Websoft University
December 2019


श्याम राइ गाइघाट पुस १५ गते । रातो तारा डट कम, नगरप्रमुखले जबरजस्ती ट्याक्टर पक्राउ गरेर प्रहरीलाइ बुझाएको विरोधमा ट्याक्टर व्यावसायिहरुले उदयपुरको बेलका नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । नगर प्रमुख दुर्गा कुमार थापाले शनीबार गिटी बालुवा बोकेको ३ वटा ट्याक्टर पक्राउ गरेर प्रहरीलाई बुझाएपछि आन्दोलित भएका स्थानिय ट्याक्टर व्यावसायि र चालकले सोमबार साझ देखी नगरपालिका कार्यालय घेराउ गरेका छन् । 

उनीहरुले पक्राउ गरीएका ट्याक्टर तत्काल छाड्नुपर्ने र स्थानिय ट्याक्टर व्यावसायिहरूलाई नदिजन्य पदार्थ ओसार पसार गर्न सहज बनाउनुपर्ने माग राखेका छन् । झण्डै ४० वटा ट्याक्टर कार्यालय अगाडी र रामपुर चतरा सडक खण्डको मुख्य सडकमा तेस्र्याएर सडक जाम गरेपछी नगरपालिकाको सेवा मंगलबार पूरै ठप्प रहेको छ भने पूर्व पश्चिम चल्ने यातायात सेवा समेत अवरोध भएको छ । 

ट्याक्टर व्यावसायिले मेयर थापाले पूर्वाग्राही बनेर आफूहरुको गाडी जवरजस्ती प्रहरी लगाएर नियन्त्रणमा लिएको बताएकाछन् । ढुङ्गा गिटी उत्खनन् गरी टिपरले ओसारपसार गरीरहेको विरोधमा एक महिना अघि स्थानियले गरेको विरोधमा ट्रयाक्टर व्यावसायिहरुले समेत साथ दिएको घटनापछि मेयर थापाले रिसिइवी साधेर गाडी पक्राउ गरेको व्यावसायीहरुले बताएका छन् । 

नियम विपरित ढुङ्गा गिटि उत्खनन् गरी ओसार पसार गरेको भन्दै स्थानियले गरेको आन्दोलनमा हामीले गरेको सहयोगबाट मेयर रुस्ट भएर अहिले हामीलाई दुःख दिने काम भएको ट्याक्टर व्यावसायि चन्द्र कार्कीले भने ।‘ अहिले मेयर आफै ट्याक्टर पक्राउ गरी हिडीरहनु भएको छ ’ उनले भने । 

नगरपालिकाले नगर क्षेत्रभित्र लगाएको नदिजन्य पदार्थको उत्खनन् र विक्री वितरणको ठेक्कामा ठेकेदारले जथाभावी उत्खनन् गरेको भन्दै रामपुरका बासीन्दाले गरेको आन्दालन पछि नगरपालिकाले ठेक्का रद्ध गरेको थियो । ठेक्का रद्ध पछि अहिले नदिजन्य पदार्थको नया ठेक्का नलागेको अवस्थामा ट्याक्टर व्यावसायिले स्थानिय नदीनालाबाट नदिजन्य पदार्थ ओसारपसार गरी रहेका छन् । तर नगर पालिकाले अहिले ठेक्का नलागेकोले नदिजन्य पदार्थको विक्री वितरण पूर्ण रुपमा रोक लगाएको छ ।


श्याम राइ गाइघाट पुस १५ गते । रातो तारा डट कम,त्रियुगा नगरपालिकाले जिपियस प्रविधि मार्फत सबै वडामा ऐलानी जग्गाको नापी कार्य शुरु गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी वडा नं ६ जलजलेदेखि जग्गा विवरण नापजाच कार्य शुरु गरेको हो ।

कार्यक्रममा मेयर बलदेव चौधरी नगरवासीको वर्षौ पहिले को चाहना अनुरुप यस्तो कार्य थालनी गरेको
बताए ।‘वर्षा देखी ऐलानी जग्गा भोगचलन गर्दै आइरहेपनि उनीह?ले अहिले सम्म पूर्जा पाउन सकेका छैनन् अव हामी उनीह?लाइ पुर्जा दिन्छौँ ।’ मेयर चौधरीले भने । नगरपालिकाको १६ वटा वडामा ऐलानी जग्गा भोगचलन गर्दै आइरहेका लाइ जग्गाको स्वामीत्व दिन लागीएको उनले बताए । 

कामको प्रभावकारीता र पारदर्शिताका लागि नगरपालिकाले ऐलानी जग्गाको विवरण संकलन तथा व्यवस्थापन निर्देशन समिति नै बनाएर काम शू? गरेको बताए । नगरपालिका क्षेत्रमा झण्डै ६० प्रतिशत जग्गा ऐलानि पर्तीे रहेको जनाउदै ऐलानी जग्गाको विवरण संकलन गर्ने उद्देश्यले भोगचलनको आधारमा फारम भर्न यस अघि माग गरीएकोमा झण्डै १६ हजारले निवेदन दिएको उनले बताए । 

‘अव तिन महिनाभित्र नापजाचका सवै काम पूरा गर्ने लक्ष्य लिएका छौँ । उनले भने . जग्गाको विवरण संकलन भएलगतै सम्बन्धित व्यक्तिलाई स्वामीत्व दिने काम दुइ वर्ष भित्रै गरी सक्ने उनले बताए ।





शिव भट्टराई,मोरङ । रातो तारा डट कम,बिपि अध्ययन प्रतिष्ठान नेपाल नगर खेलकुद कार्यसमिति सुन्दरहरैचाको आयोजनामा पौष ६ गते आईतबार बाट सुरु गरिएको वडा स्तरिय नकाउट फुटबल प्रतियोगिताको सेमी फाइनलमा वार्ड नं ७ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। 

स्थानिय खेलाडी लाई फुटबल मा स्तरिय बनाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म समाबेश गराउने उदेश्य का साथ सुन्दरहरैचा वाड नं ७ गाछियामा रहेको सजिलाल मा वि को खेल मौदानमा आयोजना गरिएको सो फुटबल प्रतियोगितामा सुन्दरहरैचा नगरपालिका का १२ वटै वार्ड का १२ टिम सहभागी भएका थिए।


मंगलबार भएको सेमी फाइनल खेलमा वडा नम्बर ३ र ७ बीच कडा प्रतिश्पर्धा भएको थियो।खेलमा ० का बिरुद्ध १ गोल गर्दै वाड नं ७ ले जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ भने आज को खेल मा वार्ड नं ७ कै जर्सी नं ५ खेलाडी विवेश लिम्बु लाई म्यान अफ द म्याच घोषित गर्दै सो लाई वार्ड नं ७ का वडाध्यक्ष चैतन्य सिटौला द्वारा पुरस्कार प्रदान गरिएको थियो।


खेलमा अब वार्ड नं ७ र वार्ड नं ४ बीच फाइनल खेल हुने भएको र फाइनल खेलको मिति पछि घोषणा गरिने आयोजक समितिका उपाध्यक्ष नवीन बरालले बताएका छन्।
त्यस्तै प्रतियोगिताको उपाधी विजेताले नगद ५१ हजार तथा उपविजेताले नगद २६ हजार रुपैयाँ पुरस्कार पाउने कार्यक्रमका सञ्चालक सरोज दाहालले बताएका छन्।

विराटनगर । रातो तारा डट कम, सुनसरीको गढी गाउँपालिकामा बालविवाह विरुद्ध रणनीतिक योजनाबारे छलफल गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग र गढी गाउँपालिकाको समन्वयमा साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले आयोजना गरिएको कार्यक्रममा बाल संरक्षण नीति र बाल विवाह विरुद्धको रणनीतिक योजनाबारे छलफल गरिएको हो । 

छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले आगामी २०७८ साल भित्रमा गाढी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने गरि काम भईरहेको बताउनुभयो । शिक्षाका कमीले बालविवाहका घटना हुने गरेको उहाँले बताउनुभयो । बालविवाह अन्त्यका लागि गाउँपालिकाले विद्यालय–विद्यालयमा गएर सचेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको उहाँले बताउनुभयो । 

गाउँपालिका उपाध्यक्ष राजकुमाी चौधरीले बालविवाह मुक्त गाउँपालिका बनाउनका लागि विभिन्न नीतिहरुलाई अन्तिम रुप दिईसकिएको बताउनुभयो । वडा नंं ४ बाल विवाहमुक्त घोषणा भईसकेको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले बाल विवाह अन्त्यका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो । 

