Websoft University
April 2018


रोशन पोखरेल , काठमान्डौँ , बैशाख १७ गते । रातो तारा डट कम,
नेपाली लोकदोहोरी गीत संगीतमा स्थापित बन्दैँ गरेका गायक प्रेम रावत र चर्चित गायिका लक्ष्मी परियारको लोकदोहोरी गीत बजारमा आएको छ ।


जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गर्न खोजिएको अधिकार गीतलाई आम दर्शकले मन पराउने अपेक्षा लिइएको छ  । सुनिता नेपाली र हिरा नेपालीको सर्वोकृष्ट  शब्द तथा गायक प्रेम रावतको  लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीत मार्फत तयार पारिएको छ ।

 “अधिकार ” गीतको निर्देशन वविता  श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ  र विमल अधिकारी र बालकलाकारको भुमिकामा आरब श्रेष्ठको अभिनय  गरेका छन । “अधिकार” गीतको छायाँकन सागर गौत्तमले गरेका हुन भने  सम्पादन अविनास डिसीले गरेका छन 
हेर्नुहोस भिडियो ।


रबिन्द्र बराल -मोरङ-बैशाख १७ गते । रातो तारा डट कम, मोरङ राजघाटका—७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् । कैले सडक बत्ति त जडान त कैले विद्यालयमा विविध सहयोग ।

त्यतिमात्र होईन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उदाहरणिय छ । कमाउने सबैले गाउँ बिकासमा सहयोग गर्दैनन् । सहयोगको लागि धनमात्र होईन मन पनि चाहिन्छ । गाउँको स्तरोउन्नतीमा अरुको ध्यान नपुगेपछि  चुनाब आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुको लागि उनको यो काम यतिबेला गतिलो झापड भएको छ । सुन्दरलाई जान्ने बुझ्नेहरु भन्छन्,उहाँले गाउँको लागि महत्वपूर्ण सहयोग गरेका छन् । गाउँको विकास गर्ने हो भने इच्छा शक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ ।

सुन्दरले आफ्नै लगानिमा गाउँ नै सुन्दर बनाउदैछन् । सुन्दर अर्थात समृद्धियुक्त । यो यात्रामा उनी निरन्तर लागिरहने प्रण गर्छन् । उनले विद्यालयहरुमा सहयोग गरेका छन् भने गाउँमा सडकबत्ति जडान गरिदिएका छन् । आफ्नै लगानीमा बाटोघाटो निर्माण गरिदिएका छन ।

खेलकुल तथा कलासंस्कृति पनि उच्च सहयोग गरेका छन् । सकारात्मक सोच बोकेर सहयोगी हात फिजाएर आएको मानिसहरुलाई सुन्दरले अहिले सम्म खालि हात फर्काएका छैनन् । उर्लाबारी ९ को प्रभात निमाविमा उनले ३ लाख लागतमा मञ्च निर्माण गरिदिएका छन्, घेराबारामा सहयोग गरेका छन् । यतिमात्र होईन,सोहि विद्यालयमा रंगरोगन गरेर चिटिक्क पारेका छन् ।

यस्तै उर्लाबारी ९ कै राजघाट निमाबिमा विद्यालयको घेराबारा पछि गेट निर्माण गरिदिएका छन् । गाउँको पोलपोलमा सडकबत्ति जडान गरिदिएर गाउँ नै झलमल्ल पारेपछि स्थानीयले खुशी प्रकट गर्छन् । नत्र गाउँ अन्धकार थियो ।  सुन्दरको सहयोग यतिमै सिमित छैन, गाउँको कृतन मण्डली मठमन्दिर,खेलकुदमा पनि उनको सहयोग उच्च छ । सुन्दर भन्छन्,धन भन्दा पनि मन भएर सहयोग गरेको हुँ ।

उनले अब विद्यार्थीको लागि छात्रबृत्ति कार्यक्रम ल्याउने योजना रहेको सुनाए । हालसालै उनले प्रभात निमावि उर्लाबारी ९ मा अध्ययरत १० जना विद्यार्थीको लागि पठनपाठनमा लाग्ने सम्पुर्ण जिम्मा लिएका छन् । यस्तै १ लाख लागतमा स्थानीय भोटेपुलमा जेष्ठनागरिकका लागि बिश्राम स्थल बनाईदिएका छन् ।

जहाँ उनले राष्ट्रिय स्तरका पत्रपत्रिका तथा पुस्तक पढ्ने व्यवस्था मिलाईदिएका छन् । उनले आफ्नो गाउँमा एकल लगानीमा बाटो खोलिदिएपछि खेत भित्र भित्र बाटो बनेको
छ । स्थानीय काजी लिम्बू भन्छन्,घर अगाडि नै बाटो बनेपछि बिरामी बोकेर लानुपर्ने अबस्था छैन्, गाडी आगनमै आईपुग्छ। बाटो खोलेपछि सम्भावना झनै बढेको लिम्बूले बताए । सुन्दरको यात्रा घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै काठमाण्डौ हानिएका थिए ।

खोपीडाँडामा जन्मेहुर्केर काठमाण्डौमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका हुन् । सुरुमा काठमाण्डौ पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रामीक लिएर ज्यालामजदुरी सुरु गरेका थिए । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो ।

हाल उनी ठेक्कापट्टा र हाउजीङ्ग व्यवसायमा सम्लग्न छन् । सुन्दर भन्छन्, म अझै आफुलाई एउटा लेबर हुँ भन्न रुचाउछु ।
सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्नेहुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो । तीन दाजुभाईमध्ये कान्छा उनी पढाईमा असफल भएपछि एसएलसी दिएर काठमाण्डौ हानिएका थिए ।


उनले सुरुमा आफ्नो कमाईले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए । त्यसपछि उनले भक्तपुर र खोपिडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाएका छन् । ठेक्कापट्टा र हाउजिङ्ग व्यवसायबाट आयआर्जन गरेका  श्रेष्ठ  समाजसेवामा क्रियाशिल  छन् । गाउँको विकासमा उनको चिन्ता रहने गर्छ ।

उनको सोच छ,हाम्रा सन्ततीले हामी भन्दा दुख नपाउन । श्रेष्ठले समाजमा  गरेको आर्थिक सहयोग प्रति उनकी आमा भद्रकुमारी र पत्नी सुनिताले पनि खुशी व्यक्त गरेका छन् ।


शिव भट्टराई - मोरंङ,बैशाख १७ गते । रातो तारा डट कम,
झापाको भद्रपुरबाट काठमाडौं जादै गरेको बा ४ख ६९१९ नम्वरको माइक्रो बस मोरगंको सुन्दरहरैचामा ठडीया चौकमा र्दुघटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने दस जना घाइते भएका छन ।

तीव्र गतिमा दौडि रहेको माइक्रो अनियन्त्रित भई रुखमा ठोकिदा सोही माइक्रो सवार झापा भद्रपुर १५की ५१वर्षिया उमा निरौला सोही ठाउँकी ५२ वर्षिया श्याम कार्कीको उपचारका लागि विराटनगर तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनमा परि घाईते भएका माइक्रो चालक झापा दमक ५का धीरज न्यौपाने र सहचालक धनुषाका दिपक पाण्डेको लगायतका अन्य घाइतेहरुको विराटनगरको गोल्डेन अस्पताल ,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान र इटहरीको सामुदायिक अस्पतालमा उपचार भई रहेको जनाइएको छ।

तीव्र गति र पानी परिरहेको समयमा भएको दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी उपचारको क्रममा लैजादै गर्दा दुई जनाको मृत्यु बाटैमा भएको र अन्यको उपचार भई रहेको
ट्राफिक प्रहरी पोष्ट गोठगाउँका प्रमुख प्रहरी सहायक निरिक्षक किशोर निरौलाले जानकारी दिए ।

मृतकको शव गोल्डेन अस्पताल विराटनगरमै रहेको समेत प्रहरीले जनाएको छ ।

(फाएल फोटो)

सुनसरी, वैशाख १७ गते। रातो तारा डट कम,
जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार २८ हजार बढीको भन्सार छलेको समान बरामद गरेको छ।

उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले सुनसरीको हरिनगरा गाउँपालिकार ६ र ७ बाट भारतबाट भन्सार छलेर ल्याउदै गरेको सुर्ती ६० किलो  चिनी २ बोरा, यूरिया मल १ बोरा र  नेपालबाट भारततर्फ लैजादै गरेको डिजल २०० लिटर गरी उक्त मुल्य बराबरको सामान बरामद गरेको हो।

 बरामद सामान आवश्यक कार्वाहीको लागी  सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेज सुनसरीमा बुझाएको छ।

काठमाडौँ,वैशाख १७ गते । रातो तारा डट कम,
नेपाल भारत पारवहन तथा व्यापार सम्झौतालाई समयानकूल बनाउन दुई देशको वाणिज्य सचिवस्तरीय बैठक सम्पन्न भएको छ ।

बैठकमा व्यापार र पारवहनसँग सम्बन्धित विषयलाई छलफल तथा पुनरवलोकन गर्ने विषयमा सहमति भएको छ । सो बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्रकुमार घिमिरे र भारतका तर्फबाट रीता तोतियाले नेतृत्व गर्नुभएको थियो।

 बैठकमा दुई देशबीचको व्यापार विस्तार, सहजीकरण तथा लगानीका विविध आयामका बारेमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही वैशाख १३ र १४ गते काठमाडौँमा भएको दुई देशको सचिवस्तरीय बैठकमा सन् २०१८ को जुलाईमा दुई देशबीचको वाणिज्य सन्धिको पुनरवलोकन गर्ने गरी बैठकको आयोजना गर्न सहमतिसमेत भएको छ । वाणिज्य सन्धि सन् २००९ मा पुनरवलोकन भएको थियो ।

बैठकमा दुई देशको सीमा क्षेत्रमा रहेका भन्सारविन्दुमा भौतिक पूर्वाधारको निर्माण, सहज आवागमन तथा व्यापार व्यवसायमा सहजीकरण गर्ने विषयमा समेत छलफल भएको थियो । यस्तै दुई देशबीच उद्योगी तथा व्यवसायीबीच व्यापारिक सम्बन्ध स्थापनाका लागि समेत पहल गर्ने सहमति भएको छ ।


विराटनगर,बैशाख १७ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको संयोजकत्वमा महानगर स्तरिय मदिरा व्यवस्थापन समिति गठन भएको छ । प्राप्त जानकारी अनुसार विराटनगर महानगररपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा आइतवार सम्वन्धित विभिन्न कार्यालयका अधिकृत सहितको ११ सदसिय समिति वनेको बताइएकोछ । गठित समितिले विराटनगर महानगरपालिका भीत्र रहेका मदिरा पसलहरुको अनुगमन र नियमन गर्ने छ ।

