Websoft University
Articles by "समाचार"

 


विराटनगर, ७ असार । रातो तारा डट कम, नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको  कोरोना उपचार कोषमा पत्रकार महासंघ मोरङका सदस्य तथा अग्रज पत्रकार तेजेन्द्र भण्डारीले ११ हजार सहयोग गर्नुभएको छ । उहाँले आज विहान पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललाई ११ हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभयो । महासंघले स्थापना गरेको कोषमा सहयोग हस्तान्तरण गर्दै महासंघका सदस्यहरुलाई पत्रकार भण्डारीले आग्रह पनि गर्नुभयो । 

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार शंकर खरेल, महेन्द्र विष्ट, सचिव नेत्र पी अधिकारी, कोषाध्यक्ष अभय राईको उपस्थिति रहेको थियो ।

कोरोना उपचार कोषमा हालसम्म करिव साढे ३ लाख रकम जम्मा भईसकेको कोषाध्यक्ष राईले जानकारी दिनुभयो ।


काठमाण्डौ जेठ २४ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ताका लागि विवरण पठाउन सबै स्वास्थ्य संस्थालाई पत्रचार गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै कोभिड १९ रोकथाम नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने सरकारको निर्णय अनुसार विवरण पठाउन पत्राचार गरेको गूणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन कुमार उपाध्यायले जानकारी दिनुभयो । डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह टिकंरीले जानकारी दिनुभयो ।




सुनसरी इटहरी बैशाख २९ गते । रातो तारा डट कम, इटहरीमा प्रत्येक शैयामा अक्सिजन सहित ५० शैयाकोआइसोलेसन सेन्टर संचालन गरिएको छ । इटहरी उपमहानगरले छ शैयाको कोभिड अस्पताल सहितको आइसोलेसन संचालनमा ल्याएको हो ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि छुटटा छुटटै ब्लकमा ब्यवस्था सहित आइसोलेसन संचालनमा ल्याएकोवताउनुभयो ।आज  वेलुका देखि कोभिड संक्रमित विरामी राखेर आइसोलेसन संचालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

अक्सिजन नेवुलाइजर सहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी वस्ने उहाँले वताउनुभयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड वमोजिमको गुणस्तरीय खानाको ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीले जानकारी दिनुभयो ।  इटहरी अस्पतालका मेसु डा योगेश चेम्जोडले आइसोलेसन ब्यवस्थित रहेको दावी गर्नुभयो । उहाँले माइल्ड कोभिडका विरामीलाई राखेर अक्सिजन नेवुलाइजरको सेवा समेत प्राप्त हुने जानकारी दिनुभयो । विरामीको स्वास्थ्य अवस्था गम्भीर वन्दै गएमा स्वास्थ्यकर्मी सहित स्टेण्डवाइ रहने एम्वुलेन्स मार्फत अन्य अस्पताल लगिने वताउनुभयो ।  इटहरी ९ रंगशालामा गत बर्ष पनि आइसोलेसन संचालित थियो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा छ । आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने छ । 



काठमाण्डौ चैत्र १ गते । रातो तारा डट कम, २४ घण्टामा नेपालमा थप ५३ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभरकोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार २ सय ३१पुगेकोछ । बितेको २४ घण्टामा ७७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या भने २ लाख ७१ हजार ३ सय २६ पुगेको मन्त्रालयकाप्रवक्ता डा जागेश्वर गौतमलेजानकारी दिनुभयो । मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १४ पुगेको छ ।





INTRODUCTION:
Name:  Mr.Tejendra Bahadur Bhandari
Date of Birth  :  1974-08-02
Birth Place :  Pachthar , Mehalbote-3                                                             
Father's Name :  Naina Bahadur Bhandari
Mother's Name :  Basundhara Bhandari
Zodic Sign  : Libra
Address  :  Biratnagar -11 ,Janpathtole.
Citizenship No. : 80478 ,Morang
Blood Group : B+
News Media: Freelance,Editor www.ratotara.com,
Email address : morangnews@gmail.com,

1.    Positions  and  the  Institutions  where  I  worked :
Although, we have started our journey, under the owernship of Morang Pvt.Ltd. from darta No. 64 2046/09/18 till 2049/11/21.  I  worked for Morang Sapthahik Editor and darta no. 73/052/3/31 for Purbanchal Mahanagar Dainik and Morang darta no.138/063/4/7 for Janpath Dairy newspaper as an Editor and a Publisher.
 
