Websoft University
April 2017


काठमाडौं, बैशाख १७ गते ।रातो तारा डट कम-
गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको स्रोतले बतायो ।

तर, मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दा पनि आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।

राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे सोधेका थिए ।
त्यसपछि मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी आफूले राजीनामा दिन लागेको जानकारी दिएका थिए ।

प्रधानमन्त्रीले राजीनामा दिनेबारे नसोच्न आग्रह गर्दा आफूले राजीनामा पठाइसकेको निधिले प्रधानमन्त्रीलाई जवाफ दिएका थिए ।
मन्त्री निधिले महाअभियोग प्रस्तावबारे आफूलाई पूर्वजानकारी नदिइएको भन्दै गुनासो गरेका थिए ।


बिराटनगर, बैशाख १७ गते । रातो तारा डट कम-गुगल कम्पनीका सिइओ सुन्दर पिचाईले गत एक वर्षमा कम्पनीबाट २० करोड डलर कमाई गरेका छन् । 

गत सन् २०१६ मा उनले गुगलबाट तलब भत्ता, शेयर आदि गरी २० करोड डलर हात पारेका हुन् । उनको यो कमाई सन् २०१५ को भन्दा दोब्बर 
हो ।

पिचाईले सन् २०१६ मा तलब बापत मात्र ६ लाख ५० हजार डलर हात पारे । यद्यपि यो रकम सन् २०१५ को भन्दा साढे २ हजार डलर कम हो ।

तर उनले सन् २०१६ मा कम्पनीको शेयरबापत १९ करोड ८७ लाख डलर कमाए जुन सन् २०१५ को कमाई भन्दा दोब्बरले बढि हो ।

गुगलका सहसंस्थापक तथा पूर्व सिइओ ल्यारी पेजले अल्फाबेट कम्पनीको मातहतमा नयाँ व्यवसाय वृद्धि गर्नेतर्फ आफ्नो ध्यान केन्दि्रत गरिरहेका छन् ।

पिचाईको नेतृत्वमा गुगलले आफ्ना विज्ञापन तथा यु ट्युबबाट हुने कमाईमा भारी वृद्धि गरिरहेको छ । साथै मेसिन लर्निङ, हार्डवेयर तथा क्लाउड कम्प्युटिङमा पनि उनले लगानी बढाइरहेका छन् ।

गत वर्ष गुगलले नयाँ स्मार्टफोन, भर्चुअल रियालिटी हेडसेट, राउटर र भ्वाइस कन्ट्रोल्ड स्मार्ट स्पिकर बजारमा ल्याएको थियो । जसले गुगललाई मुनाफा दिन सुरु गरिसकेका छन् ।

गुगलको हार्डवेयर तथा क्लाउड सर्भिसबाट प्राप्त हुने राजश्व पछिल्लो त्रैमासिकमा ३ अर्ब १० करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढि हो ।

गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्य पनि यो वर्ष चुलिएको छ । यो हप्ता अल्फाबेट कम्पनीको मूल्य इतिहासमै पहिलो पटक ६ खर्ब डलर पुगेको छ । एजेन्सी


काठमाडौं, बैशाख १७ गते । रातो तारा डट कम-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैशाख ३१ गतेको चुनाव सर्छ भनेर दुबिधामा नपर्न सबैलाई आग्रह गरेका छन् ।

उनले आगामी १९ गते उत्सवको रुपमा उम्मेदवारी दर्ताको वातावरण बनाउन व्यवस्थापिका संसदको आजको बैठक स्थगित गर्नुपरेको जानकारी पनि दिए । उनले उम्मेदवारी दर्ता पछि २१ गते बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्तावबारे छलफल हुने बताए ।

‘१९ गते नोमिनेसनको वातावरण बनोस् भन्नाका लागि २१ गते बैठक राखिएको छ । एउटा उत्सवकै रुपमा नोमिनेसन गराउने अनि ३१ को निर्वाचनको तयारी गर्ने,’ आइतबारको संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बैशाख ३१ गते निर्वाचन हुन्छ । 

अब कुनै खालको कन्फ्युजन तपाईं मिडियाका साथीहरुले पर्न र पार्न जरुरी छैन ।’ सभामुख ओनसरी घर्तीले भने दलहरुलाई सहमतिको वातावरण बनाउनका लागि २१ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको जानकारी दिएकी छन् ।

प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्ताव र उम्मेदवारी दर्ता सँगसँगै अघि बढाउने परिस्थिति बनेको जानकारी दिए ।
३१ गतेको निर्वाचनलाई सम्पन्न गराउने प्राथमिकता दिनुपर्ने परिस्थिति बनेको प्रचण्डले बताए ।

स्थानीय तहको चुनावमा मधेसी मोर्चा पनि सहभागी हुने उनले विश्वास व्यक्त गरे । ‘सबैभन्दा पहिले नोमिनेसन दर्ता गरेर ३१ गतेको निर्वाचनलाई सम्पन्न गराउने प्राथमिकता दिनुपर्ने परिस्थिति बन्यो,’ प्रचण्डले भने, ‘मधेसी मोर्चा पनि यसमा समझदारीमा आउने स्थिति बनेको छ । उहाँहरु आउनुहुन्छ ।


काठमाडौं,वैशाख,१७ गते। रातो तारा डट कम-
संविधान संशोधनको कार्यसूचीमै प्रवेश नगरी व्यवस्थापिका संसद बैठक चार दिन पछाडि धकेलिएको छ । 

अब उम्मेदवारी दर्ता अघि संविधान संशोधनको सम्भावना टरेको छ ।

संसदको आइतवारको बैठक नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै वैशाख २१ गते सम्मका लागि स्थगन भएको हो ।


मोरङ-मिक्लाजुङ, बैशाख १७ गते। रातो तारा डट कम,
मोरङको मिक्लाजुङ गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेद्वार घोषणा तथा चुनावी प्रचारप्रसार उद्घाटन गरेको छ ।

बिहीबार मधुमल्ला बजारमा आयोजित सभामा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं जिल्ला संयोजक कुशल लिम्बूको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा केन्द्रीय आयोजक समिति सदस्य लक्ष्मी पौडेल ‘विवेक’ले मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट प्रेम मिभक लिम्बूको उम्मेद्वारी घोषणा गर्नुभयो ।

सो अवसरमा अध्यक्षका उम्मेद्वार लिम्बूले समृद्ध, विकसित मिक्लाजुङका लागि प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भौगोलिक रूपमा असहजताले मिक्लाजुङको विकासमा समस्या भएको बताउँदै सडक संरचनासँगै विकासले फड्को मार्ने बताउनुभयो ।

स्थानीय सरकारका रूपमा घरघरमा सिंहदरबार आएको बताउँदै उहाँले सडक निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

कृषि, पर्यटनलगायतको सम्भाव्यता रहेको मिक्लाजुङमा मावा खोलादेखि तेलीखोलासम्म कृषि सडक, मधुमल्ला–टाँडीहुँदै मिक्लाजुङसम्मको सडक आफ्नो पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

लिम्बूले मिक्लाजुङमा कलेजस्तरका कुनै पनि क्याम्पस स्थापना नभएकोले कलेज स्थापनाका साथै स्वास्थ्य, सञ्चार, विद्युत विस्तार पनि प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।

मिक्लाजुङको प्रमुख समस्याको रूपमा रहेको बक्राहा–नुनसरी बाढी नियन्त्रणका लागि दीर्घकालिन रूपमा तटबन्ध निर्माण गर्नेसमेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उपाध्यक्ष र दुई वडा सदस्यबाहेक माओवादी केन्द्रले मिक्लाजुङमा ४४ जना उम्मेद्वारको घोषणा गरेको छ ।

जसअनुसार वडा नं. १ अध्यक्षमा उमेश राई, २ मा अमर राई, वडा नं. ३ मा चन्द्रकुमार लिम्बू, ४ मा अर्जुनकुमार तामाङ, ५ मा शंकर बजगाई, ६ मा गंगा भण्डारी, ७ मा मेघनाथ घिमिरे, ८ मा प्रेमबहादुर कुँवर र ९ मा गोपाल नेपाली रहेका छन् ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरूले माओवादीले जनयुद्धमा उठाएको गणतन्त्र, समावेशी, संघीय, धर्मनिरपेक्षता जस्ता मुद्दा संबिधान मार्फत स्थापित भएको र सिंहदरबारको अधिकार गाउँ–गाउँमा आएको बताएका थिए ।



