Websoft University
June 2019


मुना न्यौपाने-काठमाडौँअसार १५ गते । रातो तारा डट कम,लायन्स क्लब अफ काठमाडौँ इन्द्रावती र लायन्स क्लब अफ साहरा ग्रुपले संयुक्त रुपमा रोपाइँ जात्रा”को आयोजना गरेका छन् ।

असार १४ शनिवारका दिन भक्तपुर सिपाडोलमा सम्पन्न उक्त रोपाईं प्रमुख अतिथि प्रेस काउन्सिल नेपालकी लेखा अधिकृत सविता ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
प्रमुख अतिथि ढकालले नेपाल कृषि प्रदान देश भनिएता पनि बढ्दो शहरीकरणसँगै कृषियोग्य जमिन मासिसकेको अवस्थामा नयाँ पीढीलाई रोपाईं भन्नेबारे जानकारी छैन, त्यसैकारणले म यस रोपाईं कार्यक्रममा आ–आफ्ना बालबालिकाहरुलाई समेत रोपाईंको बारेमा जानकारी दिनको लागि सपरिवार सामेल भएको हुँ ।

लायन्स क्लबले यस्ता समय सान्र्दर्भिक कार्यक्रम आयोजना गरेकोमा म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, भन्नुभयो । सो अवसरमा सामुहिक असार गीत समेत गाइएको थियो ।
उक्त कार्यक्रममा अतिथिहरुमा अधिवक्ता प्रकाश पराजुली, जात्रामा लायन्स क्लब काठमाडौँ इन्द्रावतीका अध्यक्ष प्रल्हाद बस्नेत, फस्ट भिसी मानबहादुर लामिछाने, लायन्स क्लब अफ सहारा ग्रुपका अध्यक्ष अस्मिता रिमाल र समाजसेवी आर्य रिमाल, सृष्टि खड्का  लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रमको संयोजन लायन्स क्लब काठमाडौँ इन्द्रावतीका सचिव मदनकृष्ण सिलवालको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय व्यक्तित्वहरुको समेत उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।

 

विराटनगर असार  १५ गते  । रातो तारा डट कम,
विद्यालय (मदरसा) विराटनगरका विषयमा  जोडेर सामाजिक सन्जालमा गरिएका नकारात्मक प्रचारबाजीको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

न्यायिक समिति संयोजक तथा महानगर उपप्रमुख इन्दिरा कार्की,सदस्य बिनोद कुमार बस्नेत,सदस्य तिर्थेन्द्र न्यौपानेद्धारा हस्ताक्षर गरि आइतवार जारी विज्ञप्तिमा सामाजिक सन्जालमा गरिएका नकारात्मक टिप्पणीका विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ महानगरस्थित वडा नं. १३ निवासी निवेदिका विमला देवी न्यौपानेले ताजुल इस्लाम नमुना आधारभूत विद्यालय (मदरसा )को भवन निर्माण गर्दा भवन संरचनाको छतको छज्जी आफ्नो घरमाथि पर्ने गरी मापदण्ड विपरित संरचना बनेको र सो छज्जी हटाइ पाउँ भनी गत बैशाख ९ गते निवेदन परेको र सोही विषयमा पटक पटक छलफल गरी अन्तिम पटक असार ४ गते न्यायिक समितिमा  मदरसाका प्र.अ. समसुल हक समेत सहभागि भएको छलफलमा इजलास भित्र भिडियो बनाउने साथै अभद्र ब्यवहार गरी पक्ष बिपक्षको बिचको सामान्य विवादलाई अतिरन्जित गरी प्रचारवाजी गरिएको उल्लेख छ ।

 यस्तै घटनालाई लिएर स्थलगत अनुगमन गर्दा सो क्रममा कुनै आघात पुग्ने कार्य नगरिएको र तथ्यहिन ,आधारहिन कुराहरुको आरोप लगाइ भ्रम सिर्जना गर्ने उदेश्यका साथ सप्रेषण भएका घटनाको भर्षना गरिएको विज्ञप्तिमा उल्लेख छ । धार्मिक तथा सास्कृतिक धरोहरका विषयमा महानगर अत्यन्तै संवेदनशिल रहेको र त्यसखाले आधारहिन ,तथ्यहिन कुराको पछाडी नलाग्न समेत महानगरवासीमा आग्रह गरिएको छ  ।


काठमाण्डौ असार १५  गते । रातो तारा डट कम,धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चितवनका लागि छुटेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।  मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी एक युवती रहेका छन् । दुर्घटनामा तीनवटा गाडीमा यात्रा गर्ने ३२ जना घाइते भएका छन् ।


बिराटनगर असार १५ गते । रातो तारा डट कम,
तरकारी किन्दा सावधान - बिराटनगरमा भारतको जोगवनी बाट अत्यधिक केमिकल प्रयोग गरेका तरकारी बिनारोक टोक
 दैनिक बिराटनगरको गुद्री बजारमा बिहान र बेलुकी लाम लागेर साइल मोटरसाइकलमा,र माछा जिप भेनमा आइपुग्ने गरेकाछन। यो खान हुने वा नहुने हेर्ने चै को हो ? रोक्नु पर्यो नि भारतबाट आउने तरकारी र फलफूल  जन्य बस्तु ।

यसरी आउने व्यापारीले घर नेपाल भने पनि ९०प्रतिशत जोगबनी को बाटो भएर बिना रोक ढोक नेपाल आउने गरेका र  ठाउ नभए पछि बाटोमा तरकारी फिजाएर व्यापार गर्न जथाभावी थाले पछि के हुन्छ, बाटोमा जताततै बसेको भिडियो बाट हेर्न सकिन्छ ।

नेपाल सरकारले कटहरी ५ मा करोडौं लगानी गरेर तरकारीको थोक खुद्रा बजार  निमार्ण गरिसकेको भए पनि सो ठाउमा बिराटनगर महानगर र प्रदेश सरकारले किन गुद्री बजार बाटोबाट सो ठाउमा सर्न सकेन ।

नगरवासीले मेयर भीम पराजुलीलाई प्रश्न गरिरहेका छन।

व्यापार गर्ने भए कोठा भाडा लिएर व्यवसथित तरिकाले तरकारी पसल थाप्नु पर्यो यसरी बाटो दिनु उचित भएन।

महानगरले सुचना गरि बाटोबाट सबै तरकारीका पसल हटाउनु पर्यो भन्दैछन् नगरवासी जनता ।


विराटनगरअसार १५ आइतवार । रातो तारा डट कम,राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर महानगरपालिकाले शनिवार रोपाई कार्यक्रम सम्पन्न गरेको छ ।  विराटनगर–१८ स्थित फडानीमा महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी , वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, सन्जय कुमार साह, विराटनगर महानगर कृर्षि शाखा प्रमुख खगेश्वर तिम्सिना लगायतले धान रोपाईको शुभारम्भ गर्नु भएको थियो।

बाजागाजा गीत संगितका साथ रोपाई शुरु भएको थियो । महानगरको रोपाई कार्यक्रममा कृषकहरु समेत सहभागी भइ धान रोपाईमा सहभागी भएका थिए ।  विराटनगर महानगरका १८ र १९ नम्वर वडाका क्षेत्रहरुलाई कृषिको मुख्य आधार वनाएर विभिन्न योजनाहरु अघि सारिएको महानगर प्रमुख पराजुलीले वताउनुभयो दुवै वडामा ५ हजार हेक्टर वढि कृषि योग्य भुमि भएकाले त्यसलाई व्यवस्थित गरेर कृषि परियोजना संचालनमा ल्याउने महानगरपालिकाले तयारी शुरु गरेको उहाको भनाई थियो । 

महानगरपालिकाका उपप्रमुख कार्कीले महानगरभित्रका उव्जाउ जमिनलाई वाझै नराख्न र त्यस्ता जमिनमा केहि न केहि उत्पानदन मुलक कृषिवाली लगाउन आग्रह गर्नुभयो । प्रमुख प्रशासकिय अधिकृत अधिकारीले कृषकका आधारभुत आवश्यकता पुरागर्न महानगर प्रतिवद्ध रहेको वताउनुभयो । सो अवसरमा विराटनगर महानगरका किसानहरुले गुणस्तरिय विउविजन साथै मलखाद्य समयमा नपाउने र किटनासक औषधिको समेत अभाव रहेको गुनासो गरेका थिए ।


