Websoft University
December 2020

 


पोखरा पुस १६ गते । रातो तारा डट कम,पोखरा महानगरपालिका वडा न १३ को २ कुलाको मुहानमा एक जना पुरुषको शव फेला परेको छ ।

पोखरा महानगरपालिका वडा न १३ र १४ को सिमानामा पर्ने सेतिको पानी बग्ने खोलाले मान्छे बगाएर ल्याएको हो ।

शवको प्रकृति हेर्दा अन्दाजी ३०र३५ वर्षका रहेको आकलन गरिएको छ । आज बिहान घटना भएको हुन सक्ने स्थानिएले आकलन गरेका छ्न भने उनी को हुन भन्ने पहिचान हुन सकेको छैन ।

यस स्थानमा एक वर्षमा मात्रै १५र१७ जनाको शव भेटिनी गरेको जनप्रतिनिधि वताउछ्न ।

आखिर कसरी खसे उनी वा अफै सुसाईड गरे वा कसैले खसाल्ल्दियो रु भन्ने बारेमा प्रहरीले अनुसन्धान गर्ने नै छ ।

रामबजार प्रहरीको नेतृत्वमा शवलाई पोस्टमार्टमको लागि पोखराको पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएको छ । 

 


विराटनगर, १६ पुस । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ ।

प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३, झापामा ४, सुनसरी, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको कटहरी र विराटनगरमा ३–३, बुढीगंगा र गौरादहमा २–२, ग्रामथानमा १ र स्थानीय तह नखुलेका २, झापाको शिवसताक्षीमा २, अर्जुनधारा र विर्तामोडमा १–१, सुनसरीको इटहरी, खोटाङको खोटेहाङ र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म संक्रमितको संख्या २९ हजार ७७५ पुगेको छ ।

प्रदेश १ मा आज २२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ६६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


काठमाण्डौ पुस १६ गते । रातो तारा डट कम,वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको करार अवधि समाप्त भएका श्रमिकले भोलिदेखि अनलाइनमार्फत् नै श्रम नविकरण (पुनः श्रम स्वीकृति) गर्न पाउने भएका छन् । बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत् नै पुनः श्रम स्वीकृति लिन पाउनेछन् । वैदेशिक रोजगार विभागद्वारा हिजो जारी विज्ञप्ती अनुसार एकपटक आँखा वा औंठाछापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइनमार्फत् आफ्नो श्रम नविकरण गर्न पाउने छन् । श्रमिकले आफ्नो श्रम नविकरणको निस्सा (स्टिकर) आफ्नो इमेलमै प्राप्त गर्न सक्नेछ । यो नियम कार्यान्वयनमा आएकोले अब श्रम नविकरण गर्नको लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हटेको विभागले जनाएको छ । श्रमिकहरु दूतावासमा पनि धाइराख्नुपर्दैन । विभागले श्रम नविकरण गर्नको लागि चाहिने म्यादी बिमा र कल्याणकारी कोषको भुक्तानी पनि अनलाइनमार्फत् नै गर्न पाउने व्यवस्था मिलाएको छ । यसको लागि सेवाप्रदायक संस्थालाई थप शुल्क भुक्तानी गर्नु पर्दैन । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डेड वर्ष अगाडि नै वैदेशिक रोजगार नियमवाली–२०७६ लाई पाँचौं पटक संशोधन गरी अनलाइनमार्फत् नै पुनः श्रम स्वीकृति गर्ने व्यवस्था मिलाएको थियो । तर, बीमा कम्पनीले अनलाइनमार्फत् नै रकम लिने विषयमा सहजीकरण नगर्दा ढिलाई भएको थियो ।



काठमाण्डौ पुस १६ गते । रातो तारा डट कम,नेपाली काँग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । काँग्रेसका ७७ जिल्ला कार्यसमितिले आ–आफ्नो जिल्लामा आज विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाउन लागेको हो । आज बिहान साढे ९ बजे सूचना, सञ्चार तथा प्रचार विभागले ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल कार्यक्रम राखेको छ । कार्यक्रमका प्रमुख वक्ता सभापति शेरबहादुर देउवा र नेता प्रदीप गिरि रहनुहुने बताइएको छ । २०३३ पुस १६ गते तत्कालीन काँग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको थियो । सोही दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले यस वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न केन्द्रीत हुने बताउनुभयो । उहाँले मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध सबै शक्तिलाई एक ठाउँमा उभ्याउनका लागि केन्द्रित हुने बताउनुभयो ।



काठमाण्डौ पुस १६ गते । रातो तारा डट कम,सरकारले कोरोना परीक्षणका लागि नमूना सङ्कलन गर्ने क्रममा सर्वसाधारणलाई तोकिएबमोजिमको सहि ठेगाना भर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले सूचना जारी गर्दै कोभिड १९ परीक्षणका लागि व्यक्तिहरुको नमूना सङ्कलन गर्ने क्रममा विभिन्न आ आफ्नो तरिकाले व्यक्तिहरुले ठेगाना लेख्ने गर्नाले सम्बन्धीत व्यक्तिहरुको पहिचान तथा नीजहरु सङ्क्रमण पुष्टि भएमा कामहरु गर्न समस्या भएकाले सरकारले तोके अनुसारको ठेगाना उल्लेख गर्न भनेको हो । मन्त्रालयले पटक पटक सम्बन्धीत व्यक्तिको हालको बसोबासको ठेगानालाई आधार मानेर ठेगाना उल्लेख गरिदिन अनुरोध गरेको छ । साथै अब उपरान्त सबै प्रयोगशाला, अस्पताल र सम्बन्धीत सबै निकायहरुले नमूना संकलनकै समयमा सम्बन्धीत व्यक्तिको हालको बसोबासको ठेगाना नै उल्लेख गर्न पनि भनिएको छ । मन्त्रालयले यदि सरकारले भने अनुसारको ठेगाना उल्लेख नभएको र समस्या वा उजुरी पर्न आएमा नियमानुसार कारबाही हुने समय बताएको छ । 





काठमाडौ  पुस १६ गते । रातो तारा डट कम, धरान  र धरान शहर  बोलको रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार (प्रसारमा थप मद्दत पुर्याएकोमा धन्यबाद दिदै धरान सरोकार समाज ,काठमाडौँले धरानको युबेरी रेस्टुरेन्टमा होजो आयोजित एक कार्यक्रममा सम्मानित गरेको छ। 

धरान शहर बोलको गीतका गीतकार हर्क चुम्मे।, संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज ,काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ र अतिथिहरु आन्तरिक पर्यटन पुर्नउत्थान समिति प्रदेश नं। १ को सह संयोजक  बासुदेब बराल , सुनसरी उधोग बाणिज्य संघका सदस्य तथा  पर्यटन व्यवसायी एलिना मगर , धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष  सुवर्ण श्रेष्ठ र समाजसेवी कृष्णप्रसाद श्रेष्ठले  सम्मान पत्र र खादा लगाई  सम्मानित गर्नु भएको थियो। 

कार्यक्रममा बोल्दै अतिथि  बासुदेब बरालले धरानको पर्यटन प्रवद्धनमा यस गीतले उल्लेखनिय भूमिका खेल्ने बताउनुहुदै भबिस्यमा अंग्रेजी सब( टाइटल पनि गीतको भिडियोमा राखे सुनमा सुगन्ध हुने बताउनुभयो। अध्यक्ष  प्रभु प्रसाद श्रेष्ठले धरान र यस वरपरका प्रमुख स्थलहरु सबै समेटेकोले एउटा उत्कृस्ट सृजना बनेको र यो गीत र म्युजिक भिडियो धरानको पर्यटनको प्रचार (प्रसारको प्रमुख दस्तावेस बनेकोले यसका सम्पूर्ण सर्जक तथा सहयोगी हात हरुलाई धन्यबाद दिनुभयो। कार्यक्रम संचालन नेमिता आङ्गबुहांगले गरेकी थिईन्। 



