Websoft University
February 2026


 विराटनगर, ३ फाल्गुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट मोरङ क्षेत्र नं. ६ मा प्रत्यक्ष तर्फका उम्मेदवार बन्नुभएका विनोद ढकालले पितृशोकमा कोरामा बसेकै बेला आफ्नो प्रतिवद्धता सार्वजनिकगर्नुभएकोछ ।

ढकाल कोरामा बस्नुभएको घर विराटनगर ५, सम्झना चोकमा आज ढकालको उपस्थितिमा मोरङ क्षेत्र नं. ६ क्षेत्रीय निर्वाचन संयोजन समितिका सचिव सत्यनारायण चौधरीले सञ्चारकर्मीमाझ प्रतिवद्धता पत्र वाचन गरेर सुनाउनुभएको हो ।


सार्वजनिक गरिएका प्रतिवद्धतामा कानुन निर्माणको मुख्य अभिभाराका अलावा विराटनगर महानगर क्षेत्र भित्रको डुवानको सममस्या समाधानको गुरुयोजनादेखि विभिन्न क्षेत्रमा विकास निर्माण र कृषि क्षेत्रका समस्या समाधान तथा विपन्न समुदायको उत्थानका कामलाई प्राथमिकता दिइएको छ ।
३० बुँदे प्रतिवद्धता पत्रमा यसअघि सोही क्षेत्रबाट निर्वाचित एमाले नेता लालबाबु पण्डितले प्रारम्भ गरेर बाँकी रहेका परियोजना पूरा गर्ने समेत उल्लेख गरिएको छ ।
हेर्नुहोस ढकालका प्रतिवद्धताः 
१. विराटनगरको ढल निकास र डुबान समस्या समाधान गर्न गुरुयोजना बनाई लागू गर्ने ।
२. चक्रपथसहितको प्रमुख सडक स्तरोन्नति गरी कालोपत्रे बनाउने ।
३. गछिया, बुढीखोला–केशलिया र सिंघिया नदीबाट हुने डुबान नियन्त्रण गर्न विशेष योजना ल्याउने ।
४. बन्द भएका र रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल गर्दै मजदुरको हितमा विशेष कार्यक्रम ल्याउने र साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्ने ।
५. गुणस्तरीय विद्यालय शिक्षा र ‘स्मार्ट क्लास रुम’ को नीति लागू गर्न पहल गर्ने ।
६. जेन–जी उमेर समूहलाई आधुनिक प्रविधिमार्फत नवप्रवद्र्धनात्मक सिकाई र उच्च शिक्षाका विद्यार्थीका लागि ‘पढ्दै, कमाउँदै’ कार्यक्रम लागू गर्ने ।
७. विश्वविद्यालय र क्याम्पसहरूलाई व्यवस्थित गरी स्वरोजगार मूलक शिक्षा लागू गर्ने र विशेष छात्रवृत्ति कार्यक्रम ल्याउने ।
८. मदरसा र गुरुकुलसहित धार्मिक विद्यालयलाई सुव्यवस्था र सुविधा वृद्धि गरी विश्वविद्यालयको शैक्षिक कार्यक्रमसँग जोड्ने ।
९. मठमन्दिर, मस्जिद, चर्च, गुम्बा, थान आदि सांस्कृतिक धरोहरहरूको संम्बद्र्धन गर्ने ।
१०. थारु समुदायको भाषा, संस्कृति, चाडपर्व र रीतिरिवाजको संरक्षण गर्दै समय अनुसारको विकास गर्ने ।
११. सरकारी तथा निजी अस्पतालमा यस क्षेत्रका विपन्न तथा गरिब नागरिकको सहज पहुँच बनाउने ।
१२. मल, खाद तथा बीउ समयमै उपलब्ध गराउने व्यवस्था गर्दै कृषि सिँचाइको प्रबन्ध र अग्र्यानिक कृषिलाई व्यवसायीकरण गर्ने ।
१३. कृषि उपज संकलन केन्द्र र शीत भण्डार सञ्चालन गर्न प्रोत्साहित गर्ने ।
१४. सुन्दरहरैंचाको छ पोखरी, बुढीगंगा नजिकै सिंघिया खोलामा र बौराहाको मधुपार्कसहित अन्य पार्कहरूको स्थापना र प्रवद्र्धन गर्ने तथा हसिना सिमसारलाई पर्यटकीय क्षेत्र बनाउने ।
१५. कोशी नहरको विराटनगर शाखा कोरिडोर, गछिया र बुढीखोलामा एकातर्फ सडक र अर्को किनारालाई सुन्दर र हरियाली बनाउने । खुला व्यायामशाला र मिनिपार्क स्थापना गर्ने ।
१६. निर्वाचन क्षेत्र स्तरीय रंगशाला, आवश्यकता अनुसार खेल मैदान र कबर्ड हल बनाउँदै युवालाई खेल र रचनात्मक कार्यमा प्रोत्साहित गर्ने तथा लागू औषध दुव्र्यसनीविरुद्ध सचेतना जगाउने ।
१७. नवप्रवर्तनलाई प्रोत्साहित गर्ने, युवा उद्यमीलाई बिना धितो ऋणको व्यवस्था मिलाउन पहल गर्ने । र, नवयुवालाई स्वरोजगार मूलक तालिममार्फत उद्यमशीलता विकास गर्ने ।
१८. ज्येष्ठ नागरिक, अपाङ्गता भएका, दलित र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बढाउन पहल गर्ने ।
१९. अव्यवस्थित बसोबासी र सुकुम्वासी समस्या सम्बोधन गर्ने ।
२०. विपन्न परिवारकालागि निःशुल्क विद्युतीय चुल्हो कार्यक्रम सञ्चालनमा पहल गर्ने ।
२१. चारकोसे जंगल क्षेत्रमा हात्तीको र हातीमूढामा बाँदरको आतंक नियन्त्रण गर्न पहल गर्ने ।
२२. सहकारी र माइक्रोफाइनान्सको चर्को व्याजबाट विपन्न नागरिकलाई राहत दिने ।
२३. सिटी रिक्सा चालकलाई संगठित गरी सहुलियत दरमा चार्जिङ सुविधा उपलब्ध गराउने ।
२४. उत्तरी मोरङको गछियालाई केन्द्र बनाई प्रशासनिक कार्यालयहरू स्थापना गर्न पहल गर्ने ।
२५. विगतमा यही क्षेत्रबाट निर्वाचित लालबाबु पण्डितले सुरु गरी अधुरो रहेका परियोजनाहरूलाई प्राथमिकताका साथ पूरा गर्ने ।
२६. पूर्वाञ्चल विश्वविद्यालयबाट हसिना सिमसार जाने पर्यटन मार्ग (सुन्दरहरैंचा ६ र ७ जोड्ने) र गछिया र गोठगाउँलाई (वडा नंं ३ र ४ लाई) जोड्ने पक्की पुल निर्माण गर्ने ।
२७. कोडिया चोक पश्चिम सुकचर खेल मैदान छेउ बुढी खोलमा पक्की पुल निर्माण गर्ने ।
२८. गछिया आधारभूत प्रा.वि.देखि पूर्व (वडा नं. ६ र ७ लाई जोड्ने) झोलुङ्गे पुल निर्माण गर्ने ।
२९. नेताचोकबाट खनार हुँदै भाइरल पुल जाने नहर किनारको सडकमा कालोपत्रे गर्ने ।
३०. मिलनचोक–कमलपुर–जोगियारे हुँदै मृगौलिया जाने भूवनेश्वर सडक चौडा गरी कालोपत्रे गर्ने ।