बिराटनगर, असार १५ गते । रातो तारा डट कम,सुनसरी–मोरङमा गरि १३ सय बढी डेङ्गुका बिरामी फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सुनसरीमा सबैभन्दा धेरै १३ सय २८, मोरङमा ३२ र काठमाडांैमा १२ जनागरी १३ सय ७२ जना डेङ्गुका बिरामी फेला परेका महाशाखाले जनाएको हो । मनसुन भर्खरै सुरु भएकाले अझै धेरै ठाउँमा डेङ्गु फैलनसक्ने भन्दै सचेत रहन महाशाखाले आग्रह गरेको छ । सहरी क्षेत्रमा यसको बढी प्रभाव हुने भएकाले नागरिकलाई बढी सचेतना अपनाउनुपर्ने देखिएकोछ । सुनसरी मोरगमा डेगु नियान्त्रणका लागि औषधी छिट्ने काम समेत भइसकेकोछ ।


काठमाण्डौ असार १५ गते । रातो तारा डट कम,श्रम सम्बन्धको विस्तार गर्दै स्वदेशमै रोजगारीका अपार सम्भावना पहिल्याउन नेपालमा पहिलोपटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ आज सुरु हुँदैछ । 

पाँच वर्ष्भित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, रोजगारी र श्रमिकको माग तथा आपूर्तिको विश्लेषण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको हो । 
काठमाडौंमा आयोजना हुन लागेको सम्मेलन दुई दिनसम्म चल्ने छ । श्रम बजारको आवश्यकता र श्रम शक्तिको सीपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपाय खोजी गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सम्मेलन दुई प्रकारको ढाँचामा सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा प्राविधिक सत्रमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । त्यसैगरी सम्मेलनको दौरान सीप तथा उद्यमको प्रदर्शनी गरिनेछ । विभिन्न समूहगत क्षेत्रमा आधारित रहेर विज्ञले तथ्य, तथ्याङ्क तथा प्रवृत्ति विश्लेषणसहितको कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपीशर्मा ओलीले एक कार्यक्रमकाबीच गर्नुहुनेछ ।



कृषि समचार—काठमाण्डौ असार १५ गते । रातो तारा डट कम,आज असार १५, दहीचिउरा खाने दिन र १६ औँ राष्ट्रिय धान दिवस, बिभिन्न कार्यक्रम गरी मनार्इँदैछ । गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । 

आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही  चिउरा खान्छन् भन्ने मान्यता छ । दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही(चिउरा खाई असार १५ मनाउँछन् । 

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । 

आज १६ औं धान दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकिकरण, चामल आयातमा न्यूनिकरण’ भन्ने नारा यसपालीको धान दिवसको लागि तय गरिएको छ । दिवसको अवसरमा बर्दियाको राजापुरमा सरकारले विशेष समारोहको आयोजना गर्दैछ । 

धान नेपालको अर्थतन्त्रको मुख्य स्रोत भएकोले यसको आयात रोकेर उत्पादन कसरी बढाउन सकिन्छ भन्ने तर्फ केन्द्रित भएर सरकारले योजना बनाएको छ । कृषि तथा पशुपञ्छि विकास मन्त्रालयका सचिव डा.युवकधोज जीसीले सीआईएनसँग कुराकानी गर्दै अत्याधुनिक प्रविधिको प्रयोग गरेर धान उत्पादनलाई बढाउने तर्फ सरकारले विशेष ध्यान दिएको बताउनुभयो । 

नेपालमा धान आयात बढ्नुको मुख्य कारण मसिनो वास्नादार चामलको माग भएकोले आउने दिनमा सरकारले त्यस्ता धान उत्पादनमा विशेष कार्यक्रम ल्याउन लागेको पनि सचिव जिसीले जानकारी दिनुभयो । 





काठमाण्डौ असार १५ गते । रातो तारा डट कम,रक्तदान जिबनदान भन्ने मुल नाराका साथ मेलम्चीमा बृहत रक्तदान कार्यक्रम भएको छ । प्रस्ताबित लायन्स क्लब अफ मेलम्चीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकको संयोजन र प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची, मेलम्ची ब्याडमिन्टन टिम लगायत मेलम्चीमा रहेका बिभिन्न बिद्यालयको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म भएको रक्तदान कार्यक्रममा ७८ जनाले रक्तदान गरेको आयोजकले जनाएको 
छ । देशका बिभिन्न अस्पतालमा हुने रगत अभाबलाई न्यूनिकरण गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँगको साझेदारीमा सबै मिलेर रक्तदान कार्यक्रम गरिएको सहयोगी बिद्यालय प्रगती अंग्रेजी माध्यामिक बिद्यालयका अध्यक्ष बिजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 


काठमाण्डौ असार १५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्नेमा जोड दिनुभएको छ । परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको उद्घघाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालले अब राजनीतिक कूटनीतिमा मात्र हैन आर्थिक कूटनीतिमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माण, नेपाल एकीकरण र सार्वभौमसत्ताको रक्षाको लागि विगतमा योगदान गर्ने सबैलाई आफूले स्मरण गर्न चाहेको बताउनुभयो । विगतमा भन्दा नेपालको छिमेक सम्बन्ध सङ्लिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीेले नेपाल केही समय पछि परेपनि अब त्यो स्थिति धेरै दिन कायम नरहने बताउनुभएको
छ ।



काठमाडौ असार १५ गते । रातो तारा डट कम,योगा गर्न को लागि सबै भन्दा आवश्यक कुरा तपाईं को शरीर र मन हो । योग ले शान्ति दिन्छ । जब तपाईं आफै भित्र शान्ति हुन्छ तब तपाईं अरूसित शान्ति संग बाँच्न सक्नु हुन्छ । यांत्रिक अभ्यास भन्दा ज्ञान राम्रो हो । 
ज्ञान भन्दा राम्रो ध्यान हो । योग स्वतंत्रता को बाटो हो , योग लाई निरंतर अभ्यास गर्नु भयो भने डर , पीड़ा र एक्लोपन बाट आफूलाई मुक्त गर्न सक्नुहुन्छ। बिहान सबेरै उठ्नुहोस्, योगा गर्नुहोस्, मन परे पूजापाठ पनि गर्नुहोस्। दिन मा 30 मिनेट योगा ले तपाईंको जीबन मा धरै परिबर्तन आउछ । एउटा स्वस्थ मन र स्वस्थ शरीर को कनेक्शन नै सुखी जीवन को साँचो छ।
हाम्रो नेपाली समाजमा योगलाई एक आध्यात्मिक प्रक्रिया पनि मानिन्छ, जसमा शरीर, मन र आत्मालाई एकत्रित गरिन्छ । सजिलो अर्थमा योग त्यो प्रक्रिया हो जसद्वारा हामी शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्छौं, अध्यात्मको प्राप्तीका लागि एक दोस्रोसँग जोड्छौं ।
योग मनमा रहेका विकार हटाई चेतनाको बोध गराउने विज्ञान मानिन्छ। योगको सृजना भगवान शिवले गरेको धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । मानिसलाई सम्पूर्ण दुःखरुपि भावबाट मुक्त गराई निरोगि, आनन्दित र स्वतन्त्र जिवन जिउने बाटो देखाउन हजारौं वर्ष अगाडि नै आबिष्कार भएको विज्ञान हो योग शास्त्र।
ईश्वरको आराधनादेखि लिएर गीताका उपदेशसम्म, शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्नदेखि लिएर तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योग हुन्छ ।
यसै योग र साधनालाई लिएर दुर्गा पन्त (योग गुरु) संगको एक बिशेष अन्तरबार्ता तलको भिडियोमा हेर्नुहोस :



बिराटनगर असार १४ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको चौथो नगरसभाको बन्दसत्र सौहार्दपूर्णरुपमा सम्पन्न भएको छ ।

शनिवार विराटनगर महानगरको सभाहलमा सम्पन्न सभामा  नगर सभाषदको राय सुझावका आधारमा संसोधन सहित नीति तथा कार्यक्रम पारित भएको हो । 

आर्थिक बर्ष २०७६ /२०७७ को अर्थ सम्वन्धी प्रस्ताव कार्यान्वयनका लागि योजना सहित  महानगरले नगरक्षेत्र भित्र गर्ने सवैखाले कार्यको खाका समेत तय गरेको छ ।



काठमाडौ असार १४ गते । रातो तारा डट कम,मन गुरुङ-पोखरा,भनिन्छ मानिस आफैमा पुर्ण हुन्छ। तर आज हामीले त्यहि पूर्ण मानिसको अपुर्ण कथा लिएर उपस्थित भएका छौं। कथा हो। पाल्पा जिल्ला रेब्दीकोट गाउपालिका वार्ड न। १ स्थित जोगीथुमका ७ बर्षीय शिव कुमाल को। कुमाल सुमदायको बाक्लो बस्ति रहेको जोगिथुम गाउँ तानसेन बाट ४१ किलोमिटर दक्षिणमा पर्छ।