2.    Chairman:
Nepal Sampadak Sang and Nepal Patrakar Mahasang Morang date 2053 Magh 20 to 2054 Magh 19 and after again from the voting till 2056 2times as the councilor and now as a member only.

3.    Advisor Related Institutions :
From 2057/02/06 to 2064 Ashar worked as a press advisor  of Koshi  Bus Babyashahi in Ithari, and from 2059 to 2061 in Nepal women Regeneration Forum Animal Husbandry one time and again, in 2059 from Baisakh worked as an Advisor in Janapriya Tole Reform Committee and Janapriya Tole Organisation for a long time worked as a Social Worker till now.

4.    Certificates of Appreciations and Good Wishes:   In  2057/10/25 got certificate of appriciations from Morng District Growth Committee for excellent  journalism in Morang Districts .Also in 2057/10/29 fro, Kupondol, Lilitpur Media Reporters of Morang Jibisa gave the certificate of appriciations and good wishes for future. And so on,  In 2060 Baisakh 6  By Shayitic Patrakar Koshi Zone gave special certificate and a token for helping in National Program for respected Poet Madhav Prasad Ghimire. In 2049/12/16 Security Body of our country from Police Head Office gave the praise certificate and thanks for the service providd to the Nation and also which I motivated the Moral of Security Personnel of my country.


5.    Journalism Related Trannings :  In  1990/10/09 collage of  story writing Ambala Chawni from India got the tranning in Diploma in news editing subject for 6months.In 1996 August11 got the tranning in population related in Journalism from Nepal Press Institution.In 1997 July 3 operated in Bayabasahik  Journalism got tranning in Advertisement related subject and also from , 2059 Bhadra 21 got the tranning by ANPI Baybashahik Journalism related orientation.

6.    Position and Institution working at present: Now, I am working at online media       named RATOTARA.COM as editor,( press council nepal number:545/2074/06/26) and the register number of the online media RATOTARA.COM is 231/073-74 given by Government Of Nepal Ministry of Communication and Information Technology Department of Information and Broadcasting (Date when online media was registered:2074/02/30).

7.    Certificate of Participation: I was certified by Human Rights and Journalism organized by National Human Rights Commission (NHRC) for the successful completion of training on 16 August.2019,Biratnagar .
8.    Position at online media samuha at present : The online media samuha was established at 2074 Poush 22, I am referred as chairman of the online media samuha from the starting days to till now .

9.       Federation of Nepal Journalists (FNJ): From past to till now at present 1 am the member of FNJ , morang, and press organization province 1 member at present .                                                    








बेलबारी मोरङ । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ट्रमासेन्टर अस्पताल बनाउनका लागि २ विघा जग्गा दिने घोषणा गरेका छन् ।

बेलबारी नगरपालिका ५ मा रहेको कसेनि स्वास्थ्य चौकीको नव निर्मित भवन तथा ल्यावसेवाको उद्घाटन गर्दै मेयर सुवेदीले बेलबारी बजार नजिकै रहेको करिब २ करोड रुपैयाँ पर्ने जग्गा दिने घोषणा गरेका हुन् । 

‘बेलायती एक संस्थाले ट्रमा सेन्टर बनाउन जग्गा उपलब्ध गराउन भन्यो’, मेयर सुवेदीले भने, ’सम्बृद्ध नगर खुसि नगरबासी भन्ने नगरपालिकाको नारालाई साकार बनाउन लागेको हुँ ।’ उक्त संस्थासँग यहि माघ भित्र ट्रमा सेन्टर बनाउन सम्झौता गर्ने समेत उनले बताए ।

