Websoft University
Articles by "धर्म"

 


काठमाडौँ साउन २४ गते । कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई विश्व हिन्दू परिषद् नेपालले राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। घटनामा ज्यान गुमाएका तथा घाइते भएका सनातनी परिवारप्रति ऐक्यबद्धता जनाउँदै परिषद्ले मानवीय सहयोगलाई निरन्तरता दिएको जनाएको छ।

घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारलाई परिषद्ले आज जनही रु। एक लाखका दरले राहत रकम हस्तान्तरण गरेको हो। राहत रकम हस्तान्तरणसँगै परिषद्का तर्फबाट दुवै परिवारलाई समवेदना पत्रसमेत प्रदान गरिएको थियो।

मृतकप्रति सम्मान व्यक्त गर्न परिषद्का प्रतिनिधिहरूले दुवै वीरको चितामा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलीसमेत व्यक्त गरेका थिए। शोकसन्तप्त परिवारलाई भेटेर परिषद्का प्रतिनिधिहरूले दुःखको यस घडीमा परिवारसँग आफूहरू रहेको सन्देश दिएका थिए।

यसअघि घटनामा घाइते भई अस्पतालमा उपचाररत दुई जनालाई जनही रु। ११ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको थियो। उपचाररत घाइतेको स्वास्थ्य अवस्था तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको परिषद्ले जनाएको छ।

घाइतेलाई सहयोग रकम हस्तान्तरण गर्दै विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन सचिव प्रह्लाद रेग्मीले घटनाबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्नुभयो। उहाँले पीडित परिवारले भोगिरहेको दुःख र कठिन परिस्थितिमा परिषद् उनीहरूको साथमा रहेको बताउँदै आवश्यक सहयोग र सहकार्यका लागि परिषद् प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

परिषद्का अनुसार कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले मृत्यु भएका प्रत्येक व्यक्तिका परिवारलाई रु। एक लाख तथा घाइते प्रत्येक परिवारलाई रु। ११ हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार मृतक परिवारलाई राहत रकम र घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो।

मृतक परिवारलाई राहत रकम हस्तान्तरण गर्ने कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष पुरुषोत्तम भण्डारीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा परिषद्का पदाधिकारी तथा कार्यकर्ताले पीडित परिवारसँग भेट गरी घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

परिषद्ले राहत रकम हस्तान्तरणलाई आर्थिक सहयोगमा मात्र सीमित नराखी पीडित परिवारप्रतिको सामाजिक तथा मानवीय उत्तरदायित्वका रूपमा लिएको जनाएको छ। दुःख र संकटको अवस्थामा पीडित परिवारलाई आवश्यक सहयोग, सहकार्य तथा सेवाका गतिविधिलाई निरन्तरता दिने परिषद्को भनाइ छ।

विश्व हिन्दू परिषद् नेपालले पीडित परिवारलाई आवश्यकताअनुसार सहयोग तथा समन्वयका कार्य अघि बढाउने जनाएको छ। परिषद्ले सामाजिक तथा मानवीय सेवाका माध्यमबाट संकटमा परेका परिवारलाई साथ दिने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

विश्व हिन्दू परिषद् नेपालले ‘सेवा, संस्कार र समाजको हित’लाई आफ्नो कार्यको आधारका रूपमा अघि बढाउँदै आएको जनाएको छ।


विराटनगर, साउन १३ गते। नेपाल मानव धर्म सेवा समिति अन्तर्गत हंस योग आश्रम, विराटनगर–५ को आयोजनामा गुरुपूजा महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न शाखा तथा उपशाखाबाट आएका भक्तजन, समिति पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा धर्मप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

महोत्सवका प्रमुख अतिथि नेपाल मानव धर्म सेवा समितिका पूर्वाञ्चल प्रवारी तथा कोशी क्षेत्र, इटहरी–सुनसरी आश्रमका सन्त महात्मा श्री गिरी बाइजी रहेकी थिईन । विशेष अतिथिका रूपमा लेटाङ–७ आश्रमकी इन्चार्ज महात्मा भानुमती बाइजीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल मानव धर्म सेवा समिति हंस योग आश्रम विराटनगरका समिति अध्यक्ष विक्रम गड्तौलाले गरेका थिए । 

कार्यक्रममा विराटनगर महानगरपालिका–५ का वडाध्यक्ष सन्तोष न्यौपाने अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यसैगरी विभिन्न शाखा तथा उपशाखाका अध्यक्ष, पदाधिकारी र धर्मप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

महोत्सवका अवसरमा समाजमा दीर्घकालदेखि धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका ज्येष्ठ व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा गोमा खतिवडा (कञ्चनबारी, ७५ वर्ष), कुनता न्यौपाने (विराटनगर–५, ८० वर्ष) तथा जेएन दाहाल (७८ वर्ष) रहनुभएको थियो। उहाँहरूको सामाजिक योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

