Websoft University
October 2022


गाईघाट १४ कार्तिक|| रातो तारा डट कम,त्रियुगा नगपालिकाको चुहाडे वजारमा आइवार राती एउटै घरमा रहेको तिन वटा पसलमा आगलागी हुदा भmण्डै १ करोड ६५ लाख मुल्य वरावरको धनमाल जलेर नष्ट भएको छ । छठको दिन तिनै वटा पसलका संचालक पसल वन्द गरी त्रियुगा नदिमा पुजा आज गरी जाग्रम वसीरहेको वेला राती १० वजे तिर घरमा आगलागी भएको स्थानिय लाई उद्घृत गर्दे प्रहरीले जनाएको छ । 

आगलागी कसरी भयो भन्ने वारे अहिले सम्म केही खुलेको छैन । प्रहरीले सो वारेमा अनुसन्धान गरी रहेको छ । विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने पिडितहरुको भनाई छ । त्रियुगा  नगरपालिका ६ स्थीत चुहाडे चौकमा परशु राम राई को खाली जग्गा भाडामा लिई स्थानिय परशु राम कार्किले जस्ताको छाना लगाएर ट्रष्ट जडान गरी वनाएको घरमा रहेका तिन वटा पसल पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागी वाट परशु रामले संचालन गरेको कपडा पसल को ६ तोला सुन,  नगद ३ लाख ५० हजार र कपडा जलेर नष्ट हुदा ८० लाख मुल्य वरावरको क्षती भएको प्रहरीले दिएको विवरणमा उल्लेख छ । त्यसै गरी अनिल वस्नेतको एग्रोभेट  पसलको भmण्डै ६५ लाख र वीरेन साह को होटल र फलफुल पसलमा सुन ३ तोला सहित २० लाख मुल्य वरावरको धनमाल जलेको प्रहरीले जनाएको छ । 


झापा कातिक १४ गते |  दमक नगरपालिका वडा नं.-१० आमबाडी बस्ने बर्ष १४ को दियुस श्रेष्ठलाई पूर्व रिसिईवीको कारणजिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-७ स्थित मौवा खोलामा छैठ मेलामा छुरा प्रहार गरी घाईते बनाई स्थानिय गोदावरी अस्पताल उर्लाबारीमा उपचारपश्चात वि.एण्ड.सि.अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मिति २०७९।०७।१४ गते बिहान ०४:५० बजे मृत्यू भएको घटनामा संलग्न निम्न ५ जना ब्यक्तिहरूलाई अनुसन्धान पश्चात घटनामा प्रयोग भएको चक्कु सहित जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त रूपमाखटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

निम्न -पक्राउ ब्यक्तिहरू:

१)जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ चन्द्रमा चौक बस्ने बर्ष १७ को सरोज बस्नेत

२)जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ वानडाँडा बस्ने बर्ष १७ को सन्देश खवास 

३) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-७ तरूण चौक बस्ने बर्ष १६ को सपन खत्री 

४) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ पानी ट्यांकी बस्ने बर्ष १६ को मन्जिल माझी 

५)जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ वानडाँडा बस्ने बर्ष १७ को विकास तामाङ



पोखरा, कार्तिक १३ गते । फूलबारी शान्तिपथ टोल विकास संस्था, पोखरा– १२ को आठौं अधिवेशन तथा १६ औं साधारण सभाबाट दयासागर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । 


संस्थाको उपाध्यक्षमा पदम भण्डारी, सचिवमा अनुराग अधिकारी, सहसचिवमा प्रेमप्रसाद श्रेष्ठ र कोषाध्यक्ष बुद्धिप्रसाद सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरूमा पदमप्रसाद गौतम, रविन्द्रराज पौडेल, श्रीप्रसाद कोइराला, पदम रेग्मी, मनु नेपाली, देवी शाही ठकुरी, डिलमाया गुरुङ, मनिराज श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले वडासँग बजेटको कमी नभएकाले राम्रा कार्यक्रम ल्याएमा टोललाई सहयोग गर्ने बताए । उनले वडाले वृद्धवृद्धाहरूको सामान्य स्वास्थ्य उपचार घरघरमा नै गएर तथा महिलाहरूलाई क्षमता अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने बताए । उनले २ छोरी मात्र जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई रु ५० हजार प्रदान गर्ने वडाको योजना रहेको जानकारी दिए ।

पोखरा १२ का निवर्तमान वडा अध्यक्ष रामबहादुर कार्कीले आफ्नो कार्यकालमा शान्तिपथ टोलको विकासमा विशेष योगदान गरेको स्मरण गरे । पूर्व एस. पी. नरेशबहादुर कार्कीले चापापानी खानेपानी उपभोक्ता समितिको सम्पूर्ण रकम शान्तिपथ टोलविकास संस्थाको कोषमा जम्मा गरिदिने बताए । नव निर्वाचित अध्यक्ष दयासागर लामिछानेले सबैको साथ सहयोग लिएर अगाडि बढ्ने कुरामा जोड दिए ।

संस्थाका अध्यक्ष पुण्यप्रसाद लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले संस्था स्थापना भएदेखि विभिन्न उतारचढाव भोग्दै संस्थालाई यहाँसम्म ल्याइपु¥याएको बताए । कार्यक्रममा संस्थामा विशेष योगदान दिने २४ जनालाई सम्मान गरिएको थियो । टोल सदस्य एवम् बाटो निर्माण समितिका संयोजक पदम भण्डारीले स्वागत मन्तव्य राखेका कार्यक्रममा कोषाध्यक्ष हितमान गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन अनुराग अधिकारीले गरेका थिए ।


काठमाडौं  १३ कार्तिक २०७९ । रातो तारा डट कम,५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ वटा जिल्लामा ढुवानी सम्पन्न

निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको    छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ ।

यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाई सकिएको छ । यद्यपी ती जिल्लाहरूमा सबै सामग्री ढुवानी हुन बाँकी छ । आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गर्नुपर्ने हुन्छ ।

 


श्याम राई÷उदयपुर गाईघाट, १२ कार्तिक | खोटाङंमा आफनै भतिजाले धारिलो हतियार प्रयोगरि शनीबार दिउसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ नुनथला हावुका ४१ बर्षिय पथरमान राईले काका ५८ वर्षिय  मान वहादुर राईको दिउँसो १२ बजे तिर खुकुरी प्रहारगरि हत्या गरेका हुन् । घटनाको पूरै विवरण नआए पनि घरायसी कारणबाट उक्त घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्न राईलाई प्रहरीले पक्राऊ गरिसकेको खोटाङंका डिएसपी मञ्जील मुकारुङ्गले बताए ।

घटना बारे जानकारी लिन प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले बताए ।

 

 





काठमाडौं  १२ कार्तिक २०७९ । रातो तारा डट कम,निर्वाचनका लागि आयोगको नेतृत्व, हामी सबैको दायित्व’ स् आयुक्त डा। तुलाधर |

निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगको नेतृत्व र हामी सबैको दायित्व रहने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा आज निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममको उद्घाटन गर्दै आयुक्त तुलाधरले संविधान र कानूनले दिएको अधिकार र कार्यक्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको उल्लेख गर्दै उहाँले यस क्रममा सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्व दिइएको बताउनुभयो । निर्वाचनलाई सफल बनाउने कार्य आयोग एक्लो प्रयासबाट सम्भव नहुने भएकाले निर्वाचनका विभिन्न चरण र प्रक्रियाहरूमा भएका सही सूचनालाई प्रवाह गरेर आयोग र मतदाताबीच सेतुको कार्य गर्न पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभयो ।

