Websoft University
April 2019


मोरङ, वैशाख १७ गते । रातो तारा डट कम,मोरङको वेलवारी नगरपालिका-८ भाउन्ने जंगलमा आज ट्रकको ठक्करबाट जंगली हरिणको मृत्यु भएको छ । अपरान्ह ४ बजे पूर्व-पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको बा.५ ख.७२७ न.को हायस गाडीले बाटो काट्दै गरेकोन भाले हरिणलाई ठक्कर दिँदा पश्चिम आउँदै गरेको ना.४ ख.१९३३ नम्बरको ट्रकमा ठोक्किएर मृत्यु भएको थियो । उक्त स्थानमा प्रहरी चौकी डाँगीहाटबाट प्रहरी टोली खटि गई दुवै सवारी साधन र मृत हरिणलाई नियन्त्रणमा लिई इलाका बन कार्यलय बेलबारीमा बुझाईएको इलाका प्रहरी कार्यालयबेलवारीले जनाएको छ ।






मोरङ, वैशाख १७ गते । रातो तारा डट कम,मोरङको पथरी-शनिश्चरे नगरपालिका-१० भुटानी शिविर अगाडी आज मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा दिउँसो पौने १ बजे पश्चिम तर्फ जाँदै गरेको तत्काल पहिचान खुल्न नसकेको ठक्करबाट पैदलयात्री सोही नगरपालिका बस्ने बर्ष ६० की पूर्णमाया गदाल घाइते भएकी थिईन । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते गदाललाई उपचारको लागि पथरी अस्पतालमा पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकलको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।




काठमाडौ बैशाख १७ गते । रातो तारा डट कम,
ललितपुर इमाडोलकी नितिका कर्माचार्य मिस नेपालको अन्तिम २५ मा छनौट भएकी छिन् । ‘द हिँडेन ट्रेजरर ’ले आयोजना गर्ने मिस नेपालको २५ औँ संस्करणमा २१ वर्षीया कर्माचार्य अन्तिम २५मा छनौट हुन सफल भएकी हुन् ।

देश भरीबाट छनौट भएर आएका प्रतिष्पर्धिहरु मध्येबाट उनी अन्तिम २५ मा पर्न सफल भएकी हुन् । काठमान्डाँैका यूवाहरुमाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छिन् । उनी विगत ७ महिना देखी नेपाल इन्ट्रिगेटेड ब्लाइन्ड डेभ्लोमेन्ट असोसेसनमा आबद्ध रहेकी छन ।

उनले लामो समयदेखि विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् । समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भन्ने मनोभाव राख्ने नितिकाले समाज परिवर्तका लागी युवाको सक्रिता अधिक हुनुपर्ने सोचका साथ अगाडि बढेकी छन ।

उनले दृष्टिविहिनका लागी स्टार वियोङ द क्लाउड भन्ने प्रोजेटलाई आफनो जिवनको मुख्य लक्ष्यको रुपमा अगाडि बढाएकी छन । जसबाट दृष्टि गुमाएका बालबालिकाको लागी विभिन्न सिपमुलक र दिर्धकालिन रुपमा उनीहरुको आर्थिक उपार्जनका लागी सहयोग पुग्ने अपेक्षाका लागी आफनो प्रोजेक्टलाई अगाडि बढाएकी छन ।

सन् २०१६ को मिस इ कलेजकी विजेता , फ्रेस फेस २०१६ की विजेता , मिस इण्डिया सव कन्टेस्टेन्ट २०१७ को सेकेण्ड रनर अप बनिसकेकी कर्माचार्य मानव सेवा र सकारात्मक परिवर्तनलाई मुख्य केन्द्रिविन्दुमा राखेर काम गर्छिन । निरन्तर सामाजिक सेवामा सक्रिय नितिका मिस नेपाल बन्ने अटोठका साथ अघि बढेकि छिन् । उनलाई हाम्रो तर्फबाट हार्दिक शुभकामना ।।


झापा, वैशाख १७ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ र ७ बाट प्रहरीले अन्दाजी १ लाख १७हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालयकाकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरीभारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ५७ हजार मूल्य बरबारकोबि भिन्न किसिमका कपडा, नेपालबाट भारत तर्फ लैजादै गरेको १० हजार बराबरको ५ बोरा मटर, ३० हजार बराबरको सुपारी-१०० कि.लो र २० हजार मूल्य बराबरको स्याउ-५ कार्टुन बरामद गरेको हो । बरामद सामान आज मेची भन्सार कार्यालय कार्यालय बुझाईने इलाका प्रहरी कार्यालय काकरभिट्टाबाटले जनाएको छ ।


सुनसरी, वैशाख १७ गते । रातो तारा डट कम,सुनसरीको ईनरुवा नगरपालिका-३ मा नागरिकता बनाई दिने आश्वासन देखाउँदै १० हजार लिदै गरेको अवस्थामा प्रहरीले सोमवार १ जनालाई पक्राउ गरेको छ । दिउँसो पौने २ बजेको समयमा जिल्ला प्रशासन कार्यालय अगाडी ईहहरी उप-महानगरपालिका-९ बस्ने ४६ बर्षीया देवी मण्डललाई नागरिकता बनाई दिने भन्दै ईनरुवा-१ का लेखापढी व्यवसायी गर्ने चेत प्रसाद अधिकारीलाई पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।





काठमाण्डौ बैैशाख १७ गते । रातो तारा डट कम, एएफसी १९ वर्ष मुनिको महिला च्याम्पियनसिपको दोस्रो चरणको छनोटमा आज नेपालले आयोजक म्यानमारसँग खेल्दैछ । मण्डलर थिरी स्टेडियममा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । यसअघि दुबै खेलमा पराजित हुँदै छनोट चरणबाटै बाहिरिसकेको नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । म्यानमार नेपालभन्दा बलियो टिम हो । अङ्क तालिकामा म्यानमार दोस्रो स्थानमा छ । उसले तीन अङ्क बटुलेको छ । नेपाललाई पराजित गर्दै अघिल्लो चरणको ढोका खोल्ने लक्षमा म्यानमार रहनेछ । 



काठमाण्डौ बैैशाख १७ गते । रातो तारा डट कम,नेविसङ्घका पोखरा विश्वविद्यालय विभागका विद्यार्थी नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर परीक्षा सञ्चालन गरेका निजी कलेजलाई कारबाहीको माग गर्दै विरोध गर्ने क्रममा त्रिपाठीलाई प्रहरीले काठमाडौबाट बिहान पक्राउ गरेको हो ।

काठमाडौँको पुरानो बानेशवरस्थित सायम कलेजमा परीक्षाको विरोध गर्दै गर्दा पक्राउ परेका नेता त्रिपाठीलाई तीनकुनेस्थित प्रहरी कार्यालयमा राखिएको छ । विश्वविद्यालयअन्तर्गत ४२ कलेजले ३ सय ४४ विद्यार्थीको तोकिएको मापदण्ड नपु¥याई भर्ना गरेका थिए । नेविसङ्घले परीक्षा केन्द्र तोकेका कलेजमा तालाबन्दी गरेको थियो भने कलेजलाई कारबाहीको माग राख्दै आन्दोलनमा उत्रिएको थियो ।

यसअघि तीन पटकसम्म परीक्षा स्थगन भएसँगै निजी कलेजका तर्फबाट सर्वोच्चमा मुद्दा दायर भएको थियो । गत बुधबार पोखरा विश्वविद्यालयका नाममा आदेश जारी गर्दै सर्वोच्चले रजिष्ट्रेसन नम्बर उपलब्ध गराउन निर्देशन दिएको थियो । रिटको अन्तिम टुङ्गो नलागेसम्म विद्यार्थीलाई रजिष्ट्रेसन नम्बर उपलब्ध गराई परिक्षामा सहभागी गराउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।