ट्रमासेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँको रुपमा लिइन्छ । ‘गम्भीर घाइतेलाई उचित ढङ्गले ट्रमा सेन्टर पु(याउन सके चोटपटकका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन सक्ने रहेछन्,’ उनले भने । ट्रमा सेन्टरसँगै १५ सय वेडको अस्पताल समेत संचालन गर्ने उनले बताए ।

मेयर सुवेदीले यस अघिनै एक सामाजिक संस्थालाई ८ विगहा जग्गा दिइसकेका छन् । यसैगरी मयेर सुवेदीले यस आर्थिक वर्षमा नै ११ वडा रहेको बेलबारीमा २, ३, ६ र १० नम्बर वडामा स्वास्थ्य चौकीहरु बनाइसक्ने पनि मेयर सुवेदीले उद्घोष गरे ।



काठमान्डौ। रातो तारा डट कम,टेलिभिजन रियालिटी सो छमछमी  ४ की विजेता सन्ध्या आचार्य र राज चौलागाईको फिचरिङमा नयाँ गीत ”स्रोह बर्षे जोवन” गीतको भिडियो सांगितिक बजारमा सार्वजनिक भएको छ ।

गायिका कविता श्रेष्ठको आवाजमा रहेको गीतमा स्रोह बर्षे जोवनमा पुगेका युवा युवती विचको भावनालाई समेटिएको छ  ।

शालु डिसीको शब्द तथा राजु लामाको संगीत गीतमा छ  ।

”स्रोह बर्षे जोवन” गीतमा युवा युवती विचको रोमान्स लाई प्रस्तुत गरिएको  गायिका कविताले बताइन । कृष्ण पाण्डे , केशव अधिकारीको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका नृत्य निर्देशक राजन मर्हजनको नृत्य निर्देशन भिडियोमा रहेको छ ।



काठमाण्डामै पुस १६  गते । रातो तारा डट कम, आउँदो माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ सत्ताइस’ को दोश्रो ट्रेलर सार्वजनिकभएको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी,अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमालाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन । चलचित्रका सह निर्माताको रुपमा गौतम शाहाको लगानी छ । फिल्ममा अनिश स्यांगदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन ,विक्रम स्वारको कोरियोग्राफी रहेको छ । गीतमा दिपक आर।जे। र गिरिस खतिवडाको स्वर, प्रकाश मल्ल को शब्द र दिपक आर,जे, को संगीत रहेको छ ।

चिसोको समयमा सधै न्यानो कपडाहरु लगाऔं,
शीतलहरको समयमा घर वाहिर खुल्ला ठाउमा धेरै समय नबसौं,
राती सुत्ता सिरक कमल ओड्ने र छाती र टाउको ढाकेर मात्र सुत्ने बानि गरौं,
सित लहरले चिसो भएको समयमा तातो,इाोल पदार्थ र ताजा खानेकुरा खाने गरौं,
शीत लहर र चिसोले बालबालिका, गर्ववती महिला जेष्ठ नागरिकहरु, बिरामीलाई बढी प्रभाव पर्ने भएकोले बिशेष सर्तकता अपनाऔं,
शीत लहर र चिसो बाट बिरामी भए नजिकैको उपचार केन्द्रमा जाऔं,
शीत लहरले चिसो भएका बेला आफुले पालेका जनावरहरु पसुपन्छी खुल्ला ठाउमा चराउन नलैजाऔं
चिसोबाट जनावरहरु बिरामी परे पसु उपचार केन्द्रमा लैजाऔं,
शीत लहर र चिसोबाट तरकारी बालिमा वा कृषिमा पर्न सक्ने प्रभावहरुलाई कमगर्न कृषि बिज्ञहरु संग परामर्श लिने गरौं,
बिधालयका बिधार्थीहरुलाई चिसोबाट बच्न सावधानी अपनाऔं र चेतना मुलक कार्यक्रम सन्चालन गरौं,

