Websoft University
May 2018


श्याम राई÷उदयपुर-गाईघाट, जेष्ठ१७ गते । रातो तारा डट कम,उदयपुरको लिम्चुङबुङग गाउपालिका वडा न. २ ताम्लिछामा विहीबार साँझा चट्याङ्ग लागेर ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर रुपमा घाईते भएका छन् ।

घरको दलानमा बसिरहेको अवस्थामा ६३ वर्षिय धनप्रताप राई, कृष्ण वहादुर भुजेलकी ८ वर्षिया छोरी विष्णुमाया भुजेल र खडु भुजेलका ११ वर्षिय छोरा कौशल भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

चट्याङ्ग लागेर खडुकै ६ वर्षिय छोरा रिजक गम्भिर रुपमा घाईते भएकोले उपचारको लागि गाईघाटतर्फ ल्याउँदै गरेको एस.पी. नवराज भट्टले बताए ।

साँझा पख पानी परेसँगै परेको चट्याङ्ग लागेर घरको दलानमा बसिरहेको बेला उनीहरुको घटनास्थमै मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बराहाले जनाएको छ ।





बिराटनगर जेठ १७ गते । रातो तारा डट कम,

माननीय आर्थिक मामिला तथा योजना मन्त्री            इन्द्रबहादुरआङ्बोले प्रदेश नं १ को प्रदेश सभा समक्ष प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७५ का सिद्धान्त र प्राथमिकता
माननीय सभामुख महोदय,
१.नेपालको संविधान कार्यन्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र संघको निर्वाचन पश्चात सङ्घीय गणतन्त्र नेपालको प्रदेश नं. १ को प्रदेश सभाका दुइतिहाइ सदस्यहरुको समर्थनमा गठन भएको साथै राष्ट्र निर्माणको महत्वपूर्ण संवाहकको रुपमा रहेको बर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले यस गरिमामय सदन समक्ष विनियोजन विधेयक, २०७५ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न पाउँदा गर्वको महशुस गरेको छु ।

२. नेपालको ऐतिहासिक राजनीतिक परिवर्तन पश्चात जनताको इच्छा आकांक्षाको आफ्नै विशेषता अनुसारको विकास मार्फत सम्बोधन गर्न बनेका तीन तहका सरकारहरु मध्ये राष्ट्र विकासको मेरुदण्डको रुपमा भूमिका खेल्न सक्ने यस प्रदेश सरकारको दीर्घकालीन उद्देश्य 'समृदद प्रदेश, सुखी प्रदेशवासी' रहेको छ ।

३. प्रदेश सरकार नेपालको इतिहासमा नै पहिलोपटक गठन भै संचालनमा आएको छ । तसर्थ एकातिर आवश्यक नीति, कानून तथा कानूनी एवं संस्थागत संरचनाको अभावका कारण राजस्वका श्रोतहरुको प्रभावकारी उपयोग हुन नसकिरहेको र सङ्घीय सरकारबाट सिमित अनुदानमात्र प्राप्त हुने सम्भावना रहेको अवस्था छ भने अर्कोतिर जनताको यस सरकार प्रति आशा एवं आकांक्षा चुलिंदै गएको छ । यस्तो अवस्थामा सम्भाव्य श्रोतहरुको प्रभावकारी संकलन, उपलब्ध श्रोतको दक्षतापूर्ण बाँडफाँड तथा प्रभावकारी उपयोग धेरैनै चुनौतिपूर्ण रहेको छ ।

४.यो प्रदेश सम्भावनै सम्भावनाले युक्त्त, यथेष्ट प्राकृतिक श्रोत एवं अन्तर्राष्ट्रिय बजारमा समेत सहजै पहुँच भएको र नेपालको कृषि उपजको कुल निकासीको ठुलो हिस्सामा योगदान पुरयाईरहेको प्रदेश हो । नेपालमा भएको युगान्तकारी परिवर्तनका मार्फत स्थापना भएको नयाँ प्रदेश सरकार भएको कारण यस सरकारलाई सहयोग गरि विकासमा सहभागी हुन बिभिन्न क्षेत्रका नागरिक, व्यवसायी, लगानीकर्ता र अन्य संघ संस्था समेत उत्साहित भएका छन् । यसबाट प्रदेश सरकार प्रदेशलाई समृद्ध बनाई जनतालाई सुखी बनाउन उत्साहित भएको छ ।
माननीय सभामुख महोदय,
५.विनियोजन विधेयक, २०७५ को सिद्धान्त तथा प्राथमिकता तय गर्दा नेपालको संबिधान २०७२ मा ब्यवस्था भएको मौलिक हकहरू, दिगो विकास लक्ष्यले इंगित गरेका सूचकहरु, निर्वाचन मार्फत जनअनुमोदित वामपक्षीय चुनावी घोषणापत्र, सङ्घीय सरकार द्वारा प्रस्तुत गरिएको विनियोजन विधेयक, २०७५ का सिद्धान्त तथा प्राथमिकता, प्रदेश सरकारले गठन भए पश्चात ल्याएको मार्गचित्र र यस प्रदेशको चालु आर्थिक वर्षको बजेटले अघि सारेका कार्यक्रम हरुलाई आधारको रुपमा लिएको छु ।
सभामुख महोदय,
अब म विनियोजन विधेयक, २०७५ का सिद्धान्तहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
६.लोकतन्त्रमा जनतानै विकासका संवाहक हुने तथा सङ्घीय गणतन्त्र नेपालमा जनमुखी आर्थिक तथा सामाजिक विकासको रुपान्तरण अपरिहार्य भएकोले विकासको प्रत्येक गतिविधि जनताको दैलो सम्म स्वस्फूर्त पुर्याउने साथै हरेक समयमा जनता सँग सरकार रहने सिद्धान्तको परिपालना गरिनेछ ।


७.यस प्रदेशमा रहेका जनतालाई उद्यमशील भई आफ्नो श्रीजनशिलता, देश तथा विदेशमा प्राप्त गरेको ज्ञान, सीप, क्षमता र पुँजीको उपयोग गरी प्रदेशको आर्थिक विकासमा सहभागी हुने अवसर सिर्जना गरिनेछ । उपलब्ध साधन, श्रोत र अवसरहरुको अधिकतम उपयोग गर्दै यस प्रदेशमा निरपेक्ष गरिवीको रेखामुनि रहेका जनताको आर्थिकस्तर उकास्न यथेस्ट श्रोत परिचालन गर्ने सिद्धान्तको अवलम्बन गरिनेछ।

८.कुल ग्राह्यस्थ उत्पादनमा कृषि तथा गैर कृषि दुवै क्षेत्रको योगदानको प्रवर्धन गर्ने उद्देश्यका साथ श्रोतको परिचालन गर्ने साथै उत्पादनका प्रत्येक क्षेत्रको उत्पति देखि जनताको घरदैलोसम्मको चक्रको पूर्णताकालागि आवश्यक कडीमा सरकारको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने सिद्धान्त अवलम्बन गरिनेछ ।

९.समाजवाद उन्मुख अर्थतन्त्र तथा लोककल्याणकारी राज्यको विकासमा टेवा पुर्याउन प्रदेशको आर्थिक विकासमा आवस्यकता र औचित्यको आधारमा निजीक्षेत्र र सहकारीसंग प्रभावकारी सहकार्य गर्ने सिद्धान्तको परिपालना गरिनेछ । सङ्घीय सरकार सँग समन्वय गरि वैदेशिक लगानी तथा सहयोगलाई प्रदेश सरकारको प्राथमिकताको क्षेत्रमा परिचालन गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले प्रदेश सरकार सँग सहमति लिई प्रदेश सरकारको प्राथमिकताको क्षेत्रमा सहयोगी हुने गरि मात्र आफ्नो कार्य संचालन गर्न पाउने व्यवस्था गरी सरकारनै विकास र समृद्धिको प्रमुख बाहक हुने सिद्धान्तको परिपालना गरिने
छ । सामाजिक सूरक्षालाई वितरणमुखी होइन राष्ट्रिय पुंजी निर्माणको माध्यम बनाइनेछ ।

१०. संबिधान तथा ऐन अनुसार प्रदेश सरकारलाई प्राप्त अधिकार तथा जिम्मेवारीको संघीय एवं स्थानीय सरकार सँग समन्वय गरि क्रमशः कार्यन्वयन गर्ने र स्थानीय तहलाई साथमा लिई प्रदेशको प्राथमिकताको क्षेत्रको विकास गर्ने साथै प्रदेश स्तरका आयोजनाहरुमा बजेट विनियोजन गर्ने सिद्धान्त अपनाईने छ ।

