Websoft University
Articles by "राजनीति"


 विराटनगर, ९ कार्तिक । माओवादी केन्द्र कोशी प्रदेशले गत असोज ९ देखि १२ गतेसम्म परेको अबिरल वर्षाको कारण पाँचथरमा सयौं घर क्षतिग्रस्त बनेको, करोडौंको भौतिक संरचना नष्ट भएको, खानेपानी, सिंचाई तथा विद्युत आयोजनाहरु भत्किएको भन्दै पुनः निर्माणको पहल गर्न कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल सितलकुमार, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष हर्कबहादुर नेम्वाब राष्ट्रियसभाका प्रमुख सचेतक गोपिबहादुर अछामी र कार्यालय सचिव टंक गिरीसहितको टोलीले शुक्रबार प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराएका हुन । 

गृह मन्त्रालयले घोषणा गरेको देशको संकटग्रस्त स्थानीय तहहरुमध्ये पाँचथरको फिदिम नगरपालिका, फालेलुब गाउँपालिका र फाल्गुनन्द गाउँपालिका पनि परेको छ । पाँचथरमा उक्त विपदमा परी नौ जना नागरिकहरुको ज्यान गएको छ भने चार जना नागरिक वेपत्ता छन । बाढीले सयौंको संख्यामा घरवारबिहीन र अरबौको खेतिबाली तथा धनसम्पती नष्ट भएको छ । सयौ संख्यामा शिक्षा, स्वास्थ्य र संघसंस्थाहरुको भौतिक संरचना जोखिम अवस्थामा छन् । अरबौ मूल्यको आधा दर्जनपक्कीपुल तथा वेलिव्रिजलगायत सडक बाढीले बगाएको छ,’माओवादी केन्द्रका कोशी इन्चार्ज गजुरेलले भने, ।।।यसर्थ बाढी पहिरोले पीडित, जनधन गुमाएका, वेपत्ता तथा घरवार बिहीन पीडित पाँचथरवासी जनसमुदायहरु को यथाशिघ्र खोज, उद्धार, राहत तथा क्षतिपूर्ति सहित पुनः स्थापना गर्न तथा बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधार यथाशिघ्र पुनः निर्माण गर्न माग गर्दछौं ।’ माओवादी टोलीले मृतक परिवारहरुलाई क्षतिपूर्ति दिनुपर्ने, वेपत्ता व्यक्तिहरुको तत्काल खोज तथा राहत दिनुपर्ने, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरेको छ । 

जिल्लामा एक सय २० घर परिवार पूर्ण रुपमा घरवार विहिन भएका छन् भने सयौं घर परिवार उच्च जोखिमा छन् । उनीहरुको पुनर्वास र सुरक्षित आवासको लागि भूगर्भविदहरुको भौगोलिक अध्ययन गराएर बस्ती स्थानान्तरण र पुनः स्थापना गरी एकीकृत वस्ती विकास कार्यक्रम लागू गर्न पनि मुख्यमन्त्री कार्कीलाई माओवादी टोलीले आग्रह गरेको छ । जसमा फालेलुब गाउँपालिका ३ को सुपिन्दाब–सितलपाटी, वडा नम्बर ४ को चेम्फुवा–खुर्बुक, गैरीगाउँ, गुरुबटार, तालखर्क, वडा नम्बर ५ को लुबमादिन, सिरिसे लुदिन फेब्लिटार र वडा नम्बर ६ को ठाडे, नाम्ले, खोलाघारीको वस्ती स्थानान्तरण गर्नुपर्ने उनीहरुको सुझाव छ । यस्तै फिदिम नगरपालिकाको वडा नं १३ खालिबखोप, छेउटार, लमुटार, साबमेना, स्यालधोती गाउँ पनि स्थानान्तरण गर्नुपर्ने जनाइएको छ ।

यस्तै पाँचथरमा मेचि राजमार्गको हेवाखोला पक्कि पुल, फिदिम फालोट

सडक खण्ड फेमेखोला पक्कि पुल, सिवालय लुबरुपा गोरुवाले सडकको फेमेखोला त्रिबेनी पक्कि पुल, मध्य पहाडि लोकमार्ग अन्तर्गत ओयाम ठाडो खोलामा पक्कि पुल, मध्य पहाडि लोकमार्ग अन्तर्गत ओयाम फलैंचा फलाम खोला पक्की पुल, फिदिम फालोट सडक–मुवाखोला लुदिनटार पक्किपुल र दर्जनौ संख्यामा झोलुब्गे पुलहरु मर्मत तथा पुनः निर्माण गरिनु पर्ने, सयौं क्षतिग्रस्त शिक्षा स्वास्थ्य संस्थाहरुको भवन मर्मत तथा पुन निर्माण गरिनु पर्नेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन । यस्तै फालेलुब गाउँपालिका वडा नं। २ देखि ८ को दर्जनौ सिँचाइ कुलोहरु, फिदिम २ देखि १४ नम्बर वडाका कुलो, फाल्गुनन्द गाउँपालिकाको ७ वटै वडाका दर्जनौं कुलोहरु भत्किएको भन्दै माओवादीले सम्पूर्ण सिँचाइ कुलोहरु तत्काल सञ्चालन गर्नका लागि

वैकल्पिक व्यवस्थापन, मर्मत सम्भार र पाइपको व्यवस्था गर्नुपर्ने पनि माग गरेको छ । 

यस्तै जिल्लामा बाढीपीडित गाउँ वस्तिमा विद्युत् प्राधिकरणका संरचना ध्वस्त भएकोले तत्काल केन्द्रीय प्रसारण लाइनलाई मर्मत तथा निर्माण गरी विद्युत् सेवा सञ्चालन गरिनुपर्ने पनि उनीहरुको माग छ । जिल्लाको फालेलुब गाउँपालिका ५ मा रहेको मुवाखोला लघु जलविद्युत आयोजना, वडा नं ६ रिगेवा लघु जलविद्युत आयोजना, मुवाखोला लुकुन्डे लघु जलविद्युत आयोजनाको पुनः निर्माण गर्नुपर्ने देखिएको गजुरेलले बाताए । यस्तै फिदिम बृहत खानेपानी योजना तत्काल मर्मत गराउनु पर्ने, बाढी पहिरोका कारण फिदिम, फालेलुब र फाल्गुनन्द गाउँपालिकाहरमा अरवौको खाद्यान्न तथा नगदेवाली अलैची, अदुवा, अम्लीसो, धान,कोदो का साथै सयौंको संख्यामा पशु चौपायहरुमा क्षति भएको माओवादी पाँचथरका इन्चार्ज सीता थेबेले जानकारी दिइन । 

क्षतिको मूल्याब्कन गरी क्षतिपूर्तिसहित विषेश किसान राहत कार्यक्रम लागु गर्न उनले माग गरिन । माओवादीले २०८० असार २ गते बगाएका पक्किपुलहरु पनि हालसम्म पुनः निर्माण नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । जसमा हेवाखोला घुमाउनेटार पक्किपुल, हेवाखोला सासुटार पक्किपुल, हेवाखोला पचिसे फिदिम नपा १०– हिलिहाब–७ बेलिब्रिज र हेवाखोला तमोर कोरिडोरको बेलिब्रिज पुनः निर्माण गर्नुपर्ने माओवादी पाँचथरका संयोजक विशाल रसाइले जानकारी दिए । माओवादीले मुख्यमन्त्री कार्कीका साथै भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलगायतसँग संयुक्त छलफल गरेको हो । छलफल सकारात्मक भएको र पुनःनिर्माणमा ध्यान दिने प्रतिबद्धता जाहेर भएको माओवादी नेता अछामीले जानकारी दिए । 




काठमाण्डेो | रातो तारा डट कम, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई वा दुईभन्दा बढी दलहरू गठबन्धन गरेर चुनावमा जाने प्रवृत्तिलाई रोक्न निर्वाचन आयोगले नै पहल गर्नुपर्ने बताएका छन् ।

शनिवार घण्टी घरमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सबै राजनीतिक दल आफ्नो नीति र सिद्धान्तका आधारमा जनतामा जानुपर्ने बताए ।