   
              सुन्दरहरैचा नगरपालिका कार्यालय मोरङ 


विराटनगर । रातो तारा डट कम, विराट फुटवयर एक्स्पो २०७६ विराटनगरस्थित जैन भवनमा आजदेखि सुरु भएको
छ । नेपाल जुत्ताघर प्रालिको आयोजनामा एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले गरे । एक्स्पोमा ६ ब्राण्डका चुत्ता, चप्पलहरू रहेका छन् ।

नेपाली जुत्ताको प्रवद्र्धन र ब्राण्डिङ्ग गराउने मुख्य उद्देश्यले एक्स्पो आयोजना गरिएको फुटवयर एक्स्पोको संयोजक होमनाथ उपाध्ययले बताए । १ लाख ५० हजारले अवलोन गर्ने अपेक्षा राखिएको एक्स्पोमा ५० हजार जुत्ताको कारोबार हुने आयोजकको लक्ष्य छ । एक्स्पो अवधिभरी १ करोड ५० लाखको कारोबार गरिने लक्ष्य राखिएको संयोजक उपाध्ययले बताए ।

‘हामीले १५ दिनसम्म एक्स्पो लगाउने तयारी गरेका छौं’ उपाध्ययायले भने ‘ग्राहकको माग र कारोबार बढेको खण्डमा एक्स्पो लम्बिनसक्छ ।’ एक्स्पोमा शिखर सुज, बि।एफ। डियर हिल सुज, रन सुज, शुल लैण्ड, लैण्ड वाक र हाइ लाईप सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल रहनेछ ।

मेलामा ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिनेछ । १ सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँ मूल्यसम्मका जुत्ता एक्स्पोमा रहेको संयोजक उपाध्ययले जानकारी दिए । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

नेपाली जुत्ताघरका अध्यक्षसमेत रहेका उपाध्यायका अनुसार सन् २०२० सम्ममा नेपालमा ४ करोड ५० लाख जोर जुत्ता उत्पादन हुनेछ । अहिले वार्षिक ३ करोड जुत्ता उत्पादन भइरहेकोले आगामी वर्ष १ करोड ५० लाख वृद्धि गरि वार्षिक १ करोड २० लाख जुत्ता निर्यात गर्ने लक्ष्य रहेको उनलेबताए ।

नेपाली चुत्ताको प्रर्वद्धन गरि आयतलाई प्रतिस्थापन गर्ने नेपाली जुत्ताघरको लक्ष छ । यसअघि काठमाडौं, पोखरा, बुटवललगायतको शहरमा एक्स्पो आयोजना गरिसकेको उपाध्यायले जानकारी दिए ।

उद्घाटन समारोहमा बोल्दै प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतले प्रदेशलाई आत्मनिर्भर बनाउन स्वदेशी उद्योगहरु फस्टाउनु पर्ने बताए ।

मन्त्री कुसियतले कानूनी प्रावधान र कच्चा पदार्थको अभावमा स्वदेशी उद्योगहरु मर्कामा परिरहेकाले यसतर्फ सरकार गम्भीर रहेको बताए । उनले नयाँ उद्योग एवं व्यापार प्रवद्र्धन गर्न सरकारले जग्गा र बैँक ब्याजमा सहुलियत दिने तर्फ पनि सोची रहेको कुरामा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले विशेष नीति बनाउनु पर्ने धारणा राखे ।

कार्यक्रममा उधोग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका कार्यवहाक अध्यक्ष नविन रिजाल विराट व्यापार संघका अध्यक्ष सुजन थापा र मोरङ पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेललगायतले बोलेका थिए ।


काठमाण्डौ मंसिर ३० गते । रातो तारा डट कम,हिमपातका कारण हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो भेग खुम्बु क्षेत्रको जनजीवन प्रभावित बनेको छ । केहिदिन देखिको निरन्तरको हिमपातले खुम्बु क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको छ । अत्यधिक मात्रामा हिमपात भएपछि खुम्बु क्षेत्रका मानिस घर बाहिरको काममा निस्कन पाएकाछैनन् ।