११.प्रदेश सरकारको राजस्व अभिवृद्धिका क्षेत्रमा प्रत्यक्ष योगदान पुर्याउने क्षेत्रको विकासका लागि प्राथमिकता साथ श्रोत उपलब्ध गराउने सिद्धान्त अवलम्बन गरिनेछ । प्रदेशको आन्तरिक श्रोतको प्रभावकारी परिचालन गर्न सक्षम राजस्व प्रशासनकालागि कानूनी एवं संस्थागत संरचना निर्माण गरी राजस्व अभिवृद्धि गर्नकालागी राजस्वको दायरा विस्तारमा जोड दिंदै राजस्व चुहावट नियन्त्रण गरिनेछ र संकलित राजस्वको उचित प्रयोगको सुनिश्चितता गरिनेछ ।

१२.  प्रदेश सरकारको लागि आवश्यक संस्थागत एवम भौतिक संरचना विकासमा जोड दिइनेछ । आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्न प्रदेश सरकारको मातहत आवश्यकता अनुसार सकेसम्म मितव्ययी हुनेगरी विभिन्न संस्थागत संरचनाको विकास गरिनेछ । सुनियोजित शहरीकरणको  सिद्धान्त अबलम्बन गरिनेछ । शहरी क्षेत्रको भौतिक विकासकालागि प्रत्यक्ष अनुदानका अतिरिक्त चक्रीय कोष मार्फत श्रोत जुटाइने छ । 

१३.जलवायु परिवर्तन लगायत अन्य प्राकृतिक प्रकोपका कारण हुने क्षतिको न्यूनीकरण तर्फ उन्मुख भई वनको उचित संरक्षण गर्न जोड दिइनेछ । नदि नालाको अवैज्ञानिक तथा अनियन्त्रित दोहन रोक्न आवश्यक कानूनी एवम् संरचनागत ब्यवस्था गरिनेछ । साथै प्राकृतिक प्रकोपको कारण हुने क्षतिको असर परेका पिडितको उद्धारमा प्राथमिकता दिइने
छ ।

१४.  प्रदेश स्तरीय आधिकारिक तथ्यांकको संकलन, प्रसोधन, नियमित अध्यावधिक गर्दै तथ्यांकमा आधारित योजना तर्जुमाको सिद्धान्त अवलम्बन गरिनेछ । भू-उपयोग नीतिको प्रभावकारी कार्यन्वयनमा जोड दिइनेछ ।

१५.  विभेदमा पारिएका वर्ग, क्षेत्र, लिंग, जाति एवम् समुदायको विकासका लागि विशेष कार्यक्रम संचालन गर्ने ब्यवस्था गरिनेछ ।

१६.  उच्च शिक्षालाई गुणस्तरीय एवम् व्यवस्थित बनाउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने साथै मानव संशाधन विकासमा प्राविधिक शिक्षाको योगदानको सिद्धान्त अवलम्बन गरिनेछ ।

१७.आर्थिक तथा सामाजिक विकासको आधार तयार गर्न सरकारी खर्च तथा सेवा प्रवाहमा भ्रस्टाचारको शून्य शहनशिलताको सिद्धान्तलाई अंगिकार गर्दै आवश्यक पूर्वाधार निर्माणमा जोड दिइनेछ । उर्जा विकासलाई प्रदेश विकासको आधारको रुपमा लिई प्रमुख रुपमा जलविद्युत क्षेत्रको विकास गरिनेछ । वित्तीय सू-शासन कायम गर्नकालागी हरेक निर्णयमा पारदर्शिता कायम गरिनेछ । कार्य विवरणमा आधारित छरितो दरबन्दी तथा सङ्गठन संरचनाहरु निर्माण गरी जिम्मेवारी र जवाफदेहिता प्रवर्धन गरी सू-शासनको सिद्धान्तको परिपालना गरिनेछ ।

सभामुख महोदय,
अव म विनियोजन विधेयक, २०७५ का प्राथमिकताहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१८.प्रदेशमा रहेको न्यून रोजगारी एवम् छद्म वेरोजगारिको समस्याको समाधान गर्दै प्रदेशका जनताहरुले सामना गरिरहेको चरम गरिवी अन्त्य गरी आर्थिक समृद्धी हाँसिल गर्ने तर्फ बजेट उन्मुख रहने साथै अति गरिव जनतालाई राहत पुर्याउने दृष्टिकोणलाई व्यवहारमा रुपान्तरण गर्नकालागी देहायका क्षेत्रलाई प्राथिमिकतामा राखी वजेट विनियोजन गरिनेछ ।

१९.कृषि क्षेत्रलाई प्रदेशको प्रमुख उत्पादन क्षेत्रको रुपमा विकास गरिनेछ । खाध्यान्न उत्पादनबाट यो प्रदेशको आर्थिक विकासमा योगदान पुग्नसक्ने प्रसस्त आधारहरु रहेकाले प्रदेशका प्रमुख खाध्यान्न बालीहरुको उत्पादन र प्रसोधन लगायत अन्डा, माछा-मासु तथा दुधमा आत्मनिर्भर हुने र आयात प्रतिस्थापन एवम् व्यवसायिक बालीहरुको उत्पादन र प्रसोधन गरि निर्यात प्रवर्द्धनमा जोड दिइनेछ । कृषिजन्य उत्पादनको बजार व्यवस्थाकालागि थोक कृषि उपजकेन्द्रको व्यवस्था गरिनेछ । साथै कृषिको व्यवसायीकरण तथा औद्योगिकीकरणको माध्यमबाट प्रदेशको आर्थिक विकासमा योगदान पुरयाउन आवश्यक तयारी गरिनेछ ।

२०.प्रदेश भित्र रहेको कृषियोग्य भूमिमा सिंचाई सुविधा उपलब्ध गराउन, आधुनिक मल बिउ लगायत कृषि उपकरणको ब्यवस्था गर्न प्राथमिकता दिइनेछ । 'खोलामथिको गरा संधै हराभरा' भन्ने अभियानका साथ पहाडमा लिफ्ट सिंचाई तथा तराईमा भूमिगत सिंचाई र पहाडमा डीप बोरिंग गर्ने साथै बहुउद्देश्यीय योजना कार्यन्वयनलाई प्राथमिकतामा राखिनेछ । जैविक एवम् वनस्पतिक बिषादीहरु र प्रांगारिक मल उत्पादन गर्न चाहने ब्यवसायीहरुलाई प्रोत्साहन गरिनेछ ।

२१.हाल विद्यमान जमिनको अति खण्डिकरण तथा ठुलोमात्राको जमिन बाँझो राख्ने प्रवृत्तिका कारण कृषिको उत्पादन घटिरहेको तथ्यलाई विचार गर्दै बाँझो जमिनको उपयोगकालागि जमिनको चक्लाबन्दी साथै सहकारी एवम संस्थागत खेति प्रणालीलाई प्रोत्साहित गर्न प्राथमिकता दिइने
छ । निजीक्षेत्र आकर्षित नभएका क्षेत्रमा सहकारी र सरकारी लगानीमा कृषिजन्य उत्पादन, प्रसोधन तथा बजारीकरण गरिनेछ । जमिन सम्बन्धि समस्या सम्बोधन गर्न कानून बनाई उच्चस्तरीय आयोग गठन गरी कार्यन्वयनमा ल्याइनेछ । उच्च स्तरीय समिती मार्फत भू-उपयोग नीति बनाई कार्यान्वयनमा ल्याईनेछ । साथै कृषिमा अनुसन्धान र विकासलाई सहजीकरण गर्दै कृषिजन्य उत्पादनको बजारमा पहुँचको सुनिश्चिततालागि आवश्यक व्यवस्था गरिनेछ । सहकारी क्षेत्रको रणनीतिक योजना बनाउन र कार्यन्वयन गर्न प्रादेशिक सहकारी रजिस्ट्रेशन तथा नियमन निर्देशनालय गठन गरिनेछ ।

