Websoft University
August 2017


रोशन पोखरेल-विराटनगर भदौ १५ गते  । रातो तारा डट कम,
नेपाली चलचित्रमा दर्शकको माग र मनोरञ्जनलाई समेटेर फरकधारमा चलचित्र निमार्ण गर्ने क्रम बढ्दो रहेको छ । आम  दर्शकहरुको मानसिकता नजानिदो तरिकाले परिवर्तन गर्ने मा निकै माहिर छन नेपाली सिनेकर्मि हरु  । नेपाली सिने जगतमा हास्य विद्यालाई समेटेर तयार पारिएको धुम २ नेपाल भरका विभिन्न ६३ ठाउँमा सफतला पुर्वक रुपमा चलिरहेको चलचित्र निमार्ण पक्षले बताएको छ ।

 भाद्र ७ गते तीजको अवसर पारेर ४ वटा चलचित्र एकसाथ प्रदर्शन भएकामा तीन वटालाई पछार्दै ‘धुम २’ अघि बढेकोे देखिन्छ । उक्त चलचित्र दोश्रो हप्तामा प्रवेश गरेको छ । अरु चलचित्रहरुले पानी पिउँन नपाएका बेला यस चलचित्रले भने पहिलो हप्ताको प्रदर्शन बाटै लगानी सुरक्षित गरेर नाफा समेत कमाएको बताउ्ँछन चलचित्रका निर्देशक तथा अभिनेता जय किशन बस्नेत ।

एउटा फिल्म खेलेको २२ लाख ५० हजार लिने घोषणा गरेका निर्माता ,निर्देशक तथा कलाकार जय किशन बस्नेतद्वारा निर्माण गरिएको यस चलचित्रलाइ केही निर्माता ,कलाकार ,वितरक तथा पत्रकारहरु असफल बनाउन समेत लागेका थिए । तर दर्शकहरुको मन मुटुमा बसिसकेका कलाकार बस्नेतले निर्देशन र अभिनय गरेको चलचित्र भएको हुनाले दर्शक कमी हुन नपाएको बताइएको छ ।

हलहरुमा उभिएर समेत फिल्म हेर्नु पर्ने अवस्था आएपछि उनको चलचित्रलाई असफल बनाउँन लागि परेकाहरुको नाक मुख नदेखिएको बताउछन चलचित्रका निर्देक जय कृष्ण  । जयकिशनकै लेखन, निर्माण तथा निर्देशन साथै प्रमुख भूमिका समेत रहेको धुम २ मा श्रृजना भट्टराई लगाएतको अभिनय रहेको छ ।

त्यसै गरी उक्त चलचित्रमा टंक बुढाथोकीले संगीत गरेका छन् भने जिवन श्रेष्ठको छायाँकनलाई तारा थापा किम्भेले सम्पादन गरेका छन् ।हास्य पात्रको रुपमा चलचित्रमा प्रवेश गरेका उनी आम दर्शक तथा श्रोतामाझँमा निकै लोकप्रिय बन्दै जाउन हाम्रो तर्फ बाट शुभ कामना  ।


रबिन्द्र बराल-रंगेली,माेरङ,भदौ १५ गते, बिहीबार।
रातो तसरा डट कम,माेरङकाे धनपाल थान गाउँपालिका ४ कर्सिया चाेकमा अबैध रुपमा किल्निक संन्चालन गर्ने एक भारतीय डा.पक्राउ परेका छन ।

धनपालथान गाउँपालिका २ घर भएका वेचु ऋिषिदेव कि ४५ बर्षिकी श्रीमती लजिया देवि ऋिषिदेव साउन ३० गते पायल्सकाे अप्रेशन गर्दा उक्त अप्रेसन गरेकाे ठाउँमा घाउ निकाे नभएर अझ बडिरहेर बिरामी अझ सिकिस्त भए पछि निजलाई बिराटनगर स्थित सप्तकोसी नर्सिङ हाेममा उपचार भई रहेको छ।

पीडित पक्षले ईलाका प्रहरी कार्यलयमा उजुरी दिएपछि नक्कली डाक्टर रहेको खुलासा भएको छ  ।
भारत पश्चिम वंगाल घर भएका डाक्टर एस.के मल्लिक नाम गरेका उनले चांदसी क्लिनिक नाम गरेर  बिगत सात महिना देखि संन्चालन गर्दे अाईरहेका थिए।

अनुमतिपत्र समेत प्राप्त नगरीकन साे क्लिनिक संन्चालन गरेकाे प्रहरीले जनाएको छ । उक्त मल्लिकलाई ठगी मुद्दा अन्तर्गत कारवाहि अगाडि बडाएकाे ईलाका प्रहरी कार्यलय रंगेली का सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।



सुनसरी भदौ १५ गते । रातो तारा डट कम,सुनसरी कोशी गाउँपालिका–६ श्रीपुजब्दीका देवनारायण यादवले एक बिगाहा पाँच कट्ठामा परवलखेती गर्नुभयो । तर उहाँले लगाएको खेतीमा साउन २७ गते आएको बाढीको पानी चार फिटसम्म जमेका कारण फस्टाउन नपाई परबल सुकेको छ ।

परबल सुकेका कारण अब कसरी घर परिवार चलाउने भन्ने चिन्ताले उहाँलाई सताएको छ । उहाँको जस्तै समस्या भएको छ सोही ठाउँका दिलीप यादवको पनि । उहाँले करिब १० कट्ठा जग्गामा परवल खेती गर्नुभएको थियो । बाढीको पानी खेतमा तीन÷चार दिन जमेपछि परबल खेती उहाँको पनि सुक्न थालेको छ । परवलखेती सुक्न थालेपछि अहिले कसरी घर परिवार चलाउने भने चिन्ताले उहाँलाई पिरोली रहेको छ उहाँलाई ।

उहाँहरु जस्तै सो क्षेत्रका सयौँ कृषकले लगाएको परबल खेतीमा बाढीको पानी जमेका कारण सुक्न थालेपछि स्थानीय कृषक चिन्तित भएका छन् । विसं २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन श्रीपुरजब्दी, हरिपुर, पश्चिमकुशहा गाविस पूर्ण प्रभावित र लौकही गाविस आंशिक प्रभावित भएको थियो ।

प्रभावित भएको क्षेत्रमा रहेका अधिकांश जग्गा बगरमा परिणत भएपछि स्थानीयले विकल्पको रुपमा परबलखेती गर्दै आएका छन् । तर त्यो परबलमा पनि बाढीको पानी जमेर सखाप बनाएपछि आफूहरुलाई घर परिवार चलाउन र केटाकेटीको स्याहारसुसार गर्न समस्या भएको स्थानीय दिलीप यादवको भनाइ छ ।

यादवको समस्या जस्तै छ स्थानीय वीरेन्द्र यादवको पनि । उहाँले एक बिगाहा जग्गामा परबलखेती गर्नुभएको थियो । तर उहाँको खेतमा पनि पानी जमेका कारण परबल सुक्न थालेपछि उहाँ निरास हुनुभएको छ । एक बिगाहामा लगाएको परबलबाट एक वर्षमा रु तीन लाखसम्म आम्दानी गरेकोमा यसपटक त्यो आम्दानी गुमेको वीरेन्द्र यादवको भनाइ छ ।

यता जिल्ला कृषि विकास कार्यालय, सुनसरीका प्रमुख राजकान्त झाले जिल्लामा करिब १५ हेक्टर क्षेत्रफलमा लगाएको परबलखेती नष्ट हुँदा रु ७० लाख बराबरको क्षति भएको बताउनुहँुदै यस आर्थिक वर्षमा अनुदान प्रदान गरी पुनः खेतीतर्फ आकर्षित गर्ने बताउनुभयो ।

कोशी बाढीको पीडामा केही मल्हम लगाउने कार्य जस्तो हुने गरी परबलखेती गरिरहेका स्थानीय किसानले यसपालीको डुबानले त्यो परबल पनि नष्ट भएपछि किसान थप निरास बनेका छन् ।

त्यसैले, परबल किसानलाई राहत तथा क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने स्थानीय कृषकले माग गरेका छन् । राज्यले तरकारी बाली उत्पादक किसानलाई सहयोग गर्नु आवश्यक छ भने डुबान कटान क्षेत्रमा व्यवस्थित खेतीका लागि समेत पहल गर्नु जरुरी छ ।



चितवन, भदौ १५ गते । रातो तारा डट कम,नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको छ ।

चारकिलोमा ठूलो पहिरो रहेता पनि अन्यत्र साना पहिरो रहेको उहाँले बताउनुभयो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले थप पहिरो नखसेमा केही घण्टामा आवागमन सञ्चालनमा आउने थापाले बताउनुभयो ।

पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिँदै आएको छ । आज बिहान ३ः३० बजेको हाराहारीमा ती ठाउँमा पहिरो खसेको प्रहरीको अनुमान छ ।

बिराटनगर, भदौ १५ गते । रातो तारा डट कम,अहिले पूर्वी नेपालमा निजी दुध उत्पादकहरुले उत्पादन गरेको दुध मानव स्वास्थ्यलाई हानिकारक छकि छैन, त्यो जाँच गर्ने निकाय नै यस बेला बिरामी परेकोछ । किन कि कस-कसले कहाबाट कसरी दुध उत्पादन गर्दैछन र कसरी बिकृ भइरहेको छ,बइाारमा जथाभावि उत्पादान र बिकृ भइरहेका दुधले जनस्वास्थ्यमा कति असर पारेकोछ, त्यस्को लेखाजोखा गर्ने संस्था नै कता छ, जनतालाई चै यो चाडपर्वको मुखमा आइपुग्दा पनि थाहाछैन ।

नेपालमा नाम चलेको र मानिसको बोलिचालिमा पनि डिडिसि को दुन्ध भनिने गरिन्छ,डिडिसिको दुन्धको बजारमा सधै अत्याधिक उपभोक्ताहरुको माग रहेको पाइन्छ । अन्य जथा भाविपाइने दुन्ध खान पनि हुन, खाइहाले मानव स्वास्थ्यको कुरा भएकाले चाडपर्वमा उपभोक्ताहरुले दुध खरिर्दा बिचार गर्नु पर्ने भएकोछ ।
  (दूध बिकास सस्थानबाट उत्पादित दूध सधे प्रयोग गरोै)

डिडिसि अर्थात दुध बिकास संस्थान, बिराटनगर दुन्ध बितरण आयोजनाका आयोजना प्रमुख सरोज सिमखडालाई भेटेर डिडिसि दुन्धको बारेमा जानकारी माग्दा वहा भन्नु हुन्छ-अहिले बिराटनगर महानगर भईसकेकोछ, र पूर्वी नेपालको जनसख्यको तुलनामा डिडिसिको दुध उपभाक्ताहरुको माग अनुसार संस्थाको योजना उत्पादनको क्षेमता बिकास तिर संस्थान अहिले लागि परेकोछ ।
  (दूध र दूध पदार्थ बाट बनेका दही, मखन, घ्यू मिठाइ नै सधै
   प्रयोग गगरोै)

अहिले १२ हजार लि. दुध र ४ हजार लि. दही प्रत्येक दिन खपत भइरहेकोछ,र अव  चाडपर्व नजिकिन थालेकाले उपभाक्ताहरुको माग अनुसार उत्पादन क्षमता बृद्घि गर्दै जानु पर्छ भन्नु भयो । गत वर्षको रेकड हेर्ने हो भने नेपालीहरुको महान चाडपर्वका बेला प्रतिदिन ३० देखि ३५ हजार लि. दुधको खपत रहेको पाईन्छ,यस्तो खपत कार्तीक देखि करिव फागुन सम्मरहने गरेको पाइनछ ।

 यि सबै कुरालाई बिचार गरेर हामीले डिडिसि पाउडर पहिला ३ टन मात्र उत्पादन भइरहेकाले त्यसबाट मात्र उपभोक्ताको माग पुरा नहुने भन्दै तीन टन (३० हजार लि.) बाट क्षेमता बृद्घि गर्न कारखाना मर्मत भइरहेकोछ, र काम सकिए पछि दैनिक ६० हजार लि. धुलो दुध बिराटनगरबाटै उत्पादन हुनेछ भन्नु भयो ।

हाल कारखानामा काम भइरहेकाले बिराटनगरबाट धुलो दुध उत्पादन भएको छैन, र काम सकिने बितिकै देखि धुलो दुध उत्पादनको काम सुरु हुने जानकारी गराउदै भन्नु भयो -डिडिसि ले संकलन गरेका दुधहरुलाई बेलैमा सुरक्षित ठाउँमा राखेर चिस्याउने र त्यसको गुणस्थर कस्तोछ पहिलो चरणको दुधको परिक्षण गरिन्छ भन्नुभयो ।

