Websoft University
June 2018


विराटनगर,असार १६ गते । रातो तारा डट कम,
शनिवार-बैदिक कर्मकाण्ड परिषद नेपालले विराटनगरका ब्राह्मणहरुलाई दहिचिउरा भोजन गराएको छ ।

पाणीनी गुरुकुलमा शनिवार आयोजित कार्यक्रममा विराटनगरका १०८ ब्राह्मणहरुलाई भोजन गराएको थियो । हिन्दु धर्म ,संस्कारमा ब्राह्मण भोजन,नवकन्याहरुको पँुजालाई महत्वकारुपमा लिइन्छ ।

उक्त कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले ब्राह्मणहरुलाई दहि,चिउरा वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।  पराजुलीले धर्म,संस्कृतिको संरक्षण र आपसी मित्रताका लागि गरिएको ब्राह्मण भोजन कार्यक्रमको प्रशंसा गर्नु भयो ।

परिषदका अध्यक्ष कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगरका ब्राह्मणहरुलाई धार्मिकपुस्तकहरु समेत वितरण गरिएको थियो । कार्यक्रममा धार्मिक युवा अभियन्ता कौशल ढुङ्गेल ,अनन्त पराजुली लगायतको सहभागिता रहेको थियो 


विराटनगर, असार १६ गते । रातो तारा डट कम,विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरले असार १५ मनाएको छ ।

आज स्कूलमा एक कार्यक्रमको आयोजना गरि स्कूलले असार १५ मनाएको हो । असार १५ गतेको अवसरमा राष्ट्रीय धान दिवश, आँप दिवस तथा येलो दिवश हर्षोल्लासका साथ मनाएको स्कूलले जनाएको छ ।

सो अवसरमा पहेलो लुगामा सजिएको विद्यार्थीहरु अति उल्लसित मुद्रामा थिए भने शिक्षिकाहरु पनि पहेलो पहिरनमा निकै व्यस्त देखिन्थ्ये । विद्यालयका प्रिन्सिपल धीजनबाबु काफ्लेले विद्यार्थीलाई आफ्नो संस्कृति, जीवनमा विभिन्न रंगको महत्व बारे व्यावहारिक तरिकाले सिकाउन यस्ता नियमित कार्यक्रम निकै महत्वपूर्ण हुने बताए ।

कृषि प्रधान मुलुक नेपालमा राष्ट्रीय धान दिवसको महत्व बारे बुझाउँन बालक–बालिकालाई धान खेतमानै लगेर रोपाईं को प्रक्रिया बारे सिकाईएको कुरा विद्यालयका निर्देशक राजेशकुमार दासले बताए ।

सो अवसरमा विद्यार्थीहरुलाई दहि–च्युरा खुवाइएको थियो ।  स्कूलमा मन्टेश्वरीस्तरमा अध्ययनरत १ सय ६० विद्यार्थीहरु सहभागिता रहेका थिए ।

ललितपुर,असार १६गते । रातो तारा डट कम, साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ । तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो ।

“केही महिना पहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको थियो, तीमध्ये चारवटा बस एक साताभित्रै काठमाडौँ आइपुग्नेछ,” उहाँले भन्नुभयो, “ बस आइसकेपछि यसको सञ्चालन प्रक्रिया अघि बढाइनेछ ।” बाँकी २० वटा बस पनि केही समयमै उपत्यका भित्रनेछन्, कामु कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिनुभयो ।

अहिले काठमाडौँ उपत्यका र उपत्यका बाहिर साझा यातायातको माग बढिरहेको छ । “हामीले माग भएका सबै ठाउँमा बस सञ्चालन गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो । 

बिराटनगर असार १६ गते । रातो तारा डट कम,
रंगेली र खुल्ला सिमानाको फाइदा उठाउदै भन्सार छली सामान ओसार पसर गर्ने क्रम बढेर गएको छ । मोरङ प्रहरीले विहिबार नेपाल भारत सिमा क्षेत्रबाट ढेड लाख भन्दा बढी मुल्यका विभिन्न सामान बरामद गरेको छ ।

बिराटनगर महानगरपालिका वडा नं। १६ स्थित महेन्द्र चोक तथा हुलास चोकबाट भारतको जोगवनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको ३४ हजार मुल्य बरावरको किराना सामान प्रहरीले बरामद गरेको छ ।

त्यस्तै नेपाल बाट भारत लैजादै गरेको २९ हजार मुल्य बरावरको ५ के.जी. मरिच र पंखाको चक ४ सय ४० थान मटेरुवामा प्रहरीले बरामद गरेको छ । साथै बिराटनगर १७ स्थित खोक्साबाट को.५ प ३५५ नं।को मोटरसाईकलमा ल्याउदै गरेको ८० हजार ५ सय मुल्य बरावरको कुर्था सुरुवाल ६५ थान प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुर्ता सुरुवाल ल्याउने मोरङ बेलबारी १ का ५८ वर्षीय जोगेन्द्र मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । मानिस, सवारी र सामान भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको मोरङ प्रहरीले जनाएको छ ।

त्यसैगरी मोरङको बेलबारी नगरपालीका ६ र ७ राईझारबाट बिराटनगर तर्फ ल्याउदै गरेको १६० लिटर अबैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगर पठाएको मोरङ प्रहरीले जनाएको छ ।


विराटनगर, असार १६ गते । रातो तारा डट कम, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अगामी पाँच वर्ष्भित्र प्रदेश नं १ लाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं १ र ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा तथा जर्मन सरकारको सहयोगमा आयोजित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको उद्घाटन गर्दै उहाँले अँध्यारोमुक्त प्रदेश बनाउन सरकारले नवीकरणीय ऊर्जाको सबै स्रोत उपयोग गर्ने बताउनुभयो ।

नेपालको ग्रामीण तथा विकट क्षेत्रमा उज्यालो पु¥याउन नवीकरणीय ऊर्जाको निकै महत्व रहेको भन्दै मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने बताउनुभयो ।
प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री हिक्मत कार्कीले प्रदेशलाई अगामी तीन वर्ष्भित्रै उज्यालो प्रदेश बनाउने संकल्पका साथ अघि बढिरहेको बताउनुभयो । ऊर्जाको विकास र विस्तारका लागि आफ्ना मातहतका सबै निकायलाई उहाँले निर्देशन दिनुभयो ।

प्रदेश नं १ का मुख्य सचिव सुरेश प्रधानले नागरिकलाई खुशी र समृद्ध बनाउन वैकल्पिक ऊर्जाको उपयोग गर्न ढिलाइ गर्न नहुने र यसका लागि सरकाले आवश्यक नीति तथा नियम बनाउनुपर्ने कुरामा जोड दिनुभयो । नेपालस्थित जर्मन राजदूतावास विकास सहयोग प्रमुख क्लाउडिया हाइपेले विगत ६० वर्षदेखि नेपालको ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा जर्मनीले सहयोग पु¥याउँदै आएको बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बढ्दो व्यापार घाटालाई न्यून गर्न ऊर्जाको पहुँच वृद्धि गरी ऊर्जामा आत्मनिर्भर भई स्वाधिन अर्थतन्त्रबाट सुखी र समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले नेपाल सरकारको नवीकरणीय ऊर्जा सम्बन्धी नीति, रणनीति तथा कार्य्विधि, केन्द्रकै वरिष्ठ अधिकृत मुकेश घिमिरेले प्रदेश न १ मा ऊर्जाको अवस्था र सम्भाव्यता तथा प्राविधिक सल्लाहकार विनोदप्रसाद श्रेष्ठले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत र सामाजिक विकासमन्त्री जीवन घिमिरेको पनि उपस्थिति रहेको थियो । 


