Websoft University
July 2023


बिराटनगर, श्रावण १५ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा ३ कार्यदिन अवधिको मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन भएको छ । श्रावण १५ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अतरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा वालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।

प्रहरी नायव उपरिक्षक विनोद कुमार सुनुवारको प्रमुख आतिथ्यतामा संचालन भएको तालिममा मनोविमर्शकर्ता स्वस्तिका पोखरेलले सहभागी प्रहरी कर्मचारीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धि बिभिन्न बिषयमा शिक्षण प्रदान गर्नु हुने छ । उक्त तालिमले सहभागी प्रहरी कर्मचारीहरुमा मनोसामाजिक समस्याबारे बुझ्न सक्ने क्षमताको बिकाश तथा मनोसामाजिक विमर्श दिन सक्ने क्षमता अभिवृद्धि  प्रदान गर्नेछ ।


मोहन कुमार राई - संखुवासभा, चैनपुर नगरपािलका स्थित सरस्वती माध्यकिम विद्यालयले पुरानो जीर्ण भवनलाई विस्तापन गर्दै नयाँ भवन  निर्माण हुने भएको छ ।

जिल्लाकै पुरानो शैक्षिक संस्थाको रुपमा रहेको उक्त विद्यालयको भवन निर्माण फरक डिजाइनमा हुने भएको छ । भवन दुई तले ४ कोठे भए पनि आकर्षक डिजाइनमा बन्न लागेको विद्यालयका पधानध्यापक गोविन्दमान तामाङले वताउनुभयो । हिमाली जिल्लामा पर्ने संखुवासभाको चैनपुरबाट मकालुको मनोरम दृष्यालोकन सँगै बालबालिकालाई स्वच्छ एवं भयरहित वातावरणमा शिक्षण क्रियाकपला गर्नका साथै पर्यटन प्रवर्धन गर्न सहयोग पुगोस भन्ने हेतुले नगरपालिकाभरीमै एक नमुना विद्यालय भवन निर्माण हुन लागेको प्रअ तामाङले वताउनुभयो । तल्लो तलामा २ कोठा,माथिल्लो तलामा दुई कोठा  र साइडमा भ¥याङ माथी क्लक टावर रहेने निर्माण स्थलमा रहेको वोर्डमा नक्साङ्कन गरिएको देखाइएको छ ।

एक्सन एड नेपाल, समास्पर्श समिति र सरस्वती मयध्यमिक विद्यालयको साझेदारीमा विद्यालयको पुरानो भवन अगाडी पट्टी १४ मिटर लम्बाइ र ८.२५ मिटर चौडाई रहेका  दुई तले ४ कोठे भवन बन्न लागेको विद्यालयका प्रअ तामाङले वताउनुभयो । समाज स्पर्श समितिको पहलमा एक्सन एड नेपालको र विद्यालयको लगानीमा विद्यालय भवन बन्न लागेको हो । विद्यालयबाट ६ लाख ५० हजार र एक्सन एड नेपाल तथा समाज स्पर्श समितिबाट ५८ लाख ५० हजार गरी जम्मा ६५ लाख लागतमा उक्त भवन निर्माण शुरु गरिएको हो । अहिले विद्यालयमा कक्षा बालविकास देखि कक्षा १२ सम्म  ९८१ जना विद्यार्थीहरु अध्ययनरत रहेको छन् कक्षाकोठा तथा भवनको अभावमा विहान र दिवा समय गरी दुई सिफ्टमा विद्यालय सञ्चालन गर्नुपरिहरकोमाभवन निर्माणलेठूलोसहयोग पुग्ने वताउनुभयो । भवन निर्माण सँगै  थप २ लाख २० हजार रकम बराबरको ४० सेट फर्निचर, ४० हजार रकम बराबरको ह्वाइटबोर्ड ४ थान र सार्वजनिक लेखापरीक्षणका लागि रु ७ हजार २५० समेत संस्थाबाट रकम छुट्याएर काम शुरु भएको   प्रअ तामाङले वताउनुभयो ।

विद्यालय भवनको सिलन्यास गर्नुहुँदै नगर प्रमुख कृष्णकुमार तामाङले शैक्षक क्षेत्रमा भएको धेरै खाँचोहरु पुरा गर्नुपर्ने अवस्था रहेको छ । त्यस्ता समस्या समाधान नगरको दाइत्व रहेपनि समाज स्पर्श समिति तथा एक्सन एड नेपालले भवन निर्माणको लागि गरेको प्रयासको प्रशंसा गर्दै नगरबाट पनि थप सहयोग गर्ने वताउनुभयो ।

एक्सन एड नेपालले संखुवासभामा साझेदार संस्थाको रुमा समाज स्पर्श समिति सँग  काम गर्दै आएको छ । २०२२ सालदेखि कच्ची भवनमा अध्ययन अध्यापन गर्दै आएको विद्यलायमा भुकम्प प्रतिरोधि सुविधा सम्पन्न उुक्त एक पक्की भवनको निर्माण गरेर भयरहित वातावरणमा बालबालिका तथा शिक्षकलाई  अध्ययन अध्यापन कार्य सहज रुपमा गर्नका लागि भवन निर्माण हुन लागेको वताउनु हुँदै   सुशासन र पारदर्शितालाई महत्व दिएर भवन निर्माण कार्य अघि बढेको समाज स्पर्श मिति चैनपुरका  परियोजना संयोजक भला भिषण शाक्यले वताउनुभयो ।

भवन निर्माणको लागि आवश्यक सामग्री कोटेशन प्रर्णाली मार्फत न्युनतम दर रेटमा उपलब्ध गराउनका लागि उद्योग व्यवसायी सँग सम्झौता भएको भवन निर्माण समितिका सदस्य सचिव देवेन्द्र राउतले वताउनुभयो ।  निर्माण कार्य प्रति वर्ग फूट रु ३३० का दरले राजकुमार राई, सिमेन्ट प्रति बोरा रु ८५० का दरले ५३ ग्रेडको ओपिसी , रड प्रति केजी रु १०४ रुपैया ७५ पैसा मिङमा दोर्चि शेर्पा, इटा प्रति गोटा रु ३२ मा पासाङ शेर्पा, गिटी क्रसरको प्रति ट्याक्टर रु ५ हजारका दरले सातटारेको क्रसर उद्योगबाट प्रति ट्याक्टर रु ३ हजार ८०० मा ढुवानी गर्ने गरी सम्झौता भैसकेको समेत सदस्य सचिव राउतले वताउनुभयो ।


विराटनगर  साउन १४ गते |  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताउनुभएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले वडा तहदेखि नै सुशासन दिन सकेमात्रै जनताले संघीयताको महसुस गर्ने बताउनुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिहरू सुविधाभोगी नभई जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । “संविधानले परिकल्पना गरेअनुसार जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार नै हो । स्थानीय सरकारसित जनताका बढी अपेक्षा पनि हुन्छ,” कोइरालाले भन्नुभयो, “जनताले अपेक्षा गर्ने र सधैं भेट्ने सरकारले जनतालाई राम्ररी डेलिभरी र सुशासन दिन सकेन भने संघीयतामाथि नै प्रश्न उठ्न सक्छ । संघीयतामाथि प्रश्न उठ्नु भनेको देश अराजकता र अस्थिरतातर्फ जानु हो ।”

नेता कोइरालाले वडा तहदेखि नै प्रशासनिक खर्चमा मितव्ययिता अपनाएर जनतालाई सहज रुपमा सेवा प्रवाह गर्नु आवश्यक रहेको औंल्याउनुभयो । सुशासन नभएकै कारण धेरै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोप लागिरहेको उहाँको भनाइ थियो । जनताको धेरै चाहना नभएको बताउँदै कोइरालाले भन्नुभयो, “जनताले धेरै अपेक्षा गरेका छैनन्, उनीहरूलाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको पहुँचसँगै सडक र पुलपुलेसा भए पुग्छ ।” विकासका विषयमा स्थानीय तहहरूबीच प्रतिस्पर्धा हुनु जरुरी रहेको नेता कोइरालाले उल्लेख गर्नुभयो ।

भवन निर्माणका लागि सुनसरीको दुहबीस्थित पारस कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिसँग २०७७ पुस २० गते ठेक्का सम्झौता भएको थियो । स्थानीय जग्गादाताले निःशुल्क उपलब्ध गराएको २ कठ्ठा जग्गामा ७९ लाख २७ हजार लागतमा निर्मित भवनमा गाउँपालिकाका अध्यक्षको समेत सम्पर्क कार्यालय राखिएको वडाध्यक्ष सोमराज काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, पूर्वअध्यक्ष बालचन माझी, जग्गादाता खिलानाथ निरौलालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा जग्गादाता मोहनप्रसाद कोइराला, हरिप्रसाद निरौला, नगेश कोइराला, खिलानाथ निरौला, महेशप्रसाद कोइराला, मदन कोइराला र प्रेमु कोइरालालाई सम्मान गरिएको थियो ।

 

 


झापा, श्रावण १३ गते । झापाको मेचीनगर नगरपालिका(६ स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ना।६ख ४९०२ नम्वरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा त्भ्ीभ्एज्इल्भ् नाम लेखिएको भाडा माझ्ने साबुन २५ काटुन,  ऋइऋइ श्भ्ब्ी नाम लेखिएको हुक्काको कोईला ६० काटुन, बशब िब्गतजभलतष्अ ँबिखयचभम ःयबिककभक  नाम लेखिएको हुक्काको फ्लेवर ८० काटुन र काँचको झ्यालीर झ्याम्टा २ हजार ४ सय ६५ किलोग्राम सहित अवैध सामग्री बरामद गरेको हो । ट्रक सहित बरामद भएको करिव १ करोड २६ लाख २७ हजार ५ सय मुल्य बरावरको अवैध भन्सार छलीका सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यलय ईटहरी सुनसरी बुझाईएको छ भने अवैध सामग्री ओसार पसारमा संलग्न रहेका ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास तथा अन्य अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


