Websoft University
September 2019



विराटनगर, असोज १३ गते। रातो तारा डट कम,लयान्स क्लब अफ विराटनगर सिटीले सुनसरीको औराबनीस्थित निःशुल्क आँखा शिविर आयोजना गरेको छ । सोमबार आयोजना गरेको उक्त शिवरमा ३ सय ५५ जनाले आँखा परिक्षण गरिएको लयान्स क्लब अफ विराटनगर सिटीका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिनुभयो । रामलाल आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा शिविर भएको थियो ।

अध्यक्ष पोखरेलका अनुसार आफ्नो कार्यक्रमामा विभिन्न सामाजिक सेवा मुलक कार्यक्रमहरू गर्ने बताउनु
भयो । ग्रामिण बस्तीको क्षेत्रमा सामाजिक सेवामुलक कार्यक्रम गर्ने उहाँले बताउनुभयो ।   

उहाँका अनुसार विराटनगर – ४ र ५ नम्बर वडाको सिमानामा पर्ने खारजी चौकस्थित ‘लयान्स पार्क’ बनाउने घोषणा पनि गर्नुभएको छ । पार्क निमार्ण गर्न विराटनगर महानगरपालिकासँग स्वीकृत प्रदान भएको पोखरेलले जानकारी दिनुभयो । माघ १० गते लयान्स पार्कको शिलन्याश हुनेछ । 


१) मनोज कुमार चौधरी    श्याम सुन्दास
         (अध्यक्ष)               (वडा सचिव)
          त्रियुगा नगरपालिका–१
                    परिवार
२) सुभाष निरौला         प्रेम राई
         (अध्यक्ष) (वडा सचिव)
           त्रियुगा नगरपालिका–४
परिवार
३)उद्धव थापा      रोशन  माझी
    (अध्यक्ष) (वडा सचिव)
       त्रियुगा नगरपालिका –५
परिवार
४) कुरुङ्ग राई    रीत कुमार राउत
     (अध्यक्ष)       (वडा सचिव)
         त्रियुगा नगरपालिका –१४
                  परिवार



शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ३ गछिया स्थित साना किसान कृषि सहकारी संस्था दुलारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सोमबार सुन्दरहरैचा वार्ड नं.३ मा रहेको लक्ष्मी नारायण मन्दिरको सभा हलमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कृषि सहकारी संघका उपाध्यक्ष मदन कुमार दाहालले नीति नियममा आधारित रहेर यस संस्था चलेको बताउँदै संस्थालाई उत्तर उत्तर प्रगतिको शुभकामना दिएका थिए।

कार्यक्रममा जिल्ला कृषि सहकारी संघ मोरङ्गका अध्यक्ष खगेन्द्र राज भण्डारी साथै साना किसान कृषि सहकारी संघ मोरङका सचिव रवीन्द्र आचार्यको विशेष आतिथिहरूले पनि
बोलेका थिए।

सो अवसरमा नारायण श्रेष्ठको अध्यक्ष्यतामा ,चेतनाथ दाहाल उपाध्यक्ष, विमला श्रेष्ठ, दुर्गा पोख्रेल,गणेश गुरागाईं,उमेश कुमार चौलागाईं, जीवन कुमार शाह, नेत्र कुमारी दुलाल, हंस राज खवास, पशुपतिनाथ घिमिरे, गौतमराज पोख्रेलको सदस्यता गरी ११ जना सन्चालक समिति सहित पुन्य प्रसाद पौडेल संयोजक, डिल्ली प्रसाद अधिकारी र निल कुमारी काफ्ले सदस्य गरी ३ जना लेखा समितिमा चयन भई जम्मा १४ जनाको नयाँ कार्य समिति गठन भएको छ।

साधारण सभाको अवसर पारेर सेयर सदस्यका उत्कृष्ठ अंक ल्याउने छाेरा छोरीहरु, संस्थामा नियमित बचत तथा ऋण कारोबार राम्रो गर्ने सेयर सदस्य,सेयर सदस्यका जेष्ठ अभिभावकहरुलाई नगद ,साथै कदर पत्र सहित सम्मान गरिएको थियो।संस्थाले हाल सम्म जम्मा १०८६ जना सेयर सदस्य बनाउन सफल भएको छ भने साधारण सभा संस्थाका सदस्य गणेश गुरागाईंले सञ्चालन गरेका थिए।

त्यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष अजम्बर राईको सभापतित्व रहेको थियो ।

श्याम  राई,
जलजले(उदयपुर)असोज १३ गते । रातो तारा डट कम, समयमा विद्युत महसुल नबुझाउदा उदयपुर सिमेन्ट उद्योगलाई करिव ७ लाख रुपैया नोक्सानी भएको छ । उद्योगले विद्युत उपयोग गरे वापत भदौ महिना मा मात्र ३ करोड ४१ लाख रुपैयाको विल उठको थियो । निर्धारित समयमा महसुल नबुझएकोले उदयपुर सिमेन्ट ले २ प्रतिशत  छुट वापत पाउने उक्त रकम गुमाउनु परेको हो ।
 
प्रत्येक महिना विलीङ्ग हुने विद्युत महसुलको रकम सोही महिनामको अन्तीम २२ गते भित्र बुझाउदाउठेको महसुलमा २ प्रतिशत छुट हुने व्यवस्था छ तर उद्योगले भदौ महिनामा उठेको विद्युतको महसुल असोज  १० गते  मात्र बुझाएको छ । उद्योग सग विद्युत महसुल बुझाउने  पैसा नहुदा निर्धारित समयमा महसुल नबुझाएको उद्याँेगको लेखा शाखा ले जनाएको छ । 

उद्योग सग विद्युत महसुल बुझाउने पैसा थिएन । ‘ जोरजाम गरेर  शुक्रबार मात्र विद्युत महसुल बुझाइयो । ’ नाम उल्लेख  नगर्न शर्तमा एक कर्मचारीले बताए । ‘विगत चार, पाच महिना देखी यस्तै भैरहेको  छ । ती कर्मचारीले भने  सधै ५,७  लाख रुपैया छुटमा महसुल  बुझाउछ्यौँ तर अहिले विद्युत महसुल तिर्न पनि धौ धौ छ ।’  उनले भने ।

विगत १० महिनादेखि उदयपुर सिमेन्ट उद्योग महाप्रबन्धक विहीन बनेको छ । उद्योग निमीत्तको भरमा चलेको छ । उद्योग मंत्रीसग  आर्थिक लेनदेन नमिल्दा अझै महाप्रबन्धक नियुत्तःी हुन सकेको छैन । अहिले उद्याँेग निमीत्तको भरमा चल्ैद आएको छ । १० महिना देखी निमीत्त जिएम भएर  काम गर्दै आएका नोवेल किशोर साह ले दैनिक बिक्री बाट जम्मा हुने  रकम अनावश्यक काममा खर्च गर्दै आइरहेको कारण  उद्योग मा रकमको संकट परेको स्वयम कर्मचारीहरु बताउछन् ।  उनले आफूखुसी  चन्दा दान आर्थिक सहयोग दिने गरेकै कारण रकममा अभावमा कर्मचारीहरु लाई  समयमा  तलव भत्ता  खुवाउन समेत समस्या हुने गरेको छ ।
 
