Websoft University
January 2021

 


विराटनगर, १८ माघ । रातो तारा डट कम, प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आजसम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५६३, धनकुटामा ५३९, पाँचथरमा ४८९, ते¥हथुममा ४४२, खोटाङमा ३४६, उदयपुरमा ३३४, सोलुखुम्वुमा २२६, संखुवासभामा २८१ र ताप्लेजुङमा २१८ जनाले खोप लगाएका छन् । 

प्रदेश १ मा माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा खोप केन्द्र मार्फत खोप लगाउने गरिएको बताउनुभयो । 

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५७६ लाई खोप लगाईने कार्यक्रम छ । 




काठमाण्डौ माघ १८ गते । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ३ सय ८ जनाको परीक्षण गर्दा ४१ जना महिला र ६४ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ३३६ जना सङ्क्रमणमुक्त भएका छन् भने २ हजार २९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २ हजार ५९४ जना संक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ८६२ जनाको होम आइसोलेसनमा छन् भने १४३ जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचारभइरहेको छ ।


 


काठमाण्डौ माघ १८ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिगमा विभागिए टिम नेपाल पुलिस क्लवले चन्द्रपुर नगरपालिका माथि ३ –१ को जित निकालेको छ । जितसँगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको
छ ।  सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा जितपछि पुलिसले पाँच खेलमा आठ अंक बनाउँदा लिगको दोस्रो स्थानमा उक्लिएको छ । एपीएफ शिर्ष स्थानमा रहेको छ ।  प्रतियोगितामा भोली दुई खेल हुने
छन्  । जसमा पहिलो खेलमा आर्मी र विराटनगर तथा दोस्रो खेलमा शिर्ष स्थानको एपीएफ र चौदण्डीगढी विच प्रतिस्पर्धा हुनेछ ।









काठमाण्डौ माघ १८ गते । रातो तारा डट कम,भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरि इन्टरनेट सेवा काटिएको छ । दिल्लीमा किसानहरुले पकड जमाएको मुख्य तीन ठाउँमा सरकारले मोबाइल इन्टरनेट सेवा काटेको हो ।

आम सुरक्षा मजबुत बनाउन इन्टरनेट सेवा काटिएको र यो आज मध्यरातसम्म जारी रहने जनाइएको छ । दिल्लीको सिङ्घु, गाजीपुर र टिक्री जिल्लामा मोबाइल इन्टरनेट अवरुद्ध पारिएको हो । दिल्लीमा हजारौं किसानहरु महिना दिनभन्दा अघिदेखि आन्दोलनरत छन् । 

सरकारले हालै सार्वजनिक गरेको कृषि कानुन फिर्ता लिनुपर्ने उनीहरुको माग छ । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्नेगरि सरकारले ल्याएको कानुनले पुस्तौदेखि परम्परागत कृषि पेशामा जीवन धान्दै आएका करोडौं किसानहरु विस्थापित हुने किसानहरुको तर्क छ । 


काठमाण्डौ माघ १८ गते । रातो तारा डट कम,बर्डफ्लू सङ्क्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । सङ्क्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, पाँच सय ४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । 

रोग देखापरेको क्षेत्रलाई समेत निसङ्क्रमण तुल्याइएको पशुसेवा विभागका वरिष्ठ पशुविकास अधिकृत चन्द्र ढकालले सीआईएनसँग बताउनुभयो । रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ । 

चिकित्सकहरूले बर्डफ्लूबाट विगतमा मानिसको मृत्युसमेत भएकाले भरसक मासु तथा मासुजन्य खाने कुरा नखान तथा खाए पनि राम्ररी पकाएर खान सुझाव दिएका छन् । भारतमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतको एचफाइबएनएइट स्ट्रेन बर्ड फ्लू पत्ता लागेसँगै नेपालमा पनि बर्डफ्लू देखापरेको हो । 

चिकित्सकहरूका अनुसार नेपालमा यही स्ट्रेनको भाइरस पहिलो सन् २०१७ मार्च महिनामा देखिएको थियो । सन् २०१९ मा बर्ड फ्लु भाइरसकै कारण नेपालमा २१ वर्षका युवकको मृत्युसमेत भइसकेकाले यसबाट जोगिन उच्च साबधानी अपनाउन सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले आग्रह गर्नुभएको छ । विश्व स्वास्थ सङ्गठनका अनुसार मानिसलाई सङ्क्रमण गरे बर्ड फ्लुबाट हुने मृत्युदर ६० प्रतिशतसम्म छ ।



 


शिव भट्टराई, मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ सलकपुरमा महिला सेवा समाज उद्घाटन समारोह तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। भुल्के बचत तथा ऋण सहकारी संस्था सलकपुरको सभाहलमा जम्मा १० जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै 'महिला सेवा समाज ' संस्थाको उद्घाटन गरिएको छ। 


शनिबार सम्पन्न भएको सो कार्यक्रमको उद्घाटनको क्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासद लोक प्र. संग्रौलाले महिला सेवा समाजले सामाजिक कार्य गर्दै संस्थाको उद्घाटन गरेर प्रशंसनीय कार्य गरेको र आउँदा दिनहरूमा पनि अझै यस्ता कार्यहरूलाई निरन्तरता दिएर अगाडि बढोस् भन्दै संस्थाको प्रगतिको शुभकामना व्यक्त गरेका थिए।


त्यसैगरी विशिष्ठ अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले सो संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको संस्थाहरुलाई नगरपालिकाको सधैं साथ र सहयोग रहने बताएका थिए।