बिराटनगर साउन ११ गते | रातो तारा डट कम,बिहीबार मोरंग व्यापार संघले नेपाल राष्ट्र बैंकद्वारा हालै जारी मौद्रिक नीति, भन्सार जाँच पास र पैठारी हुने मालवस्तुको लेबलिङ्ग सम्बन्धमा पत्रकार सम्मेलन गरेको छ । 

संघ सहित नेपालको प्रमुख भन्सार नाका क्षेत्रका उद्योग वाणिज्य संघहरु, वीरगंज उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपालगञ्ज उद्योग वाणिज्य संघले आज संयुक्त रुपमा एकै समयमा पत्रकार सम्मेलन गरी चालूपूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९को संशोधन, व्याजदर न्यूनिकरण, भन्सार जाँचपास र पैठारी हुने मालवस्तुको लेबलिङ्ग लगायतका विषयहरुमा प्रेस विज्ञप्ति जारी गरेको थियो । ९प्रेस विज्ञप्तिको प्रति यसैसाथ संलग्न छ ।० 

संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूको अध्यक्षता आयोजित सो पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दाडाज्यू, पूर्व अध्यक्ष श्री खेमचन्द जैनज्यू, वाणिज्य उपाध्यक्ष श्री अनिल कुमार साहज्यू, प्रवक्ता श्री विनित सिंघानियाज्यू, संघका कार्यसमिति सदस्यज्यूहरु, युवा उद्यम समितिका संयोजक र सदस्यज्यूहरु, उद्योगी÷व्यवसायीज्यूहरु र संचारकर्मीज्यूहरुको सहभागिता रहेको थियो ।


विराटनगर  साउन ९ गते | जेसी बाल सदन माविको  आयोजनामा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरुले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु भएन भने मलाई भन्नुहोस् महानगरपालिका तपाईंहरुको सधैं साथमा रहनेछ ।”

छात्राहरुको जस्तोसुकै समस्या समाधान गर्न महानगर तयार रहेको उहाँले बताउनुभयो । उपमेयर कार्कीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरुलाई साथी नबनाउनसमेत आग्रह गर्नुभयो । सामाजिक सञ्जालमार्फत साथी बनेर अनैनिक कार्य गरेको पनि पाइने गरेको उहाँको भनाइ थियो । उहाँले यसअघि पनि विद्यार्थीसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । 

विद्यालयमै पुगेर सञ्चालन गरिएको विद्यार्थीसित उपमेयर कार्कीको निकै प्रभावकारी भएको उहाँको भनाइ थियो । उद्घाटन समारोहपछि उपमेयर कार्कीले अन्य कर्मचारी र शिक्षकलाई बाहिर पठाएर छात्राहरुसित मात्रै हलभित्र अन्तरक्रिया गर्नुभएको थियो । उपमेयर कार्कीले छात्राहरुले खुलेर आफ्ना समस्या राखेको सुनाउनुभयो । “त्यस्तो जटिल किसिमको समस्या त आएको छैन,” उहाँले भन्नुभयो, “तर छात्राहरुले खुलेर आफ्ना मनका कुरा राख्नुभयो ।” कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईं, महानगरको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

 


विराटनगर ÷वीपी कोइरालाको विचार, आदर्श र सिद्धान्त अनुशरण नगरेकै कारण नेपाली कांग्रेस कमजोर भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

४१ औं वीपी स्मृति दिवसको अवसर पारेर वीपी विचार राष्ट्रिय समाज कोशी प्रदेशले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पछिल्लो समय पार्टीभित्र स्वार्थी समूह र अवसरवादीहरु हाबी हुँदै गएको बताउनुभयो । उहाँले वीपीले राष्ट्रियता र प्रजातन्त्रका सन्दर्भमा कसैसित पनि सम्झौता नगरेको उल्लेख गर्नुभयो । उहाँले विपीले देखाएको बाटोमा नहिंडेकै कारण चुनावमा अन्य दलहरुसित गठबन्धन गर्नुपरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशकी सहमहामन्त्री प्रमिला गच्छदार, विश्लेषक पुरञ्जन आचार्य, प्राध्यापक कविराज न्यौपाने, बलराम पौडेल, नेपाली कांग्रेसका नेता यदु विष्ट, आयोजक संस्थाका अध्यक्ष दीपक लोहनी, सचिव सुनिल सापकोटालगायतले विपीको आदर्श र विचारलाई बोकेर अगाडि बढे नेपाली कांग्रेसले हरेक निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभयो ।  


विराटनगर | विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।

विवरण पेश नगर्ने विद्यालयको नाम महानगरको वेभ साइटमार्फत सार्वजनिकसमेत गरेको छ । “सोमबार ५ बजेसम्म छात्रवृत्तिको सम्पूर्ण विवरण पेश नगरे हामी त्यस्ता विद्यालयमाथि कारबाही प्रक्रिया अगाडि बढाउँछौं,” मेयर कोइरालाले भन्नुभयो, “महानगरले पटक–पटक विवरण उपलब्ध गराउनका लागि तागेता गर्दा पनि बेवास्ता गरेको पाइएको छ । अबभोलिसोमबारसम्महेरौं, त्यसपछि महानगर कडा रुपमा प्रस्तुत हुन्छ ।”

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको संख्या ८९ रहेको छ  । त्यस्तै (आईईएमआईएस)मा दर्ता नभएका विद्यालयको संख्यासमेत जोड्ने हो भने महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन् । 

त्यसमध्ये आइतबार कार्यालय समयभित्र ६५ वटा विद्यालयले शैक्षिक सत्र २०७९ को छात्रवृत्ति वितरणको विवरण पेश गरेका छन् । सोही शैक्षिक सत्रमा २७ वटा विद्यालयले अझै विवरण पेश गरेका छैनन् । त्यस्तै २०८० का लागि ५५ वटा विद्यालयले विवरण पेश गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार २०८० का लागि ३७ वटा विद्यालयले विवरण पेश गर्न बाँकी रहेको छ ।

यसैगरी शैक्षिक सत्र २०८० मा कक्षा ११ को छात्रवृत्ति व्यवस्थापनसम्बन्धी परीक्षा महानगर आफैंले लिने तयारी गरेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । बैठकमा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, छात्रवृत्ति व्यवस्थापन समितिका सदस्य सुरज न्यौपाने, अञ्जु दाहाल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, हिसानका अध्यक्ष अमित ढकाललगायतको उपस्थिति रहेको थियो ।


 श्याम राई, उदयपुर गाईघाट, ७ श्रावण | जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी लालपत्ताबाट संयुक्त रुपमा खटेको सुरक्षाकर्मीको टोलीले आईतबार चेकजाचको क्रममा लालपत्ताबाट त्रियुगा नपा –४ बस्ने १८ वर्षिय आयुश चौधरी र १९ वर्षिय दिपेश चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट फेनार्गन–४१ एम्पुल, डाईजेपाम–४३ एम्पुल र ब्रुपिनोर्फिन–४४ एम्पुलगरि जम्मा १२८ एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए ।

लागू औषधको कारोबारी समेत रहेका उनीहरुलाई  लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही पक्रिया शुरु गरि जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरिएको सूचना अधिकारी चौधरीले बताए ।

 

 

                                                        

 

 


स्वतन्त्र पत्रकार - तेजेन्द्र बहादुर भण्डारी
बिराटनगर साउन ६ गते, शनिबार | रातो तारा डट कम, मोरंग व्यापार संघमा पाल्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछाने लाइ संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालले स्वागत गरी भेटघाट तथा छलफल गर्नु भएको छ । संघका महासचिव श्री अनिल सारडा द्वारा संचालित उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सहित महामन्त्री डा। मुकुल ढकाल, स्वकीय सचिव श्री प्रकाश सिग्देल प्रदेश सभापति श्री राजेश तिम्सिना, प्रदेश समिति सदस्य एवं विभागीय प्रमुख श्री क्षितिज गौतम लगायत संघका पूर्व अध्यक्ष पदाधिकारी, कार्यसमिति सदस्यहरू महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजकद्वय र सदस्य उद्योगी व्यवसायी समेतको  सहभागिता रहेको थियो ।


बिराटनगर साउन ५ गते |मोरङ विराटनगर महानगरपालिका वडा नः।(२ स्थित राधाकृष्ण मन्दिर अगाडीबाट पार्किङ गरी राखेको जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं २ बस्ने प्रकाश मण्डलको को ३० प ५२३६ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल चोरीमा संलग्न जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं। १३ खनार बस्ने बर्ष २५ को मो कमरूदिन र जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं।(१४ खनार बस्ने बर्ष २२ को मो। सम्सेरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।०४ गते चोरीको मोटरसाईकल सहित नियन्त्रणमा लिई चोरी कसूरमा सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ |

 

 


विराटनगर ÷ विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९÷०८० मा ८८ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ ।

समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकी उपमेयरसमेत रहनुभएकी न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । जुन प्रतिशतको हिसाबले ८८ दशमलव १९ प्रतिशत हो । कार्कीका अनुसार सबैभन्दा बढी वडा नम्बर १२ बाट २१ र १८ नम्बरबाट ३ वटा उजुरी दर्ता भएको छ ।

साँधसिमानासम्बन्धी ५५, महिला तथा घरेलु हिंसासम्बन्धी २९, श्रीमान–श्रीमती विवादसम्बन्धी २९ उजुरी परेको छ । त्यस्तै खान लगाउन नदिएको, कुटपिट, दाइजो, लेनदेनसम्बन्धी पनि उजुरी पर्ने गरेको कार्कीले बताउनुभयो । गत आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये २८ वटा मात्रै फछ्र्यौट हुन बाँकी छ । दर्ता भएका मध्ये समितिले ३९ वटा जिल्ला अदालत मोरङमा पठाएको छ । त्यस्तै ४४ वटा मिलापत्र भएको छ । “६ वर्षयताकै सबैभन्दा धेरै उजुरीको निर्णय हामीले गरेका छौं,” उपमेयर कार्कीले भन्नुभयो, “मिलेसम्म मिलापत्र गराउँछौं हामीले धेरै प्रयास गर्दा पनि नमिले अदालत पठाउँछौं ।”

अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा २१० वटा उजुरी दर्ता भएकोमा १७५ वटा उजुरीको निर्णय भएको उपमेयर कार्कीले जानकारी दिनुभयो ।

 

 


काठमाडौं । नेपाल  सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या हुदै आएको प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशका सदस्यसचिव हंसराज वाग्लेले बताएकाछन् ।

बुधबार विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्यसचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधै उपेक्षा गर्ने गरेको गुनासो गरे । मुलुक संघीय ब्यवस्था गएपनि खेलकुदका लागि प्रदेशलाई आवश्यक बजेटसमेत उपलब्ध गराउन नसकेको सदस्यसचिव वाग्लेले जानकारी दिए ।

 उनले भने, ‘खेलकुदलाई सक्रिय बनाउँदै, खेलाडी उत्पादन र राष्ट्र अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन आवश्यक बजेटको माग प्रधानमन्त्रीसमक्ष समेत गरेका थियौं। खेलकुदलाई पुराना अवस्थाबाट बाहिर निकाल्दै विकासित गर्न पहल गरिदिन माग गरेका थियौं । तर सोचे जस्तो हुन सकेन । हामीलाई सरकारले राखेको बजेटका १ प्रतिशत रकम मात्र निकासा गरिदिए हुने थियो । तर, त्यो समेत हुन सकेको छैन ।’

सीमित बजेट दिएर खेलकुदको विकास र खेलाडी उत्पादन गर्न निकै गाह्रो हुने गरेको बताएका सदस्यसचिव वाग्लेले खेललाई चलायमान बनाउन सबैले सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे । यद्धपी उनले आउँदो मंसिर र पुषभित्र प्रदेशमा राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिए ।

कार्यक्रममा बास्केटबलका केन्द्रीय अध्यक्ष भीमसिंह गुरुङले सात प्रदेशमध्ये कोसी प्रदेशबाट प्रदेशस्तरीय संघ गठनको सुरुआत भएको जानकारी दिए। केन्द्रीय महाधिवेशनको तयारीका क्रममा संघ रहेको बताएका अध्यक्ष गुरुङले प्रदेशमा संघ गठन गर्ने कोसी पहिलो भएको उल्लेख गरे ।

उनले विराटनगरका मनिष गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको बताए। कार्य समितिमा उपाध्यक्ष दिव्यराज गुरुङ, रोशन राई, सचिवमा सरोज लम्साल, कोषाध्यक्षमा प्रविन राउत रहेका केन्द्रीय अध्यक्ष गुरुङको भनाई छ।

कार्यक्रममा प्रदेशकी पूर्व सभासदस्य विन्दिया कार्की तथा बास्केटबलका पदाधिकारीको उपस्थिति रहेको थियो ।


विराटनगर साउन ३ गते | युवा साहित्यकार मीनकुमार नवोदित कोशी प्रदेश सरकारबाट ‘उत्कृष्ट साहित्य पुरस्कार’बाट पुरस्कृत भएका छन् ।

विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री प्रदीप सुनुवारले दोसल्ला ओढाएर नगद ५० हजार राशि र सम्मानपत्र प्रदान गरे ।

नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदित यसअघि संघीय सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका छन् । नवोदितका ‘फूलबारीभित्रका भमराहरु’ (२०५७), ‘झरीले रुझेको गाउँ’ (२०७०) र ‘समयको बयान’ (२०७८) गरी तीनवटा कवितासंग्रह प्रकाशित छन् । 

एक दर्जनभन्दा बढी साहित्यिक र सामाजिक संघसंस्थामा आबद्ध नवोदित तीन दर्जनभन्दा बढी संघसंस्थाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् । कार्यक्रममा नवोदितसहित भाषा, साहित्य, संस्कृति, कला, संगीतलगायतका क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

 


 काठमाडौं साउन ३ गते | रातो तारा डट कम, ‘मिष्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपालले हात पानमा आस गर्न सकिने बताएका छन् । ‘मिष्टर नेपाल’का प्रतियोगीका रुपमा यो पटक एकसेएक प्रतियोगी रहेकोले मिष्टर नेपालको उपाधि जसले जितेपनि मिष्टर वल्र्ड नेपाल भित्र्याउन उ सक्षम रहेको नेक्स्ट मोडल्स नेपाल सिइयो रवि धमलाको धारणा रहेको थियो ।

‘यो पटक हामीले प्रतियोगीको प्रशिक्षणदेखि हरेक कुरो उत्कृट गरेका छौ’, धमलाले भने ‘मलाई विश्वास छ । यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपाल आउने छ ।’ मिष्टर नेपालमा बिगतका भन्दा उत्कृष्ट प्रतियोगी यसपटक रहेको धमलाले दाबी गरे ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेक्स्ट मोडल्स नेपालले प्रतियोगी सार्वजनिक गर्दै तयारीको समेत जानकारी दिएको छ ।

कार्यक्रममा कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रतियोगीको बिबिधताबारे जानकारी दिए । यो पटक मिष्टर नेपालका प्रतियोगी हरेक पक्षबाट सक्षम रहेको अभिनेता तथा प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकारले बताए ।

‘हामीले प्रतियोगीलाई प्रतियोगीता केन्द्रीत भन्दापनि जीवन उपयोगी प्रशिक्षण दिएका छौ’, ताम्राकारले भने ‘उपाधि एउटाले जित्छ । अधिकाम्स प्रतियोगीता फम्र्याट त्यस्तै हो । तर समाजमा सबै प्रतियोगी अब्बल भने देखिनेछन् ।’ प्रतियोगीतामा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायतका ब्यक्ति प्रतियोगीका रुपमा रहेको जानकारी दिएका ताम्राकारले समाजमा पुरुष सौन्दर्य प्रतियोगीतालाई हेर्ने दृष्टिकोण समेत बिस्तारै फेरिएको धारणा राखे ।

१५ औं संस्करणसम्म एक्सपोज नेपालले आयोजना गरेको प्रतियोगीता गत बर्षबाट नेक्स्ट मोडल्सले आयोजना गर्दै आएको हो ।

कार्यक्रममा एक्सपोज नेपालकी अध्यक्ष अर्चना थापाले नेक्स्ट मोडल्सले उत्कृष्ट प्रतियोगीता गर्ने अपेक्षा सहित मिष्टर नेपाल जिम्मा दिएको जानकारी दिइन् । ‘मिष्टर नेपाल देशकैै उत्कृष्ट प्रतियोगीताको रुपमा चिनाउने उदेश्यले आयोजना गर्दै आएका थियौ । बिचमा मेरो स्वास्थ्यले साथ दिएन’, थापाले भनिन् ‘नेक्स्ट मोडल्सले मेरो विस्वास कायम राखेको छ ।’ प्रतियोगीता यस पटकबाट नेपालकै नम्बर वान प्रतियोगीता भएको दाबी उनको छ ।

कार्यक्रममा २० अन्तिम प्रतियोगी समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा सबै प्रतियोगीले आफ्नो परिचयको अलवा प्रतियोगीतामा आउनुको उदेश्य समेत मिडिया राखेका थिए ।

प्रतियोगीमा निमेश कपाली (काठमाडौंँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) रहेका छन् । 

निमेश कपाली (काठमाडौंँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) लगायत प्रतियोगी छन् । प्रतियोगीका प्रतियोगीता बिद्यार्थीदेखि डाक्टर, इन्जिनियर, पाइलट, चार्टटर एकाउन्टेन लगायत बिभिन्न फिल्डबाट सहभागी छन् ।   

न्युलुक ‘मिष्टर नेपाल २०२३’को नामबाट आयोजना हुन लागेको प्रतियोगीताको ग्राण्ड फाइनल आगामी शनिबार दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा एक भब्य समारोहकाबीच आयोजना हँुदैछ । 

प्रतियोगीतामा शिर्ष सहित बिभिन्न बिधागत गरेर १२ विजेता छानिनेछ । शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार जित्न सक्नेछन् । प्रतियोगीताको शिर्ष सहित अन्य ४ महत्वपुर्ण बिधाका विजेताले पनि यो पटकबाट अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । 

देशभर आयोजना भएको अडिसनमा छानिएका उत्कृष्ट २० प्रतियोगीलाई फानलका लागि आयोजकले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी बिधामा प्रशिक्षण दिएको छ । 

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागतिा रहेको नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

प्रतियोगीताको फाइनल स्पर्धामा अभिनेत्री आँचल शर्मा, पुर्व मिस नेपाल माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरे, शैलजा अधिकारी, विश्व किरण जैन लगायत निर्णायक रहेका छन् ।


बिराटनगर २ साउन | जिल्ला प्रशासन कार्यालय मोरङबाट जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं ११ बस्ने भनि स्थायी ठेगाना जिल्ला ताप्लेजुङ मैवाखोला गाउँपालिका वडा नं ४ घर भई हाल जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नं ७ बस्ने बर्ष ६१ को सुर्यहाङ लिम्बु र जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं ११ बस्ने बर्ष ६० को सुर्य बहादुर फ्याङ्ग लिम्बु समेतका प्रतिवादीहरूको योजना अनुसार सुर्यहाङ लिम्बु बाबु भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।(१० स्थायी घर भएका रविन गुरूङ, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १२ बस्ने बर्ष १९ को प्रशान्त मगर र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १६ बस्ने बर्ष २९ को गणेश गुरूङको झुठा विवरण पेश गरी क्रमशस् सुरज लिम्बु, साजन लिम्बु र सविन लिम्बुको नाममा झुठो नागरिकता बनाएको कसूरमा सुर्यहाङ लिम्बु र सुर्य बहादुर फ्याङ्ग लिम्बुलाई पक्राउ गरी अनुसन्धान पश्चात सम्मानित मोरङ जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले मिति २०८०।०४।०१ गते पुर्पक्षको लागि कारागार चलान भएको छ |


