Websoft University
April 2026


विराटनगर २०८३ साल बैशाख १७ गते । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । 

स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको सभामा भाग लिन एभरेष्टका विद्यार्थीहरु जाने भएका हुन् । संयुक्त राष्ट्रसंघको नमुना अभ्यास विद्यालयमा गरेका एभरेष्टका विद्यार्थीहरुले यस अघि भियतनाममा समेत यस्तै सभामा भाग लिएर फर्किएका थिए । त्यस्तै युरोपियन मोडलको नमुना सभामा भाग लिन नेपालका चार विद्यालयले सहभागिता जनाउने भएका हुन् । ति मध्ये संघीय राजधानी काठमाडौंका तीन र कोशी प्रदेशको राजधानी विराटनगरको एभरेष्ट स्कुल रहेका छन् । 

काठमाडौबाट अक्षरा, भ्याली पब्लिक र वेदिक विद्यालयले जहभागिता जनाउने छन् । अमेरिका, युरोप, क्यानडा, टर्की, भारत र नेपालका गरि करिब २० विद्यालयका विद्यार्थीको सहभागिता हुने उक्त नमुना सभामा नेपालबाट करिब ३५ विद्यार्थीले सहभागिता जनाउने ग्लोबल हेल्प फाउण्डेसनका महासचिव कुँवर दिपांकरले बताए । उनका अनुसार ति मध्ये एभरेष्ट स्कुलबाट सात  जना विद्यार्थीले सहभागिता जनाउने भएका हुन् । 

एभरेष्ट स्कुलका भाईस प्रिन्सिपल टी एन भण्डारीका अनुसार कक्षा ९ का सक्षम कर्ण, कक्षा १० का आन्या कोइराला, सुयम काफ्ले, श्वेश्ना कर्ण र कक्षा ११ का आर्जु सिग्देल र आयुस्मा जैसवाल र प्रेम खतिवडासहित गीता ढकाल तथा भाईस प्रिन्सिपलद्वय भण्डारी र कुन्दन पुरीको टोली जान लागेको हो । २८ गते स्पेन पुग्ने टोलीलाई बार्सिलोनको सभापछि फ्रान्स, जर्मन, स्वीट्जरल्याण्डमा २/२ दिन अवलकोन भ्रमण गराईने छ ।

सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने विद्यालयको विश्वास छ । यसले विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति नियम बुझ्न र समस्याहरुका विषयमा तार्किक विश्लेषण गर्ने क्षमताको विकास गराउने विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताए।


विराटनगर २०८३ साल बैशाख १७ गते । शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार–२०८३’ यस वर्ष धनकुटास्थित विश्रान्ति संस्कृत गुरुकुललाई प्रदान गरिएको छ ।

सुनसरीको इटहरीमा रहेको सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले धनकुटाको विश्रान्तिधाम मूलघाटमा आयोजित विशेष समारोहबीच गुरुकुललाई नगद २ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो । गुरुकुलले परम्परागत गुरुकुलीय शिक्षालाई आधुनिक सन्दर्भसँग जोड्दै संस्कृत भाषा, धर्म–संस्कृति र नैतिक शिक्षाको प्रवद्र्धनमा खेलेको भूमिकालाई मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले यस्ता संस्थालाई सम्मान गर्नु समाजका लागि दीर्घकालीन लगानी भएको उल्लेख गर्दै गुरुकुलीय शिक्षाले अनुशासित र नैतिक पुस्ता निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने बताए । प्रतिष्ठानकी अध्यक्ष शान्ता रिजालले अक्षय कोषमार्फत हरेक वर्ष प्रदान गरिने यो पुरस्कारले मौलिक शिक्षा र संस्कृतिको संरक्षणमा लागेका संस्थालाई ऊर्जा दिने विश्वास व्यक्त गरिन् ।

विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले गुरुकुललाई छनोट गरेको हो । समितिमा लोचन रिजाल र राजु केसी सदस्य थिए ।

२०७९ सालमा स्थापना भएको विश्रान्तिधाम गुरुकुलले वैदिक शिक्षासँगै संस्कृत भाषाको उन्नयन, धार्मिक–सांस्कृतिक चेतना अभिवृद्धि र नयाँ पुस्तामा नैतिक मूल्य विकासमा निरन्तर काम गर्दै आएको छ । पछिल्लो समय परम्परागत शिक्षाप्रति घट्दो आकर्षणबीच यस्ता संस्थाको सक्रियता झनै अर्थपूर्ण मानिएको छ ।

समारोहमा वरिष्ठ साहित्यकार प्राडा गोपाल भण्डारी, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, विश्रान्तिधाम गुरुकुलका प्राचार्य दिनेशप्रसाद अधिकारी, सल्लाहकार स्वामी विजयानन्द सरस्वती, प्रतिष्ठानका पूर्वअध्यक्ष विश्वप्रसाद रिजाल, पूर्वमहासचिव भैरव रिजाल, कार्यक्रम संयोजक टीका रिजाल, प्रतिष्ठानकी सदस्य डा. मीरा आचार्य, धनकुटा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष टंक रोयलालगायते गुरुकुलीय शिक्षा प्रणालीको महत्व र यसको संरक्षण आवश्यकताबारे धारणा राखेका थिए ।