२२.प्रदेशभित्र रहेका पर्यटकीय स्थलहरुको पहिचान, विकास र प्रवर्धन गर्नकालागी प्रदेश स्तरीय संरचना बनाई धार्मिक, प्राकृतिक सौन्दर्य, सांस्कृतिक एवम साहसिक पर्यटन, कृषि पर्यटन,स्वास्थ्य पर्यटन तथा पर्या पर्यटनको विकास गर्न प्राथमिकता दिइनेछ । प्रदेश स्तरीय खुल्ला प्राणी उद्यानको स्थापना गर्न क्षेत्र पहिचान गरि पूर्वाधार विकासकालागि पहल गरिनेछ ।

२३.  प्रदेशमा पर्यटकहरुको आगमन बढाउनका लागि अभियानको रुपमा आन्तरिक, छिमेकी देश र अन्तर्राष्ट्रिय पर्यटकहरु लाई लक्षित गरि पर्यटन वर्षको आयोजना गर्न प्राथमिकता दिइनेछ । यस प्रदेशको बिशेष बिशेषतालाई प्रवर्धन गर्दै महाभारत सर्किटको विकासमा पहल गरिनेछ । खेल पर्यटनको विकास गर्न हाई अल्टिच्युड स्टेडियमको सम्भाव्यता अध्यन गारिनेछ ।

२४. उर्जा क्षेत्रको विकासमा सहजीकरण र लगानी गर्नकालागि प्रदेश सरकारको समेत लगानीमा सार्वजनिक निजि साझेदारीमा प्रदेश स्तरीय संरचना निर्माण गरि उर्जा उत्पादन तथा वितरणको कार्य गरि उद्योग, कलकारखानालाई पर्याप्त विद्युत उपलब्ध गराउनुका साथै सम्पूर्ण जनताको विद्युतमा पंहुच पुर्याउन प्राथमिकता दिइनेछ । यसमा जल विद्युत तथा  सौर्य उर्जाको उपयोग लाई प्राथमिकता दिइनेछ ।

२५. प्रदेशभित्र रहेका मुख्य मुख्य सडकलाई प्रदेश गौरवका आयोजनाको रुपमा लिएर प्राथमिकताका साथ बजेट विनियोजन गरिनेछ । स्थानीय तहको केन्द्रसम्म पुग्ने सडकहरुको निर्माण एवम् स्तरोन्नतिलाई प्राथमिकता साथ अगाडि बढाइनेछ । जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखी हरेक घरमा स्वच्छ पिउने पानी पुर्याउने लक्षका साथ् बजेट विनियोजन गरिनेछ ।

२६. प्रदेश भित्रको यातायातलाई सहज र सुविधायुक्त बनाउन रेल तथा केवल कारको सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ साथै जल यातायातको विकासमा प्राथमिकता दिइनेछ । प्रदेशमा फिल्म सिटी बनाउन सम्भाव्यता अध्ययन गरिनेछ ।

२७. प्रदेश सरकार एवम् यसका निकायहरु संचालनकालागि आवश्यक भौतिक संरचना निर्माणमा प्राथमिकता दिइनेछ । सुनियोजित शहरीकरणको अवधारणा अनुसार प्रदेश भित्र रहेका महानगरपालिका, उपमहानगरपालिका एवम् नगरपालिकाहरुलाई सम्भाव्यताका आधारमा सूचना प्रविधियुक्त शहरको रुपमा विकास  गरिनेछ । बृहत विराटनगरको अवधारणा अनुसार चक्रपथ, मोनोरेल जस्ता आवश्यक पूर्वाधारहरुको विकासको  सम्भाव्यता अध्ययनलाई प्राथमिकता दिइनेछ ।

२८.प्रदेशका ठुला र महत्वपूर्ण नदि, ताल तथा सिमसार र जलाधार क्षेत्रको संरक्षणकालागि एकीकृत जलाधार संरक्षण कार्यक्रम संचालन गरिनेछ साथै सङ्घीय सरकार एवम् दात्री निकायको सहयोगमा नदि नियन्त्रण  कार्यलाई अगाडि बढाइने छ । प्राकृतिक बिपद्मा परेका जनताको उद्धार तथा उनीहरुलाई द्रुतगतिमा राहत उपलब्ध गराउनकालागि आवस्यक व्यवस्था गर्न जोड दिइनेछ ।

२९.विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने बैज्ञानिकका अनुसन्धान तथा विकासको कौसललाई प्रोत्साहन र कदर गर्न प्रादेशिक आविष्कार कोषको स्थापना गरिनेछ ।

३०.  सङ्घीय सरकार सँगको सहकार्यमा प्रदेश भित्र विशेष आर्थिक क्षेत्र स्थापनाको गरिनेछ । सार्वजनिक निजी साझेदारीको रुपमा प्रदेश भित्र नयाँ औद्योगिक कोरिडोरको पहिचान तथा व्यवस्थापन गरिनेछ ।

३१.  सबै वालवालिकाहरुको विद्यालय सम्म पहुँच बढाउन अध्ययनलाई प्रश्रय दिने कार्यक्रम, मातृभाषामा शिक्षा र प्राविधिक शिक्षालयको स्थापनालाई प्राथमिकता दिइनेछ । प्रादेशिक विश्वविधालयको स्थापना साथै प्रदेशमा प्रविधिक तथा कृषि विश्वविद्यालय स्थापनाको तयारी गरिनेछ । उच्च शिक्षा प्रदान गरीरहेका संस्थाहरुको भौतिक विकासमा सहयोग गरिनेछ । जनतालाई बिशिष्ट स्वास्थ्य सेवा पुरयाउन प्राथमिकताका साथ् कार्य गरिनेछ । खेलकुदको विकासमा प्रदेशको पहिचान बनाउन आवश्यक पहल गरिनेछ । महिला, वालवालिका, अपांग तथा पिछडिएका जाति र वर्गको उत्थान तथा सुरक्षाकालागि मातृशिशु पोषण तथा बाल स्वास्थ्य लगायत विशेष कार्यक्रम ल्याइनेछ ।

३२.  सरकारको तर्फबाट प्रदेशमा शिक्षण अस्पतालको स्थापना गर्न अध्ययन गरिनेछ । प्रदेश भित्रका सरकारी अस्पताल सुदृधिकरण, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मिको दिगोपना, निजी अस्पतालहरुको गुणस्तर सुधारका कार्यक्रहरु ल्याइनेछ । आधारभूत स्वास्थ्य सेवामा सम्पूर्ण जनताको पहुँच सुनिश्चित गर्दै सरुवारोग नियन्त्रण कार्यक्रमहरुलाई प्रभावकारी बनाइने
छ ।

३३.  राष्ट्रिय अर्थतन्त्रमा वन क्षेत्रको प्रभावकारी योगदानका लागि प्रदेश भित्रको वनको बैज्ञानिक व्यवस्थापनबाट एक पालिका एक फर्निचर उध्यम, एक वन एक उध्यम संचालन गर्न सार्वजनिक निजि क्षेत्रलाई परिचालन गरिनेछ । खाली रहेका सार्वजनिक र पर्ति जग्गाहरु तथा खेति नगरिएका निजी जग्गाहरुमा वृक्षारोपण गरि कृषि वन प्रवर्द्धन गर्न तराई मधेश हरियाली वन कार्यक्रम संचालन गरि वन क्षेत्रबाट टाढा रहेका समुदायमा वन पैदावरको पहुँच बढाइनेछ ।

३४.  समाजवाद उन्मुख अर्थतन्त्रमा प्रस्थानकालागि राष्ट्रिय पुँजी निर्माणमा योगदान गर्नकालागी पुंजी सिर्जना गर्न जोड दिइनेछ । श्रीजनशिलता र ज्ञान कुनै व्यक्तिमा सिमित नहुने सिद्धान्तलाई आत्मसात गर्दै प्रदेशका हरेक सृजनशील व्यक्तिले विकासमा सहभागिता जनाउने वातावरण बनाइनेछ । युवाहरुलाई रोजगारीकालागी विदेसिनुपर्ने वाध्यात्मक अवस्थाको अन्त्यकालागि विशेष कार्यक्रम ल्याइनेछ । यस्ता कार्यक्रमकालागि श्रोत व्यवस्था गर्न वित्तीय क्षेत्रको व्यवस्थापन गरिनेछ । गैर आवाशीय नेपालीलाई प्रदेशमा लगानी गरी प्रदेशको आर्थिक विकासमा सहभागी गराउन जोड दिईनेछ ।