काठमाण्डौ बैशाख १७ गते । रातो तारा डट कम,धनकुटामा भोलि बाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश न १ सरकारको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगिता आज दखि बैशाख २१ गतेसम्म संचालन हुने स्थानिय संयोजक समितीले धनकुटामा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । 

प्रतियोगितामा प्रदेश नम्बर १ का १४ वटै  जिल्लाका जिल्ला खेलकुद विकास समितिको प्रतिनिधीत्व गर्दै १ सय ५४ जना खेलाडी र अफिसियल सहभागि हुनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख नगद सहित शिल्ड प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले नगद ५० हजार प्राप्त गर्नेछ । 
त्यस्तै व्याक्तिगत विद्या तर्फ उत्कृष्ट हुने खेलाडीलाई नगद ५ हजारको दरले पुरस्कृत गरिने स्थानिय आयोजकले जनाएको छ । खेल सम्पन्न गर्न करिब २६ लाख लाग्ने अनुमान गरिएको छ ।


काठमाण्डौ बैशाख १७ गते । रातो तारा डट कम,नेपाल वायु सेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको कुरा जानकारी गराएकोछ । दोहोरो जिम्मेवारीका कारण उडानमा प्रभाव परेको बताउँदै आएका लामालाई निगमले प्रवक्ताबाट हटाएको जनाएको हो । 

लामाले केही दिनअघि विवादास्पद अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधिएको थियो । तर उहाँले दिएको जवाफ चित्त बुझ्दो नभएकाले प्राधिकरणले प्रवक्ताबाट हटाएको निगमका सहायक प्रवक्ता त्रिलोन पौडलले जानकारी दिनुभयो । लामा प्रवक्ता पदमा रहेसम्म जहाज उडाउन नपाउने भएपछि प्रवक्ताबाट पदमुक्त गरिएको सहायक प्रवक्ता पौडेलको भनाइ छ । 



काठमाण्डौ बैशाख १७ गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रमा समावेश गरिएका बुँदा कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । 

प्रधानमन्त्री निवासमा बालुवाटारमा १६ गते बसेको पार्र्टी सचिवालय बैठकले ‘समृद्ध नेपाल सुखी  नेपाली’ को नारालाई व्यवहारमा अनुवाद गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

यही वैशाख २० मा नीति तथा कार्यक्रम सङ्घीय संसदमा पेश गर्ने तयारीमा सरकार छ । सङ्घीय संसदको वर्षे अधिवेशन आजबाट सुरु भएको छ । संविधान अनुसार आगामी जेठ १५ गते सरकारले सङ्घीय संसदमा बजेट पेश गर्नेछ ।



झापा, बैशाख १६ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-१२ कालिझोडामा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएकोछ बिहान ७ बजे चारआलीबाट बिर्तामोड तर्फ जाँदै गरेका साईकल यात्री ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ का ३२ बर्षीय दिपेश पौडेललाई सोही दिशाबाट आउँदै गरेको मे १ ज २०५९ नम्बरको बोलेरो गाडीले पछाडीबाट ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए । 

घाईतेलाई उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ भने बोलेर चालक र बोलेरो प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेका छन् ।


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,२०७६ संघीय संसदको चौंथो अधिवेशन आजबाट सुरु हुँदैछ । बजेट अधिवेशनको नामले समेत परिचित अधिवेशनबाट सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गर्नुका साथै वार्षिक नीति तथा कार्यक्रम समेत सार्वजनिक गर्ने बताईएको छ । 

प्रतिनिधिसभा र राष्ट्रिय दुबै सदनको बैठक अपरान्ह चार बजेका लागि बोलाईएको छ । छुट्टाछुट्टै बस्ने बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नु भएको पत्र पढेर सुनाउने कार्य सूची रहेको  छ । पहिलो सत्रमा सत्तारुढ तथा प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावना छ । 

दोस्रो सत्रमा संसदको तेस्रो अधिवेशन अन्त्य भएको गत चैत ११ गतेपछि निधन भएका सांसद तथा पूर्व सांसदहरु प्रति शोक प्रस्ताव पारित हुने संघीय संसद सचिवालयले जनाएको छ ।

पूर्व सांसद एवं उद्योगी दिवाकर गोल्छाको चैत २६ गते, पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीको चैत २८ गते तथा पूर्वमन्त्री एवं कांग्रेस नेता रामकृष्ण ताम्राकारको बैशाख १० गते निधन भएको थियो ।   


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौता आज हस्ताक्षर हुँदैछ । सम्झौतासँग आजैदेखि औपचारिक कार्यान्वयनमा आउने भएको छ । सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुई मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा आज हस्ताक्षर हुनेछ ।
प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म हुनेछ । राष्ट्रपति भण्डारीले आज बिहान बेइजिङको केन्द्रभागमा रहेको थ्येनआनमन स्क्वायरस्थित सहिद स्मारक स्तम्भमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । आजै दिउँसो चिनियाँ समकक्षी सीसँग द्विपक्षीय वार्ताको कार्यक्रम छ ।

त्यही अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ यातायातमन्त्री ली सियाओपिङले चीन–नेपाल यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने कार्यक्रम छ । द्विपक्षीय वार्तामा पारस्परिक महत्त्वका साथै नेपालको चौतर्फी विकासका पक्षमा थप सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको चीनबाट पत्रकार लक्ष्मी लम्सालले जानकारी दिनुभयो ।

चोरी–निकासी नियन्त्रण, गुणस्तर कामय गर्ने, सूचना आदानप्रदान, सीमा भन्सार व्यवस्थित गर्नेजस्ता विषयमा केही सहमति र छलफल हुने छ । गणतन्त्र स्थापनाको दशकपछि नेपाली राष्ट्रपतिको राजकीय चीन भ्रमणको अवसरमा चिनियाँ राष्ट्राध्यक्षसँग द्विपक्षीय औपचारिक वार्ता पनि भएको छ ।आजै साँझ चिनियाँ कम्युनिस्ट पार्टी अनुशासन आयोगका प्रमुख चाउ लचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटपछि चाउले राष्ट्रपति भण्डारीको सम्मानमा आयोजित रात्रिभोज कार्यक्रम राख्नु भएको छ ।




काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,नेपालले एसीसी १६ बर्ष मुनिको पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । थाइल्याण्डमा आइतवार भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । 

गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । थाइल्याण्डको चियाङमाईमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३४ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । 

नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे्नुभयो ।  प्रतियोगितामा सिंगापुर तेस्रो भयो ।  सिंगापुरले हङकङलाई ८१ रनले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।



काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही नागरिक सडकमा मागेर हिड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ ।  राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले  गरीब र अशक्तलाई सरकारले खान, बस्न जिम्मा लिने दाबी गर्नुभयो । 

उहाँले अगामी पन्ध्रौं योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखा मुनिको प्रतिशतमा कमि आउने बताउनुभयो । हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाक्षांका साथ अगाडि बढेका छौ, प्रधानमन्त्री ओलीले भन्नुभयो, त्यसैले अब कोही पनि भोका रहने छैनन् । केही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् ।  प्रधानमन्त्री ओलीले जमीनको हदबन्दीमा लचिलो भएर हरेक क्षेत्र र भूगोललाई उत्पादनमुखी र व्यवसायिक बनाउँदै नेपाललाई स्वाधीन र समृद्ध बनाइने पनि बताउनुभयो । 




काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै लगानी गर्न आग्रह गर्नुभएको छ ।

चिनियाँ राजदूतावास र चीन वाणिज्य शेयर बजार (चाइना कमर्सियल स्टक इन्टरप्राइजेज) ले आइतवार बेइजिङमा गरेको ‘नेपाल चाइना आर्थिक तथा व्यापारिक मञ्च २०१९, लगानीका अवसरको खोजी तथा बलियो आर्थिक सहकार्य’ विषयक कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ढुक्क भएर नेपालमा लगानी गर्न तथा प्रविधि हस्तान्तरण गरी फाइदा लिन चिनियाँ लगानीकर्ताहरूलाई अनुरोध गर्नुभयो ।  

नेपालमा लगानीको वातावरण भएको पुष्टी गर्ने क्रममा राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले नेपालमा राजनीतिक संक्रमण अन्त्य भएको जानकारी गराउनुभयो । गत महिना काठमाडौंमा भएको लगानी सम्मेलनमा चिनियाँ उद्यमीको सबैभन्दा ठूलो उपस्थिति रहेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले यसअघिको राजनीतिक अस्थिरताका अब नभएकोले वैदेशिक लगानी भित्रिन समस्या नरहेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले लगानी गर्नका लागि अब नेपालमा इतिहासकै सबैभन्दा बलियो र स्थिर सरकार बनेको दाबी समेत गर्नुभयो । 



अमृता भण्डारी , काठमान्डाैै बैशाख १५ गते । सुगम संगीतमा राम्रो संभावना भएकी नव गायिका मुना थापा ‘परदेशी माया ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा भएका आफना प्रेमीको यादमा निकै मार्मिक रुपमा आफनो पिडालाई गीत मार्फत ब्यक्क्त गरेकी छन । परदेशीको यादलाई भुल्न नसकेको अवस्थालाई गीतमा समेटिएको छ ।
आफु जहाँ जादाँ पनी आफना प्यारा को यादलाई भुल्न कठिन भएको कुरा गीतमा गीतमा समावेश गरिएको छ । डि आर अटुको शब्द तथा संगीत गीतमा रहेको छ ।

सुरेश राईले रेकर्ड गरेको गीतलाई राजु कार्किले एरेन्ज गरेका छन । मनोज राईको छायाँकन , सम्पादन तथा भिडियोमा निर्देशन रहेको छ ।





मोहनकुमार राई-वैशाख १५ गते । रातो तारा डट कम, संखुवासभा÷चैनपुर नगरपालिका वडा नं. ३ स्थित नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा लगाइएको ज्ञानमहायज्ञमा दानगर्नुहुने दाताहरुको नाम ताम्रपत्रमा लेखन गरी एक कार्यक्रमको वीच पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहबाट ताम्रपत्र अनवरण भएको थियो ।

ताम्रपत्र अनवरण कार्यक्रमको अवसरमा सत्यदेवीको दाहिने आँखा पतन भएको यस धार्मिक शक्तिपीठको समग्र विकासको लागि पुराणको आयोजना गरेरकोमा खुशी व्यक्त गर्दै आफुले सबै तह र तप्काबाट लाग्ने प्रण गर्दै ऐतिहासिक मन्दिरको संस्थागत विकास देख्दा आफु हर्सित भएको सिंहले  वताउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्रीहरु बलबहादुर केशी, राजन केशी, पूर्व राज्य मन्त्री सरिता प्रसाई, दिपक खड्का, संखुवासभा जिल्ला अदालतका जिल्ला न्यायधिस प्रकाश राउत लगायतको गरिमामय उपस्थितिमा नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं  पूर्व उप प्रधानमन्त्री सिंहले सो ताम्रपत्र अनावरण गरिएको थियो । 
पुराण आयोजक समितिका अध्यक्ष खगेन्द्र अधिकारीले  मन्दिरको समग्र अवस्थाको चर्चा गर्नुहुँदै धार्मिक एवं पर्यटकीय प्रर्वधन गर्ने उद्देश्यका साथ लगाइएको ज्ञानमहायज्ञ सप्ताह पुराणमा दानवीर दाताहरुबाट प्राप्त रकमबाट  पुराणमा लागेको खर्च कटाएर मन्दिर परिसरमा पर्खाल निर्माण, मन्दिर परिसरमा मञ्च निर्माण लगायतको कार्य गर्ने समेत वताउनुभयो ।

कार्यक्रम सञ्चालक एवं पुराण आयोजक समितिका कोषाध्यक्ष प्रेम प्रसाद दाहालले पुराणको आय–व्याय विवरण प्रस्तुत गर्नुभएको थियो । पुराणमा दाताहरुबाट २१ लाख रकम उठेकोमा ११ लाख, पर्खाल निमार्ण ८ लाख खर्च भएको समेत उल्लेख गर्नुभयो ।

काठमाडौ बैशाख १५ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघले आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेकपा अध्यक्ष दाहाललाई खुमलटारस्थित निवास र सभापति देउवालाई बुढालिनकण्ठस्थित निवासमा भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।

महासंघले पटकपटक सरकार र राजीतिक दललाई सञ्चार क्षेत्रका विषयमा उठाएका मुद्दाहरुमा सीमित विषयको सम्वोधन भए पनि धेरै मुद्दाहरू सम्बोधन हुन नसकिरहेको तथा पछिल्ला दिनमापत्रकारहरुलाई समाचार लेखेकैआधारमा विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको अपराध मुद्दा लगाएर थुन्ने र जेल हाल्ने जस्ता कार्य बढेपछि महासंघले सञ्चालन गरेको दबाब अभियान दबाब अभियान अन्तर्गत ध्यानाकर्षणपत्र बुझाएको हो ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि राजनीतिक दलका प्रमुख नेताहरुका साथै पूर्वप्रधानमन्त्रीहरु,संसद्का सभामुख र अध्यक्ष,नागरिक समाज,अधिकारकर्मीलाई ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम छ ।

ध्यानाकर्षणपत्र बुझ्दै नेताद्वयले आफूहरु सधै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै महासंघले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सधै सहयोग र साथ दिने प्रतिवद्धता व्यक्तगर्नुभयो।

महासंघले बुझाएको १६ बुँदे ध्यानाकर्षणपत्र विज्ञप्तिसाथ एट्ययाच गरिि दिएको महासचिव
रमेश विष्टले जानकारी गराउनु भएको छ।
   


श्याम राई÷उदयपुर,कटारी बैशाख १५ गते । रातो तारा डट कम,सडक बनेको डेढ दशक नवित्दै सिद्धिचरण लोकमार्गको झण्डै ९० प्रतिशत भाग जिर्ण बनेको छ । वर्षेनी मर्मत संभार गरिदै आएको भएपनि सडकको अवस्थामा कुनै सुधार हुन नसक्दा वर्षेनी सरकारको ठूलो धनराशी खर्च हुदै आएको छ । सडक बनेको केही वर्षपछि नै बाढी, पहिरो र वर्षाले सडकलाई क्षति तुल्याएपछि उक्त सडक जोखिममा पर्दै आएको छ ।‘ सडकको विग्रदो अवस्थाको कारण वर्षेनी मानविय क्षति हुनेगरि दुर्घटना हुने गरेको छ ।