कार्यक्रममा महिला सेवा समाजकी उपाध्यक्ष रिता ढकालले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा बोल्दै अतिथि समाजसेवी श्याम कुमार आचार्य, सलकपुर सामुदायिक वनका अध्यक्ष तथा समाजसेवी जनक खत्री लगायतले यस संस्थाले आगामी दिनहरूमा अझै सामाजिक कार्यहरु गर्दै अगाडि बढोस् भन्दै शुभकामना व्यक्त गरेका थिए।उक्त उद्घाटन कार्यक्रममा अग्नि प्रसाद आचार्य, जया देवी दाहाल, तुलसा कार्की लगायत जम्मा १० जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई नास्ता खुवाएर सम्मान गरिएको थियो।

कार्यक्रममा महिला सेवा समाजकी अध्यक्ष मञ्जु रेग्मीको सभापतित्व रहेको थियो। जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै उद्घाटन गरिएको यस संस्थाको आगामी दिनहरूमा एकल, विपन्न वर्गका महिलाहरुलाई , हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउन उनीहरूका हक हितका निम्ति कार्यहरु गर्ने बताएकी थिइन्।

त्यसैगरी उनले नगरपालिका सँग समन्वय गरेर नगर माता र नगर पिताको घोषणा गर्ने , सरसफाई कार्यक्रम गर्ने जस्ता अन्य विभिन्न सामाजिक कार्यहरु गर्ने र सुन्दरहरैंचामा रहेका महिलाहरुलाई एक जुट बनाएर अगाडि बढ्ने यस संस्थाको योजना रहेको बताएकी थिइन्।

लउक्त कार्यक्रममा समाजसेवी , जनप्रतिनिधि , पत्रकार , विभिन्न संस्थाका प्रतिनिधिहरू लगायत अन्य  विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम महिला सेवा समाजकी आमन्त्रित सदस्य गिता निरौलाले सञ्चालन गरेकी थिइन्।

 


काठमाडौ । रातो तारा डट कम,नेपाली कांग्रेस झापा-काठमाडौ सम्पर्क समिती क्षेत्र न.३ ले शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । काठमाडौको डिल्लीबजार स्थित सास्कृतिक संघ भवनमा आयोजित कार्यक्रममा झापा क्षेत्र न.३ बाट काठमाडौंमा आइ बसोबास गर्ने , नेपाली कांग्रेसमा आस्था राख्ने  मानिसहरुको बाक्लो उपस्थिति थियो ।


नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला प्रमुख अतिथि र कांग्रेस युवानेता एबम नेबिसंघका पुर्व महामन्त्री कुन्दन राज काफ्ले

 विशेष अतिथि रहेको कार्यक्रममा नेपाली कांग्रेसका अन्य जिल्लाहरुको सम्पर्क समितीका अध्यक्षहरु ,विभिन्न भ्रातृ संगठनका व्यक्तित्वहरुको उपस्थिती थियो ।

कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले संबैधानिक अधिकारनै न भइकन प्रधानमन्त्री के पी शर्मा ओलीले
ससद विघटन गरेकाले त्यसलाई सर्बोच्च अदालतले उल्टाइदिनेमा आफु बिस्वस्त रहेको बताउनु भयो साथै सरकारको सबै कामहरुलाई संसदले सहयोग गर्दै आइरहेकोमा प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट सरकारलाइ असहयोग भएकाले बिघटन गरिएको भन्नु सरासर  झुट भएको बताउनु भयो । उहाले चुनाव गर्ने चाहनाले संसद विघटन गरेको न भई जनतामा निरासा पैदा गराई अहिलेको ब्यबस्थालाई नै अन्ततोगत्वा असफल देखाउन प्रधानमन्त्री के पी ओली लागिपरेको बताउनुभयो । उहाले आ_ आफ्नो क्षेत्रबाट प्रतिनिधि सभा विघटन गर्ने सरकारको  कदमको बिरोध गर्न आग्रह पनि गर्नु भयो ।
 
करिब ३ घण्टा चलेको अन्तरक्रियामा झापा-काठमाडौ सम्पर्क समितीका उपसभापती रोशन लामिछाने , कोषाध्यक्ष खेम प्रसाईं,कांग्रेस युवानेता कुन्दनराज काफ्ले लगायत महानुभावहरुले आफना भनाइहरु राख्नु भएको थियो ।कार्यक्रम झापा-काठमाडौ सम्पर्क समिती छेत्र न ३ का उपसभापती रोशन लामिछानेको सभापतित्वमा सम्पन्न भएको हो  ।

 


सुनसरी माघ १७ गते । रातो तारा डट कम, इटहरी उपमहानगरमा भोलीे माघ १८ देखि २६ गते सम्म अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि निशूल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निशूल्क स्वास्थ्य शिविर हुन लागेको हो । इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ । माघ १८ गते वडा नम्वर २को पूराणचौकमा,माघ १९ गते वडानम्वर ३ को स्वास्थ्य क्लिनिकमा,माघ २० गते वडा नम्वर ५,७र ८का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्वर ४,६ र ९का लागि इटहरी अस्पतालमा निशूल्क स्वास्थ्य शिविर हुने छ । यसैगरि माघ २२  गते वडा नम्वर १०,११ र १२का लागि र माघ २३ गते वडा नम्वर १३ र १४का लागि खनार स्वास्थ्य चौकीमा निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । माघ २५ गते वडा नम्वर १७ र १८का पकली स्वास्थ्य चौकीमा,  माघ २६ गते वडा नम्वर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्वर १,१९ र २० का लागि २० नम्वर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ । स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्वन्धि परामर्श दिइने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिनुभयो । उहाँका अनुसार हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिने छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ ।निशूल्क स्वास्थ्य शिविरमा सहभागि हुनका लागि अपाङ्गता भएका ब्यक्ति र वालवालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ ।


 


