Websoft University
September 2020

 

विराटनगर १४ असोज । रातो तारा डट कम, प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज एक सडक आश्रित महिलाको उद्धार गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वा लगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको उद्धार गरेको हो । स्थायी ठेगाना बताउन नसक्ने उनी करिव एक सातादेखि सडकमा बसेको स्थानीय यूवाहरुले मन्त्रालयलाई जानकारी गराएपछि उद्धारगरिएकोहो । सडकबाट उद्धार गरि प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाव परीक्षण गरि आईसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लगिने मन्त्रालयले बताएको छ । महिलाको उद्धार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले बताउनुभयो । 




काठमाण्डौ असोज १४ गते । रातो तारा डट कम,नेपालमा कोरोना सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा.जागेश्वर गैतमले आज ७ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ । आजै १ हजार ५७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ५६ हनार ४२८ पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या २० हजार ८९१ पुगेको छ । मन्त्रालयका अनुसार २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टाइनमा छन् । यसअघि हिजो १० जनाको मृत्यु भएको थियो भने १ हजार ५१३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।


विराटनगर, १४ असोज । रातो तारा डट कम  पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१ पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन् । 

प्रदेश १ मा आज १ सय ५७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९, उदयपुर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २८ महिला र ४८ पुरुष छन् । मोरंगको बुढीगंगामा ४ महिला १० पुरुष, कटहरीमा ४ महिला ७ पुरुष, कानेपोखरीमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ५ महिला १३ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, इनरुवामा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला, दुहवी र हरिनगरमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको विर्तामोडमा २ महिला १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १–१ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, ओखलढुङ्गामा १ महिला, प्रदेश १ बाहिरका ४ पुरुष संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७९८ पुगेको छ । 
प्रदेश १ मा आज ५३ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट २९, विराट मेडिकल कलेजबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट ५–५, न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् ।

 हाल सम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ९८ पुगेको छ ।
प्रदेश १ मा आज ९ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५२ महिला र १०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २३ हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




बिराटनगर असोज १४ गते । रातो तारा डट कम,छिमेकी मुलुक भारतको BCCI (Board of Control for Cricket in India) द्वारा UAE मा आयोजना भई रहेको IPL (Indian Premier League ) क्रिकेट खेलमा Online मार्फत जुवा वा सट्टेबाजी खेल खेलाउने कार्य भईरहेको प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७/६/१३ गते अन्दाजी १९:३० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३८ को मुन्ना भन्ने सत्यजित साहलाई  घरमा निजले आफ्नो मोबाईल फोन मार्फत IPL खेल हार्ने वा जित्ने भनी Online मार्फत सट्टावाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्दा निम्नानुसारका सामान सहित अन्य मानिसहरूलाई पक्राउ गरी जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भई रहेको छ । 
निम्न:
पक्राउ मानिसहरू : 
१) जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ भट्टीमोड बस्ने बर्ष ३८ को मुन्ना भन्ने सत्यजित साहलाई ऐ.वडा नं. १५ आफ्नै घरबाट अन्दाजी १९:३० बजे पक्राउ गरिएको ।
२) जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १७  रानी बस्ने बर्ष ४२ को जगदिश साहलाई ऐ. वडा नं. १५ ईलाका प्रहरी कार्यालय रानी अगाडीबाट अन्दाजी २१:३० बजे पक्राउ गरिएको । 
३) जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ रानी बस्ने बर्ष ३८ को बैजनाथ साहलाई ऐ. आफ्नै घरबाट अन्दाजी २२:०० बजे पक्राउ गरिएको । 
बरामद सामानहरू : 
१) सत्यजित साहको साथबाट निलो रंङको Samsung कम्पनीको मोबाईल थान-१, नेपाली दरका विभिन्न रुपैयाँ रु ६०,०००।– (साठ्ठी हजार) र Dell कम्पनीको ल्यापटप थान १ ।
२) जगदिश साहको साथबाट Samsung कम्पनीको मोबाईल थान-१ र  R15 मोटरसाइकल  थान १ ।
३) वैजनाथ साहको साथबाट Samsung कम्पनीको मोवायल थाना-१ ।


गाइघाट असोज १४ गते । रातो तारा डट कम,वन कार्यालयको ईजाजत पत्र विनै जडि बुटी तथा बनस्पती ओसार पसार गर्ने दुई युवा गाडी सहित पका्रउ परेका छन । शसस्त्र प्रहरी को टोली ले मंगलबार साझ ताप्ली गाउपालीका १ बस्ने ३० वर्षिय निरराम मगर र रौतामाई गाउपालीका ७ बस्ने २५ वर्षिय बम बहादुर तामाङग लाई ११ लाख मुल्य बराबरको बनस्पती र जडीबुटी सहित पका्रउ गरेको हो ।

रौतामाई ७ भुट्टार बाट मुर्कुची तर्फ ल्याउदै गरेको अबस्थामा प्रहरी ले उक्त बनस्पती सहित उनीहरु लाई पका्रउ गरेको जिल्ला बन कार्यालय ले पुष्टी गरेको छ । प्रहरीले बा १३ च ५६४९ नम्बर बोलेरो गाडीमा रहेको १० लाख ६२ हजार मुल्य बराबरको धसिङगे्र को ३५४ केजि तेल सहित मगर लाई र स  १ त  ४५१८ नम्बरको  टयाक्टर बाट ८० केजि तेजपात र ८ केजी चिराईतो सहित तामाङग लाई पका्रउ गरीएको शसस्त्र प्रहरी गणका प्रहरी निरिक्षक गोपाल खड्का ले बताए । 

जडीबुटी तथा बनस्पती ओसार पसार मा बन कार्यालय को इजाजत पत्र नभएको ले उनीहरु लाई पका्रउ गरी बन डिभिजन बन कार्यालय भुट्टार मा बुझाइएको प्रहरी ले जनाएको छ । 



काठमाडौं । रातो तारा डट कम,काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार 2nd October 2020 का दिन तत्कालीन परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो ।


मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुनेछ । अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहने मेलामा नेपाल लगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए । उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सक्नेछन ।

मेलावाट विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ती, निशुल्क आवेदन तथा अन्य बिशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए ।

कोरोना महामारीको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै विद्यार्थीहरुले अष्ट्रेलियामा अध्ययन गर्न जाने बारे सबै जानकारी दिन र जिज्ञाशाहरुको समाधान गर्न प्लानेटले Online PTe|IELTs\ Class, Online Abroad Qmudy & Career Counseling, E-Planet IOqmAndroid App Service, Virtual Career Development Sessions, University Information Sessions लगायतका विभिन्न अनलाईन तथा भर्चुअल सेवा दिंदै आएको छ ।