काठमाडौं, वैशाख १६ गते।रातो तारा डट जम-
वैशाख शुक्ल तृतीयाका दिन शनिबार दान, होम, जप,
तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ ।

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षयअर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात भएकाले युगादी तिथिका रुपमा समेत मानिन्छ ।

यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नी र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुनुहुने धार्मिक विश्वास छ ।

यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको वैज्ञानिक महत्व समेत छ । 


काठमाडौं, बैशाख १६ गते। रातो तारा डट कम-उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताएका छन् ।

यो प्रस्तावको खबरले नेपाली जनतामा उत्सुकता जागेकोछ
र भनिरहेका छन? नेता इमानदार भए जनतालाई पुग्छ रे !
यो नेपाली जनताको भनाइ हो।

चीन अध्ययन केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले हालैको चीन भ्रमणमा सिगात्से आइपुगेको चिनियाँ रेललाई केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न प्रस्ताव राख्नु भएको छ । 

हामी चीनको यो अवधारणामा सहभागी भएर लाभ लिन चाहन्छौं ।’चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड अवधारणाअनुसार चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य छ । स्रोत अन्नपूर्ण पोस्टबाट ।



अमृत बास्तोला- तेह्रथुम बैशाख १६ गते । रातो तारा डट कम,
तेह्रथुमको आठराई गाउँपालिका वडा नं. ४ ईवा स्थित रन्दल आधारभूत विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि ४६ लाख ५२ हजार ६ सय २३ रुपैया अक्षयकोष संकलन भएको छ ।

 संकलित अक्षयकोषबाट २८ लाख १० हजार ५ सय ४४ दाताहरुबाट असुलि भएको र बाँकी रकम असुलि हुन बाँकी रहेको शुक्रबार विद्यालयमा आयोजित सार्वजानिक सुनुवाईमा बताइएको छ ।

“गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नारालाई सार्थक बनाउन विद्यालयले गत वर्ष रजत महोत्सव सहित अक्षयकोष अभियान संचालन गरेको थियो।

विद्यालयमा गत माघ २५ गते देखि २९ गते सम्म सम्पन्न भएको रजत महोत्सवमा ५ लाख ५५ हजार ७ सय ७५ रुपैया खर्च भएको प्रधानाध्यापक जयप्रकाश ईङनामले जनाकारी दिनु भयो ।

विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनमा आएपछि विद्यार्थीहरुको आर्कषण बढे संगै यसलाई थप व्यावस्थापन गर्न विद्यालयले अक्षयकोष संकलन सुरुगरे
 थियो ।

 विद्यालयमा कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु भएपछि शैक्षिक शत्रको सुरुवात मै नयाँ विद्यार्थीहरुको संख्या दिनै बढदै गएको प्रधानाध्यापक ईङनामले जनाकारी दिनु भयो ।


अमृत बास्तोला-तेह्रथुम बैशाख,१६ गते । रातो तारा डट कम,
 तेह्रथुमको आठराई गाउँपालिकामा वनमा लागेको आगो बस्तिमा पस्दा २ घर सहित ३ ग्वाली जलेर खरानी भएको छ।

आठराई गाउँपालिका वडा नं. ६ साविक चुहानडाँडा ४ स्थित पाङग्रोटार सामुदायिक वनमा भएकोे आगलगी शुक्रबार दिउँसो बस्तिमा पसेपछि स्थानीय गरुडध्वज कन्दङवाको घर सहित ३ ओटा ग्वाली र भीम कन्दङवाको घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी नायव निरिक्षक कु्लबहादुर खत्रीले जनाकारी दिनु भयो ।

विहिबार दिउँसोबाट सामुदायिक वनमा लागेको आगोबाट भएको क्षतिको पूर्ण विवरण भने आएको छैन् । आगलागीबाट अभैm ८ घरहरु जोखिममा रहेको स्थानीय कालिबहदुर कन्दङवाले जानकारी दिनु भयो ।

आगो निभाउन पाँचथरबाट दम्कल आएपनि सानो सडकका कारण आगलागी क्षेत्रमा दम्कल पुग्न सकेको छैन् । अहिले आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयबासी बाट प्रयास भईरहेको छ ।



विराटनगर, बैशाख१५ गते । रातो तारा डट कम-नेपालबाट तस्करी गरेर भारत कटाउन लागेको अवस्थामा सशस्त्र प्रहरीले विराटनगरबाट ७० किलोग्राम स्याउ बरामद गरेको छ ।

नेपाल–भारत सीमानाको हुलास मेटल नकिजैबाट स्याउ बरामद गरिएको सशस्त्र प्रहरीे जनाएको छ । बरामद गरिएको स्याउ आज आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

स्याउ तस्करीमा संलग्न प्रहरी आएको देखेपछि भागेका थिए । सशस्त्र प्रहरी वल विराटनगर भन्सार राजश्व गुल्मका डीएसपी तीर्थराज थापाले नेपालबाट भारततर्फ स्याउ तस्करी हुने क्रम बढेको सूचनाका आधारमा सीमा क्षेत्रमा उच्च निगरानी बढाउन थालिएको बताउनु भयो ।


बिराटनगर,बैशाख १५ गते । रातो तारा डट कम,दि इम्पल्स कोटा र सन्दिप युनिवर्सिटी महाराष्ट्र भारतको सहयोगमा अन्तराष्ट्रिय मैथिल शिक्षाविद २०१७ को सम्मेलन बिराटनगरमा भोलि हुँने भएकोछ ।

दि इम्पल्स कोटाका नेपाल तर्फका कोडिनेटर पवीण नारायण चौधरीले बिराटनगरमा पत्रकार सम्मेल गरेर दैज मुक्त मैथिली समाज भन्ने नाराका साथ अन्तराष्ट्रीय मैथिली सम्मेलन भोलि हुन गइरहेको जानकारी गराउनु भयो ।

अहिले नेपालमा पनि भारनिय भाषामा पढाईहुने स्कुल कलेज खुलिसकेका हुनाले तिनैलाई लक्षीत गरेर भारतको सन्दिप युनिवर्सिटीले नेपालमा पनि उच्च शिक्षा हासिल गर्नचहाने हरुका लागि यो शिक्षामा यो अवसर दिन लागेको बताउनु
भयो ।

भोलि हुने यस सम्मेलनमा नेपाल र भारतका मैथिल अभियान कर्ता बिद्वान शिक्षा बिध पुर्व प्राध्यापकहरुको समेत सहभागिता रहने बताईएकोछ ।

बिधार्थीहरुले चाहेको बिषयमा पढन पाउने बिषय छान्न पाउने अवसर यहीबाट उपलब्द गराउन लागिएको बताइएकोछ ।



युवराज ठकुरी/सिंहदेवी,मोरङ, बैशाख  १५ गते । रातो तारा
डट कम- मोरङको केराबारी स्रोत केन्द्रमा आबद्ध रहेका विद्यालयहरुका प्रधानाध्यापकहरुको बैशाख महिनाको घुम्ती बैठक केराबारी-२,सिंहदेवीमा रहेको कल्याणकारीमा सम्पन्न भएको छ।

स्रोतकेन्द्र स्तरीय निर्णय अनुसार चैतको दोस्रो मङ्गलबार बुद्ध मावि केराबारी,देवीझोडाबाट सुरु गरिएको बैठक यसपटक कल्याणकारी मावि सिंहदेवीमा गरिएको कल्याणकारी माविका निमित्त प्रअ हेमबहादुर ठकुरीले बताए।
   
शैक्षिक गुणस्तरलाई कसरी नयाँ ढंगले सुधार गर्न सकिन्छ?कुन कुन विद्यालयले कुन तरिकाले विद्यालय सुधारका गतिविधि अगाडि बढाएका छ्न भन्ने कुराको अवलोकन साथै अनुभवको साटासाट गर्ने माध्यम पनि घुम्ती प्रअ बैठकको औचित्य रहेकाले यसमा प्रधानाध्यापकहरुले सक्रिय सहभागीता जनाएको स्रोत व्यक्ती बिन्दु लावतीले बताए।
     
केराबारी स्रोत केन्द्र अन्तर्गतका ३४वट विद्यालयहरु मध्ये केही पहाडी भुभागका विकट वडाहरुमा पनि रहेका छन।विद्यालय सुधारमा सबै पक्षहरु सहभागिता सगै ध्यानाकर्षण होस र केही नमुना विद्यालयहरुको अवलोकनले प्रधानाध्यापकहरुमा नयाँ भिजन सृजना गर्न पनि प्रअ बैठकले महत्वपूर्ण भुमिका खेल्ने मच्छिन्द्र माविका सहायक प्रअ दुर्गाप्रसाद दाहालले बताए।

