Websoft University

पूर्वमा इन्धन अभाव कायमै


विराटनगर, फागुन १६ गते । रातो तारा डट कम -
केहि दिनयता देखिएको इन्धन अभावले पूर्वी नेपालका सर्वसाधारणले सास्ति खेप्नु परेको छ । बेलाबखत मात्र पेट्रोल पम्पमा पेट्रोल डिजल वितरण हुँदा लामो समय लाइनमा बसेर तेल हाल्नुपर्ने बाध्यता उपभोक्ताहरुमा छ ।

कतिपय पेट्रोलपम्पमा डिजल छैन, पेट्रोल छैन लेखेर टाँसेको हेरेर उपभोक्ता फर्कनु पर्ने बाध्यता पनि छ । पूर्वी नेपालका बजारमा यसरी इन्धन अभाव भइरहँदा विराटनगर । केहि दिनयता देखिएको इन्धन अभावले पूर्वी नेपालका सर्वसाधारणले सास्ति खेप्नु परेको छ ।

बेलाबखत मात्र पेट्रोल पम्पमा पेट्रोल डिजल वितरण हुँदा लामो समय लाइनमा बसेर तेल हाल्नुपर्ने बाध्यता उपभोक्ताहरुमा छ । कतिपय पेट्रोलपम्पमा डिजल छैन, पेट्रोल छैन लेखेर टाँसेको हेरेर उपभोक्ता फर्कनु पर्ने बाध्यता पनि छ । पूर्वी नेपालका बजारमा यसरी इन्धन अभाव भइरहँदा नेपाल आयल निगम क्षेत्रीय कार्यालयले भने इन्धनको कुनै अभाव नभएको दावी गरेको छ । 

सर्वसाधारणले भने आयल निगमको बेवास्ताले तेल अभाव भएको अारोप लगाएका छन् ।
आयल निगम विराटनगरका क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले बिहीबार र शुक्रबार मात्रै दिनभर २० लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल कोशी र सगरमाथा अञ्चलका डिलरहरुलाई पठाइएको जानकारी दिए ।

उनले आइतबार पनि कार्यालयबाट २ लाख लिटर डिजेल तथा १ लाख ५० हजार लिटर पेट्रोल डिलरहरुलाई वितरण गरिएको जनाए । निर्वाचनको घोषणा भएसँगै मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेपछि यतिबेला नियमितभन्दा बढी इन्धनको माग देखिएको पम्प सञ्चालकहरु बताउँछन् ।

पेट्रोलियम डिलर्स एशोसियसन कोशीका उपाध्यक्ष अरबिन्द शर्माले दैनिक मेची र कोशीलाई ८ लाख लिटर इन्धनको आवश्यक रहेको बताए । तर निगमले मागको अनुपातमा एक तिहाई पनि वितरण गर्न नसकेकाले इनधनको अभाव सिर्जना भएको वताए ।

‘निगमले प्रयाप्त मात्रामा जबसम्म वितरण गर्न सक्दैन तबसम्म यो समस्या हट्दैन,’ उनले भने । उनले पछिल्लो समय नाकाबन्दीको हुने त्रासकै कारण माग बढेको अनुभूति रहेको पनि बताए ।

उनले भने, ‘यतिबेला उपभोक्ता र उद्योगहरुले समेत बढी किनेर भण्डार गर्ने गरेकाले माग बढेको देखिन्छ । यससँगै भारतमा भन्दा नेपालमा प्रतिलिटर २० रुपैयाँ सस्तो भएका कारण पनि इन्धनको कालोबजारी भइरहेको पाइन्छ ।’
यता उपभोक्ताहरुले भने पम्पहरुले नै कृत्रिम अभाव देखाएर कालोबजारी गरिरहेको आशंका गरेका छन् ।

बजारमा देखिएको इन्धनअभाव चाँडै सहज हुने भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले पम्पहरुको अनुगमन र भारततिर जाने कालोबजारी रोकिने बताए ।

