Websoft University
February 2021

 


विराटनगर  फागुन १६ गते । रातो तारा डट कम, विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अस्मिता विश्वकर्मा प्रथम भएकी छन् ।

१७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मिता प्रतियोगितामा प्रथम हुन सफल भइन् । उनले २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै प्रतियोगितामा इसु पन्त द्वितीय, दीपिका पोखरेल तृतीय, मिलन भट्टराई र रेश्मा खवास सान्त्वना भए । उनीहरलाई पनि १५, १–१ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । 

कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. विमल श्रीवास्तवको निर्णायक समितिले वाचन भएका कवितामध्येबाट पुरस्कृत कविता छनौट गरेको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई प्रमुख निर्णायक नवोदित, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कलेजले विद्यार्थीहरुमा अध्ययनसँगै साहित्यप्रति अभिरुचि जगाउन कविता प्रतियोगिता आयोजना गरिएको खड्काले बताए । उनका अनुसार कलेजले कविता प्रतियोगितासहित बेला–बेला निबन्ध, वक्तृत्वकला, खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गर्दै आएको छ । 



 शिव भट्टराई,मोरङ फागुन  १६ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैचा नगरपालिका अन्तरगत वार्ड नं १२ मा महिलाहरूलाइ लक्षित गर्दै ५ दिने ब्याग बनाउने तालिमको प्रारम्भ भएको छ । महिलाहरूले आयमुलक शिप सिकेर आफै आत्मनिर्भर बन्न सकुन भन्ने मुल उद्येश्यले सो तालिम सञ्चालन गरिएको जनाइएको छ ।


इटहरीस्थित गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेण्टरको संयोजन र सुन्दरहरैचा नगरपालीका वार्ड नं १२ को आयोजनामा सुरू भएको ५ दिने ब्याग बनाउने तालिममा २० जना प्रशिक्षार्थी महिलाहरूको सहभागिता रहेको छ ।

तालिममा महिलाहरूलाइ साना हाते ब्याग देखि ठुलो आकारको ब्याग बनाउन सिकाइने र भविस्यमा आफै आत्मनिर्भर बनिनेमा बिश्वस्त रहेको कार्यक्रमकि प्रशिक्षक गिमाआले मगरलेबताइन ।

कार्यक्रम गुडलक एजेकेशनका प्रबन्धक बसन्त रेग्मीको सभापतित्व र वडाध्यक्ष रोसन प्रशाद ढकालको प्रमुख अतिथिमा सम्पन्न भएको थीयो ।कार्यक्रममा १२ नं का वडाका वडा सचिव तिर्थ कुमारि सुवेदि सदस्यहरू गणेश प्रशाद फुयाल देविकुमारी ढकाल , दिलिप प्रशाद दहाल , प्रमिला अच्छामि , लगायत टोल बिकास संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थीयो ।

 


इटहरी फागुन १६ गते । रातो तारा डट कम, ताेकिएकाे स्थान भन्दा बाहिरबाट अवैध उत्खनन गर्दा सिंगाे गाउ जाेखिममा परेकाे भन्दै   केराबारी-८ आँमजुगीबासीहरू अान्दाेलित बनेका छन । अाइतबार बिहानै देखि साे क्षेत्रकाे खदम खाेलामा भेला भएका स्थानीयहरूले इटहरीका क्रसर ब्यवसायी भिम पाैडेललाइ मुर्दावाद , गरिब मार्न पाइदैन जस्ता नारा लगाएका थीए । 


स्थानीयहरूले अवैध चुरे उत्खनन गर्ने काम तत्काल राेकिनु पर्ने र खदम खाेलामा सञ्चालित क्रशर उद्याेग पनि बन्द गर्नुपर्ने माग गर्दै अाइतबार बिहान केरावारी गाउपालिका घेराउ गरेका हुन । अवैध क्रशर उद्याेगका कारण केराबारीकाे आँमजुगीस्थित ५०० घर परिवार बिस्थापित हुनुपर्ने अवस्था अाएकाे भन्दै स्थानीयहरूले तत्काल उक्त उद्याेग बन्द गरिनुपर्ने माग राखेका हुन । 

उनिहरूले खाेला भन्दा बाहिर गएर निजि जग्गामा समेत उत्खनन गरिदिदा बर्खाकाे बेला  अाएकाे बाढी साेझै बस्ति प्रवेश गर्ने र ५०० घरमा पुर्ण क्षति पुग्ने बताएका छन । 

क्रशर उद्याेगले गरेकाे ज्यादतिबारे पटक पटक जानकारी गराउदै ६ वटा लिखित निवेदन दिदा पनि गाउपालिकाले कुनै चासाे नराखेपछि बाध्य भएर कार्यालय घेराउ गरिएकाे स्थानीय भुवन थापाले बताए । 

माेरङकाे केराबारी ८ अाँमजुंगी स्थित माहादेव मिनिरल कम्पनी र शिवम क्रसर उद्योगविरुद्ध स्थानीयहरू अान्दाेलित बनेका हुन । उनिहरूले प्रहरीकै संरक्षणमा क्रशर उद्याेग सञ्चालन भइरहेकाे समेत अाराेप लगाएका छन ।


काठमाण्डौ फागुन १६ गते । रातो तारा डट कम,सहिद स्मारक बी डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले सहज जित निकालेको छ । आज भएको खेलमा ब्वाइज युनियनले नयाँबस्ती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनको जितमा मिलन लिम्बुले ह्याट्रिक गर्नुभयो । जितसंगै ब्वाइजले ८ खेलमा १४ अंक जोडेको छ । ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ । नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।



 उदयपुर, फागुन-१६ गते । रातो तारा डट कम, उदयपुर त्रियुगा नगरपालिका -५ का २५ बर्षीय प्रदिप शाक्य थारुलाई लागुऔषध सहित पक्राउ गरिएको छ । आज दिउसो साढे ११ बजे सोही स्थानमा प्रहरी टोलीले चेकजाँच गर्दा उनको,साथबाट लागुऔषध PHENERGAN -३० एम्पुलNOOPHIN  - ३० एम्पुल र DIAZELAB - ३० एम्पुल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


झापा फागुन १६ गते। रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा चीन नेपालमैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्सिप इन्डस्ट्रियल पार्क)कोआज शिलान्यास गर्नु भएकोछ ।  झापा क्षेत्र नम्बर ५ को दमक नगरपालिका १०, कमल गाउँपालिका ७ र गौरादह नगरपालिका ५ को केही भाग जोडेर बन्न लागेको औद्योगिक पार्कको एक भव्य समारोकाहबीच प्रधानमन्त्री ओलीले शिलान्यास गर्नु भएको हो। अर्बौंको लगानीमा बन्न लागेको पार्क ओलीको निर्वाचन क्षेत्रमा पर्दछ।


पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभेलप्मेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न सरकारले स्वीकृति दिएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधन भाषणमा बताउनु भएको छ।


यसका लागि दुवै देशबीच सम्झौता भइसकेको छ। यो पार्क दश वर्षमा निर्माण हुने र ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ।

एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर ६३ अर्ब २१ करोड रुपैयाँ लगानी गरेर निर्माण कार्य हुनेछ। सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ। यो परियोजना २२ सय बिगाहा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको छ।

सन् २०१७ मा चीनबाट आएका टोलीले उक्त जग्गा अवलोकन गरेको थियो। त्यस्तै प्रधानमन्त्री ओलीले कमल गाउँपालिका २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन्।

गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर रहेको छ। सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले  १६ करोड ६२ लाख ६४ हजार ९७५ रुपैयाँमा ठेक्का लिएका थिए। २०७२ साल माघ ६ गते ठेक्का सम्झौता भएको सो पुल हालै निर्माण सम्पन्न भएको हो।

त्यस्तै ओलीले दमक नगरपालिका १० स्थित मोरङको आमवारि जोड्ने मावा–बेतनी खोलाको पुलको उद्घाटन गर्नुभएको छ

२०७१ को चैतमा एमाले अध्यक्ष भएका बेला ओलीले शिलान्यास गरेको पुल बिटी निर्माण सेवाले निर्माणको ठेक्का लिएको थियो। चार करोड ४० लाख रुपैयाँमा बनेको सो पुलको लम्बाइ २०० मिटर रहेको छ। यो पुल निर्माण भएसँगै झापा र मोरङवासीले प्रत्यक्ष फाइदा लिने भएका छन्। 