 चिस्यानमा सुरक्षित राखेको दुध उत्पादन केन्द्रमा ल्याए पछि फेरी परिक्षण गरिने र दुध प्याकिंङ हुनु अगाडि चिल्लो पना पानीको मात्र कोलिफम, दुधको स्वाद, समेतको पुरा परिक्षण गरेर मात्र दैनिक दुध डिडिसिले प्याकिंङ गरेर बजारमा पठाउने गरिएकाले डिडिसि दुध, पनिर, मखन, दही, र दुध पदार्थबाट बनेका मिठाइका परिकारहरु ढुक्क भएर खान सबै उपभोक्ताहरुलाई आग्रह गर्छु,सिमखडाले भन्नु भयो ।


काठमाडौ, भदौ १५ गते । रातो तारा डट कम,
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड,अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ ।

थाइल्याण्डको बैककबाट उपचार गराई स्वदेश फर्कने क्रममा हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गदै उहाँले भन्नुभयो–राजनीति पार्टीको रुपमा रहेका राजपाले राजनीतिक अभ्यास गर्नुपर्दछ ।

“अवरोध, तोडफोड र हिंसाको राजनीति त्याग्नुहोस्, त्यो सम्य समाजलाई ग्राह्य हुँदैन,समाजलाई अस्वीकृत गर्ने व्यवहार प्रकट नगर्नुहास्,”अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले राजपाले गरिरहेको व्यवहारबारे सरकार र निर्वाचन आयोगको चुप लाग्नु अनौठो भएको बताउँदै ‘‘राजपाले अर्काको पार्टीले गरेको कार्यक्रम बिथोल्ने गरेको छ, यो क्रियाकलाप निर्वाचन आचारसंिहताभित्र पर्दछ कि पदैन’’ भनी प्रश्न गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो–‘‘आयोगले राजपालाई यसो गर्नुहोस् भनेर पनि भनेको पाइदैन, केही भन्न नसक्ने कारण के हो रु ’’

राजपाले निषेधको राजनीति गरिरहेको बताउँदै उहाँले एमाले पनि राजपा जस्तै ओर्लिने हो भने नराम्रो परिमाण निस्कने चेतावनी दिनुभयो ।

‘‘एमाले जिम्मेवार पार्टी हो, कुनै आवेश, उत्तेजनामा आउने पार्टी होइन’’ उहाँले भन्नुभयो –‘‘डरपोक भएर भाग्दैन पनि, एमालेलाई प्रतिवादको बाटो समाउन नपरोस् ।’’

अध्यक्ष ओलीले मंसिर ४ गते तोकिएको संघ र प्रदेशको निर्वाचन एकाएक मंसिर १० र २१ गते दुई चरणमा पु¥याउने सरकारको निर्णय उपयुक्त नभएको उल्लेख गर्दै निर्वाचन आयोग र सत्तापक्ष गठबन्धनले गर्ने निर्वाचनमाथि विगतमा गरिएको स्थानीय तहको निर्वाचन हेरेर निष्पक्षताको प्रश्न उठेको गुणासो गर्नुभयो ।

उहाँले आफ्नो स्वास्थ्यस्थिति राम्रै भएको प्रतिक्रिया पनि दिनुभयो ।

ओलीसंगै जानुभएका उहाँका धर्मपत्नी राधिका शाक्यसमेत स्वदेश फर्कनु भएको छ । उहाँलाई स्वागत गर्न कार्यवाहक अध्यक्ष बामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।

अध्यक्ष ओली यही शुक्रबार नियमित उपचारका क्रममा थाइल्याण्डको बैकक जानुभएको थियो । 



डडेल्धुरा,भदौ १५ गते । रातो तारा डट कम,
डडेल्धुरा र डोटी राजमार्ग छेउमा कलिला हातले कुटेको गिट्टी र जम्मा गरेको बालुवाले जिल्ला सदरमुकामका ठूलठूला निर्माण कार्य भइरहेका छन् ।

सडक छेउका विपन्न र गरिब परिवारका बालबालिका विद्यालय समय अघिपछि प्रायः गरी हातमा हम्मर, कुटो र बालुवा जमा गर्ने बोरा समातेको अवस्थामा सडक छेउमा भेटिने गर्र्दछन् ।

गिट्टी कुट्ने रहर नभएर बाध्यता रहेको आयआर्जन कम भएका दलित र गरिब परिवारका मानिसको भनाइ रहेको छ । राजमार्ग आसपासका गाउँका पुरुष प्रायः रोजगारका लागि भारततिर जाने भएकाले र सो पैसाले घरखर्च चलाउन पनि मुस्किल पर्ने भएकाले महिला तथा बालबालिका दैनिक कामकाज चलाउनका लागि भए पनि सडक किनारामा गिट्टी कुट्ने कार्य गर्दै आएका छन् ।

गिट्टी कुटेर नै उनीहरुले आफूलाई आवश्यक पर्ने कापी कलमका साथै लुगाफाटोका लागिसमेत पैसा जमा गर्ने गरेको उनीहरुका आफन्तको भनाइ रहेको छ । आफ्ना आवश्यकता परिपूर्ति गर्नका लागि आफन्तसँग बालबालिकाले कुटेको गिट्टी र बालुवाले जिल्ला सदरमुकामका ठूलठूला भवन र सडक कालोपत्रेदेखि लिएर अन्य ठूलाठूला निर्माणका कार्य भइरहेका छन् । आफ्ना आवश्यकता पूरा गर्न बालबालिका आफ्ना आफन्तसँगैै राजमार्गको किनारामा पुग्ने गरेको गणेशपुरका रतना कामीले बताउनुभयो ।

राजमार्ग छेउछाउमा गिट्टी कुट्नका लागि नै बालबालिका बिहान बेलुका राजमार्ग छेउमा धाउँदै आएका छन् । जनज्योति प्रावि कक्षा ३ मा अध्ययनरत सविता विक विद्यालय समयपछि आफ्नी हजुर आमासँगै गिट्टी कुट्न सडक छेउ जाने गर्दछिन् । आफूले कुटेको गिट्टीबाट आफ्नो कापी किताबको खर्च जटाउने गरेको उनकी हजुरआमा कलावती विकले बताउनुभयो ।

कापी किताब मात्र नभएर घरको आवश्यक खर्च पनि त्यसबाट नै जुटाउँदै आएको हजुरआमाको भनाइ रहेको छ । बालबालिकाले समय मिलाएर कुटेको गिट्टीबाट दैनिक चार÷पाँच शय रुपैयाँसम्म पनि कमाई गर्ने गरेको कलावतीको भनाइ रहेको छ ।

कापी किताब मात्र नभएर घरको आवश्यक खर्च पनि त्यसबाट नै जुटाउँदै आएको हजुरआमाको भनाइ छ । बालबालिकाले समय मिलाएर कुटेको गिट्टीबाट दैनिक चार पाँचं सयसम्म पनि कमाइ गर्ने गरेको कलावतीको भनाइ छ ।

डडेल्धुराका राजमार्ग सडक छेउछाउका बालबालिकाले गिट्टी कुटेर पढाइखर्च जुटाउने गरेका छन् । विद्यालय समय बाहेक उनीहरु राजमार्ग छेउछाउमा ढुंगा जम्मा गरेर गिट्टी कुटिरहेको अवस्थामा भेटिने गर्दछन् ।

सडकको सुविधा र बजारको मागअनुसार विशेषगरी डडेल्धुरादेखि डोटी राजमार्गमा आफ्ना अविभावकसँगैं विद्यालय पोसाकमा बालबालिका पनि गिट्टी र बालुवा जम्मा गर्ने कार्य गरेका भेटिने गर्दछन् । केआइसिंह राजमार्गको रडुवा खोला, गजरउला, सकायल, बाण्डुरीशैन, सल्लाघारी, कोरालखोला, गोपीघाट, तिलताली जस्तै विभिन्न ठाउँमा बालबालिका आफ्ना आफन्तसँग गिट्टा बालुवा जम्मा गरी बेच्ने गर्दछन् ।

बालबालिकाले जम्मा गरेको गिट्टी बालुवा डडेल्धुरा सदरमुकाम र डोटी जिल्लाका विभिन्न स्थानमा भवन निर्माणका साथै सडक कालोपत्रे र अन्य निर्माणको प्रयोजनका लागि लैजाने गरेको निर्माण कम्पनी बताउँछन् ।

भिमदत्तराज मार्ग र केआइसिंह राजमार्ग छेउका गाउँका बालबालिका विद्यायलमा पढाइ सकिनेवित्तिकै ४ बजेपछि र बिदाका दिनमा प्रायः गिट्टी कुट्ने र बालुवा झिक्ने र जम्मा गर्ने काममा व्यस्त रहेका देखिन्छन् । आफ्ना आवश्यकता आफैँ जुटाउन र खाली समयको सदुपयोग गर्ने गरेको बालबालिका बताउँछन् ।

गणेशपुरका कक्षा ७ मा अध्ययनरत दीपक कार्की भन्छन्, “बुबा भारततिर हुनुहुन्छ आमा घरको काममा व्यस्त हुनुहुन्छ त्यसैले मैले पनि केही काम गरेर आफ्नो खर्च जुटाउन पर्छ” सोचेर खाली समय गिट्टी कुटेर बिक्री गर्ने गर्दछु ।” साँझ ४ बजेदेखि ७ बजेसम्म कम्तीमा पनि चारदेखि पाँच कट्टा गिट्टी फोडेर बेच्ने गर्दछु । दिनमा रु २०० देखि २५० कमाउने गर्दछु । यस्ले मेरो कापी कलम मात्र नभएर घरको आश्यकता समेत परिपूर्ति हुने गरेको कार्की बताउँछन् ।

घरमा आवश्यक साबुन, तेल, चिनी, चियापत्तीको समेत छोराको कमाइबाट जोहो गर्ने दीपककी आमा जानकी कार्कीले बताउनुभयो ।

जानकीका अनुसार आफ्नो छोरा अरु जस्तो नभएको बताउँछिन् । दीपकका साथीहरु बिहान र बेलुकाको समय खेलेर बिताउँछन् तर उनी हातमा हताँैडा र कट्टा लिएर सडक छेउमा गिट्टी कुट्न जाने गर्दछन् ।

गणेशपुर मावि विद्यालय कक्षा ७ मा नै अध्ययरत बालिका अमृता कार्की पनि दीपक जस्तै दिनहँु फुर्सदको समयमा गिट्टी कुटेर पढाइ खर्च जुटाउने गर्दछिन् । अमृता आफ्नो साथीसँग खेल्न जानुभन्दा पनि गिट्टी कुटेर समयको सदपयोग गरी आमाबाबुलाई सहयोग गर्ने गरेको बताउँछिन् ।

बालबालिका आफैँ भए पनि आम्दानीका पाटा खोजी गरेर आफूलाई सघाउँदै आइरहेको उनीहरुका अविभावकको भनाइ छ । उनीहरुले आफूले सक्दो काम गर्ने गरेको अभिभावक बताउँछन् ।

बालबालिकाले हामीलाई पनि आर्थिक रुपमा घरखर्चमा सहयोग गरिरहेका र सामाजिक हिसाबले देश निर्माणका ठूलठूला कार्यमा सहयोग गरिरहेका उनीहरुका आफन्त बताउँछन् । कानूनी रुपमा उनीहरुलाई काम गर्न नमिल्ने भए पनि पारिवारिक आर्थिक अवस्थाका कारणले उनीहरु बाध्य भएर सो कार्य गर्न विवश छन् ।

सुनसरी भदौ १५ गते । रातो तारा डट कम,
सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा एक गैरसरकारी संस्थाले ७२५ परिवारलाई मंगलबार राहत वितरण गरेको छ ।


संस्थाले केही दिन अगाडि आएको विनाशकारी बाढीबाट पीडित भएकालाई लक्षित गर्दै १५ दिन खान पुग्ने राहत वितरण गरेको छ । युनाइटेड मिसन टु नेपाल र चन्द्रमुखी क्लब ९सिएमसी०, चिमडीको संयुक्त आयोजनामा राहत वितरण गरेको सिएमसीका निर्देशक उमेश मेहताले बताउनुभयो ।

मिसन टु नेपालले विभिन्न दाताबाट आएको राहत सो गाँउपालिकाका वडा नम्बर ३ र ४ कप्तानगंजका बाढीपीडितलाई राहत वितरण गरेको हो ।

