Websoft University
February 2017


युवराज ठकुरी/सिंहदेवी,मोरङ, फागुन १७ गते ।
रातो तारा डट कम,उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवीमा रहेको कल्याणकारी माविमा संचालित स्वर्णमहोत्सव विविध कार्यक्रम गरि भव्यताका साथ सप्पन्न भएको छ।

फागुन १३गते देखि १६गतेसम्म संचालित स्वर्णमहोत्सवको चौथो दिन अर्थात समापन समारोह पुर्व सस्कृति मन्त्री तथा माओवादी केन्द्र प्रदेश नम्बर १इन्चार्ज गोपाल किराँतीको प्रमुख आथित्यमा सप्पन्न भएको थियो।

विशेष अतिथिमा मोरङ जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल,माओवादी केन्द्र मोरङ इन्चार्ज कुशल लिम्बू ,जनवादी गायक आधुनिक देवान लगाएतको उपस्तिथि रहेको थियोे ।
समापन समारोहमा विभिन्न व्यक्तित्व सम्मानित भएका छ्न।सम्मानित हुनेहरुमा जग्गादाता,चन्दादाता,भुपु विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,भुपु प्रअ,भुपु शिक्षक र उत्कृष्ट विद्यार्थीहरु रहेका छ्न।

कल्याणकारी माविबाट उत्कृष्ट हुने छात्रछात्राहरुलाई माओवादी केन्द्र मोरङ जिल्ला कमिटीका तर्फबाट प्रत्येक वर्षरु५०००/५०००छात्रवृत्ति दिने माओवादी केन्द्र मोरङ इन्चार्ज कुशल लिम्बूले बताए। स्वर्णमहोत्सवको अन्तिम दिन जनवादी गायक आधुनिक देवानले जनवादी गीत  गाएर दर्शनहरुलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रमको अर्को आकर्षण खुल्ला लोक नृत्य प्रतियोगिता रहेको थियो।खुल्ला लोक नृत्य प्रतियोगितामा १२वटा क्लब तथा विद्यालयले सहभागिता जनाएका थिए।

खुल्ला लोक नृत्य प्रतियोगितामा बसन्तसमाज सेवा युवा क्लब धनकुटा बसन्तटार सार्थोपा तेस्रो ,बालकल्याण मन्च सिंहदेवी दोस्रो र गौरव युवा क्लब धनकुटा बसन्तटार समेवाले तेस्रो स्थान हासिल गरेका थिए।



बिराटनगर,फागुन १७ गते । रातो तारा डट कम-
नेपाली कांग्रेस विराटनगर नगरले पूर्णता पाएको छ । निर्वाचन भएको  एकवर्ष वितिसक्दा पनि नगर समितिले पूर्णता पाउन सकेको थिएन ।

नगरको मंगलवार बसेको पुर्ण बैठकले विराटनगरका क्रियाशिल युवाद्धय  प्र्रविन जोशी र अरुण न्यौपानेलाई उपसभापतिमा मनोनयन गरेको छ । त्यस्तै सह–सचिवमा लक्ष्मी क्षेत्रीलाई मनोनयन गरेको छ ।

यी पद मनोनयन भए संगै नगर समिति विराटनगरले पूर्णता पाएको नेपाली कांग्रेसका नगर सभापति भीम पराजुलीले जानकारी दिनु भयो ।

यसै गरी नगर समितिको वैठकले विराटनगरको विकास निर्माणमा भइरहेको ढिलासुस्तिका विषयमा समेत खवरदारी गर्ने निर्णय गरेको छ ।



विराटनगर,फागुन १७ गते । २०७३, रातो तारा डट कम,
नेकपा एमालेका संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले कृषि तथा औंद्योगिक क्षेत्रको प्रवद्र्धनका लागि विराट एक्स्पोलाई निरन्तरता दिनुपर्ने विषयमा जोड दिनुभएको छ ।

उद्योग सङ्गठन मोरङद्वारा आज आयोजित विराट एक्स्पोको समापनको अवसरमा उहाँले उद्योग व्यवसायलाई फस्टाउनका लागि मुलुकमा शान्ति स्थापना र सहज वातावरण हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

संविधान कार्यान्यनमा समस्या देखिएको प्रसङ्ग उल्लेख गर्दै उपनेता नेम्वाङले जसरी संविधान जारी गर्ने बेलामा दलहरु एकजुट भएका थिए, त्यसरी नै संविधान कार्यान्वयनका लागि दलबीच एकता आवश्यकता रहेको विषयमा जोड दिनुभयो ।

निर्वाचनको कुनै विकल्प नरहेको भन्दै उहाँले मधेश र मधेशी दलहरुबीच रहेको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास गरिएपनि सफलता नमिलेको बताउनुभयो ।

संविधानसभाले बनाएको संविधानलाई विभिन्न घटना क्रममा सवैले स्वीकारेको उल्लेख गर्दै उहाँले निर्धारित समयमा तीनवटै तहको निर्वाचन नभएमा सङ्घीयता,समावेशी,धर्मनिरपेक्ष र गणतन्त्र संस्थागत हुन नसक्ने सम्भावना प्रकट गर्नुभयो ।

सोही अवसरमा उहाँले विराट एक्स्पो–०७३मा सहभागी भएका महिला घरेलु तथा कृषि क्षेत्रमा र औंद्योगिक उत्पादनमा उत्कृष्ट भएका तीन-तीन संस्थालाई पुरस्कृत
गर्नु भएको थियो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रजिअ यज्ञप्रसाद कोइराला,क्षेत्रीय कृषि निर्देशनालयका निमित प्रमुख राजेन्द्र उप्रेती र विराट एक्स्पोमा सहभागी व्यापारी नारायण राईले विराट एक्स्पोको सम्बन्धमा प्रकाश पार्नु भएको थियोे ।
तर आय र व्यायको हिसाब भने बताइएन जे होस
 बिराट एक्स्पो २०७३ आजै बाट समापन भयो।




विराटनगर,फागुन १७ गते । रातो तारा डट कम,
शहीद लक्ष्मि  फूयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार अम्बिका भण्डारीलाई आज यहाँ पुरस्कृत गरिएको
छ ।

प्रेस सेन्टर मोरङको बिराटनगरमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र मोरङका इन्चार्य कुलप्रसाद साम्बा
कुसलले पत्रकार भण्डारीलाई सम्मानित गर्नुभयो ।

विसं २०६१ सालमा मोरङको बाहुनीमा आजकै दिन सहादत हुनु भएका फूयालको सम्झनामा स्थापित सो पुरस्कारको राशि १० हजारको रहेको छ ।

पुरस्कृत भण्डारी सयन्त्र डट कम आँनलाइन र साप्ताहिक सयन्त्र पत्रिकामा कार्यरत हुनुहुन्छ । प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष गोकुल पराजुलीको अध्यक्षतामा आायेजित कार्यक्रममा नेकपा (माओवादी)केन्द्रका इन्चार्य कुलप्रसाद साम्बा, मोरङ पत्रकार सङ्घका अध्यक्ष बन्धु पोखरेल,प्रेस सेन्टरका केन्द्रीय सचिव विवेक गौंतम,पत्रकारद्वय यज्ञ शर्मा र अनन्त न्योपानेले पुरस्कृत व्यक्तिलाई बधाइ दिनुका साथै सहिद फूयालले मुलुकमा गणतन्त्र स्थापनाका लागि गर्नु भएको योगदानको विषयमा आ–आफ्ना धारणा प्रकट गरेका थिए ।


सुनसरी, फागुन १७  गते ।
सुनसरीको हरिपुरबाट प्रहरीले ठूलो परिमाणमा लागु
औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल हरिपुर, भण्टावारी र सीमा प्रहरी चौकी भण्टावारीको संयुक्त टोलीले हरिपुरबाट सोमबार राति ठूलो परिमाणको लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीको चेकजाँचको क्रममा पूर्वबाट पश्चिमका लागि छुटेको को १ च ५५०५ नम्बरको एम्बुलेन्सबाट गाँजासहित तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको
छैन । घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।


बिराटनगर,फाल्गुन १७ गते। रातो तारा डट कम,
सिरहाको गोलबजार नगरपालिका ५ मा सोमबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय बुलन महतोको १७ वर्षका छोरा कमलेशकुमार रहेका छन।

कमलेशलाई सोमबार राती आफ्नै घरमा बिजुलीको होल्डरबाट मोवाईल चार्ज गर्न खोज्दा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिएइ। घाइतेलाई उपचारकालागी भूमिजा अस्पताल लैजानेक्रमा राती नै उनको मृत्यु भएको हो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली खटिगई मृतकको शव पोष्टमार्टमकालागी लहान अस्पताल पठाइ थप अनुसन्धान कार्य भइरहेको छ।




काठमाडौं, फागुन  १७ गते । रातो तारा डट कम-
आगामी स्थानीय तह निर्वाचनमा नेपाली सेनाले नै अन्तिम घेरामा बसेर सुरक्षा दिने जिम्मेवारी पाउने भएको छ ।
रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा जस्तै सुरक्षाको तीन घेरामध्ये अन्तिम बाहिर घेराको जिम्मा नेपाली सेनालाई दिने बार छलफल अगाडि बढाएको हो ।  

निर्वाचन आयोगको प्रस्तावमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरुले त्यसबारे गृहकार्य गरिरहेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ । एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने र उच्च सुरक्षा व्यवस्था मार्फत चुनावलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन नेपाली सेनाको समेत सहयोग लिन लागिएको हो ।

अहिलेसम्मको गृहकार्य अनुसार नेपाली सेनालाई मतदान केन्द्रसम्म र मतदाताको प्रत्यक्ष सम्पर्कमा जान नदिइने गरि सुरक्षा रणनीति प्रस्ताव गरिएको छ । उत्त स्रोतका अनुसार मतदान केन्द्रको करिब साँढे दुइ किलोमिटरको दुरीबाटै सेनाले सुरक्षा दिनेछ ।

मतदान केन्द्र बाहिर दोस्रो घेराको सुरक्ष सशस्त्र प्रहरी र मतदान केन्द्रको मुख्य सुरक्षा नेपाल प्रहरीले गर्नेछ ।
यस्तै निर्वाचन सम्पन्न भएपछि मतपेटिका ओसार पसारको जिम्मा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा लिनेछ । दुवै प्रहरीले सुरक्षा दिन नसकेको अवस्थामा भने तेस्रो घेरामा रहेको नेपाली सेनाले सुरक्षा दिनेछ ।

