Websoft University
Articles by "अन्तर्वार्ता"


विराटनगर साउन ३० गते | रातो तारा डट कम,विराटनगर–१० मा रहेको कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो ।

 


गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कान्तिपुर कलेजमा कक्षा ११ मा उल्लेखनीय विद्यार्थी भर्ना भए । कक्षा ११ मा विहानको सिफ्टमा ७ सय ५४ जना विद्यार्थी भर्ना भएपछि उनीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गराएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । विज्ञान संकायमा २८० व्यवस्थापन संकायमा ४२० र होटेल मनेजमेन्टमा ५४ जना विद्यार्थी भर्ना भएका छन् ।

 दक्ष प्राध्यापक र शिक्षकहरूबाट गुणस्तरीय पठनपाठन गरेको कारणले कान्तिपुर कलेज विद्यार्थीको पहिलो गन्तव्य बनेको छ,’ प्रिन्सिपल नेपालले भने, ‘भर्ना भएका विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराउन हामीले अभिमुखीकरण गराउने गरेका छौँ । यहाँ भयरहित वातावरणमा विद्यार्थीहरूले पठनपाठन गर्न सक्ने सुविधा सम्पन्न भौतिक संरचना रहेको छ ।’ उनका अनुसार अहिले भर्ना भएका बिहान अध्ययन गर्ने विद्यार्थीहरू हुन् । दिउँसो सिफ्टको लागि पनि कलेजले भर्ना खुलाएको छ ।

 कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई शाखा मोरङका प्रमुख टङ्क गौतम, प्याब्सन मोरङको अध्यक्ष शीतला सुब्बा, सिए एसोसियसन प्रदेश १ का प्रमुख सिएम मनोज अधिकारीलगायतले गुणस्तरीय शिक्षासँगै संस्कारसहितको सीपमूलक शिक्षा आजको आवश्यक भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा कलेजका अध्यक्ष खुसीराज श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो । विद्यार्थीहरूले  नृत्य प्रस्तुत गरी कार्यक्रममा थप रमाइलो गराएका थिए । 

 


शिव भट्टराई,बिराटनगर । रातो तारा डट कम,प्रदेश १ को राजधानी विराटनगरमा पहिलोपटक आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ सुरु भएको छ। यो दुई दिन सम्म चल्नेछ । घीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा पुस ९ र १० गते सो चलचित्र महोत्वस भएको हो ।

दुई दिनसम्म चल्ने महोत्सवमा प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन भएको छ।प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले कार्यक्रम समुदघाटन गर्दै अहिले इतिहासको हकमा संस्कति र सभ्यता मेटिदै गएको भन्दै यस किसिमको कार्यक्रम र चलचित्र मार्फत आफ्नो कला संस्कृति जगेर्ना र आदिबासी जनजाति समुदायको बिकासका निम्ति थप इट्टा थप्ने काम गरेको बताउनु भयो।

साथै प्रदेश सरकारले गर्ने सहयोगमा राज्यको हरेक क्षेत्रमा बजेट छुट्याउनु पर्ने भएको हुँदा क्षेत्रका लागी सक्ने सहयोग गर्ने बचन दिनुभयो।आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव भएको कार्यक्रममा आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरूको संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दीपनारायण राजवंशीले जानकारी दिनुभयो ।

साथै अध्यक्ष राजबंशीले हरेक चलचित्रको महोत्सव पोखरा, काठमान्डौमा हुने बिराटनगरमा धेरै कलाकार जन्मिए पनि यस क्षेत्रलाई ध्यान नदिएको हुँदा पहिलो एतिहासिक प्रदेश १ को आदिबासी जनजाति चलचित्र महोत्सव गरिएको बताउनु हुन्छ।


महोत्सवमा राजवंशी, थारू, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बू, भाषाको १० चलचित्र प्रदर्शन भएको छ प्रदर्शन गरिएका चलचित्रहरूमध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ। त्यसका लागि विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित एक निर्णायक समितिसमेत गठन गरिएको आयोजक समितिले जनाएको छ। उक्त छनौट समितिमा चलचित्र निर्देशक बिनोद पुडासैनीको संयोजकत्वमा केशब रायमाझी, लाखमान योञ्जन, इन्द्र परियार सदस्यमा रहेका छन्। २ चलचित्र छल्की र नाङ साल प्रदर्शन भएको र बाँकी ८ चलचित्र शनिबार प्रदर्शनीमा रहने भन्दै नतिजा आउन भने बाँकि रहेको छनौट समितिका सदस्य केसब रायमाझिले जनाएको छ । आदिबासी चलचित्र महोत्सव पहिलो पटक भएको हुँदा गर्व लागेको तर राज्यले ध्यान दिनुपर्ने कलाकार अजय सरदारको भनाई छ।

महोत्सव आदिवासी जनजातिको पहिचान झल्किने विभिन्न समुदाय सम्मिलित झाँकी निकालिने थियो। १० उत्कृष्ट बिभिन्न भाषाभाषीका चलचित्र मध्ये थारु चलचित्र छल्कि, तमाङ चलचित्र नाङ साल र धुर्सा , माझी चलचित्र लदी पुजा, मगर चलचित्र जीवाक, गुरुङ चलचित्र मी न्हर्बे ट, लिम्बु चलचित्र के, राइ चलचित्र फ़ुङलाम र राजबंशी चलचित्र चोरकहच्छी रहेको छन । यस्ता महोत्सव र आयोजनाले सम्बन्धित चलचित्रकर्मी र प्राबिधिकहरुलाई थप प्रोत्साहन गर्नु र मौलिक चलचित्रहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सविस्तार पहुँच बढाउ सक्ने हो भने अझै चलचित्र कर्मी र निर्माण पक्षलाई हौसला संगै आफ्नो पहिचान बुझ्ने र चिनाउने अवसर पाउने छन्।

 


काठमाडौं, कात्तिक १२ । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील मुद्दालाई साहित्यमार्फत् उजिल्याएको टिप्पणी गरे । उनले भने, ‘अरू साहित्यमा अक्सर नभेटिने कथालाई प्रस्तुत गर्दै यस उपन्यासले शरणार्थीको नाममा हुने अन्तर्राष्ट्रिय राजनीतिप्रति पनि व्यङ्ग्य गरेको छ ।’ अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद भएमा यसको महत्व अझ बढ्ने उनले बताए । 

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त एवं अधिकारकर्मी मोहना अन्सारीले ‘दुङाल’मा शरणार्थीहरूले कसरी जीवन सङ्घर्ष गरिरहेका छन् भन्ने यथार्थ चित्रण आएको बताइन् । उपन्यासले महिला र पुरुषलाई हेर्ने समाजको द्वैध दृष्टिकोणका साथै शरणार्थीका धेरै विषय समेटिएको उनको कथन थियो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष, विपुल पोखरेलले ‘दुङाल’ले सडकमा आउन नसकेको शरणार्थीको समस्यालाई साहित्यको माध्यमबाट उद्घाटन गरिएको बताए । उनले अगाडि थपे, ‘पाठकले अपनत्व लिएकाले यसको चर्चा परिचर्चा र बिक्री वितरण राम्रो छ । साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका दृष्टिले यो सफल उपन्यास हो ।’  

वरिष्ठ सञ्चारकर्मी एवं समीक्षक राजकुमार बानियाँले ‘दुङाल’ले शरणार्थीको मुद्दालाई वैश्विक दृष्टिकोणबाट उठाएको बताए । उनले भने, ‘यो उपन्यासमा अवास्तविक वास्तविकता छ । यसले नेपाली शब्दभण्डारमा ‘दुङाल’ जस्तो नयाँ शब्द दिएको छ । यो करुणाको मसीले लेखिएको सुन्दर उपन्यास हो ।’


कार्यक्रममा तिब्बती शरणार्थी टासी छिरिङले ‘दुङाल’मा आफ्नै जीवनकथा भेटेको सुनाए । उनले भने, ‘तिब्बती शरणार्थीले समस्या मात्रै होइन, ज्ञान र सिप पनि ल्याएका थिए । हाम्रो समस्यालाई न्यूनतम मानवअधिकारको दृष्टिले हेरियोस् भनेर उपन्यासले बोलेकोमा खुसी लागेको छ ।’

सञ्चारकर्मी प्रकाश थापाले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रममा उपप्राध्यापक टीएन भट्ट विश्वामित्रले किताब औपन्यासिकताको दृष्टिले सफल रहेको टिप्पणी गरे भने लेखक मालिका केशरीले आफूले बाल्यकालमा नजिकबाट देखेका पात्रहरुलाई आख्यानमा समेटेको बताए । 


  



तारा पराजुली - मोरङ मंसिर २० गते । रातो तारा डट कम,प्रिय क्याप्टेनहरु ! यतिबेला तपाईंहरुलाई `प्रिय`शब्दले सम्मान स्वरुप सम्बोधन गरिरहँदा मनमा भने अनेक आशङ्काको ज्वारभाटा उठिरहेछ। र त मनमनै कामना गरिरहेकी छु।प्रिय मान्छेहरुबाट कुनै अप्रिय निर्णय नहोस् भनेर।तपाईंहरुको विवेक र लचकताभन्दा शक्तिशाली मेरो मनोकामना नहुन सक्छ तसर्थ झरि पर्नुअघि छानों टाल्न अबेर नगर्नु बुद्धिमानी हुनेछ भनेर सम्झाइरहनु आवश्यक नहोला।

