Websoft University
November 2017

तेह्रथुम,मंसिर १४ गते । रातो तारा डट कम,
नेकपा एमालेका पोलिटप्युरो सदस्य पर्शुमेघी गुरुङ्गले स्वाधीनता, समृद्धि र समाजवादको आधार बामपन्धी सरकार मात्र भएको दावी गर्नुभयो । बामपन्थीहरुको जीत भएमा मात्र शान्ति लोकतन्त्र, स्वाधिनता, स्वभिमान साथै सुखी जनता र समृद्ध नेपाल बन्ने उहाँले बताउनुभयो ।

तेह्रथुमको मेन्छेयायेम गाउपालिकाको मोराहाङ्ग बजारमा आज बामगठवन्धनले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्वोधन गर्दै पोलिटप्युरो सदस्य गुरुङ्गले नेपालमा कांग्रेसले शासन गर्ने दिन आगामी मसिंर २१ पछि सकीने समेत दावी गर्नुभयो । बामपन्थीहरु एकजुट भएकाले अव नेपाली जनता र नेपालको विकास र समृद्धिको दिन शुरु भएको पोलिटप्युरो सदस्य गुरुङ्गको भनाई थियो ।

एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार विजय सुब्बाले सवै जातजाती, भाषा, लिङ्ग र समुदायको उत्थानको लागि बामगठवन्धनको जीत हुनु पर्ने बताउनुभएको छ । तेह्रथुमबाट प्रतिनिधि सभाका उम्मेदवार भवानीप्रसाद खापुङले पाँच वर्ष भित्र तेह्रथुम आफैँ आत्मनिर्भर र स्वाबलम्बी बनिसक्ने धारणा राख्नुभयो । भेलालाई प्रतिनिधिसभा सदस्य समनुपातिक उम्मेदवार होम कुमारी खापुङ्ग, प्रदेश सभा तेह्रथ्ुम क्षेत्र नम्वर २ का उम्मेदवार तेजमान कन्दङ्वाले तेह्रथुम जिल्लाको विकास र समृद्धिका लागि बामगठवन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार होमकुमारी खापुङ्ग, प्रदेशसभा समानुपातिक उम्मेदवार अनुभुतिवम नेपालीले बामगठवन्धनको जित भएमा सामन्ती शोषणका सवै अवशेसहरुको अन्त्यहुने बताउनुभयो । कार्यक्रममा बामगठवन्धनका नेताहरु विष्णुमाया विक, किशोरचन्द्र दुलाल, राम लिम्वुले तेह्रथुमको विकासका लािग गठवन्धनको जीत अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रम बामगठवन्धन संयोजन समितिका संयोजक दुर्गा प्रसाद चापागाई सचिनको अध्यक्षतामा सम्पन्न भएको थियो । यसै गरि म्याङलुङ्गको आम्वुङ्गमा प्रदेशसभा क्ष्ोत्र नम्वर १ का उमेदवार लक्ष्मण तिवारीले बाम गठवन्धनका उमेदवारले चुनाव जितेमा देशमा राजनीतिक स्थायित्व भै संविधानसभा कार्यान्वयन हुने र जिल्लामा भएका कृषि, पर्यटन, पुर्वाधार विकास, सडक, विद्यूत लगायत क्षँेत्रको विकास हुने वताउनु भयो ।

स्थानीय स्रोत साधनको उपयोग गरी तेह्रथुम जिल्लाको, शिक्षा स्वास्थ्य, खानेपानी जस्ता पुर्वाधारको विकास गरी जिल्लालाई आमुल परीवर्तन गर्ने योजनामा आफु र बामगठवन्धन रहेको बताउदै आफूलाई सुर्य चिन्हमा भोट दिई जिताउन उमेदवार तिवारीले अनुरोध गर्नुभयो ।

कार्यक्रममा गठवन्धनका नेताहरु जिआर श्रेष्ठ, पार्वती सानु डाँगी, पुन्य प्रसाद सम्वाहाम्फे, नुम वहादुर लिम्वु, सल वहादुर तिवारीले तेह्रथुम जिल्लाको विकास निर्माणका लागि बामगठवन्धनको जित आवश्यक भएको बतउनु भयो ।
Share this:


विराटनगरर मंसिर १४ गते । रातो तारा डट कम,
सातौ संस्करणको ‘जेसीज प्रेसिडेन्ट सुपर क्रिकेट कप’ एक दिवसिय प्रतियोगितामा शनिबारदेखि विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा सुरु हुने भएको छ ।

विराटनगर जेसीजले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक दिवसीय क्रिकेट प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा प्रतिष्ठित व्यापारिक र नाफामुकल संस्था बैंकहरुको सहभागि रहने विराटनगर जेसीजको अध्यक्ष श्यामसुन्दर पौडेल (मिलन) ले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा ८ वटा संस्थाको सहभागि रहनेछ । प्रतियोगितामा हिमालयन बैंक, फूजिमा आयल, सारडा ग्रुप, कुमारी बैंक, एस.बी. आई बैंक, देबनारा ग्रुप, भन्सार ग्रुप र मनमोहन पोली टेक्निकल ग्रुपको सहभागि रहनेछ ।

शनिबार हुने प्रतियोगिताको पहिलो खेल फूजिमा आयल र देवनारा ग्रुप बिच प्रतिस्पर्धा हुने अध्यक्ष पौडेलले जानकारी दिए । प्रतियोगिताको बिजेता र उपविजेतालाई आकर्षण ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

मंगलबारे, इलाम, मंसिर १४ गते । रातो तारा डट कम, सूर्योदय नगरपालिका–६ हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको धनमालको क्षति भएको छ।


बिहान ५ः३० बजे खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथीभरा दुग्ध उद्योगमा विद्युत् चुहिई आगलागी भएको प्रहरी चौकी हर्कटेका प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले जानकारी दिनुभयो ।

आगलागीमा दुग्धजन्य उत्पादन जलेर नष्ट हुनाका साथै यन्त्रमा समेत क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको दमकलका प्रयासमा दुई घण्टामा आगो नियन्त्रणमा लिइएको छ । 