बैठकमा निवर्तमान विव्यस अध्यक्ष खड्गबहादुर ठकुरी विव्यस अध्यक्ष दिलिपकुमार ठकुरी,स्रोत व्यक्ति बिन्दु लावती लगायत स्रोत केन्द्र विद्यालय भरिका  प्रअहरु,प्रतिनिधि शिक्षकहरुको उपस्थिति रहेको थियो।

अर्को महिनाको घुम्ती प्रअ बैठक जेठ ८गते सोमबार सावित्री मावि याङ्सिलामा हुने निर्णय भएको स्रोत व्यक्ति लावतीले बताए ।



काठमाडौं, बैशाख १५ गते । रातो तारा डट कम-विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी काम नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा अनुगमन थालेको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा केन्द्रीय अनुगमन समितिले मन्त्रालयहरूको कामबारे अनुगमन थालेको हो ।
अनुगमन समितिले बिहीबार सिँचाइ, खानेपानी तथा सरसफाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र कृषि विकास मन्त्रालयको कामबारे अनुगमन गरेको छ।

प्रधानमन्त्री कार्यालयका सचिव तथा अनुगमन समितिका संयोजक टंकमणि शर्माले विकास निर्माणमा ध्यान नदिइएको तथा पुँजीगत खर्च कम भएको विषयमा अनुगमन भएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रालयहरू र मातहतका निकाय तथा परियोजनाले जिम्मेवारीपूर्वक काम नगरेको भन्दै नियमित अनुगमन गर्न प्रधानमन्त्री कार्यालयका सचिव शर्माको संयोजकत्वमा अनुगमन समिति गठन गरेका थिए ।

संयोजक शर्माले प्रधानमन्त्रीको निर्देशनमा मन्त्रालय र मातहतका निकायको कामबारे आक्रामक अनुगमन थालिएको जानकारी दिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय र निकायमा गरेको अध्ययनमा चालू आर्थिक वर्ष ०७३/७४ को नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत मात्रै गरेको पाइएपछि अनुगमन थालिएको हो ।

अनुगमन समितिका संयोजक शर्माले पनि चालू आवको साढे १० खर्ब बजेटमध्ये चैत मसान्तसम्म ४ खर्ब २० अर्ब मात्रै खर्च भएकाले विकास निर्माणमा गम्भीर समस्या रहेको ठहर भएको र अनुगमन पनि तीव्र पारिएको बताए ।

देशभर विकास निर्माणलाई तीव्रता दिन र पुँजीगत खर्च वृद्धि गर्न पनि अनुगमन जरुरी रहेको शर्माको भनाइ छ ।

प्रकाश धौलाकोटी-तेह्रथुम, बैशाख १५ गते । रातो तारा डट कम-गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुुममा एक जनाको मृत्यु भएको छ ।

खोरुंगा खोलामा माछा मार्दै गर्दा विहीबार विहान माथिबाट पल्टाइएको मुढाले लाग्दा मेन्छ्यायेम गाउँपालिका–४, साविक मोराहाङ–६ का ४० वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले बताउनुभयो ।

प्रहरीले गोलिया पल्टाउदै गरेका ७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले स्थानीय सुवास तामाङ, पुष्प तामाङ, टेकबहादुर भुजेल, टिकाराम प्याकुरेल, मानबहादुर भुजेल, विजुलीबहादुर  तामाङ र श्यामबहादुर तामाङलाई पक्राउ गरेको हो ।

मृतक नेपालीको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याइएको छ । गत साता मात्रै गोलियाकालागि ढालेको रुखले किचेर खाम्लालुङमा दुई जनाको ज्यान गएको थियो ।


कोैशल निरोैला-बिराटनगर, बैशाख १५ गते । रातो तारा डट कम-हुण्डाईको पूर्वाञ्चल बिक्रेता रोयल अटो थ्री एस सेन्टरको विराटनगर स्थित एरपोर्ट मोडमा विहिवारबाट शुभारम्भ गरिएको छ।

विराटनगरमा अत्याधुनिक शैलीमा निर्माण गरिएको सेन्टरमार्फत् सेल्स, सर्भिस र स्पेयर पार्टस् गरी थ्री एस सेन्टरका रूपमा सोरुमको स्थापना गरिएको हो ।

प्रति महिना ६ सय गाडीलाई सेवा दिने क्षमताको सेन्टर निर्माण गरिएको सेन्टरका सञ्चालक भीम पौडेलले जानकारी दिए ।

शोरुमको संचालक पौडेल र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठले पूर्वाञ्चल बिक्रेता रोयल अटो थ्री एस सेन्टर र यसले दिने सेवाका वारेमा जानकारी गराएका थिए ।



इलाम, वैशाख, गते । रातो तारा डट कम-चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन् । इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३÷७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन् ।

सूचना केन्द्रका गगन घिमिरेका अनुसार गत आवमा देशमा भूकम्प, मधेस आन्दोलनजस्ता ठूला सङ्कट परेकाले जिल्लामा कम मात्र पर्यटक भित्रिएका थिए ।

जिल्ला भित्रिनेमध्ये ९० प्रतिशत आन्तरिक पर्यटक रहेको र बाँकी १० प्रतिशत मात्र बाह्य पर्यटक रहेको तथ्याङ्क रहेको छ । जिल्ला भित्रिएका मध्ये पनि ४० प्रतिशत पर्यटक इलामका श्रीअन्तु, कन्याम मात्र घुमेर जाने गरेको घिमिरेले जानकारी दिनुभयो ।

इलाम आउनेमध्ये ४० प्रतिशत पर्यटक भ्रमणका लागि र विभिन्न विषयवस्तु अवलोकन गर्न आउने गरेका छन् ।


काठमाडाैं, बैशाख १४ गते । रातो तारा डट कम-
नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ उ डोमिनका झण्डै पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जिएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रुपमा ब्राउज गर्न सकिने जानकारी दिनुभयो । कम्पनीले आफ्ना सेवालाई ग्राहकमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको उल्लेख गर्दै प्रमुख पर्यटकीयस्थल मुगुको रारा ताल क्षेत्रमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ ।

त्यस क्षेत्रमा सेवा प्रदान गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना तथा सञ्चार क्षेत्रमा पहुँच बढ्ने र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।

कम्पनीले यही वैशाखदेखि आफ्नो कार्यालय समयमा ‘फेसबुक’ चलाउन नपाइने व्यवस्था गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

उहाँले आगामी आर्थिक वर्षमा चौथो पुस्ताको इन्टरनेट सेवालाई विस्तार गरिने, पुराना प्रणालीलाई नयाँमा स्थानान्तरण गरिनेजस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो । रासस

ओखलढुंगा, वैशाख १४ गते । रातो तारा डट कम -ओखलढुंगाको एक मात्र सिद्धिचरण नगरपालिकाको मेयरमा तीन ठूला दलले उम्मेद्वार तय गरेका छन् । नेपाली कांग्रेसले महासमिति सदस्य डिल्लीराम खनाललाई मेयरको उम्मेद्वार बनाएको छ भने एमालेले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठलाई अघि सारेको छ ।

माओवादी केन्द्रले भने पूर्व एमाले कार्यकर्ता रुपेश शाक्यलाई अघि सारेको छ । युवा संघका केन्द्रीय सदस्य शाक्य २०७० को संविधानसभा चुनाव ताका माओवादीमा प्रवेश गर्नुभएको थियो ।

उपमेयरमा कांग्रेसले हेमालक्ष्मी राईलाई अघि सारेको छ भने माओवादी केन्द्रले चन्दाकुमारी फुयाँललाई उठाएको छ । एमालेमा भने उपमेयर तय भइसकेको छैन । चर्चामा भने राधा निरौला, निर्मला श्रेष्ठ, पशुपति गुरुङ, इच्छादेवी गुरुङ लगायत रहेका छन् ।

नगरको वडामा एमालेले  दुईवटा बाहेक उम्मेद्वार छनौट गरिसकेको छ । माओवादी केन्द्रले पनि दुई वडामा छनौट गर्न सकेको छैन । कांग्रेसले भने वडाको नाम सार्वजनिक गरेको छैन । गाउँपालिकामा एमालेले खिजी देम्वा र मोलुङमा सहमतिमा अध्यक्ष चयन गरेको छ भने अन्यत्र छलफल भइरहेको जिल्ला सदस्य बलबहादुर परियाले बताउनुभयो ।