गाउँमा साउन २७ गते आएको बाढी र डुबानले पीडित बनेका ७५० बाढीपीडित परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न तथा ओछ्याउने, ओड्ने, सरसफाइ गर्ने, नुहाउने र अन्य सामग्री वितरण गरेको सिएमसीका निर्देशक उमेश मेहताले जानकारी दिनुभयो । 


विराटनगर भदौ १४ गते । रातो तारा डट कम,
 शिसुसेवा समितिले बाढीपीडित परिवारका लागि ३२ हजार रकम आज महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

समितिको अध्यक्ष बशुश्री पाण्डेको नेतृत्वमा आएको टोलिले महानगरका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

बाढी प्रभावित जनताको काममा थोरै भएपनि सहयोग पुर्याउने आशाले रकम हस्तान्तरण गरेको सचिव कविराज न्यौपानेले बताए ।

हस्तान्तरण कार्यक्रममा संस्थाका स्नेह पोखरेल,कनुलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।


काठमाडौं, भदौ १४ गते । रातो तारा डट कम,
किरात राई विद्यार्थी संघको भित्रुवान विश्वविद्यालय किर्तिपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग भ्रमणको बेला गरेको कोशी उच्च बाँध बनाउने सम्झौता बारे विरोध भएको छ ।

संघको वित्रि इलाका कार्यसमितिको बुधबार भएको १२ औ सम्मेलन तथा सुम्निमा पारुहाङ पत्रिका सार्वजनिक कार्यक्रममा वक्ताहरुले कोशी उच्च बाँध सम्झौताको विरोध गरेको हो । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय महासचिव जीवन हाताचो, किरात राई विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष जीतेन राई, निवर्तमान केन्द्रीय अध्यक्ष अर्जुन राई, महासचिव डेकिन्द्रकुमार राई, पूर्व संगठन विभाग प्रमुख सञ्जय राई, प्रा.डा.नोवलकिशोर राई, डा.जनक राई, डा.तारामणी राई लगायतले शुभकामना मन्तव्य राखेका
 थिए ।

वक्ताहरु मध्ये संघका पूर्व नेताहरुले कोशी उच्च बाँध निर्माण गर्ने सम्झौता राष्ट्रघाति भएको उल्लेख गर्दै तत्काल खारेजी गर्नुपर्ने धारणा राखे । संघका निबर्तमान अध्यक्ष अर्जुन राईले २६९ मिटर अग्लो बाँध बनाउदा पूर्वी नेपालको साविक ८३ वटा साविस डुब्ने तथ्याङ्क आएकाले बाँध नेपालको लागि हानिकारक हुने बताए ।

भारतीय पक्षले पर्यप्त विजुली तथा सिंचाइ उपभोग गर्न पाइने देखाउदै आएपनि बाँध बनाउदा पर्ने डुवान, विस्तापित स्थानीयबासी, अरबौंको रुख विरुवा, जंगली जनावर विनासहुने राईको तर्क थियो । बाँध भत्किएमा पूर्वी मधेस पूर्ण रुपमा डुब्ने भएकोले सम्झौता खारेजी नभए किरातीहरुले बन्न नदिने चेतावनी दिए ।

प्रधानमन्त्री देउवाले भदौ १ देखिको ५ दिने भ्रमणको बेला भारत सरकारसँग कोशी उच्च बाँध निर्माण गर्ने सम्झौता गरेका थिए । सम्मेलनले अनुसा राईको अध्यक्षतामा १३ सदस्यीय संघको इलाका समिति गठन भएको अनन्त राईले बताए ।


रबिन्द्र बराल-रंगेली ,माेरङ,भदौ १४  गते । रातो तारा डट कम,माेरङकाे पव्लिक उच्च माध्यमिक बिधालयकाे भवनमा एक दिने बिष्फाेटक जन्य पदार्थ सम्वधि जनचेतनामुलक कार्यक्रम सम्पन  गरिएको छ ।
नेपाल रेडक्रस साेसाईटी बिराटनगरकाे अायाेजनामा बिधालय मा अध्यन गर्ने कक्षा नाै र दशका छात्र,छात्राहरुलाई द्वन्द्वकालमा माेअाेवादीहरुले स्केट बम,सुतलि बम, प्रेशर कुकर बम हरु अहिले पनि विभिन्न ठाउँमा बालबालिकाहरुले भेटेर नजानिकन खेलाउने क्रममा बालबालिकाहरु  अङ्ग भङ्ग हुने र मृत्यु नै हुने भएको हुनाले त्यसता सामाग्रीहरु  कुनै ठाउँमा देख्दा  नचलाउनु र छुन नहुने कुरा सम्झाउदै  जानकारी गराउन बालबालिका हरुलाई जनचेतनामूलक कार्यक्रम गरेका  छ ।

यस्ता घटनाहरु बडी मात्रामा बालबालिकाहरु बाटै बडी हुने   खतरा भएको हुँदा बालबालिका हरुलाई सजक रहन  साे जनचेतनाका लागि गरिएको हो ।

सीमावर्ती क्षेत्रमा रहेको जनता माध्यमिक बिधालय बहुवान,महालक्ष्मी माध्यमिक बिधालय दर्वेशा र पव्लिक उच्च माध्यमिक बिधालयमा अध्यनरत ३५ जना बिध्यार्थि हरुलाई साे काे जनचेतनामुलक कार्यक्रम गरिएको जिल्ला रेडक्रस का शिव घिमिरे ,राजेश राय, र सुशील घिमिरेले  प्रक्षिक्ष्ण दिएका थिए । कार्यक्रम काे प्रमुख अतिथि रंगेली रेडक्रस का उपाध्यक्ष बिनाेद कुमार मन्डलकाे आतिथ्यमा भएको थियोे।

पव्लिक उच्च माध्यमिक बिधालय का प्राचार्य बिरेन्द्र प्रसाद साहकाे सभापतित्वमा कार्यक्रममा सम्पन भएको थियाे ।


युवराज ठकुरी,सिंहदेवी,मोरङ, भदौ १४ गते । रातो तारा डट कम,उत्तरी मोरङ केराबारी गाउँपालिकाका पहाडी वडा हुँदै चौविसे धनकुटाको समेवा सम्म जाने खोर्साने, केराबारी, भोगटेनी (खोकेभोसी)सडक खण्ड अबरुद्ध भएको तीन हप्ता बितिसक्दा पनि खुल्न सकेको छैन ।

साउनको अन्त्त्यमा आएको अविरल वर्षात पछि उक्त सडक खण्डको केराबारी-३भोगटेनी एक्लेटार ,बागखोर र विभिन्न ठाँउमा पहिरो खसेकाले अबरुद्ध भएको हो। एक्लेटारमा सडक खण्ड नै पन्ध्र मिटर जति बगाएको र अन्य ठाउँहरुमा माथिबाट पहिरो खसेर पुरेको छ।

केराबारी गाउँपालिका-९, ५ का विभिन्न ठाउँहरुमा बाढी र पहिरोले धनजनको क्षतिका कारण गाउँपालिका प्रतिनिधि / संयन्त्र नै राहत वितरण र उद्दारमा जुट्नुपरेकाले र वर्षात नरोकिएकाले बाटो खोल्न ढिलाइ भएको गाउँपालिकाका प्रतिनिधिले जनाएका छ्न।

बाटो अबरुद्ध भएपछि केराबारी गाउँपालिका-२ सिंहदेवी गाउँपालिका कार्यालय जान दुई जिल्ला काटेर जानुपर्ने बाध्यतामा परेका छ्न।केराबारी जान धनकुटा राजारानी भेडेटार धरान इटहरी हुँदै जानुपर्दा एकदिनको काम तीनदिन लाग्ने स्थानीय बासिन्दाहरू बताउछ्न।

दुई घन्टामै पुग्ने केराबारी बाटो अबरुद्ध भएपछि दिनभरी लाग्ने र एकोहोरो भाडा तीन सय देखि पाँच सय सम्म बेहोर्नु पर्दा यात्रुहरू मार्कामा परेका छ्न।गाउँपालिका कार्यालयको ध्यानाकर्षण कतैबाट नभएर या के कारणले बाटो खोल्न ढिलाइ भएको हो बुझ्न नसकिएको केराबारी सिंहदेवीमा संचालित पिकाअपका अरुण लिङ्दम बताउछन् ।




काठमाडौं, भदोै १४ गते । रातो तारा डट कम,
प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिवसीय भारतको राजकिय भ्रमण सकेर नेपाल फर्किएको पनि तीन दिन भइसकेको छ । समग्रमा उनले यसअघि प्रधानमन्त्री हुंदा जस्तो राष्ट्रघाती सन्धि–सम्झौता गरेनन् भन्दा फरक नपर्ला ।

तर, उनका दुई वटा अभिव्यक्तिले भने उनलाई विवादास्पद र चर्चामा ल्यायो । पहिलो थियो–‘संविधान संशोधनको प्रयास फेरी गरिनेछ ।’ दोस्रो, ‘चीन नेपालको असल छिमेकी हो । चीनबाट नेपाललाई कुनै खतरा छैन् ।’ तर भारत भ्रमणबाट नेपाललाई उपलब्धी भने खासै हात लागेको देखिएन ।

भारतले दोक्लामको पक्षमा नेपाललाई उसको पक्षमा उभ्याउने अड्कलबाजी गरिएको थियो, त्यो अभिष्ट पनि पुरा हुन सकेन। प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणका क्रममा संयुक्त पत्रकार सम्मेलन भयो ।

सो पत्रकार सम्मेलनको सम्बोधन सकिएलगत्तै फेरी नेपाल–भारत संयुक्त विज्ञप्ति जारी गर्ने तयारी भयो । संयुक्त विज्ञप्तिमा भारतीय परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जालझेल गर्न खोजे पनि नेपाली पक्षको सबल अडानका कारण कुनै पनि विवादस्पद शब्द घुसेनन् ।

तर ४६ बुंदे संयुक्त विज्ञप्तिको बुंदा नम्बर ११ र १२ भने नेपाली सेनाभित्र पनि भुईचालो ल्याएको छ । सो बुंदामा नेपाल–भारत सुरक्षा सहकार्यलाई अझ बलियो बनाउने भनिएको छ । ११ नम्बर बुंदामा त भारतीय सेना र नेपाली सेनाबीच थप सैनिक सहकार्य गर्ने कुरा मात्र उल्लेख छैन, नेपाली सुरक्षा बललाई भारतले तालिम दिने कुरा समेत उल्लेख छ ।

त्यसका अतिरिक्त नेपाली सुरक्षा बललाई आवश्यक सामान उपलब्ध गराउने भनिएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपाल–भारतबीच भएको सम्झौताको ११ नम्बर बुंदाप्रति कडा आलोचना गरेका छन् ।

उनले भने,‘भारतीय सेनाले नेपालको धेरै जमिन मिचेको छ, त्यहि सेनासंग कसरी सहकार्य हुन सक्छ ? त्यहां स्पष्ट बदनियत देखिन्छ । उक्त बुंदामा नेपालको सम्पूर्ण सुरक्षा निकायलाई नै भारतले तामिम दिइरहेको जस्तो आशय प्रकट भएको छ, त्यो सरासर गलत हो । यो नेपालका सुरक्षा अंगहरुको मनोबल गिराउन चालिएको कदम हो ।’

उनले नेपाली सेनालाई तामिम दिन नेपालकै सेना सक्षम भएको र राष्ट्रघाती सन्धि–सम्झौता हुंदा सेना चुप लागेर बस्न नहुने समेत उनले बताए । त्यसैगरी, नेपाली सेनाबाट अवकाश प्राप्त जर्नेल डा.प्रेम बस्न्यातले समेत उक्त बुंदामा कूनियत लुकेको बताए । डा. बस्न्यातले भने,‘नेपाली सुरक्षा निकायलाई आवश्यकता अनुसार नेपालले नै तामिल दिने हो, भारतले होइन ।

यसअघि जनयुद्ध ताका माओवादीलाई पनि उनीहरुले नै तामिम दिएका थिए, यो कुरा नेपाली सेनाले भुल्न हुन्न् । तर नेपाली सुरक्षा बललाई चाहिने विभिन्न सामाग्रीको सहयोग भारतले दिन सक्ला तर तामिल त नेपालले नै दिने हो ।’

यद्यपि १२ नम्बर बुंदामा उल्लेख गरिएका सीमा सुरक्षा र सहकार्यको कुरा भने तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणका बेला पनि उठाइएको थियो । बुंदा नम्बर ११ को बारेमा सामाजिक सञ्जालभर विभिन्न टिकाटिप्पणी आउन थालेपछि नेपाली सेनाको मुख्यालयले समेत त्यसबारेमा गम्भिर अध्ययन गर्न थालेको स्रोतले बतायो।
कतिपय जरसा’वहरुले उक्त नेपाल–भारतबीच भएको ४६ बुंदे समझदारीको बुंदा नम्बर ११ मा नेपाली सेनालाई भारतले तामिम दिने आसय प्रकट भएको भन्दै उक्त गल्ती सच्चाउनु पर्ने धारणा व्यक्त गरेका छन् । उक्त गम्भिर विषयमा नेपाली सेनाको आधिकारिक धारणा भने बाहिर आएको छैन । पीएपी