यस्तै मतदान केन्द्रमा झडप, हुलदंगा वा ‘बुथ क्याप्चर’ को प्रयास भएमा नेपाली सेना स्थिति नियन्त्रणमा नआउँदासम्म मतदान केन्द्रमा परिचालन हुन सक्नेछ । र, पुन मतदान प्रक्रिया शुरु भएमा सेना पछि हट्नेछ ।

तर, त्यसरी असामान्य अवस्थामा सेना मतदान केन्द्रसम्म जान भने प्रमुख जिल्ला अधिकारी वा निर्वाचन आयोगको अनुमति चाहिनेछ । अधिकाश प्राप्त अधिकारीको निर्देशनविना सेनाले गस्ती बाहेक कुनै कारबाही गर्न नसक्ने प्रारम्भिक प्रस्ताव छ ।
यसैगरी निर्वाचन आयोगले अत्यावश्यक सामाग्री ढुवानी, मतपत्र सुरक्षाको सबै जिम्मेवारी भने नेपाली सेनालाई नै दिने इच्छा देखाएको छ । निर्वाचनको पूर्ण सुरक्षाका लागि आयोगले त्यस्तो इच्छा देखाएको हो ।

अहिले गृह मन्त्रालयको नेतृत्वमा निर्वाचन सुरक्षा घेराबारे गृहकार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ । सबै विषय प्रारम्भिक छलफलको चरणमा नरहेकाले कस्तो सुरक्षा घेरा बन्न भन्नेबारे बोल्न नसकिने मन्त्रालयका एक सहसचिवले बताए ।


विराटनगर, फागुन १६ गते । रातो तारा डट कम -
केहि दिनयता देखिएको इन्धन अभावले पूर्वी नेपालका सर्वसाधारणले सास्ति खेप्नु परेको छ । बेलाबखत मात्र पेट्रोल पम्पमा पेट्रोल डिजल वितरण हुँदा लामो समय लाइनमा बसेर तेल हाल्नुपर्ने बाध्यता उपभोक्ताहरुमा छ ।

कतिपय पेट्रोलपम्पमा डिजल छैन, पेट्रोल छैन लेखेर टाँसेको हेरेर उपभोक्ता फर्कनु पर्ने बाध्यता पनि छ । पूर्वी नेपालका बजारमा यसरी इन्धन अभाव भइरहँदा विराटनगर । केहि दिनयता देखिएको इन्धन अभावले पूर्वी नेपालका सर्वसाधारणले सास्ति खेप्नु परेको छ ।

बेलाबखत मात्र पेट्रोल पम्पमा पेट्रोल डिजल वितरण हुँदा लामो समय लाइनमा बसेर तेल हाल्नुपर्ने बाध्यता उपभोक्ताहरुमा छ । कतिपय पेट्रोलपम्पमा डिजल छैन, पेट्रोल छैन लेखेर टाँसेको हेरेर उपभोक्ता फर्कनु पर्ने बाध्यता पनि छ । पूर्वी नेपालका बजारमा यसरी इन्धन अभाव भइरहँदा नेपाल आयल निगम क्षेत्रीय कार्यालयले भने इन्धनको कुनै अभाव नभएको दावी गरेको छ । 

सर्वसाधारणले भने आयल निगमको बेवास्ताले तेल अभाव भएको अारोप लगाएका छन् ।
आयल निगम विराटनगरका क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले बिहीबार र शुक्रबार मात्रै दिनभर २० लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल कोशी र सगरमाथा अञ्चलका डिलरहरुलाई पठाइएको जानकारी दिए ।

उनले आइतबार पनि कार्यालयबाट २ लाख लिटर डिजेल तथा १ लाख ५० हजार लिटर पेट्रोल डिलरहरुलाई वितरण गरिएको जनाए । निर्वाचनको घोषणा भएसँगै मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेपछि यतिबेला नियमितभन्दा बढी इन्धनको माग देखिएको पम्प सञ्चालकहरु बताउँछन् ।

पेट्रोलियम डिलर्स एशोसियसन कोशीका उपाध्यक्ष अरबिन्द शर्माले दैनिक मेची र कोशीलाई ८ लाख लिटर इन्धनको आवश्यक रहेको बताए । तर निगमले मागको अनुपातमा एक तिहाई पनि वितरण गर्न नसकेकाले इनधनको अभाव सिर्जना भएको वताए ।

‘निगमले प्रयाप्त मात्रामा जबसम्म वितरण गर्न सक्दैन तबसम्म यो समस्या हट्दैन,’ उनले भने । उनले पछिल्लो समय नाकाबन्दीको हुने त्रासकै कारण माग बढेको अनुभूति रहेको पनि बताए ।

उनले भने, ‘यतिबेला उपभोक्ता र उद्योगहरुले समेत बढी किनेर भण्डार गर्ने गरेकाले माग बढेको देखिन्छ । यससँगै भारतमा भन्दा नेपालमा प्रतिलिटर २० रुपैयाँ सस्तो भएका कारण पनि इन्धनको कालोबजारी भइरहेको पाइन्छ ।’
यता उपभोक्ताहरुले भने पम्पहरुले नै कृत्रिम अभाव देखाएर कालोबजारी गरिरहेको आशंका गरेका छन् ।

बजारमा देखिएको इन्धनअभाव चाँडै सहज हुने भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले पम्पहरुको अनुगमन र भारततिर जाने कालोबजारी रोकिने बताए ।

‘हामीले आजैबाट अनुगमनको कामलाई अगाडि बढाएका छौं अब इन्धनको अभाव चाँडै अन्त्य हुने छ,’ प्रजिअ कोइरालाले भने । एक साताअघि नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरभित्र एकजना कर्मचारीमाथि सेवाग्राहीले ढुंगा प्रहार गरेका थिए । त्यसको विरोधमा कर्मचारीहरुले चार दिन काम ठप्प पारेका थिए । जसले बजारमा इन्धन अभाव भएको थियो ।

बिहीबार अभियुक्तलाई कारवाही गर्न सहमति भएपछि निगमले नियमित रुपमा इन्धन वितरण गरेको छ तर बजारमा इन्धनको अभाव जारी रहेकाले उपभोक्ता भने मारमा पर्दै आएका छन् ।नभएको दावी गरेको छ । सर्वसाधारणले भने आयल निगमको बेवास्ताले तेल अभाव भएको अारोप लगाएका छन् ।

आयल निगम विराटनगरका क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले बिहीबार र शुक्रबार मात्रै दिनभर २० लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल कोशी र सगरमाथा अञ्चलका डिलरहरुलाई पठाइएको जानकारी दिए ।

उनले आइतबार पनि कार्यालयबाट २ लाख लिटर डिजेल तथा १ लाख ५० हजार लिटर पेट्रोल डिलरहरुलाई वितरण गरिएको जनाए पनि तेल कहाँ गयो उपभोक्ताले प्रश्नन गर्दै छन। निर्वाचनको घोषणा भएसँगै मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेपछि यतिबेला नियमितभन्दा बढी इन्धनको माग देखिएको पम्प सञ्चालकहरु बताउँछन् ।

पेट्रोलियम डिलर्स एशोसियसन कोशीका उपाध्यक्ष अरबिन्द शर्माले दैनिक मेची र कोशीलाई ८ लाख लिटर इन्धनको आवश्यक रहेको बताए । तर निगमले मागको अनुपातमा एक तिहाई पनि वितरण गर्न नसकेकाले इनधनको अभाव सिर्जना भएको वताए ।

‘निगमले प्रयाप्त मात्रामा जबसम्म वितरण गर्न सक्दैन तबसम्म यो समस्या हट्दैन,’ उनले भने । उनले पछिल्लो समय नाकाबन्दीको हुने त्रासकै कारण माग बढेको अनुभूति रहेको पनि बताए ।

उनले भने, ‘यतिबेला उपभोक्ता र उद्योगहरुले समेत बढी किनेर भण्डार गर्ने गरेकाले माग बढेको देखिन्छ । यससँगै भारतमा भन्दा नेपालमा प्रतिलिटर २० रुपैयाँ सस्तो भएका कारण पनि इन्धनको कालोबजारी भइरहेको पाइन्छ ।’

यता उपभोक्ताहरुले भने पम्पहरुले नै कृत्रिम अभाव देखाएर कालोबजारी गरिरहेको आशंका गरेका छन् । बजारमा देखिएको इन्धनअभाव चाँडै सहज हुने भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले पम्पहरुको अनुगमन र भारततिर जाने कालोबजारी रोकिने बताए ।

‘हामीले आजैबाट अनुगमनको कामलाई अगाडि बढाएका छौं अब इन्धनको अभाव चाँडै अन्त्य हुने छ,’ प्रजिअ कोइरालाले भने । एक साताअघि नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरभित्र एकजना कर्मचारीमाथि सेवाग्राहीले ढुंगा प्रहार गरेका थिए । त्यसको विरोधमा कर्मचारीहरुले चार दिन काम ठप्प पारेका थिए । जसले बजारमा इन्धन अभाव भएको थियो ।

बिहीबार अभियुक्तलाई कारवाही गर्न सहमति भएपछि निगमले नियमित रुपमा इन्धन वितरण गरेको छ तर बजारमा इन्धनको अभाव जारी रहेकाले उपभोक्ता भने मारमा पर्दै आएका छन् ।


काठमाडौं, फागुन १६ गते । नेपाल पत्रकार महासंघ केन्द्रीयकार्यालयमा नेपाल प्रेस युनियन आवद्ध दुई जिल्लाका दुईजनापत्रकार तालाबन्दीसहित आमरण अनशनमा बसेको ५ दिपूरा भएको छ ।





पाँचथरका जिल्ला अध्यक्ष लवदेव ढुंगाना र इलामका शाखा सदस्य प्रेम अधिकारी पत्रकार महासंघको मूलगेटमा ताला लगाएर फागुन ११ गतेदेखि आमरण अनशनमा बसेका हुन् ।
आन्दोलनकारी र महासंघ नेतृत्वबीच समस्या समाधानको पहल भइरहेको जानकारी महासंघ पदाधिकारीले दिएका 
छन् । महासचिव उजिर मगरका अनुसार सहमति लगभग अन्तिम बिन्दुमा पुगेको छ ।

