Websoft University
March 2026


विराटनगर चैत १३ गते । उद्योग संगठन मोरङले आयोजना गरेको घर निर्माण प्रदर्शनीको दोस्रो दिन गुणस्तरीय निर्माण सामग्री र घर सुरक्षा सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। निर्माण प्रदर्शनीमा जारी थिमेटिक सेसनको पहिलो दिनमा विषय विज्ञहरूको सहभागितामा अन्तरक्रिया र छलफल सम्पन्न भएको हो। 

सेसनको पहिलो सत्रमा 'निर्माण सामग्रीको गुणस्तर कसरी जाँच्नेशीर्षकमा बोल्दै इन्जिनियर अमितकुमार गुप्ताले घर तथा भवन संरचना निर्माणका क्रममा प्रयोग हुने छडइँटाढुंगारोडापानीसिमेण्ट लगायतका निर्माण सामग्रीको प्रयोग र गुणस्तरीयताबारे जानकारी गराउनु भएको थियो। उहाँले नेपाली समाजमा भने इन्जिनियरले भनेको निर्देशनलाई नमान्ने प्रचलन रहेको र त्यसको परिणामगुणस्तर कायम हुन नसकी कमजोर संरचना निर्माण हुने र आर्थिक रुपमा क्षति पुग्ने बताउनु भयो। 

 भण्डारण अवधि ३ महिना भएको सिमेन्टको भारवहन क्षमता २० प्रतिशत६ महिना भण्डारण गरेको सिमेन्टको ३० प्रतिशत कम बहन क्षमता हुन्छ’ उहाँले भन्नुभयो , ‘एक बर्ष भण्डारण भइसकेको सिमेन्टको ४० प्रतिशत र २ बर्ष भण्डारण भएको सिमेन्टको ५० प्रतिशत कम भारवहन क्षमता हुन्छयस्तो सिमेन्ट प्रयोग गर्नु हुँदैन ।’

 त्यस्तैसेसनको दोस्रो सत्रमा 'अग्नी सुरक्षा प्रणाली तथा घर सुरक्षा अभ्यासमा बोल्दै इरोटेक टेक्नोलोजिज् प्रालिका संचालक तथा विज्ञ आशिष अग्रवाल आगलागीबाट बच्ने उपायबारे बताउनु भएको थियो। उहाँका अनुसार आगलागीबाट हुने ठुलो क्षतिको सबैभन्दा प्रमुख कारण आगो लागेको जानकारी नै ढिलो थाहा हुनुसँग सम्बन्धित रहेको छ ।

 करिब ८० प्रतिशत आगलागीजन्य मृत्यु घर तथा कार्यालयमै हुनेगर्छसानो आगोसमेत ३ मिनेटभित्रै नियन्त्रणबाहिर जान सक्ने कुरा हामीले कसरी थाहा पाउने भन्ने जान्नु जरुरी छ’ उहाँले भन्नु भयो, ‘त्यसका लागि केही आधुनिक सुरक्षा प्रणालीको विकास भइसकेको छ ।’

 अहिले अनेकौं स्मार्ट प्रविधिको प्रयोग बढ्दो छमोबाइल एपमार्फत नै घरको निगरानीधुवाँ वा तापक्रम असामान्य भएमा तुरुन्त सूचना आउने तथा आवश्यक परेमा स्वचालित रूपमा विद्युत् आपूर्ति बन्द हुने जस्ता सुविधा उपलब्ध भइरहेका छन्’ अग्रवालले भन्नु भयो,  ‘सिसिटिभी र फायर अलार्मलाई एकीकृत गर्दा २४सै घण्टा सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।’

अन्तरक्रियाको क्रममा सहभागीहरूले विज्ञहरूसँग अन्तरक्रिया समेत गर्नु भएको थियो। 

प्रदर्शनीमा  सुविधा सम्पन्न डोमभित्र घर निर्माणका लागि आवश्यक पर्ने प्रविधिउपकरण र निर्माण सामग्री समावेश गरिएका ७५ वटा स्टल राखिएका छन् । 

 उद्योग संगठनले जारी घर निर्माण प्रदर्शनीमा दैनिक रुपमा थेमेटिक सेशन संचालन गर्दै आइरहेको जनाएको छ । शनिबार आधुनिक घरका लागि वास्तुकलाको सिद्धान्त र प्रयोग तथा इन्टेरियर डिजाईन अवधारणा र स्पेस प्लानिङउपयोगीता र सौन्दर्यबारे विज्ञहरूबाट प्रस्तुतिकरण गरिने उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिनुभयो ।