लोकमार्गको संवेदनसिल क्षेत्र मानिने कटारी–घुर्मि सडक खण्डको धेरै ठाउँमा सडक कामै नलाग्ने अवस्थामा भत्किएकोले सवारी आवगमनमा समस्या हुदै आएको छ । पाँच ठाउँ भन्दा बढी क्षेत्रमा पहिरो जाने, बर्षाले बाटो बगाई दिने गर्नाले यातायात सेवा पटकपटक अवरुद्ध हुदै आउने गरेको छ । गत वर्ष पछि वर्षातको समयमा उक्त सडक खण्डमा दुई साता सम्म यातायातसेवा पूर्ण रुपमा ठप्प भएको थियो ।

डिभिजन सडक कार्यालयले प्रभावकारी ढंगले सडक मर्मत संभार नगर्दा र क्षमता भन्दा बढी भार क्षमताको सवारी साधन चल्ने गरेको कारण सडक जिर्ण बनेको कटारीका समाजसेवी राम कुमार राईले बताए ।‘ मर्मत संभारको नाममा झारो टार्ने मात्र काम भैरहेको छ । गुणस्तर काम भएकै छैन ।’ राईलेभने । वर्षेनी एउटै ठाउँमा बाटो मर्मत संभारको नाममा ठूलो धनराशी खर्च हुने गरेपनि त्यसको सदुपयोग नहुदा सडक जिर्ण छ ।’ राईले भने ।

कटारी–घुर्मि सडकमा सामान्यतया १० टन भार क्षमताको सवारी साधन संचालन हुनु पर्नेमा त्यस भन्दा बढि क्षमताको भार बोकेर सवारी साधन चल्ने गरेको छ । सवारी साधनले क्षमता भन्दा बढी भार बोकेर गुडेकै कारण सडकको अवस्था दयनिय अवस्थामा पुगेको कटारी नगरपालीका ११ का भिम पुलामीले बताए । ‘३० टन भन्दा बढी नै भार बोकेर सवारी साधन चल्ने गरेको छ । उक्त सडक जिर्ण बन्दै जानुमा सवारी साधनको पनि प्रमुख भुमिका छ ।” उनले भने ।

ट्राफिक प्रहरीकै मिलेमतो बाट उक्त सडक खण्डमा बढी भार क्षमताको सवारी साधन निर्वाध रुपमा चल्ने गरेको उनको भनाई छ । कटारी– घुर्मी सडक खण्डको ४६ किलोमिटर सडक खण्डमा एकतर्फि यात्रा गर्न समेत कठिन छ । तर दोहोरो रुपमा सवारी साधन संचालन हुने उक्त सडक खण्डको अधिकांस भागमा सडक भत्किएको छ । नेपाली सेनाले निर्माण गरेको उक्त सडक खण्डमा ओटासील प्रविधिबाट पिच गरिएको केहि समयपछि नै ओटासील उप्किएर पुरै बाटो धुलाम्मे बनेको छ ।

माथिल्लो सगरमाथाको सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ्गको दक्षिण तर्फको क्षेत्रसंग तराई सम्म सिधा यातायात सेवा पुस्याउने उदेश्यले निर्माण गरिएको उक्त बाटो जिर्ण हुँदा स्थानियहरु लाई समस्या हुने गरेको छ । दुई, तिन बर्ष यता देखि अहिले सम्मे सडक मार्ग हुँदै सगरमाथा जाने पर्यटक देखिएकोछैन।’ हिमाली यातायात संघका मिलन राईले भन।‘ सडकको दुरावस्थाको कारण सगरमाथा जाने पर्यटकहरु सडक मार्ग हुँदै जान छाडेका छन् ।’ उनले भने ।

‘पहिला पहिला बाटोको अवस्था राम्रो हुँदा धेरै पर्यटक यहि बाटो हुँदै सोलुखुम्बु जाने गर्थे, तर अहिले यो बाटो हुँदै विदेशी पर्यटक हिड्न छाडेका छन् ।’ उनले भने । बाटोको दुराअवस्था र मानविय क्षति बढी हुने गरी धेरै पटक सडक दुर्घटनाको खवर सुनेर पर्यटकहरु यो बाटो हिड्नै छाडेको कटारी बजार स्थित होटलमा बास बसेर सोलुतर्फ जान्थे । तर मैले केही वर्षदेखि एकै जना पनि विदेसी पर्यटन देख्न पाएको छैन ।’ राईले भने ।

सिद्धिचरण राजमार्गलाई तराई–पहाडको विकासको मेरुढण्ड मान्ने गरेको स्थानीय बासिन्दाहरु सडकको स्तर उन्नती नहुदा समस्यामा परेको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए । पूरै जिर्ण बनेको बाटो पटकपटक प्रयास गर्दा पनि स्तर उन्नती हुन सकेकोछैन । उनले भने ।‘ बाटो सुधार नहुदा व्यापार, व्यावसाय पूरै चौपट भएको छ ।

सिद्धिचरण लोकमार्ग कटारी नगरको मेरुढण्ड भएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलेबताए । उनले अहिले बाटो जिर्ण हुदा समग्र व्यापार, व्यावसाय र विकास निर्माण अवरुद्ध बनेको बताए । उनले यस क्षेत्रको समग्र विकास निर्माणको गतिलाई अघि बढाउन सिद्धिचरण लोकमार्गको स्तर उन्नती चाँडो भन्दा चाँडो गरिनु पर्ने बताए ।


विराटनगर बैशाख १५ गते । रातो तारा डट कम,उधोग पर्यटन तथा वातावरण मन्त्रालय क्षेत्र ५ ले यो वर्ष लुम्विनी भ्रमण वर्ष २०७६ घोषणा गरेर आन्तरिक र वाय प्रर्यटन प्रवद्र्घनका लागि प्रदेश सरकारले रु ४ करोड १९ लाख बजेट छुट्याई कार्यक्रम घोषणा गरेर प्रचार प्रसार पुर्व पस्चिम बाट एकै साथ सुरु गरेकाछन । लुम्विनी भ्रमण वर्ष २०७६ प्रचार प्रसार समितिका अध्यक्ष भरत केसी सहितको टालिले नम्वर प्रदेशको राजधानी बिराटनगरबाट काम सुरु गरेकोछ ।

गत वर्षको तुलनामा यो वर्ष डवल प्रर्यटकहरु लुम्विनी पुगाउने उदेश्यले प्रदेश सरकारको सहयोगमा काम भइरहेको र सातै प्रदेशका राजधानीहरुमा पुगरेर प्रचार प्रसार गर्ने समेत आज बिराटनगरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बताइएकोछ । भेटघाट कार्यक्रमका प्रमुख अतिथि १ नम्वर पदेशका वन तथा वातावरण प्रर्यटन मन्त्री जगदिश प्रसाद कुसियातले यो वर्ष धेरै मानिसहरु लुम्विनी घुम्न पुग्नेछन र प्रदेश नम्वर को लुम्विनी भ्रमण वर्ष २०७६ सफल रहोस भन्ने शुभकामना दिनु भयो ।

हानी नितान्तै प्राक्रितिक स्रोत साधानहरुले धनी छौं र हामी कैमा बिश्वको होचो केचना देखि अग्लो सगरमाथा सम्म रहेको उल्लेख गर्दै,धेरै मठ मन्दिर रहेको बताउनु भएको थियो ।

भारतिय प्रधानमन्त्री नरेन्द्रमोदीले नेपाल आउदा गोैतम बुद्घ नेपालमा जन्मिएको पटक पटक उदघोष गरेपछि छिमेकी देशका प्रर्यटकको संख्य बढ्ेको बताउनु हुदै कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रम भरत केसीको अध्यक्षतामा भएको थियो भने स्वागत खेम थापाले गर्नु भएको थियो ।
कार्यक्रम भुवन कार्कीले सन्चालन गर्नु भएको थियो ।