गाउँपालिकाले लिएको लक्ष्य भित्रै बालविवाहमुक्त घोषणा गरिने उहाँले बताउनुभयो । वडा नंं २ का वडाध्यक्ष अ?ण चौधरीले बालबालिका संवन्धि बनाईएका नीति कार्यन्वयमा जोड दिनुभयो । नीति कार्यन्वयन हुन सकेमात्र कार्यक्रमले सफलता पाउने उहाँले बताउनुभयो । कोकन उपाध्यक्ष मञ्जिता उपाध्यायले बाल विवाह चुनौतिको रुपमा रहेको बताउनुभयो ।

उहाँले बालबालिकाले आँफुखसी गर्ने विवाह बढेको बताउनुभयो । अभियान तीव्र रुपमा चलिरहेकाले प्रदेश नंं १ मा गढी गाउँपालिकालाई पहिलो हुन सक्ने उहाँको भनाई छ । कार्यक्रममा बाल संरक्षण नीति र बाल विवाह विरुद्धको रणनीतिक योजनाबारे समूहगत छलफल गरि सुझाव लिईएको थियो । 

छलफल कार्यक्रमको सहजीकरण प्रदेश नंं १ को सामाजिक विकास मन्त्रालयका कानुन विज्ञ कोषराज न्यौपानेले गर्नुभएको थियो ।


झापा, पौष १५ गते । रातो तारा डट कम,झापाको बिर्तामोड नगरपालिका-६ का २४ बर्षीय रुपेश बिश्वकर्मालाई ११३ ग्राम ९० मिलिग्राम नियन्त्रीत लागु औषध ब्राउनसुगर सहित पक्राउ गरिएको छ । झापाको रत्न सुपरमार्केटमा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिश्वकर्मालाई पक्राउ गरेको हो । बिश्वकर्माको साथबाट प्रहरीले १ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । निजको साथबाट लागुऔषध बरामद भएसंगै निज सुत्ने कोठामा समेत गई खानतलासी गर्दा निजको कोठामा रहेको Samsung power bank भित्र लुकाई छिपाई राखिएको ११२ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । ठुलो परिणामको लागुऔषध सहित पक्राउ परेका बिश्वकर्माको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


सुनसरी, पौष १५ गते । रातो तारा डट कम,सुनसरीको बर्जु गाउँपालिका-१ का २६ बर्षीय जय राम मेहेताको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार राती साँढे ८ बजेको समयमा चिमडीबाट शुक्रवारे तर्फ जाँदै गरेको को ११ प ८८७६३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा बिराटनगरको गोल्डेन अस्पतालमा राती पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।






भोजपुर, पौष १५ गते । रातो तारा डट कम,भोजपुरको षडानन्द नगरपालिका-१० खोट डाँडामा बलेरो पल्टदा १ जनाको मृत्यु भएको छ । सोमवार अपरान्ह पौने ५ बजेको समयमा खोट डाँडाबाट धरान तर्फ सुन्तला बोकेर आउँदै गरेको को २ च १७९२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई बाटो देखि करिव १५ मिटर तल खसेर दुर्घटना हुँदा बलेरो चालक धरान उप-महानगरपालिका-१६ का २७ बर्षीय फुर्वा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा राती साँढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।




सुनसरी इटहरी पुस १५ गते । रातो तारा डट कम, इटहरी, इटहरीका युवा समाजसेवी राम निरौलाको सक्रियतामा मायाघरलाई खाद्यन्न प्रदान गरिएको छ । इटहरी र सोसियल रिकन्ड्रक्सन फाउन्डेसनमार्फत इटहरी–२ स्थित मायाघर नेपाललाई खाद्य सामग्री प्रदान गरिएको हो । 

विपन्न मानिसको सहारा बनेर सेवा गर्दै आएको मायाघरलाई निरौलाको नेतृत्वमा रहेको फाउन्डेसनले खाद्यन्न प्रदान गरेको थियो । गत मंसिर २६ गते इटहरीमा आयोजना गरिएको म्युजिक फेस्टिभलबाट संकलित रकमले असाहायलाई सहयोग गरिएको फाउन्डेसनका अध्यक्षसमेत रहेका निरौलाले बताए । 

सामाजिक कार्यमा सक्रिय निरौलाले समाजसेवी युवा दीपेन्द्र बजगाईं, निकेस खतिवडा, रिवाज आचार्य, रमेश खड्का, अशोक धमाल, निमा तामाङ, नविज बजगाईंसँगको सहकार्यमा खाद्य सामग्री प्रदान गरेका हुन् । फाउन्डेसनको स्थापना गरी आफू निरन्तर समाजसेवामा खटिएको निरौलाले जानकारी दिए । 

संस्थाले यसअघि आँखा शिविरलगायतका कार्यसमेत गरेको उनले बताए । चार महिना पहिले मात्र स्थापना भएको संस्थाले निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको छ । संस्थाको गतिविधि देखेर स्थानीयसमेत निकै खुसी भएका छन् । निस्वार्थ भावले सबैले असहाय र गरिबलाई सहयोग गर्ने हो भने कोही पनि भोकै बस्न नपर्ने स्थानीय अर्जुन कार्कीले बताए ।





काठमाण्डौ पुस १५ गते । रातो तारा डट कम,सरकार ‘नेपाल भ्रमण वर्ष २०२०’ उद्घाटनको अन्तिम तयारीमा लागेको छ । हिजो पत्रकार सम्मेलन गरी भ्रमण वर्ष उद्घाटनको सम्पूर्ण तयारी सकिएको भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य ले जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार भोलीदेखि भ्रमण बर्षको औपचारिक कार्यक्रम शुरु हुनेछ । उद्घाटन समारोहमा सामाजिक संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्च पास गर्नेछन् । सांस्कृतिक झाँकी सहितको सांगीतिक कार्यक्रम हुनेछ भने उद्घाटनमा चीन, भारत, जमैका, म्यान्मार लगायत देशका पर्यटनमन्त्रीहरु पनि सहभागी हुनेछन् ।

उद्घाटनमा एसियाली देशका सरकारका प्रतिनिधिहरु पनि उपस्थित हुनेछन् भने १८ देशका पत्रकारहरु समाचार संकलनका नेपाल आउने भ्रमण वर्ष २०२० सचिवालयले जनाएको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा भने त्यसको ७ दिनपछि भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ ।

भ्रमण वर्षले विश्वमा नेपाललाई पर्यटकिय मुलुकका रुपमा चिनाउनुका साथै आर्थिक क्षेत्रमा टेवा पुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको विश्वास छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक उद्घाटन गर्नुहुने छ । सरकारले भ्रमण बर्षमा २० लाख बाह्य पर्यटकलाई नेपाल भित्र्¥याउने लक्ष्य राखेको छ । 


 काठमाण्डौं पुस १५ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथों चरणको खेल तालिका अनुसार आजपनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा हुने यी दुई टोलीबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समै हुने दोस्रो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । लिगमा तीन खेलबाट च्यासलले एक जित, एक बराबर र एक हारबाट ४ अङ्क जोडेको छ । लिगमा अपराजित रहेको जावलाखेलको ५ अङ्क छ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अङ्क जोडेको छ । ब्रिगेड एक जित र दुई हार सहित ३ अङ्क जोडेर तालिकाको दशौं स्थानमा छ ।


काठमाण्डामै पुस १५ गते । रातो तारा डट कम,गूल्मिको मुसिकोट नगरपालिकाले नगरलाई दुध उत्पादनमा आत्मनिर्भर गराउन भन्दै कृषकलाई उन्नत जातका गाई वितरण गरेको छ । नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन र किसानको आयस्तर वृद्धि होस् भन्ने उद्देश्यका साथ पूर्ण अनुदानमा वडा नं. ८ का कृषकहरूलाई ७ वटा उन्नत होलेन्ड जातका गाई वितरण गरिएको हो । 

जम्मा १२ वटा उन्नत गाई वितरण गर्ने योजना रहेकामा पहिलो चरणमा ७ वटा मात्र गाई वितरण गरिएको मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्माले बताउनुभयो । साथै उहाँले कृषी व्यवसाय गर्न चाहाने सबै कृषकलाई नगरपालिकाले विभिन्न अनुदानका योजनाहरू अगाडि सारेको र सबै कृषकलाई व्यवसायिक बन्न आग्रह पनि गर्नुभएको थियो । सफल व्यवसायीहरूलाई पुरस्कृत गर्ने कार्यक्रम नगरपालिकाको रहेको उहाँको भनाई थियो । 




