Websoft University
February 2022


काठमाडौ । रातो तारा डट कम,राजधानीमा एक साथ एकै मञ्चमा सम्पन्न अविबाहित र विबाहित युवतीहरुबीचको सौन्दर्य प्रतियोगितामा यसीमा मल्ल ठकुरी मिस व्युटिफुल नेपाल २०२२ र रोजिना अधिकारी मिसेस व्युटिफुल नेपाल २०२२ को उपाधि चुम्न सफल भएका छन्। यसिमा मस्ट आइकनिक आइज पनि भएकी छन् भने रोजिना अधिकारी मस्ट ट्यालेन्टेड र युट्युब मस्ट भ्युज भएकी छन्।


सौन्दर्य प्रतियोगिताका साथमा विभिन्न इभेन्ट आयोजना गर्दै आएको दक्ष इन्टरनेसनल प्रालिद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अबिबाहित युवतीहरुबीचको सातौं संस्करणको मिस ब्युटीफुल नेपाल २०२२ मा अनिता खत्री (निसो) फस्ट रनर्सअपका साथमा मस्ट पपुलर र मस्ट पंचुअल, खुश्बु अग्रवाल सेकेण्ड रनर्सअपका साथमा युट्युब मस्ट भ्युज र वेस्ट स्कीन तथा अन्शु अर्याल थर्ड रनर्सअपका साथमा मस्ट डिसिप्लेन्ड भएका छन्। 


नाचघरको एकै मञ्चमा विभिन्न चरणमा सम्पन्न मिस ब्युटीफुल नेपाल २०२२ मा विनीता राना वेस्ट ¥याम्पवक र फेसन आइकन, शिल्पा बजिको वेस्ट स्माइल र मल्टी मिडिया च्वाईस, नम्रता अधिकारी मस्ट फोटोजेनिक, उर्मिला बस्नेत वेस्ट ट्यालेन्ट, उषा घिमिरे वेस्ट डान्सर, माया पाण्डे मस्ट एक्टिभ, अस्मिता बखरेल वेस्ट फिजिक, गीता प्रसाईं वेस्ट पर्सनालिटी र रञ्जना शाही वेस्ट हेयर उपउपाधि विजेता भएका छन्।


त्यसै गरी छैठौं संस्करणको बिबाहित महिलाहरुबीचको मिसेस व्युटिफुल नेपाल २०२२ मा माया श्रेष्ठ (मतिना) फस्ट रनर्सअपका साथमा वेस्ट ¥याम्पवक र बेस्ट डान्सर, इन्दु कुँवर सेकेण्ड रनर्सअप र मस्ट पपुलरका साथमा मस्ट पँचुअल र सुनीता शाह ठकुरी मेनेजमेन्ट च्वाईसका साथमा वेस्ट स्माइल भए।  सुमित्रा बज्राचार्य मस्ट डिसिप्लेन्ड र कल्पना पासवना मस्ट फोटोजेनिक उपउपाधि विजेता भएका छन्।

कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न कार्यक्रममा कलाकार उत्तम केसी, प्रेम पाण्डे र करुणा पाण्डे, निर्देशक कल्याण अधिकारी, कोरियोग्राफर अश्विनी झा, सौन्दर्यकर्मी रचना शाक्य, रेणु शाक्य र गीता पौडेल तथा इभेन्ट आयोजक अश्विनी झालाई सम्मान गरिएको थियो।

पूर्वमन्त्री राजकिशोर यादवको प्रमूख आतिथ्यता तथा अभिनेताहरु भुवन केसी र किरण केसी, नेपाल बायुसेवा संचालक संघका प्रवक्ता योगराज कंडेल शर्माको विशेष आतिथ्यतामा सम्पन्न दुबै प्रतियोगितामा अभिनेता रमेश उप्रेती, नेपाल नागरीक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री, संगीतकार तथा गायक अंकित श्रेष्ठ, शिक्षाविद् पूर्ण लामा, चर्म रोग विशेषज्ञ डा. अर्पण शाह, गायिका सोना अमात्य, नेपाल हेयरहोस्टेस एकेडेमीकी निर्देशक रेजिना तुलाधर निर्णायक रहेका थिए। 



सङ्खुवासभा । रातो तारा डट कम,प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताउनुभयो । सोमबार मन्त्रालयले सङ्खुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रवर्द्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । 


समाजमा अरू मानिसले अपराध नगरोस्, अपराध नबढोस् भन्न प्रतिनिधि पात्रका रूपमा कैदीहरू कारागारमा आएको भन्दै उहाँले यहाँको बसाइलाई होस्टेल बसाइको रूपमा लिन आग्रह गर्नुभयो । जेलबाट बाहिर निस्किएपछि समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा उहाँको जोड छ । ‘म जेलमा गए पनि म यही समाजको एक सदस्य हुँ, मैले जेलमा सिकेका कुरा समाजमा सिकाएर सभ्य समाज निर्माणमा सहयोग पुराउँछु भनेर लाग्नुपर्छ, उहाँले भन्नूभयो ।’

उहाँले कारागार भित्र कैदीबन्दीले पालना गर्ने अनुशासनको प्रशंसा गर्नुभयो । मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले १४ ओटै जिल्लामा सचेतना कार्यक्रम गर्ने योजनाका साथ सङ्खुवासभामा पनि कार्यक्रमको आयोजना गरेको बताउनुभयो । कारागार, कैदी, बैतानिक वकिलको अनुन्याश्रीत सम्बध रहेको भन्दै कारागारलाई व्यवस्थित बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । 

बैतानिक कानून व्यवसायी भवानी आचार्यले थुनुवालाई सूचनाको हकबाट वञ्चित रहेको भन्दै कैदीबन्दीलाई आफ्ना मुद्दाका बारेमा स्पष्ट रूपमा सूचना पाउनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकले पाउनुपर्ने भत्ता पनि नपाइरहेको भन्दै सो भत्ता कैदीले पाउनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले थुनुवा र कैदीको भवन छुटाछुटै हुनुपर्ने भन्दै खुल्ला कारागारको अवधारणामा जान सकिने बताउनुभयो । जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले कैदीबन्दीको समस्या समाधान गरिने बताउनुभयो ।

सानै कक्षादेखि कानूनको कक्षा दिनुपर्ने, कानूनका संशोधित पुस्तक कारागारमाउपलब्ध हुनुपर्ने माग कैदीबन्दीले गरेका   छन् ।