त्यसैगरी प्रधानमन्त्री ओलीले दमक नगरपालिका १ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोक मार्गअन्तर्गत सुनसरीको चतारादेखी झापाको बाहुन डाँगीसम्मका खोलाहरूमा निर्माण हुने अन्दाजी तीन दर्जन पुलको दमकस्थित बेलडाँगी रतुवा खोलाबाट संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम बाँकी रहेको छ। त्यो पनि आजै शिलान्यास हुनेछ।


बिराटनगर फागुन १६ गते । रातो तारा डट कम, बर्ष ११ की बालिकालाई जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं .१ बस्ने बर्ष अन्दाजी ४५ को बोज भन्ने राजेन्द्र सरबरियाले ऐ ऐ।१ स्थित मकैबारीमा जबरजस्ती करणी उधोग गरेको भनी जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३८ की पार्वती देवी मुखियाले मिति २०७७।११।१३ गते १३स्१० बजे ईलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएकोमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली उक्त घटनामा संलग्न ब्यक्तिको खोजतलास गर्ने क्रममा मिति २०७७।११।१५ गते जिल्ला सुनसरी साहेबगंज सिमा क्षेत्रबाट उक्त घटनामा संलग्न ब्यक्ति ९प्रतिबादी० जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४५ को राजेन्द्र कुमार सरबरियालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानीमा ल्याई जवरजस्ती करणी उद्योग कसूरमा थप अनुसन्धान कार्य भई रहेकोछ । 





 


बिराटनगर फागुन १६ गते । रातो तारा डट कम, जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं . १८ खोक्सा बस्ने बर्ष अन्दाजी २३ को सुभाष कामतलाई मिति २०७७।११।१५ गते अन्दाजी १३. ३० बजे देखि बन्धक बनाई राखेको घटनाको सम्बन्धमा भाई विकास कामतबाट सुचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नं. ६ रामपुरबाट निज सुभाष कामतलाई २ घण्टा भित्रै सकुशल उद्दार गरिएको । उक्त घटनामा संलग्न मानिसहरूको सम्बन्धमा अनुसन्धान गर्दा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १६ दरैया बस्ने बर्ष २० को रोहित पण्डितलाई मिति २०७७।११।१५ गते अन्दाजी २०स्३० बजे निजकै घरबाट, विराटनगर महानगरपालिका वडा नं. १६ दरैया बस्ने बर्ष २१ को अजय यादवलाई मिति २०७७।११।१६ गते अन्दाजी ९. ३० बजे विराटनगर महानगरपालिका वडा नं . १२ बखरीबाट र विराटनगर महानगरपालिका वडा नं. ६ रामपुर बस्ने बर्ष २८ की सन्ध्या शर्मालाई मिति २०७७।११।१६ गते अन्दाजी १०स्०० बजे विराटनगर महानगरपालिका वडा नं.१ पोखरियाबाट पक्राउ गरी अपहरण तथा शरिर बन्धक कसूरमा थप अनुसन्धान कार्य भई रहेको । 

निज बन्धक बनाउनेहरूले पिडितको परिवारसँग रू १० लाख फिरौती समेत मागेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। 


 बिराटनगर । रातो तारा डट कम, लवर्डबुद्ध कलेज तथा जिल्ला ट्राफिक कार्यालय मोरङको समन्वयमा कलेजका विद्यार्थी मार्फत सप्ताहा व्यापी ट्राफिक सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । यही फाल्गुण ९ गते देखि १४ गते सम्म विद्यार्थीहरुले “सडक दुर्घटनाबाट बचौं, सदैव सचेत रहौं” भन्ने मुल नाराका साथ विराटनगरको विभिन्न चोकमा स्वयमसेवक रुपमा खट्दै पैदल यात्री, फुटपाथ व्यापारी, सिटी तथा अटो सवारी चालक तथा ठुला–साना गाडीका सवारी चालकका निम्ती ट्राफिक नियम तथा सचेतना बारे जानकारी गराउनुभयो ।


सप्ताव्यापी सचेतना तथा सरसफाई कार्यक्रममा विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको र यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश गएको र कार्यक्रमलाई सफल पारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ठुलो सहयोग गरेकोले सम्पूर्ण विद्यार्थी तथा ट्राफिक कार्यलयलाई कलेजका प्रिन्सिपल सरोज भट्टराईले धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै , जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख इन्सपेक्टर चन्द्र खड्काले लर्ड बुध कलेज संगको सहकार्यमा यस किसिमको कार्यक्रम गर्दा खुसि व्यक्त गर्नुभयो ।

यसै शैक्षिक सत्र देखि न्यूरो हस्पिटलको स्वामित्वमा आएको लर्डबुद्ध कलेजले कोभिड १९ को महामारीको बिचमा अनलाइन  प्रविधिले अध्यापनमात्र नगरी भौतिक कक्षा संचालन भएपछि पनि डिजिटल प्रविधि प्रयोग गरी सुविधा सम्पन्न भौतिक पूर्वाधारहरुमा कक्षाहरु संचालन गरी रहेको साथै विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिदै व्यक्तित्व विकास गर्न यस्ता किसिमका कार्यक्रमहरु गरिरहने लर्डबुद्ध कलेजका प्रबन्ध निर्देशक राजेश भट्टराईले जानकारी दिनुभयो । वस्तुगत एवम बिषयगत शिक्षा मात्र नभई , कलेजले बिद्यार्थीहरुको क्षमता अभिवृधि सहित नेतृत्व विकासको लागि समेत यस किसिमको कार्यक्रम आयोजना गरेको र आगामि दिनमा समेत बिभिन्न कार्यक्रमहरुलाई निरन्तर्ता दिने निर्देशक भट्टराईले बताउनुभयो । 

 



काठमाडौ । रातो तारा डट कम, राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लीज फेसन होमद्वारा शनिवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा कृषाले आप्mना १४ सहप्रतिस्पर्धीलाई पछाडि छोड्दै पन्ध्रौं मिस नेवाः नेपाल ११४१ को ताज चुमेकी हुन्।


चमक दमकका साथ भव्य र सभ्यरुपमा सम्पन्न प्रतियोगितामा कृषाले पन्ध्रौं एनटी मिस नेवाः नेपाल ११४१ चुमेवापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छिन्। प्रमूख निर्णायक नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर भानुराज श्रेष्ठले सोधेको मनको घाउ र बाहिरी घाउमा कुन बढी दुख्छ भन्ने निर्णायक प्रश्नमा जिउको तुलनामा मनको घाउ पिडादायी हुने, मनमा लागेको घाउ डक्टरले पनि पत्ता लगाउन नसक्ने र ठिक पार्न पनि नसक्ने तथा माटोको घाउजस्तै हुने सटिक जवाफ दिएर पन्ध्रौं मिस नेवाः नेपालको ताजलाई आप्mनो बनाएकी हुन्। उनी वेष्ट नेपाल भाषा उपउपाधिलाई पनि आप्mनो बनाउन सफल भइन्।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा  ललितपुरको पाटन सुन्धाराकी प्रिया तण्डुकार मिस नेवाः नेपाल फष्ट रनर्सअप र कलंकी काठमाडौंकी कृष्टीना महर्जन मिस नेवाः नेपाल सेकेण्ड रनर्सअप चुनिए। उनीहरुले उपाधिवापत क्रमशः २५ हजार र १५ हजार रुपियाँ नगद प्राप्त गरेका छन्। प्रियाले मिस पब्लिक च्वाईस र कृष्टीनाले मिस चार्मिङको उपउपाधि पनि चुमे। रोजिन शाक्यको कोरियोग्राफी तथा उनका साथमा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलद्वारा सञ्चालित प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेशल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षीता श्रेष्ठ, कन्र्सन नेपालका निर्देशक डा. विजय सैंजु, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित निर्णायक रहेका थिए। 