काठमाडौँ,भदौ १४ गते । रातो तारा डट कम,
नेपालको व्यावसायिक कृषिमा योगदान पु¥याएबापत १५ जना कृषि उद्यमीलाई ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ प्रदान गरिएको छ ।

एग्रो टाइम्स मिडिया नेटवर्कद्वारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाकोे पाँचाैवार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले सो अवार्ड प्रदान गर्नुभयो ।

कृषि उद्यमी ढालुराम माझीलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, उत्कृष्ट हुनेमा कृषि उद्यमी अम्बरबहादुर तारामी मगर, दीपेन्द्रकुमार जोशी, हरिराज भट्टराई, जंगबहादुर साह, ख्यामनारायण पौड्याल, प्रेमकृष्ण श्रेष्ठ, रविकृष्ण जोशी, राजेन्द्र देवकोटा, राम पटेल, रामजीप्रसाद तिमिल्सिना, समीक्षा बाँस्कोटा र संग्राम राई हुनुहुन्छ । सत्कर्म कृषि सहकारी संस्था लिमिटेड र शक्तिश्वरी कृषि फार्मलाई पनि सो अवार्ड प्रदान गरिएको छ ।

सोही अवसरमा मन्त्री थारुले ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ ले किसानलाई प्रोत्साहन र हौसला मिलेको हुँदा अवार्डलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटाले विगत लामो समयदेखि आफ्नो मिडियाले कृषि र कृषकका बारेमा उजागर गर्दै आएको बताउनुभयो । रासस 

सप्तरी, भदौ १४ गते । रातो तारा डट कम,
सप्तरीका विभिन्न नदी र खोलामा हालै आएको बाढी पहिरोका कारण २५ हजार हेक्टर कृषियोग्य जमिन क्षतिग्रस्त भएको छ ।

खाडो नदी, बलान खोला, खडक, मोहुली र त्रियुगालगायत खोलामा आएको बाढीले सप्तरीमा करिब रु ३० करोड भन्दा बढीको कृषि तथा धानबालीमा क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै बाढी पहिरोका कारण जिल्लामा सात हजार हेक्टरमा लगाइएको तरकारी बाली तथा करिब रु चार करोड मूल्य बराबरको माछासमेत बगाएर नष्ट भएको सो कार्यालयले जनाएको छ ।

सप्तरीमा ७० हजार हेक्टर धानखेती योग्यजमिन रहेकोमा तीमध्ये ६३ हजार हेक्टरमा धान रोपाइँ भएको थियो । जसमध्ये २१ प्रतिशत धान बाढीले पूर्णरुपमा नष्ट गरेको बताइएको छ ।

कार्यालयका प्रमुख भगिरथ यादवले बाढीले कतिपय ठाउँका धानबाली राम्रो भएको छ भने कतिपय ठाउँमा धानबाली क्षतिग्रस्त हुँदा पूर्णरुपमा नष्ट भएको बताउनुभयो ।

सप्तरी जिल्लामा विभिन्न नहरबाट ४५ प्रतिशत खेतमा सिँचाइ हुदै आएको बताउँदै प्रमुख यादवले बाढीले नहर क्षतिग्रस्त हुदा सिँचाइ सुविधा समस्या भएको उहाँले भन्नुभयो ।

विराटनगर, भदौ १४ गते । रातो तारा डट कम,
बैदेशिक रोजगार व्यवसायी संघले मोरङको रतुवामाइ नगरपालिकाका बाढी पिडितहरुलाइ राहत वितरण गरेको छ ।
मोरङ क्षेत्र नम्बर–१ का सांसद तथा नेकपा एमाले मोरङका सचिव ऋषिकेश पोखरेलको पहलमा काठमाण्डौ बाट आएको बैदेशिक रोजगार व्यवसायी संघको टोलिले आज राहत वितरण गरेको हो ।

सो टोलिले रतुवामाइ नगरपालिका–५ मुसहरभिट्टाका १ सय ७५ घरपरिवारका बाढीपिडित प्रतिपरिवारलाइ राहत स्वरुप २५ केजीको एक÷एक बोरा चामल वितरण गरेको हो । स्थानिय वडा समिति सँग समन्वय गरि राहत स्वरुप वितरण गरिएको चामल करीब २ लाख रुपैयाँ भन्दा वढ्री मुल्यबराबरको रहेको वैदेशिक रोजगार व्यवसायी हेम राइले बताए ।

राहत वितरण कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान तृतिय उपाध्यक्ष मुक्तिनाथ अधिकारीले वैदेशीक रोजगार व्यवसायी पनि समाजकै एउटा अंग रहेकाले पिडित परिवारलाइ मानविय दायीत्व रुवरुप राहत वितरण गरिएको बताए ।

उनले बैदेशीक रोजगार व्यवसायीले प्रत्यक्ष रुपमा ठुलो संख्यालाइ रोजगारी उपलब्ध गराउदै आएको बताउदै समाजप्रती पनि दायीत्वबोध भएर अहिले सम्म बाढी प्रभावित तराइका जिल्लाहरु भ्mापा, मोरङ, सुनसरी, सप्तरी, सिराह, रौतहट लगायतका १० जिल्लामा २० लाख रुपैयाँ भन्दा बढीको राहत सामग्री वितरण गरिएको बताए ।

बैदेशीक रोजगार व्यवसायी संघका सदस्य तथ विपद कोषकी मोरङ संयोजक तेजमाया लम्बुले संघले बाढी प्रभावित विभिन्न क्षेत्रको निरिक्षण गरेर बाढीबाट विस्थापित परिवारका लागि अति आवश्यक स्थान पहिचान गरि प्रत्येक परिवारलाइ २ लाख रुपैयाँ सम्मको घर १०० परिवारलाइ निर्माण गरिदिने वताइन् ।

सो अबसरमा सांसद ऋषिकेश पोखरेलले जिल्लामा सवैभन्दा बढी क्षति रतुवामाइ नगरपालिकामा भएको बताउदै अहिले सम्म आफ्नो पहलमा सो क्षेत्रमा स्थानिय तहको समन्वयमा १ करोड रुपैयाँ भन्दाबढी मुल्यबराबरको खाद्यान्न, लत्ताकपडा, औषधी, झुल, त्रिपाललगायतका राहत सामग्री वितरण गरिसकिएको र त्यसले निरन्तरता पाउने बताए ।

राहत सांसद ऋषिकेश पोखरेल, वैदेशिक रोजगार व्यवसयी संघका निबर्तमान तृतिय उपाध्यक्ष, सदस्य तेजमाया लिम्बु र बैदेशिक रोजगार व्यवसायी हेम राइले वितरण गरेका थिए ।

विराटनगर  भदौ १३ गते । रातो तारा डट कम,
एलिट क्लव विराटनगरले महानगरको विकासका सवालमा लक्षित गर्दे मगलवार  एक अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको छ । मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्की समेत सहभागि कार्यक्रममा विराटनगरका विकासका लागि के गर्न सकिन्छ भनेर सुझाब दिएको छ  ।

विराटनगरमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सहभागीहरुले विराटनगरका सडक पुलपुलेसा,शिक्षा,स्वास्थ्य,एरपोर्ट र बातावरण लगायतका विषयमा केन्द्रित रहेर सुझाव दिएका थिए ।

एलिट क्लवका अध्यक्ष डां. भेषप्रसाद धमलाको अध्यक्षतामा भएको कार्यक्रममा  बरिष्ठ अधिवक्त चुडामणी आचार्य , रामबावु दाहाल,तिलक रिजाल,हरिभक्त सिटौला ,कविराज न्यौपाने ,दिनेश श्रेष्ठ,विश्वराज पाण्डे लगायतका वक्ताहरुले सुझाव दिएका थिए ।


बिराटनगर भदौ १३ गते । रातो तारा डट कम,
रंगेली नगरपालिकाको २ दर्वेशामा आज निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । रंगेली २ दर्वेशामा गरिएको स्वास्थ्य शिविरमा ३ सय ५२  जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

स्वास्थ्य परिक्षण पछि औषधी पनि वितरण गरिएको छ । करिव १ लाख वरावरको औषधि वितरण गरिएको मोर्चा विभागका प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो ।

एमाले निकट पेशागत महासंघ र राष्ट्रिय स्वास्थ्यकर्मी संघको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा कोशी अञ्चल अस्पताल,औषधी व्यवसायी संघ, जनस्वास्थ्य कार्यालय मोरङ लगायतको प्राविधिकले सहयोग रहेको मोर्चा विभागका प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो ।

बाढीका कारण प्रभावितहरुमा ज्वरो , निमोनिया , झाडापखाला ,साथै छाला सम्वन्धि रोगको उपचार भएको उहाँले जानकारी दिनुभयो ।

विराटनगर भदौ १३ गते । रातो तारा डट कम,
नेपाल रेडक्रस सोसाइटी केद्रिय कार्यालयवाट आएको टोलीले मोरङ जिल्लाका बाढीबाट प्रभावित परिवारहरुलाई राहत वितरण गरेको छ ।

रेडक्रस मोरङको संयोजनमा केन्द्रका प्रतिनिधि सहितको टोलिले राहत वितरण गरेको हो । प्रतिपरिवारलाई भाडाँकुडा, त्रिपाल, कम्बल, डोरी, चक्कु, साबुन, जीवनजल, बाल्टिन र कपडा दिइएको रेडक्रसले जनाएको छ । रेडक्रसका केन्द्रिय अध्यक्षले बाढीबाट प्रभावित विराटनगर महानगरपालिकाका–१९ का ३२५ परिवार, वडा नं १२ का ४७ परिवार र वडा नं १ का २४९ परिवार र वार्ड नं. २ हनुमानमन्दिर छेउको सुकुम्वासी बस्तिका १ सय परिवारलाले

राहत सामग्री वितरण गरिएको हो । त्यस्तै बूढीगंगा गाउँपालिका–१ देखि ७ सम्मका २३० परिवार, कटहरी गाउँपालिकाका ३६९ परिवार, रतुवामाई नगरपालिकाका १५८ परिवार, सुन्दरहरैंचा नगरपालिकाका २२ परिवार, बेलबारी नगरपालिकाका १२ परिवार, केराबारीका ३८ परिवार र हसन्दहका चार परिवारलाई राहत दिइएको रेडक्रसले जनाएको छ ।




विराटनगर भदौ १३ गते । रातो तारा डट कम,
 पूर्वाञ्चल विश्वविद्यालयले जननिर्वाचित प्रतिनीधिहरुलाई मंगलवार बधाई तथा सम्मान गरेको छ ।
विश्वविद्यालयले गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली,जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेल,महानगरकी उपमेयर इन्दिरा कार्की र जिल्ला समन्वय समितिका उपसंयोजक प्रकाशकुमार साहलाई बधाई तथा सम्मान गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डां. घनश्यामलाल दास,रजिष्ट्रार प्रमिला थापा ,डीन डा शम्भु कोइराला लगायतले बधाई तथा सम्मान गर्नु भएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै मेयर भिम पराजुलीले पूर्वाञ्चल विश्वविद्यालय विराटनगरमै रहने र यसको पूर्वाधार विकास गरिने बताउनु भयो । प्रदेश नम्मर १ को राजधानी विराटनगर हुने सम्भावना बलियो भएकाले शैक्षिक क्षेत्रको एउटा धरोहर पूर्वाञ्चल विश्वविद्यालय विराटनगरमै रहने दावी गर्नु भयो ।

उहाँले विश्वविद्यालयकै मातहतमा रहने गरी मेडिकल कलेज चलाउने  योजना आफुले राखेको बताउनु भयो । 



बिराटनगर भदौ १३ गते । रातो तारा डट कम,
वरिपरि तारजालीले घेरिएको कम्पाउण्डभित्र एउटा घरमा भारतीय झण्डा बिराटनगरमा सुराकिको अपिसले परिचित घरमा भारतीय झन्डा फरफराइ रहेको छ । तर, भारतले यो झण्डा नेपाल सरकारको अनुमतिविना फहराएको त होइन होला ? ।

