Websoft University
November 2021


विराटनगर, १४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ४३० जनाको पीसीआर परीक्षण गर्दा ३६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, झापामा ११, सुनसरीमा ७, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ८, सुन्दरहरैचामा २, लेटाङ र मिक्लाजुङमा १–१, झापाको दमक र मेचीनगरमा ३–३, विर्तामोडमा २, हल्दिबारी, गौरादह र गौरीगञ्जमा १–१, सुनसरीको इटहरीमा ४, दुहवी, इनरुवा, र हरिनगरमा १–१, उदयपुरको चौदण्डीगढीमा २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र १९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


 


पोखरा । कास्कीको पाउँदुरमा बस दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कास्की जील्लाको अन्नपूर्ण गाउँपालिका ३ पाउदुर घुम्तीमा भैरहवाबाट बागलुङका लागि छुटेको लु१ख ७७६६ नम्बरको यात्रुवाहक बस बिहान करिब ७ बजे दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो भने ८ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा बस चालक पाल्पा घर भएका ४६ वर्षीय भूपेन्द्र खनाल रहेको कास्की प्रहरीले जनाएको छ । खनाललाई बसले च्यापिएको अवस्थामा स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको थियो । खनालको पोखरा स्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको हो। घटनास्थलका स्थानिय भन्छन चरा उडेझै गाडि उड्यो र उति तल पुग्यो कस्तो छ त घटना स्थल कसरी हुदै छ उद्धार अबको भिडियोमा प्रस्तुत गरेका छौ कृपया यो । 

 


विराटनगर । रातो तारा डट कम,बुढीगंगा २, टङ्कीसिनवारीमा रहेको जेभियर्स इं. स्कुल शैक्षिक सत्र २०७८ को लागि विद्यार्थीहरूको नयाँ नेतृत्व चयन गरेको छ ।

हरेक वर्ष लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन प्रक्रियाद्वारा चयन गरिने विद्यार्थी नेतृत्व यसपटक भने सर्वसम्मत गर्न सफल भएको छ । कक्षा १० की अनिशा घिसिङ स्कुल क्याप्टेनमा निर्विरोध चयन भएकी छिन भने कक्षा ९ का विशाल भट्टराई र दिया भट्टराई स्कुल भाइस क्याप्टेनमा चयन भएका छनर ।

त्यस्तै विद्यालयका चारै सदनमा क्याप्टेन र भाइस क्याप्टेनको पनि चयन गरेको छ । त्यसैगरी कक्षा ९ की छात्रा ललिता राजवंशीको अध्यक्षतामा १५ सदस्यीय जेभियर्स बाल क्लव पनि गठन गरिएको छ । उक्त क्लवको उपाध्यक्षमा विनिता कार्की र एलेक्सिस खवास चयन भएका छन भने सचिवमा रुपेश खवास, सहसचिवमा सुमिना भट्टराई र कोषाध्यक्षमा प्रगति बराल चयन भएका स्कूलका निर्देशक जनक ढकाले बताए । 

 


झापा, मंसिर १४ गते । झापाको दमक नगरपालिका ६ फागुनन्द चौक स्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल संचालक  दमक नगरपालिका ६ का ५० बर्षिय पवन लिम्बु, दमक १ का ३५ बर्षिय भक्तीश्वर देवान, दमक २ का ४५ बर्षिय प्रमोद लिम्बु, दमक ९ का ३५ बर्षिय रमेश महतो, पाँचथर फाल्गुनन्द ८ का ४२ बर्षिय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली १ का ४३ बर्षिय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे १ का ४७ बर्षिय राज कुमार श्रेष्ठ रहेका छन् । हिजो बेलुकी साढे ४ बजे बिशेष सुचनाको आधरमा उनिहरुलाई तास खेलिरहेकै अवस्थामा नगद रु.१ लाख ५७ हाजर र तीन बुङ तास सहित ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कर्यालय दमकले थप अनुसन्धानगरिरहेको छ ।


काठमाण्डौ मंसिर १४ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो र चौंथो फुटवल खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले लिग अन्तर्गत तेस्रो र चौंथो फुटवल खेल तालिका सार्वजनिक गरेको छ । उलेदित दुइ खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । तेस्रो चरणको खेल मङ्सीर १७ गतेबाट सुरु हुनेछ भने चौंथो चरणको खेल मङ्सीर २४ गतेबाट सुरु हुनेछ । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । 


 

पव्जीमा देखीने बगी बनाए पोखराका युवाले यस्तो सरर गुड्छ गाडी पोखरा महानगर पालिका वडा न १४ मा बसोबास गर्ने एक जना युवा आस्बीन चौधरीलेनेपालमै चार पाङग्रे गाडी बनाएका छन लगभग एक बर्षको मेहनेत पछि यो गाडी बजारमा गुडाउनथालेका छन २ जना बस्न मिल्ने उक्त गाडिको नाक बगी रहेको छ बब्जी लबर भएको कारणबव्जी गाडी बगीको निर्माण गरेको आस्वीन बताउछन पेट्रोलबाट संचालन हुने गाडी कसरीनिर्माण गरेत ? आज हामी उनले बनाएको बगीमा बसेर यो कार्यक्रम लिएर उपस्थीत भएकाछौ । के भन्छन त उनि ? कसरी निर्माण गरे बगी ? उनि संग गरेको कुरा कानीआजको यो भिडियोमा हेर्नुहोस 


काठमाण्डौ मंसिर १४ गते । रातो तारा डट कम, नेकपामा एमालेको दसौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज बिहान ४ बजेदेखि मतदान गरेर सुरु भएको थियो र अहिले पनि मतदान सकिने क्रममा छ । मतदान सकिएको केहि घण्टामै नतिजा आउने छ । अध्यक्ष पदका प्रतिस्पर्धी नेता भीम रावल र केपी शर्मा ओली रहनु भएको छ । ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ । सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट प्रतिस्पर्धामा हुनुहुन्छ । केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । तोकिएको समय भन्दा २ घण्टा ढिलो मतदान सुरु गरिएको थियो ।


 


विराटनगर, १३ मंसिर । रातो तारा डट कम,प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ३७७ जनाको पीसीआर परीक्षण गर्दा ३१ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा  मोरङमा १६, झापामा ६, सुनसरीमा ५, धनकुटा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ९, जहदामा ३, पथरीशनिश्चरे, रंगेली, लेटाङ र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ३, बाहृदशी, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ३, इटहरी र इनरुवामा १–१, धनकुटाको धनकुटा नगरपालिका र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२ महिला र १४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 






बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं १५ स्थित दक्षिण गेट एरियामा म सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानिय व्यापारीहरूसँग रकम माग  गर्दै गरेको अवस्थामा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १२ बस्ने बर्ष ३१ को पुष्प राज चेम्जोङलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको  छ । 



श्याम राई÷उदयपुर  गाईघाट, १३ मंसिर। रातो तारा डट कम, संस्थापन पक्षधर प्रदेश नम्बर १ का भौतिक पूर्वाधार मंत्री हिमाल कार्की उदयपुर कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएकाछन् ।