काठमाडौ बैशाख १५ गते । करण फिल्मस प्रोडक्सनको तथा निर्माता गोपी अधिकारीको प्रस्तुतीमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘दोषी को ? ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘परेली बन्द गर ’ बोलको गीतमा गायिका अन्जु पन्त र गायक गोपी अधिकारी को स्वर छ ।

गीतमा माया र प्रेमको सम्वादलाई निकै रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । गोपी अधिकारीको शब्द तथा संगीत सो चलचित्रको गीतमा रहेको छ । गीतलाई सन्तोष सुनामले एरेन्ज गरेका छन ।

करण थापा मगरको लेखन , निमा लामा तामाङको निर्देशन , रमेश रेग्मीको कोरियोग्राफी चलचित्रमा रहेको छ । चलचित्रमा माया र प्रेमका कयौँ मिलन र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा ५ वटा गीत समावेश गरिएको छ ।
विश्वास भण्डारीको छायाँकन तथा सम्पादन चलचित्रमा रहेको छ । चलचित्रमा करण थापा ,मिठठु आले , रमेश रेग्मी, रविना थापा , नेहा गौत्तम , विजय राहु मगर , सुवास नेपाली , सपना लामाको अभिनय रहेको छ ।



विराटनगर बैशाख १५ गते । रातो तारा डट कम,व्यापारी घरनाहरुको ठुलै लगानीमा फागुन २० गते देदि सञचालनमा आएको सेन्ट्रल मल र त्यस भित्र रहेको सेन्ट्रल बजारले श्रृङखलाबद्ध रुपमा ग्राहकहरुलाई ठग्दै गरेको तथ्य बाहिर आउन आउन थालेकाछन ।

सेन्ट्रल बजारमा तोेकेको मुल्यभन्दा झण्डै ७ प्रतिशत थप मुल्य लिएर ग्राहकहरुलाई ठग्दै गरेको देखिएको भन्दै बिभिन्न सन्चार माध्यामहरुमा समचार आइरहनुले त्यहाको व्यवस्थापकिय कमजोरी भएको हो की भन्ने ग्राहकहरुको भनाइरहेको पाइन्छ । हालै बिराटनगरका ग्राहकहरुले किनेको सामानमा यस किसिमको त्रुटि देखिए पछि बजारमा ग्राहहरुनै भड्किने गरी सचारमाध्यमहरुमा समचारबाजी भएका छन । महासंघका कोषाध्यक्ष सन्तोष सिग्देलले यस अघि १ ६५ रुपैँया पर्ने कालो तिल किन्दा १६७ रुपैँयाँ तिरनु परेको थियो । उनलाई सेन्ट्रल बजारले २ रुपैँया ठगेको थियो । सोनुकुमार दासले किनेको ग्याट्सबाइ जेलमा पनि बढी मुल्य लिएको बताइएकोछ ।

सेन्ट्रल बजारले बजार संन्चालन भएको थोरै समयमानै त्यास्ता धेरै ग्राहकहरुलाई सामानहरु खरिद गर्दा ठगेर बढी मुल्य लिरहेको श्रोतले बताएको छ । यसरी एक दिनमा कम्तिमा १ हजार ग्रहाकलाई ठगी गरिरहेका ग्राहकहरुले नै बताएका छन । मलका ग्रोसरी हेर्ने रवि ठाकुरले हामीले नठगेको तर प्राबिधिक त्रुटिले यस किसिमको गल्ति भएको र अब न दोहोरिने बताए । सेन्ट्रल बजारको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । सेन्ट्रल मल विराटनगरका तीन औद्योगिक घराना देवेनरा, हाईलाईफ र विशाल ग्रुपको संयुक्त लगानीमा सञ्चालनमा आएको हो ।

सेन्ट्रल बजार संन्चालन भएको थोरै समयमै यसरी बिबादमा आउनु दु,द कुरा हो बिराटनगर वासीहरु भनेकाछन ।


बिराटनगर बैशाख १४ गते । रातो तारा डट कम,पुर्वेली लोक लयमा आधारित मौलिक लोक गीत ‘घरकी जेठी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।पुर्वको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ । सार्वजनिक गीतमा सुनिता थेगीम र संगम शेर्मा लिम्बुको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ ।

सगरमाथाको फेदीमा रहने रहनसहनलाई गीतमा पस्कन पाउदा निकै खुशी लागेको गायक संगम शेर्माले बताए । पञ्चेवाजा र बाँसुरीको घुनले आम रुपमा दर्शक तथा श्रोताको ध्यान केन्द्रित गर्न सक्दछ ।

मेलापातमा जादाँ होस वा कुवा पधेरो देउरालीको भाकालाई गीतमा समेटिएको गीतकार मोहन शेर्मा ले बताए । डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । आशिक जगेवुको छायाँकन सम्पादन तथा निर्देशनमा भिडियो बनेकोछ ।


मोरङ, बैशाख १४ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-११ बसपार्क स्थितमा दक्षिण पट्टि साईडको ग्यारेजमा मर्मत गर्न भनि रोकि राखेको बिराटनगर बाट धरान चल्ने बसमा आगलागी भएको
छ । आज बिहान सवा ११ बजेको समयमा को १ ख ४९८९ नम्बरको बसमा अचानक तार सर्ट भई आगलागि हुदा बस आंसिक रुपमा जली क्षती भएको छ । घटनाबारे जनाकारी पाउनासाथ तत्काल प्रहरी, दमकल र स्थानिय बासीको सहयोगमा उक्त आगलागी बिहान साढे ११ बजे पुर्ण रुपमा नियण्त्रणमा आएको आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


मोरङ, बैशाख १४ गते । रातो तारा डट कम,मोरङको सुन्दर हरैचा नगरपालिका-३ बेलगाछी भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा २ जना घाईते भएका छन । आज दिउँसो पौने २ बजेको समयमा दक्षिण बाट उत्तर तर्फ आउदै गरेको को.९ प ८०१६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुदा मोटरसाईकलमा पछाडी सवार जिल्ला ताप्लेजुङ याशोक गाउँपालिका-२ बस्ने २५ बर्षिय सम्भर लिम्बु गम्भिर घाईते भएका छन । घाईते उनलाई उपचारको लागी धरान स्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ भने मोटरसाईकल चालक जिल्ला संखुवासभा चैनपुर-९ बस्ने २० बर्षिय अनिल कार्की र मोटरसाईकललाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम,सर्वोच्च अदालतले नागरिकता वितरण नगर्न फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ । अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लर अनुसार नागरिकता वितरण नगर्न नयाँ अन्तरिम आदेश जारी गरिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको पूर्ण इजलाशले २०५४ सालमा जितेन्द्रनारायण देवको नेतृत्वमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई नागरिकता वितरण नगर्न अन्तरिम आदेश दिएको थियो । तर एक साताअघि सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलाशले भने गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्नु भनेको थियो । 

त्यही आदेशलाई टेकेर देशभरका जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गरिरहेका छन् । तर,वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की समेतले दिएको अर्को रिटको सुनुवाई गर्दै सर्वोच्चले मुद्दाको किनारा नलागे सम्मका लागि अन्तरिम आदेश जारी गर्दै आफ्नै अघिल्लो आदेश निष्क्रिय पारेको हो । प्रधानन्यायाधीश राणा र न्यायाधीश भण्डारीले दिएको आदेशमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन भनिएको छ ।


काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम,गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाउँको दजाकोटका बासिन्दाले खोलाको दुषित पानी पीउनाले करिव १ सय ५० जना अहिले बिरामी परेका छन् । बैशाख १० गते साँझदेखी दजाकोटमा झाडापखालाको महामारी फैलिएको कारण सिँगो गाँउ नै बिरामी परेको हो । 