डेढ बर्षअघिदेखि तपाईंहरु निरन्तर आकाशे यात्रामा हुनुहुन्छ।अनि सँगसगै हामी पनि।

यो जहाजमा तपाईंहरुमात्र सवार हुनुहुन्न।यति धेरै यात्रुहरु बोकेको जहाज ससाना मनमुटावका कारण सहजै नहल्लाईदिनुहोस्।केहि भएर जहाज तलमाथि भयो भने हतारमा हाम्फालेर न  त तपाईंहरु बाँच्नुहुनेछ न त हामी।न तपाईंको विचार बाँच्नेछ न हाम्रो।विचारै नबाँचे कसरी बाँच्ला देश???अलिकति धैर्य अलिकति संयम बटुलेर विवेकको प्रयोग गरौँ।यसमै छ सबैको भविष्य।

हामीले विश्वका थुप्रै मुलुकहरुको राजनैनिक यात्रा अध्ययन गरेका छौँ।सोभियत संघ र पूर्वी युरोपका पोल्यान्ड, बुल्गारिया, चेकोस्लोभाकिया, रोमानिया, युगोस्लाभिया र हंगेरी जस्ता देशहरूमा  समाजवादी व्यवस्थाको राम्रो अभ्यास हुँदैगर्दा  आफ्नो र आफूभित्रकै अर्थात् केही आन्तरिक केहि बाह्य कारणले समाजवाद धेरै समय टिक्न सकेन।उपभोक्ताहरुकै कारण समाजवादउन्मुख हाम्रो गणतन्त्रको भरभराउँदो साख नगिरोस्।यो समय निर्माणको समय हो।काम गर्ने ठाउँमा पुगेकाहरुलाई सहयोग गरौँ।सहयोग गर्नेहरुलाई उत्प्रेरित गरौँ।सत्ता होस या सत्ता साझेदार या त प्रतिपक्ष हरेकका नेतृत्वमा पुग्ने आआफ्नै स्पष्ट समयसीमा र मापदण्डहरु छन्।समन्वयको माध्यमबाट आम पर्खाईहरु सुन्दर बनाउन सक्नु पनि कुशल नेतृत्वको गुण हो।गुण नत्यागौँ चरित्र आफैँ बन्छ।

 यसबेला कुनै एक दुई शीर्ष नेतृत्वका कारण सिङ्गो मुलुकले अर्को अस्थिरता भोग्ने परिस्थिति आयो भने दुई तिहाई जनमतले तपाईहरुलाई धिक्कार्नेछ धिक्कारिरहनेछ।निश्चित छ,अहिलेको जस्तो विषम परिस्थितिमा पनि दोहोरो चरित्रले पद र प्रतिस्ठा आर्जन गर्न खोज्नु कति नाजायज छ।यदि तपाईंहरुको कारण एकताको यात्रा रोकियो भने दुइतिहाइ जनमतमाथि यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन।त्यसको क्षतिपूर्ति दिलाउन सक्नुहुन्छ?

कार्यकर्ता शुभचिन्तकप्रति भयानक अन्याय र प्रतिघात हुन जान्छ।त्यो गुमेको विश्वास फर्काउन सामर्थ्य र तागत तपाईंहरुमा छ?अहिले तपाईहरुको चरित्रको बयान स्वयं चित्रले गरिरहेको छ।

प्रिय क्याप्टेनहरु!

यात्रामा अघिपछि हुनु अन्यथा होइन होला।मुलुकमा परिवर्तनले निसङ्कोच आनन्दको लामो स्वास फेर्दै गरेको दृश्य जनताले असाध्यै मन पराइरहेका छन्।यो तपाईंहरुलाई किन मन नपरेको?थुप्रैथुप्रै सम्भावनाका रङ्गीन पालुवाहरु जोगाउन सके सुन्दरता ग्रहण गर्ने त तपाईं हामी नै होइनौं र?अहिले कसैलाई सिध्याउने बाहनामा तपाईंहरुले जुन स्वकल्पित आरोपको फेहरिस्त ल्याउन सुरु गर्नु भो नि,यो नै ठूलो भूल थियो।तपाईंसँग मुटु छ भने एकफेर ढुकढुकी छामेर उत्तर दिन सक्नुहुन्छ?कुनै पनि देशको राजनीति आफ्नै घरपरिवार आफ्नै सहयात्री सहकर्मी कसैलाई सिध्याउने अस्त्र हो?राजनीति आफ्नै सुन्दर घर भत्काउने हम्बर हो?यस्तो स्कूलिङबाट ८ लाखभन्दा ठूलो सङ्ख्यामा रहेका कार्यकर्ताले के सिक्ने?अझै समय छ।

इमान्दारपुर्वक जनमतको सम्मान र कदर गरौँ।

सवालपश्चात् जवाफ् प्राकृतिक सिद्धान्त हो तपाईंहरुले आपसमा मनोवादी र एकात्मक गनथनलाई आरोपको रुपमा दोषारोपण गरिरहँदा जनताले अघि नै विगत पल्टाइसके भन्ने किन हेक्का नराखेको? तपाईंहरु मध्ये कसैले ३० वर्षसम्म एकलौटी पार्टी चलाउनु भो,कसैले

 १२/१५ बर्ष।आफूले नेतृत्व दिंदा पार्टीको साइज कत्रो बनाउनु भो?सम्झनु पर्दैन?तपाईंहरुको एकलौटी र हेपाह प्रवृत्तिका कारण भत्किंदो विचार पुनर्निर्माण गर्न सक्नुहुन्छ?

 पूर्व एमालेकै कुरा गर्ने हो भने २०६४ सालको निर्वाचनमा ३३ सिटमा खुम्चिएको एमाले पार्टीलाई २०७४ को निर्वाचनमा एकैपटक माथि उठाएर ८० सिटको सम्मानित मतसहित देशको सबैभन्दा ठूलो पार्टी एमाले भनेर आम नागरिकले गर्व र स्वागत गर्न योग्य पार्टी बनाउनुमा वर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष क.केपी शर्मा  वलीको कार्यक्षमता र सांगठनिक क्षमता नाप्न कुनै यन्त्र चाहिन्नं।पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा वली १४ वर्ष जेल,संघर्ष,त्याग र बलिदानबाट आई रास्ट्रवादी नेताको बलियो छवि बनाईसकेका नेताको रुपमा थप परिचय आवश्यक पर्दैन। पुष्प कमल दहालले परिवर्तनकै लागि  भनेर १० वर्षे युद्धको नेतृत्व गर्नु भो।तपाईंहरुको कार्यकुशलताको परिणाम हेर्न इतिहासलाई सोध्नु पर्दैन।जनता हातमा मार्कसिटको अङ्कभार सहित सक्कल कपि बोकेर बसेका छन् ।

       हिजो कम्युनिस्ट राजनीतिमात्र परिवर्तनको आधार हो भन्ने  नागरिकहरु आज शीर्ष नेतृत्वको कार्यशैलीले अवाक छ्न छन्।पार्टी एकतापछि झनै जनताको आशा अपेक्षा बढेको छ।अहिले किन निरास बनाइंदैछ?त्यो क्षतिपूर्ति कुनैदिन भर्न सक्नुहुन्छ? जनताको बलिदान र संघर्षको बलमा उभिएको लोकतान्त्रिक पद्धतिमाथि ढुङ्गा मुढा गर्दै गर्दा पुराना स्मृतिहरुले पश्चाताप माग्दैनन्?कमसेकम महाधिवेशनबाट निर्वाचित अर्थात कडा  प्रतिष्पर्धामार्फत् अध्यक्ष पदमा निर्वाचित भएर काम गरिरहेको व्यक्तिमाथि निरन्तर धराप थाप्नु कति सान्दर्भिक छ।फेरि महाधिवेशनको मिति तोकिसकिएको अवस्थामा अहिलेदेखि नै तयारीमा जुटे पद मागिहिडंने झमेला त हुन्थेन।

महाधिवेशन बाघ हो?किन यत्रो डर? एकफेर कार्यकर्ता भएर महशुस गर्नुहोस्।एकफेर सर्वसाधारण नागरिक भएर बांच्नुहोस्।राम्रा कामको गर्व गर्ने मुटु तपाईंहरुसँग किन नभएको? वली सरकारले पार्टीगत समन्वयमै संविधान निर्माणमा राम्रो अगुवाइ गर्यो, सरकार गठन र नाकाबन्दीको दर्बिलो विरोध गर्यो, विकास र समृद्धिले फड्को मारेको छ,जातीय–क्षेत्रीय अतिवादको प्रतिवाद र राष्ट्रिय एकता मजवुद बनाउन पहल गर्यो।फेरि किन सरकारकै विरोध?