काठमाडौ पुस १५ गते । रातो तारा डट कम,पोखरामा रहेर गीत संगीत सम्पादन गर्दै आएका सम्पादक सुबास अम्गाई र छायंकन गर्दै आएका गणेश सापकोटाले यस वर्षको सर्वोकृष्ट लोक दोहोरी सम्पादक तथा छायंकन अवार्ड हात पारेका छन् । काठमाण्डौंमा सम्पन्न नेशनल पावर म्युजिक अवार्डबाट उनीहरु सर्बोकृष्ट छानिएका हुन् । बिगत लामो समय देखी पोखरामा रहेर म्युजिक भिडियो उत्पादनमा तल्लीन रहेका द्वय अम्गाई र सापकोटालाई  नकुल ढकाल नबिनको संदेशमुलक गीत मुखियाका नातीबाट अवार्ड प्रदान गरिएको हो । गीतमा नकुल ढकाल सहित बसन्त थापाको आवाज छ भने भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका हुन् । अवार्ड प्राप्त गरेपछि आफूलाई झन जिम्मेवारीबोध भएको अम्गाईले बताए । टेलिभिजन पत्रकारीता र प्राविधिक क्षेत्रमा राम्रो अनुभव बटुलेका अम्गाई फलानो क्रियशनका संचालक समेत हुन् । पोखरामै केही गर्न सकिन्छ भनेर नै करिब ८ बर्ष अघि अपिल त्रिपाठी, सरोज अधिकारीहरुसंग मिलेर फलानो क्रियशन निर्माण गरिएको र हाल सम्म सयौ गीतसंगीत तथा फिल्म, टेलिभिजन बिज्ञापनहरु उत्पादन गरिएको उनले बताए । गण्डकी टेलिभिजनमार्फत पत्रकारीतामा प्रवेश गरेका अम्गाई फेवा टेलिभिजनको सुरुवती चरणबाटै प्रोडक्नस प्रमुख हुँदै प्रशारण बिभागको जिम्मेवारीमा रहेर समेत काम गरेका थिए ।  सम्पादन र छायंकनको समेत अवार्ड हात परेपछि पोखरामा पनि उत्कृष्ट भिडियोहरु उत्पादन हुन्छन् र पोष्ट प्रोडक्सनका सबै कामहरु गर्न अब राजधानी ताक्नु पर्दैन भन्ने कुरा प्रमाणित गरेको समेत उनले बताए । सर्वोकृष्ट छायंकनको अवार्ड प्राप्त गर्ने गणेश सापकोटा पनि बिगत लामो समय देखी गीत संगीतको छायंकन तथा उत्पादनमा क्रियाशिल क्यामरा मेन हुन् । अवार्डले आफूमा थप  उर्जा मिलेको बताउँदै सापकोटाले सबै कुराहरु राजधानीमा मात्र छ र हुन्छ भन्ने मासिक्ताबाट पछि हट्न सबैमा आग्रह गर्छन् । मोफसलमा पनि राम्रा र उत्कृष्ट कामहरु हुने कुरा यस अवार्डले देखाएको समेत बताए । मुखियाको नाती गीतको छायंकनीय पक्ष मन पराईदिएकोमा सबै दर्शकहरुलाई धन्यवाद दिदै गीतको छायंकनका लागी अवसर प्रदान गर्ने गीतका सर्जक नकुल ढकाल र निर्देशक तारानाथ आचार्यलाई समेत उनले समेत धन्यवाद दिए । उनले भने एउटै गीतको छायंकन र सम्पादन पक्ष सर्बोकृष्ट हुनु भनको गीतको निर्देशन र शब्दचयनको पक्ष पनि राम्रो हुनु हो । 


 


विराटनगर, १५ पुस । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ । 

प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ र सुनसरीमा ६–६, झापा र धनकुटामा ४–४, खोटाङमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २, सुन्दरहरैचा, कानेपोखरी, पथरीशनिश्चरे र बुढीगंगामा १–१, सुनसरीको धरानमा ३, इटहरीमा २ र रामधुनीमा १, झापाको कनकाईमा २, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको सिदिङ्वामा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७५५ पुगेको छ । 

प्रदेश १ मा आज ३१७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ४७५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 


 

विराटनगर, १५ पुस । रातो तारा डट कम, योमरी पुन्हिको अवसरमा नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले नेवारी संस्कृतिसँग सम्बन्धित पुस्तक विमोचन र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

विराटनगरमा बुधबार आयोजित कार्यक्रममा गणेश ब्रजाचार्यको लेखन तथा सम्पादनमा प्रकाशित ‘नेवारी संस्कृति तथा चाडपर्वहरू’ नामक पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधानले संयुक्त रुपमा विमोचन गरेका थिए । पुस्तकभित्र नेवारी संस्कृति र संस्कारसहित चाडपर्वहरूका बारेमा जानकारीमूलक सामग्री समेटिएको लेखक बज्राचार्यले जानकारी दिए । सोही अवसरमा लेखक बज्राचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

कार्यक्रममा मेयर पराजुलीले भाषा र संस्कृतिको संरक्षण गर्न नसकेका कारण मुलुकको विकास हुन नसकेको बताए । “हामीले हाम्रो भाषा र संस्कृति बिर्सिएका छौं । भाषा र संस्कृति बिर्सिएका कारण हाम्रो देशको विकास हुन नसकेको हो,” उनले भने, “जुन देशले भाषा र संस्कृतिको संरक्षण गरेका छन् ती देशको विकास भएको छ ।” 

मेयर पराजुलीले आफ्नो भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्न नेवारी समुदायका व्यक्तिहरूलाई आग्रहसमेत गरे । उनले पश्चिमा संस्कृतिको प्रभावका कारण नेपालका मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेको उल्लेख गरे । हरेक समुदाय आफ्नो भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा झी पुचःका कार्यबाहक अध्यक्ष हरिबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष राजन श्रेष्ठ, महासचिव शरद श्रेष्ठ, वरिष्ठ अभिवक्ता सुरेशलाल श्रेष्ठलगायतले भाषा, साहित्य र संस्कृतिले मुलुकलाई एकढिक्का बनाएर राख्न मद्दत गर्ने बताए । झी पुचःले भाषा र संस्कृतिको संरक्षणसँगै समाजसेवाका कामसमेत गर्दै आएको उनीहरूको भनाइ थियो । 



बेलबारी  पुस १५ गते । रातो तारा डट कम, बेलबारी नगरपालिकाले एकै पटक सात वटा वडामा वडा कार्यलयहरु निर्माण गर्ने भएको छ।नगरपालिकाकोआफ्नै वडा कार्यलयहरु नहुँदा भाडामा काम चलाउनुपर्ने भएकोले आर्थिक व्ययभार सँगसँगै दैनिक सेवा प्रवाहमा समेत असजिलो भएकोले आफ्नै कार्यलय बनाउन लागिएको नगरपालिकाको कार्यलयले बताएको छ।

 


बुधबार एक कार्यक्रमको आयोजना गरि वडा नं ६ को वडा कार्यलय शिलान्यास गरिएको वडाध्यक्ष उदयबहादुर राईले बताए।बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी,नगर उपप्रमुख ढाकाकुमारी पराजुली र वडाध्यक्ष उदय बहादुर राईले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन्।कार्यक्रममा वडा सदस्यहरु धनमाया वि क,लक्ष्मण यादव र मुकेशकुमार मण्डल र वडाका कर्मचारीहरुको उपस्थित थियो।

 


बिराटनगर, पौष १५ गते । रातो तारा डट कम,

खोटाङ र मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । खोटाङको रावाबेशी गाउँपालिका-१ डुम्रेपानीमा आज बिहान साँढे ३ बजे को ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह-चालक स्थानीय २६ बर्षीय राजन नेपालीको मृत्यु भएको हो । पार्किङ गरेर राखेको ट्याक्टरलाई सह-चालकले चलाएर लैजाने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका सह-चालकलाई स्थानीय मेडिलकमा उपचार गरी थप उपचारको लागी सुबिधा सम्पन्न अस्पतालमा लैजाने क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । यसैगरी मोरङको कटहरी गाउँपालिका ३ मा तेलको ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको ना ५ ख ८४३४ नम्बरको तेल बोक्ने ट्याङकरले पछाडीबाट ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय रोहित साहलाई उपचारको लागी कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


काठमाण्डौ पुस १५ गते । रातो तारा डट कम, आज मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् । आज सुदूरपूर्वका किरातदेखि कर्णाली प्रदेशको विकट क्षेत्रका बासिन्दाले समेत आ–आफ्ना पर्वहरु मनाउँदैछन् । सामान्यतया मंसिर वा पुसको पहिलो सातामा पर्ने धान्य पूर्णिमा यो वर्ष अधिकमासका कारण पुस १५ मा परेको हो । 

आजकै दिन नेवार समुदायले धान्य लक्ष्मीको प्रतिमा स्वरूप योमरीको पूजा गर्ने गर्छन् । प्रकृतिपूजक किरातहरूले यही दिनलाई उधौली पर्वका रुपमा मान्ने गर्छन् भने पहाडी भेगका ब्राहृमण क्षेत्रीयहरूले धान्य पूर्णिमाका रूपमा कुल पूजा गर्छन् । त्यसैगरी तिथिको साटो गते अनुसार हरेक वर्ष पुस १५ मा पर्ने गुरुङ जातिको ल्होछार पर्व आजकै दिन परेको छ । 