हाम्रो टिम त्यो गाउँ सम्म पुग्नका लागि पाल्पाको तान्सेन बाट सिलाङ्गथोक, हरथोक,भैरव स्थान,देउराली बाजार हुदै गुल्मीको रिडीमा पुग्यौं। त्यस पछि रिडी बाट फेरी ७ किलोमिटर दक्षिण लाग्यौं। अत्यन्तै अफ्ट्यारो भौगोलिक बनावट रहेको जोगिथुम सम्म पुग्नका लागि हामीलाई धेरै कठिन भयो।

तर त्यहाँका स्थानियाहरुको संघर्षका अगाडि हामीले भोगेको कठिन यात्रा केहि ठहरिन्न। जसोतसो कुमाल गाउँमा पुग्न साथ रेब्दिकोट गाउपालिका वार्ड न. १ का वडा सदस्य हुमा कुमाल संग हाम्रो भेट भयो। उहाँ संगको सामान्य कुराकानी पछि हामि लाग्यौं ८ बर्षीय शिव कुमालको घर तर्फ। शिवको घरमा पुग्दा घर नजिकैको छाप्रोको खाबोमा शिवको खुट्टामा साङ्ग्लोले बाँधिएको हामीले देख्यौं।

हामी त्यहाँ पुग्न साथ उ कराउदै उफ्रिन थाल्यो।  उसको त्यो अभिव्यक्ति हामीले बुझ्न सकिनौं।  ५ जना सदस्य रहेको त्यो घरममा शिव एक्लै थिए।  शिवका बुवा रोजगारीको शिलशिलामा विदेशमा हुनुहुन्छ। आमा  पार्वती कुमाल चाहिं कान्छा छोरा बिरामी भएर उपचारका लागि तानसेन जानु भएको रहेछ। त्यसपछि हामीले शिवको बारेमा वडा सदस्य हुमा कुमाल संग कुराकानी गर्यौं ।

सामान्यतय ७ बर्षको उमेरका बालबालिकाको समय भनेको खेल्ने,रमाउने र पढ्ने उमेर हो ।  तर शिवका लागि पढ्नु त कल्पना बाहिरको कुरा हो उ खुलेर खेल्न र रमाउन पनि पाउदैनन् ।  किनकि उ शारिरिक रुपले पुर्ण भएता पनि मानसिक रुपमा अपुर्ण छन्, अशक्त छन्।

शिवको दिनचर्या एक मिटर लामो साङ्ग्लो मै बाँधिएर बित्ने गर्छ। उसको संसार भन्नु त्यहि साङ्ग्लो वरपरको ठाउँ र त्यहाँ बाट उसको आँखाले देख्न भ्याएका स्थानहरु सम्म मात्रै हो।  खाना त्यहिँ दिन्छन । नदिए माटो नै खाइ दिन्छन् । गाई, भैसी, बाख्राको गोठ छेउमा उनले चार वर्ष बिताए ।

 उ कसैले बोलेको सुन्छ तर बुझ्न सक्दैन।  चारवर्षको उमेरसम्म उनी स्वस्थथिए । त्यसपछि एकाएक एकोहोरो हुने,टोलाउने,अरुको कुरा वेवास्ता गर्ने भए पछि आमा पार्वती कुमालले उपचारका लागि तानसेन र बुटवलका बिभिन्न अस्पताल पुर्याईन् । तर कति पनि ठिक भएन ।

देउ देउता भाक्ने, मन्दिरमा बलि दिनेदेखी धामीझाँक्री बकाउने काम पनि भए । तर शिवमा सुधार आउन सकेन । आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि राम्रो अस्पतालमा चाहेर पनि अभिभावकले लान सकेनन् । त्यसपछि कुकुर बाध्ने फलामे साङलो किनेर शिवलाई बाँध्न बाध्य भए । शिवलाई देख्ने जो कोहीको मन कटक्क हुन्छ तर उसलाई नियन्त्रण गर्न त्योभन्दा अरु विकल्प पनि भएन ।

 पशुको जस्तै हालतमा शिवको चार वर्ष बित्यो । आमा मजदुरीमा जाने भएकाले शिवलाई साङलोमा बाधिदिएका हुन् ।‘घरमा छाडेर गयो भने कहा जान्छ कता भाग्छ थाहै हुदैन । दिसापिसावको ज्ञान पनि उनलाई छैन । हजुरआमा छेउमा आउँदा शिव काखमा जान्छन् । एकोहोरो चिच्याउँछन् । उ घरका माइलो सन्तान हो । अन्य सन्तानमा यस्तो समस्याछैन् । डाक्टरले विस्तारै निको हुन्छ भनेकाले परिवार उनको स्वास्थ्य सुधारको पखाईमा छन् । 

शिवको बारेमा कुराकानी गर्दैगर्दा गाउँ भरिमा २०(२५ जना अन्य मानिसहरु पनि विभिन्न प्रकारले अपाङ्गता रहेको जानकारी पाएपछि हामि अरु घरहरुमा पनि पुग्ने कोशिस गर्यौं।  हरेक मानिसले बाँच्ने तरिका नै उसको लागि जीवनको परिभाषा हो। एउटा संगो समुदाय भित्र यतिधेरै अपाङ्गता रहेको व्यक्ति भेटिनुको कारण ठ्याकै यहि हो भन्न सकिने अवस्था पक्कै पनि रहन्न।

तर स्वास्थ्य जिवन यापन गर्न पाउनु सबैको नैसर्गिक  अधिकार हो।  जन्मजात कोहि व्यक्ति अपाङ्गता भएर जन्मन्छ भने त्यो अलग कुरा हुन्छ ।  तर जन्मपश्चात व्यक्तिमा कुनै पनि दुर्घटाना बिना नै विभिन्न प्रकारले अशक्त हुदै जानु भनेको सोचनीय विषय हो। यस बारे स्थानिय निकाय र सराकारको बेलैमा ध्यान पुग्न जरुरि देखिन्छ।

विराटनगर असार  १४ गते । रसतो तारा डट कम, एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको क्वाटरफाइनल राउण्ड सम्पपन्न भएको छ । प्याब्सन विराटनगरले आयोजना विराटनगर–११ म रहेको सगरमाथा स्कूलमा भएको क्वाटरफाइनलबाट ७५ जना सेमिफाइनल चरणमा प्रवेश गरेका प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए । अध्यक्ष राइका अनुसार नृत्यतर्फ ५० र गायनतर्फबाट २५ जना छनौट भई सेमिफाइनल चरणमा प्रवेश गरेको जानकारी दिए ।

जेठ ३२ विराटनगरमा एक कार्यक्रमको आयोजना गरि ‘प्याब्सन आँगन’ पहिलो अडिसन गरिएको थियो । अडिसनमा ८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष राईले जानकारी दिए ।

‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ उक्त प्रतियोगिता सुरु गरिएको हो ।

 विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका छन् ।

तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुग्नेछन् । नृत्यतर्फ ५० र गायनतर्फबाट २५ जना छनौट भएका मध्ये फाइलन चरणमा१०–१० जना पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने
छन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफि प्राप्त गर्नेछन् ।

अन्य उपविजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने सचिव अर्जुन श्रेष्ठले बताए । उक्त प्रतियोगिताको फिनाले विराटनगरमा साउन २४ गते हुनेछ ।


काठमाडौ असार १४ गते । रातो तारा डट कम,पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ”कालो कालो ”को भिडियो इन्टरटेन्मेन्ट खवरको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।

तेजकुमार खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन  ।

प्रेम लामाको छायाँकन तथा सम्पादन र टेकेन्द्र शाहको निर्देशन भिडियोमा रहेको छ । ”कालो कालो ” गीतको भिडियोमा अर्जुन , ईश्वरी र ताराको फिचरिङ रहेको छ ।




सुुुनसरी-ईटहरी/रातो तारा डट कम, प्रदेश १ को ईटहरीमा हुन लागेको ‘नेपाल टुर : पुर्वान्चल फेसन शो’को बारे जानकारी गराउने उद्देश्य सहित ईटहरीमास्थित सप्तकोशी अनलाइनको कार्यलयमा पत्रकार सम्मेलन गरिएको छ । उक्त सम्मेलनमा ईटहरी र ईटहरी आसपासमा छरिएर रहेका युवायुवती भित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेसन शोमा अभिभावकको नराम्रो दृस्ठिकोणलाई हटाउने उद्देश्य सहित ईटहरीमा यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी कार्यक्रमका आयोजक तथा युथ क्रीयसन नेपालका मेनेजिङ डिरेक्टर रबि लामा तामाङ्गले गराए । विभिन्न फेसन शो देखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रीयसनले पहिलो पटक ईटहरीबाट नेपाल टुरको आयोजना गरेको हो ।