भारतीय विस्तारवादका विरुद्धमा चट्टानी अडान लिनु प्रधानमन्त्रीको दोष थियो?निडर भई नेपाली भूमि लिपुलेख,लिम्पीयाधुरा,कालापानीलाई समेटेर नयाँ नक्सा बनाउने र विश्व मानचित्रमा नेपालको पहिचानलाई सशक्त रुपमा प्रस्तुत गर्ने काम किन एउटा समूहलाई मन नपरेको? राम्रो कामलाई राम्रो भन्न सक्ने मुटु नभएसम्म देश अस्थिरताको एम्बुसभित्र अल्झिइरहने छ।तसर्थ उदार सहकार्य र समन्वयात्मक राजनैतिक संस्कारको सुरुवात गर्न अवेर गर्नुहुन्न।

-लेखक तारा पराजुली बेलबारी नगरपालिकाकी उपमेयर हुन्।

 


झापा, असोज-२९ गते । रातो तारा डट कम,झापा कनकाई नगरपालिका-३ स्थित सुरुङा खोलाको डिलमारहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय  अभिषेक चौधरीको  हत्या भएको पुष्टि भएको छ ।कनकाई ३ स्थितमै बसो बास गर्ने चौधरी  हिजो विहान ०६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । 


घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मृतक चौधरीको शव संकास्पद देखिएपछी गहन अनुसन्धान शुरु गरेको थियो। घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली खटेको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न कनकाई ७ का  २२ बर्षीय टल्के भन्ने रविन राजबंशीलाइ ८ घण्टा भित्रै पक्राउ गरी आज ईलाका प्रहरी कार्यालय अनारमनिबाट सार्वजनिक गरिएको हो । मृतक चौधरी र राजबंशी दुबै जना लुकिछिपी लागुऔषध सेवन गर्ने साथै  लागुऔषध सेवनकै विषयमा उनिहरु विच बादविबाद भएपछी मंलबार राती चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजबंशीले पछाडीबाट बन्चरोले शरिरका विभिन्न भागमा प्रहार गरेर हत्या गरी शवलाई बाँसघारीमा राखेर उनि फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको छ । फरार पश्चात पक्राउ परेका राजबंशीले आफुले चौधरीको  हत्या गरेको साबिति बयान समेत दिएका छन । साथै प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजबंशीको कपडा समेत बरामद गरेको छ । राजबंशी उपर ईलाका प्रहरी कार्यलय अनारमनिबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

 


मोहन कुमार राई - चैनपुर  असोज २७ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित चैनपुर–पोखरी सडकखण्डको डाँगीगाउमा सडक कालोपत्रे गर्ने क्रममा डिस्टिव्युटर मेशिन ग्यास पड्कदा काम गर्ने एक पुरुष घाइते भएको थियो । यसै गरी सोही स्थानमा सोही समयमा पोखरी बाट चैनपुर तर्फ आउँदै गरेको को ३५ प २६६४ नंबरको स्कुटरले ठकर दिँदा एक महिला मज्दुर घाइते भएको छ । 

सोमबार  साझ दुर्घटनामा परेका दुवै घाइतेहरुलाई तत्काल उपचारको लागि चैनपुर स्थित हेल्पीङ हेण्डमा भर्ना गरिएको थियो  । विटवीन डिस्टिव्युटर मेसिनको ग्यास पड्कदा सोही मेसिनमा काम गर्ने नुवाकोट निवासी दीपक के.शी को देर्वे आँखा छेउमा चोट लागेको थियो भने आँखामा भने असर नपरेको मेडिकलले जनाएको छ । उपचार पछि उनी घर फकेका छन । 

सडक निर्माण कार्यमा व्यस्त रहेको वेला स्कुटरले ठक्कर दिएको घाइते महिला चैनपुर नगरपालिका ४ का सिता खड्काको सामान्य उपचार पछि मनकामना हस्पिटल तुम्लिङटार रिफर गरिएको सडक निर्माण कम्पनीका इन्चार्ज राम प्रसाद यादवले जानकारी दिनुभयो । घरभाडामा वस्दै आएका खड्का मज्दुरी काम गरेर एक छोराको लालनपालन गर्दै आएकोमा आफु घाइते हुँदा थप समस्या भएको दुःखेसो घाइते खड्काले बताउनुभयो ।

बज्रगुरु कम्पनीले चैनपुर पोखरी सडक खण्ड डिविएसटी  प्रविधिको कालोपत्रे गर्ने जिम्मा पाएको सो सडक खण्ड अन्तिम चरणमा पुगेको छ ।



बिराटनगर साउन १२ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा रहेको गोठगाउँ स्थित  पुर्वान्चल बिश्वबिधालयको शिक्षण अस्पतालको मुहार पहिलेको भन्दा अहिले फेरिएको छ। यसलाई आज सम्मको अबस्थामा ल्याउन पुर्वान्चल शिक्षण अस्पतालका निर्देशक डा. बिपेश आचार्यले  महत्वपुर्ण योगदान दिएका छन। पुर्वान्चल बिश्वबिधालय तथा शिक्षण अस्पतालसंग सम्बन्धित रहेर एलएन गच्छदार साथै शिव भट्टराईद्वारा उहाँसग गरिएको कुराकानी ।
परिचय :
डा. बिपेश आचार्य
पुर्वान्चल बिश्वबिधालय शिक्षण अस्पतालका निर्देशक

विशेषज्ञता हासिल : MBBS, MD प्याथलोजी ( काठमाडौं बिश्वबिधालय)
schooling : kerela , india

आबद्ध : नेपाल चिकित्सक संघ १ नं प्रदेश संयोजक तथा केन्द्रिय सदस्य

१) पुर्वान्चल बिश्वविद्यालय आउनु भन्दा अगाडि कहाँ हुनु हुन्थ्यो  ? काठमाडौमा काम गरिरहेका डाक्टर पुर्वमा कसरी आउनु भयो?

- म, यहाँ आउनु अगाडी बिराटनगर कोशी अञ्चल अस्पतालमा कार्यरत थिए, र त्यहाँ भन्दा अगाडि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा  as a head of department प्यथोलोजीमा कार्यरत थिए ।
पुर्वान्चल बिश्वबिधालयमा कसरी आउनु भयो भन्ने प्रश्नमा मैले गरेको कार्यको मुल्यांकन, मेरो यस मेडिकल सर्भिस प्रती लगाव साथै समाजसंग गरिने व्यबहार हेरेर नै मलाई यहाँको director जस्तो पदमा काम गर्ने मौका दिएको जस्तो लाग्छ र फेरि पनि बिश्वबिधालयको कार्यकारिणीलाई धन्यवाद दिन चाहन्छु।


२) पुर्वान्चल बिश्वबिधालय तपाईं आउदा कस्तो थियो र अहिले कस्तो स्थिती छ, भन्नुको अर्थ तपाईले यो दुई बर्षमा कहाँ पुर्याउनु भयो?
- तपाईले बडो राम्रो प्रश्न गर्नु भयो, म यहाँ आउँदा पहिला त मलाई म यो कस्तो जंगलमा आइपुगे फाट्टफुट्ट मान्छेको ओहोरदोहोर हुने, मान्छे भन्दा बढी पशु चौपया मात्रै देखिन्थ्यो।तर यत्रो धेरै बिश्वबिधालयको जमिनमा सौन्दर्यात्मकले भरिपुर्ण भएको केही भवन, बन स्वच्छ हावा पानी देखेर मेरो मन एकैछिनमा सहि ठाउँमा काम गर्ने मौका पाए जस्तो पनि लाग्यो।
अस्पतालमा समान्यरुपमा  केही चिकित्सक मात्रबाट सुबिधा दिएको थियो। हुनत अहिले पनि धेरै छ भन्न खोजेको हैन।
म आइसकेपछि मैले अठोट आत्मबिश्वासका साथ कर्मचारी साथिहरुलाई भने, यो ठाउँको बासिन्दालाई हामीले अत: सक्दो सेवा दिनुपर्छ। सबै कुरा छोडेर आजैको मितिबाट काम गर्न सुरु गरौं भने र मलाई वहाँहरुले सुरु देखि आज सम्म पुर्ण रुपमा साथ दिदै धेरै सुधारहरु गर्न सफल भयौं। ३) के-के सुधार समग्रमा भनिदिनुस न??

- सबै बिषयका विशेषज्ञ चिकित्सकबाट सेवा दियौं ।
- मेडिकल अधिकृतको ब्यबस्था गर्यौं।
- रेडियोलोजिष्ट डिपार्टमेन्टमा नयाँ समानहरु ल्याएर सुधार गर्दैछौं।
- स्वास्थ बिमा सुरु गर्यौं र १५ /२० जनाबाट बढेर २०० सम्म बिरामीले सेवा पाउनुभयो।
- टाढाबाट आउने सबै डाक्टर लगायत नर्स सबैलाई गर्मिबाट छल्न सबै अस्पतालका ओपिडी कोठा लगायत युएसजी रुम तथा सबैमा एसि जडान गरि आनन्दको बाताबरण बनाइ बिरामीको सेवा गर्ने ब्यबस्थित बनायौँ।
- बिश्वबिधालयको परिसर सबै चौपाया रहित बनायौं।

४) कोरोनाको महामारीमा पुर्वान्चल बिश्वबिधालय शिक्षण अस्पतालको भुमिका कस्तो रहयो?? तथा प्रदेश सरकार र नगरपालिकाको  के- कस्तो सहयोग तथा भुमिका रहयो? र अहिले पनि पनि कोरोनाको असर के-कस्तो छ ?