फागुन ३ गतेदेखि विभिन्न जिल्लामा महासंघका जिल्ला अधिवेशनहरु सुरु भएका थिए । अधिवेशनको अघिल्लो दिन सदस्यता विवाद देखाउँदै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा ताला लगायो ।

युनियन नेतृत्व र महासंघबीच संवाद भएर ताला खोलेको दुई दिनपछि ढुंगाना र अधिकारीले आमरण अनशन सुरु गरे ।
कहाँ-कहाँ छ विवाद
हरेक तीन वर्षमा नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन हुन्छ भने निर्वाचनको समयमा सदस्यता शुद्धीकरणको प्रसंग उठ्ने गर्छ । फागुन ३ गतेदेखि २५ गतेसम्म विभिन्न जिल्ला शाखाको निर्वाचन गर्ने भन्दै महासंघको चुनावी क्यालेन्डर सार्वजनिक भएपछि कतिपय जिल्लामा सदस्यता विवादको कुरो उठेको थियो ।

पहिलो चरणको निर्वाचन पश्चिमाञ्चलबाट सुरु भएको थियो । कास्की, रुपन्देही, कपिलवस्तु, पर्वत, म्याग्दी, गुल्मी, अर्धाखाँचीलगायतका जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ भने पाल्पा, स्याङजा, तनहुँ नवलपरासीमा निर्वाचन स्थगित भएको छ ।

स्थगित भएका जिल्लामध्ये कतिपयमा विवाद समाधान भइसकेको र केही दिनमै निर्वाचन हुने जिल्ला अध्यक्षहरुको भनाइ छ । महासंघको चुनावी क्यालेन्डर सार्वजनिक भएपछि कतिपय जिल्लामा सदस्यता विवादको कुरो उठेको छ ।

त्यस्तै पूर्वाञ्चलका ताप्लेजुङ, झापा, मोरङ सुनसरी, सोलुखुम्बु लगायत प्रायः सबै जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ । इलाममा निर्वाचन सम्पन्न भए पनि निर्वाचनमा सहभागी नभएका समुहले पून निर्वाचन हुनुपर्ने माग राखेका छन् ।

मध्यमाञ्चलको विभिन्न जिल्लामा मंगलवार निर्वाचन हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर शाखाको चुनाव भने फागुन २५ मा हुँदैछ ।



युवराज ठकुरी/सिंहदेवी,मोरङ, फागुन १६ गते । रातो तारा डट कम,उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवीमा रहेको कल्याणकारी माविमा संचालित तेस्रो दिनको स्वर्णमहोत्सवमा हास्यव्यङ्ग्य कलाकार बिबि केरुङ र गायक गोबिन्द चेम्जोङले कार्यक्रमको माहोल तताएका थिए।

सिक्किमबाट आएका हास्यव्यङ्ग्य कलाकार बिबि केरुङले विभिन्न लोपोन्मुख बाजागाजा र सस्कृतिलाई हास्यव्यङ्ग्य प्रस्तुति मार्फत दर्शकहरुलाई पेटमिचीमिची हसाएका थिएत्यसै गरि गायक गोबिन्द चेम्जोङले गीत मार्फत दर्शकलाई नाच्नलाई प्रेरित गरेका थिए।

कार्यक्रममा स्थानीय कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेर थप रौनकता थपेका थिए।सास्कृतिक कार्यक्रमको संचालन कबिन्द्र तुम्बापो र लक्ष्मी बान्तवा राईले संचालन गरेका थिए।


काठमाडौं, फागुन १६ गते । रातो तारा डट कम,
निर्वाचन आयोगले २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ दिनभित्र दल दर्ता गर्न समय दिएको छ।

आयोगको केन्द्रीय कार्यालयमा फागुन १८ गतेभित्र दलहरुले दलीय विवरण बुझाउनुपर्नेछ । नबुझाउने दलहरुले स्थानीय तह निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ ।

आयोगका प्रमुख आयुक्त आयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले दल दर्ताका लागि दलहरुलाई सूचित गर्ने निर्णय गरेको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यसअघि आयोगमा दर्ता भएका दलहरु र जिल्ला जिल्लामा दर्ता भएका दलहरुले पनि स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्नेछ । nepali news bat


बिराटनगर , फागुन १६ गते । रातो तारा डट कम, चीनले नेपाली नागरिकलाई आवासीय अनुमतिपत्र ‘ग्रिनकार्ड उपलब्ध गराउन थालेको छ। 

उत्तरी छिमेकीले नेपालीलाई ग्रिनकार्ड दिएको यो नै पहिलोपटक भएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीले बताए। 

चीनको स्वशासित क्षेत्र तिब्बतमा लामो समयदेखि विभिन्न पेसा–व्यवसायमा संलग्न रही बसोबास गरिरहेका नेपालीले ग्रिनकार्ड पाएका हुन्। 

चीनले यसो गरेको सुनेर नेपालले भारतियहरू लाई नागरिक्ता छानबिन गरेरमात्र  ग्रीन कार्ड दिन थाल्न परो भनेर सरकारलाई जनताले सुजाप दिन थालेका छन ।




युवराज ठकुरी/सिंहदेवी,मोरङ,फागुन १५ गते। रातो राता डट कम,उत्तरी मोरङको पर्यटकीय गाविसमा रहेको कल्याणकारी माविको स्वर्णमहोत्सवको तेस्रो  दिन नेपाल जेसिज २०१३को राष्ट्रिय अध्यक्ष ,पिएलओ लुब्रीकेन्टका प्रोप्राइटर तथा उद्योगपति  भोलेश्वर दुलालको प्रमुख आथित्यमा विविध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ।

 स्वर्णमहोत्सवको तेस्रो दिनको  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्योगपति भोलेश्वर दुलालद्वारा कल्याणकारी माविको पुस्तकालय निर्माणका लागि दुईलाख रुपैया अनुदान दिने प्रतिबद्धता व्यक्त गरेका छ्न।

त्यसैगरी सिंहदेवीमा रहेका विपन्न परिवारका ५० बालबालिकालाई निशुल्क अध्ययनमा सहयोग पनि गर्ने र   विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई विद्यालयमा सजिलो वातावरणमा अध्ययन गर्न पाउन भनेर ३०० सेनेटरी प्याड पनि उपलब्ध गराउने भएका छ्न।

स्वर्णमहोत्सवकै अबसर पारेर उद्योग वाणिज्य संघ कोशी हरैचा सदस्य,व्यवसायी तथा समाजसेवी रमेश कार्कीद्वारा पनि पुस्तकालय निर्माणका लागि ५१हजार रुपैयाँ अनुदान दिने प्रतिबद्धता व्यक्त गरेका छ्न।

कार्यक्रममा एसएलसी स्थापना भएदेखि हालसम्म उत्कृष्ट हुने विद्यार्थीहरु रेबिसा खाण र रबिना राईलाई सम्मान गरिएको छ। तेस्रो दिनको कार्यक्रममा स्थानीय कलाकारको नृत्य, हास्यव्यङ्ग्य कलाकार बिबि केरुङको हास्यव्यङ्ग्य प्रस्तुति सोनु लिम्बूको गीतले दर्शकहरुलाई ध्यानाकर्षण गराएका थिए।

 तेस्रो दिनको कार्यक्रममा स्थानीय कलाकारको नृत्य, हास्यव्यङ्ग्य कलाकार बिबि केरुङको हास्यव्यङ्ग्य प्रस्तुतिले दर्शनहरुको ध्यानाकर्षण गरेका थिए।कार्यक्रम दिलिपकुमार ठकुरीको सभापतित्व ,हेमबहादुर ठकुरीको सन्चालन र छबिरमण पौडेलले शुभकामना मन्तव्य राखेका थिए।



काठमाडौँ, फागुन १५ गते । रातो तारा डट कम-
स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रमसाथ आइतबार आज पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागेको हो ।  ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको
हो ।

स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले केन्द्र, क्षेत्र, अञ्चल, जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरेर स्वास्थ्य सेवा दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।  सचिव उप्रेतीले दिवस मनाउन केन्द्र र जिल्लास्तरमा छुट्टाछुट्टै समिति बनाइएको जानकारी दिँदै केन्द्रमा मुख्य सचिवको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको बताउनुभयो ।

मुख्य सचिवको संयोजकत्वमा गठित केन्द्रीय स्तरको मूल समारोह समितिले उक्त दिन स्वास्थ्य मन्त्रालयमा कार्यक्रम गर्ने कार्यतालिका बनाएको छ ।

सचिव डा. उप्रेतीले दिवसले स्वास्थ्यकर्मीलाई काममा थप जिम्मेवार बनाउने भन्दै उनीहरू जनताप्रतिको स्वास्थ्य सेवामा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।  उहाँले स्वास्थ्यकर्मी र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउने, स्वास्थ्य क्याम्पहरू गर्ने, सरसफाइलगायत विभिन्न कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।



बिराटनगर, फागुन १५ गते । रातो तारा डट कम-
यो तथ्य थाहा पाउँदा धेरैलाई आश्चर्य लाग्ला की दुनियाका सबै आप्रवासी मध्ये आधा भन्दा धेरै आप्रवासीहरु केवल १० वटा देशमा बस्दछन् । पछिल्लो २५ वर्षमा विश्वका आप्रवासीहरुको २० प्रतिशत त अमेरिकामा मात्र रहँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको हालैको रिपोर्ट अनुसार विभिन्न कारणले विश्वका विभिन्न देशका गरी कुल ४ करोड ६६ लाख मानिस आफ्नो देश छाडेर अमेरिका छिरेका छन् ।

तर यदि जनसंख्याको अनुपातको हिसाब गर्ने हो भने त युएइ विश्वमा जनसंख्याको अनुपातमा सबैभन्दा धेरै आप्रवासी रहेको देशमा पर्दछ । युएइको कुल जनसंख्याको ८८.४ प्रतिशत आप्रवासी रहेका छन् ।

रिपोर्ट अनुसार यो शताव्दीको सुरुमा १७ करोड ३० लाख मानिसले आफ्नो देश छाडेकोमा सन् २०१५ सम्ममा आफ्नो देश छाडेर अर्को देश पस्ने मानिसहरुको संख्या २४ करोड ४० लाख पुुग्यो । ती मध्ये २ करोड त शरणार्थी नै थिए ।

