Websoft University

नाबुनको १८औं स्थापना दिवस, सबैलाई मेरो धन्यवाद छ ।

बिराटगर चैत्र ८ गते । राष्ट्रिय सौन्दर्यकर्र्मी युनियन नेपालको १८औं स्थापना दिवसको अबसरमा नाबुन केन्द्रिय कमिटी को सिग्गो टिम तथा मेरो ब्यक्तिगत तर्फबाट हिजो चैत ७ बिभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस भव्य रुपबाट मनाइयो । सबैले एकै ब्यानरमा रहि गर्ब र गौरवका साथ ऐतिहासिक रूपमा विभिन्न कार्यक्रम गर्दै कहि स्कुलका अति जेहेन्दार र लगनशील बिपन्न ८ देखी १० कक्षा सम्मका विधार्थीहरुलाई सयुक्त रुपमा छात्रवृत्ति दिन केहि स्कुलमा सम्झौता समेत गरिएको छ । यस्तो एकता कार्यक्रम अन्तरगतनै रक्तदान, जीवन दान को नाराका साथ रक्तदान सम्पन्न पछि रक्तदानमा सहभागी सबैलाई धन्यवाद सहितसम्मान समेत गरिएको थियो ।


गौरवपूर्ण क्षणमा यहाँहरू सिग्गो कमिटी टिमहरुको उर्जा र सबैको एकतालाइ म मेरो हृदयदेखी नै यहाँहरुले आफ्नो युनियन प्रती देखाउनु भएको लगाब अनि माया प्रती म आभारी रहि सबैप्रति हार्दिक सम्मान, माया र कृतज्ञता व्यक्त गर्न चाहन्छु ।


आज हामीले १८ वर्षको यात्रालाई स्मरण गर्दै गर्दा, यो केवल समयको यात्रा मात्र नभई संघर्ष, समर्पण, एकता र आत्मविश्वासको ज्वलन्त कथा पनि रहेको महसुस गरेको छु । यो युनियन १८ बर्ष सम्मआइपुग्नका लागि अति लगनशीलताका साथ कठोर संघर्षमा रहने आदरणिय ब्यक्तित्व मेमहरू, मिना गुरुङ, पम्फा पहारी, सुमन गुरुङ, पबि गुरुङ उहाँहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

त्यसैले त हामी सम्पूर्ण स्वरोजगार सौन्दर्यकर्मिहरुको सेवा दिने केवल व्यवसाय मात्रै नरहेको र यस क्षेत्रलाई नेतृत्व, व्यक्तित्व,साथै योगदानमा आधारित सामाजिक सुरक्षा, मर्यादित काम र सम्मानित पेशा अझै प्रगाढ बन्ने आशा अपेक्षा गरेको छु ।

अन्त्त्मा आगामी दिनहरूमा पनि हाम्रो युनियन यो हौसला सगै अझ सशक्त, सदस्यहरूको सुखदुखमा साथमा साथ र सहयोग लिने दिने शीतल चौतारी बन्दै जाओस । तपाईंहरूको आपसी साथ सहयोग सुझाव र सक्रियता सहभागिताले नै यस संस्थालाई अझ उचाइमा पुऱ्याउन, हामी बीचको प्रगाढ माया एकता, विश्वास रहिरहने कुरामा म आसा वादी छु ।

यसैगरी सहकार्य सधैंभरी अझ बिश्वास अनि कामनाका साथ फेरि पनि, सम्पूर्ण आदरणीय मेम्हरुप्रती र सम्पूर्ण प्रदेश भरी रहेको अब्बल कमिटी टिम प्रती सदस्य साथीहरू सबै लाई स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जय नाबुन । जय सौन्दर्यकर्र्मी युनियन नेपाल

केन्द्रिय महासचिव ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.