Websoft University
July 2019


गाईघाट साउन,१५ गते । रातो तारा डट कम,बैदेशिक रोजगारमा लगाई दिने भन्दै ३१ जना बाट १ करोड भन्दा बढी रकम उठाएर उदयपुरको लिङचुङबुङ गाउपालिका ५ जातेका पूर्व माओवादी लडाकु भुपाल थापा (विटु) त्रियुगा नगरपालीका–७  सहरेका भरत मगर र भेरी ओभरसिज प्रालीका संचालक बाबुराजा सिग्देलले उदयपुरका ३१ जना बाट करोड भन्दा बढी रकम ठगेका हुन् ।

उनीहरुले सुरक्षा गार्डको लागि माल्टा  अफगानिस्तान , चेक रिपब्लीक, पोल्याण्ड काठमाण्डौ सिनामंगल स्थित भेरी ओभरसिज प्रालीमा पिडितहरुलाई २ लाख ५० हजार  देखी ४ लाख रुपैया सम्म बुझउन लगाएका थिए । उनीहरुले पिडितहरुलाई गत मंसिरमा एडभान्स बापत ५० हजार र भिसा लागेको भन्दै गत माघमा बाकी पैसा मेनपावर कम्पनीमा बुझाउन लगाएका थिए ।

पैसा पाएपछि उनीहरुलाई भारत स्थित तथा दिल्ली पु¥याएका थिए । दिल्लीमा उनीहरु लाई अलपत्र पारेर तिनै जना फरार भएको पिडीत पुरन बहादुर कार्कीले बताए । दिल्ली स्थित एक होटलमा १७ दिन राखेर अलपत्र अवस्थामै आफन्तहरुबाट उनीहरुको फागुनमा उद्धार गरीएको थियो ।  पिडितहरुले संचालक सिग्देल सहित तीनै जना विरुद्ध बेदेशिक रोजगार विभाग, मानव अभिकार आयोग,अपराध महासाखा टेकु र जिल्ला प्रधान कार्यालय  उदयपरमा उजुरी दिएका  छन् । म कहा उजुरी गर्न आएका थिए ।

 पिडित युवाहरु लाइै क्षेत्रीय श्रम रोजगार कार्यालयमा पठाएको प्रमुख जिल अधिकारी ध्रुव बहादुर खड्काले बताए ।


श्याम राई-गाईघाट, साउन १५ गते । त्रियुगा नगरपालिका–११ शिवालय टोलबाट प्रहरीले ठूलो परिणाममा लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी ले शिवालय टोल स्थित श्याम खड्काको घरमा डेरा गरी बस्ने २३ वर्षीय मिलन खतिवडाको कोठामा मंगलबार राती छापा मारी लागू औषध बरामद गरेको हो ।

खतिवडाको कोठाबाट टीनको बाकसमा लुकाई राखेको नेट्राभेट–१० लेखीएको १६ पत्ता (१५८ वटा गोटी), क्उबकय(कउयहष्खयल(ज्ञघ पत्ता (१४४ वटा क्याप्सुल), च्भहअयँम्ँ ४ वटा बोटल नोफील १० एम्पुल, डाईभेलाव १० एम्पुल र फेनारगन १० एम्फु बरामद गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताए ।

त्यसैगरी नगद, आईफोन, र विभिन्न बैंकको चेक बुक समेत बरामद गरीएको छ । खतिवडा लागु औसधको कारोबारी भएको पहरीले आशंका गरेको छ । उनलाई थुनामा राखेर अनुसन्धान शुरु गरीएको एस पि बुढा मगरले बताए ।


श्याम राई-गाइघाट, साउन १५ गते । एक विवाहित महिला ५ दिन देखि बेपता भएकी छिन् । उदयपुरको कटारी नगरपालीका–३ च्यागाकी २४ वर्षिया उमा कार्की बेपत्ता भएको पारीवारिक स्रोतले जनाएको छ ।

गर्भवतीसमेत रहेकी कार्की साउन १० गते दिउसो २ बजे औषधि किन्न घर देखी हिडेदेखी अझ सम्म नर्फीएको प्रहरीले जनाएको छ । आफन्त र गाउलेहरुले उनी हराए देखी नै खोज तलास गर्दा समेत नभेटेपछि प्रहरीमा हराएको उजुरी दिएका छन् ।

एक वर्ष अघि विवाह भएको महिलाको श्रीमान बैदेशिक रोजगारको सिलशिलामा अहिले साउदी अरवमा रहेका छन् । महिला हराएको उजुरी परेपछी अनुगमन शुरु गरीएको जिल्ला  प्रहरी कार्यालय उदयपुरका एसपि नर बहादुर बुढा मगरले बताए ।




काठमाण्डौ साउन १५ गते । रातो तारा डट कम,नदिजन्य सामाग्री उत्खनन्बाट वातावरणिय प्रभावलाई कम गर्र्न नदी प्रणालीको नक्सांकन गर्न आवश्यक रहेको विज्ञहरुले बताएका छन् । 

नदीनालामा ढुंगा, गिट्टी, बालुवा लगाएतका निर्माण सामाग्री जथाभावी निकाल्दा वातावरणिय असर बढ्दै गएकाले नदिजन्य प्रणालीको नक्सांकन गर्न सरकारले पहल गर्नुपर्ने नदिजन्य पदार्थ व्यवस्थापन विज्ञ दिलिप सडौलाले सीआईएनसँग बताउनुभयो । 

अहिलेसम्म कुन नदीको क्षमता कति छ ? कति वर्षमा नदिजन्य पदार्थ निकाल्न मिल्छ ? भन्ने विषयमा अध्ययन नगरी  बालुवा, गिट्टी लगाएतका पदार्थ उत्खनन् गर्दा समस्या भएको उहाँको भनाइ छ । 

नदिजन्य पदार्थको जथाभावी उत्खनन् गर्दा नदीको छेउमा भएका बस्तीको जोखिम बढ्दै गएको छ भने वातावरणमा पनि यसले नकारात्मक प्रभाव पारेको विज्ञहरुको भनाइ छ । 



बिराटनगर साउन १५ गते । रातो तारा डट कम,आज साउन १५ गते, खीर खाने दिन । वषात्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ । असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाउने र साउन १५ मा तात्तातो मसलेदार खीर खाएर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो । 

मरिच, दाख, सुकेको नरिवल, दालचिनी, दाख राखेर तयार गरिएको खीर यो मौसमका लागि उपयुक्त भोजन रहेको विज्ञहरु बताउँछन् । तर आज भोलि पाइने डिडिसि अन्य डेरीका दुध पोकाका खुल्ला प्याकिंगका दुध सबै हानिकारक केमिकल मिसावट गरी उत्पादन गरीएको भए पनि सरकारले नहेर्दा खान योग्य भने नभएको बिज्ञहरुको भनाइरहेकाले धेरै चै खिर नखान आग्रह गरिएकोछ । 



काठमाण्डौ साउन १५ गते । रातो तारा डट कम,विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा बन्दसहित संघर्षका कार्यक्रम घोषणा गरेको पार्टी प्रवक्ता खड्गबहादुर विकले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । विद्रोही नेकपाले लामा सहित सम्पूर्ण नेता कार्यकर्ताको विना सर्त रिहाइको माग गरेको छ । 


काठमाडौ । रातो तारा डट कम,राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार –२०७५” तथा “लैङ्गिक समानता पत्रकारिता पुरस्कार” एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघको सभाहलमा वितरण गरिएको छ ।

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. ५१ हजार राशीको पुरस्कार रौनियारलाई प्रदान गरिएको
 हो ।
सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट १÷१ जनालाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ प्रदेश नं १ बाट सुजन तिम्सिना (इलाम), २ बाट सन्तोष सिंह (जनकपुर), ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौं)लाई  गरिएको प्रदान छ ।

यसैगरी ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट २÷२ जनालाई प्रदान गरिने रु १५ हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट प्रदेश नं. १ बाट रोहित राई (सुनसरी) र सुशीला पाठक (मोरङ), प्रदेश नं. २ बाट बृजलाल प्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं. ३ बाट शरद अधिकारी (काठमाडौं) र सविता श्रेष्ठ ( चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ ), प्रदेश नं. ५ बाट विकास बन्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ ) र भूमिराज जोशी (बझाङ) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली ( काठमाडौं)लाई पुरस्कृत गरिएको छ ।
 त्यसैगरी संस्थागतमा एफएमतर्फ २० हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं. १ बाट तमोर एफएम (ताप्लेजुङ), प्रदेश नं. २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं. ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं. ५ बाट रेडियो मदनपोखरा (पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान), सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौं)लाई पुरस्कृत गरिएको हो । संस्थागततर्फ नै छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिएको हो  ।

त्यसैगरि नेपाल पत्रकार महासंघ र मदरल्याण्ड नेपालको सहकार्यमा प्रदान गर्दै आएको “लैंङ्गिक समानता पत्रकारिता पुरस्कार” बाट यस बर्ष तीनजना पत्रकारलाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुने पत्रकारहरुमा सुजित कुमार झा, जनकपुर (एभिन्यूज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) रहनुभएको छ ।
लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमुलक र प्रभावशाली समाचार र आलेख प्रकाशन÷प्रसारण गरी पत्रकारिता गर्ने मध्येबाट उहाँहरु तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो । 

