Websoft University
June 2024


श्याम राई, उदयपुर गाईघाट, १६ असार | पहिरोले अबरुद्ध गाईघाट–दिक्तेल सडकमा आईतबार दिउँसोदेखि यातायात सूचारु भएको छ ।

उक्त सडक खण्डको साउने दियालेमा आईतबार बिहान माथिदेखि झरेको ढुंगा सहितको पहिरोले बिहानदेखि सडक अबरुद्ध भएको थियो । गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटले बिहान लोडर सहित कामदार पठाएर पहिरो हटाएपछि दिऊसो १२ बजेदेखि यातायात संचालनमा आएको योजना कार्यालयका निमित्त प्रमुख नारायण कार्कीले बताए ।

पहिरोको कारण सडक अबरुद्ध हुदा गाईघाटबाट खोटाङंतर्फ हिडेको दर्जनौ सबारी साधनहरु बिहानै देखि बिच बाटैमा रोकिएको थियो । यात्रीहरुलाई स्थानीय बासिन्दाहरुले खाजा र पानीको ब्यबस्था गरेका छन् । अहिले बाटो खुलेसँगै बिच बाटोमा रोकिएको सवारी साधनहरु गन्तब्यतर्फ लागेको गाईघाट दिक्तेल सडक योजना कार्यालयले जनाएको छ ।

 

 

 



 श्याम राई, उदयपुर गाईघाट, १६ असार | डम्पिङ साईडको अभाबमा नगरक्षेत्रको फोहोरमैलाको अस्थायी रुपमा ब्याबस्थापन गरिदै आएको बिशनपुरको खोला किनारमा घेराबेरा लगाउन शुरु गरिएको छ ।

अबस्थित रुपमा फोहोर थुपारीदा बस्तिमा दुर्गन्ध फैलिएर रोगब्याधी फैलन सक्ने भन्दै स्थानीय बासिन्दाहरुले केही दिन अगाडी बिरोध जनाउँदै उक्त क्षेत्रमा फोहोर फ्याक्न अबरोध गरेपछि नगरपालिकाले तत्काल सो क्षेत्रमा घेराबेरा गरेर फोहोरको ब्याबस्थापन गर्ने प्रतिबद्धता गरे अनुसार शुक्रबारदेखि काम शुरु गरिएको वडा नम्बर १२ का सदस्य लक्ष्मि चौधरीले बताए ।

नगरपालिकाले आज देखि काम शुरु गरेको उनले बताए । आगामी बैशाखदेखि डम्पिङ साईड फूलजोरमा निर्माण भएर बिशनपुरमा फोहोर फ्याक्न रोकिने उनले बताए ।

स्थानीयको माग बमोजिम फोहोरको कारण गाउँ बस्तिमा दुर्गन्ध नफैलियोस भनेर फोहोर थुपारीएको क्षेत्रमा घेराबेरा लगाउन शुरु गरिएको उनले बताए ।



बिराटनगर २०८१ आषाढ १६ गते | आइतबार, मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीमप्रसाद ढकालज्यूलाई संघको सभामा स्वागत गरी सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

मोरङ उद्योग व्यापार संघका का।वा।अध्यक्ष श्री अनिल कुमार साहज्यू र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडाज्यूले संयुक्त रुपमा प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीमप्रसाद ढकालज्यू र कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक श्री भीम बहादुर दाहालज्यूलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्री नवराज कार्कीज्यू लगायत प्रहरी निकायका उच्चपदस्थ अधिकृतज्यूहरु, संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू, उद्योग संगठन मोरङका अध्यक्ष श्री राकेश सुरानाज्यू, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष श्री प्रकाश मून्दडाज्यू लगायत विभिन्न संघरसंस्थाका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला र युवा उद्यम समितिका संयोजकज्यूहरु र सदस्यज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु र संचारकर्मीको उपस्थिति रहेको थियो ।


विराटनगर  | विराटनगरस्थित नोवेल साकोस साहित्य संस्थाले मासिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक महिनाको तेस्रो शनिबार आयोजना हुने कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्ना सिर्जना वाचन गर्छन् । विराटनगरस्थित दाहाल प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा साहित्यकार मधु पोखरेल, हरि कट्टे,ल भरत गुरागाईं, मीनकुमार नवोदित, रामबाबु दाहाल, उमेश लुइँटेल, विनोद विवश, कुमार श्रेष्ठ, स्वयम्भूनाथ कार्की, शरद प्रधानाङ्ग, किस्मत खतिवडा, सुजाता राई, रेनुका राई, नेत्र खतिवडा, टंक राजवंशी, शुभकुमारी राई, नानु दाहाल, जमुना पौड्याल, पवित्रा पोखरेल, प्रेमप्रसाद रिजाल, निमेष पोखरेललगायतल तीन दर्जनभन्दा बढी स्रष्टाहरुले सिर्जना प्रस्तुत गरेका थिए । साहित्यकार रामबाबु दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लघुकथाकार केशव रिजाललाई सम्मान गरिएको थियो ।

स्थापितदेखि नवोदित स्रष्टाहरुलाई मञ्च प्रदान गर्न नोवेल साकोस साहित्यिक संस्थाले मासिक कार्यक्रम आयोजना गर्ने गरेको अध्यक्ष मञ्जु घिमिरे दाहालले बताइन् । साकोसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । विराटनगर शाखाले नियमित मासिक साहित्यिक कार्यक्रमसँगै स्रष्टा सम्मानलगायतका कार्यक्रमसमेत आयोजना गर्दै आएको छ ।

 


विराटनगर | असार १५ का अवसरमा विराटनगर वडा नम्बर १५ को सहयोगमा वडाभित्रका ज्येष्ठ नागरिकलाई दहीचिउरा खुवाएर सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिक वडा कार्य समिति र ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध सदस्य र वडाभित्रका अन्य ज्येष्ठ नागरिकको सम्मान स्वरुप दहीचिउरा खुवाएर शुभकामना आदानप्रदानसमेत गरिएको आयोजकले जनाएको   छ । समाजसेवी एवं पूर्वन्यायाधीश मोहनप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, समाजसेवी चिरञ्जीव दाहाल, मेजर मानबहादुर राई, वडासदस्य कृष्ण भट्टराई, ज्येष्ठ नागरिक सेवा समितिका कोषाध्यक्ष भरत कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०८१ सालको हिन्दु नेपालीहरुको पहिलो चाडका रुपमा मनाइने असार १५ लाई विशेष बनाउन ज्येष्ठ नागरिकलाई दहीचिउरा खुवाएको आयोजक समितिका इन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यसैबीच, वडा नम्बर ११माा अवस्थित ज्येष्ठ नागरिक सेवा भवनका लागि समाजसेवी चिरञ्जीवी दाहाल, पदम श्रेष्ठ र मेजर मानबहादुर राईले एसी जडान गरिदिने प्रतिबद्धता जनाउनुभयो । गर्मीका कारण ज्येष्ठ नागरिकलाई समस्या भएको भन्दै उहाँहरुले एक हप्ताभित्र भवनको सभाहलमा चार वटा एसी जडान गरिदिने प्रतिबद्धता जनाउनुभएको हो । सो भवनमा प्रत्येक दिन बिहान ५ देखि ६ बजेसम्म योगाभ्यास, दिउँसो भजनकीर्तनसहितका विभिन्न गतिविधि हुने गरेका छन् ।

 


बिराटगर || ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ महानगरले रोपाइँ आयोजना गरेको हो । महानगरको कृषि शाखाले हरेक वर्ष असार १५ अर्थात् धान दिवसका अवसरमा रोपाइँ कार्यक्रम आयोजना गर्दै आएको छ । अघिल्लो वर्ष वडा नम्बर १८ मा धान रोपाइँ आयोजना गरेको थियो भने गत वर्ष वडा नम्बर १२ को बखरीमा रोपाइँ गरेको थियो । यस वर्ष महानगरले वडा नम्बर १९ मा धान रोपाइँ आयोजना गरेको कृषि शाखाका प्रमुख खगेश्वर नेपालले जानकारी दिनुभयो ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेलगायत विभिन्न शाखा र महाशाखा प्रमुखहरुले धान रोपेका थिए । रोपाइँमा स्थानीयसमेत सहभागी भएका थिए । रोपाइँ शुभारम्भपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मेयर कोइरालाले कृषिजन्य वस्तुको उत्पादनमा जोड दिनुभयो । 


उहाँले पछिल्लो समय कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । ४० वर्षअघिसम्म धान, चामल, तोरीलगायतका वस्तु निर्यात गर्ने नेपाल पछिल्लो समय हरेक वर्ष ५५ अर्बको चामलसहित करिब ६ खर्ब रुपैयाँ बराबरका खाद्य वस्तु आयात गर्नुपर्ने अवस्थामा पुग्नु दुखद भएको उहाँको भनाइ थियो । विराटनगरभित्र पनि थुप्रै खाली जमिन भएकाले त्यसमा कृषि उत्पादन बढाउन महानगरले उन्नत जातको बिऊ, मल, सिंचाइलगायतका सुविधा उपलब्ध गराउँदै आएको उहाँले दाबी गर्नुभयो ।

 


आषिका लम्साल-- विराटनगर १५ असार | दक्षिण एसियाका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा आर्दश नेता स्वर्गीय मनमोहन अधिकारीको योगदानको देशके पहिलो प्राविधिक विश्वविद्यालयले सम्झना गरेको छ ।मोरङको बुढीगंगा ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रेहको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले मनमोहनले शनिवार १०४ औ जन्मजन्यतीको अवसरमा स्मृति सभा आयोजना गरि सदाचारी नेता अधिकारी शिक्षा र समाजिक क्षेत्रमा गरेको योगदानको सम्झना गरेको हो । स्मृति सभामा सहभागी विज्ञ तथा पुर्वमन्त्रीहरुले आदर्श नेता तथा लोकप्रिय प्रधानमन्त्री मनमोहनले गरेको योगदान सधै अनुकरणी रहेकोले कहिल्यै विर्सन नहुने कताए ।  