सोमबार साँझ सम्पन्न मत गणनाको परिणाम अनुसार प्रतिस्पर्धि पार्टी सभापति विदुर बस्नेतलाई १ सय ७८ मत अन्तरले पराजित गरेका छन् । १ हजार ३ सय ७४ मत पोलिङ्ग भएकोमा कार्कीले ७९७ मत पाए भने बस्नेतले ५ सय ८९ मत प्राप्त गरे । पराजित बस्नेत कृष्ण सिटौला समूहका हुन् । सभापतिसँगै निर्वाचित अरु सबै पदाधिकारीहरु संस्थापन पक्षधरका रहेकाछन् । यस्तै उपसभापतिमा भिम चन्द्र राई (७४७) र वल वहादुर तामाङ्ग ( ६५८), सचिबमा मुरारी खड्का ( ६९५) र राजेश श्रेष्ठ ( ६८९) र टिकाराम बुढाथोकी ( ७४५) र चन्द्रदिप पौडेल (७१७ ) मत ल्याई सह– सचिबमा निर्वाचित भएकाछन् ।


















 


बिराटनगर । रातो तारा डट कम, मोरङ कटहरी गाउँपालिका वडा नं  ५ बस्ने बर्ष ४० को राजेन्द्र उराउले मादक पदार्थ सेवन गरी आफ्नै आमा बर्ष ५५ कि बातियो उराउ विच घरायसी विवादका क्रममा आमा र निजकी बहिनी बर्ष ३० की रिता उराउले बाँसको लाठिले टाउकोमा प्रहार गर्दा घाईते भई नोवेल अस्पताल बिराटनगर पठाईएकोमा निजको उपचारको क्रममा मिति २०७८।०८।१२ गते २२स्१५ बजे मृत्यु भएको र उक्त घटनामा संलग्न आमा बातियो उराउ  र निजको बहिनी रिता उराउ समेतलाई नियत्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 



काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औं ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राती इजरायल उडेकी हुन् । त्रिभुवन बिमान स्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामना सहित उनलाई बिदाई गरेका थिए ।

इरजायल उड्न् अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को  ताज नेपाल भित्रिने आस गर्न सकिने बताइन् । उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उदेश्य सहित आफु सहभागी हुन लागेको बताइन् ।

गतमहिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले ताज पहिरिएकी थिइन् । प्रतियोगीताका लागि उनले नेपालको पहिचान झल्कने एक कस्ट्युम सहित बिभिन्न तयारी गरेकी छन् । 

‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगीतामा ७०बढी देशमा सुन्दरीहरुको सहभागीतारहनेछ । 



काठमाण्डौ मंसिर १३ गते । रातो तारा डट कम, सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुने भएको छ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम, एन आरटीबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र एनआरटीबीचको खेल दिउँसो १ बजे बाट सुरु हुनेछ भने, दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र आर्मीबीचको खेल ४ः४५ बजे सुरु हुनेछ । मछिन्द्र ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ, भने आर्मी पहिलो जितको खोजीमा उभिएकोछ ।



काठमाण्डौ मंसिर १३ गते । रातो तारा डट कम, चितवनको सौराहामा जारी नेकपा एमालेको दसौँ महाधिवेशनको बन्दसत्रमा सहमति नभएपछि अध्यक्ष लगायत पदमा आज निर्वाचन हुने भएको छ । सहमतिका लागि भन्दै हिजो दिनभर सुरु हुन नसकेको बन्दसत्र गएराति १२ बजेपछि मात्रै अघि बढेको थियो । 

अध्यक्ष मन्डलको बैठकपछि राति सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी, केन्द्रीय सदस्यको नाम सुनाउनुभएको थियो । अध्यक्ष मण्डलको अध्यक्षको हैसियतमा उपाध्यक्ष बन्न नेता भीम रावललाई आदेश दिएको उल्लेख गर्दै पक्षविपक्षमा उभिँदा राम्रो सन्देश नजाने अध्यक्ष ओलीको भनाइ थियो  । त्यसपछि बोल्ने अनुमति पाउनुभएका नेता रावलले अध्यक्षको आदेश मान्न नसक्ने जानकारी गराउँदै उम्मेदवारी घोषणा गरेपछि फर्कन नसक्ने बताउनुभएको थियो । 

त्यसपछि ओलीले आगामी कार्यकालका लागि अध्यक्षमा आफ्नो र अरु पदाधिकारी, केन्द्रीय सदस्यको नाम सर्वसम्मतिका लागि घोषणा गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल, विष्णु पौडेललाई उपाध्यक्ष, अन्य प्रस्तावित उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमाल, सचिवमा टोपमहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरिएको छ । यी सबै पदाधिकारीलाई आज  निर्वाचन कार्यक्रम अनुसार मनोयनपत्र दर्ता गर्न अध्यक्ष ओलीले भन्नुभएको छ । 


काठमाण्डौ मंसिर १३ गते । रातो तारा डट कम,कृषि समचार,सरकारले बेमौसमी बर्षाका कारण धानमा क्षति पुगेका किसानहरुलाइ क्षतिपुर्ती दिने मापदण्ड बनाएको छ । सरकारले ठूला, मध्यम र साना किसान गरि तीन तहमा बिभाजन गरि मापदण्ड बनाएको छ । 

मापदण्ड अनुसार धानबालीमा पूर्ण रुपमा क्षति पुगेका साना किसानलाइ उत्पादन लागतको ६५ प्रतिशत क्षतिपुर्ती दिइने छ । धानबालीमा क्षती पुगेका मध्यम किसानलाइ उत्पादन लागतको तीस प्रतिशत तथा  ठूला किसानलाइ उत्पादन लागतको २० प्रतिशत  रकम वडा गत लगत सिफारिसका आधारमा प्रदान गरिने कृषि तथा पशुपक्षिं बिकास मन्त्रालयले जनाएको छ । 

राहत स्वरुप दिईएकाृ सो रकम किसानको खातामा सिधै पठाउने व्यवस्था गरिने पनि मन्त्रालयले जनाएको छ । यस अघि धान पाक्ने समयमा असोज अन्तिमा आएको बर्षाका कारण धानमा क्षति पुगेको थियो । 


 


मोहन कुमार राई ÷ मंसिर १२ गते। रातो तारा डट कम,महिला हिंसा अन्त्यका लागि   कार्यक्रमहरु गरिरहदा महिला आफु सक्षम नहुने हो भने महिला सशक्तिकरण शब्दमा मात्र सिमित रहन्छ । 


महिला आफुलाई आइपरेको समस्या आफै समाधान गर्न सक्नु महिला शसक्तिकरण हो । हाल नेपालमा केही महिलाहरु पहुँचमा पुगेतापनि नारीहरले चाहेको अधिकार पूर्ण रुपमा नपाएको देखिन्छ । 

यस्तै चैनपुर नगरपालिकाका अधिकांश वडाहरुमा नारीलाई परेको अन्याय, विभेद विरुद्ध संबन्धित निकाय सम्म पु¥यान नसकेको चैनपुर नगरपालिका वडा नंं ३ का वडाध्यक्ष बलबहादुर अधिकारीको बुझाइ छ । चैनपुर स्थित पोखरी बजारमा महिला सञ्जालले गरेको संस्थागत विकास एवं प्रतावना लेखन तालिमको समापन कार्यक्रममा जनप्रतिनिधि अधिकारीले आफ्नो वडामा आफुलाई आवश्यक माग राख्न आउने महिलाहरु निवेदन लख्न नजानेको गुनासो व्यक्त गर्नुभयो । माध्यमिक शिक्षा पढिसकेकाले समेत आफ्नो माग निवेदन मार्फत राख्न नसक्नु शैक्षिक क्षेत्रको समेत व्यवहारीक शिक्षामा ध्यान नपुगेको दुःखेशे वडाध्यक्ष अधिकारीको बुझाइ छ  । 