माओवादी केन्द्रले चिसंखुगढीमा निशान्त शर्मा, मोलुङमा कुलबहादुर खत्री, लिखुमा अनिल योगी, सुनकोसीमा चम्पा कार्की रहेका छन् । वडा तहमा उम्मेद्वार चयन भइरहेको माओवादी केन्द्रका नेता विनोद सुनुवारले बताउनुभयो । मिति सरेपछि उम्मेद्वार छनौट गर्न दलहरुलाई सहज भएको छ । आकांक्षी धेरै भएपछि एमाले र कांग्रेसमा आन्तरिक रुपमा चर्को विवाद छ ।

बिराटनगर बैशाख १४ गते। रातो तारा डट कम-झापाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट प्रहरीले बुधबार ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा मेची नगरपालिका ६ बस्ने ३८ बर्षिय राजेन्द्र कुमार वली र मोरङ शनिश्चरे नगरपालिका ९ बस्ने २२ बर्षिय कृष्ण गुरुङ रहेका छन्।

 बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ९ सय ५० मिलि ग्राम ब्राउन सुगर फेला पारी बरामद गरेको हो।

 पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको छ।


काठमाडौं, बैशाख १४ गते । रातो तारा डट कम-कृषि विकास मन्त्रालयका कर्मचारी अन्तर्राष्ट्रि गैरसरकारी संस्था (आइएनजिओ) को खर्चमा विदेश भ्रमण गर्ने क्रम बढेको छ ।

 चालू आर्थिक वर्ष ०७३–७४ को चैत मसान्तसम्म ९५ पटक गरी ३ सय २८ कर्मचारी विदेश भ्रमणमा गइसकेका छन् ।
यस अवधिमा २१ भन्दा बढी देशमा कृषिका कर्मचारी पुगेका छन् ।

कृषिका विभिन्न परियोजनामा लगानी गर्न आएका आइएनजिओले सन्तोषजनक खर्च गर्न नसकेपछि कर्मचारीलाई विदेश घुमाएर रिझाउने सजिलो उपाय अपनाएको सरोकारवालाहरु बताउँछन् ।

सरकारले दुई वर्षअघि संयुक्त राष्ट्र संघबाहेकका आइएनजिओको खर्चमा विदेश जान नपाउने नियम बनाए पनि कृषिका कर्मचारीलाई त्यसले छोएको छैन ।  अनलाइन बाट



काठमाडौ, बैशाख १४ गते । रातो तारा डट कम-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व छली गरेको आरोपमा काठमाडौ मालपोत कार्यालयका ६ जना कर्मचारी विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

काठमाडौं टोखा नगरपालिका वडा नं. १२ को जग्गा बिक्री गर्दा कम मूल्यांकन गरी राज्यलाई ठूलो मात्रामा राजस्व छलेको आरोपमा अख्तियारले उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको हो ।

मुद्दा दायर भएका कर्मचारीहरुमा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंका अधिकृत सुरेश भट्टराई, नायव सुब्बा दुर्गाप्रसाद काफले, कम्प्युटर अपरेटर जाएश्वर काफले छन् ।

उनीहरुले आपसी मिलेमतोमा एक वर्गको जग्गालाई अर्को वर्ग कायम गरी गलत श्रेस्ता तयार पारेको अख्तियारको ठहर छ ।
उनीहरुले विभिन्न कित्ता नम्बरका जग्गा नामसारी गर्दा फरक श्रेस्ता कायम गरी पक्की मोटरबाटो भएको जग्गालाई कच्ची मोटरबाटो उल्लेख गरेर कम मूल्याङ्कन गरि ठूलो मात्रामा राजश्व छलेको आरोप छ ।

यस्तै अख्तियारले मालपोत कार्यालयकै अधिकृत शालीग्राम रेग्मी र नायव सुब्बा पार्वती रमण खनाल विरुद्ध पनि सजायसहित कैदको दावी गरेको छ ।

अख्तियारले टोखा नगरपालिका वडा नं. १२ का तत्कालिन वडा सचिव मधु सुदन मिश्रलाई समेत गलत लिखत तयार गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम आरोप पत्र दर्ता गरेको छ ।


कौशल निरौला-बिराटनगर बैशाख १३ गते । रातो तारा डट कम-‘मातृदेवो भवःपितृदेवो भवःआचार्यदेवो भवः’
 शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई विषेश महत्व दिएको स्पष्ट हुन्छ ।

नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन बुधवार आमाको मुख हेरिएको
छ । हिन्दु र वौद्ध धर्ममा मानिसहरुले विषेश गरी यो पर्व मनाउने गरेका छन् ।  जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिएको छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी मनाइएको छ ।

 मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको छ । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ पनि छ ।

द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो ।

कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माता यहाँ आउँछौँ भनेपछि त्यसैबेलादेखि यो चलन चल्न थालेको किंवदन्दीहरु पनि भेटिएका छन् ।


सुस्मिता पोखरेल- विराटनगर, बैशाख १३ गते । रातो तारा डट कम-नेपाली सांगितिक क्षेत्रमा दिन प्रतिदिन मात्रामा नव कलाकारको प्रवेश भै रहेको अवस्थामा पूर्वी मोफसलको  सहर विराटनगरका सुमन निरौला अभिनय यात्राका साथ नेपाली मोडलिङ यात्रामा लागी परेका छन ।

ओखलडुङगा जन्म भै हाल विराटनगर वस्दै आएका उनी विगतको समयमा लामो समय देखी पूर्वी क्षेत्रको मिडिया छायाँकारको रुपमा परिचित हालै मात्र स्वर्ग जस्तो गित  गित माफर्त अभिनय क्षेत्रमा उनी आएका छन ।

उनको आगामी दिनमा नै आउदै गरेको गितको उनको सशक्त्त अभिनय देख्न सकिन्छ । पूर्वी नेपालको विभिन्न क्षेत्रमा छायाँकन गरिएको भिडियो चाडै शद्धा डिजिटल मार्फत आउने तयारी मा रहेको कलाकार सुमनले जानकारी दिए।

युवा को सिर्जनशिल विचार र सकारात्मक रुपमा अगाडि बढेको खण्डमा कलाकारिता क्षेत्रमा अगाडि बढन सकिने उनले जानकरी दिए । आगामी दिनमा पनि अझ अगाडि
बढ्ने सोच उनमा रहेको छ ।


 बिराटनगर बैशाख १३ गते । रातो तारा डट कम-इटहरी उपमहानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि दलहरुले घरदैलो अभियान कार्यक्रम सुरु गरेका छन्।

तराईको मुख्य सहरसमेत मानिएको इटहरी उपमहनगरमा अहिले गर्मीको जति चाप बढेको छ। त्यति नै राजनीतिक सरगर्मी पनि बढेको छ। इटहरीको गल्ली, चोक तथा बजार पसलमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने गरेको छ।

सरकारले एक नं. प्रदेशको निर्वाचन दोस्रो चरणमा गर्ने निर्णय गरे तापनि स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु भने निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त भइरहेका भेटिन्छन्।

सुनसरीको २ नं. क्षेत्रमा पर्ने इटहरी पहिलेदेखि नै नेकपा एमालेको पकड क्षेत्रको रुपमा मानिँदै आएको छ। साबिकको इटहरी नगरपालिकामा पकली, बकलौरी, खनार र हासपोसा गाविसलाई गाभेर इटहरी उपमहानगरपालिका बनेको हो।

एक नं. प्रदेशको राजधानीसमेत बनाउने चर्चा चल्ने गरेको ८७ वर्ग किलोमिटर क्षेत्रफल भएको इटहरीमा १ लाख ४२ हजार आठ सय एक जनसख्या र ७६ हजारभन्दा बढी मतदाता रहेका छन्।

यतिवेला सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरे पनि इटहरीको भावि उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख तथा वडाध्यक्षहरु को होलान् भन्ने विषय सबैको चासोको विषय भएकोछ।




तेह्रथुम,वैशाख, १३ गते। बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं सेवाग्राही मर्कामा परेका हुन् ।


पूर्वका तेह्रथुम, धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुरलगायतका जिल्लामा नेपाल टेलिकमको सो सेवा अवरुद्ध छ । यी जिल्लामा पछिल्लो केही महिनायता निरन्तर सेवा अवरुद्ध हुने गरेपनि सम्बन्धित निकायले बेवास्ता गरेको सेवाग्राहीको गुनासो छ । टेलिकमको सेवा भरपर्दो नभएपछि प्रयोगकर्तालाई निजी कम्पनीका सेवा लिनुपर्ने बाध्यता छ ।