महानगरपालिकामा भएको कार्यक्रममा मदिरालाई कसरी व्यवस्थीत गर्न सकिन्छ भनेर विराटनगर महानगरका मेयर भीम पराजुलीले मदिरा निशेधित अभियानका अभियन्ता ,सुरक्षाकर्मी र कर्मचारीहरु संग सुझाव समेत लिएका थिए । अस्पताल, विद्यालय, मन्दिर, मस्जिद वरपर रहेका मदिरा पसलहरु नियम सम्मत अनुसारको दुरीमा छन् या छैनन् त्यो पनि अनुगमन गरिने मेयर पराजुलीले जानकारी दिए । उनले महानगर भित्र रहेका सवै मदिरा पसललाई व्यवस्थित र कानुनअनुरुप चलाउने वताए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले विराटनगर महानगरले गर्न खोजेको मदिरा व्यवस्थापन कार्य समय सापेक्ष रहेको वताए । उनले महानगरको यो अभियानमा सवै संयन्त्रवाट सहयोग गर्ने आश्वासन समेत दिए । शुरक्षा निकायका प्रमुख ,धार्मिक गुरु तथा विभिन्न कार्यालयका कर्मचारीहरुको सहभागीता थियो ।


बिराटनगर,बैशाख १७ गते । रातो तारा डट कम,सानिमा लाइफ इन्सुरेन्स कम्पनीको विराटनगर साखा उदघाटन भएको छ । उदघनटन पछि १६ गते देखि कम्पनीले विराटनगर शाखा बाट सेवा सुरु गरेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले शाखा कार्यालयको उदघाटन गरेका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको पनि उपस्थीति रहेको थियो । सानिमा लाइफ इन्सुरेन्सका अध्यक्ष कुमार कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमले शाखा उदघाटन गरेको हो ।

कार्यक्रममा कम्पनीका सदभाव दुत हास्यकलाकार जीतु नेपाल प्रमुख प्रवन्धक गणेश चौलागाई, प्रमुख वितिय अधिकृत अर्यक रञ्जन बराललगायतको उपस्थीति रहेको थियो । ३ करोड अधिकृत पूजि रहेको बैंकको जारी पूजी २ अर्ब रहेको बताइएकोछ ।


बिराटनगर  बैशाख १६ गते । रातो तारा डट कम,तेस्रो मुलुकबाट कोलकाता पोर्ट मार्फत यस क्षेत्रका उद्योग व्यवसायले आयात गर्ने औद्योगिक कच्चा पदार्थ लगायतका वस्तु मालवाहक रेल मार्फत विराटनगरमा ल्याउन पाउनु पर्ने सन्दर्भमा संगठनले विगत देखि उठाउदै आएको मागलाई सम्बोधन गर्न सहयोग पु¥याउनु हुने वाणिज्य मन्त्रालय, व्यापार  तथा निकासी प्रवद्र्धन केन्द्र, कोलकाता स्थित नेपाली महावाणिज्य दुतावास, नेपाल ईन्टरमोडल यातायात विकास समिति लगायत सम्वन्धित सबै प्रति संगठन आभार सहित प्रेश विज्ञप्ती मार्फत धन्यवाद ज्ञापन गर्दछोैै भनिए
कोछ ।

५८ कन्टेनर बोकी गत बुधवार कोलकाताबाट विराटनगरको सिमावर्ती स्टेशन बथनाहका लागि मालवाहक रेल सेवा संचालनमा आउनाले यस क्षेत्रका उद्योगी÷व्यवसायीको विगत लामो समय देखिको माग मात्र सम्वोधन नभई यसले समग्र पूर्वाञ्चल कै व्यापार व्यसाय प्रवद्र्धनमा सहयोग पुग्ने संगठनले विश्वास लिएको छ । मालवाहक रेल मार्फत औद्योगिक कच्चा पदार्थको आयातले समय र लागत वचत भई यस क्षेत्रका उद्योगहरुको प्रतिष्पर्धात्मक क्षमता समेत वृद्धि हुनेछ ।

उद्योग÷व्यवसाय प्रवद्र्धनका लागि यस सेवाले दुरगामी महत्व राख्नुका साथै यस क्षेत्रको  उद्योगी÷व्यवसायीलाई रेल मार्फत समुद्र सम्मको पहुच प्राप्त भएको छ । आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउदै आएको औद्योगिक शहर विराटनगर लगायत पूर्व क्षेत्र मालवाहक रेल संजालमा जोडिनाले तेस्रो मुलुक सँगको व्यापारमा सहजता आई यस क्षेत्रको व्यापार अभिवृद्धिमा थप टेवा पुग्ने संगठनले विश्वास छ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल ईन्टरमोडल यातायात विकास समितिको अयोजनामा काठमाण्डौंमा मिति २०७५ वैशाख १७ गते हुने वैदेशिक व्यापारको समय तथा लागत न्यूनिकरणमा विशाखापटनम वन्दरगाहको उपादेयता सम्वन्धि कार्यक्रममा संगठनका अध्यक्ष मुकेश उपाध्यायले यस क्षेत्रका उद्योगी÷व्यवसायीका तर्फबाट सहभागिता जनाउदै विशाखापटनम पोर्टबाट समेत मालवाहक रेल संचालनका लागि पहल गर्नु हुनेछ ।

यस क्षेत्रका उद्योग÷व्यवसायका लागि मालवाहक रेल सेवा संचालन गर्न विगत लामो समय देखिको संगठनले विभिन्न निकायमा गरेको पहल र प्रयासलाई सार्थक तुल्याउन आ–आफनो क्षेत्रबाट सहयोग पु¥याउनु हुने सम्पूर्ण प्रति पुनः आभार व्यक्त गर्दछ । 
२०७५ बैशाख १६ गते, आइतवार
विराटनगर

(फायल फोटो)

काठमाडौ, वैशाख १६ गते। रातो तारा डट कम,
सुनसरीको दुहवी नगरपालिका-.८ स्थित जुट मिल नजिकै शनिबार भएको मोटरसाइकल दुर्घटनमा चालककको ज्यान गएको छ।

ज्यान गुमाउनेमा बा ८७ प ९९५८ नम्बरको मोटरसाइकल चालक  सुनसरी गडी गाउँपालिका-२ भमरी  बस्ने अन्दाजी २८ बर्षिय दिपेन्द्र  बस्नेत रहेका छन्।

उनी सवार उक्त मोटरसाइकल बेलुका १० बजेतिर  साईकलयात्री जिल्ला मोरङ ग्रामथान  गाउँपालिका स्थित नडिया टोल बस्ने २५ बर्षिय कमल चौधरीलाई ठक्कर दिँदा अनियन्त्रित भइ दुर्घटना भएको थियो। साथै दुर्घटनामा घाइते साइकलयात्री र मोटरसाइकल पछाडी सवार दुहवी नगरपालिका-८ बस्ने अन्दाजी २६ बर्षिय प्रमोद बस्नेत सामान्य घाइते भएका छन्।

 उनीहरुको कोशी अन्चल अस्पताल र जिवन ज्योती मेडिकल दुहवीमा उपचार भइरेहको  प्रहरीले जनाएको छ।

सुनसरी, वैशाख १६ गते।रातो तारा डट कम,
सुनसरीको देवानगंज गाउपालिका-४ कौवाखोच  स्थित बोर्डर आउट पोष्ट कप्तानगंजमा कार्यरत ३ जना सशस्त्र प्रहरी शनिबार चट्याङ लागेर घाइते भएका छन्।

दिउँसो २ बजेतिर वर्षा संगै अचान परेको चट्याङले सशस्त्र प्रहरी जवान खेमराज राई, सुमन बिष्ट र रोशन बस्नेत घाइते भएका हुन्। घाइते तीनै जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ।

काठमाडौँ, वैशाख १६ गते । रातो तारा डट कम,
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताउनुभएको छ ।

हिजो उहाँकै निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०-२५ वर्षअघिको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।” अध्यक्ष दाहालले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “जसले बाली लगायो, उसैले थन्क्याउन पाउने नै वैज्ञानिक कुरा हो ।”

दुईचार दिन समय लिए पनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उहाँको भनाइ थियो । शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालले स्मरण गर्नुभयो । त्यसलाई माओवादी नेतृत्व र विचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पहिलो संविधानसभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भइएन । हाम्रा विरोधी माओवादी आन्दोलनलाई टुक्राटुक्रा बनाउन सफल भए ।”

माओवादीलाई फुटाएर परिवर्तनका मुद्दालाई लाबारिस बनाउने खतरा पैदा भएको थियो, अध्यक्षले भन्नुभयो । अब सबै छरिएर रहेका माओवादी ढिलोचाँडो मूल पार्टीमा फर्कने उहाँको विश्वास थियो ।

उक्त कार्यक्रममा विप्लब समूहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज चिरन तामाङ, र सचिव कमल माझीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । उनीहरुले विप्लब नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंशतर्फमात्र अगाडि बढेन कतिपय सामाजिक आपराधिक क्रियाकलापजन्य घटनालाई समेत क्रान्तिकारी कामको जामा पहि¥याएर अगाडि बढ्ने बाटो समातेको बताएका थिए ।


(फाएल फोटो)

काठमाडौ, वैशाख १६ गते । रातो तारा डट कम,दाङ तुलसीपुर उपमहानगरपालिकाले १५ गते देखि उपमहानगरभित्र खरको छानो भएका घरमा बस्ने अतिविपन्न परिवारहरुलाई निःशुल्क जस्तापाता वितरण गर्न शुरु गरेको
छ ।

तुलसीपुर उपमनपा–१ को भ्युडर सोनपुर गाउँबाट आज जस्तापाता वितरण शुरु गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय र उपप्रमुख माया आचार्यले संयुक्तरुपमा सो वडाका खरको छानो भएका गरिब तथा अतिविपन्न परिवारलाई जस्तापाता वितरण गरेर अभियानको शुरुवात गर्नुभएको हो ।

सो कार्यक्रममा प्रमुख पाण्डेयले आफुले निर्वाचनको समयमा खरको छानो भएका अतिविपन्न परिवारको घरमा जस्तापाता दिने प्रतिबद्धता गरेको र सोहीअनुसार वितरण गर्न शुरु गरेको बताउनुभयो ।

उहाँले यस वर्ष नगरपालिकाका विभिन्न वडामा रहेका ५०० अतिविपन्न घरपरिवारलाई जस्तापाता वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । आज सो वडाका अतिविपन्न २० घरलाई जस्तापाता निःशुल्क रुपमा प्रदान गरिएको थियो ।


भक्तपुर, वैशाख १६ गते । रातो तारा डट कम,
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरीसँग आग्रह गर्नुभएको छ ।

मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री अस्पताल हिजो
पुगेर गत वैशाख ८ गते शनिबार सांघातिक आक्रमणमा घाइते हुनुभई उपचाररत नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणालाई फोनबाटै आक्रमणकारीलाई तत्कालै पक्राउ गर्न आग्रह गर्नुभएको हो ।