 पुरस्कृत पत्रकारलाई ४० हजार नगद तथा सम्मान–पत्र सहित सम्मान गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले  पेशागत दक्षता र राष्ट्रप्रतिको प्रतिवद्धतामा समर्पित भई पत्रकारिता गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विगतमा आफुले पनि पत्रकारिता गरेको स्मरण गर्दै पुरस्कारले पत्रकारलाई धेरै आड भरोसा दिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शिक्षा पत्रकारिता पुरस्कार मार्फत धेरै पत्रकारहरु पुरस्कृत गरिएको भएतापनि मूल्याङ्कनका आधारमा दक्ष पत्रकारहरुलाई पुरस्कृत गरिएको बताउनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बाबुराम पौडेलले पुरस्कृत पत्रकारलाई बधाई दिदै आगामि दिनमा पत्रकारका कलमहरु निरन्तर चलुन् भन्दै शुभकामना दिनु
भयो । मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले अमेरिकामा रहेर पनि नेपालको हितमा केही गरौं भन्ने मनसायले द्वन्द्वकालदेखि नै आफ्नो संस्था देशका लागिपरेको बताउनुभयो । उहाँले आफुपनि विगतमा पत्रकारिता गरेको तथा तथा पत्रकारिताप्रति रुचि रहेका कारण थोरै भएपनि पत्रकारका लागि केही सहयोग पुगोस भनेर पुरस्कारको स्थापना गरिएको बताउनुभयो ।

पुरस्कार छनोट समितिका संयोजक तथा महासंघका महासचिव रमेश विष्टले धेरै निवेदनका बिच उत्कृष्ट आवेदकलाई पुरस्कृत गरिएको बताउनुभयो । उहाँले आगामि दिनमा पुरस्कृत पत्रकारहरुबाट पत्रकारिता क्षेत्रमा थप जिम्मेवार तथा सशक्त हुने आशा राखेको बताउनु भयो ।


ठाडी भिर (कटारी) साउन १४ गते । रातो तारा डट कम,लामो समय देखी अवरुद्ध सिद्धिचरण राजमार्गमा सोमबारदेखी हलुका सवारी साधन संचालनमा आएकोले अविरल वर्षाको कारण उक्त राजमार्गको वेतीनी हर्कपुर सडक खण्डको ठाडी भिरमा भएको भिषण पहिरोले सडक अवरुद्ध भएपछि विगत २० दिनदेखि सवारी आगमन पूर्ण रुपमा ठप्प भएको थियो।

सडक डिभिजन कार्यालय लहानले विगत ९ दिन देखी पहिरो पन्छाउदै अवरुद्ध सडक खुलाउन ५ वटा स्काभेटर लोडर र ग्रेडर  प्रयोग गरेर काम गरीरहेकोले हलुका सवारी साधन चल्न थालेको र पहिरो गएको स्थानमा झण्डै ४ सय मिटर सडकको कुनै नाम निसाना छैन र पहिलेको सडक देखीपूर्व तर्पmको डाडा कटिङ गरेर बाटोको ट्य«ाक खोलेको लहान सडकका प्रमुख डिइ. बिनोद कुमार शाहले बताए ।

उनले ट्य«ाक खुलेसँगै मोटरसाईकल र ट्यक्टर पल्न थालेको बताए । जसरी पनी ट्य«ाक खोलेर गाडी संचालन नगरी भएको थिएन । कार्य क्षेत्रमा दिन रात काम गरेर आंसिक रुपमा यातायात संचालन गर्न सकीयो । डिई. शाहले भने ।

सिद्धिचरण राजमार्गको झण्डै २२ कि.मि. सडक खण्डमा वर्षाले क्षती गरेको भएपनी ठाडी भिर बाहेकका सबै ठाउमा मर्मत संभारको काम सकीएको उनले बताए । क्षतीग्रस्त सवै ठाउँको बाटोमर्मत संभार गर्ने काम सकीएको छ ।  उनले भने ठाडीको पहिरो ठूलो भएकोले काम गर्न केही समय  लाग्ने उनले बताए । उनले काम निरन्तर भैरहे पनि अवरुद्ध बाटो संचालन हुन अझ अरु केही समय लाग्ने बताए ।

अवरुद्ध बाटोको सडक मर्मत र पहिरो हटाउन सडक डिभिजन लहानले प्रविधिक खटाएर काम गरी रहेकोले काम चाडै हुने उनले बताए । पहिरो पन्छाउन ५ वटा स्काभेर लोडर र ग्रेडर भाडामा लिएर काम गरीरहेको डिई. शाहले बताए । सडक आफैले खटेर काम गरीरहेको छ । गाडी भाडामा लिएका छौ । तेल डिजल कार्यालय बाट उपलब्ध गराएका
छौँ । डिइ.शाहले भने । बाटो अवरुद्ध हुदा हलेसि जाने भक्तजन घटे ।

साउन महिनामा खोटाङ्ग स्थीत हलेसी महादेवको दर्शन र पूजा आजा गर्न जाने भक्तजनको संख्या घटेको छ । बाटो अवरुद्ध भएको कारण सवारी साधन नचल्दा हलेसी दर्शन गर्न जाने भक्तजन को संख्या घटेको हो । विगतमा साउनको बेला हलेसी दर्शन गर्न भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउने  गरेकोमा यो पटक भारतबाट एउटै पनि दर्शनार्थीहरु नभएको गहुबारीका व्यापारी कला खड्काले बताईन ।

मोटरसाइकल र मोटरबाटो सयौँको संख्यामा हलेसी दर्शन गर्न भक्तजनहरु आउथे तर यो. पटक एकजना पनी भारतीयहरु आएका छैनन् । उनले भनीन्  । भारतीय बाहेक छिमेकी जिल्ला  सिराहा, सप्तरी, जनकपुर र पूर्वका धरान र विराटनगरबाट समेत दर्शनार्थिहरु नआएका अर्का व्यापारी केशव मगरले बताए ।

वर्षाले बाढी पहिरो गएर सडक अवरुद्ध भएको जानकारी पाएपछि भक्तजनहरु नआएको उनले बताए । गत वर्षसम्म बोलबम झन्डै ठूलो संख्यामा भइ यही बाटो भएर भक्तजनहरु हिड्थे तर यो पटक हामीले एकै जना पनि देखीनौँ । उनले भने  । लामो समय देखीबाटो अवरुद्धले व्यापार व्यवसाय समेत चौपट भएको उनले बताए ।


शिव भट्टराई मोरङ। रातो तारा डट कम,सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिका पुर्व पश्चिम लोकमार्गको सडकमा केही महिना अघी प्रदेश सरकारको सडक सुशासन अन्तर्गत रहेर सडकका रुखहरु काट्ने कार्य गरिएको थियो ।

८२ फुट सडक क्लियर गर्ने नाममा सुन्दरहरैचाका विभिन्न स्थानमा उपभोक्ता समिती बनाई रुख काटिएको थियो । तर चौतर्फी विरोध हुँदै गर्दा यती खेर उक्त सडकमा अख्तियार समेत लागेको छ । एका तर्फ अख्तियारले उक्त सडक छानविन गर्दैछ भने एका तर्फ सडक विभागले उक्त रुख काट्ने उपभोक्ता समितिलाई जनही रु २००० विगो तिराई कार्वाही गर्ने बताएको छ ।

२ महिना नबित्दै भत्किएको सडकको अनुगमन गर्न आइपुगेका सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपानेले विगतको रुख काटेको बिषय जोड्दै ति सबै उपभोक्ता समितिलाई कार्वाही गरिने बताएका हुन ।

उनले सडकको हरेक काम गर्दा स्थानिय तहले सडक विभाग सग अनुमती लिएर मात्र गर्नु पर्ने प्रावधान रहेको छ तर  कतिपय स्थानिय तहले आफु खुशी काम गर्दा समेत विकासका काम त्यती भने जस्तो नभएको बताए ।


श्याम राई उदयपुर  गाईघट संवाददाता,रातो तारा डट कम,
उदयपुर झिल्के पोखरीकी आसा माया तामाङगलाई अहिले छोराको लागि कापी कलम किन्न पैसाको जोहो गर्ने समस्या हटेको छ । गरिव परिवारकी उनलाई दुई बालवच्चा पढाउन यस अघि निकै समस्या हुने गरेको थियो ।

सरकारले निशूल्क उपलब्ध गराएको शिक्षा सेवाले केटाकेटीको लागि पाठ्यपुस्तक बाहेक अरु शैक्षिक सामग्री आफै किन्नुपर्दा उनी सधै चिन्तामा हुने गर्थिन । उनी गाउछिमेकमा त्यसैको लागि दिन रात बनीबुतो समेत गर्थिन् तर अहिले उनको लागि पहिले जस्तो अवस्था छैन शैक्षिक सामग्री किन्न उनले कसैको घरमा गएर काम गर्नु परेको छैन ।