नेवारी कला र संस्कृति झल्किने विभिन्न झाँकी प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितमा मनिका खड्गी मिस ट्यालेण्ट र मिस फोटोजेनिक, रोहिना महर्जन सोसिएल वेलफेयर एम्बेसडर चिफ र वेस्ट स्किन, मनिषा महर्जन वेष्ट ड्रेस, एञ्जिला अवाले मिस डिसिप्लेन, लेनिका डंगोल वेष्ट हेयर र मिस पर्सनालिटी, सौर्य शाही बेस्ट स्माइल तथा स्वीकृति महर्जन मिस फ्रेन्डसिप चुनिएका छन्।  

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुङको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जिवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको जानकारी गराइन्। त्यसै गरी सह आयोजक संस्था नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न सघाउनेहरुप्रति आभार व्यक्त गर्दै नेवारी कला संस्कृतिको जगेर्ना गर्नका लागि समयसुहाउँदो ढँगले सांस्कृतिक सौन्दर्य प्रतियोगिताअन्र्तगत मिस नेवाः नेपाल आयोजना गरिएको बताए। नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ।


काठमाण्डौ फागुन १६ गते । रातो तारा डट कम, जनसन एण्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोपलाई आधिकारित अनुमति दिइएको छ । अमेरिकाको खाद्य तथा व्यवस्थापक निकाय (एफडीए) ले जनसन एन्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोपलाई आधारिक रुपले मान्यता दिएको हो ।

अमेरिका यस खोपलाई मान्यता दिने विश्वकै पहिलो मुलुक पनि बनेको छ । फाइजर र मोडर्नाको खोप सरह अमेरिकामा तेस्रो खोपले अनुमति पाएको हो । जनसन एण्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोपको विशेषता भनेको यसको एक डोज मात्रै लिए हुन्छ । साथै यसलाई सामान्य रेफ्रिजरेटरमा पनि स्टोर गर्न सकिन्छ । जबकी फाइजर र मोडर्नाको खोपको दुई डोज लिनु पर्छ भने यसलाई स्टोर गर्नका लागि विशेष किसिमको डीपफ्रिजरको आवश्यकता हुन्छ । 

यस्तै जनसन एन्ड जनसनको खोप अन्य खोपको तुलनामा सस्तो पनि रहेको बताइएको छ । तर, मूल्यको बारेमा भने हालसम्म केहि खुलाइएको छैन । कम्पनीले यसै वर्षको जुन महिनाको अन्त्यसम्म अमेरिकामा १० करोड खोप आपूर्ति गर्ने तयारी गरेको छ । बेलायत, यूरोपीय यूनियन र क्यानेडाले पनि यस खोपको माग गरिसकेको छ । त्यसबाहेक को–भ्याक्स योजनामार्फत् कम्पनीलाई ५० करोड खोपको अर्डर दिइएको छ । ताकि गरीर मुलुकमा कोरोना विरुद्धको खोप आपूर्ति गर्न सकियोस् ।



काठमाण्डौ फागुन १६ गते । रातो तारा डट कम,नेपालको बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । अन्तरदेशीय विद्युत व्यापार सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने गरी भारतले एक कार्यविधि जारी गरेसँगै नेपालबाट भारतमा बिजुली बेच्न परेको कानूनी बाधा समाप्त भएको छ । 

२०७५ माघ ११ गते भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा नै नेपालको बिजुलीलाई भारतीय पावर एक्सचेन्ज मार्केटमा प्रवेश दिने सहमति भएको थियो । त्यसका लागि छिट्टै कार्यविधि बनाउने प्रतिवद्धता गरेको भारतले दुई वर्षपछि मात्रै यो दस्तावेज जारी गरेको छ ।  यो कार्यविधिको अभावमा नेपाल विद्युत प्राधिकरणले भारतको पावर एक्सचेन्ज मार्केटमा वर्षायाममा खेर जाँदा पनि बिजुली बेच्न सकिरहेको थिएन । कार्यविधि आएपछि नेपाललाई भारतमा बिजुली बेच्न कानूनी रुपमा सबै बाटो खुला भएको हो । 

नेपाल विद्युत प्राधिकरणले भारतको नोडल एजेन्सी नटीपीसी विद्युत ब्यापार निगम (एनभीभीएन) सँग आफ्नो बिजुली भारतको पावर एक्सचेन्ज मार्केटमा लैजाने गरी समझदारी गरिसकेको छ । तर, समझदारी कार्यान्वयनका लागि कार्यविधिको अभावमा वर्षायाममा नेपालमा दैनिक २ सय मेगावाटसम्म बिजुली खेर जाँदा पनि भारतमा निर्यात गर्न सकिएको थिएन । सरकारले नेपाल विद्युत प्राधिकरणलाई भारत र बंगलादेशको पावर एक्सचेन्ज बजारमा नेपालमा खपत भएर बढी हुने बिजुली बेच्न अनुमति दिइसकेको छ । 


 



काठमाण्डौ फागुन १६ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लाग्नुभएको हो । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ । सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् । हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् ।





शिव भट्टराई,मोरङ । रातो तारा डट कम,जिल्ला भरीका कृषि सहकारीको छाता संगठनको रुपमा रहेको जिल्ला कृषि सहकारी संघ मोरङले नयाँ सञ्चालक समिति गठन गर्दै १२औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। साना किसान कृषि सहकारी संस्था सुन्दरपुरको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ मोरङकी उपाध्यक्ष पार्वती बरालको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष खगेन्द्र राज भण्डारीको सभापतित्व रहेको थियो।


उक्त साधारण सभाको अवसरमा नयाँ सञ्चालक समिति समेत गठन गरिएको थियो। समितिको अध्यक्षमा रवीन्द्र आचार्य, उपाध्यक्षमा सोभितमान पौडेल, सचिवमा जे.वी कोईराला, कोषाध्यक्षमा जानुका भण्डारी त्यसैगरी सदस्यमा तारा गुरागाईं, डेफुराम खड्का, लक्ष्मी चौधरी, शोभा खनाल, चूडामणि संग्रौला चयन भएका छन् भने लेखा समिती सम्योजकमा गणेश गुरागाई, सदस्य सम्झना थापा, तिर्थ न्यौपाने चयन भएका छन्।


उक्त कार्यक्रममा मोरङ जिल्ला भरिका विभिन्न सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


संघले कृषि क्षेत्रमा विशेष योगदान पुर्याउने सहकारी संस्था , संस्थालाई योगदान पुर्याउने पुराना कर्मचारीहरु  तथा सहकारीकर्मी लाई सम्मान समेत गरेको थियो।

उक्त कार्यक्रमका झोडा हाट कृषि सहकारी संस्थाका प्रबन्धक वासु घिमिरे, कादम्बिनी कृषि सहकारी संस्थाका अध्यक्ष सुर्य बा निरौला, लेटाङ्ग साना किसान कृषि सहकारी संस्थाका पूर्व अध्यक्ष चन्द्रमणि गुरागाईं,  समुथान कृषि  सहकारी  सस्थाका कर्मचारी  सिताराम खड्का,  उत्साहित साना किसान पथरि लगायत लाई राम्रो कार्य गरेकाे भन्दै सम्मान गरिएको छ भने कार्यक्रम सोही संघका सचिव रवीन्द्र आचार्यले सञ्चालन गरेका थिए।

 

विराटनगर फागुन १५ गते । रातो तारा डट कम, मोरङमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको गठन गरिएको छ । विराटनगरमा भएको भेलाले सन्तोष लिम्बूको अध्यक्षतामा १९ सदस्यीय संरक्षण केन्द्र गठन गरिएको हो । 


वैदेशिक रोजगारबाट फर्किएर नेपाल आएकाहरु केन्द्रमा आबद्ध हुनेछन् । गठित समितिको उपाध्यक्षमा राधिका ढकाल, सचिव नवराज माम्खाली काफ्ले, सहसचिवमा रञ्जितकुमार महतो र कोषाध्यक्षमा फूलमाया श्रेष्ठ रहेका छन् । क्षमता विकास तथा आप्रवासी हकहित संरक्षणका सवालमा भएको कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरका मेयर भीम पराजुलीले विदेशमा सिकेका राम्रा कुराहरुलाई देश विकासमा लगाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी)को समन्वयात्मक कार्यक्रमसँगै वैदेशिक रोजगारबाट फर्किएकाहरु एकीकृत भएका हुन् । वैदेशिक रोगजारीबाट फर्किएकाहरुलाई केन्द्रमा समेट्दै अगाडि बढ्ने नवगठित कार्यसमितिका सचिव काफ्लेले बताए । विदेशमा आर्जन गरेको सीप र अनुभवलाई मुलुक निर्माणमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा समितिले काम गर्ने काफ्लेको भनाइ छ । 