सोही अवसरमा आयोजित विशेष कविगोष्ठीमा कवि गोकुल अधिकारी, मुकुन्द प्रयास, टीका आत्रेय, लोचन रिजाल, मीनकुमार नवोदित, मञ्जुश्री गिरी, राधा भट्टराई, रमेशचन्द्र अधिकारी, शकुन्तला मञ्जरी, निर्मला कुँवर, सञ्जय सयललगायतले समसामयिक विषयमा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई सांस्कृतिक आयाम प्रदान गरेको थियो ।

प्रतिष्ठानले यसअघि भाषा–साहित्य, शिक्षा, कला र समाजसेवामा योगदान पु¥याउने पण्डित पुरुषोत्तम भट्टराई, वरिष्ठ कवि वैरागी काइँला, वरिष्ठ साहित्यकार दयाराम श्रेष्ठलाई सम्मान गरिसकेको छ ।

हरेक वर्ष वैशाख १५ गते प्रदान गरिने यो पुरस्कारले शिक्षा र संस्कृतिको संरक्षणमा क्रियाशील संस्था तथा व्यक्तिलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउँदै आएको छ ।


काठमाडौं २०८३ बैशाख १६ गते । नेपालमा युवा उमेरमै रहर लाग्दो व्यवसायिक सफलता हासिल गरेर सबैको मन जितेका परशुराम चौहान ‘प्रलाद’ले विश्व मञ्चमा कीर्तिमान कायम गरेका छन् । आफ्नै बलबुताले नेपालमा प्रभावशाली युवा उद्यमी बन्न सफल प्रलाद अन्तर्राष्ट्रिय स्तरको ‘युनिभर्सल बुक अफ वल्र्ड रेकर्ड’बाट सम्मानित हुँदै कीर्तिमान कायम राख्न सफल भएका हुन् । बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स तथा परामर्श व्यवसायमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका चौहानलाई नरुलाज एन्ड कम्पनी (इभेन्ट्स)को व्यवस्थापनमा भारतको गोवामा आयोजित भव्य कार्यक्रमकाबीच सम्मानित गरिएको थियो ।
 

उक्त कार्यक्रममा पत्रकारिता, महिला सशक्तीकरण, डिजिटल मिडिया, कला र व्यवसाय क्षेत्रमा संलग्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता थियो ।

नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट राजधानी काठमाडौं प्रवेश गरेका उनी परामर्श र आयुर्वेदीक स्वास्थ्य क्षेत्रका साथै कलाकारिता र सामाज सेवा सम्बन्धी गतिविधिमा सक्रिय रहेर लागि रहेका छन् ।  दीर्घकालीन सोच र योजनाका साथ हात हालेका कार्यहरुमा उनी सफल समेत रहँदै आएका छन् । आफ्नो सक्रियता तथा परिवार, सहकर्मी, शुभेच्छुक र सम्पूर्ण नेपालीको साथ एवम् विश्वासको कारणले आफूले अन्तर्राष्ट्रियमञ्चमा सम्मानित हुने मौका पाएको उनको भनाइरहेकोछ  । 

आयोजक संस्थाले उनलाई स्वास्थ्य सेवा र डायग्नोस्टिक्स क्षेत्रमा पु¥याएको योगदानलाई विशेष रूपमा प्रशंसा गर्दै सम्मानित गरेको छ । चौहानको कामले उद्यमशीलता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गरेको ठहर आयोजकको रहेको छ । 

सम्मानित भएपछि चौहानले सामूहिक सहभागिता र लगावबाट सफल बन्न सकिने सोच एवम् निरन्तरताको परिणाम आफूले पाएको र आफूलाई यो सम्मानले अझ जिम्मेवारी थपिदिएको बताए । ‘म सँधै सामूहिकता, निस्वार्थता र निरन्तरतामा विश्वास गर्छु र सबैलाई आफैं जसरी लागि पर्न सल्लाह पनि दिन्छु । मैले आँटेको काममा सबैजननाले विश्वास गर्नुभयो र मलाई साथ दिनु भयो । जसको कारणले गर्दा आज म अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुन पाएँ, यो हामी सबै नेपालीको जित हो । यसले मलाई थप जिम्मेवारी वोध भएको छ ।’–चौहानले भने । 

नेपालमा कोरोनाको महामारी चलिरहेका बेला चौहान ठाउँ–ठाउँमा सहयोग जुटाउने र वितरण गर्ने कार्यमा सक्रियताका साथ लगिपरेको देखिन्थे । त्यसताका मानिसहरुले भोग्नु परेको प्राकृतिक विपत्तिबाट आफू अझ सामाजिक कार्यमा सक्रिय हुन प्रेरित बनेको उनको भनाइ रहेको छ । ‘पीडामा छटपटाइरहेका मानिसहरुको पीडामा केही मल्हम लगाउन सक्दा र भोका मानिसहरुलाई सानो राहत दिन सक्दा पनि आशिर्वाद पाईंदो रहेछ । म आफैं पनि अभावबाट गुज्रँदै विकट ठाउँबाट देशको राजधानी छिरेको हो तर विपत्तिको घाउ त राजधानीमा झन् दुख्दो रहेछ ।’–उनले भने । 

हाल पनि व्यवसाय मार्फत सयौंलाई रोजगारी दिइरहेका चौहानले व्यवसाय र समाज सेवालाई एकसाथ अगाडि बढाउने बताए । दुखलाई सुखमा बदल्न दीर्घकालीन जान सक्ने सकारात्मक सोच राखेर अगाडि बढ्नु पर्ने बताउँदै उनले लगनशीलता नै सफलताको शुत्र भएको आफूले अनुभव गरेको सुनाए । 