भद्रपुर, मंसिर १४ गते । रातो तारा डट कम, मेची अञ्चल अस्पताल भद्रपुरमा सरकारले गरेको लगानीअनुरुप नागरिकलाई सेवा दिन नसकेको स्थानीय सेवाग्राहीले दुःखेसो पोखेका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमुखी नभएर निजी क्लिनिकमुखी भएको र अस्पतालमा दिइने समय र सेवाभन्दा बढी निजी क्लिनिकमा दिने गरेको कारण अस्पतालको सेवामा गुणस्तर बढ्न नसकेको सहभागीले औँल्याउँदै राज्यबाट लिइने सुविधा चिकित्सकले दुरुपयोग गर्ने कारणले अस्पतालको विश्वासनीयता र मर्यादा बढ्न नसकेको स्थानीय सुदीप अधिकारीले जानकारी दिनुभयो ।

भद्रपुर जेसीजको संयोजनमा मंगलबार भद्रपुरमा अञ्चल अस्पताल प्रशासनसँग गरिएको नागरिक अन्तरक्रिया कार्यक्रममा सहभागीले सुधारको चरणमा अस्पताल आइपुगे पनि नागरिक सेवामा सरकारी लगानीअनुरुप काम हुन नसकेको गुनासो गरेका थिए ।

सहभागीले विपन्न वर्गको पहुँचमा अस्पतालको सेवा आउन नसकेको, डाक्टर निजी अस्पतालमुखी भएको, प्रशासनमा जनमैत्री सेवा अभाव भएको, राजनीतिक पहुँच र जातीय, क्षेत्रीय संकुचमा अस्पताल प्रशासन अल्मलिएको स्थानीयवासीको आरोप थियो ।

कार्यक्रममा अस्पतालको विगत र वर्तमान अवस्थाबारे मेडिकल सुपरिटेण्डन डा पीताम्बर ठाकुरले कार्यपत्र पेश गर्दै २२ जना विशेषज्ञसहितको दरबन्दी रहेको अस्पतालमा १२ वटा पद खाली रहेकाले सेवा दिन समस्या परेको प्रष्ट पारे पनि अस्पतालका सुपरीवेक्षक डा पीताम्बर रहेसम्म अस्पतालले फड्को मार्न नसक्ने र जनगुनासो पनि दिन प्रतिदिन बढ्दै जाने सेवाग्राहीले औँल्याएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले अस्पताल जनताको सेवामा समर्पित रहेको बताउनुभयो । कार्यक्रम भद्रपुर जेसीजका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

काठमाण्डौ- रसुवागढी, मंसिर १४ गते । रातो तारा डट कम, अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् ।
टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा रहेको र आज दिउसोसम्म एक सयवटा कन्टेनर नेपाल भित्रिसकेको छ । फर्केका कन्टेनरमध्ये ५० प्रतिशतले स्याउ र अन्य कन्टेनरले कस्मेटिक सामान लिएर आएको सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिनुभयो ।

सामान लिनका लागि आज थप १५ वटा कन्टेनर केरुङबाट त्यसतर्फ प्रस्थान गरिसकेको र भन्सार हातामा आएका कन्टेरनको जाँच पास धमाधम भइरहेको बताइएको छ । 


मोरङ,मसिर १3 गते । रातो तारा डट कम,
 नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा अध्यक्ष समेत जितेका मोरङ पथरीशनिश्चरे नगरपालिका—४ का गोविन्दबहादुर भण्डारीले आफूले कांग्रेसको भोट नमागेको स्पष्टिकरण दिएका छन् ।
पार्टीको तर्फबाट ४ नम्बर वडा संयोजक समेत रहेका भण्डारीले वाम गठबन्धनका उमेद्वार विरुद्ध मोरङ—३ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उठेका सुनिल शर्माको भोट मागेको भन्दै सामेबार आफ्नै कार्यकर्ता बीरबहादुर कार्कीले कुटपिट गरेका थिए ।

घरबाट वडा कार्यालय जाने क्रममा वडा अध्यक्ष भण्डारीलाई माओवादी केन्द्रकै वडा सहसंयोजक कार्कीले कांग्रेस उमेद्वार शर्माको भोट मागेको भन्दै कुटपिट गरेका थिए । सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल उमेद्वार रहेका छन् ।

कुटपिटपछि विराटनगर स्थित नोबेल अस्पतालमा उपचारपछि भण्डारी आज पथरी आएर पत्रकार भेटघाटको आयोजना गरी आफूले नेपाली कांग्रेसलाई भोट नमागेको बताए । आफू वाम गठबन्धनकै पक्षमा रहेको उनले बताए ।


उर्लाबारी, मंसिर १३ गते । रातो तारा डट कम,
मोरङ क्षेत्र नं. १ (क)  वाम गठबन्धनका साझा उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले आफूहरु जनताको मन जितेर चुनाव जित्ने विश्वास ब्यक्त गरेका छन् ।
मोरङको उर्लाबारी वडा नं. २ को कोणसभालाई बुधबार सम्बोधन गर्दै उनले कांग्रेसको जस्तो पैसा र सडकमा गिट्टी, होमपाइप वितरण गरेरभन्दा पनि जनताको मन जितेर आफूहरु चुनाव जित्ने विश्वास ब्यक्त गरेका हुन् । विकासप्रेमी देखिन चुनाव ताका सडकमा गिट्टी र होमपाइमको भरमा जनताले कांग्रेसलाई भोट नदिने उल्लेख गर्दै स्थायी सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई आम मतदाताहरुले मत दिने उनको भनाई छ ।

‘आम जनता सचेत हुनुहुन्छ’ उनले भने –‘अब पैसा,  गिट्टी र  होमपाइपको भरमा भोट दिनुहुँदैछ ।’मतदाताहरुलाई विकास देखाएर चुनाव जित्ने सपना नदेख्न उनले कांग्रेसलाई चेतावनी पनि  उनले दिएका छन् । कांग्रेसबाट परिर्वतन सम्भव नरहेको उल्लेख गर्दै स्थायी सरकार नभएसम्म देशमा दिगो विकास नहुने उनको दाबी छ । जनतालाई कसैले पनि झुक्याउन नसक्ने उल्लेख गर्दै आमूल परिर्वतनका लागि वामपन्थी गठबन्धनलाई जिताउन उनले आग्रह गरेका छन् ।

वाम गठवन्धनको पक्षमा जनलहर सिर्जना भएको र आफूहरुको जीतलाई कसैले पनि रोक्न नसक्ने उनको दाबी छ । देशको मुहार फेर्न र देशलाई विकासको नयाँ उचाइमा लैजाने योजना भएको बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्र्नेमा उनको जोड छ । स्थायी सरकार र देशको विकासका लागि कम्युनिष्ट सरकार जरुरी भएको बताउँदै देशलाई समस्या परेको अवस्थामा कम्युनिष्टहरुको योगदान महत्वपूर्ण रहेको उनको धारणा छ ।