विराटनगर फागुन १५ गते । रातो तारा डट कम,कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ ।प्रतिष्ठानले शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठलाई नगद २५ हजार १ सय ११ रुपैयाँ  राशिको ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ समर्पण गरिएको छ । 


५ दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय श्रेष्ठका उपान्यास र कथासंग्रह प्रकाशित छन् । त्यसैगरी १५ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति विशेष पुरस्कार’ साहित्यकार कविराज पोखरेल र ११ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’ कवि निमेष निखिललाई प्रदान गरिएको छ । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, प्रतिष्ठानकी प्रमुख संरक्षण शोभा लामा बल, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टंकप्रसाद न्यौपानेलगायतले ओसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए । प्राज्ञ विवश पोखरेलले प्रतिष्ठानका बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा आयोजक संस्थाका सचिव सुमन पोखरेलले पुरस्कृत व्यक्तिहरूको परिचय प्रस्तुत गरेका थिए । त्यस्तै भूपिन, मनु मञ्जिल, केजी सुब्बा, राधिका गुरागाईं, सीमा आभासलगायतले बलले लेखेका कविता वाचन गरेका थिए । 

त्यस्तै सोही अवसरमा युवाकवि दीपक शम्चूको ‘अनुहारमा आप्पा’ कवितासंग्रहको विमोचन गरिएको थियो । विमोचित कृतिका विषयमा समालोचक भूषण ढुंगेलले टिप्पणी गरेका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदितले सञ्चालन गरेको सो कार्यक्रममा कवि शुभलक्ष्मी लम्साल र धीरज राईले विमोचित कृतिभित्रका कविता सुनाए ।


काठमाण्डौ फागुन १५ गते । रातो तारा डट कम,गत २४ घण्टामा नेपालमा ६२ जनाले कोरोनालाई जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड १९ राष्ट्रिय अद्यावधिक विवरण प्राप्त भए अनुसार आज सम्म नेपालमा २ लाख ७० हजार तीन सय २५ जना कोरोना सङ्क्रमित भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमित मध्ये ९८ दशमलब ६४ प्रतिशत निको भएका हुन् । केही दिनयता यो प्रतिशत बढ्ने क्रममा छ । गत २४ घण्टामा ८१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज दुई हजार आठ सय २४ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो । हालसम्म नेपालमा २१ लाख ६० हजार चार सय चार जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।  


 

बिराटनगर फागुन  १५ गते । रातो तारा डट कम, विराटनगरमा शनिबार परिषद्को प्रदेश १ कमिटिद्वारा आयोजित अन्र्तक्रियामा परिषद्का संयोजक सन्तोष बराईलीले रैथानेहरु अब आफै संगठित हुदै पहिचानका लागि अघि बढ्नेपर्नेमा जोड दिए। महानगर नजिकबाट भेला भएका युवाहरु बीच संयोजक बराईलीले रैथानेलाई सबल र सक्षम बनाउने अभियानमा समाहित हुन आग्रह गरेका थिए। 

पाँच वर्षअघि सिरहाको लाहानमा स्थापना भएको बताएका संयोजक बराईलीले अबका दिनमा सबै आम नागरिक राजनीतिक रुपमा सचेत हुनुपर्ने बताए। तीन तहको सरकारमा हुने गरेका क्रियाकलापमा समेत विशेष चासो राख्नुपर्नेमा जोड दिएका बराईलीले भ्रष्टाचारका कारण आएका बजेटहरु समेत दुरुपयोग हुने गरेको आरोप लगाए। मुलुकको राजनीतिक घटनाक्रममा समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्न बाध्य बनाइएको उनको आरोप रहेको छ। आफ्नै दलभित्रबाट काम गर्न नदिएर प्रधानमन्त्री ओलीले राजीनामा दिनुपरेको बताएका संयोजक बराईलीले प्रधानमन्त्रीले अहिलेनै राजीनामा दिनु नपर्ने उल्लेख गरे। 

कार्यक्रममा रैथाने एकता परिषद्का मोरङ अध्यक्ष नरेश दनुवारले मोरङमा २१ वटा विभिन्न जातजाती आदिवासी जनजातीका रुपमा सुचीकृत भएको बताए। 

कार्यक्रममा पषिद् प्रदेश १ का महासचिव अमरेन्द्रसिंहले रैथानेका लागि अब युवासंग एकताबद्ध हुदै सरकारसंग हकअधिकारको माग गर्नुपर्ने उल्लेख गरे। 



झापा, फागुन १५ गते । रातो तारा डट कम,अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको अध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि पन्त अध्यक्षमा चयन भएका हुन् । यता प्रदेश १ को संयोजकमा झापाली पत्रकार नरेन्द्र ढकाल चयन भएका छन् । पूर्वाञ्चल राष्ट्रिय दैनिकका अनलाई संस्करणको समाचार संयोजक ढकाल लामो समयदेखि झापामा खोज पत्रकारितामा सक्रिय छन् ।

शनिबार काठमाडौंमा सम्पन्न मिडिया एक्सन नेपालको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको हो ।

सो अवसरमा आयोजित छलफल कार्यक्रममा वरिष्ठ पत्रकार धुव्रहरि अधिकारीले समग्र मिडियाले निष्पक्ष तथ्य समाचारलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपनेमा जोड दिए । उनले मिडियाबाट हुने कमी कमजोरीलाई आत्मसाथ गर्दै सुधार गर्नुपर्ने बताए ।

यसैगरी प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले पत्रकारिता क्षेत्रमा विकृति बढ्दै गएको र यसलाई सुधार्नका लागि नियमन गर्ने संस्था त छँदैछ त्यसबाहेक पत्रकार स्वयंले पनि जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिए । उनले मिडिया एक्सन नेपालले पछिल्लो समयमा गरेको मिडियासम्बन्धी अनुसन्धानले यस क्षेत्रमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।

यसैगरी प्रेस काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहितामा रहेर काम गर्नुपर्ने भए पनि अहिले पनि मिडिया क्षेत्रमा धेरै भ्रामक र उत्तेजनात्मक सामग्री आउने गरेको बताए । उनले कतिपय अनलाइन दर्ता नै नभई सञ्चालन भइरहेको र तिनले दिने सामग्री नियमन गर्न गाह्रो पर्ने गरेको जानकारी दिए ।

उता राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले मिडियामा आउने सामग्रीले सधैं सूचना मात्र नदिई कहिलेकाहीं समाजमा झनै त्रास फैलाउने गरेको बताए । उनले कोरोना महामारीका बेला अनेक खालका मनोमानी हिसाबले सूचना दिंदा नागरिक त्रसित बनेको भन्दै इन्फोडेमिकको शिकार हुन पुगेको प्रसंग निकालेका थिए ।

आज सम्पन्न अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष लक्षणदत्त पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनेपर्ने म्यान्डेट सहित अघि बढेकाले सोही बमोजिम विभिन्न छलफल, अध्ययन अनुसन्धान जस्ता कार्यक्रम गर्दै आएको बताए । साथै यस संस्थाले अन्तरािष्ट्रय स्तरमै यस्ता छलफल, नीति निर्माणमा समेत सहयोग पुग्ने गरी कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी दिए ।

आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा,सचिवमा आरती शिल्पकार,कोषाध्यक्षमा दीपा केसी चयन भएका छन्।  सदस्यहरुमा यम बहादुर दूरा, गणेशप्रसाद घिमिरे र आशिष मिश्र चयन भएका छन् । यसैगरी संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । प्रदेश १ मा ढकाल, प्रदेश २ मा हदिस खुद्दार, बाग्मतीमा मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सन्जु पौडेल, कर्णलीमा ललित बुढा र सुदूरपश्चिममा उमाकान्त जोशी चयन भएका छन्।