नेपाल मानव धर्म सेवा समिति हंस योग आश्रम विराटनगरका इन्चार्ज श्री ज्ञान पुष्पानन्द महात्माले गुरुपूजाको महत्वबारे प्रकाश पार्दै धार्मिक कार्यक्रमले समाजमा सकारात्मक सोच, नैतिक आचरण र मानवीय मूल्यको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 

पूर्व अध्यक्ष तथा वर्तमान विशिष्ट सल्लाहकार पदमप्रसाद काफ्लेले आध्यात्मिक मार्गले मानिसलाई अनुशासित, संयमी र जिम्मेवार जीवन जिउन प्रेरित गर्ने धारणा व्यक्त गरे । उनले मानव धर्म सेवा समितिले धार्मिक गतिविधिसँगै शैक्षिक सहयोग, सामाजिक सेवा तथा मानवीय सहयोगका विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।


प्रमुख अतिथि श्री गिरी बाइजीले मानव जीवनमा आध्यात्मिक चेतनाको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै धर्मले मानिसलाई सही जीवनशैली, सदाचार र मानव सेवाको मार्ग सिकाउने बताईन् । उनले मानव धर्मले जीवनका हरेक आयामलाई बुझ्न र आत्मिक उन्नतितर्फ अग्रसर हुन प्रेरणा दिने धारणा राखिन ।

विशेष अतिथि भानुमती बाइजीले आध्यात्मिक शिक्षा केवल पूजा–आराधनामा सीमित नभई व्यवहार, रहनसहन र समाजप्रतिको उत्तरदायित्वसँग जोडिएको बताईन् । 

कार्यक्रममा समिति उपाध्यक्ष जानुका रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि, सन्त महात्मा तथा भक्तजनप्रति आभार व्यक्त गरिन् ।

विभिन्न शाखा तथा उपशाखाबाट सहभागी भएका प्रतिनिधिहरूले गुरुपूजा महोत्सवले आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र मानव सेवाको भावनालाई थप मजबुत बनाएको प्रतिक्रिया दिएका थिए ।

धार्मिक भजन, प्रवचन, सम्मान कार्यक्रम तथा सामूहिक प्रार्थनासहित सम्पन्न महोत्सवले आध्यात्मिक जीवनशैली, नैतिक आचरण र मानव सेवाको सन्देश समाजमा प्रवाह गरेको आयोजकले जनाएको छ ।


विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको छ ।

विजया दशमीको सातौं दिन हरेक वर्ष रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुने गर्छ । कोसी प्रदेश सरकारले ६ वर्षअघि सन्सारी माई मन्दिरबाट प्रदेशस्तरीय बढाइँ गर्ने निर्णय गरेको थियो । शनिबार कोसी प्रदेशका  मुख्यमन्त्री केदार कार्की बढाइँमा सहभागी भई पूजापाठ गरेका छन् ।

कोसी प्रदेशको राजधानी विराटनगरबाट २२ किलोमिटर पूर्वको चिसाङ खोला किनारमा मन्दिर पर्छ । नवरात्र भर १० दिनसम्म रंगेलीमा दुई दर्जन ब्राम्हणले चण्डी पाठ पारायण गर्ने गर्दछन् । त्यहाँबाट डोलीसहित फूलपाती लिएर रंगेली– ६ को पब्लिक उच्च माध्यमिक विधालय नजिकैको बेलको रुखमुनी विधिवत पूजा गर्ने गरिन्छ । जोडी बेलमा पूजापाठ गरेपछि त्यसलाई रंगेलीकै काली मन्दिरमा मुख्यमन्त्रीले फूलपाती भित्र्याउने चलन छ । लिस्नो (सिँढी) मा चढेर बेल काटेपछि विधिवत रुपमा फूलपाती भित्र्याउने कार्य शुभारम्भ हुन्छ ।

सन्सारी माई स्थानबाट सांस्कृतिक झाँकीसहित निकालिएको डोली जात्रा रंगेली बजारको काली मन्दिरसम्म पु¥याइन्छ । यसमा नेपाली सेनाको टुकडीसमेत सहभागी हुने गर्छ । कोसी प्रदेशकै दर्शनीय पीठको रुपमा विकास भएको सन्सारी माई मन्दिर र स्थानीय काली मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको मुख्यमन्त्री कार्कीले बताएका छन् । “धार्मिक पर्यटन प्रवद्र्धन र विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ,” उनले भने ।

फुलपाती बढाइँमा रंगेली, सुनवर्षी, रतुवामाई नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिका तथा छिमेकी भारतबाट ठूलो संख्या भक्तजन सहभागी भएका थिए । फूलपाती बढाइँका अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी र विभिन्न जातिका झाँकीसमेत निकालिएको थियो । राई, लिम्बू, मगर, राजंवशी, सन्थाल, उराव र झाँगड समुदायले लोकनृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, प्रतिनिधि सभा सदस्इ योगेन्द्र मंण्डल, कोसी प्रदेशसभाका सदस्य लिलावल्लव अधिकारी, नेपाल प्रहरीका डिआइजी बाँस्तोला,रंगेलीका नगर प्रमुख दिलिप बगडिया, उपमेयर भूमा पराजुली, संन्सारी माई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव श्रेष्ठलगायत सहभागी थिए ।