विराटनगर, १६ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगरमा २, भद्रपुर, बुद्धशान्ति, दमक र बाहृदशीमा १–१, मोरङको विराटनगर, बेलबारी, सुन्दरहरैचा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१, धनकुटाको धनकुटामा २ र तेहृथुमको म्याङलुङमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र १६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८४५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   



सुनसरी इटहरी फागुन १६ गते । रातो तारा डट कम,  इटहरीचौकमा ट्राफिक चाप वढिरहेको वेला राजमार्गवाट वाइपास गर्नमिल्ने तीन वटा पूल निर्माण भएका छन । ती मध्ये दुइवटा पूलकोपूर्वमुख्यमन्त्री भीम आर्चायले उदघाटनगर्नुभयो । इटहरी वडा नम्वर ५ र १७ को सिमानामा रहेको सुकुमारी खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पुल उदघाटन गर्नुभएको हो । 

वडा नम्वर ४ स्थित टेंग्राखोला पुलवाट सवारी साधन चौक नआई धरान तर्फ जान र सुकुमारी खोलापुल हुदै पश्चिम जान वाइपास हुन सक्ने पुल हुन । उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमुख्यमन्त्री भीम आर्चायले इटहरीमा भइरहेको विकास निर्माणका कार्यकोप्रशंसा गर्नुभयो । उहाँले विकास सवै दलको एजेण्डा भएकाले विकासमा राजनीति गर्न नहुने वताउनुभयो ।निर्वाचनका वेला प्रतिष्पर्धा भएपनि निर्माणका वेला एकता हुनुपर्नेमा जोड दिनुभयो ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरीले भौतिक पूर्वाधार निर्माणमा फडको मारेको दावी गर्नुभयो । उहाँले ४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि उपमहानगरले ब्यापक पहल गरेको वताउदै वाहिरी चक्रपथ चाडै आरम्भ गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन पूर्वमुख्यमन्त्री आर्चायलाई आग्रह गर्नुभयो । उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्ष भित्रमा ७० वटा पुलकल्भर्ट वनाइसकेको जानकारी दिनुभयो । केहि ठूला पूलहरु निर्माण भइरहेको सुनाउनुभयो । आफूहरुको कार्यकाललाई पूर्वाधार निर्माणको स्वर्णीम काल वनाउन लागि परेको उहाँको भनाई छ । वुद्धिजिवि लेखनाथ घिमिरेले विकास भौतिक निर्माण सँग सँगै त्यसप्रतिको अपनत्व र प्रेम हुनुपर्नेमा जोड दिनुभयो । उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरे र इन्जिनियर कैलाश तिम्सिनाले पुल निर्माणको प्राविधिक र लागत पक्षको जानकारी दिनुभयो ।सुकुमारी खोलापुल उदघाटन कार्यक्रम वडा नम्वर ५ का अध्यक्ष कल्याण वहादुर कार्की र टेंग्राखोला पुल उदघाटन वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईको अध्यक्षतामा भएको हो ।


 


संखुवासभा, २०७८ फाल्गुन १६ गते । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घर घरमा नेपाल प्रहरी कार्यक्रम २०७८ को शुभारम्भ गरेको छ ।


आज जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरमा भएको एक कार्यक्रममा बिच बस्ति, टोल र घर घरमा प्रहरीको पहुँच अभिबृद्धि गरि नागरिकका समस्याको बारेमा बुझ्न, प्रहरी र नागरिक बीचको सम्बन्धलाई

अझ प्रगाढ बनाउन तथा आम जनतालाई समस्या परेको बखत र कुनै पनि अपराधिक घटनाको तुरुन्त प्रहरी कार्यालयलाई जनाकारी गराउन आवश्यक रहेको कुरा महसुस गराउन घर घरमा नेपाल प्रहरी अभियानको शुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


जिल्ला समन्वय समिति खाँदबारीका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडा, १ नं। प्रदेश आन्तरिक मामिला तथा कानुन सचिव काली प्रसाद पराजुली, संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, १ नं। प्रदेश प्रहरी कार्यालय प्रमुख प्र।ना।म।नि। अरुण कुमार बिसी र १ नं। प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष चारू कोईराला बि।सी। लगायत बिभिन्न राजनितीक दलका प्रतिनिधी, पत्रकार र स्थानियहरुको सहभागी रहेको थियो ।


काठमाडौ फागुन १६ गते । रातो तारा डट कम,एनएमबि बैंकले जावलाखेल स्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक हो ।


उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ । 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख–श्री रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक श्री रीचा श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।  

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट धधध।लmद।अयm।लउ को ल्ःद्य ख्ष्कब ऋबचम म्ष्कअयगलत सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।   



बिराटनगर  १६ फागुन । रातो तारा डट कम,सुनसरीको बर्जु गाउँपालिका वडानम्बर २ रामगंज बेलगछियाका २० बर्षिय निकेश कुमार रायको हत्या गरिएको अवस्थामा गएको कात्तिक २० गते विराटनगरको वडानम्बर १६ खादमपुल नजिक शव भेटिएको थियो ।

मजदुरीगर्न १० बर्षदेखी भारतमा रहँदै आएका निकेश घटनाको केहिदिन अघिमात्र गाँउ फर्किएका थिए । कात्तिक १५ गते दिपावलीकादिन दिउसो ३ बजे गाउँकै साथी कोमल विश्वकर्मासंग साईकलमा निस्केका उनको शव विराटनगरमा भेटिएको थियो । शवको अवस्था हेर्दा चोट लागेर नाकबाट रगत निस्किएको र जिउमा छुरा प्रहार गरेको देखिएको थियो ।

गाउँकै छिमेकी मिथिलेश राय र गौतम रायसंग कात्तिक १६ गते उनको झगडा भएको जानकारी गराउन चाहन्छु । सो क्रममा विपक्षिहरुले धम्काएका समेत थिए ।

शाव भेटिएपछि सो घटनाका बिषयमा हामीले ईलाका प्रहरी कार्यालय रानीमा ३ जनाको नामै किटान गरेर उजुरी समेत दिएका थियौं तर हालसम्म कुनै प्रकारको थुनछेक,कारवाही तथा अनुसन्धान भएको हामीले थाहा पाउन सकेका छैनौं ।