निर्वाचनका क्रममा सही सूचनाको संवाहक सञ्चारकर्मीहरू नै हुन् । सञ्चारकर्मीका सही सूचना हाम्रा लागि कोसेढुंगा हुनेछ ।’ आयुक्त डा। तुलाधरले भन्नुभयो, ‘आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत रहेको छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ । त्यस अर्थमा आयोग र सञ्चारको सम्बन्ध नङ र मासुजस्तै रहेकामा हामी स्पष्ट रहेका छौँ ।’

आयुक्त डा। तुलाधरले आयोगले निर्वाचनका क्रममा समानुपातिकतर्फको मतपत्र ढुवानी लगभग सम्पन्न भइसकेको र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ कार्य भइरहेको जानकारी दिँदै उहाँले आयोगले प्रेस अफिस, कल सेन्टर, इ बुलेटिनजस्ता संयन्त्रको माध्यमबाट सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको अवगत गराउनुभयो ।

आयुक्त तुलाधरले निर्वाचनका चरणहरूमा पनि सञ्चार क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर सन्तुलित र आधिकारिक सूचना दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिताको पालना सबैले गर्नुपर्ने र आचारसंहिता उल्लंघन भएका सही सूचना दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।


विराटनगर कातिक १२ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा छठ पर्वको तयारीका विषयमा जानकारी लिन विभिन्न नहर र खोलाको अनुगमन गरिएको छ ।

मेयर कोइरालाको नेतृत्वमा शनिबार बिहान उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले छठका लागि महानगरले गरेको सरसफाई, घाटको तयारीलगायतको अनुगमन गरेको हो । टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिंघिया खोलाको अनुगमन गरेको थियो । सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहोर तत्काल हटाउन मेयर कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिनु भएको थियो ।

अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाई गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए । उनीहरुले हरेक वर्ष यसरी नै सफाई गरिदिन आग्रहसमेत गरेका थिए । स्थानीयले महानगरले छठलाई उच्च महत्व दिएर नहर र खोलाको सरसफाई गरेकोमा धन्यवादसमेत दिएका थिए । मेयर कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भयो ।  

 

 


विराटनगर । रातो तारा डट कम, मोरङ क्षेत्र नम्बर ४(ख) बाट उम्मेदवार बनेका नेकपा एमालेका नेता जीवन घिमिरेले चाडबाडमा पनि चुनावी अभियानलाई तिब्र बनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि घिमिरेले चुनावी अभियानलाई मतदाता भेटघाट लक्षित गरेका हुन्  ।

मतदाता भेटघाटका क्रममा कटहरी गाउँपालिका वडा नम्बर ३ की सुनिता कामतले घिमिरेलाई विकासका मुद्दा अघि सार्न सुझाईन् ।  यस अघि निर्वाचित भएर गएपछि धेरै निर्वाचित  जनप्रतिनिधि नफर्किने गरेकोमा घिमिरे नियमित आउने र दुखसुखको साथी बनेकोमा खुसी ब्यक्त गरिन् । गाउँघरमा नै आउने भेट्ने गरेकामा प्रशंसा गर्दै आगामी निर्वाचनबाट थप थप नयाँ योजना ल्याउन आग्रह गरिन् ।

यसरी अहिलेसम्म नागरिकका समस्या सुन्न कोही जनप्रतिनिधि पनि नआएको अबस्थामा तपाई नियमित भेटघाटमा आउनु भएको छ, उनले भनिन्, हिजो पनि जिताएर पठाएको हो, भोली पनि गाउँका सबैजना सहयोग गरेर जाने पक्षमा छन् ।’

कटहरीकै विकास राजवंशीले राजबंशी समुदायको भवन निर्माणमा सरकारमा रहँदा गरेको सहयोग सम्झिए ।  जातीय नारा मात्र लगाउने तर काम नगर्ने प्रबृति  तोडिएको उनले बताए । नागरिकका आबश्यकताको पहिचान नै नहुने गरेको अबस्थामा यो बिचमा राजबंशी समुदायको साँस्कृतिक भवन निर्माणसँगै संस्कृतिको संरक्षणका लागि कार्यक्रमहरु गर्नमा  घिमिरेको योगदान महत्वपुर्ण रहेको उनले बताए ।   मतदाता भेटघाटका क्रममा घर घरमा पुगेका जीवन घिमिरेले नागरिकका धेरै अपेक्षाहरु रहेको भएपनि केही काम गर्न सकेको र बाँकी कामहरु  पुरा गर्दै जाने बताए ।  ‘धेरै कामहरु मैले मेरो निर्वाचन क्षेत्रमा गरेको छु, उनले भने, बाँकी रहेका केही कामहरु निर्वाचन पछि पुरा गर्दै लग्नेछु ।’  २०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट घिमिरे भारी मतका साथ निर्वाचित भएका थिए ।  उनले बिगतका ५ बर्षमा आफ्नो निर्वाचन क्षेत्रमा धेरै काम गरेर   नागरिकको मन जित्न सफल भएको मतदाताले नै बताउने गरेका छन् ।


विराटनगर ११ कार्तिक । मोरङ क्षेत्र नं. ६ (२) बाट नेकपा एमालेका उम्मेद्वार पर्शुराम बस्नेतले यस क्षेत्रका जनतासँगै आफ्नो भविष्य पनि जोडिएको बताउनु भएको छ ।

आफु पनि यसै क्षेत्रको बासिन्दा रहेको भन्दै उहाँले यहाँका जनतालाई समस्या हुदाँ आफुलाई पनि हुने बताउनु भयो । चुनावी अभियानका क्रममा क्षेत्रका जनताको घरदैलोमा पुग्दै बस्नेतले यस क्षेत्रको विकास र यहाँका समस्या समाधानका निम्ति आफु दिनरात जनताकै माझमा रहेर हिड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विकास निर्माण, सामाजिक समस्या हरेक हिसावले यस क्षेत्रका जनतासँग प्रत्यक्ष आफु जोडिने भएकाले आफ्नो र सन्ततीको भविष्यका लागि पनि इमान्दारिता पूर्वक काम गर्ने उहाँले बताउनु भयो । यसअघि अन्यत्रका व्यक्ति उम्मेदवार बन्दा यहाँका जनताको भावना बुझ्न नसकेको सर्वत्र गुनासो आइरहेको बेला बस्नेतले भन्नु भयो ‘तपाईंका समस्या समाधान गर्न तपाईंकै क्षेत्रको उम्मेदवारलाई जिताउने दायित्व पनि तपाईंहरु कै हो ।’

दशकांैदेखि यहि रहेर जनताका हरेक दुखसुखको साथी बन्दै आएको भन्दै उहाँले आफ्नो क्षेत्रका तमाम समस्याहरुलाई राम्रोसँग बुझेको बस्नेतले बताउनु भयो । जनतालाई झुटो आश्वासन नदिने भन्दै क्षमता र कानुनले दिएसम्मको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यस बाहेक तीनै तहको सरकारसंग समन्वय गरी जनताका समस्या समाधानका लागि लाग्ने बताउनु भएको छ ।


विराटनगर कातिक ११ गते । विराटनगर प्राईम राउण्ड टेबल–१० ले ज्योती आधारभुत विद्यालयको भवन निर्माण गर्ने भएको छ ।  