भारतको यो हेपाइले एक दशक पार गर्न लागिसक्दा पनि कसैले बोलेको छैन, सोमबार बिराटनगर पुगेका प्रचण्डले बल्ल मुख खोलेका छन् । बिराटनगरमा अबैधानिकरुपमा राखिएको यो भारतीय क्याम्प अफिसले पूर्वीनेपालका चिनियाँ नाकाहरुमा जासुसी गर्नेदेखि लिएर स्थानीय राजनीतिक चलखेल र अपराधिक सरक्षण सम्म गर्दै आइरहेको छ ।

परराष्ट्र मन्त्रालयले पत्र नै लेखेर यो अवैध अखडा बन्द गर्न निर्देशन दिँदा समेत भारतीय दूताबासले अहिलेसम्म टेरेको छैन ।

पार्टीको कार्यक्रममा भाग लिन सोमबार बिराटनगर पुगेका पूर्व्प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले स्थानीय पत्रकारहरुलाई प्रतिक्रिया दिँदै बिराटनगरमा रहेको भारतीय क्याम्प अपिस हटाउन आग्रह गरेका छन् ।

कसरी खोलियो सरक्षण:-
सन् २००८ मा प्रचण्डको नेतृत्वमा सरकार गठन भएकै बेला कोशी नदीमा बाढी आयो । बाढीका कारण पूर्वी नेपालका जनताले काठमाडौं आवत(जावत गर्दा केही समयसम्म भारतको बाटो भएर आवत)जावत गर्नुपर्ने भयो । त्यसरी भारतको बाटो भएर आवत जावत गर्ने नेपाली नागरिकको चेकजाँचका लागि भारतीयहरुले सुनसरीस्थित नेपाली भूमिमा केही टेबल र बेञ्चहरु राखेर चेकपोष्ट खडा गरे ।
विस्तारै कोशीको पानी मथ्थर हुँदै गयो । त्यसपछि कोशी ब्यारेजबाट गाडीहरु चल्न थाले । भारतको बाटो भएर यात्रा गर्नुपर्ने बाध्यता पनि सकियो ।

भारतले चिनियाँहरुको डरका कारण डोक्लामबाट त आफ्ना सैनिक हटायो, तर सानो मुलुकलाई हेपेर खडा गरिएको बिराटनगरको जासुसी अखडाचाहिँ कहिले हटाउला  र ?

तर, यही प्रयोजनका लागि नेपालमा पोष्ट खडा गरेका भारतीयहरु आफ्नो प्रयोजन पूरा भएपछि भारत फर्किएनन् । बरु उनीहरुले बिराटनगरको वडा नम्बर १७ मा एउटा भव्य भवन भाडामा लिएर आफ्नो देशको झण्डा फहराए ।

नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूताबासलाई पत्र नै लेखेर बिराटनगरको यो अड्डा हटाउन निर्देशन दिइसकेको छ । तत्कालीन परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठका पालामा दिइएको त्यो निर्देशन भारतले अहिलेसम्म टेरपुच्छर लगाएको छैन ।

नेपालमा जासुसी गर्न र राजनीतिक चलखेल गर्नका लागि भारतले यसरी बिराटनगरमा खडा गरेको अवैधानिक अखडा हटाउनेबारे केपी ओली नेतृत्वको सरकारले पनि विगतमा कुनै पहल गरेन । एमाले नेता केपी ओलीले यसबारेमा अहिलेसम्म एक शब्द बोलेका छैनन् ।

स्वयं प्रचण्डले समेत आफू प्रधानमन्त्री भएका बेलामा यसबारे पहल गरेका थिएनन् । तर, अहिले देउवा सरकारका पालामा आएर मात्रै प्रचण्डले यसबारेमा मुख खोलेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एमाले उपाध्यक्ष भीम रावलले भने बिराटनगरको अवैधानिक कार्यालय हटाउनुपर्ने स्पष्टरुपमा बताउँदै आएका छन् । रावलले वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतावाससमेत हटाउन माग गर्दै संसदमै बोलेका छन् । वीरगञ्जको भारतीय वाणिज्य दूताबासले जासुसी एवं राजनीतिक चलखेल गरिरहेको रावलले बताएका छन् ।

प्रमुख दलका नेताहरुले बोले पनि वा नबोले पनि भारतले यसरी बिराटनगरमा स्थापना गरेको अबैधानिक कार्यालय नेपालकको सार्वभौमिकता माथिको ठाडो हस्तक्षेप हो । अझ उसले त्यहाँको कार्यालयलाई हटाउने चर्चा चल्नासाथ केही व्यक्तिहरुलाई पैसा दिएर जुलुस समेत निकाल्ने र भारतीय क्याम्प अफिस चाहिन्छ भन्न लगाउने गरेको छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले बिराटनगरमा रहेको भारतीय क्याम्प अफिस हटाउनुपर्ने अभिव्यक्ति त्यसबेला दिएका छन्, जुन दिन भारतीय विदेश मन्त्रालयले डोक्लामबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णय गरिरहेको थियो ।

भारतले चिनियाँहरुको डरका कारण डोक्लामबाट त आफ्ना सैनिक हटायो, तर सानो मुलुकलाई हेपेर खडा गरिएको बिराटनगरको जासुसी अखडाचाहिँ कहिले हटाउला र हेर्न बाँकी छ । धेरै कर्मचारी, सन्चारमा कामगर्ने, र सुराकिहरूले
नेपाल, नेपालीको पोल सुनाएर गुजरा गरिरहेका छन,सुराकिलाइ तलव खुवाउने भारतीय अपिल हट्य भने तिनको चै के हुने नि ?

यो पनि पढ्नुस् :-विराटनगरको भारतीय क्याम्प हटाउनुपर्छः प्रचण्ड, स्रोत अनलाइन खबरबाट हो



काठमाडौं, भदौ १३ गते । रातो तारा डट कम
उत्तर कोरियाले मंगलबार बिहान पुनःब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन सूचना जारी गरेको छ ।

उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो । मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो । साथै मोबाइलमा म्यासेज पठाएर पनि सतर्क रहन भनिएको छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाश पार हुँदै समुद्रमा खसेको छ । उसको आकाशमा यसरी उत्तर कोरियाली क्षेप्यास्त्र आइपुगेको यो पहिलो घटना हो । जापानको उत्तरी होकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ ।

जापानी सरकारी समाचार संस्था एनएचकेका अनुसार उक्त मिसाइल समुद्रमा खस्नु अघि नै आकाशमा तीन टुक्रा भएको थियो । यद्यपि त्यसले क्षति पुर्‍याए(नपुर्‍याएकोबारे केही खुलेको छैन ।

उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

जापानी नागरिक आतंकित
सरकारले सुरक्षित रहन भन्दै सूचना जारी गरेपछि जापान बस्दै आएकाहरु आतंकित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् एकअर्कालाई सूचना शेयर गरिरहेका छन् ।

जापान बस्दै आएका नेपाली विद्यार्थी शिशिर शर्माले आफ्नो फेसबुकमा पेजमा लेखेका छन्, ‘हामी जस्ता विदेशी लगायत सम्पूर्ण जापानी जनतालाई सुरक्षित रहन भन्दै भर्खरै मोबाइलामा इमर्जेन्सी अलर्ट आएको छ । उत्तर कोरियाको आणविक मिसाइल जापानी उत्तरी सीमा क्षेत्रमा खसेको छ ।’

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाले प्रहार गरेको यो क्षेप्यास्त्र परीक्षण गम्भीर र देशका लागि खतरा भएको प्रतिक्रिया दिएका छन् । उनले जापानी नागरिक र जापानमा बस्दै आएका विदेशी नागरिकहरुको सुरक्षाका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताएका छन् ।

उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आए पनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना भएको अधिकारीहरुले बताएका छन् ।

तनाव बढ्ने अनुमान:-उत्तर कोरियाको यो क्षेप्यास्त्र परीक्षणपछि जापान र उत्तर कोरियाबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ । जापान सरकारका मुख्यसचिव योशिहिदे सुगाले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप उपयुक्त कदम चाल्ने बताएको बीबीसीले लेखेको छ ।

मंगलबार बिहान परीक्षण गरिएको उत्तर कोरियाको मिसाइललाई ध्वस्त पार्न जापान सरकारबाट कुनै प्रयास समेत नभएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले यसअघि अमेरिकाको गुआम टापुमा आक्रमणको धम्की दिएको थियो । गुआम दक्षिण पूर्वी जापानबाट २ हजार किलोमिटरको दूरीमा पर्दछ ।
बीबीसी नेपाली सेवाबाट

रबिन्द्र बराल-रंगेली,माेरङ भाद्र १३ गते । रातो तारा डट कम,
माेरङकाे रंगेली नगरपालिका ४ स्थित बाक्राह किनारमा रहेको नेपाल र भारतकाे बिचमा रहेकाे सायक पिलर पुरिएको छ ।

नेपाल भारत सीमानामा रहेको १६५ / ३ नम्बरको साहायक पिलर श्रावण २८ गते अाएकाे बाढीले बगाएर ल्याएको हिलो ले पिलरै नदेखिने अबस्थामा रहेको  छ ।

स्थलगत रिपोर्टिङकाे क्रममा उक्त साहायक पिलर हिलो माटाेले पुरीएकाे हुन सक्ने देखिन्छ । त्यस पिलर सम्म पुग्न अहिले पनि अत्यधिक कठिन रहेको छ ।  त्यसैगरी १६५/४ नम्बरको पिलर भने बक्राह खालामा बागिएकाे रहेको पाईएकाे छ ।

जसमा याे तस्बिर एक बृद्ध त्यहि पिलरमा उभिएको देख्न सक्नु हुन्छ  । वरिपरि हिलाे काे दह समेत रहेको छ ।
 नेपाल भारतकाे सिमानामा गाडिएको स्तव  पिलर ३ फिट देखि ४ फिट सम्मकाे उचाइमा रहेको छ ।


बिराटनगर भदोै १३ गते । रातो तारा डट कम,
स्थानीय प्रशासनले वर्षातको समयमा खोलानालाबाट ढुंगागिटी बालुवा उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाएपनि उतरी मोरङको केराबारी स्थित खदम खोला, हचुवा खोला, मुगु खोलामा रातभर ढुंगा गिटी चोरिने क्रम नरोकिएकोमा स्थानीयवासीहरुले चिन्ता व्यक्त गरेका छन् । 

खोलामा ट्याक्टर टिपर प्रवेश गरे २५ हजार जरिवाना लिई कार्वाही गर्न जिल्ला समन्वय समितिले मातहतका निकायलाई सर्कुलेसन गरेपनि बाढी पहिरोको उद्धारमा राजनीतिक संयन्त्रहरु परिचालित भइरहेको बेला, प्रहरीको सेटिङमा व्यवासायीहरुले ढुंगा गिटी चोर्ने गरेको स्थानीयले बताएका 
छन् । 

खोलामा जथाभावि ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुरयाएको छ । सयौं विघा खेतियोग्य जमिन कटान गरी बगरमा परिणत भएको छ । खोलाको सतह गहिरिएका कारण एक महिना यता केराबारी ४,५,६,७,९ नम्बर वडाको आवागमन बन्द झै भएको छ । पहिराले मोटरबाटो क्षत विक्षत बनेपछि उतरी पहाडी क्षेत्रको वडापालिकाहरुमा आवागमन ठप्प छ । 

वाढीले केराबारीका सिचाई पैनीहरुमा नराम्ररी क्षति पुगेको छ । भुक्षय तथा बाढीका कारण कूलो पैनी क्षत विक्षत बनेका छन् । सार्वजनिक कुलो पैनी मर्मत गर्न चाहिने आवश्यक ढुंगा समेत उठाउँन नदिएको भन्दै सिचाई पैनीका उपभोतmाहरुले आपति जनाएका छन् । कूलो पैनी र सार्वजनिक कामका लागि ढुँगा उठाउँदा गाउँपालिकाको सिफारीस लिएर आइज भन्छन् तर रातभर ट्याक्टर व्यवसायीलाई ढुंगा चोराउँन कुनै सिफारीस नै चाहिन्दैन यो कस्तो नियम हो जनसहयोग सिचाई पैनीका पदाधिकारीहरुले संञ्चारकर्मीसंगको कुराकानीमा असन्तुष्ट पोखेका छन् । 

कानुनले तोकेको नीति नियम पालना गराउँने निकायहरु इलाका बन कार्यालय,इलाका प्रहरी कार्यालय,सशस्त्र प्रहरी र सम्बन्धित निकायले उचित पहल कदमी नलिदा अवैध चोरी निकासी रोक्न नसकिएको हो । ढुंगा चोरीमा प्रहरीको संलग्नता भएकोबारे मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यलेले अहिले आपतकालिन अवस्था र राहतका काममा वाहेक कही कतै खोलामा ट्याकटर टिपर पस्न नदिएको र त्यसतो भेटिए कार्वाही गर्ने बताउनुभयो । 
लाचार र निरीह बने जनप्रतिनीधि ,चुपचाप छन् नियमनकारी,   

