Websoft University

नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० को बार्षिक पूर्व समीक्षा गोष्ठि सम्पन्न


विराटनगर पुस १४ गते । रातो तारा डट कम,मोरङ जिल्लामा एक वर्षको अवधिमा १२ जनाको हत्या भएको छ । गत जनवरीदेखि डिसेम्वरसम्मको अवधिमा गैर राज्य पक्षबाट ७ महिला, २ पुरुष १ बालिका र २ जना शिशुको हत्या भएको
हो ।

गत वर्षको यही अवधिमा ११ जनाको हत्या भएको थियो । अनौपचारि क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले आज विराटनगरमा आयोजना गरेको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० को बार्षिक पूर्व समीक्षा गोष्ठि तथा मिडिया साझेदारी बैठकमा सो जानकारी दिइएको हो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका प्रलेख अधिकृत पुन्य अधिकारीले एक वर्षको अवधिमा मोरङमा १ सय ५६ जना पीडित भएको बताए । उनले गत वर्ष १ सय ७१ जना पीडित भएको समेत बताए । सन् २०१९ भरिमा बलत्कारका ४५, बलत्कार प्रयासका ४० घटना भएको प्रलेख अधिकृत अधिकारीले बताए । गत वर्ष बलत्कारका ५६ र बलत्कार प्रयासका २७ घटना भएका थिए ।

एक वर्षको अवधिमा बहु विवाहका १५, घरेलु हिंसाका ८ वटा घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एक वर्षको अवधिमा विगत वर्ष झै हत्या, बहुविवाह, घरेलु हिंंसाका घटनाहरुले निरन्तरता पाएको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । पूर्व समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा बृद्धि भएको देखिएको बताए ।

स्थानीय सरकारले महिला तथा बालबालिकाका क्षेत्रमा संवेदनशिल भएर काम गर्नुपर्ने समेत बताए । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का निर्देशक मोहनदेव जोशीले मानव अधिकारको वर्ष पुस्तकमा प्रदुषणका सवालहरुलाई समावेश गर्न सुझाव दिए । उनले उपभोक्ता अधिकारलाई पनि समेट्नु पर्ने बताए ।

वडा प्रहरी कार्यालय विराटनगर ९क० का प्रमुख प्रहरी नायव उपरिक्षक वेद गौतमले आफन्तबाटै बलत्कारका बढी घटना हुने गरेको बताए । ८० प्रतिशत बालिका तथा महिलाहरु आफन्तबाटै बलत्कृत हुने गरेको उनले बताए । प्रहरी नायव उपरिक्षक गौतमले नागरिकले अधिकार मात्रै खोज्ने तर कर्तव्य भुल्ने गरेको बताए ।

 गैरसरकारी संस्था महासंघ नेपालका सचिव उमेश विश्वकर्माले बार्षिक प्रतिवेदनमा जातिय विभेदका घटनाहरु समावेश गर्न सुझाव दिए । उनले मोरङमा जातिय विभेदका आधा दर्जन बढी घटना भएको उल्लेख समेत गरे । महिला मानव अधिकार राष्ट्रिय सञ्जालकी केन्द्रीय सदस्य मञ्जिता उपाध्यायले महिलामाथि हुने हिंसाका घटना बढेको बताए । उनले एक वर्षको अवधिमा १ सय ५६ जना पीडित भएका घटना मध्ये महिलाहरु मात्रै १ सय १९ जना पीडित भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, पत्रकार यज्ञ शर्मा, विश्व सेवा समाजकी मुना आचार्य, कोक्यापका प्रकाश परियार, ओरेक विराटनगरका प्रमुख दिपक सुन्चेउरीलगायतले कार्यक्रममा बोलेका थिए । इन्सेक प्रदेश संयोजक सोमराज थापाले वर्ष पुस्तकको परिमार्जन गर्ने तयारी गरिएको बताए ।

 २८ वर्षदेखि प्रकाशन हुँदै आएको वर्ष पुस्तकमा घटना विवरणहरु मात्रै नभएर आर्थिक, सामाजिक तथा राजनैतिक अधिकारलाई केन्द्रित गरेर प्रकाशन गर्ने तयारी भईरहेको जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.