Websoft University
Articles by "कला /साहित्य"


काठमाडौं २०८३ साल बैशाख १ गते |
 नेपाली भाषा, साहित्य तथा स्रष्टाहरूको सम्मान र प्रवर्द्धन गर्ने उद्देश्यले “राष्ट्रिय नेपाली साहित्य अवार्ड” आयोजना गरिने भएको छ। अवार्डको आयोजना रेस्पोन्सिभ मिडिया प्रा.लि. ले गर्ने भएको हो।

आयोजक संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै नेपाली साहित्य क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने लक्ष्य राखिएको जनाएको छ। साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्दै नयाँ प्रतिभा पहिचान र पुराना स्रष्टाहरूको योगदानको कदर गर्ने मुख्य उद्देश्य रहेको बताइएको छ।

अवार्डमा कविता, कथा, उपन्यास, गजल, निबन्ध, समालोचना लगायत विभिन्न विधामा उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गरिनेछ। साथै, जीवनभर साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड” समेत प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार अवार्डका लागि आवेदन तथा मनोनयन प्रक्रिया चाँडै सार्वजनिक गरिनेछ। छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन विज्ञहरूको निर्णायक मण्डल गठन गरिने जानकारी दिइएको छ।

यस अवार्डले नेपाली साहित्यको विकास, संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रम काठमाडौंमा भव्य रूपमा आयोजना गर्ने तयारी भइरहेको आयोजक  रेस्पोन्सिभ मिडिया प्रा.लि.ले जनाएको छ।


राजेश दिदिया-
भक्तपुर । उमेरले नब्बेकोहाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशकादुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आउनुभएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उहाँका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन भएको हो ।

भक्तपुरको दूधपाटीस्थित तिशा इन रेस्टुरेन्टमा तिशा ट्रस्टले आयोजना गरेको एक कार्यक्रमबिच लेखक तिलक प्रकाशका दुई कृतिहरू ‘मेरो कथा, मेरो व्यथा’ र ‘तिलक प्रकाशका कृतिहरूका भूमिका’ नामक दुई कृति विमोचन क्रमशः पूर्व सभामुख दमननाथ ढुङ्गाना र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले गर्नुभएको हो  ।

कार्यक्रममा पूर्व सभामुख ढुङ्गानाले नेपालको राजनीतिक क्षेत्रमा तिलक प्रकाशको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक रूपमा निष्ठा वान व्यक्ति भएर पनि छलछामको राजनीति गर्न नजान्दा पछि परेको उल्लेख गर्दै साहित्यिक कर्मले तिलक प्रकाशको छवि उच्च बनेको चर्चा गर्नुभयो  ।

उहाँले साहित्यका र तिलक प्रकाशको जीवनका साथै विभिन्न लेख र विचारहरूबाट वर्तमान राजनीतिक व्यक्तिहरूले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको राजनीतिमा इमान हराउँदै जाँदा राजनीतिप्रति नै नयाँ पुस्ताको वितृष्णा बढिरहेको कारण राजनीतिक दलका नेताहरू सुध्रिनुपर्ने चर्चा गर्नुभएको थियो  ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् साहित्यकार विमल निभाले लेखक तिलक प्रकाशको साहित्य उँचो रहेको बताउनुभयो । उहाँले तिलक प्रकाशलाई राजनीतिले भन्दा साहित्यले परिचित बनाएको उल्लेख गर्दै उहाँको नवीनतम कृतिका साथै वीर ग्रन्थ नामक पुस्तकबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गर्नुभयो । उहाँले लेखक तिलक प्रकाशमा राजनीतिक मात्र नभएर ऐतिहासिक चेत समेत रहेकाले वीरहरूको जीवनी लेखन गरेर नेपाली साहित्यमा ठुलो योगदान दिएको जनाउनुभएको थियो ।

कार्यक्रममा अर्का लेखक एवम् चिन्तक ओमचरण अमात्यले लेखक तिलक प्रकाशको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै आफ्नो पुस्तकमार्फत जनाएको अभिव्यक्तिप्रति राजनीतिक दलहरू र नेपालीहरू सचेत हुनुपर्ने जनाउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी सन्जिब दुलाललाई तिशा इनले लेखन वृत्ति समेत प्रदान गरेको थियो । तिशा इनले हरेक वर्ष भक्तपुरको कला, साहित्य, संस्कृति, लेखन विधामा क्रियाशील व्यक्ति तथा सङ्घसंस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ । सोही सिलसिलामा यस वर्ष पत्रकार दुलाललाई नगद पचास हजार पाँच रुपैयाँ प्रदान गरिएको तिशा इनका सञ्चालक प्रशान्त कायस्थले बताउनुभयो ।

कार्यक्रममा लेखक तिलक प्रकाशले आफूले जीवनमा भोगेका, अनुभव गरेका विषयहरूलाई समावेश गरी आत्मवृत्तान्त लेखेको बताउनुभयो । कार्यक्रममा उहाँले सो पुस्तकका साथै अन्य पुस्तकहरू प्रकाशनमा सहयोग गर्ने अगिब बनेपानी र सुमि बनेपालीलाई सम्मान गर्नुभएको थियो  ।
कार्यक्रममा तिशा ट्रस्टका रन्जन कायस्थले पुस्तक प्रकाशन गर्नुको कारणबारे उल्लेख गर्दै आगामी दिनमा पनि विभिन्न साहित्यिक गतिविधि गर्ने बताउनुभयो ।

८९ वर्षीय लेखक एवं साहित्यकार तिलक प्रकाशका ८ वटा नेपाल भाषाका र ८ वटा नेपाली भाषाका विभिन्न पुस्तकहरू प्रकाशन भई सकेका छन् । हालका दिनमा समेत दैनिक १८ घण्टा सम्म पुस्तकमा नै रमाउने कायस्थका प्रकाशित कृतिहरूमा योमरी उक्ति सङ्ग्रह, धनमाया लघु खण्डकाव्य, यौन ज्ञान मनोविज्ञान, नगःजः निबन्ध सङ्ग्रह, ख्ववि झसुका शोक काव्य, वयागु हाथ्या कथा सङ्ग्रह, उत्सर्ग कविता सङ्ग्रह, परिवार नियोजन के हो किन कसरी , यौन ज्ञान मनो विज्ञान, शारदा शोक काव्य, लक्ष्मण रेखा निबन्ध सङ्ग्रह, झुक्न नजानेको राष्ट्रवादी नेता बिपी कोइराला, वीर ग्रन्थ ६० सपूतहरूको गाथा लगायतका पुस्तक प्रकाशन भई सकेका छन् । दैनिक जसो कलम कापीलाई नै साथी बनाएर बस्ने तिलक प्रकाशका दैनिक पत्रपत्रिका तथा विभिन्न अन्य पुस्तक तथा जर्नल एवं पत्रपत्रिकामा लेख रचनाहरू प्रकाशित हुँदै आएका छन् । 


काठमाडौं कातिक २७ गते | रातो तारा डट कम,भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने हुनुभएको छ । उहाँ दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आउन लाग्नुभएको हो ।

आउँदो मंसिर ९ गते सुरु हुने महोत्सवको उदघाटनमा विशेष अतिथिको रुपमा आयोजक मण्डला थिएटरले रंगमञ्च र चलचित्रमा सुप्रशिद्ध अभिनेत्री आजमीलाई आमन्त्रण गरेको हो । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा उहाँले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ पनि दिनुहुने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले जनाउनुभएको छ ।

मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ । साथै अभिनेत्री शबाना आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटभि आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्नुहुने महोत्सवकी संयोजक विजयाकार्कीलेबताउनुभयो । 

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरु मध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाउनुभएको छ । विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषणबाट सम्मान गरेको थियो । 

मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।


काठमाडौं,२१ कार्तिक । रातो तारा डट कम,अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनकी प्रेमीकाको रुपमा देखिदैछिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी । आर्यन र उपासना पहिलोपटक संगै अभिनीत ‘डिसेम्बर फल्स’ बर्षकै प्रतिक्षित फिल्मका रुपमा रहेको छ । पुस १५ गते देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ‘चार घण्टा कुरेको’ बोलको प्रेमील गीतको हालै छायांकन सम्पन्न भएको छ ।

भक्तपुर दरबार स्क्वायरमा भब्य सेट निर्माण गरि चार दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासनालाई कोरियोग्राफर रामजी लामीछानेले निकै रोमान्टिक रुपमा प्रस्तुत गरेको बताइन्छ । दीपक शर्माको शब्द र संगीत रहेको गीत निशान भट्टराई र मेलिना राईले गाएका हुन् ।


भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई युवानिर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो । दुई साताअघि सार्वजनीक फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको फिल्मको टिजर केही दिनमै दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ ।

आर्यन,उपासना,सुमन थापा,नरेश भट्टराईका साथमा सलोन बस्नेत,शिबहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । रामप्रसाद रिजालको प्रस्तुति,लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । बिपीका खनालको कथा,केदार भुसाल र प्रतिक पौडेलको पटकथा÷सम्वाद रहेको फिल्म बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् ।


विराटनगर कातिक ८ गते | रातो तारा डट कम, विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गरेको छ ।

चितवनमा आयोजित कार्यक्रममा पत्रकारसमेत रहेका नवोदितलाई परिषद्ले १५ हजार ४५ रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरेको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा भाषाविद् प्रा.डा. चूडामणि बन्धु, अग्रज साहित्यकार गोविन्दराज विनोदी, आयोजक संस्थाका अध्यक्ष केदारनाथ खनाल, निवर्तमान अध्यक्ष सुरेन्द्र अस्तफललगायतले दोसल्ला संयुक्त रुपमा दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितासँगै साहित्यमा सक्रिय नवोदितको ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’ गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । नेपाल सरकारले युवा स्रष्टालाई दिने सबैभन्दा प्रतिष्ठित पुरस्कार युवावर्ष मोती पुरस्कारबाट समेत सम्मानित भइसकेका नवोदित पत्रकारितामा समेत सक्रिय छन् । सो अवसरमा नवोदितले ‘रिटायर्ड जिन्दगी’, ‘बा हुनुको अर्थ’ र ‘छुटी जानेहरू’ शीर्षकका कविता वाचन गरेका थिए ।

२०७३ सालबाट निरन्तर रूपमा प्रदान गर्दै आएको सो पुरस्कार चिसापले यसभन्दा अघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदन, विश्वनाथ अधिकारी, विमल वैद्यलाई प्रदान गरिसकेको छ । पुरस्कारको स्थापना सरस्वती रिजाल र स्वर्गीय उपेन्द्र रिजालले आफ्ना दिवंगत मातापिताको नाममा स्थापना गरेका हुन् ।


विराटनगर कातिक ५ गते | रातो तारा डट कम, विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ ।

शनिबार परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको हो । १५ हजार राशि र सम्मानपत्र रहेको सो पुरस्कार कवि नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले जनाएको छ ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितासँगै साहित्यमा सक्रिय नवोदितको ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’ गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । नेपाल सरकारले युवा स्रष्टालाई दिने सबैभन्दा प्रतिष्ठित पुरस्कार युवावर्ष मोती पुरस्कारबाट समेत सम्मानित भइसकेका नवोदित पत्रकारितामा समेत सक्रिय छन् ।

२०७३ सालबाट निरन्तर रूपमा प्रदान गर्दै आएको सो पुरस्कार चिसापले यसभन्दा अघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदन, विश्वनाथ अधिकारी, विमल वैद्यलाई प्रदान गरिसकेको छ । पुरस्कारको स्थापना सरस्वती रिजाल र स्वर्गीय उपेन्द्र रिजालले आफ्ना दिवंगत मातापिताको नाममा स्थापना गरेका हुन् । घोषित पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर यही कात्तिक ७ गते सोमबार चितवनमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने परिषद् अध्यक्ष केदारनाथ खनालले जानकारी दिए ।


काठमाडौं ३१ असोज । रातो तारा डट कम,चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदै गरेको तिहार सकिए लगतै कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘मीलन’को सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको यो चलचित्रको सार्वजनिक तीन मिनेट लामो ट्रेलर अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँगको प्रेम र बिछोडमा केन्द्रित छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिएको ‘मीलन’मा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशोल पहाडीको मुख्य भूमिका रहेको छ । यसै चलचित्रबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् ।

कार्यक्रममा अभिनेता सलोनले आफूले काम गरेका राम्रा र आफूलाई निकै मन परेको चलचित्रहरु मध्ये ‘मीलन’ पनि पर्ने बताए । उनले नेपालमा कोभिड १९ को महामारी कम हुँन थालेपछि डरका बिच नै काम थालनी गरेको भन्दै अनुभव साटे । साथै अन्य चलचित्र जसरी नै यस चलचित्रलाई पनि सबैले माया गरिदिन आग्रह गरे । 
नव अभिनेता कुशल शाह ठकुरीले आफूलाई विश्वास गरेर चलचित्रमा काम गर्ने अवसर प्रदान गरेकोमा निर्माता प्रविन थापालाई धन्यवाद दिए । उनले आफूले ठुलो पर्दाका लागी पहिलो अनुभव भएको र धेरै कुरा सिक्ने मौका पाएको बताए । साथै नवअभिनेत्री शिल्पा थापाले पनि चलचित्र ‘मीलन’बाट धेरै कुरा सिक्ने मौका पाएको बताइन् । अर्का मुख्य कलाकार शिशिर बाङ्ग्देलले चलचित्रको अनुभव साटे । चलचित्रमा धेरै नयाँ कलाकार भएपनि चलचित्र निकै राम्रो बनेको उनले बताए ।
चलचित्रका निर्देशक टेक पौरखी राईले निर्देशन गरेको यो तेस्रो चलचित्र हो । यसअघि उनले ‘मट्टी माला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । निर्देशक राईले यसअघिका चलचित्र जस्तै ‘मीलन’लाई पनि सबैले माया गरिदिने विश्वास ब्यक्त गरे । साथै केहि समय अघि केहि बिशेष ब्यक्तिहरुलाई चलचित्र देखाएको र राम्रो प्रतिक्रिया आएको भन्दै उत्साह बढेको बताए । 
चलचित्रका निर्माता प्रविन थापाले बिशेष गरी युवापुस्ताका लागी मन पर्ने चलचित्र निर्माण गरेको जानकारी दिए । उनले चलचित्र निर्माणमा आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् । 