उनले कम्युनिष्ट सरकारको पालामा देशमा लोडसेसिडको अन्त्य गरी जनतालाई राहत प्रदान गरेजस्तै धेरै भौतिक पूर्वाधारको विकासका लागिसमेत वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेबी भण्डारीलगायतले बोल्दै वाम गठबन्धन जनताको हितका लागि भएको उल्लेख गर्दै स्थायी सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई मतदाताहरुले मत दिनु पर्नेमा जोड दिएका छन् ।

 यसैबीच बुधबारै उर्लाबारी वडा नं. २ र ३ मा घरदैलोसहित चुनावी सभा कार्यक्रम भएका छन् । यसैबीच वाम गठबन्धन वडा निर्वाचन परिचाल कमिटीले प्रत्येक वडाहरुमा घरदैलो गर्दै वामपन्थी गठबन्धनलाई जिताउन अपिल गरिरहेको छ ।


उदयपुर, मंसिर १३ गते । रातो तारा डट कम,
उदयपुरमा नेपाली काँग्रेसका उम्मेद्वारलाई लक्षित गरि माइन बम विस्फोट गराइएको छ । विस्फोटमा परि उद्यपुर क्षेत्र नम्बर दुईका नेपाली कांग्रेसका उम्मेद्वार नारायण कार्की सहित सात जना गम्भीर घाईते भएका छन् ।
उदयपुरको कटारीबाट नेपालटार भन्ने ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा उम्मेद्वार कार्की चढेका गाडी दनुवारवेसी भन्ने ठाउँमा माइन विस्फोटमा परेको थियो । विस्फोटमा परेर उम्मेद्वार कार्की वेहोस हुनु भएको बताइएको छ भने काँग्रेस कार्यकर्ता मीरा कटुवालको दुई वटै खुट्टा चुँडिएको प्रहरीले जनाएको छ ।
विस्फोटमा परि पत्रकार नवराज पौडेलसहित गाडी चालक र तीन प्रहरी पनि गम्भीर घाईते भएको बताइएको छ । उम्मेद्वार कार्कीसहित अन्य घाईतेलाई लिन हेलिकप्टर उदयपुर पुग्दैछ । हाल घाईते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उदयपुर काँग्रेसको पूर्व जिल्ला सभापति कार्की २०७० सालको संविधान सभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर दुईबाट विजय हासिल गर्नुभएको थियो ।


काठमाडौ, मंसिर १३ गते । रातो तारा डट कम,काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको बस त्रिशुलीमा खस्यो- ५ जनाको मृत्यु, १५ जना घाइते भएको खबरछ।

आज काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको बस केहीबेर अघि पृथ्वी राजमार्गमा पर्ने धादिङको फिस्लिङबाट त्रिशुली नदी खसेको  खबरछ।
 प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुको जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने कोशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ।

गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसार ५ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ।

नमस्ते अर्घाखाँचीको उक्त बसको नम्बर थाह हुन सकेको छैन।
(अनलाइन बाट लिएकोहो)


काठमाण्डौ- चितवन, मंसिर १३ गते । रातो तारा डट कम, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गर्नुभएको छ ।
पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब देशमा संमृद्धि आउँछ । चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डो¥याउन चाहन्छु ।”

शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उहाँले भन्नुभयो – “शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न । उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ ।”
यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दावी पनि उहाँले गर्नुभयो । उहाँ चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । 


इलाम, मंसिर १३ गते । रातो तारा डट कम, चिजको माग बढ्दै गए पनि दूधको अभावमा दुग्द्य विकास संस्थान स्वामित्वको पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।


दूधबाट बन्ने परिकारको माग बढे पनि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएपछि सरकारी 
उद्योगलाई दूधको अभाव हुन थालेको छ ।

लामो समयदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)मा दूध बिक्री गर्दै आएका किसानले निजी डेरीले बढी मूल्य दिन थालेपछि डिडिसीसँगको सम्बन्ध तोड्न थालेका छन् । मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगर चिज उद्योगलाई दूधको अभाव हुन थालेको हो ।

निजी उद्योगले प्रति लिटर रु ४५ देखि रु ६० सम्म दूध दिने गरेको छ । दुग्ध विकास संस्थानले किसानलाई दूधको गुणस्तर हेरेर प्रति लिटर रु ४० मा दिँदै आएको छ । दूध संकलन गर्ने सहकारीलाई कमिसनबापत अतिरिक्त रु तीन दिने गरेको दुग्ध विकास संस्थान विराटनगर आयोजना प्रमुख सरोज सिंखडाले जानकारी दिनुभयो ।

विसं २०४२ मा स्थापना भएको सो उद्योगको प्रशोधन क्षमता तीन हजार लिटर भए पनि हाल ५०० लिटर मात्र प्रशोधन गर्ने गरेको छ । एक वर्ष अघिसम्म चारवटा सहकारीमार्फत आएको दूध प्रशोधन गर्ने उद्योगमा अहिले एउटामात्र सहकारीले दूध बिक्री गर्दै आएको कर्मचारी देव चौधरीले बताउनुभयो ।

स्थानीयस्तरमा दैनिक १२० लिटर मात्र दूध संकलन भएपछि पशुपतिनगर चिज उद्योगले करिब १० किलोमिटर टाढा फिक्कलमा रहेको चिस्यान केन्द्रबाट ४०० लिटर दूध खरिद गर्ने गरेको छ । इलाममा दैनिक एक लाख २० हजार लिटर दूध उत्पादन हुने गरेको छ ।


लहान, मंसिर १३ गते । रातो तारा डट कम, संयुक्त अनुगमन टोलीले आज लहानका विभिन्न होटल तथा लजमा अनुगमन गरी ठूलो परिमाणमा म्याद नाघेको पेय पदार्थ बरामद गरेको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराई नेतृत्वको टोलीले लहानस्थित मारुती होटल एण्ड लज, विशाल होटल, अचिड होटल, महावीर मिष्टान भण्डार, चौधरी होटल, सिम्रिकललगायत होटलमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा मारुती होटलबाट ठूलो परिमाणमा फेण्टा, स्प्राइटलगायत म्याद नाघेको पेय पदार्थ बरामद गरिएको खाद्य निरीक्षण एकाइ सिरहाका खाद्य निरीक्षक सृजन जोशीले जानकारी दिनुभयो । अनुगमनका क्रममा विभिन्न होटल तथा लजमा सरसफाइको अवस्था कमजोर देखिएको, इजाजत पत्रसहितका कागजात ठीक ढंगले नराखिएको र लजको दररेट नराखिएको पाइएकाले होटल व्यवस्थापकलाई सचेत गराइएको छ ।
–––