तथ्यांकमा आप्रवासी
यी हुन् सबैभन्दा धेरै आप्रवासी भएका देशहरु
अमेरिका – ४ करोड ६६ लाख
जर्मनी – १ करोड २० लाख
रुस- १ करोड १६लाख
साउदी अरब – १ करोड २ लाख
बेलायत – ८५ लाख
युएइ – ८१ लाख
क्यानडा – ७८ लाख
फ्रान्स – ७८ लाख
अस्ट्रेलिया – ६८ लाख
स्पेन – ५९ लाख

देशको जनसंख्याको अनुपातमा धेरै आप्रवासी भएका देशहरु
युएइ – ८८.४ प्रतिशत
कतार – ७५.५ प्रतिशत
कुुबेत – ७३.६४ प्रतिशत
लिचेस्टाइन – ६१.८२ प्रतिशत
एण्डोरा – ६०.१२ प्रतिशत
मकाउ – ५८.२८ प्रतिशत
मोनाको – ५५.३७ प्रतिशत
बहराइन – ५१.१४ प्रतिशत
सिंगापुर – ४५.३९ प्रतिशत
लक्जेम्बर्ग – ४३.९७ प्रतिशत
बीबीसी बाट



इनरुवा, फागुन १५ गते । रातो तारा डट कम -
सुनसरीको भारतसँग सीमा जोडिएको नरसिंह गाविसको सीमा नाकाबाट विगत एक महिनादेखी दैनिक सयौं गाई गोरु भारत तस्करी हुँदै आएको पाईएको छ ।

पहाडी जिल्ला भोजपुर, धनकुटा, उदयपुर र खोटाङ्गबाट सुनसरीको महेन्द्रनगर र चतरामा कोशी तारेर जम्मा पारिएका सयौ गाईगोरु चतरा नहर हुँदै नहरको सडक सञ्जालबाट भारत पुर्याउने गरिएको छ ।

कारोवार गर्नेहरुले पहाडी जिल्लामा खरिद गरेका गाई गोरु महेन्द्रनगर चक्रघट्टीबाट प्रकाशपुर, भोक्राहाको ढोका हुँदै नरसिहं तर्फ ल्याएर एक ठाँउमा जम्मा पारी नरसिंहको उल्टी सीमा नाकाबाट भारत तर्फ चोरी निकासी गरी लैजाने गरेको हो ।

एक कारोवारीका अनुसार नरसिंहमा रहेको पूर्व पश्चिम राजमार्ग देखी दक्षिण तर्फको मिल्लत एजुकेशनल मदरसा इस्लामनगरदेखी दक्षिण तर्फको एक विद्यालयको कम्पाउण्डको पूर्व तर्फ जम्मा पारेर ति गाई गोरु साँझ चरिचरन गराउने बहानामा नेपाल भारत सीमा नाका छेउमा जम्मा पारी भारत लैजाने गरिएको छ ।

कारोवारीहरुले दैनिक २ सय देखी ५ भन्दा बढीको संख्यामा गाई गोरु भारत तर्फ लैजाने गरेको सीमाक्षेत्रका स्थानीयहरुले जनाएका छन । पहाडी जिल्लाका बाहेक सो क्षेत्रमा सुनसरी देखी पश्चिमका तराईका विभिन्न जिल्लाहरुबाट समेत गोरुको संकलन गरि फुलवडी ट्रकमा लोड गरी सोही नहरमा दैनिक ५ देखी १० वटा सम्म ट्रकबाट गोरु अनलोड हुने गरेको नरसिहं १ का स्थानीयहरु बताउँछन ।

सो क्षेत्रमा सुरक्षाकर्मीहरुको सुरक्षा निगरानी नहुने भएकाले मौकाको फाइदा उठाउनेहरुले गाई गोरु तस्करी सँगै विभिन्न सामानहरु समेत ओसारपसार गर्ने गरेको नरसिंहका जागेश्वर यादवले रातो तारा डट कम लाइ बताए ।

सरकारले पछिल्लो समय भारत तर्फ निकासी हुने गोरुको भन्सार राजश्व लिने नीति लिए पनि कारोवारीहरुले भन्सार छलेर अवैध रुपमा सीमानाकाबाट चोरी निकासी गर्दै आएका छन । गाईगोरु भारत लाने सो नाकामा भन्सार कार्यालय
छैन ।




बिराटनगर, फागुन १५ गते । रातो तारा डट कम,
मोरङको टंकिसिनवारी-४ स्थित कोशी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा को १९ प ७८७५ नम्बरको मोटरसाइकल चालक सुनसरी दुहवी-भलुवा नगरपालिका ४ बस्ने अन्दाजी २८ वर्षिय राजेश चौधरी रहेका छन। चौधरी सवार मोटरसाइकललाई बिराटनगरबाट सिरहा तर्फ जादै गरेको ना ६ ख ५९६६ नम्बरको बसले दिउँसो २ बजेतिर ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते चौधरीको विराट नर्सिङहोमा उपचारकाक्रममा अपरान्ह ३ बजे मृत्यु भएको छ। बसको ठक्करबाट मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ३० को अरबिन्द हलुवाई साह गंम्भीर घाईते भएका छन।

साहको बिराट मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन।


सुनसरी धरान,फागुन १५ गते । रातो तारा डट कम,
पाँचौं नेवा च्यारिटी ८ किमि धरान रन प्रतियोगिताको उपाधि भारतीय सेनामा कार्यरत् बाग्लुङका तीर्थ पुनले जितेका छन् । सुनसरीको धरानमा शनिबार सम्पन्न प्रतियोगितामा पुनले निर्धा्रित् दुरी २६ मिनेट ३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठ दोस्रो भए भने सेनाकै टिकाराज कटुवाल तेस्रो भए । महिला खुलातर्फ नेपाली सेनाकी सानुमाया कार्कीले निर्धा्रित् दुरी ३४ मिनेट ३ मिनेटमा पार गर्दै पहिलो भइन् भने बाग्लुङकी सन्तोषी श्रेष्ठ दोस्रो र जुम्लाकी सीता न्यौपाने तेस्रो भइन् ।

पुरुष, महिला दुबैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । ४० वर्षमाथिको पुरुष भेट्रानमा भने निर्मल राई प्रथम भए । हेर्नुस प्रतियोगिताको केहि रमाईलो दृश्यहरु

फागुन १४, धरान,
पाँचौं नेवा च्यारिटी ८ किमि धरान रन प्रतियोगिताको उपाधि भारतीय सेनामा कार्यरत् बाग्लुङका तीर्थ पुनले जितेका छन् । सुनसरीको धरानमा शनिबार सम्पन्न प्रतियोगितामा पुनले निर्धा्रित् दुरी २६ मिनेट ३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठ दोस्रो भए भने सेनाकै टिकाराज कटुवाल तेस्रो भए । महिला खुलातर्फ नेपाली सेनाकी सानुमाया कार्कीले निर्धा्रित् दुरी ३४ मिनेट ३ मिनेटमा पार गर्दै पहिलो भइन् भने बाग्लुङकी सन्तोषी श्रेष्ठ दोस्रो र जुम्लाकी सीता न्यौपाने तेस्रो भइन् ।

पुरुष, महिला दुबैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । ४० वर्षमाथिको पुरुष भेट्रानमा भने निर्मल राई हिजो प्रथम भएका थिए । 


रोशन पोखरेल -
बिराटनगर, फागुन १५ गते । रातो तारा डट कम -
नेपाली लोक गित संगीतको क्षेत्रमा नयाँ नाम हो अनुष्का घिमिरे, बिगत २  बर्ष देखी कलाकारिता गायन
मा क्रियाशिल उनी लोकदोहोरी अन्तै नाता बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेकि छिन ।

उनले हाल सम्म विभिन्न लय तथा शब्द सर्जकको विभिन्न गित गरी ६ वटा गितहरु बजारमा पठाइसकेका छन् भने अन्य थुप्रै गीतहरु अझै बजारमा आउने तयारीमा रहेको गायिका अनुष्काको भनाई रहेको छ । नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि वन्दै गएको अवस्थामा पनि लोक गित संगितलाई हामीले बचाएर राख्नुपर्छ भन्ने सोचमा उनी गायन यात्रामा लागेकी छिन।

नुवाकोटको सम्भुढुङगामा वि. स २०५२ साल असोज १८ गते जन्मिएकी उनी सानै उमेर देखी गायनमा विशेष रुचि राख्ने गरेको उनका साथी हरुको भनाई रहेको छ । आफनो आवाजलाई संगितिक आकाशमा प्रवाह गर्न पाउदा आफु लाई वेग्लै हौसला मिलेको उनी बताउछिन । नेपाली कलाकारितामा क्रियाशिल रहेको नयाँ आगन्तुकलाई खोज्ने क्रममा हाम्रा प्रतिनिधि रोशन पोखरेलले नव गायिका अनुष्का घिमिरे सगँ गर्नु भएको अन्तरंग कुराकानि ।

आजकाल के गदै हुनुहुन्छ ?
म आजभोली काठमान्डौको बुढानिल्कण्ठमा  बालहित संरक्षण केन्द्र भन्ने असाहाय बालवालिकाहरुको लागी हेरविचार गर्ने सस्था छ त्यसमा नै समाजसेवाको भावनाका साथ भाई बहिनीको संरक्षणमा लागी परेको छु ।  साथै , नेपाली लोक गित संगितमा पनि क्रियाशिल रहेको छु । आगामी नयाँ गितको तयारीमा रहेको छु ।

कलाकारितामा तपाई कसरी प्रवेश गनुभयो नी  ?
सानै उमेरदेखी  काठमान्डौमा हुदाँ विद्यालय स्तरका  कार्यक्रममा पनि सहभागि हुन्थे विशेषत मलाई सानै उमेरमा रेडियो , टेलिभिजनमा बझने गित संगितमा विशेष ध्यान जाने गर्थियो अनि सुरुमा रहरै रहरमा गित गाउने इन्छा जाग्दै गयो अनि पछि गएर नेपाली कला संगितमा पनि लाग्नुपर्छ है जस्तो महसुस भयो अनी मैले गित लेख्न गाउन अनि गित संगित प्रतिमोह बढदै गयो ।