चिसोका कारण पिउने पानी धारामै जमेको छ । हिमपातका कारण, खुम्बुको माथिल्लो क्षेत्र खुम्बुजुङ, थामे, नाम्चे, फाक्दिङ, गुमेला, जोरसल्ले लगायतको क्षेत्र नराम्ररी प्रभावित बनेको छ । यस पटक करिब १० बर्ष पछिको सबै भन्दा ठुलो हिमपात भएको स्थानिय बताउँछन् । पैदलमार्गहरु बन्द हुदाँ पर्यटक तथा बटुवाहरु समेत अलपत्र परेका छन् । हिमपातसँगै नाम्चेको तापक्रम माईनस १० डिग्रि सेलसियससम्म पुगेको छ । 

चिसोले वृद्धवृद्धा, बालबालिका र विरामीलाई बढि प्रभावित पारेको छ । बाक्लो हिउँका कारण पशुचौपायहरु समेत प्रभावित बनेका छन् । उच्च हिमाली क्षेत्रमा पाईने चौरी, नाक, जोक्पे जस्ता घरपालुवा पशुचौपायलाई आफ्नो आहारा खोज्न मुस्किल परेको छ ।


मदनकृष्ण सिलवाल, काठमाडौँ । रातो तारा डट कम, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटीमा अवस्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बाह्रौँ साधारण सभा मंङ्सिर २८ गते शनिवार शहीद स्मृति पार्क(जगडोल डाँडा)मा सम्पन्न भएको छ । ज्योति बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष दुर्गादेवी मैनालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम साधारणसभाको वरिष्ठ लेखापरीक्षक हेमबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा चलचित्र निर्देशक यादवकुमार भट्टराई, बीपी संग्राहय, सुन्दरीजलका अध्यक्ष परशुराम पोखरेल, राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघका निवर्तमान अध्यक्ष वेदप्रसाद लावती, लायन्स क्लब अफ डाँफेका चार्टर प्रेसिडेन्ट महेश आचार्य लगायतको आतिथ्यता रहेको थियो । साधारणसभाले कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सचिवद्वारा प्रस्तुत भावी योजनालाई साधारणसभाबाट पारित गरिएको थियो ।  यसैबीच, ज्योति बहुउद्देश्यीय सहकारी संस्थाले बुद्धिष्ट बालगृहमा रहेका बालबालिकाहरुसँग वनभोज कार्यक्रम समेत सम्पन्न गरेको छ । सो अवसरमा  विभिन्न कलाकार एवं बुदृष्टि बालगृहका बालबालिकाहरुले प्रस्तुत गरेका थिए ।


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,ईलाका प्रहरी कार्यलय बेलबारीले विभिन्न मितिमा हराएका ११ वटा मोबाइल फेला पारी संबंधित मोबाईल धनीलाई बुझाएको छ।

पछिल्लो समय ईलाका प्रहरी कार्यलय बेलबारीले मोबाइल डेक्स खडा गरि निवेदन लिने र खोजी तथा अनुसन्धान गर्दै आएको छ। ईलाका प्रहरी कार्यलयको यस कार्यक्रमप्रभावकारी बन्दै गएको छ।

आइतबार इ.प्र.का बेलबारीका प्रमुख गुणराज बुढाथोकीले प्रेस मिटका बिच फेला परेका ११ थान मोबाइल सेट संबंधित मोबाइल धनीलाई बुझाएका हुन ।

मोबाइल प्राप्त गर्नेमा केराबारी,मोरङका केदार मगर, चैनपुर ११ संखुवासभाका चिरञ्जीवी पाण्डे, बेलाबारी ११ मोरङ्का एलिना राई , बेलबारी १ मोरङका कुमारी गुरुङ, सुन्दरहरैचा २ का टंक बि.क , इटहरी २ कि सजिना राई , धरान १८ सुनसरीका धनराज लिम्बु, इनरुवा सुनसरीका डम्बर कार्की , भक्तपुरका संजय क्षेष्ठ , बेलबारी ५ का भुद्री देवी माझी , बेलबारी ६ का लक्ष्मण धामी रहेका छन। हराएको मोबाइल पाए पछि मोबाइल धनीहरुको मुहारमा सुखी छाएको थियो।

