सुनसरी, वैशाख १७ गते। रातो तारा डट कम,
जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार २८ हजार बढीको भन्सार छलेको समान बरामद गरेको छ।
उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले सुनसरीको हरिनगरा गाउँपालिकार ६ र ७ बाट भारतबाट भन्सार छलेर ल्याउदै गरेको सुर्ती ६० किलो चिनी २ बोरा, यूरिया मल १ बोरा र नेपालबाट भारततर्फ लैजादै गरेको डिजल २०० लिटर गरी उक्त मुल्य बराबरको सामान बरामद गरेको हो।
बरामद सामान आवश्यक कार्वाहीको लागी सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेज सुनसरीमा बुझाएको छ।
Post a Comment