विराटनगर–४ स्थित खारजीमा टेबलका पूर्वअध्यक्ष स्वं सुनिलकुमार टीवडेवालाको स्मृतिमा विद्यालयको भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि विद्यालयका प्रधानाध्यापक भीमप्रसाद पौडेल र विराटनगर प्राईम राउण्ड टेबल–१० का अध्यक्ष राघव राठी बीच शुक्रबार सम्झौता समेत भएको छ । लगभग ३५ लाख लागतमा दुई हजार दुई सय बर्ग फिटको दुई कोठे भवन निर्माण गर्न लागिएको विराटनगर प्राईम राउण्ड टेबल–१० का अध्यक्ष राठीले जानकारी दिए ।

विद्यालय प्रयोजनका लागि बनाएको भवनको माथिलो तल्लामा विद्यार्थीहरुको शारीरिक र मानसिक विकासका लागि हल निर्माण समेत हुने उनले बताए । विद्यालय र विराटनगर प्राईम राउण्ड टेबल–१० बीच भएको सम्झौता अनुसार विद्यालयको भवन सक्दो छिटो निर्माण गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा राउण्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष राहुल अग्रवालले बाल बालिकाहरुलाई बस्न र बढ्नका लागि शिक्षाको क्षेत्रमा राउण्टेल सहयोग गरेको बताए ।  शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा राउण्डलले अग्रनीय रुपमा काम गर्दै आई रहेको उनले दाबी गरे ।

सम्झौता कार्यक्रममा विराटनगर महानगर पालिका वडा नंः ४ का वडाअध्यक्ष जितन थापा, राउण्ड टेबल नेपालका केन्द्रीय महासचिव दिवस सुवेदी, कोषाध्यक्ष, साकेत मुरारका, जिल्ला शिक्षा समन्वय समिति मोरङका प्रमुख टंकप्रसाद गौतम, विराटनगर प्राईम राउण्ड टेबल–१० का सचिव माष्कर सोनी, मोरङ व्यपार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दरा लगायतले शुभकामना व्यक्त गरे ।


विराटनगर कातिक ११ गते । विराटनगर महानगरपालिका–६ झरना चोकस्थित सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरमाथि अवैध तरिकाले धमाधम सेल्फी पुल निर्माणको काम भइरहेको छ । 


पुल निर्माणका नाममा मतदाता प्रभावित पार्न निर्वाचनको मुखमा अवैध संरचना तयार भइरहे पनि सरोकारवाला निकाय मौन छन् । सिँचाई आयोजनासँग अनुमति नलिइकन निर्वाचन आचार संहिता मिचेर सार्वजनिक सम्पत्ति कब्जा गर्दै पुल बनाइएको हो । अहिलेसम्म स्वीकृत बजेटमा समेत नरहेको पुल निर्माणको काम पछिल्लो एक सातादेखि तीव्र गतिमा भइरहेको छ । निर्माण अन्तिम चरणमा पुगेको छ । 

पुल निर्माणको विवादित योजना प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ल्याएका हुन् । गत आर्थिक वर्ष २०७८÷०७९ को अन्तिममा कार्कीले आफ्नो संसद विकास कोषबाट बजेट विनियोजन गराएका थिए । 

१० लाख ६९ हजार एक सय ९१ रूपैयाँ लागत अनुमान गरिएको पुलको शीलान्यास वडाध्यक्ष अक्षयलाल भनिने हरिश्चन्द्र सहनीलाई सँगै राखेर मन्त्री कार्कीले नै गरेका हुन् । ५ दिनभित्रमा काम सम्पन्न गर्ने सम्झौता महानगरसँग गरी असार १९ गतेबाट ३२ फिट लम्बाई र ६ फिट चौडाईको पुल निर्माण थालिएको थियो । 

तर समयमा पुल निर्माण सम्पन्न भएन । बजेट फ्रिज भयो । ३० प्रतिशतजति मात्रै काम सकेर भुक्तानी भने पूरै लिने प्रयास गरिएको थियो । अपूर्ण रहेको योजनाको काम सकिएको भन्दै वडाध्यक्ष सहनीले सरकारी छाप र लेटरप्याडको दुरुपयोग गरेर बिलसहित भुक्तानीका लागि महानगरलाई सिफारिस गरेका थिए । 

निर्माण सम्पन्न भएको भनेर वडाले सिफारिस दिँदै गर्दा भुइँमा सोलिङ गरी सिमेन्टले ढुंगा जोडाइ गरेर पिलर उठाइएको थियो । अनियमितताको प्रयास गरिएको योजनाको अहिलेसम्म कुनै छानबिन र कारबाही प्रक्रियासमेत अघि बढाइएको छैन । 

त्यही बेलादेखि अलपत्र परेको पुल कुनै स्वीकृत योजनाबिनै अहिले धमाधम बनाउने काम भइरहेको हो । पुल निर्माणस्थल मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ । सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसका तर्फबाट कार्की क्षेत्र नम्बर ६ ‘ख’बाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् । 

निर्वाचन क्षेत्रका मतदातालाई प्रभावित पार्न उनकै अग्रसरता र वडाध्यक्ष सहनीको रोहवरमा रातारात काम अघि बढाइएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार मन्त्री कार्की बिहीबार साँझतिर पुल निर्माणस्थलमा आफैँ पुगेका थिए । वडाध्यक्ष सहनीसहित आफूनिकटका केही व्यक्तिसँग छलफल गरेर उनी फर्किएको स्थानीय बताउँछन् । 

मतदातालाई प्रभावित पार्ने अभिप्रायले चुनावका मुखमा सार्वजनिकस्थल कब्जा गरेर यसरी काम गरिनु निर्वाचन आचार संहिताविपरीत हो । वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा संचालन समेत गर्न नपाइने आचार संहितामा उल्लेख छ । यसो गर्दा मतदात प्रभावित हुने ठहर निर्वाचन आयोगको छ । 

तर आचार संहिताको धज्जी उडाउँदै जनप्रतिनिधिकै सक्रियतामा अपारदर्शी ढंगले अवैध पुललाई पूर्णता दिने काम भइरहेको गुनासो स्थानीय गर्छन् । सत्ता र शक्तिको दुरुपयोग गर्दै नहरमाथि सेल्फी पुलको ‘तमासा’ देखाएर आचार संहिताको ठाडो उल्लंघन गर्दै अपारदर्शी काम भइरहँदा पनि सम्बन्धित निकाय मौन रहनु आश्चर्यको विषय भएको स्थानीय सुरज रसाईली बताउँछन् । 

‘नियमविपरीतको योजना ल्याएर यसअघि सरकारी पैसा दुरुपयोगको प्रयास गरियो,,’ रसाईली भन्छन्, ‘त्यतिबेला काम रोकिए पनि अहिले चुनावको मुखमा पुल बनाउनथाल्नु निर्वाचनकानुनको ठाडोउल्लंघनहो ।’ स्वीकृत योजनामा नभएको पुल जनप्रतिनिधिको मिलेमतोमा निर्माण गरेर मतदातालाई प्रभावित पार्ने प्रयास भइरहेको रसाईलीले बताए । 

‘प्राविधिकि स्टिमेट बिना नै पुल बनाइँदै छ । पुलको गुणस्तरमा समेत प्रश्न उठेको छ,’ रसाईलीले भने, ‘यसले भोलिका दिनमा धेरै समस्या ल्याउन सक्छ । नहरमाथिको अवैध संरचनाका कारण बर्खाका बेला बस्ती डुबानमा पर्ने खतरा छ ।’ उपभोक्ता समितिमार्फत पुल निर्माण अघि बढाउनुपर्नेमा यसअघि नै ठेकेदार कम्पनी एबड्स एण्ड मोडल किचेनमार्फत निर्माण सुरु गरिएको थियो । 