काठमाण्डौं असार १६ गते । रातो तारा डट कम, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीका लागि माफी नदिइने बताउनुभएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिकोत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कसैलाई पनि माफी दिइने छैन् ।”

एसइई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिप्रति मन्त्री पोखरेलले परीक्षाका विषयलाई गोप्य राख्नुपर्नेमा यसो हुन नसकेको उल्लेख गर्दै गोप्यता भंग गर्ने र गल्ती गर्नेले कारबाहीको भागिदार बन्नुपर्छ बताउनुभयो ।

छानबिन समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाही गरिनेछ, उहाँले भन्नुभयो–“एसइईको नतिजाको त्रुटिमा प्राविधिक गल्ती भनेर पन्छिन् पाइदैन, विद्यार्थीको भविष्यमा खेलबाड हुने गरी कुनै पनि काम गर्न पाइदैन ।”
मन्त्री पोखरेलले आगामी दिनमा बोर्डलाई यस्ता गल्ती नगर्न सचेत पनि गराउनुभयो ।

घोकन्ते शैलीको पढाइ अब काम नलाग्ने भन्दै उहाँले विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव खगराज बराल, बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, पाठ्यक्रम विकास केन्द्रका निर्देशक कृष्ण काप्री लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

वार्षिकोत्सवकै अवसरमा राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ७० जनाले रक्तदान गरेको संघका अध्यक्ष नरेन्द्र ढकालले जानकारी दिनुभयो ।



विराटनगर असार १५ गते । रातो तारा डट कम,
विराटनगर महानगरपालिकाले धान दिवस मनाएको छ । महानगरस्थित वार्ड नं १९ थानगाछीमा शुक्रवार मेयर भीम पराजुलीले धान रोपेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

मेयर संगै मोरङ्ग व्यपार संघका अध्यक्ष पवन सारडा, वार्ड अध्यक्षहरु उद्धव अर्याल, कुमार पोखरेल,  बद्री सरदार,तिर्थेन्द्र न्यौपाने ,पत्रकार महासंघका भूतपूर्व अध्यक्ष विक्रम निरौला, बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठ ,नायव प्राविधिक सहायक सुजना दाहाल र भगवती दाहाल लगायतका व्यक्तिहरु समेत धान रोपाइ कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरभीत्र बचेको कृर्षियोग्य क्षेत्र संरक्षण गर्नका साथै समयअनुसारको प्रविधिलाई सदुपयोग गर्दे कृर्षिक्षेत्रलाई अगाडी वढाइने  बताउनु भयो ।

धान पकेट सञ्चालन समितिका संयोजक बखतबहादुर राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय कृषकहरुको उल्लेख्य सहभागिता रहेको थियो । धान उत्पादनमा वृद्धि,राष्ट्रको समृद्धि भन्ने नाराका साथ देशव्यापीरुपमा नेपालमा १५ औ धान दिवस मनाइदै छ ।

सोही अवसरमा सास्कृतिक कार्यक्रम गर्नका साथै स्थानीय कृषकहरुलाइ  महानगरले दहिचिउरा समेत ख्वाएको थियो ।

काठमाडौं, असार १५ गते । रातो तारा डट कम,
गायक दुर्गा साँवाको स्वरमा नयाँ गीत रिलिज भएकोछ। स्टारलाईट इन्टरटेन्टमेन्टु नामक युट्युब च्यानलबाट "बिझाउदिन"बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ, भने मुकेश राईको शब्द सुन्न सकिन्छ।
भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा बनेको भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा एक विधवा महिलासँग हुने एक युवाको प्रेमलाई देखाइएको छ।

तराईको सुन्दर लोकेशनमा छायाँकन गरिएको भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका छन्। भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ। (भिडियो कपीभएन-अब देखि लिक पठाउनु होला)


काठमाडौ असार १५ गते । रातो तारा डट कम,
विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शुक्रबार प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायको मात्र भएको परीक्षामा ६ सय ५० सिटका लागि लिएको परीक्षामा २ हजार ५ सय २६ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।

प्रिन्सिपल खडकाका  धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्नाका आज भएको सहभागि रहेकोमा हामी अझ बढी जिम्मेबारी महसुज भएको बताए ।

शिक्षादिप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या बढेपछी विद्यार्थीको व्यवस्थापन गर्न समस्या रहेको  प्रिन्सिपल खडकाले बताए ।

काठमाडौ असार १५ गते । रातो तारा डट कम,
कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजले शुक्रबार प्रवेश परीक्षा लिएको छ ।
कलेजमा भएको परीक्षामा दुवै संकायका गरी २ हजार १ सय ९३ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल दिपक पोखरेलले जानकारीदिए ।

प्रिन्सिपल पोखरेलका अनुसार ४ सय ८० सिट भएको विज्ञान संकायमा १ हजार ९ सय ९३ र १ सय ४४ सिट भएको व्यवस्थापन संकायमा २ सय विद्यार्थी सहभागि रहेका जनाए ।

(फायल फोटो)

काठमाडौ असार १५ गते । रातो तारा डट कम, सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको
छ ।
आज बिहान नेचा सल्यानबाट काठमाडाँै जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । जीपमा आठ जना सवार रहेको बुझिएको छ।

 तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।


आर पोखरेल -काठमान्डौँ ,असार १५ गते । रातो तारा डट कम,
प्रियसी म्युजिक प्रालीको  प्रस्तुतिमा लाल बहादुर रोकाया ललितको  मार्मिक लोकदोहोरी  ” तिमी बाहेक” को भिडियो बजारमा आएको छ । गायक लाल बहादुर रोकाया  र गायिका टिका पुनको आवाजमा रहेको गीतमा बास्तविक पिडाको अनुभुति समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आएको 
हो ।
लाल बहादुर रोकायाको  शब्द तथा कमल संगीतको मौलिक लय सिर्जना गीतमा रहेको गीतमा पिडाको चित्कारलाई ब्यक्त गरिएको छ । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई  अविनास डिसीले  सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई बविता पुरीले निर्देशन गरेकी हुन । भिडियोमा विमल अधिकारी र सञ्चिता शाहीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो 



काठमाण्डौं, असार १५ गते । रातो तारा डट कम, न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो ।

सो मुद्दा खाद्य निरीक्षक दिनेश ढुंगानाले जिल्ला प्रशासन कार्यालय झापामा दायर गर्नुभएको हो । नियमित तथा विशेष बजार अनुगमनका क्रममा सम्बन्धित उद्योगको उत्पादित चिया परीक्षण गर्दा न्यून गुणस्तर पाइएपछि मुद्दा दायर गरिएको क्षेत्रीय खाद्यका प्रमुख प्रमोद कोइरालाले जानकारी दिनुभयो ।

नेपाल चिया विकास निगम झापा र हरि टी इन्डस्ट्रिज प्रालि भद्रपुर झापा विरुद्ध मुद्दा दायर गरिएको हो । कार्यालयका अनुसार चिया विकास निगमद्वारा उत्पादित टोक्ला चिया न्यून गुणस्तर रहेको छ भने हरि टी इन्डस्ट्रिजद्वारा उत्पादित चियाको प्याकेटमा लेबल विवरण अपूर्ण रहेको छ । 


(फायल फोटो)