स्मृति सभाको अवसरमा विश्विद्यालयका उपकुलपति डा सुवाश्री पोखरेल पुर्व मन्त्री जिवन घिमिरे , संरक्षण समिति सदस्य सत्यनायाराण चौधरी रजिट्रार डा दिलनाथ फुँयाल,डिन प्राडा प्रचण्डमान प्रधान , कानुनी सल्लाहकार कोषराज न्यौपानेले मनमोहनको सालिकमा माल्यापर्ण गर्दै प्राविधिक शिक्षामा स्वर्गीय त्यागी र आर्दश नेताको योगदान अनुकरणीय रहेको चर्चा गरेका थिए । स्वर्गीय नेता मनमोहनको सम्झना गर्दै उनीहरुले  नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिदै आएका पुर्वप्रम तथा सदाचारी नेता  अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता अहिले पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक भएकोले त्यसलाई सवैले अनुकरण गर्नुपर्नेमा जोड दिए ।

ऋादर्श नेता मनमोहनकै सम्मान रुवरुप भारत सरकारले मनमोहन स्मृति प्रतिष्ठानलाई  मनमोहन प्राविधिक शिक्षालय स्थापना गराएर सञ्चालनमा ल्याएको थियो । सोही प्राविधिक शिक्षालाई कोशी प्रदेश सरकारले देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रुपमा स्थापना गरेर पठनपाठन गराउन थालेको हो । हाल प्रदेश सरकार मार्फत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अझ ईन्जिनियरिङग, स्कृल अफ मेडिकल र स्कृल अफ एप्लाईड हेल्ड लगायतका तीन वटा स्कुल स्थापना भैसकेका छन । मनमोहनले आगामी दश बर्षभित्र देशभित्र आवश्यक प्राविधिक जनशक्त्ति उत्पादन गर्न स्नातकदेखी विद्यावरिधिसम्मको कक्षा सञ्चालन गर्ने योजना बनाएको छ । ् ।

स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारीको जन्म १९७५ असार १५ गते काठमाडौंको लाजिम्पाटमा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारीको माइला पुत्रका रूपमा मध्यमवर्गीय परिवारमा जन्म भएको थियोे।वि.स. २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उहाँले सम्हाल्नुभएको थियो । 

लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए ।२०५१ को मध्यावधि निर्वाचनपछि ९ महिनासम्म प्रधानमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाउँ’ र वृद्धभत्ता कार्यक्रमका कारण नेपालमा हालम्मक सफल र लोकप्रिय प्रधानमन्त्री मानिन्छन । स्वर्गीय नेता मनमोहन देशमा प्राविधिक जनशक्त्तिको आवयश्कतालाई सधै जोड दिन्थे । उनले विराटनगरमा बसेर जृट मिलका मजुदुरहरुलाई उत्प्ररित गराएर नेपालमा प्रजातन्त्रका लागि संघर्ष पनि चर्काएका थिए ।

अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघातबाट निधन भएको थियो ।


सुनसरी, १५ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभएको छ ।

आज नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । शान्ति सुरक्षा कायम गर्नका निम्ति सुरक्षा निकायको विशेष भूमिका रहेको भन्दै उहाँले जो जहाँ छ त्यो व्यक्ति वा निकायले देश र समाजका निम्ति विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।

सूचना क्षेत्र, सञ्चारको क्षेत्रमा, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा नेपाली सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मन्त्री चौधरीले भन्नुभयो, ‘सुरक्षा निकायमा काम गर्ने सबै व्यक्तिहरूले । अन्य सार्वजनिक सेवामा काम गर्ने व्यक्तिहरूले पनि घरपरिवार सबै छाडेर देशको सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको छ । त्यस कार्यप्रति हामी उच्च प्रशंसा गर्दछौँ ।’

सकारात्मक सोचका साथ अगाडि बढ्न समेत आग्रह गर्दै मन्त्री चौधरीले मुलुक बनाउनका निम्ति नेपालको रक्षा गर्नका निम्ति मुलुकको उर्वराको रक्षा गर्नका निम्ति सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

धान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै आएको भन्दै उहाँले यो दिवसले किसान र कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । ‘परम्परागतदेखि नै असारमा केही न केही कार्यक्रम गर्दै आएको पाइन्छ । २०६१ सालदेखि नेपाल सरकारले असार १५ गतेलाई धान दिवस मनाउँदै आएको हो’, उहाँले भन्नुभयो । उहाँले बच्चा देखि नै यस्तो कुराहरू परिवारमा समेत मनाउने प्रचलन रहेको स्मरण गर्नुभयो ।

यस वर्षदेखि नेपाल सरकारले कृषि दशक वर्ष मनाउन सुरु गरेको भन्दै उहाँले तर भने जति बजेट भने व्यवस्था हुन सकेको छैन । ‘यसलाई बिस्तारै वृद्धि गर्दै लैजानुपर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा बजेटको सीमितताका कारण समस्या हुने गरेको छ’, मन्त्री चौधरीले भन्नुभयो ।

सरकारले दिने स्रोतसाधन प्रायः सबै क्षेत्रमा कमी भएका कारण काम गर्नका निम्ति कठिनाइका बिच त्यसलाई व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । राज्यले सुरुआत गरेको धान दिवसले किसानहरू प्रोत्साहित हुने मन्त्री चौधरीले बताउनुभयो ।

नेपालको ब्रान्ड यो हो भनेर केही विशेष उत्पादनहरूमा हुनुपर्ने भन्दै उहाँले परम्परागत रूपमा जानेको सीपलाई केही वैज्ञानिकता मिलाएमा अझ प्रभावकारी हुने बताउनुभयो ।


बिराटनगर | मोरङ धनपालथान गाउँपालिका वडा नं। ७ स्थितमा बस्ने राजकुमार सिंहको खेतमा रहेको गोठमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरिक्षक नवराज कार्की समेतको टोली खटी गई खानतलासी गर्दा निजको गोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा जम्मा ४९ बोरा १५४८ किलो ग्राम ९एक हजार पाँच सय अढचालिस किलो ग्राम० गाँजा फेला पारी बरामद कार्य सम्पन्न गरी गोठधनी समेतलाई पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप भई ईलाका प्रहरी कार्यालयरंगेली मोरङबाट थप अनुसन्धान कार्य भईरहेको ।


विराटनगर,१३ असार l नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरबाट कोशी प्रदेशमा दुधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा भएको आज कार्यक्रमका वक्ताहरुले बताएका छन । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको आयोजनाले परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा प्रदेशका सात जिल्लाका ७७ पालिकाका पशु सेवा प्रवाहका क्षेत्रमा क्षमता वृद्धि, आधुनिकरण,पशुपालनका उद्यम व्यवसाय कृषकलाई लक्षित गरी पशुपालन, दुधजन्य पदार्थको उत्पादन वृद्धि,मासुजन्य पदार्थ उत्पादन र वजारीकरण गर्ने विभिन्न संघसंस्थालाई रु ३० करोड लगानी गरेको छ ।

आयोजनाले कृषक संघसंस्थालाई अधिकतम रु एक करोडसम्म पुरक अनुदान उपलव्ध गराएको इकाईका निर्देशक डा सुधिरकुमार सिंहले जानकारी दिनु भयो ।उक्त अनुदान प्राप्त गर्न ३० प्रतिशत बैंकको ऋण, २० प्रतिशत कृषकको लगानी र थप ५० प्रतिशत इकाईको पुरक अनुदान दिने व्यवस्था रहेको उहाँले बताउनु भयो ।

इकाईसँग प्रदेशका १०५ साना मझौला उद्योगले सम्झौता गरी गाईपालन, वाख्रापालन र डेरी उद्योगहरु स्थापित भएर सफलतापूर्वक सञ्चालनमा रहेको निर्देशक सिंहले बताउनु भयो ।

आयोजना लागु भएका जिल्लामा दुधजन्य उत्पादनमा ४० प्रतिशत वृद्धि हुने लक्ष्य रहेकोमा ८० प्रतिशत वृद्धि भएको,मासुको उत्पादन २० प्रतिशत वृद्धि हुने लक्ष्य रहेकोमा ७० प्रतिशत वृद्धि र बजारी करण विक्री लक्ष्य ३० प्रतिशत रहेकोमा १३९ प्रतिशत पुगेको उहाँले बताउनु भयो ।

इकाईले जिल्लाका पशु स्वास्थ्य कार्यालयहरुलाई विभिन्न आधुनिक उपकरण समेत उपलव्ध गराएको छ । इकाइको सहयोगमा कोशी प्रदेशमा ३० देखि ४० लिटर दुधदिने गाईका वाछी उत्पादन गर्ने सात कृषि फर्म रहेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विकेन्द्रिकृत आयोजनाको अवधि समापन समारोहमा कृषक उद्यमीलाई प्रशंसा पत्र वितरण गर्दै दुधजन्य पदार्थको गुणस्तर एवं मूल्य समन्वय कायम गरी अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यातका लागि प्रतिस्पर्धामा जानु पर्ने सुझाव दिनु भयो ।

उहाँले प्रदेश सरकारले युवाहरुलाई स्वदेशमा रोजगार उपलव्ध उपलव्ध गराउन आधुनिक ठूलो कृषि उद्योग स्थापनाका लागि आवश्यक सहयोग प्रदान गर्ने धारणा राख्नु भयो । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले कृषिमा प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्ने तथा सरकारले कृषकका उत्पादन खरीद गर्नुपर्ने सुझाव दिनु भयो ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा वेदराज दाहाल,समग्र आयोजनाका निर्देशक बैंकुण्ठ अधिकारी, अनुदानग्राही मनोज विष्ट र मन्जु वस्नेतले पशु क्षेत्रको सुदृढीकरण र आधुनिकरणमा आयोजनाले महत्पूर्ण भूमिका खेलेको बताउनु भयो ।


संखुवासभा, असार १३ गते । संखुवासभाको पाँचखपन नगरपालिका(७ स्थितमा रहेको इलाका प्रहरी कार्यालय वानाको नव(निर्मित भवनको समुदघाटन भएको छ । आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले शिलालेख अनावरण गर्नु भई नव(निर्मित ७ कोठे भवनको  समुद्घाटन गर्नु भएको हो ।