बिराटनगर, मंसिर १२ गते । रातो तारा डट कम,मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा को निर्वाचनको लागि देश भरिका पत्रकारहरुको अवस्था कस्तो छ र पत्रकार सुरक्षा व्यावस्था अवस्थाका बारेमा जानकारी लिन नेपाल पत्रकार महासंघ आफना प्रतिनिधि सदस्यहरुलाई परिचालन गरेकोछ ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगर, कोषाध्यक्ष राजेश मिश्र,र गोबिन्द चौलागाई समेत दुई केन्द्रिय सदस्यको टोलि आज बिराटनगरमा आइपुगेको
छ ।

आजै टोलिले बिराटनगरका पत्रकारहरु संघ अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष दिलिप थापा मगरले आगामी मंसिर २१ गते हुने निर्वाचनमा पत्रकार सुरक्षा समस्य निराकरणका बारेमा हामीले छलफल चलाउदै छा,ै र यहाँका प्रमुख निर्वाचन अधिकृ, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका महानुभाव, हरु संघ भेटेर छलफल चलाउने बताउनु भयो । महासंघका पूर्व केन्द्रिय सदस्य गणेश लम्सालले पनि कार्यक्रममा आफना कुरा राख्नु भएको थियो ।

कार्यक्रममा पत्रकारहरुले आफना आफना जिज्ञासाहरु राखेका थिए । त्यसैगरी कार्यक्रमको सभापतित्व गरिरहनु भएका पत्रकार महासंघ मोरङ शाखाका सभापति बन्धु पोखरेले आफना कुरा राख्दै बिगतको स्थानिय निर्वाचनको कुरालाई हेरेर त्यस्ता नहोस भन्दै, सूचनाको हक पास सुरक्षा यातायात पासको व्यवस्थामा ध्यान दिदै यो पटक सुधार गर्ने बताउनु भयो ।





विराटनगर, मंसिर १२ गते। रातो तारा डट कम,
यहि मंसिर २१ गते हुन लागि रहेको निर्वाचनमा मोरङ्ग क्षेत्र नं. ६ (२) का प्रदेश सभा उम्मेदवार रमेश प्रसाद पोखरेलको पक्षमा ब्यापक जनलहर उर्लिएको छ ।

संयुक्त बाम गठबन्धनका उम्मेदवार पोखरेलको घरदैलो कार्यक्रममा स्थानिय मतदाताहरुको सहभागिता उल्लेख्य रहने गरेको छ । पोखरेलका प्रतिद्धन्दी नेपाली कांग्रेशका प्रदेश सभाका उमेदवार केदार कार्की टंकिसिनवारीका हुनु तर पोखरेल आफ्नै प्रादेशिक क्षेत्र विराटनगर १२ का स्थायी बासिन्दा भएका कारणले पनि उनको पक्षमा जनसहभागिता उल्लेख्य हुने गरेको स्थानिय वासिन्दाहरु बताउदछन् ।


प्रदेश नं. ६(२) भित्र विराटनगर महानगरपालिकाका  ५,६,७,९,११ र १२ नम्वर वडाहरु पर्दछन् । “आफुले आफैलाई मतदान गर्न नपाउने केदार कार्की टुरिष्ट उम्मेदवार हुन, त्यसैले हामी स्थानिय उम्मेदवारको पक्षमा लागेका छौं,” घरदैलोमा सहभागि विराटनगर ५ का भवनाथ लुईटेल बताउदछन् ।

पोखरेल भने आफ्ना एजेण्डाका आधारमा जनता सामु मत मागि रहेको बताउदछन् । उनी भन्छन्, “म विराटनगरको समग्र बिकास र यंहाका जनताको आर्थिक सम्बृद्धिका योजना लिएर जनताका वीचमा गएको छु,, मेरा एजेण्डालाई मन पराएर जनताहरु आकर्शित हुनु भएको छ ।”

महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस विराटनगरमा प्राध्यापन पेशामा लामो समय देखि संलग्न पोखरेल एक बौदिक ब्याक्तिका रुपमा चिनिन्छन् । उनले आफुलाई सहकारीको राष्ट्रिय ब्याक्तित्वका रुपमा समेत स्थापित गरेका छन्, जसका कारणले पनि उनी मतदाताका विचमा लोकप्रिय बन्दै गएका देखिन्छन् ।

पोखरेल भन्छन्,“ राजनीतिक परिवर्तनले मात्र हुदैन, जव सम्म जनताको आर्थिक अवस्था सुदृढ बन्दैन तव सम्म राजनीतिक परिवर्तनको कुनै सार्थक अर्थ रहदैन । जनताको सम्बृद्धि र आर्थिक उन्नती नै मेरो अर्जुन दृष्टि हो, यसका लागि भौतिक पूर्वाधारको विकास, लगानिमैत्री बातावरण, लगानिकर्ताको सुरक्षा, शान्ति सु–ब्यवस्था आदिको जरुरी पर्दछ । म यहि कुरा स्थापित गर्न प्रयत्नरत रहने छु ।”

काठमाण्डौं, म्याग्दी, मंसिर १२ गते । रातो तारा डट कम, म्याग्दीको बेनी नगरपालिका–१ सारेमारे र पर्वतको जलजला गाउँपालिका–७ लस्तीको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।

१८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । रत्नेचौर र धाइरिङका बासिन्दालाई ढोडेनी भएर घुमाउरो बाटो हिँड्दा एक घण्टा लाग्ने गरेकामा पुल बनेपछि पाँच मिनेटमै सारेमारेदेखि लस्ती बजार पुग्न सकिने भएको स्थानीय बासिन्दा तिलक थापामगरले बताउनुभयो ।

पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावतका साथै त्यहाँका कृषकले उत्पादन गरेको तरकारी बजारमा पु¥याउन सहज भएको छ । म्याग्दीको रत्नेचौर, पर्वतको धाइरिङ र नाग्लीवाङका एक हजार ५०० घरधुरी लाभान्वित भएका छन् । सो पुलको भारवहन क्षमता ६८ मेट्रिक टन छ । एकपटकमा ४८६ जना मानिसहरु आवतजावत गर्न सक्नेछन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले ठेक्कामार्फत रु ६७ लाख ७७ हजार ७७७ को लागतमा उक्त पुल निर्माण गरेको हो ।

विसं २०७२ असारदेखि निर्माण शुरु भएको उक्त पुल निर्माण व्यवसायीका कारण लक्ष्य भन्दा दुई वर्ष ढिलो निर्माण भएको हो । सो पुलको निर्माणको ठेक्का अधिकारी निर्माण सेवाले पाएको थियो । 

विराटनगर, विराटनगर महानगरपालिका  भित्रको ७४ किलोमिटर सडक कालेपत्रेको काम सुरु हुने भएको
 छ । एसियाली बिकास बैंकको ऋण सहभागितामा सञ्चालित क्षेत्रिय सहरी विकास  परियोजना अन्तरगत महानगर भित्र पर्ने ७४ किलोमिटर सडकको कालेपत्रेको काम सोमवारदेखि सुरु हुने भएको हो ।
२ अर्ब ६३ करोड रुपैया लागतमा ठेक्का पाएको चाइनिज कम्पनी झोङहेङ कन्ट्रक्सन बेजिङले मझौला सहरी एकिकृत बातावरणीय सुधार परियोजनाले पुरा गर्न नसकेका काम गर्ने छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार विराटनगर महानगरपालिका भित्रको ७४ किलोमिटर सडक कालोपत्रे र कालीकाले गर्न नसकेका क्षेत्रको ढल पाइप विच्छयाउने काम परियोजना अन्तरगत गरिने बताएका छन ।

दुई बर्ष भित्र काम सक्ने ठेक्का पाएको कम्पनीले विराटनगरको मेनरोड सहित अन्य २).८ किलोमिटर क्षेत्रमा ढलको पाइप विच्छयाउने, २६.५ किलोमिटर सडक निकास नाला निर्माण गर्ने र विराटनगरको चाङबारी पैनीको सात सय मिटर ठुलो नाला निर्माणपनि निर्माण गर्ने सम्झौता गरेको छ ।

विराटनगर महानगरपालिका भित्र पहिलो चरणमा पाचवटा सडकको निर्माण कार्य सुरु गरिएको प्रोजेक्ट म्यानेजर भरत न्यौपानले जानकारी दिए । विराटनगर–४ को कञ्चनबारी, केसलिया मार्ग, बरगाछी चादनी चोक हुदै डिपिएस सम्मको सिरोमणी पथ, दुग्धविकास संस्थान पुर्व पुष्पलालचोक सम्मको सडक र परोपकरा घाट सम्म पुग्ने सम्रट मार्ग र विराटनगर रानी छाला फ्याक्टी सडकमा पहिलो चरणमा काम सुरु गरिने छ ।

अनुसार ठेकेदार कम्पनीले तीन महिना भित्र १५ किलोमिटर सडक कालोपत्रे र एक बर्षको अवधीमा ४५ किलोमिटर सडक कालोपत्रे गरी समय निर्धारण गरिएको बताए । पहिले बाहिरी सडक निर्माण गरेर ढल विछ्याउन बाकी रहेका स्थानमा काम गर्छाै । भीम पराजुलीले भने अबको छ महिना भीत्र विराटनगरमा धुलो खानै पर्ने समस्या हट्छ ।


मोरङ, मंसिर १२ गते । रातो तारा डट कम,
पूर्वी नेपालको नौ जिल्लालाई लिम्बुवान राज्यको माग
गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन(मिराक)को टोली ताप्लेजुङदेखि भोजपुरको दिङ्लासम्म साँस्कृतिक टोली सहितको चुनावी सभा समापन गरेर गाउँ पसेका छन् ।
कार्तिक १८ गते ताप्लेजुङ्गबाट गायक कलाकार विनोद खम्बू लगायतका कलाकारहरूसहित अध्यक्ष कुमार लिङदेनको
टोलीले अभियान सुरू गरेका थिए । टाली पाँचथर,इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ, संखुवासभा र मंसिर २ गते भोजपुरको दिङ्ला पुगेर राष्ट्रिय अभियान समापन गरेको मञ्चका महासचिव अशोध चेम्जोङ लिम्बूले बताए ।

अध्यक्ष लिङ्देन प्रदेशसभाको समानुपातिक उमेद्वार रहेका
छन् । चुनावी अभियानपछि अध्यक्ष लगायतको टोली विभिन्न जिल्लाको गाउँगाउँमा हुने अभियानमा सहभागि भइरहेका
छन् ।
मञ्चका महासचिव अशोक चेम्जोङ मोरङ-१ नम्बर क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेका घनश्याम खतिवडा, नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र संघीय समाजवादी फोरमका राजकुमार पालुङ्वासँग चुनावी स्पर्धामा छन् ।

केन्द्रीय उपमहासचिव भागिराज लिम्बू मोरङ—३ मा वाम गठबन्धन(एमाले पोलिटब्यूरो) भानुभक्त ढकाल, नेपाली कांग्रेसका सुनिल शर्मा, संघीय समाजवादी फोरमका केदार धिमाल लगायतसँग भिड्दैछन् ।

चुनावी प्रतिस्पर्धाको लागि आफ्नै क्षेत्रमा व्यस्त मञ्चका महासचिव अशोक चेम्जोङले भने ‘जनताले हाम्रो
मुद्धालाई भोट दिन्छन .’ प्रत्यक्ष उमेद्वार दिएर मैदानमा रहेका केन्द्रीय नेताहरू घरदैलोमा व्यस्त रहेको उनले बताए ।



अर्जुन जम्नेली राई-मोरङ जेसीज बेलबारी मोरङले आयोजना गरेको ‘जनतासँग उमेद्वार ककस कार्यक्रममा वाम गठबन्धनले संबृद्धिको कुरा गरे भने साना दलका उमेद्वारले
घोषित संविधानप्रति नै असन्तुष्ट व्यक्त गरे ।
बेलबारी चौकमा आयोजित कार्यक्रममा वाम गठबन्धनका मोरङ ३ नम्बर क्षेत्रका प्रतिनिधि सभा सदस्यका उमेद्वार

एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले नेपालको संबृद्धि, विकास र स्थिर सरकारको लागि आफ्नो उमेद्वारी रहेको बताए ।

केपी ओली नेतृत्व सरकारको पालामा सुकुम्बासी समस्या समाधानको लागि गठित आयोग विरूद्ध नेपाली कांग्रेसले मुद्धा लगाएर काम गर्न नदिएको आरोप लगाए ।
सोही क्षेत्रबाट संघीय समाजवादी फोरमको प्रतिनिधि सभा सदस्य केदार धिमालले आफ्नो पार्टी घोषित संविधानमा भएको कमजोरी सच्याउनको लागि आफ्नो उमेद्वारी रहेको बताए . वाम गठबन्धन र कांग्रेस नाम बिहिन सात प्रदेश
दिने पार्टीह?सँग जनताले विस्वास गर्न छाडेको धिमालको भनाइ थियो ।

उनले पहिचानका आधारमा प्रदेशको नामाकरण, समानुपातिक÷समावेशी राज्य व्यवस्था कायम
गर्न आफ्नो उमेद्वारी रहेको बताए ।
कार्यक्रममा देशभक्त गणतान्त्रिक मोर्चा(क्रान्तिकारी माओवादी)का प्रतिनिधि सभा सदस्यका प्रत्यासी सीताराम बुढाथोकीले राजनीतिक रूपमा देखिएको विकृति, विसंगतिको अन्त्य, जातीय, क्षेत्रीय, लिङ्गीय विभेदको अन्त्यको लागि आफनो पार्टी लागिरहेको बताए ।
राष्ट्रिय जनता पार्टीका उमेद्वार कमल गुरूङ, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले उत्पीडित जनताको मुक्तिको लागि आफूहरूको उमेद्वारी रहेको बताए ।

नेपाली कांग्रेसको कुनैपनि उमेद्वार सहभागि नभएको कार्यक्रममा ३ नम्बर क्षेत्र (क)की वाम गठबन्धन(माओवादी केन्द्र)की प्रदेश सभा सदस्य गीता तिम्सिना, (ख)को राजकुमार ओझा(एमाले), संघीय समाजवादी फोरम ३ (क)
प्रदेश सभा सदस्यका उमेद्वार प्रेम ओनेम लगायतले प्रतिबद्धता व्यक्त गरेका थिए ।



बुटवल, मंसिर १२ गते । रातो तारा डट कम, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने नयाँ संरचनाले मुलुकमा स्थिरता र स्थायित्व प्रदान गर्ने बताउनुभएको छ ।
निर्वाचन प्रचारका क्रममा आज रुपन्देही क्षेत्र नं. ५ अन्तर्गतरुद्रपुरको हरैयामा आयोजित चुनावीसभामा उहाँले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि मुलुक नयाँ संरचनाअनुसार संघीयतामा चल्ने भएकाले स्थिरता र स्थायित्व कायम भई विकासको गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।


अध्यक्ष ओलीले निर्वाचनपछि मुलुकमा बामपन्थीको जनपक्षीय र स्थिर सरकार बन्ने निश्चित भएकाले जनतामा अहिले उत्साह देखिएको बताउँदै “अब बन्ने सरकार साधारण बहुमतको होइन, दुई तिहाइसहितको बहुमतको बन्नेछ,” भन्नुभयो ।

नेपाली कांग्रेसले २०१५ सालमा दुई तिहाइ बहुमतको सरकार बनाएपनि धेरै समय टिकाउन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एमाले नेतृत्वमा बनेका छोटो समयका अल्पमतको सरकारले धेरै जनपक्षीय काम गरेर जनताको मन जितेको छ, अब २०७४ साल बामपन्थीमय हुने निश्चित छ ।”

अध्यक्ष ओलीले लुम्बिनीको विकास राष्ट्रिय भावनाको हिसाबले गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्दै लुम्बिनीमा अन्तर्रा्रिष्ट्रय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको हुँदा यसले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय विकासमा कायापलट गर्ने बताउनुभयो ।

माओवादी केन्द्रका नेता रामबहादुर थापाले नेपालमा अब छिट्टै नै विभाजित रुपमा रहेका कम्युनिस्टबीच एकता हुन लागेको चर्चागर्दै नेपालको इतिहासमा यसलाई ठूलो घटनाको रुपमा लिइएको छ भन्नुभयो । रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डिलाराम आचार्यले परिर्वतनका लागि नयाँ जग रुपन्देहीबाटै सुरु भएको भन्दै बेरोजगार युवालाई स्वरोजगार बनाउने योजना आफूसँग रहेको बताउनुभयो ।

उहाँले अबको १५ वर्ष बाम गठन्धनलाई सरकारमा काम गर्न दिएमा वैदेशिक रोजागारमा गएका सबै युवालाई स्वदेशमा नै स्वरोजगार प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर ५ का सचिव तथा रुपन्देही क्षेत्र नम्बर ५ (क) का प्रदेशसभा सदस्य उम्मेदवार भूमिश्वर ढकाल र रुपन्देही क्षेत्र नम्बर ५(ख) का उम्मेदवार हजरत बलाल फकीर(राजु) लगायतले मुलुकको आर्थिक रुपान्तरणका लागि वाम गठबन्धनको सरकारको आवश्यकता रहेको बताउनुभयो । 


विराटनगर,मंसिर ११ गते । रातो तारा डट कम, मोरङमा आज विहान दुई ठाउँमा विष्फोटक पदार्थ
फेलापरेको छ ।.

केराबारी गाउपालिका स्थित देवीझोराको सामुदायिक वनमा सात थान सकेट
बम र दुई थान हेन्ड ग्रेनेट बम फेलापरेको जिल्ला प्रहरी कार्यालय मोरगले जनाएकोछ । .
बरामद ती सवै विष्फोटक पदार्थलाई नेपाली सेनाका बम निष्क्रिय टोलीले
निस्तेज पारेको छ ।

त्यस्तै, आज मध्याह्न विराटनगरस्थित मुख्य सडकमा रातो कपडाले बेरिएको
शङ्कास्पद वस्तु देखिएको छ ।
.
हाम्रो अस्पताल नजिकस्थित सडकको पेटीमा ती शङ्कास्पद वस्तुलाई नेपाली
सेनाको बम निष्क्रिय टोलीले निस्तेज गर्ने तयारीमा जुटेका छन् ।.सो स्थलमा सुरक्षा
व्यवस्था कडा पारिएको छ ।.


