Websoft University
March 2017




विराटनगर, चैत १८ गते । रातो तारा डट कम,
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले एमाले पार्टी राष्ट्रवादी पार्टी हुन नसक्ने भन्दै गाली गलोजमै समय खर्चेखा थिए ।

नेपाली कांग्रेस मोरङको सातौं जिल्ला सम्मेलनलाई बिराटनगरमा सम्वोधन गर्दै कांग्रेस सभापति देउवाले भने, ‘एमालेकै कारण दलहरुवीच अविश्वासको दुरी वढेको  हो भनेका छन ।

देउवाले मधेसी जनतालाई गाली गर्दैमा एमाले राष्ट्रवादी पार्टी हुन नसक्ने भनिरहन्थे । सवैलाई मिलाएर लाने पार्टी मात्र राष्ट्रवादी पार्टी हुने भन्दै पूर्व प्रधानमन्त्री देउवाले भने, ‘वर्षौदेखि मिलेर वसेको समाजलाई खलबल्याउने एमाले
पार्टी हो भन्दै आरोप लगाए ।

एमालेप्रति आक्रामक रुपमा प्रस्तु भएका देउवाले भने, मधेसका जनतालाई नै अविश्वास नगर्ने एमाले कसरी राष्ट्रवादी पार्टी हुनसक्छ भनेका थिए। नेताहरूले देशको बारेमा बाल्नै
छाडेको आरोप लगाउदै थिए केही पाठहरू कार्यक्रममा भइरहेको छेउको सडकमा।





विराटनगर, चैत १८ गते । रातो तारा डट कम,
कटहरी–१ रंगेली रोड आदर्श टोलमा चैत ४ गते भएको सासु–बुहारीको हत्यामा संलग्न भएको आरोपमा डांगालाइ प्रहरीले पक्राउ गरेको छ ।दुवै जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले भतिजा नाताका विराटनगर–१२ बस्ने विष्णुकुमार डाँगालाई पक्राउ गरी आजै सार्वजनिक गरेको छ ।

मृतकका श्रीमान तथा ससुरा इन्द्रचन्द डाँगाका भतिजा नाताका विष्णुलाई हत्यामा प्रयोग गरिएको हतियारसहित प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान गरी रहेको बताएको छ ।

प्रहरीले हत्या भएको १५ दिनपछि हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका विष्णुका साथबाट प्रहरीले हत्या भएकी बुहारी अस्मिताको हराएको मोबाइल, पेस्तोल र खोकासमेत फेला परेको छ ।  दुवै जनाको हत्यापछि प्रहरीले गरेको अनुसन्धानका क्रममा यो घटना पारिवारीक भएको दावी गर्दै आएको थियो ।

व्यापारी इन्द्रचन्द डाँगाको श्रीमति र बुहारीको हत्यालाई प्रहरीले ‘पारिवारिक’ झमेलासंग जोडेर अनुसन्धान थालेको थियो । डाँगाको श्रीमति दिपा निरौला र बुहारी अस्मिता भट्टराईलाई निधानरमा गोली प्रहार गरी चैत ४ गते हत्या गरिएको थियो ।



विराटनगर,१८ चैत। रातो तारा डट कम,
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले एकै चरणमा निर्वाचन हुने स्पष्ट पार्नु
भयो ।

विभिन्न विषयमा मधेशी मोर्चासँग छलफल भइरहेको र दुई–चार दिनमै सहमति हुने उल्लेख गर्दै उहाँले भन्नुभयो,  नेपाली काँग्रेस संविधान संशोधनको प्रस्तावलाई असफल हुन देख्न नचाहेको हो ।”

मधेशी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो,“पार्टीहरुभन्दा जनतानै निर्वाचनका लागि बढी तयार छन् ।”

प्रहरी महानिरीक्षकको नियुक्तिको विषयमा पत्रकारको जिज्ञासामा सर्वोच्च अदालतले कसैको नाम किटेर नभने को उल्लेख गर्दै उहाँले प्रहरी महानिरीक्षक कसको नियुक्ति हुन्छ,हेर्दै जाऊ भन्नु भयो ।”


बिराटनगर,चैत्र १८ गते । रातो तारा डट कम, महाबीर अटो मोवाइल्स कम्पनीले आउदो नेपालीहरुको नयाँ वर्षलाई लक्षित गरि कार  एक्सचेञ्ज अफर ल्याएकोछ । यो अफर तीन दिनको लागिमात्र भए पनि अरु पाँच दिन ग्राहकहरुको माग अनुसार म्याद थपगरीएको डिलर सेलर मेनेजर बिपुल भट्टराई, र मअ‍ेश शर्माले रातो तारा डट कम लाई आज जानकारी गराउनु भयो ।
      धेरै बिक्री हुने उच्चस्तरीय कार 


रिनोल्ट कम्पनीले उत्पादन गरेको किवी र डस्टर नामका यि दुई कार मध्ये किवी कारको मुल्य रु १७ लाख देखि २० लाख सम्म पर्छ भने हाई माईलेज आई क्वालिटीको यो कार कुनै पनि पुराना कार संग  तोकिएको समय भित्र बिराटनगर लगाए   त नेपाल भरिका कुनै पनि  डिलरहरूबाट एक्सचेन्ज गर्न सकिनेछ ।

त्यसैगरी डस्टर कारको मुल्य रु ३९ लाख देखि ५६ लाख सम्म पर्ने छन र यि कार दुई प्रकारका भएकाले डिजलबाट चल्छन भने कुनै चै पेट्रो बाट चल्छन । यि दुबै उच्च क्वालिटीका हाईफाई कार हुँन ।

महाबीर अटो मोवाइल्स प्रालिका महेश शर्माले दिएको जानकारी अनुसार बिराटनगर डिलरबाट सजिलो फाइनान्स,एक्सचेन्ज अफर, नगत छुट, २ वर्षको फ्रि सर्विस, एक वषर््  फ्रि रोड टयक्स र ५ वर्षको ग्यारेन्टी जस्ता सुविधाहरु ग्राहक लाई कम्पनीले उपलब्ध गराएको छ ।





काठमाडौं, चैत १८ गते । रातो तारा डट कम,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बोलाएका छन् ।
बैठक दिउँसो साढे ३ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा संविधान संशोधन र स्थानीय चुनावबारे सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।



बिराटनगर,चैत १८ गते। रातो तारा डट कम,
आजका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुले लामो समयदेखि विवादित बन्दै आइरहेको तराई(मधेस जोड्ने बहुचर्चित दूत मार्ग फास्ट ट्याक, निर्माणको जिम्मा नेपाली सेनालाई दिन लागेको खबरलाई सबै सन्चार माध्यममा प्रप्राथमिकता का साथ राखेका छन् ।

यसका साथै आजका पत्रिकामा राजधानीका सडकको दुरावस्था, प्रदेश नम्बर २ का ८ जिलालमा चुनाव हुनेरनहुने स्थिति, माओवादी केन्द्रको घोषणापत्र लगायतका समाचारलाई स्थान दिएका छन् ।

फास्ट ट्रयाकलाई मुख्य खबर बनाएको आजको कान्तिपुर दैनिकले न्याय सेवाका कर्मचारीलाई निर्वाचन व्यवस्थापनमा परिचालन गर्ने खबरलाई पनि प्राथमिकताका दिएको छ ।
आजको राजधानी दैनिकले माओवादी केन्द्रको चुनावी घोषणापत्र तयार भएको खबरलाई प्रमुख बनाएको छ ।

त्यस्तै राजधानीले म्यादी प्रहरी भर्नामा दुईगुणा बढी आवेदन परेको समाचारलाई पनि स्थान दिएको छ ।

ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीले गरेको आग्रहलाई आजको गोरखापत्र दैनिकले पहिलो पृष्ठमा छापेको छ । पूर्वसूचना नदिई विद्युत्त अवरोध गरे जरिवाना हुने विषय पनि गोरखापत्रले आफ्नो समाचारमा उल्लेख गरेको छ। 



कबिता
मरेको साझँमा, हुरी बतास चल्छ होला अरुको भन्दा तिमीमा खुशियाली छाउछ होला जिन्दगीको यादहरु, लास सगै जलि जान्छ । जिवन अझै उजाड बनी, कालसगै उडछ होला
जलाएर मलामीको लस्कर सगै, तिमी अर्कैको घर जानु विछोडमा रोएर नै, आशुँ केवल नझार मेरी सानु याद आउदा मेरो तिमले, तस्विर हेरी बस्नु समालिनु म मरेको साझँमा , तिमीले हाँसि दिनु ।
आफन्तको रुवावासी, हृदयलाई कठोर पार छोडि जान्छु संसार, हाँसेर नै विदा गर म मरेको साझँमा , हुरी बतास
चल्छ होला अरुको भन्दा तिमीमा, खुशियाली छाउछ होला ।


विराटनगर,चैत १७ गते । रातो तारा डट कम,
मोरङको बेलबारी नगरपालिका ३ मा स्थानीय निकाय निर्वाचनका विषयमा विवाद हुँदा गयराति काँग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ ।

काँग्रेसका क्षेत्रीय सदस्य बेलबारी ५ का राजेन्द्र अधिकारी र तरुण दलका क्षेत्रीय सदस्य जीवन राई समूहबीच कुटाकुट भएको हो । राई समूहको अक्रमणमा परेर अधिकारी घाइते हुनु भएको छ । चिरपट र भाटा प्रहारबाट चोट लागेपछि टाउकोमा तीनवटा टाँका लगाइएको छ ।

अधिकारीको स्थानीय जीवन मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीय निर्वाचनमा बेलबारी नगरपालिका ५ मा वडा अध्यक्षको उमेद्धवारको दावी गर्दै आएका दुई समूहबीचको विवाद उत्कर्षमा पुगेपछि घटना भएको प्रहरीले जनाएको छ ।

काँग्रेसले आधिकारिक उमेद्धवार छनौट नगरे पनि अधिकारी र राई दुबै जनाले ५ नम्बर वडाको अध्यक्षको उमेद्धवार आफूले पाउने दावी गर्दै आएका छन् । दुबै जनाले अध्यक्षको उमेद्धवारमा आफू बलियो रहेको दावी गरिरहँदा विवाद कुटपिटमा परिणत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

संगै बसेर बेलबारी ३ स्थित एउटा होटलमा मादक पदार्थ सेवन गरेपछि घर जाने क्रममा काँग्रेस कार्यकर्ताबीच बाटोमा कुटाकुट भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा ४० वर्षीय नविन राईलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताउनु भयो ।

उहाँले निर्वाचन नजिकिंदै जाँदा सम्भावित उमेद्धवारको समर्थन र विरोधमा एउटै पार्टीका कार्यकर्ताबीच हातहालाहाल भएको बताउनु भयो । 



काठमाडौं, चैत १७ गते। रातो तारा डट कम,
नेकपा एमालेका २ नम्बर प्रदेशका कार्यकर्ताहरुले राष्ट्रियसभाको प्रतिनिधित्व जनसंख्याकै आधारमा हुनुपर्ने
गरी संविधान संशोधनलाई समर्थन गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

बुधबार र बिहीबार महोत्तरीमा आयोजना गरिएको दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ताको अगुवा भेलामा सहभागी प्रदेशका नेताहरुले संविधान संशोधन विधेयकमा पार्टीले लिएको अडानका बारेमा यस्तो सुझाव दिएका हुन् ।