बिराटनगर जेठ १५ गते | रातो तारा डट कम, आज १६ औ ‘गणतन्त्र’ दिवस ।  जनता साँचो अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन   हो ।

नेपाली जनता विजयी भएको  यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा कोशी प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यो अवसरमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ स्थापनाका लागि विभिन्न समयमा भएका  आन्दोलनहरुमा   प्राण उत्सर्ग गर्ने  महान शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु  साथै आन्दोलनको नेतृत्वकर्ता, घाइते, अपाङ्गता तथा वेपत्ता योद्धाहरु प्रति उच्च सम्मान प्रकट गर्दछु  ।

जनताबाट निर्वाचित प्रतिनिधि मार्फत संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपालमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’को घोषणा गरेको थियो । यो  ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन  हामीले प्रत्येक वर्ष जेठ १५ गते लाई गणतन्त्र दिवसको रुपमा मनाउदै आइरहेका छौ । व्यक्तिको जन्मको आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई  नागरिकको सहभागिताद्वारा आमुल परिवर्तन गरी हरेक नागरिकको समान हुने प्रणालीको स्थापना हुनु नै हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो । 

संविधान र कानूनमा उल्लेखित अधिकारको  प्रयोग गर्न सक्ने गरी  जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थकरुप लिन  सक्दैन । यसका लागि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा जनताको पहुँच आवश्यक    छ । श्रम गर्न सक्नेका लागि रोजगारीको प्रबन्ध र श्रम गर्न नसक्नेका लागि   सामाजिक सुरक्षा जरुरी छ ।  यसका लागि अधिकार, अवसर, सुरक्षा र सम्मानमा सबैलाई समान व्यवहार गरिने सुनिश्चिता जरुरी छ । 

 १६ वर्षको अवधि  लामो होइन, यसै अवधिमा हामीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ संविधानको निर्माण, राज्यको पुनः संरचना गरी तिनको नामकरण गर्दै  सङ्घीय संरचनाका   तीनवटै तहको दोस्रो आवधिक निर्वाचन  सम्पन्न गरिसकेका छौ । 

राज्यको पुनःसंरचना र आवधिक निर्वाचन मार्फत  सिंहदरवारमा केन्द्रित अधिकार गाउँ गाउँमा पुगेको छ, आम नागरिकले अनुभूति हुने गरी कार्यसम्पादनको थलानी भएका छन् । जनताको चेतनाले ठूलो फड्को मारेको छ । समृद्धिका सपनाहरुले साकार रुप लिन थालेका छन् । आफ्नो देश आफै बनाउन सकिन्छ भन्ने आत्मविश्वास बढेर गएको छ ।  विश्व मञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा खोज्दै गरेको मुलुकको रुपमा नेपालको छवि बलियो बन्दै गएको छ । 

जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै । कुनै पनि प्रणालीको विकासका क्रममा समस्याहरु देखा पर्नु स्वाभाविक हो । तर त्यसैलाई आधार बनाएर कुनै पनि कोणबाट गणतन्त्र माथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कने खोज्ने प्रतिगामी प्रयासहरुलाई कदापी उचित मान्न सकिदैन । इतिहासको गतिलाई अब कसैले पनि पछाडि फर्काउन सक्दैन । 

 गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको छ   । भौतिक विकास तर्फ निर्माण भएका सडक  सञ्जाल, पुल पुलेसा  र सामुदायिक भवन, शिक्षा र स्वास्थ्य  क्षेत्रमा  भएका नीतिगत तथा संरचनागत सुधारका प्रयासहरु,  नीति निर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाती, वर्ग र क्षेत्रलाई राज्यको मुल प्रवाहमा ल्याउन भइरहेको प्रयासहरु गणतन्त्रकै प्रतिफल हुन् । 

जसले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारहरु निर्माण गदैछन् । तर पहाडी क्षेत्रको बढ्दो बसाँइ सराइ, शिक्षा र रोजगारीको नाममा भइरहेको पुँजी र दक्ष जनशक्तिको पलायन, बढ्दो बेरोजगारी, जन चाहाना अनुसारको शासकीय सुधार र नकारात्मक आर्थिक सुचाङ्कहरु  चूनौतिका रुपमा देखिएका छन् ।  यस्तो अवस्थामा हाम्रो सिङ्गो प्रदेश, प्रदेश भित्रका सबै राजनीतिक दलहरु, निर्वाचित जनप्रतिनिधिहरु, राष्ट्र सेवक कर्मचारी साथीहरु, नागरिक समाज र  हामी सबै दाजुभाइ तथा दिदीबहिनीहरु एक जुट भएर आफ्नो विवेक प्रयाग गर्दै  यी साझा चुनौती विरुद्ध लड्न जरुरी छ । यसका लागि म सबैमा  हार्दिक आह्वान र अनुरोध गर्द छु । 