ईटहरीको शो सम्पन्न गरे लगत्तै चितवनमा कार्यक्रमको आयोजना गर्ने क्रीयसनका मोडल तथा आयोजक सुरेश थापा मगरले जानकारी गराए । यस्तै ईटहरीको शोको लागि सम्पन्न पहिलो चरणको अडिसनबाट ४० जना युवायुवतीको सहभागीता भएको थियो भने जसमध्येबाट फाईनल शोको लागि ३० जना छनौट भएका छन । अडिसनमा फेसन शोको लागि ईटहरीमा नया अनुहार देखि र्याम्प गरिरहेका युवायुवतीको पनि सहभागीता रहेको स्थानिय आयोजक तथा मिडिया संयोजक सुवास संकल्पले बताए । यस्तै पहिलो चरणको अडिसनबाट छुटेका तथा इच्छुक नयाहरुको लागि सप्तकोशी अनलाईनकै कार्यलयमा शोको अन्तिम अडिसन पनि पत्रकार सम्मेलन पश्चात सम्पन्न गरिएको थियो । दोश्रो तथा अन्तिम अडिसनमा १५ जनाको सहभागिता भएको थियो ।

अडिसनमा जर्जको रुपमा आयोजकका तर्फबाट मेनेजिङ डिरेक्टर रबि लामा, मोडल आयुष मगर, मार्टिना मेकअप स्टुडियोकि उर्बि श्रेष्ठ, मोडल तथा नायक माधब केसि र डि डिजाईनरकी मनिषा पोख्रेल रहेका थिए । पहिलो चरणको अडिसन सम्पन्न भए संगै विभिन्न सिक्येन्सका लागि तालिम भैरहेको छ भने दोश्रो चरणको अडिसनबाट छानिएकाहरुले आईतबारबाट तालिममा प्रवेश पाउनेछन । यता फाईनल शो यसै असारको २७ गते हुँदै छ । मोरङमा अवस्थित गोकर्ण रिसोर्टमा सम्पन्न हुन लागेको फाईनल शोमा लाईभ कन्सर्ट साथै डिजे पूल पार्टी पनि हुने आयोजकले बताए ।

शोको लागि ‘शो टपर’को रुपमा युथ क्रियशनकै आयोजनामा भैरहेको मिस हेरिटेज क्वीन नेपाल र मिस्टर एण्ड मिस बेस्ट मोडलका विनर आउनेछन भने कठमाण्डौबाट पनि शोमा र्याम्प गर्न दर्जन बढि फेशन मोडलहरु आउने रविले बताए । शोमा आयोजकले र्याम्पमा पुर्वाञ्चलको लागि पहिलो पटक नया स्वाद पनि दिने जनाएको छ । ‘हेण्डिक्राफ़्ट हेरबिन’ सहित स्विक्येन्समा मोडलहरुले र्याम्प वाल्क गर्दै नया स्वाद दिनेछन । चर्चित गायक कमल खत्रीको विशेष प्रस्तुती सहित स्थानिय गायक तथा कलाकारको पनि प्रस्तुति रहने छ । फेसन शो साझ ६:३० देखि सुरु हुनेछ । युथ क्रीयसन नेपाल काठमाडौको आयोजनामा हुन लागेको फेसन शोमा मार्टिना मेकअप स्टुडियो ईटहरी मेकअप पार्टनर, डि डिजाईनर ईटहरी बुटिक पार्टनर, डिथ्री अनलाईन र डिथ्री फोटोग्राफी फोटोग्राफर तथा मिडिया पार्टनर रहेको छ ।


काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,नेपाल सरकारले आजदेखि देशभर वृक्षरोपण अभियान सञ्चालन गरेको कुरा जानकारी गराएको छ । हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षमा ३ करोड फलफूलका बिरुवा रोप्ने लक्ष्य लिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको रिङरोड आसपासका क्षेत्रमा फलफूलका बिरुवा रोपेर अभियानको सुरु गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। राजधानीको कोटेश्वरदेखि कलङ््कीसम्म फलफूलका बिरुवा रोपिने छन् । सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सहभागी हुन निर्देशन दिएको छ । 

प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ । लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने निर्णयसमेत सरकारले गरेको छ । 

प्रधानमन्त्री ओलीले गत वर्ष ५ जुनदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान सुरु गर्नुभएको थियो । त्यही अभियानअन्तर्गत देशभरमा गरी २३ लाख फलफूलको बिरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । 

आगामी आर्थिक वर्ष २०७६÷०७७ लाई ’वृक्षरोपण वर्ष’को रुपमा मनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षरोपण अभियान सुरु हुन लागेको हो । वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न ९ स्थानमा ’क्लस्टर’ निर्धारण गरेको छ । 


काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,नेपालले मलेसियासंग द्विपक्षीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।नेपालले आगामी जुलाईमा मलेसियासंग उसैको मैदानमा २ खेलको सिरिज खेल्ने भएको हो । मलेसिया क्रिकेटको अनुसार नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ मा हुनेछ । दुवै खेल किनरारा ओभलमा हुनेछ । मलेसिया क्रिकेट दुवै खेल लाइभ देखाउने समेत जनाएको छ । नेपालले गत माघमा युएईसंगको सिरिजपछि पहिलो पटक टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । उक्त सिरिज नेपालले जितेको थियो । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपालले मलेसियासंग सिरिज खेल्न लागेको हो । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ ।



काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,रोजगार अनुमति प्रणाली इपिएस शाखाले कोरियाली भाषा परीक्षा सन् २०१९ को परीक्षाफल सार्वजनिक गरेको छ । गत जेठ २५ र २६ मा सम्पन्न भएको कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । 

जसमध्ये निर्माण सम्बन्धी कामका लागि ९ हजार १ सय ४३ र कृषि कामका लागि २ हजार ८ सय ७६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिनुभयो । यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले दिएको आवेदनमध्ये ८४ हजार २ सय १५ जना मात्रै भाषा परीक्षामा सहभागी थिए ।





काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,विषालु च्याउ खाँदा मकवानपुरको दुर्गम गाउँ राक्सिराङ गाउँपालिका—७ दाराङकी एक चेपाङ किशोरीको मृत्यु भएको छ । अरु तीन जना बिरामी परेका छन् । दाराङकी १४ वर्षीया वुन्जीमाया चेपाङको च्याउ खाएर मृत्यु भएको हो । बावु दिपबहादुर चेपाङ, दाइ भद्रबहादुर चेपाङ र ७ वर्षीय भाइ सोमबार चेपाङ भने बिरामी परेका छन् । उनीहरुको नजिक स्वास्थ्य चौकी नभएकाले उपचार हुन सकेको छैन । 



काठमाडौ असार १३ गते । रातो तारा डट कम,अहिले सिरिन्ज आक्रमणको विषयले समुदायमा त्रास फैलाई रहेको छ । काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा शृंखलाबद्धरुपमा महिलामाथि भएका आक्रमणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 महानगरीय प्रहरी परिसर काठमाडौंले महिलामाथि भएका शृंखलाबद्ध आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्कीलाई गए राति १० बजे महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

रामेछाप घर भएका महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्कीलाई प्रहरीले विभिन्न युवतीहरुलाई जथाभावी तीखो वस्तुले घोच्दै हिँडेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

कार्किले ‘सिरिन्ज’ले आक्रमण नगरी किलाले आक्रमण गरेको बयान प्रहरी समक्ष दिएका छन् ।  कुनै रोग सार्न नभइ आफ्नो रमाइलोका लागि सिरिन्जले नभइ सुरुमा काठको सुइरो र पछि ढलान किलाले घोच्ने गरेको बयान दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले जानकारी दिनुभयो । 

विराटनगर । विराटनगर–१० मा रहेको लर्डबुद्ध स्कूलले एसईईमा उर्तिण भएका विद्यार्यीलाई सम्मान गरेको छ ।
शुक्रबार स्कूलमा एक कार्यक्रमको आयोजना गरि ४३ जना विद्यार्थीलाई सम्मान गरेको हो । स्कूलका प्रिन्सिपल विरेन्द्र झा, स्कूलका निर्देशक सरोज भट्टराई र प्रदिप निरौलालगायत उतिर्ण सवै विद्यार्थीलाई खादा ओढाएर सम्मान गरेका छन् ।

४३ जना विद्यार्थीमध्ये २५ जना ए प्लस र १८ जना विद्यार्थीले ए ग्रेड ल्याएका छन्। 


धनकुटा, असार १३ गते । रातो तारा डट कम,धनकुटाको महालक्ष्मी नगरपालिका-४ बेलटारका ५० बर्षीय मान बहादुर योगी अरुण नदिले बगाएर बेपत्ता भएका छन् ।