यसकासाथै कोभिड १९ सम्वन्धि नेपाल सरकार तथा अन्तराष्ट्रिय स्वस्थ्य संगठनबाट जारी गरिएका सुरक्षा मापदण्डहरुको पुर्ण पालना गरि उक्त सेवाहरु प्रदान गर्दै आएको जानकारी गराएको छ ।

E-Planet Virtual Australian Education Fair का बारेमा जानकारी दिंदै कम्पनीका प्रवन्धक बुद्धिबहादुर गुरुङले एजुकेशन प्लानेटका शाखाहरु लगनखेल, चितवन, कावासोती, बुटवल, पोखरा, ईटहरी हुँदै भारतको हैदरावादबाट पनि विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहने बताए ।

यस विषम परिस्थितीमा पनि E-Planet ले आयोजना गर्न लागेको ये मेला, बर्षकै बृहत मेला हुने र सहभागि सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुको जिज्ञासाको समाधान गर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीले विगत १६ बर्षदेखि एजुकेशन कन्सल्टेन्सी क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको छ ।   


झापा,असोज-१४ गते । रातो तर डट कम,झापाको बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन । 

हिजो साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा  प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा  १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ । 

साथै उनिहरुको साथबाट नगद  ९ हजार रुपैंया  समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।


फायल फोटो,
सुनसरी,मोरङ, असोज- १४ गते । रातो तारा डट कम,सुनसरी हरिनगरा-६ बस्ने २५ बर्षीय जिवराईल अन्सारी लागुऔषध सहित पक्राउ परेका छन । अन्सारीलाई गत सोमबार ईटहरी-६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । 

अन्सारीले अबैध लागुऔषधको  कारोबार गर्ने गरेको सुचना पाईएसंगै प्रहरीको निग्रानीमा रहेका उनलाई साँझ सवा ५ बजे नियन्त्रणमा लिईएको थियो । नियन्त्रण पश्चात उनले बोकेको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखीएको अवस्थामा १६ सय Nitrosun-ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।

 यस्तै मोरङको दरैयाबाट ३६ बर्षीय दिपक तामङ लागुऔषध सहित पक्राउ परेका छन । हिजो साँझ पौने ७ बजे मोटरसाईकलमा रहेका तामाङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट SPASMO- १० चक्की , NITROVET -१० चक्की र DIALEX –Dc ३ बोतल लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर कानुनी कारबाही अगाडी बढाईऐको छ ।


काठमाण्डौ असोज १४ गते । रातो तारा डट कम,काठमाडौं उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ ।

डिभिजन सडक कार्यालय काठमाडौंले गत महिनादेखि सडकका दुबैतर्फको निर्माणस्थल खाली गरिरहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । सडक बनाउन अर्थ मन्त्रालयले बजेटको स्वीकृति दिइसकेको छ । देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको छ । यहाँ भने सडकका संरचना हटिसकेपछि ठेक्का सम्झौता गरिनेछ । 

कोटेश्वरबाट जडिबुटितर्फ लाग्दा देब्रे (उत्तर) तर्फ एक लेन र दाहिने (दक्षिण) तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ । विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो । 

अहिले उत्तरतर्फको एउटा घरका कारण निर्माणस्थल खाली हुन नसक्ने देखिएकोले घरधनीसँग कुरा भईरहेको र सहमतिमा आएर जग्गा उपलब्ध गराउनेतर्फ प्रयास भईरहेको छ । सो सडक बनाउन केही साता भित्रै ठेक्का सम्झौता हुने प्रमुख नेपालीेले जानकारी दिनुभयो । दशैँ पहिले सम्झौता भए दशैँ–तिहार पछि निर्माण शुरु गर्ने तयारी छ । 


बिराटनगर असोज १४ गते । रातो तारा डट कम,विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र अहिले पनि पहिरोमा हराइरहेका कतिपयको शव फेला पर्न नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत वैशाख १ देखि हालसम्मको अवधिमा १ सय ४ जना बेपत्ता र ४ सय २९ जना घाइते समेत भएका छन् । गत जेठ ३० गतेयता मात्रै पहिरोबाट २ सय ८९ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । यसैगरी बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते हुँदा चट्याङबाट पनि ३५ जनाको मृत्यु भएको छ ।









काठमाण्डौ असोज १४ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीचमा सहमति हुन नसक्दा मन्त्रीमण्डल हेरफेरमा ढिलाइ भएको छ । नेकपाको सचिवालय बैठकले मन्त्रीमण्डल हेरफेर गर्ने औपचारिक सहमति गरेको भएपनि क–कसलाई मन्त्री बनाउने भन्नेमा सहमति नजुट्दा मन्त्रीपरिषदका सदस्य हेरफेरमा ढिलाइ भएको हो । 

भागबण्डाका लागि मन्त्रालय टुक्र्¥याउनेदेखि राम्रा काम गरिरहेका मन्त्रीलाई फिर्ता बोलाउने सम्मको तयारी भइरहेको भएपनि औपचारिक निर्णय भने हुन सकेको छैन । यस बिषयमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा बारम्बार छलफल भए पनि सहमति भएकोछैन ।






 बिराटनगर असोज १४ गते । रातो तारा डट कम,भोजपुर जिल्लाको साविक साङ्पाङ गा वि स(हाल षडानन्द न पा ११ ) मा आमा धनकुमारी र बुबा यदुनाथ पराजुलीको कोखबाट जन्मिएकी तारा पराजुली हाल बेलबारी नगरपालिकाकी उपमेयर हुन्।उनी तत्कालिन नेकपा एमालेको तर्फबाट वेलवारी नगरपालिकाकी निर्वाचित उपमेयर हुन्। 

स्नातकोत्तरसम्मको अध्ययन गरेकी पराजुली लामो समय आफैंले स्थापना गरेको मोरङ ज्ञानोदय स्कूलमा अध्यापनरत रहिन् । राजनीति,समाजसेवा,साहित्य संगीत र लेखनको क्षेत्रमा अब्बल उनका ५ साहित्यिक कृतिहरु प्रकाशन र दर्जनको हाराहारीमा उनीद्वारा लिखित गीतहरु रेकर्डिङ भइसकेका छन् ।स्थानीय स्तरदेखि जिल्ला अन्चल हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका दर्जनौं पुरस्कार र अवार्ड प्राप्त गरिसकेकी यिनै बहुमुखी प्रतिभाकी धनी पराजुलीसंग समसामयिक विषयमा गरिएको संवादको सम्पादित अंश।