काठमाण्डौं असार १५ गते । रातो तारा डट कम, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको प्रदेश नं १ स्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उहाँले युवा शक्तिलाई परिचालन गरेर यस प्रदेशलाई १० वर्ष्भित्रमा समृद्ध प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा कृषि र जलविद्युत्का क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आफ्नो नेतृत्वको सरकारले काम अगाडि बढाइने बताउँदै हिमालदेखि तराईसम्म छोएको यस प्रदेशलाई समृद्ध बनाउन प्रत्येक नागरिकको उत्तिकै महत्व रहने छ भन्नुभयो ।

वन्यजन्तु, नदीनाला, पर्यटकीय क्षेत्र, व्यापारिक केन्द्रलगायत महत्वपूर्ण सम्पदालाई सदुपयोग गरी यो प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गरिनेछ, उहाँले भन्नुभयो, “अँध्यारोमुक्त प्रदेश बनाउनका लागि आगामी दश वर्ष्भित्रमा चार हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने योजना प्रदेश सरकारको छ ।”

मुख्यमन्त्री राईले वैदेशिक रोजगारीमा गएका युवालाई प्रदेशमै लगानी गर्नका लागि उपयुक्त वातावरण बनाइने कार्यलाई सरकारले विशेष प्राथमिकतामा राखिएको चर्चा गर्दै इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरीका रुपमा घोषणा गर्नका लागि आवश्यक रकमसमेत विनियोजन भएको जानकारी दिनुभयो ।

जिल्ला युवा समिति इलामको आयोजनामा इलाम सदरमुकामस्थित चोक बजारमा आजबाट शुरु भएको सो महोत्सव असार १६ गतेसम्म सञ्चालन हुनेछ ।

युवालाई उद्यमशीलतामा जागरुक गराउने उद्देश्यले आयोजित सो महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुु¥याउने जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकरले जानकारी दिनुभयो ।

यसअघि ठूलो टुँडिखेलबाट विभिन्न जातजातिका झाँकी र पञ्चेबाजासहित निस्केको ¥यालीले इलाम बजारको विभिन्न भागको परिक्रमा गरी महोत्सवस्थलमा पुगेका थियो ।

महोत्सवमा युवा कवि सम्मेलन, युवा परिषद् र जिल्ला युवा समितिका पदाधिकारीबीच छलफल र अनुभव आदानप्रदान, मैत्रीपूर्ण क्रिकेट, युवा गजल मेला, प्रदेशका युवा उद्यमीबीच अनुभव आदानप्रदान, सांस्कृतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रमको पनि आयोजना गरिने जिल्ला युवा समिति इलामले जनाएको छ ।

महोत्सवमा प्रदेश नं १ का १४ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी २५ वटा कक्ष राखिएको छ । 


काठमाडौ असार १४ गते  । रातो तारा डट कम,विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विहीबार प्रवेश परीक्षा लिएको छ ।

कलेजमा भएको परीक्षामा दुवै संकायका गरी ८ सय ४८ जना विद्यार्थीले गरीक्षा दिएका कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्ठका अनुसार ४ सय सिट भएको विज्ञान संकायमा ५सय २६ सय र २ सय ५० सिट भएको व्यवस्थापन संकायमा ३ सय २२ विद्यार्थी सहभागि रहेका थिए ।

काठमाडौ असार १४ गते । रातो तारा डट कम,
रेक्स फेसन होमले मिस्टर नेश्नल एण्ड मिस एस इ इ को ग्राण्ड फिनाले हुदैछ । उक्त कार्यक्रम आगामी  शनिबार गर्ने भएको छ । एस इ इ दिएर बसेका कर्मठ  बिद्याथीहरुलाई बौदिक क्षमता बढाउने उदेश्यको लागी उक्त कार्यक्रम आयोजना गरिएको रेक्स फेसन होमका प्रोपाइटर खगेस रञ्जितकारले बताएका छन् ।

उक्त कार्यक्रम भृकुटीमण्डपमा रहेको पुलिस क्लवमा हुने जानकारी आयोजकले बताएको छन् । । उक्त मिस्टर नेश्नल एण्ड मि एस् इ इ आइकन २०१८ मा बिजेताले टेक्सास कलेजबाट स्कलरसीप , फ्लाइटेक इन्टरनेश्नलले स्कलरसीप लगायत अन्य संस्थाले सुबिधा दिने भएका छन् भने साथमा  गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् ।

काठमाडौ असार १४ गते  । रातो तारा डट कम
विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विहीबार प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५०का लागि लिएको परीक्षामा १ हजार ७ सय ४७ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल सन्तोष भगतले जानकारी दिए । प्रिन्सिपल भगतका अनुसार विज्ञान संकायमा १ हजार १ सय ३४ र व्यवस्थापन संकायमा ६ सय १३ विद्यार्थीले परीक्षा दिएको बताए ।

कक्षा ११ र १२ को सर्वोत्कृष्ट नतिजा, मेडिकल र ईन्जिनियरिङको तयारी कक्षाका साथै अतिरिक्त कृयाकलापमा प्रदेश नम्बर १ कै उत्कृष्ट नजिता आएकाले पनि छोटो समयमै विद्यार्थीको पहिलो रोजाई कान्तिपुर कलेज रहेको साहायक प्रिन्सिपल भुवन नेपालले बताए ।


काठमाडौ असार १४ गते । रातो तारा डट कम,
गएरातिको अविरल वर्षाका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनका लागि आज बिहानदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गएराति परेको भीषण वर्षाले कालिका गाउँपालिका–१, राम्चेदेखि ग्राङसम्मको करीब छ किमी भूभाग सडक क्षेत्रका ठाउँठाउँमा भलपानीसँगै माथिबाट आएको पहिरोले सडक पुरेको र उक्त सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

बुधबार साँझ परेको वर्षाले केरुङबाट स्याउ बोकी आएको एक कन्टेनर ट्रक राम्चेको ठाडो खोलाले बगाएको र एउटा बोलेरो जिपलाई सडक सतहमै सामान्य क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

केरुङबाट सामान लिई आएका ३० भन्दा बढी कन्टेनर सडकका ठाउँठाउँमा रोकिएकाले छिटोभन्दा छिटो पासाङल्हामु राजमार्ग खुलाउने प्रयासका लागि सडक कार्यालयको डोजरका साथसाथै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।

दैनिकरुपमा नियमित चल्ने बस सेवासमेत प्रभावित हुँदा यात्रु आफ्नो गन्तव्यतर्फ जान सकेका छैनन् ।

(फायल फोटो)

काठमाण्डौं,असार १४ गते । रातो तारा डट कम, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ ।

प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा र चितवन कार्य क्षेत्र रहेको सो कार्यालयले ५७२ वटा उद्योगको नमूना संकलन गर्दा ५१५ उद्योगले गुणस्तरहीन सामान उत्पादन गरेको पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजालले जानकारी दिनुभयो ।

चालू आवको जेठ मसान्तसम्ममा घ्यू, तेल, दूध, पानीलगायतका सामग्री उत्पादन गर्ने ९८ उद्योगमाथि मुद्दा दायर गरेको छ भने २९ पटकसम्म अनुगमन गरेको छ ।

त्यसैगरी कार्यालयले सो अवधिमा हेटौँडा, चन्द्रनिगाहपुर र लालगढ रहेका होटलमा अनुगमन गरी खाद्य स्वच्छताको प्रमाणपत्र दिएको जनाएको छ । 


काठमाण्डौं असार १४ गते । रातो तारा डट कम, थोरै मेहनतमा धेरै उत्पादन लिन सकिने भएपछि कञ्चनपुर बेलौरीका किसान छरुवा धानखेती प्रविधि अपनाउन थालेका छन् । समयमै वर्षा नहुँदा धान रोपाइँ गर्न ढिलो भई उत्पादनमा ह्रास आउने समस्याबाट छुटकारा पाउन किसानले छरुवा धानखेती प्रविधिलाई अपनाएका हुन् ।

