‘स्काउट केवल एउटा संगठन मात्र होइन, जिम्मेवार नागरिक निर्माण गर्ने एउटा सशक्त अभियान हो,’ उनले भने, ‘युवाहरूलाई सामाजिक सेवामा प्रेरित गर्दै नेतृत्व क्षमताको विकास गर्न स्काउटले खेलेको भूमिका अतुलनीय छ ।’

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहका स्काउट पदाधिकारी, प्रशिक्षक, रोभर तथा रेन्जर स्काउटहरूको उल्लेख्य सहभागिता रहेको थियो । स्थापना दिवसका अवसरमा प्रदेशभरिबाट उत्कृष्ट कार्य गर्ने विभिन्न व्यक्ति, विद्यालय तथा संस्थाहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।

नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीले स्काउट अभियानलाई समुदायस्तरसम्म विस्तार गर्न स्थानीय तहहरूको सहयोग महत्वपूर्ण रहेको बताए । उनले विपद् व्यवस्थापन, वातावरण संरक्षण, रक्तदान, सरसफाइ तथा सामाजिक सचेतनामूलक अभियानहरूमा स्काउटको सक्रिय सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको उल्लेख गरे ।

नेपाल स्काउटले विगत सात दशकभन्दा बढी समयदेखि बालबालिका तथा युवामा चरित्र निर्माण, नेतृत्व विकास, राष्ट्रसेवा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्ला वर्षहरूमा स्थानीय सरकार, विद्यालय र समुदायसँगको सहकार्य बढ्दै जाँदा स्काउट अभियान अझ प्रभावकारी र विस्तारोन्मुख बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।


विराटनगर असार ५ गते ।विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधिका कारण नाला जाम, सडक क्षति तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू गरेको छ । अबदेखि घरनक्सा पास गर्ने प्रक्रियामा निर्माणकर्ताले सरसफाइसँगसम्बन्धित सात वटा अनिवार्य शर्त पालना गर्नुपर्नेभएको छ ।

महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाले जारी गरेको व्यवस्थाअनुसार निर्माण सामग्री सडक, नाला तथा पेटीमा राख्न पाइने छैन । साथै निर्माण सामग्री ढुवानीका क्रममा नाला जाम भए वा क्षति पुगेमा सम्बन्धितनिर्माणकर्ताले आफ्नै खर्चमासफाइ तथा मर्मतगर्नुपर्नेछ ।

निर्माणस्थलबाट निस्कने बालुवा, सिमेन्ट तथा माटो मिसिएको पानी नालामा बगाउन निषेध गरिएको छ । निर्माण कार्यका क्रममा मानविय क्षति हुन नदिन आवश्यक सुरक्षा मापदण्ड अपनाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

महानगरले नक्सा पास प्रमाणपत्र जारी गर्नुअघि निर्माणस्थल आसपासका नालाको सफाइ, नाला ढक्कनको मर्मत तथा सडकमा भएको टुटफुटको व्यवस्थापन अनिवार्य गरेको छ । यी कार्य पूरा नभएसम्म अन्तिम नक्सा पास प्रमाणपत्र जारी नगरिने जनाइएको छ ।

त्यसैगरी महानगरका कर्मचारीले अनुगमनका क्रममा तोकिएका मापदण्ड पालना नगरेको भेटिएमा नियमानुसार जरिवाना गरिनेछ । निर्माणजन्य फोहोर सडक तथा सडक किनारमा जथाभावी थुपार्न पनि रोक लगाइएको छ ।

निर्माणकर्ताले यी सबै शर्त पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको महानगरले जनाएको छ । मापदण्ड उल्लंघन भएको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८१ बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ ।

सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार घरनक्सा पास प्रक्रियासँगै सरसफाइका मापदण्डलाई अनिवार्य बनाउँदा नाला जाम हुने समस्या २० देखि २५ प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ । महानगरले निर्माण गतिविधिलाई व्यवस्थित बनाउँदै सहरी सरसफाइ र पूर्वाधार संरक्षणमा टेवा पुग्ने विश्वास लिएको छ ।


बिराटनगर २०८३ आषाढ ५ गते । नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयले आयोजना गरेको समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि र आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका लागि सुझाव संकलन कार्यक्रममा मोरङ उद्योग व्यापार संघले उद्योगी÷व्यवसायीहरुको तर्फबाट सुझाव प्रस्तुत गरेको छ ।

मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह र वाणिज्य उपाध्यक्ष अनिल साहले कार्यक्रममा उपस्थित नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक सुमन न्यौपानेलाई उक्त सुझाव पत्र पेश गर्नु भएको थियो ।

संघको तर्फबाट सुझाव पत्र प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष साह र उपाध्यक्ष सारडाले विद्यमान अवस्थामा बैंकिङ प्रणालीमा अधिक तरलता र बाह्य क्षेत्र बलियो भए तापनि निजी क्षेत्रको कर्जा विस्तार न्यून रहनुले अझै पनि कतै नकतै नीतिगत गाँठो रहेको महसुस गरिएको बताउनु भएको थियो । राष्ट्र बैंकले त्रैमासिक समीक्षाहरुमा देखाएको आंशिक लचकतालाई पूर्णता दिँदै आन्तरिक उत्पादन र निजी क्षेत्रको मनोबल बढाउन आगामी मौद्रिक नीतिमा केहि मुख्य बुँदाहरु समेट्नु पर्नेमा उहाँहरुले जोड दिनु भएको थियो ।