समग्रमा भन्दा यो वर्षको पुस १५ विविध सांस्कृतिक पर्वहरूको संगम बनेको छ । तर, कोरोना महामारीका कारण यस वर्ष भने अन्य वर्ष झै उत्साहका साथ पर्वहरु मनाइएको छैन । ज्योतिषीय हिसाबले मंसिर पूर्णिमाको त्यति धेरै महत्व रहेको पाइँदैन । तर, सूर्य दक्षिणायनबाट उत्तरायणोन्मुख रहेकाले यही दिनदेखि दिन लामो र रात छोटो हुन्छ भन्ने तर्कको ज्योतिषीय आधार रहेको पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई बताउँनुहुन्छ । 

कृषिप्रधान मुलुकमा धान भित्र्याइसकेपछि फुर्सदिलो बनेका किसानहरुले पूर्णिमाको पवित्र दिन या रातमा विभिन्न नाच एवं पर्व मनाउन थालेका हुन् । पूर्णिमा आफैँमा पवित्र तिथि हो, फुर्सद भएपछि त्यही मंसिर पूर्णिमामा धेरैले चाडपर्व मनाउन थालेसँगै यसको महत्व त्यसैले बढाएको हुन सक्ने भट्टराईको भनाइ छ । 





काठमाण्डौ पुस १५ गते । रातो तारा डट कम, अमेरिकाका नव–निर्वाचित उप–राष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको छ । हिजो अमेरिकाको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारणको क्रममा उहाँले कोरोना विरुद्धको खोप लगाउनुभएको हो । 

ह्यारिसले मोडर्ना इन्कले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको हो । यसअघि अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले पनि कोरोना विरुद्धको खोप लगाउनुभएको थियो । खोप लगाइसकेपछि उहाँले अरुलाई पनि खोप लगाउनका लागि प्रोत्साहित गर्ने उद्देश्यले खोप लगाएको प्रतिक्रिया दिनुभयो । अमेरिका कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । 

जहाँ हालसम्म एक करोड ९९ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा कोरोना विरुद्धको खोपका लागि अनुमति पाउनेमा मोर्डना दोस्रो हो भने त्यसअघि फाइजर र बायो एनटेकले बनाएको खोपले पहिले अनुमति पाइसकेको र मानिसहरुलाई विभिन्न चरणमा लगाइँदैछ ।  



काठमाण्डौ पुस १५ गते । रातो तारा डट कम, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईका लागि आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ । २०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो । बोर्डले आज निकालेको सूचनाअनुसार आवेदन फारम भोलिदेखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ । यस्तै बोर्डले  कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ । रजिष्ट्रेशनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ । एसईई कहिलेदेखि हुने भन्नेमा बोर्ड अन्यौलमा छ । गत वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाट गरिएको थियो ।





खोटाङ, पौष १५ गते ।
रातो तारा डट कम,खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ बालनमारीको ४५ बर्षीया भ्याकी राईको सुनकोशी नदीले बगाएर मृत्यु भएको छ । सोमवार बेलुका ५ बजेको समयमा उदयपुरको ठाना गाउँमा रहेको आफ्नो माईती घरबाट घर फर्कदै गरेकी राई सुनकोशी नदीमा पानी खाने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा मंगलवार दिउँसो बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

 


 

मोरङ, पौष १५ गते ।रातो तारा डट कम,मोरङको केरावारी गाउँपालिका-६ बुद्धचोक बस्ने जितेन तामाङको ३ बर्षीय छोरा पासाङ तामाङको ट्याक्टरले किचेर मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजेको समयमा जितेन तामाङको घर अगाडी पार्किङ गरी राखिएको आफ्नै ट्याक्टरमा अन्य केटाकेटीहरु समेत खेलिरहेको अवस्थामा ट्याक्टरको गियर चलाउदा ट्याक्टर आफै गुड्न गई अगाडी खेलिरहेको निज बालकलाई किच्दा घाईते भएका बालकको धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।


 




 सुनसरी इटहरी पुस १४ गते । रातो तारा डट कम, विराटनगर इटहरी धरान छ लेन सडक योजना अन्र्तगत इटहरीमा सडक विस्तारको ठेक्कापटटा भएको स्थानमा सडक सिमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउन सार्वजनिक सूचना गरिने भएको छ । इटहरी उपमहानगरमा वसेको सरोकारवालाहरुको वैठकले यस्तो निर्णय गरेको हो ।

सूचना जारी भएको सात दिन भित्र सडक सिमाभित्रको आ आफनो संरचना नहटाए इटहरी उपमहानगर,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय लगायतको सहयोगमा ठेक्कापटटा भएको सडक सिमाभित्रका संरचना हटाउने निर्णय भएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,उपप्रमुख लक्ष्मी गौतम,सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल,प्रहरी प्रमुख कमल थापा,इटहरी उपमहानगरका वडाध्यक्षहरु तथा रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख वद्रि प्रसाद शर्मा लगायत सरोकारवाला सहभागि वैठकले यस्तो निर्णय गरेको हो । वैठकमा सडक सिमा भित्रका संरचना नहटाइएका कारण निर्माण कार्यमा वाधा भएको बिषयमा छलफल भएको थियो । यसअघि २०७६ फागुन १६ गते उपमहानगरमा वसेको वैठकले सडक सिमा खाली गराउने निर्णय गरेको थियो । त्यसपछि राष्टिय पत्रिकाहरुमा संरचना हटाउन सार्वजनिक सूचना जारी भएको थियो । हटाउनुपर्ने अस्थायी तथा स्थायी संरचनाको इटहरी उपमहानगर र योजनाका प्राविधिकहरुवाट संयुक्त लगत संकलन कार्य समेत भएको थियो ।



काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोना सङ्क्रमित थपिएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोना सङ्क्रमित थपिएका हुन्  । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८पुगेकोछ । पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्  । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३ सय ९६ रहेको छ । पछिल्लो २४ घण्टामा ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८४० पुगेको छ । 


 


विराटनगर, १४ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ८७० पुगेको छ ।

प्रदेश १ मा आज ३० जना कोरोना संक्रमित थपिएका छन्  । मोरंगमा १५, झापा र सुनसरीमा ४–४ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५, केराबारीमा ४, बुढीगंगामा ३, बेलबारी, मिक्लाजुङ र उर्लाबारीमा १–१, झापाको मेचीनगरमा २, दमक र विर्तामोडमा १–१, सुनसरीको इटहरीमा ४ र प्रदेश १ बाहिरका ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७२९ पुगेको छ ।

प्रदेश १ मा आज ४२१ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये १२ महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार १५८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  



 


उदयपुर, पौष १४ गते । रातो तारा डट कम,

उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले नवराजपुर नगरपालिका-६ सिराहाका २४ बर्षीय पवन चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको साथबाट प्रहरीले NOOPHINE २३ एम्पुल , PROMETHAZINE २३ एम्पुल, DIAZELAB २३ एम्पुल गरि जम्मा ६९  एम्पुल र मोवाईल २ थान  समेत बरामद गरेको छ । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 


बेलबारी असोज १४ गते । रातो तारा डट कम, बेलबारी नगरपालिकाले नगरभित्रका रोगी र विपन्न नागरिकहरुको स्वास्थ्य सुविधामा पहुँच विस्तारका लागि घरघरमा पुगेर बिरामीको उपचार तथा परामर्श सुरु गरेको छ।लामो समयदेखि उपचारको अभावमा रोगसँग जुधिरहेकी बेलबारी ९की जित्नी धिमाललाई उनकै वासस्थानमा पुगेर मंगलबार बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली,वडा नं ९ का वडाध्यक्ष नगेन्द्र खड्का,नगरपालिकाका स्वास्थ्यकर्मीहरु संतोष विश्वकर्मा,चन्द्र दाहालसहितको टोलिले भेट्घाट तथा परामर्श सुरु गरेको छ।परामर्श पश्चात् स्वास्थ्यकर्मी चन्द्र दाहालले आजैबाट बिरामीलाई आवश्यक उपचार एवम् आवश्यकता अनुरुप थप परामर्श अघि बढाइने बताए।