- विश्व महामारीको रुपमा रहेको कोभिड -१९ ( कोरोना भाइरस) बाट मुलकभरीको जनजीवनमा गम्भीर असर देखा परेकोले  नेपाल सरकारले २०७६ चैत्र ११ गते  देखि लकडाउन गरेको हुँदा उक्त लकडाउनको समयमा अस्पतामा सो कोरोना भारसको पहिचान रोकथाम, नियन्त्रण तथा उपचारका लागि फिवर क्लिनिक संचालन गरि देश बिदेशबाट आएका शंकास्पद बिरामिहरुको चेकजाँच गरि आवश्यक परामर्श तथा सबन्धित स्थानमा पठाउने ब्यबस्था अबलम्बन गरियो। 

साथै कोरोना बाहेकका बिरामी समेतको उपचारमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्दै स्वास्थ्य सेवालाई अगाडि बढाउने कार्य सम्पन्न गरियो। यस कोरोना भाइरसको महामारीमा समेत आफ्नो ज्यानको प्रवाह नगरी दृढचित रहेर बिरामीहरुको सेवामा अहोरात्र खटिई कार्य गरेको हुँदा यसमा अस्पतालको अहम भुमिका रहेको छ । तथापि यस परिसरमा प्रदेशस्तरीय क्वारेन्टाइन संचालन भएको र क्वारेन्टाइनमा राखिएका बिरामीहरुलाई यसै अस्पतालबाट सेवा प्रदान गर्नुका साथै यस अस्पताल परिसरमा संचालित क्वारेन्टाइनहरुको उचित ब्यबस्थापन प्रदेश स्तरीय सरकारबाट गरेको सहयोग सराहनीय रहयो। 

यस अस्पतालमा संचालित फिवर क्लिनिकका सम्बन्धमा स्थानिय सुन्दरहरैंचा नगरपालिकाको प्रत्यक्ष समन्वयमा अस्पताल तर्फ आवश्यक पर्ने किट, गाउन लगायत समाग्रीहरुको उपलब्ध गराई जुन सहयोग भएको थियो उक्त सहयोग प्रति नगरपालिका परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु र नगरपालिकाबाट आफ्ना बाहिर बसेका नागरिकहरूलाई घर ल्याउने क्रममा आउने सबै नागरिकहरुलाई यसै अस्पतालबाट स्वास्थ्य सम्बन्धि चेकजाँच गराई सम्बन्धित स्थानमा लगेको  हुँदा पुर्वान्चल बिश्वबिधालय र स्थानिय नगरपालिका बिच सुमधुर सम्बन्ध स्थापित भएको कुरा नकार्न सकिँदैन।तसर्थ पुर्वान्चल बिश्वबिधालयप्रति स्थानीय नगरपालिकाको भुमिका सराहनीय रहयो। 

हाल लकडाउन खुलेतापनि कोरोना भाइरसको महामारी अन्त्य नभैसकेको हुँदा सो सम्बन्धमा यस अस्पतालबाट सचेतना अपनाई अस्पताल तर्फ आउने बिरामिहरुलाई सेवा प्रदान निरन्तर गर्दै आइरहेका छौँ । र भविष्यमा पनि अस्पतालबाट दिई आउने सेवाहरु अझ बढी प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छु।

५) अगामी योजना तपाईको के-के छन? मेडिकल कलेज बन्ने धेरै अगाडी देखि सुन्दै आएका छौँ , कसरी लिनु भएको छ ?
- पुर्वान्चल बिश्वबिधालयको शिक्षण अस्पतालको रुपमा बिगत लामो समय देखि संचालन रहेको अस्पताल जुन गतिबाट अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको देखिन्छ तथापि म नियुक्ति हुनु अगाडी अस्पतालमा न्यून चिकित्सकहरु रहेको साथै सेवा समेत न्यून रुपमा प्रवाह हुँदै आइरहेको र बिरामीहरुको चाप पनि कम नै पाइएको थियो। 

तत्पश्चात अस्पताल तर्फ विभिन्न बिभागका विशेषज्ञहरु नियुक्ति गरि अस्पतालमा सेवालाई अगाडी बढाउदै अस्पतालमा स्वास्थ्य बिमा लागू समेत गरि बिरामिहरुको चापलाई बढाउदै सेवा प्रदान  गर्दै आइरहेको जानकारी गराउदछु। अस्पतालमा अझपनि भवनको अभाव रहेको, अस्पतालिम उपकरणहरु अझपनि अपुग रहेको तथा जनशक्ति समेत न्यून रहेको छ।  

त्यसैले अगामी दिनमा अस्पताललाई अझ ब्यबस्थित बनाउने योजना अनुरुप अस्पतालको छुट्टै भवन बनाउनुपर्ने विभिन्न बिभाग अन्तर्गतका आवश्यक उपकरणहरुको खरिद गरि जडान गर्नुपर्ने, जनशक्तिहरुको आवश्यक ब्यबस्थापनका लागि प्राथमिकताका साथ योजनाहरु तर्जुमा गरिएको छ। तसर्थ यी कुराहरुको ब्यबस्थापन गर्न सकेमा मात्र अस्पतालको रुपमा यस संस्था अगाडी बढ्न सक्नेछ। र यस बिश्वबिधालयमा मेडिकल कलेज संचालन हुने कुरा लामो समय देखि चलिरहेता पनि आज सम्म पुर्णरुपबाट संचालनमा आउन नसकेको कुरा यथार्थ नै हो। 

तसर्थ मेडिकल कलेज संचालन गराउनका लागि आवश्यक भौतिक पुर्वाधार लगायत अस्पतालको उचित ब्यबस्थापन गर्नुका साथै यसमा नेपाल सरकार, बिश्वबिधालय तथा नागरिक समाजको प्रत्यक्ष भुमिका रहने भएकोले सबैले सकारात्मक सोच राखी अगाडि बढेमा यस बिश्वबिधालयमा आवश्य पनि यथासक्य चाडो मेडिकल कलेजको सपना साकार हुने निश्चित रहेको छ।

६) केन्द्रिय कार्यालय पनि अब त गोठगाँउ सरेछ यसमा तपाईको भुमिका के रहयो?
- पुर्वान्चल बिश्वबिधालयको केन्द्रिय कार्यालय यस अघि बिराटनगरमा रहेको हुँदा सो केन्द्रिय कार्यालय नेपाल सरकारले सो बिश्वबिधालयको केन्द्रीय कार्यलय सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँमा रहने छ भनी कानुन संशोधन गरेको हुँदा पुर्वान्चल बिश्वबिधालय केन्द्रिय कार्यालय गोठगाउँमा संचालन हुने भएकोले यस अस्पतालको थप ब्यबस्थित तरिकाबाट संचालन गर्ने, अस्पतालको भौतिक पुर्वाधार निर्माणको कार्यमा टेवा पुग्ने लगायतका ब्यवस्थापनमा केन्द्र स्तरबाट आवश्यक पहल हुने बिश्वास लागेको छ । 

तसर्थ यस अस्पतालको बिकास एवम बिस्तारका लागि अबका दिनमा केन्द्रिय कार्यालय गोठगाउँ मै रहने भएकोले आगामी दिनमा बढ्ने आशा लागेको छ।



INTRODUCTION:
Name:  Mr.Tejendra Bahadur Bhandari
Date of Birth  :  1974-08-02
Birth Place :  Pachthar , Mehalbote-3                                                             
Father's Name :  Naina Bahadur Bhandari
Mother's Name :  Basundhara Bhandari
Zodic Sign  : Libra
Address  :  Biratnagar -11 ,Janpathtole.
Citizenship No. : 80478 ,Morang
Blood Group : B+
News Media: Freelance,Editor www.ratotara.com,
Email address : morangnews@gmail.com,

1.    Positions  and  the  Institutions  where  I  worked :
Although, we have started our journey, under the owernship of Morang Pvt.Ltd. from darta No. 64 2046/09/18 till 2049/11/21.  I  worked for Morang Sapthahik Editor and darta no. 73/052/3/31 for Purbanchal Mahanagar Dainik and Morang darta no.138/063/4/7 for Janpath Dairy newspaper as an Editor and a Publisher.
 
2.    Chairman:
Nepal Sampadak Sang and Nepal Patrakar Mahasang Morang date 2053 Magh 20 to 2054 Magh 19 and after again from the voting till 2056 2times as the councilor and now as a member only.