१.कोरोनाको महामारी छ।तपाईं निकै व्यस्त हुनुहुन्छ।यसबेला तपाईंहरुले नेतृत्व गरिरहेको स्थानीय सरकार के गर्दैछ?यसमा उपमेयरको नाताले तपाईंको भूमिका कस्तो छ ? सान्दर्भिक प्रश्नका लागि धन्यवाद।यसबेला म मात्रै होइन देशभरका जनप्रतिनिधिहरु दौडधुपमै हुनुहुन्छ।म पनि उहीँ भूमिकामा छु।लगभग बितेको छ महिना यता विश्व जगतले निक्कै ठूलो संकटको सामना गर्नुपरिरहेको छ । 

अप्रत्याशित रुपमा एकाएक विश्वभर फैलिएको संकटको स्वरुप कहाली लाग्दो छ । एक निश्चित समयको अन्तरालमा विश्वले यस्ता विपत्तिको सामना गर्दै आएको इतिहास मात्र पढेका हामीलाई आफैँ स्थानीय सरकारको नेतृत्व गरिरहंदा पक्कै पनि नयाँ अभ्यास र अप्रत्याशित रुपमा आएको यस संकटले अलि अफ्ट्यारो महशुस भएपनि हाम्रो पहिलो दायित्व र जिम्मेवारी नगरवासी बचाउनु हो।हाम्रा नागरवासीहरुको स्वास्थ्यप्रति हामी सचेत छौँ।मुलुकले यस्ता महामारीको सामना पटकपटक गरेपनि यस पटकको संकट भिन्न स्वरुपमा प्रवेश गर्यो ।तैपनि हामी निरन्तर जुधिरहेका छौं जुधिरहनेछौँ।महामारी सुरु भएसँगै हामीले कोरोना रोकथाम नगर समन्वय समिति गठन गरि सल्लाह समन्वयले काम गर्यौँ।गरिरहेका छौँ।

हाम्रो नगरपालिकाले नागरिकहरुको स्वास्थ्य, सुरक्षा र सतर्कतालाई मध्यनजर गरेर व्यवस्थित क्वारेन्टाइन संचालन गरेको छ । सामान्य सङ्केत देखिएका पोजेटिभ विरामी राख्न आफ्नै आइशोलेसन वार्ड निर्माण र संचालन गरेको छ। बाहिरी देश र जोखिमपूर्ण ठाँउबाट आउने व्यक्तिहरुलाई १४ दिनसम्म अनिबार्य राखेर पिसिआर टेस्ट र नेगेटिभ रिपोर्ट पश्चात घर पठाइन्छ । 

पोजेटिभलाई आइशोलेसनमा राखिन्छ।लकडाउनका कारण हातमुख जोड्ने समस्या भएका नागरिकका लागि राहत प्याकेजको व्यवस्था गर्यौ।अहिलेको कोरोना संक्रमण, महामारी र आतंकबाट त्रसित हुनुपरेको अवस्थासँगसँगै आर्थिक गतिविधिलाई व्यवस्थित ढंगले लगेनौँ भने आजको महामारी भोलि भोकमरीमा परिणत हुने भएकोेले त्यो अफ्ट्यारो परिस्थिति नहोस भन्नका लागि पनि हामीले लकडाउनका बीच पनि सतर्क रहँदै विकास निर्माण र दैनिक कामकाज गर्दै गयौँ । यसबाट हामीले सिकेको पाठ नै सचेतता र सतर्कता सहित आत्मबल बलियो बनाउने हो । कोरोनासँग लड्न नागरिक स्वयं सचेत नहुने हो भने संक्रमणविरुद्धको लडाइँमा हामी जीत हाँसिल गर्न सक्दैनौँ ।

कोरोनाको कारण उत्पन्न दवाव हुँदाहुँदै बाढिपहिरो, खोला कटान र डुबानको त्रास सुरु भयो। हाम्रो नगरपालिकामा पर्ने चिसाङ र लोहोन्द्रा दुइवटा ठूल्ठूला खोलाहरु छन् । यी खोलाहरुबाट बर्सेनी कटान हुँदा जंगल क्षेत्रहरू, खोला किनार सथै नगरवासीहरुले आफ्नो भौतिक सम्पत्तिको ठूलो हिस्सा गुमाउनु नपरोस् भनेर जोखिमपूर्ण ठाँउहरुमा अस्थायी तटबन्धको काम भयो। म आफैं नगरस्तरीय अनुगमन समितिको संयोजक भएकोले हाम्रा बजारहरुलाई उपभोक्ता मैत्री बनाउन,कालोबजारी,मूल्यवृद्धि र आर्थिक अपचलन हुन नदिन बजार अनुगमनलाई निरंतरता दिएको छु।नगरभित्र विभिन्न ठाँउमा विभिन्न ठाँउमा राजस्व अनुगमनअन्य योजना अनुगमनलाई निरन्तरता दिइएको छ।

बन्दाबन्दीको समय हिंसा दोब्बर बढयो। न्यायिक समितिमा मुद्दाको निकै अग्लो चाङ छ।प्राथमिकताका आधारमा हरेक दिन मेलमिलापको काम प्रभावकारी ढंगले अघि बढाइएको छ।लकडाउनका कारण समस्यामा परेका साथै हिँसापिडीतहरुलाई कानुनी उपचारको लागि सहयोग गर्ने गराउंने काम भएको छ।सडक मानवहरुको उद्दार लगायत थुप्रै कामहरु भएका छन् ।यसबेला हामीजस्तै ज्यान जोखिममा राखेर काम गर्ने फ्रन्टलाइनर स्वास्थ्यकर्मी सुरक्षाकर्मीहरुलाई हौसला प्रेरणा दिन आवश्यकता अनुसार उनीहरुसंग नागरिकका घर आंगन पुग्ने गरेकी छु।समग्रमा भन्नुपर्दा आवस्यकता अनुरुप जुनसुकै बेला कामको लागि पनि खटिरहेकी छु।
२.प्रदेश १ का जनप्रतिनिधिहरु मध्येमा राम्रो काम गरिरहेको व्यस्त र क्षमता भएको प्रतिभाशाली उपप्रमुख भनेर जनताहरुले तपाईंको चर्चा गर्छन।यस्तो कुराले तपाईंलाइ कस्तो महसुस हुन्छ ?