विराटनगर साउन १ गते | रातो तारा डट कम,स्थानीय बजार प्रवद्र्धनका लागि भन्सार नाकामा कडाइ गर्न विभिन्न सरोकारवाला निकायसित विराटनगर महानगरपालिकाले समन्वय मात्रै गरेको स्पष्ट पारेको छ ।

विज्ञप्ति जारी गर्दै महानगरले स्थानीय व्यापारी, उद्योगी, व्यवसायीले स्थानीय प्रशासन, प्रहरी, भन्सार, राजस्वलगायतका निकायसित समन्वय गरी भन्सार नाकामा कडाइ गरिदिन पटक–पटक आग्रह गरेअनुसार महानगरले समन्वय गरिदिएको जनाएको छ । 

“स्थानीय व्यापारीले विराटनगरको व्यापार धाराशायी भएका कारण पलायन हुनुपर्ने अवस्था आएको, महानगरसहित राज्यलाई तिर्नुपर्ने कर तिर्न नसक्ने अवस्था सिर्जना भएको, मजदुर र कर्मचारीको तलब दिन गाह्रो भएको भन्दै पटकपटक ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका कारण महानगरले सरोकारवाला निकायलाई बोलाएर भन्सार नाका कडाइ गर्नका लागि समन्वय मात्रै गरेको हो,” विज्ञप्तिमा भनिएको छ, “भन्सार नाकामा कडाइ हुँदा एकातर्फ स्थानीय व्यापार प्रवद्र्धन भई रोजगारी सिर्जना हुन्छ । साथै राज्यको ठूलो धनराशि विदेशिनबाट रोकिन्छ ।” चोरीतस्करी नियन्त्रणका लागि स्थानीय प्रशासनलाई नाकामा थप कडाइ गर्नसमेत महानगरले आग्रहसमेत गरेको छ ।

एक हप्ताअघि महानगरको समन्वयमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, सशस्त्र प्रहरी प्रमुख, विराटनगर भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग संगठन, मोरङ व्यापार संघ, विराट व्यापार संघलगायतका प्रमुख र प्रतिनिधिको बैठकले साउन १ गतेदेखि १ सयभन्दा बढीका सामान आयात गर्दा अनिवार्य रुपमा भन्सार महसुस र अन्य राजस्व तिर्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार साउन १ गते सोमबारदेखि स्थानीय प्रशासन, प्रहरी र भन्सार कार्यालयले नाकामा कडाइ गरेको छ ।


विराटनगर , ३१ असार । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ ।

कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष २०८० देखी २०८५ सम्मका लागि आफनो रणनीति योजना तयार गरेको हो ।

मनमोहनले पाँच बर्ष भित्र कुन कुन बिषयको के कसरी पठनपाठन गराउने , भौतिक पुर्वाधार अनि दक्ष जनशक्त्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरुलाई कुन मूल्याङकनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँच बर्षे रणनीति तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले बताए । उपकुलपति पोखरेलका अनुसार रणनीति निर्माणमा विज्ञहरु हिक्मतबहादुर बस्नेत र भवानी सुवेदीले  सहयोग गरेका थिए । शिक्षक र कर्मचारीहरुलाई पुरस्कृत गर्ने आधारबारे प्राध्यापक डिल्ली प्रसाईले जानकारी गराएका थिए ।

छलफलमा पुर्वाञ्चल विश्वविद्यालयको ईन्जिनियरिङ संकायका डिन देविप्रसाद भट्टराई ,प्राध्यापक कृष्ण पोखरेल , मदनभण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल , उद्योगी सोमनाथ अधिकारी , उद्योग संगठन मोरङका पुर्व अध्यक्ष मुकेश उपाध्याय लगायतले आवश्यक सुझावहरु दिएका थिए ।

पाँच बर्षे रणनीति छलफलमा बोल्दै   उपकुलपति डा सुवासश्री पोखरेलले देशकै पहिलो प्राविधिक विश्विद्यालय मनमोहनले छोटो समयमै आफनै अनुसन्धान केन्द्र स्थापना गरेर पाँच वटा विषयमा अनुसन्धान गरिसकेको जानकारी गराए । उनले मनमोहन लोकसेवा हैन आफनै दक्षतामा रोजगार पाउने गरि दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्ने लक्ष्यलाई उच्च प्राथमिकता दिइरहेको जानकारी गराए । उनले दक्ष जनशक्त्तिहरु विदेश पलायन हुने क्रमलाई रोक्न मनमोहनसफल हुदै जाने विश्वास व्यक्त्त गरे ।

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल आधारभुत , मध्यस्तर र उच्चस्तरको प्राविधिक जनशक्त्ति उत्पादन गर्नेगरि पठनपाठन सुरु भैरहेको छ । मनमोहनमा हाल ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिोनिक्स अनि पारामेडिकलतर्फ विफार्मेसी स्नातकतर्फको पठनपाठन भैरहेको छ । चालु शैक्षिक सत्रदेखी प्राकृतिक चिकित्सातर्फके स्नातक तहको कक्षा पनि सुरु गर्ने तयारी भैरहेको छ ।


विराटनगर, असार ३० गते । नेपाल तेक्वान्दो संघ मोरङ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार विराटनगरमा आर्थिक वर्ष २०७९÷०८० को आर्थिक र संगठनको प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको   छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले मार्सल आर्ट खेलको क्षेत्रमा तेक्वान्दोले एउटा छुट्टै प्रभाव जमाउँदै अन्तराष्ट्रिय स्तरमा देशको नाम राख्न सफल भएको बताए । खेलकुद नै एउटा यस्तो माध्यम हो जसले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान दिन सकेको छ ।

एउटा असल समाज निर्माण गर्न पनि खेलकुदको महत्वपूर्ण योगदान हुने भएकाले हाम्रो पार्टीले जहिले पनि खेल र खेल क्षेत्रलाई माया गर्दै आएको कोषाध्यक्ष गुप्ताले बताए । उनले पार्टीले खेल क्षेत्रको विकासका लागि एउटा छुट्टै संस्था बनाएको र त्यसमार्फत खेलाडीका साथै खेल स्तरको वृद्धिका लागि विभिन्न योजना अघि बढाएको छ । खेलले समाजलाई अनुशासित बनाउने काम गर्ने हुँदा खेलकुदलाई बढी बढाउन जरुरी रहेको छ । मार्सल आर्टले असल नागरिक बनाउने मात्रै नभई व्यक्तिलाई कसरी आत्मरक्षा गर्ने भनेर सिकाउने भएकोले पनि यो खेल राम्रो भएको हुँदा सम्पूर्ण युवा वर्गले यस खेलप्रति मोहती हुन जरुरी रहेको गुप्ताले बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै संघका जिल्ला अध्यक्ष दिवस नेपालले नेपालबाट अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागिता जनाउँदै सबैभन्दा बढी पदक जित्ने खेल नै तेक्वान्दो हो । उनले राष्ट्रका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक दिलाउने खेल तेक्वान्दोलाई सरकारले जहिले पनि बेवास्ता गर्दै आएको छ ।

अन्य खेलमा सरकारले धेरै लगानी गरे पनि पदक कम प्राप्त गर्दै आएको बताउँदै, अध्यक्ष नेपालले भने, ‘राष्ट्र र अन्तर्राष्ट्रिय प्रतियोगितामा बढी पदक दिलाउने मार्सल आर्ट खेलमध्ये तेक्वान्दो हो र यस खेललाई नै सधैं बजेट कम दिने भएकाले भने जस्तो खेलाडी उत्पादन भएका छैनन् ।’

देशमा तीन तहको सरकार हुँदासमेत खेलकुद क्षेत्रलाई कुनै पनि तहका सरकारले ध्यान दिएको छैन । अन्य विभिन्न शीर्षकमा बजेट छुट्याए पनि खेल क्षेत्रका लागि नाम मात्रको न्यून बजेट छुट्याउने गरेको अध्यक्ष नेपालले बताए । तेक्वान्दो खेलका लागि भौतिक संरचना र खेल सामग्री अभावमा खेल्दै आएका खेलाडीले पदक जित्दासमेत तीन तहका सरकारले उचित ध्यान दिएको छैन । खेल क्षेको विकासका लागि तीन तहको सरकार मिले ध्यान दिन जरुरी रहेको अध्यक्ष नेपालले बताए ।

यसैगरी, नेपाल तेक्वान्दो संघ कोशी प्रदेशका उपाध्यक्ष ईश्वरविक्रम शाह, नेपाली काँग्रेस मोरङ जिल्ला खेलकुद विभागका सदस्य अनुज बानियाँ, अन्तिर्राष्ट्रिय निर्णायक नारायण बुढाथोकीलगायतले शुभकामना दिएका थिए ।


मोहन कुमार राई÷संखुवासभा असार ३० गते | आसर २ गतेको विनासकारी बाढी पहिरोबाट विस्तापित पीडितहरुको व्यवस्थापनको लागि नगरपालिका स्थानीय विपद व्यवस्थापन समिति मार्फत आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम आज चैनपुर नगरपालिकाको सहभाहलमा कृषि विकास बैँक लि. चैनपुर शाखाद्वारा १ लाखको चेक हस्तान्तरण गरिएको छ ।