लामिछानेले भने( निर्वाचन आयोगले नै गठबन्धन गरेर चुनाव जानबाट रोक्नुपर्छ । साँठगाँठ गरेर चुनाव लड्ने प्रवृत्तिले कुनै पनि दलको बहुमत नआउने र मुलुक अस्थिरतामा जाने भएकाले हामी कसैसँग गठबन्धन गर्दैनौँ, एक्लै चुनाव लड्छौँ ।

सभापति लामिछानेले सरकारमा सहभागी हुने वा नहुने सन्दर्भमा रास्वपा अहिले निर्णयमा नगएको र नीति कार्यक्रमबाट भ्रष्टाचारका फाइल खोल्ने बुँदा हटाइएको हो भने सरकारमा सहभागी नहुने बताए ।


काठमाडौं चैत ११ गते । विभिन्न जिल्लामा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा सातौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७९/०८० गर्न लागेको छ। जसमा भक्तपुर जिल्ला खेलकुद बिकाश समितिले सहयोग गर्ने भएको छ।
 

 नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत भन्ने नाराका साथ चैत्र २३ गते बिहिबारदेखि बैशाख ४ गते सोमबार सम्पन्न हुने गरी मेलाको आयोजना गर्न लागेको महोत्सबका संयोजक दीपक थापाले जानकारी दिए । 

 

मेलामा दर्शकको अवस्थालाई ध्यानमा राखी सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताए । 

 

ऐतिहासिकसांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराऊ भक्तपुरको तीनकुने सल्लाघारी स्थित ९९ रोपनी क्षेत्रफलको जग्गामा विशाल मेला आयोजना हुनलागेको हो । उक्त मेलाको आवश्यक प्रक्रिया पुरा भइसकेको आयोजक संस्थाले पत्रकार सम्मेलन गरेर जनाएको छ । अहिले स्टल निर्माण कार्य भइरहेको र स्टल बुकिङ्ग समेत खुलिसकेको जानकारी संस्थाका उपाध्यक्ष राजकुमार खड्काले गराएका छन्। भक्तपुर आफैमा एक धार्मिकसांस्कृतिक र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छयसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी  मेलाका संयोजक दिपक थापाले दिए साथै बिगतका बर्षमा भएका कमि कमजोरीलाइ यो पटक सुधार गर्दै सातौं भक्तपुर औधोगिक सांस्कृतिकपर्यटन तथा व्यापार मेलालाइ एतिहासिक बनाउने जानकारी पनि गराए। महोत्सबमा २०० भन्दा बढी स्टल राखिनेछ भने करिब ३ लाख भन्दा बढी दर्शकको आगमन हुनेछ। १२ करोड रुपैयाको कारोबार कारोबार हुने अपेक्षा आयोजकले राखेको जनाएको छ ।

 

अन्तराष्ट्रिय स्टल सहित सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरुदेखि लिएर लत्ताकपडाजुत्ताहरुकृषि तथा हस्तकलाका समानहरुभाडाकुडाहरु एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइलविभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र नृत्य प्रतियोगितासांस्कृतिक प्रदर्शनीचिडियाघरराष्ट्रिय तथा अन्तरास्ट्रिय खाना महोत्सबब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोकदोहोरि गित समेत प्रस्तुत हुनेछ। मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिशत  सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ५० र ७० मात्र रहेको जानकारी अध्यक्ष सन्दिप महतले गराएका छन्।

 

सातौं औधोगिक सांस्कृतिकपर्यटन तथा व्यापार मेला २०७९/८० मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कलागायन कलाहास्य ब्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिनेछन। बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दानरोटे पिङ्गमारुती सर्कसकोलम्बसजादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल संस्थाका महासचिब शंकर गुरुङले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक सांस्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् र यो मेलाले भक्तपुरलाइ मात्र नभएर अन्य बाह्य छिमेकि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने कुराको जानकारी पनि गुरुङले गराएका थिए। उक्त पत्रकार सम्मेलनमा संयोजक दिपक थापा,औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतउपाधक्ष्य राज कुमार खड्काबिनोद जैसवालमहासचिब शंकर गुरुङकोषाधक्ष्य प्रितम मल्लमिडिया तथा कलाकार संयोजक सुर्य चन्द र कार्यलय सचिब जिबन नेपालको समेत उपस्थिति रहेको थियो।

 

मेलाको अन्तिम दिन अर्थात बैसाख ४ गते बिशेष कन्सर्ट कार्यक्रम रहनेछ जसमा युवापिडिका चर्चित र्यापर जिबबको समेत प्रस्तुति रहनेछ भने उक्त दिनको प्रवेश शुल्क टिकेट मूल्य भने रु २०० रहने कोषाधक्ष्य प्रितम मल्लले जानकारी गराएका छन्। 

 

आफुले तिर्नु पर्ने कर राजश्व बेलैमा तिरौं ।

सवारी साधान जथाभावि पाकिंङ नगरौं ।

घर पालुवा जनावर तथा चौपायहरु जथाभावि नछोडौं ।

घरबाट निस्कने फोहर जथाभावि सडकमा नफालौं ।

बाटोको पेटीमा होर्डिङ बोर्ड स्टेन बोर्ड व्यानर र व्यापारीक सामानहरु नराखौ ।    

अनुमति बेगर बिजुलीका पोलमा बिज्ञापन नगरौं,होर्डिङ बोर्ड नराखौं ।

निर्मांण सामाग्रीहरु सडक किनारामा नराखौं ।

सार्वजनिक सम्पतिको सबैले सरक्षण गरौं ।

सार्वजनिक स्थल वा बाटो किनारामा बाटो हिड्नेलाई असर पर्ने गरी ठेलागाडामा सामान राखेर व्यापार गर्न, बाटो किनारामा तरकारी पसल थाप्न, वा बाटो किनारामा कुनै प्रकारको व्यापार व्यवसाय गर्न मनाई गरिएकोछ ।

                 


                       महानगरपालिकाको कार्यालय बिराटनगर |


काठमाडौं, ९ फागुन | लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङको धादिङवेशीमा हुने भएको छ । सो महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताएका छन् ।

मँगलबार काठमाडौंको रिपोटर्स क्लबमा पत्रकार भेटघाट आयोजना गर्दै सो महाधिवेशनको तयारी पुरा भएको उनले जानकारी गराए । यस पटकको महाधिवशेनमा अध्यक्ष लगायतका केही पदहरु सहमतीमा निर्विरोध चयन हुने विश्वास पनि अध्यक्ष बिजीले कार्यक्रममा व्यक्त गरे ।

देशभरीबाट २६ हजार ११८ जना सदस्य रहेको यो प्रतिष्ठानको अधिवेशनबारे अध्यक्ष बिजीले भने,‘खर्च कम गर्नका लागि पनि हामीले महाधिवशेन ३ दिनको लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुँगो लगाउने छौं ।’ उनले अगाडि थपे,‘१२ गते रातभरको प्रयास पछि हामी १३ गते मतदान कार्य गर्नेछौं र १४ गते मतगणना सकेर परिणाम घोषणा गर्ने      छौं ।’

पत्रकार सम्मेलनमा प्रतिष्ठानको प्रेस विज्ञप्ति बाचन गर्दै अध्यक्ष बिजीले भने,‘नेपाल एक विविधताले भरिएको विश्वकै सुन्दर देश हो । यहाँका कला, संस्कृति, गीत, संगीत, भाषा, धर्म, जनजाति, भेषभुषा, खाना, भुगोल विश्वमा परिचित छ । त्यस्तै मध्ये एक लोक तथा दोहोरी गीत     हो ।’ विश्वभर रहेका नेपालीमाझ सगरमाथा जत्तिकै पहिचान बोकेको संस्थाहो राष्ट्रिय लोक तथा दोहोरी गती प्रतिष्ठान नेपाल भएको पनि उनले बताए ।

कोरोनाको महामारी बीच पनि आफ्नो कार्यकालमा थुप्रै उत्कृष्ट कार्यहरु भएको पनि अध्यक्ष बिजीले बताए । प्रतिष्ठानले काठमाडौंको टोखामा आफ्नै पहलमा जग्गा खरिदगरि आफ्नो कार्यालय स्थापना गरेको पनि उनले जानकारी गराए,‘कार्यालयमा हामीले नव कलाकर्मी र प्रतिभाहरुलाई प्रशिक्षण तथा आफ्ना गतिविधि सञ्चालन गरिरहेका      छौं ।’ उनले भने ।