 पेशाले नै नागरिकको सेवा गर्ने अवसर पनि स्वास्थ्यकर्मीलाई भएकोले हामी स्वास्थ्य संस्थाका साथसाथै अशक्त,असहाय,विपन्न नागरिकका घरमै पुगेर सेवा दिँदा थप पेशाप्रति गर्व महशुस हुन्छ।बिरामीहरु उपचारपछि सन्चो भएको देख्दा झन आनन्द लाग्छ।त्यसैले घरघरमा पुगेर पनि उपचार गर्छौँ-बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए।वडाध्यक्ष नगेन्द्र खड्काले वडावासीको स्वास्थ्य सुरक्षासँगै विकास निर्माणका लागि आफू निरन्तर लागिरहेकोले आफ्नो र वडाको तर्फबाट वडावासीलाई सदैव सहयोग रहने बताए।

 नागरिकको स्वास्थ्य सुरक्षा पहिलो शर्त हो।स्थानीय सरकार जनताको अभिभावक भएकोले कोही नगरवासी भोकै बस्नुपर्ने अवस्था र स्वास्थ्य उपचार नपाई रोग पालेर बस्नुपर्ने अवस्था आउन नदिन हामी जनप्रतिनिधि सचेत भएर लागेका छौँ।अफ्ट्यारो परेको बेला नागरिकलाई घरघरमा पुगेर उपचार दिने कार्यलाई निरन्तरता दिनेछौं-उपमेयर ढाकाकुमारी पराजुलीले भनिन्।

 


बिराटनगर पुस १४ गते । रातो तारा डट कम, प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं .१४ स्थित जतुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको बोरा तथा हाते झोलामा प्याक गरेको बिभिन्न प्रकारका मोवायलका ईलेक्ट्रोनिक पाटपुर्जा तथा लत्ता-कपडा र खाद्यान्न सामाग्रीहरु समेत गरी अन्दाजी २ लाख ३८ हजार ७ सय ९० बराबरको सामान ल्याई बेवारिसे अवस्थामा छाडेको अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएकोछ ।


बरामद सामाग्रीहरूस्

बिभिन्न मोवायलमा लाग्ने टेम्पर ग्लास १०३ बन्डल 

 दयबत लेखिएको द्यगिभतययतज ८ पिस 

 सोनी कम्पनीको ठुलो ईयर फोन ४ पिस 

 डाटा १५० पिस 

 विभिन्न मोवाईलामा प्रयोग हुने  ४० पिस  चार्जर प्लक ३० पिस, कोट(पेन्टको कपडा ३ बण्डल 

लेडिज साडी ६ पिस 

लेडिज सुरुवाल ४ पिस 

लेडिज सुईटर ४ पिस 

लेडिज ठुलो कुर्ता ६ पिस 

कुर्ता सुरुवालको पिसको कपडा २२ पिस 

लेडिज लेङ्गा ५ पिस 

रेडबुल २ बण्डल ४८ पिस 

रसगुल्ला ११ बट्टा 

सुरज पापड १४ प्याकेट 

 कासमिरि मिर्ची ५ बण्डल ५० 

मिट मसला ५ वण्डल ५० पिस  

चिकेन मसला ३ वण्डल 

अमोल घ्यु ३० पिस 

विभिन्न किसिमका बिस्कुट ४ कार्टुन 

चिनी १० बोरा अ। ३०० केजी 

खोर्सानी सुकेको १ बोरा १० केजी 

९२४० सुर्ती ४ केजी  

९२५० रजनि गन्धा र बम्बई गुर्खा ५ केजी 

९२६० खाध्यान्न सामाग्री बेसार,खोर्सा


काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम,पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चामा मिठो स्वरले चर्चा कमाएकी रचना रिमालको नयाँ गित ‘मेरो धड्नक’ सार्वजनीक भएको छ । रचनाको साथमा संगीत संयोजकमा उस्तै स्वरका धनि पुस्कर सुनुवार रहेका छन् । 

रचनाका हरेक गितले बजारमा एउटा तरंग छाएको समयमा पुनः अमिर माबो र पासाङ तामाङको शब्दलाई उनले भाव प्रदान गरेकी हुन् । रिमालको स्वरको जादुले हुन त हरेक शब्दलाई काबुमा पार्न सफल छिन् गायीका रिमाल यद्यपी पुन मेरो धड्कन बोलको गितलाई पनि आफ्नो स्वरको जादुमा पार्न सफल भएकि हुन् ।

गायिका रिमाल र गायक सुनुवारको धेरै गितहरु बजारमा आइसकेका छन् भने यो गित पनि बजारमा आइसकेको छ । भनिन्छ नि दुनियाँ प्रेममा बाँधिएको छ । हुन त प्रेमलाई अहिले सम्म कुनै शब्द तथा वाक्यले परिभाषित गर्न सकेको छैन तैपनि भाव भने हरेक शब्दले दर्शाउने छ । यसैको उदाहरण हो ‘मेरो धड्नक’

गित गायक पुस्कर सुनुवारकै युट्युब च्यानलबाट बजारमा आइसकेको छ । गीतको भिडियोलाई मोहन सुनुवार नबिनले सम्पादन गरेका हुन्।

फाएल फोटो -

झापा, पौष १४ गते । रातो तारा डट कम, झापाको शिवसताक्षी नगरपालिका-१० मा आज बिहान राती १ बजे भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, केरावारी गाऊँपालिका-८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई  ठक्कर दिंदा घाईते भएका आचार्यको बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेलेजनाएकोछ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धानई भईरहेको उक्त कार्यालयले जनाएको छ ।


काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम,अर्को वर्ष हुने साफ च्याम्पियनसिप फुटबलको मिति तय भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको हो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको हो । 

प्रतियोगिता बंगलादेशमा हुने तय छ । पूर्व तालिका अनुसार साफ यसै वर्ष हुनुपर्ने थियो । तर, कोरोनाका कारण अर्को वर्ष प्रतियोगिता सारिएको छ । यस्तै, बैठकले साफका उमेर समुहका प्रतियोगिताको मिति समेत टुङ्गो लागेको छ । निर्णय अनुसार महिलाका यू–१६ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने र यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन हुने भएको छ ।

त्यस्तै, पुरुषतर्फको यू–१५ अक्टोबर १ देखि १० सम्म सञ्चाल गर्ने निर्णय भएकोछ । यस्तै, पुरुषकै यू–१५ अक्टोबर १ देखि १० सम्म र यू–१८ अक्टोबर १५ देखि २४ सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।


काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम,ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुगेको डढेलो नियन्त्रणमा आएको छ । तर, जंगलको डढेलो नियन्त्रणमा आएको छैन । मन्दिर भने तत्कालका लागि सुरक्षित भएको छ । मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि सुरु भएको डढेलो मन्दिर परिसरमै पुगेपछि हिजो हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएको थियो । 

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । आसपास रहेको जङ्गलको ठूलो क्षेत्रमा आगलागी भइरहेकोले निभाउन कठिन भएको प्रहरीले जानकारी दिएको छ । आज पनि हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रण गर्न ेतयारी छ । स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको भए पनि आगलागी नियन्त्रणमा आउनसकेकोछैन । शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि हिजो सोमबार बिहान एक्कासी फैलिएर मन्दिरपरिसरमा नै पुगेकोथियो । रेडियो ताप्लेजुङ




काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम,बक्यौता रकम भुक्तानीको माग राख्दै आन्दोलनरत उखु किसान र सरकार चार बुँदे सम्झौता भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच चार बुँदे सम्झौता भएको हो । 

मन्त्रालयमा भएको छलफलमा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सीआईएनलाई जानकारी दिनुभयो । सम्झौताअनुसार उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीको सम्पति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने र चुनुवा पूर्जी जारी गर्ने लगायतका कारबाही प्रक्रिया अगाडि बढाइएको छ । 

त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिन भित्र सुझाव पेश गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने निर्णय गरिएको छ । त्यस्तै, जिल्ल प्रशासन कार्यालय, सर्लाहीले तौल काँटाको बारेमा गरेको निर्णयतुरुन्त स्थगितगर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णयभएकोछ ।

काठमाडौँमा हाल उखु किसानले गरिरहेको धर्ना तत्काल स्थगन गर्ने सम्झौता भएको छ । सरकारले बक्यौता रकम दिलाउने आश्वसन दिए पनि अझै भुक्तानी नपाएको भन्दै उखु किसानले केही दिन यता निरन्तर काठमाडौँमा आन्दोलन गर्दै आएकाथिए ।

गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गरी माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने प्रतिवद्धता जनाए पनि कार्यान्वयन नभएको भन्दै उनीहरु आन्दोलित भएका थिए ।










 