बाहिर चर्चा केकस्तो छ त्यो त जनताले मूल्याङ्कन गर्ने कुरा हो।हाम्रा आम कार्यशैली हर्दम नियालिरहने आम नागरिक नै सुकिलो ऎना हुन् ।हामी चौतर्फी निगरानीसहित कठिन परिक्षाको हलमा परिक्षा दिंदै गरेका विद्यार्थी हौँ।यो अफ्ट्यारो डेस्कबेन्चमा बसेर म आफ्नै कार्यक्षमताको परीक्षा दिंदैछु।पास होइन मैले चाहेको रिजल्ट उत्कृष्ट हो।

म अहिले जसरी खटिरहेकी छु यो सबै चर्चाको लागि होइन।पदीय दायित्व र जनताबाट प्राप्त जिम्मेवारी इमानदारपूर्वक निर्वाह गरेकी हुँ।मेरो एउटा विशेषता के हो भने,म जति गर्छु राम्रो गर्नुपर्छ,म जहाँ टेक्छु टेकेको ठाउँ बलियो बनाउनु पर्छ,जे बोल्छु अर्थपूर्ण बोल्नुपर्छ,जे काम गर्छु सकारात्मक परिणाम आउनेगरी गर्नुपर्छ भन्ने हो। यही मान्यताले अनुरुप जनताको मतले निर्देशित भइ जनप्रतिनिधि भएकोले नागरिकहरुको आशा र विश्वास भत्किन दिनुहुन्न।यी सबै कुरामा म सचेत छु।

कुरा रह्यो क्षमता र प्रतिभाकोसचुनाव अघि म एक राजनीतिकर्मी,लेखक,साहित्यकार, गीतकार,विद्यालय संचालक र शिक्षक थिएँ।मलाई लाग्छ,केही क्षमता,केही प्रतिभा,केही इमानदारीताकै कारण मलाई मेरो पार्टीले टिकट दियो।जनताले मत दिनुभो र जनप्रतिनिधिको भूमिका प्रदान गर्नुभो।हिजो आफ्ना सिर्जनामार्फत विकास,परिवर्तन र समृद्धिका कुरा लेखिरहँदा आज म आफैँ कार्यन्वयनको एउटा ढोकामा छु। राज्यसंचालनको एउटा जिम्मेवार तहमा रहँदा यसबेला जनताको प्रतिनिधि जनउत्तरदायी बन्नुपर्छ।

हिजोका दिनमा कुनै पार्टीबाट चुनाव लड्नु एउटा कुरा हो। तर निर्वाचित भएपछि आम जनताका वास्तविक अभिभावक बन्न सक्नुपर्छ,जनताको मतको अवमूल्यन नगरी जनताको इमानदार सेवक बन्न सक्नुपर्छ भन्ने मेरो भावनालाई र कार्यनयन गर्ने मभित्रको इच्छाशक्ति र क्रियाशीलतालाई जनताले मनपराइदिनुभएको छ।हरेक काममा जनताको उत्साहजनक सहयोग,सद्भाव र प्रेम प्राप्त गरेकी छु।जसबाट थप काम गर्ने आंट हिम्मत थपिएको छ।यस अर्थमा खुब खुशी अर्थात् गर्व महशुस भएको छ।

पछिल्लो समय व्यस्त मात्र होइन अति व्यस्त छु।बिहानदेखि बेलुकीसम्म जनताकै काममा व्यस्त हुन्छु।मैले बुझेको कुरा अहिले जनप्रतिनिधि प्रति जनताको ठूलो विश्वास र आशा छ।यो आशाको सुन्दर महल भत्काएर नागरिकमा निराशाको सन्देश पुर्याउनु हुन्नं भनेर जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेकी छु। मेरो कामप्रति नगरवासीहरु अत्यन्तै खुशी हुनुहुन्छ।मेरो कार्यशैलीको कारण जनताको आँखामा यसरी सन्तुस्टीको उज्यालो घाम उदाइरहेको देख्दा खुशी त लाग्छ नै अहोरात्र काममा खटेपनी कहिल्यै थकान महशुस हुँदैन। यसरी जनताको माया र सकारात्मक कामप्रति जस पाउँदा खुव गर्व महशुस हुन्छ।

३।सधै व्यस्त हुनुहुन्छ।हामीले हेर्दा तपाई बहुप्रतिभाको धनी हुनुहुन्छ।परिवार, राजनीति, समाजसेवा, साहित्य संगीत सबै क्षेत्रमा उतिकै सक्रिय हुनुहुन्छ , यसको लागि समय चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छरु

पछिल्लो समय व्यस्त मात्र होइन अति व्यस्त छु।यो सामाजिक जिम्मेवारी निर्वाद रुपमा बहन गर्न सबभन्दा ठूलो योगदान सहयोग मेरो घरपरिवारको छ।परिवार यति धेरै उदार र सहयोगी नभईदिएको भए अहिले म यो स्थानमा सायदै हुन्थें होला जस्तो लाग्छ। कहिलेकाहीँ त सोच्छुसघरपरिवारले मलाई यति धेरै समय दिएको छ मैले परिवारलाई केही दिन सकेको छैन। 

कहिल्यै पर्याप्त समय दिन सकेको छैन।बिहानदेखि बेलुकीसम्म जनताकै काममा व्यस्त हुन्छु।स्थानीय सरकार जनताको आंगनको सरकार हो भन्ने आम बुझाई छ।कहिलेकाही बिहान उज्यालो हुनुअघि ओछ्यानमै छँदा सेवाग्राही आएर ढोका ढकढक्याउनु हुन्छ।उहाँहरुका समस्या सुन्नुपर्छ। तत्काल टेलिफोनबाटै समाधान हुने समस्याहरु तत्काल समन्वय गरि समाधान गरिदिन्छु।दिनभर कार्यलयको काम,फिल्ड,समस्यामा परेका नागरिकहरुसंग भेटघाट,भेला,बैठक आदि हुंदाहुदै घर आइपुग्दा राति अबेर हुन्छ।थोरै फुर्सद मिलाएर रातको समयमा अध्ययन र लेखनलाई पनि निरंतरता दिने गरेकी छु।

साहित्य सिर्जना र लेखनको कुरा चाहिं विषय वस्तुले बारम्बार हिर्काएपछि नलेखीरहन सकिन्नं तसर्थ समय मिलाएर लेख्ने गरेकी छु।मैले बुझेको कुरा अहिले जनप्रतिनिधि प्रति जनताको ठूलो विश्वास र आशा छ।यो आशाको सुन्दर महल भत्काएर नागरिकमा निराशाको सन्देश पुर्याउनु हुन्नं भनेर जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरंहदा हाल साहित्यकार सिर्जनाकर्मी एकदमै कम र बढी जनप्रतिनिधिको भूमिकामा छु। यसो भनिरहँदा मैले साहित्य सिर्जनालाई थाँती राखेको भने होइन।किनकी यी क्षेत्र मेरा मेरा रुचिका क्षेत्रहरु हुन।धेरै लेखक सर्जकहरुको चिन्ता छ एउटा कविको कवित्व पार्टीको झण्डाले ओझेल पार्छ कि भनेर।तर यस प्रसङ्गमा म सचेत छु।