अध्यक्ष बिजीका अनुसार यो महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रिय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार जना प्रतिनिधिले मतदान गर्नेछन् र पदाधिकारी चयन गर्नेछन् ।

प्रतिष्ठानका महासचिब सुवास केसीका अनुसार २०५७ मा गठित यस संस्थाको संगठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्ला स्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेश स्तरीय समिति रहेको छ । प्रतिष्ठानमा हाल २३ हजार ३२२ जना साधारण सदस्य र २ हजार ७७३ र २३ जना आजीवन सदस्य रहेको पनि उनले बताए । यस्तै प्रतिष्ठानमा मानार्थ सदस्यसहित जम्मा २६ हजार ११८ जना कलाकार आबद्ध छन् ।

महासचिब केसीले भने,‘मुलुक संघीयतामा गएको र उक्त शासकीय व्यवस्थालाई प्रतिष्ठानले पनि स्वीकार गरेकाले प्रदेशस्तरमा पनि हामी केन्द्रमाजत्तिकै हैसियतमा उपस्थित हुनचाहेका छौँ ।’ उनले अगाडि थपे,‘दुईवटा प्रदेश र १२ जिल्लामा हामीले अहिलेसम्म आफ्नै भवन बनाउने प्रक्रियामा सिलन्यास गरिसकेका छौँ । त्यस्तै एक व्यवस्थित आकर्शक लोक संग्रहालय सञ्चालन गर्ने अभियान पनि थालेका छौँ ।’

यस्तै पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पँगेनीले प्रतिष्ठानले देश बिदेशमा रहेका नेपाली लोक गायन क्षेत्रका कलाकारलाई समेटेर लोक संगीतको विकाशमा ठुलो योगदान पु¥याएको बताए । प्रतिष्ठानमा कुनै पनि फुटको सँभावना नरहेको पनि उनले दाबी गरे । प्रतिष्ठानको बारेमा चित्त दुखाएका कलाकार साथीहरुलाई आफुहरुले फकाएर आउँदो समय सँगै अघि लैजाने प्रतिवद्धता पनि उनले जनाए ।

 



विराटनगर, फागुन २ गते | नेपाल पुलिसका प्रिन्स दाहालले बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’मा दोहोरो सफलता हात पारेका छन् ।

पहिलो दिन राष्ट्रिय च्याम्पियन एवं बिश्व बरियतामा जुनियर तर्फ उच्च स्थानमा रहिसकेका प्रिन्सले पहिलो खेलमा कास्कीका बिधान अधिकारीलाई २१–१७, २१–११ ले तथा अर्को खेलमा नेपाल पुलिसका पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो जित प्राप्त गरेका हुन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियतामा रहेका खेलाडीहरुको पुरष एकल तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लका रुकेश महर्जनल पनि दोहोरो सफलता प्राप्त गरेका छन् । 

महर्जनले पहिलो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाकओभर प्राप्त गरेका थिए भने दोश्रो खेलमा एपिएफका रोशन साउदलाई २१–११, २१–१३ ले पराजित गरे । दोहोरो जित हात पार्ने क्रममा पुलिसका बिष्णु कटुवाल पनि रहे । उनले पहिलो खेलमा एपिएफका रोशन साउदलाई २१–१३, २१–१४ ले तथा दोश्रो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाक ओभर प्राप्त गरे ।

यस्तै एपिएफका देवराज रानाले पनि दोहोरो सफलता प्राप्त गरे । पहिलो खेलमा एपिएफका बिजीत थापा मगरलाई २१–१९, २२–२० ले पराजित गरेका रानाले दोश्रो खेलमा पुलिसका दीपक बोहरालाई २१–९, २३–२१ ले पराजित गरे । पुलिसका जीवन आचार्यले पहिलो खेलमा पुलिसकै पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गरेकोमा दोश्रो खेलमा कास्कीका विधान अधिकारी संग १७–२१, १७–२१ ले पराजित भए । एपिएफका क्षितीज खनालले पनि दोहोरो जित हात पारे ।

 पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१–१५, २१–१२ ले पराजित गरेका खनालले दोश्रो खेलमा एपिएफका बिजीत थापा मगरलाई २१–१२, २१–१०ले पराजित गरे । पुलिसका सुनील जोशीले पहिलो संघर्षपूर्ण खेलमा आर्मीका नरेन्द्र बमलाई २१–७, १४–२१, २१–१४ ले र दोश्रो खेलमा आर्मीका अनिल मल्ललाई २२–२०, २१–९ पराजित गरे । आर्मीका प्रफुल महर्जनल पहिलो खेलमा आफ्नै क्लबका अनिल मल्ललाई २१–६, २१–१०, ले तथा दोश्रो खेलमा आर्मीकै नरेन्द्र बमलाई २१–८, २१–७ ले पराजित गर्दै दोहोरो जित हात पारेका हुन् । १६ बरियतामा रहेका खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिगका आधारमा खेल खेलार्ईएको छ ।

नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजना तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको सहआयोजनामा भएको प्रतियोगिताको शीर्ष १२ औ बरियतामा रहेको महिला एकल तर्फको खेलमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले कैलालीकी अनिला सुनारलाई २१–७, २१–७ को सोझो सेटमा पराजित गरिन् । यस्तै आर्मीकै अमिता गिरीले कन्चनपुरकी निलम महराबाट रिटायर्डहर्टको आधारमा जित पाईन् । ५–१ को अवस्थामा महरा चोट बोक्न पुगेकी थिईन् । ईटहरीमा आयोजना भएको राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिता जितेकी एपिएफकी जेशिका गुरुङ्गले मोरङ्गकी सिमा राजबंशीबाट वाकओभर प्राप्त गरिन् । महिला तर्फ पनि १२ शिर्ष बरियतामा रहेको खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिगको आधारमा प्रतियोगिता संचालन गरिएको छ ।

जित निकालेर दोश्रो चरण प्रवेश गर्ने क्रममा काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बबिस थापाले पर्साका बिशेष राईलाई २१–९, २१–२ ले पन्छाए ।

प्रतियोगिताको प्रदेश नं. १ का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री माननिय तिलकुमार मेन्याङ्गबो लिम्बुले एक कार्यक्रमविच उद्घाटन गरेका थिए । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शिर्ष १६ बरियतामा रहेका पुरुष एकल, शिर्ष १२ बरियतामा रहेका महिला एकल, शिर्ष १६ बरियता बाहेकका पुरुष एकल, शिर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव २०६ खेलाडीहरुको सहभागिता रहेकोछ ।

करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी ५ लाख ९८ हजार रहेको छ । जस अन्तरगत शिर्ष १६ बरियता पुरुष र शिर्ष १२ बरियता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तीकै नगद १ हजार ५ सय प्राप्त गर्नेछन् ।

यसैगरि लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । क्वाटरफाईनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्नेछन् । सेमिफाईनल जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने फाईनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन् । यस्तै उच्च बरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 

                      लेखक-रमेश विष्ट,

काठमाडौं पुस ७ गते । रातो तारा डट कम,पत्रकारिता क्षेत्रमा बेलाबखत चर्चा हुने गर्दछ, पत्रकारको कलमले थुपै्र अधिकारबाट वञ्चितहरुले आफ्नो अधिकार प्राप्त गरेका छन् । न्याय नपाएकाहरुले न्याय पाएका छन् । विभेदमा पारिएकाहरुले समानताको अधिकार पाएका छन् । तर पत्रकारिता क्षेत्रमा कलम चलाउने पत्रकारहरुले स्वयं आफ्नो अधिकार प्राप्त गरेका छन् त? हामी सबैको सामु पेचिलो प्रश्न बनेर उभिएको छ ।

आखिर पत्रकारले आफ्ना हकअधिकारहरु किन प्राप्त गर्न सकेका छैनन् त ? यसको जवाफ सरल र सटिक ढंगबाट दिन कठिन छ । नेपालको पत्रकारिता यस्तो जेलिएको अवस्थामा छ कि जुन कोणबाट हेरे पनि समस्यग्रस्त देखिन थालेको छ । चौतर्फी समस्याले नेपाली सञ्चार क्षेत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्बन्धमा गुणात्मक सुधार भएपनि श्रम अधिकारको क्षेत्रमा भने गम्भीर समस्या देखिँदै आएको छ ।