बिराटनगर पुस १३ गते । रातो तारा डट कम,विराटनगर आँखा अस्पतालले बालवालिकाहरुको आँखामा हुने समस्या आरओपीको औपचारिक रूपमा सेवा सुरू गरेको आइतबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि दिएको जानकारीमा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले दृष्टिबीहिन हुनबाट जोगाउन विराटनगर आँखा अस्पताल सुरू भएको आरओपीले ठूलो भूमिका खेल्ने बताए । प्रमुख पराजुलीले दृष्टिबीहिन हुनबाट जोगाउन सचेतना मूलक कार्यत्रम संचालन गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रध्यापक सन्जयकुमार सिंहले बच्चामा देखिने अन्धोपन हटाउन सचेतना मूलक कार्यक्रम संचालन गरिन जरुरी रहेको औल्याए । मोतीयाबिन्दु पछि बाल दृष्टिबीहिन बढी देखिन थालेकोले यसको नियन्त्रणमा सबै लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा विराटनगर आँखा अस्पतालका अध्यक्ष पदम नारायण चौधरीले दातृ निकायको सहयोगमा अस्पतालमा आरओपीको उपचार सुरु गरेको जानकारी गराए । प्रदेश १ मा पहिलो पटक आरओपीको सेवा विराटनगर आँखा अस्पतालमा सुरु गरेको उनले बताए । कार्यक्रममा नेत्रज्योती संघ मोरङका अध्यक्ष बिजयहरी शर्माले दृष्टिवीहिन हुनबाज जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

 

सुनसरी पुस १३ गते । रातो तारा डट कम, सुनसरी इटहरी उमनपा वडा न। ६स्थित अलईलेक्ट्रोनिक एण्ड टेक्निकल ईलेक्ट्रोनिक ईन्स्टिच्युट प्रा।लि।को अफिस वाट  कम्पनीको कालो रङको ल्यापटप चोरी भएको हुँदा उक्त ल्यापटप चोरी गर्ने मानिसहरुको सिसि टिभिको फुटेजको आधारमा खोजतलास गर्दै जाने क्रममा मिति २०७७।०९।१३ गते जिल्ला सुनसरी इटहरी उमनपा वडा  न। ६ बिराटनगर लाईन स्थितमा ऐ।ऐ। १० बस्ने बर्ष ३० को मनोज कार्कीलाई शंका लागी सोधपुछ गर्दा अलईलेक्ट्रोनिक एण्ड टेक्निकल ईलेक्ट्रोनिक ईन्स्टिच्युट प्रा।लि।को अफिस वाट चोरी गरेको कालो रङको ल्यापटल जि। सुनसरी इटहरी ६  स्थित बिराटनगर लाईनमा सुनचादी व्यवसाय गरी वस्ने जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। २ बस्ने बर्ष को २८ श्याम वि।क।लाई विक्री गरेको भनि वताएको हुदा निज श्याम वि।क।लाई  इटहरी उमनाप वडा न। ६ स्थितमा फेला पारी  निजले  पसलमा चलाई रहेको अवस्थामा उक्त ल्यापटप फेला परेको हुदा ल्यापटप  चोरी गर्ने मनोज कार्की तथा ल्यापटप खरिद गर्ने श्याम वि।क समेतलाई पक्राउ गरी निजहरुलाई चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालत सुनसरीबाट म्यादथप गरी थप अनुसन्धान कार्य जारी रहेकोछ ।


   



                                                                                                           







                                                                                         सूचना अधिकृत

    प्र।नि केशव कुमार कटवाल ९ई।प्र।का ईटहरी , सुनसरी०

मितिः( २०७७।०९।१३ गते ।



 विराटनगर, १३ मंसिर । प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्ना कार्यकालका उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि उहाँले २ बर्ष १० महिनाको अवधिमा गरिएको प्रगति सार्वजनिक गर्नुभएको हो । 

मन्त्रालयमा पदभार ग्रहणगर्दा १० बर्षभित्रमा झोला र किताव विस्थापित गरि डिजिटल सिकाई प्रणाली स्थापित गरिसक्ने लक्ष्यलाई पुरा गर्ने क्रममा १ हजार ३१६ बटा विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला निर्माण गरि सूचना प्रविधिको पहुँच पु¥याएको उहाँले बताउनुभयो । ई–एजुकेशन सञ्चालित १०० वटा विद्यालयमा स्मार्ट कक्षा  निर्माण, आमा समूह र पूर्व विद्यार्थी समाज गठन र परिचालन गरी डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ ।  

प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरी संगठन संरचना र सो अनुरूपको नेतृत्व, प्रशासनिक जनशक्ति परिपूर्ति गर्ने तथा प्राविधिक विषयका स्नातक र स्नातकोत्तर तहका लागि आवश्यक पाठ्यक्रम निर्माण गर्ने काम भइरहेको निवर्तमान मन्त्री घिमिरेले बताउनुभयो । प्रदेशभर सञ्चालित प्रयोगशालाहरुको गुणस्तर नियन्त्रण तथा सञ्चालन अनुमति प्रदान गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको , याङ्गशिला, उदयपुर र विराटनगरमा सर्पदंश उपचार केन्द्र स्थापनाका साथै इटहरी, बेलका नगरपालिका, थलाहा ब्यारेक र चारआली ब्यारेकमा सर्पदंश उपचार केन्द्र स्थापना र स्तरोन्नति गरिएको उहाँले बताउनुभयो । 

कोभिड नियन्त्रणका लागि थ्रिटिको नीति अबलम्वन गरि (टे«सिङ, टेष्टिङ र ट्रिटमेन्ट) को यथोचित प्रवन्ध गरिनुका साथै कोभिड–१९ महामारीसँगको चिकित्सकीय युद्धमा अग्रपंक्तिमा खडा भई आफ्नो जोखिम व्यवस्थापन गर्दै अहोरात्र सेवा प्रदान गरी महामारीबाट जनतालाई सुरक्षित राख्ने तथा संक्रमितहरुलाई उपचार गरी निको बनाउने कार्यमा उत्कृष्ट सेवा प्रवाह निवर्तमान सामाजिक विकास मन्त्री घिमिरेको भनाई छ । नेपालमै छुट्टै कोभिड अस्पतालको अवधारणा ल्याई अक्सीजन, आइ.सि.यु. तथा भेन्टिलेटर सेवा सहित २ सय वेडको अस्पताल स्थापना र सञ्चालन गराएको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।  

मोरङ्गको ग्रामथानमा ज्येष्ठ नागरिक ग्राम, मानवसेवा आश्रम र बाल ज्ञान केन्द्र निर्माणका लागि ११ बिघा जग्गा प्राप्त गरिएको र निर्माण प्रक्रिया अगाडि बढेको मानवसेवा आश्रमको भवन सिलन्यास गरी निर्माण शुरु गरिएको उहाँले बताउनुभयो । सन् २०२५ सम्म प्रदेश नं.१ लाई बालविवाहमुक्त प्रदेश बनाउन “सानै छु अहिले बढ्नु छ मैले, बालविवाह होइन पढ्नु छ पहिले” प्रादेशिक नारा तय गरी बालविवाह सम्बन्धी प्रादेशिक नीति तर्जुमा गर्न समिति गठन गरिएको, अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय साझेदारीमा पहिलो चरणमा २७ वटा स्थानीय तहमा यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको, शहीद रंगशाला विराटनगरमा रात्रीकालीन समयमा पनि खेलकुद आयोजना गर्न सकिने हेतुले फ्लडलाइट जडान सम्पन्न गरिएको प्रगति उहाँले सार्वजनिक गर्नुभयो । 

श्रमिक समूहमा रोजगारी सिर्जना गर्न स्कीम बैंक कार्यक्रम लागू गरिएको , भाषा, कला, साहित्यमा लामो योगदान गरेका २६ जना विशिष्ट स्रष्टाहरुलाई पुरष्कृत एवं सम्मानित गरिएको, प्रदेशको ललितकला संरक्षण र संवद्र्धनका लागि कार्यदल गठन गरी गुरुयोजना तर्जुमा गर्न लगाइएको उहाँले बताउनुभयो । 

प्रदेश सरकारको अढाई बर्षे कार्यकालको मूल्यांकनका लागि प्रदेश १ योजना आयोगले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनमा समेत प्रदेश सरकारका सवै मन्त्रालय र निकायहरु मध्ये सामाजिक विकास मन्त्रालय उत्कृष्ट घोषित भएको उहाँले उल्लेख गर्नु भएको छ । पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालय अन्तर्गत समग्र क्षेत्रको मध्यावधि (गत असार मसान्त सम्मको) औसत वित्तीय प्रगति ७१.७७ र समग्र उपलव्धि  ७१.८४ प्रतिशत रहेको बताउनुभयो । 