काठमाडौं चैत १० गते । नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलेजका बीडीएस १२ औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा मुख स्वास्थ्य सचेतनासँगै प्यानल डिस्कस समेत गरिएको थियो । 


कार्यक्रम दिउँसो १ बजे डेन्टल ब्लकमा ब्यानर ड्रपसहित सुरु गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिन हुनुहुन्थ्यो । भने अन्य अतिथीहरूमा कलेजका प्रिन्सिपल प्रा. डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय लगायत कलेजका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मानव स्वास्थ्यमा मुख स्वास्थ्य त्यसमाथि दन्त स्वास्थ्य महत्वपूर्ण भएको बताउनु भयो । दाँत तथा मुखलाइ कसरी स्वस्थ राख्ने विषय समुदाय स्तरमै गएर सचेतना फैलाउनु पर्ने र त्यसका लागि कलेज प्रशासनले समेत आवश्यक सहजीकरण र सहयाेग गर्ने उहाँको भनाइ थियो ।

 कार्यक्रममा अन्य वक्ताहरूले मुख स्वास्थ्य समग्र स्वास्थ्यको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै नियमित दन्त परीक्षण, सरसफाइ र जनचेतनाको आवश्यकतामा जोड दिनुभयो ।
“ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ” भन्ने नारासहित आयोजित प्यानल छलफलमा प्राध्यापकहरूले मुख स्वास्थ्यको महत्व र यसको दैनिक जीवनसँगको सम्बन्धबारे विचार व्यक्त गरेका थिए । साथै, विद्यार्थीहरूले सचेतनामूलक नाटक, नृत्य तथा अन्य प्रस्तुतिहरूमार्फत कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

यसअघि बिहान आयोजित अन्य कार्यक्रमअन्तर्गत रील्स तथा पोस्टर प्रदर्शनी गरी मूल्याङ्कन गरिएको थियो । सहभागीहरूलाई प्रमुख अतिथी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभयो । कार्यक्रमले मनोरञ्जनसँगै जनचेतना अभिवृद्धि गर्दै मुख स्वास्थ्यप्रति सचेतना फैलाउन सहयोग पुगेको बताइएको छ । 

बिराटगर चैत्र ८ गते । राष्ट्रिय सौन्दर्यकर्र्मी युनियन नेपालको १८औं स्थापना दिवसको अबसरमा नाबुन केन्द्रिय कमिटी को सिग्गो टिम तथा मेरो ब्यक्तिगत तर्फबाट हिजो चैत ७ बिभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस भव्य रुपबाट मनाइयो । सबैले एकै ब्यानरमा रहि गर्ब र गौरवका साथ ऐतिहासिक रूपमा विभिन्न कार्यक्रम गर्दै कहि स्कुलका अति जेहेन्दार र लगनशील बिपन्न ८ देखी १० कक्षा सम्मका विधार्थीहरुलाई सयुक्त रुपमा छात्रवृत्ति दिन केहि स्कुलमा सम्झौता समेत गरिएको छ । यस्तो एकता कार्यक्रम अन्तरगतनै रक्तदान, जीवन दान को नाराका साथ रक्तदान सम्पन्न पछि रक्तदानमा सहभागी सबैलाई धन्यवाद सहितसम्मान समेत गरिएको थियो ।


गौरवपूर्ण क्षणमा यहाँहरू सिग्गो कमिटी टिमहरुको उर्जा र सबैको एकतालाइ म मेरो हृदयदेखी नै यहाँहरुले आफ्नो युनियन प्रती देखाउनु भएको लगाब अनि माया प्रती म आभारी रहि सबैप्रति हार्दिक सम्मान, माया र कृतज्ञता व्यक्त गर्न चाहन्छु ।


आज हामीले १८ वर्षको यात्रालाई स्मरण गर्दै गर्दा, यो केवल समयको यात्रा मात्र नभई संघर्ष, समर्पण, एकता र आत्मविश्वासको ज्वलन्त कथा पनि रहेको महसुस गरेको छु । यो युनियन १८ बर्ष सम्मआइपुग्नका लागि अति लगनशीलताका साथ कठोर संघर्षमा रहने आदरणिय ब्यक्तित्व मेमहरू, मिना गुरुङ, पम्फा पहारी, सुमन गुरुङ, पबि गुरुङ उहाँहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