बँैकले सामाजिक उत्तरदायित्व अन्तरगत विपदको चपेटामा परेका पहिरो पीडित नागरिकहरुलाई राहत पुगोस भन्ने उद्देश्यले १ लाखको चेक चैनपुर नगरपालिका नगरप्रमुख कृष्णकुमार तामाङ र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणप्रसाद ढकाललाई कृषि विकास लि.का प्रवन्धक सन्तोषजंग कार्कीले चेक हस्तान्तरण गर्दै विनासकारी बाढीपहिरो पीडित नागरिकहरुलाई सानो सहयोगको रुपमा आर्थिक सहयोग उपलब्ध गराएको बताउनु भयो ।

चेक हस्तान्तरण कार्यक्रममा चैनपुर नगरपालिका नगरप्रमुख कृष्णकुमार तामाङले असार २ गते पिलुवा खोला र हेवा खोलामा आएको बाढीले चैनपुर नगरपालिका सहित पाँचखपन नगरपालिका र मादी नगरपालिकामा ठूलो क्षति पुगेको बताउँदै यस दैवि विपत्तिको संकटको घडिमा कृषि विकास बैंकले आर्थिक सहयोग सराहनिय रहेको बाढी पीडित परिवारलाई यो आर्थिक सहयोग एकद्वार प्रणाली मार्फत वितरण गर्न प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा चैनपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख सूर्यकिरण भण्डारी सहित सञ्चार कर्मी र कृषि विकास बैंकका स्टाफको सहभागिता रहेको कृषि विकास बैँकका कर्मचारी सन्तोष सुवेदीले बताए ।

बिपद ब्यवस्थापन समिति संखुवासभाको शुक्रबार बसेको बैठकले गत असार २ गते संखुवासभाको हेवा खोला र पिलुवा खोलामा आएको विनासकारी बाढी संगैको पहिरोमा बेपत्ताहुनेहरुको अन्तिम नामावली नेपाल सरकार गृह मन्त्रालयलाई सिफारिस गरि पठाउन निर्णय गरेको छ । नेपाल सरकारका विभिन्न सरोकार निकाय, नागरिक समाज, सुरक्षा कर्मी सहितले लामो समय खोज तथा उद्दारको कार्यमा लागे पनि हालसम्म विनासका बाढीले बेपत्ता बनाएका व्यक्तिहरुको अवस्था अज्ञात रहेकाले उनिहरुका परिवारलाई मृतक परिवारलाई सरह राहत उपलब्ध गराउनका लागि सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

शुक्रबार जिल्ला प्रसासन कार्यालय संखुवासभामा बिपद ब्यवस्थापन समितिको बैठक राखि जिल्ला स्थीत राजनीतिक दलका प्रमुख, शुरक्षा निकायका प्रमुख, जिल्ला स्थित पालिकाका प्रमुखहरु, संचारकर्मी र अन्य सामाजिक संघसंस्थाको प्रतिनिधिहरुको समेत उपस्थीतिमा उक्त निर्णय गरिएको हो ।

शुक्रबारको छलफलले बिपद र मनसुन अझै सक्रिय रहेकाले बिपदजन्य घटना न्यूनिकरणका लागि सबैपक्षलाई सजग र सतर्कताका साथ उच्च तैयारीमा रहन आवश्यक प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको भनाई छ ।

गत असार २ गते आएको बाढिले स्थानीय सहित सुपर हेवाँखोला हाईड्रोपावर, अपर हेवाँखोला हाईड्रो र अम्मर कन्सट्रक्सन प्रालिमा कार्यरत २० जना ब्यक्तिहरु बेपत्ता भएका थिए भने ३ जनाको सव भेटिएकोमा २ जनाको सनाखत भएको र १ जनाको सनाखत हुन बाँकी रहेको छ । हेवा र पिलुवामा आएको विनासकारी बाढीले संखुवासभाका हेवा खोला पिलुवा खोलाको किनारमा रहेका खेतियोग्य जग्गामा कटान गरी बगरमा परिणत भएको छ । यस्तै संखुवासभामा निर्माणाधिन सुपर हेवाँखोला हाईड्रोपावर, अपर हेवाँखोला हाईड्रोपावर, पिलुवा खोला स्थित मेन्छ्याम हाइड्रोपावर, सभाखोलाको दिपसभा हाइड्रोपावर सहित यी खोलाबाट उत्पादनका लागि सुरु गरिएको हाइड्रोपावरमा विनासकारी बाढीले ठूलो क्षति पु¥याएको छ हेवा खोलामा आएको बाढीले चैनपुर–पाचखपन जोड्ने भञ्ज्यांखर्क स्थित मोटरएवल पुल बगाएको छ झोलुङ्गे पुलहरु बगाएको छ ।

 हेवा खोलाको दोभानमा रहेका घरटहरा सहित पशुचौपाय बगाएको छ । यसै गरी पिलुवाखोलाले समेत नूनढाकी–चैनपुर विहीबारेमा मोटरएवल पुल बगाउँदा पर्यटकीय स्थल गुफापोखरी र लालीगुराँसको राजधानी मिल्केजलजले क्षेत्र सहित मादी नगरपालिका आवतजावतमा समेत कठिनाई भएको चैनपुर नगरपालिका १ स्थित सिंहदेवी मा.वि.का शिक्षक दिपेन लिम्बुले बताएर । विनासकारी बाढीले मोटरएबल पुल बगाएपछि तत्काल पुल निर्माणका लागि नेपाल सरकारको शहरी विकास मन्त्री सीता गुरुङसँग संखुवासभाबाट प्रतिनिधिसभामा निर्वाचित संघिय सांसद एवं पूर्वराज्य मन्त्री तत्काल पुल निर्माण गर्न आग्रह गरेका छन् ।  


काठमाडौँ । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालक आर्नभ श्रेष्ठले शिर्ष उपाधि जित्न सफल भएका छन् । बिभिन्न उमेर समुहको कारण ग्रुप ए, बि र सि बर्गिकरण गरिएको प्रतियोगीतामा आर्नभले गूप बि अन्तर्गत ‘टिन स्टार इन्टरनेसनल २०२३’को शिर्ष उपाधि हात परेका हुन् । प्रतियोगीतामा श्रेष्ठले मिष्टर पर्सनाली उपाधि जितेका थिए ।

प्रतियोगीतामा ग्रुप बि अन्तर्गतनै निभिका दुवालले थर्ड रनर अप र मिस पर्सनालिटी उपाधि हात परेकी छन् ।

त्यस्तै ग्रुप ए अन्तर्गत सायरा भट्टले फष्टरनर अफ र मिस ट्यालेन्ट उपाधि जितेकी छन् ।

जुलाई ३ तारिखदेखि ११ तारिखसम्म थाइल्याण्डको बैंकक स्थित सिएससी हलमा आयोजित प्रतियोगीतामा नेपाल सहित भारत, युके, टर्की, श्रीलंका लगायत ३४ देशको सहभागीता रहेको थियो ।

बैंकक र पटाया गरेर आयोजना भएको कार्यक्रममा  नेशनल कस्टुम, ट्यालेन्ट शो, सुमिङ वेयर, फोटो सुट लगायत बिभिन्न चरणमा आयोजना भएको थियो । कार्यक्रममा नेपाली बालबालीकालाई इभेन्ट वेटर ग्यालेक्सीले पठाएको हो ।

नेपालको तर्फबाट सहभागी तीनै बालबालीकालाई गु्रमिङ गर्ने काम कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए, भने सिआइएफटीको ड्रेस र ग्लोसी गल्र्सले मेकअफ जिम्बेवारी सम्हालेका थिए ।

आर्नभ काठमाडौँ प्रयागकुञ्ज स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।  भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट वेटर ग्यालेक्सीले आयोजना गरेको ‘नेसकल किड्स अफ द इयर २०२२’ का विजेता हुन् ।

त्यस्तै ११ वर्षीय सायरा पाठशाला नेपालमा कक्षा ६ मा अध्ययनरत छन् । भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन् । 

त्यस्तै १३ बर्सिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विद्यार्थी हुन् । भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन् ।

नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धिरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट वेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो धिरज तण्डुकार आफैले लिएर थाइल्यान्ड गएका थिए । 

कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कला संस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत दिएको इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो धिरज तण्डुकारले बताए ।


विराटनगर असार २८ गते | विभिन्न अभियान जारी राखेको विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान पनि साथै अगाडि बढाएको छ । अभियानअन्तर्गत महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई तीव्रता दिनुभएको छ ।

 दुईदिन अघि महेन्द्र मावि र सरस्वती माविको आकस्मिक अनुगमन गर्नुभएका मेयर कोइरालाले बिहीबार बिहान विराटनगर–६ सरोचियास्थित शिक्षा सदन माविको अनुगमन गर्नुभयो । शिक्षा सदन बिहान पठनपाठन हुँदै आएको छ । वडाध्यक्ष हरिशचन्द्र सहनी (अक्षय), शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराई, महाशाखाका कर्मचारी र सचिवालयको टिमसहित विद्यालय पुग्नुभएका मेयर कोइरालाले सुरुमा हरेक कक्षामा पुगेर विद्यार्थीहरुसित मात्रै अन्तरक्रिया गर्नुभएको थियो । 

मेयर कोइरालासित विद्यार्थीहरुले शिक्षकहरुले कक्षा कोठामा बत्ती नभएको, छात्राका लागि छुट्टै शौचालय नभएको, सेनिटरी प्याड राख्ने डस्बिन नराखेको, शिक्षकहरुले होमवर्क दिए पनि चेक नगर्ने गरेकोलगायतका गुनासो पोखेका थिए । शिक्षकहरुले राम्ररी नपढाएकै कारण र विद्यार्थीहरु नियमित कक्षामा नआउने गरेको उनीहरुको भनाइ थियो ।

विद्यार्थीसितको अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षक–शिक्षिकाहरुसित छलफल गर्नुभएको थियो । महानगरको मुटुमा भएर पनि विद्यालयको शैशिक गुणस्तर खस्कनुमा प्रधानाध्यापकसहित सबै शिक्षक–शिक्षिकाहरुले जिम्मेवारी लिनुपर्ने उहाँले बताउनुभयो । 