उद्योग व्यवस्थापन को कारण उद्याँेग बाट उत्पादित गैडा छाप  सिमेन्टको विक्री  कम हुन थालेपछि उद्योग  आर्थिक संकटमा पर्न गएको हो । सिमेन्ट  अत्याधिक विक्री हुने पिक सीजन ( चैत देखी असार महिना) मा  उद्योगले माग अनुसार व्यापारीलाइ (डिलर) सिमेन्ट उपलब्ध गराउन नसक्दा सिमेन्टका अधिकृत विक्रेताहरुले गैडा छाप सिमेन्ट नै  विक्री गर्न  छाडेका छन् ।  ‘ सिजनमा सिमेन्ट विक्री गर्न नपाए पछि गैडा छाप सिमेन्ट किन विक्री गर्नु ? ’ स्थानिय डिलर सिताराम पन्जीयारले  भने । ‘अहिले  गैडा छाप सिमेन्ट पाmलाफाल 
छ । अहिले सीजन छैन।  

कसैले किन्दैन ।’ उनले भने  तर सिमेन्ट पर्याप्त  विक्री हुने सिजनमा गैडा छाप सिमेन्ट उपलब्ध हुदैन ।  त्यसैले  हामी त्यस वेला अन्य ब्राण्डको  सिमेन्ट विक्री गर्छौ ।  उनले भने  विक्री हुने समयमा विभिन्न बहानामा  उत्पादन वन्द गरिदा वर्षेनी पीक सिजनमा गैडा छाप सिमेन्ट को अभाव हुने गरेको  अर्का स्थानिय डिलर नाम उल्लेख नगरिदिने शर्तमा  भन्छन ।  अनि वर्षेनी गैडा छाप सिमेन्ट को अभाव हुने गर्छ । उनले 
भने । तर पिक  सिजन सकिएसगै गैडा छाप सिमेन्ट  पर्याप्त उत्पादन हुन्छ ।  तर   सिजनमा विक्री ठप्प हुने  गर्छ । 

 उनले भने ।  ‘आखीर पिक सिजनमै किन  उदयपुर सिमेन्टको उत्पादन प्रभावित हुने गर्छ ? ’ उनले त्यो विषयमा सरोकारवाला बाट  खोजी गरिनु पर्ने बताए ।  कतै उद्योग धराशायी बनाउन  लागिएको हैन ?’  ती डिलरले आसंका 
गरे ।



बिराटनगर असोज १३ गते । रातो तारा डट कम,बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा आरधना गरिँदैछ । बडादशंै ंअन्तर्गत आजको दिन दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गर्ने प्रचलन छ । आज देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भिड लागेको छ । काठमाडौंको गुह्वेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजु भवानीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भिड लागेको छ । उपत्यकाबाहिर बिराटनगरका काली मन्दिर लगाएत,  सुनसरीको धरानस्थित दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यवासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लागेको छ ।


काठमाण्डौ असोज १३ गते । रातो तारा डट कम,नेपाल दूरसञ्चार प्राधिकरणले दशैँ अगाडी शहरी क्षेत्रमा अव्यवस्थित तार हटाउन सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अनुरोध गरेको हो । 

अन्यथा त्यस्ता तार हटाइदिने चेतावनी प्राधिकरणले दिएको छ । अव्यवस्थित तारका कारण शहरी क्षेत्रमा दुर्घटना बढेको र आगलागीका घटना समेत बढेकोले नियन्त्रणका लागि पहिलो चरणमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई दशैँ अगाडी तार व्यवस्थित गर्न आग्रह गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सीआईएनलाई जानकारी दिनुभयो ।

इन्टरनेट सेवाप्रदायक, केवल अपरेटरले टाँगेका तार झुण्ड्याउने तथा सडक पार गराउने लगायतको कार्य गरेकाले शहरको सुन्दरतामा नै ह्रास आएको प्राधिकरणको भनाइ छ । 


काठमाण्डौ । रातो तारा डट कम, चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी लब्ध प्रतिष्ठित व्यक्तित्वलाई हिजो पदक एवं मानार्थ उपाधिले सम्मान गर्नुभएको छ । 

मानार्थ उपाधि प्राप्त गर्नेमा एक जना पूर्व फ्रान्सेली प्रधानमन्त्री समेत रहनुभएको छ । चीनमा कम्युनिष्ट शासन शुरु भएको ७० वर्ष पुगेको अवसरमा पदक एवं उपाधि प्रदान गरिएको हो । चीनको राजधानी बेइजिङमा भोलि मंगलबार औपचारिक रुपमा व्यापक सैन्य परेड पनि आयोजना हुनेछ । 

पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताउनुभयो । पुरस्कृत हुनेमा क्यानाडाका इसाबेल क्रूक, फ्रान्सका पूर्व प्रधानमन्त्री जाँ–पियरे राफारिन रहनुभएको छ । 

यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेमा क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो र थाइल्याण्डका राजकुमार माहा चक्री सिरिनधोन रहनुभएको छ । समारोहमा कूल ४२ जना पुरस्कृत भएका छन् । तर समारोहमा २९ जना मात्र सहभागी भएका थिए । उक्त समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरिएको थियो ।


काठमाण्डौ । रातो तारा डट कम,कृषि विकास बैंक लुट प्रकरणमा बैंकका कर्मचारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले लहान शाखाका कर्मचारीलाई नियन्त्रणमा लिएको हो । बैंकका कर्मचारी सुनिलकुमार झालाई नियन्त्रणमा लिएको महाशाखाका एसपी केदार ढकालले जानकारी दिनुभयो ।  

साह बैंकका निमित्त प्रमुख थिए । बैकको कर्मचारीका युजर आइडी प्रयोग गरेर चार करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । लहान शाखामा रहेको युजर आइडीमात्र प्रयोग गरेको देखिएको छ । झाको आइडी प्रयोग भएपछि थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको एसपी ढकालले बताउनुभयो । 

लहान शाखामा राम सहदेव यादव व्यवस्थापक छन् । लुटेरा समूहले बैकको युजर आइडी ह्याक गरे वा कर्मचारीले नै दिए भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन । बैकले त्यहाँ कार्यरत म्यानेजरसहित ६ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ ।




काठमाण्डौ । रातो तारा डट कम,घटस्थापना देखि देशभर चल्ने सार्वजनिक सवारी साधनका लागि इजाजत पत्र (रुट परमिट) सरकारले खुल्ला गरेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै रुट परमिट खुल्ला गरेको हो । 

त्यस्तै १० चक्के भन्दा ठूला सवारी साधनलाई काठमाडौं प्रवेशमा पनि रोक लगाइएको छ । रुट परमिट खुल्ला भएपछि पूर्वमा चल्ने गाडीले पश्चिममा पनि यात्रु बोकेर जान पाउने
छन् । रुटमा रोकतोक हुने छैन । यसरी चल्ने गाडीले कुनै एउटा रुटको परमिट लिएको भने हुनु पर्नेछ, रुट परमिट नलिई गाडी चल्न नपाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सीआईएनसँग बताउनुभयो । 

उहाँका अनुसार पहिल्यै सुचना जारी गरिएकाले धेरैलाई जानकारी भइसकेको छ । खाद्यान्न, औषधि, कुहिने सामान, खसीबोका बोकेर आएका साधनलाई रोकिने छैन । निर्माण सामाग्री बोकेर आउने १० चक्केभन्दा ठूला सवारी साधनलाई रोकिने छ । नागढुंगा भएर आउने ठूला सवारी साधनलाई मात्र रोक लगाइएको महानिर्देशक हमालले बताउनुभयो । 

पहिल्यै सूचना जारी गरिएकाले मालबहाक साधन नआएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रशाद ढकालले सीआईएनसँग बताउनुभयो । सीमा नाकाबाट आएमा ती साधन चितवनमै रोकिने छन् ।

एसएसपी डकालका अनुसार टिकट बुक गरेका यात्रु हिजोबाटै घर जान सुरु गरेका छन् । हिजो मात्र एक लाख १२ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् । १३ हजार सवारी साधन यात्रु बोकेर गएको उहाँले जानकारी दिनुभयो ।