सीमांकन हेरफेर, भाषा र नागरिकताको सवालमा पार्टीले लिएको नीति सही भए पनि राष्ट्रियसभाको प्रतिनिधित्व भने जनसंख्याकै आधारमा हुनुपर्ने एमालेका मधेसी नेता कार्यकर्ताहरुले सुझाव दिएको बैठकमा सहभागी नेताले
बताए ।

एमालेले राष्ट्रियसभामा प्रदेशहरुबाट समान संख्यामा प्रतिनिधित्व हुनुपर्ने अडान लिइरहेका बेला सोही पार्टीका मधेसी कार्यकर्ताले जनसंख्या र भूगोलका आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।

भेलामा पोलिटब्यूरो सदस्य तथा धनुषाका सांसद सत्रुघन महतोले संविधान संशोधन र स्थानीय चुनावको सम्बन्ध नभएकाले पहिले चुनाव त्यसपछि संशोधनमा जान सकिने बताएका थिए ।

कांग्रेसका मधेसी नेताहरुले संविधान संशोधन नगरी २ नम्बर प्रदेशमा चुनाव हुन नसक्ने भनिरहेका बेला एमालेका मधेसी नेता कार्यकर्ताले भने चुनावमा जानैैपर्ने अडानमा कायम रहन नेतृत्वलाई सुझाव दिएका हुन् ।

सिराहाका नेता रामअवतार यादवले मधेसी जनता चुनावको पक्षमा रहेकाले मोर्चाकै कारण चुनाव रोक्नुपर्ने अवस्था नरहेको बताए ।

एमालेको प्रदेश भेलाले सप्तरी बाहेकका मधेसका अन्य जिल्लाहरुमा निर्वाचन जित्न सकिने निश्कर्षसमेत निकालेको छ । भेलामा सप्तरीबाहेक अन्य जिल्लाका अध्यक्षहरुले चुनाव जित्ने रिपोर्ट पेश गरेको स्रोतले बतायो ।

सप्तरी जिल्लामा भने मोर्चा, कांग्रेस र माओवादीले एमाले कार्यकर्तालाई गाउँमा जान समेत अवरोध गरेकाले प्रतिकुल अवस्था रहेको एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले बैठकमा रिपोर्ट पेश गरेका थिए । अनलाइनबाट



बुधवारदेखि बर्दिबासमा शुरु भएको २ नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलामा सो प्रदेश अन्तर्गतका ८ जिल्ला अध्यक्षले आ(आफ्नो जिल्लाका स्थानीय तहको सम्भावित चुनावी आँकलन सहितको रिपोर्ट पेश गरेका थिए ।

सप्तरी बाहेक अन्य जिल्लाबाट पहिलो पार्टी बन्ने आँकलन पेश भएको धनुषा क्षेत्र नम्बर ५ का अध्यक्ष शीतल साहले बताए ।

प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रीय कमिटीका पदाधिकारी र गाउँ तथा नगर कमिटीका अध्यक्ष तहका अगुवा कार्यकर्ताको सहभागिता रहेको भेलामा मधेसमा एमालेको अवस्थाबारे छलफल भएको साहले बताए ।

नेताले भने(मधेस बिरोधी भन्ने भ्रम चिरौं

भेलाको समापनमा कार्यकर्तालाई सम्बोधन गर्दै बरिष्ठ नेता तथा रौतहटका जनप्रतिनिधि माधवकुमार नेपालले मधेसी र मधेसीको हितको पक्षमा एमालेले गरेका काम र लिएका सही नीतिको बारे तल्लो तहसम्म सही सूचना प्रवाह गर्न नसकिएको स्वीकार गरे ।

उनले एमालेले मधेसको पुर्वाधार विकास र सामाजिक न्यायको पक्षमा गरेका काम र बिनियोजन गरेको बजेटको बारेमा गाउँ गाउँमा जनतालाई बुझाउन पार्टी पंक्ति परिचालित हुनुपर्ने बताए ।

त्यस्तै महासचिव ईश्वर पोखरेलले मधेस एमालेको आधारभूमी भएकाले मधेस बिरोधी कहिल्यै हुन नसक्ने बताए । उनले कार्यकर्तालाई एमालेलाई मधेस बिरोधी भनेर गरिएको प्रचारको खण्डन गर्न कार्यकर्तालाई निर्देशन दिए ।

सचिव योगेश भट्टराईले मधेसविनाको नेपाल र एमालेविनाको मधेस कल्पना गर्न नसकिने बताए । उनले आउने स्थानीय चुनावमा एमालेले २ नम्बर प्रदेशका १२८ मध्ये एक सय स्थानीय तह जित्ने गरी लाग्नुपर्ने बैठकमा बताएका थिए ।
अनलाइन बाट



केराबारी गाउँपालिका सिंहदेवी,मोरङ,चैत १७ गते ।
रातो तारा डट कम,केराबारी गाउँपालिका वडा न.२सिंहदेवी मोरङमा एकै दिन नेकपा एमाले र नेपाली काङ्ग्रेसले वडा कमिटी विस्तार साथै चुनावी अभियान कार्यक्रम सप्पन्न गरेको छ।

नेपाली काङ्ग्रेसले सिंहदेवी वडा कार्यालय परिसरमा र नेकपा एमालेले सिंहदेवी;बिहिबारेमा सम्पन्न गरेका थिए।
नेकपा एमाले केराबारी गाउँपालिकाका सहसचिव प्रेम लिम्बूको सभापतित्व र भीम ठकुरीको सन्चालनमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी १न.प्रदेश सदस्य डिल्लीराम शर्मा अधिकारी,विशेष अतिथी अजम्बर राई,राजकुमार ओझा,केराबारी गाउँपालिका इन्चार्ज शान्ती लिम्बू ,सचिब जङ्ग भुजेल,युवा संघका सन्तोष बान्तवा,नवीन पौडेल लगायतको उपस्तिथि रहेको थियो।

कार्यक्रममा भीमबहादुर ठकुरीको संयोजकत्वमा २३सदस्यीय वडा कमिटी विस्तार गरेको छ।त्यस्तै गरि अखिल नेपाल महिला संघ बन्दना खाण ठकुरीको संयोजकत्वमा २३सदस्यीय कमिटी र युवा संघ देवी लिम्बूको संयोजकत्वमा २३सदस्यीय केराबारी गाउँपालिका वडा न.२सिंहदेवी कमिटी विस्तार नेकपा एमालेले सम्पन्न गरेको छ।

त्यहीँ कार्यक्रमको अवसर पारेर नेपाली काङ्ग्रेस,लिम्बूवान र माओवादी पाटी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको सिंहदेवी संयोजक भीमबहादुर ठकुरीले बताए।



मिति:-२०७३/१२/१६
श्रीमान अध्यक्ष ज्यु
 प्रेस सेन्टर मोरङ
 विषय:-राजिनामा सम्बन्धमा!
प्रस्तुत विषयमा प्रेस सेन्टर मोरङमा रहेर एकबर्षे यात्रा पार गर्दा सम्म यस सङ्गठनको साङ्गाठानिक गतिविधिले धेरै सङगठन प्रतिको आस्था विस्वास जगाएकै हो।एउटा ग्रामीण भेगमा बसेर पत्रकारिता गरिरहेको मलाई प्रेस क्षेत्र र पाटी पङ्ति भित्र पनि सम्बन्ध स्थापित गर्दै अघि बढ्न प्रेरित पनि गराएकै हो।

तथापि मुल पाटी पङ्ती र सङ्गठनमा नै व्यक्तिवादी चरित्र हावी हुँदै गएको,तल्लो तहमा पाटी सङ्गठन विस्तार गरेर जानु पर्ने अवस्थामा  आफुहरु(१,२)जनाको हालीमुहालीमा पाटी सङ्गठन धरासयी अवस्थामा पुर्याएको र पाटीमा काम र बौद्धिकताको भन्दा आर्थिक कुराले महत्व राख्न थालेको,पाटी बलियो बनाउने नाममा पाटीको मुल मुद्दा र सिद्धान्तलाई तिलान्जली दिदै अपवित्र गठबन्धन गर्न थालिएको प्रति गम्भीर ध्यानाकर्षण राख्दै यो गहिरो भासबाट निस्किनका निम्ति मैले आजैका मिति देखि प्रेस सेन्टरको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिएको अवगत गराउदछु।
युवराज ठकुरी


बिराटनगर,चैत १७ गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंको ६२ औ स्थापना दिवशको अवसरमा अग्रज पत्रकार तथा सुचना आयोगका पूर्व प्रमुख आयुक्त विनय कसजुलाई हिजो पुरस्कृत गरीएको छ ।

हिजो विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल पत्रकार महासंघ मोरङले षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार,२०७३ बाट कसजुलाई पुरस्कृत गरेको हो ।

उच्च अदालत विराटनगरका मुख्य न्यायधिस कुलरत्न भुर्तेल र सूचना आयोगका आयुक्त किरण पोखरेलले पचास हजार एकाउन्न रुपैया राशीसहित उहाँलाइ सम्मान गर्नुभयो ।

सुचनाको हकको क्षेत्रमा कोशेढंगा सावित हुने गरी निती निर्माणमा योगदान दिएको भन्दै कसजुलाई पुरस्कृत गरीएको हो ।




काठमाडौं-बर्दिया,चैत १७ गते। रातो तारा डट कम,
स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ ।

जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा चौधरी समुदायका युवायुवती म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन बिहान ७ बजेदेखि नै लाइनमा बस्दै आएका छन् । बिहानैदेखि लाइनमा बसेका युवायुवतीले पढाइ भएपनि त्यही अनुसारको जागिर नपाएका र म्यादी प्रहरीमा भर्ना हुन आएको गोला गाविसका नरबहादुर चौधरीले बताए ।

ब्मखभचतष्कmभलत

आवेदन फारम जिल्ला प्रहरी कार्यालय बर्दियाबाट वितरण भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम शाहीले बताए । बिहानदेखि फाराम भर्नेको भीड भएका कारण बेलुकी ६ बजेसम्म फारम बुझ्ने गरेको उनले बताए ।

चैत १७ गतेसम्म मात्र आवेदन फारम भर्न सकिने भएकाले बुधबारसम्म करिब पाँच हजारजनाले आवेदन फारम भरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

म्यादी प्रहरीको अवधि ५५ दिनको हुने बताइएको छ । म्यादी प्रहरी बन्नका लागि नेपाली नागरिक भएको हुनुपर्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न सक्ने, कुनै नैतिक पतन देखिने फौजदारी कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक तथा मानसिकरुपले तन्दुरुस्त रहेको हुनुपर्ने आवश्यक योग्यता रहेको छ ।

आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन मधेसमा हुनै नदिने अडान राखेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सडकमा सङ्घर्ष गरिरहेका बेला निर्वाचनलाई लक्षित गरी सरकारले आह्वान गरेको म्यादी प्रहरी भर्नामा भने मधेसकै युवाको सहभागिता अत्यधिक रहेको छ ।
अनलाइन बाट



काठमाडौं,चैत १७ गते । रातो तारा डट कम,
नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ ।

सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । सरकारले हरेक वैशाखमा यो अभियान सञ्चालन गर्दै आएको छ ।