उहाँले विद्यालय सुधार्नका लागि दुई महिनाको समय दिनुभएको छ । दुई महिनाभित्र पनि विद्यालयमा सुधार नआए महानगरले कडा कदम चाल्ने मेयर कोइरालाले चेतावनी दिनुभयो । “तपाईंहरुलाई दुई महिनाको समय दिएको छु । दुई महिनाभित्र पनि सुधार नभए महानगरपालिका चुप लागेर बस्दैन,” मेयर कोइरालाले भन्नुभयो, “विद्यालयमा विद्यार्थी नियमित नआएको तपाईंहरुलाई चिन्ता छैन । 

एकले अर्कालाई दोष थोपर्ने र पन्छिने काम अब चल्दैन ।” राज्यले शिक्षा क्षेत्रमा बजेटको ठूलो हिस्सा लगानी गरे पनि प्रतिफल कमजोर भएको उहाँको भनाइ थियो । मेयर कोइरालाले सामुदायिक विद्यालयको सुधारका लागि महानगर जस्तोसुकै कदम चाल्न तयार रहेको स्पष्ट पार्नुभयो । महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने उहाँले बताउनुभयो । मेयर कोइरालाले शिक्षकहरुसितको छलफल अघि ई–हाजिरीसमेत चेक गर्नुभएको थियो ।


विराटनगर  | विराटनगर महानगरपालिकाले २०७९ सालको एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

बिहीबार महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्नुभयो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई महानगरका मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभयो । ४ जीपीए ल्याउने तीनैजना विराटनगर–११ स्थित विकेभिएम स्कुलका विद्यार्थी हुन् । कोशी प्रदेशमा ४ जीपीए ल्याउने ५ जना विद्यार्थीमध्ये ३ जना विराटनगरका हुन् ।

त्यसैगरी सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट अंक ल्याउने पोखरिया माविका रचिता दंगाल, सविना कोइराला र रोहन साहलाई पनि सम्मान गरिएको थियो । उनीहरु तीनैजनाले ३.९५ जीपीए ल्याएका थिए । सो अवसरमा विकेभिएम स्कुल र पोखरिया माविलाई समेत सम्मान गरिएको थियो । विकेभिएमका प्रिन्सिपल रविन दाहाल र पोखरियाका प्रधानाध्यापक खेमराज भट्टराईलाई मेयर कोइरालाले सम्मानपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा मेयर कोइरालाले विराटनगर शैक्षिक हब बन्ने बाटोमा अगाडि बढेको बताउनुभयो । उहाँले विराटनगरले शैक्षिक क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गर्नुले महानगरको प्रतिष्ठासमेत बढेको उल्लेख गर्नुभयो । सम्मानपछि विराटनगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई बोलाएर एसईई समीक्षा कार्यक्रमसमेत आयोजना गरिएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

 


दमक,असार २७ गते | स्वर्णपुरुष सन्तकुमार बान्तवा राई स्मृति ग्रन्थ झापाको कमलमा आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ । 


राजनीतिक,सामाजिक ब्यक्तित्व स्वर्गीय बान्तवाको स्मृति ग्रन्थ कमलको रोडस्टार पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । किरात राई यायोक्खा झापाका संस्थापक अध्यक्ष सन्त कुमार वान्तवाको स्मृति ग्रन्थको विमोचन समारोह कार्यक्रमका प्रमख अतिथि चुलाचुली आवासीय माध्यमिक विधालय दमकका संस्थापक फाउण्डर,शैक्षिकअगुवा मनोज कुमार साम्पाङ राईले बान्तवाको स्मृति ग्रन्थ विमोचन गर्नु भयो । 

श्रीमती कृष्ण कुमारी राई, कमल कुमार ,गणेश र भिष्म राई परिवारले आयोजना गरेको स्मृति ग्रन्थ विमोचन कार्यक्रम विमोचनपछि बोल्दै मनोजले सन्त कुमार राजनीतिक,सामाजिक र राई समुदायको उत्थान क्रियाशील अगुवा रहेको बताउनु भयो । आफनो जाती समुदायको शैक्षिक उत्थान र संगठन विस्तारको लागि बान्तवा सक्रिय नेता रहेको उहाँले बताउनु भयो । 

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय विमा संस्थानका पूर्व महाप्रवन्धक खेम वरालले बहुमुखी क्षेत्रमा क्रियाशील ब्यक्तित्व सन्तकुमार आफनो समकक्षी रहेको चर्चा गर्दै उहाँले देखाएको वाटो सबैले अनुशरण गर्न पर्ने बताउनु भयो । संविधान सभाका सदस्य विश्वदीप लिङदेन,साहित्कार सुमित्रा वाङदेन चेली ,किरात राई यायोक्खा झापा सचिव सुशन राई र स्थानिय सामाजिक अगुवा दिलिप राईले स्वर्गीय वान्तवाको योगदानको चर्चा गर्नु भएको थियो । 

अर्जुन राईको अध्यक्षतामा भएको कार्यक्रममा बुङ्वाखा बान्तवा मासिक पत्रिकाका सम्पादक पदम राईले स्व.सन्त कुमारको स्मृति ग्रन्थको विषयमा टिप्पणी गर्नु भएको थियो । 

पारिवारिक दृष्टिमा सन्तकुमार,विद्धानवर्गका दृष्टिमा सन्तकुमार र सामाजिक दृष्टिमा सन्तकुमार बान्तवा लगायतका खण्ड रहेको उहाँका भतिज संगम राईले जानकारी दिनु भयो । वि.स. १९९१ असार १५ गते रविको मेक्लाजुङ्गमा जन्मनु भएका.सन्तकुमार वान्तवाको २०६८फागुन ११ गते निधन भएको थियो । सन्तकुमार कमल गा.पा.६मङ्गलवारेमा स्यायी वासिन्दा थिए ।


श्याम राई, उदयपुर गाईघाट, २७ असार | प्रहरीले उपहारको नाममा रकम ठगि गर्ने कार्यमा सङलग्न गिरोहका सदस्यलाइृ सार्वजनिक गरेको छ ।

उदयपुरको कटारी नगरपालिका–४ की ३६ वर्षिया सरिता तामाङ्गबाट १ लाख ३० हजार ६ सय २७ रुपैया ठगि गरेको आरोपमा पक्राऊ परेका गिरोहका ७ जनालाई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राऊ पर्नेहरुमा भारत उत्तराखण्ड पौडी गडवालका प्रविन भट्ट, सप्तरी विष्णुपुर–२ का २० वर्षिय निरज कुमार साह, गुल्मि–६ का ३२ वर्षिय धुर्ब थापा, सप्तरी राजविराज–१ डुम्रिका डम्मर साह, मोरङं विराटनगरका–२० का ३७ वर्षिय हेमराज साह, झापा बैलेतिबारी–१ का ३१ वर्षिय बरजहान शेख र बारा कलैया उप महानगरपालिका–२० का २३ वर्षिय रुस्तम मन्सुरि रहेका छन् ।

तामाङ्गलाई गुडनेस ईजरायल नामको फेसबुक मार्फत साथी बनाई रकम ठगि गरेको प्रहरीले जनाएको छ ।

साथी बनेपछि उनीहरुबीच निरन्तर कुराकानी हुँदै व्हाटस एप समेत प्रयोग हुदै आएको थियो । एसपी ज्ञानेन्द्र फुयालले भने । तामाङ्गलाई तेहि विचमा लगेज लगाएत ७० हजार अमेरिकन डलर पठाई दिएको छु । उक्त सामान एअरपोर्टमा रोकिएर बसेको छ र तुरुन्तै १ लाख ३० हजार ६ सय २७ रुपैया पठाउनु भनेर म्यासेज आउछ । तामाङ्गले पनि उक्त म्यासेज हेरेर भनेको खातामा पैसा पठाउछिन् । फेरी अर्को पटक पनि पैसा कम भयो भन्दै थप पैसा पठाउन म्यासेज आउछ । तेपछि भने महिला उक्त म्यासेजले सशन्कित हुन्छिन् र आफू ठगिएको पत्ता लगाउछ र ठगिमा सग्लन्नको खोजी शुरु गर्छ । प्रहरीले जेठको पहिलो साता मै पहिलो पटक भारतीय नागरीक भट्टलाई पक्राऊ गर्छ । अनि अनुसन्धान र भट्टको बयानबाट अरु अभियुक्त पक्राउ पर्छन, एसपी फुयालले भने ।

उनले ठगि गरेको र पक्राऊ परेका व्यक्तिहरुको खातामा अवैध रुपमा जम्मा हुने र आफ्नो कमिशनको भाग राखेर पुन अर्को खातामा पठाउने गरेको खुलेको बताए । प्रतिवादिहरुको विभिन्न व्यक्तिगत तथा निजहरुले खोलेको संस्थाको खातमा १ वर्षको अवधिमा १ अर्व ९ करोड १ लाख ४२ हजार ३९३ रुपैया टान्जेक्शन भएको एसपी फुयालले बताए । 

पक्राऊ परेका प्रतिवादिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगि आपराधिक विश्वासघात तथा आपराधिक लाभ र संगठित अपराध सम्बन्धि कसुरमा म्याद थप भै अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

 

                                                  

 

 

 


दमक ,असार २६ गते | प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज जिल्लाका अग्रज पत्रकार मध्येका एक अग्रज पत्रकार नेत्र पाठकलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

