Websoft University

एसईई परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई महानगरको सम्मान


विराटनगर  | विराटनगर महानगरपालिकाले २०७९ सालको एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

बिहीबार महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्नुभयो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई महानगरका मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभयो । ४ जीपीए ल्याउने तीनैजना विराटनगर–११ स्थित विकेभिएम स्कुलका विद्यार्थी हुन् । कोशी प्रदेशमा ४ जीपीए ल्याउने ५ जना विद्यार्थीमध्ये ३ जना विराटनगरका हुन् ।

त्यसैगरी सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट अंक ल्याउने पोखरिया माविका रचिता दंगाल, सविना कोइराला र रोहन साहलाई पनि सम्मान गरिएको थियो । उनीहरु तीनैजनाले ३.९५ जीपीए ल्याएका थिए । सो अवसरमा विकेभिएम स्कुल र पोखरिया माविलाई समेत सम्मान गरिएको थियो । विकेभिएमका प्रिन्सिपल रविन दाहाल र पोखरियाका प्रधानाध्यापक खेमराज भट्टराईलाई मेयर कोइरालाले सम्मानपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा मेयर कोइरालाले विराटनगर शैक्षिक हब बन्ने बाटोमा अगाडि बढेको बताउनुभयो । उहाँले विराटनगरले शैक्षिक क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गर्नुले महानगरको प्रतिष्ठासमेत बढेको उल्लेख गर्नुभयो । सम्मानपछि विराटनगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई बोलाएर एसईई समीक्षा कार्यक्रमसमेत आयोजना गरिएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.