सो क्रममा चालू पूँजी कर्जा मार्गदर्शनमा सुधार गर्दै उत्पादनमूलक उद्योगको प्रकृति र नगद प्रवाहको आधारमा कुल कारोबारको ६० प्रतिशतसम्म चालू पूँजी कर्जा सहजै पाउने स्थायी व्यवस्था गरिनु पर्ने र विद्यमान अवस्थामा उद्योग व्यवसायको अस्थिर टर्नओभरलाई ध्यानमा राखी चालू पूँजी कर्जा नवीकरण गर्दा बैंकलाई लचकता अपनाई व्यवसाय संचालनका लागि सहजीकरण गर्न निर्देशन दिन आग्रह गरिएको थियो ।

त्यस्तै, निष्क्रिय कर्जा (ल्एी), वर्गीकरण र ऋण पुनर्संरचनाका सन्दर्भमा लगातार दुई वर्ष घाटामा देखिएका उद्योग÷व्यवसायहरुको ऋण प्रोभिजनिङ गर्दा बूक लसको सट्टा ‘क्यास लस’ लाई मात्र मान्यता दिने व्यवस्था लागू गर्नु पर्ने र साँवा–ब्याज तिर्न नसकेका उत्पादनमूलक उद्योगहरुलाई बिना थप जरिवाना कम्तिमा एक वर्षको ऋण पुनर्संरचना र पुनरतालिकीकरण गरिदिनु पर्ने माग राखिएको थियो ।

त्यसका साथै युएस डलरसहित सबै विदेशी मु्रदाहरुको खरिददर र बिक्रीदरको अन्तर बढीमा ने.रु. ०.१५ (भारतीय रुपैयाँ सरह) कायम गरी स्वदेशी उद्योगहरुको लागत खर्च घटाइनु पर्ने तथा भारतीय रुपैयांमा भुक्तानीको तुलनामा अमेरिकी डलरमा भुक्तानी गर्दा भारतीय सरकारी सहुलियतका कारण कतिपय कच्चा पदार्थहरुको खरिद मूल्य १० देखि १५ प्रतिशतसम्म सस्तो पर्ने भएकाले त्यस्ता कच्चा पदार्थको आयातमा डलरमा भुक्तानी गर्ने व्यवस्था खुला गरिनु पर्ने सुझाव दिइएको थियो ।

त्यसै गरी, हाल बैंकहरुको भारित औसत निक्षेप दर र आधार दर न्यून भए तापनि उद्योगहरुले महँगो प्रिमियम तिर्नु परिरहेकोमा उत्पादनमूलक क्षेत्रको कर्जामा आधार दरमा बढीमा २ प्रतिशत मात्र प्रिमियम जोड्न पाउने गरी व्यवस्था गरिनु पर्ने, सूचना प्रविधि र ई–कमर्स उद्योगको भुक्तानी सहजीकरणका लागि पेपल जस्ता अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्महरु नेपाली उद्योग र नागरिकले प्रयोग गर्न सक्ने व्यवस्था गर्नु पर्ने, गुड फर पेमेन्ट चेक जारीकर्ताको व्याजको भार न्यून गर्न साविककै बमोजिम भुक्तानी नभएसम्म जारीकर्ताकै खातामा रकम रोक्का मात्र गर्ने व्यवस्था कायम गरिनु पर्ने, बैंकहरुमा पनि श्रमिक सरह वर्षको अधिकतम १३ दिन मात्र विदा हुने व्यवस्था मिलाइनु पर्ने लगायतका सुझाव दिनु भई उहाँहरुले बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ती व्यवहारिक र नीतिगत सुझावहरुलाई आगामी मौद्रिक नीतिमा ठोस रुपमा सम्बोधन गरेमा मात्र विद्यमान अवस्थाको शिथिल बजार चलायमान हुने तथा निजी क्षेत्रको मनोबल बढाउन मद्दत पुग्नेमा जोड दिइएको थियो ।

 


बिराटनगर असार २ गते ।नेकपा एमालेले निर्वाचन पार्टी पुनर्गठन समीक्षाको एजेण्डा बोकेर प्रदेश दौडाहामा भित्रिएको एमालेका केन्द्रीय कार्यकर्ताले बताएका थिए । तर ओलीले बोलिसकेपछि सुरु भएको सुझाव संकलनका क्रममा भने अधिकांश सहभागीहरूले पार्टीको शीर्ष तहदेखि नै पुनर्गठन आवश्यक रहेको धारणा राखेका थिए । पार्टी पुनर्गठन  र बहस 

 


काठमाण्डेो  | विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथु नेपाल नेत्र ज्योति संघको ३०औं केन्द्रीय साधारणसभामा सम्मानित भएका छन् ।