विपक्षीहरुलाई टाठाबाठाहरुले संरक्षण दिइरहेकाले हत्याको यो घटनामा कारवाही हुन्‌ सकेको छैन । तसर्थ न्याय दिलाउन पहल गरिदिनुहुन  मौजे रायले आज बिराटनगरमा पत्रकार  सम्मेलन गरेर  पत्रकार महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं ।







झापा, फाल्गुन १६ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका(५ स्थित मेचीखोला बगरबाट लागु औषध सहित २ जना र  मेचीनगर(६ स्थितबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर(३ का १९ बर्षीय अविषेक श्रेष्ठ, भारत दार्जेलिङ का २२ बर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई(१ का २३ बर्षीय जोसेफ थापा रहेका छन ।


हिजो दिँउसो मेची खोला बगरमा संकास्पद अवस्थामा भारतबाट पैदल हिड्दै नेपाल तर्फ आउदै गरेका श्रेष्ठ र प्रधानलाई सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा निजहरुको साथबाट ब्राउन सुगर २५० मिलिग्राम र ध्ष्लमबिक ध्ष्लकउबकmय ँयचत  क्याप्सुल(२०४ पिस, ल्क्ष्त्च्इक्ग्ल्ज्ञण् ट्याव्लेट(१ पिस सहित बरामद भएको हो, भने इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले थापालाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।  प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।


काठमाण्डौ फागुन १६ गते । रातो तारा डट कम, नेपालमा १२ वर्षमाथिका किशोरकिशोरीले खोप लगाउनेको सङ्ख्या ९२ प्रतिशत पुगेको छ । उनीहरूले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । जसमा ७४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै १८ वर्ष माथिका ९३ प्रतिशतले पहिलो मात्रा र ७९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ३ करोड ६९ लाख ४३ हजार २४२ मात्रा खोप लगाइएकोमा १ करोड ८४ लाख ६९ हजार ४ सय ४५ पहिलो मात्रा, १ करोड ७२ लाख ८२ हजार १ सय ३८ पुर्ण मात्रा खोप लगाइएको छ । १० लाख ९१ हजारभन्दा धेरै बुस्टर मात्रा खोप लगाइएको छ । 



विराटनगर । रातो तारा डट कम, न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले नेपाल पत्रकार महासंघ मोरङका साधारण सदस्यहरूको उपचार निःशुल्क र, बिभिन्न सेवाहरूमा छुटसहिको सेचाहरू प्रदान गर्न सम्झौता गरेको छ ।

अस्पताल र पत्रकार महासंघ मोरङ बीच आइतबार सम्झौता भएको हो । अस्पतालको तर्फबाट सम्झौतापत्रमा अपरेशन डाइरेक्टर राजेश भट्टराई र पत्रकार महासंघ मोरङको तर्फबाट संजीव खनालले हस्ताक्षर गरेका छन । अस्पतालले पत्रकार महासंघमा आवद्ध भएका सदस्यहरूको ओपीडी, आकस्मिक, एम्बुलेन्स प्याथोलोजी, एक्सरे, अल्ट्रासाउन्ड, डइसीजी, इन्डोस्कोपी, बेड चार्ज, प्रकारका फिजियोथेरापी, इको सेवाहरू निःशुल्क रहेको अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टले जानकारी दिइएकी छिन । यस्तै १० प्रतिशत छुटमा एमआरआई, सिटी स्क्यान, सिटी एन्जियोग्राफी, क्याथल्याव,एन्जियोग्राफी, एन्जियोप्लास्टी,पेशमेकर, फक्लोनोस्कोपी, सबै शल्यक्रिया, आईसीयू सीसीयू, भेन्टिलेटर, बोनम्यारो डेनसीटी, ईईजी, एनसीभी, एनसीएस, टीएमटी, एबीपीएस, होल्टर, कार्डियोग्राफी सेवा रहेको छ । पत्रकारका आश्रित परिवारलाई पनि छुट सेवा रहेको अस्पतालले जनाएको छ । पत्रकारका आश्रित परिवारलाई विभिन्न सेवाहरूमा ३० देखि ४०स् प्रतिशतसम्म छुट दिने भएको छ ।


 माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल 

सङ्खुवासभा । सङ्खुवासभा जिल्लामा बन्ने १०६१ मेगावाट क्षमताको नेपालकै सबैभन्दा ठुलो माथिल्लो अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवाला निकायसँग छलफल गरिएको छ । आइतबार सङ्खुवासभाको खाँदवारिमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको उपस्थितिमा छलफल भएको हो । 


प्रदेश सरकारले २०० मेगावाट क्षमता भन्दा माथि लगानी गर्न कानूनी समस्या भएकाले आयोजना निर्माणका लागि सङ्घीय सरकारसँग पहल गर्ने मन्त्री कार्कीले बताउनुभयो । नागरिकसँग आयोजनाका सन्दर्भमा छलफल गर्ने र प्रदेश सरकारका तर्फबाट समन्वयात्मक भूमिका रहने उहाँको भनाई छ । कतिपय कुराहरूमा सङ्घीय सरकारले अधिकार नदिँदा प्रदेश सरकारले निर्णयात्मक भूमिकामा रहन नसकेको उहाँले बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले यो आयोजना सम्पन्न गर्नका लागि सबै सरोकारवाला निकायको मुख्य भूमिका रहने बताउनुभयो ।छलफलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश १ प्रहरी प्रमुख अरुण कुमार बिसी, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, आयोजनाका प्रतिनिधि, जिल्लाका जनप्रतिनिधि लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । 


आयोजना कार्यालयका अनुसार अहिले आयोजना प्रभावितहरूको लगत सङ्कलनको काम भएर आयोजना निर्माणका लागि श्रोतको खोजी भइरहेको छ । कुनै अवरोध नआए आगामी २०८१ मा आयोजना निर्माणको काम सुर भएर २०८७ मा सक्ने लक्ष लिइएको छ ।




सङ्खुवासभा । रातो तारा डट कम,प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय आँखीभुईको उद्घाटन गर्नुभएको छ । आइतबार नव निर्मित  कार्यालय भवन, ब्यारेक तथा शौचालयको मन्त्री कार्कीले उद्घाटनगर्नुभएको हो ।


कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रहरीको भन्दा पनि नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । नागरिक सभ्य भएमा प्रहरी सफल हुने र सभ्य समाजको निर्माण हुने उहाँको भनाइ छ ।