हरेक सफल पुरुषको पछाडी एउटी नारीको हात हुन्छ  । १६ दिने महिला हिंसा विरुद्धको अभियान चलिरहेको अवस्थामा  महिला सञ्जालले स्थानीय महिलाहरुलाई सक्षम बनाउने उद्देश्यले मंसिर १० गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको तालिमको समापन कार्यक्रमका सभापति एवं संस्थाको अध्यक्ष हेमम कुमारी चौहानले वताउनुभयो । नेपालको संविधानले महिला पुरुष समानताको अधिकार, शिक्षा, सम्पत्ती नागरिकता, राजनैतिक अधिकार दिए पनि नारीहरुले पूर्ण रुपमा अनुभुति पाउन नसकेको अध्यक्ष चौहानले वताउनुभयो । देशव्यापी रुपमा हुने नारी हिंसाको विरुद्ध सबैले आवज उठाउन जरुरी रहेको समेत अध्यक्ष चौहानले वताउनुभयो। 

तीन दिन सम्म सञ्चालन भएको तालिमको आर्थिक सहयोग टेवा नेपाल ललितपुरले गरेको थियो । तालिमको सहजीकरण प्रशिक्षक प्रदिप विष्टले गर्नुभएको थियो । त्रि दिवसीय तालिमको समापन कार्यक्रममा वडाका जनप्रनितिधिहरु, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक, एवं संस्थाका सदस्य सुनिता विकले वताउनुभयो ।ं



इटहरी/ यहि शुक्रबार काठमाण्डौको जमलमा अवस्थित राष्ट्रिय नाचघरमा 'मिस ग्राण्ड नेपाल २०२१' सम्पन्न भएको छ । सो प्याजेण्टको उक्त ग्राण्ड फिनाले कार्यक्रमबाट बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले ताज पहिरिन सफल भएकी छन् । उनि संगै अन्य ४ सुन्दरीहरुले समेत ताजा पहिरिन सफल भएका छन् । काठमाडौकी सुर्जिना श्रेष्ठले 'मिस टुरिजम नेपाल', हेटौंडाकी मनिषा छिनाल 'मिस ल्यान्डस्केपस नेपाल', झापाकी वविता आचार्य 'मिस स्कुवा नेपाल', पोखराकी प्रमिला विश्वकर्माले 'मिस मल्टिनेशनल नेपाल' को ताज पहिरिन सफल भएकी हुन् । हेर्नुस उक्त कार्यक्रमको भिडियो ।


सम्पूर्ण बिजेताहरुले ५०-५० हजार नगद संगै कम्पनीको गुडविल एम्बास्डर, ५० हजार बराबरको सुनको थान्का, नेपालि चलचित्रमा नायिका हुने अवसर प्राप्त गरेका छन् । यस्तै बिजेताहरुले इण्टरनेसनल सौन्दर्य प्रतियोगितामा नेपालको झण्डा फहराउदै सहभागी हुने अवसर समेत पाउने आयोजकले जनाएको छ । आर.के. इन्टरटेन्मेन्टले आयोजना गरेको सो प्याजेण्टमा देशभरका १५६ युवतीहरु प्रतिष्पर्धामा आएका थिए । मिस ग्राण्डको प्रतिष्पर्धीहरुलाई रोजिन शाक्यले कोरियोग्राफी गराएका थिए ।


फ़ाईनल निर्णायक प्यानलमा राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दिपक घिमिरे र रोस्ना बस्नेत रहेका थिए । आयोजक कम्पनिले  मिस ग्रान्ड नेपालमार्फत हरेक वर्ष देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस स्कुवा इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षदेखि अर्को एउटा ताज समेत थप गरी ५ जना सुन्दरीहरुलाई इन्टरनेसनलमा भिड्न पठाउन लागेको हो । आनी भिम सुवा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा किशन राज शिह, राजु श्रेष्ठ, अम्बिका अर्याल, प्रकाश कुवर, दिपेन्द्र राज शाक्य लगायतको आतिथ्यता रहेको थियो ।

ग्राण्ड फिनाले कार्यक्रमबाट टाईटल अवार्डहरु पनि प्रदान गरिएको थियो । जस अन्तर्गत 'मिस इनोसेन्ट' यशोदा रेग्मी, 'मिस एक्टिभ' ममता बुढा क्षेत्रि, 'मिस स्पोन्टेनियस' मनिषा छिनाल, 'मिस बेस्ट फिगर' ममता मल्ल, 'मिस परशनालिटी' वर्षा राणा, 'मिस फोटोजेनिक' सपना कार्की, 'मिस बेस्टवाक' प्रमिला विश्वकर्मा, 'मिस मल्टिमिडिया' वविता आचार्य, 'मिस बेस्ट स्पिच' सोनाली सापकोटा, 'मिस इन्टेलुक्च्युल' निशु शाह, 'मिस कोन्जेनियालिटी' निशु कुमारी शाह, 'मिस ट्यालेन्ट' वविता आचार्य, 'मिस हार्ड वोर्किङ' सोना कुमारी यादव, 'मिस फ्रेन्डली' अन्जली थापा, 'मिस बेस्ट हेयर' अस्मिता तामाङ, 'मिस ग्ल्यामर' ममता बुढा क्षेत्रि, 'मिस बेस्ट स्माइल' डिम्पल खरेल, 'मिस बेस्ट स्किन' सुर्जिना श्रेष्ठ र 'मिस कन्फिडेन्ट'को टाईटल सोनाली सापकोटाले जितेकी थिइन

  

बिराटनगर मंसिर १२ गते । रातो तारा डट कम,प्रदेस निर्वाचन कार्यालय प्रदेस न १ ले यहि मंसिर १७ गते देखी मोरङ जिल्लाका स्थानियतहरुमा फोटो सहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम शुरु गर्न लागेको छ र 

 विराटनगरमा आज  कार्यालयले आयोजना गरेको राजनितिकदल तथा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा १६ वर्ष उमेर पुगिसकेका नेपाली नागरिक तथा मतदाता नामावलीमा छुटेकाहरुलाई लक्षित गर्दै  मतदाता नामवाली संकलन कार्य शुरुगर्न लागिएको जनाएको छ । 

कार्यालयका अनुसार ,पहिलो चरणमा १४ वटा स्थानियतहमा यो कार्यक्रम शुरु हुने छ  । जसअनुसार  मंसिर १७ गतेदेखि पुष २ गते सम्म पथरी शनिश्चरे नगरपालिका, सुनवसी नगरपालिका, सुन्दर हरैचा नगरपालिका , वेलवारी नगरपालिका तथा कटहरी गाउपालिका, वुढिगंगा गाउपालिका र मिक्लाजुङ गाउपालिकामा मतदाता नामावली सकंलन कार्य हुने छ ।

 त्यसपछि  पुष ४ देखि  पुष १८ गतेसम्म लेटाङ नगरपालिका , रतुवामाई नगरपालिका तथा जहदा गाउपालिका, ग्रामथान गाउपालिका, धनपालथान गाउपालिका, केरावारी गाउपालिका तथा कानेपोखरी गाउपालिकामा मतदाता नामावली संकलन कार्य शुरु हुने निर्वाचन कार्यालयका प्रमुख लेवनकाश्यव अधिकारीले वताउनुभयो ।

 त्यस्तै उल्लेखित पालिका वाहेको विराटनगर महानगरपालिका  सहित अन्य पालिकाको हकमा  प्रदेस निर्वाचन कार्यालय जिल्ला प्रसासन कार्यालय तथा  इलाका प्रसासन कार्यालय रंगेली र इलाका प्रसासन कार्यालय उर्लावारीमा मतदाता नामावली संकलन कार्यको व्यवस्था मिलाइएको कार्यालय प्रमुख अधिकारीले वताउनुभयो । 