उपभोक्ता समितिमा अरु भए पनि आफूले ठेक्का लिएर काम गरेको ठेकेदार ललन मण्डलले बताए । ‘पुल निर्माणका लागि आवश्यक पर्ने सबै सामग्री खरिद भइसकेको थियो । मेरो धेरै लगानी लागिसकेको छ । तर महानगरले काम सम्पन्न गर्न दिएन,’ उनले भने, ‘अहिले स्थानीयबाट सहयोग लिएर निर्माण अघि बढाइएको हो । कोसँग कति सहयोग लियौं भन्ने रेकर्ड चैँ राखिएन । यसमा वडाध्यक्ष सहनी र मन्त्री कार्कीको पनि साथ छ ।’ 

‘पुल बनाउन कसैले रंग सहयोग गरे । कोहीले सिमेन्ट दिए,’ मण्डल भन्छन्, ‘मजदुरलाई दिन १–२ जनासँग मात्रै पैसा उठाएका छौँ । सबै विवरण सार्वजनिक गर्न आवश्यक छैन ।’ ठेकेदार मण्डलले पुल निर्माणमा वडाध्यक्ष सहनी र मन्त्री कार्कीले व्यक्तिगत लगानी गरेको संकेत गरे । 

मण्डलले आफूलाई चुनावको विषय थाहा नभएको बताए । पुलका लागि ल्याइएका सामानमा खिया लाग्न थालेकाले काम सुरु गरिएको उल्लेख गर्दै उनले निर्माण रोक्नु भनेर कतैबाट पनि निर्देशन नआएको बताए । निर्माणको अनुगमनदेखि लिएर सबै कुरामा वडा कार्यालयले सहयोग गरिरहेको उनी बताउँछन् । 

स्थानीय सन्तोष साहले अपादर्शी हिसाबबाट उपयोगिता बिनाको पुल बनाउने काम भएको बताए । नियमविपरीत पुल बनाइएको र निर्माणस्थलमा कुनै सूचना बोर्ड पनि नराखिएको उनको भनाइ छ । स्थानीय सरकार संचालन ऐन अनुसार उपभोक्ता समितिसँग सम्झौता गरिएको काम ठेकेदारले गर्न नपाउने नियम रहेको साह बताउँछन् । 

‘योजनामा सुरुदेखि नै अनियमितता भयो । त्यहाँमाथि पुल नै अवैध रहेको खुल्यो । अहिले त योजना बिनै चुनावका मुखमा मतदाता प्रभावित पार्ने काम भइरहेको छ,’ उनी भन्छन्, ‘त्यसमा स्थानीय सरकारकै मिलेमतो छ । सरोकारवाला रमिते बनेका छन् । स्थानीयले विरोध गरेपनि सुनुवाइ हुँदैन ।’ 

वडाध्यक्ष सहनीले भने स्थानीयसँग पैसा उठाएर कुनै पनि सरकारी जग्गामा संरचना बनाउँदा विरोध गर्न नमिल्ने दाबी गरे । ‘पुल निर्माण सरकारको पैसाले गरेको हैन । स्थानीय जनताबाट पैसा उठाएर गरेको हो,’ उनले भने, ‘सार्वजनिक हिसाबमा सबैले प्रयोग गर्न मिल्ने गरी पुल बनाइएको छ । विकासको विरोध गर्नु ठीक हैन ।’ सार्वजनिक जग्गामा सबैको हितका लागि सर्वसाधारणले लगानी गर्न पाउने जिकिर सहनीको छ । 

आफ्नो सुविधाका लागि जनताले नै पुल बनाएको उनले बताए । ‘जनताको सुविधाका लागि महानगरको मापदण्ड अनुसार नै काम भइरहेको छ । देशको सबैभन्दा ठूलो सेल्फी पुल बन्दै छ,’ सहनीले भने, ‘पुल बनेपछि सर्वसाधारणलाई आवतजावत गर्न सहज हुन्छ । सार्वजनिक जग्गामा जनताले लगानी गरेका काराण यसमा कुनै हस्तक्षेप गर्न मिल्दैन ।’ 

अर्कोतर्फ पुल निर्माणका नाममा बनाइएको अवैध संरचना हटाएर नहर खाली गर्ने काम पनि सम्बन्धित निकायले गरेको छैन । नहर अतिक्रमण हुँदासमेत सुनसरी–मोरङ सिँचाई आयोजना मौन बसेको छ । दुवैतिर उठाइएको पिलरले नहरको लगभग ४० प्रतिशत क्षेत्रलाई असर पुगेको स्थानीय बताउँछन् । 

बर्खाको समयमा नहरको बहाव थुनिने तथा बस्ती नै डुबानमा पर्ने गरी कार्यकर्ता र आसेपासेलाई पोस्नका लागि मन्त्री कार्कीको अगुवाईमा पुल निर्माण थालिएकाले आयोजनाले मौन समर्थन गरेको स्रोतले बतायो । कंक्रिट संरचना हटाउनेतर्फ ध्यान नदिएकाले आयोजनाको भूमिका नै शंकास्पद देखिएको स्थानीय बताउँछन् । 

आयोजाका प्रमुख भीलानन्द यादवले पुल निर्माणमा रोक लगाइएको दाबी गरे । ‘पुल निर्माणमा यसअघि नै रोक लगाइएको छ । प्राविधिकबाट स्थलगत अनुगमन पनि गराइयो,’ उनले भने, ‘पुलको संरचनाले नहरमा केही असर पुगेको छ । तर हटाउने प्रक्रिया भने सुरु भइसकेको छैन ।’ 

नियमविपरीतको पुलका विषयमा जनगुनासो भने आइरहेको यादवको भनाइ छ । ‘पुल बनाउने अनुमति  हामीले दिएको छैन । चुनावका बेला धमाधम काम अघि बढाउनु राजनीतिक फण्डा हुनसक्छ,’ उनले भने, ‘अब अनुगमन गर्छौं । नहरलाई असर पुगेको रहेछ भने हटाउँछौं ।’

निर्वाचन आचार संहिता अनुगमन समिति मोरङकी अनुगमन अधिकृत तनुजा पोखरेलले चुनावका बेला विकासका नाममा स्वीकृत योजना बिनै संरचना बनाउनु निर्वाचन आचार संहिताको उल्लंघन भएको बताइन् । ‘आचार संहिताको उल्लंघन भयो भनेर सेल्फी पुलको विषयमा धेरै जनगुनासा आइरहेका छन् । यस विषयमा बुझेर जानकारी गराउन महानगरलाई पत्राचार गरिसकिएको छ,’ उनले भनिन्, ‘महानगरबाट जवाफ आइसकेको छैन । हामी पनि स्थलगत अनुगमन गरेर थप कुरा बुझ्दै कारबाही अघि बढाउँछौं ।’  

पोखरेलका अनुसार सार्वजनिक सम्पत्तिमा निजी लगानी लगाउनु भनेको मतदाता प्रभावित पार्नु हो । चुनावका बेला मतदाता प्रभावित हुने काम गर्न पाइँदैन । आचार संहिताको उल्लंघन पुष्टि भएमा १ लाखसम्म जरिवाना र कसूरको प्रकृति हेरेर उम्मेदवारी खारेजी हुनेसम्मको प्रावधान छ । 


बिराटनगर, कार्तिक १० गते । मोरङ र झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बिहान पौने १० बजे मोरङको कानेपोखरी गाउँपालिका(६ स्थितमा प्रदेश १(०२(००३ त १५७८ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरका चालक कानेपोखरी(४ का ५० बर्षीय ज्ञान बहादुर लुङ्गेली मगर गम्भिर घाईते भई उपचारको लागि बि।पि।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने सोही दिन बेलुका ६ बजे शिवसताक्षी नगरपालिका(९ स्थित पुर्व पश्चिम राजमार्गमा बिर्तामोड तर्फ जाँदै गरेको मे। १ ख २३२१ नम्वरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको  प्रदेश १(०१(०१२ प ४९९६ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक  दमक नगरपालिका(६ का २३ बर्षीय रोनि बोसको द्य७ऋ अस्पताल बिर्तामोडमा उपचारको क्रममा  मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मेचिनगर(१४ का बिकाश राईलाई प्रहरीले नियन्त्रणमा लिई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