तपाईको बाल्यकाल कहाँ वित्यो नी  ?
काठमान्डौको बासिक भन्ने ठाउँमा बाल्यकाल वित्यो । म सानै उमेर देखी ज्यादै चन्चले प्रकारको केटि भएर होला सवै सगँ मिलि हाल्ने र   प्रतियोगितात्मक कार्यक्रमको कुरा सुन्ने वितिकै सहभागि हुने हकि स्वभावको बानी थियो मेरो । सानै देखी हरेक सास्कृतिक कार्यक्रममा गित संगितमा गाउने गर्थे । अनि विद्यालयमा हुदाँ खुव कविता लेखियो  ।

परिवारमा कति जना सदस्य हुनुहुन्छ ?
५   जना  दाजु भाई २ जना दिदि वहिनी छौ हामी ।
गित सङ्गितमा लाग्ने सोच कहिले बन्यो र कहाँ बाट सुभारम्भ भयो ? म सानै देखि अतिरिक्त क्रियाकलापमा सकृय थिए, गित गजल बक्तित्वकला बादबिबाद हाजिरीजबाफ आदि इत्यादिमा सधै पुरस्कृत भैरहन्थे, गित गित संगीत मै लागौंला भन्ने सोच त थिएन तर नाम हुने सबैले चिन्ने काम गर्छु भन्ने थियो ,त्यसै क्रममा काठमान्डौमा रहेका साथीहरुको प्रेरणमा गित गाउने जोस बढेर आयो  आएपछि गित संगित सिक्नको लागी रहर लाग्यो अनि कलाकारिता क्षेत्रमा लाग्ने निर्णय गरे ।

प्राय लडिज कलाकारहरु अलिक धमण्डी हुन्छन रे  ?
हा हा हा  मानिसमा हरेक कुराको धमण्ड त हुन्छ नै । तर म अरु जस्तो धमण्डि बानि व्यावहार चै छेैन । अलिक मिलनसार भएर होला सवैको माया , ममता र स्नेह मैले पाएको छु ।

आजसम्मयहाँ द्वारा स्वरबद्ध गरिएको पहिलो गित कुन हो ?
अन्तै नाता जोड , दोश्रो  झुटो रहेछ तिम्रो माया बाध्यता एउटा हो जुन गित मा मैले अवसरको सुरुवाता मलाई श्रोता माझँमा आफनो आवाजको कला प्रस्तुत गर्ने अवसर पाएको थिए । जुन गित नेपाली मिडियामा राम्रो सगँ छाप पार्न सफल भयो । र आगामी दिनमा पनि संगितमा लागेर केह ीगर्न सकिने आधार बन्ने गित बन्न सफल भयो ।

तपाइँ बिबाहित हो कि अविवाहित ?
हा हा हा हजुर म अबिबाहित हुँ । अव चै केटा खोज्ने  विचारमा छु ।हा हा हा  बुढि छु जस्तो लाग्यो र हजुरलाई
अविवाहित हुनुहुदो रहेछ कतिको प्रेम प्रस्ताव आउछ नी
दिन दिनै नयाँ नयाँ साथी हरुले प्रेम प्रस्ताव राख्नुहुन्छ तर तर यस विषयमा मैले खोजे अनुसारको मानिस चै हालसम्म पाएको छैन ।

तपाई प्रेम मा कतिको विश्वास गर्नुहुन्छ ?
म प्रेममा धेरै विश्वास गर्छु । हामी कलाकार भएपछि सवैले माया गर्नुहुन्छ त्यसलाई हामीले सकारात्मक रुपमेै लिनुपर्छ होला जस्तो मलाई लाग्छ ।

तपाई कस्ताो साथी मन पराउनुहुन्छ ?
मलाई असल साथी धेरै मनपर्छ मनपर्छ । यस्तो उस्तो भन्ने कुनै क्राइट एरिया चै छैन मेरो लागी जो साथी सुख का साथै दुखमा पनि सहयोगको भावना होस त्यस्तो साथी मलाई औधि मनपर्छ ।

मेकअपमा कतिको खर्च हुन्छ ?
लेडिज हुँ सामान्य खर्च भै हाल्छ नी हेैन र ।तर अनावश्यक फजुल खर्च गर्ने बानि चै छैन मेरो ।
आफ्ना श्रोता तथा दर्शकहरुको राती कत्तिको फोन आउँछ ? अनि कतिको मोवाइलमा खर्च गर्नुहुन्छ ?
म सागितिक क्षेत्रमा क्रियाशिल भएकाले होला फोन त सुभचिन्तकको आइनै हाल्छ ।

 मेरो कामलाई डिस्टव हुने गरि चै आएको छैन । आफु पनि फुसर्दको समयामा अनाथ आश्रममा क्रियाशिल हुने भएकाले होला त्यति बास्ता हुदैन । मोवाइल बोके पछि सामान्य खर्च त भै हाल्छ नी हौन मासिक ५०० लाग्छ मेरो ।

विवाह मागी की प्रेम गर्ने ?
मागेर पनि अहिलेको समयमा विवाह हुन्छ त । भागेर गर्ने हो हा हा हा हा  मागी विवाह लाई नै प्राथमिकता दिने विचारमा
छु ।

राती राती आफ्ना शुभचिन्तक बाट फोन आइरहदा घरमा सदस्यको प्रतिक्रिया कस्तो आउछ  ?

राति कहिले काहि अलिक बढि नै कल आउने गर्छ कहिले काहि दिक्क महशुस पनि हुन्छ तर साथी हरुले आल सम्म अफटयारो हुने किसिमले चै कल गर्नु भएको छैन

हरेक दिनको दैनिकी कसरी सुरु हुन्छ ?
म विहान उठने वितिकै आफनो नित्य कर्म गर्छु जुन सवै मानिसले गर्नुहुन्छ । त्यस पछि म एक घन्टा गितको साधना गछु , हाम्रो अनार्थ बालबालिकाको आश्रम छ त्यसमा अधिकाश समय समय विताउछु र फुसर्दको बेलामा म गित संगित रेकड गर्न जान्छु ।

कलाकारिता क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुु पर्छ ?
कलाकारिता क्षेत्रको विकाशको लागी सर्वप्रथम त राज्य बाट नै नव कलाकार र ख्याति प्राप्त कलाकारका पिडा बुझने गरि कानुन को आवश्यकता देख्छु । जुन लोक परम्परा मा आधारित रहेर आफनो कला यात्रा गरिरहनुभएको छ । त्यसलाई सम्मान गर्नुपर्छ जस्तो लाग्छ ।

मिडियाको भुमिका ?
मिडिया भनेको राज्यको चौथो अंग हो ।त्यस कारण हरेक गित संगितलाई समावेशी तरिकाबाट लोक गित , आधुनिक गित, पप गित सवै गित प्रति समान धारणका साथ आफनो प्रकाशन तथा प्रसारण गृहबाट यथासम्भव साथ दिनुपर्छ । साथै कलाकारितालाई विकृतिको रुपमा नलिएर हामीले आफनो परम्पराको रुपमा लिनुपछिै,भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?

म दुबैलाइ उत्तैकै बिस्वास गर्छु , कर्म गरे भाग्य ढिलो चाडो अबश्य बन्नेछ । अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ ?

तपाईहरुको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु साथै तपाईहरुको यो मिडियाको अझ प्रगती को लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगितलाई माया गर्नुहोला र नव प्रवेशी लाई पनि साथ र सहयोग दिनुहोला भन्न चाहन्छु ।

धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउनी मौका दिनु भएकोमा, यो रातो      तारा डट कमले अनलाइनले सबैको मन जितोस भन्न चहान्छु।




युवराज ठकुरी/सिंहदेवी,मोरङ, फागुन १४ गते । २०७३,
रातो तारा डट कम -उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवीमा रहेको कल्याणकारी माविको स्वर्णमहोत्सवको दोस्रो दिन विविध सास्कृतिक साथ सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय लिम्बू जातिको धान नाच,सिक्किमका हास्यव्यङ्ग्य कलाकार विवि केरुङको हास्यव्यङ्ग्य प्रस्तुति, गायक गोबिन्द चेम्जोङ र सोनु लिम्बूको गीत बिराटकला केन्द्र विराटचोकका कलाकारहरुको आकर्षक नृत्यले कार्यक्रमको माहोल तताएका थिए।

सास्कृतिक कार्यक्रम कविन्द्र लिम्बू र लक्ष्मी बान्तवा राईले संचालन गरेको उक्त कार्यक्रममा युवराज ठकुरी अज्ञानी,राजेश लिम्बूलगायतले एक दर्जन गजल वाचन गरेका थिए।

काङ्ग्रेस पुर्वमहासमिति सदस्य तथा खदम क्याम्पस केराबारीका अध्यक्ष दिलिप सापकोटाको प्रमुख आतिथ्य र बिराट पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम शर्मा अधिकारी,नोबेल मेडिकल कलेजका सुनिल शर्माको विशेष आतिथ्यता दोस्रो दिनको स्वर्णमहोत्सव सम्पन्न भएको हो।

कार्यक्रम फागुन १३गते देखि १६गते सम्म संचालन हुने आयोजक कमिटीले जनाएको छ।



बिराटनगर, फागुन १४ गते  रातो तारा डट कम,
सुनसरीको चाँदवेला ९ स्थित वर्छवामा १३ वर्षिय वालिकाको विभत्स हत्या गरी पुरेर राखेको अवस्थामा शव फेला परेको
छ ।

घर नजिकै कलर्भटको पाईपमा विभत्स हत्या गरी पुरेर राखेको ठाउँमा १३ वर्षिय वालिका अनिताकुमारी मुडीयारीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मुडीयारीको शव घरको दक्षिण पट्टि परीएर राखीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिनुभयो  ।

उहाँले  वालिकालाई वलत्कार गरी हत्या गरेको हुन सक्ने र आफुहरुले ले पोष्टमार्टम गर्न विपि कोईराला  विज्ञान प्रतिष्ठान धरान पठाईएको जानकारी दिनुभयो  । हामीले पुरेर राखेको ठाउँबाट लास निकाल्दा हत्यार गरी लुकाएको हो भन्ने प्रमाणित हुन्छ वाँकी पोसमार्टम रिपोर्ट नै हेनुै पर्छ एसपी पोखरेलले भन्नुभयो ।