यसैगरी संस्थाको सल्लाहकाहरुमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धुव्रहरी अधिकारी, माधव शर्मा र वरिष्ठ अधिवक्ता एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्की रहेका छन् । त्यसैगरी मानार्थ सदस्यमा अन्तराष्ट्रिय विज्ञहरुलाई राखिएको छ । दुबईको खालिफा विश्वविद्यालयकी डा सादिया जामिल, यूनिभर्सिटी अफ एजुकेसन घानाकी डा गिफ्टी आपिह अदजेइ, डोगस विश्वविद्यालय टर्कीका प्राध्यापक डा वारिश कोबान, युनिभसिंटी अफ पिस भेनेजुयलाका डा मारिया टेरेसा, किर्गिस्तानको अनलाइन युनिभर्सिटीका अध्यक्ष डा इलिरा तुरदुभावे, बंगलादेशका प्राध्यापक डा जुड विलियम जिनिलो र फिलिपिन्सको एसियन एन्स्टिच्युट अफ जर्नालिजम एण्ड कम्युनिकेसनका निर्देशक थेरेसे पार्टिसिया सन डिगो थम्स रहेका छन् ।


मोरङ,
फागुन-१५ गते । रातो तारा डट कम, सुनसरी ईटहरी-३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएकोछ । आज बिहान ०८ बजे मोरङ केराबारी-५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घट्ना हुदा सह चालक गजेन्द्र राई गम्भिर घाईते भएका थिए । घाईते राईको धरान घोपामा उपचारको क्रममा ०९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रयाक्टर र चालक ईटहरी ३ का २७ बर्षीय  राम दर्जी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


विराटनगर फागुन  १५ गते । रातो तारा डट कम, मोरङ बडी विल्डीङ तथा फिटनेस संघले कार्य समिति पदाधिकारीलाई प्रमाण पत्र वितरण गरेको छ आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि कार्य समिति पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । उनीहरुलाई बडी विल्डीङ तथा फिटनेस संघ प्रदेश १ का संयोजक पुष्प श्रेष्ठ र राखेपका पूर्व सदस्य सुधिर अर्याल लयायतले वितरण गरे ।

केही समय अगाडि डा. राजन दत्तको अध्यक्षमा १० कार्य समिति निर्विराध चयन भएको थियो । त्यस्तै प्रथम उपाध्यक्ष सुरज श्रेष्ठ, दोस्रो उपाध्यक्ष सरोज घिमिरे, तेस्रो उपाध्यक्ष डा. मनोज गुम्ता, सचिव सन्तोष न्यौपाने, सह–सचिव विपिन पासवान र कोषाध्यक्ष रविन श्रेष्ठ चयन भएको थिए । त्यसैगरि  कमल राई, डा. विनोद श्रेष्ठ, शिखा श्रेष्ठ र आस्था हमाल सदस्यमा चयन भएका थिए ।


बिराटनगर फागुन १५ गते । रातो तारा डट कम,उपरोक्त सम्बन्धमा यस ए.एच.पी. इन्टरटेनमेन्ट प्रा. लि. ले यही मिति २०७७। ११। १८ गते बाट बिराटनगर र इटहरी मा अडिसन सञ्चालन गर्दै ।  चैत्र महिनाबाट अभ्यास गराउदै मिष्टर एण्ड मिस्‌ आइकनिक मोडल २०२१ प्रतियोगिता सञ्चालन गर्ने बेहोरा सबैमा जानकारी गराउदछौ । यस संस्थाले बिगतका ४ बर्ष देखि आफनो कार्य निम्न व्वोत्रमा गर्दै आएको छ ।

यस संस्थाको उदेश्य यस सौन्दरिय प्रतियोगितामा भएका नराम्रा/विकृति हटाउदै सौन्दरिय प्रतियोगितालाई निष्पद्वा रूपमा अघि बढाउने रहेको छ। यस प्रतियोगितामा सहभागि हुन १४ देखि २४ वर्ष उमेर समुहका युता वा युवती योग्य रहने छ। यस प्रतियोगितामा सबै खाले उचाई भएका जो कोहीले सहभागिता जनाउन पाईन्छ। यसमा तिमिन्न सेग्मेन्टहरूमा प्रतियोगिहरूको प्रतिमाको मापन गरिने छ। 

यसका लागि विभिन्न कार्यद्धोत्रमा निपूर्ण रहेका ब्यक्तीहरूको सहभागिता रहने छ। साशै यस प्रतियोगिताका लागि निणार्यकको भुमिका का लागि राष्ट्रिय स्तरका निर्णाणकहरूको सहभागिता रहने छ। यस प्रतियोगितामा दुई जना बिजयता रहने छ, दुई जना उपबिजयता रहने छ साथै दुई जना तेसो स्तरको बिजयता रहने छ। यस प्रतियोगितामा प्रतियोगिलाई टिकेट बेचन लगाईने छैन।

यसका बिजयताले नगद, क्राउन, सटिफिकेट, एक बर्षको जिम फ्रि. १० लाख बाराबरको स्वास्थ्य बिमा एक बर्षका लागि, म्युजिक भिडियो. बिभिन्न फोटोसुट, एक बर्षको शिक्षा शुलक फ्रि. दुईँ दिने भ्रमण कार्यकम, इल्ट्ररो मिडियो साशै गिफट

हृयाम्परहरू

दोस्रो हुने बिजयताले काउन, सटिफिकेट, ६ महिनाको जिम फ्रि. ४ लाख बाराबरको स्वास्थ्य बिमा एक बर्षका लागि, इन्ट्ररो भिडियो, बिमिन्न फोटोसुट, साशै गिफट

हृयाम्परहरु

तेस्रो बिजयताले काउन, सटिफिकेट, ३ महिनाको जिम फ्रि. ३ लाख बाराबरको लागि, इन्ट्ररो मिडियो, बिमिन्न फोटोसिट, साशै गिफट स्वास्थ्य बिमा एक बर्षका लागि पाउने छन।

यस प्रतियोगितामा प्रतियोगिहरूलाई बिमिन्न किसिमका तालिमहरु दिने छन्‌।

 रनवे ट्रेनिङ आजेँ।मिजे ट्रेनिङ

 टेतल म्यानर ट्रेनिङ ब्यक्तित्व विकास ट्रेनिङ

गर बराघारभत मेकअप ट्रेनिङ स्किन केयर ट्रेनिङ हु

 एतलिक स्पिकिङ ट्रेनिङ मोटिमेषनल ट्रेनिङ, आदि।



काठमाण्डौ फागुन १५ गते । रातो तारा डट कम,सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि दुई खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुल्चोक र श्री भगवतीबीचको खेल अपरान्ह सवा १२ बजेबाट सुरु हुनेछ । दुबै टिम जित निकाल्ने योजनामा हुने छन् । पुल्चोक ६ खेलमा १ अङ्क जोडेर पुछारमा रहेको छ । पुल्चोक पहिलो जितको खोजीमाहुनेछ । श्री भगवती ६ खेलमा ५ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ । बाँसबारी र श्री कुमारीबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । बाँसबारी श्री कुमारीलाई हराएर दोस्रो स्थानमा उक्लनचाहन्छ । बाँसबारी ६ खेलमा १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । श्री कुमारी ६ खेलमा ६ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।




काठमाण्डौ फागुन १५ गते । रातो तारा डट कम,तेह्रथुमको छथर गाउँपालिका ६ सुदापका किसानलाई हाते ट्याक्टर प्रदान गरिएको छ । सघन धानबाली प्रवद्र्धन कार्यक्रम अन्तरगत किसानलाई ट्याक्टर प्रदान गरिएको हो । कृषि ज्ञान केन्द्र धनकुटाको ५० प्रतिशत अनुदानमा १० वटा ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । किसानलाई ट्याक्टर सहित २ थान थ्रेसर मेसिन, धानको बिउ, विषादी, मल लगायतमा ज्ञान केन्द्रले साझेदारीमा सहयोग गरेको हो । ज्ञान केन्द्र र किसानको १६ लाख ५० हजार रुपैयाँको साझेदारीमा सामग्री प्रदान गरीएको हो । छथर गाउँपालिकाले किसानहरुलाई प्रविधिक सहयोग, अनुगमन, परामर्श लगायतमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष तिगेलाको भनाइ छ । परम्परागत रुपमा गोरु जोतेरै खेती गर्दै आएका किसानहरु आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । ट्याक्टर पाएसँगै किसानलाई धेरै जमिन पनि थोरै समयमा खनजोत गर्न सहजबनेकोछ । रेडियो तीनजुरे, तेह्रथुम