कार्यालय त कानूनी प्रक्रिया पुरा गर्ने स्थल हो तर तपाई हामी आफै सभ्य बनौँ न समाज सभ्य बन्छ, उहाँले भन्नुभयो, प्रहरी विपद्का वेला नागरिक सङै रहन्छ।

प्रहरी संरचना केन्द्रकै मातहतमा रहे पनि प्रदेश सरकार प्रहरी संरचना बलियो बनाउन लागिपरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले सान्ती सुरक्षा र सुशासनमा प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी प्रमुख अरुण कुमार बिसीले प्रहरीबाट लिन सक्ने सेवाको अभिवृद्धि हुने मा विश्वस्त रहेको बताउनुभयो ।

सो भवन प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड ९४ लाख ९४ हजार ६ सय ९९ रुपैयाँ ३० पैसामा निर्माण भएको हो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रमुख जिल्ल अधिकारी नूरहरी खतिवडा, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि साथै सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।


काठमाडौ,१५ फागुन ।  रातो तारा डट कम,ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजाइनमा ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना गर्ने भएको छ । ०७९ को बैशाख २४ गते बिराटनगरमा सम्पन्न गरिने अवार्डबारे आइतबार राजधानीमा प्रेसमिट गरि जानकारी दिइयो । 


मोफसलमा समेत नेपाली फिल्मको बिकास, बिस्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण बिराटनगरमा आयोजना गर्न लागीएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजबंशीले बताए । उनले भने, ‘बिराटनगरजस्तो ठूलो शहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन । कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने बिश्वासलिएकाछौ ।’ 

कोरियोग्राफरका रुपमा परिचीत साइमनले अवार्ड कार्यक्रम निकै भब्य हुने दावी गरे । भने,‘मैले केही बर्ष मुम्बइमा काम गरेको अनुभव र त्यहाँको साइमन फिल्मस्को डिजाइनअनुरुप भब्यताका साथ कार्यक्रम गर्ने योजना छ ।’ 

कार्यक्रममा प्रमुख अतिथि अभिनेता सरोज खनालले नेपाली फिल्मको बिकासमा यो अवार्डले टेवा पुर्याउने बिश्वासब्यक्तगरे । उनले भने, ‘अधिकांश अवार्डहरु राजधानीमा मात्रै केन्द्रित भइरहेको पाइन्छ । तर फस्र्ट फ्लाएर फिल्म अवार्ड पहिलोचोटी नै मोफसलमा हुन लाग्नु निकै खुशीको कुरा हो । अन्य अवार्ड भन्दा यो निश्चय नै बिशेष हुने बिश्वास मलाई छ ।’

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बिराटनगरमा अवार्ड हुन लागेको सुन्दा आफूलाई निकै खुशी लागेको बताइन् । ‘पहिलो संस्करण नै बिराटनगरमा आयोजना हुन लागेको यो अवार्डले नेपाली चलचित्रको मोफसल बजार र कलाकारको मनोबल उच्च बनाउने छ भन्ने आशा मलाई छ ।’ कार्यक्रममा चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्ड कार्यक्रममा गुणस्तरिय फिल्म निर्माणमा दवाव दिनुका साथै अब्बल कलाकारिताका लागि कलाकारलाई समेत प्रोत्साहीत गर्ने धारणा राखे । उनले भने,‘अवार्ड कार्यक्रम हुन नराम्रो होइन । तर अवार्डले कलाकारको मनोबल र स्वाभीमान बढाउनु पर्छ । यो अवार्ड वास्तवमै निष्पक्ष र गरिमामय हुने बिश्वास लिएको छु । प्रेसमिटमा संचारकर्मीहरुको जिज्ञासा मेट्दै आयोजक संस्थाका प्रमुख साइमनले अवार्ड शतप्रतिशत निष्पक्ष हुने दावी गरे । ‘हाम्रो अवार्डको जुरी को को हुनुहुन्छ भन्ने कुरा अवार्ड कार्यक्रममै बताउने छौ,’ उनले भने,‘फिल्म हेरेर जुरीले जे निर्णय गर्नुहुन्छ, त्यही नै अन्तिम निर्णय हुनेछ । आयोजकको कुनै हस्तक्षेप रहने छैन ।’ कार्यक्रममा संचारकर्मी तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी,कोरियोग्राफर कविराज गहतराज,नरेशवीर सिंहलगायतको उपस्थिति थियो । 

चलचित्रसम्बन्धी बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिने समारोहको प्रमुख सल्लाहकारमा अनिश सिंह ठकुरी, कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा,ब्यबस्थापनमा बिमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् । ०७६,०७७ र ०७८ चैत्र भित्र प्रदर्शन भएका फिल्महरु सहभागी हुने अवार्डको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्वजनीक गरिने बताइएको छ । 

०००



विराटनगर, १५ फागुन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले एकसय दिने प्राथमिकताका २०बुँदा सार्वजनिक गर्नुभएकोहो ।

पत्रकार सम्मेलनमा मन्त्री यादवले सीमित स्रोत साधनले नागरिकका अनेकांै चाहना र स्वास्थ्य प्रणालीका चुनौतीहरु एकैचोटी समाधान गर्न नसकेपनि मन्त्रालयका गतिबिधिहरुलाइ थप ब्यबस्थित र सुदृढ गर्दै लाने उद्देश्यले मन्त्रालयका नियमित काम बाहेक पहिलो १०० दिने कार्ययोजना तयार गरि कार्यान्वयनमा ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ कार्य योजनाका कार्यहरु प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले निर्दिष्ट गरेका प्राथमिकता र तत्कालिन आबश्यकातालाइ सम्बोधन गर्नेगरी तयार गरिएको छ ।’ 


मन्त्री यादवले प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने,  पशुवाट मानिसमा सर्ने रोगहरुको नियन्त्रणका लागि एक स्वास्थ्य रणनीति तयार गर्ने, स्वास्थ्य वीमा वोर्डको प्रदेश नं. १ को कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने, मेची अस्पताललाई २ सय शैयामा स्तरवृद्धि गर्न आवश्यक तयारी गरी स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने,  विशेषज्ञ चिकित्सकको लागि सुविधा सम्वन्धिको निर्देशिका स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेस गर्ने रहेको छ । 