सङ्घका अध्यक्ष धर्मदत्त देवकोटाको अध्यक्षतामा सम्पन्न पदाधिकारी बैठकले शैक्षिकसत्र २०७४ को भर्ना अभियानको समय आएकाले सबै जिल्ला समितिले व्यापकरुपमा अभिभावक परिचालन गरी भर्ना अभियानमा सामेल हुने र टोलछिमेकका कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट बाहिर नरहून् र विगतमा भर्ना भएकाले बीचैमा विद्यालय नछोडून् भनेर ध्यान राख्न अभिभावकलाई सचेत गराउने निर्णय पनि गरेको छ ।

सङ्घले संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड तथा निर्देशिका २०७३ को संशोेधन, पाठ्यपुस्तक उत्पादन तथा वितरणका सम्बन्धमा समीक्षा गरी शिक्षा मन्त्रालयलाई आफ्ना प्रतिबद्धता पूरा गराउन र कमजोरी पाइए दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।


बिराटनगर, चैत १६ गते । रातो तारा डट कम,फाएल फोटो,
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संघीयता, गणतन्त्र, समावेशीता र लोकतन्त्रलाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन जरुरी रहेकाे बताउन भयो ।

बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले जुनसुकै परिस्थिति आएपनि बैशाख ३१ गते स्थानीय निर्वाचन भएरै छाड्ने बताए ।

उनले भने, ‘लामो संघर्षपछि प्राप्त उपलब्धीलाई संस्थागत गर्न लाग्दा सानातिना बखेडा झिकेर संघीयता असफल बनाउनु हुँदैन ।’

नेता पौडेलले मधेसी जनता स्थानीय तहको चुनाव पक्षमा रहेको आफूले पाएपनि मधेसी नेताहरु भने मधेसी जनताको भवना विपरित काम गरिरहेको आरोप लगाए।


काठमाडौं, चैत १६ गते । रातो ता डट कम,
उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरियता विवाद प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेको बेलामा पनि देखिएको छ ।

चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री प्रचण्डको स्वागत गर्न सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विमलेन्द्र निधि, कमल थापा, कृष्णबहादुर महरालगायत त्रिभुवन विमानस्थल पुगेका थिए ।

स्वागत गर्नेहरुको लहरको पहिलो नम्बरमा कमल थापा थिए । दोस्रोमा निधि र तेस्रोमा महरा थिए । तर निधि कमल थापाको छेउँमा उभिन चाहेनन् । उनले तेस्रो नम्बरमा रहेका कृष्णबहादुर महरालाई तानेर आफू र कमल थापाको बीचमा उभ्याए ।

स्वागत गर्ने लाइनमा निधि र थापा सँगै भए पनि प्रधानमन्त्री प्रचण्डको पत्रकार सम्मेलनमा भने निधि अनुपस्थित भए । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘वरिष्ठताको विवाद आज एयरपोर्टमा पनि देखियो । पत्रकार सम्मेलनमा निधि बसेनन् । उनी तलै बसे ।’



वरियता विवादका कारण प्रधानमन्त्री प्रचण्ड कार्यवाहक प्रधानमन्त्री नतोकी चीन भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा भने निधिपछि थापाको नाम उल्लेख छ । यसले के संकेत गर्दछ भने प्रधानमन्त्री प्रचण्डपछि दोस्रो वरियतामा निधि र तेस्रो वरियतामा थापा छन् । चौथो वरियतामा कृष्णबहादुर महराको नाम उल्लेख छ ।

नेपालको ३९ औं प्रधानमन्त्रीको रुपमा गत साउन १९ गते निर्वाचित भएको भोलिपल्टै प्रचण्डले निधि र महरालाई उपप्रधानमन्त्री नियुक्त गरेका थिए । राप्रपा अध्यक्ष थापा भने गत २६ फागुनमा सरकारमा सहभागी भए । त्यसलगत्तै उनले निधिभन्दा आफू वरिष्ठ भएको दाबी गरेका थिए ।

वरियता विवादकै कारण सैनिकमञ्च टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा निधि र थापा दुबै अनुपस्थित थिए ।


काठमाडौं, चैत १६ गते। रातो तारा डट कम,
आर्थिक राजनीतिक र सामरिक विषयमा प्रायः दक्षिण छिमेक भारतसँग निर्भर रहेको देश छिमेकी नेपाल संग अन्तर घात भारतले गर्न थाले पछि, नेपालसँग चीनले सैन्य सम्बन्ध बढाएको हो । विकास सहायता र सहकार्य लगायत आर्थिक सम्बन्धमा चिनियाँ चासो बढ्दै गर्दा अब यसमा सैन्य सम्बन्ध पनि थपिएको कुराले नेपाली ज्यदै खुसि भएकाछन।

इतिहासमा पहिलोपटक नेपाली सेनाले चिनियाँ सेनासँग संयुक्त अभ्यासको तयारी गरिरहेको छ । दुबै देशका सेनाबीच अभ्यासको गृहकार्य र मोडालिटीको बारेमा तीव्र तयारी भइरहँदा चिनियाँ रक्षामन्त्रीले यसैसाता नेपालको भ्रमण गरे ।

चिनियाँ सेनाले पछिल्लो समय नेपाली सेनालाई निकै प्राथमिकतामा राख्न थालेको छ । चिनियाँ रक्षामन्त्री चाङवाङ क्वानको तीन दिने नेपाल भ्रमणले चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच बढ्दो निकटतालाई स्पष्ट पारेको छ ।

चार महिनामा कर्णेलदेखि मन्त्रीसम्मको भ्रमण:-
चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ कर्णेलको नेतृत्वमा एक टोली आएको दुई महिना पनि नहुँदै चिनियाँ सेनाकै उच्च तहका अधिकृतहरु नेपाल आए ।

दुई महिनाअघि परराष्ट्र, रक्षा र सैनिक हेडक्वार्टरका समेत सीमित अधिकारीहरुलाई जानकारी दिएर चिनियाँ जनमुक्ति सेनाका मेजर जनरलको नेतृत्वको टोली नेपाल भ्रमणमा आएको थियो ।

मेजर जनरल लि उ चुनको नेतृत्वको टोली तीन दिने नेपाल भ्रमणमा रहँदा दुई देशका सेनाबीच संयुक्त अभ्यासको विषयले प्राथमिकता पायो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पहल र चिनियाँ सेनाको विशेष चासोले दुई देशका सेनाबीच पहिलो पटक हुन लागेको संयुक्त अभ्यासको तयारी अहिले चलिरहेको छ । अभ्यासको मिति तय भइनसकेको अवस्थामा चिनियाँ रक्षामन्त्री पनि नेपाल आए ।

यी सबै घटनाक्रमले चीन सैन्य कूटनीतिबाट नेपालसँग नजिक हुन चाहन्छ भन्ने देखाएको छ । पूर्वरथी बालानन्द शर्माको बुझाइमा अन्य निकायलाई दिएको सहयोगभन्दा नेपाली सेनालाई दिएको सहयोग र सम्बन्धले ठोस नतिजा दिएकाले दुर्इ देशका सेनाबीच सम्बन्ध नजिक भएको हो

विज्ञहरु भन्छन्:-राजनीतिमा भन्दा सेनामा चीनको विश्वास
चिनियाँ रक्षामन्त्री १६ वर्षपछि नेपाल भ्रमणमा आएका हुन् । चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार, नेपाली सेना र चिनियाँ सेना बीचको सम्बन्ध पुरानै भए पनि १६ वर्षपछि रक्षामन्त्री नेपाल आउनुले नेपाली सेनालाई चीनले महत्व दिएको बुझनुपर्छ ।

‘१६ वर्ष अघिसम्म चिनियाँ सेनाको सम्बन्ध सीधै दरबारसँग थियो, त्यसबेला दरबार नै स्थायी संस्था भएकोले उसैसँग सम्बन्ध राखे पुग्थ्यो । अहिले भने स्टेकहोल्डरहरु धेरै भए, तर सरकार स्थायी हुन सकेन र कर्मचारी संयन्त्र पनि बलियो हुन सकेन । त्यो हिसाबले अहिलेको अवस्थामा नेपाली सेनालाई नै स्थायी सम्बन्ध बनाउने संस्थाको रुपमा बुझेको हुन सक्छ’, पूर्व राजदूत आचार्य भन्छन् ।

उनले ठूलो सैन्य क्षमता भएको मुलुकले हाम्रो जस्तो प्रशासनिक संयन्त्र बलियो नभएको र राजनीतिक स्थायित्व नभएको मुलुसँग सैन्य कुटनीति नजिक बनाउन खोज्नु सकारात्मक भएको उनको विचार छ ।

पूर्वरथी बालानन्द शर्माको बुझाइमा अन्य निकायलाई दिएको सहयोगभन्दा नेपाली सेनालाई दिएको सहयोग र सम्बन्धले ठोस नतिजा दिएकाले पनि चीन र नेपालका सेनाबीच सम्बन्ध नजिक बनाएको हो ।

‘राजनीतिक सम्बन्ध नजिक र स्थायी हुनु मुलुकका लागि सकारात्मक हुन हुन्छ । तर त्यो नभएको अवस्थामा सैन्य सम्बन्ध विस्तारलाई आपसी सम्बन्ध बलियो पार्ने माध्यम बनाउने उनीहरुको रणनीति हुन सक्छ’, पूर्वरथी शर्माले भने ।

अर्का पूर्वरथी सिबी गुरुङ भने राजनीतिक सम्बन्ध स्थायी र विश्वासिलो हुन नसके सैनिक सम्बन्धले मात्रै खासै केही नहुने बताउँछन् ।

उनले भने, ‘चिनियाँ सेनासँग नेपाली सेनाको सम्बन्ध पुरानै भए पनि परिस्थिति अनुसार केही नजिक भएको हुन सक्छ । तर, सेना(सेनाबीचको सम्बन्ध मात्रै पर्याप्त हुँदैन ।’

एक देशको सेनासँग सम्बन्ध बलियो बनाउने र अर्कोलाई अपमान गर्न नमिल्ने भन्दै उनले थपे, ‘सबैभन्दा मुख्य कुरा राजनीतिक सम्बन्ध हो, सैन्य सम्बन्ध त नियमित प्रक्रिया मात्रै हो ।’

नयाँ होइन, नेपाल चीन सैन्य सम्बन्ध:-
चीनसँग नेपालको सैन्य सम्बन्ध नयाँ चाहिँ होइन । नेपालले भारत र चीनसँग सैन्य कूटनीति लगभग एकै समयमा स्थापना गरेको हो । राजा महेन्द्रकै पालामा नेपाली सेनाले चीन र भारतस्थित नेपाली दूतावासमा सैनिक सहचारी राखेको थियो। तर, भारतसँग नेपाली सेनाले विशेष सम्बन्ध स्थापित गरिसकेको अवस्थामा चीनसँग संयुक्त अभ्यास बल्ल पहिलो पटक हुन लागेको हो र भइरहनु पर्छ भन्दैछन् जनता।

नेपाल र भातीय सेना प्रमुख एक अर्काको मानार्थ प्रधानसेनापति हुने परम्परा छ,गलत हो ? त्यो खारेजी हुनुपर्छ यो जनताको माग हो । नेपालले भारत संघ व्यापारीक सम्बन्ध मात्र राखन जनताले भन्दैछन् ।