 दमक कातिक ९ गते | रातो तारा डट कम,झापाको दमकमा नेपाल संवत् ११४३ प्रारम्भको दिन न्हँु दँया भिन्तुना (नयाँ वर्षको शुभकामना ) आयोजित एक कार्यक्रमका वक्ताले नेपाल संवत् श्रेष्ठ समुदायको मात्र नभएर सबै नेपालीको पर्व भएको बताएका छन् । 

नेवा ःदेय दवु, झिगु समाज दमक नगर कमिटी ,सुर्यीद्धय नेवा पुच र नेवा खल दमकको संयुक्त आयोजनामा भएको कार्यक्रमका वक्ताले राष्ट्रिय विभूति शंखधर साख्वाले चलाएको नेपाल सम्वत् एउटा जाती समुदाय  मात्र नभइ सम्पूर्ण नेपालीको भएको बताएका हुन् । शंखधर साख्वाले बि.स.९३७ (इस८८०)मा गरीव जनताको ऋणमोचन गरी नेपाल संवत् शुरुवात गराएका कारण उहाँलाई नेपाल सम्वत्को प्रर्वद्धक मानिन्छ |


कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाको नगर प्रमुख राम थापाले एउटा नेपालीले शुरु गरेको नेपाल सम्वत् भए पनि यसलाई राज्यले महत्व दिन नसकेको बताउनु भयो । 


कार्यक्रमका संयोजक राम प्रधानको अध्यक्षता भएको कार्यक्रमकी अथिथि नगर उपप्रमुख रेगिना भटराई प्रसाईले यस सम्वतलाई श्रेष्ठको मात्र नभएर सबैको सम्वत् बनाउन नगरपालिकाले सहयोग र सहकार्य गर्ने बताउनु भयो ।


 प्रत्येक वर्षको कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४३ लाई फुलवारी भित्रको सबै फूल झै फुलाउन र फुलाउन सरकारले प्राथमिकता दिनु पर्ने दमक ६ का वडाअध्यक्ष टेक बहादुर थापाले बताउनु भयो । तिथिमा आधारित नेपाल सम्वत् रहेको हुदा यसलाई नेवारहरुको मात्र सम्वत भनेर नबुझन आग्रह गर्दै राष्ट्रिय सम्वत बनाउनु पर्ने नेवा ः देय दबु झापाका कोषध्यक्ष तिर्थ श्रेष्ठले बताउनु भयो । 

 कार्यक्रममा झिगु समाज दमकका अध्यक्ष दिलिप श्रेष्ठले नेपाल सम्वतको महिनाको  गणना चन्द्रमासवाट शुरु हुने बताउदै औशीवाट शुरु भइ अको औशीमा पुगेर महिना अन्त हुने बताउनु भयो । भारतवाट शुरु भएको वि.स.लाई तत्कालिन शासकहरुले प्रयोगमा ल्याएर नेपाल सम्वत्लाई ओझेलमा पारेको अध्यक्ष श्रेष्ठले गुनासो गर्नु भयो । झिगु समाजका नरेन्द्र श्रेष्ठ लगायतले नेपाल सम्वत्को सन्र्दभमा बोल्नु भएको नेवा ःदेय दवुका दमक नगर सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिनु भयो ।


झापा, कार्तिक ९ गते । रातो तारा डट कम,
 झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-३ स्थितमा चेक जाँचको क्रममा मे.५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-९ झापाका २६ बर्षीय अजय माझी र २८ बर्षीय अर्जुन राजबंशीलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको  छ  भने अस्थायी प्रहरी पोष्ट बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगाउन छेउमा संकित अवस्थामा रहेका अर्जुनधारा-११ का  ३४ बर्षीय दिनेश दर्जी र ३८ बर्षीय राज कुमार कार्कीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट २१ ग्राम ब्राउन सुगर बरामद भए संगै  पक्राउ गरेको  हो । ब्राउन सुगर सहित पक्राउ परेका चारै जनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  । 

 



उदयपुर, कार्तिक ९ गते ।रातो तारा डट कम, 
उदयपुरको दुई स्थानमा मोटरसाईकल दुर्घटनाहुदा २ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बेलका नगरपालिका-१ स्थितमा प्रदेश १-०२-०४६ प ४५३६ नम्वरको मोटरसाईकल आफै अनियन्त्रिय भई दुर्घटनाहुँदा मोटरसाईकल चालक स्थानिय ३५ बर्षीय धन बहादुर तामाङ घाईते भई उपचारको लागि स्थानिय स्थास्थ्य चौकी लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

यसै गरी साँझ साढे ७ बजे कटारी नगरपालिका-११ स्थित सगरमाथा राजमार्गमा अनटेष्ट मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक कटारी-११ का २४ बर्षीय यम्बर बहादुर श्रेष्टको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरलेजनाएकोछ ।


दमक,कात्तिक ८ गते | रातो तारा डट कम,इलामको माङसेबुङ स्थित लालीगुराँस युवा क्लवले प्रथम अठासी गोल्डकप फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । १३८ औं फाल्गुनन्द जयन्तीको अवसरमा माङसेबुङमा  गोल्डकप प्रतियोगिता हुने भएको हो । 

१६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा माङसेबुङको नेनेदेन मझुवा  स्थित निङ्बोदेनको खेलमैदानमा फुटल खेल प्रतियोगिता आयोजना गरिने आयोजक लाली गुरास युवा क्लवले आज पत्रकार मञ्च दमकको सभामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।  

क्लवका अध्यक्ष गजिन्द्र योङहाङले कात्र्तिक १८ गतेदेखि २५ गते सम्म सञ्चालन हुने प्रतियोगिताकोवारेमा जानकारी गराएको हो । प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १सय रुपैयाँ पुरस्कार सहित ट्रफी र प्रमाण पत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १सय १ पाउने छन् । 

प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिक स्थल अठासी देवीको प्रवद्धन गर्ने उदेश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष योङहाङले बताउनु भयो । 

९ लाख खर्च हुने प्रतियोगितामा सहभागी हुने टोलीले कात्तिक १६ गते भित्र इन्टी गर्नु पर्ने छ । 

प्रतियोगिताकोवारेमा  पालिमा आधिकारिक जानकारी प्राप्त नभएको भए तापनि खेलकुद क्षेत्रको बिकासका लागि माङसेवुङ गाउँपालिका सदैव सकारात्मक रहेको पालिका सदस्य  एवम् प्रवक्ता सुशन राईले जानकारी दिनु भयो ।


दमक, कात्तिक ८ गते | रातो तारा डट कम,झापाको दमक ३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा रहेको बौद्ध गुम्वा एक कार्यक्रमका बीच कात्तिक २९ गते उद्घाटन हुने भएको छ ।

ड्रुक साङाक थार्पालिङ्ग सार्वजनिक बौद्ध गुम्बा दमक ३ ले आज पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी बौद्ध गुम्वा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जानकारी दिइएको हो ।पत्रकार सम्मेलनमा बोल्दै गुम्वाका अध्यक्ष राजमान गुरुङले पुर्नवास कार्यक्रम अन्तर्गत अमेरिका लागयतका देशमा गएका शरणार्थीहरुको सहयोगमा बौद्ध गुम्वा निर्माण सकिएको  बताउनु भयो । 