विराटनगर । रातो तारा डट कम,चाडपर्वमा बढ्ने गरेको दुर्घटना न्युनिकरण गर्ने उदेश्यले विराटनगरमा आइतबार ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा गरिएको कार्यक्रममा सवारी चालकहरुलाई सम्मान गर्नुका साथै सडक सुशासन कायम गर्न र दुर्घटना न्यूनीकरणमा भूमिका खेल्न आग्रह गरिएको थियो ।

विराटनगर बसपार्कमा गरिएको कार्यक्रममा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले सवारी चालकहरुलाई फूलमाला, अबिर र खादा सहित सम्मान गरे । सो क्रममा उनले दुर्घटना न्यूनीकरणमा सवारी चालकहरुको भूमिका महत्वपूर्ण रहने बताउनु हुँदै पेसाप्रति जिम्मेवार भएर सेवा दिन आग्रह गरे ।

सवारी चालकहरुकै कारणले बढी दुर्घटना हुने गरेको देखिएकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ नारा सहित कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिव पोखरेलले बताए । कार्यक्रममा एक दर्जन बढी बसका चालक, सह चालकका साथै यात्रुहरुलाई चाड पर्वको शुभकामना तथा सुरक्षित यात्राको कामना गर्दै सम्मान गरिएको थियो ।

सो क्रममा विराटनगर बस पार्कबाट पूर्व–पश्चिमतर्फ जान लागेका १० वटा यात्रुवाहक बसलाई ट्राफिक प्रहरीले सम्मानपुर्वक मोरङको नेमुवासम्म स्कर्टिङ गरेको थियो । दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभूति गराउन सडकमै गएर समेत अनुगमन गरिने जिल्ला ट्राफिक प्रमुख पोखरेलले बताए ।

सो क्रममा चालकहरुलाई मापसे चेक गर्नुका साथै जेष्ठ नागरिकलाई दिनुपर्ने ५० प्रतिसत छुट तथा बढी भाडा लिए नलिएको निरीक्षण गरिने उनले जानकारी दिए । कार्यक्रममा प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीमबहादुर दाहाल, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइराला लगायतको उपस्थिति रहेको
 थियो ।



शिव भट्टराई, मोरङ असोज १२ गते। रातो तारा डट कम, अहिले महामारीको रूपमा डेंगु तथा अन्य रोगका बिरामीहरूलाई रगतको अभाव हुन नदिन मोरङ्गको सुन्दरहरैचा नगरपालीका-७ स्थित गछिया चोक साजीलाल मिनि मार्केटमा गछिया जेसिजद्वारा  आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

आईतबार भएको रक्तदान कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वार्ड नं ७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौलाको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिटौलाले यस रक्तदान कार्यक्रम आयोजना गरी पुन्यकार्य गरेकोमा जेसिजलाई धन्यवाद दिएका थिए।

सो रक्तदान कार्यक्रममा २५ प्रिन्ट भन्दा बढी ब्लड सङ्कलन गरिएको थियो भने नेपाल रेड क्रस धरानकाे प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो।

गछिया जेसिजका निवर्तमान अध्यक्ष नेत्र प्र. दुलालको सभापतित्व रहेको थियो।त्यस्तै कार्यक्रममा जेसिज जनसम्पर्क अधिकारी सुमिता कट्वालको संयोजकत्व भएको थियो।

कार्यक्रम गछिया जेसिजका महासचिव मनोज रेग्मीले सो कार्यक्रम सञ्चालन गरेका थिए।


मोरङ,असोज १२ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका-६ स्थितमा आज दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।

घटनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


काठमाण्डौ असोज १२ गते । रातो तारा डट कम,अहिले चाड्बाँडको मुखैमा आएर हरीयो साग सब्जी लगाएतका तरकारीमा भएको मूल्य बृद्धिलाई नियन्त्रण गर्न पहल सुरु गर्ने सरकारले जनाएको छ । 

चाडपर्वका बेलामा धेरै खपत हुने तरकारीको मूल्य उपभोक्ताले थेग्नै नसक्ने गरी बढेपछि बाणिज्य, आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले आजदेखि महंगी नियन्त्रणका लागि अभियान चलाउने निर्णय गरेको
हो । यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेको र बाहिरबाट ल्याउन पनि कठिनाई भएकाले केही तरकारीको मुल्य बढ्नु स्वभाविक भएपनि हाल देखिएको अस्वभाविक मुल्य बृद्धि नियन्त्रण गर्न सरकारले अभियान चलाउन लागेको विभागका महानिर्देशक योगेन्द्र गौचनले सीआईएनसँग बताउनुभयो । 

सबैजसो तरकारीको मुल्य बढ्नुका पछाडी बिचौलीयाको हात भएकाले एक दुई दिनमा नतिजा निकाल्ने काम गर्ने उहाँले बताउनुभयो । आलु, सिमीदेखि सबै हरिया तरकारीको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । सरकारी तथ्यांक अनुसार पछिल्लो केही हप्तामा दुईसय ८९ प्रतिशतसम्म तरकारीको मुल्य बढेको छ । 


बिराटनगर आसोज १२ गते । रातो तारा डट कम, आठौं विश्व मुटु दिवस, नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर आज दिनभर मनाईंदैछ । यस वर्ष ‘मेरो मुटु, तपाईंको मुटु’ नारा तय गरिएको छ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएपनि औपचारिक रुपमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । विश्वमा हरेक वर्ष मुटु सम्बन्धी रोगका कारण १७ करोड भन्दा बढीको मृत्यु हुने गरेको छ । नेपालमा मात्रै प्रत्येक वर्ष विभिन्न मुटु सम्बन्धी रोगका कारण २६ लाख नागरिक प्रभावित हुने गरेका 
छन् । मुटुरोग विशेषज्ञहरुका अनुसार मुटुरोगबाट जोगिन खानपान, व्यायाम, जीवनशैली लगायतमा विशेष ध्यान दिइएन भने मुटुरोगले सताउन सक्छ ।


बिराटनगर आसोज १२ गते । रातो तारा डट कम,आजबाट बडादशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो । घटस्थापनाको साइत खोज्नेहरुका लागि भने नेपाल बिहान १० बजेर ३५ मिनेटको समय उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन आज पूजा कोठा, दशैंघर अथवा कोतमा दीयो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । घटस्थापनाको दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरी माथिपट्टि आँप चाप वा वर पीपलको पात राखेर घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । 

कलश स्थापना गरी नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा वा माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाई धुवाई गरी चोखो भएर पूजा कोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ । नवदुर्गा भवानीको १० दिनसम्म पूजा गर्ने गरिन्छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । 

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिशेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने धार्मीक विश्वास छ । 

असोज २१ गते मंगलबार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको समितिले जनाएको छ । त्यही दिन बिहान ८ बजेर ४५ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवतीलाई बिसर्जन गरिने शुभ साइत रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 



काठमाडौं, असोज १२  गते । रातो तारा डट कम,गायिका भावना आचार्यको ‘बोल्दैन फो टो’ बोलको नयाँ गीतसार्वजनीक भएको छ । यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको यो गीतमा उनलाई डेबिड शंकरले स्वरमा साथ दिएका छन् ।
 .
दीपक शर्माको र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ । शिब बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयम् फिचर छन् ।. नवराज उप्रेतीले खिचेको भिडियो गायक दुर्गेश थापाको युट्युव च्यानलमा अप्लोड गरिएको छ ।