3.    Advisor Related Institutions :
From 2057/02/06 to 2064 Ashar worked as a press advisor  of Koshi  Bus Babyashahi in Ithari, and from 2059 to 2061 in Nepal women Regeneration Forum Animal Husbandry one time and again, in 2059 from Baisakh worked as an Advisor in Janapriya Tole Reform Committee and Janapriya Tole Organisation for a long time worked as a Social Worker till now.

4.    Certificates of Appreciations and Good Wishes:   In  2057/10/25 got certificate of appriciations from Morng District Growth Committee for excellent  journalism in Morang Districts .Also in 2057/10/29 fro, Kupondol, Lilitpur Media Reporters of Morang Jibisa gave the certificate of appriciations and good wishes for future. And so on,  In 2060 Baisakh 6  By Shayitic Patrakar Koshi Zone gave special certificate and a token for helping in National Program for respected Poet Madhav Prasad Ghimire. In 2049/12/16 Security Body of our country from Police Head Office gave the praise certificate and thanks for the service providd to the Nation and also which I motivated the Moral of Security Personnel of my country.


5.    Journalism Related Trannings :  In  1990/10/09 collage of  story writing Ambala Chawni from India got the tranning in Diploma in news editing subject for 6months.In 1996 August11 got the tranning in population related in Journalism from Nepal Press Institution.In 1997 July 3 operated in Bayabasahik  Journalism got tranning in Advertisement related subject and also from , 2059 Bhadra 21 got the tranning by ANPI Baybashahik Journalism related orientation.

6.    Position and Institution working at present: Now, I am working at online media       named RATOTARA.COM as editor,( press council nepal number:545/2074/06/26) and the register number of the online media RATOTARA.COM is 231/073-74 given by Government Of Nepal Ministry of Communication and Information Technology Department of Information and Broadcasting (Date when online media was registered:2074/02/30).

7.    Certificate of Participation: I was certified by Human Rights and Journalism organized by National Human Rights Commission (NHRC) for the successful completion of training on 16 August.2019,Biratnagar .
8.    Position at online media samuha at present : The online media samuha was established at 2074 Poush 22, I am referred as chairman of the online media samuha from the starting days to till now .

9.       Federation of Nepal Journalists (FNJ): From past to till now at present 1 am the member of FNJ , morang, and press organization province 1 member at present .                                                    







इटहरी,असोज २७ गते । रातो तारा डट कम, पूर्वी नेपालमा नै किसानहरुको सक्रियतामा इटहरी उपमहानगरपालिका–२० मा  स्थापना भएको कामधेनू दुग्ध विकास सहकारी संस्थाले आफ्नो स्थापनाको  १९ औ बार्षिक साधारणसभा भब्यताकासाथ आज सम्पन्न गरेको छ ।

पूर्वी नेपालका पाँच जिल्ला सुनसरी मोरङ्ग झापा इलाम धनकुटा र तेह्रथुमका द्ुग्ध उत्पादक किसान एवम समुह गरी ३ सय ९८ शेयर सदस्य रहेको उक्त दुग्ध विकास सहकारीले बार्षिक २७ करोड ३४ लाख ९५ हजार आर्थिक कारोवार गर्न सफल भएको जानकारी दिईएको छ ।

दैनिक ११ हजारदेखि १२ हजार लिटर दुध सङ्कलन अर्थात खरिद कारोवार गर्दै आएको उक्त दुग्ध विकास सहकारीले दुध, दहि, घिउ, पनिर, चिज, नौनी, खुवा मोही आदिको उत्पादन एवम विक्री वितरण गर्दै आएको छ ।

हालै २ विगाह २ कट्ठा जमिनमा पूर्वकै सवैभन्दा ठूलो २ करोड ३० लाख ९८ हजारको लागतमा अत्याधुनिक उद्योग भवन तथा  २ करोड ४५ लाख ८० हजारको उपकरण समेत खरिद गरि सकेको सहकारीले किसानका लागि लाभदायक सेवा उपलब्ध गराउँदै आएको छ ।

उक्र साधारणसभा समारोहको उद्घाटन गर्नुहुँदै साँसद घनश्याम खतिवडाले ग्रामीण तथा शहरी क्षेत्रमा सर्वसाधारण समेतलाई सङ्गठित गरेर आर्थिक उन्नतीको मार्गमा अघि बढाउन सहकारी संस्थाहरुले जिम्मेवार भूमिका निर्वाह गर्ने विश्वास गर्नुभयो ।

उहाँले गाउँ गाउँमा कठिन अवस्थामा पनि आर्थिक गतिविधिमा सघाउ पु¥याउने कार्यमा सहकारीहरुको भूमिका महत्वपूर्ण रहँदै आएकाले. देशलाई समृद्धिको मार्गमा अघि बढाउनका लागि पनि सहकारीहरुको भूमिका महत्वपूर्ण हुने पनि स्पष्ट पार्नुभयो ।

कामधेनु दुग्ध विकास सहकारीका अध्यक्ष टीकाप्रसाद ओझाको अध्यक्षतामा भएको साधारणसभा समारोहमा टीकादत्त बन, रमेश भण्डारी बमबहादुर न्यौपाने खेमराज दाहाल लोचन पौडेल लगायतले साधारणसभा समारोहमा आ आफ्नो धारणा राख्नुभएको थियो ।

साथै उक्त साधारणसभा समारोहमा सहकारीका उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ शेयर सदस्य किसान एवम नियमित दुध सङ्कलक लगायतलाई सहकारीले विशेष सम्मान एवम पुरस्कार प्रदान गरेको थियो ।-याम प्रधान


पुर्बमन्त्रि लालबाबु पण्डितसंगको-अन्तर्वार्ता

पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पूर्वमन्त्रीहरु रामशरण महत, मिनेन्द्र रिजाल, एनपी साउद र सुनिलबहादुर थापासंग ग्रिन कार्ड रहेको खुलाशा गरेका छन् । उनीहरुसंग ग्रिनकार्ड रहेको चर्चा चल्दै आएको भए पनि पूर्व सामान्य प्रशासनमन्त्रीले क्यामरामा प्रष्टसंग बोलेको सम्भवतः यो पहिलो पटक हो । विदेशको स्थायी बसोबासको प्रमाणपत्र लिन नपाउने गरी निजामती कर्मचारी ऐन संशोधन गर्न खोज्दा महत, रिजाल र साउदले चर्को विरोध गरेको पण्डित बताउछन् । ऐन संशोधन गर्दाको अनुभव सुनाउंदै उनले भने, ‘उहांहरु खुब विरोध गर्ने । मैले कारण खोज्न थाले । उहांहरुसंग ग्रिनकार्ड रहेको पाए ।’

काठमाडौँ,जेष्ठ ६ गते । संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेस वर्तमान सरकारको रवैयालाई तथ्यपरक ढंगबाट हेरिरहेको छ । प्रधानमन्त्री ओलीका उखान टुक्का र ‘हावादारी' भाषणलाई कांग्रेसले सस्तो लोकप्रियताको सज्ञा दिदै आएको छ । मुलुकका सबै ठूलो राजनीतिक परिवर्तनमा नेतृत्व गरेको कांग्रेस संविधान घोषणा गरेपछि त्यसको कार्यन्वयन गराउने समयमा प्रतिपक्षको भूमिकामा छ । 



 
कांग्रेसमा पहिलो राजनीतिक लिगेसीबाट नभई आफ्नो व्यक्तिगत क्षमताबाट नेतृत्वमा आएका पूर्वप्रधानमन्त्री समेत रहेको शेरबहादुर देउवा सरकारले शक्ति पृथकीकरणको सिद्धान्तनै खलवलिने गरी एकपछि अर्को निर्णय गर्न थालेको आरोप लगाउँछन् । सर्वोच्चमा न्यायधीश सिफारीसदेखि राजदुत नियुक्तसम्म सरकार पूर्णरुपमा पुर्वाग्राही बनेर निर्णय गरेको र अघिल्लो सरकारबाट भएका नियुक्तिलाई प्रतिशोधको रुपमा लिने गरेको उनको ठहर छ । 
 
पछिल्लो समय एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने वचन दिएका देउवा प्रतिपक्षको सरकार फेर्ने कसरत स्वभाविक भएको बताउँछन्। पछिल्लो राजनीतिक घाटनाक्रम, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा केन्द्रीत रहेका अन्नपूर्णकर्मी चुडामणी भट्टरार्इ र गोविन्द परियारले देउवासँग उनकै निवास बुढानिलकण्ठमा गरेको वार्ता ।
सरकारले धेरै योजनाका सपना देखाएको छ, कांग्रेसले भने विरोध गरिरहेको छ किन ?
 
नीति तथा कार्यक्रम पपुलिस्ट बनाउन खोजिएको देखिन्छ । ६ सय मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ । १० हजार मेगावाट ल्याउने कुरा गरिएको छ । १० हजार मेगावाट बिजुली निकाल्न सकिँदैन भन्न खोजेको होइन, तर त्यसका लागि विश्वसनीय आधार खोइ ? त्यहीअनुसारको भौतिक पूर्वाधार, लगानीको वातावरण तयार हुनुपर्छ । लगानीको वातावरण नबनाउने अनि १० हजार मेगावाट बिजुली निकाल्छु भन्नु के हो ?
 