डेढ बिघा खेतमा चार वर्षदेखि छरुवा विधिबाट धानखेती गर्दै आउनुभएका बेलौरी नगरपालिका–६ का खडक चौधरी रोप्ने विधिभन्दा छरुवा धानखेती प्रविधिबाट बढी उत्पादन लिन सकिने बताउनुहुन्छ । बेर्ना जोगाउन धौ धौ पर्ने तथा मजदूर नपाउँदा रोपाइँ गर्न ढिलो हुँदा चाहेजस्तो उत्पादन लिन नसकिने उहाँले बताउनुभयो ।

खेतमा चिस्यान कायम गर्न एकपटक सिँचाइ गरी दुईपटक खेतलाई जोतेर सिडड्रिलको सहायताले एकैसाथ मल र बीउ छरेर खेती गर्दा लागत खर्च कम आउने र उत्पादनमा वृद्धि हुने चौधरीको भनाइ छ । जिरो टिलेज प्रविधिमा आधारित भई छरुवा धान प्रविधि अपनाउँदा झारपातको समस्या देखिन थालेपछि दुईपटक जोतेर किसानले छरुवा धान विधिलाई अपनाउन थालेका हुन् ।

“छरुवा प्रविधि अपनाई खेती गर्दा खर्च कम आउने गरेको छ,”उहाँले भन्नुभयो ।

छरुवा विधिमा बढी उत्पादन दिने बिआर ११३, राधा ४ र सुक्खा धानको खेती किसानले गर्दै आएका छन् । कृषि विकास शाखाका प्राविधिक हरिश सेटीका अनुसार बीउ, मल र विषादी अनुदानमा उपलब्ध गराउँदैआएको छ ।

अनुदान पाएपछि किसान उत्साहीत
लालझाडी गाउँपालिका कार्यालयले व्यावसायिक खेती गर्नका लागि आधुनिक कृषि उपकरण र अनुदान उपलब्ध गराएपछि किसान उत्साहित बनेका छन् । उखु, बगरखेती र व्यावसायिक तरकारी खेती गर्न उनीहरु उत्साहित देखिएका हुन् ।

लालझाडी गाउँपालिका– ३ का रामप्रसाद चौधरीले अनुदान पाएपछि दोदा नदीको डेढ बिघा जग्गामा लौका, फर्सी, काँक्रा, तरभुजालगातका तरकारी रोपेर तीन महिनामा रु दुई लाख ५० हजार आम्दानी गर्नुभयो । कृषि शाखाले बगरमा व्यावसायिक तरकारी खेती गर्ने २० किसानलाई तालीमसँगै रु एक लाख अनुदान उपलब्ध गराएको थियो ।

लालझाडी गाउँपालिका– ६ का गौरीदेवी चौधरीले पाँच कट्ठा जग्गामा तरकारीखेती गरी रु एक लाख ६० हजार आम्दानी गर्नुभयो । अनुदान पाएपछि उहाँले बाह्रैमास तरकारी फलाउन थाल्नुभएको छ ।

गाउँपालिकाको कृषि शाखाका प्रमुख एकराज वलीका अनुसार कार्यालयले रु ५० लाख ७१ हजार परिचालन गरेको छ । 




काठमाडौँ, असार १४ गते । रातो तारा डट कम, गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै उहाँले छानबिन जारी रहेकाले यथासमयमा यसबारे विस्तृत जानकारी आउने सदनलाई अवगत गराउनुभएको हो ।

सुन तस्करीमा उच्च राजनीतिक र प्रशासनिक क्षेत्रको संलग्नताबारे सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उहाँले उच्च निकायका व्यक्ति पनि अनुसन्धानको घेरामा आएका छन् तर अनुसन्धान जारी रहेकाले अहिले सबै भन्न स्पष्ट नसकिने जवाफ दिनुभयो ।

“भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई अनुभूति हुने गरी कानूनी कार्यान्वयन गर्न सरकार कटिबद्ध छ”, मन्त्री थापाले भन्नुभयो, “तस्करी, भ्रष्टाचार र जनविरोधी हर्कत नियन्त्रण गर्न गरी शान्तिसुरक्षा र अमनचयन कायमका गर्नका लागि सरकार कटिबद्ध छ ।”

कानूनबमोजिम भएका सम्झौता कार्यान्वयन गराई तोकिएको गुणस्तर र समयमा काम नगर्ने ठेकेदारहरुलाई कानूनी कारबाही गर्न मन्त्रालयले आफ्नो भूमिका प्रभावकारी रुपमा अगाडि बढाएको छ भन्दै उहाँले सम्भावित विपद्बाट हुन सक्ने जोखिमका लागि रकम निकासा भइसकेको, सडक दुर्घटना र प्राकृतिक विपद्बाट ज्यान जोखिममा पर्ने समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको बताउनुभयो ।

नागरिकता प्राप्तिको हक सुनिश्चितताका लागि कानून तर्जुमा गरी कानून मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिँदै उहाँले सीमा सुरक्षा विशेष अभियान सञ्चालन गरी अपराध नियन्त्रण गरिने बताउनुभयो । मन्त्री थापासँग, दिलेन्द्रप्रसाद बडू, विमलप्रसाद श्रीवास्तव र रामबहादुर विष्टले थप स्पष्टीकरण माग्नुभएको थियो । 


काठमाण्डौ,असार १३ गते  । रातो तारा डट कम,बेलका नगरपालिकाले टोल बिकास संस्थाको सहयोगमा बिपन्न वर्गका जनशक्तिलाई व्यावसायिक उधम सिल्ताको तालिममा सहभागिगराई तालिम प्राप्त जनशक्ति नगर भित्रै उत्पादन गर्न सुुरू गरेकोछ ।

बेलका नगरपालिका की उप मेयर राजकुमारी चौधरीले आज बाट ३१ दिन सम्म चल्ने सिलाई कटाइ तालिमको उदघाटन गदैै,यो वडा नम्वर ३ मा भएका बिपन्न वर्ग समुहदायलाई लक्षित गरेर बेलका नगरपालिकाले ४ लाख खर्च हुने गरि १४ जनाको सहभागितामा यो तालिम सन्चालन गर्न लागिएको बताउनु भएकोछ ।

उप मेयर राजकुमारी चौधरीले वडा नम्वर ३ का वडा अध्यक्ष भरत दलामीलाई बधाई दिदै कार्याक्रम सफलताको शुभकामना समेत दिनु भयो ।

अन्त्यमा बेलका नगरपालिकाले यो वर्ष देखि नव दम्पती वा विवाह गरेर ल्याईने वा आउने दुलहा दुलही हरूलाई नगरपालिकाको तर्फबाट शुभ कामना कार्ड दिन थालिएको जानकारी गराउदै,उक्त कार्डमा महिला गर्भ र दम्पतीको स्वास्थ्य नव जात शिशुको स्वासस्थ्य गर्भ पतन सम्मका कुराहरू कार्डमा उल्लेख भएको चोैधरीले जानकारी गराउनु  भयो ।


मोहन कुमार राई-आषाढ १३ गते । रातो तारा डट कम, संखुवासभा÷चैनपुर नगरपालिका स्थित कन्चनजंघा होटलको हलमा भएको ५ दिने आवसिय पत्रकारीता तालिम सम्पन्न भएको छ ।