हराएको मोबाइल प्राप्त गर्दै सुन्दरहरैचा २ का टंक बिकले खुसी हुँदै दुई महिना अघि हराएको मोबाइल फेला पर्ने कुनै आशा नरहेको तर बेलबारी प्रहरीले फेला पारिदिएकोमा ईलाका प्रहरी कार्यलय बेलबारीलाई धन्यवाद ब्यक्त गरे।

मिति ०७६-३-२४ गते बेलबारी ६ बोनल स्थित लक्ष्मण धामी खवासको घरबाट सुनको गहना कानवाजा १ जोर, सिक्री १, नथिया १, सिरवन १, चादीको हार २५ तोला, ब्रासलेट ४/४ तोलाको २ थान चोरीको घटनामा मोरङ बेलबारी ९ का बर्ष ३२ को आशेदेवी चौधरीलाई चोरीका सामानसहित पक्राउ गरिएको र निजसंग सुन खरिद गर्ने बेलाबारी ११ लक्ष्मिमार्ग स्थित अमृता दक्षिणकाली ज्वेलर्सका संचालक हजिन्द्र बिश्वकर्मालाई समेत नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको इ.ल.का बेलबारी प्रमुख गुणराज बुढाथोकीले बताए।



  काठमाण्डौ मंसिर २७ गते । रातो तारा डट कम,नेपाली सुगम संगीतको कलाकारितामा निकै सम्भावना भएका मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित ‘हर रात ‘ भिडियो सार्बजनिक भएको छ । अनिल शाही र गायिका छन्द क्षेत्रीको गीतमा आवाज रहेको छ ।

गीतको भिडियोमा प्रेमी प्रेमिका विचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई खुलाएर प्रस्तुत गरिएको छ । दुवै जना कलाकार निकै खुलेको देखिन्छ । बेबिंन अमात्यको शब्द तथा संगीतकार नबिन श्रेष्ठको संगीतमा गीत निमार्ण गरिएको छ । लामो समयको संधर्षबाट नै आफुले फरक तरिकावाट गीतमा संगीत भरेको संगीतकार नविनले बताए  ।

 हर रातको भिडियोमा प्रेम लामाको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा बेविन अमात्यको निर्देशन भिडियोमा रहेको छ  । गीतको भिडियोमा जिवनका विभिन्न आयामहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ  ।



(बाजागाजाका साथ सिघिया तिर जुलुस जाँदै)
मोरङ मंसिर  २१ गते । रातो तारा डट कम,बिराटनगरको पूर्ब क्षेत्रमा रहेको सिंघिया खोला आसपासमा फोहोर थुप्रिन थालेको भन्दै आजबाट सफाइ सुरु भएको छ। 

सफा सुन्दर, हरावरा हरियालीले सिंगारिएकी सबैले माया गर्ने र माया दिने नदिको रुपले चिनिने सिंघिया माई अचै राम्रो बन्ने आशा भरोसा महानगर वासी नदि आसपासका स्थानीय गाउंपालिकाका जनता खुसी भएका छन ।

आज बिहानै बाट हजारौं जनाको उपस्थितिमा खोलाको वारी पारी सरसफाई कार्यक्रम सामाजिक बिकास मन्त्री माननीय जीवन घिमिरेज्यू र बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीबाट संयुक्त रुपमा थालनी भयो । 

स्थानिय समाज सेबी,सरकारी गैर सरकारी, संघ संस्थान, नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी कर्मचारी पत्रकार कलाकार सबैको बाक्लो सहभागीता रहेको थियोे । यश कार्यक्रमले निरन्तरता दिइरहोस भन्न चाहान्छोै ।



 काठमाण्डौ मंसिर १९ गते । रातो तारा डट कम,नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पाँचौं दिन आज विभिन्न १७ विधामा खेल हुँदैछ । सागको पाँचौं दिन आज काठमाडौं र पोखरामा गरि १७ खेलमा प्रतिस्पर्धा हुन लागेको हो । आजको खेलमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । 