 पत्रकार महासंघसहित सञ्चार क्षेत्रसँग सम्बन्धित संघसंगठनका भेला र अधिवेशनहरुमा पत्रकारको श्रम अधिकारको विषय प्रधान बनेर उठ्न थालेको लामो समय बितिसक्दा पनि सन्तोषजनक नतिजा भने आउन सकेको छैन । चलनचल्तीमा श्रमजीवी भनिएपनि पत्रकारहरु मूलतः बौद्धिक श्रमिक हुन् । समाजको हरेक पक्षसँग गहिरो सम्बन्ध रहने पत्रकारिता क्षेत्रआफै भने श्रम अधिकारको विकराल समस्या झेल्दै अघि बढ्नुपर्ने बाध्यता विडम्बनापूर्ण छ ।

 श्रमजीवी पत्रकार ऐनका मुख्य व्यवस्था

पत्रकारिताको इतिहास लामो भएपनि २०५१ सालमा पहिलो पटक श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ आयो । २०५३ सालमा श्रमजीवी पत्रकार सम्बन्धी नियमावली जारी भएपनि यो ऐनको कार्यान्वयन २०६५ जेठ १५ गतेदेखि भएको हो । करीब १४ वर्षको अभ्यासलाई हेर्ने हो भने पत्रकारितालाई एउटा पेशाको रुपमा ऐनले स्वीकार गरेपनि यसको प्रमुख बँुदाहरु नै कार्यान्वयन हुन सकेका छैनन् । सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक कार्यान्वयन नहुनु नै नेपाली सञ्चार क्षेत्रको प्रधान समस्या हो ।

श्रमजीवी पत्रकार ऐनले पत्रकारहरुलाई नियुक्तिपत्र नदिई काममा लगाउन नपाउने भन्ने व्यवस्था गरेको छ । तर, अहिले पनि नियुक्तिपत्र नपाउने, प्रेस पास तथा अन्य प्रयोजनका लागि मात्रै कागजी नियुक्तिपत्र दिने प्रचलन व्याप्त छ । पत्रकार वा कर्मचारी नियुक्ति गर्दा प्रतिष्पर्धाका आधारमा गर्नुपर्ने र उनीहरुको पदको वर्गीकरण गर्नुपर्ने व्यवस्था पनि ऐनले गरेको छ । तर अधिकांश सञ्चार प्रतिष्ठानले ऐनको यो व्यवस्थालाई कार्यान्वयन गरेका छैनन् । विशेषज्ञ सेवा आवश्यक भएमा निश्चित अवधिका लागि १५ प्रतिशतभन्दा बढीकरार सेवामा राख्न नपाउने व्यवस्थाको पनि धज्जी उडाइएको छ । अस्थायी, करार र स्ट्रिन्जरको नाममा ऐन विपरीतको नियुक्त दिने समस्या विकराल बनेको छ । नियुक्तिको जानकारी प्रेस रजिष्ट्रारलाई गराउने व्यवस्थाको समेत पालना भएको पाइँदैन ।

ऐनले पत्रकार, कर्मचारी र कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गर्नका लागि उच्चस्तरको एउटा समितिको परिकल्पना गरेको छ । स्थायी संरचनाको रुपमा रहेको समितिले तोकेको न्यूनतम पारिश्रमिकको कार्यान्वयन दयनीय छ । न्यूनतम पारिश्रमिकै अवस्था यस्तो भएपछि ऐनले व्यवस्था गरेकाभत्ता, बार्षिक तलव बृद्धि, उपचार तथा क्षतिपूर्ति, उपदान, सञ्चय कोषर अन्य सुविधाको कार्यान्वयन अवस्था झनै दयनीयछ । ऐनले सञ्चार प्रतिष्ठानहरुमा कल्याणकारी कोषको समेत परिकल्पना गरेको छ । तर आजसम्म कुनै सञ्चार प्रतिष्ठानले ऐन बमोजिमको कल्याणकारी कोषको स्थापना गरेको देखिँदैन ।

 अस्तव्यस्त सञ्चार प्रतिष्ठान

नेपालको सञ्चार क्षेत्र राजनीतिक स्वतन्त्रताको लडाइँसँगै अघि बढेको देखिन्छ । २०४६ सालभन्दा अघि र त्यसपछिका केही वर्षहरु मिशन पत्रकारिताको कालखण्ड हुन् । त्यतिबेला पत्रकारिता पनि पेशा हुनसक्छ भन्ने मान्यता स्थापित भइसकेको थिएन । विशेषगरी निरंकुश पञ्चायती व्यवस्थाको विरोधी र पञ्चायत पक्षधरमा विभक्त पत्रकारिता नै अहिलेको पत्रकारिताको जग हो । २०४६ को परिवर्तनपछि नेपाली सञ्चार क्षेत्रमा संख्यात्मक, गुणात्मक र व्यवसायिकताको विकास भयो । डिजिटल युगमा प्रवेश गरेपछि न्यु मिडियाको क्षेत्रमा पनि उल्लेख्य विकास र बृद्धि भयो ।

सञ्चारमाध्यमको बृद्धि हुने क्रमसँगै सञ्चार क्षेत्रको व्यवसायिकता र श्रम अधिकारको क्षेत्रमा नयाँ नयाँ चुनौती थपिदै गएको छ । पूँजी र बजारको सुनिश्चितता बिना नै सञ्चारमाध्यमहरु खुल्ने क्रम निरन्तर छ । करीब ८०० छापा, सोही संख्यामा एफएम रेडियो, करीब ३०० टेलिभिजन र ३००० भन्दा बढी अनलाइन न्युज पोर्टल सञ्चालनमा छन् । यो संख्या नेपालको विज्ञापनको बजार र सञ्चार क्षेत्रको उपभोक्ताको संख्याको आधारमा पनि धेरै हो । यस्तो अवस्थामा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारको श्रम अधिकार, पत्रकारितामा व्यवसायिकता र आचारसंहिता पालनाको दृष्टिले पनि निकै गम्भीर र चुनौतीपूर्ण हुनु स्वभाविक छ ।

 कामचलाउ  प्रेस रजिष्ट्रार  र कमजोर अनुगमन

श्रमजीवी पत्रकार ऐनले पत्रकारका श्रम समस्यासँग सम्बन्धित कतिपय अधिकार प्रेस रजिष्ट्रारलाई दिएको छ ।  ऐनले परिकल्पना गरेअनुसारको प्रेस रजिष्ट्रार अहिले सम्म नियुक्त हुन सकेको छैन । सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई नै प्रेस रजिष्ट्रार तोकिएको छ । यसो गर्दा प्रेस रजिष्ट्रारको कामप्रभावकारी हुन सकिरहेको छैन । अहिलेको व्यवस्था एक प्रकारले कामचलाउमात्रै हो ।

पत्रकारको श्रम समस्याबारे दुईतर्फी छलफल गराउने र कानुनीतथाअदालती निरुपणका लागि प्रेस रजिष्ट्रारको भूमिका महत्वपूर्ण हुने हुँदा अहिलेको व्यवस्थाले सन्तोषजनक कार्य सम्पादन हुनसकेको छैन । सर्वोच्च अदालतले समेत छुट्टै प्रेस रजिष्ट्रार नियुक्त गर्न सरकारको नाममा आदेश दिएको छ ।

पत्रकारले आफूलाई  परेको श्रम अधिकार सम्बन्धी समस्या समाधान गर्न सबैभन्दा पहिला प्रेस रजिष्ट्रारमा निवेदन दिनुपर्ने हुन्छ । त्यहाँ छलफलको माध्यमबाट समस्या हल नभएमा प्रेस रजिष्ट्रारको पत्रको आधार माश्रम विभाग र श्रम अदालतमा कानुनी उपचारमा जानुपर्ने हुँदा प्रेस रजिष्ट्रारको भूमिका महत्वपूर्ण हुन जान्छ ।