बिरामीमध्ये चार जनालाई बिभिन्न ठाँउमा उपचारको लागि पठाइएको छ । अवस्था गम्भीर रहेकी ५९ वर्षीया कुमारी सिञ्जालीलाई जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेज पाल्पामा रिफर गरिएको थियो । त्यहापनि उपचार हुन नसकेपछि हाल बुटवल स्थित गौतमबुद्ध सामुदायिक अस्पतालमा उपचारको निम्ती पठाइएको छ । तम्घासमा ३ जनाको उपचार भइरहेको छ । 

८६ घरधुरी रहेको गाउँका सबैजसो घरमा बिरामी परेपछि नगरपालिकाको संयोजनमा हिजोदेखि पशुपति निमाविको भवनमै स्वास्थ्य शिविर सञ्चालन गरीएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो  । गाँउमा रहेका करिब १५० जना नै बिरामी परेको नगरपालिकाको जनस्वास्थ्य शाखाले जनाएकोछ ।

उपचारमा संलग्न नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डिबी जिसीका अनुसार धेरै बिरामीमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने समस्या देखिएको छ । दूषित पानीकै कारण फुड प्वाइजनको आशंकामा उपचार गरेको जानकारी दिदै उनले बिरामीको संख्या बढीरहेको बताउनुभयो । 

जनस्वास्थ्य कार्यालयका मेडिकल अधिकृत महेश श्रेष्ठको टोली पनि शिविरमा औषधिसहित पुगेको छ । शिविरमा मुसिकोट हेल्थपोस्ट, वामी हेल्थपोस्ट र वडागाउँ हेल्थपोस्टबाट पनि स्वास्थ्यकर्मी र औषधिसहितको टिम परिचालन गरेर नियन्त्रण प्रयास भइरहेको मुसिकोट नगरपालिका प्रमुख सापकोटाले बताउनुभयो  । 



काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम, खेल समचार—एएफसी १९ वर्ष मुनिको महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । सुक्रवार भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग ११–१ गोलको फराकिलो अन्तरले पराजित भएको हो । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा अष्ट्रेलिया विरुद्ध नेपालले पहिलो हाफमा ६ गोल खाएको थियो । यस्तै दोस्रो हाफमा ५ गोल खायो ।  नेपालको लागि मन्जली कुमारी योञ्जनले एक गोल फर्काउनुभयो । फिफाको महिला वरियतामा ९७ औं स्थान माथी रहेको अष्ट्रेलियासंग नेपाल सबै पक्षमा कमजोर देखिएको थियो । महिलाको वरियतामा अष्ट्रेलिया छैटौं स्थानमा रहेको छ । नेपाल भने १ सय ६ औं स्थानमा छ । नेपालले अब दोस्रो खेलमा आइतबार उज्वेकिस्तानसंग खेल्नेछ भने मंगलबारे म्यानमारसंग खेल्नेछ । 



बिराटनगर बैशाख १४ गते । रातो तारा डट कम,अमेरिकामा अध्ययनरत गरिमा प्रधानले विराटनगर स्थित वार्ड नं.८ मा रहेको महेन्द्र माविलाई कम्युटर सहित विभिन्न शैक्षिक सामाग्री प्रदान गरेकी छन् ।

समाजिक कार्यमा रुची राख्ने प्रधानले एक कार्यक्रमका वीच शुक्रवार १० थान कम्प्युटर र विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् । विराटनगर महानगरका मेयर भीम पराजुलीको समन्वयमा अमेरिका वाट आएकी प्रधानले झण्डै ४ लाख मूल्य बराबरको कम्प्युटर साथै शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले सामाजिक मन भएका जो कोहीले सेवा भावका काममा सक्रिय हुदा समाजले उन्नती गर्ने बताए । उनले सामुदायीक विद्यालय सुधार अभियानमा आफु होमिएको र यसका लागि सवैको साथ सहयोग चाहिने बताए ।

 यस्तै सामाजिक अभियानमा सक्रिय प्रधानले अमेरिकामा बसोबास गर्ने सहयोगी मनहरुको सहयोगमा विराटनगरका अझै धेरै विद्यालयहरुमा काम गर्न चाहेको बताइन् ।  शिक्षा क्षेत्रको विकासका लागि सहयोग गर्न र सामाजिक कार्य नेपालमै बसेर गर्न समेत इच्छुक रहेको प्रधानले बताइन ।

कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक चन्द्रप्रसाद साहले विद्यालयमा चाढैनै प्राविधिक शिक्षाका लागि कार्यारम्भ गरिने बताए । विद्याथीहरुलाई कम्प्युटर शिक्षा दिन नसकिरहेको वेला प्रधानले दिएको कम्प्युटरले आफुहरु उत्साहित भएको धारणा राखे ।


काठमाडौ बैशाख १३ गते । उपन्यास लेखेर एकाएक चर्चामा आएकी कलाकार सोविता सिंखडाले आफनो उपन्यास वराङ्गना को दोसो प्र्रोमो सार्वजनिक गरेकी छिन । गत असोजमा सार्वजनिक भएको उपन्यास वराङ्गना यस बर्ष निस्किएका उपन्यासहरुको भिडमा ससक्त रुपमा देखा परेको छ । बिमोचन संगै चारैतिरबाट सकारात्मक चर्चा पाइरहेकोले आफु निकै खुशी भएको सोविता बताउछिन ।

वराङ्गना उपन्यास सार्वजनिक हुनु केही समय पहिले सोविताले पहिलो प्र्रोमो सार्वजनिक गरेकी थिईन उक्त प्र्रोमो निकै चर्चित पनि भएको थियो । सोबिता भन्छिन वास्तवमा पहिलो प्र्रोमोले मेरो उपन्यासलाई धेरैनै फाईदा पुग्यो ।

छोटो समयमा नै साहित्यीक जगतमा पनि आफुलाई अब्बल रुपमा उभ्याउन सफल सोविताले आफनो उपन्यास वराङ्गना को दोसो प्र्रोमो  सार्वजनिक गरेकी छिन ।  प्र्रोमोमा उनले वराङ्गना को बिमोचन समारोह देखी यसले पाएको पतिकृया , देश बिदेशमा भएका उपन्यासका कार्यकमहरु र बिभिन्न टिभीमा भएका अन्तरवार्ताका दृश्यहरु दोसो  प्र्रोमोमा समेटिएको छ ।

बुलबुल पब्लिकेशनले बजारमा ल्याएको उपन्यास बिकीको दृष्टीकाणबाट पनि सकारात्मक रहेको पब्लिकेशनलले जनाएको छ । दोसो प्र्रोमो दर्शक र पाठकहरुले मन पराउने र आफनो उपन्यास वराङ्गना लाई थप चर्चामा ल्याउने कुरामा आफु बिस्वस्त रहेको सोविता बताउछिन ।




शिव भट्टराई सुनसरी बैशाख १३ गते । सुनसरीको दुहवी स्थित दुहवी पार्टी प्यालेसमा आज आयोजित एक कार्यक्रमकावीच दैनिक पत्रिका कोचिला खबरको विमोचन गरिएको छ । दुहवी, इटहरी, बुढीगंगा र गढी गाउँपालिकाका यूवाहरु द्धारा संचालित उक्त पत्रिकाको विमोचन गरिएको हो।