लालिगुराँस साप्ताहिक पत्रिकाको आयोजनामा भएको सो तालिम आषढ ९ गतेबाट शुरु भएर १३ गते सम्पन्न भएको समापन कार्यक्रममा प्रमुख अतिथि पूर्व पत्रकार महासंघ अध्यक्ष धर्मेन्द्र झाले तालिम लिएर चुप लागि बस्न नहुने तालिममा सिकेका शीप र ज्ञानको प्रयोग गर्दै, समाजमा सकारात्मक परिवर्तन ल्याउन जनताका सूचना र सन्देसलाई फैलाउन सहभागी नव पत्रकारहरुलाई अग्रह गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका सहसचिव एवं लालिगुराँस साप्ताहिका सह सम्पादक मोहन कुमार राईले स्वागत मन्तन्व्य दिनुभएको थियो भने पत्रकार महासंघ संखुवासभाका  अध्यक्ष इन्द्र गिरी, प्रशिक्षक ज्ञानेन्द्र निरौला, एवं तालिममा सहभागिको तर्फबाट पर्मिला विश्वकर्मा लगायतले बोल्नुभएको थियो ।

सरकारी कार्यलायका प्रमखु विभिन्न सञ्चारकर्मीहरु प्रशिक्षार्थीहरुको उपस्थिती रहेको  सो कार्यक्रममा आमसञ्चारको क्षेत्रमा क्रियाशिल गराउने उद्देश्यका साथ जिल्लाका १० वटै स्थानीय निकाय बाट  ३०  युवा युवती प्रशिक्षार्थी सहभागी भएको सो तालिमको समापन कार्यक्रममा तालिमबाट प्राप्त गरेको सीप कौशलतालाई प्रयोग गरी गाउँ समाज, जिल्ला र राष्ट्रलाई विश्वमा चिनाउन आफुहरु लागि पर्नुपर्ने नेपाल पत्रकार महासंघ प्रदेश नं.१ केन्द्रीय सदस्य उद्धव तिम्सिनाले वताउनु भयो ।

कार्यक्रमका सभापति एवं लालिगुराँस साप्ताहिकका सम्पादक पदम अधिकारीबाट  प्रशिक्षकहरुलाई मायाको चिनो चैनपुरे करुवा एवं अल्लोको कपडा तथा प्रमाणपत्र प्रत्रदान गर्नुृभएको थियो ।  यसै गरी प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाणपत्र प्रदान गरिएको थियो  ।

(फायल फोटो)

मोरङ, असार १३ गते। रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिका ५ बाट प्रहरीले अवैध ढुङा,गिट्टी, बालुवा ओसारपसारमा संलग्न पाँच वटा सवारी साधनलाई नियन्त्रण लिएको छ।

अवैध रुपमा ढुङा, गिट्टी, बालुवा ओसारपसारमा संलग्न दुई वटा टिपर र तीन वटा ट्याक्टरलाई मंगलबार साँझ प्रहरी चौकी गछियाको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिईएका सवारी साधनहरुमा को १ ख ६३०७ र  को १ ख ६३०८ नम्बरको टिपर तथा को २ त ६४००, ना ६ त १८४८ र को १ त ८७३० नम्बरको ट्याक्टर छन।

नदीजन्य पदार्थ ओसारपसारमा आवश्यक कागजात नभएको कारण ती सवारी साधनलाई नियन्त्रणमा लिइएको र अनुसन्धान पश्चात जिल्ला समन्वय समितिको कार्यालयमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

(फायल फोटो)

काठमाडौ, असार १३ गते । रातो तारा डट कम, नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उहाँले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताउनुभयो । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो ।

बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका
थिए । आजबिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन् ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।


काठमाण्डौं,असार १३ गते । रातो तारा डट कम,एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौदिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८’ उपाधी मेरिना लिम्बुले जित्न सफल भएकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १८प्रतिस्पर्धीलाई पछिपार्दै उनले उपाधी जितेकी हुन ।

राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीताको फस्ट रनरअपमा सुसन कोईराला घोसित भईन, उनले उपाधी सहित मस्ट ब्युटिफुल र मिस पब्लिक चईसको टाईटल पनि प्राप्त गरिन ।

त्यस्तै सेकेन्ड रनरअपमा आकृति कुँवर घोसित भईन उनले ट्यालेन्ट शोमा प्रस्तुत गरेको नृत्यले बेस्ट ट्यालेन्टको उपाधी पनि प्रात गरिन, र थर्ड रनरअप रक्षा भुजेल घोसित भईन, उनले उपाधी सहितबेस्ट पर्सानालिटी अवार्ड पनि प्राप्त गरिन भने बेस्ट फिगर तथा मस्ट पपुलरको ताज कृजु महर्जनले हात पारिन् ।

त्यस्तै अन्य बिभिन्न विधामा प्रतिस्प्रधीह?ले सबटाईटल प्राप्त गरेका थिए । जसमा बेस्ट फोटोजेनिक अवार्ड बर्षा महर्जन, बेस्ट डिसिप्लिन सुजता थापा, बेस्ट स्माईल स्मृति बोहरा, बेस्ट हेयर अस्मिता तमाङ, बेस्ट कम्प्लेक्सन मिना पुन, बेस्ट स्किन कंचन यादव, मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस सैयम श्रेष्ठ, मस्ट पंचल साईना तमाङ,मस्ट चार्मिङ टिनेमा लिम्बु, मस्ट स्मार्ट अलिशा राई, मस्ट एक्टिभ सबिता पोखरेल, मस्ट ईन्टेलिजिन्ट मेरिना लिम्बुले हात पारे ।

प्रतियोगिताको निर्णायक मण्डलमा इन्टरनेसनल मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, नर्सिङ आईडल बिजेता सुनिशा बिष्ट, नायिका तथा मोडल सुष्मा अधिकारी,चर्चित गायक यम बराल र प्रमुख निर्णायकमा मोडल, आरजे भिजे तथा कोरियोग्राफर कला सुब्बा निर्णायक रहेका थिए ।

प्रतिस्प्रधीह?लाई आर्टिस्ट नेपाल स्टुडियोसका फोटोग्राफर कुबेर तामाङको फोटोग्राफी रहेको थियो ।प्रतिस्प्रधीलाई कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन ।


काठमाण्डौं,असार १३ गते । रातो तारा डट कम, महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित एभरेष्ट सुगर मिल दुई महिनापछि आजदेखि सञ्चालनमा आएको छ । किसानलाई उखुको मूल्य भुक्तानी गर्न सहमत भएपछि उक्त मिल सञ्चालनमा आएको हो । मिलले करीब रु दुई अर्ब भुक्तानी गर्न बाँकी राखेपछि किसानले सो मिलमा तालाबन्दी गर्दैआएका थिए ।

सोमबार जिल्ला प्रशासन कार्यालय, उखु उत्पादन कृषक संघ र चिनी मिलबीच सहमति भएपछि मिल सञ्चालनमा आएको हो । सो मिलले महोत्तरी, धनुषा र सर्लाहीका किसानको रु एक अर्ब ७८ करोड भुक्तानी दिन बाँकी छ । मिलले आउँदो साउन मसान्तसम्ममा किसानलाई रु ६० करोड भुक्तानी दिने सहमति गरेको
छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शम्भूप्रसाद यादव, चिनी मिलका उखु महाप्रबन्धक युगलकिशोर चौरसिया, उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहा तथा सरोकारवालाबीच किसानलाई भुक्तानी उपलब्ध गराउन सहमति भएको हो ।