काठमाण्डामै पुस १५ गते । रातो तारा डट कम,नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर गुल्मीको मुसिकोट नगरपालिका १ वामीटक्सारमा गुल्मी मुसिकोट पर्यटन, सांस्कृतिक, औद्योगिक एवं व्यापार मेला हुने भएकोे छ । गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा नगरपालिका भित्र रहेका सम्पुर्ण पर्यटकीय स्थलहरु, नेवार समुदायको परम्परागत झाँकी,सराँय नाँच, सोरठी आदि संस्कृतिको संरक्षण, झिनिया रोट लगायत विभिन्न जातजातीका खानाका परिकार आदिको प्रचार प्रसार गरी प्रबद्र्धन गर्ने लक्ष्य राखिएको संघका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिनुभयो । महोत्सवमा कफीको जननी आँपचौरमा उत्पादन हुने कफी, अर्लाङ्कोटको सुन्तला, तरकारी, मालारानीको माहुरी लगायत अरू कृषिजन्य सामग्रीहरुको प्रदर्शनी हुने छ । महोत्सव माघ १६ गते देखि २५ गतेसम्म सञ्चालन हुने र एक सय ५० स्टल राख्ने उहाँले जानकारी दिनुभयो । 



काठमाण्डामै पुस १५ गते । रातो तारा डट कम,विगत दुईसाता देखी शीतलहरसँगै बढेको अत्यधिक चिसोका कारण रौतहट लगायत अन्य जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्याधिक चिसो बढेर गएको ६ दिनदेखी घाम नलाग्दा यहाँका नागरिक प्रभावित भएका छन् । विहान र बेलुका बाक्लो मात्रामा लाग्ने गरेको हुस्सु र चल्ने गरेको चिसो हावाले रौतहटको शहर बजारहरुमा मानिसको चहल पहल समेत कम भएको छ । अत्याधिक चिसोका कारण जिल्लाको गौर लगाएतका ठाउँमा रहेको सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको संख्या घटेको छ भने यातायातका साधन पनि धेरै कम सञ्चालन भएको छ । चिसोले गर्दा अत्यावश्यक काम बाहेक मानिसहरु घर बाहिर निस्किन छाडेका छन् ।


चिसोको समयमा सधै न्यानो कपडाहरु लगाऔं,
शीतलहरको समयमा घर वाहिर खुल्ला ठाउमा धेरै समय नबसौं,
राती सुत्ता सिरक कमल ओड्ने र छाती र टाउको ढाकेर मात्र सुत्ने बानि गरौं,
सित लहरले चिसो भएको समयमा तातो,इाोल पदार्थ र ताजा खानेकुरा खाने गरौं,
शीत लहर र चिसोले बालबालिका, गर्ववती महिला जेष्ठ नागरिकहरु, बिरामीलाई बढी प्रभाव पर्ने भएकोले बिशेष सर्तकता अपनाऔं,
शीत लहर र चिसो बाट बिरामी भए नजिकैको उपचार केन्द्रमा जाऔं,
शीत लहरले चिसो भएका बेला आफुले पालेका जनावरहरु पसुपन्छी खुल्ला ठाउमा चराउन नलैजाऔं
चिसोबाट जनावरहरु बिरामी परे पसु उपचार केन्द्रमा लैजाऔं,
शीत लहर र चिसोबाट तरकारी बालिमा वा कृषिमा पर्न सक्ने प्रभावहरुलाई कमगर्न कृषि बिज्ञहरु संग परामर्श लिने गरौं,
बिधालयका बिधार्थीहरुलाई चिसोबाट बच्न सावधानी अपनाऔं र चेतना मुलक कार्यक्रम सन्चालन गरौं,

   
              सुन्दरहरैचा नगरपालिका कार्यालय मोरङ 


विराटनगर पुस १४ गते । रातो तारा डट कम,मोरङ जिल्लामा एक वर्षको अवधिमा १२ जनाको हत्या भएको छ । गत जनवरीदेखि डिसेम्वरसम्मको अवधिमा गैर राज्य पक्षबाट ७ महिला, २ पुरुष १ बालिका र २ जना शिशुको हत्या भएको
हो ।

गत वर्षको यही अवधिमा ११ जनाको हत्या भएको थियो । अनौपचारि क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले आज विराटनगरमा आयोजना गरेको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० को बार्षिक पूर्व समीक्षा गोष्ठि तथा मिडिया साझेदारी बैठकमा सो जानकारी दिइएको हो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका प्रलेख अधिकृत पुन्य अधिकारीले एक वर्षको अवधिमा मोरङमा १ सय ५६ जना पीडित भएको बताए । उनले गत वर्ष १ सय ७१ जना पीडित भएको समेत बताए । सन् २०१९ भरिमा बलत्कारका ४५, बलत्कार प्रयासका ४० घटना भएको प्रलेख अधिकृत अधिकारीले बताए । गत वर्ष बलत्कारका ५६ र बलत्कार प्रयासका २७ घटना भएका थिए ।

एक वर्षको अवधिमा बहु विवाहका १५, घरेलु हिंसाका ८ वटा घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एक वर्षको अवधिमा विगत वर्ष झै हत्या, बहुविवाह, घरेलु हिंंसाका घटनाहरुले निरन्तरता पाएको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । पूर्व समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा बृद्धि भएको देखिएको बताए ।

स्थानीय सरकारले महिला तथा बालबालिकाका क्षेत्रमा संवेदनशिल भएर काम गर्नुपर्ने समेत बताए । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का निर्देशक मोहनदेव जोशीले मानव अधिकारको वर्ष पुस्तकमा प्रदुषणका सवालहरुलाई समावेश गर्न सुझाव दिए । उनले उपभोक्ता अधिकारलाई पनि समेट्नु पर्ने बताए ।

वडा प्रहरी कार्यालय विराटनगर ९क० का प्रमुख प्रहरी नायव उपरिक्षक वेद गौतमले आफन्तबाटै बलत्कारका बढी घटना हुने गरेको बताए । ८० प्रतिशत बालिका तथा महिलाहरु आफन्तबाटै बलत्कृत हुने गरेको उनले बताए । प्रहरी नायव उपरिक्षक गौतमले नागरिकले अधिकार मात्रै खोज्ने तर कर्तव्य भुल्ने गरेको बताए ।

 गैरसरकारी संस्था महासंघ नेपालका सचिव उमेश विश्वकर्माले बार्षिक प्रतिवेदनमा जातिय विभेदका घटनाहरु समावेश गर्न सुझाव दिए । उनले मोरङमा जातिय विभेदका आधा दर्जन बढी घटना भएको उल्लेख समेत गरे । महिला मानव अधिकार राष्ट्रिय सञ्जालकी केन्द्रीय सदस्य मञ्जिता उपाध्यायले महिलामाथि हुने हिंसाका घटना बढेको बताए । उनले एक वर्षको अवधिमा १ सय ५६ जना पीडित भएका घटना मध्ये महिलाहरु मात्रै १ सय १९ जना पीडित भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, पत्रकार यज्ञ शर्मा, विश्व सेवा समाजकी मुना आचार्य, कोक्यापका प्रकाश परियार, ओरेक विराटनगरका प्रमुख दिपक सुन्चेउरीलगायतले कार्यक्रममा बोलेका थिए । इन्सेक प्रदेश संयोजक सोमराज थापाले वर्ष पुस्तकको परिमार्जन गर्ने तयारी गरिएको बताए ।

 २८ वर्षदेखि प्रकाशन हुँदै आएको वर्ष पुस्तकमा घटना विवरणहरु मात्रै नभएर आर्थिक, सामाजिक तथा राजनैतिक अधिकारलाई केन्द्रित गरेर प्रकाशन गर्ने तयारी भईरहेको जानकारी दिए ।


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,बिपि अध्ययन प्रतिष्ठान नेपाल नगर खेलकुद कार्यसमिति सुन्दरहरैचाको आयोजनामा पौष ६ गते आईतबार बाट सुरु गरिएको वडा स्तरिय नकाउट फुटबल प्रतियोगिताको सेमी फाइनलमा वार्ड नं ४ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।

स्थानिय खेलाडी लाई फुटबल मा स्तरिय बनाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म समाबेश गराउने उदेश्य का साथ सुन्दरहरैचा वाड नं ७ गाछियामा रहेको सजिलाल मा वि को खेल मौदानमा आयोजना गरिएको सो फुटबल प्रतियोगितामा सुन्दरहरैचा का १२ वटै वाड का १२ टिम सहभागी भएका छन्।