घर देखि करिव ४ सय मिटर आसपासको क्षेत्रमा मुडीयारीको शव भेटिएको थियो । वलत्कार पछि यसरी हत्या गरी फालेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी आज  विहान सर्वसाधरणहरुले खवर गरे पछि त्यहा पुगेको थियो ।

वालिकाको हत्या वलत्कार पछि हुन सक्ने प्रहरीले प्रारम्भीक अनुसन्धान थालेको जनाएको छ । पछिल्ले समयमा सुनसरीमा हत्याको घट्नाहरु वढिरहेको छ । केहि समय अघि मात्र दुहवीमा घरमा काम गर्ने महिलाको हत्या भएको थियो ।



विराटनगर, फाल्गुन १४ गते। रातो तारा डट कम,
संखुवासभाको मकालु मकालु गाविस-७ बस्ने अमृतलाल राईको घरमा आगलागी हुँदा राईको तीन लाख बराबरको क्षति भएको छ।

साँझ ६ बजे खाना पकाउनेक्रममा राईको घरमा अचानक आगलागि भएको हो। आगलागीबाट ढुङ्गा माटोले बनेको दुई तले घर तथा घरभित्र रहेको सम्पुर्ण सामानहरु जल्दा तीन लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानीय प्रहरी र गाउँलेको सहयोगमा साँझ १८:४० बजे नियन्त्रण गरिएको छ। यसैगरी सप्तरीखो राजविराज नगरापलिका ७ स्थित राम राउतको घरमा साँझ साढे सात बजेतिर बिधुत सर्ट भई आगलागी भएको छ।

आगलागीबाट राउतको टाटी बेरा र टिनले बनेको एक घर जल्दा अन्दाजी दुई लाख पचास हजार बराबरको क्षति भएको छ। आगलागी स्थानीय प्रहरी, दमकल र गाउँलेको प्रयासमा साँझ १९:४५ बजे नियन्त्रण गरिएको छ।



बिराटनगर  फाल्गुन १४ गते। रातो तारा डट कम-
मोरङको भातिगंज गाविस -२ स्थित शुक्रबार राती भित्री सडकमा मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मोरङ भातिगंज २ बस्ने ३० बर्षियको पशुपती राजबंशी, बर्ष ३० को धनिराम राजबंशी, बर्ष ३३ को रमेश राजबंशी, बर्ष २० को श्रीनन्दन राजबंशी रहेका छन्।

घट्नाको सुचना पाउनासाथ वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो। सो समुहले बिराटनगर-९ स्थित मेडिकल पसलबाट मोटरसाईकलमा घर फर्कने क्रममा भातिगंज-४ बस्ने रोहित यादव र भरत यादवलाई लुटपाट गर्न खोजेको आरोपमा पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।



ईश्वर थापा-
धनकुटा, फागुन १४ गते ।  रातो राता डट कम-
नेविसंघले धनकुटा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ। निर्वाचनकै लागि फर्जी विद्यार्थी भर्ना गराइएको र राजनीतिक दलमा आबद्ध व्यक्तिलाई निर्वाचन अधिकृत तोकिएको भन्दै नेवि संघले क्याम्पसमा तालाबन्दी गरेको हो।

चुनाव गराउन असहस भएको भन्दै श्याम वाग्लेले बुधवार राजीनामा दिएपछि बिहीबार उपप्राध्यापक नन्द न्यौपानेलाई स्ववियु निर्वाचन अधिकृत नियुक्त गरिएको थियो। न्यौपाने एमालेको जिल्ला कमिटी सदस्य भएकाले निष्पक्ष निर्वाचन नहुने पक्का भएको नेवि संघका जिल्ला सभापति तथा धनकुटा बहुमुखी क्याम्पसका स्वावियु सभापति उम्मेदवार बालानन्द दाहालले जानकारी दिए।

फर्जी विद्यार्थी र स्वतन्त्र व्यक्ति निर्वाचन अधिकृत नियुक्त नभएसम्म ताला नखोल्ने उनले बताए। निर्वाचन अधिकृत न्यौपानेले भने राजनीतिक पार्टीको व्यक्ति भन्नु भन्दा पनि उसले निर्वाह गर्ने भूमिका सही छ या गलत भन्ने छुट्याउन आग्रह गरे।

यता क्याम्पस प्रमुख निरञ्जन वस्तीले क्याम्पसमा फर्जी विद्यार्थी नभएको दाबी गर्दै समस्या समाधानका लागि वार्ताको प्रयास भइरहेको बताए।



विराटनगर,फागुन १४ गते। २०७३, रातो तारा डट कम- पूर्वाञ्चलमा पहिलोपल्ट विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ । उद्योग सङ्गठन मोरङद्वारा विराटनगरमा आयोजित विराट एक्स्पो–२०७३ अन्तर्गत हिमाली क्षेत्रको अवलोकन गराएर पर्यटक क्षेत्रको प्रचार प्रसार गर्नु मुख्य उद्देश्यका साथ तीन दिनका लागि सो फ्लाइट सेवा आजवाट सुरुभएको बिमानस्थलमा पत्रकार  सम्मेलन गरेर आयोजकले जानकारी गराएका थिए ।

यति एयरलायन्सको विमानबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र गौंरीशङ्कर हिमालको अवलोकन गराउने
बताइएकोछ । उक्त विमानबाट दिनमा एकपल्ट १९ जना यात्रुले सो हिमाली क्षेत्रको अवलोकन गर्छन् ।

विराटनगर विमानस्थलबाट आज सुरु भएको पहिलो फ्लाइटबाट, उधोग संगठ मोरङका अध्यक्ष मुकेश उपाध्यया, प्रजिअ यज्ञप्रसाद कोइराला, प्रहरी नायवमहानिरीक्षक रमेश भट्टराई,पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, सहित १९ जना सहभागी हुनुभएको छ ।

दिनमा एकपल्ट गरी तीन दिनसम्म जारी रहने सो सेवाका लागि प्रति यात्रुबाट रु नौंहजार रकम लिने गरिएको भविस श्रेष्ठले  पत्रकारहरू लाई जानकारी गराउनु भएको थियो ।




काठमाडौं, फागुन १४ गते । रातो तारा डट कम-फाएल फोटो,
नेपाली सेनाले खोलेको काठमाडौं–तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडकखण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ । कुल ७६ दशमलव ४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको मात्र ट्र्याक खोलिएको छ ।

काठमाडौं–तराई(मधेस फास्ट ट्रयाक सडक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यका अनुसार छैमलेदेखि सिस्नेरी–दोभान–निजगढ हुँदै लेनडाँडासम्म सुक्खायाममा यातायात सञ्चालन हुने नयाँ पत्रिका दैनिकमा समाचार छ ।

ललितपुरको सैंबु, खोकना, बुङमती र डुकुछाप क्षेत्रमा अझै ६ दशमलव ४ किलोमिटरमा पर्ने जग्गा खरिद तथा मुआब्जासम्बन्धी काम बाँकी रहेको छ । यही क्षेत्र हुँदै फास्ट ट्र्याक निर्माण हुने भए पनि जग्गा प्राप्ति भइनसकेकाले वैकल्पिक सडकका रूपमा छैमलेदेखि सिस्नेरी–दोभान हुँदै फास्ट ट्रयाक भेट्ने गरी यातायात सञ्चालन सुरु गर्न लागिएको हो ।

‘यातायात सञ्चालन गर्न ट्रयाक सफा गर्ने काम भइरहेको छ,’ आयोजना प्रमुख शाक्यले भने, ‘मिति किटान गर्न नसके पनि चाँडोभन्दा चाडो यातायात सञ्चालनमा ल्याउँदै छौँ ।’

आयोजना कार्यालयले निजगढ र छैमले दुवैतिरबाट सवारी गुड्न सक्ने ट्र्याक तयारीको काम भइरहेको जनाएको छ । त्यसका लागि दुवैतिरबाट डोजरले काम गरिरहेका छन् । केही दिनअघि गरिएको स्थलगत निरीक्षणले पनि हिउँद याममा सवारीसाधन गुड्न सक्ने सम्भावना रहेकाले सञ्चालनको तयारी थालिएको आयोजना प्रमुख शाक्यले जानकारी दिए । सेनाले ०६६ देखि ७० सालसम्म चार वर्ष लगाएर एक सय १० किलोमिटर ‘पाइलट ट्रयाक’ खोलेको थियो ।

आयोजनाको जग्गा प्राप्तिमा मात्र ६ अर्ब आवश्यक
फास्ट ट्र्याकका लागि आवश्यक जग्गा प्राप्ति गर्न मात्रै कुल ६ अर्ब २४ करोड रुपैयाँ आवश्यक पर्ने भएको छ । त्यसमध्ये काठमाडौं–तराई(मधेस फास्ट ट्र्याक सडक आयोजनाले अहिलेसम्म तीन अर्ब २४ करोड रुपैयाँबराबरको रकम ट्रयाक खोल्न र जग्गाधनीलाई मुआब्जा वितरणमा खर्च गरेको छ ।

त्यसमध्ये ९४ करोड ४४ लाख रुपैयाँ भने ट्र्याक खोल्न खर्च भएको छ । अझै दुई अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने आयोजना प्रमुख सत्येन्द्र शाक्यले जानकारी दिए ।

आयोजनाले ७० किलोमिटर सडकका लागि आवश्यक जग्गा प्राप्ति गरिसकेको छ । यो आवश्यक जग्गा अधिग्रहणमध्ये ९३ प्रतिशत हो । बाँकी रहेको ६ दशमलव ४ किलोमिटर सडकका लागि दुई अर्ब ८० करोड रुपैयाँ आवश्यक रहेको आयोजना कार्यालयले जानकारी दिएको छ । ललितपुरको सैंबु, खोकना, बुङमती र डुकुछाप क्षेत्रमा पर्ने ९६।४ किमि० जग्गा प्राप्ति गर्न मुआब्जामा विवाद भएपछि अझै वितरण हुन पाएको छैन ।