विराटनगर,मंसिर ११ गते । रातो तारा डट कम,
 विराटनगर जुटमिल मजदुरहरूको आस्थाको केन्द्र भएकोले
यो मिल सन्चालनमा आउने नितिकै देखिनै मजदुर खुसिभएका छन।
मिल सञ्चालक समितिले  कार्यक्रम आयोजना गरी औपचारीक रुपमा मिल सुरु भएको जानकारी गराएको
 थियो।
 १ करोड ३० लाख रुपैयाँ खर्च गरी मिल पुनः सञ्चालमान आएको विराटनगर जूट मिल्स लिमिटेड सञ्चालक समितिका प्रबन्ध निर्देशक नीलहरि काफ्लेले पत्रकारहरूलाइ जानकारी
गराएका थिए ।
अहिले पहिलेकै ६० प्रतिशत मेशिनहरु तथा अधिकांश भौतिक पूर्वाधारहरुलाई प्रयोगमा ल्याइएको छ । कम्पनी सञ्चानल भएसँगै २ सय ८५ संख्यामा कर्मचारी तथा कामदारले प्रतिदिन रोजगार पाउने छन् ।

त्यस्तै दैनिक कच्चा पदार्थ उपभोग गरेर ६ टन प्रतिदिन जुटका सामग्रीहरु उत्पादन गरिनेछ । उनका अनुसार निर्वाचन पछि दैनिक २० टन उत्पादन गर्ने लक्ष्य राखेको बताए । मुख्य गरी कम्पनीले जुटको बोरा र जुटको सुत्ली उत्पादन गर्ने जनाएको छ ।

स्वदेशमा खपत नहुने भएकोले अधिकांश उत्पादित समग्रीहरु भारतमा निर्यात गरिने कम्पनीका प्रबन्ध निर्देशक काफ्लेको भनाइ छ 


विराटनगर, मंसिर ११ गते । रातो तारा डट कम,समुदायको सहभागिता र साझेदारीमा आधारभुत स्वास्थ्य सेवा उपलव्ध गराई शहरी बासिन्दाको स्वास्थ्य प्रवर्धन गरिने भएको छ ।शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना र सन्चालन गर्न बनेको निर्देशिकाका विषयलाई लिएर स्वास्थ्य सेवा विभाग पुर्नजागरण महासाखाका निर्देशक सहितको टोली र विराटनगर महानगरवीच आइतवार छलफल
भएको छ ।

शहरमा बढ्दो प्रदुशणवाट उत्पन्न स्वास्थ्य समस्या लगायत भइपरी आउने रोगव्याधी नियन्त्रण समाधानका लागि शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना,व्यवस्थापन तथा सन्चालन महानगरले गर्नुपर्ने हुन्छ । महासाखाका निर्देशक भोगेन्द्रराज डोटेलले सेवाको गुणस्तर स’निश्चित गर्न महानगर संगको सहकार्यमा मन्त्रालयले मापदण्ड,क्लिनिकल प्रोटोकल,जनशक्ति परिचालन मान्यता दिने जानकारी दिन’ भयो ।

शहरी स्वास्थ्य प्रवद्र्धनकेन्द्र स्थापना संगै महामारी तथा विपद व्यवस्थापन,जेष्ठ नागरिक स्वास्थ्य उपचार,सरूवारोग रोकथाम तथा उपाचार लगायतका दश प्रकारका सेवा उपलव्ध गराउने निर्देशक डोटेलले जानकारी दिनु भयो ।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली,प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला,बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहाल ,मोरङका जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहता,महानगर स्वास्थ्य प्रमुख भान’ यङ्देन ,महानगरका जनस्वास्थ्य अधिकृत दशिलाल माझी लगायतको उपस्थिती रहेको थियो ।

काठमाडौँ,  मंसिर ११ गते । रातो तारा डट कम, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले हिजो दिन भरी ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहनुभएको थियो ।

मतदान कार्यमा तत्काल सम्बोधन गर्नुपर्ने विषयमा तुरुन्तै निर्देशन दिने उद्देश्यले आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा रहेर उहाँहरुले निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहनुभएको हो ।

विकट हिमाली तथा उच्च पहाडी जिल्लाका निरन्तररुपमा मतदान प्रगतिको जानकारी लिने र मतदानलाई निष्पक्ष र स्वतन्त्ररुपमा सञ्चालन गराउन सम्बद्ध पदाधिकारीलाई तत्कालै निर्देशन दिने कार्यसमेत प्रमुख निर्वाच आयुक्त तथा निर्वाचन आयुक्तबाट भइरहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । 

काठमाडौँं,  मंसिर ११ गते । रातो तारा डट कम, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएको जिकिर गर्नुभएको छ ।

एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ चुनाव कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेता ओलीले भन्नुभयो, “ एमाले दल चुनाव लड्ने र सरकार बनाउने काममा मात्र सीमित नरही राष्ट्रिय स्वाधीनताको संरक्षण र जनताको स्वाभिमानलाई उँचो राख्न पनि प्रतिबद्ध छ । ”
अध्यक्ष ओलीले ‘देशमा पटक पटक बहुमत ल्याएर पनि नेपाली काँग्रेसले सुशासन र राजनीतिक स्थिरता प्रदान गर्न नसकेकाले’ अब वाम गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गर्नुभयो ।

सो अवसरमा स्थानीय समाजसेवी देवकुमार लामाको नेतृत्वमा केही व्यक्ति एमालेमा प्रवेश गरेका थिए । 


पाल्पा, मंसिर ११ गते । रातो तारा डट कम, प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नेपाली काँग्रेस देशको पहिलो पार्टी हुने बताउनुभएका छ ।

रैनादेवी गाँउपालिका–५ कटौजेपानीमा काँग्रेसको आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले २००७ सालको राजनीतिक परिवर्तनदेखि मुलुकमा जनताद्वारा निर्वा्चित जनप्रतिनिधिबाट संघीय लोकतान्त्रिक संविधानको निमार्णजस्ता कार्यको नेतृत्व काँग्रेसले गरेको बताउँदै अबका दिनमा संविधान कार्यान्वयनका लागि र नेपाली जनतालाई समृद्ध बनाउन काँग्रेसको नेतृत्वविना सम्भव नभएको जिकिर गर्नुभयो ।