अन्य खेल काठमाडौंमा हुनेछ । सागको महिला फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । दिउँसो २ बजे हुने खेल पोखरा रंगशालामा हुनेछ । सागको पुरुष फुटबलतर्फ भुटान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । साग क्रिकेट अन्तर्गत पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछ । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल र भुटानबीच हुँदैछ । नेपाल र भुटानबीचको खेल अहिले बिहान ९ बजेबाट सुरु हुँदैछ । दोस्रो खेलमा माल्दिभ्सले श्रीलंकाको २३ वर्ष मुनिको टोलीसँग खेल्ने छ । पोखरामा हुने महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । 

उसुतर्फ आज १८ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । पुरुष र महिलातर्फ ६–६ (सान्डा –फाइट) हुँदैछ । सुटिङतर्फ महिला तथा पुरुष तर्फ दुई दुई विधामा फाइनल खेल रहेका छन् । महिलातर्फ थ्री बाई ४० तर्फ फाइनल हुनेछ भने एयर राईफल पुरुषतर्फ फाइनल खेल हुँदैछ । एथ्लेटिक्सतर्फ आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रङ्गशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १४ विधामा प्रतिस्पर्धा हुनेछ । जसमा ६ खेलको फाइनल चरणको खेल हुनेछ । पोखरा रंगशालाको कभर्ड हलमा हुने भारोतोलनतर्फ तीन महिला र दुई महिला तर्फ गरि कुल ५ स्पर्धा हुनेछ । ह्याण्डबलमा आज लिग चरणका खेल हुनेछन् । 

समूह ‘ए’ को पहिलो खेलमा पुरुषतर्फ नेपालले श्रीलंकासँग खेल्ने छ भने माल्दिभ्स महिला टिमले पाकिस्तान महिला टिमसँग खेल्ने छ । यस्तै समूह ‘बी’ तर्फ पुरुषमा बंगलादेश र माल्दिभ्स तथा नेपाल महिला टिम र श्रीलंकासँग खेल्ने छ । पौडीको पहिलो दिन नेपालले ८ ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ । बास्केटबल आजबाट सुरु हुनेछ । आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ । 

कब्बडीतर्फ दुवै तर्फ आज लिग चरणमा खेल हुनेछ । पोखरामा हुने बिच भलिबलको पहिलो दिन विभिन्न ६ खेल हुनेछ । पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ आज पनि विभिन्न इभेन्टको खेलहरु हुँदैछ । ब्याडमिन्टनमा बिहिबार नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्सको सेमिफाइनल खेलहरु हुनेछ । गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु हुनेछ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आज विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । आर्चरी खेल आजबाट सुरु हुने
छ । तेक्वान्दोतर्फ आज पनि प्रतिस्पर्धा हुनेछ । 


काठमाण्डौ मंसिर १९ गते । रातो तारा डट कम,अपाङ्गता भएका विद्यार्थीको सहारा बन्दै सुन्दरहरैंचाका सङ्घ संस्था विराटचोक, ‘दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै क्रममा बुधबार मोरङको सुन्दरहरैंचा नगरपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री साथै खाद्यान वितरण गरिएको छ । 

बुधबार आशा नेपाल, सामाजिक सेवाका लागि युवा अभियान नेपाल, र मानव अधिकार संरक्षण मञ्च नेपालले वडा नम्बर ७ मा रहेको साजीलाल आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । सो विद्यालयमा अपाङ्गता भएका १७ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भएका विद्यार्थीलाई कपी, पेन्सिल, अपाङ्गता भएका व्यक्तिलाई पढ्न र बुझ्न सजिलो हुने ब्लक, वितरण गरिएको हो ।

विद्यालयको लागि एउटा दराज पनि दिइएको थियो । यस्तै विद्यालयम नै दिवा खाजाको व्यवस्था खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको छ सो कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अमिष ढकाल रहेका थिए । ढकालले अपाङ्गता भएको व्यक्तिको आँखामा देश निर्माण गर्ने बौद्धिकता भएकाले यस्ता व्यक्तिको संरक्षण तथा दायित्व राज्यको भए पनि सामाजिक संस्थाले गर्नु अत्यन्तै उदाहरणीय र प्रशंसनीय कार्य भएको बताए । 