यस्तै, हरेक वर्ष ‘सूर्यकीरण’ नामको संयुक्त अभ्यास समेत हुँदै आएको छ । तर, चीनसँगको सैन्य सम्बन्ध सामान्य स्तरमा मात्रै सीमित रहेको थियो ।

नेपालबाट चीनमा ‘नेशनल डिफेन्स कोर्स ९एनडसी० गर्ने पहिलो अधिकृत पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ हुन् । त्यसयता चीनमा हरेक वर्ष ३ देखि ४ जना सम्मले चीनमै सेनाको सबैभन्दा महत्वपूर्ण तालिम एनडीसी कोर्षर् गर्दै आएको छ ।

जनमुक्ति सेनाका अधिकृतहरु पनि स्टाफ कलेजका लागि नेपाल आउने गरेका छन् । तर, दुई देशका सेनाबीच संयुक्त अभ्यास हुन सकेको छैन । यही अवस्थालाई चिर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले चिनियाँ जनमुक्ति सेनासँगको सैन्य कूटनीतिलाई नयाँ तहमा पुर्‍याएका छन् ।

त्यसो त पछिल्ला वर्षहरुमा चीनले नेपाली सेनालाई सहयोग बढाएको छ । दुई वर्षअघि ८० करोड मूल्य बराबरको सहयोग गरेको थियो । तीन वर्षमा चीनले नेपाली सेनालाई डेढ अर्बभन्दा बढी सैन्य सहयोग उपलब्ध गराइसकेको छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीको चीन भ्रमणताका मात्रै चीनले ५० करोड सहयोग गर्न सम्झौता गरेको थियो । जुन रकमबाट नेपाली सेनाले शान्ति मिसनका लागि आवश्यक एपीसी खरिद गर्ने भएको छ ।

भारतीयहरुले नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्ने प्रयास गर्दै आएका छन् । यही कारणले पञ्चायत कालमा चीनबाट हतियार खरिद गर्दा उसले आपत्ति जनाएको थियो ।

सार्वभौम देश नेपालले भारतको बाटो भएरमात्रै हतियार खरिद गर्नुपर्छ भन्ने भारतीयहरुको मान्यता रहँदै आएकाले उनीहरु नेपाल र चीनवीचको सामरिक सम्बन्धलाई रुचाउँदैनन् ।



बिराटनगर, चैत १६ गते । रातो तारा डट कम, नेपाल पत्रकार महासंघकोस्थापना दिवसको अवसरमा बुधबार, आज दिउँसो एक बजे महासंघ कार्यालय संचारग्राममा शुभकामना आदानप्रधान तथा चियापान कार्यक्रम आयोजना गरिएको महासंघका सचिव ध्रुव लम्सालले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महासंघका अध्यक्ष महेन्द्र विष्टले प्रेस स्वतन्त्रता हननका घटनामा संख्यात्मक रुपमा कमी आएपनि प्रबृत्तिगत अवस्था उस्तै रहेको बताएका छन् ।
‘मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको प्रयासप्रति गौरव महसुस गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

अध्यक्ष विष्टले विज्ञप्तिमार्फत भनेका छन्, ‘नेपाली सञ्चार क्षेत्र अहिले विभिन्न अवसर र चुनौतीीचबाट गुज्रिरहेको छ। दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ ।

मेरो बिचार - यता हेरिदिनु परो-
यसैमा मालाइ थपन मनलागो देसैभरिका धेरै एफएम पत्रपत्रिका रेडियो टिभी ले पत्रकारलाई तोके पारिस्रम नदिइर
पीडित पारेकाछन । यो दुु:ख लाग्दो कुरा हो।


काठमाडौं -कञ्चनपुर, चैत १६ गते । रातो तारा डट कम,
दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला । तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुंग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका( ८ आनन्द बजार सीमा क्षेत्रमा भारतले दाबी गरेको डुंग्रीको रुख भन्दा वरै नेपाली पक्षले पुनर्वास नगरपालिकाको सहयोगमा कल्भर्ट निर्माण गरिरहेको विषयमा विवाद भएर भारतीय सुरक्षाकर्मीबाट गोली चल्यो र गोविन्द गौतम सहिद भए ।

घटनापछि सिंगो देश केही दिन तरंगित बन्यो । आनन्द बजारको सीमाक्षेत्रका बारेमा अनेक अड्कलबाजी समेत गरिए । भूमि रक्षाका लागि सहिद भएको भन्दै गौतम परिवारलाई अझैपनि देश(विदेशमा छरिएर रहेका नेपालीले सहयोग गरिरहेका छन् ।

उक्त क्षेत्रमा लामो समयदेखि हराएको २०० नम्बर सीमास्तम्भको खोजी समयमै गरिएको भए घटना नै हुने थिएन भनेर आनन्द बजारवासीले बताउँदै आएका छन् ।


काठमाडौं, चैत १५ गते ।रातो तारा डट कम-
स्थानीय तहको निर्वाचनको आचारसंहिता कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

प्रशासन कार्यालयले मंगलबार बिहान दलहरुसँग गरेको छलफलमा यस्तो आग्रह गरेको हो । निर्वाचनलाई लक्षित गरी स्थानीय तहमा गरिने र्‍याली, जुलुस, सभा लगायतका कार्यक्रम एउटै समयमा नगरी फरक समय र स्थानमा गर्न भनिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

एक(अर्काको कार्यक्रम बिथोल्ने, डर(त्रास फैलाउने, अनुचित दबाव दिने काम नगर्न र स्वच्छ रुपमा चुनाव गर्ने तयारी गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ । दलका स्थानीय नेताहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपले पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैबीच प्रशासन कार्यालय गोरखाले निर्वाचनलाई मर्यादित ढंगले सञ्चालन गर्न र सहजीकरण गर्न संयन्त्र बनाउने तयारी गरेको छ ।

निर्वाचनका लागि निर्वाचन कार्यालय गोरखामा १६ दल दर्ता भएका छन् । मतदान गर्न जिल्लाको दुई सय १३ ठाउामा मतदान केन्द्र स्थापना गरिएको छ । मतदाताको संख्याको आधारमा केन्द्र थपघट हुन सक्ने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

संघीयता कार्यान्वयन गर्ने निर्वाचन भएकाले मतदानमा सहभागी भएर स्थानीय गाउँपालिका र नगरपालिकाको विकासका लागि नेतृत्व चयन गर्न उनले जिल्लावासीलाई आग्रह समेत गरेका छन् । अनलाइन बाट


काठमाडौं, चैत १५ गते । रातो तारा डट कम-
आफ्नो कार्यकालमा चीनको भ्रमण नै नहुने हो कि भन्ने संशयका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेइजिङको भ्रमण गरेकाह छन् । वोआओ सम्मेलनमा भाग लिन चीन गएपनि प्रधानमन्त्री प्रचण्डले चिनियााँराष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण भेटघाट गरेका छन् ।

प्रधानमन्त्री हुनुभन्दा पहिला र त्यसपछि पनि पटकपटक प्रचण्डले दुई देशको बीचमा सन्तुलित सम्बन्ध राख्ने भने पनि लगभग असन्तुलनको अवस्था देखियो । यो भ्रमणले त्यसलाई केही हदसम्म सन्तुलनमा ल्याएको देखिन्छ ।

विश्वासको वातावरणमा जोड
नेपाल र चीनको बीचमा पछिल्लो समय केही राजनीतिक अविश्वासको वातावरण देखिएको पक्कै हो । प्रधानमन्त्री प्रचण्डले पनि यसलाई सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन् । उनले चीन जानुभन्दा अगाडि नै आफ्नो भ्रमण मुख्य रुपमा विश्वासको वातावरण बनाउन केन्द्रित हुने बताएका
थिए ।

प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीचको भेटघाटको समयमा यो विषयले पनि प्राथमिकता पाएको देखिन्छ । चीनका सञ्चारमाध्यमहरुले स्पष्ट शब्दमा ‘सीले राजनीतिक विश्वासको वातावरणलाई सुदृढ गर्न’ जोड दिएको उल्लेख गरेका छन् । यस अगाडिको भेटमा चिनियाँ पक्षले सो विषय उल्लेख गर्ने गरेको थिएन ।

मुख्य चासोको विषयमा अझ सहकार्य
नेपालमा चीनको मुख्य चासो चीनविरोधी गतिविधिमा नियन्त्रण हो । यसका लागि उसले राजनीतिदेखि सैन्य क्षेत्रमा समेत नेपाललाई सहयोग विस्तार गरिरहेको छ । तर, तिब्बतको मामिलामा ऊ अझै आश्वस्त हुन सकेको छैन ।

प्रचण्ड र सीबीचको भेटपछि चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ, ‘सी ले दुई मुलुकको मुख्य चासोको विषयमा अझ बढी सहकार्य र सहयोगमा जोड दिनुभएको छ ।’

संविधान कार्यान्वयन
चीनले स्पष्ट रुपमा नेपालमा नयाँ संविधानको कार्यान्वयनमा जोड दिएको छ । नेपालमा अस्थिरता बढेमा आफ्नो सुरक्षा चासोमा असर पर्ने बेइजिङको पुरानै बुझाइ हो । संविधान कार्यान्वयनको एउटा खुड्किलो स्थानीय तहको निर्वाचनको लागि सहयोग गर्ने वचन दिएर चीनले आफ्नो धारणालाई बल पुर्‍याएको छ ।

संविधान संशोधन तथा मधेसवादी दलहरुको मागको सम्बन्धमा भने उसले स्पष्ट बोलेको छैन । तर, निर्वाचनमा सबै पक्षको सहभागिता होस् भन्ने उसले सन्देश दिएको छ ।

रेल्वे र सडकको विस्तार
पछिल्ला वर्षहरुमा नेपाल र चीनको बीचमा भएका उच्चस्तरीय भेटघाटहरुमा चीनले रेल्वे र सडक विस्तारलाई निरन्तर जोड दिँदै आएको छ । नेपालसम्म रेलवे र सडक विस्तार गर्ने उसको योजनामा नेपालले पर्याप्त सहयोग नगरेको निष्कर्ष उसको हुन सक्छ । यस अगाडि भारतको गोवामा भएको भेटघाटमा पनि चिनियाँ राष्ट्रपतिले यी विषयमा विशेष जोड दिएका थिए।अनलाइन बाट

काठमाडौं, चैत१५ गते । रातो तारा डट कम-
नेपाल टेलिकमका दुई जना कर्मचारीको व्यक्तिगत हित हुने गरी ल्याइएको ‘फोरजी’ सेवाबाट कम्पनीमा ठूलो रकम हिनामिना भएको छ ।

नेपाल टेलिकमले चलाएको एडिएसल ईटरनेट सेवा पनि चल्दै नचलेर धमाधम अरूकम्पनीका सेवा सेवा लिन थालेका छन। अब टेलिकम कर्मचारीले नै डुबाउने भए।


त्यसैगरि १२ करोड रुपैयामा हुवावे कम्पनीले टेण्डर हाल्दा पनि नदिएर जेटीइलाई कमिसनकै कारण झनै उल्टै बढी रकमको स्वीकृत गरिएको थियो । सीटीओ अफिसमा बसेर कुन कम्पनीलाई मिल्ने स्पेक बनाउने र कमिसन लिने भन्ने विषयमा विद्याबारिधि गरेका प्रदिप ठाकुरकै कारण फोरजी सेवा पूर्णतया नोक्सानीमा गएको छ ।