उहाँले फोनबाटै भन्नुभयो–“एसपी साहेब, जनप्रतिनिधिलाई आक्रमण गर्ने आक्रमणकारी आठ दिन बित्दा पनि किन पक्राउ परेनन्, आक्रमणकारीलाई तत्काल पक्राउ गर्नुस् ।”

प्रहरी उपरीक्षक राणाले आक्रमणकारीको पहिचान भइसकेकाले खोजी भइरहेको र केही दिनभित्रै पक्राउ गर्ने बताउनुभएको नेपालले प्रमुख श्रेष्ठलाई जानकारी गराउनु
भयो ।

आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले उपाध्यक्ष भीम रावल, प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले पनि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।


विराटनगर, बैशाख १५ गते । रातो तारा डट कम,
मोटरङ र सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको ज्यान गएको छ  भने अन्य चारजना घाइते भएका छन्।

 सुनसरीको दुहवी नगरपालिका-११ स्थित तनमुन्ना  बस्ने-१८ बर्षिय रोसन कुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको छ। पिपलको रुख मुनी बसिरहेको उनको  दिउँसो २ बजेतिर हावाहुरी संगे परेको चट्याङ लाग्दा  घटनास्थलमानै मृत्यु भएको हो।

उनकै साथी  २५ बर्षिय मिठू मण्डल गम्भीर घाईते भएका छन्। उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका -१४ जतुवा बस्ने  ४५ बर्षिया रुपमणी यादव, उनकै  छोरी- १६ बर्षिया भुकली यादव र छिमेकी  २६ बर्षिय  भुल्टेन यादव दिउँसो १२ बजे परेको चट्याङ लागेर घाइते भएका छन्। घाइते सबैको कोशी अन्चल अस्पताल बिराटनगरमा उपचार भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


गाईघाट, बैशाख १५ गते । रातो तारा डट कम,
नेत्र विक्रम चन्द्र( विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जन सरकार प्रमुख तथा जिल्ला कमिटी सदस्य जित वहादुर पुलामी मगर पक्राऊ परेकाछन् ।

प्रतिनिधि सभा निर्वाचनको बेला नेपाली कांग्रेसका उम्मेदबार नारायण वहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकार भएको अभियोगमा प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो । उदपुरगढी गाउँपालिका–५ का मगरलाई विशेष सुराकीको सहयोगमा त्रियुगा नगरपालिका–७ चुहाडे काली खोला क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. मेघराज अधिकारीले बताए ।

‘हाम्रो अनुसन्धानबाट मगर मुख्य योजनाकार हुन् । उनी केही महिनादेखि भूमिगत थिए ।’ डि.एस.पी अधिकारीले भने ।
कार्कीलाई लक्षितगरि २०७४ मंशिर १३ गते चुनावी अभियानमा हिडेका कार्की चढेको गाडी उदयपुरगढी–६ नेपालटार दनुवार बेसीमा विद्युतीय धरापमा परेको थियो ।

धरापमा परि उनी सहित ९ जना गम्भिर रुपमा घाईते बनेका थिए । कार्की लामो समयको उपचारपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएकाछन् ।
मगर माथि २०७४ मंशिर १२ गते त्रियुगा नगरपालिका वडा न. ७ भाण्टावारीस्थीत नेपाली कांग्रेसबाट प्रदेस सभा १ को (ख) बाट उम्मेदबार बनेका हिमाल कार्कीको घरमा बम विष्फोट गराएको समेत आरोप छ ।‘ हामीले अनुसन्धान गरेर प्रमाण फेला पारेकोले मगरलाई पक्राउ गरेका हौ ।’ डि.एस.पी अधिकारीले भने ।

जन सरकार प्रमुख मगर माथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाईएको उनले बताए । मगर पक्राउको विरोधमा पार्टीका जिल्ला संयोजक केदार राईले विज्ञप्ती जारी गरेकाछन् । विज्ञप्ती मार्फत उनले राज्यले प्रहरी प्रशासनको आडमा विप्लब माओवादीका कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएर फसाउन खोजेको आरोप समेत लगाएकाछन् ।
श्याम राई-उदयपुर


रोशन पोखरेल , काठमान्डौँ, बैशाख १५ गते । रातो तारा डट कम,
देवी म्युजिक प्रालीको प्रस्तुतिमा लक्ष्मी सिर्माली र सुजन श्रेष्ठको मार्मिक लोकदोहोरी ‘सुने खवर तिम्रो विहेको ’ बोलको लोकदोहोरी गीतको म्युजिक नेपालको आधिकारिक  युटुव मार्फत बजारमा आएको छ । 

गायक राजकुमार काफ्ले र गायिका लक्ष्मी सिर्मालीको नेपाली म्युजिक भिडियोको बजार आएको छ । संगीतको संकुचित बन्दै गएको अवस्थामा पनि उनले आफना दर्शक तथा श्रोताको माग अनुसारका मौलिक भाकामा आधारित गीतलाई बजारमा ल्याएको गायक राजकुमारले बताए ।  

प्रेम र विछोडमा रहेका मायालु जोडीका भावहरुलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । गायक राजकुमार काफलेको शब्द सिर्जना तथा प्रकाश पुरीले मार्मिक  लय सिर्जना गरेका छन । 

म्युजिक भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन । भिडियोमा दिपक विष्टले सम्पादन गरेका छन । गीतमा सागर थापा , इशु भण्डारी , अस्मिता श्रेष्ठ र सुजित विकको अभिनय रहेको 
छ । हेर्नुहोस भिडियो ।

काठमाडौ, बैशाख १५ गते । रातो तसरा डट कम,
झापा मारवाडी समाजले विराटनगरका समाजसेवी दीनबन्धु गोयलसहित मारवाडी समुदायका पाँच जनालाई सम्मान गरेको छ । समाजले काठमाडौंमा शनिबार आयोजना गरेको राष्ट्रिय मारवाडी महोत्सवमा गोयलसहित पाँच जनालाई सम्मान गरेको हो ।

भृकुटी मण्डपमा आयोजित कार्यक्रममा समाजसेवी गोयल, उद्योगी एवम् सांसद् विनोद चौधरी, प्रदेश सभासद् ओेमप्रकाश सरावगी, डाक्टर जगदीशप्रसाद अग्रवाल र साहित्यकार लक्ष्मण नेवटियालाई सम्मान गरिएको थियो । सभामुख कृष्णबहादुर महराले गोयलसहित पाँचै जनालाई दोसल्लासहित सम्मानपत्र प्रदान गरे ।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले सम्मानित सबैलाई माला पहि¥याए । झापा मारवाडी समाजका अध्यक्ष मदन मित्तलले भद्रपुरमा जन्मिएर त्यहीँ विद्यार्थी जीवन बिताएका समाजसेवी गोयलको कर्मक्षेत्र विराटनगर रहे पनि झापामा उनले विगत १५ वर्षदेखि सेवाका कार्यलाई निरन्तरता दिएको जानकारी दिए ।

झापाका एक दर्जन सामुदायिक विद्यालयका छात्रछात्रालाई गोयलले प्रत्येक वर्ष छात्रवृत्रि, पोशाक र छात्रवृत्ति वितरण गरिरहेको अध्यक्ष मित्तलले उल्लेख गरे । कार्यक्रममा मारवाडी संस्कृति झल्काउने विभित्र सांस्कृतिक कार्यक्रम, राजस्थानी कठपुतली नाच, माटाका भाँडा, लाहाका चुरा, मोही पार्ने कला, अत्र पिस्ने जाँतोको प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा मारवाडी समुदायले रुचाउने बाजराको रोटी, बाजराकै खिचडी, बिकानेरी पराठा, पञ्चमेलाको साग, दालबाटी चुर्मा, मुङ दालको हलुवा, राजस्थानी छोकुवा भात, कडी लगायतका २० भन्दा बढी राजस्थानी परिकार राखिएको थियो ।

काठमाडौ,बैंशाख, १५ गते । रातो तारा डट कम,
उद्योगमन्त्री मातृका यादवले निजीकरण गरेर बन्द राखिएका सरकारी उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । एक कापी उद्योगको उद्घाटन गर्न चितवन आएका मन्त्री यादवले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै त्यस्ता बन्द उद्योग तथा कलकारखाना छिट्टै नै पुनःसञ्चालनमा आउने दावी गरे ।

नवलपुरको गैंडाकोटमा बन्द रहेको भृकुटी कागज कारखानाप्रति लक्षित गर्दै मन्त्री यादवले भने, ‘सरकारले जुन उद्योग करलकारखाना निजीलाई दिएको छ, त्यसको रिपोर्ट तयार गर्दैछौं, चलेका उद्योगलाई सहयोग गर्छौ, नचलेकालाई राष्ट्रियकरण ।’

सरकारले निजीकरण गरेका कतिपय उद्योगहरु चलाउने भन्दा पनि साईनबोर्ड झुड्याउने र त्यसको नाममा व्यापार गर्ने गरेको मन्त्री यादवले बताए ।

उनले दाता खाजेर भएपनि देशमा उद्योग कलकारखाना संचालन गरेरै छाड्ने दावी गरे । ‘राष्ट्रिय उद्योग वेचेर खाने विगतको परम्पराले गर्दा उद्योग व्यबसाय फस्टाउन नसकेको हो’ उनले भने, ‘नेता कर्मचारी कमिसनको लोभमा फस्दा उद्योगको विकास हुन सकेन’ उनले भने ।

बैदेशिक लगानी, निजी क्षेत्र र आम जनताको लगानी उठाएर उद्योग संचालन गरिने उनको भनाइ छ ।

मन्त्री यादवले देशमा अब धमाधम उद्योग कलकारखाना संचालन हुने भन्दै छिट्टै सरकारले फलाम उद्योग सञ्चालन गर्न लागेको जानकारी दिए । नेपालमा खुल्ला बजार नीति र उदारीकरणको गलत प्रयोग भएको उनको भनाई छ ।

‘सरकारी धन भनेपछि जसले पनि लुट्न खोज्ने र खाइहालौं भन्ने प्रवृति छ’मन्त्री यादवले भने,’गाँउको विकास गराउन पठाएको रकम पनि कसरी खाँउ भन्नेमा मात्रै सबैको केन्द्रित छ।’

देशमा आर्थिक विकास गरेर सुशासन तर्फ लैजान बाम गठबन्धनको सरकार केन्द्रित भएको उनले बताए । अर्को प्रसंगमा मन्त्री यादवले जनताको जनादेश अनुसार नेकपा एमाले र माओवादी बिच पार्टी एकता आबश्यक रहेको स्पष्ट पारे । अनलाइन बाट

(फायल फोटो)
लहान, वैशाख १५ गते । रातो तारा डट कम,
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।

पडरिया चोकदेखि पश्चिममा सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लहान अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