वल्डभिजन इन्टरनेस्नल को सहयोगमा जाल्पा एकिकृत विकास समाज उदयपुरको शिक्षा परियोजना अन्र्तगत कक्षा १ देखि कक्षा ३ सम्म का विध्यार्थीहरु को लागि संचालीत प्रारम्भिक कक्षा पढाई  कार्यक्रमले बालबालिकाको लागि निशूल्क पाठ्यसामग्रीहरु उपलब्ध गराएपछि उनी जस्तै विपन्न परिवारलाई अहिले आर्थिक रुपमा निकै राहत मिलेको छ ।
मैले त केटाकेटीलाइ पढाई छुटाउन समेत लागेको थिए ।
उनले भनीन्। बिहान बेलुका खानै धौधौ  भैरहेको  वेला केटाकेटीलाई खर्च धान्न समस्या भैरहेको थियो । उनले भनिन् – तर अहिले त्यो समस्या हटेर गएको छ । मलाई कुनै समस्या छैन ।
जाल्पा एकिकृत विकास समाजले वल्डभिजनको आर्थिक सहायतामा गत वर्ष देखी उदयपुरको पहाडी दुर्गम भेगको ताप्ली गाउपालिका भित्रको ८ वटा विद्यालयमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु  गरेपछि विपन्न परिवार समेत छोराछोरी पढाउन आकर्षित बनेका छन् । जाल्पाका अनुगमन तथा मूल्याङ्कन अधिकृत  रुद्र पोखरेल गत वर्ष देृखी विद्यालय तहमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागू भएपछी विद्यालय पढ्ने बालबालीकाको संख्या ह्वात्तै बढेको बताए ।

कक्षा १ देखि ३ सम्मका बालबालिकाको लागि यो कार्यक्रम शुरु गरीएको उनले बताए । कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको लागि कापीकलम,झोला, र खाजाको लागि टिफीनकारीको निशूल्क व्यवस्था गरीएको छ ।  त्यसैगरी कक्षा व्यवस्थापनको लागि जुट कार्पेट, चकटी, राउण्ड टेबल, सेतो पाटी लगायत अध्यापनको लागि कक्षा कोठामा आवश्यक सम्पूर्ण सामग्रीहरु समेत व्यवस्थापन कार्यक्रम संचालन गर्ने जाल्पाले गरीदिएको छ ।

उनले गत वर्ष देखी लागू गरीएको कार्यक्रमले प्रभावकारीता पाएको बताए –हामीले अन्य गाउपालिकामा समेत यो कार्यक्रम संचालन गर्ने तयारीमा जुटेका छौ, उनले भने दाताबाट सहयोगको प्रतिवद्धता पाएकोले अर्को साल अन्य गाउपालिकामासमेत शुरु गर्छौँ ।  प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन पछि विगत पर्षको तुलनामा विद्यार्थी भर्नादर  समेत बढेको छ ।

 गत वर्ष निकै न्युन विद्यार्थी भर्ना भएकोमा यो वर्ष १ सम्म ३ जना विद्यार्थी भर्ना भई कार्यक्रम लागू भएपश्चात विद्यालय आउन बालबालिकामा आकर्षक बढेको मा.वि. झिल्के पोखरीको प्रधानाध्यापक गोविन्द खड्काले भने । उनले कार्यक्रम लागू भए पश्चात विद्यालय आउन बालबालिकामा आकर्षण बढेका बताऐ उनले  बालबाललिकालाई अझ विद्यालय आउने बाताबरण बनाउन दिवा खाजाको व्यवस्था मिलाउन सके विद्यालय पढ्न बाट कोही पनि वञ्चित हुन नसक्ने बताए तर कार्यक्रम गर्ने सस्थाबाट खाजाको व्यवस्थापनको कुनै कार्यक्रम नरहेकोले समस्या भएको उनले बताए ।

जाल्पाका अनुगमन तथा मूल्याङ्कन  अधिकृत पोखरेलले  बालबालिकाको लागि खाजाको कुनै व्यवस्था नरहेको बताए । हामीले कार्यक्रम बनाउने बेला खाजाको उल्लेख गरेका थिएनौँ, दाताले पनि खाजाको लागि कुनै सहयोग छैन ।पोखरेलले भने –आगामी दिनमा दाताबाट सहयोग पाएमा विद्यार्थीलाई  खाजा उपलब्ध गर्न सकीने उनले भने ।
खाजा आफ्नै घरबाट बोकेर ल्याउने वातावरण मिलाइदिन अभिभावकलाई टिफीनकारी उपलब्ध गराएका छौँ । पोखरेलले भने । तर धेरै अभिभावकमा खाजा खुवाउने ल्यागत नै छैन । हामीले महसुस पनि गरेका छौँ  । टिफीनकारी दिएपछि खाजा पनि दिनुपर्छ कि भन्ने छ तर अहिले खाजा दिन सम्भव छैन । उनले भने । तर पनि दातृ निकायसँग यो वार्ट छलफल गर्ने छौँ ।

सरकारी निशूल्क पाठ्यपुस्तक भन्दा प्रारम्भिक कक्षाको लागि तयार गरिएको पाठ्यपुस्तक अत्यन्त उपयोगी, सजिलो  बुझ्न सकीने भएकोले पढाईमा विद्यार्थीको मन जाने  गरेको मा.वि. कटहरेको जि.सि.का. हिमला रास्कोटीले बताईन् ।  उहाँहरुले छुटै पाठ्यपुस्तक निर्माण गर्नु भएको छ । अत्यन्तै सरल र सजिलो भएकोले बालबालिका रमाएर पढ्ने गरेका छन् ।

उनले भनिन् । बालबालिकाको लागि सहज होस् भनेर हामीले सरल  रुपमा आफैले किताब तयार पारेका छौँ । जाल्पाका अध्यक्ष पुस्प पोखरेलले बताए । सरकारी किताव भन्दा हामै्र पाठ्यपुस्तक निकै सरल रहेकोले केटाकेटीमा पढ्ने बातावरण राम्रो बनेको हो । उनले भने  । पढाईसँगै बालबालिकालाई गित संगीत, नाचगान र अन्य क्रियाकलापमा जोड दिने गरीएकोले पनि प्रारम्भिक कक्षा पढाई निकै  प्रभावकारी हुन गएको अध्यक्ष पोखरेलले बताए् । जाल्पाले ताप्ली गाउपालिकाको ८ वटा विद्यालयमा यो कार्यक्रम संचालन गर्दै आइरहेको  छ ।





शिव भट्टराई,रातो तारा डट कम,इटहरी-कपडाको पहूँच नहुनेहरुलाई सहजरुपमा कपडा उपलब्ध गराउने उद्धेस्यले सुनसरीको इटहरीमा कपडा संकलन तथा निशल्क वितरण अभियान सुरु भएको छ ।

विपन्न समुदायका मानिसहरुलाई कपडा उपलब्ध गराउने उद्धेस्यले भरत श्रेष्ठ लगायतले सहयागी भित्ता नाम दिएर अभियान सुरु गरेका हुन ।इटहरीको रेयुकाई चौतारीमा स्टल राखेर कपडा वितरण गर्ने गरी सञ्चालनमा ल्याइएको अभियान ब्यावहारीक रुपमा सामाजिक अभियानमा इटहरी क्षेत्रका कपडाका होलसेल विक्रेताहरुले समेत कपडा सहयोग गर्ने क्रम सुरु भएको छ ।

स्टलमा जम्मा भएका कपडाहरु आवस्यक हुनेहरुले निशुल्क लान सक्ने गरी ब्यवस्था मिलाईएको सााथै आगामी दिनमा इटहरुका ग्रामिण क्षेत्रमा पुगेर विपन्नहरुलाई कपडा वितरण गरीने अभियान्ता दिनेस कोइरालाले जानकारी दिए ।

अभियानको उद्घाटन कार्यक्रममा अतिथीहरुले यस प्रकारको अभियानले समाजमा आपसी सद्भाव वढाउन मद्धत पुग्ने विस्वास ब्यक्त गरे।


मोरङ, श्रावण-१३ गते । रातो तारा डट कम,नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाँउपालिका १ बस्ने २० बर्षीय सुरज कामत पक्राउ परेका छन । साउन ७ गते कामतले बिराटनगर १ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैया चोरी गरी फरार रहेका थिए ।

फरार रहेका कामतलाई हिजो बिराटनगर १ स्थितबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका कामतको साथबाट नगद ३ लाख ८१ हजार रुपैया र १ लाख ५ हजार पर्ने १ थान SAMSUNG मोबाईल समेत बरामद गरिएको  साथै उनि उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।



काठमाडौ साउन १३ गते । रातो तारा डट कम,काठमाण्डौंको सुकेधारामा जेठ १२ गतेको बम विस्फोटमा परी गम्भिर घाइते भएका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रामकुमार श्रेष्ठको मृत्यु भएको छ ।