 कार्यक्रममा वोल्नुहुदै मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले मतदाता नामावली संकलन कार्य उमेर पुगेका नेपाली नागरिक कोइपनि छुट्न नहुने भन्नुहुदै त्यसका लागी राजनितिक दलको भुमिका महत्वपुर्ण हुने वताउनुभयो ।  यो कार्यमा सवैलाई सहभागी गराउन प्रचार प्रसार आवश्यक रहेको उहाको भनाई थियो । 

 मोरङ जिल्लामा २०७७ साल पुष ५ गते सम्मको तथ्याकं हेर्दा  मतदाताको शख्या ६ लाख ६९ हजार ४ सय ९० रहेको छ ।


विराटनगर, १२ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण भएको छ । ३३९ जनाको पीसीआर परिक्षण गर्दा २३ र ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९, मोरङमा ५, सुनसरीमा ४, उदयपुरमा २, भोजपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ४, हल्दिबारीमा २, शिवसताक्षी, कनकाई, बाहृदशीमा १–१, मोरङको विराटनगरमा २, कानेपोखरी, सुन्दरहरैचा र लेटाङमा १–१, सुनसरीको इटहरी र बराहक्षेत्रमा २–२, उदयपुरको उदयपुरगढी र त्रियुगामा १–१, भोजपुरको भोजपुर नगरपालिका, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भउको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


  


 

झापा, २०७८ मंसिर १२ गते । रातो तारा डट कम,झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । आज दउँसो साँढे १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु र २२ जना घाईते भएका हुन् ।


दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको हो ।

अन्य घाईते भएकाहरु मध्ये ११ जनाको बि. एण्ड सि. अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।  घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


काठमाडौँ । रातो तारा डट कम, राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एकै स्टेजमा ४ विजेता छानिएका छन् । शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीता ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२१’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।

प्रतियोगितामा ‘लिटिल प्रिन्स इन्टरनेशनल’ जुनियरतर्फ रिदम नेपाल विजेता बने । यहि प्रतियोगिता तर्फको फष्ट रनर अप एलेक्स महर चुनिदा सेकेन्ड रनर अफ भने एलिस अर्याल भए ।

त्यस्तै ‘लिटिल प्रिन्सेस इन्टरनेशनल’ जुनियर तर्फ आयु खत्रीले शिर्ष उपाधि चुमिन् । यहि प्रतियोगितामा सरल्या बज्राचार्य फष्ट रनर अफ र आरोही खरेल सेकेन्ड रनर अप बने । 

यस्तै ‘लिटिल प्रिन्स इन्टरनेशनल’ सिनियर तर्फ भने स्पन्दन त्रिपाठी शिर्ष विजेता बन्दा फष्ट रनर अप शुभम थापा र  सेकेन्ड रनरअप दिब्भ्यान्स आर्याल भए । 

कार्यक्रममा टिन प्रिन्सेस इन्टरनेशनल तर्फ भने कृषा खड्की विजेता घोषित भइन् । यहि प्रतियोगितामा प्रसन्सा आचार्य र विभुती बस्नेत क्रमश फष्ट रनर अप र सेकेन्ड रनर अप छानिए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा अभिनेत्री संञ्चिता लुईटेल, फिल्म निर्देशक दीवाकर भट्टराई, ब्यवसायि रोजी खुसी पाठक, गीतकार, कवि तथा नव नारी मासिककी सम्पादन निलिमा मास्के श्रेष्ठ निर्णायक रहेका थिए ।

९ बर्षदेखि १५ बर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले आयोजित प्रतियोगीताको कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले गरेका थिए, भने उनीहरु श्रीषा बैदार फैजुका डिजाइन रहेको आकर्षक परिहनमा र्याम्पमा उत्रिएका थिए ।

विजेता ४ जनाले नै विभिन्न उपहार र अवसर गिफ्टका रुपमा प्राप्त गरेका छन् । विजेता सबै इन्डोनेशियाको बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ । 



बिराटनगर मंसिर  १२ गते । रातो तारा डट कम, मोरङ जिल्ला अदालत विराटनगरको मिति २०७५।११।१५ गतेको फैसलाले लागु औषध मुद्दामा  २ बर्ष कैद र जरिवाना रू. १,००,०००।- (एकलाख) ठहर भएका फरार प्रतिवादी जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं.-१ बस्ने बर्ष ४२ को रामप्रवेश बि.क.लाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति  २०७८।०८।०८ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा पेश गरिएकोमा मोरङ कारागार कार्यालय विराटनगर चलान भएको ।


बिराटनगर मंसिर १२ गते । रातो तारा डट कम,बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको तथा बैंक ब्याज बृद्धि हुदै गर्दा उत्पादनमुलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न भइरेहको वर्तमान अवस्थामा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको छ । लामो समय कोभिड १९ को महामारीबाट प्रताडित उद्योग व्यवसायहरु विस्तारै तङ्ग्रिदै गरेको अवस्थामा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरि बैंक तथा वित्तिय संस्थाहरुमा तरलता अभाव भएको, व्याजदर बृद्धि भइरहेको सन्दर्भमा उत्पादनमुलक क्षेत्रमा प्रवाह भएको र हुने कर्जाको व्याजदर एक अंकमा नबढ्ने गरि ९क्ष्लनभि म्ष्नष्त० कायम गर्नुपर्ने संगठनले विगत देखि नै उठाउदै आएको परिप्रेक्ष्यमा तरलता बढाउन तथा व्याजदर नियन्त्रण गर्न निम्न बमोजिम सुझावहरु प्रस्तुत गरेको छ ।   

१. राष्ट्र बैंकले समिक्षा मार्फत २०७८ असार मसान्तसम्म कर्जा निक्षेपको लक्षित अनुपात कायम गर्दा हुने गरि लचकता अपनाएकाले तरलता व्यवस्थापनमा यस प्रावधानबाट केहि राहत पुग्ने देखिएता पनि अहिलेको वित्तिय समस्याको प्रमुख कारण आर्थिक बर्ष २०७८र७९ को मौद्रिक नीतिले बैक बित्तिय संस्थाको तरल पूँजिलाई निस्कृय पारेर निक्षेपको ९० प्रतिशतमात्र लगानी गर्न पाउने गरि कर्जा निक्षेप अनुपात कायम हुने व्यवस्थाका कारण बजारमा लगानी योग्य तरलताको अभाव भई श्रृजित समस्या भएकाले यस्तो कर्जा निक्षेप अनुपातको प्रावधान खारेज गरिनु पर्दछ ।  

२. कर तथा राजश्व एवं अन्य माध्यमबाट बजारबाट सरकारको खातामा नगद जम्मा हुने तर सरकारले गर्ने पूँजिगत तथा विकास खर्च अत्यन्त न्युन भएकोले पनि बजारमा तरलता अभाव भएकोले सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई प्रभावकारी र दु्रत गतिमा खर्च गर्ने व्यवस्था गरि बजारमा नगद प्रवाहलाई बढाउनुपर्दछ । साथै, सरकारको विकास तथा पूजिगत खर्चमा जाने राष्ट्र बैंकमा निक्षेपकारुपमा जम्मा भएको रकम बैंक तथा वित्तिय संस्थाहरुमा खाता ट्रान्सफर गरि नगद उपयोग गरि तरलता व्यवस्थापन गरिनु पर्दछ । हाल स्थानीय सरकारहरुको ५० प्रतिशत रकम वाणिज्य बैकंहरुमा निक्षेपका रुपमा राख्दै आएको व्यवस्था अनुसार संघिय र प्रदेश सरकारको खातामा राष्ट्र बैंकमा रहेको रकमलाई बैंक तथा वित्तिय संस्थाहरुमा जम्मा गर्ने व्यवस्था तत्काल मिलाउनु पर्दछ ।   