४।सम्बिधान दिवसको दिन धेरै मान्छेहरूलाई पदकबाट विभुषित गर्यो सरकारले।तपाई जस्तो लोकप्रिय जनप्रतिनिधि पर्नु भएन तपाईलाई दुस्ख लागदैन रु

हाहा...लामो हाँसो हांस्दै,दुस्ख पटक्कै लागेको छैन। मैले लेखनका माध्यमबाट थुप्रैपटक थुप्रै पुरस्कार र सम्मानहरु पाइसकेको छु।अहिलेको सम्मानको व्यवस्था नेपाल सरकारले गरेको निर्णय हो।सरकारले कुनै पनि निर्णय गर्दा गम्भीर ढङ्गले अध्ययन विश्लेषण गरेर नै गरेको हो भन्ने मलाई लाग्छ।यस्ता राष्ट्रिय महत्त्व र ओझ गरिमा बोकेका विषय क्षेत्रहरुमा हचुवाको भरमा निर्णय र छ्नोट भएका होइनन् भन्ने मैले बुझेको छु।सम्मानितहरु कुनै न कुनै योगदानकै आधारमा सम्मानयोग्य हुनुभएको छ होला।यसबाट म दुखी हुनुपर्ने कुनै कारण छैन।साथीहरु सम्मानित हुनुभएकोमा खुशी लागेको छ।उहाँहरुलाई तपाईंको यस मिडियाबाट पनि थप बधाई भन्न चाहान्छु।हामीले अझै धेरै काम गर्न बाँकी छ।

मुलुकले संवैधानिक परिपाटीको नवीत्तम अभ्यास गर्दैगरेको सन्दर्भमा म पनि धेरै कुराहरू सिक्ने क्रममै छु।यति हुंदाहुँदै पनि म आवद्ध मेरो पार्टी,मेरा शुभेच्छुक,शुभचिन्तक, मेरो कामलाई नजिकबाट हेर्नेहरुले कामको उच्च मूल्याङ्कन गर्नुभएको छ,मेरा मतदाताहरुले मेरो कार्यशैलीलाई मन पराइदिएर निरन्तर सहयोग, हौसला प्रेरणा दिइरहनु भएको छ। मेरो लागि यो भन्दा ठूलो पुरस्कार र सम्मान अरु के हुन सक्छ ररुलाखौं धनराशिको पुरस्कार पाएको भन्दा बढी सन्तुष्टि पाइरहेकी छु जस्तो लाग्छ आफूलाई।

तपाईंले प्रसङ्ग उठाइहाल्नु भयो।सम्मान पुरस्कारको सवालमा मेरो अलि फरक मत छ।कुनै पनि पदक,पुरस्कार र सम्मान सिण्डिकेटको अनाम दस्ता बन्नु हुँदैन।यसो भयो भने सम्मान कहिँ कतै पुगेर अपमानमा परिणत हुन सक्छ।कुनै बेला छनोट र निर्णय सतही भइदिंदा सम्मानदाता र सम्बन्धित संस्थाको गरिमामाथि ठूल्ठूला नैतिक प्रश्नहरु उठ्ने गर्छन्। यसो हुँदा पदक भन्ने शब्द समेत अफ्ट्यारोमा परिदिन्छ।यस्ता विषयमा सम्बन्धित निकाय सचेत हुन चाहिं जरुरी छ।

५,अन्तमा केही भन्नू छ किरु
अन्तमा बेलबारी नगरपालिकाका गतिविधि र मेरा आफ्ना कुराहरू बाहिर ल्याउने अवसर प्रदान गर्नुभयो त्यसको लागि तपाइँ र तपाईंको मिडियालाई हार्दिक धन्यवाद दिन चाहान्छु।समग्र बेलबारीवासीप्रति सधैं कृतज्ञ छु।सबैलाई हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहान्छु।हाम्रा नगरवासीहरु जसको कारण आज म यो स्थानमा छु।मलाई हिजो आफ्नो जनमत अनि उत्साहसहित यो स्थानमा पुर्याउनु भयो।तपाईं नगरवासीको कारण म अहिले यो ठाउँमा छु।आज काम गर्ने सवालमा समेत तपाईंहरुबाट हर्दम माया,सहयोग,सद्भाव पाइरहेकी छु।र त थप उर्जा मिलिरहेको छ।भोलिको दिनमा पनि यस्तै सहयोग सद्भाव र माया पाइरहुं।
सबैमा धन्यवाद।



सुनसरी । रातो तारा डट कम,  ईटहरी उमनपा वडा न. ६ स्थित हङकङ मार्केटको भित्र उत्तरपट्टी रहेको खाली एरियामा अबैध लागु औषधको  ओसार पसार खरिद विक्री हुदै छ भन्ने गोप्य सुचनाको आधारमा मिति २०७७।०६।१२ गते वेलुका साँझ अ. ०५;१० वजेको समयमा प्रहरी टोली उल्लेखित एरिया ईलाकामा खटि गई निग्रानी गर्दा  उल्लेखित स्थानमा साबिक  जि.सुनसरी घुस्कि गा.वि.स. वडा नं. ०१ हाल ऐ. हरिनगरा गा.पा. वडा  न. ०६ वस्ने  सगिर मियाँको छोरा वर्ष २५ को जिवराईल अन्सारीलाई सब्जि किन्ने रातो झोला काखिमा च्यापी बोकि शंकास्पद अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले बोकेको उक्त झोलामा Nitrosun-10 लेखिएको अबैध लागु औषध २ वटा पत्ता भएको प्रति पत्ता २० वटा ट्याब्लेट भएको जम्मा ८० पत्ता १६०० ट्याब्लेट अबैध लागु औषध फेला परेकोले  निजलाई पक्राउ गरी यस कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धान पश्चात आज सम्मानित सुनसरी जिल्ला अदालत सुनसरीवाट लागु औषध मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान कार्य  भैरहेको । 



शिव भट्टराई, इटहरी असोज १३ गते । रातो तारा डट कम, पछिल्लो समय होटल व्यवसायमा कस्ता समस्या छन् र प्रहरीले के गर्नुपर्छ भन्ने बिषयमा मंगलबार इटहरीमा होटल व्यवसायी संघले प्रहरी र व्यवसायी बीचको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा सहभागीहरुले इटहरीमा अहिले पनि होटल सञ्चालकहरुले सेटिङमा यौनजन्य गतिविधि गर्ने गरेको कुरा राखे ।


सहभागी अन्य व्यवसायीहरुले इटहरीमा एक घण्टाका लागि रुम माग्न आउने गरेको बताएका थिए ।


तालतलैया पर्यटकीय हिसाबमा अब्बल रहेकाले यहाँ मानिसहरुको भीँडभाड बढी हुने भएकाले भर्खरका युवायुवती आउने गरेको र एक घण्टाका लागि रुम माग्ने गरेको बताए ।