किसानको भुक्तानीका लागि तालिका सार्वजनिक गर्ने र कुनै समस्या आएमा जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्न सहमति भएको छ । प्रशासकीय अधिकृत सुमितकुमार ठाकुरको संयोजकत्वमा चिनी मिलका वित्त प्रबन्धक विमलचन्द्र ठाकुर र उखु उत्पादन कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहा रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिले १५–१५ दिनमा चिनी मिलको उत्पादनको अनुगमन गर्ने, असार १४ गते किसानको भुक्तानी तालिका सार्वजनिक गर्ने र भुक्तानी गर्न बाँकी रहेको रकम भुक्तानीका लागि पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



काठमाडौँ,असार १३ गते । रातो तारा डट कम, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले स्पष्ट रणनीतिक पूर्वाधार एवं नीति बनाएर पाँच वर्षमा कृषि उत्पादनमा दोब्बर बनाउने लक्ष्य लिएको बताउनुभएको छ ।

विनियोजन विधेयकमाथिको छलफल गर्ने क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले अन्न उत्पादनका लागि आवश्यक पर्ने सबै सामग्री तथा प्रविधि उपलब्ध गराउन पर्याप्त बजेट उपलब्ध गराइने बताउनुभयो ।

माटोको गुणस्तर सुधार ल्याउन परीक्षण प्रयोगशाला, प्राङ्गारिक खेतीका लागि बजेट पर्याप्त गरिएको छ भन्दै उहाँले आत्मनिर्भरता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मासुजन्य क्षेत्रमा आत्मनिर्भर हुन किसानलाई सहयोग गर्ने जानकारी दिँदै उहाँले त्यसका लागि सबै प्रावधान मिलाइने बताउनुभयो ।

कृषि तथा पशुपक्षी बीमाका लागि सरकारले अनुदान दिन रु ४० करोड बजेट विनियोजन गरेको उहाँको भनाइ थियो । मन्त्री खनालले मिसावट नियन्त्रण गर्न अनुगमन गरिने उल्लेख गर्दै त्यसका लागि सबै प्रबन्ध मिलाइएको बताउनुभयो ।

कृषि उत्पादनका लागि संविधानअनुसार कृषियोग्य जमिनका लागि भू–उपयोग ऐन पेश गर्ने जानकारी गराउँदै उहाँले ११ जिल्लाका सरकारी र निजी जग्गाका विषयमा काम भइसकेको बताउनुभयो ।
उहाँले सहकारीलाई कार्यक्षेत्रका आधारमा स्थानीय तहसम्म लैजाने बताउनुभयो ।

मन्त्री खनालले गुठी जग्गाका गुठी व्यवस्थापनका लागि कानून संशोधन गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो । आधुनिक सूचना प्रविधियुक्त जग्गाको अभिलेख राख्ने तयारी अगाडि बढाएको उहाँको भनाइ छ ।

दूधको मिसावटलाई रोक्नका लागि कार्य्विधि बनाएर कार्यान्वयनमा ल्याएकोे बताउँदै मन्त्री खनालले त्यस्ता गैरकानूनी कार्यलाई चाँडै नियन्त्रणमा लिइने विश्वास दिलाउनुभयो । 


काठमाडौँ असार १२ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघले प्रस्तावित आमसञ्चारमाध्यम सम्बन्धी विधेयक,२०७५’को मस्यौदामाथि सुझाव दिन आमसञ्चारसँग सम्बन्धित संस्था, सञ्चारकर्मी एवं सरोकार निकायसँग आग्रह गरेको छ । 

संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने हकलाई सुनिश्चित गर्दै स्वतन्त्र, पारदर्शी र व्यावसायिक आमसञ्चारमाध्यमको दिगो विकास गर्न महासंघले विधेयकको मस्यौदा गरेको छ । मस्यौदा तयारीका लागि महासंघका पूर्व सभापति सुरेश आचार्यको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।

सो कार्यदलले मस्यौदा तयारी महासंघलाई बुझाई सरोकार निकायमा छलफलमा रहेको सो विधेयकले आमसञ्चारका सबै माध्यम छापा, टेलिभिजन, रेडियो, अनलाइनलाई अझ व्यवस्थित बनाउने ध्येय राखेको छ । सरोकार निकायसँग आज यहाँ भएको छलफलमा महासंघका अध्यक्ष गोविन्द आचार्यले विधेयकको मस्यौदामाथि आफ्नो सुझाव दिन आग्रह गर्नुभयो ।

विधेयकको मस्यौदामा मुख्यतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने नागरिक हकलाई सुनिश्चित गर्न, आमसञ्चारमाध्यमको विकास, प्रवद्र्धन र नियमनका लागि राष्ट्रिय आमसञ्चार प्राधिकरण स्थापना गरिने उल्लेख गरिएको छ । प्राधिकरणको अध्यक्षमा सभामुख रहने व्यवस्था गरिएको छ ।

पत्रपत्रिका व्यवस्था, अनलाइनसम्बन्धी र आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको व्यवस्था पनि मस्यौदामा रहेको छ । छलफलमा महासंघका अध्यक्ष आचार्यले मस्यौदालाई छिटोभन्दा छिटो सरकारलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

महासंघका सचिव प्रकाश थापाले महासंघले मस्यौदा गरेको विधेयकलाई आमसञ्चारमाध्यमको दिगो विकास र प्रवद्र्धनमा जोड दिएको बताउनुभयो ।



श्याम राई-उदयपुर-गाईघाट असार १२ गते । रातो तारा डट कम,द्रृत गतिमा बन्दै गरेको धरान–चतरा–गाईघाट– हेटौडा सडकको काम रोकिएको छ । निर्माण सामाग्रीको अभाबमा निर्माण कम्पनीले दुई दिनदेखि निर्माणका सबै कामहरु रोकेको हो ।

सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिए पनि आवश्यक ढुंगा, गिटी र बालुवा ग्राभेल प्रयोगमा रोक लगाएपछि काम प्रभावित भएको हो ।
३ वर्ष भित्र पूरा गरिसक्नेगरि उक्त आयोजनाको काम निकै दृ्रत गतिमा हुँदै आएको थियो । तर निर्माण सामाग्रीको अवरोधले निर्धारीत समयमा आयोजनाले काम पूरा हुन नसक्ने सम्बद्ध कम्पनीले जनाएको छ ।

झण्डै आधा अवधि सकिएको छ । गत वर्ष पनि निर्माण सामाग्री अभाबले केही समय निर्माणको काम रोकिएको
थियो । निर्माणमा संलग्न ठेकेदार कम्पनी जेडआईसी लामा एण्ड शर्मा जोईन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए ।

अबको डेढ वर्ष भित्र कालो पत्रे गरि सक्नु पर्छ । तर अहिले पनि धेरै ठाउँमा ग्राभेल गर्न बाकी छ ।’ उनले भने । ढुंगा गिटी र बालुवाको अभाब नहुने हो । भने चार पाँच महिना भित्र ग्राभेलको काम पूरा हुन्छ ।’ पोखरेलले भने । तर अहिले तिनै सामानको अभाबले काम हुन सकेको छैन ।

बाटो निर्माणको लागि आवश्यक नदी जन्य पदार्थ उत्खनन तथा ओसार पोसारमा जिल्ला समन्वय समिति प्रहरी प्रशासनले असारको पहिलो सातादेखि रोक लगाएको छ । तिनै निकायले लगाएको रोकको कारण निर्माण कम्पनीले खोला, नाला बाट सामाग्री उत्खनन तथा ओसार पोसार गर्न पाएको छैन ।