सो क्षेत्रका बासिन्दाले जग्गाको मूल्य निर्धारण कम भएको भन्दै निर्धारित मुआब्जा लिन मानेका छैनन् । ‘उपत्यकाको जग्गा भएकाले चलनचल्तीको दरभन्दा धेरै मूल्य राखि“दा पनि स्थानीयले असन्तुष्टि देखाएका छन्,’ आयोजना प्रमुख सत्येन्द्र शाक्यले भने ।

तर, यही क्षेत्रमा मुआब्जामा चित्त बुझाएका धरधनीलाई ४० करोड रुपैयाँ भने वितरण गरिसकेको छ । जग्गा प्राप्तिबाहेक समस्या भएको क्षेत्रमा रहेका घर, टहरा, बोट–विरुवालगायतको मूल्य थप २० करोड रुपैयाँ आवश्यक पर्ने जिल्लाको मूल्य निर्धारण समितिले अनुमान गरेको छ ।
nepali news bat




 
युवराज ठकुरी/सिंहदेवी,मोरङ, फागुन १४ गते । २०७३,
रातो तारा डट कम,उत्तरी मोरङ सिंहदेवीमा अवस्थित कल्याणकारी माविको स्वर्णमहोत्सवको उद्घाटन पुर्वसस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री ,सुनसरी क्षेत्र न.९का साम्सद भीम आचार्यद्वारा उद्घाटन गरिएको छ।

समारोहलाई सम्बोधन गर्दै सिंहदेवी पर्यटकीय विकासले चिनिदै गएकाले यहाँ रहेका विद्यालयमा उच्च शिक्षा अध्यापन गर्ने हो भने होटल म्यानेज्मेन्ट विषयको अध्यापनको प्रचुर सम्भावना रहेको बताएका छ्न।

महोत्सवको पहिलो दिन उद्घाटन समारोहमा नेकपा एमाले मोरङ जिल्ला कमिटी इन्चार्ज रुपनारायण श्रेष्ठ,जिल्ला कमिटी अध्यक्ष बिनोद ढकाल लगायत,चन्दादाता,जग्गादाता,भुपु विद्यालय व्यबस्थापन समितिका अध्यक्षहरु,भुपु प्रधानाध्यापक,विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।

विद्यालय ५०औं वर्ष पुगेको अवसरमा फागुन १३गते देखि १६गते मनाउन लागिएको उक्त महोत्सवमा उद्घाटनका दिन विभिन्न जातजातिका झाकीहरु राई जातिको चन्डी,लिम्बू जातिको ढोल प्रस्तुत गरिएको थियो।

स्वर्णमहोत्सवको उद्घाटनमा विभिन्न व्यक्तित्व सम्मानित भएका छ्न।सम्मानित हुनेहरुमा विद्यालयका संस्थापक संयोजक स्व बिष्णुबहादुर खाण ठकुरीकि धर्मपत्नी बिष्णुमाया खाण ठकुरी, जग्गादाता,संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर शाहीको छोरा अनरबहादुर शाही,उर्मिला लिला अक्षयकोषका संरक्षक गुणमाया लिम्बू,भुपु प्रअहरु चन्दादाताहरु रहेका छ्न।

शिक्षक डब्लुबिक्रम खाण ठकुरीको सन्चालन मुलसमारोह समितिका संयोजक विव्यस अध्यक्ष दिलिपकुमार ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा हेमबहादुर ठकुरीद्वारा स्वागत मन्तव्य र प्रअ बसन्तकुमार खाण ठकुरीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा छात्रछात्राहरुद्वारा नृत्य र लोक गायिका अन्जु गौतम र मन्जु गौतमले लोक गीत मार्फत कार्यक्रमको माहोल तताएका थिए।



युवराज ठकुरी/सिंहदेवी,मोरङ, फागुन १३ गते । २०७३,
रातो तारा डट कम,उत्तरी मोरङ सिंहदेवीमा अवस्थित कल्याणकारी माविको स्वर्णमहोत्सवको उदघाटन पुर्वसस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री ,सुनसरी क्षेत्र न.९का साम्सद भीम आचार्यद्वारा उदघाटन   गरिएको छ।


महोत्सवको पहिलो दिन उदघाटन समारोहमा नेकपा एमाले मोरङ जिल्ला कमिटी इन्चार्ज रुपनारायण श्रेष्ठ,जिल्ला कमिटी अध्यक्ष बिनोद ढकाल लगायत,चन्दादाता,जग्गादाता,भुपु विद्यालय व्यबस्थापन समितिका अध्यक्षहरु,भुपु प्रधानाध्यापक,विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।

विद्यालय ५०औं वर्ष पुगेको अवसरमा फागुन १३गते देखि १६गते मनाउन लागिएको उक्त महोत्सवमा उद्घाटनका दिन विभिन्न जातजातिका झाकीहरु राई जातिको चन्डी,लिम्बू जातिको ढोल प्रस्तुत गरिएको थियो।

 स्वर्णमहोत्सवको उद्घाटनमा विभिन्न व्यक्तित्व सम्मानित भएका छ्न।सम्मानित हुनेहरुमा विद्यालयका संस्थापक संयोजक स्व बिष्णुबहादुर खाण ठकुरीकि धर्मपत्नी बिष्णुमाया खाण ठकुरी, जग्गादाता,संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर शाहीको छोरा अनरबहादुर शाही,उर्मिला लिला अक्षयकोषका संरक्षक गुणमाया लिम्बू,भुपु प्रअहरु चन्दादाताहरु रहेका छ्न।

  शिक्षक डब्लुबिक्रम खाण ठकुरीको सन्चालन मुलसमारोह समितिका संयोजक विव्यस अध्यक्ष दिलिपकुमार ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा हेमबहादुर ठकुरीद्वारा स्वागत मन्तव्य र प्रअ बसन्तकुमार खाण ठकुरीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा छात्रछात्राहरुद्वारा नृत्य र लोक गायिका अन्जु गौतम र मन्जु गौतमले लोक गीत मार्फत कार्यक्रमको माहोल तताएका थिए।


युवराज ठकुरी/सिंहदेवी,मोरङ,२०७३,रातो तारा डट कम,
सुगम जिल्लाको दुर्गम गाविस सिंहदेवीमा अवस्थित कल्याणकारी माविको स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयका संस्थापक संयोजक बिष्णुबहादुर खाण ठकुरीको स्मृतिमा उनका छोराहरुद्वारा अक्षयकोष निर्माण गरिएको छ।

विद्यालय स्थापनामा बुबाको योगदानको स्मरण गर्दै पुर्खाहरुले गरेको योगदानलाई कहिलेपनि कसैले पनि बिर्सन नहुने भन्दै विद्यालयको प्रगतिको लागि,गरिब जेहेन्दार विद्यार्थीलाई केही सहयोग पुगोस भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छोरा गजेन्द्र खाण ठकु२रीले बताए।अक्षयकोषको राशी रु१०५५५५/- रहेको छ।

स्वर्णमहोत्सवको उद्घाटन समारोहमा बिष्णुबहादुर खाण ठकुरीका जेठा छोरा कृष्णराज खाण ठकुरीले विव्यसका अध्यक्ष दिलिप ठकुरीलाई चेक हस्तान्तरण गरेका थिए।



बिराटनगर, फागुन १३ गते। सरकारले सांसद विकास कोषको बजेट बर्सेनी बढाउँदै आएको छ । निर्वाचन क्षेत्र विकासका नाममा ठूलो धनराशी खर्च भए पनि उपलब्धी भने न्यून देखिने गरेको छ । मोरङ जिल्ला पनि रकम दुरुपयोगको समस्याबाट अछुतो छैन । सरकारले गएको वर्ष प्रति सांसद १ करोड ५० लाख खर्च गर्न पाउने सीमालाई बढाएर यो वर्ष ३ करोड रुपैयाँ पुर्‍याएकोछ ।

राजधानी काठमाडौंपछि सवैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला मोरङ हो । मोरङमा ९ वटा निर्वाचन क्षेत्र छन् । नौ निर्वाचन क्षेत्रका लागि दुई शीर्षक अन्तर्गत चालू आर्थिक वर्षमा ४० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मोरङमा समानुपातिकसहित २७ जना सांसद छन् । चालू आर्थिक वर्षमा ती सांसदमार्फत २७ करोड र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि १३ करोड ५० लाख रूपैयाँ जिल्लामा भित्रिएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङका प्रमुख किशोरकुमार वरालका अनुसार दुवै शीर्षकमा जिल्ला भित्रिएको रकममध्ये जिल्ला विकास कार्यालय मोरङले पहिलो किस्तामा १० करोड १२ लाख ५० हजार रुपैयाँ निकासा गरिएको छ ।

१५ सयको संख्यामा योजना छनौट
मोरङ जिल्लामा निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम शीर्षक अन्तर्गत आएको वजेटमार्फत चालू आर्थिक वर्षका लागि १ हजार ५ सय वढी योजना छनौट भएको छ ।

निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्रका लागि ३ करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रति सांसद ५० लाख रुपैयाँ जिल्ला भित्रिएको हो । छनौटमा परेका अधिकांश योजनाहरु साना र टुक्रे योजना प्राथमिकतामा पारिएका छन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत बाटो पूर्वाधारका अधुरा काम प्राथमिकतामा परेका छन् । निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि छुट्याइएको ५० लाख रुपैयाँमा सांसद र कार्यकर्ताको इच्छाअनुसार साइकल वितरणदेखि ब्यूटी पार्लर र सिलाइ कटाईसम्मका १ हजार बढी संख्यामा योजना छनोटमा परेका छन् ।

विषेश गरी सांसदहरुले निर्वाचन क्षेत्र कायक्रमअन्तर्गत छनोट गरेका योजनाहरुमध्ये आधा भन्दा बढी योजना क्षमता विकासका नाममा कार्यकर्ता पोस्ने खालका योजना केन्दि्रत गरिएका छन् ।

विगत झैँ यो वर्षपनि क्षमता विकासका नाममा धेरै संख्यामा योजना छनौट परेको जिल्ला विकास समिति मोरङका योजना अधिकृत डम्वरवल्लभ वरालले जानकारी दिए ।
उनले अहिले छनौटमा परेका योजनाहरुमध्ये धेरैजसो योजना उपभोक्ता समिति मार्फत ठेक्काका लागि काम अघि वढीसकेको समेत जानकारी दिए ।