आज बिहान ८ बजेको समयमा अरुण नदिमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा नदिले बगाउदा उनी बेपत्ता भएका हुन्  । 

उक्त स्थानमा प्रहरी चौकी चानुवाबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा खोज तलास कार्य भईरहेको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको
छ ।



काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,दाङको तुलसीपुर उपमहानगरपालिकाले जग्गा बाँझो नराख्ने किसानलाई पुरस्कार दिने भएको छ । उपमहानगरपालिकाले किसानलाई आगामी आर्थिक वर्षदेखि जग्गा बाँझो नराख्ने किसानलाई पुरस्कार दिने भएको हो । 

कृषि क्षेत्रमा आकर्षण बढाउन वर्षैभरी जग्गा बाँझो नराख्ने किसानलाई पुरस्कार प्रदान गर्नका लागि उपमहानगरले ३ लाख बजेट बिनियोजन गरेको छ । उपमहानगरले जग्गा बाँझो राख्ने किसानलाई दण्ड जरिवाना समेत गर्ने भएको छ । 

उपमहानगरले कृषि समुह र सहकारीमार्फत् बगर खेती गर्नका लागि ३ लाख, कृषि समस्या पहिचान र समाधानका लागि पशु वैज्ञानिक भेट गर्नका लागि ३ लाख बजेट बिनियोजन गरेको छ । यसैगरी उपमहानगरले फागुन, चैत, बैशाख र जेठमा गरिने बेमौसमी खेती प्रवद्र्धनका लागि सिँचाई गर्नका लागि लाग्ने विद्युत महसुलमा अनुदान दिने भएको छ । 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सिँचाई प्रणाली सञ्चालन गर्ने कृषक तथा कृषक समुहलाई विद्युत महसुलमा अनुदान दिनका लागि ५ लाख विनियोजन गरेको छ । त्यस्तै अदुवा, प्याज, लसुन, बेसार र फलफूलमा आत्मनिर्भर बनाउन बेर्ना उत्पादन र वितरणका लागि उपमहानगरपालिकाले ५ लाख बजेट बिनियोजन गरेको छ । 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सुकुम्बासी तथा विपन्नले जग्गा भाडामा लिएर व्यवसायीक खेती गर्नका लागि जग्गा भाडामा ५० प्रतिशत अनुदान दिने भएको छ । जसका लागि उपमहानगरपालिकाले ५ लाख बजेट बिनियोजन गरेको छ । 


काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,शिक्षाविद्हरुले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश र स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्कनुमा एउटा मात्रै कारण नरहेको भन्दै उनीहरुले शिक्षासँग सम्बन्धित सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका हुन् । 

सीआईएनसँग कुरा गर्दै शिक्षाविद् डा. सुमन तुलाधरले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गरेका अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र सरोकारवाला अन्य निकायले नियमित छलफल र रचनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । 

हिजो सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएकोमा उनीहरूमध्ये निजी विद्यालयमा अध्ययन गरेका १४ हजारभन्दा धेरै विद्यार्थी छन् । सामुदायिक विद्यालयका जम्मा २ हजार ७ सय ९२ जना छन् । 




बिराटनगर । रातो तारा डट कम,जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय कन्चनपुरका कार्यालय प्रमुख अजित कुमार श्रिवास्तव एक जना २००००० (दुई लाख) घुस सहित पक्राउ परेका छन ।

रंगेहात पक्राउ भएका छन । निजले पटक पटक घुस माग्ने गरेको धेरै चोटि जनताले आवाज उठाइसकको आज सम्म समाउन भने सकेको थिए ।



काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,रोल्पाको माडी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम शुरूवात गर्दै गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले केन्द्रिय कार्यक्रम अनुसार लागू गरेको भन्दै अहिले श्रमिकलाई मात्र दिइएको र भौतिक पुर्वाधारमा लगाइने बताउनुभएको छ । माडी गाउँपालिकाबाट बेरोजगार फारम भरेकामध्ये ६ वटै वडाका दुइ सय १५ जना बेरोजगार जनतालाइ रोजगार दिने भएको गाउँपालिकाका रोजगार संयोजक नन्दबहादुर थापाले जानकारी दिनुभयो । 



काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,ढिलो गरी भित्रिएको मनसुन अव देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको हो । आज देशको पूर्वी र मध्य भू–भागको तुलनामा पश्चिमी भू–भागमा कम वर्षा हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । पश्चिममा बनेको न्यूनचापीय रेखाले पश्चिमी भू–भागमा मनसुन कम सक्रिय भएको मौसमविद् बासीले बताउनुभयो । राति देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू(भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न देशमा रहेका नेपालका लागि अवैतनिक महावाणिज्य दूतले भेटघाट गरेका छन् ।  १२ गते  बिहान बालुवाटारमा भएको भेटमा नेपालका राष्ट्रिय प्राथमिकतालाई सम्बन्धित देशमा कसरी प्रवद्र्धन गर्र्ने भन्ने बिषयमा छलफल भएको हो । 

नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा धेरै मुलुकका नागरिकलाई नेपालमा भित्र्याउने सन्दर्भमा पनि छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालमा बैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्न पनि महावाणिजयदूतलाई आग्रह गर्नुभएको
छ । भेटमा विभिन्न कामको सिलसिलामा विदेशमा पुगेका नेपालीको सुरक्षाका विषयमा, त्यहाँ भएका अफ्ठ्यारा स्थितिको बारेमा नेपालका तर्फबाट पूर्ण सहयोग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा थियो । 

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकाङ्क्षा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्नका लागि छिमेकी देशबाट भइरहेको सहयोगका लागि धन्यवाद दिनुभएको छ । 


काठमाण्डौ असार १२ गते । रातो तारा डट कम,परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ चार लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । २०७५ सालको एसईई परीक्षा गएको चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा परीक्षार्थी थिए । 

यस वर्षको परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार पाँच सय ८० जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जीपीएसम्म ल्याउने ६३ हजार सात सय ४१ जना र २ देखि २ दशमलव ४ जीपीएसम्म ल्याउने ९८ हजार दुइ सय ७ जना रहेका छन् । 

१ दशमलव ६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय सात जना, १ दशमलव २ जीपीएदेखि १ दशमलव ६ जीपीएसम्म ल्याउने परीक्षार्थीको सङ्ख्या ४३ हजार ८ सय ४१ रहेको छ । परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुपरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

दुई विषयसम्म सी वा सीभन्दा तलको ग्रेड आएमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उहाँले बताउनुभयो । एसईईको नतिजा १६०० मा फोन गरेर वा एसएमएस गरेर थाहा पाउन सकिनेछ । यसका लागि अङ्ग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ । 

१६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ । यसका साथै नेपाल टेलिकमको वेबसाइट कभभ।लतअ।लभत।लउ मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । 


काठमाण्डौ असार १२ गते । रातो तारा डट कम,स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनसम्बन्धी सर्वोच्चमा पुगेको विवाद लम्बिएकोछ ।



सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएपनि सूचना समितिमा पुगिनसकेका कारण आजको सुनुवाइ स्थगित भएको बताइएकोछ ।

सर्वोच्चले लोकसेवा आयोगको विज्ञापन विवादमा परेको ४ वटा रीटलाई एकै इजलासमा राखेर सुनुवाई गरिरहेको छ । तर एउटा रीटमा राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएको भएपनि समितिमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश दिइएको हो । 

स्थानीय तहका विभिन्न नौ हजार एक सय ६१ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले जेठ १५ गते विज्ञापन प्रकाशित गरेको थियो । 





काठमाण्डौ असार १२ गते । रातो तारा डट कम,नेकपा भित्र पार्टीको मार्गदर्शक सिद्धान्त के भन्नेमा बहस सुरु भएको छ । पार्टी एकता भएको एक बर्षसम्म पनि सिद्धान्तका विषयमा अन्तिम सहमति भइसकेको छैन । 



सरकारको नेतृत्व आलोपालोमा गर्ने विषयसँगै पार्टी सिद्धान्तको विषयमा पनि बहस शुरु भएको हो । पूर्व एमाले तिरका नेताहरुले जनताको बहुदलिय जनबाद नै पार्टीको सिद्धान्त हुने बताएका छन् । तर पूर्व माओवादीका नेताहरु त्यो मान्य नहुने बताईरहेका छन् । 

पार्टी एकताको समयमा भएको सहमति अनुसार नै पार्टीको राजनितिक सिद्धान्त बन्नु पर्ने स्थायी समिति सदस्य भीम रावलले बताउनुभयो । पार्टी एकताको बेला दुई अध्यक्षबीच जे सहमति भएको छ, त्यसलाई पालना गर्नु पर्ने नेता रावलले सीआर्ईएनसँगको कुराकानीमा बताउनुभयो । 