काठमाण्डौ फागुन १५ गते । रातो तारा डट कम, इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले ‘फेसन डिजाइनिङ अवार्ड’ जितेको छ । शुक्रबार आयोजित ‘फेसन फेयर अवार्ड–२०२०’मा आईआईएफटीले अवार्ड जितेको हो । 


आईआईएफटीले ‘ बेस्ट फेसन डिजाइनिङ अवार्ड’ अवार्ड पाएपछि कलेजकी कार्यकारी निर्देशक विपना थापाले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘फेसन डिजाइनिङ अवार्ड पाउँदा खुसी लागेको छ । यसको श्रेय आईआईएफटी परिवारलाई नै जान्छ ।’

ड्रिम्स एजेन्सीले आफ्नो सातौँ वार्षिकीको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न ५० वटा विधामा अवार्ड तथा सम्मान गरिएको प्रदान गरिएको छ । जसमध्ये फेसन क्याटगोरीमा १० वटा विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको हो । ती सिक्वेन्सबाटै ‘बेस्ट फेसन डिजाइनिङ इन्टिच्युट’ विधामा तीन वटा इन्टिच्युटले प्रतिस्पर्धा गरेका थिए । 
 
आयोजकका अनुसार अनलाइन भोटिङ सिस्टम र आन्तरिक मूल्याँकनका आधारमा उत्कृष्ट छनोट गरिएको हो । बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले विगत लामो समयदेखि फेसनका विद्यार्थी उत्पादन गर्दै आएको छ । पछिल्लो समय आईआईएफटी उत्कृष्ट फेसन इन्स्टिच्युटको रुपमा समेत स्थापित हुँदै गएको छ ।


काठमाण्डौ फागुन १५ गते । रातो तारा डट कम, संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पीस फेडेरेसनले यहि आईतबार पाँचौं र्याली अफ होप आयोजना गर्ने भएको छ । कोभिड १९ ले सृजना गरेको स्वास्थ्य प्रोटोकलका कारण अनलाइन आयोजना गरिंदै आएको ¥याली अफ होपको यस श्रृङ्खलामा शान्तिको साझेदारीलाई टेवादिनका लागि विश्व नेताहरू तथा नागरिक समाजका अगुवाहरु भेला हुँदैछन् । 

कार्यक्रममा विश्वनेताहरूले वर्तमान समयमा विश्व मानवताले झेलिरहेका चुनौतिहरूलाई सम्बोधन गर्नुका साथै शान्ति स्थापनाका नयाँ अवसरहरूका बारेमा पनि छलफल गर्नेछन् । यूनिभर्सल पीस फेडेरेसनकी सहसंस्थापिका डा.हाक जा हान मुनद्वारा आयोजित अनलाइन र्याली फेब्रुअरी २८ तारिख आइतबार, नेपाली समय अनुसार बिहान ७ बजे विश्वभर एकैसाथ प्रशारण हुने छ भने उक्त कार्यक्रमलाई विश्वका करोडौं दर्शकहरूले दृश्यावलोकन तथा मूल्यांकन गर्नेछन् । 

कार्क्रमलाई नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, केप भेद्रेका राष्ट्रपति जोर्ज कार्लोस फोन्सेका, गुयनाका प्रधानमन्त्री मार्क फिलिप्स, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका निर्देशक डेभिड ब्यास्ली, लेसोथो राजा लेट्सी तृतीय, साउथ अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लार्क, पूर्वी टिमोरका पूर्वराष्ट्रपति छनाना गुस्माओ, गणतन्त्र भारतका पूर्वउपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, अक्सफोर्ट विश्वविद्यालय अन्तरगत खोपविज्ञानका प्राचार्य साराह गिल्बर्ट लगायत विश्वनेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अद्भूत डिजिटल प्रविधि मार्फत प्रश्तुत हुने ९० मिनेटको कार्यक्रममा विश्वप्रसिद्ध कोरियाली बाल कलाकार समूह दी लिट्टिल एञ्जल्सले आफ्नो बेजोड कला प्रश्तुत गर्नेछन् ।

 


विराटनगर पौष १४ गते, । रातो तारा डट कम, मानवसेवा आश्रम ९मानवता प्रवद्र्धन महाअभियान० लाई मानवीय सेवाको लागि विराटनगरमा ६ कठ्ठा जग्गा सहयोग प्राप्त भएको छ । मोरङ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा रहेको श्री डम्बर सत्सङ सद्गुरु कवीर सेवा आश्रमले उक्त जग्गा हस्तान्तरण गरेको हो ।

उक्त जग्गाको लालपुर्जा विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीज्यू, उप प्रमुख इन्दिरा कार्कीज्यू, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलज्यू सहित महत्वपूर्ण व्यक्तिहरुको उपस्थितिमा श्री डम्बर सत्सङ सद्गुरु कवीर सेवा आश्रमका अध्यक्ष शुशिला भट्टराई ९खड्का० ज्यूले मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूलाई हस्तान्तरण गर्नु भएको हो ।

संस्थाको नाममा विराटनगर महानगरपालिका वडा नं। ५ मा रहेको १३ कठ्ठा जग्गामध्ये ६ कठ्ठा मानवसेवा आश्रमको नाममा नामसारी गरेर र बाँकी ७ कठ्ठा प्रयोगाधिकार सहित सहयोग गरेको हो ।  

सन्त पुरुष कविर साहेबज्यूका अनुयायी स्व। ललित बहादुर खड्काले संरक्षण गर्नुभएको हाल डिपिएस स्कुल छेउमा रहेको जग्गा उहाँका छोरा स्व। डम्बर बहादुर खड्काले बुबाको अवशानपछि संरक्षण गर्दै आउनुभएको थियो । हाल स्व। डम्बर बहादुर खड्काको छोरी श्री शुशिला भट्टराई ९खड्का० ज्यूले संरक्षण गर्दै आउनुभएको थियो ।

“कवीर साहेबज्यूले मानवीय सेवामा आफ्नो जीवन नै समर्पण गर्नुभयो, हामी उहाँका शिष्यहरुले उहाँले देखाएको बाटोमा हिँडेको अनुभव भइरहेको छ ।” जग्गा हस्तान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनुभएका सन्त पुरुष मानवसेवा आश्रमका अभिभावक आदर्श साहेबज्यूले विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित लालपुर्जा हस्तान्तरण कार्यक्रममा बताउनुभयो ।

यस्तै जग्गा दाता एवं श्री डम्बर सत्सङ सद्गुरु कवीर सेवा आश्रमका अध्यक्ष शुशिला भट्टराई ९खड्का० ज्यूले मानवसेवा आश्रमले गरेको सेवा देखेर आफ्नो तर्फबाट पनि केही गर्नुपर्छ भन्ने भावना विकास भएको बताउनुभयो । “आगामी दिनमा यो जग्गाको अवस्था के होला, कवीर साहेबज्यूको भावनालाई बचाइराख्न के गर्न सकिन्छ होला भन्ने लागेको थियो तर कवीर साहेबज्यूका वाणीलाई मानवसेवा आश्रमले व्यवहारमा उतारेको देखेर सहयोग गर्न पाउँदा खुसी भएका छौँ ।” उहाँले थप्नुभयो ।

यस्तै मानवसेवा आश्रमका अभिभावक एवं सहयोगी संस्थाका कोषाध्यक्ष प्रविण खड्काज्यूले मानवसेवा आश्रमको व्यवस्थापनका लागि सहयोग गर्न सबैजनालाई आव्हान समेत गर्नुभयो । “केही समय अगाडी थाहा पाएँ मानवसेवा आश्रमले विराटनगरको सेवा सञ्चालनको लागि चितवन, पोखरा, हेटौंडा लगायतका जिल्लाबाट खाद्यान्न ल्याएको रहेछ, प्रदेश नं। १ मा उद्धार गरिएका सहयोगापेक्षीको लागि हामी आफैले व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नुपर्छ र यसका लागि सबैजनालाई अनुरोध समेत गर्छु ।” उहाँले भन्नुभयो ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले उक्त १३ कठ्ठा जग्गा हस्तान्तरण गर्नुहुने संस्थाका सम्पूर्ण परिवारलाई धन्यवाद व्यक्त गर्दै मानवसेवा आश्रमको नाममा नामसारी भएको ६ कठ्ठा जग्गामा सहयोगापेक्षी सडकआश्रित मानिसहरुलाई संरक्षण दिने भवन निर्माण गरिने र बाँकी ७ कठ्ठामा कवीर बाटिका, पुस्तकालय आदि निर्माण गरि मानवता प्रवद्र्धन एवं पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन आवश्यकता अनुसार संरचना निमाृण गरिने बताउनुभयो ।