गछिया खेलमैदानमा भएको सेमी फाइनल खेलमा वडा नम्बर
१० र ४ बीच कडा प्रतिश्पर्धा भएको थियो। खेलको निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि ट्राईब्रेकरमा ३ को बिरुद्ध ४ गोल गर्दै  वाड नं ४ ले जित हासिल गरेको छ भने आज को खेल मा वार्ड नं ४ कै जर्सी नं १० खेलाडी विरेन्द्र लिम्बु लाई म्यान अफ द म्याच घोषित गर्दै सो लाई सौजन्य लक्ष्मी भिजन मिडिया गछियाका प्रोप्राइटर पप्पु शाह बाट पुरस्कार प्रदान गरिएको थियो।

खेलमा विभिन्न वार्डका वार्ड अध्यक्ष हरुको उपस्थिति रहेको थियो भने वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ , वार्ड नं १० का वार्ड अध्यक्ष राजेन्द्र वहादुर थापा,वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन ढुंगाना साथै अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिले खेलाडीहरुलाई खेल अवधि भर हौसला प्रदान गरिरहेको थियो।त्यस्तै प्रतियोगिताको उपाधी विजेताले नगद ५१ हजार तथा उपविजेताले नगद २६ हजार रुपैयाँ पुरस्कार पाउने कार्यक्रमका सञ्चालक सरोज दाहालले बताएका छन्।

विराटनगर रातो तारा डट कम, विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सञ्चिल विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले हात पारेको छ । सोम भएको फाइनल खेलमा केएमसीले कान्तीपुर राइनोजलाई ९ विकेटले पराजित गरि उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङ गरेको कान्तीपुरले निर्धारित २० ओभरमा १७ ओभरमा सवै विकेट गुमाई ६८ रनको झिनो स्कोर बनायो । कान्तीपुरका आन्नद मेहताले ११ रन बाहेक अन्य खेलाडिले उल्लेखनिय योगदान दिन
सकेनन् । केएमसीका सोनु मण्डलले ३ विकेट तथा विशाल मण्डल, उदय यादन र श्रवण किस्कूले २–२ विकेट लिए ।

जवाफमा ६९ को विजय लक्ष्य पछ्याएको केएमसीले ८ ओभरमा १ विकेट गुमाइृ सो विजय लक्ष्य पार गरेको थियो । केएमसीका निरज यादवले अविजित २८ रन बनाउँदा अमित यादवले अविजित १५ रनको योगदान
दिए । कान्तीपुरका मोहमद निसारदे १ विकेट लिए । फाइनल खेलको म्यान अफ द फाइनल केएमसीका सोनु मण्डल घषित भए भने सिरिज भानु कलेजका विरेन्द्र माली घोषित भए । उत्कृष्ट वलर अर्किड कलेजका आदित्य मण्डल, उत्कृष्ट ब्याट्सम्यान अर्किडकै सचिन सहनी, उदयमान खेलाडि केएमसीका श्रवण किस्कू घोषित भए ।

पुष ७ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा विराटनगरका कलेजको सहभागि रहेको क्लवका अध्यक्ष आषिश श्रेष्ठले जानकारी दिए । विजयी तथा खेलाडिलाई पूर्व अन्तराष्ट्रिय खेलाडि पारस लुनिया, भ्रवण वर्ष २०२० का पर्यटन समिति प्रदेश १ का सह–संयोजक राजन श्रेण्ठले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे । 



काठमाडौं। रातो तारा डट कम,गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरको आयोजनामा सम्पन्न भएको नेपाल ब्राईडल मेकअप-२०७६ मा सौन्दर्यकर्मी/मेकअप आर्टिस्ट मनिषा तामाङ सर्वोत्कृष्ट बिजेता बन्न सफल भएकी छिन । आफ्ना १२ प्रतिस्पर्धीलाई पछि पार्दै ‘नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६’ (नेपाल बेहुली शृंगार प्रतियोगिता-२०७६) को उपाधि उनले जित्न सफल भएकी हुन् ।

काठमाडौंमा सम्पन्न यस प्रतियोगितामा आफ्ना १२ प्रतियोगीलाई जित्दै मनिषा तामाङले उत्कृष्ट भएपबात रु. १५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेकी छन् । यस्तै बनेपाकी मेकअप आर्टिस्ट लक्ष्मी दमाइ प्रतियोगितामा फस्ट रनरअप हुँदै १० हजार रुपैयाँ, विभिन्न उपहार जित्न सफल भईन र रोशना बज्राचार्य सेकेन्ड रनरअप हुँदै ८ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्न सफल भएकि छिन । त्यसैगरी सौन्दर्यकर्मी निकिता श्रेष्ठले बेस्ट हेयर र सबिता दुमी शेर्पाले बेस्ट मेकअपको उपाधि जित्न सफल भएका
थिए ।

गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ, सौन्दर्यविद लक्ष्मी महत र सौन्दर्यबिद शर्मिला मुनिकार रहेका थिए ।

मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गरिएको कुरा गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरकि संचालिका सौन्दर्यबिद ज्ञानी महर्जनले बताइन । यस्ता प्रतियोगिता आयोजना गर्दा सौन्दर्यकर्मीहरुको मनोबल बढ्नुको साथै उनीहरुको कला शिपलाइ प्रोत्साहन मिल्ने कुरा उनि बताउछिन । बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको आयोजक सौन्दर्यबिद ज्ञानी महर्जनले कार्यक्रममा बताइन् ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा प्राधाप्यक डा. राजश्री श्रेष्ठले आजकाल बेहुली पनि शृंगारमा राम्रो हुनुपर्ने प्रचलन बढेकाले यस्ता प्रतियोगिताले ब्युटिसियनलाई बेहुली शृंगारमा दक्ष र सफल बनाउन मद्दत पुर्याउने र नेपाल सरकारले समेत माध्यमिक स्तर र उच्च शिक्षामा सौन्दर्य कोर्स राख्न लागेको बताईन् । कार्यक्रममा दर्जनौ सौन्दर्यकर्मी, मोडल तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


फायल फोटो,
धनकुटा पुस १४ गते । रातो तारा डट कम,धनकुटामा जारी शहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्ड कप फुटबल प्रतियोगीताको आज भएको खेलमा नेपाल पुलिस क्लब काठमाण्डौ सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वाटर फाइनलखेलमा  बसाह राइजिङ्ग युथ क्लब उदयपुरलाई ५–० गोल अन्तरले पराजित गर्दै विभागिय टोली नेपाल पुलिस  क्लबले  सेमिफाइनलको यात्रा पक्का गरेको हो  ।  खेलको पहिलो हफमा १–० गोलले अग्रता लिएको पुलिसले दोस्रो हापमा भने ४ गोल गरेको थियो । भोली रौतहट फुटबल क्लब र आयोजक धनकुटा विच प्रतिस्पर्धा गर्नेछ ।   


विराटनगर, पुस १४ गते । रातो तारा डट कम, छिनमै हँसाउँदै छिनमै रुवाउँदै ‘छिंडीभरिको आकाश’ नाटकको मञ्चन सकिएको छ । गत मंसिर २८ गतेदेखि विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाटकको मञ्चन सुरु  भएको थियो । वरिष्ठ साहित्यकार परशु प्रधानले चार दशकअघि लेखेका थिए– ‘छिडीभरिको आकाश’ कथा । 

प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर विभिन्न जिल्ला पुग्दा देखेको घटनालाई प्रधानले कथामा उनेका
थिए । युवा साहित्यकार कट्वाल दीपकले कथाको नाट्य रुपान्तरण तथा निर्देशन गरेका हुन् । हरेक दिन हाउसफुल रुपमा मञ्चन भएकोनाटकले दव्र्यसनले एउटा परिवारलाई कसरी तहसनहस बनाउँछ भन्ने देखाएको थियो । नाटकले रुवाउने मात्रै होइन पेट मिचिमिची हसाएको थियो । हसाउने र रुवाउने सिन भएकाले पनि दर्शकले बढीरुचाए ।

नाटक हेरिरहँदा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीमात्रै होइन मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारी, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका कोषाध्यक्ष नन्दकिशोर राठी, प्याब्सन मोरङकी वरिष्ठ उपाध्यक्ष शितला सुब्बा, सचिव प्रेमलाल सुवाल, वरिष्ठ समाजसेवी वेनिगोपाल मुन्दडालगायत पनि आँसु झार्न बाध्य भए ।