३५.  संबिधान कार्यन्वयनका शिलशिलामा यस प्रदेश अन्तर्गत बन्नुपर्ने कानूनहरु निर्माण गरिनेछ । प्रदेश लोकसेवा आयोगको स्थापना गरिनेछ । मानव अधिकारको संरक्षण तथा सम्बर्धन, कानूनको शासन, पारदर्शीता, जवाफदेहिता, भ्रस्टाचारमा शुन्य सहनशीलता, अनावश्यक खर्च कटौती र मितव्ययिता तर्फ विशेष जोड दिई ई-गभर्नेन्सको माध्यमबाट सू-शासन कायम गरिनेछ ।

३६.सार्वजनिक यातायातलाई प्राथमिकता दिइनेछ । बन्द हडताललाई निरुत्साहित गरिनेछ, हरेक क्षेत्रमा सिण्डिकेट तथा कार्टेलिङ्गलाई निरुत्साहित गरि उपभोक्ता मैत्री वातावरण निर्माण गरिनेछ । सूरक्षा निकायलाई श्रोत, प्रविधियुक्त र जिम्मेवार बनाई  जनतामा शान्ति र सूरक्षाको प्रत्याभूति गर्न प्राथमिकता दिइनेछ । सार्वजनिक प्रशासनलाई स्वच्छ र सक्षम वनाइनेछ । प्रदेशको योजना निर्माणमा आवश्यक तहगत तथ्यांकको संकलन र प्रशोधन गर्ने कामलाई प्राथमिकता दिइनेछ ।

३७.प्रदेशमा रहेका बिभिन्न धर्म, संस्कृतीको संरक्षण र सम्बर्धनमा जोड दिइनेछ । सङ्घीय सरकारको प्राथिमिकतामा परेका कार्यक्रमहरुको कार्यन्वयन गर्न सहयोगात्मक भूमिका निर्वाह गरिनेछ । प्रस्तुत् सिद्धान्त र प्राथमिकतामा यस सभाका माननीय सदस्यज्यु हरुबाट रचनात्मक सुझाव प्राप्त हुने आशा गर्दछु । धन्यवाद ।


काठमान्डाैै,जेष्ठ १७ गते । रातो तारा डट कम,
नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित भै सकेकी मोडल सञ्चिा शाही र याम तमुको अभिनयमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा याम तमु , आकास रोदन विसी र सुनिता लामिछानेको संयुक्त  लोकदोहोरी गीत ”मर्नु पर्या छ “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

 नेपाली लोकदोहोरीको बजार संकुचित बन्दै गएको अवस्थामा गायक आकाश रोदन विसी  र गायिका सुनिता लामिछानेको सुमधुर आवाजमा रहेको गीत बजारमा आएको हो ।

आफनो मायालुले दिएको चोटका कारण बाध्य भएर पनि जिवन जिउनको लागी सधर्ष गरेको छ । आकाश रोदन विसीको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको बास्तविक लोकगीतमा जिवनमा बाध्यताबाट विछोडिदा पनि आफनी प्रेमिका माझँमा दुखको अवस्था आएको बताएका छन ।

सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन  । बविता श्रेष्ठले निर्देशन गरेको भिडियोमा सञ्चिता शाही र याम तमु को सर्वोकृष्ट अभिनय रहेको छ । 
हेर्नुहोस भिडियो 


मोरङ, जेठ  १७ गते । रातो तारा डट कम,
विराटनगर–१०, मेनरोडमा अवस्थित कान्तिपुर मा.वि.ले आज विश्व धुम्रपान रहित दिवसको अवसर पारेर सचेतनामूलक ¥याली आयोजना गरेको छ ।

कक्षा ५ देखि कक्षा १० सम्मका २५० विद्यार्थीहरु सहभागी भएको उक्त ¥याली कान्पिुर मा.वि. बाट सुरु भई ट्राफिक चौक, जलजला मोड, हस्पिटल चौक हुदै प्रदशसभा कार्यालय पुगेर सकिएको थियो ।

उक्त कार्यक्रम सुरु हुनु पूर्व विद्यालयका स–प्राचार्य देविलाल महतोले धुम्रपान र यसको असर साथै न्यूनिकरणका लागि चाल्नु पर्ने कदम बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।

साथै स–प्राचार्य महतोले विद्यालयले सामाजिक विकृति विरुद्ध पुनः यस्ता खाले कार्यक्रम सञ्चालनमा ल्याइने बताउनु भयो । ¥यालीको उद्घाटन विद्यालयका सञ्चालक प्रोफेसर डाक्टर तेजनारायण मण्डलबाट शुभकामना सहित सुरु भएको थियो । ¥यालीमा सञ्चालक शंकर काफ्ले, भुवन नेपाल, हिमाल वराल लगायत सम्पूर्ण शिक्षक तथा कर्मचारीको पनि सहभागिता रहेको थियो ।

काठमाडौ, जेठ १७ गते । रातो तारा डट कम,
चितवन, गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताउनुभएको छ ।

नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई आज चितवनको सौराहामा सम्बोधन गर्दै उहाँले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गर्नु
भयो ।

“भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन्, तिनीहरुको स्टिङ अपरेशन गर्नु जरुरी छ, चाहे अड्डाअदालतमा हुन् अथवा विभिन्न संघ संस्था या विभिन्न व्यावसायिक क्षेत्रका हुन्” गृहमन्त्री थापाले भन्नुभयो ।

लागुऔषध कारोबारी, राजश्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पुँजिपति, राष्ट्र विरोधीको फोटो सार्वजनिक गर्न जरुरी रहेको भन्दै उहाँले फोटो पत्रकारलाई ध्यानाकर्षण गराउनुभयो ।

देशको विकासका लागि यो एउटा आन्दोलन भएको भन्दै उहाँले श्रम नै नगरी कालो अर्थतन्त्र भित्र्याउने पुँजीपति विरुद्ध क्रियाशील हुन उहाँले पत्रकारलाई आग्रह गर्नुभयो ।

विकास विरोधी ठेकेदारको फोटो सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै उहाँले राम्रा काम गर्ने ठेकेदारलाई भने अगाडि बढाउनु जरुरी रहेको औंल्याउनुभयो । नेपालको विकासमा मुख्य बाधक भनेको सामन्तवादी होइन, तस्कर, सिण्डिकेटवाला, दलाल भ्रष्टाचारी नै भएको गृहमन्त्री थापाले ठोकुवा गर्नुभयो । उहाँले तिनीहरुको फोटो खलनायकको रुपमा र विकास विरोधीको रुपमा अगाडि ल्याउनु जरुरी रहेको जिकिर गर्नुभयो ।

पत्रकारिता देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्नेमा गृहमन्त्री थापाको जोड थियो । पत्रकारसँग सहकार्य गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार समृद्धिको बाधक हुने उल्लेख गर्नुभयो । पत्रकारले आर्थिक विकासतर्फ ध्यान दिनुपर्ने भन्दै पाण्डेले लोकतन्त्र आइसकेकाले कसैले पनि पत्रकारको अधिकार खोस्न नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका निमित्त फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । समृद्धिको योजना बनाइरहँदा सरकारले मिडियाको भूमिकाको विषयमा समेत नीतिगत निर्णय गर्न जरुरी रहेको पोखरेलको भनाइ थियो ।

महासंघका उपाध्यक्ष दिलीप थापा मगरले फोटो खिच्न जाँदा राज्यले रोक लगाउने गरेको प्रसंग कोट्याउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
भेलाले आजै फोटो पत्रकारको विषयमा सौराहा घोषणापत्र सार्वजनिक गर्ने महासंघका कोषाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिनुभयो । महासंघको ५२ जिल्ला शाखामध्ये भेलामा अधिकांश शाखाका फोटो पत्रकार र प्रतिनिधि सहभागी छन् ।


काठमाडौ, जेठ १७ गते । रातो तारा डट कम, तनहुँ,दमोैली भानु नगरपालिका–३, तुरतुरेस्थित मस्र्याङ्दी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारीसाधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग १ क २६४८ नंको एक्साभेटर र लु १ त १७०८ नंको ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र ओसारपोसार गरिरहेको अवस्थामा ती सवारीसाधन फेला परेकाले नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको हो प्रनाउ मल्लले भन्नुभयो ।
एक सातायता जिल्ला प्रहरी कार्यालय, तनहुँले मस्र्याङ्दी, सेती, मादीलगायतका नदीबाट नियन्त्रणमा लिएका डेढ दर्जन सवारीसाधन कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ ।