३. राष्ट्र बैंक समिक्षा मार्फत विदेशी विनियमको सञ्चितिको विद्यमान अवस्थालाई दृष्टिगत गरि तोकिएका वस्तुहरुको आयातमा प्रतित पत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्न पर्ने व्यवस्था गरि विलाशिताका वस्तुहरुको कडाई गर्ने संकेत गरेको छ । यस प्रावधानले विलासिताका वस्तुहरुको आयातमा कडाई गर्दै उत्पादनमुलक उद्योगहरुका औद्योगिक कच्चा पदार्थ तथा मिल मेशिनरीहरुको आयातको सहजिकरणमा मद्दत पुग्ने देखिएता पनि यसबाट विलासिताका वस्तुहरुको आयातमा एकाधिकार हुनसक्ने तर्फ ध्यानाकर्षण गराउदै यस्तो प्रावधानको सट्टा त्यस्ता तोकिएका विलाशिताका वस्तुहरुको आयातमा प्रतिबन्ध गर्ने तर्फ थप प्रभावकारी कदम चाल्नु पर्दछ ।    

४.  बैंक तथा वित्तिय क्षेत्रबाट प्रवाह हुने कुल कर्जा मध्ये उत्पादनमुलक क्षेत्रमा प्रवाह हुने कर्जा लगानीलाई सहज र सरल प्रकृयाबाट प्रवाह गर्ने व्यवस्था गरि अनुत्पादक क्षेत्रको लगानी घटाउदै उत्पादनमुलक क्षेत्रको लगानी बढाइनु पर्दछ । साथै आर्थिक पुनरउत्थानका लागी अपनाइएको पुनरकर्जा तथा विभिन्न शिर्षक र क्षेत्रमा प्रवाह गरिने सहुलियतपूर्ण कर्जा अन्तरगतका सूविधामुलक कर्जाहरुलाई सहज र द्रुतगतिमा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्दछ । 

५. त्यसैगरि, बैंक तथा वित्तिय संस्थाहरूले गर्ने प्रशासनिक तथा व्यवस्थापन खर्चको बैँक तथा बित्तीय संस्थाको बर्गका आधारमा निस्चित मापदण्डको दरिलो आधार निर्माण गरि अनुत्पादक खर्च कटौतीका साथ आधार दर घटाउने तर्फ आवश्यक कदम चाल्नु पर्दछ ।




काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम,सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज मात्र एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज जावलाखेल पहिलो जितको खोजीमा हुनेछ । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो । पुलिस पनि पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पुलिसले डर्बी क्लब त्रिभुवन आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियो ।


काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम, नेकपा एमालेको चितवनमा जारी दसौँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आज १२ बजे अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी, पदाधिकारी र बिभिन्न आयोगमा रहनेहरूको नामावली पेश गर्नुहुने भएको छ ।

पार्टीका ३ सय १ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूकोसूची तयार पारेर बन्दसत्रमा पारितका लागि पेश गर्ने तयारी अध्यक्ष ओलीको छ । बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी सङ्ख्या विभाजन गरेको छ । 






(बेलगाँडी) झापा । रातो तारा डट कम,नेपाली दुई वटा रियालिटी शो ‘मेरो डान्स कप युएसए–४’ र मेरो भ्वाई कप युएसए–२’को उद्घाटन भएको छ । अमेरिकाबाट सञ्चालित यो दुबै रियालिटी शोको झापाको दमक स्थित बेलडाँगी शरणार्थी शिबिरमा शनिबार सँयुक्त उद्घाटन गरिएको छ । यो दुबै रियालिटी शोको अडिसन यही जनवरीबाट अमेरिकामा हुने छ । दुबै रियलिटी शोको फारम पनि खुला गरिएको सो कार्यक्रममा घोषणा गरियो ।


‘मेरो डान्स कप युएसए–४’ र मेरो भ्वाई कप युएसए–२’को प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारी, अभिनेता दीलिप रायमाझी, अभिनेत्री केकी अधिकारी, गायक प्रमोख खरेल, नृत्य निर्देशक शँकर बिसी,  नरमान राईलगायतले सामुहिक उद्घाटन गरेका हुन् । 

दुबै रियालिटी शोको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेपाली भाषा संस्कृतिलाई जगेर्ना गर्दै अमेरिका र क्यानडामा रहेका नयाँ पुस्ताका नेपालीलाई आफ्नो भाषा तर्फ आकर्षण गर्न आयोजना गरिएको यो दुई वटा कार्यक्रम प्रसँसायोग्य रहेको बताए । नेपालीहरु जहाँ भए पनि आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्नु पर्नेमा उनले जोड दिए । नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको व्यबस्थापनको बारेमा आफुले केन्द्रिय सरकारसँग बार्ता गरेर परिणाम निकाल्न तर्फ लाग्ने पनि मुख्यमन्त्री राईले बचन दिए । सोही क्रममा मन्त्री राईले बेलडाँगी शिबिरमा इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले खोजेका जेष्ठ नागरिक डे केयर सेन्टरको पनि उद्घाटन गरे । 

शनिबारको सो उद्घाटन समारोहमा काठमाडौंबाट झापा पुगेका तीन दर्जन भन्दा बढी कलाकारले आफ्ना कला प्रस्तुत गरे । अग्रज गायक प्रेमराजा महतले बाँजो खेतमा र पानको पात जस्ता गीत प्रस्तुत गर्दा उनको गीतमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, अभिनेता अभिनेत्री, गायक गायिका लगायतका अतिथि छमछमी नाचे । मुख्य मन्त्री नै नाचेपछि हुटिङ गर्दै दर्शकहरु झनै नाचे ।  

आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीका अनुसार अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरुले अमेरिका र क्यानडामा रहेका नयाँ पुस्तालाई नेपाली भाषा संस्कृति प्रति आकर्षण गर्न नृत्य र गायन सम्बन्धि दुई वटा रियालिटी शो आयोजना गर्दै आएको छ । 

‘हामी भुटानी भए पनि नेपाली भाषी भएका कारण हाम्रो पुस्ताले अब नेपाली भाषा नै बोलुन् र नेपाली संस्कृतिमै रमाउन् भनेर यो दुईवटा रियालिटी शो आयोजना गरिएको हो ।’ अधिकारीले भने,‘अमेरिका र क्यानडामा भए पनि हामी हाम्रा बालबालिकासँग घर तथा आफ्नो कार्यालयमा नेपाली भाषा नै बोल्छौं । हामीसँग नेपाली नागरिकता नभएपनि यो हाम्रो पहिचान भएकाले नेपाली भाषा संस्कृतिको जगेर्नाका लागि यो प्रतियोगितालाई महत्वको साथ हामीले आयोजना गर्दै आएका हौं ।’ अध्यक्ष अधिकारीले भने । आफुले शरणार्थी भएर बिगतमा भोगेका पीडा पनि उनले सो क्रममा पोखे ।  झापामा रहेका नेपाली भाषी भुटानी शरणार्थीलाई या त नेपाली नागरिकता दिनु पर्ने या त तेश्रो मुलुक पुनर्वासका लागि नेपाल सरकारले सहयोग गर्नु पर्ने पनि उनले बताए । भुटान फर्कन चाहनेहरुलाई आफ्नो देश र्फकन व्यबस्थापन गर्न पनि उनले सरकारसँग सो कार्यक्रममा माग गरे । 

इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले चार वर्ष अघिबाट मेरो डान्स कप युएसए र दुई वर्षबाट मेरो भ्वाईस कप युएसए सञ्चालन गर्दै आएको पनि उनले बताए । प्रतियोगितालाई विश्वव्यापी रुपमा फैल्याउँदै अमेरिका र क्यानडामा रहेको नेपाली तथा नेपाली भाषीहरुलाई सहभागी गराउन यसपटक नेपालमा यसको उद्घाटन कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले कार्यक्रममा बताए ।

‘हाम्रो संस्था इन्ट्र नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले झापाको शरणार्थी क्याम्पमा रहेका ७५ वर्ष माथिको जेष्ठ नागरिकलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिनुका साथै शिबिरका विधार्थीहरुलाई पढाउँदै आएको छ ।’ अध्यक्ष अधिकारीले कार्यक्रममा भने ।

शनिबार करिब १० घन्टा चलेको सांस्कृतिक कार्यक्रममा मेरो डान्स कप युएसएका निर्णायक दीलिप रायमाझी, शँकर बिसी, केकी अधिकारी र नरमान राईले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गरे ।

नृत्य कलाकार दीपाशा बिसी, करिश्मा ढकाल, निक शर्मा, ऋचा थापाले पनि विभिन्न गीतमा कार्यक्रममा नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाए । कलाकार सन्दीप क्षत्रीको प्रहसन पनि आकर्षक थियो । 

दिउँसो ११ बजेबाट सुरु भएको कन्सर्ट बेलाका ८ बजेसम्म चलेको थियो । मेरो भ्वाईस कपका निर्णायक एवम् गायक प्रमोद खरेलले बेलुका साँझ ढल्दै गर्दा म बिना कसै कसैलाई मुस्किल छ सहित आधा दर्जन गीत गाउँदा सबै नाचेका थिए । कार्यक्रममा गायक गायिकाहरु सिडी बिजय अधिकारी, रचना रिमाल, रबी गहतराज, करणराज कार्की, सञ्जु मोक्तान, निशान भट्टराई, अरिफ शाह, अस्मिता अधिकारी, प्रविण बेडवाल, नेहा उप्रेती लगायतले पनि आफ्ना चर्चित गीतहरु प्रस्तत गरेर दर्शकलाई नचाए ।

कार्यक्रममा किर्तीपुर ग्रुप, धरान ग्रुप, दमक ग्रुप, बेलडाँगी ग्रुप, पत्थी ग्रुपका कलाकारहरुले पनि विभिन्न लोक गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर कार्यक्रमका रौनक बढाए । यी कलाकारको नृत्य एवम् गायन हेर्नका लागि हजारौंको सँख्यामा दर्शकहरु बेलडाँडी शिविरमा सहभागी भएका थिए ।   

कार्यक्रमलाई राजेश घतानी, शुशिल नेपालसहितका कलाकारले सञ्चालन गरेका थिए । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी प्रस्तुतिसँग बेलुका ८ बजेपछि सो उद्घाटन कार्यक्रम सकिएको थियो । 


फाएल फोटो--
सुनसरी, मंसिर १२ गते । रातो तारा डट कम, सुनसरी धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोजन ७० ट्याव्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल,एभिल ११ एम्पुल र नगद रु. ३६ हजार ५०० सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।


 मोरङ । रातो तारा डट कम,नेकपा माओबादी केन्द्र सुन्दरहरैंचाकाे प्रथम नगर अधिबेशनबाट अध्यक्षमा दुश्यनत भट्टराई निर्बिरोध चयन!


नेकपा माओबादी केन्द्रले आज पालिका स्तरीय अधिबेशन सम्पन्न गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार आज सम्पन्न भएको कार्यक्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिडियो कन्फरेन्स बाट पालिका बैठकलाई सम्बाेधन सहित उद्घाटन गरेका थिए ।

यसैबीच माेरङकाे सुन्दरहरैचा नगर कमिटी अध्यक्षमा दुश्यन्त भट्टराई निर्बिरोध सर्चबसहमत चयन भएका छन् । शनिबार सम्पन्न भएको पाटीकाे पहिलो नगर अधिबेशनले अध्यक्ष सहित उपाध्यक्ष २ सचिव १ काेषाध्यक्ष १ सहसचिव २ जना सहित ६५ सदस्यीय नगरकमिटि गठन गरेको आयाेजकले जनाएको छ । पदाधिकारीकाे चयन भने आजै बस्ने पहिलो नगर कमिटी बैठकले चयन गर्ने बताईएकाे छ । साे कार्यक्रममा केन्द्रीय सदस्य माेरङ जिल्ला ईन्चार्ज गाेपिबहादुर आच्छामी, जिल्ला सदस्यीय नगराज चापागाईं, लता न्याैपाने अतिथि रहेका थिए।

 

सुनसरी, २०७८ मंसिर ११ गते । सुनसरी ईटहरी उपमहानगरपालिका ४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० बर्षीय संजय लामा रहेका छन् । हिजो बेलुका ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लामालाई कोठाबाट ब्राउन सुगर ९ ग्राम २० मिलीग्राम सहित पक्राउ गरेको थियो । पक्राउ परेका लामाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।


 


काठमाण्डौ मंसिर ११ गते । रातो तारा डट कम, नेकपा एमालेको राष्ट्रिय सम्मेलन अन्तर्गत आज बन्दसत्र हुदैछ । चितवनको नारायणी नदी किनारमा महासधिवेशनको उद्घाटन सत्र सकिए पछि देखि बन्दसत्र अहिले बिहान सुरु हुने भएको हो । 

नेतृत्वमा जान आकांंक्षीहरुको लर्को लागि रहेका बेला सहमतिको बाटो खोजि गर्ने काम पनि भइरहेको र गएराति बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको सदस्यताको संख्या बढाउने, विधान संसोधन प्रस्ताव गरेकोमा सर्वसम्मतिले पारित गरेको कुरा सचिवालयले जानकारी गराएको छ ।

 विधान महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाएको प्रस्ताव अव ससोधन भइ अब एमालेको कन्द्रीय कमिटीको आकार ३ सय १ सदस्यीय बन्ने, १५ सदस्यीय पदाधिकारी रहने यसअघिको व्यवस्थालाई परिवर्तन गरी १९ सदस्यीय बनाउने, ९९ जना पोलिटब्यूरो र ४५ जना स्थायी कमिटी सदस्य रहने भएका छन भने तीन पटक सम्म एकै पदमा एकै व्याक्तिले उम्मेदवार बन्न पाउने जस्ताका कुरा पनि पास भएको जनाइएको छ । 



 


काठमाण्डौ मंसिर ११ गते । रातो तारा डट कम, खेल समचार, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो चरणको खेल अन्तर्गत आजपनि दुई खेलहरू हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आजको खेलमा च्यासल पहिलो जितको खोजीमा हुनेछ । च्यासल अङ्कबिहीन रहँदै तालिकाको पुछारमा रहेको छ । यस्तै एपीएफ पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ अङ्कबिहीन रहदै ११ औं स्थानमा रहेको छ । लिग अन्तर्गत आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

मनाङ र हिमालयनबीचको खेल ४ः४५ बजे सुरु हुनेछ । कीर्तिमानी आठ पटकको विजेता मनाङ लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० ले हराएको मनाङ ३ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । मनाङविरुद्ध मैदान उत्रदा हिमालयन पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा हिमालयनले सङ्कटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । हिमालयन १ अङ्क जोडेर सातौं स्थानमा रहेको छ ।