 भवनको समुद्घाटन तथा निरीक्षण कार्यक्रम पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वहाँले नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उक्च हुनुका साथै सुबिधा सम्पन्न भवनले प्रहरीमा थप जोश र उर्जा बढेर जाने हुँदा सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउदै आम नागरिकहरुलाई प्रदान गरिने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गर्नु भयो । वहाँले कार्यरत प्रहरी कर्मचारीहरुलाई कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न समेत निर्देशन समेत दिनु भयो ।


कार्यक्रममा प्रमुख अतिथि खापुङले इलाका प्रहरी कार्यालय वानाको नव निर्मित भवनको लागी जग्गा खरिद गरिदिने पाँचखपन नगरपालिका, प्रहरी चौकी वाना स्थापना हुँदा निःशुल्क जग्गा प्रदान गर्नु हुने स्व। ललित बहादुर दर्जीको छोरा झलक दर्जी ९प्रतिनिधि०, तथा भवन निर्माण कम्पनी कार्की बन्धुर अमर जेभिलाई कदर पत्रले सम्मान गर्नु भएको थियो भने भवन निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण महानुभवहरुलाई हृदय देखि हार्दिक आभार व्यक्त गर्नु भएको थियो । उक्त भवन नेपाल सरकारको बिनियोजित बजेट २ करोड ४३ लाख ३१ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको थियो ।

समुद्घाटन कार्यक्रममा संखुवासभाका जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, पाँचखपन नगरपालिकाका नगर प्रमुख बिपिन राई, ‍सहायक प्रमुख जिल्ला अधिकारी मोहन मणि घिमिरे, जिल्ला स्थि त सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयहरूका प्रमुख एवम प्रतिनिधि, बिभिन्न संघ संस्था तथा राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी लगायत स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

 


विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४  प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन् ।

फाइनलमा गोर्खाकी सबिता भट्ट, मोरङ मिक्लाजुङकी रिया आचार्य,  बेलबारीकी, हेखां चामलिगं राई, इटहरीकी  एलिजा केशी, संस्कृती ओझा, स्वस्तिका राई, कल्पना सहनी,  शुभ लक्ष्मी राई, बबिना मगर , कटहरीकी सन्जना कुमारी राजबंशी, भोजपुरकी आलिया राई, निकिता राइ रहेकी छिन् ।  यस्तै धरानकी रेशु राई, रोमिका राई,  निशा हागंमा लिम्बु, इना खापुङ, जेनिफर राई, समिस्टा बि।क, करुना गजमेर रहेकी छिन् । यसैगरी बराहक्षेत्रकी सृजना थापा, विराटनगरकी गिता अधिकारी, जुम्लाकी कृती श्रेष्ठ, रतुवामाईकी निगम मोक्तान तामाङ, सिरहाकी सुजिता कुमारी साह, उर्लाबारकिी रोजिना खड्का र धनकुटाकी दृष्टी कार्की फाइनलमा पुगेकी छिन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हँुदै आएको छ । आठौंैं संस्करणको मिस कोशी केही फरक र भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद १ लाख र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् ।

प्रतियोगिहरुले यसअघि ट्यालेन्ट शो पनि देखाएका छन् । उनीहरुले आफ्नो रुची अनुसारको प्रतिभा ट्यालेन्ट राउन्डमा देखाए । फाइनलमा पुगेका प्रतियोगिहरु अहिले बन्द प्रशिक्षणमा रहेका छन् । उनीहरुले बन्द प्रशिक्षणमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट फाइनलमा पुगेका प्रतियोगिहरुलाई प्रशिक्षण दिदै आएका छन् ।


विराटनगर | विराटनगर वडा नम्बर १८ ले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ ।

बिहीबार वडा कार्यालयमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइरालाले जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गर्नुभयो । विद्यार्थीलाई विद्यालय जान–आउन सहज होस् भनेर साइकल वितरण गरिएको वडाध्यक्ष जितेन्द्रकुमार साहले बताउनुभयो । स्थानीय जनक आधारभूत र जानकी आधारभूत विद्यालयमा ६ र ७ कक्षामा अध्ययनरत १२ जना छात्राहरुलाई साइकल वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटबाट सबै सामुदायिक विद्यालयलाई पंखा वितरण गरेको समेत जानकारी दिनुभयो । विद्यालयको गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकहरुसँग कार्यसम्पादन मूल्यांकन सम्झौता गरेको बताउनुभयो ।


विराटनगर । विराटनगर प्राइम राउण्ड टेबल नंं. १० ले कक्षा कोठाहरूको ब्लक हस्तान्तरण गरेको छ ।

टेबल नं. १० ले एक कार्यक्रमबीच नवनिर्मित ४ कक्षा कोठाहरूको ब्लक सोमबार विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको छ । टेबलले स्वर्गीय सुनिल टिबरेवालाको स्मृतिमा ब्लक निर्माण गरि विद्यालयलाई जिम्मा लगाएको हो । ब्लकको नाम सुनिल टिब्रेवाल ब्लक राखिएको छ । ब्लक निर्माण पूर्व टेबलर स्वर्गीय टिब्रेवालको नाममा समर्पित छ । ब्लकको उद्घाटन विराटनगरका मेयर नागेश कोइराला र टिबरेवालाकी आमा किरण टिबरेवालाले  संयुक्त रूपमा रिवन काटेर गरेका थिए ।

३ हजार २ सय वर्गफिट ओगटेको ब्लकको निर्माणमा ४५ लाख रूपैयाँ खर्च भएको थियो । ब्लकको निर्माण ४ महिनामा सम्पन्न भएको थियो । महेन्द्रमा अंग्रेजी माध्यमका कक्षा ९ र १० का विद्यार्थीकालागि कक्षाकोठाको अभाव थियो । ब्लक निर्माणसँगै २ सय बढी विद्यार्थीले सजिलो गरी पढ्न पाउने भएका छन् ।  

कार्यक्रममा बोल्दै टेबलका २०२३–२४ का अध्यक्ष निखिल वंशलले आज भावुक दिन भएको बताए । उनले विद्यालयलाई ४ कक्षा कोठासहितको ब्लक हस्तान्तरण गर्न पाउँदा आफूहरूलाई अपार खुशी लागेको बताए ।

टेबलका समन्वयक विवेक राठीले हालसम्म विभिन्न विद्यालयका ४५ बढी कक्षाकोठा निर्माण गरिएको बताए । उनले बालबालिका देशका भविष्य हुन भन्ने यथार्थलाई हृदयङ्गम गरि ठूलो नभएपनि कक्षा निर्माणजस्ता स–सानो कदम चालिएको बताए ।

टेबलका संस्थापक अध्यक्ष अनुपम राठीले राउण्ड टेबल १० देशको उदाहरणीय टेबल भएको बताए । उनले सिमित साधन र श्रोतका वावजुद उल्लेख्य सामाजिक र रचनात्मक कार्य गरिएको बताए । राठीले टिबरेवाला लोकप्रिय टेबलर भएको स्मरण गरे । ब्लक निर्माणले विद्यालय र टिबरेवालाको नाम युगौंयुगसम्म अमर रहने राठीले बताए ।

शिक्षा समन्वय इकाइका प्रमुख टंकप्रसाद गौतमले महेन्द्रमा टेबलले गरिदिएको भौतिक संरचना निर्माणले विद्यार्थीले पढ्नकालागि सहज वातावरण पाएको बताए । मेयर कोइरालाले महानगरपालिका रचनात्मक र सामाजिक कार्यमा जहिलेपनि सहयोग गर्न तत्पर भएको बताए । उनले नगरभित्रकासामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ध्यान दिने बताए । कार्यक्रममा बालबालिकाले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

विराटनगर प्राइम राउण्ड टेबल नं. १० ले शिक्षा र सामुदायिक विद्यालयमा योगदान पु¥याउँदै आएको छ ।  विद्यालयको निर्माण, स्वास्थ्य सेवाको प्रवन्ध, सामाजिक र रचनात्मक कार्यमा टेबल नं. १० सक्रिय छ ।          

विराटनगर–८ का वडाध्यक्ष राम पोखरेल र विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झा, अतुल सिंघानिया र अभिषेक केडिया भवन उद्घाटन समारोहमा सहभागि थिए ।


विराटनगर । दक्षिणपूर्वी मोरङको रंगेली नगरपालिकाले दशौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरसभाका सभाध्यक्षसमेत रहेका नगर प्रमुख दिलिप बगडीयाले उपप्रमुख भूमा पराजुलीलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए ।

नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७२ करोड चार लाख १५ हजार ५८ रुपैयाँ बराबरको आय व्यव विवरण प्रस्तुत गरेकी हुन् ।


उपप्रमुख पराजुलीले चालु तर्फ ४८ करोड ९६ लाख ३ हजार ५८ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ८ लाख ११ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।

चालु खर्च भित्र रंगेली अस्पताल व्यवस्थापन, अति विपन्न परिवारको निःशुल्क बीमा, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, विद्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने पारिश्रमिक लगायतका खर्च रहेका छन् ।

आय तर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान १४ करोड ७० लाख, शसर्त अनुदान ३१ करोड १७ लाख १८ हजार ५ सय, समपुरक अनुदान तर्फ १ करोड ५० लाख, विशेष अनुदान ९५ लाख र  प्रदेश सरकारबाट ९३ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी राजश्व तर्फ आन्तरिक राजश्वमा ४ करोड ५४ लाख ४५ हजार ५ सय ५८, नेपाल सरकार राजश्व बाँडफाँडबाट १२ करोड ४६ लाख, घरजग्गा रजिष्ट्रेसन मालपोतबाट ५ करोड र प्रदेश सरकार राजश्व बाँडफाँडबाट ७८ लाख ७ हजार रुपैयाँ आय हुने अनुमान गरिएको उपप्रमुख पराजुलीले जानकारी दिइन् ।