रोशन पोखरेल , काठमान्डाै जेष्ठ १७ गते । रातो तारा डट कम,
गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ”सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेना मा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्री को आवाज रहेको गीत “आउन तिमी ” युट्युवबाट सार्वजनिक गरिएको गीतलाई अधिक मात्रामा  दर्शक तथा स्रोताले माया गरेका छन । 

शिशिर श्रेष्ठको निर्देशनमा तयार भिडियोमा भिमफेदी गाइज र एलिसा राईको अभिनय रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचिएका हुन्  भने गीतको शब्द तथा संगीत तथा एरेन्ज गणेश चौधरीले गरेका छन र मिक्सिङ एवम मास्टरिङ  प्रकाश केसी ले गरेका छन । अमृत चापागाईले भिडियोलाई सम्पादन गरेका छन  ।




काठमान्डाैै, जेष्ठ १७ गते । रातो तारा डट कम,
नेपाली साङ्गेतिक क्षेत्रमा जिवनका भोगाईका तिता अनुभवलाई समेटेर बजारमा मौलिक लोक लयमा आधारित गीत बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहको छ । सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा सुशिला सुनार राईको लोकदोहोरी गीत ”मलाई छोडी“  गीतमा गायक नविन विरही श्रेष्ठ र शुशिला सुनार राईको आवाज रहेको छ । 

विछोडको बेदनालाई भावनात्मक रुपमा समेटिएको गीतमा आफनी प्रेमिकालाई बाध्यताले छोड्नु परेको कुरा उल्लेख गरेका छन ।गीतमा नविन विरही श्रेष्ठको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको छ   । गीतको भिडियोलाई  अरुन कुमार सुनारले छायाँकन गरेका छन ।

 “मलाई छोडि” भिडियोमा आशा खड्का र विकाश श्रेष्ठको अभिनय रहेको
छ । गीतको भिडियोलाई प्रेम कुमार थारुले  सम्पादन गरेका छन । मौलिक पनलाई सार्थक हुने किसिमबाट भिडियोलाई सन्तोष पौडेल ले निर्देशन गरेका छन ।  
हेर्नुहोस भिडियो 


काठमाण्डौं,जेठ १७ गते । रातो तारा डट कम, वीरगञ्ज बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको हिउँदे मकै शीतलहरका कारण परागशेचन हुन नसक्दा यसवर्ष करीब ५० प्रतिशतले मकै उत्पादनमा कमी आएको छ ।

जिल्लामा यसवर्ष १३ हजार ५९५ हेक्टरमा हिउँदे मकैखेती गरेकामा ५३ हजार २० दशमलव ५ मेट्रिक टन उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो ।

 किसानले गतवर्ष १३ हजार ५९५ हेक्टरमा ८४ हजार २८९ मेट्रिक टन मकै उत्पादन भएको थियो । यसवर्ष गतवर्षको तुलनामा ३१ हजार २६९ मेट्रिक टन कम मकै उत्पादन भएको छ ।

मकैको घोगामा दाना नलाग्दा जिल्लामा १२ हजारभन्दा बढी किसान मारमा परेका छन् । क्षतिपूर्ति उपलब्ध गराउन केन्द्रमा पत्राचार गरिएको कार्यालयका सूचना अधिकारी राजवंशीप्रसाद चौरसियाले बताउनुभयो ।


चितवन, जेठ  १७ गते । रातो तारा डट कम, गृहमन्त्री रामबहादुर थापाले विकास निर्माणमा प्रतिपक्ष हुन नहुने बताउनु भएको छ । विघठित प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशका सबै राजनीतिक दल समृद्धिका लागि मूल प्रवाहमा आउनुपर्ने विचार व्यक्त गर्नु
भयो ।

उहाँले दुई ठूला पार्टी एक भइसकेपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको नारा विकास, समृद्धि, सुशासन र स्थायित्व भएको भन्दै उहाँले हिजो सार्वजनिक बजेटमा ती कुरा उल्लेख भएको दाबी गर्नुभयो ।

विकास निर्माण क्षेत्रमा हुने ढिलासुस्ति नियन्त्रण गरिने भन्दै उहाँले ढिलाइका कारण पहिचान गरी आवश्यक कारबाही गरिने बताउनुभयो । गृह मन्त्रालयले निर्माणको क्षेत्रमा हस्तक्षेप गर्न मिल्छ भन्ने एक प्रश्नमा उहाँले भन्नुभयो, “गृह मन्त्रालयको काम नै कानून उल्लंघन गर्नेलाई कानूनी कठघरामा ल्याउने हो ।”

नारायणगढ–मुग्लिन सडकको आज पाँचौँ पटक थपिएको मिति सकिएको विषयमा छानबिन गरेर आवश्यक कारबाही गरिने उहाँले बताउनुभयो ।

अर्काे एक प्रश्नमा उहाँले विद्रोह गरिरहेका केही शक्तिहरुलाई राजनीतिक रुपमा हल गर्ने र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रयासमा सरकार रहेको उल्लेख गर्नुभयो । अब देश विकास र समृद्धितर्फ लागिसकेकाले देशलाई बिखण्डन गर्न चाहने कुनै पनि शक्तिलाई कानूनी रुपमा कारबाही गरिने गृहमन्त्रीले बताउनुभयो ।

काठमाडौ,जेठ,१६ गते । रातो तारा डट कम,
महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक (सई) विरेन्द्र एडी वृत्त महाराजगञ्जको क्षेत्रमा घुस लिदैं गर्दा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले एडीलाई २४ हजार रुपैयाँ घुससहित मंगलबार रिचमन्ड रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो। सई एडीले सोही रेष्टुरेन्टबाट घुस लिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार २०६३ मा असईबाट प्रहरी सेवा प्रवेश गरेका एडी दरबारमार्ग अघि काठमाडौंका विभिन्न वृत्त र प्रभागमा कार्यरत थिए। करिब ११ वर्ष लामो कार्यकालमा दर्जनौं पटक आन्तरिक कारवाहीमा परे पनि उनको सरुवा काठमाडौं बाहिर लामो समयका लागि भएको थिएन।

केही समय ट्राफिकमा समेत बसेका एडीले काठमाडौंमा आफू कार्यरत पूर्व वृत्तहरूका क्षेत्रमा रहेका रेष्टुरेन्ट, बालुवा खानी र रात्रिकालीन व्यवसायीसँग मासिक रकम असुल्दै आएका थिए। उनको व्यवहारबाट पीडित व्यवसायीले आयोगमा उजुरी दिएपछि मंगलबार उनी रंगेहात पक्राउ परेका हुन्।
(अनलाइन बाट)


काठमाडौँ, जेठ १६ गते । रातो तारा डट कम, सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहको सन्दर्भलाई जोडेर विदेशमन्त्री शुषमा स्वराजले दिएको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ ।

आफ्नो अभिव्यक्तिबारे खेद प्रकट गर्दै भारतका विदेशमन्त्रीले क्षमायाचना गरेको जानकारी नेपाल सरकारलाई प्राप्त भएको जनाउँदै परराष्ट्र मन्त्रालयले उक्त विषयमा आम नेपाली जनताले चासो व्यक्त गरेकामा हार्दिक आभार व्यक्त गरेकोछ ।


काठमाडौँ, जेठ १६ गते । रातो तारा डट कम, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बजेट राष्ट्र र जनताका पक्षमा रहेको बताउनुभएको छ ।

संघीय संसद्को बैठकपछि हिजो पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो बजेटमा हुने छलफलमा पूर्ण प्रतिक्रिया प्राप्त हुने उल्लेख गर्नुभयो 

काठमाडौँ,जेठ १६ गते । रातो तारा डट कम, नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभन्दा कम डिजेल विक्रि वितरण गर्ने ‘न्यू बगलामुखी आयल स्टोर’लाई शिलबन्दी गरेको छ । विभागको टोलीले हिजो डिजेल वितरण पम्पको नाप मापदण्डभन्दा कम भेटिएकाले सानो भ¥याङमा रहेको उक्त आयल स्टोरलाई शिलबन्दी गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बंगलामुखी आयल स्टोर सानो भ¥याङ, मकालु आयल स्टोर कलंकी र हामा आयल स्टोर स्वयम्भूमा गरिएको अनुगमनमा दुईवटा आयल स्टोर मापदण्डभित्र रहेको र बंगलामुखी आयल स्टोरलाई शिलबन्दी गरिएको बताउनुभयो । यसैगरी विभागले मंगलबार उपत्यकाका दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको थियो । 