निवर्तमान सामाजिक विकास मन्त्री घिमिरेद्धारा कार्यकालको उपलब्धि सार्वजनिक

विराटनगर, १३ मंसिर । प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्ना कार्यकालका उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि उहाँले २ बर्ष १० महिनाको अवधिमा गरिएको प्रगति सार्वजनिक गर्नुभएको हो । 

मन्त्रालयमा पदभार ग्रहणगर्दा १० बर्षभित्रमा झोला र किताव विस्थापित गरि डिजिटल सिकाई प्रणाली स्थापित गरिसक्ने लक्ष्यलाई पुरा गर्ने क्रममा १ हजार ३१६ बटा विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला निर्माण गरि सूचना प्रविधिको पहुँच पु¥याएको उहाँले बताउनुभयो । ई–एजुकेशन सञ्चालित १०० वटा विद्यालयमा स्मार्ट कक्षा  निर्माण, आमा समूह र पूर्व विद्यार्थी समाज गठन र परिचालन गरी डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ ।  

प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरी संगठन संरचना र सो अनुरूपको नेतृत्व, प्रशासनिक जनशक्ति परिपूर्ति गर्ने तथा प्राविधिक विषयका स्नातक र स्नातकोत्तर तहका लागि आवश्यक पाठ्यक्रम निर्माण गर्ने काम भइरहेको निवर्तमान मन्त्री घिमिरेले बताउनुभयो । प्रदेशभर सञ्चालित प्रयोगशालाहरुको गुणस्तर नियन्त्रण तथा सञ्चालन अनुमति प्रदान गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको , याङ्गशिला, उदयपुर र विराटनगरमा सर्पदंश उपचार केन्द्र स्थापनाका साथै इटहरी, बेलका नगरपालिका, थलाहा ब्यारेक र चारआली ब्यारेकमा सर्पदंश उपचार केन्द्र स्थापना र स्तरोन्नति गरिएको उहाँले बताउनुभयो । 

कोभिड नियन्त्रणका लागि थ्रिटिको नीति अबलम्वन गरि (टे«सिङ, टेष्टिङ र ट्रिटमेन्ट) को यथोचित प्रवन्ध गरिनुका साथै कोभिड–१९ महामारीसँगको चिकित्सकीय युद्धमा अग्रपंक्तिमा खडा भई आफ्नो जोखिम व्यवस्थापन गर्दै अहोरात्र सेवा प्रदान गरी महामारीबाट जनतालाई सुरक्षित राख्ने तथा संक्रमितहरुलाई उपचार गरी निको बनाउने कार्यमा उत्कृष्ट सेवा प्रवाह निवर्तमान सामाजिक विकास मन्त्री घिमिरेको भनाई छ । नेपालमै छुट्टै कोभिड अस्पतालको अवधारणा ल्याई अक्सीजन, आइ.सि.यु. तथा भेन्टिलेटर सेवा सहित २ सय वेडको अस्पताल स्थापना र सञ्चालन गराएको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।  

मोरङ्गको ग्रामथानमा ज्येष्ठ नागरिक ग्राम, मानवसेवा आश्रम र बाल ज्ञान केन्द्र निर्माणका लागि ११ बिघा जग्गा प्राप्त गरिएको र निर्माण प्रक्रिया अगाडि बढेको मानवसेवा आश्रमको भवन सिलन्यास गरी निर्माण शुरु गरिएको उहाँले बताउनुभयो । सन् २०२५ सम्म प्रदेश नं.१ लाई बालविवाहमुक्त प्रदेश बनाउन “सानै छु अहिले बढ्नु छ मैले, बालविवाह होइन पढ्नु छ पहिले” प्रादेशिक नारा तय गरी बालविवाह सम्बन्धी प्रादेशिक नीति तर्जुमा गर्न समिति गठन गरिएको, अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय साझेदारीमा पहिलो चरणमा २७ वटा स्थानीय तहमा यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको, शहीद रंगशाला विराटनगरमा रात्रीकालीन समयमा पनि खेलकुद आयोजना गर्न सकिने हेतुले फ्लडलाइट जडान सम्पन्न गरिएको प्रगति उहाँले सार्वजनिक गर्नुभयो । 

श्रमिक समूहमा रोजगारी सिर्जना गर्न स्कीम बैंक कार्यक्रम लागू गरिएको , भाषा, कला, साहित्यमा लामो योगदान गरेका २६ जना विशिष्ट स्रष्टाहरुलाई पुरष्कृत एवं सम्मानित गरिएको, प्रदेशको ललितकला संरक्षण र संवद्र्धनका लागि कार्यदल गठन गरी गुरुयोजना तर्जुमा गर्न लगाइएको उहाँले बताउनुभयो । 

प्रदेश सरकारको अढाई बर्षे कार्यकालको मूल्यांकनका लागि प्रदेश १ योजना आयोगले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनमा समेत प्रदेश सरकारका सवै मन्त्रालय र निकायहरु मध्ये सामाजिक विकास मन्त्रालय उत्कृष्ट घोषित भएको उहाँले उल्लेख गर्नु भएको छ । पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालय अन्तर्गत समग्र क्षेत्रको मध्यावधि (गत असार मसान्त सम्मको) औसत वित्तीय प्रगति ७१.७७ र समग्र उपलव्धि  ७१.८४ प्रतिशत रहेको बताउनुभयो । 












बिराटनगर पुस १३ गते । रातो तारा डट कम, मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं।२ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ न।को स्कारपियो र बिपरित दिसाबाट जाँदै गरेको तत्काल न। नखुलेको मोटरसाइकल  एक सग एकआपसमा ठक्कर खाँदा मोसामा सवार जिल्ला मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं . ४ बस्ने बर्ष अन्दाजी ३५ संतोष लिम्बु घाईते भई उपचारको लागि मंगलबारे अस्पताल पठाएकोमा बाटैमा मृत्यु भएको लाश सोहि अस्पतालको सब गृहमा राखिएको ।  सोही मोटरसाईकलमा सवार जिल्ला मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं।(४ बस्ने बर्ष अन्दाजी २६ को सुनिल धमला घाईते भई उपचारको लागि बिराटनगर स्थित न्युरो अस्पताल पठाईएकोमा निजको बाटैमा मृत्यू भएको । स्कारपियो तथा स्कारपियो चालक जिल्ला झापा दमक नगरपालिका २ बस्ने बर्ष ३७ को लक्ष्मी कुमार धिमाल ईप्रका पथरीको नियन्त्रणमा रहेको । मोटरसाईकल उक्त दुर्घट्नामा तेल लिक भई आगोलागी हुँदा  पुणई रुपमा क्षेति भई नम्बर समेत नचिनिने भएको छ। 


 


विराटनगर, १३ पुस । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा प्रदेश १ मा २६१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २४८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ६१७ पुगेको छ ।

प्रदेश १ मा आज ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा १७, सुनसरीमा ११, संखुवासभामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरंगको विराटनगरमा २०, बेलबारी र सुन्दरहरैचामा २–२, कानेपोखरी, रंगेली, धनपालथान र ग्रामथानमा १–१, झापाको अर्जुनधारामा ४, दमक, विर्तामोड र कनकाईमा ३–३, भद्रपुरमा २, गौरादह र बुद्धशान्तिमा १–१, सुनसरीको धरानमा ६, इटहरी र बर्जुमा २–२, भोक्राहानरसिंहमा १, संखुवासभाको खाँदबारीमा ३, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ६९९ पुगेको छ ।

प्रदेश १ मा आज ७०१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२ महिला र ४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ७ हजार ७३७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


 


गाइघाट १३ पौष  । रातो तारा डट कम,लामो समय देखी लागु औषधको कारोबारमा संलग्न एक कारोबारी पका्रउपरेकाछन । सिराहाको नवराजपुर नगरपालीका ६ भगबतीपुर तामासुइया बस्ने २४ वर्षिय पबन चौधरी लाइ आइतबार साझ लागु औषध सहित प्रहरी ले लातपत्ता चेक पोस्ट देखी पका्रउ गरेको हो । पेटको बाहीरी भागमा टेप ले लागु औषध बाधेर पेटी जस्तो बनाइ गाइघाट तर्फ ल्याउदै गरेको अबस्थामा नोफीन २३ एम्पुल पा्रेमोथाजल २३ एम्पुल र डाइजेलाब २३ एम्पुल गरी ६९ एम्पु्ल र २ थान मोबाइल सहित चौधरीलाइ पका्रउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहाल ले बताए । पका्रउ परेका चौधरी गाइघाट क्षेत्र लाइ आधार बनाइ लागु औषधको कारोबार गर्दै आएको खुलेको प्रहरी अनुसन्धान बाट पुष्टी भएको एसपि दाहालले बताए । 