आँसु थाप्न नसकेपछि गोजीबाट ?माल झिकेर आँसु पुच्छ बाध्य भए उनीहरू । “वास्तवमै नाटकले आँसु नै झा¥यो,”उपमेयर कार्कीले भनिन्,“नाटकको कथामा घटेको घटनाक्रमभन्दा माथि उठ्न सकेको छैन अझै पनि हाम्रो नेपाली समाज ।”नाटकबाट प्रभावित भएर समाजसेवीसमेत रहेका राठीले कलाकारलाई प्रोत्साहित गर्न १० हजार रुपैयाँ प्रदान गरे ।

नाटकले कुलतका कारण परिवार ध्वस्त भएको विषयलाई मात्रै उठान गरेकोछैन । बेरोजगारी, महिला हिंसा, बालमनोविज्ञानलाई पनि सशक्त रुपमा उठाएको छ । ३२ वटा शो हाउसफुल रुपमा भएको आयोजक विराट आदर्श साहित्य मञ्चका अध्यक्षसमेत रहेका कटवालले बताए । ११ हजारभन्दा बढी दर्शकले नाटक हेरेको आयोजकको भनाइ छ । 

विद्यालय र क्याम्पसहरूले अग्रिम शो बुकिङ गरेर विद्यार्थीलाई नाटक देखाएका थिए । ग्रामीण र सहरिया जीवनलाई सशक्त रुपमा उठान गरिएको नाटक मानिसलाई सही मार्गमा लाग्न प्रेरित गर्ने खालको भएकाले पनि दर्शकको चाप बढेको पत्रकारसमेत रहेका आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितको भनाइ छ ।

“दुव्र्यसनका कारण एउटा परिवार कसरी ध्वस्त हुन्छ भन्ने विषय कारुणिक रुपमा प्रस्तुत गरिएकाले पनि नाटकले दर्शकको मन जित्न सफल भयो,”नवोदितले भने, “नराम्रो काममा लाग्दा कस्तो परिणाम प्राप्त हुन्छ भन्ने सन्देश दिएकाले पनि विद्यार्थीले बढी रुचाए ।” अहिले विद्यार्थीलाई नाटक देखाउनु भोलिका दर्शक तयार गर्नु भएको उनको भनाइछ ।

 “हामीले भोलिका दर्शकसमेत तयार गरिरहेका छौं,” नवोदितले भने । नाटकमा अभिनय गर्ने सबै कलाकार विद्यार्थी हुन् । विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेकोथियो । मुख्य प्रायोजकमा काबरा ग्रुपको बुलेट चाउचाउ, प्रायोजकमा नमस्कार होटल म्यानेजमेन्ट स्कुल र सहप्रायोजन सोम्स कलेज गरेका थिए । नाटकमा सन्देश बाराकोटी, अनुसा कटवाल, रमेश तिमल्सिना, अनिलखत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, विवेक आचार्य, पार्वती कटवाल, अनुसा भण्डारीले अभिनय गरे ।

मञ्चले यो नाटक यसअघि पनि आरोहण गु?कुलमा दुईपटक मञ्चन भइसकेको थियो । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटकसमेत मञ्चन गरिसकेको छ ।


सुनसरी, पौष १४ गते । रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय दुहवीको नबनिर्मित कार्यालय भवनको निर्माण कार्य सम्पन्न गरी समुद्‍घाटन गरिएको छ । आज एक बिशेष कार्यक्रमबीच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले ईलाका प्रहरी कार्यालय दुहवीको नवनिर्मित कार्यालय भवनको शिलालेख अनावरण 

भवन उद्घाटन कार्यक्रममा बोल्नुहुदै प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले अहिलेको अवस्थामा शिक्षा,स्वास्थ्य र शुरक्षा  आधारभुत आवश्यकता भई सकेकोले सुरक्षा ब्यवस्था गर्ने आधारभुत आवश्यकता र प्रहरीको बाँस स्थानलाई परिपूर्ति गर्ने सन्दर्भमा सुन्दर संरचनाहरुको धमाधम निर्माण भईरहेको बताउनु भयो । वहाँले स्थानिय शान्ती सुरक्षामा नागरिकको अहम भूमिका रहने हुँदा प्रहरी र नागरिकको सहाकार्यले मात्र शान्ती सुरक्षा सुदृढ हुने विश्वास समेत व्यक्त गर्नु भएको थियो । 

समुदाय प्रहरी साझेदारी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न  किसिमका अवाञ्छनिय कृयाकलापहरुलाई रोक्न नेपाल प्रहरीले गाउँ बस्तीहरुमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको हुँदा यसमा स्थानीयहरुको सहयोग पनि उत्तिकै खाँचो पर्ने भएकोले  कुनै पनि  घटनाहरुको बारेमा प्रहरीलाई सूचना दिन कसैले पनि नहिच्किचाउन समेत आग्रह गर्नु भएको थियो। नागरिकहरुले प्रहरी प्रति आशा र भरोसा राख्ने हुँदा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी अझ वढी ब्यवसायीक र क्रियाशील भएर अघि बढ्न वाहाले प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । वहाँले भवन निर्माणमा सहयोग गर्नुहुने महानुभावहरु तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार, प्रशंसा पत्र तथा कदरपत्र बितरण गर्नु भएको थियो ।

भवन उदघाटन कार्यक्रममा दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले शुभकामना मन्तब्य राख्नु हुदै पछिल्लो समयमा प्रहरीबाट भएका काम कार्बाहीहरुको प्रशंसा गर्नु भएको थियो भने शान्ति सुरक्षाको सवालमा नगरपालिकाको तर्फबाट गर्नु पर्ने जस्तो सुकै सहयोग गर्न पनि नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रम प्राविधिक प्रहरी निरीक्षक ई. केबिनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु हुदै कुल २ करोड ६८ लाख २१ हजार ७४१ को लागतमा २१ कोठा भएको साढे दुई तले पक्की प्रहरी भवनको निर्माण गरिएको बताउनु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक यज्ञ बिनोद पोखरेलले उपस्थित सबैमा तथा भवन निर्माणमा सहयोग पू-याउने हुने सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारीस्थानिय जनप्रतिनिधीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, पत्रकारबिभिन्न संघसंस्थाका प्रतिनिधीहरु,समाजसेवी,स्थानिय  तथा विधार्थीहरुको उपस्थित रहेको थियो।


श्याम राई-गाइघाट  पौष १४ गत ।
रातो तारा डट कम, उदयपुरको चौदण्डीगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको दिन विशेष कार्यक्रम को आयोजना गरेर भव्य रुपमा मनाउने तयारी गरेको छ । 

नगरपालीकाले सोमबार पत्रकार  सम्मेलन को आयोजना गरेर नेपाल सरकारले घोषणा गरेको  सन् २०२० लाइ सफल बनाउन ‘राइट टु चौदण्डी गडी ’  ६० किलोमिटर साइकल यात्रा पौष १६ गते शुभारम्भ गरीने जानकारी गरायो । 
नगरपालीकाका मेयर खगेन्द्र  राइले ऐतिहासीक चौदण्डीगढी दरबार क्षेत्रमा उक्त दिन विविध कार्यक्रम को आयोजना गरीने जानकारी दिए । त्यसैगरी  १३ औ दक्षिण एसियाली खेलकुद (साग ) मा पदक जित्ने उदयपुरका खेलाडीहरुलाई भ्रमण वर्षकै अवसरमा नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको मेयर राइले बताए । 

चौदण्डी गढी दरबार मा भव्य कार्यक्रमको आयेजना विच चौदण्डीगढी नगरपालीका ६ कि बविता श्रेष्ठ, रन्जना राई र बन्दना राई , वडा नं  ६ कि निशा राई  र कविता राईलाइ सम्मानित  गरीने उनले  जानकारी दिए । सम्मानित गरीने महिला खेलाडीहरु साग खेलमा हेण्डबलमा रजत पदक विजेता हुन्  ।  

त्यसैगरी भारतोलन तर्फको खेलमा कास्य पदक विजेता चौदण्डी नगरपालीका ४  कि संगीता राइ  र महिला  फुटवल तर्फ रजत पदक विजेता बेलका नगरपालीका ४ कि  दिपा राई, सागमा भारत्तोलन तर्फ स्वर्ण विजेता कटारी नगरपालीका की अनुपमा मगर र वेलका नगरकी संगिता मगर लाई  नगद सहित   दोसल्ला ओढाएर सम्मान गरीने  उनले बताए ।  
सागमा स्वर्ण, रजत र कास्य पदक विजेतालाई कैमश ४० हजार, ३० हजार  र २० हजार नगद र सम्मान पत्र सहित सम्मानीत गरीने छ ।  त्यसैगरी हेण्डवल का उदयपुरका प्रशिक्षक पर्वत गुरुङ्ग सहायक प्रशिक्षकद्धय विन्दा थापा र पार्वती राई लाई समेत सम्मानीत गरीने छ । 