टेलिकम बाहेकका मोबाइल नेटवर्क तथा इन्टरनेट भने चलिरहेका छन् । पटक ÷पटक नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदासमेत दिगो व्यवस्थापनको बाटो नरोेजिएको म्याङलुङका रोशन श्रेष्ठले बताउनुभयो ।

नेपाल टेलिकमको इन्टरनेट, फोन र जिएसएम मोबाइल सेवा अधिक समय अबरुद्ध हुने गरेको उहाँको गुनासो छ ।

काठमाडौँ, १३ वैशाख । धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ ।


गत सोमबारदेखि कामपाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी आयात गरी सडक सफा गर्ने काम सुरु गरेको हो । मेलम्ची खानेपानीको पाइप बिछ्याउने कामले गर्दा पछिल्लो समय काठमाडौँमा अत्यधिक धुलो बढेको हुनाले त्यसलाई नियन्त्रण गर्नका लागि कामपाले यस किसिमको अभियान सुरु गरेको कामपाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जानकारी दिनुभयो ।

“सरसफाइ हरेक नागरिकसँग जोडिएकाले, प्रदूषण नियन्त्रण गर्न नागरिक र महानगर मिल्नैपर्छ”, कार्यकारी अधिकृत पौडेलले भन्नुभयो, “सडक पखाल्ने काम थालेका छौँ, यसको प्रभाव हेरेर नागरिक जीवनको सहजताका लागि अन्य काम गर्छौँ ।”

काठमाडौँका मुख्य र कालोपत्र गरिएका सडक तथा किनारामा जमेर बसेको धुलो पखाल्ने कामको थालनी गर्न सोमबार राति ९ः३० देखि १२ बजेसम्म सडक सफा गर्ने काम सुरु गरिएको र यस कामलाई निरन्तरता दिने प्रमुख पौडेलको भनाइ छ ।

धुलोका कारण नागरिकले अत्यन्तै सास्ती बेहोनु परेका कारण चौतर्फी दबाब आएकाले कामपाले यस्तो प्रयास गरी नागरिकलाई केही आभाष दिन तयार भएको हो । मङ्गलबार राति भने कामपाले दमकल र ट्याङ्करको सहायताले पुतलीसडक क्षेत्रको सडक सफा बनाएको छ ।

यसरी धुलो कम गर्न सके नागरिकले राहत पाउने कामपाले विश्वास लिएको छ । धुँवाधुलोले सहरी जीवनलाई सकसपूर्ण बनाएको छ ।

काम थालेको पहिलो दिन पुतलीसडक कमलादी मोडबाट शङ्करदेव क्याम्पस प्रवेश गर्ने चोकसम्मको सडकको बीच भाग, पैदल मार्ग र छेउछाउमा भएका, बार, बिजुलीका पोलमा रहेको धुलो पखालिएको थियो । दमकल, जेट मेसिन र ट्याङ्करको प्रयोग गरिएको धुलो पखाल्ने कामको पहिलो दिन ५० हजार लिटर पानीको प्रयोग भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

काठमाडौँ, १३ वैशाख । पुराना तथा भूकम्पले क्षति पुगेका भवनको ठाउँमा नयाँ कारागार भवनको निर्माण हुने भएको छ । कारागार व्यवस्थापन विभागले भवन निर्माण विभागसँग सहकार्य गरेर १७ जिल्लामा कारागारको भवन निर्माण गर्न लागेको हो ।


कैदीबन्दीको सङ्ख्या धेरै र भवनको सङ्ख्या थोरै हुँदा समस्या परेपछि भवन निर्माण विभागसँग सहकार्य गरेर भवन निर्माण गर्न लागेको हो ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले भूकम्पले क्षति पुगेका तथा पुराना भवन निर्माणका लागि भवन विभागले सहयोग गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले १० हजार कैदीबन्दी क्षमता भएको कारागारमा १८ हजारभन्दा बढी कैदीबन्दी छन् । यी भवन निर्माण भएपछि केही भए पनि सहज हुने विश्वास हामीले लिएका छौँ ।”

भवन निर्माण विभागको सहयोगमा सर्लाही, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नवलपरासी, पाल्पा, मनाङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला, सुर्खेत, जाजरकोट, दैलेख, बझाङ र डडेलधुरा जिल्लामा कारागार भवन निर्माण हुँदैछ ।

यसैगरी भूकम्प पुनःनिर्माण प्राधिकरणको सहयोगमा सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, रसुवा, जगन्नाथदेवल, नख्खु, गोरखा, लमजुङ र धादिङको महिला कारागार भवन निर्माण हुन लागेको विभागले जनाएको छ ।

हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेको छ भने बारा र धनुषामा हालसम्म पनि कारागार छैन ।


काठमाडौँ, वैशाख १३ गते। रातो तारा डट कम-चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
प्रत्येक वर्ष मातातीर्थ औँशीका दिन सो कुण्डमा स्नान तथा दर्शन गर्नका लागि भक्तजनको ठूलो भीड लाग्ने गर्छ ।

काठमाडौँबाट करिव १२ किलोमिटर दक्षिणतर्फको दूरीमा पर्ने उक्त स्थानमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट समेत मेला भर्न दर्शनार्थी आउने गर्छन् । विशेष गरी आमा नहुनेले आजको दिन त्यहाँ गएर कुण्डमा स्नान गरी तर्पण दिने, श्राद्ध गर्ने तथा दान दक्षिणा गर्ने चलन छ ।

प्राचीन समयमा स्थानीय एक ग्वालाले गाई चराइरहेका बेलामा प्यास लागेर पानी पिउन जाने क्रममा कुण्डमा आजको दिन आफ्नो दिवङ्गत आमाको मुख देखेपछि त्यहाँ दर्शन गर्ने परम्परा सुरु भएको जनविश्वास छ ।

विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा स्वयंसेवकले यहाँ आउने भक्तजनलाई सहज दर्शनको व्यवस्था मिलाएका छन् ।

चन्द्रागिरि नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले प्राचीन महत्वको इतिहास रहेको त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।


स्थानीय रोशन दानीले साँझसम्म त्यहाँ मेला भर्न तथा दर्शनका लागि करिब एक लाख भक्तजन आउने जानकारी गराउनुभयो ।

काठमाडौं, बैँस १३ गते । रातो तारा डट कम-प्रमुख विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुसँग अबदेखि चन्दा नलिने र नमाग्ने निर्णय गरेका छन् । 

शुल्क बृद्धिविरुद्ध आन्दोलन चलाउन गठित संयुक्त कार्यदलले बुधवार यस्तो निर्णय गरेको देशै भरि निजी बिधालयहरूले अभिभावक ठगेकाछन- विद्यार्थी सगठनले चन्दा उठाउन ताल्चा लगाउने भनेकाहुन यो चै यिनको देखउने दाँत मात्र हो भनेर अभिभावक हरूले आरोप लगाएका छन।

श्ाुल्क बृद्धि गर्ने विद्यालयहरुमा तालाबन्दी गर्नुअघि बसेको कार्यदलको बैठकले विद्यार्थी संगठनका नाममा चन्दा माग्न वा बार्गेनिङ गर्न कोही आएमा तत्काल प्रहरीलाई बुझाउन विद्यालय सञ्चालकलाई आग्रह गरेको अनेरास्ववियुका महासचिव ऐन महरले बताए ।

कार्यदलमा नेविसंघका उपाध्यक्ष पुष्पकमार शाही, अनेरास्ववियुका  महासचिव ऐन महर र अखिल क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङ छन् ।

बैठकपछि महरले भने- अबदेखि निजी विद्यालय सञ्चालकसँग विद्यार्थी संगठनले चन्दा नलिने निर्णय भएको छ । कुनै व्यक्ति संगठनका नाममा चन्दा माग्न गएमा प्रहरीलाई बुझाउन आग्रह गरिएको छ । त्यस्ता व्यक्तिलाई सम्बन्धित संगठनले कारवाही गर्नेछन् ।

उपत्यकाका १५ निर्वाचन क्षेत्रमा १५ टिम बनाएर शुल्क बृद्धि गर्ने कम्तिमा १५० विद्यालयमा तालाबन्दी गर्न लागिएको उनले बताए । शुल्क बृद्धि गर्ने विद्यालयहरुको पहिचान गर्ने क्रम जारी रहेको उनीहरुले बताएका छन् । अलाइन खबरबाट