इटहरी, २०८३ वैशाख १३ गते । 
सुनसरीको इटहरी  उप-महानगरपालिका-११ स्थीतबाट ५१ हजार ९५२ चक्की प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरिएको छ ।

वैशाख १२ गते विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-११ स्थीतमा डेरा बस्दै अएका भारत बिहार नरपतगंजका २९ वर्षिय मो. सहनेवाजलाई ट्रामाडोल ५० हजार ५ सय ४० चक्की र डाइसाइक्लोमाइन ९ हजार ५ सय २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सहनेवाजको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ । 


काठमाडौं २०८३ बैशाख ११ गते | नेपाल मेडिकल कलेजमा स्नातकोत्तर (पिजी) तहमा भर्ना भएका विद्यार्थीहरूका लागि शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा एमडी/एमएम/एमडीएस/एमएस्सी नर्सिङ संकायका विद्यार्थीहरूलाई उत्प्रेरणामूलक अभिमुखीकरण प्रदान गरिएको हो ।



कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले चिकित्सा शिक्षामा सफल हुन अनुशासनकोमहत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै स्नातकोत्तर अध्ययनका तीन वर्षले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने बताउनु भयो। उनले कडा मेहनत, लगनशीलता र विनम्रता राम्रो चिकित्सकका मुख्य गुण भएको उल्लेख गर्दै बिरामीसँगको व्यवहारले नै चिकित्सकको सफलता मापन हुने जिकीर गर्नुभयो । साथै, सकारात्मक सोचका साथ अध्ययन गर्न र अनावश्यक आलोचनाबाट टाढा रहन उहाँले विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।

आफ्नो ५० वर्षअघिको भारतमा गरिएको स्नातकोत्तर अध्ययनको अनुभव स्मरण गर्दै अध्यक्ष अन्सारीले अहिले नेपालमै उच्च शिक्षा हासिल गर्ने अवसर उपलब्ध हुनु चिकित्सा शिक्षाको महत्वपूर्ण प्रगति भएको जनाउनु भयो। 

त्यस्तै, कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले स्नातकोत्तर तहको तीन वर्ष सिकाइको अत्यन्त महत्वपूर्ण समय भएको बताउँदै यस अवधिमा भएका गल्तीहरू सिकाइको हिस्सा हुने तर, व्यावसायिक जीवनमा त्यस्ता गल्ती अस्वीकार्य हुने स्पष्ट पार्नु भयो। उहाँले विद्यार्थीहरूले बिरामी, शिक्षक र सहकर्मीबाट निरन्तर सिक्नुपर्नेमा जोड दिँदै विद्यार्थीको सिकाइका लागि कलेज सदैव सकारात्मक रहने बताउनु भयाो।

कार्यक्रममा कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारी, प्राचार्य प्रा.डा. मोदनाथ मरहठ्ठा तथा अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै आगामी तीन वर्षमा आफ्नो क्षमता र दक्षता अभिवृद्धि गरी विशेषज्ञ चिकित्सक बन्न लगनशीलतापूर्वक अध्ययन गर्न आग्रह गर्नु भएको थियो । 


काठमाडौ वैशाख ९ गते | अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेसन भारतसँगको सहकार्यमा आयोजना गरिएको हो । अटिजम एक विकासात्मक अवस्था हो, जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार कौशल र व्यवहारमा विविधता ल्याउँछ । 

यसमा मुख्य रूपमा सामाजिक सञ्चारमा कठिनाइ आँखाको सम्पर्क कम हुनु, सामाजिक सङ्केत नबुझ्नु, सम्बन्ध विस्तार गर्न गाह्रो हुनु र दोहोरिने तथा सीमित व्यवहारजस्तै एउटै काम दोहोर्याउने, नियम पालनामा कडाइ, विशेष विषयमा अत्यधिक रुचि, संवेदसम्बन्धी संवेदनशीलतालगायत देखिन्छ ।

अटिजमलाई ‘स्पेक्ट्रम’ भनिन्छ किनभने प्रत्येक व्यक्तिमा लक्षण र आवश्यकता फरक–फरक हुन्छन् । अटिजम भएका कसैलाई धेरै सहयोगको आवश्यकता हुन्छ भने कसैले सामान्य सहयोगबाट पनि स्वतन्त्र रूपमा जीवनयापन गर्न सक्ने तालिमका प्रशिक्षक एवं नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक उमङ्गजङ्ग पराक्रम शाहले बताउनुभयो । 

अटिजमसहितको अवस्था देखिनुमा कुनै एकमात्र कारण हालसम्म एकिन हुन नसकेको बताउँदै उहाँले वंशाणुगत प्रभाव र मस्तिष्कको विकाससँग सम्बन्धित फरकपन मुख्य कारण मानिएका जानकारी दिनुभयो । “यसका सङ्केतहरू प्रायः बालबालिका ६ देखि १२ महिना हुँदा देखिन सुरु हुन्छन् भने १८ देखि २४ महिनामा अटिजमको विश्वसनीय पहिचान गर्न सकिन्छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक १०० मध्ये एक बालबालिकामा अटिजम हुने अनुमान गरिएको छ भने संयुक्त राज्य अमेरिकामा भने हरेक ३१ बालबालिकामध्ये एक जनामा अटिजम हुने तथ्याङ्क सार्वजनिक गरेको छ”, प्रशिक्षक शाहले भन्नुभयो । अटिजमको पहिचानसहितको जनसङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको देखिए पनि अनुसन्धानकर्ताका अनुसार यसको मुख्य कारण बढ्दो चेतना, प्रभावकारी स्क्रिनिङ तथा प्रारम्भिक पहिचान प्रणालीमा सुधार हो ।