सुकेधारामा भएको बम विस्फोटमा परी रामेछाप मन्थली ४ का श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो । चाबहिलस्थित ओम अस्पतालमा तीन सातादेखि श्रेष्ठको उपचार भइरहेको थियो । राजधानीका दुई घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेकोछ ।

आइसियुमा उपचाररत श्रेष्ठलाई अक्सिजन दिएर राखिएको थियो । जेठ १२ मा उपत्यकाका सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा ४ जनाको मृत्यु भएको थियो ।

जेठ १३ मा घोषित बन्दलाई प्रभावकारी बनाउन गरिएको विस्फोटमा सोही पार्टीका कार्यकर्ता कालीकोटका दीपक विक, दाङका गोकुल रानामगर, निरन्तर मल्ल र सिटिइभिटीमा अध्ययनरत प्रज्वल शाहीको मृत्यु भएको थियो । 


बिराटनगर श्रावण १२ गते । रातो तारा डट कम
यस क्षेत्रमा कार्यरतरअध्ययनरत भारतीयहरुको रजिष्ट्रेशनकालागि मोरंग व्यापार संघले आयोजना गरेको रजिष्ट्रेशन क्याम्पको दोश्रो दिन ७०० बढी भारतीय नागरिकहरुले दर्ता गराई प्रमाण–पत्र प्राप्त गरेका छन् ।

भारतीय राजदुतावास, काठमाडौँ र मोरंग व्यापार संघले संयुक्त रुपमा आयोजना गरेको उक्त तीन दिने रजिष्ट्रेशन क्याम्पमा हालसम्म १२०० बढी भारतीय नागरिकहरुले प्रमाण–पत्र प्राप्त गरिसकेका छन् ।

मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको पहलमा यस क्षेत्रमा कार्यरतरअध्ययनरत भारतीय नागरिकहरुलाई सहज हुने गरी रजिष्ट्रेशन क्याम्पको आयोजना गरिएकोमा उक्त क्याम्पमा २०७६ श्रावण १३ गते विहान ११ः०० बजेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । रजिष्टे«शन क्याम्पमा दर्ता हुन भारतीयहरुले निम्न अनुसारका कागजातहरुको सक्कल र प्रतिलिपि बुझाई दर्ता प्रमाण पत्र प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

आवश्यक प्रमाण–पत्ररकागजातहरुः
 -भारतीय राजदुतावास, काठमाडौंको रजिष्ट्रेशन फारम ९संघबाट समेत संकलन गर्न सकिने व्यवस्था मिलाइएको छ०

-भारतीय चुनाव परिचय पत्र÷पासपोर्ट÷राशन कार्ड÷मुल स्थायी निवास प्रमाण–पत्र । ९यी बाहेकका आधार कार्ड लगायत अन्य कागजातहरु मान्य रहेका छैनन् ।०

-कार्यरत नागरिकहरुले आफु कार्यरत उद्योग–प्रतिष्ठानको लेटर प्याडमा कार्य विवरण सहितको प्रमाण ९नाम, पद, कार्यअवधि आदि० र उद्योग–प्रतिष्ठानको पान प्रमाण पत्रको प्रतिलिपि तथा अध्ययनरत नागरिकहरुले आफु अध्ययनरत शिक्षण संस्थाबाट प्राप्त अध्ययन विवरण सहितको प्रमाण ९एड्मिशन लेटर०

- बसोवासको प्रमाण ९घरधनी वा होस्टल वार्डनबाट प्रमाणित र निजको नागरिकताको प्रमाणित प्रतिलिपि०

- पासपोर्ट साईज फोटो–२ प्रति

उक्त क्याम्पमा भारतीयहरुले सम्पूर्ण प्रक्रिया पु¥याएपछि मात्र भारतीय राजदुतावास, काठमाडौंले प्रमाण पत्र दिने गरेकोछ । यस अघि मोरंग व्यापार संघकै पहलमा गत २०७५ पौषमा संघमा एक दिने दर्ता क्याम्प आयोजना गरिएको थियो । 



तेह्रथुम,श्रावण-१२ गते । रातो तारा डट कम,तेह्रथुम छथर गाउँपालिका-३ पन्चकन्या बस्ने १० बर्षिय बादल बि.क. को पोखरीमा डुबेर मृत्यु भएको छ ।

हिजो अपरान्ह सँबा ५ बजे घर नजिकै रहेको सार्बजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बि.क.को  मृत्यु भएको भनि  स्थानीयले राती पउने ९ बजे प्रहरी चौकी शुक्रबारेमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटनास्थलको कानुनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।





तेजेन्द्र बहादुर भण्डारी स्तन्त्र पत्रकार -मोरङ साउन ११ गते ।
रातो तारा डट कम, सुनसरीको इटहरीमा रहेको कटुवाल हातेमालो एकता समाज नेपालको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कटुवालहरुको बंशावली संगै सामाजिक कामको लागी स्थापना भएको यो संस्थाले जेष्ठ ११ गते देखि १८ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको थियो त्यो यज्ञबाट उठेको रकमबाट मन्दिर सहित अतिथि गृह निमार्ण गर्ने संकल्प लिएको अनुसार काम अगाडी बढाउने योजना रहेको संस्थाको अध्यक्ष नगेन्द्र बहादुर कट्वालले बताए ।


इटहरी दैनिक जसो बिकासको गतिमा रहेको कारण यस क्षेत्रलाई धार्मीक पर्यटनको रुपमा पनि बिकास गर्ने भएकोले यस क्षेत्रमा आउने धार्मीक पर्यटकको लागी यो सामुदायीक भवनको निमार्ण गर्ने योजना रहेको सचिव दिपक कटुवालले बताए ।

त्यसै गरि भर्खरै मात्र उद्योग वाणिज्य संघ इटहरीमा निर्वाचित भएकी कोषाध्यक्ष गायत्रि कटुवालले सामुदायीक भवनको निमार्णमा उद्योग वाणिज्य संघको सहयोग रहने बताईन भने आफ्नो तर्फबाट रु एक लाख सहयोग गरेकि
छिन् ।

त्यसै गरि पुराणमा प्रचारप्रसारमा सहयोग गरेको भन्दै सञ्चारकर्मी शिव भट्राई भोजपुरे र एभिन्युज खबर इटहरी ब्युरोलाई सम्मान गरेको छ । कार्यक्रममा कटुवाल बंधु सेवा समाज नेपालका गोपाल कटुवाल प्रमुख अतिथि रहेका थिए ।


काठमाण्डौ साउन ११ गते । रातो तारा डट कम,सरकारले गरिबीको सुचकाङ्कमा रहेका जिल्लालाई लक्षित गर्दै बाल पोषण अनुदान कार्यक्रम देशैभरी सञ्चालन गर्ने तयारी गरेको छ । विपन्न, दलित समुदायका बालबालिकाहरुलाई लक्षित गर्दै सञ्चालन भैरहेको यो कार्यक्रम अबका दिनमा प्रदेश २ र पाँचका जिल्लाहरुमा सञ्चालन गर्ने सरकारको तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

अहिले जुुम्ला, हुुम्ला, मुुगु, कालिकोट, डोल्पा, अछाम, बझाङ्, बाजुरा तथा रौतहटमा यो कार्यक्रम चलिरहेको मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत दिपक झाले जानकारी दिनुभयो । यो कार्यक्रम देशैभरी सञ्चालन गर्ने तयारी भएपनि यसको गृहकार्य भने भैरहेको उहाँको भनाई छ ।  

आफ्नो वडामा गएर बच्चाको जन्मदर्ता र खोप कार्ड देखाएपछि यो सुबिधा पाइन्छ । कार्यक्रम अन्तरगत बालबालिकालाई प्रतिव्यक्ति मासिक चारसय रुपैयाँ वितरण गर्ने गरिएको छ । बालबालिकालाइ अण्डा, फलफूल तथा सागसब्जी खुवाउन सजिलो होस् भनेर सरकारले यो कार्यक्रम ल्याएको हो । बालबालिकामा हुने कुपोषणको दर घटाउन यो कार्यक्रम ल्याएको सरकारको भनाई छ । 




काठमाण्डौ साउन ११ गते । रातो तारा डट कम,ताप्लेजुङको पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको ओलाङचुङगोला बस्ती निरन्तर झरिरहने पहिरोको कारण जोखिममा परेको छ । हिमाली गाउँ ओलाङचुङगोलामा पहिरोको जोखिम बढ्दै जाँदा स्थानीय चिन्तित बनेका छन् । तमोर नदीको कटान नरोकिँदा भविश्यमा बस्ती नै नरहने अवस्था सृजना हुन सक्ने भन्दै स्थानीय चिन्तित बनेका हुन् । हिउँदमा हिउँको चिसो जसोतसो काटेका गोलाबासी वर्खामा पहिरोको डरले निदाउन नसकेको बताउँछन् । 

ओलाङचुङगोला चीनको रिउ बजारसँग सडक सञ्जालले जोडिएको छ । नेपालतर्फबाट जोडिन २८ किलोमिटर बाँकी छ । विकट गाउँ विस्तारै सुगम बन्दै गएपनि पहिरोकै चिन्ता रहेको स्थानीय बताउँछन् । रोकथामका लागि वडाको बजेट अपर्याप्त रहेको र प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरिएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिनुभयो । 