कार्यक्रममा अतिथिको रुपमा उपस्थित निर्देशक तथा कलाकार शोभित बस्नेतले आफूले चलचित्र हेर्ने मौका पाइसकेको र निकै राम्रो बनेको भन्दै तारिफ गरे । साथै कलाकार जय किशन बस्नेत र राजनितिज्ञ पुन्य गौतमले पनि चलचित्रको ट्रेलर हेरिसकेपछि खुलेरै प्रशंसा गरे । चलचित्रको ट्रेलर ‘टाकुरा फिल्मस्’को युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

चलचित्रको निर्माण टिमले यसअघि पोष्टर र गीत सार्वजनिक गरिसकेको छ । चलचित्रमा जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । 
काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्र राहुल राईको छायांकन रहेको छ भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।


धरान।रातो तारा डट कम, दशैँ - तिहारको बिचको समय पारी आयोजना गरिएको  चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२  गत असोज २९ गते शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ। 

उक्त कन्सर्टमा अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै  धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु,  धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र  भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुको समेत प्रस्तुति दिएकी थिईन ।


गायिका मेलीना राईले  कम्मरमाथि पटुकी, कुटुमा कुटु , शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान , माया बिरानी , तिमीले बाटो फेर्यो हरे,नाच फिरिरी,कसरी–कसरी ,रातो टिका निधारमा जस्ता आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरंजन दिंदै कन्सर्टलाई समापन गरेका थिए  । उनको नृत्य संगै गीत प्रस्तुतिमा दर्शकहरुले  उत्तिकै आनन्द लिएको देखिन्थ्यो    त्यस्तै डिल्ली फोम्बोले  तिम्रो लागि, माईली, तिम्रो सुन्दरता  ,म माया लाउँदिन,आउछु म भनेर , कलिलो तामालाई लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई आफ्नो भरपुर प्रतिभा प्रदर्शन गरेका थिए।   उनलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ् दिएका थिए । त्यसैगरी सुनिता थेगीमले  बिनायो कंगकंग लोकगीत संगै बाबरी चलचित्रको हिट गीत चुलबुल चुलबुल तिम्रो बानी,आँखामा आउने सपनी र तिम्रो मुटु पनि लगायतका गीतहरु प्रस्तुत गरेका थिए भने

अहिले चलिरहेको लोकप्रिय रियालिटी शो भोइस अफ नेपाल–४ कि चर्चित प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले ू आजभोली तिमीले हिडनेबाटो मोडयौ र हिउँदोको घाम जसतै लगायतका गीत गाएर दर्शकलाई मननोरञ्जन प्रदान गरेकी थिईन । गायक शुक्रराज लिम्बुले समेत आफ्नो चर्चित गीत तिम्रो कसम , मान्छे लगायतका गीतहरु प्रस्तुत गरेका थिए।  सम्पूर्ण कलाकारहरुलाई बिशेष अतिथि समाजसेवी तथा व्यवसायी त्रिभुवन लुङ्गफुङ्गवाले मायाको चिनो प्रदान गरेका थिए । 

एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्टको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन सम्पन्न भएको उक्त कन्सर्टको मुख्य प्रायोजक बर्डवाइजर बियरसाथै सह ( प्रायोजक रुस्लान भोड्का ,रेड्ब्लु इनर्जी ड्रिंक, डिभाईन वाइन,होटल नवयुग,महेन्द्र एक्वा र बिशेष सहयोग एनएच डीडी स्टुडियो हंगकंग र केन्द्र मोशन पिक्चर्सको रहेको थियो।   सुन्दर साउण्ड सर्भिसको साउण्ड तथा लाइटले भब्यरुपमा सम्पन्न कार्यक्रम संचालन गोबिन राजभण्डारी र ईक्सा मादेनले  गरेका थिए ।


काठमाडौं, ३० असोज| रातो तारा डट कम,
शनिबार बिहानबाट ललितपुरको हिमालय होटलको दुई फरक हलमा सुरु भएको ‘कलिङ साहित्य महोत्सब काठमाडौं’मा आईतबार साँझ सम्पन्न भएको छ । आईतबार विभिन्न २० वटा शिर्षक र सेसनमा बहसहुँदै महोत्सब सम्पन्न भएको हो । आईतबार यो महोत्सब काव्य मय भयो । २० मध्य आधा दर्जन सेसनमा विभिन्न श्रष्टाहरुले आफ्ना कविता, गजल प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुल्याए ।

आईतबार बिहानको दुबै सेसन कवितामय भएको थियो । त्यसपछि साँझको दुई सो काव्यमय बन्यो । एउटा सेसनमा कवि बसन्त चौधरीले आफ्ना कविताबाट दर्शकको मन जिते भने अको सेसनमा विभिन्न गजलकारहरुले महफिल जमाए । विहानी पखको अर्को सेसन पनि कवितामा केन्द्रित थियो । दिउँसोको एउटा सेसनमा त अँग्रेजी कवितासमेत यो महोत्सबमा सुन्न पाईयो । 
यस अघि एक दशकदेखि भारतमा आयोजना हुँदै आएको यो महोत्सको ११ औं संस्करण अन्तराष्ट्रिय महोत्सबको रुपमा यसपटक नेपालमा भएको हो । महोत्सब निकै राम्रो भएको बक्ताहरुले कार्यक्रममा बताए । जसमा भारतबाट ६० भन्दा बढी साहित्यकार बाँकी नेपालका गरेर ३०० भन्दा बढी साहित्यकार सहभागी थिए । अर्को वर्ष पनि आफुहरुले यो महोत्सबलाई काठमाडौंमा गर्न सक्ने महोत्सबका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले बताए ।
यसरी विभिन्न शिर्षका २० वटा बहस सेसनसँगै आईतबार बेलुकाबाट कलिङ साहित्य महोत्सब काठमाडौं सकिएको हो । यो महोत्सबमा शुक्रबार विभिन्न १८ वटा शिर्षकमा १९ सेसन बहस भएको थियो । आईतबार २० गरी ३८ सेसनमा साहित्यिक बहस यसपटक भयो । 
 