काठमाडौ । रातो तारा डट कम, एयर होस्टेजहरुको क्षमता विस्तार तथा व्यक्तित्व विकासका लागि राजधानीमा नाट—मिस एयर होस्टेज इन्टरनेशनलको दोस्रो सिजन सुरु भएको छ ।

 


नाट मिस एयर होस्टेज इन्टरनेशनको गत मंगलबार नाट कलेजमा सम्पन्न भएको प्रशिक्षण शत्रको ओरेन्टेशन कार्यक्रममा नायक मनिष राउतकमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी तथा टर्किस एयरलाइन्स कन्ट्री म्यानेजर अब्दुल्ला टन्कर केसिइको उपस्थिती रहेको थियो ।

 नाट कलेजको आयोजना तथा क्रिजोना मिडिया ग्रुपको व्यवस्थापनमा सुरु भएको नाट—मिस एयर होस्टेज इन्टरनेशनलमा ३० जना एयर होस्टेज तथा एयर होस्टेज हुन चाहनेहरुको सहभागिता रहेको छ प्रतियोगिताले एयर होस्टेजहरुलाई परिस्कृत गर्नुका साथै एयर होस्टेज हुन खोज्नेहरुको क्षमता अभिवृद्धि गर्न भुमिका खेल्ने इभेन्ट म्यानेजर लभिन अन्सारीको भनाई छ ।

 नाट—मिस एयर होस्टेज इन्टरनेशनलका विजेताले एयरहोस्टेज तालिममा शतप्रतिशत छात्रावृत्तिम्युजिक भिडियोमा खेल्ने अवसर पाउनुका साथै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउने बताइएको छ ।

 इभेन्ट म्यानेजर अन्सारीका अनुसार हाल तालिम तथा प्रशिक्षण दिने कार्य भइरहेको र सो इभेन्टको फिनाले भने एभरेष्ट होटलमा आयोजना हुनेछ ।


काठमाण्डौ माघ १७ गते । रातो तारा डट कम,कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको छ ।


काठमाण्डौ माघ १७ गते । रातो तारा डट कम,धनुषामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानी नेपाल विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । महेन्द्रनगरस्थित विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत चार जना कर्मचारीलाई पाँच हजार घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको हो । बर्दिबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले शुक्रवार दिँउसो घुस रकम लिँदै गर्दा कर्मचारीहरु सुपरभाइजर जगत नारायण साह, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतोलाई मिथिला नगरपालिका– ५ स्थित विश्रामपुरबाट नियन्त्रणमा लिएको हो । उनीहरुले विश्रामपुरस्थित एक कुखुरा फर्म विद्युत जडान गरी दिएवापत सेवाग्राहीसँग गैरकानूनी रुपमा पाँच हजार घुस रकम मागेको अख्तियारको भनाइ छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जानकारी दिएको छ ।  रेडियो जनकपुर,






काठमाण्डौ माघ १७ गते । रातो तारा डट कम,निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ । यसका लागि सकभर सहमति कायम गर्ने प्रयास रहने आयोगले जनाएको छ । निर्वाचन तयारीका बारे नेकपाको दुवै समूहको विचार बुझ्न बोलाएको छलफलमा दुवै समूहले फरकफरक सुझाव दिएका छन् । 

हिजो आयोग कार्यालयमै फरकफरक समयमा भएको छलफलमा प्रचण्ड–माधव समूहले दल दर्ताको लागि केही समय पर्खन भनेको छ भने केपी समूहले दल दर्तालगायतका निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिन भनेको छ । दुई समूहबाट फरकफरक विचार आएपछि निर्वाैचन आयोग शीर्ष तहतको अर्को छलफल गर्ने तयारीमा जुटेको छ । विहान ठिक साढे ११ बजे नेकपाको प्रचण्ड–माधव समूहको तर्फबाट नेता राजेन्द्र पाण्डेको नेतृत्वमा एउटा टोली निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा पुग्यो । 

अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल काठमाडौँ आउन समय लाग्ने भएकाले दल दर्ताको प्रक्रिया तत्काल अघि नबढाउन सुझाव लेखिएको पत्र बुझाएर केहीबेरमै टोली बाहिरियो । बाहिरिनेक्रममा नेता पाण्डेले आफूहरू बहुमत र नेकपा आधिकारिक रहेको दावी   गर्नुभयो । आयोगले दलको आधिकारिकता टुङ्ग्याइसकेको भन्दै ओली पक्षले चुनावको बाँकी प्रक्रिया अगाडी बढाउन सुझाव दिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । 

दुवै समूह विचार तथा सुझाव दिएर फर्किएपछि भएका छलफल र आयोगको प्रतिक्रिया लिन पत्रकारहरूले २ घण्टाभन्दा धेरै कुर्नुप¥यो । आगामी बैशाख १७ गतेका लागि घोषणा गरिएको मध्यावधि निर्वाचन आउन अब ९१ दिनमात्रै बाँकी छ । निर्वाचनको तयारी गर्न आवश्यक समयको चाँजोपाँजो मिलाउने दवावमा रहेको आयोग दुवै समूहबाट फरकफरक विचार आएपछि कसरी छोट्याएर काम अघि बढाउने भन्ने रणनीतिको तयारीमा पनिछ ।  



 



 


काठमाडौ । रातो तारा डट कम, मोडल अनिता गिरीले  सातौं नेशनल क्यापिटल अवार्डमा “सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी छन् । उनले ‘लगन जु¥यो’ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन् ।

म्यूजिक भिडियोको दुनियाँमा राज गर्दै गरेकी मोडल अनिता गिरीले चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनले अभिनय गरेको गीत लगन जु¥योबाट अवार्ड चुमिसकेपछि आफूलाई कामप्रति कर्तव्यबोध गराएका उनले बताइन् । अझै अभिनयको क्षमतामाथि चुनौति थपिएको बताउँदै उनले अवार्डले हौसला र प्रोत्साहन मिलेको बताइन् ।