अघिल्लो ५ वर्ष हामीले प्रदेशको नामकरण गर्न सकेनौं, नयाँ प्रदेश सभामाको निर्वाचनसँगै छैटौं वर्षमा प्रवेश गरेपछि प्रदेशको नामकरण गरेका छौ । कोशी नामकरणपछि यसको विपक्षमा रहुनु भएका केही पहिचानबादी शक्तिहरुले यसको विरोधमा केही कार्यक्रमहरु गरिरहनु भएको छ । म उहाँहरुलाई आफ्ना गतिविधिहरु शान्तिपूणरुपमा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछु । संविधान र कानूनले प्रत्यभूत गरेका अधिकार सहित गरिएको नामकरणको बारेमा केही विमतिहरु भए आगमी निर्वाचन मार्फत कानून र संबैधानिक प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गर्दछु र तपाँइहरुलाई आफ्ना हिँसात्मक गतिविधिहरु  छाडेर सरकारसँग सम्बाद र छलफल गर्न आह्वान गर्दछु ।  हामी सम्बाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौ । विश्वका जुनसुकै ठूला समस्याहरु वा नेपालकै सन्दर्भमा पनि धेरै राजनीतिक घटना, परिघटनाहरु  र असहमतिहरु वार्ता र सम्बादबाट नै सार्थक र सफल बनाएका छौ,त्यसलाई परिणाममा पु¥याएका छौ ।  

मुलुकको सामाजिक सद्भाव र शान्तिको  जुन प्रवृति छ  त्यसलाई नविगार्नका लागि हामी सबै सम्यमित हुनुपर्ने अवस्था छ । साथै आन्दोलनका क्रममा घाइते हुनु भएका आन्दोलनकारी र प्रहरी साथीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । 

अन्त्यमा यो ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय एकता हाम्रो सामाजिक सद्भावलाई अझ सुदृढ गर्दै  स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेतिर गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु । 








     





मोहन कुमार राई - वैशाख २२, २०८० | रातो तारा डट कम,चैनपुर बोघिसत्व विहार भिक्षु आवस गृह निर्माणको लागि चैनपुर ६ निवासी हाल काठमाण्डौको कोटेश्वर वस्तै आउनुभएका उत्तम कुमार श्रेष्ठ र उनका परिवारजनबाट रु ५१ हजार ५ सय १० सहयोग गर्नुभएकोे छ ।

शुक्रवार बुद्धजयन्तीको अवसरमा विहारका अध्यक्ष पदम कुमार शाक्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

वोधिसत्व विहार चैनपुरमा आज विहानै देखि बौद्धमार्गी भिक्षुहरु उपस्थिति भई विधिपूर्व पाठपारयाण एवं पूजा आरधना गरिएको अध्यक्ष पदम कुमार शाक्यले वताउनुभयो ।


Biratnagar , Ratotara.com 
Book is published by Kali Mandir Organisation Family. The book is edited by Dr Minakshi Nepal (Chairman of Kali Mandir & Kali spiritual dwelling). The book is from page no 1-242 were all the historic and ancient learnings of Kali Mandir is mentioned in appreciably. She is the daughter of Mr. Narayan Prasad Koirala who was the true devotee & social worker who use to help the needy people in trouble.


Devoted people who helped to build,decorate or construct the temple in good way, there name are also brought up in the book. Kali Mandir is one of the famous temple located in Biratnagar.Temple is built in 1960 B.S were devotee started to worship Maa Durga & Maa Kali in pure way. 


Later temple was built in Pagoda Style in 2056 B.S. After 22 years, the temple is again renovated and decorated by golden colour in metal roof. The plot were temple is present is given by Mr. Hanuman Das Shrestha and Kali spiritual dwelling (Dharmashala) is built by Mr. Gopinath Upadhaya Khanal.


Mr. Narayan Prashad Koirala was the chairman of Kali Mandir who helped to built the Pagoda style temple by collecting funds from devotee & Mr. Markande Acharya was Vice Chairman of kali Mandir.

Mr. Sudarshan Bahadur Shrestha became Chairman of Kali Mandir in 2064-2068 B.S after that Dr Minakshi Nepal took place of Chaiman from 2068 to present.

Heartly thankful for the contribution done by Dr Minakshi Nepal.