राष्ट्रि गौरबको आयोजनाको काम प्रभावित नहोस भनेर खोला नदीबाट चौविसै घण्टा निर्माण सामाग्री निकाल्न स्थानीय तहबाट कुनै रोकटोक नलगाएको भएपछि  जिल्ला समन्वय समितिले गरेको पत्राचारको आधारमा प्रहरी प्रशासनले ढुंगा, गिटी र बालुवा निकासी रोक्दा समस्या भएको प्रोजेक्ट म्यानेजर पोखरेलले भने ।

उक्त आयोजनाको काम प्रभावित नहोस भनेर त्रियुगा नगरपालिकाले पहिल्यै बाताबरणीय मूल्याकंन भएको खोला नालाबाट निर्माण सामाग्री निकाल्न दिने निर्णय गरेपछि प्रशासनले निकाल्न अनुमती दिएको छैन ।
सरकारले संरक्षित क्षेत्र(चुरे क्षेत्र) मा तिन महिना (असार, श्रावण र भदौ)  नदिजन्य पदार्थको निकासीमा रोक लागएको छ । नगरपालिकाले जिल्ला समन्वय समितिले तोकेकै दर रेटमा निकासी गर्न दिने निर्णयको प्रशासनले वेवास्था गर्दै आएको छ ।

स्थानीय विकास अधिकारी शिव प्रसाद हुमागाईले नदिजन्य पदार्थको प्रयोगको अधिकार स्थानीय तहलाई भएको बताए ।‘ स्थानीय तहले सरकारले तोकेको मापढण्ड भित्र रहेर मात्र निकासी र प्रयोग गर्न पाउने उनले बताए ।
निर्माधिन सडक खण्डको काम दुई खण्डमा विभाजन गरिएर भैरहेको छ । धरानदेखि सिन्धुलीको पुल सहित सडक विस्तार भैरहेको छ ।

उदयपुरको चौढण्डीगढी नगरपालिकाको बसाहा, विरेन्द्र चौकदेखि सिन्धुलीको भिमानसम्म १ सय ३४ किमी खण्डको निर्माण जिम्मा जेडभाईसी लामा एण्ड शर्मा जोईन्ट भेन्चरले पाएको छ । आयोजनाको काम डेढ वर्ष अधि शुरु भएको
हो । पक्कि पुल बाहेक सडक निर्माणको लागत ३ अर्ब रुपैया रहेको छ । पुल निर्माणको ठेक्का कोभेक÷रसुवा÷टुन्दी जेभी कन्ट्रक्सनले लिएको छ । ति कम्पनीले ४३ वटा पुल ३ वर्ष भित्र निर्माणगरि सक्नु पर्ने संझौतामा उल्लेख छ ।

सवारी साधनको लागि ७ मिटर र दाया बाया सोल्जर क्षेत्र २÷२ मिटरगरि ११ मिटर सडक कालो पत्रे गरिने आयोजनाले जनाएको छ ।




काठमाडौ असार १२ गते । रातो तारा डट कम,पाँचौ संस्करणको ‘मिसेस मंगोल नेपाल २०१८’ को उपाधी धनमाया मगरले हात पारेकी छिन् । बिगत ५ बर्ष देखी मंगोल समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताका फस्ट रनरअप निर्मला राई तथा सेकेन्ड रनरअपको उपाधी पम्फा ओजीले हात पारे ।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा अन्य बिभिन्न विधाका सबटाईटल प्राप्त गर्नेहरुमा बेस्ट ट्यालेन्ट पम्फा ओजी, बेस्ट पर्सानालिटी दुर्गा थापा, बेस्ट हेयर सुस्मिता थापा मगर, बेस्ट स्किनमा प्रमिला थापा, बेस्ट फोटोजेनिक गंगा राई, मस्ट एक्टिभ श्रीजना तामाङ, बेस्ट कम्प्लेक्सन अन्जु लो लामा, मस्ट स्मार्ट देवकी लामा, मस्ट चार्मिङ करुणा श्रेष्ठ शेर्पा, मस्ट कन्फिडेन्ट निर्मला राई, मस्ट एट्राटिभ सन्तोषी लिम्बु, मस्ट ईन्टिलेजेन्स धनमाया मगर, मस्ट ईनर्जे्टिक शान्ता राई, मिसेस पब्लिक चैस निर्मला राई थिए भने मस्ट पपुलरको ताज सन्तोषी लिम्बुले हात पारिन्  ।

प्रतियोगितामा नेपाल अधिराज्यभरबाट छनौट भएका १६ प्रतिस्पर्धीहरु छनौट भएका थिए । १ महिना लामो प्रशिक्षण पश्चात गत असार ११ गते जमल स्थित नाचघरमा भएको ग्राण्ड फिनालेमा प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका निर्णायकका लागि चर्चित गायक सन्तोष लामा, क्यापिटल कुईन नेपाल लीला राई, नायिका रेखा फागो, ब्युटिसियन लक्ष्मी श्रेष्ठ थिए । कार्यक्रमको प्रमुख अतिथीमा चर्चित गायिका पवित्रा सुब्बा थिए भने प्रमुख निर्णायकमा रेडियो कार्यक्रम प्रस्तोता,मोडेल तथा कोरियोग्राफर कला सुब्बा रहेका थिए ।

बिशेष गरी विवाहित नारीप्रति समर्पित सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको सस्था अमाजोन ईन्टरटेन्मेन्टले बिवाहित मंगोल महिलाहरुको प्रतिभा निखार्ने तथा मंगोल समुदायका महिलाहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र उत्प्रेरित बनाउन बिगत ५ बर्ष देखी मिसेस मंगोल प्रतियोगिताको आयोजना गर्ने गरेको अमाजोन ईन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।
हिमानी सुब्बाको कोरियोग्राफीमा आयोजित प्रतिस्प्रधाको काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको थियो । हस्पीलिटी पार्टनरको रुपमा होटल क्राउन प्लाजा तथा फोटोग्राफी आर्टिष्ट नेपालका फोटोग्राफर कुबेर तामाङको रहेको थियो ।


बिराटनगर,असार १२ गते । रातो तारा डट कम, ड्रिम्स वल्ड ईन्टरटेन्मेन्ट प्रा लि की अध्यक्ष निसा खड्का ले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर पुर्वी नेपालका सुनसरीको ईटहरी धरान दमक बिर्तामोड ईलाम बिराटनगरमा मिस्टर एण्ड मिसटिन मिस एसइइ मिस मेची ले कार्याक्रम गर्ने जानकारी गराईएकोछ ।

यो कार्याक्रमको उदेश्य युवा युवातिहरुको पर्सनालिटी र लिडरसिप डेप्लोप्मेन्ट अनि बियुटि को बारेमा उनिहरुलाई समेत सहभागिता गराएर यो कार्याक्रमहरु सन्चालन गरिने कुरा मेनेजिङ डाईरेक्टर प्रनित पुडासैनीले जानकारी गराउनु भयो ।

पहिला कार्याक्रम इाापा इलाम पाचथर र ताप्लेजङुमा मात्र गराईन्थ्यो,जसलाई मिस मेची भनिन्थ्यो, तर अहिले हामी माथिउल्लेखित ६ ठाउँहरुमा यो वर्ष देखि मिस प्रोविन्स –१ को नामले सुरु गर्ने भएको कुरा पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सहभागि भएका १४ वटा जिल्लाको प्रोविन्स –१ का युवा युवतीहरुको वर्ष १५ देखि २४ सम्म हुनु पर्ने छ । यो प्रतियोगितामा पहिलो र दोस्रो प्रतियोगिले मिस नेपालमा जाने मौका पाउने समेत जानकारी गराइयो ।

