Websoft University

वडाअध्यक्षको स्पष्टिकरण- ‘मैले कांग्रेसलाई भोट मागेको छैन’


मोरङ,मसिर १3 गते । रातो तारा डट कम,
 नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा अध्यक्ष समेत जितेका मोरङ पथरीशनिश्चरे नगरपालिका—४ का गोविन्दबहादुर भण्डारीले आफूले कांग्रेसको भोट नमागेको स्पष्टिकरण दिएका छन् ।
पार्टीको तर्फबाट ४ नम्बर वडा संयोजक समेत रहेका भण्डारीले वाम गठबन्धनका उमेद्वार विरुद्ध मोरङ—३ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उठेका सुनिल शर्माको भोट मागेको भन्दै सामेबार आफ्नै कार्यकर्ता बीरबहादुर कार्कीले कुटपिट गरेका थिए ।

घरबाट वडा कार्यालय जाने क्रममा वडा अध्यक्ष भण्डारीलाई माओवादी केन्द्रकै वडा सहसंयोजक कार्कीले कांग्रेस उमेद्वार शर्माको भोट मागेको भन्दै कुटपिट गरेका थिए । सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल उमेद्वार रहेका छन् ।

कुटपिटपछि विराटनगर स्थित नोबेल अस्पतालमा उपचारपछि भण्डारी आज पथरी आएर पत्रकार भेटघाटको आयोजना गरी आफूले नेपाली कांग्रेसलाई भोट नमागेको बताए । आफू वाम गठबन्धनकै पक्षमा रहेको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.