विराटनगर । रातो तारा डट कम, सहकारी संस्थाबाट लिइने ऋणलाई उत्पादनमुलककाममा लगाउनु पर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मोरङ ग्रामथान गाउँपालिका २ डस्थित रेमिट वचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभामा बोल्ने वक्ताले ऋण लिएर घरको गर्जो टार्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा प्रतिनिधि सभाका सांसद अमनलाल मोदीले ऋण लिने र घराइसी प्रयोगमा खर्च गर्ने प्रवृत्तिले मानिसह/ झन्भ न्दा झन् समस्यामा पर्ने भएकोले ग्रामीण भेगमा उत्पादनमुलक काममा सदुपयोग गर्नु सुझाव दिए । बाख्रापालन, किराना दोकान वा कुखुरापालन गरे फाइदा हुने सुुझाए । त्यस अवसरमा पत्रकारिताको माध्यमबाट समाजमा योजना पु¥याउने पत्रकार, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्तान, ग्रामथानका ज्येष्ठ नागरिकसहितलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा संस्थाकी अध्यक्ष उमा घिमिरेले वार्षिक प्रतिवेदन पेश गरिन, यसैगरी लेखा समिति संयोजक अनु न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिन, कार्यक्रमका वक्ताले ग्रामीण भेगमा गर्जो टार्ने माध्यममात्र नभएर सहकारी आवश्यकता भएकोमा जोड दिए । 

संस्थाले ग्रामीण भेगमा गर्दै आएको आर्थिक कारोबार रकम हरेक आर्थिक वर्षमा बढ्दो क्रममा छ । आ.ब. २० ७४÷०७५ मा  रु. ४ करोड ९ ८ लाख ९  हजार ऋण लगानी गरेकोमा चालु आबमा ७ करोड ४०  ला पु¥याउने लक्ष्य लिएको अध्यक्ष घिमिरेले बताइन । संस्थाले अघिल्लो वर्ष  रु. ३७ लाख १८ हजार खुद नाफा गरेको छ । रेमिटले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्य गर्दै आएको बताइएको छ ।


काठमाण्डौ । रातो तारा डट कम,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा विस्वस्त हुन संचारकर्मीलाई आग्रह गर्नुभएको छ । 

११ गते काठमाण्डुमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक उभिएको दावी गर्नुभयो । अध्यक्ष दाहालले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि दोहो¥याउनुभयो । 

अध्यक्ष दाहालले पूर्ण प्रेस स्वतन्त्रताको अर्थ अराजकता, उदण्डता होईन भन्ने कुरामा बढि ध्यान दिने काम संचारकर्मीले नै गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । पत्रकारिता क्षेत्रलाई राज्यले नियन्त्रण र नियमन गर्ने भन्दा पनि पत्रकार स्वयम्ले आफ्ना लागि कस्ता मूल्य र मान्यता आवश्यक पर्छ ? भनेर गम्भिर भएर सोच्नुपर्ने बेला आएको पनि अध्यक्ष दाहालको भनाइ थियो ।


काठमाण्डौ असोज १२ गते । रातो तारा डट कम, नेपाली काँग्रेसका सभापति तथा,प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले, केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भइसकेको दावी गर्नुभएको छ । 

वडा दशैंको अवसर पारेर पार्टीले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भइरहेको दावी पनि गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले व्यापारीलाई आजित बनाउने गरी कर बढाएको, जनतालाई दशैंमा सामान किनमेल गर्न समेत नसक्ने गरी महंगी बढाउने काम सरकारले गरेको भन्दै, आक्रोश पनि व्यक्त गर्नुभयो । 

सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुन बनाउने प्रयास गरिरहेको आरोप लगाउनुभयो । देउवाले प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैह्य नहुने चेतावनी दिनुभयो । उहाँले पार्टी भित्रको अन्तरघातकै कारण निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तर घात मुक्त पार्टी निर्माणमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ३ स्थित गछिया बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

शनिबार सुन्दरहरैचा वार्ड नं.३ को लक्ष्मी नारायण मन्दिरको सभा हलमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी तथा भूतपूर्व सुकुना वहुमुखि क्याम्पस प्रमुख राम प्रसाद काफ्लेले नीति नियममा आधारित रहेर यस संस्था चलेको बताउँदै संस्थालाई उत्तर उत्तर प्रगतिको शुभकामना दिएका थिए।

त्यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन राज अधिकारीको सभापतित्व रहेको थियो भने संस्थाका सचिव कृष्ण प्रसाद भुर्तेलले  सो कार्यक्रम सञ्चालन गरेका थिए।

त्यसैगरी सो अवसरमा अर्जुन राज अधिकारीको अध्यक्ष्यतामा  ११ जना सन्चालक समिति सहित ३ जना लेखा समिति गरी जम्मा १४ जनाको नयाँ कार्य समिति गठन भएको छ। संस्थाले हाल सम्म जम्मा १८०२ जना सेयर सदस्य बनाउन सफल भएको छ।


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,नोबेल मिस्टर एन्ड मिस थारु आइकनको ट्यालेन्ट राउन्ड समपन्न भएको छ । सुनसरीको दुहबी स्थित दुहबी पाटी प्यालेसमा थारु कला केन्द्रको आयोजनामा प्रदेश नम्बर एकको नोबेल मिस्टर एन्ड मिस थारु आइकनको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि दुहवी नगर प्रमुख बेदनारायण गच्छदार रहनु भएको थियो । असोज १७ गते बिराटनगरमा हुने फाइनलमा ३२ जनाले प्रतिस्प्रधा गर्ने थारु कला केन्द्रका सचिव एलएन गच्छदारले जानकारी दिएका छन ।



पोखरा असोज ११ गते । रातो तारा डट कम,पाल्पाकी सुकमाया परियार बिगत तीन महिना देखी पोखराका सडक र मन्दिर अगाडी भौतारिरहेकी छन् । १४ महिना अघि मात्र आफ्नो कान्छो सन्तानको रुपमा गणेश परियारलाई पाएकी सुकमाया अहिले उपचारको अभावमा हैरानीमा छन् । 

गणेश एक साधारण बच्चा छैनन् । जन्मदा नौ सय ग्राम र अहिले १४ महिना पुग्दा सम्म जम्मा साढे दुई किलो तौल भएको बच्चा बोक्दै सुकमाया उपचारमा सहयोग गरिदिन आग्रह गरिरहेकी छन् । गणेशको अनुहार पनि अरु बच्चाको भन्दा भिन्न छ । देख्ने र भेट्नेहरुले एलियन जस्तै भएको पनि भन्छन् कतिपयले निधार नै नभएका बालकलाई भगवानको रुप मन्ने गरेका छन् ।  

बाटो हिड्ने देख्नेहरुले केही रुपौया त दिन्छन् तर त्यसले पोखरामा बस्न र खान मात्र ठिक्क छ । बच्चाको शारिरिक बनावट अनुसार नै हरेक महिना अस्पतालमा जाँच गराउनुपर्छ तर अस्पताल लैजाने खर्च उनीहरुसंग छैन । फोक्सोमा निमोनियले आक्रमण गरेको र त्यसको लागी काठमाण्डौं जानपर्ने डाक्टरको सल्लाह छ तर सुकमाया भन्छिन् पैसा छैन कसरी जाउँ ?