आईतबार बहिनको सेसनमा भारतका अग्रज अशोक वाजपेयी सहित भारतीय कवि अरुण कमल, गगन गिल, भ्योमेश शुक्ला नेपाली कविहरु दिनेश अधिकारी, अशेष मल्ल, बसन्त चौधरीलगायतले आफ्नो चर्चित कविता सुनाए । बिनित कुमार यो शेसनको सुत्रधार थिए । अर्को हलमा सोही समय अर्को काव्य कार्यक्रम भएको थियो । जसमा श्रवण मुकारुङ, सिमा आभास, सन्ध्या पहाडी, गीता कार्की, मोमिला बस्नेत, टंक उप्रेती, प्रोलास सिन्धुलिया, मधु पाठक लगायतले कविता सुनाए ।
निवन्धकार कुमारी लामाले चुनौती धेरै भए पनि लेख्न नछाड्न महिला लेखकहरुलाई अनुरोध गरिन् । लेखनमा महिलाहरुको चुनौती र भविष्यबारे बहसमा उनले यसो भनेकी हुन् । सगुन शाहले सञ्चालन गरेको यो कार्यक्रममा सवित्री कक्षपतिले बिगतमा भन्दा अहिले महिलाहरुलाई लेखनमा लाग्न निकै सहज भएको बताईन् । 
नेपालका लागि भारतका पूर्व राजदुत रन्जित रेले नेपाल भारतको सम्बन्ध र संस्कृतिबारे प्रकाश पारे । नेपाल भारतको कुटनीतिक तथा अन्य सम्बन्धबारेका सेसनमा उनले नेपालले भारत र बँगलादेशमा उर्जा निर्यात गरेर ठुलो आम्दानी गर्ने पनि उनले बताए ।
सोही क्रममा अर्को हलमा भएको भारत नेपाल कला सम्बन्धिको बहसमा नेपालकी पूर्व कुलपति रागिनी उपाध्याय र भारतीय चित्रकार मनिष पूस्कलेले नेपाल भारतको कला सम्बन्धको बारेमा चर्चा गरे । 
यस्तै पब्लिकेशनको डिजिटल इरा बारेको शेसनमा पनि डिजिटलले पब्लिकेशनमा ल्याएको क्रान्ति र यसको सहजताबारे चर्चा गरियो । अशोक महेश्वरी, सत्यानन्द निरुपम, सृजन मास्केलगायतले यो सेसनमा डिजिटलले पब्लिकेशनमा ल्याएको परिवर्तन र फाईदासँगै यसका असरबारे चर्चा गरे । 
सञ्चारकर्मी युवराज घिमिरे र ओम थान्भीले भारत नेपालको सम्बन्धमा मिडियाको भूमिकाबारेको शेसनमा आफ्ना भनाई राखे । मिडियामा रहेर दुई देशको सम्बन्धको बारे आफुहरुले गरेका कामको अनुभव सुनाउँदै दुई देशको सम्बन्धलाई सुमधुर बनाउन मिडियाको पनि ठुलो हात हुने उनीहरुले जिकिर गरे ।
चलचित्र निर्देशक दीपेन्द्र के खनाल, सुजित बिडारी, सुवर्ण थापा, सम्पदा मल्ललगायतले समाज, साहित्य र सिनेमा शिर्षकको बहस सेसनमा सिनेमा र समाजको सम्बन्धबारे चर्चा गरे ।
गँगन गिल, प्रा.डा. वीना पौडेल, आनन्द निलकन्ठ, कविता सिंहले महिला शसक्तिकरण बारेको शेसनमा नेपाल र भारतका महिलाहरुको अबस्थाबारे चर्चा गरे । विभिन्न कारणले दुई देशका महिलाहरुको अबस्था मिल्ने गरेको उनीहरुको कथन थियो । महोत्सबकी निर्देशक रञ्जना निरौलाले कार्यक्रमको सञ्चालन गरेकी थिईन् ।
नविता श्रीकान्त, ओम थान्भी, तुलसी दिवस, प्रेम प्रधानलगायतले यस्तै भारत र नेपालको अध्यात्म, संस्कृति र साहित्यसम्बन्ध बारेको बहस सेसनमा दुई देशको संस्कृतिसम्बन्धले साहित्य सृजनामा पु¥याएको मद्धतबारे चर्चा गरे । 
महोत्सबमा आईतबारसाँझ कवि बसन्त चौधरीले आफ्नो महफिल जमाए । उनको कविता बाचन कार्यक्रम पनि निकै रोचक भयो । साँझको कलिङ काठमाडौं महफिल सेसनपनि काव्यमय भयो । यसमा पनि विभिन्न गजलमाथि बहससँग गजल प्रस्तुत गरियो । आईतबार दिउँसोको एउटा सेसन अँग्रेजी कवितामय भयो । जसमा दर्जन कविहरुले आफ्ना अँग्रेजी कविता सुनाए ।
यसरी दुई दिनको यो अन्तराष्ट्रिय महोत्सब विभिन्न कार्यक्रम सहित आईतबार बेलुका बाट सम्पन्न भएको छ 


काठमाडौं, २९ असोज | रातो तरा डट कम,
‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ यतीबेला ललितपुरमा भईरहेको छ । यो महोत्सब शनिबार बिहानबाट ललितपुरको हिमालय होटलमा सुरु भएको हो । आईतबार बेलुकासम्म चल्ने महोत्सबको शनिबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, भारतीय बिष्ट कवि अशोक वाजपेयी, संस्कृतिबिद् तुलसी दिवस, बरिष्ट कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दिक्षितलगायतले उद्घाटन गरे । 

उद्घाटन पछि महोत्सबमा दुई वटा छुट्टा छुट्टै हलमा शनिबार विभिन्न विषयमाथि १७ वटा सेसनहरु चल्यो । ती सेसनमा नेपाल र भातरका कवि, आख्यानकार, नाट्यकर्मी, चलचित्रकर्मी, लेखक, भाषाविद्, संस्कृतिविद्हरुले आ आफ्नो विचारहरु व्यक्त गरे । महोत्सबमा आईतबार पनि विहानबाट साँझसम्म विभिन्न विषयमा अन्तरक्रिया तथा अन्य कार्यक्रमहरु सञ्चालन हुने छन् ।
महोत्सबमा नेपाल र भातरका गरेर दुई सय भन्दा बढी बक्ताहरुले विभिन्न सेसनमा आफ्ना विचारहरु राखिरहेका छन् । महोत्सबमा अशोक वाजपेयी, सुधीर चन्द्र, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द निलकण्ठसहित ७० जना भन्दा बढी श्रष्टाहरु सहभागी छन् । उनीहरुले आफ्ना विद्धता पनि अन्तरक्रियामा प्रस्तुत गर्दै आएका छन् ।
उद्घाटन समारोहमा विभिन्न अतिथि श्रष्टाहरुले महोत्सबको प्रभावबारे आफ्ना भनाई राखे । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले हाम्रो विभिन्न सभ्याताहरु लोपहुँदै गएकोमा चिन्ता व्यक्त गरे । एक समयका भारतको सरस्वती नदी सभ्याता लोप भएको उदाहरण दिँदै हाम्रो बागमति सभ्याता जोगाउन उनले आग्रह गरे । यो महोत्सलाई नेपाल र भारतको साहित्य विकाशको लागि कोसेढुँगाको रुपमा आफुले लिएको उपकुलपति गुरुङको कथन थियो । 
अग्रज कवि तथा संस्कृतिविद् तुलसी दिवसले नेपाल भारतको सम्बन्धमा यो महोत्सबले साहित्य, संस्कृति, र कला मार्फत नयाँ आयाम थप्ने बताए । महोत्सबले नेपाल र भारतका साहित्यकारलाई अझ नजिकल्याई थप चिनाउने काम गरेको पनि उनले कार्यक्रममा बताए ।
भारतका बरिष्ट कवि एवम् साहित्यकार अशोक वाजपेयीले हाम्रो साहित्यसँगै भाषा संस्कृति पश्चिमाबाट अतिक्रमण हुँदै आएको बताए । कवि वाजपेयीले साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले साहित्य सृजनामा निरन्तर लाग्न श्रष्टाहरुलाई अनुरोध गरे । उनले साहित्यलाई हरित रुपमा व्याख्या गर्दै यो साहित्यिक महोत्सबले साहित्यकारमा उर्जा थप्ने विश्वास लिएको छु भने । दक्षिण एशियाको भाषा घुलमिल भएर अपभ्रम भएको जनाउँदै ठुलो जमातले बोल्ने भाषाले साना जमातको भाषालाई अतिक्रमण गरेको उनले जिकिर गरे । 
महोत्सबका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले भारतमा दशौं संस्करण पुरा गरेपछि यसपटकबाट अन्तराष्ट्रिय रुपमा आयोजना गरेको हो भने, ‘यसपटक अन्तराष्ट्रिय रुपमा आयोजना गरेर हामीले भारत र नेपालका साहित्यकाहरुलाई एकै थलोमा ल्याएर दुई देशको संस्कृति भाषा साहित्यबारे बहस गरेका छौं । यो सहयोगका लागि नेपालका आयोजक साथीहरुलाई धन्यबाद ज्ञापन गर्दछु ।’ 
कथाकार मायाँ ठकुरी, पत्रकार कनकमणि दिक्षितले पनि महोत्सबले नेपाल भारत दुबै देशको साहित्य क्षेत्रमा टेवा पुग्ने विश्वास सो कार्यक्रममा व्यक्त गरे । महोत्सब निर्देशक रञ्जना निरौलाले यसपटकबाट यो महोत्सब अन्तराष्ट्रिय रुपमा आयोजना भएको कार्यक्रममा बताईन् । यो महोत्सब यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा आयोजना भईरहेको पनि उनले जानकारी गराईन् ।
यो वर्षबाट सुरु भएको यशस्वी सहित्य सम्मान नेपालबाट वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र भारतबाट बरिष्ट कवि अशोक वाजपेयीलाई सो कार्यक्रममा प्रदान गरियो । सम्मानको राशी जनही ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको थियो । हाल विरामी रहेका संस्कृतिविद् सत्यमोहन जोशीको कार्यक्रममा स्वास्थ्यलाभको कामना पनि गरियो । 