“अटिजम कुनै निको पार्नुपर्ने रोग होइन बरु यो एक विविध मानवीय अवस्थामध्येको एक अवस्था हो । सामाजिक अवरोधलाई हटाई, स्वीकारोक्ति र समतासहितको समावेशी वातावरणले अटिजमसहितका व्यक्तिलाई सहजताका साथ जीवनयापन गर्न सहयोग गर्छ”, शाहले भन्नुभयो । उहाँका अनुसार व्यवहार थेरापी, बोल्ने ९स्पिच० थेरापी, अकुपेसनल थेरापी, विशेष शिक्षा तथा अन्य शैक्षिक र व्यवहारिक समर्थनले व्यक्तिको जीवनलाई सहज बनाउन सक्छ । 

हाल संसारभरि कसैको दया, माया र दानमा आधारित सहायताभन्दा पनि अधिकारमा आधारित सहायता अटिजमसहितका व्यक्तिले प्राप्त गर्नुपर्दछ भन्ने आवाज तीव्र रूपमा उठिरहेको प्रशिक्षक शाहले बताउनु भयो । शैक्षिक जीवनमा समेत अलग्याएर छुट्टै पढाउनु वा सिकाउनुको साटो अत्यन्तै कम बाधा हुने वातावरणमा पर्याप्त सहायतासहित समावेशी शिक्षा, सिकाइ र सहयोगको पहुँचलाई महत्व दिइएको छ । आजको दिनमा अटिजमलाई समस्याका रूपमा भन्दा पनि न्यूरो–विविधताको रूपमा हेरिनुपर्ने आवाज बुलन्द हुँदै आएको उहाँको भनाइ छ ।

तालिम समापन कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, समाजसेवी तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझी, प्राडा प्रेमकुमार खत्री, सह प्राडा अस्वत्थामाभक्त खरेल, प्रा कृष्ण आचार्य, डा राजेन्द्र खत्री, डा बिनिता सिंह, अटिजम स्पेसलिस्ट तथा मनोविद् भगवती भट्टराई, बैंकर हरि आचार्यलगायतले अटिजमका बारेमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका मुख्य प्रशिक्षक भारतको मुम्बईबाट आउनुभएका विपिन मौर्य ९विशेष शिक्षक तथा संस्थापक, स्कोप अफ होप फाउन्डेसन० रहनुभएको थियो । कार्यक्रमका प्रशिक्षक नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक तथा साइकोलोजी, समावेशी÷विशेष शिक्षा र राजनीतिक विज्ञानलगायत बहुविषयगत अनुसन्धानकर्ता शाह रहनुभएको थियो ।


विराटनगर बैशाख ८ गते । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ । सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपासका क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन लागू गर्ने निर्णय गरेको हो ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सम्पन्न बैठकले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई सचेत गराउने तथा त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने रणनीति तय गरेको छ । महानगरले सडकपेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामग्री राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने भएको हो ।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अबदेखि पसलको सटर बाहिर कुनै पनि सामग्री राख्न पाइने छैन । निर्माण सामग्री सडकपेटीमा थुपार्न नपाइने, मोटरसाइकल ग्यारेजका सामान बाहिर राख्न निषेध गरिने तथा कवाडी व्यवसाय सञ्चालनका लागि न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । नियम उल्लंघन गर्नेविरुद्ध कारबाहीको प्रक्रिया पनि सँगसँगै अघि बढाइने जनाइएको छ ।

फुटपाथ व्यवस्थापनसँगै ट्राफिक चाप न्यूनीकरण र व्यवस्थित पार्किङको दीर्घकालीन समाधान खोज्न महानगरले सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपाने, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष सञ्जयकुमारसिंह मण्डल सदस्य र नगर प्रहरीका प्रमुख राजन पौडेल सदस्यसचिव रहेको समितिसमेत गठन गरेको छ ।

समितिले ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण र ट्राफिक प्रवाह सुधारसम्बन्धी सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ । प्रतिवेदनका आधारमा महानगरले चरणबद्ध रूपमा सुधारका कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।

महानगरका मेयर कोइरालाका अनुसार पछिल्लो समय सर्वसाधारणबाट फुटपाथ अतिक्रमण, जाम समस्या र असुरक्षित आवतजावतबारे व्यापक गुनासो आएको थियो । त्यसैलाई सम्बोधन गर्न अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो । मेयर कोइरालाले व्यवस्थित, सफा र सुरक्षित सहर निर्माणका लागि निजी क्षेत्र, व्यवसायी र नागरिक सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै अभियानमा साथ दिन आग्रह गरेका छन् ।

महानगरको अभियानमा प्रशासनको पूर्ण साथ र सहयोग रहने मोरङ निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले प्रतिबद्धता जनाए ।

बजार क्षेत्रको फुटपाथ नियन्त्रण र सिंघिया, केशलिया खोलाको अवैध उत्खनन्लाई रोक्न महानगरलाई प्रहरीका तर्फबाट पूर्ण साथ र सहयोग रहने मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले स्पष्ट पारे ।

मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको बैठकमा मोरङ निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल, वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथप्रसाद भगत, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरीका एसपी गेहेन्द्रबहादुर भण्डारी, जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपाने, उद्योग संगठन, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ, खुद्रा व्यापार संघलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

 