गाईघाट, बैशाख १५ गते । रातो तारा डट कम,
बाटो निर्माण समितिका अध्यक्ष माथि दुव्र्यहार गरेको विरोधमा चौढण्डी नगरपालिका वडा न. ९ को वडा कार्यालयमा शुक्रबार स्थानीय गाउलेहरुले तालाबन्दी गरेकाछन् ।

नगरपालिकाको बजेटमा गाउँमै निर्माण भएको बाटोको सम्पन्नता प्रामाण पत्र लिन पुगेका उपभोक्ता समितिका अध्यक्ष प्रेम कुमार खड्कालाई वडा अध्यक्ष प्रकास राउतले विहीबार गाली गलौज गर्दै जुत्ताले हान्ने प्रयास गरेका थिए ।

तर वडा कार्यालयका कर्मचारीले बचावट गरेकोले कुनै अप्रिय घटना हुन पाएन । अघिल्लो दिनको घटनालाई लिएर उपभोक्ता समितिका अध्यक्ष सहित गाउँलेहरुको समूहले वडा कार्यालयमा पुगेर तालाबन्दि गरेको स्थानीय प्रत्यक्षदर्शी आन्नद चौधरीले बताए ।

‘काम सकेर सम्पन्नताको प्रमाण पत्र लिन जादा खड्का माथि दुब्र्यहार भएको हो । वडा अध्यक्षले तल्लो स्तरमै उत्रिएर गाली गलौज गरेका थिए ।’ उनले भने । वडागत बजेट बाहेक नगरपालिकाले खड्काको गाउँमा करिब ९ लाख रुपैया बाटो मर्मत र ग्राभेल गर्न छुट्टाएको थियो ।

उक्त योजनाको उपभोक्ता समितिमा खड्कालाई अध्यक्ष बनाईएको थियो । अध्यक्ष राउतले आफूलाई विना जानकारी बाटो निर्माण समितिमा  खड्कालाई अध्यक्ष बनाएको पहिले देखि नै विरोध गर्दै आएका थिए ।

सम्पन्नता दिने बेला विभिन्न वाहानामा वडा अध्यक्षले काममा अवरोध गरेपछि दुबैबीच विवाद भएको हडियाका स्थानीय बासिन्दा पूर्व गाविस अध्यक्ष अर्जुन कुमार दाहालले भने ।
‘मैले काम सकियो अब सम्पन्नता दिनु पर्यो भन्ने वित्तिकै म माथि गाली गलौज गरियो ।’

उपभोक्ता समितिका अध्यक्ष खड्काले भने ।‘ म आफै अचम्मित भए । म माथि दुब्र्यहार भएको सुनेर गाउँेलेहरुले वडा कार्यालयमा तालाबन्दि गरेको उनले बताए ।
वडा अध्यक्ष राउतले भने बाटो निर्माण भएको अनुगमन गरेर मात्र सम्पन्नता दिने आफनो अडानले विवाद भएको बताए ।

‘मैले उनलाई गाली गलौज गरेको छैन । स्थलगत नापजाच गरेर मात्र सम्पन्नता प्रमाण पत्र दिने भने पछि उनीहरुले मेरो विरोध गरेको हो ।’ वडा अध्यक्ष राउतले भने ।

श्याम राई-उदयपुर

काठमाडौँ, वैशाख १५ गते । रातो तारा डट कम,
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको आधार तयार पार्न घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै लगानीको विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

साना तथा घरेलु उद्योग महासंघले  हिजो काठमाडौमा आयोजना गरेको ‘१४ औँ नेपाल अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव २०७५’ को उद्घाटन गर्नुहुँदै उहाँले कृषिमा आधारित साना तथा घरेलु उद्योगमा लगानी बढाउन सकेमात्रै समृद्ध एवं आत्मनिर्भर अर्थतन्त्रको विकास हुनसक्ने बताउनुभयो ।

“धेरै लामो समयपछि मुलुकले राजनीतिक स्थिरता प्राप्त भएको छ । राजनीतिक स्थायित्वका लागि पनि आर्थिक समृद्धि र विकास गर्नै पर्दछ । अब कुनै पनि बहानामा छुट पाइने र दिन मिल्ने अवस्था छैन । कृषिमा आधारित उद्योगलाई विशेष प्राथमिकता दिइनु पर्दछ”, अध्यक्ष दाहालले भन्नुभयो ।

रोजगारीको खोजीमा विदेशिएका युवालाई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न पनि गाउँपालिका तहमा नै घरेलु तथा साना उद्योगको विकास गर्नुपर्ने र त्यसलाई क्रमशः व्यावसायिक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली उत्पादनलाई नै बढावा दिन र प्रयोग गर्ने वातावरण बनाउन हामी सबै लाग्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “व्यापार घाटा बढिरहेको छ । त्यसलाई कम गर्न पनि नेपाली उत्पादनको प्रयोग गर्नु पर्दछ । सानो प्रयासबाट ठूलो प्रतिफल हासिल हुन सक्छ । यो नैतिक विषय पनि हो ।”

चार दिनसम्म चल्ने उक्त महोत्सवमा १८७ कक्ष रहेका छन् । ‘मेहिनत सिर्जना उत्पादन र वस्तु मेरै नेपालको, नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा रु १० करोडको कारोबार र एक लाख ५० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले बताउनु भएकोछ ।

महासंघका अनुसार हाल मुलुकभर तीन लाख ४८ हजार ८७० घरेलु तथा साना उद्योग दर्ता भएकामा दुई लाख ३३ हजार ५९२ उद्योग सञ्चालनमा रहेका छन् ।

मुलुकको ठूलो युवा जनशक्ति खाडीलगायतका मुलुकमा रोजगारीका लागि गएका कारण जनशक्तिको अभाव रहेको छ । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले साना तथा घरेलु उद्योगको विकासमा सरकारले सामान्य प्रयास मात्रै गरिए त्यसबाट ठूलो प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
–––


काठमाडौँ,वैशाख १५ गते । रातो तारा डट कम,नेपाल एयरलाइन्सको यात्रु संख्या डोमेष्टिकमा पनि घटेकै छन,र
अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ ।

लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संंख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४÷७५ मा कमी आएको हो ।

निगमको तथ्यांकअनुसार आव २०७४÷७५ को आठ महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ एक लाख १८ हजार यात्रु पुगेका छन् अघिल्लो आवको सोही अवधिमा एक लाख ४५ हजार यात्रु पुगेका थिए । तुलनात्मक रुपमा यो संख्या २७ हजारले कमी हो । आव २०७२÷७३ को आठ महिनामा एक लाख २४ हजार यात्रु थिए ।

आव २०७३÷७४ मा चार लाख २१ हजार यात्रु पुगेका थिए भने आव २०७२÷७३ मा जम्मा तीन लाख ४४ हजार यात्रुले निगमको विमान चढेका थिए ।

यस्तै आन्तरिक उडानतर्फ भने निगमका यात्रु बढेका छन् । आव २०७४÷७५ को आठ महिनामा २९ हजार यात्रु पगेका छन् भने अघिल्लो वर्षको समीक्षा अवधिमा २८ हजार यात्रुले निगमको विमान यात्रा गरेका थिए । आव २०७२÷७३ मा जम्मा १३ हजार यात्रुले निगमको विमान चढेका थिए ।

अन्तर्राष्ट्रिय उडानमा विमान कम हुनु र भएको एक बोइङ पनि इञ्जिन बिग्रिएर मर्मत गर्न झण्डै दुई महिना लागेका कारण यात्रुको संख्यामा कमी आएको निगमको भनाइ छ ।

अन्तरराष्ट्रिय उडानका लागि निगमले दुई वाइडबडी विमान खरिद गरेर ल्याउँदैछ । आगामी जेठको अन्तिम साताभित्र पहिलो विमान आउने र असारदेखि सेवा शुरु गर्ने निगमको तयारी छ ।

निगमले अन्तर्राष्ट्रियतर्फ एक बोइङ कलसाइन नाइन एन एसिए ७५७ विमान र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । निगमका दुईवटा बोइङमध्ये अर्को नाइन एसिबी ७५७ विमान लिलाममा बिक्री भइसकेको छ ।

अन्तर्राष्ट्रियतर्फ विभिन्न मुलुकका आठ वटा गन्तव्यमा नियमित उडान भर्दै आएको निगमले आन्तरिक उडानमा नौवटा विमानबाट विभिन्न २३ गन्तव्यमा उडान गरिरहेको छ ।
–––


श्याम राई÷उदयपुर-गाईघाट, बैशाख १४ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिकास्थीत एक सामुदायिक वन भित्र अवैध रुपमा बाटो खन्ने विरुद्ध वन कार्यालयमा उजुरी परेको छ । बैशाख ७ गते मरुवाहरीत सामुदायिक वन क्षेत्र भित्र अवैध ढंगले झण्डै १ किमी बाटो खनिएको थियो ।

उक्त बाटो कस्ले खन्यो भन्ने बारे केही खुल्न सकेको थिएन । अज्ञात समूहले जंगल मासेर सडक खनेको सार्वजनिक भएपछि वन कार्यालय उदयपुरले छानविन टोली बनाएर अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा वन कार्यालयले बाटो खन्न प्रयोग गरिएको जेसिवी नियन्त्रणमा लिएपछि अवैध रुपमा सडक खन्ने व्यक्तिको पहिचान खुलेको सहायक वन अधिकृत नारायण श्रेष्ठले बताए ।

‘ उक्त कार्यमा संलग्न ६ जना विरुद्ध स्थानीयले कार्यालयमा उजुरी दिएकाछन् ।’ उनले भने ।
स्थानीयले सडक खन्दा प्रयोग गरिएको जेसिविका मालिक रमेश परियार, सामुदायिक वन उपभोक्ता समितिका सचिब विनोद दनुवार र स्थानीय रमेश खड्कालाई प्रमुख अभियुक्त बनाएर ६ जना विरुद्ध उजुरी दिएको सहायक वन अधिकृत श्रेष्ठले बताए ।

कटारी नगरपालिका–४ स्थित सिम्ले र मध्यपुर जोड्ने बाटो खन्न जंगलमा सडक निर्माण गरिएको थियो । सडक खन्ने क्रममा धेरै सखुवाको रुख कटान गरिएको वन कार्यालयले जनाएको छ । नगरपालिका, उपभोक्ता, स्थानीय प्रहरी प्रशासन, सेक्टर वन र सामुदायिक वन कसैलाई जानकारी नगराई गैर कानूनी रुपमा वन क्षेत्रमा बाटो खनिएको स्थानीय राम कुमार राईले बताए ।

किटानी जाहेरीपछि आरोपितलाई सोध पुछको लागि पक्राउ गरिने कुरा वन अधिकृत विष्णु भण्डारीले बताए ।

   