Freelancer - Mr Tejendra Bhandari


विराटनगर   ।  साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
 

विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई २–० गोलले निराश बनाउँदै सिरहा फाइनलमा पुगेको हो । 
 
जितसँगै सिरहाले शनिबार हुने फाइनलमा धु्रवतारा स्पोर्टिङ्ग क्लब झापासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । सिरहालाई फाइनल पु¥याउन अब्दुला, बिनु आलेमगर र सिद्धान्त लामालेगोलगरेका थिए । 
 
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पहिलोहाफसम्म गोलरहित खेल बराबरी भयो । खेल सुरू भएको १५ औं मिनेटमा सिरहाका अब्दुलाले डिबक्सभित्रको वानटच वल बाहिरियो । गाईघाटका दिपक मगरले २५ यार्डनजिकबाट ३९ औं मिनेटमा गरेको प्रहार बाहिरदा सेमिफाइनबाट घर फर्किनुप¥यो ।

दोस्रो हाफदेखि सिरहाले आक्रमक खेल पस्कियो । ४४ औं मिनेटमा सिरहाका विदेशी खेलाडी अब्दुलाले गोल गरी टिमलाई अग्रता दिलाए । सिद्धान्त लामाले डिबक्सभित्रबाट निकालिदिएको पास अब्दुलाले गोलमा परिणत गरेका थिए ।  
६२ औं मिनेटमा बिनु आलामगरले उत्कृष्ट फिनिसिङ गरे । उनले बल नियन्त्रण गर्ने क्रममै गाईघाट निमछिरिङ्ग शेर्पालाई पन्छाएपछि आकर्षक गोल गरी अग्रता दोब्बर बनाएका  थिए । ६४ औं मिनेटमा अब्दुलाले पाएको तेब्बर गर्ने अवसर भने उपयोग गर्न सकेनन् । उनले सिद्धान्तको क्रसमा गरेको हेडरमा उदयपुरका किपर शेर्पाले  उत्कृष्ट बचाउ गरे ।

खेलको ७४ औं मिनेटमा सिद्धान्त लामाले गोल गरी ३–० ले टिमको जित सुनिश्चत गरे । बिनु आलेमगगरले डिबक्सभित्रबाट निकालिदिएको क्रस पासलाई सिद्धान्तले गोलमा परिणत गरेका थिए । 

खेलको अन्त्यतिर राम्रो प्रदर्शन गरे पनि गाईघाटले गोल गर्न सकेन । दिपक मगरको फ्रिकिकमा ७५ औं मिनेटमा पोस्टनजिक दिपकले  बल छुन सकेको भए सान्तवना गोल फर्काउने थिए । त्यसअघि सिरहाका अब्दुलले अग्रता बढाउने मौका गुमाइसकेका थिए । गाइघाटका दिपक मगरले ७२ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट हानेको बलमा भने सिराहाका गोलकिपर निश्चल मोक्ताङ्गले राम्रो बचाउ गरेका थिए ।

पछि परेको गाइघाटले खेलमा फर्किन अनेकौं प्रसास गर्दा ७९ औं मिनेटमा दिपकले गरेको प्रहार बाहिरियो । दिपकले यसअघि बारम्बार पाएको गोल गर्ने अवसर चुकाएका थिए । खेलको म्यान अफ द म्याच सिरहाका बिनु आले मगर घोषित भएका छन् । 


शिव भट्टराई-मोरङ असोज ३० गते आइतबार | रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा ४ स्थित भोलेश्वर शिवालय मन्दिरको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाको अवसरमा समाजसेवी प्रमुख जग्गादाता रामप्रसाद काफ्ले तथा गंगा देवी काफ्लेलाई दोसल्ला ओढाई ताम्रपत्र सहित सम्मान गरिएको थियो।

मन्दिर परिसरमा भएको साधारण सभामा जिल्ला समन्वय समिति मोरङका सभापति अजम्बर राईको प्रमुख आतिथ्यता रहेको थियो भने भोलेश्वार शिवालय मन्दिरकी उपाध्यक्ष लोकमाया पोख्रेलको अध्यक्ष्यता रहेको थियो।आईतबार सम्पन्न गरिएको साधरण सभाको अवसरमा नयाँ कार्य समिति समेत चयन गरिएको थियो। 


अध्यक्ष भोला भट्टराईको देहान्त पछि रिप्त रहेको अध्यक्ष पदमा भिम प्रसाद घिमिरे चयन भएका छन् । त्यसैगरी सचिवमा केशव चौहान, सहसचिवमा विमल भट्टराई, कोषाध्यक्षमा गेहनाथ भट्टराई, सदस्यमा चन्द्रलाल गौतम, अशेस्वर पेश्कर, गंगा ब. पाण्डे, काजिकुमार तिमल्सिना, सरस्वती बस्नेत चयन भएका छन्। 


कार्यक्रममा संस्थाका सदस्य गंगा प्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने साधारण सभामा विशिष्ठ अतिथि वार्ड नं ४ का वडा अध्यक्ष कैलाश बस्नेत, अतिथि जेष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष राम कुमार कार्की लगायत विभिन्न भजन कीर्तन समूहका प्रतिनिधिहरू, सामाजिक, राजनीतिक साथै धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाका सचिव मोहन ढकालले सञ्चालन गरेका थिए।