सबै कुराको प्रतिक्रिया दिदैँ ईलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक अजुर्न केसीले सबैले आफ्नो पेशाको मर्यादामा रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छन् ।पेशा व्ययसाय गर्न प्रचलित कानून बमोजिम पाउने भएपनि अपराधिक क्रियाकलाप गर्न नपाउने उनले बताए ।

इटहरीका होटलमा महिलासँग सम्बन्धित अपराध बढीरहेकोछ । मैले आँफैले चेक गरेको रजिस्ट्रारमा धेरै समस्या छ,’ डीएसपी केसीले भने, ‘इटहरीमा यौन व्यवसाय गर्ने प्रत्येक मानिसलाई होटल सञ्चालकले चिनेका छन् ।’ केसीले होटल व्यवसायीहरुले थाहा नपाएर घटना भएको नभई थाहा पाएर पनि आँखा चिम्लिएका कारण अपराधिक क्रियाकलाप हुने गरेको बताए ।

कानूनले नगर् भनेका कुरा होटल सञ्चालकहरुले गरेको पाईएमा आँफूहरुले नछाड्ने बताउँदै उनले यौन गतिविधिमा लाग्ने मानिसहरु सक्रिय रहेकाले इटहरीका होटलहरुमा कडाई गरिने चेतावनी दिए ।कोही मानिस अन्डरएजका बच्चा लिएर होटलमा आएमा तत्काल प्रहरीलाई खबर गर्नुपर्ने र अहिले होटलमा राखिएका सिसिटिभी देखाउने दाँत जस्तो मात्रै भएको उनले बताएका छन्।

कार्यक्रममा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलले उवासंघ व्यवसायीको हकहितमै रहेको भएपनि यहाँका होटलमा पटक–पटक हुने यौनजन्य गतिविधिले गलत छाप रहेको तर्क गरे । उनले होटल सञ्चालकहरु आफ्नै कारणले विवादमा फस्ने गरेको बताउँदै अनैतिक काम नगर्न अपिल गरे ।होटल व्यवसायी संघका अध्यक्ष जीवन पराजुलीले  होटल व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा मर्यादित भएर नियम कानूनको पालना गरी लजमा बस्नु पर्दा अनिवार्य परिचय पत्र साथमा लिएर मात्र प्रवेश गराउनु पर्ने बताएका थिए ।



काठमाण्डौ असोज १३ गते । रातो तारा डट कम,पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको जानकारी दिनुभयो ।  यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ३१ जना डिस्चार्ज भएका छन् । 

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना सङ्क्रमित २० हजार ३ सय ९६ जना छन् भने ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । 


विराटनगर, १३ असोज । रातो तारा डट कम,   पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १–१ जना पुरुषको मृत्यु भएको छ । हाल सम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय २२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, ते¥हथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ६१ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २९ महिला र ३२ पुरुष छन् । मोरंगको कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, ते¥हथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४१ पुगेको छ । 
प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ६०, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज, बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको छ ।

प्रदेश १ मा आज ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३९ महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २२ हजार ७७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



बिराटनगर असोज १३ गते । रातो तारा डट कम,जिल्ला संखुवासभा घर भई हाल जिल्ला मोरङ उर्लाबारी नपा ७ स्थितमा युनिक होटल संचालन गरी बस्ने बर्ष २६ को गोपाल तामाङ र भारत घर भई हाल उर्लाबारी नपा ७ गंगा डाँगीको घरमा डेरा गरी बस्ने बर्ष ३५ को शुसिल मल्लिक बिच उर्लाबारी-७ स्थित गोपाल तामाङले संचालन गरेको युनिक होटल अगाडि मिति २०७७।०६।११ गते अन्दाजी २३:३० बजे झगडा हुँदा निज शुसिल मल्लिक पिच रोडमा भूईमा लडी टाउकोमा चोट लागी घाईते भई उपचारको लागि गोदाबारी अस्पताल उर्लाबारीमा पठाईएकोमा थप उपचारको लागि भारतको सिलीगुडी नर्थ वेङ्गल मेडिकल पठाईएकोमा उपचारको क्रममा मिति २०७७।०६।१३ गते बिहान अन्दाजी ०४:३० बजे मृत्यू भएको निज प्रतिवादी गोपाल तामाङलाई ईप्रका उर्लाबारीको नियन्त्रणमा राखी थप अनुसन्धान भई रहेको । मृतकको लाश पोष्टमार्टमको लागि नेपाल ल्याउनेकार्य भई रहेकोछ ।


रातो तारा डट कम,
बाढी पैराको जोखिम भएको स्थानबाट सुरक्षित स्थानमा बसोबास गरौं ।
बाढी पैरोको जोखिम बढ्ने भएकोले जथाभावी ढुंगागिट्टी बालुवा उत्खनन गर्ने तथा बोट बिरुवा काट्ने
र खोलाको वहाव बढ्ने जस्ता कार्य नगरौं ।
बाढी पैरोको जोखिम घटाउन समुदायस्तरबाट समयमै रुख रोपौं, बन जोगाऔं ।
बिपतको घटना घटेमा उदार तथा राहतको लागि नजिकै रहेको सुरक्षा निकायमा सम्पर्कराखौं ।
खानेपानीका मुहानहरु सधै सफा राखौं ।
जथाभावी फोहर नफालौं ।
शुद्घ र सफा पानी पिउ,स्वाथ्य जीवन जिउँ ।
चर्पीमा मात्र दिसा पिसाव गरौं ।
सफासंग हात धोएर खाना खाने गरौं ।
झाडा पखालाजस्ता रोग लागेमा नजिकै रहेको स्वास्थ्य केन्द्रमा सम्पर्क गरौं ।
घरपालुवा चौपायहरु छाडा नछोडौं तथा छाडा चौपायको नियान्त्रण गरौं,र दुर्घटनाबाट बचौं ।
सवारी साधानहरु उचित स्थानमा मात्र पाकिंग गरी टफिक व्यावस्थापनमा सहजीकरण गरौं ।
बिकास निर्माणको कार्यक्रममा जनसहभागिता जुटाऔं,र भएका बिकास निर्माण कार्यको सरक्षण गरौं ।
जेष्ठ नागरिकहरुलाई उचित स्याहार सुसार सहित सम्मान गरौं ।
व्याक्तिगत घटना घटेको ३५दिन भित्र अनिवार्य रुपमा नगरपालिकामा घटना दर्ता गराऔं ।
समयमानै कर तिरी सभ्य नागरिकको परिचय दिऔं ।
यस नगरपालिकाबाट इजाजत लिएर मात्र घर निर्माण तथा प्लाटिङ कार्य गरौं ।
नगरपालिकाले तोकेको मापदण्ड बंमोजिम भूकम्प प्रतिरोधि घर निर्माण गरौं र सधैका लागि ढुक्क होऔं ।
राष्ट्यि सम्पदा  तथा धरोहरहरुको जर्गेना गरौं ।
कुनै पनि व्यावसाय नगरपालिका र नियामनकारी निकायमा दर्ता गरे पश्चात मात्र सन्चालन गरौं ।
घरेलु तथा औधोगिक फोहरमैलाको समुचित व्यवस्थापन गरौं ।
नगरपालिका लाई बुझाउनु पर्ने कर तथा शुल्क समयमै बुझाईनगर बिकासमा सहभागी बनौं ।
वारुणयान्त्र तथा सवयात्रा वहान चाहिएमा )@!%$%^^^, )@!%$^^^^,मा सम्पर्क गरौं ।
नगरपालिकाको गतिबिधि सम्बन्धमा दिनहुँ सुन्दरहरैचा नगरपालिकाको] websitewww sundarharaichamun.gov.np,मा हेर्ने बानी बसालौं ।