कार्यक्रममा काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाल्पामा प्राविधिक विश्वविद्यालयको स्थापना र बुटवल पाल्पाको सडकको स्तरोन्नति तथा समग्र जिल्लाको विकासका लागि काँगे्रसको नेतृत्व आवश्यक रहेको बताउनुभयो । काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार हरिप्रसाद नेपाल, काँग्रेसका जिल्ला सभापति तथा समानुपातिक उम्मेदवार वीरबहादुर रानालगायतले शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो । 

शिव भट्टराई - सुनसरी मंसिर १० गते । रातो तारा डट कम,
मोरङ क्षेत्र नं.६ (क) प्रदेश अन्तर्गत सुन्दरहरैचा नगरपाालिका  वार्ड नं. ३,७ र २ का ३०० युवाहरू आज बाम गठबन्धनका प्रदेशका गरेका छन । आज भएको कार्यक्रममा वाम गठबन्धनका साझा उमेद्वार जीवन आचार्य र नेकपा एमालेका नेता बलभद्र सरदारको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

स्थानीय प्रभावसालि युवा बद्री राई,वीरू लिम्बु,भूगोल लिम्बु,सरोज राई लगायत नेपाली कांग्रेस परित्याग गरी बाम गठबन्धनमा करिव तीन सय जना प्रवेश भएका हुन् ।
प्रदेश संयुक्त युवा परिचालन कमिटीको पहलमा कार्यक्रम आयोजना भएको थियो ।

सोही कार्यक्रममा सुन्दरहरैचा ५ बासबारीमा भएको चुनावी कोण सभामा नेकपा माओवादीका क्षेत्र न ६ क का प्रदेश उम्मेदवार क जीवन आचार्यल र नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा क्षेत्र न ६ प्रतिनिधि सभा सदस्यका उम्मेदवार क लालबाबु पण्डितले कार्यक्रममा आफना कुरा राख्दै,नेपाली कांग्रेसले पूर्वाञ्चल बिस्व बिद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने कुरा चुनावी नारा मात्र रहेको र हावादारी कुरा हो भनेका छन ।

त्यसैगरी पण्डितले हन्त्यमा बिराटनगरलाई बृहत्तर नगर बनाएर १.नं प्रदेशको राजधानी बनाउने कुरा समेत उल्लेख गर्न भ्याएका थिए ।


बिराटनगर,मंसिर १० गते । रातो तारा डट कम,राजनीतिक स्थिरता र मुलुकको  दिगो बिकासका लागि वाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा सदस्य क. लालबाबु पण्डित र प्रदेश सभा ६/ २ (ख) का क. रमेश प्रसाद पोखरेललाई सूर्य चिन्ह भएको ठाउँमा मतदान गरौं भन्ने नाराका साथ चुनावी प्रचारप्रसारलाइ तीब्रता दिएकोछ ।

क्षेत्र नं. ६ मा वाम गठबन्धनको चुनाव प्रचारप्रसारले मतदाताहरु निकै उत्साहित भएको पाएकाले नेपाली कांग्रेस भन्दा वाम गठबन्धन अहिले धेरै अगि रहेको बिराटनगर ६  नागरिक एफ एम छेउ जुनेली मार्ग नयाँ बस्तीका मतदाताहरुले
रातो तारा डट कम संग कुरा गर्दै उनिहरुले बताएका छन ।

त्यसैगरी बाम गठबन्धनका दुबै नेताहरु यो क्षेत्रमा भिजेका स्थानिय बासिन्दा भएकाले टुरिस भएर आएका मालिकहरुले यो क्षेत्रमा भोट नपाउने स्थानिय बासिन्दाहरुको भनाइरहेको पाइन्छ ।

रातो तारा डट कम का सम्पादक तेजेन्द्र बहादुर भण्डारी संग कुरा गर्दै क. बालेश्वर कामतले भन्नु भयो अहिले देशैभरी बाम गठबन्धनको एक प्रकारको लहर चलेकोले माथिल्लो क्षेत्रबाट प्रदेश सभा सदस्य ६ (क) मा जीवन आचार्य हुनुहुन्छ भने तल्लो क्षेत्र ६ /२ (ख) मा स्थानिय बिधार्थी आन्दोलन देखिनै राजनीतिमा लागेर पनि सहकारी आन्दोलनमा होमियका लोकपृय नेता क रमेश प्रसाद पोखरेल हुनुहुन्छ र प्रतिनिधि सभा सदस्यमा क्षे्त्र न ६ बाट नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा कुनै आरोप नलागेका सादकी इमान्दर नेता क लालबाबु पण्डितको उम्मेदवारी रहेकाले पनि यो क्षेत्रमा बाम गठबन्धनले नेपाली कांग्रेस भन्दा करिव ५ हजार माथिनै मतले बिजय निसित रहेको बालेश्वरले बताउनु भयो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट ६ नं प्रदेश सभा ६/२ (ख) का संयोजक तिलक बस्नेतले भन्नु भयो यो क्षेत्र बाटै कांग्रेसी उम्मेदवारलाई जनताले निर्वाचनमा
मत नदिएर हराउने भएकाले पनि नेपाली कांग््रेस उम्मेदवार यस बेला हतासिएका छन ।

बाम गठबन्धनका क लालबाबु पण्डित र क रमेश पोखरेलको चुनाव प्रचारलाइ तीब्रता दिदै मतदा शिक्षालाइ व्यापक रुपमै अगाडि बढाएकोले हाम्रा उम्मेदवारले बिजय हासिल गर्नु हुनेछ भन्नु भयो ।



काठमाण्डौ, मंसिर १० गते । रातो तारा डट कम,
प्रतिनिधि र प्रदेश सभाको पहिलो चरण अन्तर्गतको ३२ जिल्लामा आज मतदान हुँदैछ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।

मतदान अहिले बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म जारी रहनेछ । ५ बजेभित्र मतदानस्थलमा छिरिसकेका मतदाताले मत खसाल्न पाउनेछन् । अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउनेछन् ।

स्थानीय चुनावमा जस्तै कुनै कारणबस मतदाता परिचयपत्र नभएमा नागरिकता, ७० सालमा जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाइनेछ । पहिलो चरणमा सात सय दुई उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

आयोगका अनुसार आज ३१ लाख ९१ हजार नौ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार नौ सय १९ मतदान स्थलमा चार हजार चार सय ६५ मतदान केन्द्र राखिएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.