फोरजीको सेवा लञ्च गरिएको भनेर तामझामका साथ प्रचार गरिएपनि थ्रीजी पनि नभएको टेलिकमकै प्राविधिकहरु बताउँछन् । अहिले एक दुई स्थानमा बाहेक त्यही थ्रीजीका लागि सेवा उपलव्ध छैन ।

नेपाल टेलिकमको नेतृत्वमा भ्रष्टाचार गर्न सिपालु व्यक्तिको पदस्थापन भएपछि यसरी टेलिकमको अवस्था धारासायी हुन गएको हो । टेलिकमको प्रबन्ध निर्देशक बनेकी कामिनी राजभण्डारीले अहिलेसम्म कम्पनीलाई फाइदाहुने गरी कुनैपनि नीतिगत निर्णयहरु गर्न नसक्दा उनको कार्य सम्पादन मापन पनि फेल खाएको छ ।

उनले अहिले नियुक्त हुँदाको समयमा सञ्चालक समितिको तर्फबाट दिइएको प्रबन्ध निर्देशकको कार्य सम्पादन मापनको सुचांक ६ पनि पुगेको छैन् । बैकिङ तरलताका कारण ब्याजमा बृद्धि भएकाले मात्रै कुल मुनाफा शिर्षकमा वृद्धि भएको हो । अहिले नेपाल टेलिकमले १३ प्रतिशत ब्याज पाएकाले नै यो मात्रै ट्राजेट पुगेको छ ।

त्यसलाई पनि प्रबन्ध निर्देशक राजभण्डारीले उपलब्धिकै रुपमा लिएकी छन् । यसरी प्रबन्ध निर्देशक हुनका लागि कम्पनीले राखेको न्यूनतम मापदण्ड इबीटीडीए ग्रोथ, रेभेन्यू ग्रोथ (सञ्चालन आम्दानीमा वृद्धि), सब्सक्राबर ग्रोथ (ग्राहक सेवामा वृद्धि), नेट प्रोफिट ग्रोथ (कुल मुनाफामा वृद्धि), ग्रोथ इन रिटर्न अन टोटल एसेस्ट (सम्पत्तिको प्रतिफलमा वृद्धि) मा कम्तीमा पनि ९.७५ सुचांक ल्याउनुपर्ने हुन्छ ।

तर संचालक समितिका तर्फबाट प्रबन्ध निर्देशकले गर्नुपर्ने न्यूनतम मापदण्डलाई नै केहि रकम घुसका रुपमा दिएर सच्चाई पद सुरक्षित गर्न लागेकी राजभण्डारीलाई भने अहिले केहि इमान्दार र राष्ट्रवादी सोच भएका कर्मचारीका कारण असफल बनाइदिएका छन् ।

गुणस्तर सेवाका सम्बन्धमा पनि नियामक निकायले निर्धारण गरेको मापदण्ड अनुसार र कुनै स्वतन्त्र निकायबाट ग्राहक सन्तुष्टबारे सर्वेक्षण गराउने र सोका आधारमा समय समयमा लक्ष्य तोकिनु पर्ने उल्लेख गरिएको छ ।अनलाइन बाट


विराटनगर,चैत १४ गते । रातो तारा डट कम,
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आज मोरङको अमाही बरियाती–७ स्थित  खयरबन बस्ने मृतक वासुदेव साहकी धर्मपत्नी उर्मिलादेवी साहलाई सरकारको तर्फबाट राहतस्वरुप रु दस लाखको चेक हस्तानान्तरण गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालयमा आयोजित सो चेक हस्तानान्तरण कार्यक्रममा पूर्वका क्षेत्रीय प्रशासक राजेश्वरमान श्रेष्ठ, प्रहरी नायवमहानिरीक्षक रमेशप्रसाद भट्टराई सशस्त्रका प्रहरी नायवमहानिरीक्षक जानकीराज भट्टराई, प्रजिअ यज्ञराज कोइराला,पीडितका दुई छोरा गौंतम,जयकान्त र छोरी लक्ष्मी लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो।

जिल्ला प्रशासन बाहिर कार्यालय सहिद घोषणाको माग गर्दै सघिय समाजवाद फोरम कार्यकर्ता लाइनमा बसेका थिए।

६ बर्षअघि २०६७ साल जेठ ११ गते  भारतीय सीमा सुरक्षा वल (एसएसबी)का दुई जवान नेपालको भूमिमा प्रवेश गरी ५५ बर्षीय बासुदेव साहलाई गोली प्रहार गरी हत्या गरेका थिए ।
तेल तस्करलाई लखेटदै भारतीय सीमा सुरक्षा वलको २४ औं बटालियनका निरीक्षक हितेन्द्र सिंह र हवल्दार मदन सिंह सादा पोशाकमा नेपालको भूमिमा प्रवेश गरेका थिए ।

स्थानीय प्रहरी चौकीका प्रहरीले उनीहरुको प्रतिरोध गरेपछि विवाद सुरु भएको थियो । सोही समयमा स्थानीयहरुले पनि एसएसबीका जवानको विरोध गर्दै फिर्ता जान आग्रह गरेपछि एसएसबीका जवानद्वारा चलाइएको गोलीबाट समाजसेवी रुपमा रहनु भएका साह गम्भीर घाइते भएका थिए ।
   
गम्भीर अवस्था घाइते भएका उहाँलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा मृत्यु बाटोमैं भएको थियो ।
सो घटना घटेको दुई दिनपछि जेठ १३ गतेनै सुरक्षा समितिको बैठकले पीडित परिवारका लागि क्षतिपूर्तिको लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

सो अवसरमा  उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधिले पीडित परिवारप्रति सम्वेदना प्रकट गर्दै ज्यानसँग क्षतिपूर्तिसँग तुलना गर्न नसकिने भएपनि परिवारका सदस्यको भावी जीवन अगाडि बढाउनका सो राहत रकम उपलब्ध गरिएको बताउनुभयो ।

भारतीय सीमा सुरक्षा वलबाट यस्तो घटना नहुनुपर्ने उल्लेख गर्दै उहाँले कञ्चनपुरको गोविन्द गौंतमसँग भएको घटनापछि मोरङमा पनि ६ बर्षअघि सोहीअनुरुपको घटना भएको चर्चाको थाहा पाएपछि मोरङ जिल्ला प्रशासनबाट वास्तविक जानकारी प्राप्त गरेर राहत उपलब्ध गराएको बताउनुभयो ।

सोही अवसरमा उहाँले मृतक साहका दुई छोराले म्याँदी प्रहरीमा भर्ना हुन चाहेमा भर्ना गर्नका लागि सम्बन्धित क्षेत्रीय प्रहरी कार्यालयलाई आग्रह गर्नुभयो ।






बिराटनगर,चैत १४ गते। रातो तारा डट कम,
गृहमन्त्री बिमलेन्द्र निधिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा एकै चरणमा हुने कुरा आज बिराटनगर  बिमानस्थलमा बताएका छन् । एन टिभी का मोहन मानन्धरले अनआबस्यक प्रश्न गरेको भन्दै गृहमन्त्री रिसाएका थिए।

पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकका लागि सोमबार  आज १० बजै बिराटनगर आएका गृहमन्त्री निधिले बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी मोर्चासमेतको सहमति र सहभागितामा चुनावको वातावरण बनाउनेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिए ।

उनले भने, ‘दुई चरणमा चुनाव गर्ने बारेमा चर्चा भइरहे पनि सरकारले एकै चरणमा गर्ने निर्णय गरिसकेको छ, त्यसका लागि सुरक्षा लगायत सबै तयारी भइसकेको छ ।’

मधेसी मोर्चाको मूख्य मागको रुपमा रहेको सीमांकन हेरफेरबारे उच्चस्तरीय आयोग बनाएर चाँडै टुंग्याउन सरकार प्रयत्नशील रहेको गृहमन्त्री निधिले जानकारी दिए ।

निर्वाचन लक्षित सुरक्षा योजना बनाउन पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठक अहिले क्षेत्रीय प्रहरी कार्यालयको सभाहलमा सुरु भएको छ ।

बैठकमा क्षेत्रीय प्रशासक, पूर्वाञ्चल प्रहरी प्रमुखसहित सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका अधिकारीहरु सहभागी छन् ।


काठमाडौ, चैत १४ गते । रातो तारा डट कम,
आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । समाजका विकृति विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।

पछिल्लो समय नेपालमा पछिल्लो रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । सन् १९६१ मा अन्तराष्ट्रिय रंगमञ्च इन्सिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ तारिखमा विश्व रंगमञ्च दिवस मनाउन थालिएको 
हो ।

सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए ।



बिराटनगर,चैत १४ गते। रातो तारा डट कम,
सैनिक मुख्यालयले सेनाका लागि रासन आपूर्ति सम्झौता सर्तविपरीत बीचमै ठेक्का रद्द गरेपछि ठेकेदारहरू अदालत पुगेका छन् । 

सैनिक पृतनाहरूले ठेकेदार कम्पनीले सहमतिअनुसार रासन आपूर्ति गर्न नसकेको भन्दै एकतर्फी रूपमा ठेक्का तोडेपछि त्यसमा थुप्रै अनियमितता र कमिसनका खेलहरूले समेत भूमिका खेलेको देखिएको छ ।

पश्चिम पृतनाका सेनानी गुणराज अधिकारीले एनईएस प्रालिलाई पत्र लेखी १३ हजार किलो चामल, १ हजार २ सय ९२ किलो दाल, १ हजार ३ सय ४७ लिटर तेल, १ हजार ७ सय ६५ किलो चिनी, १ हजार ७ सय ६४ किलो नुन, ९१ किलो चियापत्ती र ८ सय ९२ किलो मौज्दात तरकारी फिर्ता लिन बोलाएपछि यो अनियमितता सार्वजनिक भएको हो।

ठेकेदार कम्पनीले सम्बन्धित पृतनाले ठेक्का सर्तअनुसार पेस्की उपलब्ध नगराएको, अघिल्ला महिनाहरूको आपूर्तिको भुक्तान नदिएको र सामान बुझिसकेपछि एकतर्फी रूपमा ठेक्का तोडेको आरोप लगाएको छ ।

पश्चिम पृतना विजयपुर ब्यारेकसँगै श्री नम्बर ३ बाहिनी अड्डा खैरेनीटार तनहुँ, श्री नम्बर ६ बाहिनी अड्डा बैरेनी ब्यारेक धादिङ, श्री नम्बर ९ बाहिनी अड्डा माझीटार सिन्धुली र श्री नम्बर २६ बाहिनी अड्डा भकुण्डेबेसी काभ्रेले सम्झौता गरेको एक महिनामै ठेकेदारले सम्झौताबमोजिम रासन दिन नसकेको भन्दै ठेक्का तोडेका छन् ।

पश्चिम पृतनाका एक उच्च सैनिक अधिकारीले भने, ‘हामीले आफूखुसी ठेक्का तोडाएको हैन । माथिको आदेशमा ठेकेदार कम्पनीसँग सम्झौता तोडिएको हो ।’ तर उनले माथिको पहिचान खुलाउन चाहेनन् । अन्नपूर्ण पोस्ट् दैनिकबाट