मोहन कुमार राई–असोज ११ गते । रातो तारा डट कम,संखुवासभा÷चैनपुर नगरपालिका स्थित दिल कुमारी स्मिृति भवनमा गाउँ विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाको ८ औं साधारण सभा सम्पन्न गरेको छ ।

“सदस्यहरुको वित्तिय सोचाई गाउँविकास साकोसको पहिलो रोजाइर्” मुल नारकाका साथ चैनपुर नगर प्रमुख भरतकुमार खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा आ.व. २०७५÷०७६ को वार्षिक गतिविध एवं आर्थिक प्रतिवेदन प्रस्तुत गएिको कार्यक्रम सञ्चालक सीता शर्माले वताउनु
भयो ।

कार्यक्रममा चैनपुर नगरउप प्रमुख मुना श्रेष्ठ, नगरका वडाध्यक्षहरु, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संस्थाका साधारण सदस्यहरु लगायतको उपस्थितिमा संस्थाको वार्षिक गतिविधि एवं प्रतिवेदन संचालक समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि नेत्रबहादुर डाँगीले प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी संस्थाको आर्थिक प्रतिवेदन व्यवस्थापक ओमनाथ गिरीले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा १ हजार १ सय २ जना महिला र ८सय १७ जना पुरुष गरी १ हजार ९ सय १९ शेयर सदस्य रहेको संस्थाले १० करोड माथि आर्थिक कारोवार रहेको समेत गिरीले खुलसा गर्नुभयो ।

यसैगरी लेखा तथा सुपरीवेक्षण समितिका संयोजक भिम बहादुर कार्कीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । लेखा प्रतिवेदनमा ९० लाख ४ हजार ७ सय ८८ रुपैया वरावरको आयव्याय भएको संयोजक कार्कीले वताउनुभयो । जिल्लाकै उत्तकृष्ठ सहकारी संस्थाको रुपमा रहेको यो संस्था २१ लाख ८१ हजार ५ सय ६८ मुनाफा कमाउन सफल रहेको प्रतिवेदनमा उल्लेख गर्नु भयो ।

कार्यक्रममा कक्षा ८ मा उत्तकृष्ट अंक ल्याउने शेयर सदस्य मध्येका छात्र÷छात्राहरु, असल बचतकर्ता, उद्यमी, असल व्यवसायी, फरक क्षमता भएका शेयर सदस्यहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।



विराटनगर,  असोज ११ गते  । रातो तारा डट कम,किरात याक्खा छुम्मा नगर कार्य समितिका सचिव प्रेम देवान( लुङ्गा ) लाई सम्मान गरिएको छ । किरात याक्खा छुम्मा नगर कार्य समितिको शनिबार भएको एक कार्यक्रम विच देवानलाई समितिले सम्मान गरेको हो ।

भर्खरै उदयपुर जिल्लामा सम्पन्न नेपाल आदिवासी जनजाती पत्रकार महासघ प्रदेश नम्बर एकको एतिहासिक प्रथम अधिवेशनबाट प्रदेश नं. १ को सदस्य पदमा निर्वाचित भएका देवानलाई सम्मान गरेको हो ।

देवान हाल नेपाल पत्रकार महासघ मोरङ शाखाको कार्य समिति सदस्य समेत रहेका छन् । हाल आवर विराटनगर डट नेटका समाचार प्रमुख र न्यू सृष्टि दैनिकका कला संयोजक हुन् । देवानलाई कार्य समितिका अध्यक्ष विना देवी जिमी, नेपाल आदिवासी जनजाती महासघ मोरङ उपाध्यक्ष प्रमिला आङदेम्वे देवान लगायत अन्य पदाधिकारीहरुले फुल माला दोसल्लाह ओढाएर सम्मान गरेका थिए ।

साथै अबको ३ बर्ष कार्यकालको सफलताको  शुभकामना समेत प्रदान गरिएको अध्यक्ष विना देवी जिमीले बताउनुभयो ।


ईलाम, असोज ११ गते । रातो तारा डट कम,ईलामको ईलाम नगरपालिका-५ छाँगाखोला स्थितमा मोटरसाईकल दुर्घटनामा परेर १ जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने १ जना प्रहरी जवान घाईते भएका छन् । आज दिउँसो सवा २ बजेको समयमा ईलाम नगरपालिका-२ सुम्बेकमा  झगडा भएको खबर प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय ईलाम दरबन्दी भई अस्थायी प्रहरी बिट बिप्लाटेमा कार्यरत सुनसरीको ईटहरी-१ घर भएका  ४७  बर्षिय  प्रहरी सहायक निरीक्षक रबि मगर र प्रहरी चौकी जितपुर दरबन्दि भई अस्थायी प्रहरी बिट बिप्लाटेमा कार्यरत सिराहा जिल्लाको पिडरवनी १ घर भएका प्रहरी जवान राम सेवक मोची को १ ब २२८८ नम्बरको मोटरसाईकल लिएर उक्त स्थान तर्फ खटीएर जाने क्रममा पानी बर्षाद तथा कच्ची चिप्लो बाटोको कारण अचानक मोटरसाईकल दुर्घटना भई बाटोबाट अंदाजी ५०/६० मिटर तल खोलामा खसेको थिए । घटनाबारे जानकारी पाउँनासाथ तत्काल उद्दारको लागी जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीको टोलीले उद्दार पश्चात उपचारको लागी जिल्ला अस्पताल ईलाम पुर्याउनासाथ डाक्टरले प्रहरी सहायक निरीक्षक रबि मगरलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा परेर घाईते भएका प्रहरी जवान राम सेवक मोचीको हाल सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ । क्यानको विशेष साधारणसभा अन्तर्गत आज भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई पराजित गर्दै चन्द अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

चन्दले ४४ मत ल्याउनुभएको छ भने पाण्डेले १५ मत ल्याउनुभएको छ । उपाध्यक्षमा राजुबाबु श्रेष्ठ विजयी हुनुभएको छ । उपाध्यक्ष पदमा राजुबाबु श्रेष्ठले ४१ र मिङ्मा डन्डु शेर्पाले १७ मत ल्याउनुभएको छ । त्यस्तै, सचिवमा विनोद मैनालीलाई पराजित गर्दै अशोकनाथ प्याकुरेल विजयी हुनुभएको छ । 

प्याकुरेलले ४३ मत ल्याउनुभएको छ  भने मैनालीले १५ मत ल्याउनुभयो । कोषाध्यक्षमा रोशनकुमार सिंहले ४५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी उपेन्द्र भट्टराईले १३ मत ल्याउनुभएको छ । त्यस्तै, सदस्यमा प्रदेश १ मा कैलाश विष्ट र प्रदेश ३ मा अमीरवीर पाण्डे विजयी भएका छन् । खुला सदस्यमा भने वीरेन्द्र बहादुर चन्द, दुर्गा पाठक, करण क्षेत्री, माधव कर्माचार्य र सञ्चय सिंह चयन भएका छन् ।


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षा पुनः प्रकाशन गरेको छ । गएको असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशन गरेको हो । 

पहिलो नजिताबाट दुइ सय ५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । पहिलोपटक प्रकाशन नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा. रोजेन्द्र कोजुले बताउनुभयो । विश्वविद्यालयले पुनःप्रकाशन नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । 

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजा गएको असोज ६ गते सार्वजनिक गरेका थिए । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार सात सय ५६ विद्यार्थी उत्तीर्ण भएका थिए ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले गएको असोज ३ गते शुक्रबार र काठमाडौं विश्वविद्यालयले गएको असोज ४ गते शनिबार परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कलेजमा चार हजार दुइ सय ६९ र काठमाडौं विश्वविद्यालय अन्तर्गत चार हजार चार सय ८७ विद्यार्थी उत्तीर्ण भएका थिए । ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । 

ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने गर्दछ । मन्त्रिपरिषद्को २०७५ असोज २८ गते बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ र बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क रहेको छ ।