उनले अभिनय गरेको गीतहरु माया सजाएर भर्खरै सार्वजनिक भएको छ । जुन गीतमा उनले एरिन तामाङसँग अभिनय गरेकी छन् । टीका बमजनको शब्द संगीत रहेको उक्त गीतमा जीवन तामाङ र मेचु धिमालले स्वर दिएका छन् । मुलुकभित्र हुने गरेका ब्यूटि प्याजेन्ट कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेकी मोडल अनिताले विज्ञापनहरुमा समेत अभिनय गरेकी छन् ।

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा वडा -४ को सहयोग तथा जन चर्चा टाइम्स एण्ड एड्भरटाइजिङ्गको आयोजनामा ४ दिने उदघोषण तालिम संचालन भएको छ। 

वडा कार्यालयको सभा हलमा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले कार्यक्रमको उदघाटन गरे   महिलाहरु चुल्लो चौकामा सिमित नरही आफ्नो व्यक्तित्व बिकास र क्षमता बिकास गर्न सहज हुने तथा  सामाजिक बिकासमा समेत अग्रसर गराउन तालिम संचालन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष श्रेष्ठले बताए। 


२५ जना महिलाहरु सहभागी भएको उक्त कार्यक्रममा प्रशिक्षक एलएन गच्छदारले प्रशिक्षण गर्दै छन्।  वडाले सिपमुलक कार्यक्रम गर्दै आएकोमा आगामी माघ २० गते देखि महिलाहरुलाई लक्षित गरि ड्राइभिंग तालिम गर्ने भएको छ।  यस गुडिया बनाउने, बुटिक, कुशन लगायत तालिम गरि सकेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए।

 


मोरङ १६ माघ । रातो तारा डट कम,शैलजा आचार्य स्मृति पोलिटेक्निकले आफ्नो स्थापना दिवसको १९ औ बार्षिक उत्सव मनाएको छ । शुक्रवार कलेजका अध्यक्ष मीता आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा  स्थानिय, विद्यार्थीका अभिवावक, कलेजका विद्यार्थी तथा स्थानिय वुद्धिजिवीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष कैलाशानन्द मण्डलले 

पोलिटेक्निकका लागि आबश्यक सवैखाले सहयोग गर्न तयार रहेको बताए । उनले ग्रामिण जनताका लागि बहुमुल्य निधिकारुपमा रहेको पोलिटेक्निकवाट सीमान्तकृत समुदाय लाभान्वित भएको बताए ।  कलेजकी अध्यक्ष मीता आचार्यले शहीदहरु तथा संस्थाकाबारेमा प्रकाश पारेकी थिईन् ।उनले प्रजातन्त्रवादी चिन्तकहरुको सपना शिक्षाको माध्यमवाट पूरा गर्न आफु लागिरहेको बताइन् । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । सो कार्यक्रममा कलेजका प्रिन्सिपल सन्तबहादुर अधिकारी, पोलिटेक्निकका कोषाध्यक्ष मोहनलाल महतो, सदस्य विकास पराजुली ,जबहर लाल मण्डल लगायतको सहभागिता रहेको थियो ।


काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । सहीद सप्ताहको अन्तिम दिन आज लैनचौर स्थित सहीद स्मारकमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शहीदको बलिदानले नै जनतालाई अधिकार सम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताउनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताउनुभयो । राणाशासन विरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको स्मरणमा शहीद दिवस मनाउने गरिएको छ ।






काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम, २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ ।  देशभरका प्रयोगशालामा ३ हजार २२१ जनाको परीक्षण गर्दा ५९ जना महिला र ९८ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ हजार ६९८ जना सङ्क्रमणमुक्त भएका छन् भने २ हजार २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  हाल देशभर ३ हजार २२ संक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १ हजार २ सय ४९ जनाको होम आइसोलेसनमा छन् भने १ सय ४७ जनाको आईसीयू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 




 

 

माघ १६,काठमाडौं । रातो तारा डट कम,शहीद दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले सञ्चारग्राममा रहेको शहीद पत्रकार स्तम्भमा माल्यार्पण गर्दै शहीदहरुप्रति १ मिनेट मौनधारण गरी सम्मान व्यक्त गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शहीदहरुको योगदानकै कारण आज प्रेस स्वत्रताको अभ्यास गर्न पाएको भन्दै शहीदहरुप्रति सदैब सम्मान रहने धारणा राख्नुभयो । उहाँले थप लोकतान्त्रीक अधिकार प्राप्तीका लागि आगामी दिनमा शहीदहरुले मार्गनिर्देशन गर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासका लागि ज्ञात तथा अज्ञात शहीदको ठुलो योगदान रहेको बताउनुभयो । उहाँले सञ्चारग्राममा आउने सबै सेवाग्राहीलाई शहीद स्तम्भ देख्दा स्वतन्त्र र निस्पक्ष ढंगले जनताको अधिकारका लागि अघि बढ्न प्रेणित गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पदाधिकारी एंव सदस्यहरु, प्रेस काउन्सिल नेपालका पदाधिकारी सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।


 

बिराटनगर माघ १६ गते । रातो तारा डट कम, मोरङ जहदा गाउँपालिका वडा नं।(७ डुमरिया स्थित नेपाल भारत दशगजा क्षेत्रमा अन्दाजी १५०० किलो माछाको भुरा लोड गरेको ध्द्यद्दछव्ण्ठछद्ध नं। को बलेरो पिकअप भारतीय क्क्द्य ले भारतबाट खेदाउने क्रममा नेपाल भारत दश गजामा ल्याई ड्राईभर फरार भई वेवारिसे अवस्थामा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई नष्ट गर्ने कार्य भई रहेकोछ  । 




काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा आज एउटा खेल हुने भएको छ । त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । आज चन्द्रपुर नगरपालिकालाई हराउँदै आर्मी लिगमा दोस्रो जित निकाल्न चाहन्छ भने चन्द्रपुरले जितकोतयारीगरेको बताएको छ ।  ३ खेलमा ४ अङ्क जोडेको आर्मी अङ्क तालिकामा पाँचौं स्थानमा छ । यस्तै चन्द्रपुर ३ अङ्क जोडेर लिगको छैठौं स्थानमा छ ।


काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,आज शहीद दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । 

शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालिन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

शहीद दिवसका अवसरमा अहिले बिहान काठमाण्डुको शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने कार्यक्रम रहेको छ । काठमाण्डुको लैनचौरमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सहभागि हुनुहुने काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।



 



पोखरा महानगर पालिका वडा न ३ र ११ जोडने नदीपुरको पुल बाट एक जना ५० बर्षीय जितबाहदुर तामाङ हाम्फालेको प्रतक्ष्यदर्शीले बताएका छन त्यस लगत्तै उक्त घटना स्थलमा ससस्त्र प्रहरी नेपाल प्रहरी र नेपाल आर्मीको टोलिले पुल भन्दा २०० मिटर तल डरलाग्दो सेतिको खोचमा गएर खोजिकार्य जारी राखेको छ उक्त मानिस किन र कति कारणले हाम्फाले भन्ने बारे खुल्न सकेको छैन दीन भरी संगै गफगरेर घाम ताप्दै बसेका उनले दीउसोको ३ बजे तिर किन यस्तो निणय लिए भन्नेमा संगै बसेका अन्य त्यहाका स्थानियहरु अचम्मीत परेका छन प्रतक्ष्य हामफाल्दै गर्दा देखेका मानिस के भन्छन त कसरी हुदैछ खोजि कार्य यो भिडीयोमा हेर्नुहोस

 


झापा, माघ १६ गते । रातो तारा डट कम,झापाको अर्जुनधारा नगरपालिका-५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधारा नगरपालिका-४ का ४१ बर्षीय बिक्रम दनुवारलाई राती नै पक्राउ गरेको हो । पक्राउ परेका दनुवारको साथबाट प्रहरीले पसलबार चोरी भएको भनिएको नगद १,४८,६६५ (एक लाख अठचालीस हजार छ सय पैसठी रुपैँया) र भारतिय नोट रु.१५००(पन्द्र सय) समेत बरामद गरेको छ । पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

 


बिराटनगर, माघ १६ गते । रातो तारा डट कम,झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका-४ बाट पक्राउ गरेको हो । यसैगरी सुनसरीको कोशी गाँपालिका-१ लौकहीबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका-६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन १४४ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


विराटनगर, १५ माघ । रातो तारा डट कम, प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कार्य सम्पादन सम्झौता गरिएको हो । कार्यसम्पादन करार पछि प्रतिष्ठानले काम शुरु गर्ने कार्यकारी निर्देशक शर्माले बताउनुभयो । उहाँले प्रशिक्षण कार्यविधि, सांगठनिक संरचना निर्माण लगायतका काम शुरु गरिने बताउनु भयो । 

प्रतिष्ठानको नियमावलीमा कार्यसम्पादन करार पछि मात्रै प्रतिष्ठानको काम शुरु हुने व्यवस्था उल्लेख रहेको  कार्यकारी निर्देशक शर्माले बताउनुभयो । 

सञ्चार प्रतिष्ठानले पत्रकारको क्षमताबद्धि, सञ्चारगृह संवन्धि नीति निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि अध्ययन अनुसंधान, सूचनाको हक र पत्रकार आचारसंहिता संवन्धि सचेतना अभिबृद्धि लगायतका काम गर्ने छ । 

प्रदेश सरकार मन्त्री परिषदको गत पुस ६ गतेको बैठकले बरिष्ठ पत्रकार शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । 


काठमाण्डौ माघ १५ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज २ सय ९६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । गत चौबीस घन्टामा ३ हजार ७ सय ९१ पीसीआर परीक्षण भएको छ । देशभर ३ हजार २ सय ३ सक्रिय सङ्क्रमित रहेका छन् ।

 