प्रतिवद्धता सार्वजनिक कार्यक्रममा नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य लालबाबु पण्डितले घरदैलो कार्यक्रममा ढकालको अनुपस्थितिमा यस क्षेत्रका अन्य नेताहरुबाट निरन्तर चल्ने बताउनुभयो । सञ्चारकर्मीहरुको जिज्ञासामा उहाँले नेकपा एमालेमा अहिले कुनै ध्रुविकरण नरहेको भन्दै एक ढिक्का भएर निर्वाचनमा होमिने बताउनुभयो ।


कार्यक्रममा नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा समानुपातिक उम्मेदवार गुरु बराल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज ऋषिकेश पोखरेल, केन्द्रीय सदस्य पर्शुराम बस्नेत तथा नेकपा एमालेका प्रदेश तथा जिल्ला कमिटीका नेताहरुको उपस्थिती थियो ।


 विराटनगर, ३ फाल्गुन । नेकपा ९एमाले० का नेता एवम् मोरङ क्षेत्र नं। ६ का प्रतिनिधिसभा सदस्य उमेद्वार विनोद ढकालले कोराबाटै आफु मतदातासँगै रहेको बताउनुभएको छ ।

निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले एक भिडियो सन्देश जारी गर्दै आफु मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताउनुभएको हो ।

म मतदाता बीचमै छु, र मन मतदातासँगै छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिपछि म तपाईंहरू बीचमा आएर सुझावहरु लिने छु ।’ नेता ढकालले आफुले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्ने तर्फ क्रियाशील रहने बताउनुभयो ।

मोरङ क्षेत्र नम्बर ६ मा एमालेबाट ढकालसँगै नेपाली कांग्रेसबाट नेता शेखर कोईराला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुबिना आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सविन निरौलालगायत उमेद्वार छन् । उनीहरु सबैलाई पराजित गर्ने गरी आफु मैदानमा उत्रिएको ढकालको दाबी छ ।

नेकपा एमालेभित्र आफ्ना आवाजहरुलाई बुलन्द पार्ने नेताको रुपमा चिनिनुभएका ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रीय नेताका रुपमा परिचित हुनुहुन्छ । हाम्रो पेजबाट


बिराटनगर फागुन १ गते । शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय केन्द्र बिराटनगरले स्वास्थय क्षेत्रका लागि सामाजिक जवाफदेहिता आमभेला र प्रारम्भिक प्रतिवेदनआज एक समाहोहका बिच प्रस्तुतिकरणगरेको थियो | 

शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा ह्रदय केन्द्रले माघ २५ गते देखि कार्यक्रमहरुसुरू गरको कुरा फागुन १ गते जानकारी गराएको थियो । 

