Websoft University

यी हुन् सिद्धिचरण नगरपालिकाको मेयरमा आकांक्षी

ओखलढुंगा, वैशाख १४ गते । रातो तारा डट कम -ओखलढुंगाको एक मात्र सिद्धिचरण नगरपालिकाको मेयरमा तीन ठूला दलले उम्मेद्वार तय गरेका छन् । नेपाली कांग्रेसले महासमिति सदस्य डिल्लीराम खनाललाई मेयरको उम्मेद्वार बनाएको छ भने एमालेले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठलाई अघि सारेको छ ।

माओवादी केन्द्रले भने पूर्व एमाले कार्यकर्ता रुपेश शाक्यलाई अघि सारेको छ । युवा संघका केन्द्रीय सदस्य शाक्य २०७० को संविधानसभा चुनाव ताका माओवादीमा प्रवेश गर्नुभएको थियो ।

उपमेयरमा कांग्रेसले हेमालक्ष्मी राईलाई अघि सारेको छ भने माओवादी केन्द्रले चन्दाकुमारी फुयाँललाई उठाएको छ । एमालेमा भने उपमेयर तय भइसकेको छैन । चर्चामा भने राधा निरौला, निर्मला श्रेष्ठ, पशुपति गुरुङ, इच्छादेवी गुरुङ लगायत रहेका छन् ।

नगरको वडामा एमालेले  दुईवटा बाहेक उम्मेद्वार छनौट गरिसकेको छ । माओवादी केन्द्रले पनि दुई वडामा छनौट गर्न सकेको छैन । कांग्रेसले भने वडाको नाम सार्वजनिक गरेको छैन । गाउँपालिकामा एमालेले खिजी देम्वा र मोलुङमा सहमतिमा अध्यक्ष चयन गरेको छ भने अन्यत्र छलफल भइरहेको जिल्ला सदस्य बलबहादुर परियाले बताउनुभयो ।

माओवादी केन्द्रले चिसंखुगढीमा निशान्त शर्मा, मोलुङमा कुलबहादुर खत्री, लिखुमा अनिल योगी, सुनकोसीमा चम्पा कार्की रहेका छन् । वडा तहमा उम्मेद्वार चयन भइरहेको माओवादी केन्द्रका नेता विनोद सुनुवारले बताउनुभयो । मिति सरेपछि उम्मेद्वार छनौट गर्न दलहरुलाई सहज भएको छ । आकांक्षी धेरै भएपछि एमाले र कांग्रेसमा आन्तरिक रुपमा चर्को विवाद छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.