इटहरी, सुनसरी । इटहरी आँखा अस्पतालले आफ्नो सेवा तथा पूर्वाधारमा व्यापक सुधार गर्दै आधुनिक प्रविधियुक्त नयाँ ढाँचामा सेवा शुभारम्भ गरेको छ। अस्पतालले सब–स्पेशियालिटी सहितको सम्पूर्ण आँखा उपचार सेवा एकै छानामुनि उपलब्ध गराउन सुरु गरेको हो।

अस्पतालमा अत्याधुनिक उपकरणहरू जस्तै ओसिटि, भिजुअल फिल्ड एनालाइजर, याग लेजर, ग्रिन लेजर, बी-स्क्यान, ड्राइ आई स्क्यानिङ तथा थेरापी लगायतका सेवा सञ्चालनमा ल्याइएको छ।

विराटनगर आँखा अस्पतालद्वारा सञ्चालित यस अस्पतालले नेपालमा विद्यमान करिब ०=२८ प्रतिशत दृष्टिविहीनताको समस्या न्यूनीकरण गर्ने उद्देश्यले सेवा विस्तार गरिएको अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिनुभयो।

अस्पतालले सातै दिन बिहान १०M०० बजेदेखि साँझ ६M०० बजेसम्म सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। साथै, प्रत्येक दिनलाई विशेष सेवाका रूपमा निर्धारण गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा= ललित अग्रवालले बताउनुभयो। जसअनुसार आइतबार रेटिना डे, सोमबार कोर्निया डे, मंगलबार ग्लुकोमा डे, बुधबार ओकुलोप्लास्टिक सेवा, बिहीबार कान रोगको विशेष सेवा, शुक्रबार लो भिजन सेवा तथा शनिबार बालबालिकामा मोबाइल तथा ग्याजेट प्रयोगबाट हुने समस्याको विशेष परीक्षण सेवा सञ्चालनमा ल्याइएको छ।

यस सेवा विस्तारसँगै अस्पतालले समुदाय केन्द्रित आँखा स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउँदै प्राथमिक तहदेखि विशेषज्ञ उपचारसम्मको सुदृढ रेफरल प्रणाली विकास गर्ने लक्ष्य राखेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीलाई पहुँचयोग्य सेवा प्रदान गर्न विभिन्न आँखा उपचार केन्द्रहरूसँग समन्वय गरी समयमै निदान र उपचार सुनिश्चित गरिने अस्पतालले जनाएको छ।

चश्मा जाँचका लागि कम्प्युटराइज्ड प्रणालीको प्रयोग गरिनुका साथै ‘आई टर्मिनल’ मार्फत आईपिडी मापन गरी अटोमेटिक मेसिनबाट चश्मा व्यवस्थापन गरिने व्यवस्था गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका उपमेयर संगिता चौधरी ले यस सेवाले स्थानीय जनतालाई गुणस्तरीय उपचार उपलब्ध गराउनुका साथै समय र खर्चमा बचत हुने विश्वास व्यक्त गर्नुभयो।

अस्पतालमा ल्याब सेवा समेत सञ्चालनमा रहेको छ भने मोरङ तथा सुनसरीका विभिन्न आँखा उपचार केन्द्रहरूसँग सहकार्य गरी बिरामीलाई दैनिक शल्यक्रिया सेवा प्रदान गर्ने लक्ष्य राखिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्म नारायण चौधरीले जानकारी दिनुभयो।

यसका साथै अस्पतालले विद्यालय स्तरमा दृष्टि परीक्षण, समुदायमा स्क्रीनिङ कार्यक्रम, तथा सचेतनामूलक अभियानमार्फत आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने योजना समेत अघि बढाएको छ। यसले दीर्घकालीन रूपमा दृष्टिविहीनता तथा न्यून दृष्टिको समस्या न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसमा दातृ संस्था सेवा फाउण्डेशनको समेत विशेष योगदान रहेको छ ।

नेपाल नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेत्तराज पन्तका अनुसार यस अस्पतालले पूर्वी पहाडी जिल्लाहरूमा रहेका आँखा अस्पताल तथा उपचार केन्द्रहरूलाई प्राविधिक, शल्यक्रिया तथा तालिम सहयोग प्रदान गर्दै समग्र राष्ट्रिय आँखा स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने कार्यमा योगदान पुर्‍याउनेछ।


विराटनगर, बैशाख ४ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रमका विच अवकास प्राप्‍त प्रहरी वरिष्ठ नायव निरीक्षक बिरेन्द्र कार्कीको विदाई कार्यक्रम सम्पन्न भएको छ । वैशाख ३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले ३० बर्ष सेवा अवधी पुरा गरी अनिवार्य अवकास हुनु भएका कार्कीलाई धन्यवाद तथा शुभकामना सहित विदाई गर्नु भएको हो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीमा रहेर ३० बर्ष सेवा अभधिभर संगठनलाई कार्कीले पुर्याउनु भएको योग्दानको उच्च कदर गर्दै अवकास पश्चात पनि समाजमा शान्ति(सुरक्षा कायम राख्न बिना वर्दीको प्रहरीको रुपमा रहन आग्रह गर्नुका साथै व्यक्तिगत तथा सामाजिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभएको भएको छ । 

कार्यक्रममा अवकास हुनु भएका प्रहरी वरिष्ठ नायव निरीक्षक विरेन्द्र कार्कीले प्रहरी सेवामा रहँदाको जिम्मेवारी र अनुभव सहितको विदाई मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सहित सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