अस्पताल संरचना तथा सेवाको अवलोकन अस्पताल प्रमुख र स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया सरोकारवालाहरूसँग अन्तर्वार्ता,कोशी प्रदेश स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव,विराटनगर महानगरपालिका निजी अस्पताल संघ आम भेला सहजीकरणका नतिजाहरू प्रस्तुत गरी सक्षीप्त जानकारी गराउने कार्यक्रम रहेको छ ।

 


 


बिराटनगर माघ २९ गते | २०८२ माघ २९ गते | उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेत लगायतका प्रतिनिधिहरु र संगठनका पदाधिकारीहरु वीच उद्योग व्यवसाय क्ष्ँेत्रका विविध विषयहरुका वारेमा आज संगठनको सचिवालयमा छलफल भएको छ ।

छलफलमा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले उद्योग व्यवसाय क्ष्ँेत्र वर्तमान समयमा असहज अवस्थाबाट गुज्रिरहेको वताउदै सहज सञ्चालनमा देखिएमा वाधा र अडचनलाइ फुकाउन विभागलाई  आफनो तर्फबाट भुमिका निर्वाह गर्न आग्रह गरे । उनले युवाहरुलाई स्वदेशमा वस्ने वातावरण वनाउन स्टार्टअपहरुको विकास र विस्तारमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

 विभागका महानिर्देशक जितेन्द्र वस्नेतले सरकारले पर्यटन, एग्रो प्रोसेसिङ, जलविधुत, उत्पादनमूलक उद्योग, सूचना प्रविधि जस्ता क्षेत्रलाई केन्द्रित गरेको वताए । उनले स्टार्टअपहरुलाई सहज रुपले व्यवसायीक विकास गर्न सहयोग पु¥याउन आगामी दिनमा विजनेश इन्क्यूवेशन सर्भिस प्रारम्भ गर्ने योजना रहेको वताए ।

 संगठनका उपाध्यक्ष्ँ विपिन कावराले वैंक तथा वित्तिय संस्थामा लगानीका लागि यथेष्ट रकम भएतापनि उद्योगमा लगानी नभईरहेकाले अवका दिनमा लगानी गर्न ईच्छुक व्यावसायीलाई कुनैपनि क्ष्ँेत्रमा सिमित नगरी लगानीका लागि सहज वनाउनु पर्ने धारणा राखे ।

 संगठनका कार्यसमिति सदस्य एवं स्टार्टअप तथा विजनेश इन्कुबेशन समितिका संयोजक प्रतिक राउतले युवाहरुलाई उद्यमशिलता तर्फ अभिप्रेरित गर्न औद्यागिक विकासको पूर्ण ईको सिस्टम तयार गर्न सरकारले नीजि क्षेत्रसंग सहकार्य गरेर अघि वढनु पर्ने धारणा राखे ।

 कार्यक्रममा विभागका निर्देशक बिष्णुमाया भट्टराई लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


विराटनगर  माघ २८ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा  मोरङ क्षेत्र नम्बर ६ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालले घरदैलो तथा मतदाता भेटघाट अभियान चलाएका छन् ।  

उनले बुधबारबाट मतदाता भेटघाट सुरु गरेका हुन् । निर्वाचन क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका ढकाल आफूलाई मत दिएर विजयी गराउन आग्रह गरिरहेका छन् ।

ढकालले मतदातासँगको भेटघाटमा आफू विजयी भए प्रतिनिधिसभामा क्षेत्रका मुद्दा सशक्त रूपमा उठाउने र नीति निर्माण प्रक्रियामा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । उनले विकास निर्माण, सुशासन र जनतासँग प्रत्यक्ष सम्बन्ध कायम राख्ने विषयलाई प्राथमिकतामा राखेको बताएका छन् ।

घरदैलोका क्रममा मतदाताले सडक पूर्वाधार, स्वास्थ्य सेवा र शिक्षाको पहुँच विस्तारलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन् । कतिपय मतदाताले आधारभूत सेवामा सहज पहुँच नपुगेको गुनासो गर्दै विकास योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । साथै, बढ्दो भ्रष्टाचार अन्त्य गरी पारदर्शी र उत्तरदायी शासन व्यवस्था कायम गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

ढकालसँगको संवादका क्रममा केही मतदाताले ‘तपाईंलाई किन भोट   दिने ?’ भन्ने प्रत्यक्ष प्रश्न पनि गरेका छन् । त्यसको जवाफमा उनले पूर्वाधार विकास र सुशासन आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन् । उनले यसअघि यही क्षेत्रबाट निर्वाचित एमाले नेता लालबाबु पण्डितले सांसद र मन्त्री हुँदा ल्याएको बजेट र सम्पन्न भएका विकास योजनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । 

‘एमालेले विगतमा गरेका कामलाई आधार मानेर यसपटक पनि जनताले विश्वास गर्नेछन् भन्ने अपेक्षा लिएको छु,’ ढकालले भने । एमाले स्थायी कमिटी सदस्य तथा मोरङ–६ का चुनावी कमाण्डर पण्डितले पनि निर्वाचन अभियानमा सक्रिय सहभागिता जनाइरहेका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा आफ्नो पार्टी देश निर्माणको एजेन्डासहित चुनावमा होमिएको बताए । 