मुलुक संघीय प्रणालीमा गएपछि पहिलो पटक बागमती प्रदेशले प्रेस रजिष्ट्रार नियुक्त गरेर काम अघि बढाए पनिश्रम अधिकारको विषयमा बागमती प्रदेश प्रेस रजिष्ट्रारले समेत प्राथमिकता दिएर श्रम समस्याको बारेमा काम गर्न सकेको छैन । बागमती प्रदेश प्रेस रजिष्ट्रारको अन्य क्रियाशीलता भने राम्रो देखिएको छ ।

सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरे वानगरेको बारेमा अनुगमन गर्ने जिम्मेवारी न्यूनतम पारिश्रमिक निर्धारण समितिको  हो । नेपाल पत्रकार महासंघ, कामदार पक्ष, व्यवस्थापन पक्ष र सरकारको उच्च अधिकारीको प्रतिनिधित्वमा गठन भएको समितिले प्रभावकारी अनुगमन गर्न सकेको छैन । गरिएको अनुगमनका आधारमा तयार पारिएको प्रतिवेदन हेर्दा ऐन कार्यान्वयनको अवस्थालाई राम्रो मान्न सकिने अवस्था छैन ।

 न्याय सम्पादन र फैसला कार्यान्वयन

नेपालको आम अदालतमा जस्तै पत्रकारका श्रम समस्या निरुपण गर्ने श्रम विभाग र श्रम अदालतले समेत  छिटोछरितो न्याय सम्पादन गर्न नसक्दा न्यायिक अधिकार प्राप्तिमा समस्याहरु देखिएका छन् ।  प्रेस रजिष्ट्रार, श्रम विभाग र श्रम अदालतसम्मको प्रक्रिया पूरा गर्दा समय बढी लाग्ने हुँदा पत्रकारले आफ्ना श्रम अधिकार सम्बन्धी न्याय प्राप्त गर्न समय लाग्ने अवस्था छ । यसले गर्दा पत्रकारहरु आफ्ना अधिकार प्राप्तिको लागि न्यायिक बाटो अबलम्बन गर्न उदासीन हुने प्रवृत्ति देखिएको छ ।

कानुनी बाटोबाट आफ्नो पेशागत तथा श्रम अधिकारको बाटो रोजेका पत्रकारहरु फैसला कार्यान्वयनमा देखिएका समस्याले गर्दा थप पीडित बन्नु परेको छ ।अदालतको फैसलाबाट पुनर्वहाली भएका पत्रकारहरुले पुनःसोही सञ्चार प्रतिष्ठानमा कामगर्ने वातावरणसमेत निर्माण हुन सकेको छैन । सेवासुविधा प्राप्तिमा भने अदालती फैसला केही हदसम्म कार्यान्वयन भएको देखिन्छ । अदालतको फैसलापछि पनि आपसी समझदारीमा मात्रै सेवासुविधा प्राप्तिको विषय टुङ्गिने गरेको छ ।

 पत्रकारको श्रम अधिकारको रक्षाका लागि कानुनी लडाई एउटा महत्वपूर्ण विधिहो । तर यसलाई झन्झटिलो बनाइयो भने यसले उचित प्रतिफल दिन सक्दैन । फैसला कार्यान्वयनको दिशामा पनि सबै पक्ष सचेत र गम्भीर हुनुपर्ने देखिन्छ ।

 कानुन कार्यान्वयनमा उदासीन

कुनै पनि कानुन कार्यान्वयन गराउने पहिलो दायित्व सरकारको हुन्छ । तर श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गराउने विषयमा सरकार सधै उदासीन रहँदै आएको छ । ऐन कार्यान्वयन नगर्ने सञ्चार माध्यम माथि हुनु पर्ने कारबाहीको अवस्था समेत निकै फितलो र कमजोर छ । सरोकारवाला पक्षको निरन्तर दवाव र खबरदारीका बीचपनि ऐन कार्यान्वयनमा प्रभावकारिता आउन सकेको छैन ।

ऐनमा भएको कमजोरी र त्यसलाई संशोधनका माध्यमबाट गरिनुपर्ने सुधारका बहसहरु समेत गतिलोसँग हुन सकेको छैन । जसले गर्दा ऐनलाई समयसापेक्ष बनाउन समेत बाधापुगिरहेको छ ।सबैखाले सञ्चार प्रतिष्ठानलाई ऐनले समानव्यवस्था गरेकाले पनि ऐनको कार्यान्वयनमा समस्या देखिने गरेको छ । ऐनकार्यान्वयन एउटामात्रपक्षको चासो वा सक्रियताले सम्भव हुँदैन । सरकार, सञ्चार प्रतिष्ठान र सरोकारवाला निकायका सामूहिक इच्छा शक्तिले मात्र ऐनको प्रभावकारी कार्यान्वयन सम्भव छ । ऐनलाई समयसापेक्ष वाव्यवहारिक बनाउन पनि तिनै पक्षको इमान्दार सक्रियताले मात्र सम्भव हुन्छ ।

 महासंघको भूमिका

श्रमजीवी पत्रकार ऐन नेपाल पत्रकार महासंघको निरन्तरको माग र दवावका कारण निर्माण भएको हो । त्यसैले यो ऐनसँग महासंघको विशेष आकर्षण र सम्बन्ध छ । यो ऐन कार्यान्वयन होस र पत्रकारले आफ्ना श्रम अधिकारसहित सबैखाले अधिकार उपभोग गरुन् भन्ने चाहना महासंघको छ ।

त्यसैले महासंघले यो ऐनको कार्यान्वयनका लागि सधै आफूलाई क्रियाशील गराउँदै आएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारको श्रम अधिकारका लागि महासंघले कसैसँग सम्झौता गर्दैन ।

पत्रकारले आफ्ना श्रम अधिकार प्राप्त गर्न सकून् भन्ने उद्देश्यले महासंघले विभिन्न कार्यक्रमहरुलाई अघि सारेको छ । सञ्चार प्रतिष्ठानहरुलाई दवाव, आन्दोलन र कानुनी उपचारको माध्यमबाट महासंघले नेपाली सञ्चार क्षेत्रमा उचित श्रम अधिकारको अभ्यास होस भन्ने प्रयास गरिरहेको छ । पछिल्लो समय महासंघले पत्रकारको श्रम अधिकार प्राप्तिका लागि गरेका प्रयासहरुकै कारण उजुरी गर्ने र आफ्ना अधिकार खोज्ने प्रवृत्तिमा गुणात्मक र संख्यात्मक विकास भएको छ । महासंघका प्रयास सफलतामा समेत परिणत हुँदै गएका छन् ।

उजुरीहरुको नियमित सुनुवाई हुने, समस्याहरुको बारेमा सम्बन्धित सञ्चार प्रतिष्ठानहरुमा पत्राचार गर्ने, आवश्यक धर्ना तथा दवावका कार्यक्रमहरु सञ्चालनगर्ने, वार्ता तथा छलफलका माध्यमबाट समाधान निकाल्ने प्रयास गर्ने र कानुनी बाटोबाट समस्या समाधानगर्ने कार्य महासंघले निरन्तर गर्दै आएको छ । पत्रकारहरुलाई निःशुल्क रुपमा कानुनी परामर्श र सहायता उपलब्ध गराउन कानुनी डेस्क मार्फत समेत कामहुँदै आएका छन् ।

दवाव र कानुनी डेस्कलाई थप प्रभावकारी बनाउँदै पत्रकारको श्रम अधिकारको पक्षमा सशक्त ढंगबाट अघि बढ्ने महासंघको योजना समेत छ ।

सबै पक्षको साथ र सहयोग प्राप्तगर्दै नेपाली सञ्चार क्षेत्रमा उचित श्रम अभ्यास होस् र पत्रकारहरुका सबैखाले समस्या समाधान होस् भन्ने बाटोमा महासंघ सधै सशक्त ढंगबाट अघि बढ्न तत्पर समेत छ ।

(लेखक नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष र प्रेस स्वतन्त्रता अनुगमन तथाश्रमजीवीपत्रकार हितप्रवद्र्धनसमितिकासंयोजकहुनुहुन्छ ।)


काठमाडौं पुस ६ गते | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । शुक्रबार ओली निवास बालकोटमा गएर लामिछनेले भेट गरेका हुन् ।