प्रतियोगिता जितेका प्रतियोगिले प्राइजको रुपमा पैसा मात्र होइन फ्रि स्कलर सिप पढाइको लागि पाउने बताइएकोछ । असार १७ गते बाट यो कार्यक्रम सुरु हुने जानकारी गराईएको छ ।

झापा, असार १२ गते। रातो तारा डट कम,
ईलाका प्रहरी काकडभिट्टाले बिभिन्न स्थानबाट दुई लाख पैतालिस हजार बराबरको अवैध सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

उक्त कार्यालयबाट खटिएका प्रहरीले मेचीनगर नगरपालिका ६ पुरानो भन्सारबाट एक लाख पच्चीस हजार रुपैया बराबरको मोटरपार्टससहित शिवसताक्षी नगरपालिका ६ का कुलप्रसाद ढकाल र मुकेश राउतलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरुलाई मे ७ प ८९८ नम्बरको मोटरसाइकलमा राखी भारतबाट भन्सार छली गरी ल्याएको चार काटुन मोटरपार्टसका सामानसहित सोमबार साँझ पक्राउ गरेका हुन।

दुबैलाई अनुसन्धानका लागी इलका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।

यसैगरी मेचीनगर नगरपालिका ६ पिक्की ठ्याकबाट आज बिहान  नेपालबाट भारततर्फ चोरी छिपाई तस्करी हुँदै गरेको  २७५ किलो मरिच बरामद भएको छ।

बरामद मरिचको बजार मूल्य दुई लाख बिस हजार रहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।

(फायल फोटो)

काठमाण्डौं,असार १२ गते । रातो तारा डट कम, महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताउनुभयो ।

चिकित्सक झाका अनुसार जिल्लाको ग्रामीण भेगमा बसोबास गर्ने बालबालिका गरिबीका कारण चाहिए जति खाना खान नपाएर कुपोषणका शिकार भएका छन् । त्यस्तै शहरी क्षेत्रका बालबालिका सन्तुलन मिलाएर खाना नखाएका कारण कुपोषणको शिकार भएका छन् ।

जिल्ला अस्पताल महोत्तरीले जिल्लाका बालबालिकामा फेला परेको कडा खालको र मध्यम खालको कुपोषण हटाउनका लागि जिल्ला अस्पताल जलेश्वरलगायत जिल्लाको अन्य करीब एक दर्जन विभिन्न अस्पताल तथा स्वास्थ्यचौकीमा विशेष कार्यक्रम लागू गरिएको छ । महोत्तरी जिल्लामा अहिले छ महिनादेखि ५९ महिना उमेर समूहका ७० हजार ६२५ जना बालबालिका रहेका छन् ।


काठमाडौँ,असार १२ गते । रातो तारा डट कम,नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्रा्ष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ ।

आगामी पाँच वर्षका लागि भएको सो सम्झौता पत्रमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र इरीका महानिर्देशक म्याथ्यु मोलले आज यहाँ हस्ताक्षर गर्नुभयो । नेपालको प्रमुख खाद्यान्नबाली धान हो । हाल प्रतिवर्ष नेपालीका लागि ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । गत वर्ष पुग्नपुग ४३ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

सो अवसरमा मन्त्री खनालले नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले नयाँ जातको पहिचान र सिफारिश, माटोको उर्वराशक्तिमा बढोत्तरी कायम गर्ने, रोग तथा किराको रोकथाम, उत्पादकत्व वृद्धिको उपाय र पहिचान तथा सीप र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले सो सम्झौता भएकोे जानकारी दिनुभयो ।

इरीले सुक्खा र डुबान सहन सक्ने धानका जातको विकास गरी नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) मार्फत किसानकहाँ पु¥याउने लक्ष्य लिएको छ ।

अहिलेसम्म इरीले ८२ नयाँ जातका धानका बीउको आविश्कार गरेमध्ये ५० थरीका बीउ इरीबाट प्राप्त भएका छन् । इरीको प्रधान कार्यालय फिलिपिन्सको राजधानी मनिलामा रहेको छ । नेपालमा इरीलाई नार्कले सहयोग पु¥याउँदै आएको छ ।

सम्झौताअनुसार इरीले नेपालमा कार्यरत वैज्ञानिक, कृषिमा संलग्न प्राविधिकको क्षमता अभिवृद्धि गर्न अल्पकालीन तालीम तथा नीति निर्माणमा संलग्न व्यक्तिलाई अवलोकन भ्रमण पनि प्रदान गर्ने
छ । इरीको सहयोगमा हालसम्म ५२ जनाले पिएचडी, ४७ जनाले मास्टर्स डिग्री, १० जनाले अन द जब तालीम र २२८ जनाले छोटो अवधिको तालीम हासिल गरिसकेका छन् ।

आज भएको सम्झौताका बुँदा १६ रहेका छन् । नेपाल सरकार र इरिबीच सन् १९६६ देखि सहकार्य हुँदै आएको छ । सन् २००५ मा इरिले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको थियो । नेपालस्थित इरीको कार्यालय सञ्चालनका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) परिसरमा मन्त्रालयले निःशुल्क कार्यालय उपलब्ध गराएको छ ।

पछिल्लोपटक नेपालमा धानखेती गर्ने जमिन खण्डिकरण भई धमाधम घडेरीकरणमा रुपान्तरण हुन थालेका छन् । नेपालको कूल खेतीयोग्य जमिनमध्ये सरदर १३ लाख हेक्टर जमीनमा धान खेती हुन्छ । नेपालको कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर रहेको छ ।


काठमाडौँ, असार ११ गते । रातो तारा डट कम, युवा महिला ब्यबसायी प्रबिता भण्डारीसुबेदी (अन्जुसाना तथा मझौला व्यवसायी संघकाठ्माडौ जिल्लाको अध्यक्ष पदमा निर्बाचित भएकीछिन l लामो समय देखि साना तथा मझौला ब्यबसायमाआबद्द रहेर ब्यबसायीहरुको हकहितमा काम गर्दै आएकीअन्जु साना तथा मझौला व्यवसायी महासंघले उनकोकामको दक्षतालाइ कदर गर्दै गरेको निर्बाचनमा उनीलाईअधक्ष्य जस्तो गरिमामय पदमा निर्बाचित गरेको हो l
नेचर रिभिजिटेड प्रालि धापासीको  अधक्ष्य तथाबालाजी बेङ्क्युट बालाजुको संचालिका समेत रहेकीयुवा महिला ब्यबसायी प्रबिता भण्डारी सुबेदी (अन्जु)सदैब साना तथा मझौला ब्यबसायीहरुको पक्षमावकालत गर्दै उनीहरुको पक्षमा लडाइ लड्दै आएकी एकप्रखरआत्मा विश्वासीनिडर माहिला नेत्रीको रुमापरिचित छिन l 


बिशेष गरि महिला दिदीबहिनीहरुकोलागि महिला ससक्तिकरणमा तथा उनीहरुको लागिआवाज उठाउदै आएकी तथा सामाजसेवामा समेतअग्रणी भूमिका निर्बाह गर्दै आएकी अन्जु साना तथामझौला ब्यबसायीहरुको व्यवसायलाई सुरक्षित बनाउदैभविष्यमा ब्यबसायीहरुलाई आत्मानिर्भर बनाउनेकाममा आफु समर्पित हुने कुरा बताउछिन l 

साथै सम्पूर्णनिर्बाचित पदाधिकारीहरुलाई सफल कार्यकालकोशुभकामना ब्यक्त गर्दै आउदो दिनमा साना तथा मझौलाव्यवसायीहरुलाई अझ मजबुत एकजुट भएर काम गर्नसमेत आग्रह गरेकी छिन l

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.