साथै, उनले केही प्रतिस्पर्धी दलप्रति आलोचनात्मक टिप्पणी गर्दै मतदातालाई भ्रमबाट सचेत रहन आग्रह गरे । पण्डितले मोरङ–६ को समग्र विकासका लागि विनोद ढकाल उपयुक्त उम्मेदवार रहेको दाबी    गरे । एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेतले पनि यसपटकको निर्वाचन फरक परिस्थितिमा हुन लागेको उल्लेख गरे । विगतमा विभिन्न दलहरूले एमालेविरुद्ध गठबन्धन बनाएको स्मरण गर्दै उनले अहिले दलहरू आआफ्नै हिसाबले चुनावमा प्रतिस्पर्धा गरिरहेको बताए । 

बस्नेतका अनुसार मोरङ–६ मा एमालेको विगतको योगदानका आधारमा मतदाताले पुनः सूर्य चिन्हमा मतदान गर्ने विश्वास पार्टीले लिएको छ । उनले लालबाबु पण्डित सांसद र मन्त्री हुँदा क्षेत्रमा ठूलो मात्रामा बजेट भित्राएर विकास गरेको बताए । 

चुनावी अभियानका क्रममा स्थानीय मतदाताहरूले ढकालप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेको एमाले पक्षको दाबी छ । स्थानीय रोशन साहले विकास निर्माण, जनसम्पर्क र राष्ट्रिय नीतिमा स्पष्ट दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार ढकाल स्थानीय समस्यामा चासो राख्ने र सहयोग गर्ने नेताका रूपमा परिचित छन् ।

अर्का स्थानीय रामदेव मण्डलले पनि ढकाल लामो समयदेखि सक्रिय राजनीतिमा रहेकाले यसपटक मतदाताले अवसर दिने विश्वास व्यक्त   गरे । उनले विकासप्रेमी नेतृत्वको आवश्यकता औंल्याउँदै दलभन्दा पनि काम गर्ने नेताको खोजीमा मतदाता रहेको धारणा राखे ।

मोरङ–६ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ । प्रमुख दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएसँगै मतदाताको घरदैलोमा पुगेर समर्थन जुटाउने प्रयास तीव्र भएको छ । विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय राजनीतिक स्थायित्वजस्ता विषय यस क्षेत्रका मुख्य चुनावी एजेन्डा बनेका छन् ।

यो क्षेत्रमा ढकालसहित नेपाली कांग्रेसबाट डा. शेखर कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुविना आचार्यलगायत १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मोरङ–६ मा कुल १ लाख ३७ हजार ८ सय ३२ मतदाता छन् । 

फागुन २१ गतेको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो अभियान र मतदाता भेटघाट अझ बढ्ने देखिएको छ । अन्ततः मतदाताले विकासको निरन्तरता, नयाँ प्रतिबद्धता र उम्मेदवारको विश्वसनीयतालाई कस्तो मूल्यांकन गर्छन् भन्ने आधार मोरङ–६ को नतिजाबाट तय हुनेछ ।


विराटनगर माघ  २६ गते । विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ ।

मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुल ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकका साथ प्रथम भयो । विराटनगर वडा नम्बर १० ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त गर्दै द्वितीय र बेलबारी नगरपालिका वडा नम्बर १० डाँगिहाट ६ स्वर्ण, ३ रजत र ३ कांस्य पदकका साथ तृतीय स्थान भए ।

जिल्ला प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु प्रदेश प्रतियोगिता हुँदै वैशाखमा काठमाडौंमा हुने आइटीएफको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । मोरङको विभिन्न डोजाङका १ सयभन्दा बढी खेलाडीहरुले प्याटन र स्पाइरिङका इभेन्ट्स प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।  

खेलाडीहरुलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, नेपाल अन्तर्राष्ट्रि तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, उपाध्यक्ष चतुरलाल चौधरीलगायतले पुरस्कार प्रदान गरे ।  


सुनसरी माघ २५, गते । सुनसरी क्षेत्र नम्बर ३ का जेनजी युवाको सूर्य चिन्हमा आकर्षण बढेको छ । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको काम देखेर भरोषायोग्य उम्मेदवार भगवती दिदी नै हो भन्दै भगवती जिताउ अभियानमा सरिग हुन थालेका छन ।

सुनसरी बर्जु १ की जेनजी सिता कुमारी मेहताका परिवारका सबै सदस्य काँग्रेसमा छन तर उहाँ एमाले प्रबेश गर्नुभयो । मेहता भन्नुहुन्छ “भगबती दिदी सबैका कुरा सुन्नुहुन्छ महिलाका लागि धेरै लडनुभएको छ । उहाँ गरिब बिपन्न बर्गको हितका लागि गरेका कामले मलाई उहाँकै नेतृत्वमा अघि बढन मन लाग्यो ।” दुहबी ८ नम्बरका जेनजी युवाहरुले त भगबती चौधरीलाई जिताउन युवा समूहनै बनाएका छन । उनीहरु भन्छन हामी भाषण होइन,परिणाम खोज्छौ । भगबती चौधरीले दुईहजारलाई रोजगार दिलाउनुभएको छ । युबालाई प्रबिधि सिकाएर घरमै बसिबसि आम्दानी गर्न सक्ने बनाउछु भन्नुभएको छ । उहाँले गरेको काम देखेर हामी जिताउने अभियानमा लाग्यौ ।