६१ वडा रहेको ताप्लेजुङमा ओलाङचुङगोला सहित ३१ वडा पहिरोको उच्च जोखिममा रहेको तथ्याङ्क जिल्ला विपद् व्यवस्थापन समितिले निकालेको छ । तर एकिकृत बस्ती व्यवस्थापन, जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने जस्ता प्रयास भने कतैबाट भएको छैन । 



काठमाण्डौ साउन ११ गते । रातो तारा डट कम,७०औं आज नेपालमा हलोक्रान्ति दिवस मनाइदैछ । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं, २००६ साल साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनहरुले सामुहिकरुपमा हलो जोतेका थिए । ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका
 थिए । त्यही दिनको सम्झनामा आजको दिनलाई हलोक्रान्ति दिवसका रुपमा मनाउने गरिन्छ । 



काठमाण्डौ साउन ११ गते । रातो तारा डट कम,आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलमा कुवेतविरुद्वको खेलमा नेपालले फिल्डिङ गरिरहेको छ ।  सिंगापुरको ईन्डियन एसोसियसन क्रिकेट मैदानमा केहिबेर अघि सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । 

यो खबर तयार पार्दासम्म कुवेतले १५ ओभर खेल्दै ७ विकेट गुमाएर ९६ रन बनाएको छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालको लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । किनकी विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी दुई खेलमा स्पष्ट जितको आवश्यकता रहेको छ । 

पहिलो खेलमा अप्रत्यासित रुपमा कतारसँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । त्यसैले छनोटको शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्न नेपाललाई दुई खेल नै महत्वपूर्ण रहेको छ ।


बिराटनगर । रातो तारा डट कम,नेपाली महिलाहरुको महान पर्व तिज नजिकिदैं जाँदा बजारमा हरेक दिन दिनहुँ दर्जनौँ तीजका गीतहरू सार्वजनिक भैरहेका छन्।
यसैबिचमा नेपाली सांगितक क्षेत्रमा सम्भावना बोकेकी गायिका संगीता रायमाझीले ‘चोलीको तुनाले’ बोलको तीज गीत बजारमा ल्याएकी छिन् । जर्सिन्द्र श्रीर्पालीको शब्दमा संगिताले आफ्नो स्वर र संगित भरेकी छन् ।
गितको भिडियोमा मोडल रितिका जिरेलसंगै गायिका रायमाझीले कम्मर मर्काएकी छन् । भिडियो निर्देशन उनी आफैले गरेकी हुन्।
गायिका रायमाझीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको गितको भिडियोकोे छायांकन दुर्गा वान्तावा र सम्पादन नहकुल खड्काले गरेका हुन् ।


मनोज भट्टराई ओखलढुंगा-ओखलढुंगामा गैरकानुनी रुपमा स्थानीय सरकारको काम गर्ने एक व्यक्ती पक्राउ परेका छन् । निर्वाचित वडा सदस्यको नाममा कार्यबहाक अध्यक्ष उल्लेख गरी कीर्ते हस्ताक्षर गरेर काम गर्ने सुनकोशी गाउँपालिका ९ ककनीका कर्णबहादुर तामाङ पक्राउ परेका हुन् ।

बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका उनलाई बिहीबार जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी पुष्पराज मल्लले जानकारी दिए । उनीविरुद्ध सरकारी कागजात कीर्ते सम्वन्धि मुद्दा चलाइएको छ । घटनाबारे अनुसन्धान चलिरहेको भन्दै प्रहरीले सबै विवरण सार्वजनिक गरेको छैन ।

उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यका उमेदवार थिए । निर्वाचनमा पराजित भएपनि उनले वडा कार्यालयले दिने सबैजसो सिफारीससहितका कागजातहरुमा हस्ताक्षर गरेर दिने गरेका थिए । उनले सुनकोसी गाउँपालिका ९ को छाप, लेटरप्याड, मालपोत रसिद लगायतका सबै सरकारी कागजात कीर्ते गरेर स्थानीयसँग अवैद्य रुपले सेवा शुल्क भन्दै रकम असुल्ने गरेका थिए ।



तामाङले सर्जिमन मुचुलका, वडा कार्यालयका विभिन्न निर्णय भएको भनि फर्जि सिफारिस लगायत काम समेत गरेको पाइएको छ । ती सबै कागजातहरुमा कार्यावाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टंकबहादुर कटवालको नाम उल्लेख गरिएको छ । तामाङ र कटवाल दुवै उक्त वडाका वडा सदस्य हुन् । कीर्ते कागजातबाट मालपोतमा जग्गा कारोबार भइरहेको सुचना पाएपछि स्थानीयले वडा र प्रहरीमा खबर गरेका थिए । उनीहरुको नाममा कीर्ते काम गरेको भेटिएपछि दुवै वडा सदस्यले आफ्नो नाममा कीर्ते भएको भन्दै वडा कार्यालय मार्फत प्रहरी र प्रशासनमा उजुरी दिएर छानबिनका लागि आग्रह गरेका थिए ।

यसअघि सोही मुद्दामा स्थानीय ४४ वर्षीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङ पक्राउ परिसकेका छन् । कर्णबहादुरको अगुवाइमा सबै कागजात कीर्ते गरेर १ जेठ २०७६ मा अम्बरबहादुर तामाङको नाममा जग्गा पास भइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पञ्चबहादुर तामाङले जग्गा कारोबार गर्न मालपोत पुगेपछि घटना सार्वजनिक भएको थियो ।  सरकारी कागजात कीर्ते गरी जग्गाको समेत कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेपछि मुख्य अभियुक्त कर्णबहादुर तामाङ फरार रहेका थिए । पक्राउ परेका अन्य व्यक्तिहरूले समेत सबै कागजात कर्णबहादुरले मिलाएको बयान प्रहरी समक्ष दिएका छन् । जग्गा पास गर्न ३५ दिने सूचनासमेत प्रकाशित गरेर काम गरेको पाइएको छ ।

कीर्ते कागजातका आधारमा जग्गा पास गर्ने मालपोत कार्यालय र लेखापढी व्यवसायीको समेत संलग्नता रहेको भन्दै स्थानीयले उनीहरुमाथि पनि छानविन गर्न माग गरेका छन् । कीर्ते सूचनाका आधारमा कार्यालयले सबै कागजातसमेत कीर्ते नै राखेर जग्गा रजिस्ट्रेसन गरी लालपुर्जा समेत जारी भएको अनुसन्धानबाट खुलेको छ ।

मुद्दा अनुसन्धानमा रहेको भन्दै प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन् । मुद्दामा प्रतिवादी रहेका पञ्चबहादुर ९ नं. वडा कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद, सर्जिमन मुचुल्का लगायतका कागजात कीर्ते गरेर जग्गा नामसारीका लागि मालपोत कार्यालयमा पेश गर्ने क्रममा पक्राउ परेका थिए ।



छाप, मालपोत रसिद, सर्जिमन मुचुल्का तथा हस्ताक्षर कीर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुंगाबाट अनाधिकृत व्यक्तिका नाममा जग्गा नामसारी गरेको पाइएको वडा नं. ९ अध्यक्ष झनक कार्कीले बताए । ‘यहाँको निर्वाचित वडा अध्यक्ष म हुँ । मैले वडा सदस्यहरुलाई कार्यबहाक छाडेको छैन तर कार्यबहाक भन्दै हस्ताक्षर गरेर काम गरेको भेटियो ।’ अध्यक्ष कार्कीले भने,‘कसैलाई थाह नदिई केही व्यक्तिले वडा कार्यालय नै खडा गरेर साथीहरुले काम गर्नुभएको रहेछ यो गतल भयो ।’ शुसासनको अभ्यास गरिरहेको वडामा भएको गैरकानुनी कामले गलत सन्देश दिएको उनको तर्क छ ।

सुनकोशीको ककनी गाउँमा तामाङ समुदायको बाहुल्यता छ । चेतना र आर्थिक स्थित कमजोर भएको गाउँका स्थानीयसँग नक्कली मालपोत रसिद बनाएर कर उठाउनेदेखि नागरिकताको सिफारीस र मुचुल्का तयारीसम्मका काममा व्यक्तीहरु सकृय भएको खुलेको छ।