काठमाडौ पुस १३ गते । रातो तारा डट कम,हालै नेपाल मेडिसिटी हस्पिटलअन्र्तगत रहेको स्किन सिटीको सिइओ नियुक्त भएको जानकारी गराउन पाउँदा निकै खुसी छु । अभिनयसँगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडी बढाएको तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।

छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आबद्ध भएसँगै सुभेच्छुकको साथ, सहयोग र सुझाबको अपेक्षा गर्नु मेरो दायित्व हो । स्किन सिटीलाई नयाँ उचाइमा लैजाने मेरो पहिलो प्रतिबद्धता हुनेछ । मैले पाएको यो जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्नेछु । स्किन हस्पिटलमा मेरो पनि केहि शेयर रहेको बताउन चाहान्छु ।

चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै छन् । तर, सम्भावना पनि धेरै देखेकी छु । लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम गरेका चलचित्रहरुलाई सबैले मन पराउनुभएको छ । अब व्यापारिक रुपमा पनि आफुलाई आवद्ध गराएकी छु । आशा छ यो यात्रामा पनि म सफल हुनेछु ।

हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी बिस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने योजना छ ।

हरेक मानिसको सौन्दर्यले मात्रै उनीहरुको आत्मविश्वास वढ्छ । हामीले स्किन सिटीमार्फत अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङ्सँग सम्वन्धित कुनैपनि समस्याको खोज, समाधान र उपचारमा हामीले अनुभवी डाक्टरबाट अत्यन्तै आधुनिक प्रविधिबाट उपचार गर्नेछौं ।

भवदीय,

बर्षा सिवाकोटी, सिइओ

स्किन सिटी, काठमाडौं भैसेपाटी


 


सुनसरी,धरान पौष १३ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका छन् । मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका-६ का २७ बर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो । प्रहरीले निजको मेडिलक हलबाट DICYCLOMINE HYDROCHIORIDE TABETES IP DECOLICE बट्टामा रहेको ७००० ट्याब्लेट र खुल्ला अबस्थामा रहेको ५९० ट्याबलेट तथा TRAMADOL HYDROCHIORIDE CAPSULES TP TRAMADEX  खुल्ला अबस्थामा रहेको ९८० ट्रयाब्लेट बरामद गरेको छ । अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर बुझाउने तयारीभईरहेकोछ ।


बिराटनगर पुस १३ गते । रातो तारा डट कम, जिल्ला अदालत मोरङको  फैसलाले १ लाख जरिवाना र २ बर्ष कैद तोकिएका जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ९ बस्ने बर्ष ३५ को दिपक तामाङलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०९।१२ गते अन्दाजी १७.०० बजे विराटनगर महानगरपालिका वडा नं। १५ हुलास मेटल चोकबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेकोछ । 

 



काठमाण्डौ पुस १३ गते । रातो तारा डट कम,निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ । 

सरकारले प्रतिनिधिसभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेकोे छ । यद्यपि, उक्त निर्वाचनका विषयमा दलबीच उत्पन्न भएको विवाद निरुपणका लागि सवर्वोच्च अदालतमा विषय प्रवेश गरेको छ । आयोगले ऐनमा व्यवस्था भएअनुुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली सङ्कलन स्थगित गरेको छ । 

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुुपर्ने हुुन्छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुुमानको काम गरिरहेको पनि श्रेष्ठले बताउनुभयो । 




काठमाण्डौ पुस १३ गते । रातो तारा डट कम,तेह्रथुमको म्याङलुङ नगरपालिकाले नगर भित्र रहेर ढाका बुनाई तथा ढाका व्यवसाय गरिरहेका एक सय तिन जना ढाका उद्यमी र व्यवसायीलाई सम्मान तथा प्रविधि हस्तान्तरण गरेको छ । गरिब लक्षित उपमेयर कार्यक्रम अन्तरर्गत तेह्रथुमे ढाका उद्यमीहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमका साथै नगरले ८० जना उद्यमीलाई प्रविधि हस्तान्तरण तथा २३ जना उद्यमी र व्यवसायीहरुलाई सम्मान गरिएको उपमेयर पार्वती सानु डाँगीले बताउनुभयो ।

तेह्रथुमे ढाका कपडा बुनकर तथा उद्यमीहरुलाई कपडाको स्तर, ज्याला र मुल्य निर्धारण गरि बिक्रि गरिने ट्रेडमार्क प्रयोग गर्न सके डुब्लीकेसनबाट बचाई मागमा वृद्धि गर्न सकिने नगर लघु उद्यमी संघका अध्यक्ष रामसिंह आलेले कार्यपत्रमार्फत् बताउनुभयो । जिल्लामा ढाका व्यवसायीहरु धेरै भएपनि ढाका कपडाको स्तर निर्धारण नहुनु, बजार सम्भाव्यताको समुहगत रुपमा अध्ययन नहुनु, ढाका बुनकरहरुको जीबन बृद्धी सम्बन्धी कुनै कोष नहुनुले वास्तविक उत्पादन गर्ने उद्यमी ओझेलमा परिरहेको उद्यमीहरुले बताएका छन् । 

जिल्लामा बाहिर उत्पादीत ढाका कपडालाई तेह्रथुमे ढाका कपडा भनि उपभोक्तालाई झुक्याउने अवस्थालाई ट्रेडमार्कले अत्य गरिदिने हुनाले यसका लागि सम्वन्य अगाडी बढाईरहेको जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुङ्गानाले बताउनुभयो । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । 

आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेकोे छ । यद्यपि, उक्त निर्वाचनका विषयमा दलबीच उत्पन्न भएको विवाद निरुपणका लागि सवर्वोच्च अदालतमा विषय प्रवेश गरेको छ ।

आयोगले ऐनमा व्यवस्था भएअनुुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली सङ्कलन स्थगित गरेको छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुुपर्ने हुुन्छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुुमानको काम गरिरहेको पनि श्रेष्ठले बताउनुभयो । रेडियो तीनजुरे, तेह्रथुम



 


विराटनगर  । रातो तारा डट कम, झण्डै ३० करोडका लागतमा विराटनगरमा वैकल्पिक सडक निर्माण हुने भएको छ । विराटनगर महानगरपालिकाका विभिन्न पश्चिमी वडालाई जोड्ने गरी निर्माण हुने वैकल्पिक सडकको आज नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, प्रदेश–१ संसदीय दलका नेता केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीलगायतले शिलान्यास गर्नुभयो ।

विराटनगर–१२ मा मिथिला चोकमा आयोजित कार्यक्रममा उहाँहरुले संयुक्त रुपमा सडकको शिलान्यास गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले जनप्रतिनिधिलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले विकासका काम गर्न आफूहरु तयार रहेको उहाँले बताउनुभयो ।

त्यस्तै प्रमुख सचेतक कार्कीले विराटनगरको पश्चिमको क्षेत्रलाई विगतका जनप्रतिनिधिले बेवास्ता गरेको बताउनुभयो । 

मेयर पराजुली, उपमेयर इन्दिरा कार्की, वडा नम्बर ६ का अध्यक्ष विजय कामत, १५ नम्बर वडाका अध्यक्ष हिरालाल कामतले तोकिएको समयभित्रै सडक निर्माण सम्पन्न गर्न महानगरको तर्फबाट सहजीकरण गर्ने बताउनुभयो । शिलान्यास गरिएको सडकले महानगरको ५, ६, ११ र १२ वडालाई जोड्दै जोगबनी बोर्डरसम्म जोड्ने जनाइएको छ । ७ मिटर चौडाईको सडकको लम्बाई ९ दशमलव तीन आठ किलोमिटर रहेको छ । प्रदेश सरकारको बजेटबाट उक्त सडक निर्माण हुन लागेको हो । उक्त सडक कुल २९ करोड ६३ लाख ९ हजार ५ सय ६६ रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय मोरङका इन्जिनियर मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । प्रदेश सरकारको बहुववर्षी योजनाअन्तर्गत सो सडक निर्माण हुने लागेको हो । सडकको प्रत्यक्ष अनुगमन र निरीक्षण पूर्वाधार विकास कार्यालय मोरङले गर्नेछ । बहुवर्षीय योजनाअन्तर्गत प्रदेशमा ६२ वटा सडक निर्माण हुँदैछन् । 