झापा, बैशाख १३ गते ।डरातो तारा डट कम-स्थानीय तहको निर्वाचनतालिका फेरबदल भएका कारण झापामा निर्वाचनका निम्ति नियुक्ति भएर आएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

सात गाउँपालिका र आठ नगरपालिकाका निम्ति निर्वाचन आयोगबाट खटिएका कर्मचारी यही वैशाख ३ गते झापा आइसकेका थिए ।

प्रमुख निर्वाचन अधिकृत सुदर्शन पाण्डेबाहेक अन्य सबै निर्वाचन अधिकृत फिर्ता भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।

निर्वाचन तालिका फेरबदल नभएको भए मंगलबारै सबै निर्वाचन कार्यालय स्थापना भई सञ्चालनमा आउने कार्यक्रम रहेको थियो ।




रोशन पोखरेल- विराटनगर बैशाख १३ गते । रातो तारा डट कम-धेरैवटा म्यूजीक भिडियो मा अभिनय गरीसकेको प्रतिक लामो समय पछि अहिले गायक प्रवलदिप बिश्वासको म्यूजिक भिडियोमा फेरी आएका छन् ।

लामो समय पछि फेरी नेपाली म्यूजीक भिडियो क्षेत्रमा उनी पुनः आएका हुन । सवारी दुर्घटना पस्चात उनी म्यूजिक भिडियो निर्देशनमा ब्यस्त रहेका थिए ।

श्रेष्ठलाइ अब भने निरन्तर नयाँ म्यूजिक भिडियामा देख्न पाइने छ ।भर्खरैमात्र  तिम्रो एक नजर बोलको म्यूजिक भिडियो यूटुव च्यानल बाट रिलीजभएसंगै उनी फेरी म्यूजिक भिडियोमा जम्ने देखिएको छ ।

 तिम्रो एक नजर बोलको गित बाट नयाँ अनुहारको रुपमा अस्मीना निरौला म्यूजिक भिडियो अभिनय रहेको छ । उक्त  गितको छाँयाँङ्कन भने दिपक झा ले गरेका छन् ।

उक्त गितमा संगीत शब्द महेश, रमेशको रहेको छ भने निर्देशन अंशु निरौला ले गरेकि छन  । दृष्य सम्पादन भने बिराटनगर स्थीत पल्स एन फ्रेम स्टुडियोमा भएको हो ।


सुनसरी, बैशाख १२ गते । रातो तारा डट कम-संघिय गठबन्धन संयुक्त लिम्बुवान संघर्ष समितीले सुनसरीको इटहरीमा आयोजना गरेको लाठी जुलुसका क्रममा आधा दर्जन सवारी साधनमा तोडफोड भएको छ ।

लाठी जुलुस सहित निकालेको र्याली इटहरी ८ बुधहाट क्षेत्रमा पुगेपछि प्रहरीसँग केही बेर झडप पनि भएको थियो । र्यालीमा घर माथीबाट ढुंगा हानेको भन्दै लिम्बुवानका कार्यकर्ताहरु प्रहरीपेती आक्रोसीत भएका थिए ।

बाँसका लाठी सहित जुलुसमा सहभागी कार्यकर्ता र प्रहरी वीच झडप हुँदा घाइते भएका ४ जना प्रहरी उपचार पछि कार्यालय फर्किएका छन् ।

लाठी सहित निस्किएका लिम्बुवानका कार्यकर्ताको लाठी खोस्न खोज्दा झडप भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

निर्वाचन आचारसंहित अनुसार लाठीसहित र्याली गर्न नपाईने अवस्थामा लाठी खोस्न खोजिएको उहाँले जानकारी दिनुभयो। प्रहरीसँगको झडप पछि लिम्बुवानका कार्याकताहरुले बुधहाट क्षेत्रमा रोकिराखेका  सवारीसाधानमा तोडफोड गरेका छन् ।

यस्तै उनीहरुले तरकारी बोकेको को १ ख४८९४ नम्बरको बोलेरो, को १ च ६०५३ नम्बरको ट्रक, को १ च ८१२४ नम्बरको कार, को १ ज २३६२ नम्बरको पिकअप र ७२७२ नम्बरको भारतीय ट्रक तोडफोड गरिदिएका हुन ।

 यता लिम्बुवानले भने प्रहरीको तर्फबाट ढुंगा प्रहार भएको आरोप लगाएको छ । संघिय गठबन्धनले संविधान संसोधन पछि मात्र निर्वाचन गर्नुपर्ने, लगायत माग राख्दै दवावका लागि यार्ली आयोजना गरिएको नेता पदम अधिकारी जानकारी दिनुभयो ।

मोर्चामा उपेन्द्र यादवको संघिय समाजवादी फोरम, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान पाटि, लिम्बुवान मुक्तिमोर्चा संघियवादी र लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पाटि आबद्ध छन् ।



बिराटनगर बैशाख १२ गते । रातो तारा डट कम-उद्योग संगठन मोरंग र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं नेपाल सरकार, कोरिया ईन्टरनेशन कोपरेशन एजेन्सी (कोईका) अन्तर्राष्ट्रिय श्रम संगठन (आई. एल. ओ.) को प्राविधिक सहयोगमा मिति २०७४ बैशाख १२ गते, मंगलबार औद्योगिक मानव संशाधन आवश्यकता मूल्यांकन आदान–प्रदान तथा प्रमाणिकरण बिषयक गोष्ठी सम्पन्न भयो ।

छलफल गोष्ठीमा उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले मानव संशाधन आवश्यकता मूल्यांकन सर्वेक्ष्ँणले औद्योगिक क्षेत्रलाइ आवश्यक रोजगारीको अवस्था, मानव संशाधनको उपलब्धताका वारेमा स्पष्ट पार्ने वताउनु भयो । उहा“ले रोजगारीका लागि दैनिक रुपमा युवा जनशक्ति विदेशिने क्रम वढ्दो रहेको तर्फ औल्याउ“दै युवाहरुले आफ्नो दक्ष्ँता अभिवृद्धि गर्नु पर्नेमा जोड दिनु भयो । उहा“ले दक्ष जनशक्तिहरुको अभाव, स्वदेशी श्रमिकको पलायनता पनि औद्योगिक क्षेत्रलाइ प्रमुख समस्या मध्ये एक रहेको वताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महसंघका परामर्शदाता डा. केशव वस्यालले कार्यपत्र प्रस्तुत गर्नु हु“दै दक्ष्ँ मानव संशाधनको अभाव, वैदेशिक रोजगारीलाई प्रँथमिकता, तालिमको अभाव, आवश्यक अनुसारका तालिम नभएको, तालिम केन्द्रहरुसंग समन्वयको अभाव, सरकारी निकाय, उद्योग र तालिम केन्द्रहरु वीच एक अर्कामा समन्वय नहुनु जस्ता कुराहरु औद्योगिक क्ष्ँेत्रका लागि चूनौतिको रुपमा रहेको वताउनु भयो ।

त्यसैगरि उहा“ले दक्ष जनशक्तिहरुको अभावका कारण वैदेशिक श्रमिकलाई रोजगारी दिनु परिरहेकोे, विभिन्न किसिमका तालिम गोष्ठीको आभाव, उद्योगसंग सम्बन्धित बिषयका बिशेषज्ञ नहुनु, स्थिर नहुनु जस्ता कुराबाट उद्योग÷व्यवसाय क्षेत्रमा परेको असरलाई न्यूनिकरणका गरि स्वदेशी रोजगारीलाई प्रोत्साहन दिनका लागि औद्योगिक मानव संशाधन आवश्यकता मूल्यांकन आदान–प्रदान तथा प्रमाणिकरण गोष्ठीको आयोजना गरेको बताउनु भयो ।

श्रम कार्यालयका प्रमुख मणिनाथ गोपले श्रम कार्यालयमा स्थापित रोजगार सूचना केन्द्र मार्फत वेरोजगारहरुको तथ्यांक राख्ने क्रममा रहेको र सोही केन्द्र मार्फत उद्योगहरुलाई आवश्यक जनशक्ति उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराउदै आगामी दिनमा उक्त केन्द्रको थप प्रभावकारी संचालनका लागि तयारी भईरहेको जानकारी गराउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत अजित गुप्ताले नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार, कोईका र आई.एल.ओ को सहयोगमा नेपालका पा“च वटा औद्योगिक करिडोरका पाच सय वैसठ्ठी उद्योगमा मानव संशाधन सम्वन्धि सर्वेक्ष्ँण गरिएको वताउनु भयो । उहा“ले सर्वेक्ष्ँणबाट प्रँप्त परिणामका आधारमा उद्योगहरुका लागि आवश्यक जनशक्ति तयार गर्न तालिम संचालन गर्न सि.टि.ई.भि.टि. लाई सुझाव दिईने वताउनु भयो ।