काठमाडौं, चैत १४ गते । रातो तारा डट कम,
मेलम्चीको पानी काठमाडौं आउने सुरुङ खन्न अब ४.२ किलोमिटर मात्र बाँकी छ । तर २०७४ असोज अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने आशंका बढेपछि मेलम्ची खानेपानी विकास समिति कामको गति बढाउन लागिपरेको छ । यसका लागि थप उपाय खोजिरहेका छ।

मेलम्चीदेखि सुन्दरीजलसम्मको कुल २६.५ किमि लामो सुरुङ खन्न ४.२ किमि बाँकी रहँदा तोकिएको समयमा सम्पन्न हुँदैन कि भन्ने आशंका बढेको छ ।

हाल दैनिक १५ देखि २० मिटरका दरले सुरुङ खनिएको छ । सोही गति अनुसार काम गर्दा तोकिएको समयमा पानी आउन नसक्ने अवस्था देखिएपछि समितिले थप उपायको खोजी गरेको हो । निर्माण कम्पनीले भने थप सर्तसहित तोकिएको समयमा काम सक्ने प्रतिवद्धता गरेको छ ।

समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले २०७४ असोज मसान्तभित्रै मेलम्चीको पानी ल्याउन निर्माण कम्पनीले प्रतिबद्धता गरेको बताउनु भयो । तर निर्माण कम्पनीका थप केही सर्त रहेको बताए । अनलाइन बाट


बिराटनगर,चैत १३ गते । रातो तारा डट कम, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले आज बिराटनगरको जिल्ला समनय समिति र जिल्ला प्रशासन कार्यालय अगितिर कोण सभा गर्दै बिराटनगरलाई महानगरपालिका घोषणा गरिनु पर्ने आफनो माग सहितको ज्ञापन पत्र बुइााएकोछ ।

फोरम लोक तान्त्रिकका जिल्ला अध्यक्ष भक्तिनाथ माइाीको नेत्रित्वमा जिल्ला प्रशासन मोरग अगाडी पुगेका फोरम कार्याकर्ताहरुले नगर अध्यक्ष पंकज बर्माको अध्यक्षतामा कोण सभा गरेका थिए ।

सो कार्याक्रममा बिराटनगरलाई महानगरपालिका घोषणा गरेर मात्र स्थानिय तह को निर्वाचन हुनु पर्ने जस्ता मागहरु राख्दै,मोरग जिल्ला समनय समिति र जिल्ला प्रशासनमा कार्यालय मार्फत सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष माग सहितको ज्ञापन पत्र पुगाईदिन अनुरोध गर्दै पत्र बुइााएकाछन ।



बिराटनगर, चैत १३ गते । रातो तारा डट कम,
नेपाल विद्युत प्राधिकरणको आम्दानी पछिल्लो ६ महिनामा ६ खर्ब २ करोड ७२ लाख रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७३/०७४ को पछिल्लो ६ महिनामै विद्युत प्राधिकरणको आम्दानी यसरी बढेको हो ।

प्राधिकरणको आम्दानी ६ अर्ब बढेकोलाई मुख्य समाचार बनाएको कारोबार दैनिकले गाउँमा पहिलोपटक सिधै बजेटलाई पनि लेखेको छ । उत्तरी सीमा स्तरोन्नतिमा सधै अन्योललाई पनि कारोबारले उल्लेख गरेको छ ।

विप्रेषणको वृद्धिदर घट्योलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । साउदीमा अवैधानिक कामदारका सन्दर्भमा अन्नपूर्णले ‘सरकारले आममाफी दिने’ लेखेको छ । गाउँमै चिया प्रशोधनलाई पनि अन्नपूर्णले लेखेको छ ।

सरकारको निर्णय अर्थमन्त्रालयले नमानेकोलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । ‘सेज नियमावली छिटो बनाउ’लाई नागरिकले लेखेको छ । असिनाले करोडौंको बाली सखापलाई पनि नागरिकले उल्लेख गरेको छ ।

जलविद्युतमा बिपिसीको साढे १८ अर्ब लगानीलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले ‘यस्तो छ कृषि उत्पादनको लक्ष्य’लाई पनि लेखेको छ ।

‘आपूर्तिमा अझै अन्यौल’लाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । दुई नयाँ आयोजना निर्माणको घोषणालाई पनि अभियानले लेखेको छ ।नेपाल न्युज
बाट लिएको हो।


काठमाडौं,चैत १३ गते । रातो तारा डट कम,
नेपालले एक वर्षपछि हुने संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद् (यूडीएचआर) को सदस्यताका लागि अन्तर्राष्ट्रिय लबिङ सुरु गरेको छ । सन् २०१८ मा हुने परिषद्को निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको नेपालले विदेशस्थित नेपाली दूतावासहरुमार्फत सहगोगका लागि लबिङ थालेको हो ।

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुधिर भट्टराईका अनुसार आगामी अक्टोबरमा हुने परिषद्को निर्वाचनका लागि समर्थन जुटाउन विदेशस्थित सबै नियोगहरुलाई पहल थाल्न निर्देशन दिइएको छ । यसक्रममा शुक्रवार दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईले तान्जानिया पुगेर नेपालको उम्मेदवारीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले तान्जानियाका विदेशमन्त्री अगुस्टाई महिगासँग भएको शिष्टाचार भेटको क्रममा नेपालको उममेदवारीलाई सहयोग गर्न आग्रह गरेको प्रिटोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । 

दूतावासका अनुसार राष्ट्रपति जोन पोम्बे मगुफुलीसमक्ष प्रमाणपत्र बुझाउन पुगेका राजदूत राईले विदेशमन्त्रीसँगको भेटमा सो आग्रह गर्नु गरेका हुन् । नेपालले करिब एक महिनाअघि मात्र परिषद् सदस्यका लागि उम्मेदवारी 
घोषणा गरको थियो। गोरखापत्र दैनिक बाट



काठमाडौं, चैत १२ गते । रातो तारा डट कम,
साउदी अरेबियाले आफ्नो देशमा गैरकानूनी रुपमा रहेका विदेशी कामदारलाई आममाफी दिँदैछ । तर, यो सुविधा कसरी लिने भन्नेमा साउदीमा रहेका नेपाली अवैध कामदार अन्योलमा छन् ।

साउदीले विना सजाय र जरिवाना आफ्नो देश फर्कन ९० दिनको समयसीमा दिँदैछ । सो समयभित्र देश नछोड्ने अवैध आप्रबासी कामदारलाई ठूलो जरिवाना रकम लगाउने निर्णय गरेको छ ।

त्यसैले आममाफी लिएर स्वदेश फर्कन प्रक्रिया अघि नबढाए समस्या पर्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ । अब अवैध कामदारले समसीमाभित्र स्वदेश र्फकन प्रक्रिया सुरु नगरे २८ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था छ ।
धेरै नेपाली कामदार पनि साउदीमा अवैध कामदारका रुपमा रहेकाले उनीहरुले आममाफीको सदुपयोग नगरे ठूलो जरिवाना तिर्नुपर्ने छ ।

कम्तिमा ४ लाख २० हजार रुपैयाँदेखि २८ लाख रुपैयाँ अर्थात १५ हजार देखि १ लाख रियालसम्म जरिवाना लगाउने निर्णय साउदीले गरिसकेको छ । साउदीको अध्यागमन विभागले यसरी जरिवाना तिरेर फर्किएकालाई फेरि साउदीमा आउन नदिने निर्णय पनि गरिसकेको छ ।

आममाफीको प्रक्रिया चैत १६ गतेदेखि सुरु हुनेछ । यसको ९० दिनको अवधिमा श्रम ऐन उल्लंघन गर्दै साउदी अरबमा कार्यरत विदेशी कामदारले विना सजाय देश छाड्न सक्ने
छन् ।

यो अभियान १९ वटा सरकारी निकायहरुले सञ्चालनमा ल्याउनेछन् । यस्तो सुविधा हज वा उम्राहको दर्शनको लागि आएर भिसा अवधि समप्त भएपछि पनि घर फिर्ता नभएका र भिसासँग सम्बन्धित अन्य मामिलामा पनि लागू हुनेछ ।
यसअघि ३ वर्ष पहिले यस्तै कार्यक्रम सञ्चालनमा ल्याउँदा करिब २५ लाख मानिसले साउदी छाडेका थिए । यो पटक पनि साउदीमा अवैध बसेका नेपालीले सहज रुपमा स्वदेश फर्कन मौका पाएका छन् ।

आममाफी प्रक्रियाबारे १० महत्वपूर्ण कुराहरु यस्ता छन्ः
१. १९ मार्च २०१७ सम्म हुरुव (भौगौडा) लागेर वा अकामा नबनेर वा म्याद सकिएका अकामा नवीकरण नभएर आलेखवद्ध/अवैधानिक -इलिगल) भएका ब्यक्तिहरुले स्वदेश फर्किन एक्जिट भिसाका लागि तोकिएको विवरणसहित आवेदन दिनुपर्नेछ । आममाफीको अवधिमा स्वदेश फर्किन कुनै खर्च लाग्दैन ।

२. यो आममाफी २९ मार्च २०१७ देखि लागू हुनेछ र ९० दिनसम्म रहनेछ । अबैध ढंगमा साउदी प्रवेश गरी कागजातबिहीन रहेका (विशेषतः नेपाली घरेलु महिला कामदारहरू)ले यसको फाइदा उठाउन सक्नेछन् ।

३. भिजिट भिसा, हज भिसामा साउदी आएर ओभरस्टे भएकाहरुले समेत यसमा सहभागी हुन सक्नेछन् । तर, यस्ता ब्यक्तिहरुले एपोन्मेन्ट लेटरको पि्रन्टसहित एयरपोर्ट इमिग्रेशनबाट एक्जिक्ट भिसा प्राप्त गर्न सक्नेछन् ।

४. आवेदन गर्दा तोकिएको वेबलिंकमा गएर विवरण भरि अगि्रम प्रक्रियाका लागि आफूलाई पायक पर्ने स्थानको जवाजात अफिसमा एपोइन्मेन्ट लिनुपर्नेछ । एपोइन्टमेन्टको लागि अनलाइन आवेदन स्वयम् ब्यक्तिले नै गर्न सक्नेछ । आवेदन गर्न नसक्नेहरुको लागि दूतावास वा दूतावासबाट तोकिएका नेपाली समुदायका स्वयम्सेवकहरुको सहयोग लिन सकिनेछ । स्वम्सेवकहरुको सूची दूतावासले सूचनामार्फत जानकारी गराउनेछ ।

५. सक्कल राहदानी भएका ब्यक्तिहरुले जावाजातका अनलाइन एपोइन्टमेन्ट प्राप्त गरेपछि त्यसको प्रतिलिपी, अकामा भए अकामा र सक्कल राहदानी लिएर सिधै एपोइन्टमेन्ट लिएको जवाजातको कार्यालयमा प्राप्त एपोइन्टमेन्टको समय अगावै सम्पर्क गर्नुपर्नेछ ।

६. सक्कल राहदानी नभएकाहरुको हकमा पुरानो राहदानीको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पेश गरी दूतावासले तोकेको स्थानबाट ट्राभल डकुमेन्ट (आउटपास) लिनुपर्नेछ । र सो आउटपास, अनलाइन एपोइन्टमेन्ट लेटरको प्रतिलिपि र अकामा भए अकामा लिई एपोइन्टमेन्टमा तोकिएको समय अगावै सम्पर्क गर्नुपर्नेछ ।

