Websoft University

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दीसहित आमरण


काठमाडौं, फागुन १६ गते । नेपाल पत्रकार महासंघ केन्द्रीयकार्यालयमा नेपाल प्रेस युनियन आवद्ध दुई जिल्लाका दुईजनापत्रकार तालाबन्दीसहित आमरण अनशनमा बसेको ५ दिपूरा भएको छ ।





पाँचथरका जिल्ला अध्यक्ष लवदेव ढुंगाना र इलामका शाखा सदस्य प्रेम अधिकारी पत्रकार महासंघको मूलगेटमा ताला लगाएर फागुन ११ गतेदेखि आमरण अनशनमा बसेका हुन् ।
आन्दोलनकारी र महासंघ नेतृत्वबीच समस्या समाधानको पहल भइरहेको जानकारी महासंघ पदाधिकारीले दिएका 
छन् । महासचिव उजिर मगरका अनुसार सहमति लगभग अन्तिम बिन्दुमा पुगेको छ ।

फागुन ३ गतेदेखि विभिन्न जिल्लामा महासंघका जिल्ला अधिवेशनहरु सुरु भएका थिए । अधिवेशनको अघिल्लो दिन सदस्यता विवाद देखाउँदै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा ताला लगायो ।

युनियन नेतृत्व र महासंघबीच संवाद भएर ताला खोलेको दुई दिनपछि ढुंगाना र अधिकारीले आमरण अनशन सुरु गरे ।
कहाँ-कहाँ छ विवाद
हरेक तीन वर्षमा नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन हुन्छ भने निर्वाचनको समयमा सदस्यता शुद्धीकरणको प्रसंग उठ्ने गर्छ । फागुन ३ गतेदेखि २५ गतेसम्म विभिन्न जिल्ला शाखाको निर्वाचन गर्ने भन्दै महासंघको चुनावी क्यालेन्डर सार्वजनिक भएपछि कतिपय जिल्लामा सदस्यता विवादको कुरो उठेको थियो ।

पहिलो चरणको निर्वाचन पश्चिमाञ्चलबाट सुरु भएको थियो । कास्की, रुपन्देही, कपिलवस्तु, पर्वत, म्याग्दी, गुल्मी, अर्धाखाँचीलगायतका जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ भने पाल्पा, स्याङजा, तनहुँ नवलपरासीमा निर्वाचन स्थगित भएको छ ।

स्थगित भएका जिल्लामध्ये कतिपयमा विवाद समाधान भइसकेको र केही दिनमै निर्वाचन हुने जिल्ला अध्यक्षहरुको भनाइ छ । महासंघको चुनावी क्यालेन्डर सार्वजनिक भएपछि कतिपय जिल्लामा सदस्यता विवादको कुरो उठेको छ ।

त्यस्तै पूर्वाञ्चलका ताप्लेजुङ, झापा, मोरङ सुनसरी, सोलुखुम्बु लगायत प्रायः सबै जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ । इलाममा निर्वाचन सम्पन्न भए पनि निर्वाचनमा सहभागी नभएका समुहले पून निर्वाचन हुनुपर्ने माग राखेका छन् ।

मध्यमाञ्चलको विभिन्न जिल्लामा मंगलवार निर्वाचन हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर शाखाको चुनाव भने फागुन २५ मा हुँदैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.