कार्यक्रमा आई. एल. ओ. का परामर्शदाता रंजित सैजु, उद्योग संगठन मोरंगका वरिष्ठ उपाध्यक्ष भीम घिमिरे, विराट व्यापार संघका अध्यक्ष्ँ, विभिन्न उद्योगका संचालक एवं व्यवस्थापकहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



भोजपुर, बैशाख १२ गते । रातो तारा डट कम-सरकारले एक नम्बर प्रदेशमा जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन गर्ने मिति घोषणा गरेपनि राजनीतिक दलहरुले स्थानीय तहका उम्मेद्वारहरुको नाम भटाभट सिफारिस गर्न थालेका छन् ।

सात गाउँपालिका र दुईवटा नगरपालिका रहेको भोजपुरमा स्थानीय सरकारको प्रमुखका लागि नेपाली कांग्रेस, एमाले र माओवादीले नाम सिफारिस गरिसकेका छन् ।

नेपाली कांग्रेसले षडानन्द नगरपालिकाको प्रमुखमा कांग्रेसका स्थानीय स्तरका प्रभावशाली नेता वीरबल राईलाई सिफारिस गरेको छ । कांग्रेसको गढ भनिएको अरुण गाउँपालिकाको प्रमुखका लागि भोजपुर जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र कार्कीलाई सिफारिस गरिएको छ ।

त्यस्तै अरुण गाउँपालिकाको उपप्रमुखमा बिनिता ढकाल र षडानन्द नगरपालिकाको उपमेयरमा सीता श्रेष्ठको नाम सिफारिस भएको छ ।

एमालेबाट अरुण गाउँपालिकाको प्रमुखमा शिवराज सापकोटाको नाम सिफारिस भएको छ । स्थानीय सरकारको नेतृत्व गर्नका लागि भन्दै सापकोटाले शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् ।

त्यस्तै माओवादी केन्द्रबाट अरुण गाउँपालिकाको प्रमुखमा बिमल खड्काको नाम सिफारिस भएको छ ।

काँग्रेसले अन्य गाउँपालिकाको पनि नाम टुंगो लगाएको छ । उसले रामप्रसाद राई गाउँपालिकामा दिनेश कार्की, आमचोक गाउँपालिकामा रबिन राई, ट्याम्के मैयुम गाउँपालिकामा सरोज बस्नेत, पौवादुङ्मा गाउँपालिकामा शिशिर राई, साल्पा सिलिछोमा महेश राईको नाम सिफारिस गरेको छ ।

भोजपुर नगरपालिकामा टुंगो लागेन
भोजपुर नगरपालिकामा मेयरका आकांक्षी धेरै भएपछि केन्द्रमा सबैको नाम पठाउने तयारी भएको नेपाली कांग्रेस भोजपुरले बताएको छ ।

भोजपुर नगरपालिकाको मेयरमा पूर्वसभापति बालकृष्ण थापा, कैलाश आले लगायतले दावी गरेका छन् ।
अरुण गाउँपालिका बाहेक अन्य गाउँपालिका र नगरपालिकामा भने एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले उम्मेद्वारको नाम टुंगो लगाइसकेका
छैनन् । अनलाइन खबरबाट





कोैशल निरोैला-विराटनगर, बैशाख १२ गते । रातो तारा डट कम-विश्व औलो दिवसका अवसरमा मोरङमा विभिन्न जनचेतनामुलक कार्यक्रम भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको अगुवाईमा जिल्लाभर जनचेतनामूलक कार्यक्रम भएको हो ।

विभिन्न सन्देश मुलक व्यानर टागेर,माइकिङ र ¥यालीको आयोजना  गरेर जनस्वास्थ्यले कार्यक्रम गरिरहेको छ । लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने औलो रोगीको संख्या पछिल्लो समय मोरङमा बढेको छ  ।

गत वर्ष ५ जना औलो रोगी रहेको मोरङमा यसपटक ७ जना पुगेका छन् । मोरङका तीन गाविस औलो रोगवाट प्रभावित छन् । जिल्लाका मधुमल्ला,कोशिहरैचा,बेलवारीमा यो रोग देखा परेको छ ।

मंगलवार विराटनगरमा भएको एक कार्यक्रममा वीच जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमूख चन्द्रदेव मेहताले जिल्लामा ७ जना औलो रोगी रहेको र ती क्षेत्रको पहिचान गरी निगरानी गरिएको जानकारी दिए ।

यसै गरी जनस्वास्थ्यका बरिष्ठ अधिकृत मो.वासिलले औलोले महामारी छिटो फैलिएर धेरैजनाको ज्यान जान सक्ने भएकाले  शंका लाग्ने बित्तिकै उपचार गराउन आग्रह गरे ।


काठमाडौं, बैशाख १२ गते । रातो तारा डट कम-दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितका बास अहिले पनि टहरामै 
छ ।

कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृत्व गरेका सरकारले पनुर्निर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् ।

चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक विश्लेषण गर्दा भूकम्पपछिको पुनर्निर्माणमा सरकार असफल भयो। अन्नपूर्ण दैनिक बाट


काठमाडौं,बैशाख १२ गते । रातो तारा डट कम,नेपाल वायुसेवा निगमले सस्तो ब्याजमा रकम पाइने आशमा सुर्य जेमके प्रालीलाई पत्र लेखेको छ । सञ्चय कोषको ब्याज चर्काे पर्ने भएकाले सस्तोमा ब्याज पाइन्छ कि भनेर जेमेकेलाई पत्र लेखेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठ बताउँछन् ।

निगम र सञ्चयकोषबीच ९ प्रतिशत ब्याजदरमा २३ अर्ब रूपैयाँ ऋण १५ वर्षका लागि लिने अनौपचारिक सहमति भइसकेको छ । निगमले वाषिर्क दुई किस्ताका दरले ऋण बुझाउनेसमेत सहमति भएको छ । सरकारले कोषसाग ऋण लिन जमानी बस्ने निर्णय गरिसकेको छ ।

विगतमा खरिद गरेको एयरबस ३२०-२०० सिरिजको न्यारो बडी जहाजका लागि पनि निगमले १० अर्ब सञ्चय कोषसँग ऋण लिएको थियो । तर, अहिले भने निगमले ब्याज चर्काे हुने तर्क गर्दै अर्काे कम्पनीबाट ऋण लिन खोजेको छ ।

श्रेष्ठले भने ‘३ प्रतिशतसम्मको ब्याजमा रकम दिने कुरा आएपछि पत्र लेखेको हो ।’ उनका अनुसार जेमके नेपाली फण्ड म्यानेजर कम्पनी हो । यसले विदेशी कम्पनीहरुबाट रकम लिएर निगमलाई सस्तोमा ब्याज दिलाउने आश्वासन दिएको छ ।

गत बिहिबार मात्रै मन्त्रिपरिषदको बैठकले दुईवटा वाइडबडी खरिद गर्नको लागि नेपाल बायु सेवा निगमले सञ्चय कोषसँग लिन लागेको ऋणमा सरकार जमानी बस्ने निर्णय गरेको थियो।


काठमाडौं, बैशाख १२ गते । रातो तारा डट कम-
विद्यार्थी संगठनहरुले निजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा छलफल गर्न सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठक बसेको थियो ।

बैठकले मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शनसहित धर्ना दिने तथा बुधबार चर्को शुल्क लिने निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

बैठकमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, जनमोर्चा निकट अखिल छैटौं, माले निकट अखिल पाँचौं र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।

बैठकले विश्वविद्यालय तहको सेमेस्टर प्रणालीलाई व्यवस्थित बनाउन पनि माग गरेको छ । अनलाइन बाट



विराटनगर, बैशाख ११ गते । रातो तारा डट कम-नयाँ संरचना अनुसारको पाश्र्वचित्र बनाउनका लागि जहदा गाउँपालीकाले आज छलफल गरेकोछ । साविकको मझारे गाविस कार्यालय रहेको जहदा गाउँपालिकाको कामर्यालयमा एक कार्यक्रम आयोजना गरि सरोकारवालाहरु सँग छलफल गरेकोहो ।

छलफलमा स्थानीय रनितिक दलका प्रतिनिधिहरुले पाश्र्वचित्रमा गाउँपालिकाको नक्सा झल्कीनु पर्ने सुझाव दिएकाछन् । उनिहरुले पश्र्वचित्र निर्माण गरिँदा समग्र गाउँपालिकाको यथार्थ बस्तुस्थीति समेटनुपर्ने बताएकाछन् ।