पोखरा असोज २४ गते । रातो तारा डट कम, गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभाका अवसरमा पगेनीलाई सो सम्मान प्रदान गर्ने भएको हो ।

पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा साधनारत पगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । यसका अलावा प्रणयवेदका ऋचाहरू ९गजल सङ्ग्रह० र अक्षरभरि अक्षता ९कविता सङ्ग्रह० उनका प्रकाशित कृतिहरू हुन् । तिसको दशकदेखि नै साहित्य साधनामा क्रियाशील प्रकटका चुलेसीमा।।।, वर ढले पीपल एक्लै।।। लगायत दर्जनौँ गीत चर्चित छन् ।

पगेनीलाई गीतकार प्रतिष्ठानले असोज २९ गते शनिबार पोखरामा आफ्नो दोस्रो साधारण सभासँगै सम्मान गर्ने कार्यक्रम रहेको सचिव अनुराग अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले गीतकारहरूको हकहितका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सोही अवसरमा आजीवन सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिने पनि उनको भनाइ छ । २०७७ मा स्थापित प्रतिष्ठानले यसअघि गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन कार्यक्रम सम्पन्न गरेको थियो ।

 

 

            तारा पराजुली,

प्रभातले सप्को खोल्न नभ्याउँदै

दुई-चार धर्का मिरमिरे भुइँमा खस्न नपाउँदै 

गर्भिणी क्षितिजहरू 

चिसो घाम कोरल्छन् 

लाखिएर पल्लो भूखण्ड पुग्छन् 

अपांग शरणार्थी सपनाहरू । 

घामसँगै ओहोरदोहोर गर्ने दिनहरू

त्यो जूनको बलेसी

 झ्याल ढोका छलेर चिहाउने हावाका झोक्काहरू

मौसमका बहार

पिठ्युुँभरी थकाइ थाप्ने चौतारी 

फुर्सदका कल्पना 

फूलको महक 

पालममा तमूल स्वर

खर्कको सेलो

बेठीका सुरम्य 

उत्ताउला रत्यौलीहरू 

मारुनी, हाकपारे

बालन र च्याब्रुङ 

दशैँको मालश्री

तिहारको सयपत्री, मखमली मेला

देउसी र भैलो

बकर इदको अँगालो 

सबैसबै पोको पारी

उतै लगेछौ 

फगत छाडेछौ झझल्को अल्झाइराखेर यो भूगोलभरि । 

कतिन्जेल झुक्याउनु निर्मल आँखाहरूलाई 

ऊ त्यो मूलबाटोको हरियो मन देखाउँदै 

प्रतीक्षालयमा कुराएर । 

फेरि यो निष्ठुर कालचक्रले भेट्टाउँछ भेट्टाउँदैन

मैले मेरो देश हुँदै सगरमाथाको अटाली निस्केर

यो सन्देश पठाएको छु 

भोलि हेर्ने ऐनाहरू

जतनले जोगाई राख्नू भनेर 

कसै गरी सुनाइदिनू एउटा परदेशी सम्झेर


                         -बेलबारी मोरङ असोज २२,


विराटनगर असोज १६ गते | रातो तारा डट कम,  विराटनगरका हाटखोल मैदान जारी दोस्रो विराट राजवंशी महत्सोव मेलामा सोमबार उतेजित साईरीबाट आफ्नो प्रस्तुती गर्न लोक गायिका ज्योती मगरले आउँने भएकी छिन् ।

असोज १० गते सञ्चानल मेलामा गायिका मगरले विराटनगरमा युव युवतीलाई छमछम नचाउँने आयोजकले जनाएको छ ।

उत्तेजित शैलिमा प्रस्तुत माहिर ज्योति मगरले सोमबार साँझ ८ बजेदेखि करिव १ घण्टा मेलाको महोल तताउँने मेला सञ्चालक झापाको दमकमा रहेको सयपत्री इन्टरटेन्टमेन्टका सञ्चालक तिलबहादुर तामाङले बताए ।

गायिका ज्योति मगरले आफ्नो चर्चित एक दर्शन गीत प्रस्तुत गर्ने  तामाङ बताए ।

महोत्सवमा अन १८ गते अनु चौधरी, १९ गते टंक बुढाथोकी,आर्यन बुढाथोकी र अशोक दर्जी र अन्ति दिन २१ गते नेपालका चर्चित गायक प्रमोद खरेलले प्रस्तुती दिने मेला सञ्चालक तामाङले जानकारी दिए ।

यस अघि महोत्सवमा गायक बलबहादुर राजवैशी, हास्य गायक श्रीकृष्ण लुइटेल र गायिका मेलीना राई तथा स्थानिय कलाकारहरुले प्रस्तुती दिइसकेका छन् ।

मेलामा बाल उद्यान, रोटेपिङ,ड्रागन रेल, झुलालगायतका देलबाट बच्चमहरु मनोरञ्जन लिने आयोजकले जनाएको छ ।


काठमाडौं, असोज १०  गते । रातो तारा डट कम,नाटकको उत्सवहरुको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण आउँदो मंसिरको ९ गतेदेखि हुने भएको छ ।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चद्यने महोत्सवका देश विदेशका २३ नाटक मञ्चन हुनेछ । साथै विभिन्न अन्तरक्रिया, मास्टर क्लास, कार्यशाला, कला प्रदर्शनीहरु हुनेछन् ।


महोत्सवमा आवेदन परेका मध्येबाट ५ नेपाली नाटकसहित १६ देशका २३ वटा नाटकरु छानिएको आयोजकले जनाएको छ । मण्डला थिएटर नेपालले आयोजना गर्ने ९ दिवसीय नाट्य महोत्सवको सोमबार घोषणा कार्यक्रम तथा पत्रकार सम्मेलन गर्दै मिति घोषणा गरिएको हो ।