२०७७ असार ४ गते ठेक्का सम्झौता भएको सो सडक २०७९ साल असार ३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ । सडक निर्माणका निम्ति जनकपुरस्थित देव एण्ड सायर आईएसएनबी जेभीले ठेक्का लिएको छ । कम्पनीले झण्डै ३२ प्रतिशत बिलोमा उक्त सडकको ठेक्का लिएको जनाइएको छ । तोकिएको समयभित्र गुणस्तरीय र परिणामयुक्त सडक निर्माणका लागि अनुगमन गर्ने पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । जग्गा विवाद नहुने र समयमै बजेट निकासा हुने हो भने तोकिएको समयभन्दा अगाडि नै सडक निर्माण सम्पन्न गर्ने प्रमुख रेड्डीले प्रतिबद्धता जनाउनुभयो । निर्माण सम्पन्न भएपछि जोगबनीबाट आवतजावत गर्ने मालबाहक सवारी सो सडकबाट आवतजावतको व्यवस्था मिलाइनेछ । 


 


विराटनगर, १२ पुस । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको आज विदाई गरिएको छ । बर्तमान राष्ट्रिय राजनीति घटनाक्रममा कारण मन्त्रीको जिम्मेवारीमा रहेर कार्यगर्ने सक्ने अवस्था नभएको भन्दै उहाँहरुले आज विहान राजीनामा दिनु भएको थियो ।

 मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा मन्त्री घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानको भावना विपरित रहेको बताउनुभयो । उहाँले अकल्पनिय र कलंकित घटनाको समर्थन र स्वीकार गर्न आत्माले नदिएको बताउनुभयो । २ बर्ष १० महिनामा सामाजिक विकास मन्त्रालयले उल्लेखनिय काम गरेको उहाँको भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यालयको बोर्ड हटाएर मन्त्रालय शुरु गरिएको स्मरण गर्दै उहाँले भन्नुभयो,‘ अहिले मन्त्रालय जस्तो भएको छ ।’ 

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघठन गर्ने कार्यलाई ठिक मान्न नसकेर राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रतिनिधिसभा विघठन गर्ने कार्य ठिक भनेर सरकारमा बस्न उपयुक्त ठानिन ।’ प्रधानमन्त्री ओलीले मतदानको अवमूल्यन गरेको गजमेरले बताउनुभयो । 

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले मन्त्री घिमिरेकोे कार्यको उच्च प्रशंसा गर्नुभयो । कोरोना संक्रमणको उपचार तथा नियन्त्रण कार्यमा मन्त्री घिमिरेले अतुलनिय कार्य गरेको सचिव कार्कीले बताउनुभयो । 

मन्त्री घिमिरेलाई मन्त्रालयका महाशाखा प्रमुख, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा मन्त्रालयका कर्मचारीहरुले विदाई गरेका थिए । 


 

विराटनगर । रातो तारा डट कम, मोरङको सुनवर्षि–२ बरडंगामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर २४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 


नेकपाका नेता तेजु ऋषिदेव र कैलु ऋषिदेवको नेतृत्वमा २४ जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले जानकारी दिए । उनीहरुलाई नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, उपसभापति शिवनारायण गन्गाई सिंह, सचिव नागेश कोइराला, मोदराज घिमिरेलगायतले अविर लगाएर पार्टी प्रवेश गराएका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लिम्बूले कांग्रेसले मात्रै देश र जनताको पक्षमा काम गर्ने दाबी गरे । नेकपा नेतृत्व दुई तिहाईको सरकारले जनताको पक्षमा भन्दा नेता र कार्यकर्ताको पक्षमा काम गरेको आरोप लगाए । उनले भने, “यो देशमा कांग्रेसको आवश्यकता छ भन्ने पुष्टि भएको छ । नेकपाको सरकारले तीन वर्षमा तीन वटा पनि राम्रो काम गरेन ।” 

त्यस्तै सचिव नागेश कोइरालाले मजदुर, किसान, उत्पीडित वर्गको हक हितमा कांग्रेसले मात्रै काम गर्ने दाबी गरे । कोइरालाले नेकपा सरकारले आफ्ना नेता र कार्यकर्ता पोस्ने काम मात्रै गरेको बताए । देशभर नै कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको उनको भनाइ थियो । “वर्तमान सरकार बनेदेखि मुलुकमा भ्रष्टाचार, बलात्कार, महँगी, विकृति बढेको छ,” उनले भने, “जनताले दुई तिहाई मत दिँदा पनि कम्युनिष्ट सरकारले केही काम गर्न सकेन ।” 


 

बिजय थापा -

१२ पुस, काठमाडौं । रातो तारा डट कम, अंग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते ) को अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ । ‘नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो,’  नेपाली टोपी प्रतिष्ठानले प्रेश विज्ञप्तिमा भनेको छ, ‘ ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्रा हो।’

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानले बताएको छ । यो अभियानलाई थप ब्यापक र ब्यबस्थित बनाउने उद्देश्यले यस अभियानका संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेको पहलमा गैर नाफामुलक ‘नेपाली टोपी प्रतिष्ठान’ नामक संस्था पनि गठन भइसकेको छ ।

साथै नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा, हाल सम्ममा ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भइसकेका छन् ।

नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ-आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ। बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपलीमूलका सबै नागरिकहलाई यही पुस १७ गते आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग गर्न विशेष अपिल गरिएको छ ।

सामाजिक सन्जाल चौतारी र दौतरीमा  नेपाली टोपी लगाएर खिचेको तस्बिर पठाउनु हुने मध्येका एक जना बिदेशमा बस्ने नेपालीलाई नेपाली संस्कृति तथा सदभावना प्रतिष्ठानको तर्फबाट 'संस्कृति तथा सदभावना राजदूत' को मानार्थ उपाधिले सम्मानित गरिने जानकारी सो प्रतिष्ठानका मानार्थ उपाधिले सम्मानित हुनु भएका दीपक न्यौपानेबाट प्राप्त भएको छ।



काठमाडौ पुस १२ गते । रातो तारा डट कम, “एल  एण्ड एन मोडेल एजेन्सी द्वारा आयोजित "दि"विन्टर फेस्ट सिजन थ्री-3 ग्वार्को स्थित म्युजिक सिटि हलमा पौष १० गते कृस्मस डे को अवसरमा भब्यताका साथ सप्पन्न भएको छ।उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा महालक्ष्मी नगरपालिका वडा नं  का अध्यक्ष नन्दु न्याैपाने हुनुहुन्थ्यो भने बिशेष अथितिको रुपमा विभिन्न संस्थामा आवद्ध सामाजिक,ब्याबसायिक,समाजसेवी लगायत धेरै जनाको उपस्थिति रहेको थियोे।कार्यक्रममा अहिलेकी चर्चित गायिका सिर्जना खत्री को प्रस्तुतिले गर्दा निकै मनोरञ्जनात्मकपुर्ण बनेको थियो भने दर्शकहरु पनि मन्त्रमुक्त बनेका थिए। कार्यक्रमको कोरियोग्राफी साथै सम्पूर्ण ब्यबस्थापन पक्ष उक्त कम्पनीका कार्यकारी निर्देशक नितिन कायस्थ ज्युले गर्नुभएको थियो  कार्यक्रममा आफ्नो बहुमुल्य समय दिएर पाल्नुहुने सम्पुर्ण पत्रकार,मिडियाकर्मी,-आफ्नो पक्षबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी साथै कार्यक्रमलाई सफल बनाउनको निम्ति सहयोग गर्नुहुने सम्पुर्ण स्पोन्सरहरुमा उक्त कम्पनीको सन्चालक लक्ष्मी श्रेष्ठ ज्युले हार्दिक आभार प्रकट गर्नुभएको छ।

उक्त कार्यक्रममा १७ जना प्रतिस्पर्धिमध्य "दिविन्टर फेस्ट सिजन-3 को बिजेता मिस आश्मा श्रेष्ठले पहिलो स्थान हात पार्नु भएको थियो भने दोश्रो स्थानमा अनु थापा  तेस्रो स्थान कन्चन गिरि ले हात पार्नुभएको थियो साथै अन्य बिधामा पनि केही मोडेलहरुले विभिन्न बिधाको ताज हात पार्नुभएको थियो।

कार्यक्रम उद्धघोशण गायिका रुपा घर्ती मगरले गर्नुभएको थियो भने कार्यक्रम कोभिड 19 लाई मध्यनजर गर्दै पुर्ण सतर्कताका साथ सप्पन्न गरिएको थियो 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.