जनताले तिरेको करको आधारमा सरकार चल्ने हो । नेपाललाई विदेशी मुलुकलगायत दातृ निकायले दिने सहयोग भनेको पनि त्यहाँका जनताले दिने करको रकम हो । करदाताको रकम दुरुपयोग नहोस् भन्ने कांग्रेसको आग्रह हो । पपुलिस्ट बजेटको नाममा करदाताको पैसा दुरुपयोग हुनु हुँदैन । दुरुपयोग गर्नकै लागि पपुलिस्ट बजेट बनाउनु गलत हो । 
 
सरकारले ल्याएको नीतिमा भनिएका कुरा पूरा हुन सक्दैनन् भन्न खोज्नुभएको हो ?
 
आशा देखाउनु भनेको भ्रम छर्नेबाहेक केही पनि होइन । फास्ट्र ट्र्याक सरकारले बनाउने भनिएको छ । अघिल्लो सरकारले गरेका काम चित्त नबुझे खारेज गर्ने अधिकार यो सरकारलाई हुन्छ, तर त्यसका लागि दुई पक्षकै ‘नेगोसिएसन' चाहिन्छ । एउटा पक्षलाई सोध्दै नसोधी रद्द गर्दा भोलि त्यसले मुद्दा हाल्ला, क्षतिपूर्ति माग्ला, यसले नेपाललाई उल्टो हानि मात्र हुन सक्छ । त्यो अवस्था आउन दिनु हुन्न भन्ने मेरो मान्यता र चासो हो । मैले संसद्मा पनि यही विषयमा बोलेको हुँ ।
 
तपाईंले फास्ट ट्र्याक भारतीय कम्पनीलाई बनाउन दिनुपर्छ भन्नु भएको होइन ?
 
फास्ट ट्र्याक अघिल्लो सरकारले अघि बढाएको परियोजना हो । ऐनअन्तर्गत आएको परियोजना हो । कुनै कम्पनीलाई बनाउन दिने कि नदिने भन्ने नेगोसिएसनबाटै तय हुने हो । सम्झौताको बाटोमा गएको छ त्यो परियोजना अहिले । नेपालको हितमा छैन भने त्यसलाई रद्द गर्न सकिन्छ, तर जे गरे पनि दुईपक्षीय नेगोसिएसनमा मात्र गर्नुपर्छ । 
 
उक्त सम्झौता राष्ट्र हितमा छ कि छैन ?
 
यस विषयमा अध्ययन गर्नुपर्छ । हामीलाई त्यसबाट फाइदा छ कि छैन भन्ने नेगोसिएसनबाट थाहा हुन्छ । नेपालको बीओटी ऐनअनुसार आएको हो । अध्ययन, समीक्षा र परामर्श गरौँ, राष्ट्र हितमा छ भने अघि बढाऔँ, नभए नगरौँ । राष्ट्रिय हितमा नभए नेगोसिएसन रद्द गर्ने हो । त्यो प्रक्रिया त बाँकी नै छ नि ।
 
तपाईंले यस विषयमा बोलेका कुरा किन विवादमा आयो ?
 
खराब नियतका साथ अन्यायपूर्ण रूपमा डिस्क्लोज गरिएको छ यो । मैले संसद्मा बोलेको विषय रेकडेर्ड छ, त्यसलाई हेरे हुन्छ । मैले नेगोसिएसनबाट रद्द गर्न सकिन्छ भनेको छु । मेरो धारणा बंग्याइएको छ ।
 
भारतले दिएको सहायता रकम भएकाले भारतीय कम्पनीलाई नै फास्ट्र ट्र्याक बनाउन दिनुपर्छ भन्ने हो ?
 
जोसुकैको कम्पनी होस्, हामीकहाँ बीओटी ऐनअनुसार यस्ता परियोजना सञ्चालन हुन्छन् । त्यसअनुसार जुन देशको जुनसुकै कम्पनी पनि आउन सक्छ, कि भारतीय कम्पनीलाई दिँदैनौँ भन्नुपर्‌यो । नेपालको हितमा छैन भने त्यसलाई रद्द गर्न सकिन्छ, तर यसले भोलि हामीले ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने, मुद्दामामिला खेप्नुपर्ने अवस्था आउँछ कि भन्ने मेरो भनाइ हो ।
 
सरकारले नीति तथा कार्यक्रममै मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने भनेको छ, सम्भव छ ?
 
स्थानीय निकाय निर्वाचन अत्यावश्यक छ । लामो समयदेखि स्थानीय निकाय निर्वाचन हुन सकेको छैन । समस्या के छ भने यही सरकारले स्थानीय निकायको पुनर्संरचना गर्न आयोग गठन गरेको छ, आयोगले काम पनि सुरु गरेको छ । यो आयोगले फागुनमा प्रतिवेदन दिँदैछ । मंसिरमा निर्वाचन गराउँछु भन्नु कति जायज छ ? निर्वाचनको घोषणा गराउने नियतले गरिएको हुँदै होइन, जनतालाई झुक्याउने नियत मात्र हो । 
 
मंसिरमा निर्वाचन गराउने अनि दुई महिनापछि आयोगले सबै स्थानीय संरचनामा व्यापक हेरफेर गर्ने गरी प्रतिवेदन बुझायो भने फेरि निर्वाचन गर्नुपर्‌यो, त्यस्तो अवस्थाका बारेमा हामीले सोच्नुपरेन ? आयोगको प्रतिवेदनका आधारमा स्थानीय निकाय संरचना लागू हुने गरी निर्वाचन गराउँदा दिगो हुन्छ, संविधान कार्यान्वयन पनि सहज रूपमा हुनेछ । 
 
स्थानीय निर्वाचन गराउने संवैधानिक बाध्यता छ, संविधान जारी भएको एक वर्षभित्र स्थानीय निर्वाचन गराउने भन्ने छ नि ?
 
त्यसो भए स्थानीय निकायको पुनर्संरचना गर्न बनेको आयोगको प्रतिवेदन भदौ–असोजभित्र माग्नुपर्‌यो नि । आयोग गठन गरेपछि त्यसैले दिएको प्रतिवेदनअनुसार निर्वाचन हुनुपर्छ । कानुनी बाध्यता छ भने मंसिरअघि आयोगको प्रतिवेदन लिनुपर्छ । मंसिरमा चुनाव गराउँछु भन्ने आयोगलाई फागुनमा प्रतिवेदन बुझाऊ भन्नु भनेको सरकार स्थानीय निकायको निर्वाचन गराउन चाहँदैन भन्ने प्रस्ट संकेत हो । 
 
त्यसो भए स्थानीय निर्वाचनको घोषणा किन गर्‌यो त सरकारले ?
 
सबैलाई झुक्काउन, भ्रम फैलाउन । स्थानीय निकायको निर्वाचन हुँदा सबैभन्दा बढी खुसी कांग्रेस हुन्छ ।

आयोगको प्रतिवेदन आएर निर्वाचन गर्ने हो भने कांग्रेसले भाग लिन्छ ?
 
किन नलिने ? कांग्रेस निर्वाचनमा विश्वास गर्ने पार्टी हो । तर अहिले सरकारले निर्वाचन गराउन खोजेकै होइन ।
 
मधेसकेन्द्रित दल संविधान पुनर्लेखन गर्नुपर्छ भन्दै आन्दोलनमा रहेका बेला स्थानीय निर्वाचन सम्भव छ ?
 
त्यसैले पनि मधेसकेन्द्रित दलसँग वार्ता गरेर समस्याको समाधान गर्नुपर्छ । 
 
मधेसकेन्द्रित दलको आन्दोलनलगायतका समस्या समाधान गर्न कांग्रेसको रणनीति के छ ?
 
कांग्रेसले आफ्नो हिसाबले छलफल गरिरहेको छ, तर समस्याको समाधान खोज्ने सरकारले हो । सरकारमा बसेका दल जिम्मेवार बन्नुपर्‌यो । कांग्रेस फेरि पनि मधेसकेन्द्रित दलसँग समस्याको समाधान कसरी खोज्ने भन्ने विषयमा छलफल गर्ने तयारीमा छ । 
 
संविधान घोषणा गर्ने बेलामा प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी एकै ठाउँमा थिए, अहिले विभाजित हुँदा संविधान कार्यन्वयनमा कस्तो प्रभाव पार्छ ?
 
संविधान कार्यान्वयनमा हामी सबै प्रतिबद्ध छौँ । कुनै पनि पार्टीले संविधान कार्यान्वयनमा वाधा पुर्‌याउँछन् भन्ने मलाई लाग्दैन । १४. यो एकताबद्ध भएर संविधान कार्यान्वयन गर्ने बेला होइन र ? एकताबद्ध हुन कसले रोकेको छ र ?
 
संविधान कार्यान्वयनमा लैजान सरकारको कार्यशैली राम्रो नभएको हो ?
 
सबै विषयमा सहमतिबाटै अघि बढ्ने हो । एकलौटी र मनपरी गरेर कसरी सहमति जुट्न सक्छ ?
 