खोलामा बिकृति र विसंगति कति छ ? भन्ने कुरा भनिसाध्य
छैन । मोरङको केराबारी स्थित खदम ,हचुवा,मुगु खोलामा गएर त्यहाँका दृश्य हेरे पुग्छ । केराबारीका स्थानीय समाजसेवी राजनीतिककर्मी सहित संञ्चारकर्मीको टोली खदम खोलाको अनुगमन पछि ,मुगु खोलामा पुगेका थियौं । मुगु खोलाको निर्माणाधिन पुल दक्षिणपटि ट्याक्टर र टिपरको बजार लागे झै थियो ।

पुलको उत्तरपटि खोलाको विच भाग बाढी बगिरहेको सथानबाट स्क्याभोटरले गिटी झिक्दै टिपरमा लोड गर्दै थिए । हाम्रो टोली त्यहाँ पूग्ने वितिकै त्यो दृश्य कैद गरयौं । दृश्य कैद गरेको देखेपछि । गाडी धुन पसे झै गरेर आफनो काम रोके र गाडी सफा गर्न लागे । दृश्य हेर्दा लाग्थ्यो नियम कानुन नै केही छैन । 

नदिजन्य पदार्थ उत्खनन र चोरी निकासी भइरहदा यसको दिर्घकालिन नीतिको असरको वारेमा राजनीतिक स्तरवाट अहिले सम्म केराबारीमा कहिल्यै छलफल र बहस भएको पाइन्दैन । स्थानीय श्रोत साधनको समुचित प्रयोगका लागि कस्तो दिर्घकालिन नीति वनाउँदा हुन्छ ? यहाँको उर्बर भूमिको सुरक्षा कसरी गर्न सकिन्छ ? चुरे क्षेत्रको संरक्षण गर्न जनप्रतिनीधिले जनतासंग कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयमा छलफल हुन त परै जावस स्थानीय तहको जिम्बेबारी पाएका गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुको जवाफ त झन लाज मर्दो पान्इन्छ । केराबारी गाउँपालिकाको अध्यक्ष रोहित कार्की भन्नुहुन्छ म एक्लैले के गर्ने मैले मात्रै रोके सबै म माथि आइलाग्छन् । सवै वडाका अध्यक्ष तथा प्रतिनीधिहरुले बोल्नु पर्यो नि । 

त्यसो त खोलामा अनाधिकृत रुपमा ढुंगा चोरी तस्करी वढ्नुमा केही वडाका वडाध्यक्षहरु नै टिपर र ट्याक्टर व्यावसायी भएकै कारण नियन्त्रण गर्न असहज बन्ने गरेको छ । कुने न कुनै रुपमा व्यवासायीहरु क्रसर उद्योगमा संलग्न रहदा नियन्त्रण गर्ने कुरै आउदैन वरु कसरी व्यवसाय पनि वढाउन सकिन्छ नाफा नोक्सानको कुराले दिर्घकालिन नीति वनाउन नसकिएको पाइन्छ । खोला संरक्षणको कुरा गर्दा व्यावसायमा असर पर्ला , व्यावसायमा आवद्ध शुभचिन्तक तथा कार्यकर्ताहरु भड्कियला भन्ने डरले पनि चुरे संरक्षणमा अभियानमा वाधा पुगेकोे स्थानीयवासी बताउछन् । 
कसरी हुन्छ ढुंगा तस्करी ? प्रहरीले कति लिन्छन् पैसा ?

रातको ८ वजेदेखि विहान ५वजेसम्म खोलामा पसेका ट्याक्टरहरुले चुरे संरक्षित क्षेत्रवाट ढुंगा उठाई आफनो अनुकुलतामा स्टक गर्ने गरेका छन् । खोलामा जुन ट्याक्टरले नियमित प्रहरीलाई पैसा वुझाउँछ या दुइचार पैसा दिन्छन् । ति ट्याक्टरले मात्रै प्रवेश पाउने गरेका छन् । पैसा नतिर्ने ट्याक्टर प्रवेश गरे ति ट्याक्टरलाई क्षणभरमै पक्राउ गराउँने र पैसा तिर्न लगाउँने गरेका छन् । पक्राउ परेका गाडीलाई साप्ताहिक रुपमा पैसा वुझाउँने सर्तमा मान्न तयार भए प्रवेश पाउने नतिरे कार्वाही गर्न सम्बन्धित ठाउमा कार्वाहीका लागि अघि वढाउँने गरेका छन् । 

साप्ताहिक रुपमा पैसा लिएका ट्याक्टरहरुको सुरक्षा प्रहरीले गर्ने गरेका छन् । जिविस जिवका  ितथा सेक्टरवाट बन कर्मचारी , प्रहरी अनुगमनमा आए नआएको, हेरदेख गर्ने र आएको सूचना पाउँन साथ व्यवसायीलाई सूचना चुहावट गरी खोलाबाट भगाउँने गरेको पाइएको छ । यस वाहेक व्यवसायीहरुले नै केही युवाहरुलाई पैसा दिएर बजार चोक तथा गौडामा खटाउने गरेका छन । केराबारीमा एकसय वढी ट्याक्टरहरु संञ्चालनमा छन् । 

संगठित रुपमा पैसा वुझाउने ट्याक्टरको संख्या मात्रै ५० देखि ७० सम्म रहेको श्रोतले बताएको छ । प्रहरीले एक ट्याक्टर बराबर साप्ताहिक पाक्षिक तथा मासिक रुपमा  २ देखि १० हजार सम्म लिने गरेका छन् । प्रति ट्याक्टर २ हजार मात्रै लिदा पनि मासिक ८ हजार हुन्छ   यसरी ५० ओटा ट्याक्टवाट ८ हजारका दरले मात्रै हिसाव गर्दा पनि प्रहरीले एक महिनामा ४ लाख वढी रकम असुल्ने गरेको श्रोतले वताएको छ । 

विश्वका विकसित मुलुकहरुले कृत्रिम वस्तुको सृजना गरी पर्यटकिय क्षेत्रको रुपमा आर्कषण बढाउँछन तर हामी संग भएका प्राकृतिक वस्तुहरुको संरक्षण हुन सकेको छैन । यतिवेला पर्यावरणिय क्षेत्रको असर र प्रभावको वारेमा चौतर्फी चासो र चिन्ता बढिरहेको छ । भावि पुस्ताको लागि अहिले नै संरक्षण नगरे हाम्रो पूस्ता संकटमा पर्ने देखिन्छ । यसविषयमा यस्तो धन्दा रोक्न प्रहरी नियमनकारी निकाय स्थानीय जनता सक्रिय बन्न जरुरी छ । यस्ता गलत कार्यको रमिते मात्रै बन्ने 
हो । होइन भने कसले रोक्ने यस्तो बदमासि सचेत बन्ने अवस्था आएको छ। 

सरकारले अरवौ रुपैया खर्चेर संरक्षण गर्न बनाइएको राष्ट्रपति चुरे संरक्षण अभियानको संरक्षण गर्नु हामी सवैको दायित्व हो ।मापदण्ड विपरीत नियम मिचेर संचालनमा रहेका अवैध ढुंगा गिटी चोरी तस्करीलाई रोक्न पहल नगर्ने हो भने यस क्षेत्रमा रहेको हजारौं विघा अर्वराभूमि जमिन मरुभुमिकरण हुन सक्ने निश्चित छ यसका लागि अधिकार प्राप्त निकायहरु सचेत बन्न पर्छ कि पर्दैन ? यसको जवाफ देहि को बन्ने ? हाम्रो भन्नु यति (यो समचार केरावारि डट कमबाट लिएको हो)


 (फायल फोटो)
काठमाडौ,भदौ १३ गते । रातो तारा डट कम,
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न भएका
ऐन-कानून कार्यान्वयनसँगै कडा भन्दा कडा कानून निर्माण गर्नुपर्नेमा सांसदहरूले जोड लिएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा हिजो आयोजित ‘नेपाली महिलाको संवैधानिक र कानूनी हकअधिकार’ सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा सासंद रिता रावलले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बलात्कारका घटना बढ्दै गरिरहेको सन्दर्भमा सम्बन्धित निकायले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो ।

सांसद उर्मिलादेवी शाहले राज्यका हरेक संरचनामा महिलाको समान सहभागितालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुका साथै राज्यले महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका अवसर प्रदान गर्नुपर्छ भन्नुभयो ।

नेपालको संविधान धारा ८४ ९प्रतिनिधि सभाको गठन० मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला सदस्यलाई पनि समावेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव लीलादेवी गड्तौलाले महिला हिंसा अन्त्य गर्न भएका
 ऐन-कानूनको प्रधावकारी कार्यान्वयनसँगै सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो ।

आयोगका काव अध्यक्ष भगवती घिमिरेले नयाँ संविधानमा व्यवस्था गरिएको महिलाको अधिकार प्राप्तिका लागि एकीकृत रूपमा सकारात्मक दबाब दिनुपर्ने बताउनुभयो । 

विराटनगर, भदौ १३ गते । रातो तारा डट कम,
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचनलाई सफल बनाउन दललाई एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा हिजो पत्रकारसँग कुराकानी गर्दै उहाँले पहिलो र दोस्रोचरणको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्यनमा बल पुगेको र तेस्रोचरणको स्थानीय निर्वाचनमा सबै दल सहभागी हुने भएपछि उत्साहका साथ सो निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

यो वर्ष ‘चुनावी वर्ष’ भएको प्रशंग उल्लेख गर्दै उहाँले प्रदेश र संघीय संसद्को निर्वाचन निर्धारित समयभित्रै सम्पन्न हुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले संविधान गतिशील विषय भएकाले आवश्यकतानुसार संशोधन हुने जाने उल्लेख गर्दै अहिलेको अवस्थामा राष्ट्रिय जनता दलसमेत सहभागी भएर संविधान संशोधनको प्रक्रिया हाललाई टुंगो लागेको र संसदीय निर्वाचनपछि बन्ने संसद्ले कुन÷कुन विषयमा संविधान संशोधन गर्ने विषयको समाधान गर्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा भारत भ्रमणको समयमा दिनुभएको अभिव्यक्तिको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले आपूmलाई अधिकारिक रुपमा जानकारी नभएको र अहिले संविधान संशोधनको विषय असान्दर्भिक भएको बताउनुभयो ।

कोसी उच्च बाँधका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयो, “संयुक्त वक्तव्य आपूmले हेरेको र त्यो राख्नुपर्ने आवश्यक थिएन्, यस विषयमा प्रधानमन्त्री लगायतसँग छलफल गर्नेछु ।”

काठमाडौ, भदौ १३ गते । रातो तारा डट कम,
व्यवस्थापिका–संसद्को आजको बैठकले ‘शिक्षा(नवौँ संशोधन) विधेयक, २०७४’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले उक्त प्रस्ताव सदनमा प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा सांसद गंगालाल तुलाधरले शिक्षा (आठौँ संशोधन) ऐनलाई कार्यान्वयन गर्ने समयमा संशोधन प्रस्ताव ल्याइनु गलत हो भन्दै तत्काल शिक्षा आयोगलाई शिक्षकको परीक्षा गराउनुपर्नेमा जोड दिनुभयो ।

सांसद जनकराज जोशीले विगतमा प्रकाशन गरिएको शिक्षकको परीक्षा नै नगरी अलपत्र पारिनु दुःखद् हो भन्दै विद्यमान ऐन कार्यान्वयन गर्न माग गर्नुभयो । उहाँले विधेयक फिर्ता लिन आग्रह गर्नुभयो । सांसद चूडामणि जंगलीले शिक्षा क्षेत्रमा चरम राजनीति गरिएको छ भन्दै विधेयक आवश्यक नभएकाले तत्काल फिर्ता हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद डिल्लीप्रसाद काफ्ले र मीना पुनले आठौँ संशोधनको समयमा उठाइएका विषयलाई कार्यान्वयन नगरेर नवौँ संशोधन विधेयक ल्याइएको छ भन्दै ‘भुइँको टिप्न खोज्दा पोल्टाको खस्ने’ भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नु
भयो ।