‘हामीले आजैबाट अनुगमनको कामलाई अगाडि बढाएका छौं अब इन्धनको अभाव चाँडै अन्त्य हुने छ,’ प्रजिअ कोइरालाले भने । एक साताअघि नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरभित्र एकजना कर्मचारीमाथि सेवाग्राहीले ढुंगा प्रहार गरेका थिए । त्यसको विरोधमा कर्मचारीहरुले चार दिन काम ठप्प पारेका थिए । जसले बजारमा इन्धन अभाव भएको थियो ।

बिहीबार अभियुक्तलाई कारवाही गर्न सहमति भएपछि निगमले नियमित रुपमा इन्धन वितरण गरेको छ तर बजारमा इन्धनको अभाव जारी रहेकाले उपभोक्ता भने मारमा पर्दै आएका छन् ।नभएको दावी गरेको छ । सर्वसाधारणले भने आयल निगमको बेवास्ताले तेल अभाव भएको अारोप लगाएका छन् ।

आयल निगम विराटनगरका क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले बिहीबार र शुक्रबार मात्रै दिनभर २० लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल कोशी र सगरमाथा अञ्चलका डिलरहरुलाई पठाइएको जानकारी दिए ।

उनले आइतबार पनि कार्यालयबाट २ लाख लिटर डिजेल तथा १ लाख ५० हजार लिटर पेट्रोल डिलरहरुलाई वितरण गरिएको जनाए पनि तेल कहाँ गयो उपभोक्ताले प्रश्नन गर्दै छन। निर्वाचनको घोषणा भएसँगै मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेपछि यतिबेला नियमितभन्दा बढी इन्धनको माग देखिएको पम्प सञ्चालकहरु बताउँछन् ।

पेट्रोलियम डिलर्स एशोसियसन कोशीका उपाध्यक्ष अरबिन्द शर्माले दैनिक मेची र कोशीलाई ८ लाख लिटर इन्धनको आवश्यक रहेको बताए । तर निगमले मागको अनुपातमा एक तिहाई पनि वितरण गर्न नसकेकाले इनधनको अभाव सिर्जना भएको वताए ।

‘निगमले प्रयाप्त मात्रामा जबसम्म वितरण गर्न सक्दैन तबसम्म यो समस्या हट्दैन,’ उनले भने । उनले पछिल्लो समय नाकाबन्दीको हुने त्रासकै कारण माग बढेको अनुभूति रहेको पनि बताए ।

उनले भने, ‘यतिबेला उपभोक्ता र उद्योगहरुले समेत बढी किनेर भण्डार गर्ने गरेकाले माग बढेको देखिन्छ । यससँगै भारतमा भन्दा नेपालमा प्रतिलिटर २० रुपैयाँ सस्तो भएका कारण पनि इन्धनको कालोबजारी भइरहेको पाइन्छ ।’

यता उपभोक्ताहरुले भने पम्पहरुले नै कृत्रिम अभाव देखाएर कालोबजारी गरिरहेको आशंका गरेका छन् । बजारमा देखिएको इन्धनअभाव चाँडै सहज हुने भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले पम्पहरुको अनुगमन र भारततिर जाने कालोबजारी रोकिने बताए ।

‘हामीले आजैबाट अनुगमनको कामलाई अगाडि बढाएका छौं अब इन्धनको अभाव चाँडै अन्त्य हुने छ,’ प्रजिअ कोइरालाले भने । एक साताअघि नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरभित्र एकजना कर्मचारीमाथि सेवाग्राहीले ढुंगा प्रहार गरेका थिए । त्यसको विरोधमा कर्मचारीहरुले चार दिन काम ठप्प पारेका थिए । जसले बजारमा इन्धन अभाव भएको थियो ।

बिहीबार अभियुक्तलाई कारवाही गर्न सहमति भएपछि निगमले नियमित रुपमा इन्धन वितरण गरेको छ तर बजारमा इन्धनको अभाव जारी रहेकाले उपभोक्ता भने मारमा पर्दै आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.