संविधानबारेमा विदेशीबाट पनि असन्तुष्टि देखिने गरी प्रतिक्रिया आएका छन्, केहीको मिश्रित प्रतिक्रिया छ, सबैको प्रतिक्रिया हेर्दा संविधान निर्माणमा हतार गरिएको हो ?
 
संविधान नबनाउने हो भने अर्को कुरा भन्नुपर्‌यो । संविधानसभाले संविधान जारी गर्नैपथ्र्यो । सय प्रतिशत समर्थन कहीं कसैको पनि हुँदैन, केही असन्तुष्टि देखिन्छन्, त्यो स्वाभाविक पनि हो । त्यसलाई पनि वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ । हाम्रो संविधान सबैभन्दा बढी समावेशी छ । संसारको कुन देशमा ३३ प्रतिशत महिलालाई आरक्षण दिने भनेर संविधानमा लेखिएको छ ? अमेरिका र युरोपमा छ ? केही विदेशीले संविधानका विषयमा असन्तुष्टि व्यक्त गरेको हाम्रो लबिङ नपुगेर हो । 
 
यो सरकारले अन्तर्राष्ट्रिय जगत्लाई संविधानबारे व्याख्या गर्न नसक्दाको परिणाम हो । धेरै मुद्दा वार्ताबाट समाधान गर्नुपर्छ । कतिपय विषय आज नभए भोलि, भोलि नभए पर्सि समाधान गर्नुपर्ला । जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व संविधानमै सुनिश्चित गरिएको छ ।
 
यसबारे अन्तर्राष्ट्रिय जगत्लाई कसरी बुझाउने ?
 
मधेसी मुद्दालाई वार्ताको माध्यमबाट हल गर्न सकियो भने संविधानका विषयमा केही असन्तुष्टि आउने छैन । यो विषयलाई अन्तर्राष्ट्रिय जगत्मा बुझाउन सक्नुपर्छ । युरोपेली मुलुकको संविधानभन्दा कतिपय विषयमा हाम्रो संविधान राम्रो छ । १८.संविधानको विषयमा विभिन्न जाति, समुदाय र क्षेत्रले असन्तुष्टि जाहेर गरेका छन् । संसद्कै ठूलो दलको सभापतिको हैसियतमा त्यो असन्तुष्टि समाधानको सूत्र के होला ?
 
नेपालमा समावेशितालाई विधानमै लेख्ने पहिलो पार्टी कांग्रेस हो । हाम्रो पार्टीमा जस्तो समावेशीकरण कुनै पनि पार्टीमा छैन । त्यसैले एउटा लोकतान्त्रिक र समावेशी पार्टीको नाताले कांग्रेसलाई सबै जनताले विश्वास गर्ने बनाउने बाटोमा म हिँड्नेछु । 
 
संविधान संशोधन गर्न संसद्मा दुईतिहाइ मत आवश्यक पर्छ, तर दुईतिहाइ मत भएका मुख्य तीन पार्टीबीच दूरी बढेको छ, अब यसको उपाय के हो ?
 
संविधान संशोधन वार्ताबाट गर्ने हो । यसअघि पनि संविधान संशोधन भइसकेको, फेरि पनि हुँदै जान्छ, सहमति छिटो वा ढिलो जुट्ला । हाम्रो संविधान संशोधनीय संविधान हो, यो रिजिट संविधान होइन, लचकदार संविधान हो । अमेरिकामा जस्तो संशोधन गर्न असजिलो हुने हाम्रो संविधान हैन । आजभोलि हुँदै पाँच÷दस वर्षपछि पनि आवश्यकताअनुसार संविधान संशोधन हुँदै जान्छ ।
 
प्रदेशको सीमांकनमा मधेसकेन्द्रित दलको असहमति देखिन्छ, उनीहरूको मागअनुसार सीमांकन हेरफेर गर्न के समस्या छ ?
 
मधेसको भावना हामीले समेट्नुपर्छ, पहाडको भावना उहाँहरूले बुझ्नुपर्छ । यही बाटोमा हिँडियो भने समस्याको समाधान छिटै हुनेछ ।
 
सुर्खेतमा आन्दोलन भएपछि ६ बाट ७ प्रदेशमा जाने प्रमुख दललाई मधेसको माग भने किन रुचिकर हुन सकेन ?
 
सात प्रदेशमा जाने भन्ने हाम्रो पहिल्यैदेखिको धारणा हो । त्यसमा एमाले पनि सहमत थियो । कांग्रेस र एमालेबीच सात प्रदेश बनाउने सहमति भयो, पछि माओवादी आएपछि लुम्बिनीका केही पहाडी जिल्लाको सीमांकन हेरफेर भएको हो । एमाओवादी र एमालेभित्रकै असन्तुष्टिले गर्दा समस्या देखिएको हो ।
 
सात प्रदेश भयो, मधेसीको माग सम्बोधन हुने गरी आठ बनाउन किन नसक्ने ?
 
त्यो पनि होला, तर सहमति हुनुपर्‌यो नि । आठ होला, नौ होला दस होला, तर सबैको सहमति चाहियो नि ।
 
तपाईंकै निर्वाचन क्षेत्र रहेको कैलालीमा त्यत्रो आन्दोलन भयो, तर सरकारले दबायो त ?
 
त्यो आन्दोलन शान्तिपूर्ण थिएन, त्यहाँ प्रहरीको हत्या गरियो । जनताको सुरक्षाको लागि खटिएको प्रहरीलाई मारिएको आन्दोलन कसरी शान्तिपूर्ण हुन्छ ?     शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई सधैँ छ ।
 
न्यायाधीश नियुक्तिबारे कांग्रेसले असन्तुष्टि जनायो, कारण के होला ?
 
सपना प्रधान मल्लप्रति मेरो कुनै पूर्वाग्रह छैन । उहाँ योग्य महिला हो । न्यायपालिका बुझेको व्यक्ति हो । उहाँको क्षमतामा कुनै प्रश्न उठाउन सकिँदैन, तर उहाँ माननीय भइसकेको व्यक्ति हो । उहाँ न्यायाधीश भएपछि भोलि हाम्रो पार्टीमा पनि त्यसै गर्न दबाब आउन थाल्छ । मन्त्री र सांसद भएका व्यक्ति सर्वोच्चको न्यायाधीश बन्न खोजे भने के गर्ने ? भागबन्डा भन्दै सर्वोच्च अदालतमा सबै पूर्व माननीयले भरिदिने ? यस्तो कार्यले न्यायपालिकाको स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तमा प्रभाव पार्छ भन्ने कांग्रेसको दृष्टिकोण हो । जसले बनाएको हो उसले ख्याल गर्नुपर्छ । 
 
सरकारले न्याय परिषद् सदस्यलाई हटाउँदा कांग्रेसलाई किन आपत्ति ?
 
अघिल्ला प्रधानमन्त्री सुशील कोइरालाले न्याय परिषद्मा रामप्रसाद सिटौलालाई नियुक्त गरेका थिए । उनी पैँतीसौँ दिनमा अवकाश पाउनेवाला थिए, तर वर्तमान सरकारले चौतीसौँ दिनमा हटाउने निर्णय गर्‌यो । यो सरकारले आफ्नो असहिष्णुता देखायो । कांग्रेस नेतृत्वको सरकारमा एमाले पनि छ, तर आफ्नै गठबन्धन सरकारले नियुक्त गरेको सिटौलालाई एक दिन बाँकी रहँदा किन हटाउनुपर्‌यो ? यो प्रधानमन्त्री केपी ओलीको पूर्वाग्रह नभए के हो ?
 
संसद्को सबैभन्दा ठूलो पार्टीले नियुक्त गरेकालाई यसरी हटाउने हो भने भोलि हाम्रो सरकार आएपछि उहाँले नियुक्त गरेका सबै हटायो भने के हुन्छ ? समावेशी प्रजातन्त्रको स्थायित्व कसरी हुन्छ ? यसबाट स्पष्ट हुन्छ— ओली स्वतन्त्र न्यायालयमा हस्तक्षेप गर्न चाहन्छन् । परिषद् सदस्यलाई हटाएर न्यायाधीश नियुक्त गर्ने भनेको हस्तक्षेप होइन ? यसले देखाउँदैन न्यायालयमा राजनीतीकरण गर्न खोजेको भनेर ? 
 
त्यसो भए न्यायालयलाई वामपन्थीकरण गर्ने प्रयास भएकै हो त ?
 
न्यायालयमा हस्तक्षेप हो । कसले कुन दललाई भोट हाल्छ, वामपन्थी हो कि दक्षिणपन्थी त्यो कुरा होइन, न्यायालयमाथि हस्तक्षेपको विषय हो यो ।
 
 न्याय परिषद्ले सिफारिस गरेका न्यायाधीशको नाम सभामुखले फिर्ता पठाउनुभयो, यसमा कांग्रेसको धारणा ?
 