भक्तपुर २०८३ साल बैशाख २ गते । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । वैशाख २ गते चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशका तर्फबाट नगद दुई लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो ।

जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई मुख्यमन्त्री  जोखिम संस्कृति संरक्षण तथा प्रवर्धन कार्यक्रम अन्तर्गत उक्त रकम सहित जिव्रो छेड्नेलाई सम्मान गरिएको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्षको इन्द्रजात्रामा भएको जिब्रो छेड्ने जात्रामा पहिलोपटक वीरेन्द्रभक्त गजु श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिको थियो । 

‘जिब्रो छेड्ने परम्पराको निरन्तरताका लागि काम गर्ने व्यक्तिहरूको सङ्ख्या कम हुँदै गएको छ । निकट भविष्यमा यो जात्रा लोप हुन नदिन र ऐतिहासिक जात्रालाई लोपोन्मुख सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न वर्षमा २ पटक आयोजना हुने जात्रामा सहभागी भई जिब्रो छेडाउने व्यक्तिलाई प्रोत्साहन रकमको व्यवस्था भएको हो’, उहाँले जानकारी दिनुभयो । 

मध्यपुर थिमी का दुई स्थानमा जिब्रो छेडाउने परम्परा छ। बोडेमा वैशाख २ गते जिब्रो छेडिन्छ भने थिमीको द्विगुटोलमा भाद्र शुक्ल चतुर्दशीमा जिब्रो छेडिन्छ।

यो जात्राले देशमा रोग व्याधि नलाग्ने, बालीनाली सप्रिने र अनिकालजस्ता प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वास छ ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले बागा श्रेष्ठलाई मध्यपुर थिमीको जिब्रो छेड्ने स्थान नजिक नै गएर सम्मान गरेको थियो । उहाँलाई सम्मान गर्ने कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन पोखरेल, थिमी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।  


काठमाडौं २०८३ साल बैशाख १ गते |
 नेपाली भाषासाहित्य तथा स्रष्टाहरूको सम्मान र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय नेपाली साहित्य अवार्ड” आयोजना गरिने भएको छ। अवार्डको आयोजना रेस्पोन्सिभ मिडिया प्रा.लि. ले गर्ने भएको हो।

आयोजक संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै नेपाली साहित्य क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने लक्ष्य राखिएको जनाएको छ। साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्दै नयाँ प्रतिभा पहिचान र पुराना स्रष्टाहरूको योगदानको कदर गर्ने मुख्य उद्देश्य रहेको बताइएको छ।

अवार्डमा कविताकथाउपन्यासगजलनिबन्धसमालोचना लगायत विभिन्न विधामा उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गरिनेछ। साथैजीवनभर साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई लाइफटाइम अचिभमेन्ट अवार्ड” समेत प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार अवार्डका लागि आवेदन तथा मनोनयन प्रक्रिया चाँडै सार्वजनिक गरिनेछ। छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन विज्ञहरूको निर्णायक मण्डल गठन गरिने जानकारी दिइएको छ।

यस अवार्डले नेपाली साहित्यको विकाससंरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रम काठमाडौंमा भव्य रूपमा आयोजना गर्ने तयारी भइरहेको आयोजक  रेस्पोन्सिभ मिडिया प्रा.लि.ले जनाएको छ।


काठमाडौँ २०८३ साल बैशाख १ गते । गायक प्रताप दासको स्वर रहेको धोका बोलको गीतको भिडियो रिलिज गरिएको छ । विष्णु भण्डारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत रहेको छ । दिवेश राईको एरेन्ज तथा  मिक्सिङ  मास्टरिङ  रहेको गीतमा दिनेश पराजुलीको कोरियोग्राफी रहेको छ । स्मारिका ढकाल र सुशान्त ढकालको अभिनय रहेको धोकाको  निर्देशन  केशवराज भट्टले गरेका हुन् । प्रेममा हुने धोका र त्यसपछि लिइने बदलाको कथालाई रोचक बनाउन स्मारिकालाई डबल रोलमा देखाइएको छ । सार्वजनीक गीतको भिडियो संगीतकार सरोज पोखरेलको अफिसियल च्यानल सरोज पोखरेलबाट बजारमा आएको हो । मोडल सुशान्तले यसअघि  निधारैमा टिकी, दिलमाया, तिम्रो माया, एक चोटी त बोलीदेउ, लगायत ४ दर्जन बढी भिडियोमा अभिनय गरिसकेका छन् ।


विराटनगर  चैत ३० गते। विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर हवले जितेको छ ।

नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको प्रतियोगितामा विराटनगर हवले राजविराज हवलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेटको ९७ रन बनाएको थियो । विराटनगरकी टिका साहले ३० रन बनाउँदा सुभेक्षा लिम्बुले १७  रन बनाइन् । राजविराजकी  दिपा रामले २ विकेट लिँदा बन्धना  रजकले पनि २ विकेट लिइन् ।

९८ रनको लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ६ विकेट गुमाउँदै ८६ रन बनायो । राजविराजकी कप्तान साक्षी यादवले अविजित ४८ रन बनाउँदा साक्षी देवले १३ रनको योगदान गरिन् । विराटनगरकी प्लेयर अफ फाइनल समिक्षा राईले ३ विकेट लिँदा  सुभेक्षा लिम्बु, सानु राजवंशी र सम्रिका गौतमले १–१ विकेट लिइन् ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज राजविराजकी साक्षी यादव घोषित भइन् । त्यस्तै उत्कृष्ट ब्याटर पनि साक्षी यादव हुँदा उत्कृष्ट बलर विराटनगरकी सुभेक्षा लिम्बु घोषित भइन् ।