काठमाण्डौ साउन १o गते । रातो तारा डट कम,प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सदस्यहरुले जीवनयापन गर्ने कुनै आधार नभएका ज्येष्ठ नगरिकको दायित्व पूर्णरुपमा सरकारले नै लिनुपर्ने सुझाव दिएका छन् ।
आज सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सदस्य लक्ष्मणलाल कर्णले आयस्रोत कम हुने परिवारका ज्येष्ठ नागरिकको दायित्व राज्यले नै लिनुपर्ने सुझाव दिनुभयो  । पर्याप्त सम्पत्ति भएर पनि ज्येष्ठ नागरिकहरु छोरा–छोरीबाट उपेक्षित भएका उदाहरण धेरै रहेको भन्दै राज्य नै उनीहरुको संरक्षक बन्नुपर्ने धारणा राख्नुभयो ।
समितिका अरु सदस्यहरुले निजामती कर्मचारी, व्यवसायी र निजी क्षेत्रबाट पनि आम्दानीको केही हिस्सा ज्येष्ठ नागरिकहरुलाई छुट्याउनुपर्ने सुझाव दिएका छन् । यस्तै, ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा तयार पार्न लागिएको विधेयकमा दन्ड, सजाय र पुरस्कारको व्यवस्था पनि समावेश हुनुपर्ने र पारिवारिक सम्बन्धलाई पनि ध्यानमा राख्दै कानुन निर्माण गरिनुपर्नेमा उनीहरुको जोड छ ।


श्याम राई उदयपुर संवाददाता-गाईघाट साउन,१० गते ।
रातो तारा डट कम,६ वर्ष अघि एक व्यक्तिको हत्या गरी फरार रहेका एक युवा पक्राउ परेका छन् । प्रहरीले लामो समयपछि त्रियुगा नगरपालिका वडा नं ५ बस्ने ३३ वर्षिय होम बहादुर कार्कीलाई लालपत्ता प्रहरी पोष्ट नजिकबाट दिउसो पक्राउ गरेको हो ।

२०७३ मंसीर २४ गते उनले आफ्नै छिमेकी ३५ वर्षिय मोहन बुढाथोकीलाई बंचरो प्रहार गरी हत्या गरेका थिए । हत्या गरे लगत्तै उनी भागेर मलेसिया पुगेका थिए । मलेसिया रहेकै बेला प्रहरीले उनी विरुद्ध २०७५ पौष २ गते रेडकर्नर नोटिस जारी गरेको थियो ।

केही दिन अघि मात्र उनी मलेसियाबाट नेपाल फर्केका थिए । प्रहरीले उनी नेपाल आएको सुचना पाएपश्चात उनी माथी निगरानी बढाएर पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एस.पी. बीर बहादुर बुडामगरले बताए ।

हामीले धेरै मेहनत गरेर कार्कीलाई पक्राउ गर्न सफल भयौँ ।ु एस.पी. बुढामगरले भने । हामीले नेपाल आएदेखि नै उनलाई निगरानी गरीरहेका थियौ । लालपत्ता आएको जानकारी पाउन साथ पक्राउ ग¥यौँ ।ु उनले भने ।




शिव भट्टराई,मोरङ । रातो तारा डट कम,वर्षापछिको पानी एकै ठाउँबाट निकास हुँदा मोरङको सुन्दरहरैंचा– ७ मा रहेको एउटा कच्ची बाटो बाढीले बगाएकोले सुन्दरहरैचा-७ वासी निकै समस्यामा परेका छन्।

गोठगाउँबाट ठडिया आधारभूत स्कुल छेउमा जोडिने कच्ची बाटो मध्याली मार्गको कल्भर्टसँगै बाटो पनि बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको स्थानीय नवीन रिजालले बताए । गोठगाउँ चोकभन्दा करीब ६ सय मिटर दक्षिणको सो स्थानमा तत्कालको लागि तारजाली लगाएर कटान रोक्न सके थप क्षति नहुने भनी स्थानीय सरकारलाई जानकारी गराइएको रिजालले बताए ।

पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतिरको पानीको निकास जाने ठाउँ धेरै नहुँदा र एकै स्थानबाट पानी निकास हुँदा कल्भर्टसहित बाटो बगेको स्थानीयले बताए । बाटोको अवस्थाको बारेमा जानकारी गराउँदा पनि वडा कार्यालय र नगरपालिकाले चासो नदिएको स्थानीय बताउँछन् ।

वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला लगातारको अविरल वर्षाको पर्याप्त निकास नहुँदा समस्या आएको बताउँछन् । तत्कालको लागि पानी निकासका पैनी र कल्भर्ट सफाइ गरिने उनले बताए । वडा नम्बर ७ को गोठगाउँ चोकबाट ठडिया जाने पैनीको आजै सफाइ गरिने अध्यक्ष सिटौलाले बताए ।

सिटौलाका अनुसार गछिया खोलाको बाढीका कारण वडा नम्बर ७ मा ३० घर जोखिममा परेका छन् । ‘पूर्वाञ्चल विश्वविद्यालयको पश्चिमतर्फ खोला किनारमा रहेका ३० परिवार जोखिममा परेका छन्,’ वडाध्यक्ष सिटौलाले भने, ‘त्यहाँ बिहानैदेखि जेसिबी लगाएर तटबन्धको काम भइरहेको छ ।’

सिटौलाका अनुसार गछिया खोलाका कारण गछिया बजारमा पनि केही जोखिम बढेको छ । होचा र पानीको निकास नभएका धेरै ठाउँमा डुबानको समस्या देखिएको उनले बताए ।


मोरङ । साउन ९ गते । रातो तारा डट कम,विराटनगर भन्सार कार्यालय अगाडी भारतबाट कच्चा पदार्थ बोकेर आएको लहरीले घिसारेर एक यूवाको आज मृत्यु भएपछि सीमा क्षेत्र तनावग्रस्त बनेको छ । विराटनगर महानगरपालिका–१५ रानीका २२ वर्षीय अमर सिंहको मृत्यु भएपछि नेपाल–भारत सीमा क्षेत्र तनावग्रस्त बनेको हो ।

ठक्कर दिने लहरी-एन एल ०१ डी ३६९० नम्बरको लहरीले बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो । मोटरसाइकल चालक सिंहलाई करिब २ सय मिटर लहरीले घिसारेर मारेकोे प्रत्यक्षदर्शीहरूले बताएकाछन् । लहरीले ठक्करबाट सिंहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । 

मोटरसाइकलले ओभेरटेक गर्ने क्रममा कर्कटपाता बनाउने कच्चा पदार्थ बोकेको लहरीले ठक्कर दिँदा दुर्घटना भएको डिएसपी खिउजुले बताए । शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । दुर्घटनापछि लहरीका चालक भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाको विरोधमा प्रदर्शन र तोडफोड हुन थालेपछि रानी बसपार्क क्षेत्रको अवस्था असामान्य बनेको छ । 

घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले दुर्घटना गराउने लहरीसहित कम्तीमा १३ वटा मालबहाक सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । भन्सार कार्यालय नजिकैको सडकमा टायर बालेर अहिले प्रदर्शन भइरहेको छ ।


श्याम राई- उदयपुर गाईघाट साउन ९ गते ।
रातो तारा डट कम,बाढी पहिरोले उदयपुरको पहाडी भेगका अधिकांश ग्रामीण सडकलाई ठूलो क्षती पु¥याएपछि ति क्षेत्रका जनजिवन अस्त व्यस्त बनाएको छ ।

निरन्तरको वर्षाले धेरै ठाउँमा हिड्ने बाटो समेत छैन । सदरमुकाम गाईघाट अवातजावतमा ठूलो समस्या छ ।’ लिम्चुङबुङ गाउँपालिकाका कर्मचारी गौतम दाहालले बताए ।‘ सवारी चल्ने धेरै बाटो पहिरोले बगाएको छ । मान्छे हिड्ने पूरानो बाटोको नक्शानै परिवर्तन भएको छ ।’ उनले भने । बाढी पहिरोले बाटो विगारेकोले सात दिन हिडेर घर आईपुगेको उनले बताए ।

दुर्गम पहाडी भेगका सडक बाटो पूरै क्षतिग्रस्त हुदाँ उदयपुरका ताप्ली र लिम्च्ङबुङ दुई गाउँपालिका यतिखेर प्राकृतिक नाकाबन्दिमा परेको छ । ति दुई गाउँपालिकामा अवातजावतमा निकै कठिनाई हुँदा स्थानीय बासिन्दाले अभावै अभाब जेलिनु परेको छ । बाटो नहुदा ढुवानी ठप्पले दैनिक उपभोग्य सामाग्रीको अभाव हुन पुगेको छ ।

असारको अन्तिम सातामा आएको भिषण वर्षापछि यातायात अवरुद्ध हुदा तराईबाट नुन समेत पुगेको छैन । स्थानीयको भान्सामा नुन र चामलको अभाब हुन गएको छ । खडेरीग्रस्त दुई गाउँपालिका अन्न र दैनिक उपभोग्य सामाग्रीहरु तराईबाटै आयात हुदै आएको छ । ‘ मालसमान आउन छोडेको पनि झण्डै २० दिन भैसक्यो । सबै सामानको अभाबले कतै भोकमारी पो लाग्ने हो की भन्ने चिन्ता लागेको छ ।’

गाउँपालिका प्रमुख मेयर राईले भने । ‘जनजिवन कष्टकर बन्न थालेपछि गाउँपालिकालाई संकटग्रस्त गाउँपालिका घोषणा गरेका छौ ।’ उनले भने । ‘दैनिक उपभोग्य सामाग्रीको अभाब हुन नदिन प्रदेश र केन्द्र सरकारसँग खाद्यान्न हेलिकप्टर मार्फत पठाई दिन अनुरोध गरेको छु ।’ प्रमुख राईले भने । अब केही दिन सम्म खाद्यन्न लगायतका सामाग्रीको व्यवस्था नहुने हो भने गाउँमा ठूलै संकट आईपर्ने उनले बताए ।