मण्डला नाटकघर थापागाउँमा हुने महोत्सवमा नेपाल लगायत संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान, र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्नेछन् । साथै, भारत, उरुग्वे, कम्बोडिया आदि देशका प्रसिद्ध कलाकार तथा अभियन्ताले कार्यशाला तथा तालिम सञ्चालन गर्ने महोत्सवका निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष सिर्जना सुब्बाले जानकारी दिए । महोत्सवका लागि २३ देशका कुल ८५ वटा नाटकले आवेदन दिएका थिए ।

त्यस्तै महोत्सवका संयोजक विजया कार्कीले महोत्सवबारे जानकारी गराउँदै ५ नेपाली नाटकमध्ये मण्डलाले हाल सञ्चालन गरिरहेको नाटक लेखन परियोजना २०२२ बाट छानिएका उत्कृष्ट नाटकलाई महोत्सवको समापन सत्रमा मञ्चन गरिने जानकारी दिए । उनले भने, “महोत्सवमा नेपाली नाटकले आधुनिक रङ्गमञ्चमा मौलिक कथावाचन शैलीका आयाम देखाउनेछ भने विदेशी नाटकले त्यहाँका समसामयिक सामाजिक—राजनीतिक विषय लिएर आउनछेन् ।”

महोत्सवबारे अन्य वक्ताहरु

कार्यक्रममा मण्डला थिएटरका संस्थापक अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सव नेपाली रङ्गमञ्चको विकास र समृद्धिका लागि एक प्रयास भएको बताए । उनले ३ वर्षअघि धेरै नाट्य संस्था र नाटकघरसँग मिलेर आयोजना गरेको पहिलो महोत्सव सम्झदैं देशमा कला, साहित्य, संगीतलगायतका महोत्सवहरुको आवश्यकता रहेको औंल्याए ।

त्यस्तै अग्रज रङ्गकर्मी अनुप बरालले महोत्सवलाई शुभकामना दिँदै युवा पुस्ताले नेपाली रङ्गमञ्चमा देखाएको सक्रियता र यस्ता महोत्सवहरुले नेपाली रङ्गमञ्चको भविष्य निर्माण गर्दै जाने उल्लेख गरे ।

त्यस्तै कार्यक्रम सञ्चालकको रुपमा रङ्गकर्मी केदार श्रेष्ठले रङ्गमञ्च कलालाई जीवनतर्फ फर्काउने र जीवनलाई कलातर्फ फर्काउने ठाउँ रहेको कथन सम्झदै नेपाल अन्तर्राष्टिय नाट्य महोत्सव सम्बन्ध र भावनाहरुको पनि महोत्सव रहेको उल्लेख गरे ।

इनोभेटिभ आइडिया अवार्ड

महोत्सवले १ लाख रुपैयाँको इनोभेटिभ आइडिया अवार्डको पनि घोषणा गरेको छ । यस अवार्डका लागि रङ्गमञ्चसँग सम्बन्धित नाटक लेखन, निर्देशन, निर्माण तथा अनुसन्धानका लागि इच्छुकहरुले अवधारणा पत्र पठाउन सक्नेछन् । जसमध्ये एक अवधारणालाई अवार्ड प्रदान गरिने जनाइएको छ ।


काठमाडौँ, भदौ २६–गते | रातो तारा डट कम,जह इन्टरटेनेमन्ट प्रा.लि.को आयोजनामा भएको चौथो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका  छन् ।

शनिबार साँझ काठमाडौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जितेकी हुन् । उनले उपाधिसंगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन् ।

त्यस्तै चितवनकी सोनुकुमारी महतो फस्ट रनरअप भइन् । उनले नगद ३० हजार, क्राउनलगायत अन्य उपहारहरु प्राप्त गरिन् । सप्तरीकी सुदिक्षा चौधरी सेकेण्ड रनरअप भइन् । उनले नगद २० हजार, क्राउनलगायत उपहार प्राप्त गरिन् ।

त्यसैगरि १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकै लालबहादुर रत्गैया मिस्टर थारु २०२२ को उपाधि जित्न सफल भएका हुन् । उनले पनि नगद ५० हजार र विभिन्न उपहारहरु प्राप्त गरे ।

सप्तरीका रोशन चौधरी फस्ट रनरअप भए । उनले नगद ३० हजार र अन्य उपहार प्राप्त गरे भने पर्साका लिलानाथ प्रसाद थारु सेकेण्ड रनरअप    भए । उनले २० हजार नगद र अन्य उपहारहरु प्राप्त गरे ।

यस्तै प्रतियोगितामा विभिन्न अवार्डहरु समेत प्रदान गरिएको छ । मिस थारुतर्फ ट्यालेन्ट अवार्ड सोनु महतो, पर्सनालिटी अवार्ड रञ्जु चौधरी, बेस्ट वाक बिना धमलहवा थारु, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड सुष्मा कुमारी चौधरी, डिसिपिलन अवार्ड केनिशा चौधरी, फोटोजेनिक र खल्ती पब्लीक च्वाईस अवार्ड रेनुका चौधरीले प्राप्त गरिन् ।

त्यस्तै मिस्टर थारुतर्फ ट्यालेन्ट अवार्ड असिम थारु, पर्सनालिटी अवार्ड लालबहादुर रत्गैया, बेस्ट वाक आशिष चौधरी, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड आशिष थारु, डिसिपिलन अवार्ड हेमन्त चौधरी, फोटोजेनिक अवार्ड लिलानाथ प्रसाद थारु र खल्ती पब्लीक च्वाईस अवार्ड राजीव चौधरीले प्राप्त गरे ।

विजेताहरुलाई प्रतियोगिताका मुख्य निर्णायक कलाकार तथा निर्देशक निश्चल बस्नेत, निर्णायकहरु कलाकार प्रदीप चौधरी, जह इन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरी, इभेन्ट डाइरेक्टर रुपेश चौधरी, निर्देशक जयस चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

थारु कला, सँस्कृति प्रवद्र्धनका लागि हरेक वर्ष यस सौन्दर्य प्रतियोगिता आयोजना गरिदै आएको छ । ग्राण्ड फिनालेमा उपाधिका लागि १७ महिला र १६ पुरुष गरि ३३ जना प्रतिस्पर्धामा थिए । प्रतियोगिताका लागि काठमाडौँ, विराटनगर, झुक्का, वीरगञ्ज, चितवन, बुटवल, टिकापुर, नेपालगञ्जलगायत १० जिल्लाका मुख्य शहरहरुमा अडिसन गरिएको थियो ।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको हो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।

 


काठमाडौं,भदौ २४ गते | रातो तारा डट कम,गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ सार्वजनिक भएको   छ । राजकुमार बगरको शब्दरसङ्गीत, कमल सौरागको एरेञ्ज रहेको गीत ‘रङ्गीन संसार’को भिडियो सार्वजनिक भएको हो ।

प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा रुविना थापा र कुन्साङ बोमजनलाई फिचरिङ गरिएको छ । निकै सुन्दर र आकर्षक देखिएको गीतको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ ।

यसअघि निताका ‘यादहरू’, ‘भाग्य मेरो’ जस्ता गीत श्रोतारदर्शकमाझ लोकप्रिय छन् । पोखरामा जन्मिनुभएकी निता विदेशी भूमिमा रहेर नेपाली कला संस्कृति र गीतसङ्गीतलाई अत्यन्तै माया गर्दै यही क्षेत्रमा समर्पित भएर लागि पर्नुभएको छ ।