त्यसैगरि स्वास्थ्य मन्त्रालयमा महाशाखा र शाखाहरुको कार्य विवरण तयार गर्ने, प्रादेशिक आर्युवेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने,  प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा आप्mनै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाहरुको सुदृढिकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारी, इनरुवा अस्पताल र गाइघाट अस्पताललाई आकस्मीक स्वास्थ्य सेवा तथा प्रेषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने प्राथमिकता रहेको मन्त्री यादवले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको लागि जग्गा ब्यवस्थापन गर्ने, कोभिड १९ को अवस्था, खोप लगायतका सम्पूर्ण जानकारी नियमित रुपमा सार्वजनिक गर्ने, प्रोल्याप्स युटरेस र फिस्टुलाको शल्यक्रिया प्रदेश भित्रका अस्पतालहरुसँग सम्झौता गरि कार्यक्रम संचालन गर्ने व्यवस्था गर्ने, स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायहरुको कर्मचारी दरवन्दीको अवस्था अध्ययन गरि रिक्त पद परिपुर्ति गर्न सम्वन्धित निकायमा पहल गर्ने, प्रदेशभरिका स्वास्थ्यकर्मीहरुको रिक्तपदको विवरण संकलनगरि लोक सेवामा पठाईने, बजेटमा व्यवस्था भएका विभिन्न कार्यक्रम कार्यान्वयनका लागि आवस्यक मार्गदर्शन तयार गर्ने लगायत रहेको प्राथमिकता सार्वजनिक गर्नुभएको   हो । 



विराटनगर, १५ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसारका पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४ महिला र २० पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८६५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




मोरङ, फाल्गुन १५ गते । मोरङको लेटाङ नगरपालिका-८ कि १२ बर्षीया बालिकालाई जवर्जस्ति करणी गरी हत्या गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ-८ का ६४ बर्षीय दिपक गरी रहेका छन । पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय मोरङले आज एक कार्यक्रमको  आयोजना गरी सार्वजानिक गरेको हो ।


मिति २०७८ फाल्गुन ११ गते बेलुकी अवेरसम्म पनि घर फर्कि आई पुगेकोले घर परिवारका सदस्यले सोही दिन लाका प्रहरी कार्यालय लेटाङमा जानकारी गराए पश्चात १३ गते बिहान खोज तलासमा खटिएको प्रहरी टोलीले निज बालिकाको घर देखि ३ किलो मिटर दक्षिण लेटाङ-८ लाल हिरा सामुदायिक बनमा बालिकको शव ढुङ्गाले छोपी मृत अबस्थामा फेला परेको थियो भने गिरीको घर पछाडि रहेको खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू, फरकको खिपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा र  नजिकै लाईटर समेत फेला परेको थियो ।

फाल्गुन ११ गते बेलुकी साढे ४ बजे  श्री जाँते उच्च माध्यमिक बिध्यालयबाट छुट्टी भई लेटाङ-८ स्थित जंगलको बाटोमा घर फर्कदै गरेको अवस्थामा गिरीले बालिकालाई एक्लै देखि पछ्याउदै गई बिच जंगलमा पुगेपछि फकाई फुल्याई जंगल भित्रको छोटो बाटो जाँदा छिटो पुगिन्छ भनि केही पर लगि जवरजस्ती करणी गरी घाँटी थिचि हत्या गर नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको अनुसन्धानबाट खुल्न आएको हो 

घटनामा संलग्न गरेका  पक्राउ प्रतिवादी गिरीको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


श्याम राई÷उदयपुर गाईघाट, १५ फागुन। रातो तारा डट कम, त्रियुगा नगरपालिकालाई उप–महानगरपालिकाका बनाउनको  लागि आठौं नगरसभाले प्रस्ताब पारित गरेको छ ।

शनीबार नगर सभामा मेयर  बलदेब चौधरीले उप–महानगरपालिका बनाउने प्रस्ताब अघि सारेपछि वहुमत सदस्यबाट उप–महानगरपालिका बनाउने पारित भएको हो ।

त्रियुगा नगरपालिकालाई भूगोल र जनसंख्याको हिसाबले उप–महानगरपालिका बनाउनको लागि मेयर चौधरीले कार्य योजना अघि सारेपछि नगरसभामा सामान्य छलफलबाटै प्रस्ताब पारित भएको छ ।

‘अहिले उप–महानगर बन्नको लागि जनसंख्या बाहेक सबै मापढण्ड पुगेको छ ।’ मेयर चौधरीले भने । आसपासको केही नगरपालिका र गाउपालिकाको भू्गोललाई समेटेपछि आवश्यक जनसंख्या पुग्छ ।’ उनले भने । त्यसको लागि अब कार्य योजना अघि बढाएर कामको थालनी गरिने उनले बताए ।


उदयपुर मेडिकल कलेजको स्थापना त्रियुगा नगरपालिकाको सुकौरामा‘ थ्रि पी मोडेल ’ को सिमेन्ट उद्योग स्थापना गर्ने प्रस्ताब समेत नगरसभाबा पारित भएको प्रमुख कार्यकारी अधिकृत पुरुषोत्तम ढकालले बताए । नगर क्षेत्रमा वर्षैदेखिको अ–व्यावस्थित बसोबासलाई व्यवस्थित गरिने र ऐलानी पर्ती  जग्गा सुकुम्बासीलाई वितरण गरिने मेयर चौधरीले बताए ।

त्रियुगा नगरपालिका बनेको झण्डै दुई दशक भए पनि नगरक्षेत्र भित्रको फोहर मैला व्यवस्थापन हुन नसकिरहेको अवस्थामा नगरपालिकाले यो पटक भने डम्पिङ्ग साईड निर्माणको लागि झण्डै ९ करोड रुपैया विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।







बिराटनगर फागुन १५ गते । रातो तारा डट कम, प्रदेश १ को प्रदेशसभाको बैठक आज दिउंसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको छ । प्रदेशको नामाकरणमा सबैपाटीको सहमती नभएकाले प्रदेश सभाको बैठकमा छलफल नहुने भएको हो । 