खोटाङ माघ १५ गते । रातो तारा डट कम,खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ बस्ने रन्जीत राई समेतले आफ्नो घरमा उत्पादन भएको अलैची जम्मा गरी बिक्री गर्नको लागि जिल्ला सुनसरी ईटहरी ल्याएको र उक्त अलैची ईटहरीमा बिक्री गर्नको लागि पिडितहरुले ईटहरीको मुख्य योजनकारसँग फोन सम्पर्क गरी अलैची बिक्री गर्ने योजना अनुसार माथी उल्लेखित पिडित समेतले झण्डै १४० मन अलैची लिएर बाटोमा दिपक कुमार घिमिरे भन्ने साहुसँग फोन सम्पर्क भएको ईटहरी आएपछी ईटहरी उमनपा वडा नं। ५ जन्ता बस्ती स्थित शेषराज गुरुङ्गको घरमा सटर भाडामा लिई पिडितहरुले दिपक कुमार घिमिरे साहुलाई र तत्काल उक्त गोदाममा काम गर्ने १ जना बुढा मानिस समेतलाई अलैची काटा गरी जिम्मा लगाएका र दिपक घिमिरेले आज बैंक बन्द भई सकेको छ, भोलि बिहान आउनुहोला हामी पैसा दिन्छौ भनी अलैची धनिहरुलाई पठाई दिएको, भोली पल्ट बिहान अलैची धनीहरु सो कदमा पुग्दा अलैची राती नै गोदामबाट उठाएर लगी सकेको भनी थाहा पाएका अलैची बूझी लिने ब्यक्तिहरुको मोबाईल नम्बर समेत बन्द भएपछी पिडितहरु यस कार्यालयमा आई आफुहरु ठगीएको भनी निवेदन दिएपछी उक्त निवेदनकै आधारमा च्क्ष्त् टोली बिराटनगर र यस कार्यालयको अनुसन्धान टोली समेतको संयुक्त टोलीले सुक्ष्म रुपमा अनुसन्धान गरी उक्त घटनामा संलग्न ब्यक्तिहरु मध्ये उक्त ठगी कार्य गर्ने मानिसहरु ब्यवस्थापन गर्ने जिल्ला खोटाङ्ग जन्तेढुङ्गा हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा न ४ बस्ने मात्रिका पोखरेल, पिडितहरुसँगै फोन सम्पर्क गरी अलैचीलाई गोदाम सम्म ल्याउन, गोदाम खोज्न र अलैचीको हिसाब किताब राख्न दिपक कुमार घिमिरे बताउने जिल्ला दोलखा विगु  ८ को केशव दाहाल र अलैची काँटा गर्ने र टिपोट राख्ने कार्यमा संल्गन जिल्ला भोजपुर रामप्रसादराई गाउँपालिका वडा नं। ६ भएका कमल थापा र गोदामबाट अलैची ट्रकमा लोड गरी सुनसरी ईटहरी उमनपा स्थित हलगडा भएका २ ९दुई० वटा अलैची गोदाममा अलैची बिक्री गरी मुख्य योजनाकारलाई पैसा दिने जिल्ला सुनसरी ईटहरी उमनपा वडा न ७ बस्ने सरोज बोहोरा समेतलाई पक्राउ गरीएको निजहरुको साथबाट उक्त ठगी कार्य गर्नको लागि प्रयोग भएको बिभिन्न मोबाईल सेट थान १ र बिभिन्न नम्बरका सिमहरु समेत बरामद गरिएको, केशव दाहालको साथबाट संघीय सामाजवादी फोरम नेपालको सदस्यता कार्ड थान १, पत्रकार प्रवेश पत्र थान १, मात्रिका पोखरेलको नबिल बैंक शाखा ईटहरीमा फर्जी कागज पेश गरी नक्कली दिपक कुमार घिमिरे नाम राखि खाता खोल्न प्रयोग भएको फोटो थान १, राष्ट्रवादी केन्द्र नेपालको केन्द्रिय सदस्यको कार्ड थान १, पत्रकार परिचय पत्र थान १ समेत बरामद गरिएको, फरार मुख्य योजनकार र पक्राउ ४ जना बिरुद्ध सुनसरी जिल्ला अदालतबाट डाका चोरी, ठगी, अपराधिक बिश्वासघात, अपराधिक लाभ र संगठित अपराधमा म्याद थप भई थप अनुसन्धान भई रहेको ।

  


इटहरी माघ १५ गते । रातो तारा डट कम, सुनसरी ईटहरी उपमहानगरपालिका वडा न। ५ पुर्व पश्चिम लोकमार्गको कलङकी चोक स्थितमा केही मानिसहरुले प्रतिबन्धित लागु औषध लुकाई छिपाई खरीद बिक्री गरी हिडिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयको मौखिक आदेशानुसार यस कार्यालयबाट खटिएको प्रहरी टोलीले २ जना पुरुष मानिसहरुलाई शंकित अवस्थामा पैदल हिडीरहेको अवस्थामा फेलापारी नियन्त्रणमा लिई नामथर वतन सोधपुछ गर्दा जिल्ला धनकुटा शहिदभुमी गाउँपालिका वडा नं। १ पोखरीटोल बस्ने कृतीमान राईको छोरा बर्ष २७ को नगेन राई  र ऐ ऐ बस्ने पर्शुराम राईको छोरा बर्ष २९ को गजेन्द्र राई भनी नाम बताएकोले  निजहरु मध्ये नगेन राईले बोकेको झोला भित्र  ४ ९चार० वटा प्लाष्टिकको झोलामा छुट्टा छुट्टै राखिएको ४ ९चार० पोकामा गाँजा फेला पारी स्थानिय मानिसहरुको रोहबरमा  उक्त गाजाँ नापतौल गर्दा प्रतिपोका १ के।जी।को दरले गरी ४ पोकाको जम्मा ४ ९चार० के।जी। रहेकोले  उक्त प्रतिबन्धीत लागू औषध  गाजाँ रित पुर्वक बरामद गरी निजरुलाई कानुन बमोजिम पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मिति २०७७।१०।०७ गते सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भैरहेकोछ । 


          

                                                                                                   


                                                                                             


काठमाण्डौ माघ १५ गते । रातो तारा डट कम,निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलाइएको हो । अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको उहाँले बताउनुभयो । छलफल भोलि विहान साँढे ११ बजेको बोलाईएको छ । नेकपाका दुबै समूहबाट छलफलमा पाँच÷पाँच जना पठाउन आयोगले भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी दुई वटा समूह क्रियाशील छ । यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन । 





ईलाम माघ १५ गते । रातो तारा डट कम,ईलाम नगरपालिका-९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १जनाको मृत्युभएकोछ । ईलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिंदा माईजोगमाई गाँउपालिका-३ की २८ बर्षीया सन्जु आचार्यको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


मोरङ,  माघ १५ गते । रातो तारा डट कम, मोरङको  सुन्दरहरैचा नगरपालिका- ९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागी बिराटनर्सिङहोम बिराटनगर लगएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीलेजनाएकोछ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

 