यो वर्ष निकै ठूलो विपत्ति आईपरेको ताम्लिछाका हरी दाहालले भने ।‘ कहिलै नसोचेको नदेखेको देख्न पाईयो । सरर गाडी हिड्ने बाटोको कुनै नामो निसाना समेत छैन ।’ उनले भने । गाउँभरी जताततै अभावै अभाब छ ।’उनले भने ।
गाउँपालिकाले लाखौ खर्च गरेर यस वर्ष बनाएको चुनौटे–चौलाने–बुईपा हिम्मा खण्डको झण्डै २० किलोमिटर बाटोको नामो निशाना छैन । पहिरोले पूरै बगाएर बाटोको स्वरुप नै परिवर्तन गरेको छ ।

लिम्च्ङबुङसँगै जोडिएको ताप्ली गाउँपालिकाको अवस्था पनि उस्तै छ । बाटो बन्द भएपछि सबै चिजको अभाव हुन पुगेको ताप्लीका अध्यक्ष उद्धब सिंह थापाले बताए । उक्त गाउँपालिकाका ठाँनागाउँ, ईनामे, ओख्ले लेखगाउँ र रुपाटारमा असार दोश्रो हप्तासम्म साना, ठूला सवारी साधन चल्थे । व्यापार व्यावसाय फस्टाएको थियो । स्थानीय अवातजावतको लागि सवारी साधन प्रयोग गर्थे तर अहिले अवस्था फरक छ

‘ गाडीको त कुरै छाडी दिऊ हिड्न समेत ग्राह्रो छ ।’ रुपाटार कटहरेका शिक्षक केदार राशकोटीले भने । हिड्ने बाटो छैन गाउँमा कतैबाट अन्नपात भित्रिएको छैन । बाटो लामो समय खुलेन भने गाउँमा खाने समस्या हुन्छ ।’ उनले भने ।
ग्रामीण भेगका क्षतिग्रस्त बाटो खुलाउन गाउँपालिकाले आफनै स्काभेटर प्रयोगगरि रहेको भएपनि तत्काल बाटो खुल्न निकै कठिन रहेको लिम्चुङबुङका अध्यक्ष राईले भने ।‘

महिनौ भन्दा बढी समय लाग्छ र बाटो पूरै मर्मत संभारगरि पहिलेको अवस्थामा ल्याउन करौडौ रुपैया खर्च हुन्छ ।’ उनले भने । तर गाउँपालिकासँग त्यत्रो बजेट नभएकोले बाटो मर्मत संभारमा संघिय सरकारकै मुख ताक्नु पर्ने अवस्था रहेको उनले बताए ।



काठमाण्डौ साउन ९ गते । रातो तारा डट कम,बारामा नक्कली सवारी चालक अनुमतीपत्र बनाएर बिक्री गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ३१ वर्षका दीपक अर्याल रहेका प्रहरीले जनाएकोछ । स्थानीयलाई झुक्याएर ‘स्मार्ट लाईसेन्स’ बिक्री गरेको पाएपछि उनलाई बाराको जीतपुर बजारबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । ‘अर्यालले ‘हेबी’ सवारी चाकलसँग प्रतिब्यक्ति ५० हजार र ‘लाईट’ सवारी चालकसँग प्रतिब्यक्ति १० हजार रुपायाँ लिएर स्थानीय १० देखि १२ जनालाई ठगी गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । पाँच थान नक्कली सवारी चालक अनुमतिपत्र र सवारी चालक अनुमती पत्र लिन बुझाएको रसिद भरपाईसहित पक्राउ परेका उनीबिरुद्ध लिखत कीर्ते अभियोगको मुद्दा दर्ता गरिएकोछ । 


काठमाण्डौ साउन ९ गते । रातो तारा डट कम,सरकारले तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्राङ्कित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ । गएको साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाएको हो । अव सरकारले खानेपानी मन्त्रालयअन्तर्गत दुइ सय १३ जना, बन मन्त्रालय अन्तर्गत ५० र श्रम मन्त्रालयअन्र्तगत सात सय २६ जना अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । 



बिराटनगर । रातो तारा डट कम,रंगेलीको आमतोला तान्सेन शर्माका नाममा तीन सय बिगाहा जमिन रहेको तर हदबन्दीमा परेकाले सो जग्गा सरकारले छिटो लिएर जग्गा धनिले कतिपाउने हुन छुट्याइ दिन सरकार संग तान्सेनका छोरा बिनोद शर्माले बिराटनगरमा पत्रकार सम्मेलन गरेर माग गरेका छन। 

कहिले रगेली मेयरले जग्गा हडपेको खवर आउँछ त कहिले नक्कली मोहि र भु माफिया धमक्याउदै जमिन, जमिन्दार सन्जय शर्मालाई माग गर्ने दुखदिने गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन । 

बिवाद-रंगेली नगरपालिकाको न्यायिक समितिले दुई बिगाहामा मोहियानी भएकालाई गलत नियत राखेर ९ बिगाहा जोत्नपाउने निर्णय सुनाए पछि बिवाद चुलिएको वताइन्छ।


काठमाडौँ । रातो तारा डट कम,सीमावर्ती क्षेत्र भारत विहारको मधुवनीमा ‘असामान्य’ लाग्ने एउटा ढुंगा आकाशबाट खसेको स्थानीयबासीले बताएका छन् ।

त्यस क्षेत्रमा आकाशबाट करिब १० किलोको ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको छ। मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन् । सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन् । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

हिन्दूस्तान दैनिकका स्थानीय संवाददाता रोशन कुमारले सोमबार नेपाली समयअनुसार मध्यान्ह १२ बजेर १५ मिनेटमा ढुंगा खसेको बताए । ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो ।

खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए । धुवाँ बन्द भएपछि श्रवण यादव नाउँका एक मजदूरले आकाशबाट खसेको वस्तु ढुंगा भएको थाहा पाए ।

ढुंगा ५ फिट माटोमा भासिएको थियो । घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारी पनि घटनास्थल पुगेका थिए ।

अहिले सो ढुंगालाई प्रहरीले राखेको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए ।

जीवनमा यस्तो ढुंगा आफूले कहिले नदेखेको महराज महेश ठाकुर कलेज दरभंगाका प्राध्यापक चन्द्रमोहन झा पडवाले बताए । ढुंगा खसेको जानकारी पाउनसाथ आफू ढुंगा रहेको क्षेत्रमा गएको उनले बताए ।

मधुवन्नीमा रहेका सरकारी क्याम्पसका भूगोल विभागका अध्यक्ष डा। शशी भूषण प्रसादका अनुसार यो समान्य ढुंगा होइन । यति ठूलो, त्यसमा पनि चुम्बकीय गुण हुनुले ढुंगालाई असामान्य देखाएको उनको भनाइ छ । यो ढुंगालाई अनुसन्धानका लागि दिल्ली प्रयोगशालामा पठाउन उनले अधिकारीहरुसँग माग गरे ।

बीआरए विश्वविद्यालय भौतिक विभागका विभागाध्यक्ष डा। विजय कुमारले म्याग्नेटिक प्रपर्टी हुनसक्ने बताए ।
साभार एभरेस्ट पाटी


सुनसरी साउन ८ गते । रातो तारा डट कम,सुनसरीको ईटहरी उपमहानगरपालिका(२ स्थित हलगढामा रहेको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।

होटलमा पैसाको बाजी थापी अवैध जुवा तास भई रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले सुनसरीको ईटहरी उपमहानगरपालिका २ बस्ने वर्ष ४८ को डोमी चौधरी, वर्ष ४५ को झलक बहादुर कार्की, वर्ष ३७ को अनिल तामाङ, वर्ष ५८ को गोपाल निरौला, सोही उपमहानगरपालिका ४ बस्ने वर्ष ३६ को बिदुर मिश्र र सोही उपमहानगरपालिका ५ बस्ने वर्ष २६ को मुकुन्द काफ्ले समेतलाई पक्राउ गरेको छ ।

प्रहरीले तास खेलेको ठाउबाट ३५ हजार ८ सय ८० नगद, क्याल्कुलेटर, तास १६२ पत्ती बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई नै ईलाका प्रहरी कार्यालय ईटहरीमा  राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


बिराटनगर साउन ७ गते । रातो तारा डट कम,काठमाडौ बाट कुनै पत्र पत्रिका कतिखेर आउँछ भनेर मानिस रूगेर बसिरहन्थे तर आज समय अर्कै पो भएछ। अनलाइनले खाएछ कि के हो।

गोपमा सरकारले राजनिती भर्ती केन्द्र बनाए पछि डुब नैपो थालेछ। बिराटनगरमा आज ४ बजे तिर आजै ७ गतेको गोप सटिङ गरिहेको देखेर कुरा गर्दा-बिराटनगरमा गोप कति आउँछ थाहाछ भन्न लाजैलसग्छ भन्दिन । चित्र हेरेर .......