४५ लाख रुपैयाँको लागतमा गुम्बा निर्माण गरिएको गुरुङले बताउनु भयो । केही संरचनाको थोर बहुत काम बाँकी रहेको बताउनु भयो । पत्रकारहरुको जिज्ञासामा स्वच्छिक रुपमा स्थानिय नेपाली दाजु भाई दिदी बहिनीले सहयोग गरेको अध्यक्ष गुरुङले बताउनु भयो । 

कात्र्तिक २९ गतेदेखि मंसिर १ गते सम्म विधिवत पुजा गरेर गुम्बाको उद्घाटन गरिने पत्रकार  सम्मेलनमा आयोजक समितिले जनाएको छ । सो गुम्वा सन् १९९७ मा स्थापना गरिएको त्यस वेला बाँसको वेराले बनाइएको थियो । बौद्ध धर्मावलम्वी शरणार्थी समुदायका लागि यो गुम्वा पवित्र स्थल हो । त्यसैले यसको  औपचारि उद्घाटन पुजा ल्हाबाबा दुछेन अर्थात बुद्धको अवतार भएको दिनमै गरिने अध्यक्ष गुरुङको भनाई छ । 

सिक्किम स्थित देउराली गुम्वाका अवतारी बौद्ध लामा छोगत्रुल कुन्जाङ तेन्पाई ग्याल्छेनवाट गुम्बा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कुन्जाङ तेन्पाई ग्याल्छेनवाट गुम्वा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने पोखराका खेम्पो श्रीलामा थुप्तेन हिसेवाट प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।


विराटनगर कातिक ८ गते | रातो तारा डट कम, विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गरेको छ ।

चितवनमा आयोजित कार्यक्रममा पत्रकारसमेत रहेका नवोदितलाई परिषद्ले १५ हजार ४५ रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरेको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा भाषाविद् प्रा.डा. चूडामणि बन्धु, अग्रज साहित्यकार गोविन्दराज विनोदी, आयोजक संस्थाका अध्यक्ष केदारनाथ खनाल, निवर्तमान अध्यक्ष सुरेन्द्र अस्तफललगायतले दोसल्ला संयुक्त रुपमा दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितासँगै साहित्यमा सक्रिय नवोदितको ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’ गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । नेपाल सरकारले युवा स्रष्टालाई दिने सबैभन्दा प्रतिष्ठित पुरस्कार युवावर्ष मोती पुरस्कारबाट समेत सम्मानित भइसकेका नवोदित पत्रकारितामा समेत सक्रिय छन् । सो अवसरमा नवोदितले ‘रिटायर्ड जिन्दगी’, ‘बा हुनुको अर्थ’ र ‘छुटी जानेहरू’ शीर्षकका कविता वाचन गरेका थिए ।

२०७३ सालबाट निरन्तर रूपमा प्रदान गर्दै आएको सो पुरस्कार चिसापले यसभन्दा अघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदन, विश्वनाथ अधिकारी, विमल वैद्यलाई प्रदान गरिसकेको छ । पुरस्कारको स्थापना सरस्वती रिजाल र स्वर्गीय उपेन्द्र रिजालले आफ्ना दिवंगत मातापिताको नाममा स्थापना गरेका हुन् ।


बिराटनगर, कार्तिक ८ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष श्रीमती कल्पना गिरी तथा संघका पदाधिकारीहरुले बिराटनगर स्थित मानव सेवा आश्रममा आस्रित आमाहरुलाई भोजन गराउनु भएको छ ।

सेवा नै धर्म हो,भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार आज बिहान प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले आश्रममा रहेका बृद्धा असाह्य आमाहरुलाई बिहानको भोजन गराउनु भएको हो ।

प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले मानव सेवा आश्रमले बेसहारा, असाह्य, अनाथ, अभिभावक विहीन तथा सडक आस्रित मानवको उद्धार गरी सेवा प्रदान गरिरहेकोमा मानव सेवा आश्रमलाई हृदय देखि धन्यवाद दिनु हुदै १ नं। प्रदेश प्रहरी श्रीमती संघ पनि यस्ता बिविध सामाजिक कार्यहरुमा निरन्तररुपमा हातेमालो गर्दै मानव सेवाको लागि कल्याणकारी कार्यहरु गर्दै रहने कुरा बताउनु भयो ।


पोखरा | रातो तारा डट कम, निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूलेनेतृत्वदायी भूमिका निर्वाहगर्नुपर्नेबताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको ६ गते पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकोले आशन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानूनको दृष्टिमा नमिल्ने कुरा भएको समेत आयुक्त भण्डारीले स्पष्ट गर्नुभयो ।

आयुक्त भण्डारीले भन्नुभयो, ‘स्पष्टीकरण सोध्नु नै आचारसंहिता उल्लंघनकर्तालाई कारबाही भएको नभई निज विरुद्ध परेको उजुरीमा प्राकृतिक न्यायको सिद्धान्त बमोजिम सुनुवाइको मौका दिइएको र मौकामा प्रतिक्रिया पेश गरेपछि आयोगले संकलन गरेको प्रमाण र निजले पेश गरेको प्रतिक्रियालाई विश्लेषण गरी आयोगबाट हुने निर्णयलाई मात्रै निजलाई हुने कारबाही ठहर हो ।’ उहाँले त्यसपछि मात्रै आचारसंहिता उल्लंघनकर्तालाई कसुरदार ठहर गर्ने वा सफाइ दिने निर्णय मात्र अन्तिम निर्णय भएकाले यसलाई राम्रोसँग बुझ्न आग्रह गर्नुभयो ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन होला कि नहोला भन्ने आशंकाबीच सञ्चार जगतले निरन्तर निर्वाचनका पक्षमा खबरदारी गरेका कारण तोकिएको मितिमा अभूतपूर्व रूपमा निर्वाचन सम्पन्न हुन सकेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले संविधान, कानून, ऐन, नियम, निर्देशिका मात्रै चिन्ने बताउनुहुँदै आयुक्त भण्डारीले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन लागू गरिने बताउनुभयो ।

सञ्चारकर्मीहरूले सम्प्रेषण गर्ने समाचार हरेक मतदाताको हातहातमा पुग्ने भएकाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सहयोग पुग्ने समाचार सम्प्रेषण गर्न आयुक्त भण्डारीले आग्रह गर्नुभयो । सञ्चारमाध्यमका लागि उम्मेदवारी मनोनयन गराएका सबै उम्मेदवार बारबार हुने भएकाले कसैको पक्ष वा विपक्षमा समचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालमार्फत प्रवाह हुनेसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले यस्ता अभिव्यक्तिलाई सञ्चारमाध्यमले स्थान दिन नहुने उहाँले बताउनुभयो । यही कात्तिक १७ पछि जब राजनीतिक दलले आमसभा, कोणसभा, भेला, (याली, गोष्ठी तथा सेमिनार गरेर निर्वाचन प्रचारप्रसार गर्न थाल्नेछन् त्यसपछि आचारसंहिता उल्लंघनका घटना बढ्न सक्ने भएकाले सञ्चारमाध्यम चनाखो भएर रिर्पोटिङ गर्नुपर्ने उहाँले बताउनुभयो ।