काठमाण्डौ फागुन १५ गते । रातो तारा डट कम, प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी लगानीको नेपालमा, परियोजना (एमसीसी)को छलफलका लागि पेश हुने भएको हो ।  सरकारले गत आइतवारको बैठकमा टेबल गरेको एमसीसी अमेरिकी लगानीको परियोजना बारे आज बोलाइएको १ बजेको बैठकमा छलफलका हुने संसद् सचिवालयले जनाएको छ । बैठक अहिले सम्म सरकारले आफै दुइ पटक सम्म सारी सकेको छ । देउवा सरकारले आम जनतालाई झुक्याएर छलफल भन्दै ध्वनीमत भन्दै जवजर्सित पास गर्न खोजिरहेको आम नेपाली जनताले आरोप लगाउदै बानेश्वर क्षेत्र तनाव ग्रस्त बनाउदै आएका छन र आज पनि सो क्षेत्रमा आम जनताले एमसीसीको बिरोध घेराउ धर्ना प्रदर्शन गर्नेभएकाछन ।

 




काठमाण्डौ फागुन १५ गते । रातो तारा डट कम, विभिन्न ६ दल र दुई मोर्चाले नेपालमा अमेरिकी लगानी एमसीसी कुनै पनि हातलमा खारेज गराउने निर्णय गरेका छन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी मसाल, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र नेपाल कम्युनिष्ट पार्टीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले कुनै पनि हालतमा एमसीसी खारेज गराउने बताएका हुन् । उनीहरूले आज एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन गर्ने जनाएका छन् ।



विराटनगर  फागुन १४ गते । रातो तारा डट कम, नेपाली कांग्रेस वडा कार्यसमिति विराटनगर–१२ ले टोल समितिका संयोजकहरूलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरेको छ ।


वडा सभापति हरिनारायण यादवको अध्यक्षमा शनिबार बसेको बैठकले वडाभित्र गठन गरिएको टोल समितिका संयोजकहरूलाई अविर र मालाले सम्मानसहित प्रमाणपत्र प्रदान गरेको हो । त्यस्तै बैठकले वडाको चौथौं अधिवेशनमा उपभापतिका उपविजेता डेडराज दाहाललाई सम्मानित वडा सदस्यका रुपमा मनोनित गरेको छ ।

वडा सचिव ज्ञानेन्द्र खड्काका अनुसार बैठकले राजीव अर्याल, सुनिल भट्टराई, रमेशकुमार श्रेष्ठ, रीता पोखरेल, नवराज कोइराला, भरत विष्ट, सुमित्रा अधिकारी, अलखकुमार महतो र प्रमोदकुमार शर्मा सेढाईं पनि वडा सदस्यमा मनोनित गरिएको छ । 

मनोनित सदस्यहरूलाई मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङ, महाधिवेशन प्रतिनिधि निरञ्जन रिजाल, क्षेत्र नम्बर ६ (ख) का सभापति मधुबाबु तिवारी, क्षेत्र नम्बर ६ का सचिव जितेन्द्र गोल्छा, वडा सभापति हरिनारायण यादवलगायतले अविर लगाएर सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन अधिवेशनको तिक्ततालाई बिर्सिएर संगठन निर्माणमा लाग्नुपर्नेमा क्षेत्रीय सभापति तामाङले जोड दिए । 


 

बिराटनगर २०७८ फागुन १४ गते, मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको १४औँ साधारण सभा सम्पन्न भई नयाँ कार्यसमिति गठन भएको छ । एशोसिएसनका अध्यक्ष श्री शुभाष आचार्यज्यूको अध्यक्षतामा आयोजित उक्त साधारण सभामा अध्यक्षले स्वागत मन्तव्य राख्नु भए पश्चात् प्रमुख अतिथि नाडाका केन्द्रीय अध्यक्ष श्री धु्रव बहादुर थापाले सभाको उद्घाटन गर्नु भएको थियो ।


सभाबाट एशोसियसनको आगामी कार्यकालका लागि गठित नयाँ कार्यसमितिमा अध्यक्ष पदमा श्री संजय कुमार श्रेष्ठ, उपाध्यक्षमा दिल्ली आचार्य, सचिवमा मनोज विक्रम साह, सह–सचिवमा रुपेश बराल, कोषाध्यक्षमा जीवन पोख्रेल, सदस्यमा श्री ओम प्रकाश शर्मा, श्री रवी अग्रवाल, श्री दिव्य राज घिमिरे, श्री निसार अहमद्, श्री राजेश कुमार भगत, श्री शैलेन्द्र कुमार साह, श्री मनोज कुमार चौधरी र श्री गंगा प्रसाद शर्मा सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।

सभामा मोरंग व्यापार संघका उपाध्यक्ष श्री अनिल कुमार साह, नाडाका महासचिव श्री सुरेन्द्र कुमार उप्रेति, पत्रकार महासंघ, मोरङका अध्यक्ष श्री संजीव खनाल, जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षकले आ–आफ्नो मन्तव्य राख्नु भई शुभकामना व्यक्त गर्नु भएको थियो । सभामा जिल्ला ट्राफिक कार्यालयका दुई जना जवान श्री चन्द्रकला विष्ट र रोशन कुमार चौधरी र अटो पत्रकार एवं आवर विराटनगर डट नेटका सञ्चारकर्मी श्री राकेश कर्णलाई प्रमाण पत्र र नगद राशी सहित सम्मान गरिएको थियो भने सभाको अन्त्यमा पूर्व अध्यक्ष श्री तोया खनालले धन्यवाद मन्तव्य दिनु भएको थियो ।




 विराटनगर फागुन  १४ गते । रातो तारनेा डट कम,पाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा शनिबार सम्पन्न नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगिता उपाधि प्रिमियर–११ ले जितेको छ ।


आज भएको फाइनल खेलमा खेल सकिन लान्दा समान्य विवाद भएपछि हुलास–११ ले देल अस्वीकार गरे पछि म्याच रेफि मांगिलाल शर्माले प्रिमियरलाई विजयी घोषणा गरे । नवौं संस्करणको एमपिएल जितेको प्रिमियरले लगातार ३ सिजन उपाधि रक्ष गर्दै ह्याट्रिक सहित चौथोपटक उपाधि जित्दै हुलासले जितेको ४ पटकको बराबरी गरेको छ । 