त्यसैले त हामी सम्पूर्ण स्वरोजगार सौन्दर्यकर्मिहरुको सेवा दिने केवल व्यवसाय मात्रै नरहेको र यस क्षेत्रलाई नेतृत्व, व्यक्तित्व,साथै योगदानमा आधारित सामाजिक सुरक्षा, मर्यादित काम र सम्मानित पेशा अझै प्रगाढ बन्ने आशा अपेक्षा गरेको छु ।

अन्त्त्मा आगामी दिनहरूमा पनि हाम्रो युनियन यो हौसला सगै अझ सशक्त, सदस्यहरूको सुखदुखमा साथमा साथ र सहयोग लिने दिने शीतल चौतारी बन्दै जाओस । तपाईंहरूको आपसी साथ सहयोग सुझाव र सक्रियता सहभागिताले नै यस संस्थालाई अझ उचाइमा पुऱ्याउन, हामी बीचको प्रगाढ माया एकता, विश्वास रहिरहने कुरामा म आसा वादी छु ।

यसैगरी सहकार्य सधैंभरी अझ बिश्वास अनि कामनाका साथ फेरि पनि, सम्पूर्ण आदरणीय मेम्हरुप्रती र सम्पूर्ण प्रदेश भरी रहेको अब्बल कमिटी टिम प्रती सदस्य साथीहरू सबै लाई स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जय नाबुन । जय सौन्दर्यकर्र्मी युनियन नेपाल

केन्द्रिय महासचिव ।


विराटनगर चैत्र ७ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाअन्तर्गतका प्रधानाध्यापकहरुको भेलाले प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरेको छ । भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै संगठनलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराई उपाध्यक्ष, विराट आधारभूत विद्यालयका अरविन्द यादव सचिव, सिद्धकाली आधारभूत विद्यालयका भोजराज अधिकारी सहसचिव तथा सार्वजनिक माध्यमिक विद्यालयका खगेन्द्र खवास कोषाध्यक्ष चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा शिव आधारभूत विद्यालयका जगन्नाथ कामत, विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयका झंकप्रसाद पराजुली, ज्योति आधारभूत विद्यालयका वेदनिधि भट्टराई, जनता माध्यमिक विद्यालय इक्राहीका शिवराज विष्ट, पञ्चकन्या आधारभूत विद्यालयका चन्द्र रेग्मी, रघुपति आधारभूत विद्यालयका शिवचन्द्र सिंह, जागृत आधारभूत विद्यालयका दधिराम नेपाल, दिधि आधारभूत विद्यालयका हस्तकला राई तथा राम आधारभूत विद्यालयका राजीवकुमार यादव रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष भट्टराईले सामुदायिक विद्यालयको व्यवस्थापन, शैक्षिक सुधार र शिक्षक–अभिभावक समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । उनले विद्यालयको सिकाइ उपलब्धि सुधार, प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तार तथा विद्यार्थी भर्ना र निरन्तरता बढाउन प्यानले सक्रिय भूमिका खेल्ने उल्लेख गरे ।

भेलामा सहभागी प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास अभिवृद्धि गर्न एकीकृत प्रयास आवश्यक रहेको औँल्याउँदै नीतिगत सुधारका लागि स्थानीय तहसँग सहकार्यलाई सुदृढ बनाउने सहमति जनाएका थिए ।

गैरराजनीतिक, पेशागत तथा शैक्षिक फोरमका रूपमा प्यानलाई स्थापित गर्दै सामुदायिक शिक्षाको समग्र स्तर उकास्न संगठनले दीर्घकालीन रणनीतिसहित काम गर्ने नेतृत्वले जनाएको छ ।


काठमाडौं  फागुन ५ गते । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तहका विद्यार्थीहरूको सक्रियतामा ‘हामीले डिजाइन गर्ने र बसोबास गर्ने स्थानहरूको पुनर्कल्पना’ विषयक एकदिने सेमिनार सम्पन्न भएको छ । आर्किटेक्चर विभागका २०२१ ब्याचका विद्यार्थीहरूले आयोजना गरेको उक्त कार्यक्रममा समसामयिक सामाजिक, सांस्कृतिक, वातावरणीय तथा मनोवैज्ञानिक विषयहरूमा आधारित नौ वटा अनुसन्धान प्रस्तुत गरिएका थिए ।

सेमिनारमा प्रमुख अतिथिका रूपमा सहभागी डाक्टर झरना जोशीले विद्यार्थीहरूको अनुसन्धानमूलक पहलको प्रशंसा गर्दै सामाजिक उत्तरदायी डिजाइन र अन्तरविषयगत सोचको आवश्यकता औंल्याउनु भयो । कार्यक्रममा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक–प्राचार्य मोहन ध्वज के।सी। तथा विभागीय प्रमुख राम प्रसाद सुवाल लगायतको उपस्थिति रहेको थियो ।