भगबती चौधरीले घोषणा पत्र बनाउने क्रममा पनि युबा सँग निरन्तर सल्लाह लिइरहनुभएको छ । उहाँले युबामैत्री घोषणा पत्र ल्याउने जनाइसक्नुभएको छ ।

आधुनिक सूचना प्रविधिमार्फत युवालाई दक्ष बनाउँदै घरमै बसेर स्वरोजगार सिर्जना गर्न सकिने योजनासहित आफू अघि बढेको नेतृ चौधरीले बताउनुभयो। उहाँले “डिजिटल सीप, घरमै रोजगारी” भन्ने नारा अघि सार्नुभएको छ।

सुनसरी–३ बाट अघिल्लो निर्वाचनमा भगवती चौधरी नेपाली कांग्रेसका विजय कुमार गच्छेदारलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो। उहाँले गच्छेदारभन्दा ५ हजार १ सय ८८ धेरै मत प्राप्त गर्नुभएको थियो।

 



बिराटनगर २०८२ माघ २३ गते | उद्योग व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमै स्वरोजगार र रोजगारको अवसर पहिल्याउने लक्ष्यका साथ उद्योग संगठन मोरङले बिजनेस एट स्कुल कार्यक्रमको दास्रोे श्रृंखला सत्य नारायण माध्यमिक विद्यालय, विराटनगरमा २०८२ माघ २३ गते शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा मनमोहन पोलिटेक्निले ईन्टरनेट अफ थिंग्स, ज्ञान अटोमेशनले ईण्डट्रिज अटोमेशन, शिर्षक ईन्टरप्राईजेजले सि.सि.टि.भि क्यामेरा सेटअप, इन्द« मोबाइल सेन्टरले मोबाइल मर्मत, कविता ट्रेड सेन्टरले ल्यापटप मर्मत सम्बन्धी विषयमा कक्षा ९ देखि १२ का विद्यार्थीहरुका लागि टेस्ट द ट्रेनिङ कार्यक्रम संञ्चालन गरेका थिए भने सोही अवधिमा प्लाष्टिक पुनः प्रयोग गरी बनाइएका सामाग्रीहरुको प्रदर्शनी, करियर काउन्सेलिङ, सिप तथा उत्पादन प्रर्दशनी, लाईभ तालिम, विद्यार्थीका लागि भी आर मार्फत भर्चुअल उद्योग भ्रमण, विजनेश आईडिया प्रस्तुती तथा सफल व्यक्तित्वहरुका अनुभवहरु साटासाट गरिएको संगठनले जनाएको छ ।

यस पहलले कक्षा कोठाभित्र सीमित रहेको सिकाइलाई जीवन उन्मुख बनाउने विद्यार्थीले आफ्नो रुचि, क्षमता र भविष्यका सम्भावनाहरू स्पष्ट रूपमा पहिचान गर्न यो कार्यक्रम सहयोगी भएको तथा युवाहरुमा रहेको अन्योलतालाइ चिर्दै स्थानीय तहमा पनि अवसर तथा सम्भावना रहेको संगठनका उपाध्यक्ष श्री सुरेन्द« गोल्छाले स्पष्ट पारे ।

सत्य नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री मनोज भट्टराईले यस कार्यक्रमले विद्यार्थी भाइबहिनीलाई स्वदेशमै सफल उद्यमी बन्न सक्ने अवसर देखाउनेमा विश्वास व्यक्त गरे ।

स्वदेशमै उज्ज्वल भविष्य निर्माण गर्न सकिने सम्भावना उजागर गर्ने अभियानको रूपमा उक्त कार्यक्रमलाई आगामी दिनमा अन्य विद्यालयहरूमा संचालन गर्ने लक्ष्य लिएको उद्योग संगठन मोरङले जनाएको छ । कार्यक्रमलाई इन्स्योर, क्वालिटी, एन.भि.क्यू.एस परियोजनाले प्राविधिक सहयोग गरेको   छ ।

गत मंसीर २४ गते नरग्राम माध्यमिक विद्यालय बुढीगंगामा पाइलटिङ्ग गरिएको पहिलो अंकमा ११ वटा उद्योगको प्रदर्शनी रहेकामा यस पटक १६ वटा भएको छ भने कार्यक्रममा यस पटक विधार्थीका लागि भर्चुअल माध्यमबाट भी आर प्रयोग गरी उद्योग भ्रमणको पनि ब्यवस्थाका साथै कार्यक्रम अवधिमा विद्यार्थीहरुलाई अनलाईन माध्यबाट करियर काउन्सिलिङको परिणाम हेर्न सक्ने व्यवस्था समेत मिलाएको संगठनमा कार्यसमिती सदस्य तथा इण्डष्ट्रि एकेडेमिया लिङकेज कमिटीका संयोजक श्री सृजन प्याकुरेलले जानकारी गराए ।