मोरङ, असोज ११ गते । रातो तारा डट कम,मोरङको पथरी शनिश्चरे नगरपालिका -९ स्थित भित्री सडक खण्डमा स्कुटरको ठक्करबाट बालिका गम्भिर घाईते भएकी छिन् । शुक्रबार साझँ साढे ५ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को ३२ प ८६५१ नम्बरको स्कुटरको सोही स्थान बस्ने कल्पना लिम्बुको छोरी बर्ष ७ की इक्शा लिम्बुलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते उनलाई  उपचारको लागी न्युरो अस्पताल विराटनगर ल्याईएको छ भने स्कुटर र स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका- ८ बस्ने बर्ष २५को याम कुमार लिम्बुलाई प्रहरी चौकी कुशेचौरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार आफ्नो १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । डिल्लीबजारको अमृतभोग पार्टी प्यालेसमा भएको साधारणसभामा शेयरधनीहरुले सुरुवातदेखि नै बोल्ने क्रममा संचालक समितिबाट प्रस्तावित प्रस्तावहरु माथि असुन्तुष्टि राख्दै आएका थिए । मूलत एनआइसी एशियासँग साधारणसभा जुधाएको,संस्थापक र सर्वसाधारणलाई लाभांश वितरणमा भेदभाव गरेको र संचालकहरुले भारी मात्रमा आफ्नो पारिश्रमिक बृद्धि प्रस्ताव गरेकोमा आक्रोस पोखेका थिए । 

प्रस्तावहरु पारित गर्नेक्रममा अरु प्रस्तावहरु सजिलै पारित भएतापनि साधारणसभामा संचालक समितिले प्रस्ताव गरेको  संचालकको पारिश्रमिक, भत्ता र सुविधाको प्रस्ताव  उठ्नासाथ विरोध सुरु भएको थियो । प्रस्तावहरु पारित गर्नेक्रममा जब संचालक समितिका अध्यक्ष डा शंकर प्रसाद शर्माले विशेष प्रस्तावहरु अन्तरगतको बुद्धा नं ३ को  ९ख–१० प्रस्ताव पारितको लागि प्रस्ताव गरेसँगै सभाहलमा उपस्थित ठूलो संख्यामा शेयरधनीले होहाल्ला गर्दै यो प्रस्ताव आजको सभाले पारित हुन नसक्ने भन्दै आफ्नो कुर्सीबाट उठ्न थाले ।

यसै क्रममा कार्यकारी अध्यक्षले अरु बैंकको तुलनामा सिटिजन्स बैंकको संचालकहरुको पारिश्रमिक  र सुविधा निकै कम रहेको र यो प्रस्तावित सुविधाहरु आफूलाई नभएर आउने नयाँ संचालक समितिको लागि भएको र यस प्रस्तावलाई पारित गर्न शेयरधनीहरुलाई आग्रह गरे ।तर, सभामा उपस्थित शेयरधनीले त्यो प्रस्तावलाई मानेन् । 

त्यसपछि अध्यक्ष शर्माले संचालक समितिको  पारिश्रमिक भत्ता र सुविधा १ वर्षपछि स्वत स् प्रस्तावित अनुसार नै हुने प्रस्ताव सभामा गरेपछि फेरी एकपटक शेयरधनीले जोडदाररुपमा विरोध गरे । अन्तत स् अध्यक्ष गले र प्रस्ताव पारित हुन सकेन । त्यसको लागि अध्यक्षले सभालाई धन्यवाद दिए, र सभाहलमा ठूलो ताली बज्यो ।

प्रस्तावित संचालकहरुको पारिश्रमिक भत्ता र सुविधामा संचालक समिति तथा उप समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षले साबिकको व्यवस्थामा १३ हजार  र संचालक सदस्यहरुले पाउने ११ हजार भत्ता रहेको र साधारणसभाबाट उक्त सुविधालाई ६० प्रतिशत बृद्धि गर्दै अध्यक्षले बैठक भत्ता २० हजार र अरु संचालकहरुले १८ हजार प्रतिबैठकले पुर्याउने प्रस्ताव गरिएको थियो ।


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,बसन्त थापा र सपना थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। बिजया दशमीको पुर्व सन्ध्यामा ‘देवीलाई रातो धजा छ’ बोलको गीत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको छ। सुनिल क्षेत्रिले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन र बिकाश ज्ञवालीले सम्पादन गरेका गरेका छन्। भिडियोमा सुनिल क्षेत्रि र माला लिम्बु फिचर्ड छन् ।


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,आज विश्व रेबिज विरुद्धको दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइंदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सेप्टेम्बर २८ तारिखका दिन संसारभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । प्रमुख स्वास्थ्य समस्याका रुपमा रेबिज रोगलाई लिदै विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा रेबिज अन्त्य गर्ने लक्ष्य राखेको छ । विश्वमा हरेक १५ मिनेटमा रेबिजका कारण १ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । 

नेपालमा भने यकिन तथ्यांक नभएपनि हरेक वर्ष रेबिजका कारण झण्डै ९ सय मानिसको मृत्यु हुने गरेको चिकित्सकको भनाइ छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । संक्रमित जनावरको टोकाईबाट यो रोग सर्छ । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस सर्ने गर्छ । कुकुर, स्याल, चमेरो, बिरालो लगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने चिकित्सकहरु बताउँछन् ।  

रेबिज लागेमा ज्वरो आउने, शरीर झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने लक्षणहरु देखापर्छ । पानीदेखि डराउने रेबिजको मुख्य लक्षण हो । रेबिज विरुद्धको सुई सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि आज निर्वाचन हँुदैछ । नेतृत्वका दुई प्रत्यासी पूर्व अध्यक्षद्वय विनयराज पाण्डे र चतुरबहादुर चन्द प्यानल सहित चुनावी प्रतिस्पर्धामा देखिनु भएकोछ । पूर्व अध्यक्ष पाण्डेको प्यानलमा उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा, सचिवमा विनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराईले उम्मेदवारी दिनु हुने भएको छ । 

चन्दको प्यानलमा उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशनकुमार सिंहले उम्मेदवारी दिने पक्का भएको हो । हिजोदेखि सुरु क्यानको विशेष साधारणसभाले चार पदाधिकारी सहित १७ सदस्यीय कार्यसमितिको चयन गर्नेछ । 

जिल्ला र प्रदेशबाट आएका ५९ प्रतिनिधिले निर्वाचनमा मतदान गर्नेछन् । तीनवर्ष अघि क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेटको विवाद समाधानका लागि आईसीसीले पहल गर्दै आएको थियो । आईसीसीले क्यानको नयाँ विधान बनाउनेदेखि नेतृत्वका लागि निर्वाचन समेत गराउन लागेको हो । 


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध काँग्रेस भ्रातृ संगठन तरुणदलका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । तरण दलका तत्कालीन महासचिव भुपेन्द्रजंग शाही समूहले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेको हो । उनीहरुले तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् । बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, विधान निर्माण तथा परिमार्जन, एकरूपता, नयाँ निवेदन परेका भ्रातृ, शुभेच्छुक, जनसम्पर्क समितिका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् । 


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले आज तोडफोड गरेका छ ।  कटहरिया नगर कार्यपालिकाको ९ गते बसेको बैठकले नगर अन्तर्गतका एक जना प्रधानाध्यापक सहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो । एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई किन सरुवा गरेको भन्दै कटहरिया नगरपालिका अन्तर्गतका आक्रोसित विद्यार्थीहरुले एका विहानै १०गते नगरपालिकाको कार्यालयमा तोडफोड गरेर क्षति पु¥याएको छ । ठुलो संख्यामा आएका विद्यार्थीहरुले नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेस गरी दश भन्दा बढी कम्प्युटर र ल्यापटप कामै नलाग्ने गरी फुटाएको छ भने ५० भन्दा बढी कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका सबैमा तोडफोड गरेका छन् । 