जवाफमा ८६ रनको सामान्य लक्ष्य पाएको लिगमा अपराजित प्रिमियरले ८ दशमलव ३ बलमा ३ विकेटको नोक्सनी मा ५४ रन बनाएपछि खेलमा विवाद भएको थियो । त्यस पछि खेल नभए पछि खेल प्रिमियरले जितेको हो ।  प्रिमियरका लागि म्यान अफ द फाइनल हरिया बाहेतीले अविजित ५५ रन बनाउँदा अमित अटलले ११ रन बनाए । हmुासका विवेक दुगड, शुभम लुनिया र मनिष कोठारीले १–१ विकेट लिए । 

यस अघि टस हारेकोे हुलास–११ निर्धारित १२ ओभरमा ७ विकेट गुमाई ८५ बनायो । हुलासका दर्शन दुगडले ३५ रन बनाउँदा अरिन्त वैधले १३ रन र अरियन्त दुगडले अविजित १० रनको योगदान दिए प्रिमियरका गौरव राठीले ४ विकेट लिँदा मोहित अटल र वेदान्त जाजुले १–१ विकेट दिए । 

प्रतियोगितको उत्कृष्ट खेलाडी म्याजिकका अनिष अग्रवाल घोषित भए । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान प्रिमियरका अमित अटल हसँदा उत्कृष्ट बलरप्रिमियरकै वेदान्त जाजु भए । ओरेन्ज क्याप प्रिमियरका अनिल अटल तथा पर्पल क्याप प्रिमियरका वेदान्त जाजु भए । त्यसैगरि फेयर प्ले अवार्ड सिएसवि–११ले हात पार्दा उदयमान खेलाडी पर्शुरामका कसलदिप गौर भए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमसख अतिथि पूर्व राज्य मन्त्री मोती दुगड, नेपाल अग्रवाल सभाका अध्यक्ष विशाल केडिया, महेश्वरी सभाका अध्यक्ष आन्न्द मारु, जैन स्वेताम्वर तेरापन्थी सभाका अध्यक्ष सुतिस दुगड, एमपिएल–९ का अध्यक्ष अभिषेक केडिया र खेल सम्योजक हेमन्त अग्रवालले पुरस्कार तथा ट्रफि वितरण गरे । 

फागुन ११ गतेदेखि शु भएको प्रतियोगिता लीगकम नकआउटको आधारमा खेलाएको थियो । 

मारवाडी समुदायविच खेलाइने प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, मेहेश्वरी युवा मञ्च , ओस्वाल युवा मञ्च , नेपाल मारवाडी ब्राहण युवा मञ्च र मेढ स्वर्णकार युवा मञ्चका क्रमश म्याजिक स्टाइकर्स, प्रिमियर–११, हुलास–११,पर्शुराम वारियर्स र सिएसवि–११ सहभागि रहेका थिए । विजेताले ६१ हजार तथा ट्रफि र उप विजेताले २१ हजार तथा ट्रफि हात हात पारेको थियो ।



श्याम राई- उदयपुर गाईघाट, १४ फागुन।रातो तारा डट कम, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिब योगेस भट्टराईले एमसिसिको विष्यमा सदनबाट जबाफ दिने बताएकाछन् ।

उनले सत्ता गठबन्धन दललाई नौटंकी गर्नेको जमात भन्दै एमालेले समय आएपछि सदनबाट एमसिसिको विषयमा निर्णय लिने बताए ।

स्थानीय निर्वाचनलाई लक्षितगरि पार्टी प्रशिक्षणको लागि गाईघाट आईपुगेका भट्टराईले शनीबार प्रेस चौतारी उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसिसि सदनको विषय भएकोले सडकबाट त्यसको जबाफ नदिने बताए ।‘ हामी उत्तेजना र भावनाबाट वहकिएर सडकबाट जवाफ दिदैनौ, के गर्ने नगर्ने भन्ने बारे संसदबाट जबाफ दिन्छौ । त्यस बारेमा हामी प्रकृयामा पुगेका छैनौ ।’ उनले भने ।

गठबन्धन दलको दोहोरो चरित्रको कारण एमसिसि विवादमा परेको उल्लेख गर्दै सचिब भट्टराईले मुलुक जटिल अवस्थामा पुग्न लागेको बताए । उनले गठबन्धन सरकार बने यता मुलुकमा आर्थिक मन्दि आएको र बाह्रय शक्तिसंतुलन कमजोर बन्दै गएकोले अहिलेको गठबन्धनतत्कालभत्ताउनु पर्ने बताए ।





 


सुनसरी इटहरी फागुन १४ गते । रातो तारा डट कम,  इटहरी,इटहरी उपमहानगरपालिकाको पहिलो कार्यकालका जनप्रतिनिधिले जनता सँग चुनावका वेला गरेका वाचा  पूरा गर्ने क्रममा दुईदिनमै छ वटा आधारभूत अस्पताल उदघाटन गरिएको छ । चुनावका वेला सवै वडामा आधारभूत अस्पताल पूरयाउने प्रतिवद्धता गरिएको थियो ।

सरकारी स्वास्थ्य सस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । धमाधम उदघाटन गरेर सेवा सूचारु गर्ने क्रममा आज वडा नम्वर १०,११ र १३मा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरील नवनिर्मित स्वास्थ्य इकाई भवनको उदघाटन गर्नुभयो । उहाँले अव आधारभूत सेवा लिन गाँउका जेष्ठ नागरिक,महिला,वालवालिका लगायतले शहर जानु पर्नेअवस्थाको अन्त्यभएकोवताउनुभयो । विद्यार्थीलाई नियमित स्वास्थ्य परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो । उपप्रमुख लक्ष्मी गौतमले संघीयता कार्यावन्यन गर्ने क्रममा इटहरी उपमहानगरपालिकावाट भएका विकासका कार्यका कारण जनताले गाँउ गाँउमा शिँहदरवार आएको महशुष गरेको वताउनुभयो । वडा नम्वर १०मा वडाध्यक्ष प्रकाश चौधरी,११मा वडाध्यक्ष रुपेश चौधरी र १३मा वडाध्यक्ष शिव नारायण  चौधरीको अध्यक्षतामाउदघाटनकार्यक्रम गरिएकोहो । कार्यक्रममा इन्जिनियर अरुण राजवलटले भवन निर्माण लागतको वारेमा र स्वास्थ्य संयोजक धनश्याम सिग्देलले स्वास्थ्य इकाइवाटप्राप्त हुने सेवाका वारेमाजानकारी दिनुभयो । हिजो मात्र वडा नम्वर १८,१९ र २०मा स्वास्थ्य इकाइ भवन उदघाटन गरिएको थियो ।गाँउ गाँउका वासिन्दाले सवैका लागि स्वास्थ्य भन्ने नारा सुनेको तर सवैका लागि स्वास्थ्य आजै प्राप्त हुन लागेको भन्दै खुशी ब्यक्त गरेका छन ।