चैत २७ गतदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब तथा पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली आयोजक एनसीएफ ११ र मधेश प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी रहेका थिए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे, नेपाल क्रिकेट सँघकी पूर्व केन्द्रिया सदस्य जिना श्रेष्ठ र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।


विराटनगर चैत ३० गते । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि देखेमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा समाजलाई सुरक्षित बनाउनको लागी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाका सशस्त्र प्रहरी निरिक्षक शंकर कोइरालाले जानकारी दिनुभयो ।

लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी र कानुनी व्यवस्थाबारे समेत सचेत गराइएको थियो । कार्यक्रमले समुदायमा बढ्दो लागुऔषध दुव्र्यसनको जोखिम न्यूनीकरण गर्ने उद्देश्य राखेको थियो । सचेतना कार्यक्रममा सशस्त्र प्रहरीका प्रतिनिधिहरूले लागुऔषधको प्रयोगले व्यक्तिको स्वास्थ्य, परिवार तथा समाजमा पार्ने गम्भीर नकारात्मक प्रभावबारे विस्तृत जानकारी गराईएको थियो ।

सिमा क्षेत्रका स्थानीयवासीहरूले युवापुस्तामा फैलिँदै गएको लागुऔषध दुव्र्यसनप्रति चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनीहरूले समुदाय–प्रहरी सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बी.ओ.पी.) ले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।यस भन्दा अगाडि मिल्स मावी लगायतका अन्य विद्यालयमा सशस्त्र प्र्रहरीले निरन्तर रुपमा सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । 


बिराटनगर चैत २९ गते | कार्यक्रमका प्रमुख अतिथि प्राडा बिजुकुमार थपलिया, उपकुलपति पूर्वाञ्चल विश्वविद्यालय ले गमलाको बिरूवामा पानी हालेर उदघाटन गरिएको थियो | 

प्राडा बिजुकुमार थपलिया, र अध्यक्षताः शिक्षादीप एजुकेशन फाउन्डेशन प्रालिका अध्यक्ष, मा. भीम पराजुली जलवायु परिवर्तनका बारेमा आफनो धरणा राख्नु भएको थियो | 


त्यसैगरी शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का (Chief Patron of this conference) आफ्नो धारणा राख्नुभएको थियो |


विशिष्ट अतिथि तथा मुख्य मूल्याङ्कन कर्ताः प्राडा शिवकुमार राई,विशिष्ट अतिथिः कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवः डा. इन्द्रप्रसाद सापकोटा,विशिष्ट अतिथिः मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, विशिष्ट अतिथिः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान् (नाष्ट) का सह प्राज्ञ, सह प्रा.डा. इन्द्रमणि भगत, प्रमुख वक्ता (की स्पीकर): सह प्रा कुलप्रसाद लिम्बू , विशिष्ट अतिथिः राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी विराटनगरका कार्यालय प्रमुख प्रकाशकु‌मार खरेल, विशिष्ट अतिथिः शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालिग्राम दाहाल, विशिष्ट अतिथिः मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवाल, (वातावरण तथा जलव अधिकृत परिवर्तन महाशका विशिष्ट अतिथिः विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका शाखा कृष्ण भट्टराई,


कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, कलेजका चिफ डाइरेक्टर सह प्रा. शैलेन्द्र शिवाकोटी, विज्ञान संकायका कोअर्डिनेटरः नवीनकु‌मार राय ,व्यवस्थापन संकायका कोअर्डिनेटरः शङ्कर भट्टराई,

कलेजका प्रिन्सिपल, चिफ डाइरेक्टरहरु, कोअर्डिनेटरहरु पदाधिकारी,र सञ्चालक सदस्यहरुको पनि उपस्थिति रहेको थियो |


विराटनगर चैत २८ गते । महिला क्रिकेटको विकास गर्ने उद्देश्यका साथ विराटनगरमा शुत्रबारदेखि पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन, क्रिकेट विथआउट बाउण्ड्रीज र क्रिकेट युनाइटेडको सहयोगमा विराटनगरको मेरिलेवोन ज्वाला क्रिकेट मैदानमा भएको शुक्रबार भएको खेलमा विराटनगर हव र राजविराज हव विजयी भएका छन् ।

पहिलो खेलमा विराटनगरले आयाजकको एनसीएफ ११लाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

विहिबार राती पानी परेको कारण १० ओभरमा खेलाएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ४ विकेट गुमाई ८३ रनको योगफल तयार पारेको थियो । विराटनगरकी प्रिन्सा राना मगरले २७ रन बनाउँदा सुभेक्छा लिम्बुले १४ रन बनाइन् । एनसीएफकी अनिषा थापाले २ विकेट लिँदा कप्तान झरना घिमिरे र रोजु परियारले १–१ विकेट लिइन् ।

८४ रनको लक्ष्य पाएको एनसीएफले पुरै ओभर खेल्दै ६ विकेटमा २३ रन मात्र बनाउँन सक्यो । एनसीएफकी शकुन्तला सहनीले सर्वाधिक अविजित १० रनको योगदान दिइन् । विराटनगरकी प्लेयर अफ म्याच सुभेक्छा लिम्बुले ३ विकेटलिँदा कप्तान सानुराजवंशीले १ विकेट लिइन् ।