शिव भट्टराई,मोरङ। रातो तारा डट कम, मोरङ्गको सुन्दरहरैचा नगरपालिका वार्ड नं छ स्थित ज्योति टोल विकास संस्थाद्वारा आयोजित तथा खेलकुद समिति वार्ड नं ६ को संयोजकत्वमा  बडादशैं २०७६ सालको उपलक्ष्मा प्रथम नगर अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताकाे उद्घाटन भएको छ।

उक्त प्रतियोगिताको उद्घाटन खेल सुन्दरहरैचा नगरपालिकाकी उपमेयर तथा कार्यक्रम कि प्रमुख अतिथि धना तामाङले गर्नु भएको  थियो।

शुक्रबार भएको वार्ड नं ६ र वार्ड नं ८ बिचको खेलमा वार्ड नं ६ को टीम विजयी भएको थियो।  उक्त प्रतियोगिताको फाइनल खेलमा प्रथम हुने खेलाडीलाई रु.३५५५५ द्वितीयलाई रु.२०५५५ तृतियलाई  रु.१०५५५ गरी खेल भरिका अनुशासित टीम लगायत उत्कृष्ठ खेलाडीहरूलाई नगद,ट्रफी,मेडल साथै प्रमाण पत्र सहित वितरण गरिने  आयोजकले बताएको छ।

असोज १० गते शुक्रबार सुुरु भएको खेल असोज १६ गते विहिबार सम्म संचालन रहने सुन्दरहरैचा ६ खेलकुद समितिका संयोजक जितमान गुरुङले  बताएका छन्।

कार्यक्रम  ज्योति टोल विकास संस्थाका अध्यक्ष ईश्वरी प्रसाद सिग्देलको सभापतित्वमा सम्पन्न भएको थियो भने गीता प्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।   


श्याम राइ गाइघाट, असोज १० गते । रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न आपराधिक गतिबिधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भइ पनि फरार रहेका १३ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

लागू औषध, वन, जालसाजी, सार्वजनिक अपराध, जुवातास र कुटपिट लगायत अभियोगमा अदालतबाट वर्षौं अघि दोषी सावित भए पनि सजाय भुक्तान नगरी फरार सूचीमा रहेका १३ जनालाई २४ घण्टाभित्र पक्राउ गरी अदालतको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक एसपी बीरबहादुर बुढा मगरले बताए ।

 बिहीबार साँझसम्म पक्राउ पर्नेमा सबै भन्दा बढी जुवातास खेलेको अभियोगमा जरिवाना तोकिएकाहरु ६ जना रहेका छन् । जालसाजीका दोषी २ जना, ज्यान मास्ने बेच्ने १ तथा कुटपिट र वन मुद्दाका दोषी १÷१ जना रहेको प्रहरी प्रमुख एसपी बुढामगरले बताए । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– ६ का ३३ वर्षीय तिलकबहादुर खपाङगी वन मुद्दामा ०७१ कात्तिक ९ गते जिल्ला अदालत उदयपुरको फैसलाबाट १७ हजार जरिवाना तोकेका अभियुक्त हुन् । 

त्यस्तै जुवातास खेलेको अभियोगमा अदालतले दोषी करार गरी जनही २ सय रुपैंया जरिवाना तोकेकाहरु त्रियुगा नगरपालिका– ८ का ३४ वर्षीय राजकुमार राउत, सोही ठाउँका ३६ वर्षीय होमराज दनुवार, ३७ वर्षीय शेखरनाथ पोखरेल,  ३८ वर्षीय सन्तोष खड्का, ३६ वर्षीय देवराज कार्की र ३६ वर्षीय नरेन्द्रकुमार सार्की रहेका छन् । उनीहरुलाई ०७२ चैत २१ गतेको अदालतले दोषी करार गर्दै सजायको भागीदार बनाएको एसपी मगरले बताए । 

त्यसैगरी अर्का पक्राउ त्रियुगा नगरपालिका–६ का २४ वर्षीय मनोजकुमार सदा लागू औषध अपराधमा दोषी ठहर भएका हुन् । उनलाई २ हजार जरिवानाको फैसला अदालतले सुनाएको छ । उनी ०७२ जेठ १ गतेको अदालती फैसला बमोजिम दोषी करार भएका हुन् । त्रियुगा नगरपालिका– १० का २० वर्षीय अबिलाश राईलाई सार्बजनिक अपराधमा २०७३ साउन ९ गते अदालतबाट दोषी ठहर भई २ हजार जरिवानाको फैसला भएको 
थियो । त्रियुगा नगरपालिका– १० कै ४२ वर्षीय सुशान्त खिलुङगे जालसाजी मुद्धामा ०६८ भदौ ५ गतेको फैसलाबाट २ सय ७७ रुपैया ८८ पैसा जरिवानाको भागीदार रही फरार थिए भने जालसाजी मुद्दा मै त्यत्ति नै जरिवानाको भागिदार भएका त्रियुगा नगरपालिका– १० का ५५ वर्षीय मानबहादुर सार्की पनि ०६८ भदौ ५ गतेको फैसलाका दोषी हुन् ।
 त्यसैगरी २०६२ चैत १४ गते जिल्ला अदालतले ५० रुपैंया जरिवाना तोक्ने गरी फैसला गरेको ज्यान मास्ने बेच्ने अभियुक्त त्रियुगा नगरपालिका– ६ का ५८ वर्षीय घमानसिंह राउतलाई पनि प्रहरीले पक्राउ गरेकोेछ । त्यस्तै कुटपिटको अभियोगमा अदालतले ०७१ जेठ १४ गते ६ सय जरिवाना तोकेका तर फरार रहेका त्रियुगा नगरपालिका– ६ कै ३२ वर्षीय कपिल चौधरी पनि बिहीबारै पक्राउ परेको एसपी मगरले बताए । पक्राउ सबैलाई बिहीबारै जिल्ला अदालतमा बुझाईएको उनले बताए ।


काठमाण्डौ असोज १० गते । रातो तारा डट कम,क्यानको नयाँ नेतृत्व चयनका लागि नेपाल क्रिकेट संघ (क्यानको)े साधारण सभा आज सुरु हुँदैछ । दुई दिनसम्म काठमाडौंमा चल्ने साधारण सभाले क्यानको नयाँ नेतृत्व चयन गर्ने समचारमा जनाइएकोछ । आज साधारण सभाको उद्घाटन शत्र र निर्वाचन सम्बन्धि कार्यविधि तय हुनेछ । भोली शनिवार देखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यान निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।


काठमाण्डौ असोज १० गते । रातो तारा डट कम,दशैंमा राजधानी बाहिरिने झन्डै १२ लाख यात्रुले टिकट काटेका छन् । असोज ५ गतेदेखि सुरु भएको अग्रीम टिकट बुकिङमा हालसम्म करिब १२ लाख यात्रुले टिकट लिएका यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका उप महासचिव बसन्त भण्डारीका अनुसार काठमाडौंको नयाँ बसपार्क लगायतका ठाउँका ५० भन्दा बढि काउन्टरबाट यात्रुहरुले टिकट काटिरहेका छन् । चाप कम भएका रुटका गाडीलाई प्रयोग गरेर भएपनि सबै यात्रुलाई गन्तव्यमा पुग्न सहयोग गर्ने भण्डारीले बताउनुभयो । सरकारले असोज १२ गतेदेखि एकहप्ताका लागि सार्वजनिक सवारीका साधनले रुट परमिट लिन नपर्ने व्यवस्था गरेको छ ।  