पार्टी एकतालाई टुंगोमा पु¥याउन नेतृत्व गम्भीर नभएको भन्दै नकेपा कार्यकर्ता माझ असन्तुष्टि देखिएको 
छ । 





काठमाण्डौ असार १२ गते । रातो तारा डट कम,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ । आयोगले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकालाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो ।

अख्तियारले जारी गरेको सूचनामा एक नम्बरमा नाती महर्जन छन् भने ८६ औँ नम्बरमा मोहन महर्जन रहेका छन् । तर, यसअघि यो प्रकरणमा मुछिएका डा. शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम अख्तियारले जारी गरेको सूचीमा छैन । ढकाल र सुवेदी अख्तियारको सम्पर्कमा रहिरहेकाले उनीहरुको नाम सूचीमा नराखिएको भन्दै उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइने आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो । 

आयोगका अनुसार फोनमार्फत सम्पर्क नभएकाको मात्रै सूचना निकालिएको हो । पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले भूमाफिया किटान गरेका ढकाल र सुवेदीका पत्नी क्रमशः उमा ढकाल र माधवी सुवेदीलाई पनि बयानका लागि बोलाएको छ ।



काठमाडौ असार ११ गते । रातो तारा डट कम,सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र ल्याउने तयारी गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक खारेजीको माग राखेर तेस्रो चरणको आन्दोलनमा रहेको नेपाल पत्रकार महासंघले आज बसन्तपुर डबलीमा चर्चित कार्टुनिष्ट र कविहरुबाट बृहत कार्टुन प्रदर्शनी तथा कवितावाचन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेलले नेपालको हालको प्रेस स्वतन्त्रताको अवस्था कविहरुको कविताबाट स्पष्ट भएको भन्दै फेरि पनि प्रेस स्वतन्त्रताको पक्षमा शसक्त ढंगबाट लाग्नुपर्ने बताउनु भयो । उहाँले कविता प्रस्तुत गर्दै कार्टुन कविता साहित्यको उच्चतम सृजना रहेको भन्दै महासंघले सृजनशिल ढंगले सरकारको ध्यानाकर्षण गराउन चाहेको बताउनुभयो ।

त्यस्तैगरि महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक तथा अन्य प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु फिर्ता नभएसम्म महासंघको आन्दोलन जारी रहने बताउनुभयो ।

कार्यक्रममा चर्चित कार्टुनिष्ट अविन श्रेष्ठले कार्टुनका माध्यमबाट आफुले सरकारका गलत क्रियाकलापका बारेमा खबरदारी गर्ने गरेको बताउनुभयो  ।
त्यसैगरी महासंघका सचिव प्रकाश थापाले पत्रकार तथा आम नागरिकले स्वतन्त्ररुपमा बोल्न पाउने अधिकार लगायतका संविधानमा सुनिश्चित गरेका मागहरु सुनेर पनि नसुने जस्तै गरिराखेको सरकारले महासंघलाई तेस्रो चरणको आन्दोलनसम्म आउन बाध्य बनाएको भन्दै अझै पनि सरकार कानमा तेल हालेर बसेझै गर्ने र प्रेसका मुद्धा नसुन्ने नै हो भने चौथो चरणको आन्दोलन साच्चीकै निर्णायक बनाउन महासंघ बाध्य हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष एवम् बरिष्ठ कवि श्रवण मुकारुङ, कविहरु विमला तुम्खेवा , कलानीधि दाहाल, मनोज न्यौपाने, सोझो गाँउले , नारायण सापकोटा , बालकृष्ण लम्साल लगायतका स्रस्टाहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कविता वाचन गर्नुभएको थियो । यस्तै कार्यक्रममा विभिन्न कार्टुनिष्टहरुका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा बनाइएका चर्चित कार्टुनहरु प्रदर्शन गरिएको थियो ।




श्याम राई-गाईघाट,असार ११ गते । रातो तारा डट कम, लागुऔषध दुव्र्यसन तथा कारोवारीको संख्या दिनदिनै बढ्न थालेपछि नियन्त्रणका लागि उदयपुरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषध रहित स्वास्थ्य जीवन’ भन्ने मुलनाराकासाथ जिल्ला प्रशासन कार्यालय उदयपुरले विभिन्न निकायसँग समन्वयगरी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम विविध कार्यक्रम आयोजना गरि समापन गरिएको हो ।

प्रशासनले लागुऔषध कारोवारी हुने ठाउँलाई लक्षित गरी सचेतना, औषधि पसलको अनुगमन, लागुऔषध, कारोवारी
 र जिल्लामा उत्पादत हुने गाँजा खेतीको पहिचान तथा नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्कालेबताए । ‘अभियान लिएर बिद्यालय, समुदाय, टोलमा पुगेका छौ र सम्भावित गाँजा खेती हुने क्षेत्रको अध्ययन गरी विरुवा नष्ट गर्ने काम भएको छ ।’ ‘हिजोसम्म गाँजा खेती नष्ट गर्ने मात्र काम भयो, लगाउनेलाई कारवाही भएन यसपटक लगाउने वा जग्गा दिनेलाई कारवाही गर्छौ ।’ जिल्ला अधिकारी खड्काले भने ।
उनले सबै किसिमको विकृत विसंगती हटाउनका लागि प्रदेश सरकारले सञ्चालन गरेको बिद्यालय स्तरमा ‘टिन्स क्लव ’ गठन प्रकृया बिद्यालयमागई सुरु गरिएको जानकारी दिए । कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नगर क्षेत्रमा रहेका २० हजार घरधुरी लागुऔषधमा सुरक्षित छन भन्ने गरी अभियान सञ्चाल गर्ने तयारी भईरहको बताए ।
लागुऔषध सेवन गर्ने स्थान भनेको सार्वजानिक ठाउँ, बिद्यालय, पर्यटकिय क्षेत्र रहेकाले यी क्षेत्रमासमेत सुरक्षित गर्न कार्यक्रम सञ्चालन गरिने बताए ।

 त्यसैगरी जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले बढ्दो वेरोजगारकाकारण युवाशक्ति कुलतबाटोमा फसेकाले स्वरोजगारमुलक कार्यक्रम मार्फत उनीहरुलाई पुरानै अबस्थामा फर्काउनु पर्ने बताईन् । उनले युवायुवतीहरु अन्जानबस लागुऔषध सेवनतर्फ फसेकाले उनीहरुलाई सुधार गर्नका लागि सबैको दायित्व सम्झी अभियानहरु सञ्चालन गर्नु पर्ने बताईन् ।

लागुऔषध कारोवार तथा सेवन बर्षेनी ११ दशमलव ५० प्रतिशतले बढ्दोक्रममा रहेको छ । त्यसैगरी देशभर भएका अपराधिक घटनामध्ये ७ प्रतिशत लागुऔषध सेवनकैकारण हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले जानकारी दिए ।

उदयपुरको हकमा भने प्रत्येक ३ घर बराबर १ जना लागुऔषध सेवनकर्ताको संख्या रहेको तथ्यांकले देखाएको छ । कार्यक्रममा सहभागिहरुले लागुऔषध नियन्त्रणका लागि परिणाम आउने गरी कार्यक्रममा गर्नु पर्ने धारणा राखे ।




काठण्डौ असार ११ गते । रातो तारा डट कम,राष्ट्रि«य परीक्षा वोर्डले गत एसईई परीक्षाको नतिजा भोली सार्वजनिक गर्ने भएको छ । सबै तयारी पुरा भैसकेकाले नतिजा भोली प्रकाशन गर्ने बोर्डले जानकारी दिएकोछ । 
बोर्डका अनुसार यो वर्षदेखि पहिलोपटक प्रदेश अन्तरगत परीक्षाफल प्रकाशित गर्ने लागेको छ । बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले यो गत वर्ष प्रदेश अन्तरगत परीक्षाफल प्रकाशन गर्न नसकिएकाले यो वर्ष देखि प्रदेश अन्तरगतको परीक्षा फल प्रकाशन गर्न लागिएको जानकारी दिनुभयो । 



गत वर्ष चैत्र १० गते सञचालन भएको परीक्षमा नियमिततर्फ ४ लाख ५९ हजार सहभागि थिए भने एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थीको सहभागिता रहेको थियो ।  