अस्पतालको विकास, प्रभावकारी व्यवस्थापन संस्थागत र गुणस्तरीय नेत्र सेवा विस्तारमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सो सम्मान प्रदान गरिएको हो ।

विगत १५ वर्षदेखि अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्दै आएका पृथुले अस्पताललाई सेवा, प्रविधि र व्यवस्थापनका दृष्टिले नयाँ उचाइमा पुऱ्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

संस्थागत सेवा विस्तार, मानव स्रोत विकास, वित्तीय अनुशासन र सामुदायिक पहुँच अभिवृद्धिमा उनको योगदानको नेपाल नेत्र ज्योति संघले

उच्च प्रशंसा गर्दै सम्मान गरेको हो। विराट आँखा अस्पताललाई विशेष सम्मान

साधारणसभाका अवसरमा विराटनगर आँखा अस्पताललाई पनि अग्रणी आँखा अस्पतालका रूपमा उत्कृष्ट नेत्र सेवा प्रदान गर्दै देशकै स्थापित हुन सफल भएको भन्दै विशेष सम्मान गरिएको थियो |

अत्याधुनिक प्रविधिको प्रयोग, आधारित कार्यक्रममार्फत राष्ट्रिय दक्ष जनशक्ति उत्पादन र समुदायमा आफ्‌नो विशिष्ट पहिचान बनाएको तथा अन्तर्राष्ट्रिय स्तरमा अस्पतालले छ।

पृथुले प्राप्त सम्मानले आफूलाई सम्मान ग्रहण गरेपछि प्रबन्धक अस्पतालको सफलताको श्रेय उनले थप जिम्मेवार बनाएको बताए । चिकित्सक, कर्मचारी, व्यवस्थापन समिति र सेवाग्राहीको विश्वासलाई दिएका छन् । आगामी दिनमा थप

प्रभावकारी र सर्वसुलभ नेत्र सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको उनले बताए ।

आँखा अस्पतालले नेपालका साथै उल्लेखनीय छ कि विराटनगर भारत, बंगलादेश र भुटानका लाखौं बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गरिरहेको छ । उपचारका पनि अस्पतालले अग्रणी भूमिका साथै अनुसन्धान र तालिमको क्षेत्रमा निर्वाह गरिरहेको छ ।

चेत्तराज पन्तले गरेका थिए भने साधारणसभाको अध्यक्षता प्राडा काठमाडौंमा आयोजित सो थियो रामप्रसाद पोखरेलको उपस्थिति प्रमुख अतिथिका रूपमा प्राडा दनुवार, श्यामकुमार पोखरेल, भरत प्रदेशसभाकी उपसभामुख सिर्जना कार्यक्रममा कोशी चन्द र प्राडा डीएन साहलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।


विराटनगर  २०८३ असार २ गते । कोशी प्रदेशमा पर्यटकहरूको सुरक्षा, संरक्षण र सहजीकरण गर्ने उद्धेश्यले कोशी प्रदेश  प्रहरी कार्यालय विराटगरले ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिम संचालन गरेको छ । असार ०२ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा  प्रहरी वरिष्ट उपरीक्षक योगेन्द्र सिंह थापाको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो । तालिम समुद्‍घाटन कार्यक्रमलाई सम्बोधनको क्रममा प्रहरी वरिष्ट उपरीक्षक योगेन्द्र सिंह थापाले नेपाल प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विविधताले सम्पन्न भएको कारण भ्रमणको लागी आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सुरक्षा, संरक्षण, सहजीकरण र सकारात्मक अनुभव सुनिश्चित गर्ने कार्यमा पर्यटक प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहने भएकोले पर्यटकप्रति मैत्रीपूर्ण व्यवहार, सहजिकरण गर्नको निम्ति प्रहरीलाई आधारभूत ज्ञान तथा व्यावसायिक सेवाको विकास गर्ने उद्देश्यले पर्यटक प्रहरी अनुशिक्षण तालिम उपलव्ध गराईएको बताउनु भयो । 

वहाँले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई उत्साहपूर्वक एवं पूर्ण अभिरूचिका साथ सहभागि तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन समेत दिनु भयो ।

तालिम समुद्‍घाटन कार्यक्रममा  कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कृष्ण कुमार न्यौपानेले आर्थिक वर्ष २०८३र०८४ लाई पर्यटन वर्षका रूपमा मनाउने प्रदेश सरकारको लक्ष्य अनुरूप पर्यटक प्रहरीको क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गरी कोशी प्रदेशका पर्यटन गन्तव्यहरूको सुरक्षा, संरक्षण तथा पर्यटक मैत्री वातावरणको प्रवर्द्धन गर्न तालिम संचालन गरिएको बताउनु भयो ।

उक्त अनुशिक्षण तालिममा जुनियर प्रहरी अधिकृत सहित ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।


बिराटनगर |  विराटनगरस्थित इडेनवर्ग कलेजले विद्यार्थीहरूका लागि बिदाइ तथा स्वागत कार्यक्रम आयोजना गरेको छ। 

कार्यक्रममा कलेजका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.