कविता, को बोल चै
विरानो शहर

शहर बजार, घुम्ने रहर
सबैको बिचार ।

मनले बोलायो दिलैले घुमायो
कोछर तिम्रो, ठूलो छ यो शहर।

पुरानो हो कि बिरानो हो कि,
नयाँ हो यो शहर ।

गरम छ पकेट नरम छ दिल
सबै छ हरर, सबै छ सरर ।।

फाटेको चप्पल रोगले खाको
मानव भए, आँसुको धरर ।।

हेरेको हेरै हिडेको हिडेई
केही छैन रहर, बिरानो रहर ।।

कविता लेखन सिक्ने :- तेजेन्द्र भण्डारी
धन्यवाद
२०७५/१/१४


रोशन पोखरेल,काठमान्डौँ, बैशाख १४ गते । रातो तारा डट कम–देवी म्युजिक प्रालीको प्रस्तुतिमा लक्ष्मी सिर्माली र सुजन श्रेष्ठको मार्मिक लोकदोहोरी ‘सुने खवर तिम्रो विहेको ’ बोलको लोकदोहोरी गीतको म्युजिक नेपालको आधिकारिक  युटुव मार्फत बजारमा आएको छ ।

गायक राजकुमार काफ्ले र गायिका लक्ष्मी सिर्मालीको नेपाली म्युजिक भिडियोको बजार आएको छ । संगीतको संकुचित बन्दै गएको अवस्थामा पनि उनले आफना दर्शक तथा श्रोताको माग अनुसारका मौलिक भाकामा आधारित गीतलाई बजारमा ल्याएको गायक राजकुमारले बताए ।

प्रेम र विछोडमा रहेका मायालु जोडीका भावहरुलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । गायक राजकुमार काफलेको शब्द सिर्जना तथा प्रकाश पुरीले मार्मिक  लय सिर्जना गरेका छन । म्युजिक भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन।

भिडियोमा दिपक विष्टले सम्पादन गरेका छन । गीतमा सागर थापा , इशु भण्डारी , अस्मिता श्रेष्ठ र सुजित विकको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

काठमाडौँ, वैशाख १४ गते । रातो तारा डट कम,
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुमा स्वागतमा नाममा परम्परागत रुपमा गरिने फूलमाला र विद्यार्थीलाई लाइन लगाउनेजस्ता संस्कारहरु नगराउन निर्देशन दिनुभएको छ ।

मन्त्री पोखरेल बुधबार गोरखाको पालुङटारस्थित अमरज्योति जनता मावि लुईंटेल पुग्दा विद्यार्थीहरुको लाइन देखेपछि अन्यन्त्रका विद्यालयमा पनि त्यस्तो कार्य नगर्न÷नगराउन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलमार्फत निर्देशन दिनुभएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । 


बिराटनगर, बैशाख १४ गते । रातो तारा डट कम,
मोरङको विराटनगर महानगरपालिका ४ स्थित नोबेल मेडिकल कलेज अगाडी नहरबाट लागुऔषध र हतियारसहित सात जना भारतीय नागरिक पक्राउ परेका छन।

मंगलबार राती २०:३० बजे नहर डिलको बाटोमा भारतीय नम्बर प्लेटका तीन वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा ओहोर दोहोर गर्दै गरेका  ६ जना  र  सोही स्थानमा घुमफिर तथा ओहरदोहर गरी रहेका १ सहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले ठुलो परिमाणमा लागुऔषध र एक थान अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरी बुधबार सार्वनजिक गरिएको हो।

पक्राउ पर्नेमा भारत विहार अररिया जिल्ला बथनाहा  ४ बस्ने बर्ष २४ को रोहित कुमार शर्मा, भारत विहार अररिया जिल्ला फारबिसगंज २ बस्ने बर्ष ३० को प्रमोद भन्ने बिनोद यादव, भारत विहार अररिया जिल्ला मिल्की डुमरीया ९ बस्ने बर्ष  १८ को राजा कुमार यादव, भारत विहार अररिया जिल्ला मिल्की डुमरीया ९ बस्ने बर्ष २२ की निलम देवी यादव, भारत बिहार अररीया जिल्ला सिमराहा बस्ने बर्ष २६ को प्रकाश कुमार दास, भारत विहार अररिया जिल्ला रानीगंज बस्ने बर्ष ३३ को रन्जित कुमार शर्मा, र भारत विहार अररीया जिल्ला बरारभतनाजा ७ बस्ने बर्ष ४० को सुरज नारायण यादव रहेका छन्।

उनीहरुको साथबाट लागुऔषध एभिल १७७५ एम्पुल, डाईजेल्याब ५०० एम्पुल, स्पास्मोप्रोक्सिभन क्याप्सुल १७७६ चक्की, नाइट्रोसन ट्याब्लेट ७२५ चक्की, लुपीजेसीक ५२५ एम्पुल, फेनारागन १२५ एम्पुल, डाइलेक्स डिसी १३ बोतल  बरामद भएको छ।

त्यस्तै प्रहरीले उनीहरुको शरिर खानतलासी गर्नेक्रममा BR-38-F-1228 नम्बरको मोटरसाइकलमा सवार रहेका भारत विहार अररिया जिल्ला फारबिसगंज २ बस्ने बर्ष ३० को प्रमोद भन्ने बिनोद यादवले कम्मरको बाँयापट्टी लुकाइ राखेको अवस्थामा Made in USA लेखिएको एक थान अटोमेटीक पेस्तोल, सोही पेस्तोमा प्रयोग हुने म्याग्जिन एक थान र म्याग्जिन भित्र ६ राउण्ड गोली बरामद भएको जनाएको  छ।

प्रहरीले उनीहरु सवार रहेका BR-38-F-1228, BR-38-H-4050 र BR-38-D-5226 नम्बरको तीन वटा मोटरसाइकल, साथमा भएको सामसुङ कम्पनीको मोवाईल ४ थान, Itel कम्पनीको मोवाईल १ थान, माईक्रोम्याक्स कम्पनीको मोबाईल १ थान र नेपाली ८१ हजार रुपैया समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरुलाई बुधबार  लागुऔषध तथा हातहतियार खरखजना ऐन अन्तरगत म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


दमक, वैशाख १४ गते । रातो तारा डट कम,पूर्वमा शरणार्थी जीवन बिताउँदै आएका भुटानी शरणार्थीको एक टोलीले नेपाल सरकारका अधिकारीसँग भेट गरेर शरणार्थी समस्या समाधान गर्न आग्रह गरेका छन् ।

शरणार्थी व्यवस्थापनमा संलग्न शिविरका प्रतिनिधिमूलक एक टोलीले नेपाल सरकारका जिम्मेवार मन्त्रालय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग भेटघाट गरेर शरणार्थी मामिलाका बारेमा ध्यानाकर्षण गराएको हो ।

टोलीले दमकमा बिहीबार पत्रकार सम्मेलन गर्दै शरणार्थी समस्याको स्थायी समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको बेलडाँगी शिविरका क्याम्प सचिव टीकाराम रसाइलीले बताउनुभयो । उहाँका अनुसार टोलीले स्वदेश फिर्ती, इच्छुकलाई तेस्रो मुलुक पुनर्वास, स्थानीयकरण, अन्तर्राष्ट्रियकरण र दर्तामा छुटेकालाई दर्ता प्रक्रियाको माग गरिएको बताइएको छ ।

तीन दिनअघि काठमाडौँ पुगेर त्यस टोलीले गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग नेपाल प्रमुख मिनाको काकुमा, गृहसचिव प्रेमकुमार राई, शरणार्थी समन्वय एकाइका उपसचिव मुनका न्यौपानेसहितलाई भेटेर त्यस्तो ध्यानाकर्षण गरिएको हो ।

टोलीमा मोरङस्थित पथरी–शनिश्चरे शिविर सचिव चम्पासिंह राई, बेलडाँगी शिविर सचिव रसाइली, पूर्वसचिव युवराज साङ्पाङ राईसहितका अगुवा सहभागी हुनुहुन्थ्यो ।



काठमाडौ, वैशाख १४ गते । रातो तारा डट कम, सदरमुकाम धादिङबेंसीको पिउने पानीमा झाडाका कीटाणु फेला परेको
छ । जिल्ला अस्पतालका सूचना अधिकृत कृष्णलाल श्रेष्ठले धादिङबेंंसीमा हिजो आयोजित कार्यक्रममा जिल्ला अस्पतालमा झाडाबान्ता लागेर अस्पताल भर्ना भएका बिरामीको दिसा परीक्षण गर्दा हानिकारक इन्टोअमिवा हिस्टोलाइटिका किटाणु भेटिएर पोटोजोअल संक्रमण भएको बताउनुभयो । छयानबन्ने दिनमा ९६ बिरामीको परीक्षण गरिएकामा ३० जनामा कीटाणु भेटिएकाले सजगता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

यसैबीच एन्टिरेविज भ्याक्सिन नहुँदा जिल्ला अस्पताल तथा स्वास्थ्यचौकीमा आउने सेवाग्राही मर्कामा परेका छन् । भ्याक्सिन अभावमा सेवाग्राहीले महँगो दरमा भ्याक्सिन खरिद गर्नुपरेको गुनासो गरेका छन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य चौकी र स्वास्थ्य चौकीमा एन्टिरेबिज भ्याक्सिन स्वास्थ्य मन्त्रालयले खरिद गरी पठाउनुपर्नेमा अहिलेसम्म भ्याक्सिन नआएको श्रेष्ठको भनाइ थियो ।

जिल्लाभरका स्वास्थ्यचौकीमा निःशुल्क उपलब्ध गराउनुपर्ने १४ प्रकारका औषधिको पनि अभाव रहेको उहाँले जानकारी दिनुभयो । 


काठमाडौ,वैशाख  १४ गते । रातो तारा डट कम,नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनमा आजदेखि ‘लकिङ सिस्टम’ शुरु गरेको छ ।

यो सिस्टम शुरु गरेपछि अब ढुवानीका क्रममा पेट्रोलियम पदार्थको चोरी बन्द हुने निगम क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक विनितकुमार उपाध्यायले बताउनुभयो ।

निगमको बाँकेको राँझास्थित कार्यालयमा निमित्त कार्यकारी प्रमुख सुशील भट्टराई, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, इण्डियन आयल कर्पोरेशनका एसएम बोसलगायतको उपस्थितिमा उक्त लकिङ सिस्टम शुरु गरिएको हो ।

निगमको नेपालगन्ज कार्यालयमार्फत ११० बढी सवारी साधनले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका छन् ।


भक्तपुर, वैशाख १४ गते । रातो तारा डट कम,गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पु¥याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताउनुभएको
छ ।

 हिजो मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते हुनुभई उपचार गराइरहनुभएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पु¥याउने र आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ । हामी त्यसलाई जरैदेखि उखेल्छौँ ।”

नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै उहाँले आक्रमणकारी जो कोही भएपनि कारबाही गर्ने दृढता प्रकट गर्नुभयो ।