त्यस्तै, व्ययतर्फ चालु खर्चमा संघीय शसर्त २७ करोड २९ लाख १८ हजार ५ सय, नगरपालिका केन्द्र १७ करोड १९ लाख ३५ हजार, सूचना प्रविधि शाखाका लागि २६ लाख ४० हजार, स्वास्थ्य शाखाका लागि ७९ लाख ५५ हजार, शिक्षा शाखाका लागि १ करोड ७८ लाख ७७ हजार, न्यायीक समिति १३ लाख १५ हजार, पशुपंक्षी शाखाका लागि २१ लाख ८५ हजार, कृषि शाखाका लागि १० लाख र समाजिक तथा महिला, बालबालिका शाखाका लागि ४५ लाख ७६ हजार र वडा सञ्चालन खर्च ७२ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख पराजुलीले बताइन् ।

त्यसैगरी पूँजीगततर्फ नगरपालिका केन्द्र १६ करोड ३६ लाख ३६ हजार, संघीय शसर्त ३ करोड ८८ लाख, सघीय समपुरक अनुदान १ करोड ५० लाख, संघीय विशेष अनुदान ९५ लाख, पशु शाखा कार्यक्रम ८ लाख ७५ हजार र कृषि शाखा ३० लाख रुपैयाँ विनियोजन भएको छ ।

नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि सर्वसम्मत पारित भएको छ । छलफलपछि सभाध्यक्ष बगडीयाले आर्थिक वर्ष २०८१÷०८२ को नीति कर्यक्रम तथा बजेट पारित भएको घोषणा गरे ।

नगरसभाको अवसरमा विभिन्न विद्यालयमा कार्यरत शिक्षक÷शिक्षिकालाई र नगरप्रहरी सुनिता पौडेलीलाई उत्कृष्ट कार्य गरेवापत सम्मान समेत गरिएको थियो । त्यसैगरी रंगेलीको चौतर्फी पूर्वाधार विकास र उज्यालो नगर बनाउन अहोरात्र लागि परेका नगरपालिकामा कार्यरत करण ठाकुरलाई विशेष सम्मान गरिएको थियो ।

नगरसभापछि मेयर बगडीयाले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राखिएको जानकारी दिए । ‘हामीले सवैभन्दा बढी स्वास्थ्य र शिक्षालाई फोकस गरेका छौँ । बजेटको अभावले गर्दा नयाँ योजनाहरु कुनै पनि समावेश गरेका छैनौँ ।’ मेयर बगडीयाले भने,‘पुराना र वहुवर्षिय अधुरा रहेका योजनाहरुलाई प्रथामितामा राखेर पहिले सम्पन्न गर्नेगरी बजेट ल्याए छौँ । योजनाकै लागि योजना हालेर हामी हिँडेका छैनौँ । एकमतका साथ बजेट पारित गरेका छौँ ।’  

चालू आर्थिक वर्षका लागि नगरपालिकाले ७३ करोड बजेट विनियोजन गरेको थियो । सोमबार नगरसभा नगरप्रमुख अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ ।

 


सुरेन्द्र भण्डारी-- झापा, असार १० गते । बिर्तामोड उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्यमा युवा व्यवसायी विश्वेश्वरप्रसाद बजगाई ९विपिन० लाई मनोनयन गरिएको छ ।

संघको विधान २०७३ को परिच्छेद नं ५ को दफा १३ को उपदफा ‘घ’ मा व्यवस्था भए अनुसार बजगाईलाई कार्यकारिणी समिति सदस्यमा मनोनयन गरिएको हो ।

संघका अध्यक्ष राजु न्यौपानेले बजगाईलाईसदस्यमामनोनयनगरेका हुन् । बजगाईलाई संघको सदस्यमा मनोनयन गरिएसंगै समिति २१ सदस्यीय बनेको छ ।

सदस्यमा मनोनयन गरिएका बजगाई युनिक मेसिनरीका सञ्चालक हुन् । २०५१ सालबाट व्यवसाय शुरु गरेका बजगाईले युनिक इन्टरप्रइजेज समेत सञ्चालन गरेका छन् । सामाजिक र धार्मिक विभिन्न संघ संस्थामा समेत सक्रिय भएर काम गर्दै आएका उनी नयाँ उज्यालो सहकारी संस्थाका पूर्ब अध्यक्ष समेत हुन् । सफल ब्यवसायिका रुपमा परिचित वजागाई केदार मनमाया स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका छन् । 


विराटनगर १० असार । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ ।

कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा २०७९ जेठ १६ मा परमादेश जारी गरेपनि अदालतको आदेशको अबज्ञा गरेपछि पत्रकार महासंघ मोरङले आज अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्धा दर्ता गरेको हो ।

न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (२) ले उच्च अदालतले आफ्नो र मातहतको अदालत वा न्यायिक निकायको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारवाही चलाउन सक्ने कानूनी व्यवस्था गरेको छ । ०७९ जेठ १६ मा परमादेशको आदेश जारी भईसकेको अवस्थामा विपक्षीहरूले सो आदेशको अवज्ञा गरी सम्मानित अदालतको गरिमालाई ठेस पु¥याउने र अदालतको काम कारवाहीप्रति जनतामा अविश्वास फैलाउने कार्य गरेकाले अवहेलनामा मुद्धा दर्ता गरिएको नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए ।

परमादेशको आदेशको अवज्ञा गरी विपक्षीहरूले जनताको आस्थाको धरोहरको रूपमा रहेको स्वतन्त्र न्यायपालिकाको गरिमामा आँच पुयाउने, अदालतप्रति अनास्था उत्पन्न गराउने प्रयास गरी अदालतको आदेशलाई कागजी न्यायमा सीमित गराउने प्रयास गरिएकाले विपक्षीहरूलाई झिकाई न्याय प्रशासन ऐन वमोजिम हदैसम्मको जरीवाना तथा कैद सजाय गरी पाउन माग गरिएको सचिव अधिकारीले बताए ।

न्याय प्रशासन ऐन २०७३ दफा  १७ (४) बमोजिम १ वर्ष सम्म कैद र १० हजार जरिवाना वा दुबै हुने व्यवस्था रहेको उच्च अदालत विराटनगरका उपरजिस्टार टिकेन्द्र जङ्गवीर राणाले बताए ।

अदालतको अवहेलनामा मुद्धा दर्ता गर्नुअघि उच्च अदालत विराटनगर गत वैशाख २४ गते निवेदकको माग बमोजिम निर्णय कार्यान्वयनका लागि पत्र पठाएपनि सो को पनि अबज्ञा गरेपछि अवहेलनामा मुद्धा दर्ता गरेको पत्रकार महासंघ मोरङका सचिव अधिकारीले जानकारी दिए ।

०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालिन कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बिमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परामादेश दिएको थियो ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले आफ्ना सदस्यहरूको कोरोना बिमाबापतको रकम भुक्तानीका लागि परमादेश माग गर्दै २०७८ भदौ २१ मा उच्चमा रिट दायर गरेको थियो । कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासंघ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई २ सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बिमा गरिएको थियो । त्यसमध्ये ५३ जना बिमित पत्रकार संक्रमित भएकामा २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए । अझै ३३ जनाले भुक्तानी पाउन बाँकी छ ।

कोरोना बिमा गरेका मोरङका  पत्रकारले सम्झौताअनुसारको रकम भुक्तानी नपाएपछि सोमबार नेपाल पत्रकार  महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै  रिट दर्ता गराएको हो ।

अजोड इन्स्योरेन्सले जारी गरेको बिमालेख तोकिएको अवधिसम्म कुनै पनि हालतमा खारेज गर्न नसकिने, पिसिआर टेस्ट पजिटिभ देखिएमा संक्रमित व्यक्तिलाई एक लाखसम्मको दाबी भुक्तानी दिने, बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्ने र बिमितले रितपूर्वक निवेदन दिएको सात दिनभित्र रकम भुक्तानी दिने सम्झौता गरेको छ ।  

कम्पनीको नियमअनुसार आवश्यक प्रिमियम तिरेर बिमा गरेका बिमितलाई भुक्तानी दिन नसकिने भन्ने गैरजिम्मेवार जवाफ दिएपछि नेपाल पत्रकार महासंघले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै २०७८ साउन ३२ मा रिट दायर गरेको थियो ।  

 


विराटनगर | कोशी प्रदेशको एकमात्रै महानगरपालिका विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

सोमबार बसेको १४ औं नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर महानगरले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको को बजेट सार्वजनिक गर्नुभयो । जुन बजेट चालु आर्थिक वर्षको तुलनामा १३ करोडले बढी हो । महानगरले चालु आर्थिक वर्षका लागि विराटनगरले ३ अर्ब ३६ करोड १७ लाखको बजेट ल्याएको थियो ।

प्रस्तुत बजेटमा महानगरको प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार खर्च हुने अनुमान गरिएको छ । समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन भएको छ । योजना निर्माण गर्ने क्रममा महानगरपालिकाले १९ वडालाई न्यूनतम दुई करोडका दरले बजेट दिएको छ । महानगरले सार्वजनिक गरेको बजेटमा सबैभन्दा बढी वडा नम्बर ४ ले पाएको छ । ४ नम्बर वडाले २ करोड ६४ लाख ३ हजार रुपैयाँ पाउँदा सबैभन्दा कम वडा नम्बर १३, १५, १६ र १७ ले २ करोड १३ लाख ५ हजार पाएका छन् । हरेक वडालाई समान २ करोड वितरण गरेर थप १० करोड भौगोलिक अवस्था, जनसंख्या, विकासलगायतलाई मापदण्ड बनाएर सूत्रका आधारमा वितरण गरिएको जनाइएको छ ।

आगामी वर्षको खर्चतर्फ बहुवर्षीय ठेक्का तथा दायित्व सरेका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मतसम्भारका लागि १० करोड र भारी सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको छ । महानगरपालिकाले सडक ढल तथा नाला सफाइ र मर्मतका लागि ४ करोड ५० लाख विनियोजन गरेको छ । सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमका लागि ७८ करोड, स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, नगरस्तरीय योजनाका लागि ३५ करोड विनियोजन गरेको उपमेयर कार्कीले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