एक दिने सेमिनार तीन सत्रमा विभाजन गरिएको थियो, जसमा कुल नौ वटा अनुसन्धान प्रस्तुत गरिएका थिए । प्रस्तुत विषयहरूमा महिलाको अदृश्य श्रम, युवामा डिजिटल लत, परम्परागत ‘नानी’ खुला स्थानमा शहरीकरणको प्रभाव, इँटा उद्योगमा बालश्रम, वैदेशिक पलायन, बनेपाको टुन प्रणाली, देउडा संस्कृति, मानसिक स्वास्थ्य समस्या तथा हनुमन्ते नदीको प्रदूषण जस्ता महत्वपूर्ण मुद्दाहरू समेटिएका थिए ।

अनुसन्धानहरूले सामाजिक तथा शहरी समस्याहरूको गहिरो विश्लेषण गर्दै व्यावहारिक समाधानहरू पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा प्यानल छलफल, विद्यार्थी प्रस्तुति तथा अन्तरक्रियाले शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाएको थियो । सेमिनारले अनुसन्धानमा आधारित सिकाइ, सामाजिक उत्तरदायित्व र विद्यार्थी नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ । यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक तथा सामाजिक रूपमा सक्षम बनाउने विश्वास गरिएको छ ।

 


विराटनगर फागुन ५ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा विहिवार भएको खेलमा पहिलो खेलमा मोरङले सुनसरीलाई ५५ रनले पराजित गरि ३ खेलको सिरिजमा मोरङले अग्रता लिएको छ ।

टस जितिर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभरको खेलमा २७ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १४ रनमा अलआउट भयो । मोरङका ८ औ नम्बरमा ब्याटिङ गर्न आएका प्रतिक पोखरेलले ३२ रन बनाउँदा सुवास राँयले १३ रनको योगदान दिए । पूतिब ब्याटिङ गर्न आउँदा मोरङ ४३ रनमा ६ विकेट गुमाई दयनिय अवस्थामा रहेको वेला ३२ रनको ठोस इनिङ खेलेका थिए । सुनसरीका कविराज खत्रीले किपाmयती बलिङ गर्दै ९ दशमलव ३ बलमा ५ मेडन राख्दै २१ रन दिएर ५ विकेट लिँदा  कृष्ण विष्ट र रविन मण्डलले १–१ विकेट लिए ।

जवाफमा १ सय १५ रनको धिmनो लक्ष्य पाएको सुनसरी १९ दशमलव ४ बलमा सवै विकेट गुमाई मात्र ५५ रन बनायो । सुनसरीका रोशन खत्रीले १७ रन बनाउँदा अफन ताहिरले ११ रनको योगदान दिए । मोरङका कृष शर्माले ७ दशमलव ४ बलमा २ मेडन राख्दै १७ रन दिएर ५ विकेट लिँदा कृतिक कामतले २ ओभरमा २ रन दिएर ४ विकेट तथा प्रतिक पोखरेलले १ विकेट लिए । खेलमा प्लेयर अफ म्याच मोरङका प्रतिक पोखरेल भए । उनले ३२ रन बनाउँनुको साथ सुनसरीका २ जना ब्याटरको क्याच समेत दिएका थिए ।  

शनिबारसम्म हुने प्रतियोगितामा मोरङ र सुनसरीका दुई टीम सहभागि रहेका छन् । कोशी प्रदेशको क्रिकेट विकासका लागि प्रतियोगिता गर्न लागिएको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए । प्रतियोगिताले खेलाडीहरूमा थप हौसला प्रदान हुने उनले बताए । मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व क्रिकेट खेलाडी भएको अध्यक्ष श्रेष्ठले बताए । उनीहरूको सम्मानका लागि प्रतियोगिता गर्न लागिएको उनले जानकारी दिए ।

५० ओभरमा हुने खेलमा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने आयोजकले जनाएका छ ।

 


इटहरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगबती चौधरी अगाडी देखिनुभएको छ । चुनावी प्रचारप्रसार र जनलहरको मूल्यांकन गर्दा अन्य उम्मेदवारको तुलनामा उहाँ अगाडि देखिनु भएको हो ।


