Websoft University

इटहरीमा प्रत्येक शैयामा अक्सिजन सहित ५० शैयाकोआइसोलेसन सन्चालनमा आयो


सुनसरी इटहरी बैशाख २९ गते । रातो तारा डट कम, इटहरीमा प्रत्येक शैयामा अक्सिजन सहित ५० शैयाकोआइसोलेसन सेन्टर संचालन गरिएको छ । इटहरी उपमहानगरले छ शैयाको कोभिड अस्पताल सहितको आइसोलेसन संचालनमा ल्याएको हो ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि छुटटा छुटटै ब्लकमा ब्यवस्था सहित आइसोलेसन संचालनमा ल्याएकोवताउनुभयो ।आज  वेलुका देखि कोभिड संक्रमित विरामी राखेर आइसोलेसन संचालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

अक्सिजन नेवुलाइजर सहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी वस्ने उहाँले वताउनुभयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड वमोजिमको गुणस्तरीय खानाको ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीले जानकारी दिनुभयो ।  इटहरी अस्पतालका मेसु डा योगेश चेम्जोडले आइसोलेसन ब्यवस्थित रहेको दावी गर्नुभयो । उहाँले माइल्ड कोभिडका विरामीलाई राखेर अक्सिजन नेवुलाइजरको सेवा समेत प्राप्त हुने जानकारी दिनुभयो । विरामीको स्वास्थ्य अवस्था गम्भीर वन्दै गएमा स्वास्थ्यकर्मी सहित स्टेण्डवाइ रहने एम्वुलेन्स मार्फत अन्य अस्पताल लगिने वताउनुभयो ।  इटहरी ९ रंगशालामा गत बर्ष पनि आइसोलेसन संचालित थियो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा छ । आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.