Websoft University

बेलडाँगीको भुटानी शरणार्थी शिविरमा रहेको बौद्ध गुम्वा एक कार्यक्रमका बीच कात्तिक २९ गते उद्घाटन हुने


दमक, कात्तिक ८ गते | रातो तारा डट कम,झापाको दमक ३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा रहेको बौद्ध गुम्वा एक कार्यक्रमका बीच कात्तिक २९ गते उद्घाटन हुने भएको छ ।

ड्रुक साङाक थार्पालिङ्ग सार्वजनिक बौद्ध गुम्बा दमक ३ ले आज पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी बौद्ध गुम्वा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जानकारी दिइएको हो ।पत्रकार सम्मेलनमा बोल्दै गुम्वाका अध्यक्ष राजमान गुरुङले पुर्नवास कार्यक्रम अन्तर्गत अमेरिका लागयतका देशमा गएका शरणार्थीहरुको सहयोगमा बौद्ध गुम्वा निर्माण सकिएको  बताउनु भयो । 

४५ लाख रुपैयाँको लागतमा गुम्बा निर्माण गरिएको गुरुङले बताउनु भयो । केही संरचनाको थोर बहुत काम बाँकी रहेको बताउनु भयो । पत्रकारहरुको जिज्ञासामा स्वच्छिक रुपमा स्थानिय नेपाली दाजु भाई दिदी बहिनीले सहयोग गरेको अध्यक्ष गुरुङले बताउनु भयो । 

कात्र्तिक २९ गतेदेखि मंसिर १ गते सम्म विधिवत पुजा गरेर गुम्बाको उद्घाटन गरिने पत्रकार  सम्मेलनमा आयोजक समितिले जनाएको छ । सो गुम्वा सन् १९९७ मा स्थापना गरिएको त्यस वेला बाँसको वेराले बनाइएको थियो । बौद्ध धर्मावलम्वी शरणार्थी समुदायका लागि यो गुम्वा पवित्र स्थल हो । त्यसैले यसको  औपचारि उद्घाटन पुजा ल्हाबाबा दुछेन अर्थात बुद्धको अवतार भएको दिनमै गरिने अध्यक्ष गुरुङको भनाई छ । 

सिक्किम स्थित देउराली गुम्वाका अवतारी बौद्ध लामा छोगत्रुल कुन्जाङ तेन्पाई ग्याल्छेनवाट गुम्बा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कुन्जाङ तेन्पाई ग्याल्छेनवाट गुम्वा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने पोखराका खेम्पो श्रीलामा थुप्तेन हिसेवाट प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.