आयोगले आचारसंहिता उल्लंघनको सूचना तथा उजुरी विभिन्न माध्यमबाट लिन सक्ने भएकाले मिडियाबाट सम्प्रेषण हुने समाचार तथा सूचनालाई आधार मानेर आचारसंहिता उल्लंघन गर्नेहरूमाथि आयोगले छानबिन र कारबाही गर्ने बताउनुभयो । निर्वाचन आचारसंहिता राजनीतिक दलहरूको सहभागितामा बनाइएको र सोको कार्यान्वयन गर्न दलहरूले प्रतिबद्धता जनाइसकेको अवस्थामा यसको पूर्ण कार्यन्वयन हुन सकेमा निर्वाचन पूर्णरूपमा स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण हुने आयुक्त भण्डारीले बताउनुभयो ।

निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणका लागि आयोगले फेसबुकको मातृ कम्पनी मेटासँग सहकार्य गरिरहेको जानकारी दिँदै उहाँले निर्वाचनका बारेमा कसैले सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिएमा त्यसलाई सामाजिक सञ्जालबाट हटाउनेसम्मको व्यवस्था मिलाइएको आयुक्त भण्डारीले बताउनुभयो ।

आयोगको आधिकारीका सूचनाका लागि आयोगबाट सञ्चालन गरिएको इबुलेटिन, आयोगको सामाजिक सञ्जाल, प्रवक्ता तथा नीति निर्देशिकाहरू पछ्याउन उहाँले आग्रह गर्नुभयो । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनबाट देशको नीति निर्माण तहमा पुग्ने जनप्रतिनिधि चुनिने भएकाले मतदातालाई सुसूचित बनाउने गरी समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । सो अवसरमा उहाँले आयोग र आयोगका संयन्त्रलाई निरन्तर खबरदारी गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

 


दमक | रातो तारा डट कम,चाड पर्वमा अप्रिय घटना नहोस भनेर नेपाल प्रहरी हाइअलोटमा बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमण्ी पोखरेलले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आज भद्रपुरमा आयोजना गरेको दिपवाली र छठ पर्वको शुभकामना आदान प्रदान र जिल्ला प्रहरी कार्यालयले गरेको प्रगति विवरणको जानकारी कार्यक्रममा प्रहरी उपरीक्षक पोखरेलले दिपावली र छठ पर्व जिल्लावासीले 

भयरहित वातावरणमा मनाउन पाउन भनेर प्रहरी हाइअलोटमा रहेको बताउनु भएको हो । जिल्ला प्रहरी मातहतका सबै प्रहरी युनिटलाई आ–आफनो कार्यक्षेत्रमा प्रभाकारी शान्ति,सुरक्षा,सतर्कता अपनाउन निर्देशन पनि दिएको उहाँले बताउनु भयो ।चाड पर्वमा बढी जमघट हुने बैक,वित्तीय संस्था ,मठमन्दिर लगायतका ठाउँमा सादा पोशाक र बर्दीको एक हजार ४० जना प्रहरी खटाएको  पोखरेलको भनाई रहेको छ । 

शुभकामना आदान प्रदान कार्यक्रमपछि झापाको भद्रपुर लगायतका ठाउँवाट बरामद गरी ल्याएको पट्का खाल्डोमा पुरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।पत्रकारको जिज्ञासामा पट्का बिक्री वितरणमा रोक लगाए पनि झापामा खुल्ला सिमाना भएका कारण भनेजति नियन्त्रण गर्न नसकिएको पुरै नियन्त्रणका लागि सरोकारवाला सबैको सहयोग हुनु पर्ने उपरीक्षक पोखरेलले बताउनु भयो । सोही कार्यक्रममा एसपी पोखरेलले आफुले जिल्लाको नेतृत्व लिएपछि गरेको प्रगति विवरण प्रस्तुत गर्नु भएको छ । 

एस पी पोखरेलले झापा प्रहरी प्रमुखको जिम्मेवारी सम्माहलेपछि  अवैध भन्सार छलि तस्करी नियन्त्रण,बन तथा बन पैदावरको अवैध कारोवार नियन्त्रण, अवैध रुपमा ओसार पोसार गरेको पट्का जन्य पदार्थ नियन्त्रणमा लिई नष्ट,फरार प्रतिवादी पक्राउ ,लागु औषध बरामद ,र चोरीको मोटरसाइकलहरु नियन्त्रणमा लिइ सवारी धनीलाई बुझाएको लगायतको प्रगति विवरण पत्रकार माझ प्रस्तुत गर्नु भएको प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिनु भयो । 

विष्फोटक पदार्थ सहित हिमाल सुरक्षा परिषदका ९ जनालाई पक्राउ गरी ५ जना धरौटीमा रिहा,४ जनालाई कारागार चलान,अदालतवाट मुद्धा फैसला भए पनि फरार प्रतिवादी १सय ३१ जना पक्राउ र विभिन्न स्थानवाट चोरी भएका  ३ वटा मोटरसाइकल नियन्त्रणमा लिई सवारी धनीलाई बुझाएको  प्रहरी कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।


मोहन कुमार राई, चैनपुर कार्तिक ६, २०७९साल | रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित आयुर्वेद औषधालय पोखरीद्धारा  “स्वास्थ्य पर्यावरण र समुन्नत स्वास्थ्यका लागि आयुर्वेद” भन्ने मूल नाराका साथ धनधान्यकी देवी धनवन्तरीको पूजा आरधना गरी राष्ट्रिय आरोग्य तथा धनवन्तरी जयन्ती मनाएको छ ।

औषधी विज्ञानको क्षेत्रमा भगवान धनवन्तरीबाट आयुर्वेद औषधीको प्रयोग हुँदै आएको धर्मशास्त्रमा उल्लेख भए सँगै मानिसहरुले पनि आयुर्वेद औषधीको प्रयोग गर्दै आएको चैनपुर नगर योग समितिका अध्यक्ष नरबहादुर अधिकारीले वताउनुभयो । आजकै दिन घरमा सरसफाई गरी नयाँ वस्तु सुन, तामा, झाडु नुन, बेसार खरिद गर्ने समेत प्रचलन रहेको नगर योग समिति अध्यक्ष अधिकारीले वताउनुभयो ।  

धनवन्तरी जयन्तीको अवसरमा आफु स्वस्थ्य रहे मात्र धनधान्य वन्न सकिने वताउनु हुँदै एलोपेथिक औषधीको तुलनामा आयुर्वेदिक औषधी विना साइट इफेक्ट स्थायी रुपमा रोगको निदान हुन सक्ने भएकाले यसको व्यपाक प्रचारप्रसार हुनु पर्ने कार्यक्रमका अध्यक्ष एवं चैनपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले बताउनुभयो । आयुर्वेद तथा योगको क्षेत्रमा जिल्लाको अन्य शाखा भन्दा राम्रो सेवा प्रदान गरिरहेको चैनपुर औषधालयले अझ प्रभावकारितालाई वढाउन पर्नेमा प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो ।

आयुर्वेद शाखाले चैनपुर क्षेत्रमा सेवा प्रदान गरेको प्रशासा गर्दै प्रचार प्रसारमा जोड दिन कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगर उप–प्रमुख एलिना श्रेष्ठले बताउनुभयो । कार्यक्रममा योग तथा आयुर्वेदका उपयोग, प्रयोग, प्रभावकारीता बारेमा आयुर्वेद औषधालयका प्रमुख कविराज दिनेश प्रसाद रायले वताउनुभयो । यसैगरी चैनपुर नगर योग समितिका सचिव चन्द्र प्रसाद तामाङले योग तथा आयुेर्वेदको बारेमा वताउनुभएको थियो । कार्यक्रममा चैनपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष, चैनपुर नगरपालिका पूर्व नगर प्रमुख भरत कुमार खत्री, सुरक्षाकर्मी, शिक्षक, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

 