काठमाण्डौ असोज १३ गते । रातो तारा डट कम, नेपालीको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत परदेशिको समाचार सार्वजनिक भएको छ । 

गीतकार नवीन पन्तको शब्द रहेको उक्त गीतमा  शान्ती श्री परियार , रमन रायमाझीको स्वरमा भरेका छन् ।  “परदेशिको समाचार गीत दशैँ तिहारलाई मध्यनजर गरि सार्वजनिक गरिएको गीतमा सिद्धान्त परियारले लय भरेका छन् ।   

गीतको म्यजिक भिडिया पि।के इन्टरटेनमेन्टको प्रस्तुतीमा रहेकोको सोमबार सार्वजनिक गरिएको हो ।नरेश सिंह चैरिसको छायांकन र मनिस कार्कीको सम्पादनमा तयार भएको यस गीतमा चाडपर्वमा आफ्नो गाउँ घर र परिवार सम्झेर परदेशमा आफ्नो जीवन बिताउने परदेशीहरुको पीडालाई दर्शाइएको छ ।

 गीतमा लक्ष्मण चौलागाईं, नवीन पन्त,कसिस दाहाल, सुनिता गौतम, करण,अनिसको उत्कृष्ट अभिनय देख्न सकिन्छ । रोनिस तामाङले ड्रोन खिचेका हुन् भने उर्मिला लामाले मेकअपमा साथ दिएकि छिन् । भिडियो लाई फुर्सद टाइम नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । शब्द संगीत अनुसार भिडियोलाई निकै मेहनत गरेको देखिन्छ ।
हेर्नुहोस भिडियो यस्तो छ।


बिराटनगर,असोज १३ गते । रातो तारा डट कम,इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् । 


विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिकलगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ, अवैध हातहतियारद्वारा ब्यक्ति हत्या जस्तो जघन्य अपराधको घटना घटाई लुकीछिपि बसेको अभियुक्तलाई खोजतलास गरी हातहतियार सहित पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय  कार्य गरेकोले इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्कीलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।  

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।



मोरङ,असोज-१३ गते । रातो तारा डट कम,मोरङ विराटनगर-१६ दरैया बस्ने ६१ बर्षीय रामु मण्डल लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो अपरान्ह ४ बजे विशेष सुराकका आधरामा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाइ विराटनगर-१२ स्थित कलेज रोडबाट नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रण पश्चात उनि माथी चेकचाँच गर्दा  प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा  ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको साथै उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।


काठमाण्डौ असोज १३ गते । रातो तारा डट कम, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र केही पदाधिकारी सहित केन्द्रीय सदस्यले देउवा बिरुद्ध हस्ताक्षर बुझाएका छन् । केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले आज पार्टी केन्द्रीय कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ केन्द्रीय सदस्यको हस्ताक्षर सहितको विरोध पत्र दर्ता गराउनुभएको हो । पार्टीलाई विधान सम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै उनीहरूले हस्ताक्षर बुझाएका पार्टीका केन्द्रीय अर्जुननरसिंह केसीले सीआइएनसँग बताउनुभयो । उनीहरूले विभागदेखि भातृ संस्थाका म्याद थप गरेकोमा पनि खारेजीको माग गरेका छन् । पछिल्लो समय सभापति देउवाले २० भन्दा बढी विभाग गठन गरेपछि पार्टी भित्रको विवाद झन् बढ्दै गएको छ ।


काठमाण्डौ असोज १३ गते । रातो तारा डट कम, पोखरा महानगरपालिकाले अनलाईन मार्फत किसानहरुको वर्गीकरण गर्ने भएको छ । महानगरमा रहेका सम्पूर्ण किसानहरुलाई परिचयपत्र वितरण गर्नका लागि अनलाईन मार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रकृया अगाडी बढाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरले तयार पारेको वेवसाईट पोखरा कृषि डटकम मा राखिएको अनलाईन दर्ता फारम भरेर कृषकहरु सुचिकृत हुन सक्नेछन् । आज महानगरका प्रमुख मान बहादुर जिसीले वेवसाईट क्लिक गरी शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै मेयर जिसीले कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

फारम भर्ने तरिका र यसलाई थप प्रभावकारी बनाउन कृषहरुलाई प्रत्यक्ष रुपमै जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । कृषि क्षेत्रको समग्र बिकासको लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरि वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहेको मेयर जिसीले बताउनुभयो । उहाँले स्मार्ट सिटी बनाउने अभियानका लागि यस किसिमको कार्य सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । 


काठमाण्डौ असोज १३ गते । रातो तारा डट कम,यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालले दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिनुभयो ।  



विराटनगर, १३ असोज । रातो तारा डट कम, राउण्ड टेबल नेपालले एक कार्यक्रमका बीच विराटनगर–१९ स्थित सार्वजनिक माध्यमिक विद्यालय वैजनाथपुरलाई  स्वास्थ्य सामग्री प्रदान गरेको  छ । 

विद्यालय परिसरमा विराटनगर सफलार्स राउण्ड टेवल–१८ को संयोजनमा मास्क, सेनिटाइजर र थर्मलगन विद्यालयका प्रधानाध्यापक खगेन्द्र खवासलाई प्रदान गरिएको हो । लकडाउन सुरु भएदेखि नै नियमित रुपमा विद्यार्थी, सुरक्षाकर्मी एवं आमसर्वसाधारणलाई राउण्ड टेवल नेपालले मास्क र सेनिटाइजरलगायत स्वास्थ्य सामग्री निःशुल्क वितरण गर्दै आइरहेको कार्यक्रम संयोजक राजीव काब्राले बताए । 