उनिहरुले सो क्षेत्रको भाषा, कला–संस्कृति, मठ–मन्दिर लगायतलाइ समेटनका लागि जनताको घर घरमा पुगेर सुचना संकलन गर्नुपर्ने धारणा राखे । सो अवसरमा जहदा गाउँपालीकाका कार्यकारी अधिकृत मित्रदेव लम्सालले पाश्र्वचित्रमा जहदा गाउँपालिका भित्रका सम्पुर्ण विषयवस्तु समेटिने आश्वासन दिए ।

छलफल कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरुको समेत उपस्थीति रहेको थियो ।



बिराटनगर,बैशाक ११ गते । रातो तारा डट कम, जिल्ला जनस्वस्थ्य कार्यालयले औलोको बारेमा जानकारी गराउन स्वतन्त्र पत्रकार सम्पाद संन्चार कर्मी पत्रकार बिभिन्न स्वास्थ्य संग सम्बन्धित संस्थाका प्रतिनिधिहरु संग बिराटनगरमा आजै एक दिने अन्तरकृया कार्याक्रमको आयोजना गरेको थियो ।


अन्तरकृया कार्याक्रमका अध्यक्ष तथा जिल्ला जनस्थ्यकार्यालय मोरङका प्रशासकिय प्रमुख चन्द्र देव मेहताले भोलि हुने कार्याक्र्रमहरुको बारेमा जानकारी गराउदै भन्नु भयो -अहिले औलो घटदै आएर सन २०१७,अप्रिल २५ अर्थात २०७४ बैशाख ११, १२, गते सम्म आईपुग्दा मोरङमा औलो ७ जनामा मात्र देखा परेको जनकारी गराउनु भयो ।

सरकारको निर्णय अनुसार औलो प्रभावित क्षेत्रहरुमा नियानत्रर्ण गर्ने कामहरु भईरहेकोछ । त्यसैगरी औलो प्रभावित क्षेत्रहरुका गर्भवती महिला र बालबालिहरुलाई औलोबाट बच्न जनचेतनाका कार्याक्रमहरु गर्दै आएको कुरा बताउनु भयो ।

औलो मोरङको मधुमल्ला कोशी हरैचा, बेलवारी, र बिराटनगर ६ मा समेत यो बर्ष देखा परेको जानकारी गराउनु भयो ।
जिल्ला जनस्वास्थ्यकार्यालयका औलो नियान्त्रण महासाखाका अधिकृत महेन्द्र चौधरीले औलो एक किट जन्य रोग हो र यो लाम्खुटेको टोकाईबाट एक अर्कामा सर्दै जानेखालको रोग हो भन्नु भयो ।

प्लाज्मोडियम फाल्सिपेरस र भाइमेक्स भन्ने २ खालका हुन्छन त्यसमा फाल्सिपेरस चै बढी घातक औलो हो भनिन्छ, भन्नु भयो।

एनोफिलिस जातिको पोथी लाम्खुटेले टोके पछि सर्दै जाने यो औलो रोगको लक्षण सर्ने तरिका बच्ने उपाय र परजीवि नास गर्ने तरिकाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

जिल्ला जनस्वास्थ्यकार्यालय मोरङका अधिकृत तोयनाथ घिमिरेले आफना कुरा राख्दै, ग्लोबल फण्डको आर्थिक सहयोगमा बिगत १३ बर्ष देखि औलो नियान्त्रर्ण गर्न आज सम्म पनि बिभिन्न प्रयास र कामहरु भएको जानकरी गराउनु भयो ।

त्यसैगरी बैशाख १२ गते अर्थात अप्रिल २५ तारिकका दिन भोलि बिहान ७ बजे जिल्ला जनस्वास्थय कार्यालय मोरङको प्रगणबाट औलो निवारणका लालि जनचेतना मुलक रयलिले नगरपरिक्रमा गरी औलो दिवस मनाउने कार्याक्रम रहेको प्रमुख प्रशासकिय अधिकृत चन्द्र देव मेहताले सबैलाई जानकारी गराउनु भएको थियो ।




 गणेश शिवाकोटी-झापा, दमक, वैशाख ११ गते । रातो तारा डट कम-प्रमुख तीन दलले उत्तरी मोरङको केराबारी गाउँपालिकाका उम्मेदवार टुंगो लगाएका छन् । नेपाली कांग्रेसले केराबारी गाउपालिकाको अध्यक्षमा रोहित कार्की र उपाध्यक्षमा कल्पना कार्कीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले वडाका उम्मेदवार चयन गरेको बताएपनि सार्वजनिक गरेको छैन ।

नेकपा एमालेले पनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । अध्यक्षमा नविन थापा मगर र उपाध्यक्षमा शान्ति भूजेल लिम्बूलाई उम्मेदवार बनाएको एमालेले जनाएको छ ।

माओवादी केन्द्रले केराबारी गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर लिम्बू लिवाङ र उपाध्यक्षमा मनमाया सूवेदी बजगाँईलाई उम्मेदवार बनाएको छ । माओवादीले वडा नम्बर १ को अध्यक्ष वुधवीर लिम्बू तथा सदस्यहरुमा लालबहादुर लिम्बु, शषि क्याप्छाकी मगर, खुमादेवी विक र मनुकमारी राई, २ को अध्यक्षमा खड्गवहादुर ठकुरी, सदस्यहरुमा कृष्णराज खाँण ठकुरी, छविन लिम्बू, अविशा परियार र कोपिला शाही, ३ को अध्यक्षमा महेन्द्र मगर, सदस्यहरुमा  विष्णु सुहाङ, शिवलाल रोक्का, पवित्रा अधिकारी र कविता रोक्का तथा ५ को अध्यक्षमा तेजबहादुर लिम्बू, सदस्यरुहमा पुष्पकुमार राई, रामवहादुर मगर, शिवरानी लिम्बूलाई उम्मेदवार बनाएको छ ।

यस्तै वडा नम्बर ६ को अध्यक्षमा उपेन्द्र लुङ्गेली मगर, सदस्यहरुमा पदम सिंह लिम्बू, पूर्णबहादुर पूर्वछाने मगर, ७ को अध्यक्षमा किशोर राई, सदस्यहरुमा सावित्रा तिम्सिना घिमिरे, सिता विक, शुक्र परियार र टेकबहादुर थापा, ८ को अध्यक्षमा तेजवहादुर बस्नेत, मीनप्रसाद आचार्य, सन्तोषी रम्तेल र मनिक विक एवं वडा नम्बर १० को अध्यक्षमा किशन शाही तथा सदस्यहरुमा प्रेमबहादुर लिम्बू र हर्कमाया लिम्बू चयन भएका छन् । वडा नम्बर ४ र ९ को भने उम्मेदवार चयन हुन बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।


क्षेत्रफलको आधारमा जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका केराबारीमा १७ हजार ५ सय मतदाता रहेका छन् ।


झापा-दमक,बैशाख ११ गते । रातो तारा डट कम-नेकपा माओवादी केन्द्रले तीन नगरपालिकासहित छ स्थानीय तहमा आगामी निर्वाचनका लागि प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीका अनुसार १५ वटा स्थानीय तहमध्ये दमक, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा झापा, कचनकवल र कमल गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइएको छ ।

दमकको नगर प्रमुखमा रेवतराज पुरी (गगन) र उपप्रमुखमा शान्तिदेवी धिमाललाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै १० वटै वडामा वडा अध्यक्षसहित अन्य सबै सदस्यको टुङ्गो लागेको छ ।

यस्तै अर्जुनधारा नगरपालिकाको प्रमुखमा भुपेन्द्र न्यौपाने (विकास) र उपप्रमुखमा सुनिता तामाङ, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र इन्दिरा कार्कीलाई उपप्रमुखको उम्मेदवारका रुपमा अघि सारेको जनाइएको छ ।

यसैगरी झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगार्इं र उपाध्यक्षमा पवित्रा राजंवशीको उम्मेदवारी टुङ्गो लागेको चुनाव प्रचारप्रसार संयोजक समेत रहनुभएका नेता दर्लामीले जानकारी दिए ।

यस्तै कमल गाउँपालिकाको प्रमुखमा विमल सङ्ग्रौला र उपप्रमुखमा गौरी राई र कचनकवल गाउँपालिकाको प्रमुखमा हंसनारायण राजंवशी र ईश्वरीमाया गाइनीलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.