काठमाडौँ, जेठ १६ गते । रातो तारा डट कम, मुख गुलियो पार्ने चक्लेट अब सर्वसाधारणका लागि तीतो हुने भएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट, अत्तर (पफ्र्युम), खेलौना तथा रेफ्रिजेरेटरको अन्तःशुल्क वृद्धिको घोषणासँगै मूल्यवृद्धि हुने भएको हो ।

त्यसैगरी एक हजार सी. सी. भन्दा माथिका चारपांग्रे सवारी साधन र १५० सी. सी. भन्दा माथिका क्षमताका मोटरसाइकलमा पनि अन्तःशुल्क वृद्धि हुने भएको छ । सरकारले आजैदेखि लागू हुनेगरी चुरोट उत्पादन र पैठारीमा प्रति खिल्ली २५ पैसाका दरले स्वास्थ्य जोखिम कर पनि लगाउने भएको छ ।

विदेशबाट फर्किएका नेपाली यात्रीले आफ्नो साथमा ल्याएको १०० ग्राम काँचो सुन महसुल तिरी पैठारी गर्न सकिने व्यवस्था बजेटले गरेको छ । शिक्षा क्षेत्रले मगाउने एउटा गाडीमा पुरै कर छुट दिने
र शिक्षा र स्वास्थ्यामा लगाईएको कर पनि खारेज गरेकोछ ।


काठमाडौ जेष्ठ १५ गते । रातो तारा डट कम,
सफलता म्युजिक प्रालीको प्रस्तुतिमा खेम कार्किको लोकदोहोरी  ” गैरी पयाँैँ ताल ” गीतको भिडियो बजारमा आएको छ  । 

नेपाली लोक सस्कृतिलाई विकाश गरेर मुलुकमा रहेको सास्कृतिक सम्पदालाई जर्गेना गर्नुपर्छ भन्ने अभिप्रायले गीत तयार पारिएको कार्किले बताए ।  गायक खेम कार्कि र गायिका पुर्णकला विसी र सविना कार्किको गीतमा आवाज रहेको छ । विशुद्ध नेपाली लोक लयमा रहेर खेम कार्किले गीत लेखेका छन भने उनैले संगीत पनि गरेका छन । 

अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई अधिनायकमान सेरचनले सम्पादन गरेका छन ।  गीतको म्युुजिक भिडियोलाई सरोज रोशन भटटराईले निर्देशन गरेका हुन । ”गैरी पयौँ ताल ” गीतमा प्रदिप ज्ञवाली र अमृता लामाकको अभिनय देख्न सकिन्छ ।
हेनुहोस भिडियो सहित 



गाईघाट,जेठ १५ गते । रातो तारा डट कम,
सशस्त्र द्धन्द्धको बेला बिद्रोही माओदाबीले बम बिष्फोट गराएर ध्वस्त बनाएको उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीस्थित स्वास्थ्य चौकी भबन पुननिर्माण नहुदा खण्डहर रुपमा परिणत बनेको छ ।

एसियाली बिकास बैकको आर्थिक सहयोगमा १ करोड ५० लाख रुपैया खर्चेर बनाएको आधुनिक प्रबिधिको उक्त स्वास्थ्य चौकी भबनमा माओबादीको सशस्त्र समुहले २०६० साल असोज ६ गते दिउसो ३ बजे बम बिष्फोट गराएर ध्वस्त बनाएकोे थियो ।

बम बिष्फोटबाट ढुंगाको गाह्रोले बनेको दुईवटा पक्की भवन ध्वस्त हुनूको साथै कार्यालयमा  रहेको स्टील फर्निचर औषधी र खोप लगायतका सामाग्री नष्ट भएका थिए । माओबादीले उक्त भवनमा नेपाली सेनाको क्याम्प बस्ने आसंकामा ध्वस्त बनाएको थियो । अग्लो स्थानमा रहेको गढीमा केही हप्तादेखि सेनाले तीब्र रुपमा गतिबिध बढाए पछि माओबादीले सेना बस्ने आशंका थियो ।

द्धन्द कालमा उदयपुर दर्जनौ प्रहरी चौकी बनको भबन माओबादीले ध्वस्त बनाएको थियो । माओबादीले ध्वस्त बनाएको सबै जसो सरकारी भबन पुननिर्माण भएपनि गढीस्थित स्वास्थ्य चौकी भवनको यतिका बर्ष भईसक्दा  पनि पुन निर्माण हुन सकेको छैन ।

उदपयपुरको बिकट पहाडी  भेगमा बनेको सरकारी भवनमध्ये गढीको स्वास्थ्य चौकी भवन निकै आकर्षक र महङगो लागतमा बनेको थियो । तर उक्त भबनलाई पुननिर्माण गर्ने तर्फ सरकारी निकायले कुनै चासो नराखेको उदयपुरगढी गाउँपालिका समाजसेवी सुवाष खतिवडाले बताए ।
उनले सरकारी  बेवास्ताको कारण ध्वस्त बनेको स्वास्थ्य चौकीको पुःननिर्माण हुन नसकेको बताए ।

 माओबादीले स्वास्थ्य चौकी भवनमा गरेको बम बिष्फोटका घटनाले त्यसबेला  लगतै  सर्बत्र चर्चा पाएको थियो । उक्त घटना लगतै भोलीपल्ट राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष सहितका टोलीले स्थलगत निरीक्षण समेत गरेका थिए । घटना सबैतिर निन्दा हुन थाले पछि माओबाादीले आफुले भूलबस गल्ती गरेकाो स्वीकार गरेको थियो ।

स्वास्थ्य चौकीले त्यसबेला भबन बाहेक झण्डै ५० लाख बराबरको औषधी ,फर्निचर र खोप सामाग्री जलेर नष्ट भएको आयोग समक्ष अबगत गराएको थियाो ।
मुलुकमा राजतन्त्रको अन्तपछि गणतन्त्र स्थापनापछि उक्त भवनलाई प्रहरीले चौकी बनाएर बसेको थियो । तर २०७२ सालको भुकम्पपछि प्रहरी चौकी त्यहाबाट हटेर अन्यत्र सरेपछि उक्त भवन प्रयोेग बिहीन बन्न पुगेको थियो ।

हामीले भबन नभएर जेहेन तेहन बस्ने ब्यबस्था मिलाएर केही बर्ष चौकी राखेका थियौ । तत्कालीन चौकी इन्चार्ज असई ईन्द्र श्रेष्ठले भने– “ आधा भन्दा बढी चर्किएको भबनमा कुनै बिकल्प नभएर बस्न बाध्य थियौ । तर भूकम्पले फेरि भबनलाई केही क्षति पुर्याएपछि  ठाउँ नै छाडेर हिड्नु पर्यो ” उनले भने । प्रहरी हिडेपछि उक्त भबन खण्डहर बनेको असई असई श्रेष्ठले बताए ।

यसरी भएको थियो माओबादी आक्रमण
खोप कार्यक्रम चलिरहेको बेला दिउसो ३ बजे १ सयभन्दा बढी माओबादी कार्यकर्ताहरुले स्वास्थ्य चौकी भबनलाई घेरा हाले । खोप लगाउन आएका स्थानीय माओबादीले घेरा हालेको देखेर भागाभाग गर्नथाले । त्यस घटनाको प्रत्यक्षदर्शी पुष्प  गुराँगाईले माआबादीले सबै कर्मचारीलाई बाहिर निकालेर एकै पटक भबन भित्र बम हान्न थालको बताए । बमको आबाजले जमीन कााप्न थाल्यो ।

 स्थानीयहरुमा कोलाहल फैलन थाल्यो । वरीपरी बस्तीका मान्छेहरु घरभित्र लुक्न थाले । एकै छिनमा गढीको अबस्था भयाबह बन्न पुग्यो । माओबादीले ध्वस्त बनेको भबनभित्र पसि त्यहा रहेको स्टील फर्निचर खोप सामाग्री र औषधीमा पेट्रोल छर्किएर सबै नष्ट  बनाए । तत्कालीन स्वास्थ्य चौकीका इन्चार्ज भूपनारायण चौधरीले भने ।
सबै नष्ट गरिसकेपछि माओबादीहरु नारा लगाउदै उत्तरतर्फ लागे । त्यस घटनाले पुरै गाउ धेरै समयसम्म  आतंकीत बनि रह्रयो । स्वाास्थ्यका कर्मचारी सबै भागेर सदरमुकाम आएको जनस्वास्थ्य कार्यालय उदयपुरको पूर्व कर्मचारी धनिक लाल यादबले भने । उक्त घटनाको केही हप्ताापछि सेनाले मेजरको कमाण्डमा गढीमा बेस क्याम्प राख्यो । सेनाको उपस्थितीपछि बिस्ताारै गढीको अबस्था सामान्य बन्दै गयो ।