कृषि विकासका लागि १ करोड ३ लाख, पशुपंक्षी तथा भेटेनरीका लागि १ करोड ५३ लाख, उद्यमशील विकासका लागि ५० लाख, पर्यटन प्रवद्र्धनका लागि १ करोड ९४ लाख विनियोजन गरिएको छ । विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, सरसफाइका लागि १ करोड ३० लाख विनियोजन गरेको छ ।

महानगरले चालु आर्थिक वर्षको बजेटमध्ये जेठ मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ६४.१३ प्रतिशत हो । सो खर्चमध्ये चालुतर्फ १ अर्ब २५ करोड ११ लाख र पुँजीगततर्फ ८८ करोड १३ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ ।

महानगरले युवा विकास कार्यक्रम, रोजगार प्रवद्र्धधन कार्यक्रम, आर्थिक अपांगता क्षमता विकास कार्यक्रम, कृषि विकास, पशुपंक्षी तथा भेटेनरी, सहकारी, उद्यमशीलता विकास, उपभोक्ता हित संरक्षणलगायतका कार्यक्रम पनि बजेटमा समेटेको छ ।

रानी र बैजनाथपुर अस्पतालमा २४ घण्टे बर्थिङ सेन्टर, स्वास्थ्य बिमा, यूएसजी सेवा, बिमा फार्मेसी, एक्सरे सेवा, प्रयोगशाला तथा फिजियोथेरापी सेवाको स्थापना र सुदृढीकरण गर्दै लग्ने नीति तथा कार्यक्रममा उल्लेख छ । अटिजम भएका बालबालिकाहरूका लागि छुट्टै अटिजम सेवा केन्द्र सञ्चालन गर्ने, रानी र बैजनाथपुर अस्पतालमा प्राथमिक जलन उपचार केन्द्र स्थापना गर्ने, ‘स्कुलभित्र सबै नानी, धारो खोल्दा शुद्ध पानी’ आदर्श वाक्यका साथ सबै सामुदायिक विद्यालयमा फिल्टर प्लान्टसहितको शुद्ध खानेपानीको व्यवस्था, ‘मेयर इन्जिनियरिङ छात्रवृत्ति कार्यक्रम’ मार्फत महानगर बहुप्राविधिक शिक्षालयमा अध्यापन हुने डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ र डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा महानगरभित्रका २५ जना लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । उपमेयर कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खर्च मितव्ययितालाई ध्यान दिने र भ्रष्टाचारलाई शून्य सहनशीलताको नीति अपनाइने, भ्रष्टाचार, अपचलन गरेको पुष्ट्याइँ हुने बित्तिकै सो कार्यलाई दण्डनीय बनाइने, करारमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने, कर छली गर्ने करदाताहरूलाई दण्ड जरिवाना  गरिनेछ भने कर तिर्न अटेर गर्ने करदाताको घरजग्गा तथा बैंक खाता रोक्काका लागि सम्बन्धित निकायमा पठाइने, पुराना संरचनाहरूको स्थलगत नापजाँच गरी सम्पत्तिको पुनः मूल्यांकन गर्ने कार्यलाई निरन्तरता दिइने, प्रदेशस्तरीय न्यायिक समितिको भेला गरी सिकाई तथा अनुभव आदानप्रदान गर्ने तथा सरोकारवाला मन्त्रालयसँग समन्वय तथा सहकार्य गर्ने उल्लेख छ । स्वचालित सेवामार्फत महानगर मातहतका महाशाखा, शाखा वडा कार्यालयहरूको समग्र कार्यप्रणालीलाई प्रविधिमैत्री बनाइने, प्लाष्टि झोला प्रतिबन्ध कार्ययोजना २०७८ लाई कार्यान्वयन गरिने, व्यवसाय दर्ता तथा नवीकरण गर्दा सफाई कार्ड अनिवार्य गरिनेलगायत नीति तथा कार्यक्रममा समेटिएको छ ।

सो अवसरमा न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपाने, आर्थिक समितिका संयोजक श्याम घिमिरे, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, पूर्वाधार विकास समितिका संयोजक कुमार पोखरेल, वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक वासुबहादुर बस्नेत, सुशासन तथा संस्थागत विकास समितिका संयोजक सूर्यलाल यादव, विधेयक समितिका संयोजक दीपककुमार कर्ण र अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक बलराम कारन्जितले आ–आफ्ना समितिका प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  

 सबैको सामूहिक प्रयासले मात्रै विराटनगरको विकास ः मेयर कोइराला

नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सबैको सामूहिक प्रयासले मात्रै विराटनगरको विकास गर्न सकिने बताउनुभयो । उहाँले बितेको दुई वर्षमा भौतिकसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको दाबी गर्नुभयो । उहाँले अहिले पनि १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

 ‘बहुवर्षीय योजनाअन्तर्गत विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरती स्थल, बाल उद्यन, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठूला परियोजनाहरू धमाधम निर्माण भइरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु । करिब २२ करोडको लागतमा जीर्णोद्वार गरिएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ । अहिले पनि करिब १ अर्ब १५ करोडभन्दा बढीका साना ठूला परियोजना सञ्चालनमा रहेका छन्, मेयर कोइरालाले भन्नुभयो, ‘बितेको दुई वर्षमा २० किलोमिटर कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ । विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण सम्पन्न गर्न सफल भएका छौं ।

’ विराटनगरमा भएका बैंक तथा वित्तीय संस्थाहरूको आर्थिक सहयोगमा बरगाछी–रानी सडकको सौन्दर्यकरण परियोजना सुरु भइसकेको जानकारी दिँदै मेयर कोइरालाले विराटनगरको विकासमा व्यावसायिक संघसंस्था, उद्योगी, व्यवसायीसहितका निजी क्षेत्रलाई सहयोगका लागि अपिलसमेत गर्नुभयो । ढाटदेखि रानीसम्मको सडकमा अन्तर्राष्ट्रिय मापदण्डकको बत्ती जडान गर्ने योजना अघि सार्नुभएका मेयर कोइरालाले मुख्य चोकहरूमा विद्युतीय बत्तीसहितको सौन्दर्यकरण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । पानीटंकीदेखि पुष्पलाल चोकसम्म रहेको सोलारको पोलमा विद्युतीय बत्ती जडान गर्ने कार्य केही छिट्टै सुरु हुने उहाँको भनाइ थियो । 

करिब ६ करोड लागतमा वडा नम्बर ११ देखि १६ नम्बर वडासम्मको नहरमा कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको उहाँले बताउनुभयो । मेयर कोइरालाले रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरी क्षेत्रमा रहेको बैजनाथपुर हेल्थपोष्टलाईअस्पतालमा स्तरोन्नति गरेको उल्लेख गर्नुभयो । ‘रानी अस्पतालमा फिजियो थेरापी, भिडियो एक्स–रेलगायतका सुविधा थप गरिएको सम्मानित सभालाई जानकारी गराउँदछु । यसबाहेक दुवै अस्पतालमा बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको छ,’ उहाँले थप्नुभयो, ‘रानी अस्पतालमा वर्षौंदेखि थन्किएको एक्स–रे मेसिन र स्वास्थ्य बिमा फार्मेसी सेवा पनि सञ्चालन गर्ने तयारी गरेका छौं । बैजनाथपुर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने प्रक्रियामा रहेको छ ।’ भौतिक विकाससँगै नागरिकको स्वास्थ्य र शिक्षामा पहुँच वृद्धि गर्न योजनाबद्ध रुपमा कार्य गरिरहेको मेयर कोइरालाले दाबी गर्नुभयो । 

महानगरले विगत दुई वर्षदेखि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर र आँखा शिविर सञ्चालन गर्दै आएको, विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको, क्लिनिकमा जाँच गरेपछि मोतियाबिन्दु पहिचान भएकाहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएको, यसबाहेक १९ वटै वडामा विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन गरेको, महानगरले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको, निःशुल्क एम्बुलेन्स सेवा, नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा विराटनगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको, महानगरपालिकाको प्रशासनिक भवनमा हेल्थ डेस्क, बसपार्कमा स्तनपान कक्ष पनि सञ्चालनमा ल्याएको कोइरालाले बताउनुभयो । शैक्षिक गुणस्तर वृद्धिका लागि महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई जिम्मेवार बनाउन ४२ बुँदे कार्यसम्पादन करार सम्झौता गरेको बताउँदै मेयर कोइरालाले सम्झौताका आधारमा अबदेखि प्रअहरूको कार्यक्षमता मूल्यांकन गरिने जानकारी दिनुभयो । 

१ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रम स्वीकृत भई कार्यान्वयनमा आइसकेको, बुक फ्रि डेका रुपमा ‘खेल्दै सिक्दै कार्यक्रम’ सञ्चालनमा ल्याइएको, सहकारीको समस्या समाधान लागि नगरस्तरीय समिति गठन गरिएको, विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतानुसार जापान सरकारको आर्थिक सहयोगमा जाइकामार्फत ठेक्का लागिसकेको, ट्राफिक व्यवस्थापनका लागि बजारका विभिन्न मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया पनि अघि बढिसकेको भन्दै कोइरालाले बितेको दुई वर्षमा महानगरवासीले महसुस गर्ने गरी कार्य गरेको दाबी गर्नुभयो ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा स्थायी सरकारका रुपमा रहेको कर्मचारी प्रशासनले सबै किसिमको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


बिराटनगर २०८१ असार १०गते  | सर्वप्रथम चौधौं नगरसभामा उपस्थित भएर यस सभालाई भव्य र ऐतिहासिक बनाइदिनु भएकोमा सम्पूर्ण नगरसभा सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । हामी निर्वाचित भएर आएको पनि दुई वर्ष पूरा भएको छ । अब हामी विराटनगरवासीलाई परिणाममुखी नतिजा दिनुपर्ने अवस्थामा आइपुगेका छौं । हामी सबैको लक्ष्य भनेको हामीले उम्मेदवार हुँदा विराटनगरवासीबीच गरेका प्रतिबद्धता पूरा गर्नु हो । विराटनगरको विकास र समृद्धिप्रति नगरसभा सदस्यज्यूहरुको जागरुकता र सक्रियताको म हृदयदेखि नै प्रशंसा गर्न चाहन्छु । जनप्रतिनिधिले बनाएका योजना, नीति तथा कार्यक्रमको कार्यान्वयनमा खटिनुहुने सम्पूर्ण कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