फागुन महिना भित्र यस जग्गामा निर्माण गरिने संरचनाको डिजाइन, अनुमानित लागत र थ्रीडी डिजाइन निर्माण गरि चैत्र महिनाभित्रमा शिलान्यास गरेर २०० जनालाई सेवा दिन सक्ने सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरिने योजना रहेको अधिकारीज्यूले भन्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवं महानगरका प्रमुख भिम पराजुलीज्यूले मनवसेवा आश्रमले गरेको काम कुनैपनि कुरासँग तुलना गर्न नसकिने बताउनुभयो । आफ्ना परिवारका सदस्य समेत विरामी पर्दा, दिशा पिसाबमा लत्पत्तिँदा सफा गर्न घिनाउने, परिवारका सदस्यलाई नै बोझका रुपमा सम्झिने समाजमा यसरी सडकमा फालिएकालाई सहयोग गर्नु सानो त्याग होइन । यसका लागि भित्र देखि नै मानवीय भावना जागृत हुनुपर्ने नगर प्रमुखज्यूले बताउनुभयो ।

विराटनगर महानगरपालिकाले मानवसेवा आश्रमको सेवाको लागि सहयोग गर्ने अवसर प्रदान गर्नुभयोमा भाग्यमानी महसुस गरेका छौँ । आगामी आर्थिक बर्षमा भवन निर्माणका लागि बजेट छुट्याउँछौँ ।” उहाँले थप्नुभयो ।

मानवसेवा आश्रमले भवन निर्माणका लागि च्यारिटी डिनर गर्दै

मानवसेवा आश्रमको लागि आज प्राप्त भएको जग्गामा संरचना निर्माण गर्नका लागि सहयोग संकलन गर्न च्यारिटी डिनरको आयोजना गर्ने भएको छ ।

मानवसेवा आश्रमका सद्भावना दूत मदनकृष्ण श्रेष्ठज्यू, हरिवशं आचार्यज्यू, अभिभावकहरु आनी छोइङ डोल्माज्यू, मनोज गजुरेलज्यू लगायतका सामाजिक भावना भएका व्यक्तिहरुलाई अनुरोध गरेर विराटनगरमा सबैजनाको सहभागिता रहनेगरि च्यारिटी डिनर आयोजना गर्ने मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभयो । 


काठमाण्डौ फागुन १४ गते । रातो तारा डट कम, सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ । आज भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३ – २ गोलको जित निकालेको हो । जितसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ । सातदोबाटो शीर्ष स्थानमा यथावत रहेको छ । खुमलटारले ७ खेलमा १६ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेको छ ।


काठमाण्डौ फागुन १४ गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा देशभर १ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९ सय ४४ जनाको नमुना परीक्षण गर्दा ४४ महिला र ६८ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । तीमध्ये थप ४ जना सहित २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५४ जना निको भएसँगै हाल सम्म २ लाख ७० हजार २७७ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ९३६ रहेको मन्त्रालयले जनाएको छ ।
 

 



सुनसरी फागुन १४ गते । रातो तारा डट कम,खोटाङ्ग जिल्लामा उत्पादन भएको अलैची जम्मा गरी विक्री गर्न भनि यस घटनाको मुख्य योजनाकारले पिडीत मध्येका एक युवराज राईलाई फोन सम्पर्क गरी अलैंची ल्याई ईटहरीमा विक्री गर्ने सहमती भए वमोजिम निजले आफ्नो अलैंची समेत जम्मा गरी मिति २०७७।०९।०४ गते जिल्ला खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ बस्ने रन्जीत राई समेत ४ जनाको साथ लगाई बिक्री गर्नको लागि जिल्ला सुनसरी ईटहरीमा ल्याई अलैची बिक्री गर्ने योजना अनुसार माथी उल्लेखित पिडित समेतले अं. १५० मन अलैची पठाएकोमा ईटहरी आउदै गर्दा बाटोमा दिपक कुमार घिमिरे भन्ने नामले आफूलाई साहु वताई फोन गरेको, ईटहरी आएपछी दिपक घिमिरेले हाम्रो अलैंची गोदाम ईटहरी उमनपा वडा नं. ५ जन्ता बस्ती स्थित शेषराज गुरुङ्गको घरमा छ ।  मैले वताएको लोकेशनमा ल्याउनु भनेकोले सोही अनुसार अलैची लिई पिडितहरुले दिपक कुमार घिमिरे नाम वताउने साहुलाई र तत्काल उक्त गोदाममा काम गर्ने १ जना बुढा मानिस समेतलाई अलैची काटा गरी जिम्मा लगाएका र दिपक घिमिरेले आज बैंक बन्द भई सकेको छ । भोलि बिहान आउनुहोला हामी पैसा दिन्छौ भनी उक्त गोदाममा साँचो लगाई अलैची धनिहरुलाई पठाई दिएको, भोली पल्ट बिहान अलैची धनीहरु सो गोदाममा पुग्दा अलैची राती नै गोदामबाट उठाएर लगी सकेको  भनी थाहा पाएको, अलैची बुझी लिने ब्यक्तिहरुको मोबाईल फोन समेत स्विच अफ भएपछी पिडितहरु यस कार्यालयमा आई आफुहरु ठगीएको भनी निवेदन दिएपछी उक्त निवेदनकै आधारमा १ नं, प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह (RIT) को टोली र यस कार्यालयको अनुसन्धान टोली समेतले घटनाको सम्वन्धमा लामो समय एवम सुक्ष्म रुपमा अनुसन्धान गरी उक्त घटनामा संलग्न मुख्य योजनाकार वाहेक निम्न व्यक्तिहरुलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट डाका चोरी, ठगी, अपराधिक बिश्वासघात, अपराधिक लाभ र संगठित अपराधमा म्याद थप भई थप अनुसन्धान भई रहेको भनी मिति २०७७।१०।१५ गते press meet भएको उक्त घटना सम्बन्धमा पक्राउ परेको ४ जना प्रतिवादीहरु उपर संगठित अपराध मुद्दा शिर्षक अन्तर्गत म्याद थप भई अनुसन्धान भई रहेको र प्रस्तुत मुद्दाका मुख्य योजनाकार फरार प्रतिवादी सुरेश कुमार भट्टराई हाल सम्म फरार रहेकोले निजको खोज तलास गर्ने कार्य भई रहेको ।

निम्न

जिल्ला खोटाङ्ग जन्तेढुङ्गा हाल जिल्ला झापा बिर्तामोड,नगरपालिका वडा न ४ बस्ने मात्रिका प्रसाद पोखरेल (पक्राउ)

तत्काल दिपक कुमार घिमिरे नाम बताउने जिल्ला, दोलखा विगु ८ को केशव दाहाल ।(पक्राउ) जिल्ला सुनसरी ईटहरी उमनपा वडा न ७ बस्ने सरोज बोहोरा ।(पक्राउ) जिल्ला भोजपुर रामप्रसादराई गाउँपालिका वडा नं. ६ का कमल थापा (पक्राउ) मुख्य योजनाकार  जिल्ला तेह्रथुम साविक छाते ढुङगा गाबिस वडा न ४ हाल आठराई गाउँपालिका वडा नम्बर ५ स्थाई घर भई हाल जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा न  वलिया बस्ने गजाधर भट्टराईको छोरा वर्ष ४२ को सुरेश कुमार भट्टराई । (हाल सम्म फरार रहेको)

 