कुमोद अधिकारी विराटनगर-पुष १४ गते ।
रातो तारा डट कम, नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपुण रहेको भन्दै त्यसलाई सच्याएर सहमतीको आधारमा महाधिवेशनको मिति घोषणा हुुनुपर्ने वताउनु भएको छ ।
प्रेष युनियन मोरङले विराटनगरको कोइराला निवासमा आज विहान गरेको पत्रकार सम्मेलनमा उहाले एकलौटी रुपमा कांग्रेसको महाधिवेशन मिति घोषणा गरेर पार्टी सभापती अघि वढन खोजेको  आरोप लगाउनुभयो ।

नेता कोइरालाललाले महाधिवेशको मिति लमव्याउने भन्दापनि सवैको सहमतीमा आगामी मंसिरमा महाधिवेशन हुनुपर्छ त्यसकालगी पार्टी सभापतिले सहमती कायम गर्नुपर्ने  वताउनुभयो । कार्यतालिक परिवर्तन गरेर सभापतीले महाधिवेशनका लागी उपयुक्त वातावरण वनाउनुपर्नेमा उहाले जोड दिनुभयो ।
  
उहाले नेपाली कांग्रेसको इतिहासमा वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा कहिले नभएको भन्दै यस्तो अवस्थामा घोषित मितिमा महाधिवेशन हुने संभावना न्युन रहेको वताउनुभयो ।

एक प्रश्नमा उहाले आफुले पार्टी सभापतिको विरोध गरेको होइन भन्नुहुदै  हामी सवै एउटै पार्टीमा भएकाले पार्टीमा मिलेर जानुपर्दछ भन्नुभयो । नेता कोइरालाले पार्टीलाई एक ढिका नवनाएसम्म आफुले राजनितिक विश्राम नलिने वताउनुभयो । एक प्रश्नमा उहाले सरकारी जग्गा यति होल्डरलाई एकलौटि रुपमा दिनु संस्थागत भ्रष्टाचार भएको आरोप लगाउनुभयो ।

उहाले सरकार जग्गा लिजमा दिदा पारदर्शी रुपमा टेन्डर आव्हान गरेर दिनुपर्ने उहाको भनाई थियो उहाले उहाले सरकारले जनचाहना अनुसार कामगर्न नसकेको आरोप लगाउनुभयो ।

दुई तिहाईको वलियो सरकार हुदापनि सभामुखको चयन गर्न नसक्दा संदन अवरुद्ध भएको उहाको भनाई थियो ।  मुलुकमा भ्रष्टाचार महगि वढेको भन्दै जनतालाई केन्द्रविन्दुमा राखेर सुशासन कायमगर्ने तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको उहाको भनाई थियो । उहाले राजधानी र प्रदेशको नामाकंनका विषयमा प्रदेश सरकाले गर्नुपर्ने निर्णय नेकपा र सरकारले गर्नुलेपनि वर्तमान सरकार एकलौटी साशन व्यवस्थमा जान खोजेको प्रष्ट हुन्छ भन्नुभयो । 

उहाले नेपाली जनतालाई मात्र होइन अहिले आफुलाईपनि सरकार छ छैन भन्ने भान भइरहेको छ । सरकारको उपस्थित नभएको भान जनतालाई परिरहेको उहाको भनाई थियो । उहाले हरेका विषयमा राष्ट्रपतिले राजनितिक सक्रियता वढाउनुभयो उपयुक्त नभएको वताउनुभयो । 

उहाले राष्ट्रपति भनेको संवैधानिक भएकाले राष्ट्रपतिले आफनो गरिमामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 


मोरङ, पौष १४ गते । रातो तारा डट कम,मोरङको धनपालथान गाउँपालिका-४ कर्सियामा आईतवार साँझ साँढे ६ बजे ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई बिपरीत दिशाबाट जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिंदा स्कुटर चालक दुहवी नगरपालिका-११ का १८ बर्षीय रुपेश चौधरी र पछाडी सवार रहेका १७ बर्षीय चन्द्र प्रकाश चौधरी घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा स्कुटर चालकको उपचारकै क्रममा मृत्यु भएको हो । अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको छ भने ट्याक्टर प्रहरी चौकी कर्सियाको नियन्त्रणमा रहेको छ ।


काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम,सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको चौथों चरणका खेल आजबाट सुरु हुँदैछ । आजबाट सुरु हुने चौथों चरणका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन गरिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल बिहान साढे ११ बजेबाट सुरु हुनेछ । यस्तै आजै हुने अर्को खेलमा फ्रेन्ड्स क्लब र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । एन्फाले यसअघि एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा एक–एक खेल सञ्चालन गर्दै आएको थियो । 


काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम,हवाई कम्पनीले उडान डिले (विलम्ब), क्यान्सिल (रद्द) वा हवाई यात्रा गर्ने अवसरबाट वञ्चित गरेमा यात्रुले क्षतिपूर्ति दावी गर्न सक्ने भएका छन् । सरकारले गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन २०१५ लाई विस्थापित गरी नयाँ ल्याउन लागेको ऐनमा यो प्रावधान समेटिएको हो । सरकारले हवाई यात्रामा यात्रुको अधिकारलाई बलियो बनाउँदै ‘नेपाल नागरिक उड्डयन ऐन २०७६’ को मस्यौदा तयार पारेको छ । उक्त मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मन्त्रिपरिषदमा गएको छ । 




काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम,गायक राजिव लामाले लोक-पप भाकामा आधारित “सानीमाया” बोलको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक  गरेका छन् । नयाँ बर्षको उपलक्ष्यमा संसार भरी छरिएर बसेका  नेपाली संगीतप्रेमीलाई उपहार स्वरूप गीतको लिरिकल भिडियो  गायक लामाको आफ्नै यूट्यूब च्यानल मार्फतसार्वजनिक गरिएको छ ।



जापानको बेस्त सहर नागोयालाई आधार बनाउदै बिगत १३ वर्ष अगाडी देखि बस्दै आएका चर्चित नेपाली गायक राजिव लामाले “ देउराली थानको मन्दिरमा”, “जाऊ जाऊ साथी रेलैमा” “वन लभ”, “टोक्यो शहरमा” , “हामी नेपाली” र “कान्छी सुनन” जस्ता  चर्चित गीतहरुको सफलता पश्चात पुन: एकपटक छुट्टै जनरा लोक-पप “सानीमाया”बोलको गीत सार्वजनिक गरेका हुन् ।


यस गीतमा शब्द , संगीत र स्वर स्वयम् गायक राजिव लामाको रहेको छ  भने गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका हुन् ।गीतमा आफ्नै गाउँ-घर, भिर-पाखा, डाँडा-भन्ज्याङ र खोला-नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको सानीमाया लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ ।


जापानमा बसेर नेपाली गीतसंगीत र सिनेमालाई प्रमोट गर्दै आइरहेका लामा एक इभेन्ट म्यानेजर समेत हुन् । यसैक्रममा नयाँ वर्ष २०२०को उपलक्ष्यमा आउँदो जनवरी ४ तारिख लास्सो एभ्रेष्ट ईन्टरनेशनलले आयोजना गरेको “सरौतो फिल्मी एंड म्युजिकल कन्सर्ट”मा उनको प्रस्तुति रहेने छ । उक्त कार्यक्रममा अभिनेता तथा नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा, सुमी मोक्तान र समिर तिमिल्सिनाको समेत सहभागिता र प्रस्तुति रहने छ ।


काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम,मुगुको रारा तालमा रहेका माछा मर्न थालेका छन । एक सातादेखि तालमा माछा मरेर तैरिन थालेका हुन् । रारा तालमा रहेका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्गन्धित भएको छ । माछा मरेर तालको किनारदेखि बीच भागमा उत्रिन थालेपछि जलेवा, हाँसका प्रजाति र कागलगायत चराले टिपेर खान थालेका छन् । जंगलको विषादीका कारण माछा मरेको अनुमान गरिएको छ ।