 


३० भदौ, जनकपुरधाम । विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ  (घरवापसी कार्यक्रम) सम्पन्न भएको छ । परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि अयोजित उक्त कार्यक्रममा विविध कारणले स्वधर्म (हिन्दूधर्म)छोडेर इसाईकरणको षड्यन्त्रमा फसेर धर्मान्तरित भएका हिन्दू समाजका १७ परिवारका ५० जना  पुनः स्वधर्ममा ९हिन्दूधर्म० ससम्मान प्रत्यावर्तन ९घरवापसी० गरेका छन । विविध पुजा, हवन एवं यज्ञ प्रज्ज्वलन गरी परधर्ममा गएकाहरुलाई शुद्धीकरण गर्दै पुनः हिन्दू धर्ममा स्वागत गरिएको हो ।

परिषद्द्वारा आयोजित उक्त कार्यक्रममा महन्थ रामभूषण शरण जी महाराज, परिषद्का ट्रष्टी श्री ओम प्रकाश सर्राफ, जिल्ला अध्यक्ष संतोष साह, उपाध्यक्ष अमन प्रसाद गुप्ता, सचिव बह्मदेव महतो, स्थानीय पदाधिकारी, पूर्णकालिक कार्यकर्ता एवं स्थानीयबासी समेतको उत्साहजनक उपस्थिति रहेको थियो ।


कार्यक्रममा पुनः स्वधर्ममा फर्केकाहरु अत्यन्तै हर्ष व्यक्त गर्दै विहिपलाई योे व्यवस्था मिलाई दिएकोमा आभार व्यक्त गरेका थिए साथै परधर्ममा गएको प्रति पश्चाताप समेत गरेका थिए ।


विविध षडयन्त्रमा परी परधर्ममा गएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि विश्व हिन्दू परिषद् नेपाल सदैव तत्पर रहेको र आगामी समयमा समेत यस किसिमको कार्यक्रमहरुलाई निरन्तरता दिने परिषद्का जिल्ला अध्यक्ष संतोष साहले बताए ।

– राजाराम दास  

 


कञ्चनपुर भाद्र ८ गते । रातो तारा डट कम, विश्व हिन्दू परिषद् नेपाल कञ्चनपुरद्वारा थारू गुरुवा, भगत, भर्रा, भलमनसा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । थारु संस्कृति रक्षार्थ विशिष्ट योगदान पु¥यानु हुने व्यक्तित्वहरुलाई परिषद्ले समय–समयमा सम्मान गर्दै आएको छ । यस पूर्व कैलालीका थारु अगुवाहरुलाई सम्मान गरिएको थियो ।


कञ्चनपुरको बेलौरी नगरपालिका स्थित उद्योग बाणिज्य संघको सभाहलमा मंगलबार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि पूज्य श्री लक्ष्मण भारती ९बालक बाबा० एवं अतिथिगण श्री देवी भारती, श्री हर्केश विष्ट, श्री राजु चौधरी, श्री बेचनलाल चौधरी, गिरीलाल चौधरी, क्षमानन्द राना, साथिराम राना लगायत थारु अगुवा एवं परिषदका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमार सहित स्थानीय कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा वक्ताको रुपमा बोल्दै थारू अगुवाहरुले थारू समुदायमा फैलिदै गएको ईशाइकरणले मौलिक थारु संस्कृति समाप्त पार्दै गएको भन्दै आक्रोश व्यक्त गरे । थारु संस्कृति संरक्षणको लागि ईशाइकरण रोक्न अपरिहार्य रहेकोले समस्त थारू समुदायलाई संगठित हुन आह्वान समेत गर्नु भएको थियो ।



बिराटनगर, २०७९ श्रावण ३१ गते । नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्याग हस्तान्तरण गर्नु भई कार्यक्रमको समुद्घघान गर्नु भएको हो  ।

नेपाल प्रहरी श्रीमती संघले बिगत देखि नै सामाजिक क्षेत्रमा बिबिध कार्यहरु गर्दै आईरहेको सन्दर्भमा आफ्नो ३८ औ बार्षिकोत्सवको अवसरमा रक्तदान कर्यक्रमको आयोजना गरेको हो । "रक्तदान जिवन दान" भन्ने बाक्याशंलाई आत्मसाथ गर्दै कार्यक्रमको आयोजना गरिएको हो । रेडक्रस सोसाईटी मोरङको प्राबिधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ४८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।  


काठमाण्डौ । रातो तारा डट कम, विश्व हिन्दू परिषद नेपालको काठमाण्डौ जिल्ला समिति पुणर्गठन भएको छ । विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारी, महासचिव जितेन्द्र कुमार सिंह, संगठन सचिव प्रल्हाद कुमार एवं काठमाण्डौ उपत्यका संयोजक श्री बाबु शरण सुवेदीको विशेष उपस्थितिमा साउन ७ गते जाउलाखेल स्थित सम्पर्क कार्यालयमा आयोजित एक समारोह बिच समिति पुणर्गठन गरिएको हो ।