विराटनगर माघ २३ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई लैंगिक हिंसामुक्त महानगर बनाउन सरोकारवाला सबै संघसंस्थाको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरण स्थानीय परियोजना सल्लाहकार समितिको बैठकलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले लैंगिक हिंसा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए । उनले सीमित स्रोत साधनका बीच पनि महानगरले भौतिक विकाससँगै मानवीय विकास पनि गरिरहेको सुनाए ।

उपमेयर शिल्पा निराला कार्कीले लैंगिक हिंसा रोकथामका लागि महानगरपालिकाले बजेट नै छुट्याएर कार्य गर्दै आएको जानकारी दिइन् । लैंगिक हिंसा पूर्ण रुपमा नियन्त्रण गर्न नसके पनि न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजनालाई दिगोपन दिन महानगर तयार रहेको उल्लेख गरे । कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्माले परियोजनालाई दीर्घकालसम्म सञ्चालन गर्न महानगरको सहयोग अपरिहार्य रहेको चर्चा गरिन् । महानगरकै सहयोगका कारण परियोजना सञ्चालनमा सहयोग पुग्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु लोहनी, माइती नेपालका विनोद पोखरेल, युएनएफपीएका प्रतिनिधि सरोज भुसाललगायतको उपस्थितिमा भएको कार्यक्रममा सीएमसी नेपालकी मनोसामाजिक संयोजक निशा दाहालले परियोजनाले गरेका कार्यप्रगति प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा गत वर्षको समीक्षासहित आगामी योजनासमेत प्रस्तुत गरिएको थियो ।

विराटनगर महानगरको लागत साझेदारीमा युएनएफपीएको आर्थिक सहयोग सीएमसी नेपाल र एवीसी नेपालसँगको समन्वयमा विगत २०२१ जुलाईदेखि परियोजना सञ्चालन हुँदै आएको छ ।

 

 


विराटनगर माघ २१ गते । विराटनगरलाई पराजित गर्दै मुजफरपुर अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा जोगवनीमा जारी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको आजको पहिलो सेमिफाइनल खेलमा विराटनगरको एग्रोभेट क्रिकेट क्लवलाई १७ रनले पराजित गर्दै  मुजफरपुर फाइनलमा प्रवेश गरेको हो ।  

टस हारे ब्याटिङ गरेको मुजफरपुरले निर्धारित २१ ओभरमा ८ विकेट गुमाई १ सय ८९ रनको  योगफल तयार गरेको थियो । मुजफरपुर प्लेयर अफ द म्याच हर्ष गिरिले ९८ रन बनाउँदा दिवाकर झाले ३७ रनको योगदान दिए । एग्रोभेटका आदिल अन्सारी सर्वाधिक ३ विकेट लिए ।
 १ सय ९० रनकोे लक्ष्य पाएको एग्रोभेटले पुरै ओभर खेल्दै ६ विकेटमा १ सय ७२ रन मात्र बनाउँन सक्यो । एग्रोभेटका तिर्थराज दासले ६९ रन बनाउँदा निरज मुखियाले ४१ रनको योगदान दिए । मुजफरपुरका मनिकान्तले २ विकेट लिँदा आदर्श परास्नरले पनि २ विकेट लिए ।


विराटनगर २० माघ । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आज महिला पत्रकारहरुका लागि स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम गरेको छ ।

विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा, मोरङसँगको सहकार्यमा आयोजित कार्यक्रममा १८ जना महिला पत्रकारहरुले सेवा लिएका छन् । ‘भिआईए’ स्क्रिनिङ तथा स्तन परीक्षणका क्रममा समस्या देखिएकाहरुको विराट मेडिकल कलेजमा थप उपचार हुने पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले बताउनुभयो । अध्यक्ष पाठकले महासंघले पत्रकारको स्वास्थ्य परीक्षण नियमित हुनेगरिको व्यवस्था महासंघले मिलाउने बताउनुभयो । 

स्वास्थ्य शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पताल बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी, डा.बबिता साह लगायतको टोलीले सेवा दिएका थिए । 

स्वास्थ्य शिविरसँगै क्यान्सर सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले गर्नुभएको थियो । उहाँले महिलामा पाठेघर भन्दा स्तन क्यान्सरका विरामीको संख्या बढ्दो रहेको बताउनुभयो । 

महिला र पुरुषहरुमा मुख, नाक, घाँटी, बालबालिकामा ब्लड र १८–२० वर्ष उमेर समूहका व्यक्तिहरुमा हड्डीको क्यान्सर बढी हुने गरेको देखिएको उहाँले बताउनुभयो । पुरुषमा पनि स्तन क्यान्सरका विरामी देखिन थालेको उहाँले बताउनुभयो । नियमित स्वास्थ्य परीक्षण गर्ने र शुरुमै रोग पहिचान भए उपचार संभव हुने डा. रायमाझीले बताउनुभयो ।  