भेटलगत्तै अस्पताल कार्यकक्षमा सुरक्षा निकायसँग घटनाका बारेमा उहाँले जानकारी लिनुभएको थियो । उहाँले सिसी क्यामरामा कैद भएका आक्रमणका दृश्यसमेत हेर्नुभएको थियो । जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी उपरीक्षक किरण राणाले घटनाका बारेमा जानकारी दिँदै अनुसन्धानका बारेमा भएका प्रगतिबारे मन्त्री थापालाई अवगत गराउनुभएको थियो ।

उहाँले अस्पतालका बारेमा समेत जिज्ञासा राख्नुभएपछि नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाद्वारा सञ्चालित अस्पतालको अवस्था र प्रगतिबारे समेत अवगत गराउनुभएको थियो ।

अस्पतालमा सहभागी नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणबारे जिज्ञासा राखेका थिए । मन्त्री थापाले पार्टी एकीकरण कुनै हालतमा नरोकिने बताउनुभएको थियो । उहाँले जनताको चाहना पार्टी एकीकरण भएर जाने भएकाले जनचाहनाअनुरुप नै दुई पार्टी एक भएर जाने बताउनुभयो ।



श्याम राई-गाईघाट, बैशाख १३ गते । रातो तारा डट कम,
चार करोड रुपैया हिनामिनाको आरोपमा लेखा अधिकृत पक्राऊ परेपछि उदयपुरको कटारी नगरपालिकामा खैलाबैला मच्चिएको छ । सामाजिक सुरक्षा भत्ता वापतको रकम ३ करोड ९८ लाख रुपैया लिई एक सातादेखि फरार रहेका नगरपालिकाका लेखा अधिकृत रविन चन्द्र ढकाल बुधबार काठमाडौंमा पक्राऊ परेकाछन् । नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिउसो लिखित निवेदन गरेपछि लेखा अधिकृत ढकाल बुधबार राती पक्राऊ परेका हुन् ।

ढकालले सामाजिक सुरक्षा भत्ताको रकम बाहेक नगरपालिकाको अन्य कोषबाट समेत रकम निकालेको आशंका गरिएको छ । विहीबार दिनभरि नै नगरपालिकाका सबै शाखाका कर्मचारी बैंक स्टेटमेन निकाल्न र विल भौचर र साटिएको चेकको रकम खोज्न व्यस्त रहेका थिए ।‘ ठूलो रकम हिनामिना भएको खबर फैलिए लगतै नगर कार्यालयमा खैला बैला मच्चिएको छ । कर्मचारी सबै निरास भएर बसेकाछन् ।’ कटारी नगरपालिकाका सामाजिक परिचालक हिरा दनुवारले भने ।

‘ मान्छे हेर्दा निकै भलादमी देखिन्थे । तर भित्री रुपमा लेखा अधिकृत फटाहा रहेछन् ।’ उनले भने । लेखा अधिकृत ढकालले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूण्य प्रसाद पौडेलको नक्कली हस्ताक्षरगरि रकम निकालेको खुल्न आएको छ ।

उदयपुर कोष तथा लेखा नियन्त्रण कार्यालयले रा.बा.बैंक कटारी शाखामा जम्मा गरेको केही दिनमै उनले कार्यालय प्रमुखको कीर्ते हस्ताक्षर गरेर रकम निकालेको मेयर श्रेष्ठले बताए । ढकालले १ करोड ९८ लाख ७५ हजारको दरले २ पटक रकम आफनो खातामा जम्मा गरेको र काठमाडौं थापाथली शाखाबाट २७ लाख बाहेक पटकपटक सबै रकम निकालेको मेयर श्रेष्ठले बताए ।

लेखा अधिकृत ढकालले चैत्र २१ गते गोविन्द नामको व्यक्ति मार्फत १ करोड ५० लाख र ५ गते हर्क वहादुरको नामबाट १७ लाख निकालेको रा.बा.बैं कटारी शाखाका प्रमुख उमापती बास्तोलाले बताए । अख्तियारको हिरासतमा रहेका ढकाल माथि छानविन भैरहेको मेयर श्रेष्ठले बताए ।


श्याम राई÷उदयपुर


खगेन्द्र फुयाँल –काठमाडौं, बैशाख, १३ गते । रातो तारा रातो तारा, डट कम,विकसित देशमा बीमा अनिवार्य हुन थालेको
छ । संयुक्त राज्य अमेरिकामा स्वास्थ्य बीमा अनिवार्य छ । निजी सवारी साधन बीमा, आवास बीमा त्यहाँ बढी प्रख्यात छन् । जापानमा सरकारले स्वास्थ्य बीमा अनिवार्य गरेको छ ।
नेपालमा पनि सरकारले स्वास्थ्य बीमाका केही योजना प्रस्तुत गरेको छ ।

आधुनिक समाजमा मानव शरीरको मात्रै हैन संवेदनशील सामानको बीमा गर्ने प्रचलन सुरु भइसकेको छ । नागरिकको दैनिकी र पेसामा आधारित विभिन्न शीर्षकका बीमा प्रचलनमा छन् । स्वास्थ्य तथा यातायात बीमा अनिवार्य हुन्छ । विद्यार्थीका लागि शिक्षासम्बन्धी बीमा र कामदारका लागि दुर्घटना बीमा हुने भैहाले । कम्पनीमा कार्यरत मजदुर तथा कर्मचारीको बीमा कम्पनी स्वयम्ले गरिदिने भइहाल्यो । अन्य शीर्षका बीमा त छँदैछन ।

नेपालमा राष्ट्रिय बीमा संस्थान स्थापना भएको पचास वर्ष पूरा भइसके पनि बीमा गर्नेहरू हुनेखाने वर्ग, सरकारी कार्मचारी, एनजीओ आईएनजीओका कर्मचारीभन्दा पर पुग्नसकेकोे छैन । वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले बीमा अनिवार्य गरिदिएका कारण केही हदसम्म बीमा गर्ने नेपाली बढेका छन । बीमा गर्ने प्रचलन बढेका कारण विभिन्न सेवा सुविधाका नारा दिएर बीमा कम्पनी खुल्ने क्रम बढिरहेकै छ।

व्यापार कारोबार घाटामा चलिरहेको हाम्रो देशमा साना निजी कम्पनी तथा संस्थालाई मासिक पारिश्रमिक दिन धौधौ छ । नियमित सञ्चालन गर्न सक्नु नै ठूलो प्रगति ठान्ने सञ्चालकहरूले मजदुर तथा कर्मचारीको बीमा गर्नु कल्पनाभन्दा बाहिरको कुरा छ ।

नेपाल पत्रकार महासङ्घको लामो समयको आन्दोलन पश्चात सरकारले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न  सञ्चारसम्बन्धी ऐन नियम व्यवस्थित गर्न सरकार लागि परेको छ । त्रुटिहरू भएपनि आमसञ्चारसम्बन्धी नीति बनिसकेको छ । आमसञ्चारसम्बन्धी विधेयक, विज्ञापनसम्बन्धी नीति तथा सार्वजनिक प्रसारणसम्बन्धी विधेयकको मस्यौदा निमार्ण भइसकेका छन भने त्यसलाई सरकारले कार्यान्वयन गर्ने काम भइरहेको छ ।

सरकारले पत्रकारका लागि पत्रकार दुर्घटना बीमा निर्देशिका, २०७० मार्फत पत्रकारका लागि पाँच लाखसम्मको दुर्घटना बीमा स्थापना गरेको छ ।

ढिलै भए पनि आर्थिक वर्ष ७४–७५ सालको पत्रकार दुर्घटना बीमा सुरु भएको छ । नेपाल पत्रकार महासंघले चैत २ गते सार्वजनिक सूचना जारी गर्दै पत्रकारलाई बीमा गर्न आफ्नो विवरण पठाउन  पत्रकारलाई आह्वान गरेको छ ।

सूचना विभाग र महासंघको निवर्तमान कार्यसमिति बीच भएको सहमतिअनुसार बीमा कार्यक्रम अघि बढेको हुन्थ्यो भने गत साउनदेखि हालसम्मा धेरैजना पत्रकार बिमित भइसकेका हुन्थे । महासंघ र सूचना विभागको सहमति अनुसार पत्रकारले सूचना विभागको परिचयपत्र नवीकरण गर्दा त्यसैमा बीमा शुल्क लिएर पत्रकारको बीमा हुने भनिएको थियो ।

तर, कार्यान्वयनमा जाने बेला अर्थ मन्त्रालयले त्यसमा सहमति नदिँदा पत्रकारको बीमा गत साउनदेखि फागुन मसान्तसम्म ठप्प भयो । महासङ्घले सङ्कलन गरेका आवेदन महासङ्घमा त्यसै रहे ।

पत्रकार दुर्घटना बीमा सुरु भएको वर्ष १५ सय हाराहारीमा पत्रकारले बीमा गरेका थिए । त्यस पछिको वर्षमा दुर्घटना बीमा गर्ने पत्रकारको सङ्ख्या बढ्नुपर्नेमा झन घटेको बीमा गर्ने पत्रकारको तथ्याङ्ले देखाउँछ ।

सूचना विभागमा पत्रकारको परिचयपत्र नवीकरण गर्ने तथा नयाँ पत्रकार परिचयपत्र लिनेको संख्या हरेक वर्ष बढिरहेका छ । सूचना विभागले पत्रकार परिचय दिँदै बीमा गर्दा सरकारलाई आर्थिक भार बढी पर्ने देखेर अर्थ मन्त्रालयले सीमित पत्रकारको लागि मात्रै बीमा हुने अवसर सिर्जना गरेको छ । पत्रकार दुर्घटना बीमा कार्यक्रम निश्चित समयमा मात्रै खुल्ने हो भने यो सुविधाबाट धेरै पत्रकार वञ्चित हुने निश्चित छ । सबैलाई थाहा भएकै कुरा हो, सबैभन्दा बढी अस्तव्यस्त कोही छ भने त्यो पत्रकार छ ।

 किनकि उसलाई पत्रकार हुनुको दम्भ छ ।  घमण्ड छ । त्यसैले सबै पत्रकारले तोकेको समयभित्र आफ्नो विवरण टिपाउन भ्याउँदैनन ।  पत्रकार दुर्घटना निर्देशिका २०७० मा २५ प्रतिशत शुल्क पत्रकार स्वयम काम गर्ने सञ्चार गृहले व्यहोर्ने भनियता पनि त्यो व्यवहारमा देखिदैन ।

सरकारी स्वामित्वमा रहेका नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र तथा द राइजिङ नेपालमा कार्यरत पत्रकारले समेत २५ प्रतिशत शुल्क आफ्नो खल्तिबाट तिरे भने बाँकी ७५ प्रतिशत शुल्क सरकारी पत्रकार बीमा कोषबाट । सरकारी निकाय नै कानुन कार्यान्वयनमा उदासिनता देखिएको छ । निजी कम्पनीलाई छिटै धनी हुने भूतले गाँजेको छ । अनि कसले व्यहोर्छ पत्रकार दुर्घटना बीमाको प्रतिष्ठानले तिर्नुपर्ने २५ प्रतिशत हिस्सा ?