काठमाडौ जेठ १५ गते । रातो तारा डट कम,
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर नेपालीले लडेर स्थापना गरेको जीवन पद्धति भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने भन्दै सुशासन र विकास आजको प्राथमिकता भएको बताए ।  त्यसका लागि आज असान्दर्भिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने उनले बताए ।

गणतन्त्रलाई संस्थागत गर्न, संविधानलाई कार्यान्वन गर्न र लोकतन्त्रलाई सुदृढ गर्न तीनवटै तहको निर्वाचन सम्पन्न गरिसकेको उल्लेख गर्दै केन्द्रमा प्रगतिशिल, देशभक्त र जनपक्षीय सरकार र सातै प्रदेश तथा ७५३ स्थानीय तहमा जननिर्वाचित सरकार क्रियाशिल रहेको उल्लेख गरे ।

‘सुशासन र विकासको प्रतिबद्धता सहित संसदबाट सर्वसम्मतीले सरकारको नीति तथा कार्यक्रम पारित भएको
छ । यसबाट राष्ट्रिय आकांक्षाको परिपूर्तिको दिशामा अघि बढ्न, राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति हामीलाई भएको छ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले गणतन्त्र नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ भएको बताए । दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु उनले भने।

प्रधानमन्त्रीले गणतन्त्र दिवस जनताको दिवस र आम नेपालीको दिवस भएको बताए । ‘गणतन्त्र दिवस, जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो । एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन हो,’ उनले भने ।

काठमाण्डौं,जेठ १५ गते । रातो तारा डट कम,
विराटगर–११ मा रहेको सगरमाथा सेकेण्डरी बोर्डिक स्कुलले, यो वर्ष स्कुलमा भर्ना भएका नयाँ विद्यार्थीलाई १४ गते जेठको सोमबार एक कार्यक्रमको आयोजना गरी भव्य स्वागत गरेको छ ।

स्कुलले शैक्षिक सत्र २०७५ का लागि भर्ना हुन आएका ३ सय ५० जना विद्यार्थीलाई स्वागत गरेको हो उनीहरुलाई स्कुलमा अध्ययनरत विद्यार्थीहरुले  विभिन्न सास्कृतक कार्यक्रमको आयोजना गरी मनोरञ्जन दिएका थिए । कार्यक्रको सभातित्व स्कुलका प्रिन्सिपल विनोद अधिकारीले गरेका थिए । कार्यक्रमको उदघाटन स्कुल व्यवस्थापन समितिका अध्यक्ष बासुदेव न्योपानेले गरेका दिए ।

कर्यक्रममा स्कुलका अभिभावक तथा युवा अभियानकर्ता बसन्त अधिकारीले विद्यालयले छोटो समयमा प्राप्त गरेको उपलव्धि, देश व्यापि रुपमा चर्चा भएको र स्कुल अभिभावक मैत्री, शिक्षक मैत्री र विद्यार्थी मैत्री रहेको चर्चा गरे । साथै संगितकार साम संगम राउतले पनि गित गाएर मनोरञ्जन दिएका थिए ।


इलाम, जेठ १५ गते । रातो तारा डट कम, सालकको खबटासहित दुईजनालाई प्रहरीले देउमाई नगरपालिकाको मंगलबारे बजारबाट पक्राउ गरी सोमबार सार्वजनिकगरेकोछ।

पक्राउ पर्नेमा देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे रहेका छन् ।

मंगलबारेबाट इलामतर्फ आइरहेको मे ९ प २९०९ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल सवारको झोलाबाट प्रहरीले आइतबार दुर्लभ सालकको खपटा बरामद गरेको थियो ।

उनीहरूको साथबाट ४.२ किलोग्राम सालकको खपटा बरामद गरेको जिप्रका इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उनीहरूमाथि प्रहरीले अनुसन्धान थालेको छ । 


काठमाडौँ, जेठ १५ गते । रातो तारा डट कम,
गृहमन्त्री रामबहादुर थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको एकाधिकार अब चाँडो अन्त्य हुने बताउनुभएको छ ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा हिजो विद्यार्थीसँगको भेटघाटमा उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा आम नागरिकको सहज पहुँच पु¥याउन तथा यससंग सम्बन्धीत व्यवसायमा संलग्न माफियालाई कारबाही गरी एकाधिकारको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि सरकारले यातायात क्षेत्रको एकाधिकार अन्त्य गरी कम्पनीमा दर्ता गर्नुपर्ने नियम कार्यान्वयन गरेको थियो ।

पुनःगठित अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी नेतृत्वको प्रतिनिधिमण्डलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन माग गर्दै आज ध्यानाकर्षण गराएपछि मन्त्री थापाले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।


काठमाण्डौ, जेठ १५ गते । रातो तारा डट कम, चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ । यही जेठ ६ गते काठमाडौँबाट शुरु भएको नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट केरुङसम्मको अध्ययन पूरा गरेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो ।

“काठमाडौँबाट शुरु भएको अध्ययन केरुङसम्म पुगेर फर्किएका छौँ ।” विभागका सूचना अधिकारीसमेत रहनुभएका उपाध्यायले भन्नुभयो, “प्राविधिक टोलीले एक साताको अवधिमा पूर्वसम्भाव्यता अध्ययन पूरा गरेको छ ।”

उहाँका अनुसार विभागका महानिर्देशक अनन्त आचार्यको नेतृत्वमा रहेको टोलीले चीनबाट नेपालमा ल्याउने रेलमार्गको सम्भाव्यता अध्ययनका क्रममा काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता के हुन्छ भनेर अब प्रतिवेदन निर्माण गर्नेछ ।

“आगामी असोजसम्म केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन चिनियाँ पक्षले बुझाउने तयारी भएकाले अहिलेको पूर्वसम्भाव्यता अध्ययनलाई महत्वका साथ लिइएको छ”, उपाध्यायले भन्नुभयो ।

गएको वैशाख दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीसहितको उच्चस्तरीय सरकारी अधिकारी टोली रेलमार्ग निर्माणसम्बन्धी अध्ययन गर्न चीन पुगेको थियो । त्यस समयमा भएको सहमतिअनुसार चिनियाँ प्राविधिक टोलीले जेठ पहिलो साता नेपालमा आएर स्थलगत अध्ययन गरेको हो ।

यसअघि चिनियाँ रेल प्रशासनको उच्चस्तरीय टोलीले केरुङ–काठमाडौँं र काठमाडौंँ–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यताको अध्ययन गरेको थियो । त्यो अध्ययनमा केरुङबाट रसुवागढी–त्रिशूली–काठमाडाँैसम्म रेल सञ्चालन सहज रहेको संकेत दिएको थियो । काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जाने र अर्को लुम्बिनी लैजाने रेलमार्गको विस्तार गर्न भने ‘केही कठिनाइ’ देखाएको थियो ।

नेपाल सरकारले गत सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गर्ने विषय समावेश गरेकाले यहाँ चिनियाँ रेल भित्रने संकेतका आधार बलियो बनेको छ ।


काठमाडौ जेठ १५ गते । रातो तारा डट कम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ ।

नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले १४ गते बिहान गरेको अनुगमनमा कैफियत गर्ने ती पेट्रोलपम्ममा ‘सिल’ गरिएको हो ।

अनुगमनमा परेका एकान्तकुनाको प्रशान्ति आइल डिस्टिब्युटर र चापागाउँ दोबाटोको महालक्ष्मी विश्वकर्मा आयल सेन्टरले ठग्दै आएको भेटिएको सन्तोष विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशान्तिले प्रति दश लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति दश लिटरमा ४० एमएल पेट्रोल कम दिँदै आएको थियो ।