पत्रकार पाठक प्रेस चौतारी नेपाल झापाका प्रथम (संस्थापक) अध्यक्ष हुन । उपचार पश्चात आफनै निवास विर्तामोड४ मेथीबारी टोलमा स्वास्थ्य लाभ गरिरहेका अग्रज पत्रकार पाठकलाई प्रेस चौतारी नेपाल झापाले नगद ५१ हजार १सय रुपैयाँ हस्तान्तरण गरेको छ । प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोष र पत्रकारहरु बीच संकलन गरिएको रकम विर्तामोड स्थित निवासमा पुगेर हस्तान्तरण गरेको संगठनका अध्यक्ष मनकुमार गदालले जानकारी दिनु भयो । सो रकम चौतारीको टोली ने निवासमै पुगेर पाठककी श्रीमती सीता पाठकलाई प्रेस चौतारी नेपालको पूर्व मेची अञ्चल कमिटी सचिव सुब्रत न्यौपोनले हस्तान्तरण गरिएको न्यौपानले बताउनु भयो । 

पाठकलाई प्रेस चौतारी नेपालको पूर्व मेची अञ्चल कमिटी सचिव सुब्रत न्यौपोनको संयोजकत्वमा सहयोग रकम संकलन गरिएको थियो । उपचाररक्त पाठकको स्वास्थ्य लाभको कामना गर्न संयोजक न्यौपाने , प्रेस चौतारी झापा अध्यक्ष गदाल ,जिल्ला इन्चार्ज सन्तोष आचार्य ,पूर्व अध्यक्ष गोपाल काफले, कोशी प्रदेश कमिटी सदस्य रमेश तिवारी ,जिल्ला उपाध्यक्ष प्रदिप परियार, जिल्ला सहसचिव तिलक योञ्जन, पत्रकार प्रेस आचार्य र पुष्प वराल लगायत निवासमा पुगेका थिए ।  

दम ,निमोनिया ,प्रोस्टेट क्यान्सर र ब्रनेको नशासंग सम्वन्धि समस्याको उपचार गर्दै आएका पाठक दुई वर्षदेखि घरमा आराम गरिएका छन् ।


विराटनगर  २६ असार | विराटनगरको व्यापार प्रवद्र्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् ।

विराटनगर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोडसमेत निकालेका छन् । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको छलफलले साउन १ गतेदेखि भन्सार नतिरी भित्रिने खाद्यन्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तुको आयातलाई निरुत्साहित गरिने भएको छ । यसअघि एक सय रुपैयाँसम्मको सामान आयात गर्न छुट दिइने गरिएको थियो । 

तर, एक सय रुपैयाँको छुटको नियमलाई गलत प्रयोग गरी एउटै व्यक्तिले हरेक दिन पटक–पटक सामान आयात गर्दा राज्यको राजस्व गुम्नुका साथै स्थानीय व्यापारसमेत प्रभावित भएको बैठकले निष्कर्ष निकालेको छ । अबदेखि जुनसुकै सामान जोगबनी नाका तथा आसपासका नाकाहरुसमेत बाट आयात गर्दा  अनिवार्य रुपमा भन्सार तिर्नुपर्नेछ । त्यसैगरी स्थानीय व्यापारीहरुले पनि अवैध रुपमा आयात भएका सामान खरिद र बिक्री गर्न नदिनका लागि कडाइका साथ बजार अनुगमन गर्ने निर्णय गरिएको मेयर कोइरालाले बताउनुभयो । सरोकारवाला सबैको सहभागितामा चाँडै नै बजार अनुगमन सुरु गरिनेछ ।

त्यस्तै अवैध सामान खरिद बिक्री नगर्न आग्रह गर्दै विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, परिसंघ, उद्योग संगठन, मोरङ व्यापार संघ र विराट व्यापार संघले सार्वजनिक रुपमा संयुक्त अपिल गर्ने निर्णयसमेत भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

व्यापारीहरुको गुनासो सम्बोधन गर्नका लागि महानगरले सरोकारवालाहरुको बैठक राखेर स्थानीय बजारको प्रवद्र्धनका लागि महत्वपूर्ण निर्णय गरेको मेयर कोइरालाले बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सबै मिलेर भन्सारमा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारको निर्णय कार्यान्वयन गराउन प्रशासनका तर्फबाट सहयो गर्न तयार रहेको प्रजिअ यादवले प्रतिबद्धता जनाउनुभयो । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले सबैभन्दा पहिला स्वदेशी बजारमा सामान खरिद गर्नका लागि नेपाली उपभोक्ताको सोचमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । त्यस्तै सशस्त्र प्रहरीका एसपी तीर्थबहादुर थापाले जोगबनी र विराटनगरको सामानको मूल्यमा धेरै अन्तर गर्न नहुनेमा जोड दिनुभयो ।

 मेयर कोइरालाको अध्यक्षतामा भएको छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, मोरङ प्रहरीका प्रमुख दीपक पोखरेल, विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डीवी क्षेत्री, सशस्त्र प्रहरीका एसपी तीर्थबहादुर थापा, डीएसपी लोकेन्द्र सुब्बा, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका देवकीनन्दन अग्रवाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, कार्यकारी निर्देशक चूडामणि भट्टराई, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी, विराट व्यापार संघका धरणीधर निरौला, महानगरका राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, महानगर प्रहरीका प्रमुख राजन पौडेललगायतको सहभागिता रहेको थियो ।


विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गर्नुभएको छ ।

आज मेयर कोइरालाले विराटनगर–८ स्थित महेन्द्र मावि र विराटनगर–९ स्थित सरस्वती माविको अनुगमन गर्नुभयो । शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईसहितको टिमलाई लिएर विद्यालय पुग्नु भएका मेयर कोइरालाले विद्यार्थीहरुसँग अन्तरक्रियासमेत गर्नुभएको थियो । उहाँले विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्थालगायतका विषयमा जानकारी लिनु भएको थियो । विद्यालयस्तरदेखि नै शैक्षिक गुणस्तर सुधार गर्न सकिएमात्रै गुणस्तरीय जनशक्ति उत्पादन हुने उहाँले बताउनुभयो ।

मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिनुभयो । अनुगमनसँगै मेयर कोइरालाले विद्यार्थीहरुसित अन्तरक्रियासमेत गर्नुभएको थियो । उहाँले आफू विद्यालय पढ्दाका अनुभवसमेत सुनाउनुभएको थियो । अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षकहरुसित विद्यार्थीहरुले उठाएका विषयमा छलफल गर्नुभएको थियो । विराटनगरका सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने महानगरले नीति लिएको छ । मेयर कोइरालाले विद्यालयको अनुगमनलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।


श्याम राई, उदयपुर  गाईघाट, २५ असार | प्रधानन्यायधिश हरि कृष्ण कार्कीले न्याय सेवालाई प्रभावकारी ढंगले अघि बढाउन वर्तमान नेतृत्व लागि परेको बताएका छन् । उनले सर्ब साधरणको न्यायमा चाँडो पहुँच पुग्न सकोस भनेर काम थालनी गरिएको बताए ।

जिल्ला अदालत उदयपुरको नव निर्मित भवनको सोमबार उद्घाटन गर्दै कार्कीले न्यायपालिकाको सेवा प्रभाव ढिलो र खर्चिलो भयो भन्ने गुनासो समाधान गर्न सुधारका काम गर्न लागिएको बताए । धेरै कुरामा हामी एकदमै संवेदनसिल छौ, न्यायपालिकाले लिने दस्तुर भन्दा नी ढिला सुस्तिबाट सेवाग्राहीले धेरै खर्च व्यर्होर्नु परेको छ । उनले भने । न्यायसम्पादन ढिलो हुदा बास गास र यातायात खर्चको साथै कानुन व्यावसायीको खर्च बढेर महँगो हुन पुगेको छ । उनले भने । कतिपय दस्तुर २० वर्ष अघि कै रहेको छ ।

लामो समय न्यायलय धाउदा धाउदैले पनि खर्च बढेकोले सेवाग्राही मारमा परेको उनले बताए । अब २ वर्ष नाघेको मुद्दा सुन्य बनाउने र चाँडो निकास दिने अभियानमा लागेको प्रधानन्यायधिश कार्कीले बताए ।

 

 

 

                                                           

 


धनकुटा । धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो ।


मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङले जानकारी दिए । ‘खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण थालेका छौं, यसलाई अभियानकै रुपमा अघि बढाउछौं,’ मेयर तामाङले भने, ‘अब हरेक साता वृक्षरोपण र मुहान क्षेत्रको सरसफाइ गर्ने योजना बनाएका छौं ।’

अभियानको पहिलो दिन शनिवार धनकुटा नगरपालिका–१ स्थित विद्युत प्राधिकरणको जग्गा, आइतबारे रानी बन, चञ्चलेश्वर महादेव मन्दिर क्षेत्र र आइतबारे मुहान क्षेत्रमा वृक्षरोपण गरिएको छ । सो क्षेत्रमा धुपी, कल्की र उत्तिसका करिब १ हजार ३ सय बिरुवा रोपिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले जानकारी दिए । वृक्षरोपणका लागि धनकुटाका बिभिन्न स्थानबाट करिब तीन सय मानिस भेला भएका थिए ।

अब, असार ३० गते शनिवार आइतबारे मुहान क्षेत्रमा वृक्षरोपण गरिदैछ । सो क्षेत्रमा करिब ३ हजार ५ सय हाराहारी बिरुवा रोप्ने योजना छ । खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान थालिएकाले सहभागि हुन खानेपानी उपभोक्तासमितिले सबैमाआव्हान पनि गरेको छ ।

धनकुटामा दैनिक ३० लाख लिटर पानी खपत हुने गरेको छ । यहाँ ३ हजार ३ सय परिवार खानेपानीका उपभोक्ता छन् । सो जलाधार क्षेत्रबाट पानी ल्याई धनकुटाको सल्लेरी, स्कुलडाँडा, कागते र निगालेको ट्याङ्कीमा जम्मा गरेर पानी वितरण गर्ने गरिएको छ ।



बिराटनगर, असार २५ गते । ट्राफिक सप्ताहको छैठौ दिन लागूपदार्थ सेवन ९ला।प।से।० बिरुद्धको सचेतना र शंकास्पद चालकहरुको चेकजाँच अभियान संचालन गरिएको छ ।