समाजमा भएका अन्याय अत्याचारलाई उठान गर्ने पत्रकार आफै ठगिएको पत्तो पाएका छैनन । सबैलाई थाहा छ, पत्रकार अध्ययन गर्न भ्याउँदैनन । सधैं समाचारको खोजीमा भौंतारिरहन्छन । त्यसैले आफू ठगिएको पत्रकारले पत्तै पाएनन । पत्रकारको श्रमशोषण बारेका समाचार पत्रकार स्वयम काम गर्ने सञ्चार गृहमा स्व–नियन्त्रणमा छ ।

पत्रकार दुर्घटना बीमा सुरु भएको वर्ष पत्रकारले बीमा रकमको २५ प्रतिशत अर्थात ८४ रुपियाँ ७५ पैसा तिरेका
थिए । बाँकी ७५ प्रतिशत अर्थात २ सय ५४ रुपियाँ ७५ पैसा  सरकारले व्यहोरेको थियो । पत्रकारको बीमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको थियो ।

हालको सम्झौताअनुसार करिब ७ रुपियाँ ०६ पैसा सस्तो भएको छ । बीमा लेखअनुसार सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारका लागि ७७ रुपियाँ ०६९ पैसा पत्रकार काम गर्ने सञ्चारगृहले तिरिदिनुपर्ने छ भने सरकारले ७५ प्रतिशत २३३ रुपियाँ ०६ पैसा व्यहोर्ने छ ।

स्वतन्त्र पत्रकारका हकमा ७७ रुपियाँ ६९ पैसा पत्रकार स्वयम्ले तिर्नुपर्ने छ भने सरकारले ७५ प्रतिशत २३३ रुपियाँ ०६ पैसा व्यहोर्ने छ । सरकारी लोककल्याणकारी विज्ञापन नलिने मिडियामा कार्यरत पत्रकार, समाचार उत्पादन कार्यमा संलग्न पत्रकारहरू आफैले बीमा योजनामा सहभागी हुन सक्ने बीमा सम्झौता गर्ने सरकारी अड्डा सूचना विभागले जनाएको छ ।

त्यस्ता पत्रकारले ३ सय दश रुपियाँको ५० प्रतिशत अर्थात १ सय ५५ रुपियाँ ७५ पैसा लाग्ने छ ।
यो सुविधाबाट कार्यक्षेत्रमा क्रियाशील रहँदा पत्रकारको चोटपटकका कारण शरीर ७५ प्रतिशतभन्दा बढी अशक्त भएको खण्डमा पाँच लाख रुपैयाँसम्म पाउने छन । दुर्घटनाबाट उत्पन्न उपचारमा लागेको वास्तविक खर्चको बिल अनुसार दुई लाख रुपैयाँसम्म बीमा कम्पनीले व्यहोर्ने छ । उपचारमा लाग्ने २० प्रतिशत बराबरको रकम भने पत्रकार स्वयमले व्यहोर्नुपर्ने पत्रकार दुर्घटना बीमा निर्देशिका, २०७० मा उल्लेख छ ।

पत्रकार दुर्घटना बीमा गर्न पत्रकारले सूचना विभागले जारी गरी अवधि नसकिएको परिचयपत्र र महासंघको सदस्यता नवीकरण वा सदस्यता लिएको हुनुपर्ने जनाएको छ । पत्रकार काम गर्ने सञ्चारगृहले बीमा रकमको २५ प्रतिशत शुल्क नतिरिदिए पनि पत्रकार स्वयम्ले नेपाल पत्रकार महासङ्घ केन्द्रमा आफ्नो विवरण तथा २५ प्रतिशत शुल्क बुझाएर पत्रकार दुर्घटना बीमा गर्न सक्ने छन ।

@mefossils

(फायलफोटो)

काठमाण्डौं,बैशाख १३ गते । रातो तारा डट कम, गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् । केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन् । बीचजंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरु सुक्न थालेको स्थानीयको भनाई छ ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाका केही वडामा खानेपानीका मुहान सुक्न थालेका छन् । जलवायु परिवर्तनका साथै विकासको नाममा जिल्लाका ग्रामीण क्षेत्रमा हेभी इक्युपमेन्ट (डोजर)को प्रयोग गरी सडक निर्माण हुने क्रम वढेसँगै पानीका मुहान सुक्न थालेका हुन् ।

केही वर्ष यतादेखि डडेल्धुरामा पानी सतह कम हुँदै गइरहेको जिल्ला खानेपानी डिभिजन कार्यालय, डडेल्धुराका प्रमुख राजकुमार शाक्यले बताउनुभयो । जंगलमा जथाभावी सडक निर्माण हुनु र हेभी इक्युपमेन्टको प्रयोगले मुहानक्षेत्रको भू–भाग कम्पनका कारण प्रभाव पर्दा पानीका मूलमा असरपरी सुक्न थालेको विशेषज्ञहरु वताउँछन् ।

डडेल्धुराका विभिन्न स्थानमा रहेका पँधेरा सुकी सकेका छन् भने केही सुक्ने अवस्थामा रहेका छन् । केही वर्ष यतादेखि पानीका मुहान सुक्नुका साथै पानीको सतह घटेसँगै अधिकांश खानेपानीका धारामा पानी आउन छोडेको छ । पानीका मुहान सुक्न थालेसँगै खानेपानीको अभाव हुन थालेपछि स्थानीय बासिन्दा चिन्तित वन्न थालेका छन् ।

पुर्खौँदेखि सञ्चालनमा रहेका पानीका मूलहरुमा समेत खानेपानी अभाव हुन थालेको नवदुर्गा १ सुनकोटका स्थानीयबासीले जानकारी गराउनुभयो । सधैँ पानी हुने नौला कुवामा समेत पानी कमभई गाउँमै पानीको समस्या उत्पन्न भएको सुनकोटका लक्ष्मी विकले जानकारी गराउनुभयो ।

खानेपानीका मुहानमा पानीको सतह कम भएसँगै जिल्लामा निर्माणका लागि सर्वे भएका केही खानेपानी योजनाको निर्माण कार्य बन्द भएको छ । खानेपानीको अभावसँगै स्थानीय बासिन्दा घण्टौँको दूरीबाट खानेपानी ल्याएर खान बाध्य भएका छन् ।

समयमै खानेपानीका मुहानको संरक्षण नगर्ने हो भने भविश्यमा खानेपानीको हाहाकार हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । खानेपानीका मूल संरक्षण नहुने हो भने जिल्लाका विभिन्न ठाउँमा पानी अभाव हुने खानेपानी डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ ।


विराटनगर, वैशाख १३ गते । रातो तारा डट कम,प्रदेश नं १ को बुधबार बसेको प्रदेशसभा बैठकमा सदस्यले अध्यागमन कार्यालय स्थापना, नदी कटान नियन्त्रण, पर्यटकीय क्षेत्रको घोषणा, आदिवासी जनजातिको मुख्य पर्वमा सार्वजनिक बिदा दिनुपर्ने सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँहरुले मोरङको बक्राहा, लोहन्द्रा र चिसाङ खोलाले मानवबस्तीलगायत खेतीयोग्य जमिन कटान गर्ने भएकाले तटबन्ध निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । सैगरी,आदिवासी समुदायले मनाउने उधौली, उभौली, ल्होसारलगायतका अन्य पर्वमा सार्वजनिक बिदा दिनुपर्ने तथा संघीयताको स्पष्ट संरचना एवं खाका तयार गर्नुपर्ने र त्यसबाट जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्ने उहाँहरुले बताउनुभएको छ ।

उहाँहरुले पाँचथरको सिलौटे र लबेकुटी डाँडालाई पर्यटकीय क्षेत्र घोषणा गरी त्यस क्षेत्रको जग्गाको संरक्षण तथा विकासका लागि बजेट निकासा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
यसैगरी, विराटनगरको सीमावर्ती भारतको बथनाहाको क्षतिग्रस्त पुलका कारण यस क्षेत्रको उद्योगले कच्चा पदार्थ ढुवानीमा समस्या उत्पन्न भई उद्योग धरासायी हुने अवस्थामा पुगेकाले अविलम्ब मर्मतका लागि भारतको विहार सरकारसँग समन्वय गर्नुका साथै विराटनगरमा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने माग गर्नुभएको छ ।

उहाँहरुले निजी क्षेत्रले शर्तअनुसार कार्य नगरेकाले इलाम र झापाका सातवटा चिया बगानलाई राष्ट्रियकरण गर्नुपर्ने तथा हालै प्रदेशमा भएका बम विष्फोटन तथा आपराधिक क्रियाकलापको विश्लेषण गरी अपराधीलाई कारबाहीको माग गर्नुभएको छ ।

यसैगरी, ग्रामीण क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीको घरजग्गा बाटो निर्माण गर्ने नाममा नभत्काउन सरकारको ध्यानाकर्षण गर्दै दलित तथा युवालाई रोजगारमूलक तालीम प्रदान गरी खाडीमुलुक जाने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

उहाँहरुले मोरङ क्षेत्र नं १ अन्तर्गत वन फँडानी तथा अनियमितरुपमा सञ्चालित क्रसर उद्योग रोक्नुका साथै साझेदारी वन खारेज गरी उपयुक्त नयाँ नीति बनाइ अगाडि बढ्नुपर्नेमा पनि जोड दिनु
भयो । यसैगरी, प्रदेश नं १ मा पर्ने साविक सगरमाथा अञ्चलका चार पहाडी जिल्लामा रहेको ग्रामीण विद्युतीकरणको कार्यालय प्रदेश नं २ मा रहेकाले नयाँ संरचनाअन्तर्गत सो चार जिल्लाका जनताको सहजताका लागि प्रदेश नं १ मा नै कार्यालय राख्न उहाँहरुले सरकारसँग अनुरोध गर्नुभयो ।

प्रदेशसभामा यसरी ध्यानाकर्षण गराउने सदस्यमा कृष्णकुमार राई, विष्णु तुम्बाहाम्फे, आशारत्न जवेगु,सावित्राकुमारी रेग्मी, रामबहादुर मगर, कल्पना सरदार, कूलप्रसाद साँवा र मोहनकुमार खड्का हुनुहुन्थ्यो ।


काठमाण्डौं,बैशाख १३ गते । रातो तारा डट कम, यो वर्ष बारा कलैयामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४÷७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो ।

नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले रु एक अर्ब ९४ करोड ८८ लाख बराबरको ८१ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