क्यान्सर सचेतना कार्यक्रमका नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ, विराट मेडिकल कलेजका अपिल राई, लिना थापा लगायतले नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभयो ।


विराटनगर माघ १९ गते | उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत भएको हिसान टेबुल टेनिसको उपाधि छात्र तथा छात्रातर्फ विराटनगरको अरनिको कलेजले उपाधि जितेको छ ।

शहिद मैदानको कवड हलमा भएको टेबुल टेनिसको छात्र टिम इभेन्ट्समा अरनिको कलेज प्रथम भयो भने शिक्षादिप कलेज दोस्रो तथा  कान्तिपुर कलेज र भानु कलेज तेस्रो भयो भने छात्रा टिम इभेन्ट्समा अरनिको कलेज प्रथम भयो भने शिक्षादिप कलेज दोस्रो तथा  कान्तिपुर कलेज र मेरिल्याण्ड कलेज तेस्रो भयो ।

त्यस्तै छात्र एकलमा मेरिल्याण्डका डेविट बोहरा प्रथम, अरनिकोका आधार दाहाल दोस्रो तथा शिक्षादिप कलेजका आर्यन श्रेष्ठ र अविचल पोखरेल तेस्रो भए भने छात्रा एकलमा अरनिकोकी ओमकुमारी चौधरी प्रथम, अरनिकोकी साधाना चौधरी दोस्रो तथा मेरिल्याण्डकी जीयासेन गुप्ता र प्राप्ती कार्की तेस्रो भइन् ।


बिराटनगर माघ १९ गते |“बाढी पीडित मा दिदी आउनुभयो,पटक पटक घटना हुदाँ दिदी आउनुहुन्छ,  एक कल फोन गर्दा दिदी आउनुहुन्छ । अहिले सम्म अरु को नेता आएका छन ?” सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफनै हुन्छ, हामी छातीमा हात राखेर भन्छौ दिदीलाई जसरी पनि जिताएर पठाँउछौ” । चुनाबका बेला आएर ठूल्ठूला आश्वासन दिने तर चुनाब पछि वास्तै नगर्ने भनेर नेताहरुलाई जनताले गुनासो गरिहदा भगबती चौधरीलाई भने गाँउका महिलाले सधैभरी सँगै रहने नेता भनेर यस्तो बिश्वास देखाइरहेका छन ।

भगबती चौधरी दिनरात जनताको लागि खटेको देखेका जनता अरु पार्टी त्यागेर एमालेमा आउने क्रम पनि बढेको छ । सुनसरी बर्जु १ की सिता कुमारी मेहता नेपाली काँग्रेस बाट एमाले प्रबेश गर्नुभयो । जेन्जी उमेर समूहकी मेहता भन्नुहुन्छ “भगबती दिदी सबैका कुरा सुन्नुहुन्छ महिलाका लागि धेरै लडनुभएको छ । उहाँ गरिब बिपन्न बर्गको हितका लागि गरेका कामले मलाई उहाँकै नेतृत्वमा अघि बढन मन लाग्यो ।”

   गाँउ गाँउका जनता स्वर्तस्फूर्त यसरी भगबती चौधरीको पक्षमा आकर्षित भइरहदा अनेमसंघले जिताउ अभियाननै थालेको छ ।अघिल्लो चुनाबमा देशमै सबैभन्दा बढि मत ल्याउने उत्कृष्ठ दशमा र महिलामा सबैभन्दा बढि मत ल्याएर जित्ने भगबती चौधरीलाई यस पटक पनि जीताउन अभियान थालिएको अनेमसंघ इटहरी अध्यक्ष रोश्नी राईले बताउनुभयो । 

भगबती चौधरीले हजारौ महिलालाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउनुभएको छ, उहाँलाई जीताउन शहर बजार देखि गाँउ गाँउका महिला लागि पर्ने नेकपा एमाले महाधिबेशन प्रतिनिधि रञ्जु सिग्देलको भनाई छ ।नेकपा एमालेको एघारौ महाधिबेशनमा भगबती चौधरी महिला तर्फ सबैभन्दा बढि २हजार ४४ मत ल्याएर बिजयी हुनुभयो,देशभर उहाँलाई त्यतिबढि बिश्वास छ सुनसरी ३ बाट पूनःजिताएर पठाउछौ महाधिबेशन प्रतिनिधि फरिदा खातुनको भनाई छ । हामीलाई दुःख पर्दा आइपुग्नेनै उहाँनै हो,उहाँलाई नजिताएर कस्लाई जिताउनु ?रञ्जना सरदारले भन्नुभयो । यसैबिच ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र इटहरी प्रमुख ब्रम्हकुमारी शारदाले भगवती चौधरीलाई पून ः बिजयको शुभकामना ब्यक्त गर्नुभएको छ ।

यसअघि ०७९को चुनाबमा नेपाली काँग्रेसका नेता बिजय गच्छदारलाई ५हजार १८८ मतले हराएर भगबती चौधरी बिजयी हुनुभएको थियो ।