७. सम्बन्धित जवाजात अफिसमा समयमा पुगेर फिंगर लगायताका प्रक्रियाका लागि सम्बन्धित डेस्कमा गई हुनुपर्नेछ । कुनै समस्या कुनै समस्या परेमा दूतावास वा दूतावासका अधिकारीसँग बुझ्न सकिनेछ ।

८. यो कामका लागि जवाजातको कार्यालय समय विहान ७.३० देखि दिउँसो २.३० सम्म २९ मार्चबाट सुरु हुनेछ ।
९. निवेदन दिएका तर, कुनै न कुनै जरिवाना (गरामा) वा मुद्धा (मतलुब) भएका ब्यक्तिलाई एक्जिक्ट भिसा लगाउन समस्या हुनसक्ने भएकाले एपोइन्टमेन्ट लिनु अगावै अफ्नो मुद्दा रहेको सम्बन्धित प्रहरी निकाय -प्रहरी, अदालत)मा सम्पर्क गरी मुद्दाको फस्र्योट गर्नुपर्नेछ ।

१०. साउदीको कानून तोडेर अपराधिक केशमा पक्राउ परेका, जेल सजाय भोगिरहेकाहरूका लागि यो आममाफी लागू हुनेछैन । योग्यहरुले प्रक्रियामा सहभागी नभए २८ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । नेपाली न्यजबाट



बिराटनगर,चैत्र १२ गते । रातो तारा डट कम, निर्वाचन आयोगले आज बिराटनगरमा पत्रकार भेटघाट कार्याक्रमको आयोजाना गरेको थियो ।

उक्त पत्रकार भेटघाट कार्याक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगका तर्फबाट कुरा राख्दै,२०७४ सालको बैैशाख ३१ गते हुने स्थानीय तह को निर्वाचको तयारी पुरा हुन लागेको जानकारी गराउनु भयो ।

मत पत्र छपाई,सुरक्षाको व्यवस्था,राजनीतिक पार्टीहरु संगको छलफल,स्थानिय चुनाव प्रचार प्रसारको व्यवस्था,स्थानिय तहमा दलहरुको दर्ता, जस्ताकामहरु केहिपुरा भएका र केहि हुन बाँकी रहेको पत्रकारहरुलाई जानकारी गराउनु भयो ।

पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै डा.अयोधी प्रसाद यादवले भन्नु भयो-स्थानिय निकायको निर्वाचन एकै पटक गर्ने गरी दलहरु संग सरकारले कुरा गरिरहेको हुँदा चुनाव सफलताका साथ सम्पन्न हुने दावी गर्नु भएकोछ ।

नेपालको संबिधानमा भएको व्यवस्था अनुसार हरेक वडाहरुबाट १ जना महिला दलित, र महिलाको अनिवार्य उमेर द्वारी हुनुपर्नेछ ।

२०६४सालमा पनि केहि बिवाद थियो तर चुनाव त सफतापुर्वक नै भएको उदारणहरु दिदै, डा. यादवले भन्नुभयो,अव पुर्व  निर्धारित कार्याक्रमहरु बाहेक सबै क्षेत्रहरुलाई निर्वाचन आचारसहिता लागु भईसकेकोले सबैलाई पालना गराउन आयोग लाग्ने जानकारी गराउनु भएको थियो ।

राप्रपाको बिधानबाट सबैधानिक राजतन्त्र र हिन्दु धर्म हटाईएको बारेमा पत्रकारहरुले राखेको जिज्ञासाहरुको जवाफ दिदै,डा. यादवले भन्नु भायो,संघिय गणतान्त्रिक राज्य व्यवस्थामा गणतन्त्र र संबिधान मान्ने गरि राजनीतिक दलको रुपमा दर्ता हुन आउदा सो कुरा संबिधान बिपरित भएकाले दुई शब्द हटाएर आयोगले दल दर्ता गरेको जानकारी गराउनु
भयो ।




काठमाडौं,चैत १२ गते।रातो तारा डट कम,
पुनर्निर्माणमा ढिलाइले नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)ले सूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने जोखिम रहेको सरकारी अधिकारीहरूले नै बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पुनर्निर्माण प्रक्रियामा रहेका सम्पदाबारे अनुगमन गर्न युनेस्कोको एक मिसन टोली अहिले नेपालमा छ । टोलीले दिने प्रतिवेदनका आधारमा विश्वसम्पदाको समीक्षा हुने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । 

‘सम्पदा पुनर्निर्माणतर्फ काम नै नभएको होइन, तर जुन स्तरमा काम हुनुपर्ने थियो त्यो हुन सकेको छैन,’ महानिर्देशक दाहालले भने, ‘यसमा गति दिन नसक्ने हो भने युनेस्कोद्वारा खतराको सूचीमा राख्ने जोखिम छ ।’

सरकारले सुरु नै गरेन, निजी क्षेत्रले बनाइसक्यो
पुरातत्व विभागका अनुसार अहिलेसम्म पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भएको सम्पदा बौद्धनाथ स्तुपा हो । यो स्तुपा मंसिर पहिलो सातादेखि सर्वसाधारणको अवलोकनका लागि खुला भइसकेको छ ।

पुरातत्व विभागको प्रत्यक्ष निगरानी रहनुबाहेक यसको पुनर्निर्माणमा सरकारी संलग्नता छैन । निजी क्षेत्र र सरोकारवालाले नै बौद्धनाथको पुनर्निर्माण गरेका हुन् । तर, यसबाहेक अन्य सम्पदा भने सरकारी संलग्नतामा पुनर्निर्माण हुँदै छ ।

विश्वसम्पदासहित विभिन्न मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणको गतिबाट स्वयं सरोकारवाला निकाय सन्तुष्ट छैनन् । कतिपय मन्दिरका गेट, सत्तल, पाटी, छानाजस्ता संरचना निर्माण भइसकेको भए पनि मुख्य सम्पदाका मुख्य संरचनाको काम भने अगाडि बढ्न सकेको छैन ।आजको नयाँ पत्रिका दैनिकबाट


काठमाडौं,चैत १२ गते । रातो तारा डट कम,
पछिल्लो समयमा माओवादीको दसबर्से ‘जनयुद्ध’ को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको ‘कडा’ प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं ‘टक्कर’ लिने थबाङले माओवादी जनयुद्धमा ‘हेडक्वार्टर’ को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ ‘कम्युनिस्ट’ को गढ मानिन्थ्यो ।

सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ फेरि रिसायो । असन्तुष्ट थबाङलाई फकाउन २०६४ सालको संविधानसभाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैं त्यही क्षेत्रबाट चुनाव लडे । उनले त्यो बेला चुनाव जिते । तर २०७० सालको संविधानसभाको निर्वाचन थबाङले बहिष्कार गर्यो । त्यो बेला माओवादी फुटिसकेको थियो ।

सारा थबाङवासी मोहन वैद्यले अगुवाइ गरेको पार्टीमा थिए ।
वैद्यबाट विप्लव फेरि बाहिर निस्किए । सारा थबाङवासी विप्लवका समर्थक भए । एक महिनाअघि विप्लव नेतृत्वको माओवादीको पार्टी महाधिवेशनको बन्दसत्र थबाङमै भएको थियो । त्यसका लागि सारा थबाङीहरू मिलेर गाउँमा एउटा ठूलो सभाहल बनाए ।

महाधिवेशनले ‘चुनाव’ बहिष्कार नीति पारित गरेको छ । तर यसपालि भने थबाङवासी चुनाव चाहन्छन् । अघिल्लोपटक चुनाव बहिष्कार गर्दा थबाङवासी आफूहरू ‘ठगिएको’ महसुस गर्छन् । विप्लव समर्थक माओवादी अगुवा रेशम शाह (घर्ती) भन्छन्, ‘अब हामीलाई पनि यहाँको विकासका लागि नेता चाहिन्छ । पार्टीको नीति र बहिष्कार गर्ने नै हो तर हामीले आफूअनुकूल चुनाव उपयोग गर्छौं ।

’यसका लागि थबाङवासीले पार्टीसँग पनि अनुमति मागेका छन् । थबाङवासी वैशाख ३१ का लागि तय गरिएको स्थानीय तहको चुनावलाई आफूअनुकूल उपयोग गर्ने पक्षमा छन् । त्यहीअनुसार उनीहरूले ‘उम्मेदवार’ पनि खोजिरहेका छन् । ‘हामी सधैं राज्यको विपक्षी भएर बस्यौं ।

अघिल्लो चुनावमा भोट पनि हालेनौं तर अहिले सारा विकासे कामका लागि नेताहरूकै दैलोमा कुद्नुपर्दा आफैंलाई अप्ठ्यारो लाग्छ’, शाह भन्छन्, ‘त्यै भएर अब यसपालिको चुनाव हामीले उपयोग गर्नुपर्छ कि भन्ने लागेको छ ।’
खासमा पुष्पकमल दाहालले ‘बाटो बिराएको’ भन्दै रिसाएका थबाङवासी अझै ‘क्रान्ति’ चाहिएको ठान्छन् । 

२०२९ सालमा कम्युनिस्ट पार्टीको औपचारिक सदस्यता लिएका खड्गबहादुर बुढा भन्छन्, ‘जनता र कार्यकर्ताको जुन लक्ष्य र बलिदान थियो त्यो पूरा भएन । हामी अझै क्रान्ति जारी छ भन्छौं तर दाहालले बाटो बिराए ।’ यही कारण सारा थबाङवासी अहिले विप्लवको नेतृत्वमा छन् ।

सामूहिकतामा विश्वास राख्ने थबाङवासी सधैं गाउँका अगुवा नेताकै भरमा हुन्छन् । गाउँका अगुवा नेताको अनुमतिबिना सितिमिति उनीहरू आफ्नो कुरा खोल्दैनन् । उनीहरूले जुन पार्टीलाई समर्थन गर्न सल्लाह दियो त्यही मान्छन् ।
सरकार, सत्ता र पार्टीको नीतिलाई समेत आफूअनुकूल उपयोग गर्दै आएका थबाङवासी यो स्थानीय तहको निर्वाचनलाई पनि त्यसैगरी उपयोग गर्ने सोचाइमा छन्।

चुनाव बहिष्कार गर्ने पार्टीको नीति हो । पार्टीले त चुनाव बहिष्कार गर्छ नै तर अहिले चाहिएको त गाउँकै नेता हो । त्यसैले हामीले हाम्रो विकास रोक्नु हुन्न’, बुढा भन्छन्, ‘स्थानीय चुनावमा हाम्रो, थबाङीको पकड हुनुपर्छ र यो निर्वाचनलाई हाम्रो पक्षमा पार्नुपर्छ भन्ने लागेको छ ।’

२०३६ सालमा भएको जनमतसंग्रहमा पनि थबाङवासीले बहुदलका पक्षमा मत खसालेका थिए । ‘हामी के गर्दा हाम्रो गाउँ र जनतालाई राम्रो हुन्छ त्यहीअनुसार बहिष्कार र उपयोग गर्छौं’, उनी भन्छन्, ‘पार्टीको नीति एउटा भए पनि हामीले चुनावलाई आफ्नो अनुकूल उपयोग गर्ने हो ।’
अन्नपूर्ण पोस्ट् दैनिकबाट