बिमोचन कार्यक्रमको समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले समाज परिवर्तनका लागि यस पत्रिकाले महत्पूर्ण भूमिका निर्वाह गरोस् भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो। मेयर गच्छदारले पारदर्शी, शुसानमैत्री भ्रष्टाचारमुक्त समाज निमार्णका लागि सञ्चार क्षेत्र पहिलो आधार भएको बताउनुहुँदै सञ्चार क्षेत्रले आफ्नो विश्वनीयतालाई कामय
गर्दै सत्य तथ्य समचार सम्प्रेषणमा ध्यान दिनु पर्ने सुझाव दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले मुलुक समृद्धिका लागि सञ्चार जगतको भूमिका निकै महत्वपूर्ण रहँदै आएको जानकारी
दिनु हुँदैं पत्रिकाको सफलताको शुभकामना ब्यक्त गर्नुभयो । अध्यक्ष खड्काले विकाससँगै भईरहेको विनास तथा अनियमिततालाई न्यूनीकरण गर्दै रुपान्तरित समाज र समृद्ध राष्ट्र निमार्णका लागि सञ्चार जगत शसक्त हुँनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा दुहवी नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष मेहदी हुसैन लगायतले पत्रिकाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

पत्रिकाका प्रबन्ध निर्देशक त्रिलोचन गच्छदारको अध्यक्षतामा सम्पन्न कार्यक्रम पत्रिकाका सह–सम्पादक प्रेम गिरीको संयोजकत्वमा भएको थियो । पत्रिकाका सम्पादक नवरत्न झाले स्वागत मनतब्य ब्यक्त गर्दै पत्रिका प्रकाशनको औचित्य माथि प्रकाश पार्नु भएको कार्यक्रमको संचालन पत्रिकाका प्रवन्धक अकवर अलिले गरेका थिए ।

यो पत्रिका सँगै दुहवीमा अरु दुई वटा पत्रिका र एक एफ एम सञ्चालनमा रहेको छ । कार्यक्रममा स्वतन्त्र पत्रकार संघका सचिव तेज वन, दुहवी स्थित सरोकारवाला निकाय, पत्रकार, नगरपालिका,गाउँपालिका स्तरका यूवा,बुद्धिजीविहरुको सहभागिता रहेको थियो ।

विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नकालागि २०७६ साल बैशाख १ गतेदेखि ”हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ” भन्ने आदर्श वाक्यकासाथ विद्यार्थी भर्ना अभियान कार्यक्रम सञ्चालन भइरहेकोले सो कार्यक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरु, सबै राजनैतिक दलहरु, स्थानीय तहहरु, शिक्षा विकास तथा समन्वय  इकाई, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सामुदायिक सिकाई केन्द्रहरु, शिक्षक, अभिभावक, विद्यार्थी, आमा समूह, संघ संस्था, समुदायमा आधारित बालविकास केन्द्र लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध छ ।

                                प्रदेश सरकार
                              सामाजिक विकास मन्त्रालय
                                  प्रदेश नं. १, विराटनगर


मोहन कुमार राई-वैशाख १३ गते । रातो तारा डट कम संखुवासभा,चैनपुर नगरपालिका स्थित सरस्वती मावि चैनपुरले “हाम्रो नगर हाम्रो गाउँ ,सबै बालबालिकालाई विद्यालय पु¥याऔं भन्ने मूल नाराका साथ चलाएको भर्ना अभियानमा विहिबार नगर प्रमुख भरतकुमार खत्रीले कक्षा १ मा  कुमार श्रेष्ठको भर्ना गरी अभिभावक बन्नुभएको छ ।

अती विपन्न परीवार स्वर्गीय गणेश बहादुर श्रेष्ठ र आमा टंक माया श्रेष्ठको ७ वर्षे छोरा कुमार श्रेष्ठलाई एक कार्यक्रमका वीच  कक्षा १ मा भर्ना गरिएको हो । उनको पढाइमा आवश्यक पर्ने पुस्तक, कापी, सीसाकलम, पोशाक, झोला, लगायत सम्पूर्ण शैक्षिक सामग्री सहित लाग्ने विविध शुल्क समेत व्यपस्थापन गर्ने गरी प्रमुख खत्रीले अभिभावकत्व प्रदान गरेको विद्यालयका प्रधानाध्यापक गोविन्दमान तामाङले वताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनराज भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा आफु नगर प्रमुख रहुन्जेलसम्म उनको पढाइप्रति कमी हुन नदिइ अभिभावकत्व प्रदान गर्ने समेत प्रमुख खत्रीले वताउनुभएको थियो ।
चैनपुर नगरपालिकाकै अर्का विद्यालय शारदा मावि पोखरीमा भर्ना अभियान सञ्चालन सगै गत वर्षको तुलनामा विद्यार्थी संख्यामा वृद्धि भएको प्रअ अमृतबहादुर कार्की वताउनुहुन्छ ।

जिल्लाको १० वटै पालिकाले बालबालिका नछुटाई भर्ना गर्न अभिभावक, विद्यालय, नागरिक समाज रानीतिक दल लगायत सम्बन्धित सबै पक्षलाई आग्रह गरे सँगै विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको पाँचखपन नगरपालिका स्थित सिंहेश्वरी मावि चुङखुरुङका प्र.अ. थीरबहादुर राईले वताउनुभयो । 



झापा, वैशाख १३ गते । रातो तारा डट कम,झापाको कन्काई नगरपालिका-१ दुर्गापुरमा बिहीवार राती पिकअप भ्यानको ठक्करबाट १ जना साईकलयात्रीको मृत्यु भएको छ । राती साढे ८ बजे पूर्व-पश्चिम राजमार्गमा पूर्व तर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६-१-०४१४ नम्बरको  गाडीले बिपरित दिशाबाट तर्फ जाँदै गरेको साईकलयात्री पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका-१ कालीमोडामा डेरा गरी बस्ने बर्ष ४० को उमेश हिङमाङलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका हिङमाङलाई उपचारको लागि बि. एण्ड. सी. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ भने पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।





काठमाण्डौ बैशाख १३ गते । रातो तारा डट कम,काठमाडौँको खुलामञ्च हाल चारैतिरबाट अतिक्रमण गरेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीले आन्दोलन सुरु गरेका हुन् । स्थानीयबासीले बिहीवार खुलामञ्चमै उपस्थित भएर विरोध प्रर्दशन गर्दै उनीहरूले त्यहाँ बनाएका सटर पनि बन्द गराएका थिए ।

खुला मञ्च खुला गर्न काठमाडौँ महानगरपालिकासँग माग गर्दै उनीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए महानगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

काँग्रेस नेता एवम् काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद भीमसेनदास प्रधानसहितको उपस्थितिमा भएको विरोध प्रदर्शनमा खुला क्षेत्र अतिक्रमण गरेर काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा बसपार्क र सटर सञ्चालन गर्न अनुमति दिएकोे भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनीहरूले खुला मञ्च अतिक्रमण गर्न दिएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको आलोचना गर्दै नाराबाजी समेत गर्दै सबै तत्तकाल खाली गराउन माग समेत गरेकाछन ।


काठमाण्डौ बैशाख १३ गते । रातो तारा डट कम,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही वैशाख १५ गतेदेखि सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षालाई मर्यादित बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

परीक्षा व्यवस्थापन सुधार कार्यदलको सुझावको आधारमा  २२ बुँदे निर्देशन दिइएको हो । मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । मन्त्रालयले दिएको निर्देशनमा परीक्षा सञ्चालन भइरहेको समयमा सकेसम्म धेरै समय अनलाइन माध्यमका साथै स्थलगत अनुगमनको व्यवस्था मिलाउने, प्रश्नपत्र भण्डारण रहेको स्थान पूर्ण सुरक्षित रहेको प्रत्याभूत गराउनेलगायतका छन् ।

