Websoft University

बालुवाटार जग्गा प्रकरणमा ८६ जनालाई अख्तियारले बयानका लागि बोलायो



काठमाण्डौ असार १२ गते । रातो तारा डट कम,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ । आयोगले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकालाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो ।

अख्तियारले जारी गरेको सूचनामा एक नम्बरमा नाती महर्जन छन् भने ८६ औँ नम्बरमा मोहन महर्जन रहेका छन् । तर, यसअघि यो प्रकरणमा मुछिएका डा. शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम अख्तियारले जारी गरेको सूचीमा छैन । ढकाल र सुवेदी अख्तियारको सम्पर्कमा रहिरहेकाले उनीहरुको नाम सूचीमा नराखिएको भन्दै उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइने आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो । 

आयोगका अनुसार फोनमार्फत सम्पर्क नभएकाको मात्रै सूचना निकालिएको हो । पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले भूमाफिया किटान गरेका ढकाल र सुवेदीका पत्नी क्रमशः उमा ढकाल र माधवी सुवेदीलाई पनि बयानका लागि बोलाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.