सांसद कमलप्रसाद पंगेनीले अस्थायी शिक्षकको समस्या समाधान गर्न राजनीतिक सहमति जरुरी रहेको बताउनुभयो । सांसद श्यामकुमार श्रेष्ठ (काभ्रेपलाञ्चोक)ले सार्वजनिक शिक्षा अस्तव्यस्त भएको र सरकारी विद्यालयमा नै शिक्षकले आफ्ना छोराछोरी नपढाउने, ध्यान नदिने प्रवृत्ति हावी भएको सन्दर्भमा नयाँ संशोधन प्रस्ताव ल्याइनु गलत रहेको बताउनुभयो ।

सांसद गणेशमान गुरुङ, गीता क्षेत्री र गुरुप्रसाद बुर्लाकोटीले विद्यमान ऐन कार्यान्वयन गर्न र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानमा लाग्नका लागि उच्चस्तरीय क्षिक्षा आयोग र संघीय शिक्षा ऐन ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

सांसद रामनारायण बिंडारीले शिक्षा, निजामती कर्मचारी र प्रहरी ऐन मन्त्री र सचिव फेरिएपछि बदलिने र संशोधन गरिदै आएको छ भन्दै भएको ऐन कार्यान्वयन नगरी नयाँनयाँ कानुन ल्याएर समय बर्बाद नगर्न आग्रह गर्नुभयो ।

पूर्वशिक्षामन्त्री धनीराम पौडेलले शिक्षा ऐन आठौ संशोधन ऐनलाई कार्यान्वयन नगरेर नयाँ संशोधन विधेयक ल्याइनु गलत भएको जनाउँदै विधेयक तत्काल फिर्ता लिन माग गर्नुभयो । सांसद रुक्मिणी चौधरी, लक्ष्मण राजवंशी, विकास लम्साल, रामेश्वर फुयाँल र ओफिलाल ओफेडाले सार्वजनिक शिक्षामा देखिएको बेथिति अन्त्य गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद कमला पन्तले अस्थायी शिक्षकको समस्या समाधान गर्न सरकार र प्रतिपक्षी नभनीकन व्यवहार गर्न आग्रह गर्नु
भयो । शिक्षकको माग सम्बोधन गर्न संशोधन
सांसदले उठाएको प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न र शिक्षकको मागलाई सम्बोधन गर्न सरकारले सकारात्मक पहल गर्ने उद्देश्यले शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रस्ताव गरेको बताउनुभयो ।

उहाँले निकट भविश्यमा नै उच्च शिक्षा आयोग गठन गर्ने जानकारी दिँदै उहाँले लामो समयदेखि अध्ययन अध्यापन गराएका शिक्षकलाई एक पटक मात्रै मौका दिन मात्रै सरकारले ऐनमा सुधार जरुरी रहेको बताउनु
भयो । झोलामा भरी प्रमाणपत्र भए पनि काम कुरा केही नजान्ने अवस्था रहेको भन्दै नेपालको शिक्षा क्षेत्रमा गुणात्मक सुधारको जरुरी रहेको मन्त्री श्रेष्ठको भनाइ छ । नायोगा अभिसन्धि अनुमोदन भएन

व्यवस्थापिका–संसद्को आजको बैठकमा गणपूरक संख्या नपुगेपछि ‘आनुवंशिक स्रोतहरुमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँटसम्बन्धी नागोया अभिसन्धि’ अनुमोदन हुन
सकेन ।

सो अभिसन्धि पारित गर्न सभामुख ओनसरी घर्तीले प्रस्ताव प्रस्तुत गर्नेबित्तिकै सांसद काफ्लेले गणपूरक संख्या नपुगेको भन्दै प्रश्न उठाउनुभयो । त्यसपछि सभामुखले तीन मिनेट घन्टी बजाई संसद संख्या यकिन गर्दा संसद्मा ८६ सांसद मात्रै उपस्थित हुनुहुन्थ्यो । कुनै पनि प्रस्ताव पारित गर्न कूल सांसद संख्याको एक तिहाइ अर्थात् १४८ जना आवश्यक पछृ । संसद्मा हाल ५९७ सांसद हुनुहुन्छ ।

प्रधानमन्त्री एवं वन तथा भूसंरक्षणमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो अभिसन्धि अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावका बारेमा सांसद जोशी, काफ्ले, पुन, गुरुङ, प्रेम सुवाल र श्रेष्ठले उक्त अभिसन्धिले मुलुकको पक्षमा काम गर्छ कि गर्दैन भन्ने विषयमा ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो । 


काठमाडौ,पाल्पा-भदौ १३ गते । रातो तारा डट कम,
जिल्लाका सहकारी संस्थामा बचत बढेसँगै ऋण लगानीसमेत वृद्धि भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थाले आव २०७३÷७४ मा रु दुई अर्ब २१ करोड पाँच लाख ८४ हजार रकम बचत गरेका छन् भने रु दुई अर्ब ८० करोड ७९ लाख ४७ हजार ऋण लगानी गरेका छन् ।

सहकारीले लिएको ऋण रु १२ करोड १९ लाख ७२ हजार, कोष रकम रु १७ करोड ३२ लाख ४६ हजार र शेयर पूँजी रु ३० करोड १९ लाख ६८ हजार रहेको डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले जानकारी दिनु
भयो ।

आव २०७२÷७३ मा सहकारीले रु एक अर्ब ४४ करोड १४ लाख ५६ हजार रकम बचत र रु एक अर्ब ६५ करोड ७१ लाख ४३ हजार ऋण लगानी गरेका थिए । सहकारीले लिएको ऋण रकम रु ११ करोड ६५ लाख आठ हजार, कोष रकम रु पाँच करोड ९६ लाख २९ हजार र शेयर पूँजी रु २१ करोड ५३ लाख ४८ रहेको प्रमुख बोहोराले बताउनुभयो ।

जिल्लामा हाल बचत गर्ने शेयर सदस्यमध्ये महिलाको संख्या बढी छ । ८७ हजार ४०५ शेयर सदस्यमध्ये ५३ हजार ६०५ महिला र ३३ हजार ८०० पुरुष छन् । आव २०७२÷७३ मा ७१ हजार ४११ जना शेयर सदस्य पुगेको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।

आव २०७३÷७४ मा २९१ वटा सहकारी दर्ता भएपछि बचत तथा ऋण सहकारी ९०, दुग्ध सहकारी १९, बहुउद्देश्यीय सहकारी ३४, कृषि सहकारी १०५, अदुवा सहकारी नौ, कफी १२, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार एक, मौरी एक, जडीबुटी एक, कोसेली घर एक, बीउबिजन एक, स्वास्थ्य सहकारी एक गरी जम्मा २९१ वटा सहकारी पुगेका छन् ।

अघिल्लो वर्षको तुलनामा २२ वटा सहकारी संस्था दर्ता भएका छन् । २०७२÷७३ मा २७१ वटा सहकारी सञ्चालन भएका थिए । यहाँ सञ्चालित सहकारीले रु ६० करोडभन्दा बढी कारोबार गर्न सफल भएका छन् ।

बचत तथा ऋण सहकारीतर्फ अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर, कृषि क्षेत्रमा उत्पादन, संकलन र बजारीकरणमा मदनपोखरा कृषक बजार बहुउद्देश्यीय सहकारी संस्था, दूध उत्पादनतर्फ डुम्रे दुग्ध उत्पादक सहकारी संस्था डुम्रे, लुहुम दुग्ध उत्पादक सहकारी संस्था र किनारी दुग्ध उत्पादक सहकारी संस्था बौघापोखराथोक, कोकलधारा दुग्ध उत्पादक सहकारी संस्था सोमादीले राम्रो प्रगति गर्न सफल भएका छन् ।

सामाजिक उद्यमीतर्फ मिलनसार उद्यमी सहकारी संस्था बौघागुम्बा, मनकामना सामाजिक उद्यमी सहकारी संस्था सिलुवा र लगनशील सामाजिक उद्यमी सहकारी छहरालगायतका संस्थाले जिल्लामै नमूनाका रुपमा उत्कृष्ट काम गर्दै आइरहेका छन् । 


विराटनगर भदौ १२ गते । रातो तारा डट कम,
विराटनगर महानगरपालिका–११ मा रहेको पुरानो बसपार्क भएकै स्थानमा बन्दै गरेको नयाँ बसपार्क निर्माणको काम ६ महिना भित्र सकिने भएको छ । बसपार्क निर्माणको काम यतिबेला धमाधम भइरहेको छ ।

गत पुस महिनामा शिलान्यास भएर निर्माण सुरु भएको बसपार्क टर्मिनलको काम अहिलेसम्म ५० प्रतिशत सकिएको महानगरपालिकाले जनाएको छ । नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा निर्माणाधिन बसपार्कको सोमबार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दीरा कार्कीले अनुगमन गर्नुभएको छ ।

प्रमुख पराजुली तथा उपप्रमुख कार्कीले ठेकेदारलाई चाडै काम सक्न निर्देशन दिनुभयो । प्रमुख पराजुलीले बसपार्क निर्माणको काम सम्पन्न  भएपछि केहि हदसम्म नगरवासीलाइ राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

बसपार्कको सोमवार दोश्रो तल्लाको छत ढलान गरिएको छ । बसपार्कमा साना ठूला गरी ५७ वटा बस पार्किङ गर्न मिल्ने
छ । दुई तल्ले आधुनिक बस टर्मिनललाई अर्काे ब्यावस्था नभए सम्म बसपार्क कै रुपमा प्रयोग गरिने  छ ।

दुई तल्ले सुविधा सम्पन्न बस टर्मिनलनमा ब्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षलय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा सहितको रहने छ ।


बिराटनगर,भदौ १२ गते । रातो तारा डट कम,मोरङमा प्रमुख जिल्ला अधिकारी भई आउनु भएका राम प्रसाद आचार्यले आज पत्रकारहरु संग भेट घाट र परियत्मक कार्यक्रमको आयोजना गर्नु भएको थियो ।

पत्रकारहरु संग परिचयत्मक कार्यक्रम सकिए पछि बिभिन्न संन्चार कर्मीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै,प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भन्नु भयो, हालैको भारी वर्ष पु¥यएको क्षति र डुवानमा परेका बाढी पीडितहरुलाई जिल्ला दैविक प्रकोप संग समनय गरि बिवाद नहुने गरि राहत बितरण भइरहेको जानकारी गराउनु भयो ।

मोरङमा पहाडी क्षेत्र पनि परेकाले मेक्लाजुङ्ग, केरावारी, लगाएतका क्षेत्रहरुमा खोला कटान पैरो बाढी यातायातको समस्य परेकाले सो नियान्त्रर्ण गर्न सिचाइ जलउत्पन्न प्रकोप संग समनय गरेर नियान्त्रर्ण गर्ने भईरहेको जानकारी गराउनु भयो ।

त्यसैगरी डुवान र बाढीले गर्दा कसैको घरै छैन भएकाहरुले घरमा जान सक्ने अवस्था नरहेका र सिविरमा बसेकाहरुलाई हाल पैचान भएका १३ सय ८० जनालाई बितरण गर्न स्थानिय निकायहरुमा रकम पठाइसकिएका छ र मृत्यु भएका मध्ये पैचान भएका १६ जना मध्ये १० जनाले पाउने राहत लिष्ट अनुसार स्थानिय तहमा रु २ लाखका दरले पाउने गरी रकम पठाइएको र हरैचामा ५ जना बृद्घ महिला हराएको खवर छ उनिहरुको खोजि कार्य जारी रहेकोछ, हाल १६ मध्ये १३ जनाको मात्र पैचान भएको बताउनु भयो ।

अहिले बालबालिकाहरुको पठनपाठनका सामाग्री बाढीले बगाएकोमा त्यस बारेमा युनिसेफ संग कुरा भइरहेको र शिक्षा कार्यलय बाट बिबरण आएपछि छिटै टुङ्गो लाग्ने बताउनु भयो । नेपाल सरकारको निणय अदालतको आदेश समेतलाइ ख्याल गर्दै आइ एन जि ओ एन जि ओ हरुले प्रशासनमा राहत बितरणको लिष्ट पेस गरेर बितरण गरिहनु भएको र ड्राइ फुटहरु भन्दा चामल दाल तेल नुन जस्ता सामाग्री बितरण भनिएकोछ ।

हाल सम्म पैचान भएका ३१हजार २९ घर धुरीमा बस्त मानिसहरु घर बाहिर रहेकाले त्यस्ताहरुलाई पैचान गरि एक महिनाको दिनको रु ७०, महिनाको २१ सय का दरले एक महिनाको रकम दिन सरकारको निणय अनुसार स्थानिय तह मा रकम पठाउने काम भईरहेका छ भन्नु भयो ।