काठमाण्डौ माघ १५ गते । रातो तारा डट कम,प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी देवीको व्रत आजदेखि सुरू भएको छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र लगाउने चलन छ । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन् । आज बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।


काठमाण्डौ माघ १५ गते । रातो तारा डट कम,मोबाइल सेवाको गुणस्तरका विषयमा धेरै गुनासो आउनथालेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनुगमन योजना अगाडि बढाएको छ । देशका मुख्य सहर, ग्रामीण र हाइवे क्षेत्रका उपभोक्ताले कस्तो मोबाइल भ्वाइस र डाटा प्रयोग गरिरहेका छन् भनेर प्राधिकरणले तीनवटा प्रदेशको ३ हजार किलोमिटर क्षेत्रमा मोबाइल सेवाको गुणस्तर परीक्षण गर्न लागेको हो । 

उपभोक्ताले प्राधिकरणले तोकेअनुसारको भ्वाइस र डाटा सेवा प्राप्त गर्न सकेका छन् कि छैनन् भनेर सेवा गुणस्तर जाँच गर्न लागिएको प्राधिकरणले जनाएको छ । यसअनुसार हाल सञ्चालनमा रहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवाको गुणस्तर परीक्षण गरिनेछ । सेवा गुणस्तर परीक्षणको लागि तीनवटा प्रदेशमा ३ हजार किलोमिटर क्षेत्र छानिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताउनुभयो ।

परीक्षणको लागि प्रदेश १, २ र गण्डकीका ९ वटा सहर र त्यसवरिपरिका क्षेत्रहरु छनोट गरिएको छ । जसअनुसार प्रदेश १ मा विराटनगर, बिर्तामोड र इलाममा एक हजार ५० किलोमिटर क्षेत्र परीक्षण गरिनेछ । त्यस्तै, प्रदेश २ मा जनकपुर, धरान र वीरगन्जको एक हजार किलोमिटर क्षेत्रफलमा र गण्डकी प्रदेशको गोरखा, दमौली र कास्कीको ९ सय ५० किलोमिटर क्षेत्रफलमा यस्तो परीक्षण गर्न लागिएको हो । ३ हजार किलोमिटर क्षेत्र छनोट गर्दा यससँग जोडिएका सहरी, गाउँ, हाइवेलाई मिलाइएको अर्यालले जानकारी दिनुभयो ।





काठमाण्डौ माघ १५ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । चौदण्डी र वालिङबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । आज वालिङ र चौदण्डी पहिलो जितको खोजीमा हुने छन् । लिगमा वालिङ २ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । पुछारमा रहेको चौदण्डीले अङ्क जोड्न सकेको छैन । यस्तै दोस्रो खेलमा दुई विभागीय टिम एपीएफ र पुलिस प्रतिस्पर्धा गर्ने छन् । एपीएफ र पुलिसबीचको खेल अपरान्ह साढे २ बजेबाट सुरु हुनेछ । एपीएफ लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । एपीएफले ३ खेलमा ९ अङ्क जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पुलिस भने दोस्रो जित निकाल्ने योजनामा रहेको छ । दोस्रो स्थानको पुलिसले ५ अङ्क जोडेको छ ।




 



शिव भट्टराई,मोरङ सुन्दर हरैचा । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ स्थित लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा जेष्ठ नागरिक समाज सुन्दरहरैंचा ३ वडा समितिको छैठौं बार्षिक उत्सव समारोह सम्पन्न भएको छ।

बुधबार सम्पन्न भएको उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ्गको प्रमुख आतिथ्यता रहेको थियो भने जेष्ठ नागरिक समाज ३ नं वडा समितिका अध्यक्ष भिम बहादुर कार्कीको सभापतित्व रहेको थियो। 


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङ्गले जेष्ठ नागरिकहरुका लागि नगरपालिकाको तर्फबाट सधैं साथ र सहयोग रहने बताएकी थिइन्।


त्यसैगरी सोही कार्यक्रमममा बोल्दै विशिष्ठ अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नं ३ का वडाध्यक्ष जिवन ढुङ्गानाले वडा नं ३ मा रहेका जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य बिमाको व्यवस्था रहेको त्यस्तै स्वास्थ्य बिमा गर्न पनि क्षमता नभएका अति विपन्न वर्गका परिवारलाई अक्षयकोष स्थापना गर्ने जस्ता अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको बताएका थिए।उनले जेष्ठ नागरिकहरुका कार्यक्रमहरुमा वार्ड नं ३ को सधैं साथ र सहयोग रहने समेत बताएका थिए। 

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि

जेष्ठ नागरिक समाज सुन्दरहरैंचाका नगर अध्यक्ष राम कुमार कार्की,

अतिथि जेष्ठ नागरिक समाज सुन्दरहरैंचा नगरपालिकाका महासचिव राम प्रसाद गजुरेल , चण्डेश्वर शिवालयका अध्यक्ष रुद्र प्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने   कार्यक्रममा जनप्रतिनिधि , सामाजिक व्यक्तित्व लगायत अन्य विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आजीवन सदस्य मध्ये जेष्ठ आमा र जेष्ठ बुवा गरी २ जना, जेष्ठ नागरिक समाज सुन्दरहरैंचा वडा नं ३ की सहजकर्ता रिता दाहाल बस्नेत, एकादशी कार्यक्रमममा नियमित उपस्थित भएर आफ्नु सक्रियता देखाएकोमा चन्द्र देवी अधिकारी लगायतलाई सम्मान साथै प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सो कार्यक्रम जेष्ठ नागरिक समाज सुन्दरहरैंचा ३ नं वडा समितिकी सहजकर्ता रिता दाहाल बस्नेतले सञ्चालन गरेकी थिइन्।

 