हामीसित भएको सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नुपर्ने हामी सबैको सामूहिक चुनौती रहेको छ । त्यसका लागि तपाईं हामी अनवरत रुपमा लागिपरेकै छौं । आफ्नो कार्यकाल पूरा गरेर विदा हुँदै गर्दा प्रमुख र उपप्रमुखले मात्रै होइन हरेक नगरसभा सदस्यज्यूहरुले पनि आफ्नो कार्यकालमा यस्तो कार्य ग¥यौं भनेर गर्वका साथ भन्ने अवस्था सिर्जना गर्न सकौं भन्ने म चाहन्छु ।

विराटनगर ऐतिहासिक सहर हुनुका साथै कोशी प्रदेशको एकमात्रै महानगरपालिका र राजधानी पनि हो । विराटनगरको विकास गर्न हाम्रो आन्तरिक स्रोतले मात्रै नभ्याउने हामी सबैलाई थाहा छ । यसका लागि हामीले संघीय र प्रदेश सरकारमा प्रभावकारी लबिङ गर्नु आवश्यक छ । आर्थिक स्रोतको कमीकै कारण हामीले बितेका दुई वर्षमा जति काम गर्नुपर्ने थियो त्यति गर्न पक्कै सकेनौं । तथापि सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा परिणाममुखी काम गर्न सफल भएका छौं । 

बहुवर्षीय योजनाअन्तर्गत विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरती स्थल, बाल उद्यन, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठूला परियोजनाहरु धमाधम निर्माण भइरहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । करिब २२ करोडको लागतमा जीर्णोद्वार गरिएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ । अहिले पनि करिब १ अर्ब १५ करोडभन्दा बढीका साना ठूला परियोजना सञ्चालनमा रहेका छन् । बितेको दुई वर्षमा २० किलोमिटर कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ । विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण सम्पन्न गर्न सफल भएका छौं । विराटनगरमा भएका बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक सहयोगमा बरगाछी–रानी सडकको सौन्दर्यकरण परियोजना सुरु गरेका छौं । विराटनगरको विकासमा व्यावसायिक संघसंस्था, उद्योगी, व्यवसायीसहितका निजी क्षेत्रलाई सहयोगका लागि अपिल पनि गर्दछु । 

ढाटदेखि रानीसम्मको सडकमा अन्तर्राष्ट्रिय मापदण्डकको बत्ती जडान गर्ने योजना अघि सारेको छौं भने मुख्य चोकहरुमा विद्युतीय बत्तीसहितको सौन्दर्यकरण गर्ने तयारीसमेत गरेका छौं । पानीटंकीदेखि पुष्पलाल चोकसम्म रहेको सोलार बत्तीको अवस्था जीर्ण रहेको छ । ठेक्का सम्झौता भई सामान पनि आइसकेकाले सो सोलारको पोलमा विद्युतीय बत्ती जडान गर्ने कार्य निकट भविष्यमा सुरु गरिने जानकारी गराउँदुछ । करिब ६ करोड लागतमा वडा नम्बर ११ देखि १६ नम्बर वडासम्मको नहरमा कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको यस सम्मानित सभालाई जानकारी गराउँदछु ।

हिउँददेखि नै नाला, पैनी र ढल सरसफाईलाई जारी राखेका छौं । सिक्स लेन सडक बनेपछि हरेक वर्षायाममा वडा नम्बर १३ र १५ का अधिकांक्ष क्षेत्र डुबानमा पर्दै आएका छन् । सो क्षेत्रको डुबान नियन्त्रणका लागि हाल काम भइरहेको छ । मनसुनजन्य विपदको सामना गर्न दु्रत प्रतिकार्य टोली बनाएर तयारी तीव्र पारेका छौं । मौसमविदहरुले विगतको तुलनामा यस वर्ष अधिक वर्षा हुने पूर्वानुमान गरेका छन् । बाढी र डुबानबाट आइपर्ने विपद रोकथाम, न्यूनीकरण, उद्धार र राहतका लागि वडा तहदेखि नै व्यापक तयारी गर्नु आवश्यक छ । सम्भावित विपदको सामना गर्न वडास्तरीय स्वयम्सेवक टोली बनाएर पूर्वतयारीलाई व्यापक बनाउन म सम्पूर्ण नगरसभा सदस्यज्यूहरुलाई विशेष आग्रह गर्दछु ।

 आदरणीय नगरसभा सदस्यज्यूहरू ।

महानगरपालिकावासीलाई स्रोत र साधनले भ्याएसम्म सबै किसिमको सुविधा दिनु हाम्रो कर्तव्य पनि हो । नगर प्रहरीले महानगरवासीको घरभित्र छिरेको सर्प समाएर व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । उनीहरुले महानगर क्षेत्रभित्र मात्रै नभएर छिमेकी पालिकामा समेत गएर सर्प समाउने कार्य गरिरहेछन् । आगलागी नियन्त्रणका लागि महानगरले सन्सारीमाईस्थान परिसरमा डिप बोरिङ जडान गरेको छ । जसले गर्दा बजार क्षेत्रमा आगलागी भएको खण्डमा तुरुन्तै दमकलमा पानी भर्न र आगलागी नियन्त्रणमा सहयोग पुग्ने मैले विश्वास लिएको छु । यस्तै सेन्ट्रल मल, विभिन्न स्थानमा रहेका खानेपानी संस्थान र उपभोक्ता समितिले सञ्चालन गरेका खानेपानीका टंकीबाट पनि दमकलमा पानी उपलब्ध गराउने विषयमा सहकार्य भइरहेको जानकारी गराउन चाहन्छु ।

 आदरणीय नगरसभा सदस्यज्यूहरू ।

तपाईं हामी आइसकेपछि दक्षिणी क्षेत्रमा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरी क्षेत्रमा रहेको बैजनाथपुर हेल्थ पोष्टलाई अस्पतालमा स्तरोन्नति गरेका छौं । रानी अस्पतालमा फिजियो थेरापी, भिडियो एक्स–रेलगायतका सुविधा थप गरिएको सम्मानित सभालाई जानकारी गराउँदछु । यसबाहेक दुवै अस्पतालमा बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको छ । यस्तै रानी अस्पतालमा वर्षौंदेखि थन्किएको एक्स–रे मेसिन र स्वास्थ्य बिमा फार्मेसी सेवा पनि सञ्चालन गर्ने तयारी गरेका छौं । बैजनाथपुर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने प्रक्रियामा रहेको छ । 

भौतिक विकाससँगै नागरिकको स्वास्थ्य र शिक्षामा पहुँच वृद्धि गर्न योजनाबद्ध रुपमा कार्य गरिरहेका छौं । महानगरले विगत दुई वर्षदेखि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर र आँखा शिविर सञ्चालन गर्दै आएको छ । विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको छ । क्लिनिकमा जाँच गरेपछि मोतियाबिन्दु पहिचान भएकाहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका छौं । 

यसबाहेक १९ वटै वडामा विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन गरेका छौं । यस्तै महानगरले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको छ । निःशुल्क एम्बुलेन्स सेवा, नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा विराटनगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएका छौं । महानगरपालिकाको प्रशासनिक भवनमा हेल्थ डेस्क, बसपार्कमा स्तनपान कक्ष पनि सञ्चालनमा ल्याएका छौं । 

महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल बेड संख्याको १० प्रतिशत बेड अनिवार्य छुट्याउन सरोकारवाला निकायलाई बोलाएर छलफलसमेत गरिसकेका छौं । महिला स्वयम्सेविकाका लागि केही आर्थिक सुविधासहितको सम्मानपूर्वक विदाई तथा मासिक रुपमा उपलिब्ध गराउँदै आएको रु. एक हजार भत्तामा रु. ५ सय थप गरी १५ सय बनाउने नीति अघि सारेका छौं ।

 आदरणीय नगरसभा सदस्यज्यूहरू ।

शैक्षिक क्षेत्रको सुधारका लागि हामीले आएदेखि नै प्रयास जारी राखेका छौं । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा विभिन्न नीति तथा योजना कार्यान्वयनमा ल्याएका छौं । विद्यालय भवन, शौचालय, खानेपानी, पंखा जडानसहितका अन्य आवश्यक भौतिक संरचना निर्माण गरी सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढाउने कार्य गरेका छौं । शैक्षिक गुणस्तर वृद्धिका लागि महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई जिम्मेवार बनाउन ४२ बुँदे कार्यसम्पादन करार सम्झौता गरिएको छ ।

 यसै सम्झौताका आधारमा अबदेखि प्रअहरुको कार्यक्षमता मूल्यांकन गरिनेछ । १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रम  स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ । बुक फ्रि डेका रुपमा ‘खेल्दै सिक्दै कार्यक्रम’ सञ्चालनमा ल्याइएका छौं । प्राविधिक तथा व्यावसायिक शिक्षालाई विशेष प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । संघीय सरकारबाट सशर्त अनुदानको रुपमा प्रति विद्यार्थी प्रतिदिन रु. १५ का दरले उपलब्ध गराउँदै आएको खाजा खर्चमा महानगरका तर्फबाट रु. ५ थप अनुदान उपलब्ध गराउनेछौं । 

स्वच्छ खानेपानी सुविधा नभएका थप २० विद्यालयहरुमा स्वच्छ खानेपानी सुविधाका लागि फिल्टर प्लान्ट जडान, फर्निचर अभाव भएका विद्यालयहरुलाई प्राथमिकताका आधारमा ३ सय जोर फर्निचर उपलब्ध गराउने, विद्यालयका कम्पाउण्ड वाल तथा थप कक्षाकोठाका लागि भौतिक पूर्वाधारमा थप लगानी गर्ने, बहुप्राविधिक शिक्षालयमा महानगरभित्रका विद्यार्थीहरुका लागि छात्रवृत्ति उपलब्ध गराउने योजना अघि सारेको जानकारी गराउन चाहन्छु ।

