Websoft University

आज शिवरात्री पर्वःपशुपतिनाथको मन्दिरमा आज बिहानै देखि भक्तजनहरु घुंइचो लागेको छ ।


काठमाण्डौ फागुन १७ गते । रातो तारा डट कम, फागुन कृष्ण चतुर्दशीका राति मङ्गलबार धार्मिक उल्लासका साथ शिवरात्री पर्व, भगवान शिवको पूजा अराधना गरी आज देशभर मनाइँदैछ । 

पशुपति क्षेत्र विकास कोषले दिएको जानकारी अनुसार शिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिर, गोकर्णेश्वर, डोलेश्वरनाथ, महोत्तरीको जलेश्वरनाथ र हलेसी महादेव, बियपुर महादेव, लगाएतका देशभरीका शिवालयहरुलाई आज सजाइएको छ भने भक्तजनहरूको बिहानैदेखि भिड लागेको छ । 

आज पशुपतिनाथ मन्दिरको चाँदीको ढोका बिहानै ३ बजे नै दर्शनार्थीका लागि खुला गरिएको छ । यस वर्ष ६ लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेश मैनालीले पशुपतिनाथ क्षेत्रमा सोमबार साँझ ४ बजेबाटै सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । 

तीर्थयात्रीको सुरक्षा व्यवस्थापनका लागि प्रहरी उपरीक्षकको कमान्डमा ११ स्थानमा ‘सब–कमान्ड पोस्ट’ स्थापना गरी चोरी, पकेटमारी, सिक्री थुत्नेजस्ता अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सादा पोसाकका सिफट अनुसार बिभिन्न जिम्मेवारी दिएर प्रहरी परिचालन गरिएको बताएका छन  । 

सो क्षेत्रमा मानिस हराए वा स्वास्थ्य समस्या देखिए सुरक्षाकर्मीद्वारा नै उद्धार तथा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ  भने पशुपतिनाथ क्षेत्रमा हिजोबाट सवारीसाधन आवागमन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता सञ्जीव शर्मा दासले शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि तोकिएका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.