कानुन र संविधानअनुसार हुनुपर्छ भन्ने कांग्रेसको धारणा हो । सभामुखले संसद्मा पठाएको भए पनि हुन्थ्यो । तर म यसमा तटस्थ छु ।
 
संसदीय सुनुवाइ समिति नै बन्न सकेको छैन यो अवस्थामा सरकारले सिफारीस गरेका न्यायाधीश र राजदूत नियुक्ति के हुन्छ ?
 
संसदीय सनुवाइ गठन हुने तयारीमा छ । १५ सदस्यीय बनाउने भन्नेबारेमा सहमति बनेको छ, नभए ७५ सदस्यीय हुन्छ । अब प्रक्रिया अघि बढ्ला ।
 
सरकारले भारतको लागि नेपाली राजदूतलाई फिर्ता बोलाएर कांग्रेससँग राजनीतिक पूर्वाग्रह राखेकै हो त ?
 
यो अर्को बदमासी हो । कूटनीतिक हस्तक्षेप हो । अघिल्लो सरकारले पठाएको राजदूत फिर्ता गरे भोलि अर्को सरकार आयो भने यो सरकारले पठाएका राजदूतलाई के गर्ने ? यस्तै हो भने वर्तमान सरकारले सिफारिस गरेका राजदूतलाई अब आउने सरकारले सबै फिर्ता बोलाउनुपर्ने हुन्छ ।
 
सत्ता परिवर्तनमा लागेको आरोप छ नि राजदूत दीपकुमार उपाध्यायलाई ?
 
म भारत जाँदा विदेशमन्त्री सुषमा स्वराजसँग भेट भएको हो । मसँगै नेपाली राजदूत उपाध्याय पनि हुनुहुन्थ्यो । त्यहाँ सरकार फेर्ने कुरा भएको छैन । त्यसमा कुनै सत्यता छैन ।
 
सरकार टिकाउन एमाले र एमाओवादीबीच भएको नौबुँदे सहमतिबारे कांग्रेसको धारणा के छ ?
 
कतिपय बुँदा कांग्रेसलाई मान्न निकै असजिलो छ । मेलमिलाप भनेको घटनाको अनुसन्धान भएर वास्तविकता आएपछि हुने हो । पहिला सत्य के हो, त्यो पत्ता लगाउनुपर्‌यो । नौबुँदेका कारण सत्य निरूपण आयोगलाई असर गर्छ भन्ने मलाई लाग्दैन । ती आयोगमा एकसेएक पढेलेखेका, विद्वान् र इमानदार व्यक्ति छन् । उनीहरूले सुजबुझ राख्छन् भन्नेमा म विश्वस्त छु ।
 
नौबुँदेमा आममाफीका कुरा पनि आएका छन्, त्यो न्यायोचित हो ?
 
सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानवअधिकार हननको विषयमा आममाफी हुने कुरो भएन । कस्तालाई माफी हुने र कस्तालाई नहुने भन्ने आयोगले नै टुंग्याउने विषय हो ।
 
वर्तमान सरकार ढल्यो ढल्यो जस्तो भएर फेरि टिक्यो नि, खासमा भएको के हो ?
 
एमाओवादीले पार्टीको बैठकको निर्णयबाट आफ्नो नेतृत्वमा सरकार बनाउने भनेर निर्णय सार्वजनिक गर्‌यो । प्रचण्डजीले प्रधानमन्त्री बन्न चाहन्छु सहयोग गर्नुपर्‌यो भन्नुभयो । उहाँले त्यस्तो प्रस्ताव राखेपछि कांग्रेसले सहयोग गर्छ भनेको हो, तर एमाओवादी आफैँ पछि हट्यो । यसमा हामीलाई केही भएको छैन । माओवादीले नै सुरु गर्‌यो । पछि आफैँ पछि हट्यो । 
 
सरकार फर्ने प्रस्ताव कांग्रेसको हो कि एमाओवादीको ?
 
एमाओवादीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्‌यो भनेर मलाई आग्रह गरेको हो । यो स्पष्ट रूपमा एमाओवादीको प्रस्ताव हो ।
 
तपाईंहरूले त्यतिबेला बहुमतको सरकार बनाउन खोजेको कि सहमतिको ?
 
बहुमतकै हो, अहिले पनि बहुमतकै सरकार छ । एमाओवादी नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार थियो । विपक्षी पार्टीले सरकारमै भएको एउटा दलले सरकार नयाँ बनाऔँ भनेर आएपछि हैन, ओलीजीलाई बचाउनुपर्छ भन्ने मैले ? विपक्षी पार्टीले के गर्छ, त्यही हामीले गरेका हौँ ।
 
सरकार फेर्न सफल हुनुभएन नि ?
 
सफल/असफल त जसले भनेको थियो उही भयो नि । हामीले भनेको हो र ? प्र्रधानमन्त्री बन्छु भन्ने पार्टीले नै खुट्टा छोडेपछि हामी सफल÷असफल भन्ने कुरै भएन ।
 
कांग्रेसको अबको प्राथमिकता के हो ?
 
कांग्रेस अब पार्टी संगठन विस्तार र सदृढीकरणमा लाग्छ । केन्द्रीय विभाग गठनको तयारी गरेको छु । संसदीय दलको कार्यसमिति पनि बनाउँछु । पार्टीको आन्तरिक संगठन मजबुत बनाउने अभियानमा लाग्छु । विधानअनुसारका सबै मानेनयन गरेर पार्टीलाई चलायमान बनाउँछु । त्यही अहिले मेरो प्राथमिकता हो । 
 
सत्ता परिवर्तनको खेलको बीचमा राष्ट्रपतिको भारत भ्रमण रद्द भयो, यसले नेपाल भारत सम्बन्धमा असर गर्दैन ?
 
नेपाल र भारत असल छिमेकी मुलुक हुन् । सरकारले अचानक राष्ट्रपतिको भ्रमण एकपक्षीय रूपमा रद्द गरेको हो भने त्यसले नेपाल–भारत सम्बन्धलाई फाइदा पुर्‌याउँदैन ।
 
सत्ता परिवर्तनमा दुई छिमेकी मुलुक भारत र चीन अघि आएको भन्ने आशंका सत्य हो ?
 
मलाई यसबारेमा थाहा छैन । पत्नीको उपचारको सिलसिलामा भारत गएको हुँ । पत्नीको उपचारमा जाँदा राजनीतिक रङ दिने ? मेरो भ्रमण राजनीतिसँग सम्बन्धित थिएन । म विशुद्ध पारिवारिक र त्यो पनि स्वास्थ्योपचारको लागि भारत गएको हुँ ।
 
एमाओवादी महासचिव कृष्णबहादुर महरासँग भारतमा तपाईंको के कुरा भएको होला ?
 
होइन, महराजी मेरो बिरामी पत्नीको स्वास्थ्यस्थिति बुझ्न आएका हुन् । सन्चो बिसन्चो सोध्ने काम मात्रै भएको हो ।
 
प्रचण्डको सरकार परिवर्तन गर्ने मन परिवर्तन गराउन चीनले भूमिका खेल्यो भन्ने चर्चाबारे तपाईंको धारणा ?
 
चीन सत्ता परिवर्तन वा टिकाउन लाग्यो भन्नेमा मलाई विश्वास लाग्दैन । वर्तमान सरकार परिवर्तन भए पनि चीनसँग भएका समझदारी र सम्झौता फेरबदल हुँदैनन् । त्यो सम्झौता जुन सरकार आए पनि कार्यान्वयन हुन्छ । चीन र नेपालबीच पनि आफ्नै उत्कृष्ट र प्राचीन सम्बन्ध छन् ।
 
तपाईं कांग्रेस सभापति भएको पनि दुई महिना भयो विधानअनुसार पदाधिकारीलगायत मनोनयन हुन सकेको छैन नि ?
 
तीन महिनाभित्र सबै मनोनयन हुन्छ । यो अवधिमा उपचारतिर अलि व्यस्त भएँ । पछि सरकारको नीति तथा कार्यक्रम, बजेटका विषयमा केन्द्रित हुनुपर्‌यो । अब एक महिनाभित्र केन्द्रीय विभाग, संसद्को कार्यसमितिलगायत सबै मनोनयन हुन्छ ।
 
विगतमा कांग्रेस संस्थागत नभई व्यक्तिगत रूपमा चल्यो भन्ने आरोप लाग्थ्यो, तपाईं कसरी बढ्नुहुन्छ ?
 
सबै विषयमा केन्द्रीय समितिकै बैठक बस्नुपर्छ भन्ने हुँदैन । कतिपय विषय पदाधिकारी बैठकले पनि छिनोफानो गर्न सक्छ । त्यो आवश्यकता हेरेर गर्ने हो । म छिट्टै कार्यसम्पादन समिति बनाउने तयारीमा छु । अघिल्लो कार्यकालमा यो समिति बन्नै सकेन । महामन्त्री शशांक स्वदेश फर्किनुभएको छ, अब नेता रामचन्द्र पौडेल स्वदेश फर्किएपछि सल्लाह गरेर सबै विभाग गठन गर्छु । पार्टीलाई पद्धतिगत रूपमा अघि बढाउँछु ।
  • अन्नपुर्ण पोस्ट बाट 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.