सानै उमेरदेखि गायनमा रुचि राख्नुभएकी निता अमेरिकामा बस्दै आउनुभएको छ । स्कुलमा पढ्दा प्रेमध्वज प्रधानको गीत गाएर साथीहरूलाई सुनाएपछि उहाँको प्रतिभा बाहिर आयो र विद्यालयका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन र गाउन थाल्नुभयो । गायन सिक्ने र एउटा राम्रो गायिका बनेर आफूलाई चिनाउने इच्छा राख्नु हुने निता विविध परिस्थितिले कक्षा दश अर्थात् एसएलसी पूरा गर्न साथै अमेरिका जानुपर्‍यो । तर, जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै अमेरिका गएर पनि नेपाली संघसंस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा गीत गाउन थाल्नुभयो ।

उहाँले अमेरिकामै रहेर एकजना भारतीय गुरुसँग शास्त्रीय सङ्गीत सिक्ने अवसर पनि पाउनुभयो र आफ्नो गायन कौशललाई अझै निखार्ने अवसर प्राप्त गर्नुभयो । शास्त्रीय सङ्गीतमा पोख्त हुने इच्छा राख्ने निताको पछिल्लो गीत ‘रङ्गीन संसार’ लाई आफ्नै अफिसियल युट्युव च्यानल ‘निता आचार्य’ मार्फत सार्वजनिक गर्नुभएको छ । यो गीतको भिडियोलाई हेरेर माया गरिदिने सम्पूर्ण दर्शकलाई धन्यवाद दिँदै आफूलाई सल्लाह सुझाव र हौसला प्रदान गर्न गायिका निता आचार्यले सम्पूर्ण दर्शकरश्रोतासँग अनुरोध गर्नुभएको छ ।


काठमाडौं भाद्र २२ गते | रातो तारा डट कम, सङ्गीतकार रोशन वान्तवा राईले ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड प्राप्त गर्नुभएको छ । मंगलबार राजधानीमा पत्रकार भेटघाटबीच उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण गरिएको हो । विशिष्ट गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता रहेको पत्रकार भेटघाटमा सङ्गीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सके भन्ने बारेमा जानकारी दिनुभएको थियो ।

पत्रकारले सोधेको प्रश्नमा उहाँले अनलाइन प्रक्रियामार्फत आफू सो अवार्डको प्रक्रियामा सामेल भएको र प्राप्त गर्न सफल भएको बताउनुभएको थियो । उहाँले यस अवार्डले आफूमात्र नभएर देशलाई चिनाउने काम गरेको दाबी गर्नुभयो ।

यसरी अवार्ड प्राप्त गरेर नेपालकै गौरव बढाएको भन्दै अतिथिहरूले उहाँलाई बधाई तथा शुभकामना दिएका थिए । वरिष्ठ कलाकार उत्तम केसीले रोशनले आफ्नोसँगै देशकै नाम रोशन गरेको बताउँदै उहाँले गीत सङ्गीतमार्फत गरेका कार्यको प्रशंसा गर्नुभयो । ‘एउटा नेपाली सर्जकले अन्तर्राष्ट्रियस्तरमा आफ्ना सिर्जनामार्फत देशकै गौरव बढाउनु हामी सबैका लागि विशेष गौरवको कुरा हो, यस्ता कार्यले उहाँको मात्र नभएर देशकै मान सम्मान बढाउने गर्दछ’, उहाँले भन्नुभयो ।

यस्तै, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गीत सङ्गीतमार्फत कुनै एक नेपालीले अन्तर्राष्ट्रियस्तरको अवार्ड प्राप्त गर्नुभनेको सम्पूर्ण नेपाली सङ्गीतकारलाई गौरवको विषय भएको भन्दै यसले गीत सङ्गीतमा लाग्ने सबै स्रष्ट्राको मान सम्मान बढाएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘रोशनजीका कार्यले गीतसङ्गीत क्षेत्रमा लाग्ने सबै स्रष्टालाई गौरवान्ति तुल्याएको छ, उहाँ यसका लागि बधाईका पात्र हुनुहुन्छ, नेपाली गीतसङ्गीत क्षेत्र अन्तर्राष्ट्रियस्तरमा सम्मानित हुनु आफैँमा धेरै ठूलो उपलब्धि हो ।’

त्यसैगरी प्रमुख अतिथि विशिष्ट गायिका राणाले नेपाली गीतसङ्गीत अब्बल रहेको र नेपाली स्रष्टा पनि विश्वमा अन्य स्रष्टाभन्दा कम नभएको रोशनका कार्यले पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोशनजीले नेपाली गीतसङ्गीतको रोशन गर्ने जुन कार्य गर्नुभयो त्यो आफैंमा अति प्रशंसनीय कार्य हो, यस्ता कार्यले अन्य स्रष्टामा थप उत्साह थप्ने कार्य गर्दछ’, उहाँले अगाडि भन्नुभयो, रोशनजीका कार्यको यस अवार्डले कदर गरेको छ, यसका लागि उहाँलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।’ सञ्चारकर्मी गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा साहित्य तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

पाँचथरको मिक्लाजुङ-५ मा स्थायी घर भई राजधानी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जनामार्फत् धेरैको मन जित्न सफल रोशनका ६ सयभन्दा बढी सिर्जना सार्वजनिक भएका छन् । नेपाली साङ्गीतिक क्षेत्रमा २२ वर्षदेखि उत्कृष्ट सिर्जना पस्किरहनुभएका राईका गिटारको, पियानोको र कर्डहरू गरी ६ वटा किताबहरू पाठकमाझ आएका छन् ।

उहाँका ‘ढाका टोपी मैलो’, ‘शुभकामना तिमीलाई यो मनको’, ‘पुरानो भो भन्छन्’, ‘हरियाली वसन्तले’, ‘धरानै बजार’, ‘माइबेनीमा आँखा जुध्यो’, ‘डुबें डुबें’, ‘याद’, ‘गौतम बुद्ध’, ‘मलाई नै हो कि कल्लाई पो हो’ लगायत गीत लोकप्रिय रहेका छन् । सङ्गीत विद्यालय खोलेर गति सङ्गीतको श्रीवृद्धिमा निरन्तर लागिरहनुभएका राईले आस्था बी, रूप विष्ट, नलिना चित्रकार, धीरज राईलगायत चर्चित कलाकारलाई संगीत प्रशिक्षण दिनुभएको छ । तस्बिर : सुरेन्द्र थापा ।


काठमाडौं, १३ भदौ | रातो तारा डट कम,अमेरिकाबाट निर्माण गरिएको नेपाली लघु चलचित्र ‘परिवार’ को प्रिमियर शो गरिएको छ । अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले यो चलचित्रलाई अमेरिकाको ल्याक्सिनटन शहरमा छायाँकन गरेर तयार पारेका हुन् । चलचित्रको प्रिमियर शो पनि आईतबार बेलुका केन्टकी स्थित ल्याक्सिनटन सिटीमा गरिएको छ ।