यस्तै, विशिष्ट अतिथि, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चैतन्य सिटौलाले  स्थानीय सरकारले अपाङ्गता व्यक्तिलाई सहयोग गनबताएका थिए । कार्यक्रमका अतिथि लायन्स क्लब अफ सुन्दरदुलारीका अध्यक्ष नागेश पोख्रेलले आफ्नो तर्फबाट विगतमा सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष भीमा खतिवडाले सुन्दरहरैंचा नगरपालिकामा अपाङ्गता भएका बालबालिका ४० जनाभन्दा बढी रहेका तर उनीहरुलाई सहज तरिकाल विद्यालयसम्म ल्याउने यातायातको व्यवस्था नभएको बताइन् ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष जीवन ढुङ्गाना, वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ, साना किसान कृषि सहकारी संस्थाका सुन्दरपुरका अध्यक्ष रवीन्द्र आचार्य, जुनियर जेसीजका अध्यक्ष उत्सव थापा, अपाङ्गता नगर समन्वय समितिकी सचिव मीना आचार्य लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका अध्यक्षता आशा नेपालका कार्यवाहक अध्यक्ष अनुरोध शाहले गरेका थिए । कार्यक्रममा शाहले शिशुको जन्मपछि शिक्षा, स्वास्थ्य र बाँच्ने नैसर्गिक अधिकार भए तापनि राज्यबाट उपेक्षित भएकाले सामाजिक संस्थाहरुले पहिचान गरी सहयोग गरेको र राज्यले उचित सम्बोधन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य मानव अधिकार संरक्षण मञ्च नेपालका अध्यक्ष टेकराज तिम्सिनाले गरेका थिए । कार्यक्रमको व्यवस्थापन निष्पक्ष खबर अनलाइनले गरेको थियो । कार्यक्रम सञ्चालन सामाजिक सेवाका लागि युवा अभियान नेपालका अध्यक्ष ज्ञाननाथ ढकालले गरेका थिए ।




काठमाण्डौ मंसिर १६ गते । रातो तारा डट कम,गायक जिवन लामाकोे आवाजमा ‘जानी नजानी ’बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतमा आशिष लामाको  शब्द रहेको छ भने जिवन लामा ले संगीेत गरेका छन् ।प्रेमि प्रेमिका विचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ  । निकै आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रकाश खड्काको छायाँकन राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ  । ‘जानी नजानी ’ गीतको भिडियोमा आयुष्मा कार्की र निश्चल खड्काको अभिनय रहेको छ  ।

 

काठमाडौँ । रातो तारा डट कम, चर्चित गायिका मेलिना राईसँग लोकपप गायक सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ यतिबेला  युट्युब ट्रेन्डिङमा छ । 

गायक गिरीकै शब्द तथा संकलन रहेको गीतमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवा युवतीको ब्यग्यात्मक शैलीलाई गिरीले देखाउन खोजेका छन् । भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन्। 

 मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको पवन सिंम्खडाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो



काठमाडौं  मंगसिर १ गते । रातो तारा डट कम, चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ । यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ ट्रेलर एकदमै राम्रो बनेको छ । निर्माण पक्ष अहिले फिल्म प्रचारका लागि तिब्र रुपमा लागेको छ ।

चलचित्र “मखमली मखमली” मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालको आफ्नै जिवनमा घटेको घटनामा आधारित भई यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको चलचित्रमा नायक जयकिशन बस्नेतले हसाउँछन भने मखमली बनेकि शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मनमा पनि एकचोटी चस्का लाग्छ । 

यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ ।  निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत दमदार अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् भने सावित्रा चिलवाल एक कुशल गीतकारको रुपमा समेत प्रख्यात छिन ।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।
सत्य कथामा आधारित चलचित्र भएको हुँदा चलचित्रलाई सम्पूर्ण नेपालीहरुले माया गरि सिनेमाघर सम्म गई हेरिदिनु हुन्छ भन्नेमा निर्माण पक्ष ढुक्क छ  ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.