धार्मिक अभियान्ता एवं अधिवक्ता श्री तुलसी राम पोख्रेलको अध्यक्षतामा १९ सदस्य समिति पुर्नगठन गरिएको हो । समिति गठन कार्यक्रममा विभिन्न धार्मिक सामाजिक अभियान्ता लगायत परिषदका स्थानीय कार्यकर्ता एवं स्थानीयबासी समेतको उपस्थिति रहेको थियो ।

- राजाराम दास 


काठमाण्डौ । रातो तारा डट कम, असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन ।  विश्व हिन्दु  परिषद नेपाल र जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानले देशव्यापी रूपमा तुलसी रोपण कार्यक्रम मनाएको छ ।  

हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । सृष्टिकर्ता भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) अवस्थामा जानुभई एकै चोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास रहेको छ । त्यही कारण यस एकादशीलाई हरिशयनी एकादशी भनिन्छ साथै हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।
भगवान् विष्णुको स्वरुप मानिने तुलसीको बिरुवा घर आँगनमा रोपिन्छ जसलाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन प्राप्त हुने औषधीय गुण प्रमाणित भएको तुलसीलाई विभिन्न रोगका लागि समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । यसैगरि वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत रहिआएको छ ।

यो ४ महिनाको समयमा व्रतबन्ध, विवाह, मन्त्र लिने कार्य, गृहप्रवेश, मन्दिरको प्राण प्रतिष्ठा लगायतका कार्यहरूलाई निषेध गरिएको छ । भविष्य पुराण, पद्म पुराण तथा श्रीमद्भागवत महापुराण लगायतका ग्रन्थहरुमा हरिशयन गर्नुलाई योगनिद्राको रुपमा व्याख्या गरिएको छ । संस्कृतमा हरि शब्दलाई सूर्य, चन्द्रमा, वायु, विष्णु आदि अनेक अर्थमा प्रयुक्त हुन्छ। हरिशयनको अर्को व्याख्या अनुसार यो ४ महिनासम्म आकाशमा बादल ढाक्ने तथा वर्षा का कारण सूर्य र चन्द्रमाको तेज क्षीण हुने भएको अवधिलाई प्रतीकात्मक वर्णन पनि मानिन्छ । यस अतिरिक्त निरन्तर वर्षा र पानीको कारण पित्तरुपी अग्नि कमजोर रहेको हुनाले शारीरिक शक्ति क्षीण हुनुका साथै शरीर बल कमजोर हुनेगर्दछ ।
आजका दिन नेवाः समुदायमा ग्वार्चा बनाएर खाने प्रचलन रहिआएको छ । ग्वार्चा भनेको नेवाः समुदायमा खाइने एक पौष्टिक परिकार हो जुन आटा वा मैदालाई मुछेर त्यसलाई लाम्चो आकारमा पातलो गरि काटेर अन्य गेडागुडी, चना र आलुसँग मिलाइ सुप जस्तै पकाएर खाने गरिन्छ । वैज्ञानिक खोज तथा अनुसन्धानका अनुसार पनि यो ४ महिनासम्म विशेष गरेर वर्षा ऋतुमा पानी बढी पर्ने र सूर्यको तेज पृथ्वीमा थोरै माात्र आउने भएकाले यस समयमा नकारात्मक प्रभाव वृद्धि भई बिभिन्न प्रकारका किटाणु र सूक्ष्म रोगका जन्तुहरु उत्पन्न हुन्छन्। त्यसकारण यस समयमा खानपान तथा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु पर्ने भएकोले यस चतुर्मासलाई ब्रत र फलाहार गरेर सम्पन्न गर्नुपर्दछ ।
हाम्रा चाडपर्वहरुको वैज्ञानिक महत्व बारे चेतना हेतु विश्व हिन्दू परिषद् नेपाल तथा जनकल्याण प्रतिष्ठान लगायतका संस्थाहरुले आफ्ना हरेक इकाईहरुमा प्रत्येक वर्ष तुलसी रोपण, तुलसी पूजन, गंगा पूजन, गौपूजन आदि कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

–राजाराम दास


बिराटनगर, २०७९ बैशाख १३ गते । रातो तारा डट कम, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित पलाञ्चोक भगवती मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आज बिहान कार्यालयको परिसरमा  सम्पन्न एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि।सी।ले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि।सी। ले   धार्मिक कार्यक्रमहरुले प्रहरीमा भाईचारा, बन्धुत्वको विकास सँगै सदाचार, सदभावको भावनामा बृद्धी भई समाजमा नैतिकता स्थापित हुने कुरामा बिस्वस्त रहेको बनाउनु भयो । वाहाले नागरीकको सहयोग बिना प्रहरीले सफलता प्राप्त गर्न नसक्ने हुँनाले सम्पुर्ण  पलाञ्चोक भगवति मन्दिर निर्माणमा अतुलनिय सहयोग पुर्‍याउनु हुने दाता महानुभावहरुलाई समेत धन्यवाद  दिनुहुदै कदर पत्रले सम्मान समेत गर्नु भयो  । कार्यक्रममा मन्दिर निर्माण कार्यमा सहयोगी दाताज्युहरु,  प्रहरी उपरीक्षक ज्युहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