सम्राट क्रियसनको आयोजना तथा सम्राट कियसनका अध्यक्ष सम्राट दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै चलचित्र निर्देशक सुमन दाहालले भने,‘मैले जानेको कुरा भनेकै चलचित्र कर्म भएकाले अमेरिकामा रहेर पनि विभिन्न चलचित्र निर्माण गर्दै आएको छ । मुलत बिदेशमा बसेका नेपालीहरुको परिवारको एकताका लागि चलचित्र परिवार निर्माण गरेको हुँ ।’ प्रिमियर शोमा सबैबाट राम्रो प्रतिक्रिया पाउँदा आफु उत्साहित भएको उनले बताए । यो चलचित्रलाई अब विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म महोत्सबमा प्रदर्शनी गरिने पनि निर्देशक दाहालले जानकारी गराएका छन् । 
एनआरएनले आईसिसी अमोरिका रिजनका डेब्युटी रिजनल कोअर्डिनेटर पुरूषोत्तम बोहोराको विशिष्ट अतिथ्यतामा सम्पन्न लघु चलचित्र परिवारको प्रिमियर शोमा एनआरएनको तर्फबाट शशी अधिकारी, एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशव लोहोनी, अन्तर्राष्ट्रीय कलाकार समाज अमेरिका केन्टकी च्याप्टर अध्यक्ष अर्जुन थापा, स्थानीय नेपाली सामाजिक संस्था एन्का अध्यक्ष थिरलाल अर्याल स्थानीय सामाजिक संस्थाका पूर्व नेत्रित्वकर्ता राम खनाल, मोहनी डुम्रे, प्रवासी नेपाली मंच अमेरिकाका उपाध्यक्ष गोपाल कंडेल, स्थानीय सामाजिक संस्थाका पूर्व उपाध्यक्ष बाबुराम अधिकरीले यो चलचित्र हेरेपछि फिल्म परिवारले परिवारमा  एकता र सुख शान्तिको सन्देश दिएको बताए ।
प्रिमियर शोमा चलचित्रको परिवारको बारेमा चलचित्रकर्मी प्रकाश शर्मा, संगीतकर्मी चुडामणी अवस्थी, लोक गायिका नर्मदा खरेल, सम्झना अधिकारीले पनि अमेरिकामा बसेर पनि सुमनले निमै राम्रो नेपाली चलचित्र निर्माण गरेको प्रतिक्रिया दिए । 
इश्वर प्रवासीले कथा लेखेको यो चलचित्रको पटकथा, सम्वाद रवी अर्यालले तयार गरेका हुन् । जसमा अँग्रेज सब टाइटल सरोज प्याकुरेलको छ । यसमा अक्की शर्माको छायाँकन, रेनिश फागोको रंग संयोजन, ऐलिस कार्कीको पाश्व संगीत, मुकेश शाहको मिक्सिङ, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । 
चलचित्रमा वसुन्धरा भुषाल, एकनारायण सुवेदी, मन्दिरा दाहाल, डि डि कौशिक, ईश्वर प्रवासी, सविता चौलागाई, रबी कोईराला, सन्दिप अर्याल, आयुश ढुङ्गेललगायतको मुख्य भूमिका रहेको छ ।
चन्दा दंगालले निर्माण गरेको यो चलचित्रको सह निर्माता डि डि कौशिक हुन् । चलचित्रलाई सुमन दाहालले निर्देशन गरेका हुन् । चलचित्रको निर्माण सहयोगीमा  पुर्ण गौतम(इरिन इन्स्योरेन्स), मेलिस ज्वेलर्स रहेको चलचित्रको प्रिमियर शोमा जानकारी गराईयो ।


विराटनगर भाद्र १२ गते | रातो तारा डट कम, आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ ।

 विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो । प्रसिद्ध लोक लयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चन हुने मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

 विराट आदर्श आहित्य मञ्चकै आयोजनामा उक्त नाटक गत पुसमा पनि गुरुकुलमा मञ्चन भएको थियो । पुनः ‘खरानीको डोरी’ को माग आएकाले प्रस्तुत गर्न लागिएको उनले बताए ।

 उनले भने, ‘त्यतिखेर पनि धेरैले नाटक रुचाउनु भएको थियो । फेरी पनि विभिन्न संघसस्था र ब्यक्तिहरूले यहि नाटकको प्रस्ताब गर्नुभयो । त्यसैले यहि नाटक लिएर आएका हौँ ।’

अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको उनले बताए ।

 नाटकको नाट्य रूपान्तरण कटवाल दीपकले गरेका हुन् भने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका छन् ।

 नाटकमा दीपेश पोखरेल, सुवेक्षा विष्ट, तिर्थराज विश्वकर्मा, निष्चल कठायत, शान्तीराम राई, दीपेन्द्र राई, विकेश बस्नेत, अच्युत गिरी, रामचन्द्र मेहता, अस्विना दाहाल र विराज पौडेलको अभिनय रहेको छ ।

 नाटक भदौ २० गतेसम्म मञ्चन हुनेछ । विदाको दिन बाहेक हरेक दिन १०ः३० र १ः३० मा नाटक मञ्चन हुनेछ । विदाको दिन भने ५ बजे नाटक मञ्चन हुने छ ।

 यसअघि मञ्चले ‘मुनामदन’, ‘छिँडीभरिको आकाश’ लगायतका नाटक सफतापूर्वक मञ्चन गरिसकेको छ ।


बिराटनर भाद्र १२  गते | रातो तारा डट कम, प्रदेश  १ राजधानी बिराटनगरमा थारु कला केन्द्रले अभिमुखीकरण तालिम संचालन सम्पन्न गरेको छ।  थारु कला केन्द्रको आयोजना हुने नोबेल मिस्टर एण्ड मिस थारु आइकन तेस्रो संस्करणका लागि अडिसन दिएका ७० जना मध्ये छनौट भएका महिला पुरुष गरी ५० जनालाई अभिमुखीकरणमा समाबेश गरिएको अध्यक्ष बिएन चौधरीले प्रेस सम्मेलनबाट जानकारी दिए ।  

थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न मिस्टर एण्ड मिस थारु आइकन कार्यक्रम आयोजना गरेको हो।  

अवसर र चुनौतिको खोजि गरी थारु समुदायको सौन्दर्यता र प्रतिभालाई मात्र झल्काउने होइन  थारुको कला संस्कृति, परम्परा, भेषभुषा र भाषालाई बचाई राख्न र संरक्षण गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने र अवसर प्रदान गर्ने थलो  समेत रहेको केन्द्र संस्थापक अध्यक्ष तथा सल्लाहकार देब कृष्ण बिश्वास उल्लेख गरे।  

त्यसै गरी थारु कला केन्द्रले  ३५ दिन बन्द प्रशिक्षण तालिममा सहभागी गराएर ग्राण्ड फिनाले गर्ने बिराटनगरमा गराउने भएको छ।  बिभिन्न विधामा अवार्ड पाउने, प्रथम, दोस्रो र तेस्रोलाई नगद पुरस्कार तथा सम्मान पाउने थलोको रुपमा स्थापित गरेका छन्  । पुरस्कार नै पाउनु ठुलो कुरा होइन, आफ्नो नेतृत्व र व्यक्तित्व बिकास र सकारात्मक ज्ञान बटुलने सुरक्षित प्ल्याट फर्म समेत थारु कला केन्द्र अवसर प्रदान गरेको प्रमुख सल्लाहाकार सुची चौधरीले बताईन।  

तेस्रो संस्करणमा भने बिजेताहरुले नगद सहित दुबई भ्रमण गर्नपाउनेछन् । साथै अध्यनका निःशुल्क छात्रवृति, निःशुल्क बेसिक एण्ड मेकअप कोर्ष, म्युजिक भिडियोमा अवसर पाउने चौधरीले बताए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.