 


भद्रपुर, १४ फागुन । रातो तारा डट कम, नेकपा ९माओवादी केन्द्र० भद्रपुर नगर कमिटी, प्रचार विभागले शनिबार अमेरिकी सहयोग परियोजना ९एमसीसी० नेपालमा चाहिने वा नचाहिने भन्ने सम्बन्धमा मत सर्वेक्षण गरेको छ ।

शहीद सप्ताहको अवसरमा भद्रपुर–५ को वडा कार्यालय अगाडि एमसीसीबारे आमजनताको मत सर्वेक्षण गरेको हो । नगर अध्यक्ष शिवकुमार राजभण्डारीले मुलुकका लागि घातक एमसीसी परियोजना हाल संसद्मा प्रस्तुत भएकाले सोको विरुद्धमा जनमत संकलन गरिएको बताए ।

दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म गरिएको मत सर्वेक्षणमा १५४ जनाले मत खसालेका थिए । जसमध्ये १४९ मत चाहिँदैन, ४ मत चाहिन्छ र १ मत खाली ९तटस्थ० खसेको थियो । छोटो अवधिमा गरिएको मत सर्वेक्षणमा ९७ प्रतिशतको मत विपक्षमा देखिएको नगर कमिटीका पार्टीका प्रचार विभागका राजु पाठकले बताए ।

मत सर्वेक्षणका क्रममा जनमानसमा एमसीसीविरुद्ध ठूलो आक्रोश देखिएको थियो । मत जाहेर गर्नेहरुले सोही क्रममा एमसीसीको आलोचना समेत गरेका छन् ।



विराटनगर, १४ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १५७ जनाको पीसीआर परीक्षण गर्दा ३ र २६४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीको इटहरी र कोशी गाउँपालिकामा १–१ र मोरङको विराटनगरमा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ८९२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  



विराटनगर फागुन  १४ गते । रातो तारा डट कम, कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन विराटनगरका विद्यालयहरूमा विद्यार्थीहरूको भीड लागेको छ । कोरोनालाई परास्त गर्ने एकमात्रै विकल्प खोप भएकाले अनिवार्य रुपमा खोप लगाउन विद्यार्थी र अभिभावकहरूले सबैलाई आग्रहसमेत गरेका छन् । 


कोरोनाको संक्रमणदर घट्दै गएको छ । तर जोखिम भने कायमै रहेको छ । सरकारले आगामी वैशाख मसान्तभित्र १२ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । त्यही भएर यतिबेला देशभर खोप अभियान सञ्चालन भइरहेको छ । विद्यालयमार्फत विद्यार्थीलाई खोप लगाउने काम भइरहेको छ । प्रदेश राजधानी विराटनगरका अधिकांश विद्यालयमा खोप अभियान सञ्चालन गरिएको छ । विद्यालयहरूमा खोप लगाउने विद्यार्थीहरूको अत्यधिक भीड लागेको छ । विराटनगर–११ स्थित विकेभिएम बोर्डिङ स्कुलमा शनिबार सञ्चालन गरिएको केन्द्रमा थामिनसक्नु विद्यार्थीको भीड लागेको थियो । पहिलो मात्रा खोप लगाएका १५ सयभन्दा बढी विद्यार्थीले एकैदिन खोप लगाएको विद्यालयका लेखा अधिकृत दीपक निरौलाले जानकारी दिए । विद्यार्थीको चापका कारण खोप कमी हुँदा अन्य केन्द्रबाट समेत ल्याएर लगाइएको उनले बताए । “खोपको पहिलो मात्रा लगाएका १५ सयभन्दा बढी विद्यार्थीले एकैदिन खोप लगाएका छन्,” निरौलाले भने, “पहिलो मात्रा छुटेका केही विद्यार्थीहरू पनि खोप लगाउन आइरहेका छन् । खोप अभियानमा अभिभावकहरूले पनि सहयोग पु¥याइरहनु भएको छ ।”

विद्यालयका बालबालिकामा समेत खोपप्रति अत्यन्तै उत्साह बढेको भन्दै अभिभावकहरूसमेत खुसी देखिएका छन् । विगतमा खोपप्रति विभिन्न नकारात्मक टिकाटिप्पणी भए पनि हाल खोप लगाउन तँछाडमछाड हुनु सकारात्मक भएको अभिभावक कोषराज न्यौपानेको भनाइ छ । त्यसो त खोपप्रति विद्यार्थीसमेत सचेत भएको देखिएको छ । खोप लगाउन उनीहरूले सबैलाई आग्रहसमेत गरेका छन् । कोरोनालाई परास्त गर्ने एक मात्रै विकल्प खोप भएकाले सबैले खोप लगाउनुपर्ने विद्यार्थी स्वीकृति अधिकारीको भनाइ छ । सरकारले आगामी वैशाख मसान्तभित्र १२ वर्षभन्दा माथिका लक्षित उमेर समूहका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ । 


 


बिराटनगर फागुन  १४ गते । रातो तारा डट कम,   मुक्तककार अम्बिका खरेल उप्रेतीद्वारा लिखित ‘नजरभित्र’ मुक्तकसंग्रह शनिबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । 

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा उप्रेतीको पहिलो कृतिका रुपमा मुक्तकसंग्रह विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार हरि कट्टेल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले विमोचन गरे । विमोचित संग्रहका बारेमा समालोचक हरि कट्टेलले टिप्पणी गरेका थिए । संग्रहमा मुक्तककार उप्रेतीले समसामयिकदेखि समाजका विभिन्न विषयवस्तुलाई सशक्त रुपमा उठाएको उनको भनाइ थियो । 

त्यस्तै कवि भरत गुरागाईं ‘बर्बरिक’, विनोद विवश, चूडामणि नेपाल ‘अकिञ्चन’, लक्ष्मी रायमाझी र मीना श्रेष्ठ ‘सवि’ले संग्रहभित्रका मुक्तकहरु वाचन गरे । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको संग्रहभित्र २ सय ५८ वटा मुक्तक संग्रहित छन् । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.