 

फाएल फोटो-

मोहन कुमार राई संखुवासभा, चैनपुर। रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिकाका विभिन्न ठाउँहरुमा एकै पटक महिला हिंसा विरुद्ध सडक नाटकहरु महिला अधिकारकर्मीहरुले प्रस्तुत गरेका थिए  ।

घरभित्र हुने महिला हिंसा, गाउँघर समाजमा घट्न सक्ने महिला हिंसासम्बन्धि घटनाहरुलाई समेटदै हिंसा न्युनिकरण गर्न सहयोग पुग्ने उद्देश्यका साथ महिला समुहरुले नाटक प्रस्तुत गरिएको थियो  । प्रतियोगितात्मक रुपमा नारीहरुले चैनपुर नगरपालिकाको मुख्य व्यापारीक केन्दहरु पोखर, चैनपुर र खराङमा एकै पटक नाटक प्रस्तुन गरेको सिद्धकाली महिला सञ्जालकी सचिव नमिता काफ्लेले बताउनुभयो । नाटकमा सामाजिक संघ संस्थाका प्रतिनिधि, जन प्रतिनिधिहरु महिला समुहहरुको उपस्थिति रहेको थियो । नाटकले महिला सशक्तिकरणमा सहयोग पु¥यानका साथै गाउँघरमा घट्ने महिला हिंसा घटाउन सहयोग पुग्ने समाजलाई दिइने शिक्षाको रुपमा प्रस्तुत भएको चैनपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारीले वताउनुभयो । 

“घरबाटै शुरु गरौ महिला हिंसा अन्त्य गरौ ” भन्ने मुल नाराका साथ महिला सशक्तिकरणका लागि सडक नाटक सँगै १६ दिने अभियानकै रुपमा महिला सञ्जाल, समाज स्पर्श समिति, लगायतका संस्थाहरुले संयुक्त रुपमा विधि कार्यक्रमका साथ सञ्चालन हुने सिद्धकाली महिला सञ्जालकी अध्यक्ष हेमकुमारी चौहाने वताउनुभयो । 

 नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नारीहरुद्धारा सञ्चालीत १६ दिने  यस अभियान अन्तरगत सडक नाटक, क्षमता विकास सम्बन्धि तालिम, कविता गोष्ठ, स्वयम सेवक सम्बन्धी प्रशिक्षण जस्ता कार्यक्रम रहेको जनाएको छ ।  डिसेम्बर १ तारिकको दिन एचआइभी एडस दिवसको दिन  किशोरीहरुलाई  यौन प्रजनन  सम्बन्धि अन्तरक्रिया कार्यक्रम, डिसेम्बर ३ तारिकका दिन अपाङ्ग दिवसको अवसरमा अपाङ्ग नारीहरुको लागि अन्तरक्रिया, डिसेम्बर ९ तारिक भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा कविता गोष्ठी र डिसेम्बर १० तारिखका दिन कार्यक्रम प्रतियोगितामा सफल सहभागीहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न गरिने समेत महिला श्रोतले जनाएको छ । 


 



बिराटनगर, रातो तारा डट कम, पथरी शनिश्चरे नगरपालिका वडा नं। ८ स्थित जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं।(९ बस्ने रचन राई र जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं।(८ बस्ने झमक बहादुर विष्टलाई ईलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  अवैध लागु औषध ९ब्राउनसुगर जस्तो देखिने ६ ग्राम ८० मिलीग्राम० खैरो पदार्थ र नगद रू ५५००र( ९अक्षरूपी(पाँच हजार पाँच सय० सहित नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालत बाट लागू औषध कसूरमा दिन ५ म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको ।

विराटनगर, रातो तारा डट कम, सिक्किमकी कवि जीविका अश्रुद्वारा लिखित ‘भोकको भाइरस’ कवितासङ्ग्रह विराटनगरमा विचोचन गरिएको छ । विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्थाले शुक्रबार आयोजना गरेको कार्यक्रममा साहित्यकार सरला चापागाईं, रामबाबु दाहाल, आयोजक संस्थाका अध्यक्ष जीवन काफ्लेलगायतले संयुक्त रुपमा कवितासङ्ग्रह विमोचन गरेका थिए । विमोचित कृतिका विषयमा डा. विशालबाबु बस्नेत र डा. लक्ष्मण खनालले समीक्षा गरे । संग्रहमा विभिन्न शीर्षकका ४५ वटा कविता संग्रहित छन् ।

सोही अवसरमा आयोजित सिर्जना वाचनमा कवि सुमन पोखरेल, सीमा आभास, भरत गुरागाईं, मीनकुमार नवोदित, चूडामणि नेपाल ‘अकिञ्चन’, शुभलक्ष्मी लम्साल, रोहिणी रसिक, हेमन्त निरौला, लक्ष्मी स्मृति, जमुना पौडेल, सविना श्रेष्ठ, अम्विका खरेल, सुमन गुरागाईं, शारदा कार्की, राधा भट्टराई, भवानी पोखरेल, लक्ष्मी स्मृति, अजिता प्रधान, मञ्जु घिमिरे दाहाल, लक्ष्मी रायमाझीलगायत दुई दर्जनभन्दाच बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । सहकारीले विगत साढे दुई वर्षदेखि हरेक महिनाको दोस्रो शुक्रबार सिर्जना वाचन गर्दै आएको छ । शुक्रबार ३० औं शृंखला सम्पन्न भएको छ ।


झापा, २०७८ मंसिर १० गते ।  रातो तारा डट कम ,झापा भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । आज बिहान साढे ६ बजे मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटि गई घटनाको बारेमा कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।


झापा, २०७८ मंसिर १० गते ।  रातो तारा डट कम ,झापाको भद्रपुर नगरपालिका ७ बोक्तोवारी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका १९ बर्षीय नारायण राजबंशी, २२ बर्षीय प्रकाश राजबंशी,  सोही स्थान ६ संगमटोल का २० बर्षीय राहुल ठाकुर,  सोही स्थान ५ का २१ बर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका ८ सैनिकटोल का १८ बर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड ६ कसेनिटोल का ३१ बर्षीय प्रताप योन्जन र अर्जुनधारा नगरपालिका १ का २८ बर्षीय राज श्रेष्ठ रहेका छन  । हिजो बेलुका ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम, नाईट्रोजन ट्याबलेट १, तौल गर्ने डिजिटल तराजु थान १ सहित फेला पारे पश्चात उनिहरुले प्रयोग गरेको मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।


  




मोरङ, २०७८ मंसिर १० गते । रातो तारा डट कम, मोरङको बिराटनगर महानगरपालिका १५ स्थितमा रहेको १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनाला पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला धनकुटा नगरपालिका १ हिले बस्ने २३ बर्षीय विवेक तामाङ रहेका छन् । हिजो बेलुका पौने ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध लुपिजेसिक ९ एम्पुल, डाईजाल्याब ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरेहेको छ ।


  




काठमाण्डौ मंसिर १० गते । रातो तारा डट कम, आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा आज भएको खेलमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर पुरा ग¥यो । नेपालको जितमा इन्दु वर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोड्नुभयो । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात  लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलज ४ ओभरमा अल आउट हुँदै जम्मा २७ रन जोडेको थियो । नेपालले यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय भोगेपनि दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै ग्लोबल छनोटको सम्भावना कायमै राखेको थियो । कुवेतले भने अघिल्ला दुबै खेलमा पराजय भोगेको छ । उसले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनको हार व्योहोरेको थियो ।

 