काठमाण्डौ बैशाख १७ गते । रातो तारा डट कम, आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । हरेक वैशाख कृष्ण औँसीका दिन मातातीर्थ औँसी आमाको मुख हेरेर मनाइन्छ । जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मातातीर्थ औँसी मनाइँदै आएको पाइन्छ । 

वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात मातृऔँसीका रुपमा समेत मनाउने गरेका छन । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नो आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । 

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गर्नुभएका काम सम्झने शास्त्रीय मान्यता रहेको छ । आजको दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्ने गर्छ । 



काठमाण्डौ बैशाख २ गते । रातो तारा डट कम,वैदेशिक रोजगार कार्यालय काठमाडौंले आज देखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट सुरु गर्ने भएको छ । कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाही सर्भरको समस्या हुन सक्ने भएकोले ३ दिन अघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन म्यानपावर व्यवसायी र सरोकारवालालाई कार्यालयले सुबिधा प्रधान गर्दै अनुरोध गरेको छ । 

 





काठमाण्डौ चैत ४ गते । रातो तारा डट कम, आज नेपालको तराई क्षेत्रमा होली पर्व मनाइँदै छ । हिजो पहाडी जिल्लामा होली मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिएर आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । 

होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएको कारण यस वर्षको होलीमा विषेश उल्लास छ । यसअघिका दुई वर्ष कोरोना सङ्क्रमणको कारण होली पर्व खल्लो भएको थियो । गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ । 

मधेस प्रदेशको राजधानी जनकपुरधाममा होलीलाई शान्त र मर्यादित बनाउन मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले विज्ञप्ति जारी गर्दै हिजो र आज जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जानकारी दिएको हो । 



काठमाण्डौ चैत ३ गते । रातो तारा डट कम, आज पूर्णिमा अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ भने तराइका केहि ठाउहरुमा आजैबाट होली मनाउन सुरु गरिएको छ ।

आजको दिनलाई वसन्त ऋतुको आगमन भएको पनि मानिन्छ । त्यसैले सबै मिलेर एक आपसमा आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने नेपालमा प्राचीन परम्परा छ । कोरोनाको प्रभाव भए पनि मानिसहरुले यो पटक भने होली पर्व खुलेरै मनाउन सुरु गरिसकेका छन । 

होलीको अवसरमा आज काठमाडौँको वसन्तपुर दरवार क्षेत्रमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने परपरा रहेको छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । 

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । 

बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । 




काठमाण्डौ फागुन १७ गते । रातो तारा डट कम, फागुन कृष्ण चतुर्दशीका राति मङ्गलबार धार्मिक उल्लासका साथ शिवरात्री पर्व, भगवान शिवको पूजा अराधना गरी आज देशभर मनाइँदैछ । 

पशुपति क्षेत्र विकास कोषले दिएको जानकारी अनुसार शिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिर, गोकर्णेश्वर, डोलेश्वरनाथ, महोत्तरीको जलेश्वरनाथ र हलेसी महादेव, बियपुर महादेव, लगाएतका देशभरीका शिवालयहरुलाई आज सजाइएको छ भने भक्तजनहरूको बिहानैदेखि भिड लागेको छ । 

आज पशुपतिनाथ मन्दिरको चाँदीको ढोका बिहानै ३ बजे नै दर्शनार्थीका लागि खुला गरिएको छ । यस वर्ष ६ लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेश मैनालीले पशुपतिनाथ क्षेत्रमा सोमबार साँझ ४ बजेबाटै सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । 

तीर्थयात्रीको सुरक्षा व्यवस्थापनका लागि प्रहरी उपरीक्षकको कमान्डमा ११ स्थानमा ‘सब–कमान्ड पोस्ट’ स्थापना गरी चोरी, पकेटमारी, सिक्री थुत्नेजस्ता अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सादा पोसाकका सिफट अनुसार बिभिन्न जिम्मेवारी दिएर प्रहरी परिचालन गरिएको बताएका छन  । 

सो क्षेत्रमा मानिस हराए वा स्वास्थ्य समस्या देखिए सुरक्षाकर्मीद्वारा नै उद्धार तथा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ  भने पशुपतिनाथ क्षेत्रमा हिजोबाट सवारीसाधन आवागमन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता सञ्जीव शर्मा दासले शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि तोकिएका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको बताउनुभयो । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.