अघिल्लो निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर जीत हासिल गर्नुभएको थियो । उहाँका प्रमुख प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गर्नुभएको थियो । भगबती चौधरी ५ हजार १ सय ८८ मतान्तरले विजयी हुनुभएको थियो । अघिल्लो चुनावमा रास्वपाका कमल बाबु मैनालीले ६ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको थियो । भगबती चौधरी अघिल्लो चुनाबमा देशभरमै सबैभन्दा बढि मत ल्याएर जित्ने महिला हुनुहुन्छ । 


चौधरीले प्रत्यक्षतर्फ ४० हजार ७ सय ८८ मत ल्याउँदा समानुपातिक तर्फ नेकपा एमालेले ३३ हजार ९ सय २ मत प्राप्त गरेको थियो । यो तथ्याँकले देखाँउछ सुनसरी–३ भगबती चौधरीको व्यक्तिगत प्रभाव बलियो रहेको क्षेत्र हो ।

“११ हजार मतान्तरले जित्छौँ”— कमाण्डर बस्नेत

नेकपा एमाले सुनसरी–३ निर्वाचन परिचालन कमिटीका कमाण्डर लिलम बस्नेतले यस पटक ११ हजार मतान्तरले जीत हासिल गर्ने दाबी गर्नु भएको छ । अघिल्लो निर्वाचनमा ५ हजार १ सय ८८ मतान्तरले जितिएको स्मरण गराउँदै उहाँले यसपटक दोब्बरभन्दा बढी मतान्तर हुने दावी गर्नुभयो । एमालेको मजबुत संगठन, एकजुट रूपमा सञ्चालन गरिएको चुनावी अभियान, चौधरीको व्यक्तिगत प्रभाव र विकासप्रेमी छविका कारण ठूलो मतान्तर आउने बस्नेतको दाबी छ ।

विकासप्रेमी छवि र प्रतिबद्धता

भगबती चौधरीले फरवार्ड लघुबित्त मार्फत ५० हजार बढी महिलालाई स्वरोजगार बनाउनुभएको छ । करिब २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिनुभएकी चौधरीले ५ अब हजार जना लाई रोजगार बनाउने प्रतिबद्धता जनाउनु भएको छ । दातृ संस्थाको सहयोगमा सुनसरी–३ का विपन्न, दलित तथा एकल महिलालाई २ सय ७५ घर निर्माण गरिदिएको र आगामी दुई वर्षभित्र थप ४ सय घर निर्माण गर्ने उहाँकाे प्रतिबद्धता छ । सांसद भएको तीन वर्षको अवधिमा सुनसरी ३ मा मात्रै १ अर्ब २१ करोड रुपैयाँ बराबरका विकास योजना ल्याएको उल्लेख गर्दै बाँकी अधुरा काम पूरा गर्न र नयाँ योजना अघि बढाउन पुनः अवसर दिन मतदातासँग चाैधरीले अपिल गर्नु भएको छ । ‘०७९ सालमा ५ वर्षका लागि निर्वाचित भएकाे गएकाे थिए, ५ वर्ष पुरा कार्यकाल काम गर्न पाएकाे भए त्यस बेलाका धेरै प्रतिबद्धताहरू पुरा हुने थिए । अब पुनः जितेर गएर ती प्रतिबद्धताहरू पुरा गर्छु । कामकाे पूर्णताकाे लागि पनि मेराे उम्मेदवारी हाे ।’ चाैधरीले भन्नुभयाे । 

चौधरीले आफूले गर्न नसक्ने झुटा आश्वासन नदिने, अन्य उम्मेदवारको अनावश्यक आलोचना नगर्ने, भ्रष्टाचार नगर्ने र सुशासनका लागि दृढतापूर्वक लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संसदमा सक्रिय रूपमा जनताको आवाज उठाउने नेतामध्ये आफू एक भएको दाबी गर्दै उहाँले सुनसरी–३ का मुद्दा बुलन्द रूपमा प्रस्तुत गर्दै आएको उल्लेख गर्नुभयो ।

मतदाता संरचना र क्षेत्रगत अवस्था

सुनसरी–३ मा इटहरी उपमहानगरपालिकाका १० वडा, दुहबी नगरपालिका, बर्जु र गढी गाउँपालिका तथा इनरुवा नगरपालिका–७ समेटिएका छन् । कुल १ लाख ३४ हजार ३ सय २ मतदाता रहेका छन्, जसमा ६९ हजार १२ पुरुष र ६५ हजार २ सय ९० महिला छन् । उमेर समूह अनुसार ४१ देखि ६० वर्षका ५१ हजार १ सय ५३ मतदाता सबैभन्दा बढी छन् भने १८ देखि २५ वर्षका १० हजार २ सय ६० मतदाता सबैभन्दा कम छन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.