मरेका माछा खान रारा मध्यवर्ती बस्तीका बासिन्दा पनि डराएका छन् । मरेका माछाले गर्दा वरपरको वातावरण प्रदूषित भएको मुर्मा गाउँका बिर्खबहादुर रोकायाले बताउनुभयो । एक सातादेखि तालमा माछा मरेर तैरिन थालेको उहाँले बताउनुभयो।तालमा डुङ्गा सवार गदागर्दा रबरका डुङ्गा वरिपरि मरेका माछा भेटिन्छन् । 
हिमपातले गर्दा वनजंगलको विषादियुक्त जडीबुटी बगेर तालमा आउँदा माछा मरेको हुन सक्ने रारा राष्ट्रिय निकुञ्ज अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । यसबारे अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ । करिब २९ सय २९ मिटर उचाइमा रहेको तालमा असला माछा नासिए के हुने होला भन्दै आसपासका बासिन्दाले चिन्ता गरेका छन् । माछाको प्रजाति रारातालमा मरेको यो पहिलो घटना हो ।


काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम,तेस्रो संस्करणको न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस तेस्रो साताबाट सुरु हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै आयोजक न्यू डाइमण्ड स्पोर्ट्स क्लबले प्रतियोगिता पुस २३ गतेबाट २६ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा ६ देखि ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । टिमको तय भने केहि दिनमा हुनेछ । प्रतियोगिताको पुरस्कार राशी बढाइएको प्रतियोगिताका संयोजक कुमार राईले जानकारी दिनुभयो । यस संस्करणको विजेताले ४ लाख १ सय १ रुपैयाँ पाउने छन् । गत वर्ष विजेताले ३ लाख १ हजार पाएका थिए ।
उपविजेताले ३ लाख १ सय १, तेस्रोले १ लाख ५१ हजार १ सय १ र चौंथोले ५१ हजार १ सय १ रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २१ हजार १ सय पाउने छन् । प्रतियोगिता काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुनेछ ।


काठमाण्डौ पुस १३  गते । रातो तारा डट कम,प्रतिभाशाली उदयमान गायक सगुन लिम्बुले आफ्नो पहिलो डेब्यु गीत “दिन बित्यो” को म्युजिक भिडियो सार्वजनिक गरेका छन । फिदिम घर भै बिगत २ वर्ष देखि काठमान्डौमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका यी गायकले यसघि केहि लिरिकल भिडियो सार्वजनिक गरिसकेका छन । 

“दिन बित्यो” सफ्ट मेलोडियश भर्सनको गीत हो । यस गीतमा गायक लिम्बुले आफ्नै भावनालाई पोखेका छन । गीतमा शब्द , संगीत र स्वर स्वयम गायक सगुन लिम्बुको रहेको छ । गीतको संगीत संयोजन भने देबेश राईले गरेका हुन् ।

भिडियोमा प्रिया लिम्बु र स्वयम गायक सगुन लिम्बुको अभिनय रहेको छ । योगेश दाहालले भिडियो छायांकन र सम्पादन गरेका हुन् । रोनिश राउतको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।


हाल पुर्ण रुपमा संगीतमा रमाइरहेका गायक लिम्बु स्कुलहरुमा संगीत सिकाउने र गजल बारमा समेत आफ्नो प्रस्तुति दिदै आइरहेका छन । भर्खरै सार्वजनिक उनको नयाँ गीतलाई दर्शक, स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।



विराटनगर । रातो तारा डट कम, सरकारले प्रतिबन्धित लगाएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टी मोरङका इन्चार्जसहित तीन जना कार्यकतालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले विप्लप समूह मोरङका इन्चार्ज सुन्दर हरैचा नगरपालिका –१० का ५० वर्षिय नरेश भनिने कृष्ण चौलागाई, विप्लप समूहको मोरङ सञ्चार विभाग प्रमुख विराटनगर ८ मा ३० वर्षिय छितिज पौडेल र पथरीशनिश्चरे नपा ३ का सिद्धार्थ टोलका ५६ वर्षिय विप्लपका जिल्ला सदस्य चिरिञ्जिव धिताललाई पक्राउ गरेको हो ।

उनीहरुले बेलबारी नगरपालिका – ५ रामपुर स्थित सुनसरी–मोरङ आयोजनाको नहर केराबारीमा लुकाई राखेको १ थान कटुवा पेस्तोल र २ थान गोली बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । प्रहरीले उनीहरु मध्ये चौलागाइ र पौडेललाई शुक्रबार मोरङको बेलबारी नपा ५ कसेनीबाट पक्राउ गरिएको हो ।

धिताललाई प्रहरीले आइतबार पथरीबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई आइतबार मात्र हतियारसहित सार्वजानिक गरेको छ । विप्लव समूहका कार्यकर्ताहरू हातहतियारसहित चन्दा असुल गरी हिडेको सूचना आएपछि उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले आइतबार मोरङ अदालतमा पाँच दिनको म्यात थप गरि अनुसन्धान अगाडी बढाएको छ ।

पक्राउ परेका विप्लप समूहका इन्चार्ज चौलागाइले गत भदौ २१ गते ईटहरी उपमहानगरपालिका –९ स्थित गोदावरी स्कूलको कम्पाउँटमा बम बिष्फोट गराएको आरोपमा इप्रका इटहरीले अनुसन्धान गर्दै आएको बताइएको छ । यस्तै गत भदौ २३ गते झापा विर्तामोङ नगरपालिका २ चारपाने चोक स्थित सहारा नेपाल सहकारी संस्थामा बम बिष्फोटमा संलग्न भएको प्रहरीको आरोप छ । उनीमाथि ईप्रका अनारमनी विर्तामोटबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विराटनगर पुस १३ गते । रातो तारा डट कम, भिजीट नेपाल २०२० लाई लक्षित गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमीले खुल्ला सडक दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी मोरङले एकेडेमीको स्थापना अवसर पार पुष १६ गते विराटनगरको शहिद मैदानबाट खुल्ला सडक दौडको आयोजना गर्ने एकेडेमीले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाले भिजीट नेपाल २०२० लाई भव्य बनाउन टेवा पुर्याने उदेश्यले खुल्ला सडक दौड प्रतियोगिताको आयोजना गरेको बताए । खुल्ला सडक दौड प्रतियोगिता महिला तथा पुरुष दुवै स्पर्धामा हसने एकेडेमी मोरङका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज विक्रम शाहले जानकारी दिए । 

मोरङ जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजना हुने खुल्ला सडक दौडमा करि ५ सय जनाको सहभागि हुने संयोजक शाहले बताए । दुवै स्पर्धामा प्रथम हुनेले जनही नगद ११ हजार , दोस्रो हुने नगद ७ हजार, तेस्रो हुनेले नगद ५ हजार तथा बाकी ७–७ जनालाई जनही ३–३ हजार पुरस्कार स्वरुप दिने अध्यक्ष भूपाल श्रेष्ठले बताए ।


काठमाण्डौ पुस १३ गते । रातो तारा डट कम, नेपाली काँग्रेसले महाधिवेशनको मिति तोके सकेको भए पनि नेपाली काँग्रेसमा महाअधिवेसन विवाद अझै मिल्न सकेको छैन । नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा गरेको निर्णय सच्याउन माग गरेको छ । 

पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारकाबीच शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यकाल एक वर्ष थप्ने, २०७७ फागनु सात देखी १० गते सम्म १४ औं महापधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसपछि हिजो बसेको पौडेल पक्षको बैठकले गलत मनसायका साथ निर्णय भएको ठहर गरेको छ । 

बैठकपछि पौडेल पक्षमा नेता नविन्द्रराज जोशीले विधानका महत्वपूर्ण धारा निलम्बन गरिएको भन्दै उहाँले यसलाई षड्यन्त्रको रुपमा लिन सकिने बताउनुभयो । २०७७ फागुनमा महाधिवेशन गर्ने निर्णयमा पनि पौडेल समूहले असहमति जनाएको छ । थपिएको म्यादको पनि अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेर सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पर्न खोजिएको पौडेलको आरोप छ । 

महामन्त्री डा. शशांक कोइरालाले पार्टीले एक बनाउनुपर्ने बेलामा धरापमा पार्न खोजिएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले बहुमतको निर्णयबारे देशभर कार्यकर्तासँग परामर्श गर्ने समेत बताउनुभयो ।  


काठमाण्डौ पुस १३ गते । रातो तारा डट कम,सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले  आज विधेयकका विषयमा छलफल गर्दैछ । 