कार्यलयमा दुई हाकि कर्मचारी काम के ???? प्रश्न  जे होस अनलाइन ले पत्रपत्रिका खाएछ भन्न सकिन्छ ।
बिराटनगरमा२५ पत्रपत्रिका पसल मध्ये अब ४ मात्र छन रे तर
कान्तिपुर गोप जस्ता पत्रिका जसरि ल्याइदियो त्यसरिनै बेलुका हटाउनुपर्छ रे । पत्रि बिकनै छोडो रे । हो कि होइन  थाहा छैन।


विराटनगर साउन ७ गते । रातो तारा डट कम, पाँचौ संस्करणको महिला साफ फुटबलको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई १ नम्बर प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । फागुन २८ देखि चैत ८ सम्म विराटनगरको सहिद मैदानमा भएको पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिम उपविजेता भएको थियो ।

विराटनगरमा मंगलबार एक  कार्यक्रम आयोजना गरेर प्रदेश सरकारले साफ उपविजेता टोलीलाई जनही १÷१ लाख रुपैयाँ नगदले सम्मानित गरेको हो । सम्मानित हुनेमा २० खेलाडी, प्रशिक्षक र अफिसियल रहेका छन् ।

सम्मानित हुने खेलाडीहरूलाई प्रमाण पत्र र नगदसहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान गरेका थिए । सम्मान  कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई प्रदेशसरकारले उच्च प्राथामिकता राखेर अगाडी बढेकोबताए।

अन्य प्रदेशको तुलनामा प्रदेश १ ले खेलकदु क्षेत्रमा सबैभन्दा बढी बजेट बिनायोजन गरेको जानकारी दिदै उनले फुटबलको माध्यमबाट खेल क्षेत्रको विकास गरेर अगाडी बढने बताए


मोरङ साउन ७ गते । रातो तारा डट कम,विराटनगरस्थित ग्रेडेड बोडिङ स्कूलमा निःशुल्क आँखा र कानको स्वास्थ्य शिविर आयोजना गरेको छ  । स्कूल परिसरमा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरेको स्कूलले जनाएके छ ।

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ग्रेडेड स्कूलका ५ सय भन्दा बढी विद्यार्थीले आँखा र कानको परिक्षण गरेका थिए  ।

स्कूलले सोमबार पनि स्कूल परिसरमा निःशुल्क दत्त परिक्षण शिविर आयोजना गरेको थियो  । उक्त शिवरमा २ सय बढीले दातको परिक्षण गराएका स्कूलले जनाएको छ 


गोपाल काफ्ले -मोरङ साउन ७  गते । रातो तारा डट कम पथरी र पथरीशनिश्चरे नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेलाई लागेको आरोप प्रति सत्यतथ्य छानविन समिती गठन भएको ७ महिना बित्दापनि छानविन समितिको प्रतिबेदन सार्वजनिक भएको छैन ।

आर्किटेक इन्जिनियर क्षेत्री बिरुद्ध २०७५ मंसिर २५ गते सेवाग्राहिले काममा ढिलाई, सेवाग्राहीको घरनक्सा पासको धरैती फिर्ता गर्न आलटाल र विभिन्न  कन्सल्टेन्सी मार्फतको काममा ठिलासुस्ती गरेको भन्दै पत्रकार संमेलन गरेका थिए । इन्जिनियर क्षेत्रिले कार्यलयमा आफ्नो कर्मचारी राख्दै सेवाग्राही र कन्सल्टेन्सीलाई दुख दिएको भन्दै छानबिन गरि कारवाहिगरि पाउँ भनि हस्ताक्षर सहित नगर प्रमुखलाई उजुरी नै गरेका थिए ।

बिबादित बनेका क्षेत्रिको विषयमा नगरले तत्कालै छानविन समिती बनाई एक हप्तामा प्रतिबेदन पेस गर्ने निदेशन गरेको थियो । नगर प्रबक्ता तथा वडा नं. २ का वडाध्यक्ष यम प्रसाद गुरगाई, १ का वडाध्यक्ष बाबुराम एङदेन, ४ का वडाध्यक्ष गोबिन्द भण्डारी र ८ का वडाध्यक्ष बाबुराम दाहाल सहितको समितीले समय नपुगेको भन्दै ३ पटक समय थप गरि माघ १७ गते  नगर प्रमुख दिलिप कुमार राईलाई प्रतिबेदन बुझाएको नगर प्रबक्ता याम प्रसाद गुरगाई बताए ।

समिती म्याद थप्दै बुझाएको प्रतिबेदन सार्वजनिक नगरी आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेलाई नगरले जोगाउर्दै आएको छ । संचार माध्यममा पटक पटक क्षेत्रिको बिषयमा समचार आए पनि छानबिन समिती बनाउने अनि प्रतिबेदन थन्काएर नगरले जनताको आँखामा छारो हाल्न खोजेको ७ महिना सम्म नखोलिएको प्रतिबेदनले सार्वजनिक गर्छ ।

छानबिन समिती बने पनि आर्किटेक इन्जिनियर क्षेत्री प्रतिबेदन नबुझाए सम्म  नगरको काम गरि रहे । आर्किटेक इन्जिनियरको गतिविधिलाई छानविन हेर्ने हो भने इन्जिनियरको कार्यकक्षमा भएको सिसिटिभिको फुटेज, कुन घर कुन इन्जिनियरले नक्सा कोरेको, उनि नियुक्ती भए पछिका कुन कन्सल्टेन्सी द्धारा सिफारि भएको र हाल १ नम्वर वडामा निमाण भएका घरहरु मापदण्ड समत छ छैन भन्ने कुराले प्रस्ट दर्साउछ ।

नगरको आर्किटेक इन्जिनियर भएर इन्जिनियर क्षेत्रिले अफिस नै राखेर कन्सल्टेन्सी संचालन गरेका र त्यस पछि झोलामा काम गर्ने गरेको पत्रकार सम्मेलनमा आरोप लागेको थियो । जतिखेर इन्जिनियर क्षेत्रिले महिनाको ढेड लाख सम्म आर्जन गर्ने उनकै कन्सल्टेन्सीमा महिनावारी तलब खाएर काम गर्ने विजय धिमालले बताएका थिए । “ढिलो मात्र भएको हो, उति खेरपनि सेवा ग्राहीमा उतिकै समस्या आएको थियो” धिमाल बताउँछन् ।

क्षेत्रिको विषयमा प्रतिबेदन आएको र उक्त प्रतिबेदन अक्तीयारले माग गरे पछि अख्तियारलाई पठाएको हालका नगरपालिकाका प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमलाले बताए । धमलाले भने अक्तीयारमा परे पछि अख्तियारले जे गछा नगरको निर्णनय त्यहि हुने बताए ।

उक्त समयका नगरपालिकाका प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले छानविन समितिले ल्याएको निर्णय नै अन्तिम हुने बताउर्दै आएका थिए । नगरको कर्मचारी गलत भए कार्यबाही गरिने छ । यदि कल्सेन्टेन्सीहरु गलत भए कालो सुचिमा राखिने उनले बताए ।

यता पिडित कन्सल्टेन्सीहरुले नगरपालिकामा प्रमुख दिलिप कुमार राई र न्यायिक समितीमा उप प्रमुख यमुना बिष्ट बास्तोलालाई समेत निबेदन दिएका थिए ।

सो विषयमा छानविन समितीले ल्याएको प्रतिबेदनले केहि नबोलेको र पत्रकार सम्मेलनमा बोल्ने पडित सेवाग्राहीलाई ल्याउन कन्सल्टेन्सीलाई भन्दा नआएकाले प्रतिबेदन सार्वजनिक गर्नुको औचित्य नरहेको नगर प्रमुख दिलिप कुमार राईले बताए । नगर प्रमुख राईले भने उक्त विषयमा अख्तियारको समेत चासो रहेको र प्रतिबेदन बुझेपछि अख्तियार मैन बसेकाले केहि निर्णनय अघि नबढेको बताए ।

क्षेत्रिको कार्यसैली बिरुद्ध नगरका सबै कर्मचारीले पेन डाउन समेत गरेका थिए ।  एल जि सि डी मार्फत पथरीशनिश्चरे नगरमा जागिर खाएका क्षेत्रिको कार्यअवधी सकिए पछि नगरले जागिर नथपे पछि जागिर छोड्नु परेको थियो ।

जनप्रतिनिधी आए पछि उनि पुर्ण जागिरमा आए तर उनको कार्यसैली ठिक नभएको भन्दै कल्सेन्टेन्सीहरुले प्रसासनीक कार्यकारी अधिकृत पुरुश्वतम घिमिरेले र प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमलाई दुई पटक नगरमा निबेदन दिइसकेका छन । तर नगर भने उक्त विषयमा आधिकारीक प्रमाणहरु नभएको भन्दै पन्छीने गरेको छ । जस्ले गर्दा आरोप लागेका क्षेत्रि दोसि हुन वा निर्दोश हुन सफाई भएको छैन् । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.