उत्तम पोख्रेल - मोरङ बेलबारी फागुन १४ गते । रातो तारा डट कम, मोरङको बेलबारी नगरपालिकाले आफना नगर क्षेत्रभित्रका जेष्ठ नागरीकहरुलाई सम्मान तथा गर्भवति र सुत्केरी महिलाहरुलाई पोषिला खानेकुरा न्यानो कपडा बितरण गरेको छ । -९० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरीकहरुलााई न्यानो कपडा सुईटर बलाङकेट बितरण गरेको छ  । 

१ सय १७ जना जेष्ठ नागरीकहरुलाई घरघरमा गएर सम्मान गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । सवै वडामा पुगेर जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने सुवेदीको भनाई रहेको छ । सम्मान पाउँदा जेष्ठ नागरीकहरु समेत खुसि भएका छन । सम्मान पाँउदा छोरा छोरी जस्तै लागेको जेष्ठ नागरीकको भनाई रहेको छ । छोरा छोरीले जस्तै गरेर मेयर आफै आएर सम्मान पाउदाँ धेरै खुसिलागेको बेलबारी २ की ९३ बर्षीय हरी माया कणेलको भनाई रहेको छ । 

यस्तै गर्भवती तथा सुत्केरी महिलालाइ पोसिलो खाना तथा न्यानो कपडा बितरण गरीएको छ । नगर क्षेत्र भित्रका १सय ४५ जना गर्भवति तथा सुत्केरी महिलाहरुलाई हर्लिक्स,नुन,चिनि,खाने तेल,प्रोटिन दाल,सरफ,डिटोल साबुन,बेबि गिफ्ट,सेनिटरि प्याड,ज्वानो र अन्डा  लागयतका सामाग्र बितरणगरीएको थियो । एक्टिभ नेपालको सहयोगमा सामाग्रिह बितरण गरीएको हो । 

स्विस कन्ट्याक्ट् नेपालको र एक्टिभ नेपालको आयोजना ५ वटा स्थानियतहमा सामाग्रिहरु बितरण गरीएको एक्टिभ नेपालका डाइरेक्टर सुमन कार्कीले बताए । 

 


 

सुनसरी फागुन १४ गते । रातो तारा डट कम,  जिल्ला कास्की कास्किकोट गा।पा।वडा नं। ४ बस्ने बर्ष ३९ को राजिभ गुरुङले सामाजीक संजाल टिकटक म्यासेन्जरबाट जिजि.10-IT-07 बस्ने YKR लाई चिनजान गरी फोनबाट पिडितलाई विवाह गर्ने प्रलोभन देखाई जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। ९ स्थित RR होटलमा मिति २०७७।१०।२५ गते बोलाई ऐ।२७ गते सम्म बसी बिभिन्न प्रलोभन देखाई जवरजस्ती करणी गरेको र ऐ।२७ गते बिहान पिडित होटलको कोठाको बाथरुममा नुहाउन लाग्दा निजले लगाएको सुनको ४ आनाको झुम्का, सुनको १० आनाको ब्रास्लेट, ६ आनाको सुनको सिक्री, नगद रु २७,५००।(सत्ताईस हजार पाँच सय) साँग्रिला बैँककोATM कार्ड थान १, हवाई होनर मोबाईल थान १ होटलको कोठामा राखेकोमा उक्त सामानहरु निजले चोरी गरी फरार भएको भनी पिडितले यस कार्यालयमा जवरजस्ती करणी मुद्धामा जाहेरी दरखास्त दिई खोजतलास भई रहेकोमा पुन स् निज राजिभ गुरुङले झापा जिल्लाको १ जना महिलालाई यस्तै प्रकृतीबाट ठगी गर्ने नियतले झापा तर्फ आउदै गरेको भन्ने विशेष सुचनाको छ । आधारमा जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। १३ स्थितबाट फोटोको आधारमा पहिचान गरी तत्काल पक्राउ गरी खानतलासी गर्दा निजको साथमा रहेको पिडितको साँग्रिला बैँककोATM कार्ड थान १ बरामद गरी जवरजस्ती करणी मुद्धामा आजै सम्मानित सुनसरी जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको छ।



सुनसरी फागुन १४ गते । रातो तारा डट कम, इटहरी उपमहानगरको आठौ नगरसभा सुरु भएको छ । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौधरीले कोभिड १९ का कारण पुरक वजेट ल्याउन वाध्य हुनु परेको वताउनुभयो । 

उहाँले सातौ नगरसभाले स्वीकृत गरेको वजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको वताउनुभयो । सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान प्रस्तुत गर्नुभयो । 

यसैगरि सभामा उपमेयर गौतमले विनियोजन ऐन विधेयक,आर्थिक ऐन संसोधन विधेयक,विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्र्ने सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक,इटहरी स्वास्थ्य ऐनका सम्वन्धमा वनेको विधेयक,इटहरी भू उपयोग तथा जग्गा ब्यवस्थापन गर्न वनेको विधेयक र टोल विकास संस्था संचालन तथा ब्यवस्थापन गर्न वनेको विधेयक २०७७ पेश गर्नुभयो । चालु नगरसभामा अर्को वैठक फागुन २५ गते वस्ने छ ।


मोरङ, फागुन-१४ गते । 
भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी -१० का ३४ बर्षीय संजय सिंहलाई ठुलो परिमाणमा भारतिय रुपैया सहित पक्राउ गरिएको छ । बिहीबार बेलुका पौने ५ बजे बिराटनगर -१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आउदै गरेका संजय सिंहको साथबाट भारतिय रुपैया ५०० दरको नोट ३८८ थान, २००० दरको नोट २६ थान गरि जम्मा भारतिय रुपैया २ लाख ४६ हजार सहित नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । श्रोत नखुलेको उक्त परिणामको रकम सहित पक्राउ परेका सिंहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको तथा अन्य अनुसन्धानको लागी भन्सार कार्यालय बिराटनगर बुझाउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।


काठमाण्डौ फागुन १४ गते । रातो तारा डट कम,प्रेस काउन्सिल नेपालमा चार सदस्य नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रिस्तरीय) निर्णयानुसार गणेशप्रसाद पोखरेल (झापा), हरिप्रसाद जोशी (कञ्चनपुर), चिरञ्जीवी मास्के (दोलखा) र शरदप्रसाद अधिकारी (दाङ) सदस्य नियुक्त भएका हुन् । प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम मनोनयन भएका सदस्यहरूलाई कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी तथा सदस्यद्वय दीपक पाण्डे र दुर्गा भण्डारीले स्वागत गर्नुभएको थियो । 




काठमाण्डौ फागुन १४ गते । रातो तारा डट कम,सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । गृह मन्त्रालयमा खगेन्द्रप्रसाद रिजाललाई ल्याइएको छ । उहाँ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुनुहुन्थ्यो । यसैगरी छविलाल रिजाललाई पनि सञ्चार मन्त्रालयबाट गृहमा ल्याइएको छ । यस्तै रामप्रसाद आचार्यलाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।






काठमाण्डौ फागुन १४ गते । रातो तारा डट कम,सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ । हिजो न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको हो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 






मोरङ बेलबारी फागुन १३ गते । रातो तारा डट कम,बेलबारी नगरपालिकाले नगरपालिकाभित्रका गर्भवति सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ ।बेलबारी नगरपालिकाको समन्वय, एक्टिभ नेपाल मोरङको संयोजन र स्वीस कन्ट्र्याक संस्थाको सहयोगमा नगरपालिकाका ११ वटै वडाहरुका १ सय ४५ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यसामग्री वितरण गरिएको नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले बताइन्।

एक्टिभ नेपाल मोरङको संयोजनमा स्वीस कन्ट्र्याकको युवा रोजगार परियोजना कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम संचालन गरिएको एक्टिभ नेपाल मोरङका कार्यक्रम संयोजक सुमन कार्कीले बताए।


सामग्री वितरण गर्दै उपमेयर पराजुलीले नागरिकहरु कोरोनाको कारण आयआर्जनबाट विमुख बन्नुपरेको अवस्थामा सहयोगी सस्थाहरुको गरेको उक्त कार्यले गर्भवती तथा सुत्केरी महिलाहरुलाई ठूलो  सहयोग र राहत पुर्याएको भन्दै सहयोगी संस्था एक्टिभ नेपाल मोरङ र स्वीस कन्ट्र्याकलाई धन्यवाद ज्ञापन गरिन्।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.