विराटनगर माघ १९ गते | विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ ।

विगत १७ वर्षदेखि सञ्चालित कलेजले वार्षिकोत्सवका अवसरमा सम्मान,सांस्कृतिक नृत्य प्रस्तुतलगायत विभिन्नगतिविधि गरिएको थियो ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका सहनियन्त्रक ईश्वर भण्डारी र कलेजका शिक्षक सरोज पोखरेललाई कदरपत्रले सम्मानित गरिएको थियो ।

कलेजमा १४ वर्षदेखि कार्यरत पोखरेललाई सम्मान गरिएको थियो ।पोखरेललाई दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथिसमेत पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीले सम्मान गरिन् । त्यस्तै २०८२ सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठले बताए ।

विद्यार्थीहरुले सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार त्रिपाठी, पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी, क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजक सन्दिप दास श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कलेजमा ३ सय २१ जना विद्यार्थी अध्ययनरत छन् ।

कलेजले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष समाजमा विशिष्ट योगदान दिने व्यक्तिसहित शिक्षक र विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ ।

 


गुल्मी, माघ १९ गते । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमाअध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेकाछन् ।

मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा रहेको देविस्थान माध्यामिक विद्यालयमा आफ्रनो स्वर्गिय बुवा कृष्ण बहादुर कार्कीको नाममा रु.५ लाखको अध्यक्षकोष महानिरिक्षक कार्कीले स्थापना गरेका हुन ।

यो अक्षयकोषबाट प्राप्त ब्याजबाट बार्षिकरुपमा स्कुलमा अध्ययनरत दुईजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने स्कुलको व्यवस्थापन समितिका अध्यक्ष गोरखबहादुर अर्याल बताए ।

विद्यालयको ५४ औं बार्षिक उत्सव तथा अभिभावक दिवशको अवसरमा महानिरिक्षक कार्कीले अक्षयकोष स्थापना तथा विद्यालयलाई सूचना प्रवृद्धी संग जोड्नका लागि  डिजिटल स्मार्ट बोर्ड आफ्नी धर्मपत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्की द्धारा हस्तान्तरण गरेको   विद्यालयका प्राध्यानापक खिमबहादुर बुढाथोकीले जानकारी दिए ।

महानिरिक्षक कार्कीको बुवाको पहलमा वि.स. २०२८ सालमा स्थापना भएको यो स्कुल हाला कक्षा १२ सम्म (माध्यामिक तह) सम्म पढाई हुने गरेको छ ।

करिव ५ सय भन्दा बढि विद्यार्थीले अध्ययन गर्ने यो विद्यालयलाई सूचना प्रवृद्धि संग जोडन र विद्यार्थीहरुको मनोवल उच्च राख्न महानिरिक्षक कार्कीले गरेको पहल उच्च प्रशम्सनिय भएको विद्यालयको सुचना प्रवृद्धिक शिक्षक बुद्धिनाथ पाण्डेले बताए ।

 


विराटनगर माघ १८ गते । कोशी प्रदेशसभाको सञ्चालन प्रयोजनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच करार सम्झौता भएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृह प्रयोग गर्ने विषयमा आइतबार महानगरपालिकामा आयोजित विशेष समारोहबीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिवालयका तर्फबाट प्रदेशसभा सचिव सुदर्शन खड्काले हस्ताक्षर गरेका छन् । महानगर राजस्व महाशाखा प्रमुख सरोज गौतम र प्रदेशसभा उपसचिव अर्जुन घिमिरे सम्झौताको साक्षीका रूपमा रहेका छन् ।

सम्झौताअनुसार माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्म ६ महिनाका लागि वीरेन्द्र सभागृह प्रदेशसभा सञ्चालनका लागि प्रयोग गरिनेछ । सो अवधिमा प्रदेशसभा सचिवालयले महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ भाडा बुझाउनुपर्नेछ । भाडा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र महानगरलाई भुक्तानी गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख छ । साथै, प्रचलित कानुनअनुसार लाग्ने अन्य कर प्रदेशसभा सचिवालयले नै व्यहोर्नेछ ।

सम्झौताको अवधि समाप्त हुनुभन्दा एक महिना अगावै दुवै पक्षको सहमतिमा करार अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । प्रदेशसभा सचिवालयले सम्झौता अवधि सकिनुअघि नै करार अन्त्य गर्न चाहेमा एक महिना अगावै सूचना दिनुपर्नेछ । त्यस्तै, महानगरपालिकाले सम्झौता अगावै अन्त्य गर्नुपर्ने अवस्था आएमा दुई महिना अगावै सूचना दिनुपर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए ।

प्रदेशसभा सञ्चालनका लागि महानगरको स्वामित्वमा रहेको वीरेन्द्र सभागृह उपलब्ध गराइएकोमा प्रदेशसभा सचिव खड्काले महानगरपालिकालाई धन्यवाद व्यक्त गरे ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी हुँदा भवन पूर्ण रूपमा ध्वस्त भएको थियो । त्यसपछि प्रदेशसभा सञ्चालनमा समस्या उत्पन्न भएको थियो । वैकल्पिक रूपमा मोरङको कटहरीस्थित थोक तथा तरकारी बजारको भवनमा प्रदेशसभा सञ्चालनको तयारी गरिए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावका कारण असहज भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.