सुरक्षा निकायसँग रहेको परीक्षासम्बन्धी सामग्री आधिकारीक व्यक्ति बाहेकलाई नदिने तथा परीक्षा सञ्चालनको क्रममा कुनै व्यक्तिले अमर्यादित काम गरेको पाइएमा तत्काल कानूनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउन पनि निर्देशन दिइएको छ ।

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा प्रश्नपत्र वाहिरीएपछि प्रदेश दुईमा परीक्षा नै स्थगित गर्नुपरेका कारण मन्त्रालयले यसपटक कक्षा ११ र १२ को परीक्षा सञ्चालन हुनुअघि नै सचेतता अपनाएको हो ।


काठमाण्डौ बैशाख १३ गते । रातो तारा डट कम,बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त बनाएका ठाउँका घर निर्माणका लागि सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ सरकारले उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएकाछन । 

यसअघि सरकारले बारा र पर्सामा हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सरकारले दिएको रकम र घरधुरी सङ्ख्या हिसाब गर्दा एउटा घरवापत सेनाले ५ लाख ८२ हजार ८ सय ४७ रुपैयाँ पाएको हो । बारा र पर्सामा गएको चैत १७ गतेको साँझ हावाहुरीले २८ जनाको मृत्यु भएको 
थियो ।




विराटनगर बैशाख १२ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका ६ केसलिया खोला नजिक अवैध रुपमा वालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले स्काईभेटरसहित ३ वटा ट्रिपर र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

आज सि.आर.भी.ले केसलियामार्गबाट खटिएको प्रहरी टोलीले खोला उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट स्काईभेटरसहित ना ५ ख ७४४५, को १ क १९६३, बा ८ ख ५९९४ नम्बरको ट्रिपर र को १ त २७९१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा राखिएको उक्त सवारीलाई आवश्यक कारवाहीको लागि विराटनगर महानगरपालिकाको कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


काठमाण्डौ बैशाख १२ गतेरातो तारा डट कम,नेपाल सरकारको गृह मन्त्रालयले १ नम्वर प्रदेशको राजधानी बिराटनगरमा केन्द्रिय सुरक्षाा, प्रादेशिक (गृहमन्त्री मुख्य सचिव) जिल्लाहरुको सुरक्षाका ३ नै अंङ्ग-सेना, शस्त्र, जनपथ प्रहरीका प्रमुखहरु, प्रदेश र जिल्लाका प्रशासन प्रमुखहरुलाई भेला गराएर हिजोर आज दुइृ दिने सुरक्षा गोष्ठीको आयोजना गरेकोछ 

गोष्ठीका प्रमुख अतिथि तथा गृहमन्त्री रामबहादुर थापा बादलले पत्रकारहरु संग कुरा गर्दै,सरकारले एक वर्षको समिक्षा गर्दै आउने वर्ष बिकास समृद्घिको वर्ष घोषणा गरेर छिमेकीहरु,लगाएत अन्तराष्ट्रिय संम्बन्धमा सुधार भएकोछ भने अहिले बिपत व्यवस्थापनमा सरकार चनाखो रहेकोले कम क्षतिभएका जस्ता कुराहरु बताउनु भयो ।

हालै देशमा भएको लागानी सम्मेलनले बिकासमा सहयोग पुग्ने बताउनु हुदै,यही बैशाख १६ बाट बजेट अधिबेशन हुने भएकाले देशको बिकास निमार्णलाई छलफलले जोड दिने छ भने आगामी ५ वर्षमा दोवर बिकास गर्ने, बिधुत एक हजार मेगावर्ड उत्पादर्ने सरकारको उदेश्य रहेको बताउनु भयो ।

पत्रकारहरु संगको कुरा कानीमा नेकपाको एकतालाई टुङ्ग्याएको, यसरी काम गर्दा अहिले भएका पाटी भित्रका असन्तुष्टी बिस्तारै मिल्दैजाने भन्दै,सुरक्षालाई ध्यान दिनु पर्ने भएकाले यो गोष्ठी आयोजना भएको हो,यसले कानुन कार्यन्वयनको बाटो लिन सहयोग पुग्ने , अपराधिक गतिबिधिमा लागेका र गर्ने हरुलाई पनि बर्ता बाटै मुलधारमा ल्याउने अपराध नियान्त्रण गरिने बताउनु भयो । 



काठमाण्डौ बैशाख १२ गते । रातो तारा डट कम,राम्रो काम गरेका सामुदायिक विद्यालयको अभ्यास र अनुभवलाई विस्तार गर्ने र त्यसै आधारमा सुधारका न्यूनतम खाका निर्माण गर्ने उद्धेश्य सहित सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी राष्ट्रिय भक्तपुरको बोडेमा दुई दिने सम्मेलन सुरु भएको छ । 

विभिन्न जिल्लाका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि सहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भक्तपुरको बोडेमा दुई दिने सम्मेलन सुरु भएको हो ।  सम्मेलनको उद्घाटन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले राजनीतिको महत्व रहेको तर शिक्षामा दलीय राजनीतिको अन्त्य आवश्यक भएको बताउनुभयो । 

सम्मेलनमा, सहभागी विद्यालयले गरेका असल अभ्यास र त्यसले भएको सुधारका बारेमा छलफल हुने  र त्यसबाट अन्य विद्यालयलाइ सिकाइ हुने मन्त्री पोखरेलले विश्वास व्यक्त गर्नुभयो । संघीय संसद अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तिले शिक्षाको गुणस्तर र शिक्षालाई जीवन व्यवहारमा प्रयोग गर्न तर्फ सम्मेलन केन्द्रीत हुने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले शिक्षा सुधारका लागि सरोकारवाला पक्षको प्रतिवद्धताको खाँचो औल्याउँदै सम्मेलनलाई औपचारिक मात्रै भन्दा पनि त्यसका निष्कर्षलाई व्यापक वहस गरी लागू गर्न सुझाव दिनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले शिक्षा र रोजगारी निर्माणमा तादम्यताको खाँचो रहेकाले त्यस तर्फ ध्यान दिने गरी शैक्षिक क्रियाकलाप सञ्चालनको खाँचो औल्याउनुभयो । 

शिक्षा सचिव खगराज बराल तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सम्मेलनको आवश्यकता र उद्धेश्य बारे चर्चा गर्नुभएको थियो । भक्तपुरको बोडेमा जारी सम्मेलनमा विभिन्न ५ विषय क्षेत्र निर्धारण गरिएको छ । सोही विषय क्षेत्रका आधारमा विद्यालयका तर्फबाट हुने प्रस्तुतीलाई विषय विज्ञ र शिक्षा मन्त्रालयका सहसचिव सहित कर्मचारीको टोली मिलेर निचोड निकाल्ने मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

सम्मेलनको पहिलो दिन भएको प्रस्तुतीको आधारमा दोस्रो दिन हुने समूह छलफल पछि टोलीले निचोड सहित दस्तावेजलाई अन्तिम रुप दिनेछ । जसका आधारमा बोडे घोषणा पत्र जारी गर्ने कार्यसूची रहेको अर्यालले बताउनुभयो ।



काठमाण्डौ बैशाख १२ गते । रातो तारा डट कम, थाइल्याण्डमा जारी एसीसी १६ वर्ष मुनिको पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेकोछ ।

भएको खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । थाइल्याण्डको चियाङमाईमा नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको मलेसियाले ३३ ओभर २ बलमा अलआउट हुँदै १ सय २ रन बनायो  ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो । जितसंगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ । योसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।



MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.