यसअघि उपसमितिले गरेको संसोधन प्रस्तावको अध्यनमाथि छलफल हुनेछ । छलफल गर्न बैठक दिउँसो १२ बजे बालाइएको छ । विधेयकमाथि २८ जना सांसदले ९ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । सामाजिक सञ्जाललाई पनि नियमन गर्ने गरी सरकारले ल्याउन लागेको यस विधेयकबाट सामाजिक सञ्जालसम्बन्धी व्यवस्था नै हटाउन भनी १८ जना सांसदले संशोधन दर्ता गराएका छन् । 

विधेयकमा हालसम्म कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग तथा घरेलु तथा साना उद्योगमा दर्ता हुँदै आएका यस्ता व्यवसाय अब सूचना प्रविधि विभागमा पनि दर्ता गर्नुपर्ने हुनेछ । सूचना प्रविधिको विकास तथा प्रवद्र्धनको सम्बन्धमा आवश्यक व्यवस्था गर्न बनेको विधेयकले सूचना प्रविधिको दुरुपयोगले समाजमा पर्न सक्ने नकारत्मक असरलाई कम गर्दै विकास र समृद्धिको यात्रालाई सहयोग होस भनेर विधेयक ल्याइएको भनिएको छ । 

विधेयकमा विद्युतीय स्वरूपमा रहेको वैयक्तिक सूचनाको गोपनीयता भंग गर्न नहुने, सूचना सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, सुरक्षा मापदण्ड अवलम्बन गर्नुपर्ने, कम्पनीहरूले वार्षिक सुरक्षा परीक्षण गर्नुपर्ने, डाटा केन्द्र तथा क्लाउड सेवा सञ्चालन गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ ।





शिव भट्टराई,मोरङ । रातो तारा डट कम,पौडेल वंश महासंघ नेपाल प्रदेश नं १ स्तरीय भेलाले विजय पौडेलको संयोजकत्वमा १७ सदस्यीय पौडेल वंश महासंघ नेपाल प्रदेश नं १ समिति गठन गरेको छ।मोरङको सुन्दर हरैचा स्थित ठडीयामा शनिबार भएको भेलाले समिति गठन गरेको हो।

समितिको सदस्यहरुमा झापाका डिल्लीराम पौडेल , इलामका प्रकाश पौडेल , पाँचथरका केशव पौडेल , ताप्लेजुङका वेदनिधि पौडेल, खोटाङका पवन कुमार पौडेल , उदयपुरका घनश्याम पौडेल, सुनसरीका दिनेश पौडेल , मोरङका राजेन्द्र कुमार पौडेल , तेर्हथुम का टीका प्रसाद पौडेल ,संखुवासभाका राजेन्द्र प्रसाद पौडेल यसैगरी भोजपुर, सोलुखुम्बु र ओखलढुंगाबाट पछि एक एक जना सदस्य थपिने महासंघले जनाएको छ।

यसैगरी महिला सदस्यहरुमा प्रदेश सांसद समेत रहनु भएकी मोरङकी सान्ता पौडेल र सुनसरीकी कल्पना पौडेल चुनिनुभएको छ।

यस्तै कुलपूजा एवम् वंशावली निर्माण समितिमा झापाका उमानाथ पौडेल, इलामका कुलप्रसाद पौडेल , 
ताप्लेजुङका खेमराज पौडेल र गोपाल पौडेल यस्तै उदयपुरका 
जीतबहादुर पौडेल र सुनसरीका बाबुराम पौडेल मोरङका घनश्याम पौडेल , तेर्हथुम का त्रिलोचन पौडेल , धनकुटाका इन्द्रबहादुर पौडेल रहनुभएको छ। यस्तै भोजपुर , संख्वासभा , ओखलढुङ्गा र सोलुखुम्बु बाट एकएक जना सदस्य पछि थप गरिने पौडेल वंश महासंघ नेपाल एक नं प्रदेश समितिले जनाएको छ।


सुन्दर हरैचा वार्ड नं ७ का वडाध्यक्ष चैतन्य सिटौलाको प्रमुख आतिथ्यता एवम् महासंघका सचिव उद्धव पौडेलले सञ्चालन गरेको कार्यक्रममा पौडेल वंश महासंघ नेपालका अध्यक्ष लोकनाथ पौडेल , महासंघका वरिष्ठ उपाध्यक्ष हरिराम पौडेल ,२ नं प्रदेश संयोजक मेघराज पौडेल, महासंघका महासचिव महेन्द्र पौडेल ,१ नं प्रदेश संयोजक विजय पौडेल लगायतले बोल्नुभएको थियो।


काठमाण्डौ पुस १३ गते । रातो तारा डट कम, तुलसीपुर दाङका लीला बहादुर टमाटाले तामाको भाडा बनाएर मासिक चार लाख आम्दानी गरिरहनुभएको छ । टमाटाको पुख्र्यौली आरनले नयाँ रुप पाएको छ । 

टमाटाको आरनमा कृषि औजार, तामाका विभिन्न भाँडाकुँडा बनाईन्छ । नेपालगञ्जबाट काँचो तामा ल्याएर तामाका गाग्री, ताउलो, दमाह, माना पाथी, भोकर, अम्खोरा, दियो, लगायत सामग्री टमाटाले बनाउने गरिएको टमाटाले बताउनुभयो । प्रतिकिलो १ हजार ३० रुपैयाँका दरले तामा खरिद गर्ने टमाटा  सामान बनाएर प्रतिकलो १ हजार २ सय ५० रुपैयाँको दरले बेच्नेगर्नुहुन्छ ।  

टमाटाको आरनमा बनेका भाँडाकुँडा स्थानीय बजार खलंगा, बिजुवार बाग्दुला, भिंग्रीका साथै छिमेकी जिल्ला दाङ र रोल्पासम्म विक्रि हुने गरेको छ । तामाका भाँडा बनाउने आरनलाई आधुनिक र व्यवसायिक बनाउन सके सयौंको सङ्ख्यामा रोजगारीको अवसर सृजना हुन सक्ने देखिएको छ  । त्यसका लागि स्थानीय सरकारले विशेष योजना बनाउनुपर्ने टमाटाको भनाई छ । 



काठमाण्डौ पुस १३ गते । रातो तारा डट कम,बक्यौता रकम माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुले आज  माइतीघर मण्डलामा धर्ना दिएका छन् । उखु किसानका अगुवा हरेश्याम रायले बक्यौता रकम नपाउँदा सम्म काठमाण्डौंबाट नफर्किने बताउनुभयो । सरकारले ५ सय ३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा काटेर ४ सय ३५ रुपैयाँ प्रतिकिलोको मात्रै चिट दिने गरेका छन् । उखु किसानहरुले २०७० देखिकै रकम चिनी मिलहरुले नदिएको बताउँछन् । उखु किसानका अगुवा रायका अनुसार हालसम्म ५० करोड बक्यौता रकम छ । महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको उहाँको भनाइ छ । 



काठमाण्डौ पुस १३ गते । रातो तारा डट कम,नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गर्नुभएको छ । हिजो  तिलगंगा आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उहाँले आँखा दान गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 

कार्यक्रममा ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले ट्रमा सेन्टरमा ब्रेनडेथ भएका धेरै बिरामी आउने गरेको बताउँदै विभिन्न अंग दान दिएका अरु व्यक्तिले नयाँ जीवन पाउन सक्ने भएकाले दान गर्नुपर्ने आग्रह गर्नुभएको छ । सात वटै प्रदेशमा डोनेसन सेन्टर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाल आँखा बैँकको अक्षय कोषस्थापना गरिएको थियो । जसमा विभिन्न व्यक्तिले सहयोग गरेका थिए । 

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले अहिले धेरै मानिसमा देखिएको आँखा दानप्रतिको सकारात्मक सोचको कारणले आँखाको नानी प्रत्यारोपण गरी पुनःदृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदै गएको बताउनुभयो । 

त्यस्तै नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले नेपालमा आँखा दान गर्न र गराउनका लागि जनमानसलाई सु–सूचित गर्ने उद्देश्यले नेपाल आँखा दान समाज स्थापना भएको बताउँदै सबैलाई आँखा दान गर्न आग्रह गर्नुभयो । मृत्युपश्चात् आँखा दान गरिदिने हो भने दुईभन्दा बढी दृष्टिविहीनले पुनः देख्न पाउँ
छन् । 

नेपाल आँखा बैंकमा अहिलेसम्म ७५ हजारभन्दा बढी दाताले मरणोपरान्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन् ।


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.