सडकको योजना प्राथमिकतामा
९ वटा निर्वाचन क्षेत्र रहेका मोरङमा सवैभन्दा वढी पुर्वधार शीर्षकमा सडक निर्माण र स्तरोन्नति गर्ने योजना धेरैजसो छनौटमा परेका छन् ।

क्षेत्र नम्बर १ का सांंसद ऋसिकेश पोखरेलले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तरगत पाएको बजेट २३ वटा योजना छनौट गरेका छन् । उनले खर्च हुने योजनाहरुमध्ये सडक ग्राभेल मात्र ११ वटा छन् । ती सवै योजना सात लाख भन्दा माथिका छन् ।

क्षेत्र नम्बर २ का संसद चण्डीप्रसाद राईले खर्च गर्ने १६ वटा योजना मध्ये ११ वटा योजना सडकको स्तरोन्नति र ग्राभेल गर्ने छन् ।

त्यस्तै क्षेत्र नम्बर ३ का सांसद दिलिप गच्छदारले पनि बाटो कल्भट निर्माणका नमामा ७ वटा योजना बनाएर खर्च गर्ने
छन् ।

क्षेत्र नम्बर ४ का सांसद शिवकुमार मण्डलले पाएको रकम खर्च गर्ने २१ वटा योजनामध्ये सवैभन्दा वढी १८ वटा सडक स्तरोन्नती नै छ ।

क्षेत्र नम्बरं ५ का सांसद अमृत अर्यालले खर्च गर्नेमध्येका १८ वटा टुक्रे योजनामध्ये ११ वटा सडक स्तरोन्नतिका मात्र छन् ।
क्षेत्र नम्बर ६ का सांसद महेश आचार्यले सडक स्तरोन्नति र भवन निर्माण सहितका २२ वटा योजनामा ३ करोड रूपैयाँ खर्च गर्नेछन् ।

त्यस्तै क्षेत्र नम्बरं ७ का सांसद शेखर कोइरालाले ९ वटा सडक ग्राभेलसहित २० वटा योजनामा खर्च गर्ने छन् ।
त्यस्तै क्षेत्र नम्बर ८ का संसद चन्द्रबहादुर गुरूङले ८ वटा सडकस्तर ग्राभेल र कालोपत्रेसहित २२ वटा योजनामा ३ करोड खर्च गर्नेछन् ।

निर्वाचन क्षेत्र नम्बर ९ का संसद डिकबहादुर लिम्बूले १३ वटा सडक स्तरोन्नतिसहितका २२ वटा योजनामा ३ करोड खर्च गर्नेछन् । सभासदले खर्च गरेका योजनाहरू हेर्दा सामुदायिक भवनको तारवारदेखि चौतारो निर्माणसम्मका योजनालाई विगतका वर्ष जस्तै यो वर्ष पनि निरन्तरता दिएका छन् ।

जिल्ला विकास समितिमार्फत वार्षिक रूपमा यसरी गरिने सडक स्तरोन्नति धेरै समय टिक्न पाउँदैन । धेरैजसो जनताको प्रत्यक्ष अवश्यतामा सडक पहिलो प्राथमिकतामा परेकाले सडक निर्माणदेखि स्तरोन्नती गर्ने योजना छनौटमा वढी समावेश भएको सांसद ऋषिकेश पोख्रेलले जनाकारी दिए ।

क्षेत्र नम्वर १ का सांसदसमेत रहेका पोख्रेलले सडक निर्माण एवम् स्तरोन्नति गर्ने विषय जिल्ला परिषद, इलाका एवम् गाउँ परिषदले छनौट गरेका योजनालाई नै निरन्तरता दिँदा सडक निर्माणका योजना पहिलो प्राथमिकतामा परेको बताए ।



मोरङ,फागुन १३ गते ।  रातो तारा डट कम - बिराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान ९माउन्टेन फ्लाइट० हुने भएको छ।

विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन् ।

विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर हिमाल सहितका हिमशृङ्खला हेर्ने गरी व्यवस्था मिलाइएको आयोजक संस्था मध्यको विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले बताउनुभयो ।



उहाँका अनुसार २९–सिटे यती एअरलाइन्सको जहाजमा २२ जना जान मिल्नेगरी विराट एक्स्पोलाई लक्षित गरेर माउन्टेन फ्लाइटको व्यवस्था गरिएको छ । विराटनगरबाट पहिलो फ्लाइट शनिबार हुनेछ भने सोमबारसम्म नियमित माउन्टेन फ्लाइट हुने जनाइएको छ ।

काठमाडाँैबाट एक घन्टा ५ मिनेटमा अवलोकन गर्न सकिने हिमशृङ्खला विराटनगरबाट ५० मिनेटमा नै हुने श्रेष्ठले बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले अहिलेको अवस्थामा पूर्वमा धेरै सम्भावना रहेको भएपनि त्यो हुन नसकिरहेको अवस्थामा त्यो पुष्टि गराउन र सरकारलाई दबाब दिनका लागि यो एउटा नयाँ अभ्यास हुने तर्क गर्नुभयो ।


काठमाडौ, फागुन १३ गते । रातो तारा डट कम-
नेपाली सेनाले शिवरात्रीका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्री तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ ।



नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन् । सेना दिवसको खुसियालीमा आज साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सेनाले गीतसंगीत पनि प्रस्तुत गर्ने छ ।

कार्यक्रममा सहभागी हुने जो कोहीलाई पनि सहज र निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सैनिक मुख्यालय जंगीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म लगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिँदैछ ।

वर्तमान सेनाको सांगठनिक स्वरूपको सुरुआत १८१९ सालदेखि भएको हो । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि सुरु भएकामा हालसम्म झण्डै १ लाख १५ हजार सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त देशमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६३ जना सैनिकले जीवन बलिदान दिइसकेका छन् ।




काठमाडौं,फागुन १३ गते । २०७३, रातो तारा डट कम-
महाशिवरात्रिका दिन शुक्रबार बिहान साढे ३ बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि आज सबै ढोका खुला गरिएको छ । बिहान साढे २ बजेदेखि भक्तजनहरू दर्शनका लागि लाइनमा बसेका छन् ।

दर्शनका लागि साढे ३ बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा। गोविन्द टन्डनले जानकारी दिए।

उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । गत वर्ष सशुल्क दर्शनका माध्यमबाट कोषले ३५ लाख सङ्कलन गरेको थियो

यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । गत वर्ष सशुल्क दर्शनका माध्यमबाट कोषले ३५ लाख सङ्कलन गरेको थियो ।

‘बिहानी समयमा २० देखि २५ मिनेटमा दर्शन गरी फर्कन सकिनेछ’ टण्डनले भने । पशुपतिको पूर्व ढोका भने साढे ७ बजेपछि खुल्ने जनाइएको छ ।

महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र ४ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले फागुन ११ गतेदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् ।

महाशिवरात्रिका अवसरमा शुक्रबार बिहानैदेखि देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ ।


विराटनगर, फागुन १२ गते । रातो तारा डट कम-
महेन्द्र मोरङ क्याम्पसमा अध्ययरत एक विद्यार्थीलाई क्याम्पस अगाडी डोजरले किचेर गम्भिर घाईते बनाएको छ ।
विराटनगर – १८ का १९ वर्षिय रुपेश यादववलाई आज बिहीबार दिउँसो डोजरले किचेर गम्भिर घाईते बनाएको हो ।



बिबियस दोस्रो वर्षमा अध्ययरत यादव पढाई सकेर घर जाने क्रममा सडक निमार्ण गर्दै गरेको डोजरले किचेको थियो । घाईते यादवको उपचार विराटनगरमा रहेको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यादवको अवस्था चिन्ताजनक रहेको हस्पिटलले जनाएको छ ।

यादवलाई डोजरले किचेपछि आक्रोसित भएका विद्यार्थीको भिडले डोजरमा आगजनी समेत गरेको मोरङ प्रहरीले जनाएको छ । समयमै आगजनी स्थलमा प्रहरी पुग्न सफल भएपछि डोजरको केही भाग मात्र आगजनी भएको थियो । प्रहरीले आक्रोशित भिडलाई नियन्त्रण गर्न दुई राउण्ड हवाई फायर समेत गरेको विद्यार्थीहरुको भनाई छ ।

यता विद्यार्थीहरुले डोजर चालकलाई कारवाहीको माग गर्दै प्रदर्शनीमा उत्रिएका छन् । विराटनगरको रोडशेष चोकमा नाराबाजी गर्दै उनीहरुले नगर क्षेत्रको कलेज, स्कूलहरु समेत बन्द गराएका छन् । विद्यार्थीहरुले चालकलाई तत्काल कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा नाराबाजी गरिरहेका छन् ।


विराटनगर, फाल्गुण १२ गते । रातो तारा डट कम-
नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारी र ट्यांकर मजदुरबीचको वार्ता सकारात्मक भएको छ ।

आज बिहान भएको वार्ता मिलेसंगै मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् । आजैदेखि पूर्वाञ्चलमा इन्धन ढुवानी सुरु गरीएको छ ।

केही दिनदेखिको ट्यांकर मजदुरहरुको आन्दोलनका कारण पूर्वमा इन्धनको अभाव देखिन थालेको थियो । नेपाल आयल निगम पुर्वाञ्चल क्षेत्रीय कार्यलय विराटनगरमा कार्यरत कर्मचारी र ट्याङकरका सह–चालक बिचको बिबादले उपभोक्ताले प्ट्रोलीयम पदार्थ सहज रुपमा पाउन सकेका थिएनन् ।

गत फागुन ८ गते ना ४ ख ४१५० नम्बरको ट्याङकरका सहचालक किरण बम्जन र नेपाल आयल निगम क्षेत्रीय कार्यालयका कर्मचारी भरतकुमार मण्डल बिच बिबाद भएपछी ट्याङकर चालकहरुले ईन्धन ल्याउन र खन्याउन छाडेका थिए ।

सहचालक बम्जनलाई तिन महिना आयल निगमको डिपो छिर्न नदिने कारवाही गरेपछी ट्याङकर चालकहरु आन्दोलीत भएका थिए ।

आजको वार्तामा सहचालक बम्जनलाई १५ दिन मात्र निगमको डिपो छिर्न नदिने कारबाही गर्ने सहमती भएपश्चात दुइपक्ष बीचको वार्ता मिलेको हो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.