भेटमा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई सरकारमा जाने या नजानेबारे जिज्ञासा राखेका थिए । भेटलाई पुष्टि गर्दै रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने, ‘समसामयिक विषयमा कुरा भए । एक अर्कालाई बुझ्ने कोशिस भयो ।’सरकार गठनबारे कुरा उठ्दा ओलीले रविलाई सोधेका थिए, ‘सरकारमा जाने, नजानेबारे के सोच्नु भएको छ रु’

लामिछानेले भने आफूहरुलाई एकल सरकार बनाउने मत प्राप्त नभएकाले आफूले त्यसबारे धेरै नसोचेको बताएका थिए । यद्यपि जसले आफ्ना मुद्दा सम्बोधन गर्छ उसलाई साथ हुनसक्ने संकेतलामिछानेलेगरेका थिए ।



बिराटनगर पुस २ गते | रातो तारा डट कम,
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित माननीय प्रदेश प्रमुखको कार्यालयमा अलगअलगरूपमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकी कुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगन शमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोलीपुगेकोथियो । ती टोलीबाट प्रदेशगत निर्वाचनको विवरण पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने व्यवस्था रहेको छ ।



काठमाडौं पुस २ गते | रातो तारा डट कम,इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम आइपिडिएफले आफ्नो स्थापनाको पहिलो बर्षको अवसरमा अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

राष्टिय तथा अन्तराष्टिय रुपमा स्थापित उद्योगपति, ब्यवसायी, मिडियाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी, पर्यटन ब्यवसायी, लगनीकर्ताहरुको भब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । आइपिडिएफ ले नेपालमा लगानीको संभावना, विद्यमान अवस्था र चुनौती विषयमा विभिन्न क्षेत्रका प्रतिस्ठित ब्यक्तित्वहरुले नेपालको बर्तमान आर्थिक अवस्था, वित्तीय चुनौती, अन्तराष्टिय लगानीका समस्या तथा निराकरणका लागि आवश्यक कानुनको तर्जुमा र विकास गरी नेपाललाई लगानीको आकर्षक गन्तब्य बनाई रोजगार सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा लाग्नुपर्ने कुरामा सवैको ऐक्यबद्धता रहेको थियो ।


कार्यक्रममा विशिष्ट अतिथि डा। भोला रिजाल, दिपक रिसाल, नगर प्रमुख, गोकर्णेश्वर नगरपालिका, उपेन्द्र कार्की, नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका, राजेन्द्र क्षेत्री, पुर्व प्रधानसेनापति, अवैतनिक महाबाणिज्य दुत, गणेश कार्की,मोरिसस, दुर्गा प्रसाई, स्वास्थ्य ब्यवसायी तथा समाजसेवी, अध्यक्ष विएनसि हस्पिटल, अरुणराज सुमार्गी, कृषि शाखा प्रमुख, नेपाल उद्योग बाणिज्य महासंघ, बालकृष्ण शिवाकोटी, नेपाल राष्टिय उद्योग ब्यवसायी महांसंघ, उपाध्यक्ष तथा लगानी बोर्डका निर्देशक, गीता राणा, पुर्व सभासद, संस्थापक प्रिन्सिपल, ग्यालेक्सी पब्लिक स्कूल, प्रा।डा। 

गान्धी पण्डित, बरिष्ठ अधिबक्ता गान्धी एसोसिएट्स, अध्यक्ष, गैर आवासीय नेपाली संघ, रविना थापा, एनआरएनए, अस्मिता सुमार्गी, अध्यक्ष, हेलो नेपाल, दीपक मलहोत्रा, संस्थापक, आइएमएस ग्रुप, निमा नुरु शेर्पा अध्यक्ष, नेपाल पर्वतारोहण संघ, निलहरी बास्तोला, टेकिगं एजेन्सिज एसोसिएसन अफ नेपाल, टान अध्यक्ष, रमेश थापा, नाटा अध्यक्ष, लोक बहादुर टंडन, ग्रिनसिटी हस्पिटल अध्यक्ष, ऋषि धमला, सभापति, रिपोर्टर्स क्लव, राजन श्रेष्ठ धरातल, क्याम्पस प्रमुख, मनास्लु वल्र्ड कलेज, डा। 

रामशरण थपलिया, इकोन, बरिष्ठ उपाध्यक्ष, डा। रामशरण थपलिया, इकोन, बरिष्ठ उपाध्यक्ष, मोहन लम्साल, एनएमए, महासचिव, लाक्पा फुटी शेर्पा, युवा पर्यटन ब्यवसायी, जलेश्वर शर्मा, युवा ब्यवसायी, लक्ष्मण लम्साल, किवानिज नेपाल गभर्नर, डा। अनुप ढुंगाना, इएनटी विशेषज्ञ, नवीन त्रिताल, पर्यटन ब्यवसायी लगायतको उपस्थितिका विच कार्यक्रमसंचालन भएको थियो ।

विभिन्न विधामा आफ्नो क्षमता र योग्यताको विशेष लगानी गरी समाजका प्रभाव छाड्न सफल ब्यक्तित्वहरु दीपक रिसाल, नगर प्रमुख, गोकर्णेश्वर नगरपालिका बालकृष्ण पण्डित, सफल पर्यटन ब्यवसायी लाक्पा फुटी शेर्पा, सफल पर्यटन ब्यवसायी, नवीनचन्द्र श्रेष्ठ, सफल उद्योगपति, रश्मी गिरी, महिला उद्यमी, एलिजा ज्ञवाली, महिला उद्यमी, दिपेश अर्याल, सफल युवा उद्यमी तथा समाजसेवी, एम सुनुवार, संयोजक, आइपिडिएफ अमेरिका,प्रतिनिधि, नन्द कुमार देवान, आइपिडिएफ, इन्डिया संयोजक, मीनकुमार मोत्तान, कार्यकारी निर्देशक, मनास्लु वल्र्ड कलेज, सुनिता तामांग, आइपिडिएफ युएसए संयोजक, प्रतिनिधिलाई विशिष्ठ अतिथि डा। भोला रिजालबाट प्रदान गरिएको थियो ।

आइपिडिएफका अध्यक्ष मुकुन्द कुमार ढुंगाना अध्यक्षता गर्नु भएको कार्यक्रममा उपाध्यक्ष भवानी प्रसाद पौडेलले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो त्यस्तैगरी महासचिव कमल कार्कीले नेपालमा बैदेशिक लगानी यसका समस्या र चुनौतीका बिषयमा प्रकास पार्नु भएको थियो एवं सचिव गेन्द्र लामाले मेडिया संयोजन तथा कार्यक्रम ब्यवस्थापमा विशेष योगदान दिनुभएको थियो भने कोशाध्यक्ष एवं सदस्य सचिव द्रोण पराजुलीले संस्थाको परिचय तथा आगामी कार्यदिशा प्रस्तपार्नु भएको थियो ।

अत्यमा पाँचवटा महत्वपूर्ण घोषणाहरु क।लगानी मैत्री बातावरण तयार पार्न राष्टिय तथा अन्तराष्टिय अन्तक्रिया तथा संवादको कार्यक्रमहरु केन्द्र, प्रदेश तथा स्थानीय तहमा लगानी मैत्री संवाद कार्यक्रम संचालन गरिने, ५०० जनाको क्षेत्रगत विज्ञ टीम तयार पारी विकास आयोजनामा प्रभावकारी भूमिका निर्वाह गर्ने अनुगमन तथा मुल्यांकन गर्ने कार्यको प्रारम्भ गर्ने, नवीनतम परियोजनाको खोजी गरी सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्ने र अन्तराष्टिय परियोजना लगानी सम्मेलनको आयोजना

गर्ने लगायतका कार्यक्रमहरु उद्घोष गर्दै कार्यक्रम समापन गरियो ।

कार्यक्रमको संचालन तथा प्रस्तुति लोकप्रिय कार्यक्रम प्रस्तोता तथा एपिवान टीभीकी कार्यक्रम संचालिका रुपा खड्काले गर्नुभएको थियो।


काठमाडौं मसिर १९ गते | चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने आक्रामक रुपमा जनताको काममा लागेका छन् । लामिछानेले एक पछि अर्को कमाल गरिरहेका छन् ।