दुई पम्पमा सिल गरिएको छ भने अन्य तीन पेट्रोल पम्पमा सामान्य कमजोरी देखिएकाले ती पम्प सञ्चालकलाई सचेत गराएर आवश्यक प्राविधिक एवं व्यवस्थापकीय सुधार गर्ने निर्देशन गरिएको
छ । मन्त्रालयले उपभोक्ताको हितमा अनुगमनलाई निरन्तरता दिने र आगामी दिनमा यस कार्यक्रमलाई अन्य क्षेत्रमा विस्तार गरिने जनाएको छ ।

बिराटनगर,जेठ १४ गते । रातो तारा डट कम,नेपाल सरकारको उधोग वाणिज्य तथा आपुर्ति मन्त्रालय उधोग बिभाग काठमाण्डौंले बिराटनगरमा आज औधोगिक,सम्पति तथा उधोग बिभागबकाट प्राप्त हुने सेवा शुबिधा बिषयक अन्तरकृया कार्याक्रमको आयोजना गरेको थियो ।

कार्याक्रमका प्रमुख अतिथि १ नम्वर प्रदेशका उधोग वाणिज्य मन्त्री श्रीमाननीय जगदिश प्रसाद कुसियतले कार्याक्रम उदघाटन गर्दै,उधोगमा सेवा सुबिधा भन्दा पनि उधोग जमिन को पनि कर तिर्नु पर्ने उधोगको छुटै उत्पादनको छुटै गर्दा एउटै प्रक्रियाको तेस्रो पटक सम्म कर तिर्दै जानु पर्ने व्यावसायीहरुको पिडा क मगर्न अव प्रदेश सरकार बनिसकेकाले समन्वय गरेर सहयोग गर्न तयार रहेको बताउनु भएकोछ ।

अन्तरकृया कार्याक्रम सहभागि करिव ६५ उधोग व्यावसायी व्यापारी पत्रकार समेतलाई उधोग बिभागका महा निर्देशक डण्डपाणि भुसालले उधोग बिभागबा प्राप्त हुने सेवा सुबिधा दण्ड सजाय त्यसबाट हुने फाईदा बेफाईदाका बारेमा जानकारी गराउनु भएका थियो ।

त्यसैगरी उधोग बिभागका निर्देशक दुर्गा प्रसाद भुसालले उधोग बिभागमा दर्ता हुने मजौला साना ठुला र बिदेशी लगानी बा उधोगहरुको दर्ता गर्ने र ऐनले तोके बंमोजिमको सुबिधाहरु उपलब्द गराउदै जाने कामहरु गर्नै जानकारी गराउनु भयो ।

उधोग पर्यटन वातारवरण वन मन्त्रालयका सचिव अहिले संघीय प्रादेसिक र स्थानिय तहको ऐन बन्ने क्रममा रहेकाले उधोगले पाउने सेवा सुबिधाका बारेमा पनि उल्लेख हुने बताउनु भएकोछ । १ नम्वर प्रदेश उधोग वाणिज्या महासंघ का अध्यक्ष राजेन्द्र राउतले सेवा र सुबिधाका वारेमा कुरा उठाउदै टे«डमार्क दिदा बिचार गर्नु पर्ने बताउनु भयो ।

उधोग सगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय मोरङका व्यापार संघका पवन सारडा,नेपाल पत्रकार महासंघ मोरंङका अध्यक्ष बन्धु पोखरेल, पुर्व व्यापार संघका शिव शंकर अग्रवाल,उधोग बिभागबाट पाउने सेवा सुबिधा र उधोगको कार्यालय बिराटनगरमा खोल्ने सम्मका कुराहरु राख्नु भएको थियो ।

कार्याममा पत्रकार अनन्त न्यापाने लगाएतका महानुभावहरुले पनि आफना जिज्ञासाहरु राख्नु भएको थियो ।
यसरी आएका जिज्ञासाहरुलाई बिभागका महानिर्देशक डण्डपाणि भुसालले पालैपालो गरेर जवाफ दिनु भएको थियो ।




बिराटनगर,जेठ १४ गते । रातो तारा डट कम,
रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका २ स्थित बेताैना चाेक नजिकै बस दुर्घटना हुदाँ १४ जना घाइते भएका छन ।

प्रहरीले दिएको जानकारी अनुसार  साेमबार दिउसाे १२ बजे  ना३ख५६३ नम्बरको बसकाे अगाडिको टायर पडकिएर  अनियन्त्रित हुदाँ साे बस दुर्घटनामा परेको जनाइएको छ।

चालक मोरङ कानेपाेखरी गाउँ पालिका ३ घर भएका लिलम भुजेल प्रहरीकाे नियन्त्रणमा राखिएका छन । घाइते भए का १४ जना लाई बिराटनगर चालक काेशी अस्पतालमा उपचारका लागि ल्याइएकोछ ।

१२ महिला १ पुरुष  १ बालक  गरि १४ जान घाइते भएका ईलाका प्रहरी कार्यलय रंगेलीले रातो तारा लाइ जानकारी गराएको छ। (फोटो रगेली अबडेडबाट)


विराटनगर, जेठ १४ गते । रातो तारा डट कम,
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ आजैबाट शुभारम्भ घोषणा गर्नुभएको छ ।

प्रदेश नं १ को सरकारको एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै जिल्लामा एकैसाथ आज यो कार्यक्रम ८ बजे बिहानैदेखि शुभारम्भ भएको बताउनुभएको छ ।

यस प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुले जनताको घरदैलोमा प्रहरी खटाएर सुरक्षित स्थानमा स्टिकर टाँस्ने र परिवारको लगतसमेत संकलन गर्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा शुरु भएको उक्त कार्यक्रमलाई ‘जनतासँग प्रहरी कार्यक्रम’ नामकरण गरिएको छ । सो स्टिकरमा प्रदेश प्रहरी कार्यालयको मोबाइल, टेलिफोन नम्बर, टोल फ्री नम्बर, संघीय इकाइ प्रहरी कार्यालय धरानका साथै जिल्ला प्रहरी कार्यालयका टेलिफोन नम्बर समावेश गरिएको छ ।

‘तपार्इंको सूचना, सबैको सुरक्षा’ मूल नाराका साथ सो स्टिकरमा उल्लेख गरिएका नम्बरमा फोन गरी तपाईंको गाउँघरमा कुनै घटना÷दुर्घटना वा सुरक्षा आवश्यक परेमा तुरुन्त प्रहरीलाई खबर गर्न सकिने भएको छ ।

मुख्यमन्त्री राईले सरकारको पहिलो दायित्व जनतालाई सुरक्षा, सम्मान र सुशासनको प्रत्याुभूति गुराउनु जिम्मेवारी रहेको बताउनुभएको छ ।

प्रदेशलाई सुरक्षित, सुशासित, अपराधमुक्त र भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “प्रदेशको समृद्धिका लागि तीव्र गतिमा विकासका कार्यलाई अघि बढाएर यस प्रदेशलाई नमूना प्रदेश बनाउनुपर्छ ।”

मुख्यमन्त्री राइले स्टिकरको माध्यमबाट प्रहरीसँग जनताको सम्पर्क बढ्ने र आपराधिक घटना पनि कम हुँदै जाने भएकाले यो कार्यक्रम देशभरिमै लागू गराउन व्यापक रुपमा प्रचारप्रसार आवश्यक रहेको जानकारी गराउनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले यो स्टिकरको माध्यमबाट जनताले चाहेको बेलामा प्रहरीसँग सम्पर्क गर्न सक्ने भएकाले अपराधविहीन समाज स्थापनामा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सूचनामूलक स्टिकर टाँस्ने कार्यलाई निरन्तरता दिनुपर्ने र यस कार्यमा स्थानीय तहले सहयोग गर्ने बताउनुभयो ।

प्रहरी नायब महानिरीक्षक केदार रिजालले प्रहरीले उच्च मनोबलका साथ शान्ति सुरक्षाका लागि कार्य गरिरहेको उल्लेख गर्दै जनता–प्रहरी कार्यक्रममार्फत प्रहरी घर घरमा पुगेर कार्यक्रमलाई सफल बनाउन अग्रसर रहने उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, प्रहरी उपरीक्षक मनोजकुमार केसीसहितका वक्ताले कार्यक्रमका विविध पक्षमा चर्चा गर्नुभएको थियोे ।

यसअघि, स्टिकर टाँस्ने कार्यक्रमबारे जनचेतना जगाउन विराटनगरको आदर्श उच्च माविबाट निस्केको ¥यालीमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रजिअ आचार्यलगायत स्थानीय, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारसहितको सहभागिता थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.