Image result for बृक्षारोपण गर्ने घोषणा

काठण्डौ असार ११  गते । रातो तारा डट कम,नेपाल सरकारले घोषणा गरेको वृक्षारोपण वर्षलाई सफल पार्न असार १४ गते वृक्षारोपण कार्यक्रममा सक्रियतापूर्वक भाग लिने नेपाल कम्युनिष्ट पार्टी नेकपाका ४४ जनवर्गीय संगठनले निर्णय गरेका छन् ।

नेकपाका सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा पार्टीका ४४ जनवर्गीय संगठनको आज बसेको संयुक्त भेलाले यस्तो निर्णय गरेको हो ।

उक्त दिन नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठनले सरकारको निर्णयलाई समर्थन गर्दै वर्षभरि अत्यन्तै उत्साहका साथ कार्यक्रममा भाग लिने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको विशेष उपस्थिति रहेको थियो ।

नेपाल सरकारले यस आर्थिक वर्ष २०७६÷०७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गर्नुका साथै असार १४ गते राष्ट्रव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरी वार्षिक वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको थियो ।


मोरङ, असार ११ गते । मोरङको रतुवामाई नगरपालिका-५ मलाहा टोल बस्ने २३ बर्षीय जुगेर मियाको चट्याङले लागेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो सवा ३ बजेको समयमा रतुवा खोलामा बाँसको अस्थायी पूल बनाईरहेको अवस्थामा अचानक चट्याङको झट्काले लागि मिया गम्भीर घाइते भएका थिए ।

घाईतेलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी पठाईएकोमा उपचारकै क्रममा अपरान्ह सवा ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।


काठमाण्डौ असार ११ गते । रातो तारा डट कम,पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ। विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ। नेपालमा खोजिने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा थपिने भएका छन्। केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाडौंका संगीत प्रेमी माँझ गुन्जिने भएका छन्। जुलाईको ६ तारिख अर्थात आउँदो असार २१ गते आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन। ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन्। गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन्। केहि दिन अगाडी आदित्य नेपाल आउने चर्चा भएता पनि डेट फाईनल भएको थिएन् । उनले आफैले भिडियो सम्बोधन मार्फत जुलाई ६ मा आउने बताएका छन्। ‘म आदित्य नारायण भिजिट नेपाल २०२० अन्तर्गत नै नेपाल आउँदैछु’ भिडियोमा उनले सम्बोधन गरेका छन्। उनले नेपालीसँग आफुले समय बिताउनेमा विश्वस्त रहेको जनाउदै सबैलाई कार्यक्रममा निम्तो समेत गरेका छन्। आदित्य जुलाई ६ मा नै नेपाल आउनेछन्। उनि नेपाल आएसँगै पत्रकार सम्मेलनमा सहभागी भएर बेलुकीको तयारीमा जुट्ने समेत आयोजकले जनाएका छन् ।


विराटनगर असार १० गते । रातो तारा डट कम,प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागी ५ अर्व १२ करोड ३० लाख ९० हजार अनुुमानित आय व्ययको वजेट प्रस्ताव गरेको छ ।
महानगरपालिकाको आज विराटनगरमा आयोजित चौथो नगरसभाबाट सो वजेट प्रस्ताव गरेको हो । महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले नगर सभामा वजेट प्रस्ताव गर्र्दै आगामी आर्थिक वर्षका लागी महानगरपालिकाको तर्फ ३ अर्व २९ करोड ४९ लाख १२ हजार र मझौला शहर एकिकृत शहरी वातवरणीय सुुधार परियोजना तथा क्षेत्रिय शहरी विकास परियोजना तर्फ १ अर्व ८२ करोड ८१ लाख ७८ हजारगरी ५ अर्व १२ करोड ३० लाख ९० हजारको वजेट प्रस्ताव गरिएको महानगर प्रमुुख पराजुुलीले जानकारी दिए । 
वजेटमा शिक्षा, स्वास्थ्य, पुूर्वाधार तथा विकास निमार्णलाई जोड दिइएको छ । महानगरको नगरसभाको उद्घाटन गर्दै प्रदेश १ का प्रदेश प्रमुुख प्रा.डा गोविन्दवहादुुर तुुम्वहाङले महानगरको विकासका लागी वजेट फलदायी भएकाले वजेट कार्यान्वयनमा जोड दिए । 
प्रदेश १ का समाजिक विकासमंत्री जिवन घिमिरेले विकास निमार्णमा प्रदश सरकार र स्थानिय सरकारविच सहकार्य आवश्यक रहेको वताए ।
कार्यक्रममा प्रदेश १ का प्रमुुख सचिव सुुरेश अधिकारी, महानगपालिका उपप्रमुुख इन्दिरा कार्कीले , नेकपाका नेता वावुुराम कार्कीलगायतले महानगरको विकासमा जोड दिए ।


बिराटनगर । रातो तारा डट कम,उद्योग-व्यवसायीका समस्या र समाधानका लागि सरकारबाट अपेक्षाका साथै वैकको चर्काे र वढ्दो वैंक व्याजदर एवं विमा कम्पनिको अघोषित सिण्डिकेट प्रथाको विरुद्धमा उद्योग संगठन र मोरंग व्यापार संघको नेतृत्वका साथै जिल्ला नगर उद्योग वाणिज्य संघ एवं  नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहभागितामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई दिएको ज्ञापन पत्र एवं प्रधानमन्त्रीज्यूसंग पटक पटक भएको भेटघाट प्रस्तुती छलफल पश्चात र सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा अर्थ मन्त्रालयको नेतृत्वमा नीजि क्षेेेेत्रका प्रतिनिधि समेतलाई सम्मिलित गरी गठन भएको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन अर्थ मन्त्रालयमा वुझाई सकिएको छ।

 सकेको यतिका समय सम्म उद्योग÷व्यवसाय क्षेेत्रका कुनैपनि समस्या समाधानका लागि पहल नहुनुमा उद्योग संगठन मोरंग तथा मोरंग व्यापार संघका साथै सम्पूर्ण उद्योगी÷व्यवसायीको गम्भीर ध्यानकर्षण भएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूबाट माननीय अर्थमन्त्री र नेपाल राष्ट्र वैकमा गर्भनरज्यूलाई वैक तथा विमा कम्पनीको समस्या समाधानका लागि दिनु भएको निर्देशन केवल निर्देशन मै सिमित रहनु, उद्योगी÷व्यवसायीको अपेक्षा अनुरुप देखिने गरी कुनै परिणाम नआउनाले नीजि क्ष्ँेत्र हतोत्साहित र मर्माहित भएको छ ।

आर्थिक वर्ष ०७६÷०७७ को वजेटले केहि सकारात्मक प्रक्षेपण गरेपनि उद्योग व्यवसायको हक हितका साथै आम उपभोक्ताको सन्दर्भमा प्रत्यक्ष्ँ प्रभाव पर्ने प्रावधानहरु थपिनाले थप अन्यौल र समस्या वढाएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तुत गरेको आर्थिक ऐन अन्तर्गत मुल्य अभिवृद्धि कर तर्फ ढुवानी सेवा अनुसुचि १ बाट हटाई दुवानी भाडामा समेत १३ प्रतिशत मुल्य अभिवृद्धि कर लाग्ने व्यवस्थाले महंगी वढनुका साथै निर्माणाधिन परियोजनाहरुको लागतमा समेत मूल्यबृद्धि हुने तर्फ संगठन र संघ ध्यान आकृष्ट गराउदै ढुवानि सेवामा मुल्य अभिवृद्धि कर लाग्ने व्यवस्थालाई पुर्नविचार गर्न अनुरोध गर्दछौं । 

मूल्य अभिवृद्धि कर नियमावलीमा भएको संशोधनको अर्को एक ब्यवस्थामा बस्तु तथा सेवा आपूर्ति बापतको रकम भुक्तानी गर्दा भुक्तानीकर्ताले समेत मुल्य अभिवृद्धि कर रकमको ५० प्रतिशत कटाइ दाखिला गर्नुपर्ने ब्यवस्थाले सानोतिनो उद्योग ब्यवसाय गर्ने व्यक्ति वा संस्थालई थप झन्झट सिर्जना गरी कार्यान्वयन गर्न समेत असहज हुने तर्फ ध्यान आकृष्ट गराउदै साविक वमोजिम व्यवस्थाका लागि अनुरोध गर्दछौं । 

उद्योग व्यवसाय संचालनमा इन्धनको रुपमा डिजल प्रयोग गर्नु अनिवार्य नै छ तर जारी आर्थिक ऐनले उद्योगले प्रयोग गरेको डिजलमा खरिद मुल्य अभिवृद्धि कर र बिक्री मुल्य अभिवृद्धि करमा मिलान गर्न नपाउने व्यवस्थाले गर्दा लागत मूल्य बढ्न गइ आमउपभोक्ता समेत मारमा पर्ने हुदा साबिकको ब्यवस्था यथावत कायम गर्न दुवै संस्था अनुरोध गर्दछ ।