बिराटनगर,चैत ११ गते । रातो तारा डट कम,
चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपालीले चाहेजस्तो विकास र आवश्यकताका लागि सधैँ नजिकबाट सहयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रक्षामन्त्री बालकृष्ण खाणसँगको छुट्टाछुट्टै भेटमा चाङले नेपालमा शान्ति,प्रगति र विकास भएको चीनले देख्न चाहेको पनि स्पष्ट पारेका छन् ।

तर पनि नेपाली नेतालाई के रोग लागेकोछ,भारतको गुलामी
नगरी नहुने ? नेताको भारत तिरको लम्पसारले जनता आजित भएकाछन। यो भारत तिरको लम्पसार नेताहरूले छाडनु परो
बोर्डर सिल गरेर तारबार लगाउन थाल्नु परो नागरिक्ता छानबिन हुनु परो भन्छन जनता।

काठमाडौं, चैत ११ गते । रातो तारा डट कम,
चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान बोआओ फोरमको उदघाटन सत्रलाई सम्बोधन 
गर्दैछन् । प्रधानमन्त्री दाहालले अफगानिस्तान र म्यानमारका नेताहरुले भन्दा अगाडि आफ्नो सम्बोधन राख्नेछन् ।

बोआओ फोरम (बीएफए) का महासचिव झोउ वेनझोङका अनुसार चीनको हाइनान प्रान्तस्थित बोआओमा यो सम्मेलन मार्च २३ देखि २६ सम्म आयोजना हुनेछ र उद्घाटन समारोह मार्च २५ मा हुनेछ, जहाँ चिनियाँ उपप्रधानमन्त्री र नेपालका प्रधानमन्त्री लगायतले सम्वोधन गर्नेछन् । 

आखिर के हो बोआओ फोरम ? यसका एजेण्डाहरु के हुन् ? यो सम्मेलनमा के-के विषयमा छलफल हुँदैछन् ? यसबारे यहाँ सामान्य जानकारी दिने प्रयास गरिएको छ।

एशियामा विश्वव्यापीकरणको प्रभावबारे बहस
बाआओ फोरमको वार्षिक सम्मेलन २०१७ का लागि ‘विश्वव्यापीकरण र स्वतन्त्र व्यापारः एशियाली दृष्टिकोण’ भन्ने मूल एजेन्डा तय गरिएको छ ।

विगत केही वर्षयता बढ्दो आलोचना र विरोधका साथसाथै ‘डि-ग्लोबलाइजेसन’ को उदयले गर्दा विश्वव्यापीकरणले विश्वअर्थतन्त्रमा धक्का खानु परिरहेको छ । यसै सन्दर्भमा विश्वव्यापीकरणको भविष्य तर्जुमा गर्न २०१६ को अन्त्यमा बीएफएले अष्ट्रेलियाको मेलबर्नमा एउटा सम्मेलन सम्पन्न गरेको थियो ।

उक्त सम्मेलनमा विश्वव्यापीकणको प्रक्रियाले आफूहरुलाई सीमान्तकृत अवस्थामा पाएका वा हितमा ठेस पुगेका जनसंख्या समूहहरुको लाभका निम्ति यसलाई अझ बढी समावेशी तुल्याउनुपर्ने तथा विश्वव्यापिकरणका आधारभूत सिद्धान्तहरुलाई स्वीकार र सम्मान गर्नुपर्नेमा सबै सहभागीहरु सहमत भएका थिए ।

मूल एजेन्डामा आधारित रहेर बोआओ वार्षिक सम्मेलन २०१७ लाई ४ वटा शीर्षकमा विभाजन गरिएको छ- विश्वव्यापीकरण, आर्थिक वृद्धि, आर्थिक सुधार तथा नयाँ अर्थतन्त्र । यसमा जम्मा ४२ वटा औपचारिक सत्रहरु तथा १२ वटा निजी सत्रहरु समावेश गरिएका छन् ।

समावेशी विश्वव्यापीकरण
यो सम्मेलनमा ‘वान बेल्ट वान रोड’ पहल पुनः एकपटक प्रमुख विषयवस्तुका रुपमा रहनेछ । यस अन्तरगत विभिन्न देशका नेताहरु तथा वरिष्ठ सरकारी अधिकारीहरुका साथसाथै चीन र बेल्टले छुने राष्ट्रहरुका मन्त्री तथा सीइओहरुबीच दुईवटा अन्तरक्रियाहरु क्रमशः आयोजना हुनेछन् ।

वार्षिक सम्मेलनमा सम्वोधन हुने अन्य विषयवस्तुमा एशियाली क्षेत्रीय साझेदारी, दोहा राउन्ड, विश्वव्यापी पुनर्निमाण तथा चीनले वकालत गरेको ‘एशिया प्रशान्त स्वतन्त्र व्यापार क्षेत्र’ समेत रहेका छन् ।

बीएफए वार्षिक सम्मेलनले फरक-फरक कोणबाट आर्थिक वृद्धिको मार्गचित्र, विचार तथा उत्प्रेरकहरु पत्ता लगाउनेछ । यससँग सम्वन्धित विषयहरुमाः विश्वव्यापी आर्थिक स्वास्थ्य, मौदि्रक नीतिको सीमा, आर्थिक उत्प्रेरकका रुपमा वित्तीय नीति, सीमा वारपार लगानी, साना तथा मझौला कम्पनीहरु र निजी क्षेत्रको लगानीको पुनरुत्थानलगायत रहेका छन् ।

आर्थिक सुधार
वाषिर्क सम्मेलन २०१७ को छलफलको अर्को प्रमुख विषयका रुपमा आर्थिक सुधार पनि रहेको छ । यससँग सम्वन्धित विषयवस्तुहरुमाः आपूर्ति पक्षको सुधार, श्रम बजार, स्वास्थ्यसेवा, भूमि, वित्ती तथा कर प्रणाली, हरित क्रान्ति, व्यावसायिक परिवर्तन, शैक्षिक सुधार, चौंथो औद्योगिक क्रान्तिलगायत रहेका छन् ।

उद्यमशीलता, आविश्कार तथा नयाँ अर्थतन्त्र
यससँग सम्वन्धित विषयवस्तुहरुः औद्योगिक रुपरेखा, शहरको पहिचान, आविष्कार केन्द्रका रुपमा सिलिकन भ्याली, भर्चुअल रियालिटी, डिजिटल मुद्रा, लाइभ स्ट्रिमिङ लगायत छन् ।

वाषिर्क सम्मेलन २०१७ मा ६ वा ७ राज्यका सरकार प्रमुख (आयोजक राष्ट्रसहित) का साथै ८० भन्दा बढी अन्तरराष्ट्रिय संगठनका नेता तथा आर्थिक मामलाका मन्त्रीहरुलाई आमन्त्रित गरिएको छ र यसले व्यवसायिक नेता तथा सरकार प्रमुख र मन्त्रीहरुबीच वृहत अन्तरक्रियाको अवसर उपलब्ध गराउनेछ ।

को-को छन् बिजनेस र मिडिया पार्टनर ?
रणनीतिक साझेदारका रुपमा SABIC र सांघाइ जनरल मोटर्स, हिरक साझेदारका रुपमा क्वइचो मोउटाइ कम्पनी लिमिटेड, सामसुङ र चाइना फर्चुन ल्यान्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, प्लाटिनम साझेदारका रुपमा क्यूक्यू डट कम, एचएनए ग्रुप, टाटा ग्रुप, एसके ग्रुप र रिभरसाइड ग्रुप, स्वर्ण साझेदार डेलोट्टी चाइना, गोल्डेन ब्रिक क्यापिटल म्यानेजमेन्ट लिमिटेड, चाइना क्रियट वेल्थ कनेक्सन इन्टरनेट फाइनान्स कम्पनी लिमिटेड र इनर मंगोयिा मेन्गेन्जु डायरी कम्पनी लिमिटेड लगायत रहेका छन् ।

त्यसैगरी करिब २३ वटा सञ्चार माध्यमले २०१७ को वाषिर्क सम्मेलनको मिडिया पार्टनरका रुपमा हस्ताक्षर गरेका छन् । तिनीहरुमाः बेइजिङ इन्टरनेसनल एडभरटाइजिङ एन्ड कम्युनिकेसन ग्रुप कम्पनी लिमिटेड, ब्लुमबर्ग टेलिभिजन, बिबिसी, चाइना बिजनेस न्युज, सिसीटिभी, चाइना डेली, सिएनबिसी, चाइना न्युज सर्भिस, ग्लोबल टाइम्स, पिपुल्स डेली, सिन्ह्वा न्युज एजेन्सी, वाल स्टि्रट जर्नल एशिया लगायत छन् ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहालले बहसमा सहभागिता जनाउनेछन् ।

के हो बोआओ फोरम ?
बोआओ फोरम फर एशिया (बीएफए) एउटा गैरनाफामूलक संगठन हो । एशिया र अन्य महादेशका सरकारी, व्यवसायिक एवम् प्राज्ञिक नेताहरुका लागि यो क्षेत्र र समग्र विश्वका जल्दाबल्दा मुद्दाहरुमाथि छलफल गर्न यो फोरमले मञ्च प्रदान गर्छ ।

यसको प्रधान कार्यालय चीनको हाइनान प्रान्तस्थित बोआओमा रहेको छ भने यसको सचिवालय बेइजिङमा छ ।
बोआओ शहरको नामबाटै यस फोरमको नामाकरण गरिएको हो, जुन सन् २००२ देखि यो फोरमको स्थायी वाषिर्क सम्मेलनस्थलका रुपमा रहेको छ ।

यस फोरमले क्षेत्रीय आर्थिक साझेदारी प्रवर्द्धन गर्नुका साथै एशियाली राष्ट्रहरुलाई उनीहरुको विकास लक्ष्यसँग नजिक्याउने ध्येय बोकेको छ । स्वीट्जरल्याण्डको डाभोसमा वाषिर्करुपमा आयोजना हुने वल्र्ड इकोनोमिक फोरममा बोआओ फोरमको रुपरेखा कोरिएको थियो ।

 सन् १९९८ मा फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल भि रामोस, अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बोब हाक र जापानका पूर्वप्रधानमन्त्री मोरिहिरो होसोकावाले फोरमको गठन गरेका थिए ।

बोआओ फोरम फर एशियाको औपचारिक उद्घाटन भने २००१ को फेबु्रअरीमा भयो । एशिया र अष्ट्रेलियाका २६ राष्ट्रहरु यसका संस्थापकका रुपमा रहेका थिए । संगठनको पहिलो बैठक १२-१३ अपि्रल, २००२ मा भएको थियो ।
बोआओ फोरममा हुने छलफलहरु मूलतः आर्थिक साझेदारी, समन्वय, समाज तथा वातावरणमा केन्दि्रत हुने गर्छन् ।

विगतमा यस फोरमले चीनको विश्व व्यापार संगठनमा प्रवेशदेखि लिएर ९० को दशकका क्रममा दक्षिणपूर्वी एशियाको आर्थिक संकटका विषयमा छलफल गरेको 
थियो ।

यसको वार्षिक बैठकका अतिरिक्त बीएफएले एशियाली मुद्दाहरुसँग सम्वन्धित अन्य फोरम तथा बैठकहरुको प्रायोजनसमेत गर्छ । रातो ताराले नेपाली न्युज बाट
लिएको हो।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.