विराटनगर १४ माघ । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको सभापतिमा आफ्नो उमेद्वारी कायमै रहेको बताएकी छन् । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरु संग कुरागर्दै कोइरालाले यस्तो बताएकी हुन् । उनले उमेद्वारी दिने अधिकार प्रयोग गर्ने बताइन् ।


सभापतिको उमेद्वारीले कोइरालाहरुको एकतामा असर पर्दैन भन्ने पत्रकारहरुको जिज्ञासामा नेतृ कोइरालाले यसवाट कोइराला परिवारबीचको एकतामा असर नपर्ने दाबी गरिन् । वर्तमान सरकार पूर्णरूपमा असफल भएको भन्दै कोइरालाले यसको विरुद्ध आवाज उठाउन जरुरी भएको बताइन् । केपी ओलीको सरकारले गरेको संसद भंगको विषय अदालतमा विचाराधिन रहेको र अदालतको निर्णय संगै कांग्रेसले थप कदम चाल्नुपर्ने बताइन् । निर्वाचन भए निर्वाचनमा होमिने नभए कांग्रेसले त्यहीँ समयको सदुपयोग गर्दै अधिवेशन गर्नुपर्ने नेतृ कोइरालाले बताइन् । उनले गुटगत राजनितिले देश बिग्रिएको र आफु त्यस विषमा नलाग्ने ताइन् । 

उने ढिला नगरिकन पार्टीको संगठनलाई बलियो बनाउने काममा कांग्रेसका नेतृत्वहरु अग्रसर हुनुपर्ने बताइन् ।


मोहन कुमार राई- माघ १४ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित शारदा मावि पोखरीले “सबैका लागि शिक्षा, गुणस्तरी शिक्षा ” भन्ने मुल नाराका साथ आफ्नो ६४ औै वार्षिकोतसव सम्पन्न गरेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्मारिन्जे शेर्पाको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रअ. अमृतबहादुर कार्कीले २ करोड ९१ लाख ५८ हजार बराबरको आय व्याय विवरण प्रस्तुत गर्नुभएको थियो । साधारण धार र प्राविधिक धार बालिविज्ञान को पठनपाठन हुने यस विद्यालयमा  कक्षा बालविकास देखि कक्षा १२ समम्म पढाइ हुने विद्यालयमा हाल ६ सय ४ जना छात्रछात्रा अध्ययनरत रहेको समेत प्रअले वताउनुभयो । 

विद्यायको चौतर्फी विकास भौतिक, शैक्षिक रुपमा अघि बढेसँगै हाल विद्यालयमा कक्षा १ देखी ५ सम्मका बालबालीकाहरुलाई न्यानो कपडाको व्यवस्था, दिवा खाजाको व्यवस्था, छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्था गरेपछि विद्यार्थी संख्यामा समेत वृद्धि हुँदै गएको विद्यालयका प्रअ कार्की वताउनुहुन्छ  ।

कार्यक्रममा  स्वागत मन्तव्य विद्यालयका शिक्षक रामकुमार लिम्बूले दिनुभएको थियो । शुभकामना मन्तव्यको क्रममा चैनपुर नगरपालिका वडाध्यक्ष केवी लिम्बूले ६४ औ वर्ष पार गरे सँगै विद्यालयले शैक्षिक एवं भौतिक रुपमा फड्को मारेको वताउनुहुँदै अभिभावकको लगानी खेर नजाने विश्वासस्त पार्नु भएको थियो ।  सो कार्यक्रममा विव्यस सदस्य ज्ञानबहादुर कार्की, वडा नंं ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, संखुवासभा बहुमुखी क्याम्पसका सञ्चालक समितका अध्यक्ष उमेशकुमार डाँगी लगायतका उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य दिनुभएका थिए ।

सो अवसरमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई अक्षयकोषदाताहरुबाट प्राप्त छात्रवृत्तिहरु वितरण गरिएको कार्यक्रम सञ्चालक रामेश्वर योञ्जनले वताउनुभयो । यसैगरी विद्यालयको आन्तरीक रुपमा खेलाइने विभिन्न खेलहरुमा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको वीचविचमा विभिन्न नृत्यहरुले वार्षिकोत्समा उपस्थितलाई भरपुर मनोरञ्जन प्रदान गरेको कार्यक्रम सञ्चालक मोहन खत्रीले वताउनुभयो ।

 

मोरङ बेलबारी माघ १४ गते । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ ले टोलविकास सस्थाहरुलाई  इलेक्ट्रीक स्प्रे मेसिन बितरण गरेको छ । एक कार्यक्रमका बिच टोल बिकास संस्थाका प्रतिनिधिहरुलाई वडा नम्बर ३का वडा अध्यक्ष योगेन्द्र सुवेदीले स्प्रे मेसिन हस्तान्तरण गरेका हुन ।


तरकारी,फलफुल तथा मसला वालिको पकेट क्षेत्रका रुपमा बिकास गरीरहेको वडा कार्यालयले किसानहरुलाई लक्षित गरेर टोल विकास संस्थालाई इलेक्ट्रीक स्पे्र मेसिन दिएको हो । वडा कार्यालय कागति,सजिउन,च्याउ खुर्सानि, तथा प्याजका बिरुवा समेत वडाका किसानहरुलाई बितरण गरीसकेको वडा अध्यक्ष सुवेदीले बताए । यस्तै वडौकै अगुवा किसान कृष्ण राईलाई टनेल तथा स्प्रे मेसिन बितरण गरेको छ । किसानहरुलाई प्रोत्सान गर्ने उदेश्यले स्प्रे मेसिन बितरण गरीएको वडा कार्यालयले जनाएको छ । ब्यात्तिले लगेपछि हराउने बिग्रने डर भएकोले सस्थालाई हस्तान्तरण गरीएको हो । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.