त्यसैगरी नया व्यवस्था अनुरुप प्यान नम्वर नभएका श्रमिकलाई ज्याला दिएर तलव पारिश्रमिक शिर्षकमा राखेमा त्यसलाई व्यय नमानिने व्यवस्था गरिएको छ । यस प्रावधानले उद्योग÷व्यवसाय बन्द गर्नु पर्ने अवस्था सिर्जना मात्र नभई श्रमिक स्वयंलाई झन्झट हुने भएकाले यो व्यवस्था सच्याउन नीजि क्षेेत्र अनुरोध गर्दछ ।

वैदेशिक वस्तुहरुसंग प्रतिष्पर्धा गर्दै, विभिन्न समस्याका वावजुद जसोतसो संचालनमा रहेका उद्योग÷व्यवसाय क्षेेत्र  लाई प्रकृयागत जटिलताका साथै वंैंक तथा वित्तिय संस्थाहरुले अन्य व्ययभार थप गरिदिदा रुग्ण भई क्रमश वन्द भएमा समग्र अर्थतन्त्रमा नै प्रतिकुल प्रभाव पर्न जाने तर्फ ध्यान आकृष्ट गराउन चाहन्छौं ।

अतः वैंक व्याज तथा विमा कम्पनीहरुका साथै अन्य समस्याहरुलाई तत्कालिन र दीर्घकालिन योजना अन्तर्गत समाधान गर्न उद्योग संगठन मोरंग र मोरंग व्यापार संघ गम्भीर ध्यानाकर्षण गराउदछ अन्यथा वाध्य भई २०७६ श्रावण देखी वर्गीय हितका लागी दवावमुलक कार्यक्रमहरु संचालन गर्न वाध्य हुने जानकारी  गराउदछौ ।

नविन रिजाल - कार्यवहाक अध्यक्ष मोरङ व्यापार संघ          भीम घिमिरे  -  उद्योग संगठन मोरंग
२०७६ असार १० गते, मंंगलवार
विराटनगर



बिराटनगर असार १० गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको मिति २०७६ असार १० गते सम्पन्न चौथो नगरसभाको क्रममा मोरङ, विराटनगरका ११ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । 
१ नम्बर प्रदेशको राजधानी विराटनगरजस्तो ऐतिहासिक महत्वको शहरमा यदि कोही नागरिक वा पेशाकर्मी महानगरबाट सम्मानित तथा पुरस्कृत भइरहन्छ भने उसले के कति कारण आफु सम्मानित भएको जान्न पाउने अधिकार हुन्छ । अर्कोतर्फ पुरस्कार तथा सम्मान दिने निश्चित कार्यविधि पनि हुन्छ । 

के कति कारण र अवस्थाबाट आज हाम्रा केही पत्रकार साथी र केही गैरपत्रकार गरी ११ जना रातारात सम्मान तथा पुस्कारका हकदार भए ?

निर्णायक तहमा भएकै आधारमा आपूmखुशी गोजीको सम्पत्तिझैं निगाहा र बक्सिस दिएजस्तो पत्रकार खुशी पार्ने नाममा मिति २०७६ असार १० गते विराटनगर महानगरपालिकाको तर्फबाट दिइएको पुरस्कार एउटा भद्दा नाटक मात्र भएको हाम्रो ठहर छ । नेपाल पत्रकार महासंघजस्तो गौरवशाली संस्थाको तेजोवध गर्ने षडयन्त्रको रुपमा केही व्यक्ति वा झुण्डको इशारामा महानगरपालिकाबाट भएको यो अपारदर्शी कार्यको हामी घोर भत्सर्ना गर्दछौं ।

पत्रकारहरूको निर्णायक भूमिकाभन्दा बाहिरका पुरस्कार लिन बन्द गर्नेगरी आचारसंहिता निर्माण गर्नुपर्ने बहस आम पत्रकारबीच चलिरहेको बेला स्वयं पुरस्कृत व्यक्तिले पनि सम्मानको अनुभूति गर्न नसक्नेगरी प्रदान गरिएको यो पुरस्कारले थप बहसको अवस्था सिर्जना गरेको भन्दैै आपत्ति जनाउदै  प्रेस विज्ञप्ति जारीगरेकोछ ।








काठमाडौ । रातो तारा डट कम,स्टार वन इन्टरटेनमेन्ट प्रालिले एसईइ दिएर बसेका किशोरीहरुमाझ राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगितामा काठमाडौंको पेप्सिकोलाकी कृतिका केसीले मिस टिन एसईई २०१९ को उपाधि चुमेकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले मूख्य उपाधिका साथमा बेस्ट ¥याम्प वाकको उपउपाधिलाई पनि आप्mनो बनाएकी छिन्।

पाँचौ संस्करणको प्रतियोगितामा सेलिना जोशी फस्ट रनर्सअपका साथमा मस्ट फोटोजेनिक, सरिता रुवाली सेकेण्ड रनर्सअपका साथमा फेसबुक च्वाइस र मिस ट्यालेन्ट, लीना तामाङ थर्ड रनर्स अपका साथमा मष्ट पपुलर तथा अविना केसी फोर्थ रनर्सअपका साथमा व्युटी विथ पर्पसको विजेता भईन् भने अस्मिता श्रेष्ठ पब्लिक च्वाइसका साथमा भ्युवर्स च्वाइस र बेस्ट सिंगर भईन्। अश्विनीकान्त झाको कार्यक्रम सञ्चालन र कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा युनिशा पुन बेष्ट हेयर, सोफिया प्रसाई बेस्ट स्किन, प्रिति गिरी मष्ट डिसिप्लिन, कृति सिम्खडा बेस्ट स्पिच, कृपा गुरुङ बेष्ट पर्सनालिटी, सिमरन शाही ठकुरी  बेष्ट फिजिक, जस्मिन सुनार मष्ट फ्रेण्डली, कृस्टिलिना स्थापित फेसन आइकन, संयुक्ता रिजाल सोशल वेलफेयर एम्बेस्डर, लीना तामाङ बेष्ट डान्सर, कृतिका श्रेष्ठ मष्ट क्रियटिभ, समिका काफ्ले मष्ट व्युटिफुल, बबिना खड्का मष्ट आइकनिक आइज, युनिका बस्नेत मिस कन्जिनियालिटी, प्रियस्का खडका बेस्ट फिटनेस, अञ्जु श्रेष्ठ मेनेजमेन्ट च्वाइस, अनुस्का घिमिरे मष्ट एक्टिभ, कृपा गुरुङ युट्युव बेस्ट भ्युज, सुविधा अधिकारी मष्ट गर्जियस र स्वीकृति पराजुली युथ विथ रेस्पन्सिबलिटी भए।

पूर्व प्रधान सेनापती रुकमाङ्गद कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा डा.अनिल मिश्रा, डा. आभाष लाभ, प्रा. सुदन डोटेल, अभिनेता आयुष रिजाल, मिसेस एशिया प्याशिफिक इन्टरनेशनल तथा मिसेस नेपाल इन्टरनेशनल चन्दा थापा गिरी र मिसेस नेपाल ग्ल्याम एलिजा महर्जन निर्णायक रहेका थिए।

बिराटनगर असार १० गते । रातो तारा डट कम,विप्लवले नेपाल बन्दको घोषणा गरेसँगै देशभरिको जनजीवन प्रभावित छ, भने ठाउँठाउँबाट बम राखिएको खबर प्राप्त हुने क्रम जारी नै छ । 
त्यसैैैैगरी बिराटनगरबाट पनि लामो दुरीका सवारीका र छोटो दुरीका कुनै पनि साधानहरू आज बिहानैदेखि चलेका छैनन् । आज अत्यधिक गर्मीले र बन्दले जनजीवन प्रभावीत भएका छन ।
सोही क्रममा मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ३ स्थित शान्तिचोकमा प्रेसरकुकर बम फेला परेको छ । प्रेसरकुकरमा राखिएको अवस्थामा उक्त बम हुनसक्ने प्रहरीको आशंका छ ।
आज बिहान करिब साढे ३ बजेको समयमा बम राखिएको थाहा पाएपछि पुगेको प्रहरीको टोलीले त्यहाँ जानकारी लिएको थियो । प्रेसरकुकरमा राखिएको वस्तु बम भएको हुनसक्ने आशंकापछि अहिले सो क्षेत्रमा नेपाली सेनाको टोली पुगेको जिप्रका मोरङ्गका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । साथै उनले सम्पूर्ण नगरबासीमा सचेत रहन आग्रह समेत गरेका छन ।(जेन वान न्यूजबाट)

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.