सडक सुशासन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले संचालन गरेको “ट्राफिक सप्ताह २०८०” को छैठौं दिन झापाको मेचीनगर नगरपालिका(६ काँकरभिट्टा स्थित खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा चालकहरुलाई लागूपदार्थको सेवन बिरुद्धको सचेतना र शंकास्पद चालकहरुको चेकजाँच अभियानको शुभारम्भ गरिएको छ ।

यो अभियान एकैसाथ कोशी प्रदेशका १४ वटै जिल्लाहरुका २० स्थानबाट ला।प।से। किटद्वारा संकास्पद अवस्थामा रहेका सवारी साधनका चालकहरुको चेक जाँच गरी सुरुवात गरिएको हो ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोको अध्यक्षता संचालन भएको उक्त कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, समाज सेवी, बुद्धीजिवि तथा यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

चालकको लागु पदार्थको सेवन बिरुद्धको सचेतना र शंकास्पद चालकको चेकजाँच अभियानको पहिलो दिनमा ५१ जना चालकहरुलाई ला।प।से। जाँच गरिएकोमा १८ जना चालकले लागूपदार्थ सेवन गरेको पुष्टि भएको हुँदा उनिहरुलाई आवश्यक कानूनी कारवाहीको लागि प्रहरी कार्यालयमा राखिएको छ । 


काठमाडौं । दुबईमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस स्टार युनिभर्स २०२३’ को शिर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाईपछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

२२ बर्षिया महर्जनले प्रतियोगीतामा शिर्ष सहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सवटाइट समेत हात परेकी छन् ।

मिस स्टार युनिभर्स २०२३’ शिर्ष विजेता बन्दा निकै खुसी लागेको र देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन आफु सफल भएको महर्जनले बताइन् ।

‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिए । तयारी पनि त्यस्तै थियो’, उनले भनिन् ‘अन्तराष्ट्रिय प्रतियोगतिामा सहभागी हँुदै गर्दा नभर्स पनि थिए । अन्तत सफलता प्राप्त भयो ।’

‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताज सहित पठाएको थियो ।

कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ तर्फ नेपाली जोया बुढाथोकी सहभागी थिइन् । उनले भने प्रतियोगीतामा ‘मिसेन ब्युटिफुल बडी’को उपाधि हात पारिन् ।

कार्यक्रममा अवार्ड तर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आआफ्नो बिधामा अवार्ड हात पारे ।

होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा. बु .अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानी लगायतले विजेतलाई ताज लगाइदिएका थिए ।

प्रतियोगीताको निर्णायकमा अनिला श्रेष्ठ (मिसेस युनिभर्स नेपाल २०१९),  सुधा एक (वनर सुधा भेन्चर्स),  इशा पफरहा कुरैशी, हनिफ शेख, अरविन्द लिम्बावली लगायत रहेका थिए ।

विजेतापछि नेपाल फर्किएका सबैलाई ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौल, ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले शनिबार नेपालमा स्वागत गर्दै बधाई तथा थप सफलताका लागि शुभकामना दिएका थिए ।


विराटनगर|  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।

विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले हरेक महानगरवासीको साथ र सहयोगले मात्रै विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिने बताउनुभयो । उहाँले सबैको सामूहिक प्रयास र प्रयत्नबाट मात्रै विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउन सकिने विचार राख्नुभयो । “आफ्नो घर अगाडि सफा राख्ने, समयमै कर तिर्ने, निर्माणका काममा कतै कमीकमजोर भएका छन् भने खबरदारी गर्ने दायित्व महानगरवासीको पनि हो,” मेयर कोइरालाले भन्नुभयो, “मेरो हैसियत र महानगरवासीको हैसियत एउटै हो । म अहिले मेयर छु । म पनि यहींको बासिन्दा हुँ ।”

विराटनगर बनाउन महानगरवासी आ–आफ्नो ठाउँबाट जागरुक हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । पसल र घर अगाडि हरेकले दुईवटा गमला राख्ने हो भने महानगरले परिकल्पना गरेको सुन्दर विराटनगर हुने उहाँको भनाइ थियो । महानगरसित सीमित स्रोत साधनका कारण धेरै काम गर्ने चाहना हुँदाहुँदै पनि गर्न नसकेको प्रस्ट पार्नुभयो । उहाँले कृष्णप्रसाद मास्केको जस्तै खुल्ला हृयद हुने हो भने विराटनगर बन्न धेरै समय नलाग्ने बताउनुभयो ।

कार्यक्रममा समाजसेवी मणिकुमार अज्र्याल, राजेश मास्केलगायतले मन्दिरको संरचना र सम्वद्र्धमा सहयोग गर्न महानगरसित आग्रह गर्नुभएको थियो । सन्सारीमाई मन्दिर पूर्व निर्मित भवनमा जमरा राख्ने, ज्येष्ठ नागरिक भेटघाट तथा मनोरञ्जन, विवाहलगायतका कार्यमा प्रयोग गरिनेछ ।

 


दमक,असार२४ गते | माङमालुङ चिया बगान लिमिटेड इलामले आज झापाको दमकमा २६औं र २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दमक ८ स्थित कञ्चनजंघा बहुउदेश्यीय सहकारी संस्थाको हलमा बगानले २६औं र२७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

 

साधारण सभामा वगानका अध्यक्ष किरण मुकारुङ्गले प्रस्तुत आर्थिक वर्ष ०७७÷०७८,०७८÷०७९को वार्षिक प्रतिवेदन र लेखा समितिको तर्फवाट प्रस्तुत लेखा प्रतिवेदन छलफल पछि संशोधन सहित पारित गरेको सञ्चालक समिति सदस्य देवेन्द्र रेग्मीले बताउनु भयो । सभामा कम्पनीको प्रवन्ध पत्र तथा नियमावली समय सापेक्ष संशोधन गर्ने प्रस्ताव पारित गरिएको माङमालुङ्गले जनाएको छ । वार्षिक साधारण सभाका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश सभासद होम बहादुर थापाले चिया नगदे वाली भए पनि मुलुककै आर्थिक विकासको ठूलो सम्भावना वोकेको वाली भएको बताउनु भयो ।

 पर्यटनसंग जोडेर चियाको उत्पादन बढाउन तीन तहको सरकारले सहयोग गर्नु पर्ने थापाले बताउनु भयो । कार्यक्रममा पूर्व प्रदेश सभासद अर्जुन राई,इलामको माडसेबुङ्ग गाउँ पालिका अध्यक्ष हेमन्त राई ,सञ्चालक सदस्य रेग्मी लगायतले चिया बगानको अवस्था सम्भावना र चिया पर्यटनको परियोजना ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो । गत ०५१ साल असार २६ गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको यस चिया वगानअर्थोडक्स चिया क्षेत्रमा निजी वगानको रुपमा मुलुककै अग्रस्थानमा रहेको बताइएको छ । यस वगानमा ५सय ५४ जना शेयर सदस्य रहेको सञ्चालक समिति सदस्य केन्द्र प्रसाईले जानकारी दिनु भयो ।


मोहन कुमार राई - आषाढ २३ गते | संखुवासभा, चैनपुर नगरपालिका स्थित नेवार समुदायको वाहुल्यता रहेको चैनपुरबजारमा नेवार जातीको संस्कृति जगेर्ना गर्ने उद्देश्यले धिमेवाजा, नेपाल भाषा, तथा नेवारी कला संस्कति प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार “भाषा र संस्कृतिको जगेर्ना  गर्दै, नेवाःपहिचान जोगाऔं” भन्ने मूल नाराका साथ प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । गत जेष्ठ ३० गतेदेखि आषाढ २२ गतेसम्म सञ्चालन भएको कला संस्कृतिक प्रशिक्षण नेवाःल्याम्ह दबुका केन्द्रीय अध्यक्ष तथा राष्ट्रय साँस्कृतिक प्रशिक्षक सुदनमान मुनिकरले गर्नुभएको थियो । प्रशिक्षण ६० जना बढीले भाषा तथा कला संस्कृतिका वारेमा जानकार भएको कार्यक्रम सञ्चालक पुष्पबहादुर श्रेष्ठले वताउनुभयो ।


कार्यक्रममा धिमेबाजा, नेवाः भाषा, कला संस्कृतिको संरक्षणमा लामो समयदेखि नेवाः समाजमा योगदान पु¥यानुहुने  ३ जना सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा माधवप्रसाद कर्माचार्य, देवेन्द्र कुमार शाक्य राजकुमार कर्मचार्य रहेका छन् । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगरपालिका नगर प्रमुख कृष्णकुमार तामाङले सम्मान पत्र प्रदान गर्नु भएको  थियो ।


नेवारी समुदायको पहिचान, संस्कृति वास्तविक हुनु पर्ने नभई मिश्रित अवस्थामा रहेकाले  यस किसिमको कार्यक्रमको आयोना गर्न आवश्यक रहेको नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदका अध्यक्ष गोपाल श्रेष्ठले वताउनुभयो । नेपालका विभिन्न ठाउँमा वसोवास गर्दे आएका नेवार समुदाय जुन जातजातीको वाहुल्यता छ उस्तै जस्तो देखिने गरेको समेत अध्यक्ष श्रेष्ठले वताउनुभयो । वास्तवीक नेवारी समुदायको भाषा, संस्कृति भेषभुषाको जगेर्ना गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने  समेत अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

नेवाः देय दबु चैनपुर नगर कमिटि अध्यक्ष पदम कुमार शाक्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेवारी सास्कृतिक कुमारी नृत्य, नेवारी धिमे नृत्य, धिमेबाजा प्रदर्शन गरिएको कार्यक्रम सञ्चालिका रजिना कर्माचार्यले वताउनुभयो ।

 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.