 आदरणीय नगरसभा सदस्यज्यूहरू ।

सहकारीको समस्या समाधान लागि नगर स्तरीय समिति गठन गरिएको  छ । अव्यवस्थित सहकारीहरुलाई नियमन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेका छौं । महानगर क्षेत्रभित्रका व्यावसायिक किसानलाई बिउविजन, मल, किटनाशक औषधि वितरणलाई निरन्तरता दिएका छौं । विगत वर्षझैं सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिई यस वर्ष २ सयभन्दा बढी कुकुरको बन्ध्याकरण गरिसकेका छौं । आर्थिक सुशासनलाई प्राथमिकतामा राखेकै कारण मोरङका स्थानीय तहहरुमध्ये विराटनगर सबैभन्दा कम बेरुजु भएको पालिका हुनु तपाईं हामी सबैका लागि गर्व र खुसीको कुरा हो ।

विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतानुसार जापान सरकारको आर्थिक सहयोगमा जाइकामार्फत ठेक्का लागिसकेको छ । सडक, ढल, नाला तथा फोहोर व्यवस्थापनका लागि संघीय सरकारमार्फत दातृ संस्थाहरुको सहयोग जुटाउनका लागि पहल भइरहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । विराटनगरको विकासका लागि अन्य दातृ निकायहरुसित पनि निरन्तर संवाद र छलफल भइरहेको छ ।

आदरणीय नगरसभा सदस्यज्यूहरू ।

विराटनगर प्रदेशको राजधानीसँगै शिक्षा र स्वास्थ्यको समेत हबका रुपमा विकास भइरहेको छ । यहाँ जनसंख्याको चापसँगै सवारी चाप पनि बढेको छ । ट्राफिक व्यवस्थापनका लागि बजारका विभिन्न मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ । अब केही महिनाभित्र ट्राफिक लाइट जडान गरिसक्ने यहाँहरुलाई जानकारी गराउन चाहन्छु । हाम्रो निरन्तरको प्रयासका कारण बैजनाथपुरको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न सफल भएका छौं । रिङरोडको बाँकी कामका लागि ठेक्का लागिसकेको छ । हामी निर्वाचित भएर आएदेखि आजसम्म निर्वाचन पूर्व गरेका प्रतिबद्धताहरुको स्मरण गर्दै विभिन्न नीति तथा योजनाहरु ल्याएका छौं । केही प्रतिबद्धता पूरासमेत गरेका छौं । हाम्रो यो कार्यकालको अन्त्यसम्ममा निर्वाचन पूर्व जनता समक्ष गरेका वाचा तथा प्रतिबद्धता पूरा गरेरै छाड्ने अठोटसमेत व्यक्त गर्दछु ।

आदरणीय नगरसभा सदस्यज्यूहरू ।

अन्त्यमा प्रस्तुत नीति, कार्यक्रम र बजेट निर्माणमा सल्लाह, सुझाव दिनुहुने विभिन्न वर्ग, क्षेत्रका महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । नीति, कार्यक्रम तथा बजेट तयारीका साथै यो सभा सञ्चालनमा सहयोग गर्नुहुने सम्पूर्णकर्मचारी वर्गमा पनिहार्दिक धन्यवाद दिन चाहन्छु । साथै, विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा यहाँहरुको जुन साथ र सहयोग रहँदै आएको छ, आगामी दिनमा पनि यस्तै साथ र सहयोग रहनेछ भन्ने अपेक्षा गर्दछु । 

​​​​​​​ 

  ​


बिराटनगर, असार ९ गते । लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमुलक कार्यक्रम २०८० को समिक्षा गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटगरको सभाहलमा आज भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले पानसमा दिप प्रज्वलन गर्नु भई कार्यक्रमको औपचारिकरुपमा समुदघाटन गर्नु भएको थियो ।

 कार्यक्रममा प्रमुख अतिथि खापुङले निरन्तरुपमा प्रहरीले संचालन गर्दै आईरहेको यो अभियानले मुलुकलाई नै सकारात्मक दिशा तर्फ लैजाने बताउदै कार्यक्रम सफल बनाउन प्रत्यक्ष सहयोग पुर्‍याउनु हुने कोशी प्रदेश सरकार तथा कोशी प्रदेश सामजिक बिकास मन्त्रालयलाई हार्दिक आभार व्यक्त गर्नु भयो । साथै वहाँले लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ भन्दै कार्यक्रमलाई प्रभावकारीरुपमा संचालन गर्न अग्रसर रहेका कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका युनिटहरुलाई बिशेष धन्यवाद व्यक्त गर्नु भयो ।


कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख श्रीमती दुर्गा भण्डारी बरालले कोशी प्रदेश सामजिक बिकास मन्त्रालय तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र सहकार्यमा संचालन भएको लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमा प्रदेश प्रहरी कार्यलयले प्रदेशका १४ वटै जिल्लालाई समेटेर गरेको उत्कृष्ट कार्यको प्रसंसा गर्नु हुदै आगामि दिनमा हुने कार्यक्रममा समेत प्रदेश सरकारको तर्फबाट साथ र सहयोग रहने बताउनु भयो ।

लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको समिक्षा गोष्ठी कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जमुना कुमारी बस्नेतले समग्ररुपमा कोशी प्रदेशका जिल्लाहरुमा प्रहरीद्वारा गरिएका लैंगिक हिंसा बिरुद्धका बिभिन्न सचेतनामुलक कार्यक्रमहरुको बारेमा प्रस्तुतिकरण र समिक्षा गर्नु भएको थियो भने सामाजिक मन्त्रालय कोशी प्रदेशको तर्फबाट सामाजिक मन्त्रालयका प्रतिनिधि रोशना कोईरालाले लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको अभियानको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।  

यसै गरी जिल्ला प्रहरी कार्यालयहरुबाट आउनु भएका लैंगिक फोकल अफिसरहरु समेतले आ(आफ्नो जिल्लामा भएका लैंगिक हिंसा र प्रहरीद्वारा गरिएका सचेतनामुलक कार्यक्रमको विवरण सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा एबिसी नेपाल कोशी प्रदेशकी अध्यक्ष श्रीमती बिष्णु शर्मा पन्त, पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष तारा आचार्य समेतले आ(आफ्नो भनाई व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुका साथै जिल्ला प्रहरी कार्यालयहरुको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


विराटनगर | मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा कोशी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा तेह्रथुमका कमल बुढाथोकी र भूमिका खनालको समूहले प्रथम स्थान प्राप्त गरेको छ । 

त्यस्तै खोटाङको गंगा गौतम र रमेश आचार्यको समूह द्वितीय हुँदा संखुवासभाको मनकामना समूह तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २५, २० र १५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।


लोकसंस्कृति र बञ्चेबाजाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए । कार्यक्रममा पन्चैबाजाका कलाकारहरुले संगीत दिएका थिए । सोही अवसरमा साहित्यकार खेम नेपाली, गंगा सुवेदी र गायक संजीव धिमाललाई सम्मान गरिएको थियो ।

खाँदबारी नगरपालिका वडा नम्बर ७ को सहयोगमा ‘महिला हिंसा र दुव्र्यसन विरुद्ध’ माविस्तरीय लोकदोहोरी पनि सम्पन्न भएको छ । प्रतियोगितामा नगर क्षेत्रभित्रका ८ वटा माविका दोहोरी टिम सहभागी भएकामा आदर्श विद्यामन्दिर प्रथम, अरुण भ्याल्ली बोर्डिङ दोस्रो र मनमकामना मावि तेस्रो भए । लोपोन्मुख संस्कृतिको संरक्षणसहित समाजमा सचेतना अभिवृद्धिमा प्रतियोगिता अत्यन्तै फलदायी भएको अग्रज साहित्यकारसमेत रहेका आयोजक संस्थाका अध्यक्ष बुढाथोकीले दाबी गरे ।


विराटनगर÷| नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन् ।

नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिमा अपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे । उनले राजनीतिमा हुने अपराधलाई रोक्न नसके  मुलुक असफल हुने र त्यसको जिम्मा ठूला दलले लिनुपर्नेमा जोड दिए । ‘राजनीतिमा अपराधीकरण बढ्दै गएको छ । राजनीति गर्नु भनेको पैसा कमाउनु हो र जसरी पनि पैसा कमाउने ध्याउन्नले गर्दा राजनीति विस्तारै विकृत र अपराधीकरणतर्फ उन्मुख भइरहेको छ,’ कोइरालाले भने, ‘दलहरूले अपराधमा संलग्न जोसुकै भए पनि कारबाही गर्न पछि हट्नुहुँदैन ।’

आफ्नो पार्टी नेता कार्यकर्ताले जस्तोसुकै अपराध गरे पनि त्यसलाई जोगाउनेतर्फ दलहरू लाग्ने गरेको उनको भनाइ थियो । भ्रष्टाचारले मुलुकलाई नराम्ररी गाँजेको बताउँदै भ्रष्टाचारको विषय आउँदा जहिले पनि ठूला दलका नेतृत्व तहमा रहेका नेताहरू एकठाउँमा उभिन्ने गरेको नेता कोइरालाले प्रस्ट्याए । उनले भने, ‘ठूलाठूला भ्रष्टाचारका विषय उठ्दा ठूला दलका नेतृत्व तहमा रहेका नेताहरू एकैठाउँमा उभिने गरेकाले पनि भ्रष्टाचार नियन्त्रणमा समस्या देखिएको छ । भ्रष्टाचारलाई ठूला दलका नेताले नै मलजल गरिरहेका छन् ।’  

भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धमिलिँदै गएको उनको कथन थियो । नेता कोइरालाले भ्रष्टाचारका काण्डहरू बाहिर आउने तर केही समयपछि त्यतिकै सेलाएर जाने गरेका कारण भ्रष्टाचार नियन्त्रणमा नेपालको भूमिकाप्रति अन्तर्राष्ट्रियस्तरमा प्रश्न उठ्ने गरेको बताए । भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम नगरेसम्म मुलुकको आर्थिक विकास हुन नसक्ने उनको भनाइ थियो ।