कलैयामा प्रतिक्विन्टल रु दुई हजार ४०० मा बिक्री भइरहेको छ । गत वर्ष ०७३÷७४ मा कृषकले कूल २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँखेती गरी प्रतिहेक्टर दुई दशमलव ८५ मेट्रिक टनका दर रु दुई अर्ब २३ करोड १५ लाख ५० हजार मूल्य बराबरको ८२ हजार ६५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।


काठमाण्डौं,बैशाख १३ गते । रातो तारा डट कम,भक्तपुर,मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै हिजो महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् ।

मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघ संस्थाको प्रतिनिधि सहभागी रहेको ¥याली मध्यपुरथिमिको विभिन्न क्षेत्रको परिक्रमा गर्दै प्रहरी वृत्त पुगेर घेराउ गरेको हो । मध्यपुरथिमिको बालकुमारीबाट शुरु भएको सयांैको संख्यामा रहेको विरोध ¥याली, शंखधर चोक, चारदोबाटो, नेपाल–कोरियामैत्री अस्पताल मार्ग, सिद्धिकाली, बाहाखा बजार हुँदै प्रहरी वृत्त पुगेको थियो ।

प्रहरी वृत्त घेराउसँगै स्थानीय बासिन्दाले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनलाई आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको नवीनप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठको घरमा राखिएको सिसी क्यामराका माध्यमबाट घटनामा संलग्न रहेको आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा पनि प्रहरीले घटनाको पाँच दिनसम्म आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै स्थानीयवासीले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन् ।

स्थानीयवासीले प्रहरी वृत्त थिमि घेराउ गर्र्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गर्दै नाराबाजी गरेका थिए । ज्ञापनपत्र बुझाउँदै स्थानीयवासी वीरेन्द्र जयनाले नगर प्रमुख श्रेष्ठलाई प्रहरीले सुरक्षा दिन नसकेको र आक्रमणकारीको पहिचान भइसक्दा पनि पक्राउ नपर्नुले थप आशंका जन्माएको बताउनुभयो ।

स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पनि ज्ञापनपत्र बुझाउँदै तत्काल आक्रमणकारीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेको
छ ।


बुटवल, वैशाख १३ गते । रातो तारा डट कम, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घर संरचना हिजोदेखि पुनः भत्काउन थालिएको छ । सडक विस्तारको जिम्मा पाएको बुटवल बेलहिया व्यापारिक सडक विस्तार आयोजनाले आजदेखि पुनः सडकको ८२ फुटभित्रका घर भत्काउन थालेको हो । आयोजनाले मिलनचोकदेखि ट्राफिक चोकसम्मका ठाउँठाउँका करिब ७० घर डोजर लगाएर भत्काएकोछ ।

यसअघि वैशाख ४ गते आयोजनाले सडक किनारका घर भत्काउन शुरु गरेको थियो । त्यतिबेला स्थानीयवासीले एक साताभित्र आफैँ घर भत्काउने प्रतिबद्धता जनाएपछि आयोजनाका कर्मचारी दुई÷तीनवटा घर सामान्य रुपमा भत्काएर फर्केका थिए । एक सातासम्म बाँकी घर भत्काउन घरघनीले शुरु नगरेपछि आज पुनः आयोजनाका कर्मचारी डोजर र सुरक्षकर्मीसहित सडक किनारका घर भत्काउन आएका हुन् ।

बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर क्षेत्रमा सडक मिचेर बनाइएका ३११ घर हटाउन आयोजनाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि डोजर लगाइएको सडक आयोजनाका इन्जिनियर गोविन्दकुमार श्रेष्ठले बताउनुभयो ।

बुटवल राजमार्ग चौराहादेखि बेलहियासम्मको सडक निर्माणाधीन अवस्थामा रहेकाले सोहीअनुसार बुटवल चौराहादेखि चिडियाखोलासम्मको मुख्य बजार क्षेत्रको सडक छ लेन बनाउन आयोजनाले काम थालेको हो । यो क्षेत्रमा ३११ घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । तीन वर्षअघिदेखि आग्रह गर्दै आएकामा अहिलेसम्म जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् ।

सडक आयोजनाका अनुसार ८२ फुट कायम हुने राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक हाल ७५ फुट रहेकामा अब ८२ फुट कायम हुनेछ । सडक विस्तार आयोजनामा ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दुवैतर्फ साढे १० मिटर चौडाइ भएको मुख्य लेन र त्यसभन्दा बाहिर छ÷छ मिटरको सर्भिस लेन हुनेछ ।

सडक विस्तार रु ४३ करोड २३ लाखमा द कन्चनजंगा विरुवा जेभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको आयोजनाका इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सडक विस्तारको काम ३० महिनामा सक्ने सम्झौता भएपनि घरधनीहरुको अवरोध, अदालतमा मुद्दा टुंगो नलाग्नु जस्ता कारणले करिब एक वर्ष ढिलो काम शुरु भएकाले समयभन्दा केही पछि जानसक्ने बताउनुभयो । 


रबिन्द्र बरल-रंगेली,बैशाख १२ गते । रातो तारा डट कम, 
अबैध रुपमा भन्सार छलेर नेपाल बाट भारत तर्फ लैजान लागेको  करिव २लाख मुल्य बरावरको डिजल र घरेलुु मदिरा प्रहरीले   बरामद गरी सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यलय रंगेली ले   चोप्राह,कदमाहा,कर्सिया , डाईनिया बाट साईकल काे प्रयोग गरि भारत तर्फ लैजादै गरेकाे अवस्थामा अन्दाजि १ लाख रुपैयाँ बराबरको डिजल बरामद गरेको छ ।

प्रहरीले विभिन्न समयमा उक्त डिजल बरामद गरेको हाे । त्यसैगरी प्रहरीले माेरङकाे दर्वेशा,अमरदह, रमाइलो ,हरकपुर, दलेलि लगायतका स्थान हरु मा घरमा उत्पादन गरेको १ हजार लिएर घरेलुु मदिरा समेत प्रहरीले पक्राउ गरेको छ ।

ब्यपारी हरुले साईकलमा बिहानकाे समयमा सिमाबर्ति क्षेत्रमा बिक्रीवितरण का लागि घरेलुु मदिरा लैजाने गरेका छन । उनी हरुले प्लास्टिक काे झाेला तथा प्लास्टिक का ग्यालेन हरुमा घरेलुु मदिरा बिक्री का लागि लैजाने गरेका हुन  ।

दुबै सामानकाे वजार काे मुल्य २ लाख बराबरको रहेको र घरेलुु मदिरा  अान्त्रिक राज्शव कार्यलय र डिजल  बिराटनगर भन्सार कार्यलयमा बुधबार लगिएको  ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए ।


मोहन कुमार राई - बैशाख १२ गते ।
रातो तारा डट कम,संखुवासभा÷ जवरजस्ती करणी तथा अपराध न्यूनीकरण गर्ने उद्देश्यले जनता संग प्रहरी तथा अपराध नियन्त्रणका लागि जनता संग प्रहरी भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम जिल्लाको खाँदवारी नगरपालिका वडा नं. ३ मा सम्पन्न भएको छ ।

आन्तरीक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १  विराटनगरको सय दिने कार्ययोजना र प्रहरी अनुसन्धान विभागको जवरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना २०७४ को ३ महिने कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालयले तयार पारेको जनतासँग प्रहरी तथा अपराध नियन्त्रणका लागि जनतासँग प्रहरी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि व्यापारी, समाजसेवी, रेडक्रस, आमा समूह, लगायतको उपस्थिति रहेको थियो ।

अपराध संग सम्बन्धित छलफल र सुझावहर संकलन भएको सो कार्यक्रम जिल्लाको खाँदवारी नगरपालिका वडा नं. ३ स्थित अरुण उपत्यका सामुदायिक विकास क्लव (एडभान्स क्लब) मानेभञ्ज्याङ्गको सक्रिय सहयोगमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


मोहन कुमार राई- बैशाख १२ गते । रातोतारा डट कम,
संखुवासभा-अचानक आएको हावाहुरीले चिचिला गाउपालिका वडा नं. ४ स्थित बैशाखेमा नोर्वु शेर्पाको घरमा क्षती पु¥याएको छ ।

गत बैशाख १० गते आएको हावाहुरीले ढुंगामाटोको गारो, टिनको छानो भएको एक तले सो घरको छानो उडाएको थियो।

छानो उडाउदा छानोमा रहेकये सोलर प्यानल, अन्नपातमा समेत क्षती पुगेको थियो भने नोर्वु शेपाको श्रीमती कि मिङ्मा शेर्पाको बाया हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


काठमाडौँ,वैशाख १२ गते । रातो तारा डट कम,गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको सरकारले निर्धारण गरेको मर्यादाक्रममा केही त्रुटि रहे त्यसलाई हटाइने बताउनुभएको छ ।

आज गृह मन्त्रालयमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको नेतृत्वमा आएको प्रतिष्ठानको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले मर्यादाक्रममा केही त्रुटि रहेको आफूले पनि महसुस गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मर्यादाक्रममा विषयमा टिप्पणी आएका छन्, केही टिप्पणी जायज देखिन्छन् । तिनलाई सच्याउन आवश्यक प्रक्रिया अगाडि बढाइन्छ ।” प्रतिष्ठानका कुलपति, उपकुलपतिको मर्यादाक्रम विगतमा भन्दा तल पारिएको भन्दै प्रतिनिधिमण्डलले सो सच्याउन आग्रह गरेको थियो ।

यस्तै प्राज्ञलाई मर्यादा क्रममा नै समावेश नगरिएकाले त्यसलाई समेत सच्याउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । गृहमन्त्री थापाले प्राज्ञिक क्षेत्रको सम्मानमा सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभयो । 



नेपालगन्ज,वैशाख १२ गते ।
रातो तारा डट कम,नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।

मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको हो ।

आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार फार्मेसी अधिकृत भट्टराईलाई उनकै कार्यकक्षबाट घुससहित पक्राउ गरिएको हो । 


विराटनगर, वैशाख १२ गते । रातो तारा डट कम, विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आज यहाँ संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन माग गरेका हुन् ।

नेपाल सरकारले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार महशुल ५० प्रतिशत बढाएको छ । विगतमा १५ प्रतिशत लिँदै आएको भन्सार मूल्यांकन दर बढाएर तीस प्रतिशत पु¥याउँदा समस्या भएको बताउँदै त्यसमा थप एकसय डलर भन्सार महशुल र १३ प्रतिशत भ्याट कायम हुँदा चिनीको मूल्य वृद्धि भई उपभोक्ता मारमा पर्ने व्यवसायीको दाबी छ ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारदाले सरकारले चिनीमा बढाएको भन्सार मूल्यांकन दरले आम उपभोक्ता थप मारमा परेको बताउनुभयो ।

उद्योग संगठन मोरङ अध्यक्ष मुकेश उपाध्यायले चिनीको भन्सार मूल्यांकन दर घटाउन सरकारसँग माग गर्नुभयो । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.