उनले विद्यार्थीहरुलाई कोरोनाबाट सुरक्षित रहन नियमित मास्क र सेनिटाइजर प्रदान गरिएको बताए । स्वास्थ्य सामग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक खवासले राउण्ड टेवल नेपाललाई धन्यवाद दिए । राउण्ड टेवल नेपालले स्थापनाकालदेखि नै सामाजिक काम गर्दै आइरहेको छ । 


शिव भट्टराई,मोरङ असोज १२ गते । रातो तारा डट ककोभिड १९ को विषम परिस्थितिमा -महिला पुनर्स्थापना केन्द्र ओरेक नेपालले विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाहरुलाई मनोविमर्श सेवा साथै खाद्यान्न वितरण गरेको छ ।ओरेक नेपालले अति गरिबीको रेखामुनि रहेका सुत्केरी तथा गर्भवती महिलाहरूमा परेको मनोसामाजिक समस्या न्यूनीकरण गर्न र सुत्केरीलाई पोषणको अभाव हुन नदिने उद्देश्यले  सुन्दरहरैंचा नगरपालिका वडा नं ४ र वडा नं ९ मा मनोविमर्श साथै पोशिलो खाद्यान्न वितरण कार्यक्रम आयोजना गरेको हो।


लकडाउनका कारण महिला माथि हुने हिंशा बढेको सन्दर्भमा आरेक नेपालले वडामै आएर सुत्केरी महिलाहरुलाई मनोविमर्श सेवा साथै खाद्यान्न वितरण गरी प्रशंसनीय कार्य गरेको नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ्गले बताइन्।


त्यसैगरी उनले अब नगरपालिकाले आफैं मनोविमर्श केन्द्र स्थापना गर्ने प्रतिबद्धता समेत जनाएकी थिइन्।


यसै क्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले आफ्नो वडामा मनोसामाजिक समस्याका कारण उत्पन्न हुने विभिन्न समस्याको निराकरण गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने भन्दै मनोविमर्श सम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेकोमा ओरेक नेपाललाई धन्यवाद दिँदै यस्ता कार्यक्रम वडाले पनि सञ्चालन गर्ने प्रतिक्रिया व्यक्त

गरेका थिए।

उक्त कार्यक्रममा ओरेक जिल्ला परियोजना संयोजक दीपक सेन्चुरीले विषेशगरी कोरोना भाइरसको महामारी र अन्य समयमा पनि महिला हिंसाका घटनाहरू प्रकाशमा नआउँदा धेरै किसिमका जोखिमहरू बढ्ने र न्यायिक प्रक्रियामा जान नसक्ने गर्ववती र सुत्केरी महिलाहरु झन् धेरै जोखिममा रहेकाले मनोविमर्श सेवा मार्फत केही हद सम्म उक्त जोखिमलाई न्यूनीकरण गर्न मदत पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी गर्भवती र सुत्केरी महिलाहरुले परामर्श सेवा साथै पोषिलो खानेकुरा वितरण गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए भने सो कार्यक्रम महिला पुनर्स्थापना केन्द्र ओरेक नेपाल सुन्दरहरैंचाकी सामाजिक कार्यकर्ता शुशिला सुवेदी पाठकले सञ्चालन गरेकी थिइन्।

  

बेलबारी ÷बेलबारी नगरपालिकाले असोज २३ गते देखी कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ । सोमवार बेलबारी नगरपालिका शिक्षाशाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को परिक्षा संचालन गर्ने निर्णय गरेको हो । बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ संचालन गरीरहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रद्यानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । बैठकले परिक्षा संचालन गर्नका लागि एक समिति समेत गठन गरेको छ । गोबिन्द भन्डारीको संयोजक्तोमा ५ सदस्य समिति गठन गरेको हो । समितिको सदस्यमा खगेन्द्र लुइटेल, टेक नारायण शाहा, भुपाल बस्नेत, सदस्य रहेका छन भने सदस्य सचिवबमा नारायण कोइराला रहेका छन । नगर क्षेत्र भित्र परिक्षामा ७ वटा सामुदायिक बिद्यालयर २ वटा सस्थागत बिद्यालयलका बिद्यार्थीले सहभागिता जनाउने शिक्षा शाखा अधिकृत भुपेन्द्र कोइरालाले बताए । 






काठमाण्डौ असोज १२ गते । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । 

यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । जसमध्ये  ५४ हजार ६४० जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७४२ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हाल देशरभमा १९ हजार ६२४ सक्रिय सङ्क्रमित रहेका छन् ।  १० हजार ९२९ जना होम आइसोेलेसनमा छन् भने ८ हजार ६९५ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२५ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 



काठमाण्डौ असोज १२ गते । रातो तारा डट कम,गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु  जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् । गीतमा सुदिप कुँवारकै संगीत र केशब बडुुको एरेन्ज रहेको छ । कुँवारले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवारले फकाइरहेको देख्न सकिन्छ । 

 


विराटनगर, १२ असोज । रातो तारा डट कम,  प्रदेश १ मा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सुनसरीको धरानमा ७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ महिला १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला २ पुरुषमा संक्रमण देखिएको छ । उता ओखलढुङ्गाको सिद्धिचरणमा १ महिला २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५१९ पुगेको छ । 

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार ८६८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७ महिला र ५६ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हाल सम्म १ लाख २१ हजार ९१२ जनाको पीसीआर परीक्षण भएको छ । 




बिराटनगर असोज १२ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं। ८ बस्ने अन्दाजी बर्ष २० को मोहमद सहिद मिया, ऐऐ बस्ने बर्ष २५ को मोहमद असलम मिया, ऐऐ बस्ने बर्ष २२ को मोहमद फारूक मिया र ऐऐ बस्ने बर्ष २० को मोहमद हसरत मिया समेतले जिल्ला मोरङ बर्ष ३३ की सांकेतिक नाम विराटनगर ९, ऐऐ बस्ने बर्ष २२ की सांकेतिक नाम विराटनगर १० र ऐऐ बस्ने बर्ष २७ की सांकेतिक नाम विराटनगर ९-२० लाई जिल्ला मोरङ विराटनगर ८ स्थित अशोक चोक नजिक प्लटिङ गरेको बाटोमा जवरजस्ती करणी गरी हालसम्म फरार रहेका प्रतिवादीहरू मध्ये जिल्ला मोरङ विराटनगर म-हानगरपालिका वडा नं। ८ बस्ने बर्ष २० को मोहमद सहिद मिया र ऐऐ बस्ने बर्ष २५ को मोहमद असलम मियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०६।११ गते साँझ अन्दाजी १८,०० बजे विराटनगर महानगरपालिका वडा नं। ८ सुकुम्बासी टोलबाट पक्राउ गरी जवरजस्ती करणी उद्योग अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएकोछ । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.