Websoft University

त्रुटि सच्याउदै एमबीबीएस प्रवेश परीक्षाको नतिजा पुनः प्रकाशन गरियो


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षा पुनः प्रकाशन गरेको छ । गएको असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशन गरेको हो । 

पहिलो नजिताबाट दुइ सय ५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । पहिलोपटक प्रकाशन नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा. रोजेन्द्र कोजुले बताउनुभयो । विश्वविद्यालयले पुनःप्रकाशन नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । 

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजा गएको असोज ६ गते सार्वजनिक गरेका थिए । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार सात सय ५६ विद्यार्थी उत्तीर्ण भएका थिए ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले गएको असोज ३ गते शुक्रबार र काठमाडौं विश्वविद्यालयले गएको असोज ४ गते शनिबार परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कलेजमा चार हजार दुइ सय ६९ र काठमाडौं विश्वविद्यालय अन्तर्गत चार हजार चार सय ८७ विद्यार्थी उत्तीर्ण भएका थिए । ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । 

ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने गर्दछ । मन्त्रिपरिषद्को २०७५ असोज २८ गते बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ र बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.