उनले संघ र प्रदेशमा गरी विगत डेढ वर्षमा २३ पटक सरकार फेरिएको बताए । स्थिर सरकार नभएकाले पनि जनअपेक्षाअनुसारको काम हुन नसकेको कोइरालाले उल्लेख गरे । नेता कोइरालाले सरकार गिराउने र ढाल्ने खेलमा कांग्रेस नभएको प्रष्ट पारे । ‘सरकार गिराउने र बिगार्ने खेलमा कांग्रेस लाग्दैन,’ उनले भने, ‘तर सत्तारुढ दलभित्रै कलहका कारण यो सरकारको भविष्य पनि त्यति लामो छैन । यो सरकार पाकेको आँप जस्तौ हो कुन बेला झर्छ थाहा छैन ।’

नेता कोइरालाले २०८४ सालमा हुने आमचुनाव कांग्रेस एक्लै लड्ने बताए । विगतमा गठबन्धन गरेर चुनावमा जाँदा सरकार सञ्चालनको क्रममा कांग्रेसले धोका पाइसकेकाले अब कांग्रेस एक्लै चुनावमा जानुपर्नेमा जोड दिए । नेता कोइरालाले मुस्लिम समुदाय लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले उनीहरूको शिक्षा र आर्थिक विकासका लागि राज्य गम्भीर हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डीला संग्रौला, मुस्लिम संघका संस्थापक अध्यक्ष तथा नेका केन्द्रीय सदस्य अब्दुल सतारले राजनैतिक प्रतिनिधित्वमा मुस्लिम समुदायको अवस्था कमजोर भएकाले त्यसतर्फ कांग्रेले ध्यान दिनुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले नेपाली कांग्रेसको इतिहासमा महत्वपूर्ण योगदान दिने मुस्लिम समुदायको समस्या समाधान गर्न ध्यान दिनु जरुरी रहेको विचार राखे ।


काठमाडौँ । बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’को १२औँ संस्करण सुरू भएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डका सह आयोजनामा शुक्रबार बिहानबाट चलचित्र प्रदर्शनसँगै काठमाडौँ सुन्धारास्थित सिने डी सेफ चलचित्र भवनमा सुरु भएको हो । यो महोत्सब शुक्रबारबाट ९ असारसम्म तीन दिन चल्ने छ ।

शुक्रबार बिहानै अफ्रिकाको चलचित्र प्रदर्शनसँगै शुरु भएको यो महोत्सबको औपचारिक उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठलगायतले महोत्सबको बुकलेट बिमोचनबाट गरेका थिए । उद्घाटन समारोहमा महोत्सब समारोहमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरणसँगै केही व्यक्तिहरुलाई सम्मान समेत गरियो ।

कार्यक्रममा बोल्दै अभिनेता शिब श्रेष्ठले यस्ता गतिविधधमा चलचित्र क्षेत्रसँग जोडिएका सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने,‘यस्ता महोत्सवले हामीलाई विदेशी चलचित्रकर्मीको शैली र समाजसँग साक्षात्कार गराउँछ । त्यसकारण यसमा सहकार्य र सहयोग गर्नु चलचित्रकर्मीको दायित्व हो । मेरो चलचित्र यसमा किन परेन भन्ने महसुश भएको छ ।’

महोत्सवमा १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन हुने महोत्सवकी अध्यक्ष डा। मञ्जु मिश्रले जानकारी गराएकी छिन् ।

उद्घाटन समारोहमा सबैलाई स्वागत गर्दै महोत्सब निर्देशक डब्बु क्षत्रीले नेपालमा अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव हुनुपर्छ भन्ने आश्यकता महसुश गरेर यो महोत्सब  सुरुआत गरेको बताए । महोत्सबमा राज्य पक्षबाट असहयोग हुने गरेको, महोत्सबमा निशुल्क देखाईने चलचित्रलाई समेत सेन्सर बोर्डले प्रदर्शनीको लागि अनुमति नदिने गरेको र राज्यले महोत्सबको लागि बजेट पटक्कै नछुट्याएको उनले बताए । महोत्सबबारे क्षत्रले भने्,‘आज १२ औँ संस्करणमा आइपुगेका छौँ ।  यस्ता महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ । नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिरहेका छौँ’,

महोत्सवमा अभिनेता श्रेष्ठसँगै अभिनेता धिरेन शाक्य, गजित विष्ट, निर्देशक माधवराज खरेल, अभिनेत्री तथा गायिका सरिता भारती लगायत सहभागी हुनुहुन्थ्यो । महोत्सवमा विदेशी चलचित्र, लघु चलचित्र र वृतचित्तर्फ गणेश पाण्डेको संयोजकत्वमा भारतबाट राहुल वर्मा, बँगलादेशबाट एमडी शाहारिअर कमल, नेपालबाट राजु केसी र रौनकविक्रम कँडेल सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।

यस्तै, नेपाली चलचित्र र वृतचित्रतर्फ अभिनेता एवम् नाट्यकर्मी विरेन्द्र हमालको संयोजकत्वमा भेषराज कार्की, कृष्ण रसाल, ओम सुनार सदस्य रहनुभएको निर्णायक समिति रहेको छ । यस्तै, नेपाली लघुचलचित्र र साङ्गीतिक चलचित्रतर्फ हिमाल श्रेष्ठ, प्रतीक्षा काफ्ले र सजिना लामिछाने सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।

महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ सहभागी    छन् । यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’, वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ सहभागी छन् । महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने जनाईएको छ ।

महोत्सबमा शुक्रबारबाटै तीन दिनसम्म एमआर्ट थिएटर कपनमा तिन दिनको विशेष अभिनय कार्यशाला पनि चलिरहेको छ ।


श्याम राई, उदयपुर  गाईघाट, ७ असार | त्रियुगा नगरपालिकाले स्थानीय बासिन्दाको माग सम्बोधन गर्ने भए पछि शुक्रबारदेखि नगरक्षेत्रको फोहोर उठाउन थालिएको छ । मेयर बसन्त बस्नेत र स्थानीय बासिन्दाबीच बिहान १३ बुदामा सहमती भएसँगै बिहीबार देखिको बिबाद समाधान भएको छ ।

डम्पिङ्ग साईट नभएको कारण नगर क्षेत्रको फोहोर नगरको वडा न.१२ को बिसनपुर र त्रिबेणी टोलको आसपासको खाली ठाउँमा ब्याबस्थापन गरिदै आएको थियो । स्थानीय बासिन्दाहरुले आफ्नो टोल बस्ती फोहोरको कारण दुर्गन्धित भएको र रोग ब्याधी फैलने खतरा रहेको भन्दै फोहोर अन्यत्र ब्याबस्थापन गर्न माग राख्दै आएका थिए । उनीहरुको बिरोधको कारण बिहीबार नगर क्षेत्रको फोहोर ब्याबस्थापनमा समस्या आएपछि बजारको फोहोर उठ्न सकेको थिएन् । तर बिहान सहमती भएसँगै फोहोर साबिककै ठाउँमा लगेर फ्याकिएको प्रशासन कर्मचारी उमेश घिमिरेले बताए ।

नगरप्रमुख बस्नेतले गाउँलेहरुसँग सहमती भएको बताए । उनीहरुले राखेको सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएको बस्नेतले बताए । आउँदो बैशाख सम्म ब्यबस्थित डम्पिङं साईट बनाएर फोहोर अन्यत्र सार्ने र अहिले फोहोर फ्याक्दै गरेको स्थानमा चारै तर्फबाट घेराबेरागरि ब्यबस्थित गरिने कुहिने फोहोर खाल्टो खनेर गाड्ने, गाउँलेहरुको नियमित स्वास्थ्य जाच गरिने, दुई जना नगर प्रहरीलाई फोहर फ्याक्ने स्थानमा खटाईने, स्वास्थ्य बिमाको ब्यबस्था, नियमित औषधी छर्किनु पर्ने लगाएतका माग अघि सारेकोमा सबै पुरा गर्ने मेयर बस्नेतले बताए ।

कुनै ठूलो उनीहरुको माग थिएन् , हामीले तत्काल लै सम्बोधन गर्ने भएका छौ । उनले भने । अहिले डम्पिङं साईट निर्माण गर्ने केही समस्या भएकोले आगामी बैशाखसम्म फोहोर अन्यत्र सार्न पायक पर्ने ठाउँमा डम्पिङं साईट निर्माण गर्ने  उनले बताए ।

 

 

 



बिराटनगर, असार ७ गते । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालन भएको ४ कार्य दिनको “ सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तिय लगानी” सम्वन्धी अपराध अनुसन्धान (सि।प्र।अ।रजु।प्र।अ ) अनुशिक्षण तालिमको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकचन्द्र कुबेर खापुङको प्रमुखआतिथ्यतामा समापन भएकोछ । 

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि खापुङले तालिमको महत्वको बारेमा बताउनु हुदै तालिममा सिकेका ज्ञानलाई आफुमा मात्र सिमित नराखि आपसी छलफलद्वारा अन्य प्रहरी कर्मचारीहरुलाई समेत सिकाउन अनुरोध गर्नु भयो । साथै वहाँले बिद्यमान कानुनको अध्ययन गरी कुनै पनि अपराधको सफल अनुसन्धान गर्न सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भएको थियो । तालिम समापन कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयबाट आउनु भएका तालिमका संयोजक प्रहरी उपरीक्षक संजय सिंह थापाले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

असार ४ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी सहायक निरीक्षक दर्जा सम्मका ६० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक संजय सिंह थापा सहितको प्रशिक्षक टोलीले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

 तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


विराटनगर, असार ०७ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिम तेस्रो समूहको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ट उपरिक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

आज दिउँसो कार्यालयको सभाहलमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले विपदमा परेका मानिसहरुको उद्दार कार्यमा खटिदा आम नागरिकको जन धनको सुरक्षामा आशा, भरोसा र बिश्वास बढ्ने गरी उद्दार कार्य गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई अनुरोध गर्दै तालिमबाट प्राप्त ज्ञान र शिपको उच्चतम प्रयोग गरी कार्यक्षेत्रमा प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो । ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृत सहित अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.