बाढीले मानिसहरुका नागरिक्ता धनिपुर्जा राहदानी प्रमाण पत्र जस्ता मुख्य काग पत्रहरुको कसरी सरकार वा जिल्ला प्रशासनले उपलब्द गराउछ भन्ने जिज्ञासाहरुको बारेमा जवाफ दिदै प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले माथिल्लो निकायमा कुरा भईरहेको ले हुन सक्ने सम्मको सहुलियत पीडितहरुले सेवा दिनेछ भन्नु भयो ।

अहिले छिमेकी सप्तरीमा जनप्रतिनिधि नभएका र पुरै डुवान परेकाले मोरङबाट करिव ६५ लाख बराबरको खांध सामाग्री सेना,निजि हेलिकेप्टर प्रयोग गरेर सप्तरीको कोइलाठी लगाएत ठाउहरुमा राहत पठाएको र हाल पनि अति आबश्यक ठाउहरुमा ट्रकहरुबाट पठाउने काम भइरहेको छ भन्नु भयो ।


रबिन्द्र बराल,रंगेली ,माेरङ भदोै १२ गते । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ४ स्थिति चाेप्राहामा साेेमबार बिहान खेल्ने क्रममा नावालिका काे मृत्यु भएको छ ।
दिपेन्द्र प्रसाद मन्डलकाे छाेरी अडाई बर्षकि शान्ति कुमारी मन्डलकाे घर पछाडि मा रहेको खाल्डो मा डुवेर मृत्युु भएको  हाे ।

हालै अाएकाे वाडिले निजकाे घर पछाडि  खाल्डो बनाएकाे ठाउँमा पानी जमि रहेको र  खेल्ने क्रममा निजकाे डुवेर घाइते भएको  उपचारको रंगेली अस्पताल लाैजाने क्रममा निजको मृत्युु भएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।


रबिन्द्र बराल,रंगेली ,माेरङ,भाद्र १२  गते । रातो तारा डट कम, माेरङकाे धनपाल गाउँ पालिका १ स्थित पाेखरीयाँ बाट अाईतबा राति  नेपाल बाट तस्करी गरि भारत तर्फ लैजादै गरेको ७  वटा गाेरु  बरामद  गरिएको छ ।

माेरङकाे रामचाेक बाट अबैध रुपमा भन्सार छलेर  भारत तर्फ लैजादै गरेको गाेरु  ईलाका प्रहरी कार्यलय रंगेली काे गस्ती टाेलिले  पक्राउ गरेको हाे ।

तस्कर हरुले माेरङ र सुन्सरीका  विभिन्न स्थान हरुमा  साप्ताहिक रुपमा लाग्ने हाट बजार हरुबाट ब्यपारीहरुले गाई,गाेरु,राँगा ,भैंसी खरिद गरेर भारत तिर लैजाने गरेका
छन । सिमाबर्ति क्षेत्रमा ससस्त्र बेश क्याप, बिअाेपि रहेता पनि तस्कर भने राेकिएकाे छैन ।

तस्कर हरुले खेतै खेत भारत तर्फ तस्कर हरुले भारत तर्फ लैजाने गरेकाे छ । ७ थान गाेरु पक्राउ गरिएको छ । १ लाख ५० रुपैयाँ बराबरको  र साेमबार बिराटनगर भन्सार कार्यलय बुझाईएकाे ईलाका  प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।


काठमाडौँ, भदौ १२ गते । रातो तारा डट कम,
हेपाटाइटिस ‘सी’को औषधिको उत्पादन नेपालमै शुरु भएको छ ।

म्याग्नस फर्माले पहिलो पटक नेपालमै हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधिको उत्पादन शुरु गरेको हो । म्याग्नस फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केले म्याग्नसले हेपाटाइटिस ‘सी’को औषधि एक साताअघिदेखि ‘सोफुभिर’ नामबाट बजारमा पठाउन थालेको जानकारी दिनुभयो ।

नेपालमा हेपाटाइटिस ‘सी’ का धेरै बिरामी रहे पनि औषधि महँगो मूल्यमा विदेशबाट आयात गर्नु परेकाले स्वदेशमै उत्पादन थालिएको निर्देशक मास्केको भनाइ छ ।

बिरामीले आयातित हेपाटाइटिस ‘सी’का औषधि निकै महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपाली बजारमा एउटा ट्याब्लेटको मूल्य रु एक हजारदेखि एक हजार २०० सम्म पर्ने गरेको छ । एउटा बट्टामा २८ वटा ट्याब्लेट हुन्छ जसको मूल्य रु २८ हजारदेखि रु ३३ हजारसम्म पर्छ ।

म्याग्नसले उत्पादन गरेको औषधि बिरामीले प्रतिट्याब्लेट रु ८०० मा पाउन सक्ने बजारमा पठाएको छ जसअनुसार एउटा बट्टालाई २२ हजार ४०० पर्न जान्छ ।

उहाँले भन्नुभयो, “हामीले विश्व बजारमा बिक्री हुने गुणस्तरकै औषधि सस्तोमा उत्पादन गरेका छौँ । भाइरसको संक्रमणबाट हुने यो रोग औषधिको प्रयोग गरेअनुसार १२ देखि ४८ हप्तामा निको हुन्छ ।”

ग्याष्ट्रो एण्ड हेपाटोलोजी कन्सल्ट्यान्ट फिजिसियन प्राडा विधाननिधि पौडेलले हेपाटाइटिस सी भाइरसले कलेजोमा आक्रमण गर्ने बताउँदैै केही हप्ता बिरामी पार्नुका साथै जीवनभरि कलेजोको समस्या वा कलेजो क्यान्सरसम्म गराउनसक्ने बताउनुभयो ।

चिकित्सकका अनुसार नेपालमा यो भाइरसका कारण ८० हजारदेखि एक लाख मानिस संक्रमित भएको अनुमान छ । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले हेपटाइटिस सी भएका व्यक्तिको रगतको सम्पर्कमा आए यो रोग सर्ने र यो भाइरस कलेजोमा लाग्ने सबैभन्दा ‘कमन’ भाइरस भएको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा करिब ७१ लाख मानिस हेपाटाइटिस सी को संक्रमणमा परेको अनुमान छ । यसैका कारण वर्षेनी करिब तीन लाखभन्दा बढीको ज्यान जाने गरेको छ ।

यो भाइरसले आक्रमण गर्नेबित्तिकै लक्षण नदेखिने भएकाले सुरुआतमै बिरामीले रोगबारे थाहा पाउँदैन । भाइरसको संक्रमण बढ्दै गएपछि ज्वरो आउने, थकाइ लाग्ने, खानामा रूचि नहुने, झाडापखाला चल्ने, छाला र आँखा पहेँलो हुने लक्षण देखिन थाल्ने डा पौडेलले बताउनुभयो । यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

यसको एकमात्र उपचार भनेकै औषधि सेवन मात्र हो । डब्लुएचओका अनुसार ९५ प्रतिशत बिरामी औषधि सेवन गरेमा निको हुन सक्छन् ।

जथाभावी फालिएका ‘सिरिन्ज’ नचलाउने, लागुऔषधको प्रयोग नगर्ने, असुरक्षित यौनसम्पर्कबाट टाढै रहने हो भने हेपाटाइटिस सी को संक्रमणबाट बच्न सकिन्छ । 

काठमाडौ,भाद्र १२ गते । रातो तारा डट कम,
भदौ १५ गतेबाट दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रीम टिकट बुकिङ खुला गर्ने यातायात व्यवस्था विभागको प्रयास असफल भएको छ । यातायात ब्यवसायीले भाडादर बढाउनेसहित विभिन्न मागहरु अघि सार्दै अग्रीम टिकट बुकिङ खुलाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

यसकारण दशैंको अग्रीम टिकट बुकिङ केही पर घचेटिने भएको छ । सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रीम टिकट बुकिङ खुलाउने गरेको छ ।

तर, ब्यवसायीले विभिन्न मागहरु अघि सारेर आफ्ना मागहरु टुंगो नलागेसम्म अग्रीम टिकट बुकिङको लागि तयार हुन नसकिने बताएका छन् ।

उनीहरुले हरेक वर्ष दशैंका समयमा अग्रीम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग तस्र्याएर सरकारलाई विभिन्न निर्णय गर्न बाध्य बनाउने गरेका छन् । यो वर्ष पनि व्यवसायीले ‘उपभोक्ताको हितका लागि’ भन्दै वैज्ञानिक भाडा समायोजन गर्नेदेखि बसमा छत राख्न पाउनुपर्नेसम्मका माग तेर्स्याएका छन् ।

यस्ता छन् यातायात व्यवसायीका माग :-आइतबार विभागमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आफ्ना मागहरुको सम्बोधन नभएसम्म टिकट बुकिङ खोल्नुको औचित्य नहुने बताए ।

व्यवसायीले दशैंको टिकट बुकिङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग गरेका छन् । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले अब वैज्ञानिक रुपमा भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ ।

२०७२ साल माघमा तेलको भाडा सामायोजन गरेपछि डिजेलमा लिटरमा ३० रुपैयाँ घटिसकेको छ । व्यवसायीले भने त्यतिबेला तेलको मूल्य मात्रै हेरेर घटाइएको भन्दै अब गाडीको चेसिस, टायर, बैंकको ब्याजदर, लुब्रिकेन्ट्स लगायतको मूल्य बढेकाले अब त्यसका आधारमा सामायोजन गर्नुपर्ने माग गरेका छन् ।

‘तेलको मूल्य मात्रै घट्यो भनेर हुँदैन, हाम्रो लगानी कति बढ्यो पनि हेरेर भाडा समायोजन गर्नुपर्छ,’ सिटौलाले भने ।

एक हप्ताभित्रै सहमतिमा पुग्ने प्रयास :-
यातायात ब्यवस्था विभागले भाडा समायोजनका लागि एक कार्यदल गठन गरिसकेको जानकारी दिँदै एक हप्ताभित्रै समायोजनबारे बैठक बोलाएर निर्णय गर्ने सहमति जनाएको छ । ब्यवसायीले अहिले भाडादर बढेपनि वा घटे पनि छठअघि लागू नगर्ने सहमति पनि जनाएका छन् ।

यसैगरी ब्यवसायीले बससहितको सार्वजनिक यातायातका साधनमा छत राख्न नदिने सरकारी नियम पनि हटाउन माग गरेका छन् ।

बसहरुमा छत नहुँदा यात्रुको झिटीगुन्टा पनि बोक्न नपाइएको भन्दै ब्यवसायीले त्यो नियम खारेज गर्न माग गरेका हुन् ।

‘यात्रुको एउटा अली ठूलो झोला पनि राखेर लैजानरल्याउन नसकिने भयो,’ महासचिव सिटौलाले भने, ‘एउटा मापदण्ड बनाएर क्यारियर राख्न दिनुपर्‍यो ।’

विभागका महानिर्देशक रुपनारायण भट्टराईले यसका लागि नियमावलीमै परिवर्तन गर्नुपर्ने भएकाले यसमा विभागले सहजीकरण गर्ने बताएका छन् ।

दशैंको टिकट बुकिङ खोल्नुअघि नै १४ अञ्चलबाटै सवारीको नाप जाँच गर्ने ब्यवस्था गर्न पनि व्यवसायीहरुले माग गरेका छन् । अहिले काठमाडौंस्थित टेकुको भेहिकल प्रि(टेस्ट सेन्टरमा मात्रै जाँच गर्ने ब्यवस्था छ ।

ब्यवसायीले भने यसले समस्या पारको भन्दै सबै अञ्चलमा यसको ब्यवस्था गर्न माग गरेका छन् । विभागले त्यसको लागि आजैबाट ब्यवस्था गर्ने सहमति जनाइसकेको छ ।

१५ गते पुनस् छलफल:-यस्तै यातायात ब्यवसायीले बुकिङ खोल्नुअघि नै सडकहरुको अवस्था चुस्त(दुरुस्त गर्न माग गरेका छन् । नागढुंगा(कलंकी र नारायणगढ(मुग्लिन सडकलाई गाडी चल्न सक्ने गरी मर्मत गर्न माग गरेका हुन् ।

उनीहरुले गाडी वा बड बिग्रँदा त्यसलाई तुरुन्त सडक सुचारु गर्ने वातावरणका लागि यन्त्रहरु तयारी अवस्थामा राख्न पनि माग गरेका हुन् ।

यातायात व्यवस्था विभागले टिकट बुकिङबारे छलफल गर्न भदौ १५ गते सरोकारवालाहरुको बैठक बोलाएको छ । ‘अब १५ गते व्यवसायीहरुसँग छलफल गरेर कहिलेदेखि खोल्ने भन्ने टुंग्याउँछौं । हामी जतिसक्दो छिटो बुकिङ खुलाउन प्रयत्नरत छौं,’ विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.