दोस्रो खेलमा राजविराज हवले सिरहा हवलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारे ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा ११ दशमलव ४ बलमा सवै विकेट गुमाई ३८ रनमा सिमित भयो । सिरहाकी कप्तान सरस्वती चौधरीले सर्वाधिक अविजित १३ रन बनाइन् । राजविराजकी कप्तान प्लेयर अफ म्याच साक्षी यादवले ६ विकेट लिँदा दिपा राम, अपेक्षा यादव र बन्धना राजकले १–१ विकेट लिइन् । साक्षीले किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन मात्र दिइन्

३९ रनको झिनो लक्ष्य पाएको राजविराजले १० दशमलव ३ बलमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । राजविराजकी कप्तान साक्षी यादवले सर्वाधिक १५ रनको योगदान दिइन् । सिरहाकी कप्तान सरस्वती चौधरीले १ विकेट लिँदा प्रसिधिका खड्का र मिना महतोले पनि १–१ विकेट लिइन् ।

चैत ३० गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब तथा पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली आयोजक एनसीएफ ११ र मधेस प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियम अनुसार टी–२० फरम्याटमा खेलाएको प्रतियोगितामा सहभागी सबै टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ ।



विराटनगर चैत २६ गते । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको एशोसिएट हस्पिटल डाइरेक्टर (Associate Hospital Director) पदमा वरिष्ठ सर्जन तथा प्राध्यापक डा. रोहित प्रसाद यादव नियुक्त भएका छन्।

हस्पिटलको सञ्चालक समितिको बैठकले यादवलाई Associate Hospital Director मा नियुक्त गरेको हो । यसअघि उनी सोही हस्पिटलको सर्जरी विभाग प्रमुख (HOD – Surgery) को रूपमा कार्यरत थिए।

चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय डा. यादव एक अनुभवी सर्जन, कुशल चिकित्सक तथा सफल प्राध्यापकका रूपमा परिचित छन्। वर्षौंदेखि सर्जरी सेवा, चिकित्सा शिक्षा र अस्पताल व्यवस्थापनसँग सम्बन्धित विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनले हजारौं बिरामीको सफल उपचार गरेका छन्। सर्जरी विभागको नेतृत्व गर्दै उनले विभागीय सेवा विस्तार, आधुनिक उपचार पद्धतिको प्रयोग तथा चिकित्सकीय सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन्।

उनको लामो चिकित्सकीय अनुभव, नेतृत्व क्षमता तथा प्रशासनिक दक्षतालाई कदर गर्दै हस्पिटलले उनलाई व्यवस्थापकीय नेतृत्वको महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो। नवनियुक्त एशोसिएट हस्पिटल डाइरेक्टरको रूपमा डा. यादवले अब हस्पिटलको दैनिक प्रशासनिक कार्य सञ्चालन, उपचार सेवाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने तथा हस्पिटलको दीर्घकालीन रणनीतिक विकासमा मुख्य भूमिका खेल्नेछन्।

आफ्नो नयाँ जिम्मेवारी बारे प्रतिक्रिया दिँदै प्रा. डा. रोहित प्रसाद यादवले भने,
“बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले मप्रति देखाएको विश्वास र दिएको जिम्मेवारीप्रति म अत्यन्त आभारी छु। अस्पताल प्रशासन, चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्दै बिरामीलाई अझ गुणस्तरीय, सहज र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा निरन्तर प्रयास गर्नेछु।”

डा. यादवको नियुक्तिले बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बन्ने विश्वास अस्पताल प्रशासनले लिएको छ। पूर्वी नेपालकै प्रतिष्ठित स्वास्थ्य संस्थाको रूपमा स्थापित यस हस्पिटलमा डा. यादवको अनुभव, नेतृत्व क्षमता र प्रतिबद्धताले संस्थालाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।


विराटनगर चैत २६ गते
 । ३०औँ विद्युतीय सुरक्षा दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी सहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिका लागि विद्युतको सदुपयोग गरौं’ भन्ने सन्देश प्रवाह गरिएको थियो।

प्रभातफेरी कार्यक्रममा सहभागीहरूले विद्युत प्रयोगमा सावधानी अपनाउन र दुर्घटना न्यूनीकरणका उपायबारे जनचेतना फैलाएका थिए।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका इलेक्ट्रीकल इन्जिनियर सुवेध ठाकुरले विद्युतीय जोखिम न्यूनीकरणका लागि उपभोक्तादेखि प्राविधिकसम्म सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए। “सामान्य लापरबाहीले पनि ठूला दुर्घटना निम्त्याउन सक्छ, त्यसैले सुरक्षित प्रयोगतर्फ सबैको ध्यान जान जरुरी छ,” उनले भने।

सहायक प्रबन्धक माधवप्रसाद नगरकोटीले विद्युतीय सुरक्षासम्बन्धी प्रस्तुति दिँदै उपकरण प्रयोग तथा मर्मतका क्रममा सुरक्षात्मक सामग्रीको अनिवार्य प्रयोग गर्न प्राविधिकलाई सचेत गराए। साथै, उपभोक्ताले पनि विद्युतीय सामग्रीको सही तरिका अपनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रमको समापन गर्दै केन्द्र प्रमुख राम उदगार शाहले सुरक्षित कार्यसंस्कृति विकासका लागि दक्ष जनशक्तिको प्रयोग अपरिहार्य रहेको बताए। उनले विद्युत सेवामा संलग्न कर्मचारी तथा उपभोक्ता दुवैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए। विद्युतीय दुर्घटना न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास रहेको छ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.