श्याम राई, उदयपुर  गाईघाट, ६ कार्तिक वन पैदावार हानि नोक्सानी सम्बन्धि अदालतमा चलको मुद्दाको कारण उपभोक्तालाई वितरण गर्न १२ वर्ष अघि उदयपुरको एक सामुदायिक वनले कटान गरेको करोडौ मूल्य बराबरको काठ कुहिन थालेको छ । कटारी नगरपालिका–२ स्थित सीता पोखरी सामुदायिक वनले कटान आदेस लिएर उपभोक्ताहरुलाई वितरण गर्न २०६९ भदौमा झण्डै १० हजार क्यूफिट काठ काटिएको थियो । 

काठ काटेको एक सातापछि स्थानीय मन कुमारी भुजेलले उपभोक्ता समूहका पदाधिकारी माथि वन पैदावर हानि नोक्सानी गरेको भन्दै जिल्ला अदालत उदयपुरमा २०६७ भदौ ४ गते मुद्दा गरेपछि काठ विक्री वितरण प्रकृया रोकिएको थियो । उक्त मुद्दा जिल्ला पुनरावेदन हुदै सर्वोच्च अदालत पुगेपछि जाहेरीकर्ताको माग दावी अनुसार नपुग्ने भन्दै ०७१ असार २० गते उपभोक्ता समूहको संलग्नता नरहेको फैसलाभएकोथियो । समूहले मुद्दामा सफाई पाएपनि उक्त काठ उपभोक्तालाई भने विक्री वितरण हुन सकेको थिएन ।

 लामो समयसम्म जंगलमै रहेको उक्त काठ धेरै जसो हराई सकेको र झण्डै ४ हजार सेफटी भने कुहीसकेको समूहको अध्यक्ष राम प्रसाद गौतमले बताए ।‘ राम्रो काठ सबै हराईसकेको छ । केह ीभने कामै नलाग्ने भएर कुहिसकेको छ ।’ उनले भने । लामो समय सम्म मुद्दा मामिला खेप्नु परेकोले करौडौको काठ काम नलाग्ने भएको उनले बताए । ‘ हामीले काठ समयमा विक्री गर्न पाएनौ, अहिले हामीलाई धेरै नोक्सानी भएको छ । ’ उनले भने बाकी रहेको काठ पनि काम नलाग्ने भएकोले विक्री वितरण गर्न समस्या परेको उनले बताए । 

उनले अब प्रकृया पूरा गरेर उपभोक्ताहरुलाई बाकी काठ विक्री गर्ने तयारी भैरहेको बताए । गाईघाट, ६ कार्तिक आगामी मंशिर ४ गते हुन गईरहेको निर्वाचनलाई लक्षित गर्दै प्रहरीले आईतबार नमूना मतदानको अभ्यास गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको हातामा नमूना मतदान केन्द्र निर्माण गरि नमूना मतदान अभ्यास गरिएको डिएसपी राकेश कुमार पोदारले बताए । नमूना मतदानमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, एसपी ज्ञानेन्द्र फूयाल, प्रहरी कर्मचारी र तालिमरत म्यादि प्रहरुको सहभागिता रहेको थियो ।


बिराटनगर, २०७९ कार्तिक ६ गते ।रातो तारा डट कम,
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघले श्रीमती कल्पना गिरीको अध्यक्षतामा ९ सदस्य कार्य समिति पदाधिकारीको गठन गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज भएको संघको भेलाले ९ सदस्य पदाधिकारीहरु सर्वसम्बतबाट चयन गरेको हो । 

''सेवा नै धर्म हो'' भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकहरुका परिवारहरुलाई सामाजिक सेवाको लागि अभिप्रेरित गरी राष्ट्रसेवाको पुनित कार्यको लागि संगठित गर्न,राष्ट्रमा समय–समयमा आईपर्ने विभिन्न प्रकारका दैवि प्रकोपहरु लगायत मानविय सेवाका विविध क्षेत्र जस्तो शिक्षास्वास्थ्यखेलकुद र आर्थिक क्षेत्रहरुको सुधारविकास र उन्नतिको लागि आफुहरुमा अन्तर्निहित साधनश्रोतको उपयोग वा विभिन्न माध्यमहरु मार्फत सहयोग पुर्‍याई लोक कल्याणकारी सेवा उपलव्ध गराउने पवित्र उद्देश्य लिई राष्ट्र र समस्त नेपालीहरुको उन्नतिप्रगति एवं विकासको वृहत्तर सोचका साथ मिति २०४१ साल भाद्र ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो र यसको भगिनी संस्थाको रुपमा प्रदेश प्रहरी श्रीमती संघ स्थापना भई आफ्नो स्थापना काल देखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर सहारा विहिन वृद्धवृद्धाहरुलाई राहत सहयोग, स्वास्थ्य शिविरहरु लगायत बिभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आईरहेको प्रदेश प्रहरी श्रीमती संघले थप नयाँ कार्ययोजनाहरु संचालनको लागी नयाँ समिति गठन गरेको हो ।  


विराटनगर, २०७८ कार्तिक ६ गते । रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठ असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH)घोषित भएकाछन् ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै ताप्लेजुङ र इलाम जिल्लामा कर्तव्य ज्यान जस्तो जघन्य अपराधको घटना घटाई वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई वारदातमा प्रयोग भएका धारिलो हतियार सहित पक्राउ गर्नुका साथै IME बाट नगद तथा सुन डाका गरी फरार रहेका व्यक्तिहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले काठमाण्डौ उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर काठमाण्डौ गण मुख्यालय दरवन्दी भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी करफोक इलाम दरवन्दी भई प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल अशोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।    

कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना १ नम्बर प्रदेश भरीका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

 


शिव भट्टराई- कार्तिक ६ गते आइतबार | रातो तारा डट कम,मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं १ स्थित हरैचामा नगरप्रमुख केदार प्रसाद गुरागाईले फार्मेसी उद्घाटन गरेपछी नगर अस्पतालमा फार्मेसी सेवा सुरु भएको छ।

आइतबार बिहान विधिवत रुपमा फार्मेसी सञ्चालनमा आएको छ । सो अवसरमा नगरप्रमुख गुरागाईले अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार गर्ने र चाडै विशेषज्ञ सेवा सुरु गर्ने बताएका छन् । सोही क्रममा नगर अस्पतालमा रहेको शिव मन्दिरको नगरप्रमुख केदार प्रसाद गुरागाई र उपप्रमुख अकली चौधरीले शिलान्यास गरेका छन्।


अस्पतालमा २४ घण्टे इमरजेंसी सेवा , सुरक्षित गर्भपतन सेवा, सुरक्षित प्रसूति सेवा, इन्डोर (२४ घण्टे) सेवाको व्यवस्था रहेको अस्पताल इन्चार्ज बिपिन यादवले जानकारी दिएका छन्।  त्यसैगरी अस्पतालमा एम्बुलेन्स सेवा र एक्सरे सेवाको पनी व्यवस्था रहेको अस्पताल प्रशासन दुर्गा प्रसाद आचार्यले जानकारी दिएका छन्। त्यस्तै सुन्दरहरैचाका नगरबासीहरु उपचार गर्न टाढा जान नपर्ने भएकाले खुशी व्यक्त गरेका छन्।

उद्घाटन समारोहमा उप प्रमुख अकली चौधरी, सुन्दरहरैचा वार्ड नं १ का वडा अध्यक्ष राम विश्वास, कार्यपालिका सदस्य दयाराम खवास, स्वास्थ्यकर्मी, स्थानीयवासी लगायात अन्य सामाजिक, राजनीतिक व्यक्तिहरुको उपस्थिति रहेको थियो।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.