अधिकांश दलका सांसदहरु चुनाव जितेको रन्कोमा खादा मालाले पुरिएर रम रमाइलो गरिरहेका बेला केहि सांसदहरु भने जनताको काममा खटिन थालेका छन् । देशैभरमा सबैभन्दा धेरै मतान्तरमा चुनाव जितेर रेकर्ड बनाएका स्वतन्त्र पार्टीका रवि लामिछाने भने एक्सनमा उत्रिएका छन् ।

किसानले मल नपाएको बिषयमा साल्ट ट्रेडिङमा अनुगमन गरेर काम सुरु गरेका लामिछानेले कामको ठेक्का लिएर समयमा काम नसक्ने ठेकेदारहरुलाई तोकेता गर्ने देखी बर्षौ देखी पानीको समस्या भोगिरहेकाहरुलाई श्रमदान गरेर पानीको व्यवस्था गर्ने सम्मको काममा अगुवाइ सुरु गरेका छन् ।

प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएको प्रमाण पत्र लिए पछि सपथ नखाँदै लामिछानेले चौतर्फी रुपमा काम सुरु गरेका छन् । चितवन जिल्ला भएर पनि अहिले सम्म पनि बिजुली नपुगेको क्षेत्रमा तत्काल विद्युत लाइन विस्तारका लागी पनि लामिछानेले ठोस पहल गरेका छन् ।

रविले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरी आफ्नो निर्वाचन क्षेत्रमा विद्युत नपुगेको ठाउँमा विद्युत लाइन विस्तार गर्नका लागी अनुरोध गरेका छन् । लामिछोको प्रस्तावलाई दरिलो साथ दिँदै कुलमानले पनि तुरुन्त काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँगको भेटपछि उनले लेखेका छन्, ‘मेरो निर्वाचन क्षेत्र चितवन–२ को इच्छाकामना गाउँपालिकाको २, ३, ४, ५, ६ र ७ वडाका विद्युत् नपुगेका ठाउँमा यही महिनाभित्र क्रमशः टेन्डर आह्वान गरी विद्युत् लाइन विस्तार हुने भएको छ । अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

चितवनकै कालिका नगरपालिकाको विद्युत् नपुगेको पहाडी भेगमा पनि अब तत्काल विद्युत् विस्तार हुने उनले सामाजिक सञ्जालमै लेखेका    छन् । सांसदमा निर्वाचित भएको छोटो समयमै लामिछानेले जनतालाई ठूलो आशा देखाउन सफल भएका छन् ।

आफैँ फिल्डमा खटिएर लामिछानेले काम गरिरेहका छन् । जनतासँगै रहेर काम गरिरहेका उनलाई जनताले पनि दरिलो साथ दिइरहेका छन् । उनको निर्वाचन क्षेत्रका जनताहरु श्रमदान गर्दै लामिछानेलाई साथ दिइरहेका  छन् । जनताको प्रतिनिधी कस्तो हुनु पर्छ भन्ने उदाहरण रविले देखाइरहेको भन्दै प्रशंसा चुलिएको छ ।

चितवन( २ बाट भारी मतान्तरले विजयी भएका रवि लामिछानेले आफू निर्वाचित भएको दिनदेखि नै काममा लागेको बताएका थिए । अहिले उनी आफ्नो निर्वाचन क्षेत्रमा रहेको खानेपानी समस्याको समाधानका लागि लागिरहेका छन् ।

खानेपानीको मुहानमा पुगेका रविले सामाजिक सञ्जालमा लेखेका छन् – ‘हो, विधायकको काम नीति निर्माण मा नै ध्यान दिने हो तर काम गर्नरगराउन फिल्डमा खट्नु पनि पर्छ। हामी भुईँ मान्छेका मान्छेहरू हौ, भुईँ छोड्ने त कुरै आउँदैन नि।

हामी आगो नलागोस् भन्ने कामना मात्र गर्दैनौँ आगो लागिहाले निभाउन पनि पुग्छौँ। नीतिहरू कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महसुस गर्ने गरी लागू पनि हुनु पर्छ। त्यसैले हामी संसद र सडक दुवै तिर हुन्छौँ। हामी यस्तै छौँ ।’

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने चितवन( २ मा ४९ हजार २६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत ल्याएका थिए ।


काठमाडौं । रातो तारा डट कम, उनी भन्छन् निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍या ली गर्न चाहन्न।

म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा “धन्यवाद सभा” गर्दैछु।एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला।

म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला।

माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।


बिराटनगर मंसिर ८ गते | रातो तारा डट कम,रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । रहँदा स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो ।काठमाडौं–२ मा उपाध्यक्ष सोविता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

गौतम १५ हजार २२९ मतसहित विजयी भएकी हुन् । उनले एमालेका मणिराम फुयाललाई हराइन । फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याउँदा पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्तीमगर ९ हजार ४४९ मतसहित चौथो स्थानमा रहिन् ।

काठमाडौं ७ मा पनि एमाले नै निकटतम प्रतिस्पर्धी बनेको छ । पराजुली ८ हजार ७४३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत मात्र पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मतमा चित्त बुझाइन् ।।

काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाए ।

पाँच क्षेत्रमा लिड गर्दै स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी मतगणना जारी भएका पाँच निर्वाचन क्षेत्रमा लिड गरिरहेको हो । सुनसरी-२ मा लालविक्रम थापा, काठमाडौं-६ मा शिशिर खनाल, चिवतन-१ मा हरि ढकाल र २ मा रवी लामिछाने तथा ललितपुर-३ मा तोसिमा कार्कीले लिड गरिरहेका हुन् । ७ असार ०७९ मा मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी मुलुककै कान्छो दल हो ।


काठमाडौं । रातो तारा डट कम,निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ । निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको हो ।


काठमाडौं । रातो तारा डट कम,मंसिर ४ गते एकै साथ देशभर सम्पन्न भएको निर्वाचनको यतिबेला देशका विभिन्न ठाउँमा मतगणना भईरहेको   छ । १ सय ७ निर्वाचन क्षेत्रको मतगणना हुदा प्रतिनिधिसभामा नेपाली कांग्रेसले १ सिट जितेको छ भने एमालेले १ सिट जितेको छ । 

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस ३७ ठाउँमा अग्रस्थानमा रहेको छ भने नेकपा एमाले २६ स्थानमा अगाडी रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी र नेकपा एकिकृत समाजवाद पार्टी समान ८ ठाउँमा अगाडी रहेका छन् । 

त्यस्तै ५ ठाउँमा राप्रपा अगाडी हुदा जनमत पार्टी १ ठाउँमा अगाडी रहेको छ भने अन्य पार्टी १४ स्थानमा अगाडी रहेको पाइएको छ । हेनुृहोस पछिल्लो मतपरिणाम अनुसार देशका चर्चित क्षेत्र र उमेद्वार कसको मत कति आएको छ कसले निर्वाचन जित्ने सम्भावना छ । तलको भिडियोमा हेर्नुहोस ।


काठमाडौं । रातो तारा डट कम, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ आज केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति निर्वाचन आयोग हार्दिक आभार व्यक्त गर्दछ ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको छ । यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो । केही जिल्लाका मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकोमा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सुचारू भएको थियो । सो क्रममा राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन प्रतिनिधिको संयमता र सौहार्दताका लागि आयोग धन्यवाद व्यक्त गर्दछ ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं। ४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँ पालिका वडा नं। ६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौर लगायत अन्य ८ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको छ । स्थगन भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने निर्णय गर्न उपयुक्त प्रबन्ध मिलाइनेछ ।

निर्वाचनको सिलसिलामा निर्वाचन सामग्रीको प्रयोगमा बाधा पुर्‍याउने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको प्रक्रिया उल्लंघन गर्ने, मतेपटिकामा अन्य वस्तु खसाल्ने, पटक पटक मतदान गर्न खोज्ने, मतपत्र नष्ट गर्ने, मतदान स्थल कब्जा गर्ने लगायतका कार्यमा संलग्न जोसुकैलाई ९निर्वाचन कसुर तथा सजय० ऐन २०७३ बमोजिम तत्काल कारवाही प्रारम्भ गर्न निर्देशन दिइएको छ ।

मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएको छ । मतपेटिकामा रहेका ती सबै मतपत्रलाई मतगणनाका समयमा जनताको अभिमत खेर जान नदिने गरी राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिको छलफलका आधारमा जुन तहका लागि खसेको मत हो सोही तहतर्फ गणना गर्ने गरी प्रबन्ध मिलाइएको छ । मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार तुल्याइनेछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट सोधनी भएका विषयमा आयोगले तत्काल तत्काल सम्बोाधन गर्नेछ ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको भइरहेको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना शुरू गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मौसमले साथ दिएमा भोलि अपरान्ह ४ बजे भित्र सदरमुकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी गर्ने योजना छ ।

अन्त्यमा, मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एक जना सर्वसाधारण नागरिकको मृत्यु भएको तथा अन्य केही स्थानमा केही नागरिकको घाइते भएको घटनाप्रति आयोग दुःख व्यक्त गर्दछ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य उपचारको आवश्यक व्यवस्था गर्नआयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।


विराटनगर मसिर ४ गते | रातो तारा डट कम, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर–७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।

मतदानपछि उहाँले आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुभयो । दण्डहीनताको अन्त्य गर्दै सुशासन र मुलुकको आर्थिक समृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ थियो । आफू निर्वाचित भएर गएपछि दण्डहीनता अन्त्य र सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउने चर्चा गर्नुभयो । “मुलुकमा अहिले दण्डहीनता मौलाउँदै गएको छ । जनताले सुशासनको प्रत्याभूति गर्न छाडेका छन्,” कोइरालाले भने, “दण्डहीनताको अन्त्य गरी सुशासनमात्रै कायम गर्न सकियो भने मुलुकको विकास समृद्धि हुन्छ ।”

यो निर्वाचनले संघीयता र लोकतन्त्रलाई थप बलियो बनाएको उहाँले बताउनुभयो । कोइरालाले निर्वाचनपछि नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गर्नुभयो । “यो निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ,” उहाँले थप्नुभयो, “त्यसपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ ।” निर्वाचनको परिणामपछि मात्रै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लाग्ने कोइरालाले प्रस्ट पार्नुभयो ।


लमजुङ ।रातो तारा डट कम, निर्वाचन आयुक्त डा। जानकारी कुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्र्देशन दिनुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका मतदात अधिकृत र सहायक मतदान अधिकृतका लागि बेँसीसहरमा आयोजित तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त डा। तुलाधरले आफ्नो जिम्मेवारीलाई तटस्थ, इमान्दार, निष्पक्ष भएर पूरा गरी निर्वाचन सफल बनाउन निर्देशन दिनुभएको हो । 

आयुक्त डा।तुलाधरले आम मतदाताको पहुँचयोग्य मतदान केन्द्रको स्थापना, सहज वातावरण सिर्जना गर्ने कार्यमा जुट्नलाई समेत निर्देशन दिनुभयो । मतदाताको सार्वभौमिकताको सुनिश्चितता गर्न सहज ढंगले प्रयोग गर्न पाउने किसिमले मतदान केन्द्रको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्दै उहाँले भन्नुभयो, “निर्वाचनको निष्ठालाई उच्च राख्दै उच्च मनोबलका साथ कर्मचारीहरू अघि बढ्नुपर्छ । 

आयोगले संवैधानिक दायित्व बमोजिम बालिग मतअधिकारको सम्मान, लोकतन्त्रको सुदृढीकरण र जनताको सहभागितालाई सुनिश्चित गर्न आवधिक निर्वाचन सफल बनाउने जिम्मेवारी सफलताका साथ सम्पन्न गर्न विभिन्न योजना, नीति, निर्देशिका, कार्यविधि जारी गरेको छ,त्यसको कार्यान्वयनगरिरहेकाछौँ ।”

उहाँले आयोगले हरेक मतदान केन्द्रहरूलाई अपाङ्गतामैत्री, लैँगिङमैत्री, ज्येष्ठ नागरिकमैत्री बनाउन निर्देशन दिइसकेकाले सोबमोजिम छ भन्ने सन्देश प्रवाह गर्न पनि आग्रह गर्नुभयो । लमजुङका मुख्य निर्वाचन अधिृकत शिवप्रसाद खनालले जिल्लामा कुनै पनि दलविरुद्ध उजुरी नपरेकाले निर्वाचन आचारसंहितापालना सन्तोषजनकरहेको बताउनुभयो ।


बेलबारी, मोरङ कातिक २५ गत । रातो तारा डट कम,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले 'पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने' भन्दै मतदातालाई प्रश्न गरेकी छन् ।

शुक्रवार थापाले घरदैलो कार्यक्रमको २५ औँ दिन बेलबारी २ पुगेर यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन् 'पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सती जानुहुन्छ ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो । आफ्नो सन्तान बचाउन नसक्ने तपाइको महान् पार्टी कहिलेसम्म जोगाइदिने ? कस्कोलागीजोगाइदिने ?अब पनि बुझ्नुभएन भने के राजनीतिगर्नुहुन्छ ?'
थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गरेकी छन् । 

भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवा पुस्ताले आफ्नो समय वरवाद गर्न नहुनेमा उनले जोड दिएकी छन् । उनले भनिन् 'म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु । कुनै नेताको पछाडि जिन्दाबाद र मुर्दावाद भन्दै नदौडिनुहोला । आज जुन नेताको पछि दौडनु हुन्छ त्यी नेता ठाउँमा पुग्लान् तर चुनाव सकिएको २/४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाह छैन ।'

उनले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गरेकी छन् । उनले भनिन 'काम सघाउँदा बरु आमा त खुसी हुन्छिन् । त्यो तपाइको मत किनेर गएको नेताले जितेको भोलिपल्ट तपाईँलाई चिन्दैन । के को लागि हिँड्ने जिन्दाबाद, जिन्दाबाद गर्दै ?' 

थापाले आफू नेता बन्नको लागि राजनीतिमा नलागेको जिकिर गरेकी छन् । जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने बताएकी छन् । उनले भनिन् 'जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ । ५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु । अहिले म नितान्त तपाईँहरूको सेवक बन्न आएकी हुँ । म माथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमती दिनुहोस् भन्न आएको हुँ ।' 

नेपाली जनताले धेरै पटक पार्टी जोगाएको र अब परिवर्तनका लागि युवा पुस्ताको जोस-जाँगर जोगाउनेमा आफू विश्वस्त रहेको थापाले बताइन । 

उनले मोरङ ३ परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छन् । थापालाई महिला, नयाँ मतदाता र सुकुम्वासीहरूको बलियो साथ रहेको छ । उनले आफूलाई यस क्षेत्रमा विकल्पको रूपमा प्रस्तुत गर्न सफल भएकाले थापाको सम्भावना बढ्दै गरेको पाउन सकिन्छ ।


चितवन २५ गते । रातो तारा डट कम, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई थपलियाको आग्रह गर्नुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले मंसिर २५ गते दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सूक्ष्मरुपमा रिपोर्टिङ हुनुपर्ने बताउनुभएको हो ।

उहाँले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिका सहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेकाले मंसिर १ गते साँझ सम्ममा सबै कर्मचारी र सामग्री मतदान स्थलमा पुगे नपुगेको विषयमा रिपोर्टिङ हुनुपर्ने र पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको स्पष्ट गर्नुभयो ।

बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्नेमा सांसद्को भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासन दिइएको पाइएकाले निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको बताउँदै उहाँले निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारहरूको हो भन्नुभयो ।

“हामी सबैले आफ्नो इमानदारिता कायम गरौँ । निर्वाचन आचारसंहिताको कहीँकतै उल्लघंन नहोस्, उल्लघंनका समाचार बाहिर आउन् । नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्यबोध गराउने खालका समाचार प्रवाह होस् ।”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “पत्रकारहरूले आचारसंहिताको कति पालना गरेका छन्, त्यसको लेखाजोखा होस् । सबै दल र उम्मेदवारलाई समान पहुँच र स्थान दिइएको छ कि छैन भन्ने विषयलाई पनि आत्मसाथ गर्नुहोला ।”

प्रमुख आयुक्त थपलियाले मतदानका दिन र मतगणना कार्यको समाचार प्रवाह गर्दा प्रवद्र्धनात्मक र मतदातालाई तथ्य जाँचसहित सही सूचना दिनुपर्नेमा जोड दिनुभयो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.