काठमाण्डौ असोज १० गते । रातो तारा डट कम, सेप्टेम्वर आज २७ तारिक अन्तराष्ट्रिय ४० औं विश्व पर्यटन दिवस । हरेक वर्ष सेप्टेम्वर २७ का दिन मनाईने यो दिवस विश्वभरी विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । अन्तराष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्व र सहज पहुँच अनि पर्यटनको सामाजिक, साँस्कृतिक, धार्मिक र आर्थिक फाइदाको बारेमा छलफल र जानकारी दिने गरिएको छ । सहज पर्यटन संसारका सबैजनाको पहँुचमा हुनुपर्ने, जसले गर्दा पृथ्वीको सौन्दर्य र विविधता अवलोकन सबैले गर्न सक्छन् भन्ने उद्देश्य लिइएको छ । पर्यटन दिवसको अवसरमा शुभकामना दिनुहुँदै पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले ४० औं विश्व पर्यटन दिवसबाट नेपाली पर्यटन क्षेत्रको विकास, विस्तार र स्थायित्वमा नयाँ आयाम थप होस् र आगामी वर्ष पर्यटन क्षेत्रको लागि सुखद् वर्षको रूपमा रहोस् भन्ने कामना गर्नुभएको छ । 



बिराटनगर असोज १० गते । रातो तारा डट कम,इटहरी उपमहानगरपालिकाले इटहरीका विभिन्न ठाँउमा फ्रि वाईफाई सेवा उपलब्ध गराएको छ । इटहरी उपमहानगरले वल्र्डलिंक सँगको सहकार्यमा तत्कालका लागि उपमहानगर परिसर, रेयुकाई चौतारी इटहरी मेनचौक, इटहरी बसपार्क, बुढिगंगा मुक्तिघाट, लक्ष्मी नारायण मन्दिर पचरुखी चौक, वडा नम्वर २० को वडा कार्यालय परिसर तरहरा बजार र तालतलैया पार्कमा निःशूल्क वाइफाई सेवा उपलब्ध गराएको सूचना प्रविधि अधिकृत ओसन चौधरीले जानकारी दिनुभयो । इटहरीका अन्य ठाँउमा समेत सेवा विस्तार गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत चौधरीले बताउनुभयो । सर्वसाधारणमा सूचना प्रविधिमा सहज पहुँच स्थापित गर्दै सूचना प्रविधिमैत्री उपमहानगर बनाउन फ्रि वाईफाई सेवा उपलब्ध गराउन थालिएको उपमहानगरले जनाएको छ । फ्रि वाईफाई सेवा उपलब्ध भएपछि सर्वसाधारण खुशी भएका छन् ।




बिराटनगर असोज १० गते । रातो तारा डट कम,निर्वाचन आयोगले मंसिर १४ गते हुने उप निर्वाचनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगको बैठकबाट उप निर्वाचनका लागि नयाँ दर्ता भएका २१ वटा दललाई चुनाव चिन्ह प्रदान गरिएको हो । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै हिजो उप निर्वाचनका लागि नेपालको संविधानको धारा दुइ सय ७१ राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरि निर्वाचन चिन्ह प्रदा गरेको जनाएको छ । उप निर्वाचनका लागि दल दर्ता गराउनेमा सत्तारुढ नेकपा, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक सहितका रहेका छन् ।



काठमाण्डौ असोज १० गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ बढी स्पष्ट र मूर्त बनाएर प्रस्तुत गर्न पनि निर्देशन दिनुभयो । उहाँले महत्वपूर्ण र ठूला काम हुन नसकेमा सानासाना काम सम्पन्न हुनुको अर्थ हुँदैन भन्दै विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रित हुन पनि आग्रह गर्नुभयो । 



विराटनगर,असोज ९ गते । सामाजिक सेवामा सक्रिय राउण्ड टेवल नेपालले मोरङको बूढीगंगा–३ मुडेरीस्थित श्रीदेश कल्याण आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ । 

विराटनगर राउण्ड टेबल ११ को अगुवाइमा भएको कार्यक्रममा निःशुल्क रूपमा ब्रस, टुथपेस्टलगायतका सामग्रीसमेत वितरण गरिएको थियो । विद्यालयका छात्रछात्रा एवं स्थानीयलाई समेत लक्षित गरी गरिएको शिविरमा १ सय ६६ जनाको दाँत परीक्षण गरिएको राउण्ड टेवल–११ का टेबलर महेश शर्माले जानकारी दिए । 

विराटनगरस्थित सञ्जिवनी क्लिनिकका दन्तरोग विशेषज्ञ डा. फरवार्ड सिलवालले दन्त परीक्षण गरेका थिउ । यसअघि पनि राउण्ड टेबल नेपालले सो विद्यालयलाई विभिन्न सहयोग उपलब्ध गराएको थियो । 


बिराटनगर असोज ९ गते विहिवार । रातो तारा डट कम,
विराटनगरमा निर्माणाधिन पशुु वधशाला व्यवस्थित एंव अत्याधुुुनिक  वन्ने भएको छ ।  विराटनगर महानगरपालिकाले एक कार्यक्रमका वीच वधशालाको  निमार्ण कार्यले पुुर्णता पाउन लागेको जानकारी गराएको हो  ।

महानगरपालिकाले  वधशालाको व्यवस्थापन र निमार्ण वारे विराटनगरमा विहिवार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले, वधशाला निमार्णकालागि  आबश्यक प्रक्रिया अगाडी बढेको जानकारी दिनुभयो । वधशालालाई निमार्ण  गर्न  प्रदेस सरकार र महानगरपालिकाले आगामी वजेटमा थप रकम विनियोजित गर्ने जनाइएको छ ।  

वधशाला निमार्णका लागी २१ करोड २५ लाख रुपैया लाग्ने र त्यसकालाग डिपिआर तयार भई सकेको छ । प्रदेस सरकार र विराटनगर महानगरपालिकाले पाच, पाच करोड गरि दश करोड  रकम विनियोजित गरेको छ ।  दुुइवर्ष भित्र काम सम्पन्न हुुनेगरि वधशालाको  निमार्ण प्रक्रिया शुुरु भएको मेयर पराजुलीले जानकारी दिनुुभयो  । 

 नेपालमै नमुुना  वधशाला निमार्णका लागी हेफर इन्टरनेशनल नेपालले  प्राविधिक सहयोग तथा सहजीकरण गरिरहेको संस्थाका  कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले वताउनुुभयो ।
वधशाला निमार्णगर्न  टेण्डर आव्हानकालागी महानगरपालिका प्रशासन महाशाखा प्रमुुख  अर्जुुन थपलियाको संयोजकत्वमा सात सदस्य समिति समेत गठन समेत गरिएको छ   ।

कार्यक्रममा महानगरपालिका उपप्रमुुख इन्दिरा कार्की, पशु सेवा विज्ञ डां. वोधप्रसाद पराजुुली , सामाजिक महासाखा प्रमुख पुुनम दाहाल, हेफरका उमाशंखर यादव तथा  महानगर ,भेटनरी शाखा प्रमुख हिरालाल यादवले वधशालाको  निमार्णको तयारीवारे जानकारी गराउनुु भएको थियो ।

विराटनगर–८ मा महानगरपालिकाको १ विघा ८ कठा जग्गमा वधशाला निमार्णको काम २०६६ शालमा शुुरु भएको हो । तत्कालिन अवस्थामा १ करोड १९  लाखमा वनेको वधशालाले हालसम्मपनि पुूर्णता नपाउदा स्वस्थ्य मासुखानवाट उपभोक्ताहरु बन्चित बनेका छन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.