काठमाण्डौ मंसिर १० गते । रातो तारा डट कम, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउन माग गर्दै कानुन व्यवसायीसहित विभिन्न पेसागत संस्था र बृहत्त नागरिक आन्दोलनले प्रदर्शन गरेका छन् । आन्दोलनले प्रधानन्यायाधीमाथि महाभियोग लगाउन र उहाँको सम्पत्ति छानबिन गर्न माग गर्दै आज ‘न्याय–मार्च’ गरेको हो । विभिन्न पेसागत सङ्गठनहरूको अगुवाइमा सर्वोच्च–बालुवाटार न्याय मार्च सुरु गरिएको हो । ‘न्याय मार्च’ मा नेपाल पत्रकार महासङ्घ, शिक्षक महासङ्घ, इन्जिनियर्स एशोसिएसन, जनस्वास्थ्य सङ्घ, आदिवासी जनजाति महासङ्घ र बृहत् नागरिक आन्दोलनको पनि सहभागिता थियो । सर्वोच्च अदालत अगाडिबाट सुरु भएको ‘न्याय मार्च’ माइती घर मण्डला–भद्रकाली–सडक–रत्नपार्क हुँदै बालुवाटार पुगेको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले तोकेका इजलास कात्तिक ८ देखि बहिष्कार गर्दै आएका छन् । सुरुमा सर्वोच्च अदालतमा केन्द्रित रहेको बारको आन्दोलन विस्तार भएर देशभरका अदालतमा पुगिसकेको छ । 




काठमाण्डौ मंसिर १० गते । रातो तारा डट कम, मंसिर ११ गते देखि सुरु हुने नेकपा एमालेको १०औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश शीर्ष नेताहरू चितवन पुगरे महाधिवेशन स्थलको अवलोकन निरीक्षण समेत गरिसक्नु भएको छ । सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको छ भने, नारायणी किनारमा उद्घाटन र त्यसपछि सौराहामा बन्द सत्र तथा मतदानका कार्यक्रम हुनेछन् । नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम जारी रहेको बताइएको छ । एमाले दसौँ महाविधेशनमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका महन्त ठाकुर लगायतका नेताहरू पनि सम्बोधनका लागि चितवन पुग्ने कार्यक्रम रहेको र बिदेशी पाउनाहरु पनि कार्यक्रममा आउने क्रम जारी रहेको एमालेले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले महाधिवेशनमा नजाने भएका छन भने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बोलाइएकै छैन ।  






सुनसरी । रातो तारा डट कम,अन्तर्गत पहिलो दिन सुनसरीको इटहरीमा रहेको सामाजिक कार्य विषय अध्ययन गराउदै आएको इटहरी नमुना कलेजका विद्यार्थीहरुले संचेतना कार्यक्रम आयोजना गरेका छन ।


नमुना कलेजमा सामाजिक कार्य संकाय तर्फ स्नातक तह र प्लस टु तर्फ कानुन संकायका विद्यार्थीहरुको सहभागितामा सचेतनामुलक र्याली र ड्लि डान्स गरिएको हो ।

विगत ८ वर्ष देखि इटहरीमा नमुना कलेजले लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत महिला हिसां अन्तका सवालमा सचेतना कार्यक्रम आयोजना गर्दै आएको कलेजका प्राचार्य धर्म न्यौपानले वताए । त्यसै गरी महिला हिसां अन्तका लागि विद्यार्थीहरुको सचेतना कार्यक्रमले महिला हिसां अन्तका लागि महत्वपुणर् भुमिका खेल्ने कलेजको कानुन संकायमा अध्ययनरत सपना सुवेदीले वताए ।

महिला हिसां विरुद्धको १६ दिने अभियान अन्र्तगत नमुना कलेजले रक्तदान कार्यक्रम, खाद्यान्न वितरण कार्यक्रम लगायतका कार्यक्रम समेत आयोजना गर्ने कलेज अन्तर्गत सामाजिक कार्य विभागका प्रमुख शैलेन्द्र राईले जानकारी दिए । बिहीबारबाट सुरु भएको महिला हिसां विरुद्धको अभियान १० डिसेम्बरमा सकिन्छ । यस वर्ष लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय नारा ’घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ रहेको छ।

 


 मोरङ। रातो तारा डट कम, सुन्दरहरैंचा नगरपालिका वडा ७ मा रहेको गछिया चौकीको हवाई महल तथा दुर्गा मन्दिरको उदघाटन मोरंग जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जिसीले एक कार्यक्रम बीच उदघाटन गरेका छन्।  अजम्बर राई तथा स्वर्गीय चन्द्रकला राईका छोरा पुर्व प्रहरी जवान बाबुराम राइले आफ्नो लगानीमा उक्त दुर्गा मन्दिरको निर्माण गरेका हुन्। 


सुनसरी जिल्लाको इटहरी  प्रवेश गर्ने लोकमार्ग नजिक  रहेको चौकीको उदघाटन गर्दै एसपी जिसीले शान्ति शुरक्षा मात्र नभएर  अब कोभोड़ १९ ले स्वास्थ्य सुरक्षामा पनि आवश्यक रहेको बताउदै  यसबाट सबैले  शान्ति सुरक्षा कायम गर्न, अनुसन्धानका कार्यमा सहयोग पुर्याउन समुदायको ठुलो साथ र सहयोग चाहिने  बताउनु भयो। 

उक्त मन्दिर निर्माण गर्न मोरंग प्रहरी नायब उपरीक्षक  मन्जिल मुकारुङ्ग ,  प्रहरी नायब निरीक्षक दुर्गा बहादुर पोमु लिम्बु , दीपन थापा प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ , तिर्थ भण्डारी, प्रहरी  हबल्दार कपलेश्वर यादब, बलबहादुर खड्का लगायत प्रहरी  कर्मचारीको बिशेष सहयोग रहेको छ। यस ठाउँमा प्रहरी चौकी निर्माण गर्न निकै बिबाद र संघर्ष र चुनौती गरेर स्थानियको सहयोगमा पहिलो तल्ला निर्माण गरि स्थापना गरिएको हो।  सो क्षेत्रका वडा अध्यक्ष चैतन्य सिटौलाले यस गछिया चौकीका लागि डिएसपीको दरबन्दी सहितको इलाका प्रहरी कार्यालय निर्माण गर्न मोरंग प्रहरी प्रमुख जिसी संग पहल गरेका छन्।  स्थानिय तबरबाट यहाँका जनताको  साथ रहने सिटौलाको भनाई छ। 

प्रहरी र समुदाय बीच परिपुरक सम्बन्ध रहेको भन्दै यहाँका युवा नबिन बरालको अगुवाईमा हवाई महल समेत निर्माण भएको छ।

स्थानिय नगरपालिकाले यस प्रहरी चौकीको निर्माण कार्यमा चासो देखाएपनि स्थानिय युवाहरुको समेत प्रहरी प्रति उतिकै समन्वय रहेको छ।  प्रहरीको हातहतियारको पुजा गर्न देखि मेलमिलाप गर्न र बस्न आवश्यक रहेको हुँदा हवाई महल र मन्दिर निर्माण गरियो।  पुर्व प्रहरी बाबुराम राईले सुरुमा प्रहरीमा रहेर सेवा गरे पनि सामाजिक दायित्व पुरा गर्न आफ्नै लागानीमा उक्त मन्दिर निर्माण गरेका हुन्।

युवाहरुको यस किसिमको कार्य र  प्रहरी समुदाय बीचको राम्रो सम्बन्ध हुने हो भने अपराधिक घटनामा न्युनिकरण हदै सम्म हुनेछ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.